البقرة
Al-Baqara
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓمٓ
Open ayah 2:1अलिफ० लाम० मीम० ।
ذَٰلِكَ ٱلۡكِتَٰبُ لَا رَيۡبَۛ فِيهِۛ هُدٗى لِّلۡمُتَّقِينَ
Open ayah 2:2यो (अल्लाहको) किताब हो, यसमा कुनै सन्देह छैन, (यो) मार्गदर्शन हो अल्लाहको भय राख्ने (यस्ता) व्यक्तिहरूका लागि
ٱلَّذِينَ يُؤۡمِنُونَ بِٱلۡغَيۡبِ وَيُقِيمُونَ ٱلصَّلَوٰةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ
Open ayah 2:3जो गैब माथि ईमान ल्याउँछन्; नमाज कायम गर्दछन् र हामीले उनीहरूलाई जेजति प्रदान गरेका छौं त्यसबाट खर्च गर्दछन् ।
وَٱلَّذِينَ يُؤۡمِنُونَ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَ وَبِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ
Open ayah 2:4र (हे मुहम्मद (स.)!) जो तिमीमाथि अवतरित तथा तिमीभन्दा अघि अवतरित (ग्रन्थहरू) माथि आस्था राख्दछन् अनि आखिरत (परलोक) माथि विश्वास गर्दछन्,
أُوْلَٰٓئِكَ عَلَىٰ هُدٗى مِّن رَّبِّهِمۡۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 2:5तिनीहरू नै आफ्ना ‘रब’ को तर्फबाट सत्मार्गमा छन् र तिनीहरू नै सफल हुनेछन् ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ سَوَآءٌ عَلَيۡهِمۡ ءَأَنذَرۡتَهُمۡ أَمۡ لَمۡ تُنذِرۡهُمۡ لَا يُؤۡمِنُونَ
Open ayah 2:6काफिर (अवज्ञाकारी) हरुलाई सचेत गराए पनि नगराए पनि तिनीहरू कुनै हालतमा मान्नेवाला छैनन् ।
خَتَمَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَعَلَىٰ سَمۡعِهِمۡۖ وَعَلَىٰٓ أَبۡصَٰرِهِمۡ غِشَٰوَةٞۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٞ
Open ayah 2:7अल्लाहले तिनीहरूका मनमस्तिष्क एवं श्रवणशक्तिमाथि सिल लगाइ दिएका छन् र तिनका आँखाहरूमा पर्दा परेको छ । र तिनीहरूका निम्ति कठोर यातना रहेको छ ।
وَمِنَ ٱلنَّاسِ مَن يَقُولُ ءَامَنَّا بِٱللَّهِ وَبِٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَمَا هُم بِمُؤۡمِنِينَ
Open ayah 2:8र मानिसहरूमध्ये (केहि) यस्ता पनि छन् जसले हामी अल्लाह र आखिरतको दिनमाथि ईमान ल्याएका छौं भन्छन् जबकि तिनीहरू (वास्तवमा) आस्थावान होइनन् ।
يُخَٰدِعُونَ ٱللَّهَ وَٱلَّذِينَ ءَامَنُواْ وَمَا يَخۡدَعُونَ إِلَّآ أَنفُسَهُمۡ وَمَا يَشۡعُرُونَ
Open ayah 2:9तिनीहरू (आफ्नो विचारमा) अल्लाह र मोमिनहरूलाई धोका दिइरहेका छन् तर (यथार्थमा) आफैंलाई धोका दिइरहेका छन् जसको तिनीहरूलाइ अनुभूति छैन ।
فِي قُلُوبِهِم مَّرَضٞ فَزَادَهُمُ ٱللَّهُ مَرَضٗاۖ وَلَهُمۡ عَذَابٌ أَلِيمُۢ بِمَا كَانُواْ يَكۡذِبُونَ
Open ayah 2:10तिनीहरूको मन–मस्तिष्कमा एक (किसिमको) रोग लागेको छ जसलाई अल्लाहले अझ बढ़ाइदिए र तिनीहरूका लागि तिनीहरूले राखेको झुठोको बदला दुखद यातना रहेको छ ।
وَإِذَا قِيلَ لَهُمۡ لَا تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ قَالُوٓاْ إِنَّمَا نَحۡنُ مُصۡلِحُونَ
Open ayah 2:11र जब तिनीहरूलाई धर्तीमा विध्वंस नफैलाउन भनिन्छ तब तिनीहरू भन्छन्– “हामी त सुधारक हौं ।"
أَلَآ إِنَّهُمۡ هُمُ ٱلۡمُفۡسِدُونَ وَلَٰكِن لَّا يَشۡعُرُونَ
Open ayah 2:12जानी राख ! वास्तवमा तिनीहरू नै विध्वंस फैलाउनेहरू हुन् तर तिनीहरूलाई यसको अनुभूति छैन ।
وَإِذَا قِيلَ لَهُمۡ ءَامِنُواْ كَمَآ ءَامَنَ ٱلنَّاسُ قَالُوٓاْ أَنُؤۡمِنُ كَمَآ ءَامَنَ ٱلسُّفَهَآءُۗ أَلَآ إِنَّهُمۡ هُمُ ٱلسُّفَهَآءُ وَلَٰكِن لَّا يَعۡلَمُونَ
Open ayah 2:13र जब तिनीहरूलाई भनिन्छ कि जसरी (अन्य) मानिसहरूले ईमान ल्याएका छन् तिमीहरू पनि त्यसरी नै ईमान ल्याऊ तब तिनीहरू जवाफ दिन्छन्– “जसरी मूर्खहरूले ईमान ल्याए, के हामीहरु पनि त्यसरी नै ईमान ल्याउने ?" जानि राख ! वास्तवमा मूर्ख तिनीहरू नै हुन् तर तिनीहरूलाई यसको ज्ञान छैन ।
وَإِذَا لَقُواْ ٱلَّذِينَ ءَامَنُواْ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَوۡاْ إِلَىٰ شَيَٰطِينِهِمۡ قَالُوٓاْ إِنَّا مَعَكُمۡ إِنَّمَا نَحۡنُ مُسۡتَهۡزِءُونَ
Open ayah 2:14र जब तिनीहरु (मुनाफिकहरु) मोमिनहरूसँग भेटछन तब भन्छन्– “हामीले ईमान ल्याइ सकेका छौं” र एकान्तमा आफ्ना शैतान (दुर्जन) हरूसँग भेट्दा भन्छन्– “हामी त वास्तवमा तिमीहरूसँगै छौं (र) हामी उनीहरूसँग केवल ठट्टा गरिरहेका छौं ।”
ٱللَّهُ يَسۡتَهۡزِئُ بِهِمۡ وَيَمُدُّهُمۡ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ
Open ayah 2:15अल्लाह तिनीहरूसँग परिहास गरिरहेका छन् र तिनीहरूलाई उद्दण्डतामा (अन्धो भई) यताउति बरालि रहन छूट दिइरहेका छन् ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلضَّلَٰلَةَ بِٱلۡهُدَىٰ فَمَا رَبِحَت تِّجَٰرَتُهُمۡ وَمَا كَانُواْ مُهۡتَدِينَ
Open ayah 2:16यी ती व्यक्तिहरू हुन् जसले मार्गदर्शनको सट्टा पथभ्रष्टता खरिद गरेका छन् । तिनीहरूको व्यापारले न त केही नाफा दियो र न तिनीहरूले सीधा मार्ग नै पाउन सके ।
مَثَلُهُمۡ كَمَثَلِ ٱلَّذِي ٱسۡتَوۡقَدَ نَارٗا فَلَمَّآ أَضَآءَتۡ مَا حَوۡلَهُۥ ذَهَبَ ٱللَّهُ بِنُورِهِمۡ وَتَرَكَهُمۡ فِي ظُلُمَٰتٖ لَّا يُبۡصِرُونَ
Open ayah 2:17तिनीहरूको उपमा (यसरी बुझौं कि) एक व्यक्तिले आगो बाल्यो; जब त्यस (आगो) ले उसको वरिपरिको वातावरण प्रकाशमान गरिदियो तब अल्लाहले उसको आँखाको ज्योति समाप्त पारिदिए र उउसलाई यस्तो अँध्यारोमा छाडिदिए जसमा उसले केही पनि देख्न सक्दैन ।
صُمُّۢ بُكۡمٌ عُمۡيٞ فَهُمۡ لَا يَرۡجِعُونَ
Open ayah 2:18तिनीहरू बहिरा हुन्; लाटा हुन्; अन्धा हुन् र कुनै हालतमा (सत्मार्गमा) फर्कने छैनन ;
أَوۡ كَصَيِّبٖ مِّنَ ٱلسَّمَآءِ فِيهِ ظُلُمَٰتٞ وَرَعۡدٞ وَبَرۡقٞ يَجۡعَلُونَ أَصَٰبِعَهُمۡ فِيٓ ءَاذَانِهِم مِّنَ ٱلصَّوَٰعِقِ حَذَرَ ٱلۡمَوۡتِۚ وَٱللَّهُ مُحِيطُۢ بِٱلۡكَٰفِرِينَ
Open ayah 2:19अथवा (तिनीहरूको उपमा यसरी बुझौं कि) आकाशबाट भयङ्कर वर्षा भइरहेको छ र अन्धकारमाथि अन्धकार छाएको छ र त्यसमा गर्जन तथा बिजुलीको चमक छ; मेघगर्जनको कारण मृत्युको भयले गर्दा तिनीहरू आफ्ना कानहरूमा औँलाहरू घुसारिरहेका छन्, तर अल्लाहले अवज्ञाकारीहरूलाई आफ्नो घेरामा लिएका छन् ।
يَكَادُ ٱلۡبَرۡقُ يَخۡطَفُ أَبۡصَٰرَهُمۡۖ كُلَّمَآ أَضَآءَ لَهُم مَّشَوۡاْ فِيهِ وَإِذَآ أَظۡلَمَ عَلَيۡهِمۡ قَامُواْۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَذَهَبَ بِسَمۡعِهِمۡ وَأَبۡصَٰرِهِمۡۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 2:20(चमकले तिनीहरूको हालत यस्तो भइरहेको छ कि मानौं) छिट्टै नै तिनीहरूको आँखाको ज्योति बिजुलीको चमकले खोसेर लैजाने छ । जब–जब प्रकाश फैलिन्छ तिनीहरू त्यसमा हिंड्न थाल्छन् र जब तिनीहरूलाई अँध्यारोले छोप्दछ तब तिनीहरू रोकिन्छन् । अल्लाहले चाहेमा तिनीहरूको कान तथा अाँखाहरू खोस्न सक्छन् । निस्सन्देह अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् ।
يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱعۡبُدُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُمۡ وَٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ
Open ayah 2:21हे मानव ! आफ्ना त्यस ‘रब’ को उपासना गर जसले तिमी र तिमीभन्दा अघिका मानिसहरूको सृष्टि गरे, आशा छ कि तिमीहरू (नरकबाट) बच्न सक्नेछौ ।
ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ فِرَٰشٗا وَٱلسَّمَآءَ بِنَآءٗ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقٗا لَّكُمۡۖ فَلَا تَجۡعَلُواْ لِلَّهِ أَندَادٗا وَأَنتُمۡ تَعۡلَمُونَ
Open ayah 2:22(उनै हुन्) जसले तिम्रोलागि धर्तीलाई बिछ्यौना र आकाशलाई छाना बनाए र आकाशबाट पानी बर्षाए अनि त्यसबाट तिमीहरूको भरण पोषणका लागि फलफूलहरू उत्पन्न गरे । अतः जानी–जानी (कसैलाई) अल्लाहको समकक्षी नबनाऊ ।
وَإِن كُنتُمۡ فِي رَيۡبٖ مِّمَّا نَزَّلۡنَا عَلَىٰ عَبۡدِنَا فَأۡتُواْ بِسُورَةٖ مِّن مِّثۡلِهِۦ وَٱدۡعُواْ شُهَدَآءَكُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 2:23र यदि तिमीहरू हामीले आफ्ना दासमाथि अवतरण गरेको ग्रन्थको बारेमा सन्देहमा छौ भने तिमीहरू यस (कुरआनमा भए) जस्तै एउटा मात्र सूरह (रचना गरी) ल्याऊ र यदि सत्यवान हौ भने अल्लाहबाहेक आफ्ना अन्य सहयोगीहरूलाई पनि आह्वान गर ।
فَإِن لَّمۡ تَفۡعَلُواْ وَلَن تَفۡعَلُواْ فَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِي وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُۖ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ
Open ayah 2:24यदि तिमी यसो गर्न सक्दैनौ र निश्चित रूपमा तिमी यो कदापि गर्न सक्दैनौ; भने त्यस आगोसंग डराऊ जसको इन्धन मनुष्य एवं ढुङ्गा हुनेछन् । यो काफिरहरूका लागि तयार पारिएको हो ।
وَبَشِّرِ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ أَنَّ لَهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ كُلَّمَا رُزِقُواْ مِنۡهَا مِن ثَمَرَةٖ رِّزۡقٗا قَالُواْ هَٰذَا ٱلَّذِي رُزِقۡنَا مِن قَبۡلُۖ وَأُتُواْ بِهِۦ مُتَشَٰبِهٗاۖ وَلَهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَهُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:25ईमान ल्याउने तथा सत्कर्म गर्नेहरूलाई शुभ सूचना देऊ । वास्तवमा उनीहरूका लागि यस्ता बगैँचाहरू छन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यस (बगैँचा) बाट कुनै फल तिनीहरूलाइ खान दिइँदा भन्नेछन्– “यस्तै किसिमका फलहरू हामीहरूलाई यसअघि (संसारमा) पनि प्रदान गरिएको थियो ।” र, तिनीहरूलाई मिल्दोजुल्दो (अरू फलहरू) दिइनेछ । तिनीहरूका लागि त्यहाँ पवित्र जोडी हुनेछन् र तिनीहरू त्यहाँ सदा सर्वदा रहनेछन् ।
۞إِنَّ ٱللَّهَ لَا يَسۡتَحۡيِۦٓ أَن يَضۡرِبَ مَثَلٗا مَّا بَعُوضَةٗ فَمَا فَوۡقَهَاۚ فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ فَيَعۡلَمُونَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّهِمۡۖ وَأَمَّا ٱلَّذِينَ كَفَرُواْ فَيَقُولُونَ مَاذَآ أَرَادَ ٱللَّهُ بِهَٰذَا مَثَلٗاۘ يُضِلُّ بِهِۦ كَثِيرٗا وَيَهۡدِي بِهِۦ كَثِيرٗاۚ وَمَا يُضِلُّ بِهِۦٓ إِلَّا ٱلۡفَٰسِقِينَ
Open ayah 2:26अल्लाह कुनै उपमा दिन सङ्कोच मान्दैनन् चाहे त्यो लामखुट्टे वा त्यसभन्दा पनि तुच्छ चिजको किन नहोस् । आस्थावानहरू यो उपमालाई सत्य ठान्दछन् र आफ्ना पालनकर्ताको तर्फबाट आएको मान्दछन् तर काफिरहरू भन्दछन्– “यस उपमाबाट अल्लाहको मनसाय के हो ?” वास्तवमा (अल्लाह) यसबाट धेरैलाई पथभ्रष्ट पार्दछन् र धेरैलाई सत्मार्ग देखाउँछन् र उनी यसबाट अवज्ञाकारीहरूलाई मात्र पथभ्रष्ट पार्दछ ।
ٱلَّذِينَ يَنقُضُونَ عَهۡدَ ٱللَّهِ مِنۢ بَعۡدِ مِيثَٰقِهِۦ وَيَقۡطَعُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيُفۡسِدُونَ فِي ٱلۡأَرۡضِۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 2:27ज–जसले अल्लाहसित दृढ़ प्रतिज्ञा गरिसकेपछि त्यसलाई भङ्ग गर्छन्; जुन सम्बन्धलाई अल्लाहले जोड्ने आदेश दिएका छन्, त्यसलाई विच्छेद गर्छन् र धर्तीमा विध्वंस फैलाउँछन् तिनीहरू नै (वास्तवमा) घाटामा रहनेछन् ।
كَيۡفَ تَكۡفُرُونَ بِٱللَّهِ وَكُنتُمۡ أَمۡوَٰتٗا فَأَحۡيَٰكُمۡۖ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ
Open ayah 2:28तिमीहरू कसरी अल्लाहको इन्कार गर्न सक्छौ जबकि तिमीहरू निर्जीव हुँदा उनले नै जीवन प्रदान गरेका थिए ? पुनः उनैले तिमीहरूलाई मृत्यु दिनेछन् अनि फेरि जीवित पार्नेछन् । र, अन्ततः पुनः उनैकहाँ तिमीहरू फर्केर जानुपर्नेछ ।
هُوَ ٱلَّذِي خَلَقَ لَكُم مَّا فِي ٱلۡأَرۡضِ جَمِيعٗا ثُمَّ ٱسۡتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ فَسَوَّىٰهُنَّ سَبۡعَ سَمَٰوَٰتٖۚ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 2:29उनै (अल्लाह) हुन् जसले तिम्रो लागि धर्तीका सम्पूर्ण (वस्तुहरू) सृष्टि गरे अनि आकाशतिर फर्की सटीक तथा सन्तुलित सातवटा आकाश निर्माण गरे र उनी नै सम्पूर्ण चिजका ज्ञाता हुन् ।
وَإِذۡ قَالَ رَبُّكَ لِلۡمَلَٰٓئِكَةِ إِنِّي جَاعِلٞ فِي ٱلۡأَرۡضِ خَلِيفَةٗۖ قَالُوٓاْ أَتَجۡعَلُ فِيهَا مَن يُفۡسِدُ فِيهَا وَيَسۡفِكُ ٱلدِّمَآءَ وَنَحۡنُ نُسَبِّحُ بِحَمۡدِكَ وَنُقَدِّسُ لَكَۖ قَالَ إِنِّيٓ أَعۡلَمُ مَا لَا تَعۡلَمُونَ
Open ayah 2:30र, (त्यस अवसरलाई) स्मरण गर जब तिम्रा पालनकर्ताले फरिश्ताहरूलाई भने– “म धर्तीमा प्रतिनिधि (खलीफा) बनाउनेवाला छु ।” तब फरिश्ताहरूले भने– “के त्यसलाई नियुक्त गर्छौ जसले त्यहाँ (धर्तीमा) विध्वंस र रक्तपात मच्चाउने छ जबकि हामी तिम्रो प्रशंसाका साथ तस्बीह (महिमागान) गर्छौं र तिम्रै पवित्रताको वर्णन गर्छौं ?” अल्लाहले भने– “म त्यो कुरा जान्दछु जुन कुरा तिमीहरू जान्दैनौ ।”
وَعَلَّمَ ءَادَمَ ٱلۡأَسۡمَآءَ كُلَّهَا ثُمَّ عَرَضَهُمۡ عَلَى ٱلۡمَلَٰٓئِكَةِ فَقَالَ أَنۢبِـُٔونِي بِأَسۡمَآءِ هَٰٓؤُلَآءِ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 2:31र, अल्लाहले आदमलाई सबै (वस्तुका) नामहरू सिकाए अनि ती वस्तुहरू फरिश्ताहरूसमक्ष प्रस्तुत गरे र भने– “यदि तिमीहरू सच्चा हौ भने मलाई यी वस्तुहरूका नाम बताऊ ।”
قَالُواْ سُبۡحَٰنَكَ لَا عِلۡمَ لَنَآ إِلَّا مَا عَلَّمۡتَنَآۖ إِنَّكَ أَنتَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
Open ayah 2:32फरिश्ताहरूले जवाफ दिए– “तिमी पवित्र छौ । हामीलाई त त्यति मात्र ज्ञान छ जति तिमीले हामीलाई सिकाएका छौ । निस्सन्देह तिमी नै सर्वज्ञ एवं तत्वदर्शी छौ ।”
قَالَ يَٰٓـَٔادَمُ أَنۢبِئۡهُم بِأَسۡمَآئِهِمۡۖ فَلَمَّآ أَنۢبَأَهُم بِأَسۡمَآئِهِمۡ قَالَ أَلَمۡ أَقُل لَّكُمۡ إِنِّيٓ أَعۡلَمُ غَيۡبَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَأَعۡلَمُ مَا تُبۡدُونَ وَمَا كُنتُمۡ تَكۡتُمُونَ
Open ayah 2:33अल्लाहले भने– “हे आदम ! उनीहरूलाई ती नामहरू बताऊ ।” जब आदमले उनीहरूलाई ती नामहरू बताए तब अल्लाहले भने– “के मैले तिमीहरूलाई भनेको थिइन कि म आकाशहरू र पृथ्वीका गैब (अदृश्य) को ज्ञान राख्दछु, साथै जे तिमीहरू व्यक्त गर्दछौ तथा जे लुकाउँदछौ ती सबै जान्दछु ?”
وَإِذۡ قُلۡنَا لِلۡمَلَٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ أَبَىٰ وَٱسۡتَكۡبَرَ وَكَانَ مِنَ ٱلۡكَٰفِرِينَ
Open ayah 2:34र, (त्यस अवसरलाई) स्मरण गर जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई सज्दा गर तब “इब्लीस” (शैतान) बाहेक सबैले सज्दा गरे । उसले इन्कार एवं घमण्ड गर्यो र काफिर (अवज्ञाकारी) हरूमा सामेल भयो ।
وَقُلۡنَا يَٰٓـَٔادَمُ ٱسۡكُنۡ أَنتَ وَزَوۡجُكَ ٱلۡجَنَّةَ وَكُلَا مِنۡهَا رَغَدًا حَيۡثُ شِئۡتُمَا وَلَا تَقۡرَبَا هَٰذِهِ ٱلشَّجَرَةَ فَتَكُونَا مِنَ ٱلظَّٰلِمِينَ
Open ayah 2:35र, हामीले भन्यौं– “हे आदम ! तिमी र तिम्री पत्नी दुबै स्वर्गमा बस र जहाँबाट जे चाहन्छौ अघाउञ्जेल खाऊ । तर यो वृक्षनिर नजानू नत्र भने तिमीहरू अत्याचारी ठहरिनेछौ ।”
فَأَزَلَّهُمَا ٱلشَّيۡطَٰنُ عَنۡهَا فَأَخۡرَجَهُمَا مِمَّا كَانَا فِيهِۖ وَقُلۡنَا ٱهۡبِطُواْ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ وَلَكُمۡ فِي ٱلۡأَرۡضِ مُسۡتَقَرّٞ وَمَتَٰعٌ إِلَىٰ حِينٖ
Open ayah 2:36अन्ततः शैतानले दुबैलाई त्यहाँबाट बहकायो र जुन (सुखमय) अवस्थामा दुबै थिए त्यसबाट निकाली छाड्यो । र, हामीले भन्यौं– “यहाँ (स्वर्ग) बाट ओर्ल । तिमीहरू दुबै (मानव र शैतान) एक अर्काका शत्रु हौ । र, तिमीहरू धर्तीमा निश्चित अवधिसम्म बस्नु एवं जीविकोपार्जन गर्नुछ ।”
فَتَلَقَّىٰٓ ءَادَمُ مِن رَّبِّهِۦ كَلِمَٰتٖ فَتَابَ عَلَيۡهِۚ إِنَّهُۥ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 2:37अनि आदमले आफ्ना ‘रब’ बाट केही शब्दहरू सिके (र, उनीसँग क्षमायाचना गरे) । अल्लाहले उनलाई क्षमा गरे । निस्सन्देह उनी क्षमाशील तथा परम दयालु छन् ।
قُلۡنَا ٱهۡبِطُواْ مِنۡهَا جَمِيعٗاۖ فَإِمَّا يَأۡتِيَنَّكُم مِّنِّي هُدٗى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:38हामीले भन्यौं– “तिमीहरू यहाँ (स्वर्ग) बाट ओर्ल । मेरो तर्फबाट तिमीहरूका निम्ति मार्गदर्शन पुगेपछि ज–जसले मेरो मार्गदर्शनको पालना गर्नेछन् तिनीहरूका लागि न कुनै भय हुनेछ न तिनीहरू दुःखी नै हुनेछन् ।”
وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:39र, जसले अवज्ञा गर्छन् र हाम्रा श्लोक (आयत) हरूलाई मिथ्या ठहर गर्छन् तिनीहरू नै नरकबासी हुन् जहाँ तिनीहरू सदा–सर्वदा रहनेछन् ।
يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَوۡفُواْ بِعَهۡدِيٓ أُوفِ بِعَهۡدِكُمۡ وَإِيَّٰيَ فَٱرۡهَبُونِ
Open ayah 2:40हे इस्राईलका सन्तानहरू हो ! मैले तिमीहरूमाथि गरेको कृपादृष्टि एवं उपकारको स्मरण गर; मलाई दिएको वचन पूरा गर; म तिमीहरूलाई दिएको वचन पूरा गर्नेछु र केवल मसित डराऊ ।
وَءَامِنُواْ بِمَآ أَنزَلۡتُ مُصَدِّقٗا لِّمَا مَعَكُمۡ وَلَا تَكُونُوٓاْ أَوَّلَ كَافِرِۭ بِهِۦۖ وَلَا تَشۡتَرُواْ بِـَٔايَٰتِي ثَمَنٗا قَلِيلٗا وَإِيَّٰيَ فَٱتَّقُونِ
Open ayah 2:41र, मैले अवतरण गरेको (ग्रन्थ) माथि ईमान ल्याऊ जसले पहिलेदेखि नै तिमीहरूसँग भएको ग्रन्थहरूको पुष्टि गर्दछ । अतः सबैभन्दा पहिले तिमीहरू नै यसलार्ई अस्वीकार गर्ने नबन । र, तुच्छ मूल्यमा मेरा (अमूल्य) आयतहरू नबेच अनि केवल मेरो भय राख ।
وَلَا تَلۡبِسُواْ ٱلۡحَقَّ بِٱلۡبَٰطِلِ وَتَكۡتُمُواْ ٱلۡحَقَّ وَأَنتُمۡ تَعۡلَمُونَ
Open ayah 2:42सत्यलाई असत्यसित नमिसाऊ र जानी–जानी सत्यतालाई नलुकाऊ ।
وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱرۡكَعُواْ مَعَ ٱلرَّٰكِعِينَ
Open ayah 2:43नमाज कायम गर, जकात देऊ र (मेरो सामु) झुक्नेहरूसँग तिमीहरू (पनि) झुक्ने गर ।
۞أَتَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبِرِّ وَتَنسَوۡنَ أَنفُسَكُمۡ وَأَنتُمۡ تَتۡلُونَ ٱلۡكِتَٰبَۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 2:44के तिमीहरू अरूलाई सत्कर्मको उपदेश दिन्छौ र स्वयंलाई चाहिँ बिर्सन्छौ जबकि तिमीहरू ईशग्रन्थको अध्ययन गर्छौ ? के तिमीहरू बुझ्दैनौ ! ?
وَٱسۡتَعِينُواْ بِٱلصَّبۡرِ وَٱلصَّلَوٰةِۚ وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى ٱلۡخَٰشِعِينَ
Open ayah 2:45धैर्य र नमाजबाट सहयोग प्राप्त गर । निस्सन्देह नमाज अत्यन्तै कठिन कार्य हो तर ईशभय राख्नेहरूका लागि कठिन होइन;
ٱلَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَٰقُواْ رَبِّهِمۡ وَأَنَّهُمۡ إِلَيۡهِ رَٰجِعُونَ
Open ayah 2:46जसले आफ्ना पालनकर्तासँग भेट्ने र फर्केर उनैकहाँ जाने कुरामा विश्वास राख्छन् ।
يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَنِّي فَضَّلۡتُكُمۡ عَلَى ٱلۡعَٰلَمِينَ
Open ayah 2:47हे इस्राईलका सन्तानहरू हो ! मैले तिमीहरूमाथि गरेको मेरो उपकारको स्मरण गर र मैले तिमीहरूलाई संसारबासीहरूमाथि प्रधानता प्रदान गरेको थिएँ ।
وَٱتَّقُواْ يَوۡمٗا لَّا تَجۡزِي نَفۡسٌ عَن نَّفۡسٖ شَيۡـٔٗا وَلَا يُقۡبَلُ مِنۡهَا شَفَٰعَةٞ وَلَا يُؤۡخَذُ مِنۡهَا عَدۡلٞ وَلَا هُمۡ يُنصَرُونَ
Open ayah 2:48र, त्यस दिनको भय राख जब कोही कसैको न काम आउनेछ र न कसैको कुनै सिफारिश स्वीकार गरिनेछ, न कसैलाई जरिवाना लिएर छोडिनेछ र न तिनीहरूलाई कुनै सहयोग नै गरिनेछ ।
وَإِذۡ نَجَّيۡنَٰكُم مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَسُومُونَكُمۡ سُوٓءَ ٱلۡعَذَابِ يُذَبِّحُونَ أَبۡنَآءَكُمۡ وَيَسۡتَحۡيُونَ نِسَآءَكُمۡۚ وَفِي ذَٰلِكُم بَلَآءٞ مِّن رَّبِّكُمۡ عَظِيمٞ
Open ayah 2:49अनि, स्मरण गर जब हामीले तिमीहरूलाई “फिरऔनी” बाट मुक्त गर्यौं । तिनीहरूले तिमीहरूलाई कठोर यातना दिएर सताउँदथे । तिम्रा छोराहरूलाई मारिदिन्थे र छोरीहरूलाई जीवित छाडिदिन्थे । र, यसमा तिमीहरूका 'रब' को तर्फबाट कठिन परीक्षा थियो ।
وَإِذۡ فَرَقۡنَا بِكُمُ ٱلۡبَحۡرَ فَأَنجَيۡنَٰكُمۡ وَأَغۡرَقۡنَآ ءَالَ فِرۡعَوۡنَ وَأَنتُمۡ تَنظُرُونَ
Open ayah 2:50र, स्मरण गर जब हामीले समुद्र चिरेर तिमीहरूका लागि बाटो बनायौं र त्यसबाट तिमीहरूलाई सकुशल पार गराइदियौं अनि त्यहीँ तिमीहरूको आँखा सामुन्ने फिरऔनीहरूलाई चुर्लुम्मै डुबाइदियौं ।
وَإِذۡ وَٰعَدۡنَا مُوسَىٰٓ أَرۡبَعِينَ لَيۡلَةٗ ثُمَّ ٱتَّخَذۡتُمُ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِهِۦ وَأَنتُمۡ ظَٰلِمُونَ
Open ayah 2:51र, स्मरण गर जब हामीले वाचा अनुसार (सन्देष्टा) मूसा लाई चालीस दिन–रातका लागि डाक्यौं । त्यसपछि तिमीहरूले बाच्छालाई (उपास्यको रूपमा) ग्रहण गरेर आफैमाथि ठूलो अत्याचार गर्यौ ।
ثُمَّ عَفَوۡنَا عَنكُم مِّنۢ بَعۡدِ ذَٰلِكَ لَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 2:52तिमीहरू कृतज्ञ हुनेछौ कि भनेर हामीले तिमीहरूलाई यस (महापाप) पश्चात् पनि क्षमा गरिदियौं ।
وَإِذۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَٱلۡفُرۡقَانَ لَعَلَّكُمۡ تَهۡتَدُونَ
Open ayah 2:53र, स्मरण गर जब हामीले मूसालाई ग्रन्थ एवं ‘फुर्कान’ दियौं यस आशामा कि तिमीहरू सत्यमार्गमा हिँड्न सक ।
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦ يَٰقَوۡمِ إِنَّكُمۡ ظَلَمۡتُمۡ أَنفُسَكُم بِٱتِّخَاذِكُمُ ٱلۡعِجۡلَ فَتُوبُوٓاْ إِلَىٰ بَارِئِكُمۡ فَٱقۡتُلُوٓاْ أَنفُسَكُمۡ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ عِندَ بَارِئِكُمۡ فَتَابَ عَلَيۡكُمۡۚ إِنَّهُۥ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 2:54र, स्मरण गर जब मूसाले आफ्ना मानिसहरूलाई भने– “हे मेरा समुदायका मानिसहरू हो ! निश्चय नै तिमीहरूले बाच्छालाई उपास्य बनाएर आफूमाथि ठूलो अन्याय गरेका छौ तसर्थ तिमीहरू आफ्ना सृष्टिकर्तातर्फ फर्क अनि आफ्नो (अपराधी मान्छेहरूको) हत्या गर । तिमीहरूका सृष्टिकर्ताको दृष्टिमा तिमीहरूको भलाई यसैमा छ ।” अनि उनले तिमीहरूलाई क्षमा गरिदिए । निस्सन्देह उनी अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।
وَإِذۡ قُلۡتُمۡ يَٰمُوسَىٰ لَن نُّؤۡمِنَ لَكَ حَتَّىٰ نَرَى ٱللَّهَ جَهۡرَةٗ فَأَخَذَتۡكُمُ ٱلصَّٰعِقَةُ وَأَنتُمۡ تَنظُرُونَ
Open ayah 2:55र, स्मरण गर जब तिमीहरूले भनेका थियौ– “हे मूसा हामी अल्लाहलाई साक्षात नदेखेसम्म तिमीमाथि कदापि विश्वास गर्दैनौं र हेर्दाहेर्दै तिमीहरूमाथि बज्रपात भयो ।”
ثُمَّ بَعَثۡنَٰكُم مِّنۢ بَعۡدِ مَوۡتِكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 2:56(तिमीहरू) निष्प्राण भएपछि पुनः हामीले तिमीहरूलाई जीवित तुल्यायौं ताकि तिमीहरू कृतज्ञ होऊ ।
وَظَلَّلۡنَا عَلَيۡكُمُ ٱلۡغَمَامَ وَأَنزَلۡنَا عَلَيۡكُمُ ٱلۡمَنَّ وَٱلسَّلۡوَىٰۖ كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡۚ وَمَا ظَلَمُونَا وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 2:57र, हामीले तिमीहरूमाथि बादलको छायाँ पार्यौं अनि तिमीहरूका लागि ‘मन्न’ र ‘सल्वा’ (अवतरित गर्यौं र भन्यौं)– “खाऊ यी पवित्र भोजनहरू जो हामीले तिमीहरूलाई प्रदान गरेका छौं । (तिम्रा पूर्वजहरूले हाम्रो कृपाको अनादर गरे र यस्तो गरेर) तिनीहरूले हाम्रो कुनै अनिष्ट गरेनन् बरु आफ्नै क्षति गरे ।
وَإِذۡ قُلۡنَا ٱدۡخُلُواْ هَٰذِهِ ٱلۡقَرۡيَةَ فَكُلُواْ مِنۡهَا حَيۡثُ شِئۡتُمۡ رَغَدٗا وَٱدۡخُلُواْ ٱلۡبَابَ سُجَّدٗا وَقُولُواْ حِطَّةٞ نَّغۡفِرۡ لَكُمۡ خَطَٰيَٰكُمۡۚ وَسَنَزِيدُ ٱلۡمُحۡسِنِينَ
Open ayah 2:58र, स्मरण गर जब हामीले आदेश दियौं कि यस बस्तीमा प्रवेश गर र जहाँबाट चाहन्छौ अघाउञ्जेल खाऊ अनि द्वारभित्र सज्दा गर्दै अनि “हित्ततुन्” (माफ पाऊँ) भन्दै प्रवेश गर । हामी तिम्रा पापहरू क्षमा गरिदिनेछौं र सुकर्मीहरूलाई अझ बढी दिनेछौं ।
فَبَدَّلَ ٱلَّذِينَ ظَلَمُواْ قَوۡلًا غَيۡرَ ٱلَّذِي قِيلَ لَهُمۡ فَأَنزَلۡنَا عَلَى ٱلَّذِينَ ظَلَمُواْ رِجۡزٗا مِّنَ ٱلسَّمَآءِ بِمَا كَانُواْ يَفۡسُقُونَ
Open ayah 2:59तर अत्याचारीहरूले तिनीहरूलाई भनिएको कुरालाई फेरबदल गरिदिए । अनि हामीले अवज्ञाकारिताको कारणले तिनीहरूमाथि आकाशबाट प्रकोप अवतरित गरिदियौं ।
۞وَإِذِ ٱسۡتَسۡقَىٰ مُوسَىٰ لِقَوۡمِهِۦ فَقُلۡنَا ٱضۡرِب بِّعَصَاكَ ٱلۡحَجَرَۖ فَٱنفَجَرَتۡ مِنۡهُ ٱثۡنَتَا عَشۡرَةَ عَيۡنٗاۖ قَدۡ عَلِمَ كُلُّ أُنَاسٖ مَّشۡرَبَهُمۡۖ كُلُواْ وَٱشۡرَبُواْ مِن رِّزۡقِ ٱللَّهِ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ
Open ayah 2:60र, स्मरण गर जब मूसाले आफ्नो समुदायकानिम्ति पानी मागे तब हामीले भन्यौं– आफ्नो लौरोले चट्टानमा हान । अनि, त्यसबाट बाह्रवटा मुहान फुटे र प्रत्येक समूहले आ–आफ्नो घाट चिने । (आदेश भयो)– “अल्लाहद्वारा प्रदत्त खाद्यान्नबाट खाऊ, पिऊ तर धर्तीमा विध्वंस मच्चाउँदै नहिंड ।”
وَإِذۡ قُلۡتُمۡ يَٰمُوسَىٰ لَن نَّصۡبِرَ عَلَىٰ طَعَامٖ وَٰحِدٖ فَٱدۡعُ لَنَا رَبَّكَ يُخۡرِجۡ لَنَا مِمَّا تُنۢبِتُ ٱلۡأَرۡضُ مِنۢ بَقۡلِهَا وَقِثَّآئِهَا وَفُومِهَا وَعَدَسِهَا وَبَصَلِهَاۖ قَالَ أَتَسۡتَبۡدِلُونَ ٱلَّذِي هُوَ أَدۡنَىٰ بِٱلَّذِي هُوَ خَيۡرٌۚ ٱهۡبِطُواْ مِصۡرٗا فَإِنَّ لَكُم مَّا سَأَلۡتُمۡۗ وَضُرِبَتۡ عَلَيۡهِمُ ٱلذِّلَّةُ وَٱلۡمَسۡكَنَةُ وَبَآءُو بِغَضَبٖ مِّنَ ٱللَّهِۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَانُواْ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلنَّبِيِّـۧنَ بِغَيۡرِ ٱلۡحَقِّۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ
Open ayah 2:61र, स्मरण गर जब तिमीहरूले भनेका थियौ– “हे मूसा ! हामी एकै किसिमको खानामा कदापि सन्तोष गर्न सक्दैनौं । आफ्ना स्वामीसँग हाम्रो लागि जमीनका उपजहरू सागपात, कांक्रा, लसुन, दाल र प्याज उमारिदिने प्रार्थना गर ।” मूसाले भने– “के तिमीहरू उत्तम वस्तुको ठाउँमा एक तुच्छ वस्तु चाहन्छौ ? (त्यसो भए) कुनै शहरमा जाऊ, तिमीहरूले मागेका वस्तुहरू पाउनेछौ ।” अन्ततः तिनीहरूमाथि अपमान र दरिद्रता थोपरियो । र, तिनीहरू अल्लाहको प्रकोपमा घेरिए । तिनीहरूले अल्लाहका आदेशहरूलाई नमानेकाले तथा अनाहकमा सन्देष्टाहरूको हत्या गरेकाले तिनीहरूको यो दुर्दशा भयो । यो तिनीहरूले गर्ने गरेका अल्लाहको अवज्ञा र सीमा उल्लङ्घनको परिणाम थियो ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَادُواْ وَٱلنَّصَٰرَىٰ وَٱلصَّٰبِـِٔينَ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَعَمِلَ صَٰلِحٗا فَلَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:62निस्सन्देह मोमिन, यहूदी, ईसाइ, तथा साबी (नक्षत्रको पूजा गर्ने) हरूमध्ये जो कोही अल्लाह तथा आखिरतमाथि ईमान ल्याउनेछन् र सत्कर्म गर्नेछन् तिनीहरूका लागि तिनीहरूका रब कहाँ प्रतिदानको व्यवस्था छ । तिनीहरूलाई न कुनै भय हुनेछ; न तिनीहरू दुःखी नै हुनेछन् ।
وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ وَرَفَعۡنَا فَوۡقَكُمُ ٱلطُّورَ خُذُواْ مَآ ءَاتَيۡنَٰكُم بِقُوَّةٖ وَٱذۡكُرُواْ مَا فِيهِ لَعَلَّكُمۡ تَتَّقُونَ
Open ayah 2:63र, स्मरण गर जब हामीले तिमीहरूसँग वचन लिएका थियौं र ‘तूर’ (पहाड) लाई तिमीहरूमाथि उठाएका थियौं र (आदेश दिएका थियौं कि) जुन ग्रन्थ हामीले तिमीहरूलाई दिएका छौं त्यसलाई दृढतापूर्वक सम्हाल; त्यसमा जे छ त्यो सम्झिराख ताकि तिमीहरू (अल्लाहको प्रकोपबाट) बच्न सक्नेछौ ।
ثُمَّ تَوَلَّيۡتُم مِّنۢ بَعۡدِ ذَٰلِكَۖ فَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ لَكُنتُم مِّنَ ٱلۡخَٰسِرِينَ
Open ayah 2:64त्यस पश्चात् तिमीहरू (आफ्नो वाचाबाट) बिमुख भयौ । यदि अल्लाहको कृपा एवं दया तिमीहरूमाथि नभएको भए तिमीहरू पहिले नै बरबाद भइसक्ने थियौ ।
وَلَقَدۡ عَلِمۡتُمُ ٱلَّذِينَ ٱعۡتَدَوۡاْ مِنكُمۡ فِي ٱلسَّبۡتِ فَقُلۡنَا لَهُمۡ كُونُواْ قِرَدَةً خَٰسِـِٔينَ
Open ayah 2:65र “सब्त” (शनिवार) को नियमलाई उल्लङ्घन गर्ने आफ्ना जातिका ती मानिसहरू (को वृत्तान्त) बाट अवगत नै छौ । अनि, हामीले पनि तिनीहरूलाई भनेका थियौं– “तुच्छ बाँदर भइहाल ।”
فَجَعَلۡنَٰهَا نَكَٰلٗا لِّمَا بَيۡنَ يَدَيۡهَا وَمَا خَلۡفَهَا وَمَوۡعِظَةٗ لِّلۡمُتَّقِينَ
Open ayah 2:66र, हामीले यस (घटना) लाई त्यस समय तथा भविष्यमा आउने सबैका लागि शिक्षाप्रद र ईशभय राख्नेहरूका लागि उपदेश बनायौं ।
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦٓ إِنَّ ٱللَّهَ يَأۡمُرُكُمۡ أَن تَذۡبَحُواْ بَقَرَةٗۖ قَالُوٓاْ أَتَتَّخِذُنَا هُزُوٗاۖ قَالَ أَعُوذُ بِٱللَّهِ أَنۡ أَكُونَ مِنَ ٱلۡجَٰهِلِينَ
Open ayah 2:67र, स्मरण गर जब मूसाले आफ्ना मानिसहरूलाई भने– “अल्लाहले तिमीहरूलाई गाई जबह (वध) गर्ने आदेश दिन्छन् ।” तिनीहरूले भने– “के तिमी हामीसित ठट्टा गर्दैछौ ?” मूसाले भने– “म मूर्ख र अज्ञानीहरूको जस्तो कुरा गर्नबाट बच्न अल्लाहको शरण चाहन्छु ।”
قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا هِيَۚ قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ لَّا فَارِضٞ وَلَا بِكۡرٌ عَوَانُۢ بَيۡنَ ذَٰلِكَۖ فَٱفۡعَلُواْ مَا تُؤۡمَرُونَ
Open ayah 2:68तिनीहरूले भने– “तिमी हाम्रोनिमित्त आफ्ना पालनकर्तासित प्रार्थना गर कि उनले त्यो (गाई) कस्तो हुनु पर्छ भन्ने कुरा स्पष्ट पारून् ।” मूसाले भने– “अल्लाह भन्दछन्— त्यो (गाई) न बूढो होस् न (कलिलो) बाच्छी बरु मध्य आयुको होस् । अतः तिमीहरू त्यही गर जसको आदेश दिइँदैछ ।”
قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا لَوۡنُهَاۚ قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ صَفۡرَآءُ فَاقِعٞ لَّوۡنُهَا تَسُرُّ ٱلنَّٰظِرِينَ
Open ayah 2:69तिनीहरूले भने– “तिमी हाम्रोनिमित्त आफ्ना पालनकर्तासित प्रार्थना गर कि उनले त्यस गाईको रङ्ग कस्तो हुनुपर्छ भन्ने कुरा पनि हामीलाई बताइदिऊन् ।” उनले भने– “अल्लाह भन्दछन्— त्यसको रङ्ग पहेंलो होस् जसको चम्किलो रङ्गले हेर्नेहरूलाई प्रसन्न तुल्याओस् ।”
قَالُواْ ٱدۡعُ لَنَا رَبَّكَ يُبَيِّن لَّنَا مَا هِيَ إِنَّ ٱلۡبَقَرَ تَشَٰبَهَ عَلَيۡنَا وَإِنَّآ إِن شَآءَ ٱللَّهُ لَمُهۡتَدُونَ
Open ayah 2:70तिनीहरूले भने– “हाम्रोनिम्ति आफ्नो पालनकर्तासित त्यस गाईका के–के विशेषताहरू हुनुपर्छ भन्ने कुरालाई स्पष्ट पारिदिनका लागि प्रार्थना गरिदेऊ किनभने हामीलाई सबै गाई उस्तै–उस्तै लाग्छन् र अल्लाहले चाहेमा हामी त्यो भेट्टाउन सक्नेछौं ।”
قَالَ إِنَّهُۥ يَقُولُ إِنَّهَا بَقَرَةٞ لَّا ذَلُولٞ تُثِيرُ ٱلۡأَرۡضَ وَلَا تَسۡقِي ٱلۡحَرۡثَ مُسَلَّمَةٞ لَّا شِيَةَ فِيهَاۚ قَالُواْ ٱلۡـَٰٔنَ جِئۡتَ بِٱلۡحَقِّۚ فَذَبَحُوهَا وَمَا كَادُواْ يَفۡعَلُونَ
Open ayah 2:71उनले भने– “अल्लाह भन्दछन्— त्यो गाई न काममा लगाइएको होस्; न खेत जोत्ने र न खेतमा सिंचाइ गर्ने काममा नै; सद्दे होस् र त्यसमा कुनै दाग नहोस् ।” तिनीहरूले भने– “तिमीले बल्ल सत्य कुरो स्पष्ट पार्यौ ।” अन्ततः तिनीहरूले त्यसलाई वध गरे जबकि तिनीहरू यसो गर्ने मानसिकतामा थिएनन् ।
وَإِذۡ قَتَلۡتُمۡ نَفۡسٗا فَٱدَّٰرَٰءۡتُمۡ فِيهَاۖ وَٱللَّهُ مُخۡرِجٞ مَّا كُنتُمۡ تَكۡتُمُونَ
Open ayah 2:72र, (स्मरण गर) जब तिमीहरूले एकजनाको हत्या गरी आपसमा झगडा तथा एक–अर्कामाथि दोषारोपण गर्न थाल्यौ । तर, तिमीहरूले जुन कुरा लुकाइरहेका थियौ अल्लाह त्यो प्रकट गर्नेवाला थिए ।
فَقُلۡنَا ٱضۡرِبُوهُ بِبَعۡضِهَاۚ كَذَٰلِكَ يُحۡيِ ٱللَّهُ ٱلۡمَوۡتَىٰ وَيُرِيكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَعۡقِلُونَ
Open ayah 2:73अनि हामीले भन्यौं– “उक्त लाशलाई त्यस (वध गरिएको गाई) को एउटा चोकटाले हिर्काऊ (ऊ जीवित भइहाल्नेछ) । यसरी अल्लाहले मुर्दालाई जीवित पारी तिमीहरूलाई आफ्नो चमत्कारहरू देखाउँछन् । आशा छ तिमीहरू विवेक प्रयोग गर्नेछौ ।”
ثُمَّ قَسَتۡ قُلُوبُكُم مِّنۢ بَعۡدِ ذَٰلِكَ فَهِيَ كَٱلۡحِجَارَةِ أَوۡ أَشَدُّ قَسۡوَةٗۚ وَإِنَّ مِنَ ٱلۡحِجَارَةِ لَمَا يَتَفَجَّرُ مِنۡهُ ٱلۡأَنۡهَٰرُۚ وَإِنَّ مِنۡهَا لَمَا يَشَّقَّقُ فَيَخۡرُجُ مِنۡهُ ٱلۡمَآءُۚ وَإِنَّ مِنۡهَا لَمَا يَهۡبِطُ مِنۡ خَشۡيَةِ ٱللَّهِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
Open ayah 2:74त्यसपछि तिमीहरूको हृदय कठोर हुन पुग्यो ढुङ्गाजस्तै वा त्योभन्दा पनि कठोर; बरु केही ढुङ्गाहरू यस्ता पनि हुन्छन् जसबाट खोलाहरू बगिरहेका हुन्छन्; तिनीहरुबाट पानीको धारा निस्कन्छ र केही अल्लाहको भयले झरिरहेका हुन्छन् । र, अल्लाह तिमीहरूको क्रियाकलापबाट अनभिज्ञ छैनन् ।
۞أَفَتَطۡمَعُونَ أَن يُؤۡمِنُواْ لَكُمۡ وَقَدۡ كَانَ فَرِيقٞ مِّنۡهُمۡ يَسۡمَعُونَ كَلَٰمَ ٱللَّهِ ثُمَّ يُحَرِّفُونَهُۥ مِنۢ بَعۡدِ مَا عَقَلُوهُ وَهُمۡ يَعۡلَمُونَ
Open ayah 2:75(हे मुस्लिमहरू हो !) के तिनीहरु (इसराईलका सन्तानहरू) ले तिमीहरूको कुरा मान्ने छन् भनी अझै पनि आशा गर्दैछौ जबकि तिनीहरूमाझ एउटा यस्तो समूह छ जसले अल्लाहको वाणी सुनेर बुझिसकेपछि पनि जानी–जानी त्यसमा फेरबदल गरिदिन्छ ?
وَإِذَا لَقُواْ ٱلَّذِينَ ءَامَنُواْ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَا بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٖ قَالُوٓاْ أَتُحَدِّثُونَهُم بِمَا فَتَحَ ٱللَّهُ عَلَيۡكُمۡ لِيُحَآجُّوكُم بِهِۦ عِندَ رَبِّكُمۡۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 2:76आस्थावानहरूसँग भेट हुँदा तिनीहरू भन्छन्– “हामीले ईमान ल्याइसकेका छौं ।” र, एकान्तमा आपसमा भेट्दा भन्छन्– “के अल्लाहले तिमीहरूसमक्ष (तौरातमा) स्पष्ट पारेका कुराहरू मुसलमानहरूलाई बताउँछौ जसले गर्दा उनीहरूले तिम्रा पालनकर्तासमक्ष तिम्रैविरुद्ध यसलाई तर्क पेश गर्न सकून् ? के तिमीहरू बुद्धि प्रयोग गर्दैनौ ?”
أَوَلَا يَعۡلَمُونَ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَ
Open ayah 2:77के जे तिनीहरू गोप्य राख्छन् र जे प्रकट गर्छन् अल्लाहलाई ती सबै कुरा थाहा छ भन्ने कुराको तिनीहरूलाई हेक्का छैन ?
وَمِنۡهُمۡ أُمِّيُّونَ لَا يَعۡلَمُونَ ٱلۡكِتَٰبَ إِلَّآ أَمَانِيَّ وَإِنۡ هُمۡ إِلَّا يَظُنُّونَ
Open ayah 2:78र, यिनीहरूमध्ये कोही यस्ता अज्ञानी पनि छन् जसलाई ईशग्रन्थको बारेमा मिथ्या आशाबाहेक केही थाहा छैन । र, यिनीहरू अनुमान मात्र गरिरहन्छन् ।
فَوَيۡلٞ لِّلَّذِينَ يَكۡتُبُونَ ٱلۡكِتَٰبَ بِأَيۡدِيهِمۡ ثُمَّ يَقُولُونَ هَٰذَا مِنۡ عِندِ ٱللَّهِ لِيَشۡتَرُواْ بِهِۦ ثَمَنٗا قَلِيلٗاۖ فَوَيۡلٞ لَّهُم مِّمَّا كَتَبَتۡ أَيۡدِيهِمۡ وَوَيۡلٞ لَّهُم مِّمَّا يَكۡسِبُونَ
Open ayah 2:79र, बरबादी छ ती मानिसहरूका निम्ति जो आफ्नो हातले धर्म–विधान लेख्छन् अनि तुच्छ लाभ प्राप्तिको लागि “यो अल्लाहको तर्फबाट आएको हो” भन्छन् । तिनीहरूको हातले लेखिएको (धर्म–विधान) तिनीहरूका लागि बरबादीको चिज हो र तिनीहरूको यो आर्जन पनि तिनीहरूका लागि बरबादीको कारण हो ।
وَقَالُواْ لَن تَمَسَّنَا ٱلنَّارُ إِلَّآ أَيَّامٗا مَّعۡدُودَةٗۚ قُلۡ أَتَّخَذۡتُمۡ عِندَ ٱللَّهِ عَهۡدٗا فَلَن يُخۡلِفَ ٱللَّهُ عَهۡدَهُۥٓۖ أَمۡ تَقُولُونَ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 2:80तिनीहरू भन्छन्– “हामीलाई (नरकको) आगोले किमार्थ छुन सक्दैन; छोइहाल्यो भने पनि केही दिनको लागि मात्र ।” (हे मुहम्मद स.!) सोध– “के तिमीहरूले अल्लाहसित कुनै वाचा गरेका छौ जसको अल्लाहले उल्लङ्घन गर्ने छैनन् वा अल्लाहको बारेमा त्यो कुरा भन्दैछौ जसको ज्ञान तिमीहरूलाई छँदै छैन ?”
بَلَىٰۚ مَن كَسَبَ سَيِّئَةٗ وَأَحَٰطَتۡ بِهِۦ خَطِيٓـَٔتُهُۥ فَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:81निस्सन्देह पाप कमाउने र कुकर्ममा लिप्त रहने मानिसहरू नरकबासी हुन्; (त्यहाँ) तिनीहरू सदैव रहनेछन् ।
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:82र, ईमान राख्ने तथा सत्कर्म गर्ने व्यक्तिहरू स्वर्गमा प्रवेश गर्नेछन्; त्यहाँ उनीहरू सदैव रहनेछन् ।
وَإِذۡ أَخَذۡنَا مِيثَٰقَ بَنِيٓ إِسۡرَٰٓءِيلَ لَا تَعۡبُدُونَ إِلَّا ٱللَّهَ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَانٗا وَذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَقُولُواْ لِلنَّاسِ حُسۡنٗا وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ ثُمَّ تَوَلَّيۡتُمۡ إِلَّا قَلِيلٗا مِّنكُمۡ وَأَنتُم مُّعۡرِضُونَ
Open ayah 2:83र, त्यस (कुरा) को स्मरण गर जब हामीले इसराईलका सन्तानहरूसँग वचन लिएका थियौं कि तिमीहरू अल्लाहबाहेक अन्य कसैको उपासना गर्ने छैनौ, आमा–बुवा, नातेदार, अनाथ तथा दीन–दुःखीहरूसँग सद्व्यवहार गर्नेछौ, र मानिसहरूसित मीठो बोल्ने, नमाज कायम गर्ने र जकात चुक्ता गर्नेछौ तर तिमीहरूमध्ये केही व्यक्तिबाहेक सबै विमुख भए र तिमीहरू त विमुख हुनेहरू नै हौ ।
وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ لَا تَسۡفِكُونَ دِمَآءَكُمۡ وَلَا تُخۡرِجُونَ أَنفُسَكُم مِّن دِيَٰرِكُمۡ ثُمَّ أَقۡرَرۡتُمۡ وَأَنتُمۡ تَشۡهَدُونَ
Open ayah 2:84र, त्यस कुराको स्मरण गर जब हामीले तिमीहरूसँग दृढ वचन लिएका थियौं कि तिमीहरू (आपसमा) रक्तपात गर्ने छैनौ तथा आफ्ना मानिसहरूलाई घरबाट निष्कासित गर्ने छैनौ । तिमीहरूले यसलाई स्वीकार गरेका थियौ जसको साक्षी तिमीहरू आफैं हौ ।
ثُمَّ أَنتُمۡ هَٰٓؤُلَآءِ تَقۡتُلُونَ أَنفُسَكُمۡ وَتُخۡرِجُونَ فَرِيقٗا مِّنكُم مِّن دِيَٰرِهِمۡ تَظَٰهَرُونَ عَلَيۡهِم بِٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَإِن يَأۡتُوكُمۡ أُسَٰرَىٰ تُفَٰدُوهُمۡ وَهُوَ مُحَرَّمٌ عَلَيۡكُمۡ إِخۡرَاجُهُمۡۚ أَفَتُؤۡمِنُونَ بِبَعۡضِ ٱلۡكِتَٰبِ وَتَكۡفُرُونَ بِبَعۡضٖۚ فَمَا جَزَآءُ مَن يَفۡعَلُ ذَٰلِكَ مِنكُمۡ إِلَّا خِزۡيٞ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ يُرَدُّونَ إِلَىٰٓ أَشَدِّ ٱلۡعَذَابِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
Open ayah 2:85फेरि तिमीहरू नै हौ जो आफन्तको हत्या गर्दछौ; आफ्नै एउटा समूहलाई तिनीहरूको घरबाट निष्कासित गर्दछौ र तिनीहरूमाथि पाप एवं अत्याचार गर्दै तिनीहरूविरुद्ध (तिनका शत्रुहरूलाई) सहयोग पुर्याउँछौ । अनि तिनीहरू बन्दी भएर तिमीकहाँ आउँदा तिमीहरू फिद्या (हर्जाना) तिरेर तिनीहरूलाई मुक्त पनि गराउँदछौ जबकि तिनीहरूलाई निष्कासित गर्नु नै तिमीहरूका निम्ति अवैध थियो । के तिमीहरू ईशग्रन्थको केही अंशमाथि आस्था राख्दछौ अनि केही अंशप्रति कुफ्र (अनास्था प्रदर्शन) गर्छौ ? तिमीहरूमध्ये जसले यस्तो गर्छ उसको लागि यसबाहेक अरू के सजायँ हुन सक्छ कि सांसारिक जीवनमा त्यो अपमानित होस् र महाप्रलयको दिन अत्यन्त कठोर यातनातर्फ हुत्याइयोस् ? र, अल्लाह तिमीहरूले गर्ने गरेका कार्यहरूबाट अनभिज्ञ छैनन् ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا بِٱلۡأٓخِرَةِۖ فَلَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنصَرُونَ
Open ayah 2:86यिनीहरू तिनै हुन् जसले आखिरतको साटो सांसारिक जीवन खरिद गरेका छन् । अतः न तिनीहरूको यातना कम गरिनेछ र न तिनीहरूलाई सहयोग नै प्राप्त हुनेछ ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَقَفَّيۡنَا مِنۢ بَعۡدِهِۦ بِٱلرُّسُلِۖ وَءَاتَيۡنَا عِيسَى ٱبۡنَ مَرۡيَمَ ٱلۡبَيِّنَٰتِ وَأَيَّدۡنَٰهُ بِرُوحِ ٱلۡقُدُسِۗ أَفَكُلَّمَا جَآءَكُمۡ رَسُولُۢ بِمَا لَا تَهۡوَىٰٓ أَنفُسُكُمُ ٱسۡتَكۡبَرۡتُمۡ فَفَرِيقٗا كَذَّبۡتُمۡ وَفَرِيقٗا تَقۡتُلُونَ
Open ayah 2:87र हामीले (तिम्रो मार्गदर्शनको लागि) मूसालाई ग्रन्थ प्रदान गर्यौं । र, त्यसपछि अनवरत रूपमा अरू ईशदूतहरू पठाइराख्यौं र उनीहरूमध्ये मरयम–पुत्र ईसालाई स्पष्ट चमत्कारहरू प्रदान गर्यौं, अनि पवित्र आत्मा (जिब्रईल) द्वारा उनलाई सहायता गर्यौं । तर, (तिमीहरूको यो के चाला हो कि) तिमीहरूसमक्ष कुनै रसूल तिम्रो चाहना विपरीत कुनै कुरा लिएर आउँदा तिमीहरूले जहिले पनि अटेरी गर्यौ अनि केही रसूलहरूलाई झूठो ठहर गर्यौ र केहीको त हत्या नै गरिदियौ ।
وَقَالُواْ قُلُوبُنَا غُلۡفُۢۚ بَل لَّعَنَهُمُ ٱللَّهُ بِكُفۡرِهِمۡ فَقَلِيلٗا مَّا يُؤۡمِنُونَ
Open ayah 2:88र, तिनीहरू भन्छन्–“हाम्रो हृदय खोलमा (बन्द) छ ।” बरु तिनीहरूको कुफ्रको कारणले तिनीहरूमाथि अल्लाहको अभिशाप परेको छ । त्यसैले तिनीहरू बिरलै ईमान ल्याउँछन् ।
وَلَمَّا جَآءَهُمۡ كِتَٰبٞ مِّنۡ عِندِ ٱللَّهِ مُصَدِّقٞ لِّمَا مَعَهُمۡ وَكَانُواْ مِن قَبۡلُ يَسۡتَفۡتِحُونَ عَلَى ٱلَّذِينَ كَفَرُواْ فَلَمَّا جَآءَهُم مَّا عَرَفُواْ كَفَرُواْ بِهِۦۚ فَلَعۡنَةُ ٱللَّهِ عَلَى ٱلۡكَٰفِرِينَ
Open ayah 2:89र, अब तिनीहरूसमक्ष अल्लाहको तर्फबाट जुन ग्रन्थ आएको छ त्यससँग तिनीहरूको कस्तो व्यवहार छ जबकि यसले तिनीहरूसित रहेका ग्रन्थहरूको पुष्टि गर्दछ ? र, जबकि यसको आगमनपूर्व तिनीहरू (सधै यसैद्वारा) काफिरहरूमाथि विजयको प्रार्थना गर्ने गर्थे ? तर, जब तिनीहरूसमक्ष त्यही चिज आयो तब तिनीहरूले त्यो चिनेर पनि त्यसलाई सत्य मानेनन् । तसर्थ अल्लाहको धिक्कार छ अवज्ञाकारीहरूमाथि ।
بِئۡسَمَا ٱشۡتَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡ أَن يَكۡفُرُواْ بِمَآ أَنزَلَ ٱللَّهُ بَغۡيًا أَن يُنَزِّلَ ٱللَّهُ مِن فَضۡلِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۖ فَبَآءُو بِغَضَبٍ عَلَىٰ غَضَبٖۚ وَلِلۡكَٰفِرِينَ عَذَابٞ مُّهِينٞ
Open ayah 2:90अति तुच्छ छ त्यो मूल्य जसको साटोमा तिनीहरूले स्वयमलाई बेचे । अल्लाहले अवतरण गरेको ग्रन्थलाई तिनीहरूले केवल यस जिद्दीपन (र डाहा) को कारणले अस्वीकार गरिदिए कि अल्लाहले आफ्ना उपासकहरूमध्ये जसलाई चाहे उसैमाथि आफ्नो कृपाले अवतरण गरे । अतः तिनीहरू प्रकोपमाथि प्रकोपको शिकार भए । र, काफिरहरूका लागि अपमानजनक यातना रहेको छ ।
وَإِذَا قِيلَ لَهُمۡ ءَامِنُواْ بِمَآ أَنزَلَ ٱللَّهُ قَالُواْ نُؤۡمِنُ بِمَآ أُنزِلَ عَلَيۡنَا وَيَكۡفُرُونَ بِمَا وَرَآءَهُۥ وَهُوَ ٱلۡحَقُّ مُصَدِّقٗا لِّمَا مَعَهُمۡۗ قُلۡ فَلِمَ تَقۡتُلُونَ أَنۢبِيَآءَ ٱللَّهِ مِن قَبۡلُ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 2:91र, जब तिनीहरुलाई अल्लाहद्वारा अवतरित ग्रन्थमाथि ईमान ल्याउन भनिन्छ तब तिनीहरू भन्छन्– “हामी त त्यसै ग्रन्थमाथि ईमान राख्छौं जुन हामीमाथि अवतरण भएको छ ।” तिनीहरू त्यसबाहेक अन्य (ग्रन्थ) लाई मान्दैनन् जबकि यो (कुरआन) पूर्णरूपमा सत्य हो । यसले तिनीहरूकहाँ पहिलेदेखि विद्यमान ग्रन्थहरूको पुष्टि गर्दछ । सोध—“यदि तिमीहरू आस्थावान हौ भने यसअघि किन (आफ्नै वंशजमा आएका) अल्लाहका सन्देष्टाहरूको हत्या गर्दै आएका छौ ?” ,
۞وَلَقَدۡ جَآءَكُم مُّوسَىٰ بِٱلۡبَيِّنَٰتِ ثُمَّ ٱتَّخَذۡتُمُ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِهِۦ وَأَنتُمۡ ظَٰلِمُونَ
Open ayah 2:92र, मूसाले तिमीहरूसमक्ष स्पष्ट प्रमाणहरू लिएर आए पनि तिमीहरूले (आफूमाथि) अत्याचार गर्दै उनको (छोटो अवधिको) अनुपस्थितिमा बाच्छालाई पूज्य बनायौ ।
وَإِذۡ أَخَذۡنَا مِيثَٰقَكُمۡ وَرَفَعۡنَا فَوۡقَكُمُ ٱلطُّورَ خُذُواْ مَآ ءَاتَيۡنَٰكُم بِقُوَّةٖ وَٱسۡمَعُواْۖ قَالُواْ سَمِعۡنَا وَعَصَيۡنَا وَأُشۡرِبُواْ فِي قُلُوبِهِمُ ٱلۡعِجۡلَ بِكُفۡرِهِمۡۚ قُلۡ بِئۡسَمَا يَأۡمُرُكُم بِهِۦٓ إِيمَٰنُكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 2:93र, स्मरण गर जब हामीले तिमीहरूसँग वाचा लिएका थियौं र ‘तूर’ (पहाड) लाई तिमीहरूमाथि उठाएका थियौं । र, आदेश दिएका थियौं (कि) जुन (ग्रन्थ) हामीले तिमीहरूलाई दिएका छौं त्यसलाई दृढतापूर्वक सम्हाल र त्यसमा जे छ त्यो राम्ररी सुन । तिनीहरूले भने– “हामीले सुन्यौं (तर) अवज्ञा गर्यौं ।” तिनीहरूको कुफ्रको कारणले बाच्छोले तिनीहरूको मनमा स्थान लिइसकेको थियो । भनिदेऊ– “यदि तिमीहरू मोमिन हौ भने तिमीहरूको आस्थाले दिइरहेका आदेश कति नराम्रा छन् !”
قُلۡ إِن كَانَتۡ لَكُمُ ٱلدَّارُ ٱلۡأٓخِرَةُ عِندَ ٱللَّهِ خَالِصَةٗ مِّن دُونِ ٱلنَّاسِ فَتَمَنَّوُاْ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 2:94भनिदेऊ– “यदि अल्लाहकहाँ आखिरतको घर (स्वर्ग) अन्य मानिसहरूका लागि नभई केवल तिमीहरू कै लागि हो र तिमीहरू (आफ्नो दाबीमा) सत्य छौ भने मृत्युको कामना गरेर देखाऊ ।”
وَلَن يَتَمَنَّوۡهُ أَبَدَۢا بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّٰلِمِينَ
Open ayah 2:95तर तिनीहरूले आफ्ना हातले पठाएका कुकर्महरूले गर्दा कहिल्यै पनि मृत्युको कामना गर्ने छैनन् । अल्लाहलाई अत्याचारीहरूको बारेमा राम्ररी थाहा छ ।
وَلَتَجِدَنَّهُمۡ أَحۡرَصَ ٱلنَّاسِ عَلَىٰ حَيَوٰةٖ وَمِنَ ٱلَّذِينَ أَشۡرَكُواْۚ يَوَدُّ أَحَدُهُمۡ لَوۡ يُعَمَّرُ أَلۡفَ سَنَةٖ وَمَا هُوَ بِمُزَحۡزِحِهِۦ مِنَ ٱلۡعَذَابِ أَن يُعَمَّرَۗ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ
Open ayah 2:96तिमी पाउनेछौ कि तिनीहरू अन्य मानिसहरूभन्दा बढी बाँचिरहन लालायित छन् । बरु मुश्रिक (बहुदेववादी) हरूभन्दा पनि बढी । तिनीहरूमध्ये प्रत्येक व्यक्ति हजार वर्षसम्म बाँच्न चाहन्छ जबकि आयु जति लामो भए पनि उसलाई (अल्लाहको) यातनाबाट बचाउन सक्दैन । तिनीहरू जे गर्छन् ती सबै अल्लाहले देखिराखेका छन् ।
قُلۡ مَن كَانَ عَدُوّٗا لِّـجِبۡرِيلَ فَإِنَّهُۥ نَزَّلَهُۥ عَلَىٰ قَلۡبِكَ بِإِذۡنِ ٱللَّهِ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ وَهُدٗى وَبُشۡرَىٰ لِلۡمُؤۡمِنِينَ
Open ayah 2:97(हे मुहम्मद स.!) भनिदेऊ– “जो जिब्रईलको शत्रु हो ,(उसले थाहा पाइराखोस् कि) उनले अल्लाह कै आदेशानुसार यस (कुरआन) लाई तिम्रो हृदयमा अवतरित गरेका हुन् जसले पहिलेदेखि विद्यमान ग्रन्थहरूको पुष्टि गर्दछ । यो आस्थावानहरूका लागि मार्गदर्शन तथा शुभ–सूचना हो ।”
مَن كَانَ عَدُوّٗا لِّلَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَرُسُلِهِۦ وَجِبۡرِيلَ وَمِيكَىٰلَ فَإِنَّ ٱللَّهَ عَدُوّٞ لِّلۡكَٰفِرِينَ
Open ayah 2:98जो कोही अल्लाह, उनका फरिश्ताहरू र उनका रसूलहरू तथा जिब्रईल एवं मीकाईलको शत्रु हो, अल्लाह पनि (त्यस्ता) काफिरहरूका शत्रु हुन् ।
وَلَقَدۡ أَنزَلۡنَآ إِلَيۡكَ ءَايَٰتِۭ بَيِّنَٰتٖۖ وَمَا يَكۡفُرُ بِهَآ إِلَّا ٱلۡفَٰسِقُونَ
Open ayah 2:99र (हे मुहम्मद स.!) हामीले तिमीमाथि स्पष्ट आयतहरू अवतरण गरेका छौं जसको इन्कार केवल दूराचारीहरू गर्छन् ।
أَوَكُلَّمَا عَٰهَدُواْ عَهۡدٗا نَّبَذَهُۥ فَرِيقٞ مِّنۡهُمۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يُؤۡمِنُونَ
Open ayah 2:100के यो सत्य होइन कि जब–जब तिनीहरूले कुनै प्रतिज्ञा गरे तब–तब तिनीहरूमध्ये कै कुनै समूहले त्यसलाई भङ्ग गर्यो । यथार्थमा तिनीहरूमध्ये धेरैजसो (मेरो प्रतिज्ञामा) विश्वास नै राख्दैनन् ।
وَلَمَّا جَآءَهُمۡ رَسُولٞ مِّنۡ عِندِ ٱللَّهِ مُصَدِّقٞ لِّمَا مَعَهُمۡ نَبَذَ فَرِيقٞ مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ كِتَٰبَ ٱللَّهِ وَرَآءَ ظُهُورِهِمۡ كَأَنَّهُمۡ لَا يَعۡلَمُونَ
Open ayah 2:101र, जब तिनीहरूकहाँ अल्लाहको तर्फबाट एकजना रसूल आए जसले तिनीहरूसँग रहेका ग्रन्थहरूको पनि पुष्टि गर्दथे तब अह्ले–किताबहरूमध्येको एउटा समूहले अल्लाहको ग्रन्थलाई पिठ्युँपछाडि यसरी फ्याँकिदियो कि मानौं तिनीहरूलाई केही थाहा नै थिएन ।
وَٱتَّبَعُواْ مَا تَتۡلُواْ ٱلشَّيَٰطِينُ عَلَىٰ مُلۡكِ سُلَيۡمَٰنَۖ وَمَا كَفَرَ سُلَيۡمَٰنُ وَلَٰكِنَّ ٱلشَّيَٰطِينَ كَفَرُواْ يُعَلِّمُونَ ٱلنَّاسَ ٱلسِّحۡرَ وَمَآ أُنزِلَ عَلَى ٱلۡمَلَكَيۡنِ بِبَابِلَ هَٰرُوتَ وَمَٰرُوتَۚ وَمَا يُعَلِّمَانِ مِنۡ أَحَدٍ حَتَّىٰ يَقُولَآ إِنَّمَا نَحۡنُ فِتۡنَةٞ فَلَا تَكۡفُرۡۖ فَيَتَعَلَّمُونَ مِنۡهُمَا مَا يُفَرِّقُونَ بِهِۦ بَيۡنَ ٱلۡمَرۡءِ وَزَوۡجِهِۦۚ وَمَا هُم بِضَآرِّينَ بِهِۦ مِنۡ أَحَدٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمۡ وَلَا يَنفَعُهُمۡۚ وَلَقَدۡ عَلِمُواْ لَمَنِ ٱشۡتَرَىٰهُ مَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖۚ وَلَبِئۡسَ مَا شَرَوۡاْ بِهِۦٓ أَنفُسَهُمۡۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 2:102तिनीहरू त्यस (जादू–मन्तर) को पछि लागे जुन सुलैमानको शासनकालमा शैतानहरूले पेश गर्थे । र, सुलैमानले त कहिल्यै कुफ्र गरेका थिएनन् बरु शैतानहरूले कुफ्र गरे अनि मानिसहरूलाई जादू सिकाए । र, (तिनीहरू त्यस कुराको पछि लागे) जुन ‘बेबीलोन’ मा हारूत र मारूत (नामक) दुई फरिश्ताहरूमाथि अवतरित गरिएको थियो जबकि ती दुबैले कसैलाई पनि त्यसको शिक्षा दिंदा भन्ने गर्थे– “हामी (तिमीहरूका लागि) केवल परीक्षा हौं । अतः (यसलाई सिकेर कहिल्यै) कुफ्र नगर्नु ।” यद्यपि तिनीहरू ती दुबै दूतहरूसित यस्तो (जादू) सिक्दथे जसको माध्यमले पति–पत्नीको सम्बन्धविच्छेद गर्न सकियोस् जबकि तिनीहरू अल्लाहको अनुमति बिना कसैलाई पनि कुनै हानि पुर्याउन सक्दैनथे, तथापि तिनीहरू त्यो कुरा सिक्दथे जुन तिनीहरूका लागि हानिकारक थियो; लाभदायक थिएन । तिनीहरूलाई राम्ररी थाहा थियो कि जो त्यस (जादू) को ग्राहक बन्यो परलोकमा त्यसका लागि कुनै हिस्सा हुने छैन । कति तुच्छ छ त्यो चिज जसको साटो तिनीहरूले आफूलाई बेचे । आह ! तिनीहरूलाई यसको ज्ञान भइदिएको भए (कति जाती) ।
وَلَوۡ أَنَّهُمۡ ءَامَنُواْ وَٱتَّقَوۡاْ لَمَثُوبَةٞ مِّنۡ عِندِ ٱللَّهِ خَيۡرٞۚ لَّوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 2:103यदि तिनीहरूले ईमान ल्याएको र भय राखेको भए अल्लाहको तर्फबाट राम्रो प्रतिदान पाउने थिए । तिनीहरूलाई यसको ज्ञान भइदिएको भए (कत्ति बेस हुन्थ्यो) ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقُولُواْ رَٰعِنَا وَقُولُواْ ٱنظُرۡنَا وَٱسۡمَعُواْۗ وَلِلۡكَٰفِرِينَ عَذَابٌ أَلِيمٞ
Open ayah 2:104हे आस्थावानहरू हो ! (मुहम्मद (स.) सित कुरा गर्दा) “राएना” नभन बरु यसको सट्टा “उन्जुर्ना” भन र सुन्ने गर । काफिरहरूका लागि कष्टमय यातना रहेको छ ।
مَّا يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ وَلَا ٱلۡمُشۡرِكِينَ أَن يُنَزَّلَ عَلَيۡكُم مِّنۡ خَيۡرٖ مِّن رَّبِّكُمۡۚ وَٱللَّهُ يَخۡتَصُّ بِرَحۡمَتِهِۦ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
Open ayah 2:105अह्ले किताब (ग्रन्थवाहक) वा बहुदेववादी जोसुकै मध्येका अस्वीकार गर्नेहरूले तिमीमाथि तिम्रा पालनकर्ताको तर्फबाट कुनै भलाई अवतरण होस् भन्ने कदापि चाहँदैनन् । तर, अल्लाह जसलाई चाहन्छन् आफ्नो दयाको लागि रोज्दछन् । र, अल्लाह परम उदार दानकर्ता हुन् ।
۞مَا نَنسَخۡ مِنۡ ءَايَةٍ أَوۡ نُنسِهَا نَأۡتِ بِخَيۡرٖ مِّنۡهَآ أَوۡ مِثۡلِهَآۗ أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 2:106र, जुन आयतलाई हामी हटाउँछौं वा भुलाउँछौं त्यसको प्रतिस्थापनमा त्योभन्दा राम्रो वा त्यस्तै आयत ल्याउँछौं । के तिमी अल्लाह सम्पूर्ण कुराको सामथ्र्य राख्दछन् भन्ने कुरा जान्दैनौ ?
أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٍ
Open ayah 2:107निस्सन्देह आकाशहरू र धर्तीमा अल्लाह कै शासन छ अनि अल्लाहका अतिरिक्त तिम्रो कोही पनि संरक्षक–मित्र र सहयोगी छैन भन्ने कुरा के तिमीलाई थाहा छैन र ?
أَمۡ تُرِيدُونَ أَن تَسۡـَٔلُواْ رَسُولَكُمۡ كَمَا سُئِلَ مُوسَىٰ مِن قَبۡلُۗ وَمَن يَتَبَدَّلِ ٱلۡكُفۡرَ بِٱلۡإِيمَٰنِ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ
Open ayah 2:108के तिमी आफ्ना रसूलसँग त्यस्तै प्रश्न गर्न चाहन्छौ जस्तो यसभन्दा पहिले मूसासित गरिएको थियो ? र, जो कोही ईमानको सट्टा कुफ्रलाई अँगाल्छ ऊ सत्मार्गलाई निश्चित रूपमा गुमाउन पुग्छ ।
وَدَّ كَثِيرٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَوۡ يَرُدُّونَكُم مِّنۢ بَعۡدِ إِيمَٰنِكُمۡ كُفَّارًا حَسَدٗا مِّنۡ عِندِ أَنفُسِهِم مِّنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡحَقُّۖ فَٱعۡفُواْ وَٱصۡفَحُواْ حَتَّىٰ يَأۡتِيَ ٱللَّهُ بِأَمۡرِهِۦٓۗ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 2:109अहले किताबमध्ये धेरैजसो सामु सत्यता स्पष्ट भइसकेपछि पनि (तिमीहरूप्रति रहेको) डाहाको कारणले तिमीहरूले ईमान ल्याइसकेपछि तिमीहरूलाई पुनः कुफ्रतिरै फर्काउन चाहन्छन् । अल्लाहको आदेश नआएसम्म यिनीहरूलाई क्षमा गरिदेऊ र छोडिदेऊ । निस्सन्देह अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।
وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَۚ وَمَا تُقَدِّمُواْ لِأَنفُسِكُم مِّنۡ خَيۡرٖ تَجِدُوهُ عِندَ ٱللَّهِۗ إِنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 2:110र नमाज कायम गर र जकात देऊ । स्वयमको लागि जेजति सत्कर्म गरेर पठाउने छौ ती सबै अल्लाहकहाँ पाउनेछौ । निस्सन्देह तिमीहरू जे गर्छौ अल्लाहले देखिरहेका छन् ।
وَقَالُواْ لَن يَدۡخُلَ ٱلۡجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوۡ نَصَٰرَىٰۗ تِلۡكَ أَمَانِيُّهُمۡۗ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 2:111तिनीहरू भन्छन्– “(यहूदिहरुको विचारमा) यहूदी वा (ईसाईहरूको विचारमा) ईसाई बाहेक अरु कोही स्वर्गमा प्रवेश गर्न सक्दैन ।” यी यिनका कामना मात्र हुन् । भन— “यदि तिमीहरू सच्चा हौ भने आफ्ना प्रमाणहरू प्रस्तुत गर ।”
بَلَىٰۚ مَنۡ أَسۡلَمَ وَجۡهَهُۥ لِلَّهِ وَهُوَ مُحۡسِنٞ فَلَهُۥٓ أَجۡرُهُۥ عِندَ رَبِّهِۦ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:112किन नहुनु; जसले आफ्नो अनुहारलाई अल्लाहसमक्ष समर्पित गर्छ र जो सत्कर्मी पनि छ, उसको प्रतिफल उसको पालनकर्ताकहाँ रहेको छ । तथा यस्ता व्यक्तिहरूलाई न कुनै त्रास हुनेछ र न उनीहरू दुःखी नै हुनेछन् ।
وَقَالَتِ ٱلۡيَهُودُ لَيۡسَتِ ٱلنَّصَٰرَىٰ عَلَىٰ شَيۡءٖ وَقَالَتِ ٱلنَّصَٰرَىٰ لَيۡسَتِ ٱلۡيَهُودُ عَلَىٰ شَيۡءٖ وَهُمۡ يَتۡلُونَ ٱلۡكِتَٰبَۗ كَذَٰلِكَ قَالَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ مِثۡلَ قَوۡلِهِمۡۚ فَٱللَّهُ يَحۡكُمُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ
Open ayah 2:113यहूदीहरू भन्छन्– “ईसार्ईहरूको कुनै आधार छैन” र ईसार्ईहरू भन्छन्– “यहूदीहरूको कुनै आधार छैन” जबकि तिनीहरू दुबै ईशग्रन्थको अध्ययन गर्छन् । त्यसैगरी तिनीहरू जस्तै ज्ञान नै नभएकाहरू पनि (आफू सत्यमा रहेको कुरा) भन्छन् । जुन मतभेदमा यिनीहरू फँसेका छन् महाप्रलयको दिन अल्लाहले यिनीहरूबीच त्यसको फैसला गरिदिनेछन् ।
وَمَنۡ أَظۡلَمُ مِمَّن مَّنَعَ مَسَٰجِدَ ٱللَّهِ أَن يُذۡكَرَ فِيهَا ٱسۡمُهُۥ وَسَعَىٰ فِي خَرَابِهَآۚ أُوْلَٰٓئِكَ مَا كَانَ لَهُمۡ أَن يَدۡخُلُوهَآ إِلَّا خَآئِفِينَۚ لَهُمۡ فِي ٱلدُّنۡيَا خِزۡيٞ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابٌ عَظِيمٞ
Open ayah 2:114र, ती व्यक्तिहरूभन्दा ठूलो अत्याचारी अरू को होला जो अल्लाहका घर (मस्जिद) हरूभित्र उनकै जप गर्दा बाधा पुर्याउँछन् र ती घरहरूलाई ध्वस्त पार्न चाहन्छन् ? तिनीहरू त त्यहाँ प्रवेश पाउने योग्य नै थिएनन्; बरू (प्रवेश गरिहाले पनि) डराई–डराईकन । तिनीहरूका लागि संसारमा अपमान र परलोकमा कठोर यातना रहेको छ ।
وَلِلَّهِ ٱلۡمَشۡرِقُ وَٱلۡمَغۡرِبُۚ فَأَيۡنَمَا تُوَلُّواْ فَثَمَّ وَجۡهُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ وَٰسِعٌ عَلِيمٞ
Open ayah 2:115र, अल्लाह कै हुन् पूर्व एवं पश्चिम । अतः जतातिर अनुहार फर्काउँछौ त्यसैतर्फ अल्लाह हुन्छन् । निस्सन्देह अल्लाह अपरम्पार एवं सर्वज्ञ छन् ।
وَقَالُواْ ٱتَّخَذَ ٱللَّهُ وَلَدٗاۗ سُبۡحَٰنَهُۥۖ بَل لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ كُلّٞ لَّهُۥ قَٰنِتُونَ
Open ayah 2:116उनीहरूले भने— “अल्लाहले छोरो बनाएका छन् ।” (होईन) उनी पवित्र छन् । बरु आकाशहरू एवं धर्तीका सबै चिजहरू उनैका हुन् र सबै उनका आज्ञाकारी हुन् ।
بَدِيعُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَإِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
Open ayah 2:117(अल्लाह) आकाशहरू एवं धर्तीका सृष्टिकर्ता हुन् । र, जब उनले कुनै कार्यको निर्णय गर्छन् तब ‘होओस्’ मात्र भनेर त्यसको आदेश दिएपछि त्यो हुन पुग्छ ।
وَقَالَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ لَوۡلَا يُكَلِّمُنَا ٱللَّهُ أَوۡ تَأۡتِينَآ ءَايَةٞۗ كَذَٰلِكَ قَالَ ٱلَّذِينَ مِن قَبۡلِهِم مِّثۡلَ قَوۡلِهِمۡۘ تَشَٰبَهَتۡ قُلُوبُهُمۡۗ قَدۡ بَيَّنَّا ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يُوقِنُونَ
Open ayah 2:118अज्ञानीहरू भन्छन्—“अल्लाह स्वयं किन हामीसँग कुरा गर्दैनन् वा हामीकहाँ (उनको) कुनै चमत्कार किन आउँदैन ?” यिनीहरूभन्दा पहिलेका मानिसहरूले पनि यस्तै कुरा गरेका थिए । यिनीहरू सबैको मनोवृत्ति समान रहेको छ । हामीले आस्थावानहरूका लागि निशानीहरू स्पष्ट पारिसकेका छौं ।
إِنَّآ أَرۡسَلۡنَٰكَ بِٱلۡحَقِّ بَشِيرٗا وَنَذِيرٗاۖ وَلَا تُسۡـَٔلُ عَنۡ أَصۡحَٰبِ ٱلۡجَحِيمِ
Open ayah 2:119(हे मुहम्मद (स.)!) निस्सन्देह हामीले तिमीलाई नितान्त सत्य (धर्म) दिएर (स्वर्गको) शुभ–सूचक तथा (नरकको यातना बारे) सचेतक बनाएर पठाएका छौं । नरकमा जाने मानिसहरूको सम्बन्धमा तिमीसँग कुनै सोधपुछ गरिने छैन ।
وَلَن تَرۡضَىٰ عَنكَ ٱلۡيَهُودُ وَلَا ٱلنَّصَٰرَىٰ حَتَّىٰ تَتَّبِعَ مِلَّتَهُمۡۗ قُلۡ إِنَّ هُدَى ٱللَّهِ هُوَ ٱلۡهُدَىٰۗ وَلَئِنِ ٱتَّبَعۡتَ أَهۡوَآءَهُم بَعۡدَ ٱلَّذِي جَآءَكَ مِنَ ٱلۡعِلۡمِ مَا لَكَ مِنَ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٍ
Open ayah 2:120र, तिमीसँग यहूदी र ईसार्ईहरू कदापि खुशी हुने छैनन् जबसम्म तिमी तिनीहरू कै धर्मको अनुसरण गर्ने छैनौ । भनिदेऊ– “निस्सन्देह अल्लाहले प्रदान गरेको मार्गदर्शन नै वास्तविक मार्गदर्शन हो", र यो शिक्षा आइसकेपछि पनि यदि तिमीहरूले तिनीहरूको कुअभिलाषाको अनुसरण गर्यौ भने अल्लाहबाट बचाउने कोही संरक्षक–मित्र तथा सहयोगी हुने छैन ।
ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَتۡلُونَهُۥ حَقَّ تِلَاوَتِهِۦٓ أُوْلَٰٓئِكَ يُؤۡمِنُونَ بِهِۦۗ وَمَن يَكۡفُرۡ بِهِۦ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 2:121ती व्यक्तिहरू जसलाई हामीले ग्रन्थ प्रदान गर्यौं, र जो त्यस ग्रन्थको यथोचित अध्ययन गर्छन्, तिनीहरू नै त्यसमाथि ईमान ल्याउँछन् र यसलाई अस्वीकार गर्नेहरू नै घाटामा छन् ।
يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱذۡكُرُواْ نِعۡمَتِيَ ٱلَّتِيٓ أَنۡعَمۡتُ عَلَيۡكُمۡ وَأَنِّي فَضَّلۡتُكُمۡ عَلَى ٱلۡعَٰلَمِينَ
Open ayah 2:122हे इसराईलका सन्तानहरू हो ! मैले तिमीहरूमाथि गरेको कृपादृष्टि एवं उपकारको स्मरण गर कि मैले तिमीहरूलाई संसारबासीहरूमाथि प्रधानता प्रदान गरेको थिएँ ।
وَٱتَّقُواْ يَوۡمٗا لَّا تَجۡزِي نَفۡسٌ عَن نَّفۡسٖ شَيۡـٔٗا وَلَا يُقۡبَلُ مِنۡهَا عَدۡلٞ وَلَا تَنفَعُهَا شَفَٰعَةٞ وَلَا هُمۡ يُنصَرُونَ
Open ayah 2:123र, त्यस दिनको भय गर जब कोही कसैको कत्ति पनि काम आउने छैन र न कसैको जरिवाना स्वीकार गरी छाडिनेछ र न कसैको कुनै सिफारिशले फाइदा पुर्याउनेछ र न तिनीहरूलाई कुनै सहायता नै गरिनेछ ।
۞وَإِذِ ٱبۡتَلَىٰٓ إِبۡرَٰهِـۧمَ رَبُّهُۥ بِكَلِمَٰتٖ فَأَتَمَّهُنَّۖ قَالَ إِنِّي جَاعِلُكَ لِلنَّاسِ إِمَامٗاۖ قَالَ وَمِن ذُرِّيَّتِيۖ قَالَ لَا يَنَالُ عَهۡدِي ٱلظَّٰلِمِينَ
Open ayah 2:124र, (याद गर) जब इब्राहीमका पालनकर्ताले केही कुराहरूद्वारा उनको परीक्षा लिए र उनी त्यसमा सफल भए । (अनि, उनका पालनकर्ताले) भने– “म तिमीलाई मानवजातिको अगुवा बनाउनेवाला छु ।” इब्राहीमले निवेदन गरे– “अनि मेरा सन्तान नि ?” उनले भने– “मेरो वाचा अत्याचारीहरूका लागि होइन ।”
وَإِذۡ جَعَلۡنَا ٱلۡبَيۡتَ مَثَابَةٗ لِّلنَّاسِ وَأَمۡنٗا وَٱتَّخِذُواْ مِن مَّقَامِ إِبۡرَٰهِـۧمَ مُصَلّٗىۖ وَعَهِدۡنَآ إِلَىٰٓ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ أَن طَهِّرَا بَيۡتِيَ لِلطَّآئِفِينَ وَٱلۡعَٰكِفِينَ وَٱلرُّكَّعِ ٱلسُّجُودِ
Open ayah 2:125र, (स्मरण गर) जब हामीले यस घर (काअ्बा) लाई मानिसहरूका लागि केन्द्र एवं शान्तिस्थल बनायौं । र, (भन्यौं–) “मकामे इब्राहीम” (इब्राहीम उभिने ठाऊँ) लाई नमाज पढ्ने स्थान बनाऊ । र, हामीले इब्राहीम एवं इस्माईलसित हाम्रो घरलाई “तवाफ”, “एअ्तिकाफ”, “रूकूअ्” तथा “सज्दा” गर्नेहरूका लागि पवित्र राख्ने वचन लियौं ।
وَإِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّ ٱجۡعَلۡ هَٰذَا بَلَدًا ءَامِنٗا وَٱرۡزُقۡ أَهۡلَهُۥ مِنَ ٱلثَّمَرَٰتِ مَنۡ ءَامَنَ مِنۡهُم بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ قَالَ وَمَن كَفَرَ فَأُمَتِّعُهُۥ قَلِيلٗا ثُمَّ أَضۡطَرُّهُۥٓ إِلَىٰ عَذَابِ ٱلنَّارِۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 2:126र, (स्मरण गर) जब इब्राहीमले प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! यस (मक्का) लाई शान्ति क्षेत्र बनाइदेऊ र यसका निवासीहरूमध्ये अल्लाह एवं आखिरतमाथि ईमान राख्नेहरूलाई फलाहार प्रदान गर ।” (अल्लाहले) भने– “म काफिरहरूलाई पनि केही दिनसम्म लाभान्वित हुने मौका दिनेछु तर अन्ततः तिनीहरूलाई नरकको यातना तिर घचेट्नेछु र त्यो अति नराम्रो ठाउँ हो ।”
وَإِذۡ يَرۡفَعُ إِبۡرَٰهِـۧمُ ٱلۡقَوَاعِدَ مِنَ ٱلۡبَيۡتِ وَإِسۡمَٰعِيلُ رَبَّنَا تَقَبَّلۡ مِنَّآۖ إِنَّكَ أَنتَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 2:127र, (स्मरण गर) जब इब्राहीम तथा इस्माईल यस घरको जग उठाइरहेका थिए र भन्दै थिए– “हे हाम्रा पालनकर्ता ! हाम्रो तर्फबाट स्वीकार गर । निस्सन्देह तिमी नै सर्वश्रोता एवं सर्वज्ञ छौ ।”
رَبَّنَا وَٱجۡعَلۡنَا مُسۡلِمَيۡنِ لَكَ وَمِن ذُرِّيَّتِنَآ أُمَّةٗ مُّسۡلِمَةٗ لَّكَ وَأَرِنَا مَنَاسِكَنَا وَتُبۡ عَلَيۡنَآۖ إِنَّكَ أَنتَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 2:128“हे हाम्रा पालनकर्ता ! हामी दुबैलाई आफ्नो आज्ञाकारी बनाऊ र हाम्रा सन्ततिमध्येबाट एउटा यस्तो समुदाय बनाऊ जो तिम्रो आज्ञाकारी होस् । र, हामीलाई उपासनाको विधि सिकाइदेऊ अनि हाम्रो तौबा (प्रायश्चित) स्वीकार गर । निस्सन्देह तिमी तौबा स्वीकारकर्ता, परम दयालु छौ ।”
رَبَّنَا وَٱبۡعَثۡ فِيهِمۡ رَسُولٗا مِّنۡهُمۡ يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِكَ وَيُعَلِّمُهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَيُزَكِّيهِمۡۖ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 2:129“हे हाम्रा पालनकर्ता ! तिमी उनीहरूका लागि उनीहरूमध्येबाट एउटा रसूल पठाऊ जसले उनीहरूलाई तिम्रा आयतहरू पढेर सुनाऊन्; ग्रन्थ तथा तत्वदर्शिताको शिक्षा दिऊन् र उनीहरूलार्ई शुद्ध पारून् । निस्सन्देह तिमी प्रभुत्वशाली एवं तत्वदर्शी छौ ।”
وَمَن يَرۡغَبُ عَن مِّلَّةِ إِبۡرَٰهِـۧمَ إِلَّا مَن سَفِهَ نَفۡسَهُۥۚ وَلَقَدِ ٱصۡطَفَيۡنَٰهُ فِي ٱلدُّنۡيَاۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّٰلِحِينَ
Open ayah 2:130र, इब्राहीमको धर्मबाट मूर्खबाहेक को विमुख हुन सक्छ र ? निस्सन्देह हामीले उनलाई संसारमा चयन गरेका थियौं र उनी आखिरतमा पनि सत्कर्मीहरूमध्ये हुनेछन् ।
إِذۡ قَالَ لَهُۥ رَبُّهُۥٓ أَسۡلِمۡۖ قَالَ أَسۡلَمۡتُ لِرَبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 2:131जब (इब्राहीमका) पालनकर्ताले उनीसँग भने– “आफूलाई समर्पित गरिदेऊ ।” (इब्राहीमले) भने– “मैले सम्पूर्ण जगतका पालनकर्तासमक्ष आफूलाई समर्पित गरिदिएँ ।”
وَوَصَّىٰ بِهَآ إِبۡرَٰهِـۧمُ بَنِيهِ وَيَعۡقُوبُ يَٰبَنِيَّ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰ لَكُمُ ٱلدِّينَ فَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسۡلِمُونَ
Open ayah 2:132र, यसै (धर्म) को उपदेश इब्राहीमले आफ्ना सन्तानहरूलाई दिएका थिए र याअ्कूबले पनि– “हे मेरा सन्तानहरु ! अल्लाहले तिमीहरुका लागि यो धर्म रोजेका छन् त्यसैले तिमीहरू आज्ञाकारी (मुस्लिम) रहेकै अवस्थामा मृत्युवरण गर ।"
أَمۡ كُنتُمۡ شُهَدَآءَ إِذۡ حَضَرَ يَعۡقُوبَ ٱلۡمَوۡتُ إِذۡ قَالَ لِبَنِيهِ مَا تَعۡبُدُونَ مِنۢ بَعۡدِيۖ قَالُواْ نَعۡبُدُ إِلَٰهَكَ وَإِلَٰهَ ءَابَآئِكَ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ إِلَٰهٗا وَٰحِدٗا وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ
Open ayah 2:133के तिमीहरू याअ्कूबको मृत्युको बेला उपस्थित थियौ ? उनले आफ्ना सन्तानहरूलाई सोधेका थिए– “तिमीहरू मेरो मृत्युपश्चात् कसको उपासना गर्नेछौ ?” तिनीहरूले भने– “हामीहरु तपाईंको ईश्वर र तपाईंका पूर्वजहरूः इब्राहीम, इस्माईल एवं इस्हाकका ईश्वरको उपासना गर्नेछौं जुन एक मात्र ईश्वर हुन् । र, हामीहरु उनैका आज्ञाकारी हौं ।”
تِلۡكَ أُمَّةٞ قَدۡ خَلَتۡۖ لَهَا مَا كَسَبَتۡ وَلَكُم مَّا كَسَبۡتُمۡۖ وَلَا تُسۡـَٔلُونَ عَمَّا كَانُواْ يَعۡمَلُونَ
Open ayah 2:134त्यो एउटा उम्मत (समूह) थियो जुन बितिसक्यो । उनीहरूको कर्मको फल उनीहरूलाई नै प्राप्त हुनेछ र तिमीहरूको कर्मको फल तिमीहरूलाई नै । तिमीहरूसँग उनीहरूले गर्ने कर्मबारे केही सोधिने छैन ।
وَقَالُواْ كُونُواْ هُودًا أَوۡ نَصَٰرَىٰ تَهۡتَدُواْۗ قُلۡ بَلۡ مِلَّةَ إِبۡرَٰهِـۧمَ حَنِيفٗاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 2:135र, तिनीहरु भन्छन्– “यहूदी बन वा ईसाई अनि मात्र सत्यमार्ग पाउनेछौ ।” भनिदेऊ– “होइन, हामी इब्राहीमको धर्ममा नै रहनेछौं जो (एक मात्र अल्लाहको भक्तिमा) एकाग्र थिए अनि मुश्रिक (बहुदेववादी) हरूमध्ये थिएनन् ।”
قُولُوٓاْ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ إِلَيۡنَا وَمَآ أُنزِلَ إِلَىٰٓ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَمَآ أُوتِيَ مُوسَىٰ وَعِيسَىٰ وَمَآ أُوتِيَ ٱلنَّبِيُّونَ مِن رَّبِّهِمۡ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ
Open ayah 2:136(हे आज्ञाकारीहरू हो !) भन– “हामीले ईमान ल्यायौं अल्लाहमाथि र त्यस (ग्रन्थ) माथि जुन हामीतिर अवतरण गरियो र त्यसमाथि पनि जुन इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरण गरियो अनि जुन मूसा एवं ईसालाई प्रदान गरियो तथा जुन अन्य सन्देष्टाहरूलाई उनका ‘रब’ को तर्फबाट प्रदान गरियो । हामी यिनीहरूबीच कुनै विभेद गर्दैनौं । र, हामी उनै (अल्लाह) को आज्ञाकारी हौं ।”
فَإِنۡ ءَامَنُواْ بِمِثۡلِ مَآ ءَامَنتُم بِهِۦ فَقَدِ ٱهۡتَدَواْۖ وَّإِن تَوَلَّوۡاْ فَإِنَّمَا هُمۡ فِي شِقَاقٖۖ فَسَيَكۡفِيكَهُمُ ٱللَّهُۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 2:137तिमीहरूले ईमान ल्याएझैं यिनीहरूले पनि ईमान ल्याएमा यिनीहरूले सत्मार्ग प्राप्त गर्नेछन् र विमुख भएमा विद्रोही ठहर्नेछन् । अतः तिमीहरूका लागि अल्लाह नै पर्याप्त छन् । र, उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
صِبۡغَةَ ٱللَّهِ وَمَنۡ أَحۡسَنُ مِنَ ٱللَّهِ صِبۡغَةٗۖ وَنَحۡنُ لَهُۥ عَٰبِدُونَ
Open ayah 2:138अल्लाहको रङ्ग ग्रहण गर । र, अल्लाहकोभन्दा राम्रो अरू कसको रङ्ग हुन सक्छ र ? र, हामी उनैका उपासक हौं ।
قُلۡ أَتُحَآجُّونَنَا فِي ٱللَّهِ وَهُوَ رَبُّنَا وَرَبُّكُمۡ وَلَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡ وَنَحۡنُ لَهُۥ مُخۡلِصُونَ
Open ayah 2:139भन– “के तिमीहरू अल्लाहको सम्बन्धमा हामीसित झगडा गर्छौ जबकि उनी हाम्रा पालनकर्ता हुन् र तिमीहरूको पनि । र, हाम्रो लागि हाम्रा कर्महरू छन् तथा तिम्रो लागि तिम्रा कर्महरू । र, हामी त शुद्ध हृदयका साथ उनकै भइसकेका छौं ।”
أَمۡ تَقُولُونَ إِنَّ إِبۡرَٰهِـۧمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطَ كَانُواْ هُودًا أَوۡ نَصَٰرَىٰۗ قُلۡ ءَأَنتُمۡ أَعۡلَمُ أَمِ ٱللَّهُۗ وَمَنۡ أَظۡلَمُ مِمَّن كَتَمَ شَهَٰدَةً عِندَهُۥ مِنَ ٱللَّهِۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
Open ayah 2:140(हे यहूदी र ईसाईहरू हो !) के तिमीहरू इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब तथा याअ्कूबका सन्तानहरू यहूदी वा ईसाई थिए भनेर भन्दछौ ? (हे नबी स.!) भनिदेऊ– “तिमीहरू बढी जान्दछौ वा अल्लाह ?” र, अल्लाहबाट प्राप्त ‘साक्षी’ लुकाउने व्यक्तिभन्दा ठूलो अत्याचारी अरू को होला ? र, अल्लाह तिमीहरूले गरिरहेका कर्महरूबाट अनभिज्ञ छैनन् ।
تِلۡكَ أُمَّةٞ قَدۡ خَلَتۡۖ لَهَا مَا كَسَبَتۡ وَلَكُم مَّا كَسَبۡتُمۡۖ وَلَا تُسۡـَٔلُونَ عَمَّا كَانُواْ يَعۡمَلُونَ
Open ayah 2:141त्यो एउटा समूह थियो जुन बितिसक्यो । उनीहरूका कर्मको फल उनीहरूलाई नै प्राप्त हुनेछ र तिमीहरूको कर्मको फल तिमीहरूलाई नै । तिमीहरूसँग उनीहरूले गर्ने गरेका कार्य बारे केही सोधिने छैन ।
۞سَيَقُولُ ٱلسُّفَهَآءُ مِنَ ٱلنَّاسِ مَا وَلَّىٰهُمۡ عَن قِبۡلَتِهِمُ ٱلَّتِي كَانُواْ عَلَيۡهَاۚ قُل لِّلَّهِ ٱلۡمَشۡرِقُ وَٱلۡمَغۡرِبُۚ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ
Open ayah 2:142मूर्ख मानिसहरूले भन्नेछन्– “उनीहरूलाई आफूले ग्रहण गरेको किब्लाबाट के कुराले विमुख गरायो ?” भनिदेऊ– “पूर्व र पश्चिम अल्लाह कै हुन् । उनले जसलाई चाहन्छन् सीधा मार्ग देखाउँछन् ।”
وَكَذَٰلِكَ جَعَلۡنَٰكُمۡ أُمَّةٗ وَسَطٗا لِّتَكُونُواْ شُهَدَآءَ عَلَى ٱلنَّاسِ وَيَكُونَ ٱلرَّسُولُ عَلَيۡكُمۡ شَهِيدٗاۗ وَمَا جَعَلۡنَا ٱلۡقِبۡلَةَ ٱلَّتِي كُنتَ عَلَيۡهَآ إِلَّا لِنَعۡلَمَ مَن يَتَّبِعُ ٱلرَّسُولَ مِمَّن يَنقَلِبُ عَلَىٰ عَقِبَيۡهِۚ وَإِن كَانَتۡ لَكَبِيرَةً إِلَّا عَلَى ٱلَّذِينَ هَدَى ٱللَّهُۗ وَمَا كَانَ ٱللَّهُ لِيُضِيعَ إِيمَٰنَكُمۡۚ إِنَّ ٱللَّهَ بِٱلنَّاسِ لَرَءُوفٞ رَّحِيمٞ
Open ayah 2:143र, यसरी हामीले तिमीहरूलाई मध्यमार्गी समुदाय बनायौं ताकि तिमीहरू मानिसहरूको साक्षी बन र रसूल तिमीहरूको साक्षी बनून् । यसअघि तिमीहरूले ग्रहण गरेको किब्लालाई हामीले यो जान्नको लागि मात्र निर्धारित गरेका थियौं कि ‘कसले रसूलको अनुसरण गर्छ र को विमुख हुन्छ’ । वास्तवमा यो अति कठिन थियो तर उनीहरूका लागि कठिन थिएन जसलाई अल्लाहले सत्मार्ग देखाए र अल्लाहले तिमीहरूको ईमानलाई कदापि खेर फाल्ने छैनन् । निस्सन्देह अल्लाह मानवप्रति अत्यन्त स्नेही र परम दयालु छन् ।
قَدۡ نَرَىٰ تَقَلُّبَ وَجۡهِكَ فِي ٱلسَّمَآءِۖ فَلَنُوَلِّيَنَّكَ قِبۡلَةٗ تَرۡضَىٰهَاۚ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُۥۗ وَإِنَّ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ لَيَعۡلَمُونَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّهِمۡۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا يَعۡمَلُونَ
Open ayah 2:144(हे नबी स.!) तिमीले घरि–घरि आकाशतिर अनुहार फर्काएर हेरेको हामीले देखिरहेका छौं । निश्चय नै हामी तिम्रो अनुहारलाई तिमीलाई मन पर्ने “किब्ला” तिर नै फर्काइ दिनेछौं । त्यसैले आफ्नो अनुहारलाई मस्जिदे हराम (काअ्बा) तिर फर्काऊ । (हे आस्थावानहरू हो !) तिमीहरू जहाँसुकै भए पनि आफ्नो अनुहार (नमाजमा) त्यसैतर्फ गर । अह्ले–किताबलाई यो (किब्ला परिवर्तन) तिनीहरूका पालनकर्ताको तर्फबाट आएको हो र नितान्त सत्यमा आधारित हो भन्ने कुरा राम्ररी थाहा छ । यिनीहरूले जे गरिरहेका छन् अल्लाह त्यसबाट अनभिज्ञ छैनन् ।
وَلَئِنۡ أَتَيۡتَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ بِكُلِّ ءَايَةٖ مَّا تَبِعُواْ قِبۡلَتَكَۚ وَمَآ أَنتَ بِتَابِعٖ قِبۡلَتَهُمۡۚ وَمَا بَعۡضُهُم بِتَابِعٖ قِبۡلَةَ بَعۡضٖۚ وَلَئِنِ ٱتَّبَعۡتَ أَهۡوَآءَهُم مِّنۢ بَعۡدِ مَا جَآءَكَ مِنَ ٱلۡعِلۡمِ إِنَّكَ إِذٗا لَّمِنَ ٱلظَّٰلِمِينَ
Open ayah 2:145र, तिमीहरूले अह्ले किताबका सामु जुनसुकै प्रमाण ल्याए पनि तिनीहरूले तिम्रो किब्लाको अनुसरण गर्ने छैनन् र न तिमीहरूका लागि सम्भव छ कि तिनीहरूका किब्लाको अनुसरण गर । र, न तिनीहरूले आपसमा एकअर्काको किब्लाको अनुसरण गर्नेछन् । र, यदि तिमीहरूले यस शिक्षाको अवतरणका बावजुद पनि तिनीहरूको चाहनाको अनुसरण गर्यौ भने निश्चय नै तिमी पनि अत्याचारीहरूमध्ये हुनेछौ ।
ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَعۡرِفُونَهُۥ كَمَا يَعۡرِفُونَ أَبۡنَآءَهُمۡۖ وَإِنَّ فَرِيقٗا مِّنۡهُمۡ لَيَكۡتُمُونَ ٱلۡحَقَّ وَهُمۡ يَعۡلَمُونَ
Open ayah 2:146जसलाई हामीले (आफ्नो) ग्रन्थ प्रदान गर्यौं तिनीहरूले यसलाई आफ्ना सन्तानहरू झैं चिन्दछन् तर तिनीहरूमध्येको एउटा समूहले जानीजानी सत्य लुकाउँदैछ ।
ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُونَنَّ مِنَ ٱلۡمُمۡتَرِينَ
Open ayah 2:147यो सत्य तिमीहरूको पालनकर्ताको तर्फबाट हो त्यसकारण तिमीहरू सन्देहकर्ताहरूमध्ये कदापि नहुनू ।
وَلِكُلّٖ وِجۡهَةٌ هُوَ مُوَلِّيهَاۖ فَٱسۡتَبِقُواْ ٱلۡخَيۡرَٰتِۚ أَيۡنَ مَا تَكُونُواْ يَأۡتِ بِكُمُ ٱللَّهُ جَمِيعًاۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 2:148प्रत्येकको लागि एउटा दिशा छ, त्यतैतिर त्यो फर्कने गर्दछ । त्यसैले सत्कर्महरूमा अग्रसरता देखाऊ । जहाँसुकै भए पनि अल्लाहले तिमी सबैलाई एकत्रित गर्नेछन् । निस्सन्देह अल्लाह सम्पूर्ण कार्यहरूको सामर्थ्य राख्दछन् ।
وَمِنۡ حَيۡثُ خَرَجۡتَ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۖ وَإِنَّهُۥ لَلۡحَقُّ مِن رَّبِّكَۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
Open ayah 2:149र, तिमी जहाँसुकैबाट निस्के पनि (नमाजमा) आफ्नो मुहार ‘मस्जिदे हराम’ (कअ्बा) तर्फ फर्काऊ । निस्सन्देह तिम्रा ‘रब’ को तर्फबाट यो बिलकुलै सत्य (निर्णय) हो र अल्लाह तिमीहरूले गरिरहेका कार्यहरूबाट अनभिज्ञ छैनन् ।
وَمِنۡ حَيۡثُ خَرَجۡتَ فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُۥ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَيۡكُمۡ حُجَّةٌ إِلَّا ٱلَّذِينَ ظَلَمُواْ مِنۡهُمۡ فَلَا تَخۡشَوۡهُمۡ وَٱخۡشَوۡنِي وَلِأُتِمَّ نِعۡمَتِي عَلَيۡكُمۡ وَلَعَلَّكُمۡ تَهۡتَدُونَ
Open ayah 2:150र, (हे सन्देष्टा !) तिमी जहाँसुकैबाट निस्के पनि (नमाजमा) आफ्नो मुहार ‘मस्जिदे हराम’ तर्फ फर्काऊ । र, (हे मुसलमानहरू हो !) तिमीहरू जहाँसुकै भए पनि त्यसैतर्फ आफ्नो अनुहार फर्काऊ ताकि मानिसहरूका लागि तिमीहरूविरुद्ध कुनै तर्क बाँकी नरहोस् । जहाँसम्म यिनीहरूमध्ये अत्याचारीहरूको कुरा छ तिनीहरूको भय नराख, मेरो मात्र भय राख ताकि म तिमीहरूमाथि आफ्नो वरदान पूरा गरूँ र आशा छ कि तिमीहरू सत्मार्ग पाउनेछौ ।
كَمَآ أَرۡسَلۡنَا فِيكُمۡ رَسُولٗا مِّنكُمۡ يَتۡلُواْ عَلَيۡكُمۡ ءَايَٰتِنَا وَيُزَكِّيكُمۡ وَيُعَلِّمُكُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَيُعَلِّمُكُم مَّا لَمۡ تَكُونُواْ تَعۡلَمُونَ
Open ayah 2:151जसरी हामीले तिमीहरूका लागि तिमीहरूमध्येबाटै एकजना रसूल पठायौं जसले तिमीहरूलाई हाम्रा आयतहरू सुनाउँछन् र तिमीहरुलाई शुद्ध पार्छन र तिमीहरूलाई ईशग्रन्थ तथा तत्वदर्शिताको शिक्षा दिन्छन् र ती कुराहरू सिकाउँछन् जुन तिमीहरू जान्दैनथ्यौ ।
فَٱذۡكُرُونِيٓ أَذۡكُرۡكُمۡ وَٱشۡكُرُواْ لِي وَلَا تَكۡفُرُونِ
Open ayah 2:152अतः मलाई सम्झिराख म तिमीलाई सम्झनेछु । मप्रति कृतज्ञता प्रकट गर र कृतघ्नता नदेखाऊ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱسۡتَعِينُواْ بِٱلصَّبۡرِ وَٱلصَّلَوٰةِۚ إِنَّ ٱللَّهَ مَعَ ٱلصَّٰبِرِينَ
Open ayah 2:153हे आस्थावानहरू हो ! धैर्य एवं नमाजबाट सहायता प्राप्त गर । निस्सन्देह अल्लाह धैर्यवानहरूका साथमा छन् ।
وَلَا تَقُولُواْ لِمَن يُقۡتَلُ فِي سَبِيلِ ٱللَّهِ أَمۡوَٰتُۢۚ بَلۡ أَحۡيَآءٞ وَلَٰكِن لَّا تَشۡعُرُونَ
Open ayah 2:154अल्लाहको मार्गमा मारिनेहरूलाई मुर्दा नभन । उनीहरू जीवित छन् तर तिमीहरूलाई यसको अनुभूति हुँदैन ।
وَلَنَبۡلُوَنَّكُم بِشَيۡءٖ مِّنَ ٱلۡخَوۡفِ وَٱلۡجُوعِ وَنَقۡصٖ مِّنَ ٱلۡأَمۡوَٰلِ وَٱلۡأَنفُسِ وَٱلثَّمَرَٰتِۗ وَبَشِّرِ ٱلصَّٰبِرِينَ
Open ayah 2:155निश्चय नै त्रास, भोक, धनमाल, ज्यान र फलफूलको हानि–नोक्सानीद्वारा हामी तिमीहरूको जाँच लिनेछौं । अनि, धैर्यवानहरूलाई शुभ–सन्देश सुनाइदेऊ;
ٱلَّذِينَ إِذَآ أَصَٰبَتۡهُم مُّصِيبَةٞ قَالُوٓاْ إِنَّا لِلَّهِ وَإِنَّآ إِلَيۡهِ رَٰجِعُونَ
Open ayah 2:156जसले संकटको समयमा भन्ने गर्छन्– “इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन ।” (हामी अल्लाह कै हौं र उनैतर्फ फर्केर जानेछौं ।)
أُوْلَٰٓئِكَ عَلَيۡهِمۡ صَلَوَٰتٞ مِّن رَّبِّهِمۡ وَرَحۡمَةٞۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُهۡتَدُونَ
Open ayah 2:157यिनै हुन् ती मानिसहरू जसमाथि अल्लाहको बरदान तथा दया हुनेछ र यिनीहरू नै सत्मार्गमा छन् ।
۞إِنَّ ٱلصَّفَا وَٱلۡمَرۡوَةَ مِن شَعَآئِرِ ٱللَّهِۖ فَمَنۡ حَجَّ ٱلۡبَيۡتَ أَوِ ٱعۡتَمَرَ فَلَا جُنَاحَ عَلَيۡهِ أَن يَطَّوَّفَ بِهِمَاۚ وَمَن تَطَوَّعَ خَيۡرٗا فَإِنَّ ٱللَّهَ شَاكِرٌ عَلِيمٌ
Open ayah 2:158निस्सन्देह ‘सफा’ र ‘मर्वा’ (पहाडहरू) अल्लाहका चिनारीहरूमध्येका हुन् । अल्लाहको घर (काअ्बा) को ‘हज’ तथा ‘उमरा’ गर्नेहरू यी दुबैबीच दगुर्छन् भने उनीहरूमाथि कुनै आपत्ति छैन । र, जसले स्वेच्छाले कुनै सत्कर्म गर्छ उसले त्यसको पूरा प्रतिफल पाउनेछ । निस्सन्देह अल्लाह गुणग्राही एवं सर्वज्ञ छन् ।
إِنَّ ٱلَّذِينَ يَكۡتُمُونَ مَآ أَنزَلۡنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلۡهُدَىٰ مِنۢ بَعۡدِ مَا بَيَّنَّٰهُ لِلنَّاسِ فِي ٱلۡكِتَٰبِ أُوْلَٰٓئِكَ يَلۡعَنُهُمُ ٱللَّهُ وَيَلۡعَنُهُمُ ٱللَّٰعِنُونَ
Open ayah 2:159अल्लाह धिक्कार्छन् र धिक्कार्नेहरू पनि धिक्कार्छन् यस्ता मानिसहरूलाई जो हामीले अवतरण गरेका खुल्ला प्रमाणहरू र मार्गदर्शनलाई लुकाउँदछन् । जबकि त्यसलाई हामीले मानव जातिकालागि ग्रन्थमा स्पष्टसँग वर्णन गरिसकेका छौं ।
إِلَّا ٱلَّذِينَ تَابُواْ وَأَصۡلَحُواْ وَبَيَّنُواْ فَأُوْلَٰٓئِكَ أَتُوبُ عَلَيۡهِمۡ وَأَنَا ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 2:160तर, जो तौबा (प्रायश्चित) गर्छन्, सुधार गर्छन् र (लुकाइएका कुराहरू) स्पष्टसँग वर्णन गर्छन् त्यस्ता मानिसहरूको प्रायश्चित म स्वीकार गर्नेछु । र, म प्रायश्चित स्वीकारकर्ता एवं परम दयालु छु ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَمَاتُواْ وَهُمۡ كُفَّارٌ أُوْلَٰٓئِكَ عَلَيۡهِمۡ لَعۡنَةُ ٱللَّهِ وَٱلۡمَلَٰٓئِكَةِ وَٱلنَّاسِ أَجۡمَعِينَ
Open ayah 2:161जुन मानिसहरूले कुफ्र गरे र कुफ्र कै अवस्थामा मृत्युवरण गरे तिनीहरूमाथि अल्लाह, फरिश्ताहरू तथा सम्पूर्ण मानवजातिको धिक्कार छ ।
خَٰلِدِينَ فِيهَا لَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنظَرُونَ
Open ayah 2:162उनीहरू त्यस अवस्थामा सदा–सर्वदा रहनेछन् । न तिनीहरूको यातना कम गरिनेछ न त तिनीहरूले कुनै अवसर नै पाउनेछन् ।
وَإِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۖ لَّآ إِلَٰهَ إِلَّا هُوَ ٱلرَّحۡمَٰنُ ٱلرَّحِيمُ
Open ayah 2:163र तिमीहरूका ईश्वर एउटै ईश्वर हुन् । उनीबाहेक कोही उपास्य छैन । उनी अत्यन्त करुणामय एवं परम दयालु छन् ।
إِنَّ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَٱلۡفُلۡكِ ٱلَّتِي تَجۡرِي فِي ٱلۡبَحۡرِ بِمَا يَنفَعُ ٱلنَّاسَ وَمَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلسَّمَآءِ مِن مَّآءٖ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَا وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٖ وَتَصۡرِيفِ ٱلرِّيَٰحِ وَٱلسَّحَابِ ٱلۡمُسَخَّرِ بَيۡنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ
Open ayah 2:164आकाशहरु तथा धर्तीको सृष्टिमा, रात एवं दिनको एकपछि अर्कोको आवत–जावतमा, मानिसहरूका लागि लाभदायक सामग्रीहरू लिएर समुद्रमा हिँड्ने डुङ्गाहरूमा, आकाशबाट अल्लाहले बर्षाएका पानीमा जसबाट उनले मुर्दा भूमिलाई जीवित पार्छन् अनि धर्तीमा धेरै प्रकारका जीव–जन्तु फैलाउँछन् तथा हावाको बहनक्रियामा र आकाश एवं पृथ्वीबीच नियन्त्रणमा राखिएका बादलमा निश्चय नै बुद्धिमानहरूका लागि निशानीहरू छन् ।
وَمِنَ ٱلنَّاسِ مَن يَتَّخِذُ مِن دُونِ ٱللَّهِ أَندَادٗا يُحِبُّونَهُمۡ كَحُبِّ ٱللَّهِۖ وَٱلَّذِينَ ءَامَنُوٓاْ أَشَدُّ حُبّٗا لِّلَّهِۗ وَلَوۡ يَرَى ٱلَّذِينَ ظَلَمُوٓاْ إِذۡ يَرَوۡنَ ٱلۡعَذَابَ أَنَّ ٱلۡقُوَّةَ لِلَّهِ جَمِيعٗا وَأَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعَذَابِ
Open ayah 2:165र, केही मानिसहरू यस्ता छन् जो अल्लाहबाहेक अरूलाई उनको समकक्षी ठहर्याउँछन् र तिनीहरूसित यसरी प्रेम गर्छन् जसरी अल्लाहसित मात्र गर्नुपर्ने हो जबकि आस्थावानहरू अल्लाहसितको प्रेममा अति दृढ हुन्छन् । कति जाति हुने थियो– जुन कुरा यातना देखेपछि अत्याचारीहरूले थाहा पाउने थिए, त्यो अहिले नै उनीहरूले थाहा पाएका भए कि सम्पूर्ण शक्तिका मालिक अल्लाह हुन् । र, अल्लाह कठोर दण्डदाता पनि हुन् ।
إِذۡ تَبَرَّأَ ٱلَّذِينَ ٱتُّبِعُواْ مِنَ ٱلَّذِينَ ٱتَّبَعُواْ وَرَأَوُاْ ٱلۡعَذَابَ وَتَقَطَّعَتۡ بِهِمُ ٱلۡأَسۡبَابُ
Open ayah 2:166त्यस दिन अनुसरण गरिने (अगुवा) हरू आफ्ना अनुयायीहरूबाट विरक्ति प्रदर्शन गर्नेछन् । तिनीहरू सबैले यातना देख्नेछन् र तिनीहरू बीचको सम्बन्ध छिन्नभिन्न हुनेछ ।
وَقَالَ ٱلَّذِينَ ٱتَّبَعُواْ لَوۡ أَنَّ لَنَا كَرَّةٗ فَنَتَبَرَّأَ مِنۡهُمۡ كَمَا تَبَرَّءُواْ مِنَّاۗ كَذَٰلِكَ يُرِيهِمُ ٱللَّهُ أَعۡمَٰلَهُمۡ حَسَرَٰتٍ عَلَيۡهِمۡۖ وَمَا هُم بِخَٰرِجِينَ مِنَ ٱلنَّارِ
Open ayah 2:167अनुयायीहरूले भन्नेछन्– “फेरि (संसारमा) फर्किन पाए हामीहरू पनि तिनीहरूसित त्यसरी नै विरक्ति प्रदर्शन गर्ने थियौं जसरी तिनीहरू हामीहरुसँग गर्दैछन् । यसरी अल्लाहले तिनीहरुका कर्महरूलाई पश्चात्ताप बनाएर तिनीहरूलाई देखाउनेछन् र तिनीहरू नरकबाट उम्कन पाउने छैनन् ।
يَٰٓأَيُّهَا ٱلنَّاسُ كُلُواْ مِمَّا فِي ٱلۡأَرۡضِ حَلَٰلٗا طَيِّبٗا وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٌ
Open ayah 2:168हे मानव ! धर्तीमा रहेका वैध (हलाल) एवं पवित्र वस्तुहरूमध्येबाट खाऊ र शैतानका पद्चिन्हहरूको अनुसरण नगर । निस्सन्देह त्यो तिम्रो खुल्लम—खुल्ला शत्रु हो ।
إِنَّمَا يَأۡمُرُكُم بِٱلسُّوٓءِ وَٱلۡفَحۡشَآءِ وَأَن تَقُولُواْ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 2:169उसले तिमीहरूलाई केवल पाप र अश्लील कार्यहरू गर्न र अल्लाहको बारेमा तिमीहरूलाई ज्ञान नै नभएका कुराहरू भन्न लगाउँछ ।
وَإِذَا قِيلَ لَهُمُ ٱتَّبِعُواْ مَآ أَنزَلَ ٱللَّهُ قَالُواْ بَلۡ نَتَّبِعُ مَآ أَلۡفَيۡنَا عَلَيۡهِ ءَابَآءَنَآۚ أَوَلَوۡ كَانَ ءَابَآؤُهُمۡ لَا يَعۡقِلُونَ شَيۡـٔٗا وَلَا يَهۡتَدُونَ
Open ayah 2:170र, जब तिनीहरूलाई अल्लाहद्वारा अवतरित धर्मको अनुसरण गर्न भनिन्छ, तब तिनीहरू भन्छन्– “हामी त त्यसैको अनुसरण गर्नेछौं जसमा आफ्ना पूर्वजहरूलाई पाएका छौं ।” के तिनीहरू आफ्ना पुर्खाहरू कै अनुसरण गर्नेछन् चाहे तिनीहरूले कत्ति पनि बुद्धि नपुर्याएका होऊन् र न सत्मार्ग नै प्राप्त गरेका होऊन् ?
وَمَثَلُ ٱلَّذِينَ كَفَرُواْ كَمَثَلِ ٱلَّذِي يَنۡعِقُ بِمَا لَا يَسۡمَعُ إِلَّا دُعَآءٗ وَنِدَآءٗۚ صُمُّۢ بُكۡمٌ عُمۡيٞ فَهُمۡ لَا يَعۡقِلُونَ
Open ayah 2:171र, काफिरहरूको उपमा यस्तो छ कि एउटा गोठालोले जनावरहरूलाई डाक्दछ र ती जनावरहरू गोठालोको पुकार, कराइ र चिच्याईबाहेक अरू केही सुन्दैनन् । यिनीहरू बहिरा हुन्, लाटा हुन्, अन्धा हुन् त्यसैले त कुरा बुझ्दैनन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡ وَٱشۡكُرُواْ لِلَّهِ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ
Open ayah 2:172हे आस्थावानहरू हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरू खाऊ । र, तिमीहरू अल्लाह कै उपासना गर्छौ भने उनीप्रति नै कृतज्ञ होऊ ।
إِنَّمَا حَرَّمَ عَلَيۡكُمُ ٱلۡمَيۡتَةَ وَٱلدَّمَ وَلَحۡمَ ٱلۡخِنزِيرِ وَمَآ أُهِلَّ بِهِۦ لِغَيۡرِ ٱللَّهِۖ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٖ وَلَا عَادٖ فَلَآ إِثۡمَ عَلَيۡهِۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
Open ayah 2:173अल्लाहले तिमीहरूका निम्ति मृत जन्तु, रगत र सुंगुरको मासु र ती कुराहरु जुन अल्लाहबाहेक अरू कसैलाई समर्पित गरिएको होस् । तर, जो बाध्य छ त्यसले अवज्ञाको मनसाय नराखी र सीमा ननाघीकन प्रयोग गर्छ भने उसलाई कुनै पाप लाग्ने छैन । निस्सन्देह अल्लाह अत्यन्तै क्षमाशील एवं परम दयालु छन् ।
إِنَّ ٱلَّذِينَ يَكۡتُمُونَ مَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلۡكِتَٰبِ وَيَشۡتَرُونَ بِهِۦ ثَمَنٗا قَلِيلًا أُوْلَٰٓئِكَ مَا يَأۡكُلُونَ فِي بُطُونِهِمۡ إِلَّا ٱلنَّارَ وَلَا يُكَلِّمُهُمُ ٱللَّهُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَلَا يُزَكِّيهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ
Open ayah 2:174निस्सन्देह जुन मानिसहरू अल्लाहले आफ्नो ग्रन्थमा अवतरण गरेका आदेशहरूलाई लुकाउँदछन् र थोरै सांसारिक लाभ प्राप्त गर्नका लागि त्यसको भेंट चढाउँछन् तिनीहरूले आफ्नो पेटमा आगो मात्र भरिरहेका हुन्छन् । महाप्रलयको दिन अल्लाहले न तिनीहरूसँग कुरा गर्नेछन् र न तिनीहरूलाई चोख्याउनेछन् । र, तिनीहरूका लागि दुःखदायी यातना रहेको छ ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلضَّلَٰلَةَ بِٱلۡهُدَىٰ وَٱلۡعَذَابَ بِٱلۡمَغۡفِرَةِۚ فَمَآ أَصۡبَرَهُمۡ عَلَى ٱلنَّارِ
Open ayah 2:175यी ती मानिसहरू हुन् जसले सत्मार्गलाई छोडेर पथभ्रष्टता र क्षमालाई छोडेर यातना मोलेका छन् । यी मानिसहरूले आगोमा जल्ने कस्तो दुस्साहस गर्छन् त !
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ نَزَّلَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّۗ وَإِنَّ ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِي ٱلۡكِتَٰبِ لَفِي شِقَاقِۭ بَعِيدٖ
Open ayah 2:176यसको कारण यो हो कि अल्लाहले यस ग्रन्थलाई सत्यका साथ अवतरण गरे तर यस ग्रन्थको बारेमा मतभेद गर्नेहरू यसको विरोधमा (सत्यताबाट) धेरै टाढा पुगिसके ।
۞لَّيۡسَ ٱلۡبِرَّ أَن تُوَلُّواْ وُجُوهَكُمۡ قِبَلَ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ وَلَٰكِنَّ ٱلۡبِرَّ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَٱلۡمَلَٰٓئِكَةِ وَٱلۡكِتَٰبِ وَٱلنَّبِيِّـۧنَ وَءَاتَى ٱلۡمَالَ عَلَىٰ حُبِّهِۦ ذَوِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينَ وَٱبۡنَ ٱلسَّبِيلِ وَٱلسَّآئِلِينَ وَفِي ٱلرِّقَابِ وَأَقَامَ ٱلصَّلَوٰةَ وَءَاتَى ٱلزَّكَوٰةَ وَٱلۡمُوفُونَ بِعَهۡدِهِمۡ إِذَا عَٰهَدُواْۖ وَٱلصَّٰبِرِينَ فِي ٱلۡبَأۡسَآءِ وَٱلضَّرَّآءِ وَحِينَ ٱلۡبَأۡسِۗ أُوْلَٰٓئِكَ ٱلَّذِينَ صَدَقُواْۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُتَّقُونَ
Open ayah 2:177सत्कर्म यो होइन कि तिमी आफ्नो अनुहार पूर्व वा पश्चिमतिर फर्काऊ, बरु सत्कर्म यो हो कि मानिसहरू अल्लाह, आखिरतको दिन, फरिश्ताहरू, ईश–ग्रन्थ तथा नबीहरूमाथि आस्थावान होऊन् । सम्पत्तिप्रति मोह हुँदा–हुँदै आफन्त, अनाथ, गरीब, बटुवा र मगन्तेहरूलाई दिऊन् अनि दासमुक्तिको लागि खर्च गरून्, नमाज कायम गरून्, जकात अदा गरून्, वाचा गरेमा त्यस वाचालाई पूरा गरून्, संकट, विपत्ति तथा युद्धको अवस्थामा धैर्य गरून् । यिनीहरू नै सच्चा हुन् र यिनीहरू नै ईशभय राख्नेहरू हुन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلۡقِصَاصُ فِي ٱلۡقَتۡلَىۖ ٱلۡحُرُّ بِٱلۡحُرِّ وَٱلۡعَبۡدُ بِٱلۡعَبۡدِ وَٱلۡأُنثَىٰ بِٱلۡأُنثَىٰۚ فَمَنۡ عُفِيَ لَهُۥ مِنۡ أَخِيهِ شَيۡءٞ فَٱتِّبَاعُۢ بِٱلۡمَعۡرُوفِ وَأَدَآءٌ إِلَيۡهِ بِإِحۡسَٰنٖۗ ذَٰلِكَ تَخۡفِيفٞ مِّن رَّبِّكُمۡ وَرَحۡمَةٞۗ فَمَنِ ٱعۡتَدَىٰ بَعۡدَ ذَٰلِكَ فَلَهُۥ عَذَابٌ أَلِيمٞ
Open ayah 2:178हे आस्थावानहरू हो ! तिमीहरूमाथि हत्याको मामलामा किसास (हत्या–दण्ड) अनिवार्य गरिएको छ । स्वतन्त्र व्यक्तिले हत्या गरेमा त्यही स्वतन्त्र व्यक्तिको प्रति–हत्या गरिनेछ; दासले हत्या गरेमा त्यही दासको र स्त्री अपराधी भएमा त्यही स्त्रीको । तर, मृतकको भाईबन्धुले हत्यारालाई क्षमा गर्न चाहेमा नियमपूर्वक प्रतिहिंसाको बदलामा अर्थ–दण्ड लागू गर्नुपर्दछ र हत्याराले राम्रोसँग अर्थदण्ड तिर्नुपर्दछ । यो तिम्रा ‘रब’ को तर्फबाट एक प्रकारको छूट तथा दया हो । जसले यसपछि पनि सीमा उल्लङ्घन गर्छ उसको लागि दुःखदायी यातना रहेको छ ।
وَلَكُمۡ فِي ٱلۡقِصَاصِ حَيَوٰةٞ يَٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ لَعَلَّكُمۡ تَتَّقُونَ
Open ayah 2:179हे बुद्धिजीवीहरू हो ! किसास (हत्याको बराबर ढंगले बदला लिनु) मा तिमीहरुको लागि जीवन छ, आशा छ कि तिमीहरू सत्कर्मी बन्नेछौ ।
كُتِبَ عَلَيۡكُمۡ إِذَا حَضَرَ أَحَدَكُمُ ٱلۡمَوۡتُ إِن تَرَكَ خَيۡرًا ٱلۡوَصِيَّةُ لِلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَ بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُتَّقِينَ
Open ayah 2:180यदि तिमीहरूमध्ये कसैको मृत्यु नजिक आएको छ र केही धन सम्पत्ति छोड्दैछौ भने आमा—बुवा तथा नातेदारहरूका लागि सामान्य तरीकाले वसीयत गर्नु तिमीहरूमाथि अनिवार्य गरिएको छ । यो अल्लाहसँग भय राख्नेहरूको कर्तब्य हो ।
فَمَنۢ بَدَّلَهُۥ بَعۡدَمَا سَمِعَهُۥ فَإِنَّمَآ إِثۡمُهُۥ عَلَى ٱلَّذِينَ يُبَدِّلُونَهُۥٓۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ
Open ayah 2:181अनि जसले वसीयत सुनेर पछि त्यसमा फेरबदल गर्छ, त्यसको पाप त्यसै फेरबदल गर्नेवालालाई लाग्छ । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
فَمَنۡ خَافَ مِن مُّوصٖ جَنَفًا أَوۡ إِثۡمٗا فَأَصۡلَحَ بَيۡنَهُمۡ فَلَآ إِثۡمَ عَلَيۡهِۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 2:182यदि कसैलाई वसीयतकर्तामाथि पक्षपात वा ज्यादती गरेको शङ्का लाग्यो र उसले उनीहरूबीच मिलापत्र गरिदियो भने उसलाई कुनै पाप लाग्ने छैन । निस्सन्देह अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلصِّيَامُ كَمَا كُتِبَ عَلَى ٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ
Open ayah 2:183हे आस्थावानहरू हो ! तिमीहरूमाथि सियाम (ब्रत) अनिवार्य गरिएको छ जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो । आशा छ कि तिमीहरूभित्र ईश–भय उत्पन्न हुनेछ ।
أَيَّامٗا مَّعۡدُودَٰتٖۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ عَلَىٰ سَفَرٖ فَعِدَّةٞ مِّنۡ أَيَّامٍ أُخَرَۚ وَعَلَى ٱلَّذِينَ يُطِيقُونَهُۥ فِدۡيَةٞ طَعَامُ مِسۡكِينٖۖ فَمَن تَطَوَّعَ خَيۡرٗا فَهُوَ خَيۡرٞ لَّهُۥۚ وَأَن تَصُومُواْ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 2:184(ब्रतका दिनहरू) गिन्तीका केही दिनहरू हुन् तसर्थ यदि तिमीहरूमध्ये कोही बिरामी छ वा यात्रामा छ भने त्यसले त्यो संख्या अन्य दिनहरूमा पूरा गर्नुपर्दछ । जसले सियामको सामथ्र्य राख्छ (तर ब्रत राख्दैन) उनीहरूले ‘फिदया' तिर्नुपर्छ । (प्रत्येक दिनवापत) एकजना गरीबलाई खाना खुवाउनु पर्दछ र कसैले आफूखुसी बढी पुण्य गर्छ भने त्यो उसैको हकमा राम्रो हुनेछ । तर, तिमीहरूले बुझ्ने हो भने तिमीहरूका निम्ति सियाम राख्नु नै उचित हुन्छ ।
شَهۡرُ رَمَضَانَ ٱلَّذِيٓ أُنزِلَ فِيهِ ٱلۡقُرۡءَانُ هُدٗى لِّلنَّاسِ وَبَيِّنَٰتٖ مِّنَ ٱلۡهُدَىٰ وَٱلۡفُرۡقَانِۚ فَمَن شَهِدَ مِنكُمُ ٱلشَّهۡرَ فَلۡيَصُمۡهُۖ وَمَن كَانَ مَرِيضًا أَوۡ عَلَىٰ سَفَرٖ فَعِدَّةٞ مِّنۡ أَيَّامٍ أُخَرَۗ يُرِيدُ ٱللَّهُ بِكُمُ ٱلۡيُسۡرَ وَلَا يُرِيدُ بِكُمُ ٱلۡعُسۡرَ وَلِتُكۡمِلُواْ ٱلۡعِدَّةَ وَلِتُكَبِّرُواْ ٱللَّهَ عَلَىٰ مَا هَدَىٰكُمۡ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 2:185रमजानको महिना त्यो महिना हो जसमा कुरआन अवतरण गरियो; यो मानव जातिकालागि मार्गदर्शन हो र यसमा सत्मार्गको लागि र सत्य तथा असत्यबीच फरक छुट्याउने स्पष्ट प्रमाणहरू छन् । अतः तिमीहरूमध्ये जसले यस महिनालाई पाउँछ उसले अनिवार्य रूपमा यसको ब्रत राखोस् र जो बिरामी छ वा यात्रामा छ उसले अरू दिनहरूमा ब्रत राखी त्यसको गन्ती पूरा गरोस् । अल्लाह तिम्रोलागि सुविधा चाहन्छन्; तिमीहरूलाई कष्टमा पार्न चाहँदैनन् ताकि तिमीहरूले संख्या पूरा गर । र, उनले जुन सीधा मार्ग तिमीहरूलाई देखाएका छन् त्यसका लागि अल्लाहको स्तुति गर । आशा छ कि तिमी कृतज्ञ बन्नेछौ ।
وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌۖ أُجِيبُ دَعۡوَةَ ٱلدَّاعِ إِذَا دَعَانِۖ فَلۡيَسۡتَجِيبُواْ لِي وَلۡيُؤۡمِنُواْ بِي لَعَلَّهُمۡ يَرۡشُدُونَ
Open ayah 2:186(हे सन्देष्टा !) मेरा भक्तहरू मेरो विषयमा तिमीलाई सोध्छन् भने (भनिदेऊ)– “म नजिकै छु र पुकार्नेवालाले मलाई पुकारेमा उसको पुकार स्वीकार गर्छु । अतः उनीहरूले मेरो पुकारको उत्तर दिऊन् र मप्रति आस्था राखून् ताकि उनीहरूले सत्मार्ग पाउन सकून् ।”
أُحِلَّ لَكُمۡ لَيۡلَةَ ٱلصِّيَامِ ٱلرَّفَثُ إِلَىٰ نِسَآئِكُمۡۚ هُنَّ لِبَاسٞ لَّكُمۡ وَأَنتُمۡ لِبَاسٞ لَّهُنَّۗ عَلِمَ ٱللَّهُ أَنَّكُمۡ كُنتُمۡ تَخۡتَانُونَ أَنفُسَكُمۡ فَتَابَ عَلَيۡكُمۡ وَعَفَا عَنكُمۡۖ فَٱلۡـَٰٔنَ بَٰشِرُوهُنَّ وَٱبۡتَغُواْ مَا كَتَبَ ٱللَّهُ لَكُمۡۚ وَكُلُواْ وَٱشۡرَبُواْ حَتَّىٰ يَتَبَيَّنَ لَكُمُ ٱلۡخَيۡطُ ٱلۡأَبۡيَضُ مِنَ ٱلۡخَيۡطِ ٱلۡأَسۡوَدِ مِنَ ٱلۡفَجۡرِۖ ثُمَّ أَتِمُّواْ ٱلصِّيَامَ إِلَى ٱلَّيۡلِۚ وَلَا تُبَٰشِرُوهُنَّ وَأَنتُمۡ عَٰكِفُونَ فِي ٱلۡمَسَٰجِدِۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَقۡرَبُوهَاۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ ءَايَٰتِهِۦ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَّقُونَ
Open ayah 2:187तिमीहरुका लागि सियामका रातहरूमा आफ्ना पत्नीहरूसँग सहवास वैध गरिएको छ । उनीहरू तिमीहरूका लागि पोशाक हुन् र तिमीहरू उनीहरूका लागि पोशाक । अल्लाहलाई थाहा छ कि तिमीहरू आफैबाट कपट गरिरहेका थियौ तर अल्लाहले तिमीहरूमाथि दया गरे र क्षमा समेत गरे । अब तिमीहरू आफ्ना पत्नीहरूसँग सहवास गर । र, अल्लाहले तिमीहरुका लागि जे लेखेका छन् त्यो प्राप्त गर अनि बिहानीको सेतो रेखा (रातको) कालो रेखाबाट स्पष्ट नहोउन्जेल खानपिन गर । अनि, रात (को आगमन) सम्म रोजा राख । र तिमीहरू पत्नीहरूसँग सम्भोग नगर जब मस्जिदमा एअ्तिकाफमा बसेका छौ । यी अल्लाहका सीमाहरू हुन् । अतः त्यसको निकट नजाऊ । यसरी अल्लाह आफ्ना आयतहरू लाई मानवजातिका लागि स्पष्ट रूपमा बयान गर्दछन् ताकि उनीहरू (कुकर्मबाट) बचून् ।
وَلَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَكُم بَيۡنَكُم بِٱلۡبَٰطِلِ وَتُدۡلُواْ بِهَآ إِلَى ٱلۡحُكَّامِ لِتَأۡكُلُواْ فَرِيقٗا مِّنۡ أَمۡوَٰلِ ٱلنَّاسِ بِٱلۡإِثۡمِ وَأَنتُمۡ تَعۡلَمُونَ
Open ayah 2:188तिमीहरू एकअर्काका सम्पत्ति अनाहकमा नखाऊ र त्यसलाई न्यायकर्ताहरू समक्ष यस उद्देश्यले पेश नगर कि तिमीहरूलाई मानिसहरूको सम्पत्तिको कुनै अंश जानी–जानी अन्यायपूर्ण ढङ्गले खाने अवसर प्राप्त होस् ।
۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡأَهِلَّةِۖ قُلۡ هِيَ مَوَٰقِيتُ لِلنَّاسِ وَٱلۡحَجِّۗ وَلَيۡسَ ٱلۡبِرُّ بِأَن تَأۡتُواْ ٱلۡبُيُوتَ مِن ظُهُورِهَا وَلَٰكِنَّ ٱلۡبِرَّ مَنِ ٱتَّقَىٰۗ وَأۡتُواْ ٱلۡبُيُوتَ مِنۡ أَبۡوَٰبِهَاۚ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ
Open ayah 2:189(हे मुहम्मद !) मानिसहरूले तिमीसित चन्द्रमाको (घट्दो बढ्दो अवस्थाहरू) बारेमा सोध्दछन्; भनिदेऊ– “त्यो त मानिसहरूका लागि मिति निर्धारण गर्ने तथा हजको समय थाहा पाउने माध्यम हो ।” र (तिनीहरूलाई यो पनि भन कि) घरमा पछाडिबाट प्रवेश गर्नु सत्कर्म होइन बरु सत्कर्मी ती हुन् जो (अवज्ञाबाट) बच्दछन् । अनि घरभित्र ढोकाबाट प्रवेश गर र अल्लाहसँग डराऊ ताकि तिमीहरू सफल हुन सक ।
وَقَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ ٱلَّذِينَ يُقَٰتِلُونَكُمۡ وَلَا تَعۡتَدُوٓاْۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡمُعۡتَدِينَ
Open ayah 2:190र, अल्लाहको मार्गमा तिमीहरू आफूविरुद्ध युद्ध गर्ने मानिसहरूसँग युद्ध गर तर ज्यादती नगर । निस्सन्देह अल्लाह ज्यादती गर्नेहरूलाई मन पराउँदैनन् ।
وَٱقۡتُلُوهُمۡ حَيۡثُ ثَقِفۡتُمُوهُمۡ وَأَخۡرِجُوهُم مِّنۡ حَيۡثُ أَخۡرَجُوكُمۡۚ وَٱلۡفِتۡنَةُ أَشَدُّ مِنَ ٱلۡقَتۡلِۚ وَلَا تُقَٰتِلُوهُمۡ عِندَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ حَتَّىٰ يُقَٰتِلُوكُمۡ فِيهِۖ فَإِن قَٰتَلُوكُمۡ فَٱقۡتُلُوهُمۡۗ كَذَٰلِكَ جَزَآءُ ٱلۡكَٰفِرِينَ
Open ayah 2:191र, (युद्धावस्थामा) तिनीहरूलाई जहाँ पाउँछौ त्यहीँ हत्या गर र तिमीहरू पनि तिनीहरूलाई त्यहाँबाट निकाल जहाँबाट तिनीहरूले तिमीहरूलाई निकालेका थिए किनभने फितना (उपद्रव) हत्याभन्दा पनि झन् घातक हुन्छ । र, प्रतिष्ठित मस्जिद (काअ्बा) नजिक तिनीहरूसँग युद्ध नगर जबसम्म तिनीहरू तिमीहरूसँग त्यहाँ युद्ध गर्दैनन् । यदि तिनीहरू तिमीहरूसँग युद्ध गर्छन् भने तिनीहरूको हत्या गरिदेऊ । यस्ता अवज्ञाकारीहरूको यही सजायँ हो ।
فَإِنِ ٱنتَهَوۡاْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 2:192यदि तिनीहरू (युद्धबाट) रोकिन्छन् भने अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन ।
وَقَٰتِلُوهُمۡ حَتَّىٰ لَا تَكُونَ فِتۡنَةٞ وَيَكُونَ ٱلدِّينُ لِلَّهِۖ فَإِنِ ٱنتَهَوۡاْ فَلَا عُدۡوَٰنَ إِلَّا عَلَى ٱلظَّٰلِمِينَ
Open ayah 2:193र, तिनीहरूसँग युद्ध गर यहाँसम्म कि उपद्रव बाँकी नरहोस् र दीन (धर्म) केवल अल्लाहका लागि होओस् । यदि तिनीहरू विध्वंसबाट रोकिन्छन् भने अत्याचारीहरूबाहेक कसैमाथि कुनै प्रकारको कारवाही नगर ।
ٱلشَّهۡرُ ٱلۡحَرَامُ بِٱلشَّهۡرِ ٱلۡحَرَامِ وَٱلۡحُرُمَٰتُ قِصَاصٞۚ فَمَنِ ٱعۡتَدَىٰ عَلَيۡكُمۡ فَٱعۡتَدُواْ عَلَيۡهِ بِمِثۡلِ مَا ٱعۡتَدَىٰ عَلَيۡكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَعَ ٱلۡمُتَّقِينَ
Open ayah 2:194प्रतिष्ठित महिनाको बदला प्रतिष्ठित महिना नै हुन्छ । र, सम्पूर्ण प्रतिष्ठित वस्तुहरूको सम्मान एक समान छ । अतः जसले तिमीमाथि (यी महिनाहरूमा) ज्यादती गर्छ तिमीहरू पनि उसलाई उसले गरेको ज्यादती बराबर नै जवाफ देऊ र अल्लाहको भय राख अनि जानिराख, अल्लाह भय राख्नेहरूका साथमा छन् ।
وَأَنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ وَلَا تُلۡقُواْ بِأَيۡدِيكُمۡ إِلَى ٱلتَّهۡلُكَةِ وَأَحۡسِنُوٓاْۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُحۡسِنِينَ
Open ayah 2:195अनि, अल्लाहको मार्गमा खर्च गर । र, आफूलाई आफ्नै हातबाट बरबाद नगर । साथै उत्तम ढंगले राम्ररी काम गर । निस्सन्देह अल्लाह उत्तम ढंगले काम गर्नेहरूलाई प्रेम गर्दछन् ।
وَأَتِمُّواْ ٱلۡحَجَّ وَٱلۡعُمۡرَةَ لِلَّهِۚ فَإِنۡ أُحۡصِرۡتُمۡ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۖ وَلَا تَحۡلِقُواْ رُءُوسَكُمۡ حَتَّىٰ يَبۡلُغَ ٱلۡهَدۡيُ مَحِلَّهُۥۚ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوۡ بِهِۦٓ أَذٗى مِّن رَّأۡسِهِۦ فَفِدۡيَةٞ مِّن صِيَامٍ أَوۡ صَدَقَةٍ أَوۡ نُسُكٖۚ فَإِذَآ أَمِنتُمۡ فَمَن تَمَتَّعَ بِٱلۡعُمۡرَةِ إِلَى ٱلۡحَجِّ فَمَا ٱسۡتَيۡسَرَ مِنَ ٱلۡهَدۡيِۚ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ ثَلَٰثَةِ أَيَّامٖ فِي ٱلۡحَجِّ وَسَبۡعَةٍ إِذَا رَجَعۡتُمۡۗ تِلۡكَ عَشَرَةٞ كَامِلَةٞۗ ذَٰلِكَ لِمَن لَّمۡ يَكُنۡ أَهۡلُهُۥ حَاضِرِي ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 2:196र, अल्लाहका लागि हज तथा उमरा गर । यदि तिमीहरू घेरियौ भने उपलब्ध जनावर त्यहीँ कुरबानी (बलिदान) गर । कुरबानीका जनावरहरू कुरबानी स्थलसम्म नपुगेसम्म आफ्नो टाउको मुण्डन नगराऊ । र, तिमीहरूमध्ये जो बिरामी छ वा जसको टाउकोमा कुनै समस्या छ उसले फिदया (बदला वा क्षतिपूर्ति) को रूपमा सियाम (ब्रत) राखोस् वा सदका (दानदक्षिणा) वा बलि देओस् । र, जब तिमीहरू सुरक्षित अवस्थामा हुन्छौ त्यतिबेला जो हजका साथै उमराबाट पनि लाभान्वित हुन चाहन्छ उसले क्षमता अनुसार कुरबानी गर्नुपर्दछ र जसले कुरबानी गर्न सक्दैन उसले हजका दिनहरूमा तीन दिन र फर्केपछि सात दिन सियाम (ब्रत) राख्नु पर्दछ । यी जम्मा दसदिन भए; यो (छूट) उनीहरूका लागि हो जसको घरबार मस्जिदे हराम (काअ्बा) को नजिकमा छैन । र, अल्लाहको भय राख र ज्ञात होस्– अल्लाह कठोर दण्डदाता हुन् ।
ٱلۡحَجُّ أَشۡهُرٞ مَّعۡلُومَٰتٞۚ فَمَن فَرَضَ فِيهِنَّ ٱلۡحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوقَ وَلَا جِدَالَ فِي ٱلۡحَجِّۗ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ يَعۡلَمۡهُ ٱللَّهُۗ وَتَزَوَّدُواْ فَإِنَّ خَيۡرَ ٱلزَّادِ ٱلتَّقۡوَىٰۖ وَٱتَّقُونِ يَٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ
Open ayah 2:197हजका महिनाहरू प्रख्यात छन् तसर्थ जसले यी महिनाहरूमा हजको निश्चय गर्छ उसले हजका दिनहरूमा न सम्भोग गरोस्, न अनैतिक कार्य गरोस् र न लडाइ–झगडा नै गरोस् । तिमीहरूले जुन पुण्य कर्म गर्नेछौ अल्लाहलाई थाहा हुन्छ । (हजका लागि) सामल (बाटा–खर्च) लिएर जाऊ र सबभन्दा उत्कृष्ट सामल ‘तक्वा’ (ईशभय) हो । र, हे बुद्धिमानहरु हो ! मेरो अवज्ञाबाट बच ।
لَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَبۡتَغُواْ فَضۡلٗا مِّن رَّبِّكُمۡۚ فَإِذَآ أَفَضۡتُم مِّنۡ عَرَفَٰتٖ فَٱذۡكُرُواْ ٱللَّهَ عِندَ ٱلۡمَشۡعَرِ ٱلۡحَرَامِۖ وَٱذۡكُرُوهُ كَمَا هَدَىٰكُمۡ وَإِن كُنتُم مِّن قَبۡلِهِۦ لَمِنَ ٱلضَّآلِّينَ
Open ayah 2:198तिमीहरूले आफ्ना पालनकर्ताको अनुग्रह खोज्दा कुनै आपत्ति छैन र ‘अरफात’ बाट फर्कदा ‘मश्अरे हराम (मुजदल्फा)’ मा अल्लाहलाई याद गर । उनलाई यस कारणले याद गर कि उनले नै तिमीहरूलाई सत्मार्ग देखाए जबकि तिमीहरू यसभन्दा पहिले पथभ्रष्ट थियौ ।
ثُمَّ أَفِيضُواْ مِنۡ حَيۡثُ أَفَاضَ ٱلنَّاسُ وَٱسۡتَغۡفِرُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 2:199र, त्यसपछि अरू मानिसहरू प्रस्थान गरेकै ठाउँबाट तिमीहरू पनि प्रस्थान गर अनि अल्लाहसँग क्षमायाचना गर । निस्सन्देह अल्लाह अत्यन्तै क्षमाशील एवं परम दयालु छन् ।
فَإِذَا قَضَيۡتُم مَّنَٰسِكَكُمۡ فَٱذۡكُرُواْ ٱللَّهَ كَذِكۡرِكُمۡ ءَابَآءَكُمۡ أَوۡ أَشَدَّ ذِكۡرٗاۗ فَمِنَ ٱلنَّاسِ مَن يَقُولُ رَبَّنَآ ءَاتِنَا فِي ٱلدُّنۡيَا وَمَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِنۡ خَلَٰقٖ
Open ayah 2:200अनि, (हजका) सबै रीतिहरू पूरा गरिसकेपछि जसरी तिमीहरू आफ्ना पूर्खाहरूको सम्झना गर्ने गर्छौ त्यसरी नै वा त्यसभन्दा पनि बढी अल्लाहलाई याद गर । मानिसहरूमध्ये यस्ता पनि छन् जसले भन्दछन्– “हे हाम्रा पालनकर्ता ! हामीलाई सम्पूर्ण भलाई संसार मै देऊ ।” यस्ता मानिसहरूका लागि परलोकमा कुनै अंश छैन ।
وَمِنۡهُم مَّن يَقُولُ رَبَّنَآ ءَاتِنَا فِي ٱلدُّنۡيَا حَسَنَةٗ وَفِي ٱلۡأٓخِرَةِ حَسَنَةٗ وَقِنَا عَذَابَ ٱلنَّارِ
Open ayah 2:201र, उनीहरूमध्ये कोही यस्ता छन् जो (प्रार्थना गर्दै) भन्दछन्– “हे हाम्रा रब ! हामीलाई संसारमा भलाई प्रदान गर र परलोकमा पनि भलाई प्रदान गर । र, हामीलाई नरकको यातनाबाट बचाऊ ।”
أُوْلَٰٓئِكَ لَهُمۡ نَصِيبٞ مِّمَّا كَسَبُواْۚ وَٱللَّهُ سَرِيعُ ٱلۡحِسَابِ
Open ayah 2:202यिनीहरू नै हुन् जसले आफूले गरेको कर्मको फल पाउनेछन् र अल्लाहले चाँडै नै हिसाब लिनेछन् ।
۞وَٱذۡكُرُواْ ٱللَّهَ فِيٓ أَيَّامٖ مَّعۡدُودَٰتٖۚ فَمَن تَعَجَّلَ فِي يَوۡمَيۡنِ فَلَآ إِثۡمَ عَلَيۡهِ وَمَن تَأَخَّرَ فَلَآ إِثۡمَ عَلَيۡهِۖ لِمَنِ ٱتَّقَىٰۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّكُمۡ إِلَيۡهِ تُحۡشَرُونَ
Open ayah 2:203र, यी गन्तीका दिनहरूमा अल्लाहको खूबै स्तुति गर तर जो हतार गरी दुई दिन मै फर्कन्छ उसका लागि कुनै पाप छैन र जो अझ बढी रहन्छ उसलाई पनि कुनै पाप छैन । यो कुरा भय राख्ने मानिसहरूका लागि हो । अल्लाहको भय राख र जानिराख– “उनैका सामु तिमीहरू एकत्रित गरिनेछौ ।”
وَمِنَ ٱلنَّاسِ مَن يُعۡجِبُكَ قَوۡلُهُۥ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَيُشۡهِدُ ٱللَّهَ عَلَىٰ مَا فِي قَلۡبِهِۦ وَهُوَ أَلَدُّ ٱلۡخِصَامِ
Open ayah 2:204मानिसहरूमध्ये कोही यस्तो पनि छ जसको कुरा तिमीलाई सांसारिक जीवनमा खूबै राम्रो लाग्छ । र, उसले आफ्नो मनको कुरालाई सत्य तुल्याउन अल्लाहलाई साक्षी बनाउँछ जबकि ऊ ठूलो झगडालु छ ।
وَإِذَا تَوَلَّىٰ سَعَىٰ فِي ٱلۡأَرۡضِ لِيُفۡسِدَ فِيهَا وَيُهۡلِكَ ٱلۡحَرۡثَ وَٱلنَّسۡلَۚ وَٱللَّهُ لَا يُحِبُّ ٱلۡفَسَادَ
Open ayah 2:205तर, जब उसलाई सत्ता प्राप्त हुन्छ तब ऊ धर्तीमा विध्वंस मच्चाउन अनि खेती एवं (मानव तथा पशुको) वंशलाई विनाश पार्न सक्रिय रहन्छ; र अल्लाहले विध्वंस मन पराउँदैनन् ।
وَإِذَا قِيلَ لَهُ ٱتَّقِ ٱللَّهَ أَخَذَتۡهُ ٱلۡعِزَّةُ بِٱلۡإِثۡمِۚ فَحَسۡبُهُۥ جَهَنَّمُۖ وَلَبِئۡسَ ٱلۡمِهَادُ
Open ayah 2:206र, जब उसलाई अल्लाहसँग भय राख्न भनिन्छ तब उसको घमन्डले उसलाई पापमा लिप्त पार्दछ । उसको लागि नरक नै पर्याप्त छ । र, यो अति नराम्रो बासस्थान हो ।
وَمِنَ ٱلنَّاسِ مَن يَشۡرِي نَفۡسَهُ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِۚ وَٱللَّهُ رَءُوفُۢ بِٱلۡعِبَادِ
Open ayah 2:207र, मानिसहरूमध्ये कोही यस्तो पनि छ जो अल्लाहको प्रसन्नता प्राप्तिका लागि स्वयंलाई (अल्लाहसमक्ष) बेचिदिन्छ । र, अल्लाह उपासकहरूप्रति अत्यन्तै स्नेही छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱدۡخُلُواْ فِي ٱلسِّلۡمِ كَآفَّةٗ وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ
Open ayah 2:208हे आस्थावानहरू हो ! इस्लाममा पूर्णरूपले प्रवेश गर । र, शैतानका पदचिन्हहरूको अनुसरण नगर । निस्सन्देह त्यो तिम्रो खुल्लम-खुल्ला शत्रु हो ।
فَإِن زَلَلۡتُم مِّنۢ بَعۡدِ مَا جَآءَتۡكُمُ ٱلۡبَيِّنَٰتُ فَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ
Open ayah 2:209स्पष्ट शिक्षाहरू तिमीकहाँ आइसकेपछि पनि यदि तिमी बहकियौ भने जानिराख अल्लाह अत्यन्त प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
هَلۡ يَنظُرُونَ إِلَّآ أَن يَأۡتِيَهُمُ ٱللَّهُ فِي ظُلَلٖ مِّنَ ٱلۡغَمَامِ وَٱلۡمَلَٰٓئِكَةُ وَقُضِيَ ٱلۡأَمۡرُۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ
Open ayah 2:210के तिनीहरू यस प्रतीक्षामा छन् कि अल्लाह र फरिश्ताहरू पनि तिनीहरूसमक्ष बादलको छानामा प्रकट होऊन् अनि फैसला नै गरिदिऊन् ? अन्ततः सारा मामला अल्लाह कै सामु पेश गरिनेछन् ।
سَلۡ بَنِيٓ إِسۡرَٰٓءِيلَ كَمۡ ءَاتَيۡنَٰهُم مِّنۡ ءَايَةِۭ بَيِّنَةٖۗ وَمَن يُبَدِّلۡ نِعۡمَةَ ٱللَّهِ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 2:211(हे मुम्मद स.!) इस्राईलका सन्ततिलाई सोध, हामीले तिनीहरूलाई कस्ता कस्ता स्पष्ट निशानीहरू प्रदान गरेका थियौं भनेर । जसले अल्लाहको बरदान पाएर पनि त्यसलाई परिवर्तन गर्छ उसले जानि राखोस् कि अल्लाह यातना दिनमा अति कडा छन् ।
زُيِّنَ لِلَّذِينَ كَفَرُواْ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَيَسۡخَرُونَ مِنَ ٱلَّذِينَ ءَامَنُواْۘ وَٱلَّذِينَ ٱتَّقَوۡاْ فَوۡقَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ وَٱللَّهُ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٖ
Open ayah 2:212काफिरहरूका लागि सांसारिक जीवन शोभनीय बनाइएको छ र यस्ता मानिसहरू आस्थावानहरूको उपहास गर्छन् जबकि अल्लाहको अवज्ञाबाट बच्नेहरू नै महाप्रलयका दिन अवज्ञाकारीहरूभन्दा उच्च स्थानमा हुनेछन् । र, अल्लाह जसलाई चाहन्छन् अपार जीविका प्रदान गर्दछन् ।
كَانَ ٱلنَّاسُ أُمَّةٗ وَٰحِدَةٗ فَبَعَثَ ٱللَّهُ ٱلنَّبِيِّـۧنَ مُبَشِّرِينَ وَمُنذِرِينَ وَأَنزَلَ مَعَهُمُ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ لِيَحۡكُمَ بَيۡنَ ٱلنَّاسِ فِيمَا ٱخۡتَلَفُواْ فِيهِۚ وَمَا ٱخۡتَلَفَ فِيهِ إِلَّا ٱلَّذِينَ أُوتُوهُ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ بَغۡيَۢا بَيۡنَهُمۡۖ فَهَدَى ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ لِمَا ٱخۡتَلَفُواْ فِيهِ مِنَ ٱلۡحَقِّ بِإِذۡنِهِۦۗ وَٱللَّهُ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٍ
Open ayah 2:213(शुरुमा) मानव एउटै उम्मत (समुदाय) थियो । र, अल्लाहले नबीहरूलाई शुभ–सूचक तथा सचेतक बनाएर पठाए । अनि, उनीहरूमार्फत् सत्यमा आधारित ग्रन्थ अवतरण गरे ताकि मानिसहरूबीच विद्यमान मतभिन्नताको बारेमा निर्णय गर्न सकून् । यसको विरोध पनि तिनीहरूले नै गरे जसलाई सत्य ज्ञान दिइसकिएको थियो । तिनीहरूले स्पष्ट निशानीहरू पाइसकेपछि पनि केवल परस्पर अतिक्रमण गर्ने उद्देश्यले सत्यलाई छोडेर भिन्न मार्गहरू अपनाए । र,जुन मानिसहरूले इमान ल्याए तिनीहरूलाई अल्लाहले आफ्नो अनुमतिबाट त्यस सत्यको बाटो देखाए जसमा मानिसहरूले विभेद गरेका थिए । अल्लाह जसलाई चाहन्छन् सीधा मार्ग देखाउँछन् ।
أَمۡ حَسِبۡتُمۡ أَن تَدۡخُلُواْ ٱلۡجَنَّةَ وَلَمَّا يَأۡتِكُم مَّثَلُ ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلِكُمۖ مَّسَّتۡهُمُ ٱلۡبَأۡسَآءُ وَٱلضَّرَّآءُ وَزُلۡزِلُواْ حَتَّىٰ يَقُولَ ٱلرَّسُولُ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ مَتَىٰ نَصۡرُ ٱللَّهِۗ أَلَآ إِنَّ نَصۡرَ ٱللَّهِ قَرِيبٞ
Open ayah 2:214के तिमीहरू स्वर्गमा त्यसै प्रवेश गर्नेछौ भन्ने ठानेका छौ जबकि तिमीहरूभन्दा पहिलेका मानिसहरूको जस्तो सङ्कट तिमीहरूमाथि आएकै छैन ? उनीहरू ठूला–ठूला कठिनाई तथा दुःखमा पिल्सिए र यसरी घच्घच्याइए कि त्यस समयका रसूल र उनका साथमा रहेका आस्थावानहरूसमेत चिच्याउन पुगे– “अल्लाहको सहायता कहिले आउने हो त ?” सुन, निश्चय नै अल्लाहको सहायता नजिकै छ ।
يَسۡـَٔلُونَكَ مَاذَا يُنفِقُونَۖ قُلۡ مَآ أَنفَقۡتُم مِّنۡ خَيۡرٖ فَلِلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِۗ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٞ
Open ayah 2:215(हे मुहम्मद स.!) मानिसहरूले तिमीलाई सोध्दछन् कि उनीहरूले के कस्तो धन खर्च गरून् ? भनिदेऊ–“धन–सम्पत्तिबाट जे खर्च गर्छौ त्यो माता–पिता, नातेदार, अनाथ, असहाय एवं बटुवाहरूका लागि होस् ।” जेजति भलाई तिमी गर्छौ अल्लाह ती सबै जान्दछन् ।
كُتِبَ عَلَيۡكُمُ ٱلۡقِتَالُ وَهُوَ كُرۡهٞ لَّكُمۡۖ وَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَهُوَ خَيۡرٞ لَّكُمۡۖ وَعَسَىٰٓ أَن تُحِبُّواْ شَيۡـٔٗا وَهُوَ شَرّٞ لَّكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 2:216तिमीहरूमाथि युद्ध अनिवार्य गरिएको छ जबकि यो तिमीहरूलाई अप्रिय छ र हुन सक्छ तिमी एउटा कुरा मन नपराऊ तर त्यो तिमीहरुका लागि राम्रो होस् । र, हुन सक्छ तिमीहरू एउटा कुरा मन पराऊ तर त्यो तिमीहरुका निम्ति नराम्रो होस् । र, अल्लाह जान्दछन् बरु तिमीहरू पो जान्दैनौ ।
يَسۡـَٔلُونَكَ عَنِ ٱلشَّهۡرِ ٱلۡحَرَامِ قِتَالٖ فِيهِۖ قُلۡ قِتَالٞ فِيهِ كَبِيرٞۚ وَصَدٌّ عَن سَبِيلِ ٱللَّهِ وَكُفۡرُۢ بِهِۦ وَٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَإِخۡرَاجُ أَهۡلِهِۦ مِنۡهُ أَكۡبَرُ عِندَ ٱللَّهِۚ وَٱلۡفِتۡنَةُ أَكۡبَرُ مِنَ ٱلۡقَتۡلِۗ وَلَا يَزَالُونَ يُقَٰتِلُونَكُمۡ حَتَّىٰ يَرُدُّوكُمۡ عَن دِينِكُمۡ إِنِ ٱسۡتَطَٰعُواْۚ وَمَن يَرۡتَدِدۡ مِنكُمۡ عَن دِينِهِۦ فَيَمُتۡ وَهُوَ كَافِرٞ فَأُوْلَٰٓئِكَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۖ وَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:217(हे मुहम्मद स.!) मानिसहरू तिमीसँग प्रतिष्ठित महिनामा युद्ध गर्नु कस्तो छ भनी सोध्दछन् । भनिदेऊ– “त्यसमा युद्ध ठूलो (पापको) कुरा हो तर मानिसहरूलाई अल्लाहको मार्गबाट रोक्नु, अल्लाहकासाथ कुफ्र (अवज्ञा) गर्नु, मस्जिदे हराम (जान) बाट रोक्नु र त्यहाँका बासीहरुलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको दृष्टिमा त्यसभन्दा पनि ठूलो (पापको) कुरा हो । अनि, फितना (उत्पात) हत्याभन्दा पनि ठूलो (अपराध) हो ।” र, यिनीहरू तिमीहरूसित निरन्तर युद्ध गरिरहनेछन्; यहाँसम्म कि सामथ्र्य पुगेमा तिमीहरूलाई तिमीहरूको धर्मबाट नै विमुख पारिदिनेछन् । र, तिमीहरूमध्ये जो पनि आफ्नो धर्मबाट निस्कन्छ अनि कुफ्र कै अवस्थामा त्यसको निधन हुन्छ, त्यस्ता मानिसहरूका कर्महरू लोक तथा परलोक दुबैमा निरर्थक हुनेछन् । तिनीहरू नरकमा जानेहरू हुन् जहाँ सदासर्वदा रहनेछन् ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَاجَرُواْ وَجَٰهَدُواْ فِي سَبِيلِ ٱللَّهِ أُوْلَٰٓئِكَ يَرۡجُونَ رَحۡمَتَ ٱللَّهِۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 2:218निस्सन्देह जुन मानिसहरूले ईमान ल्याए, हिजरत (बसाईसराई) गरे र अल्लाहको मार्गमा जिहाद गरे त्यस्ता मानिसहरू नै अल्लाहको कृपाका उम्मेदवार हुन् र अल्लाह अति क्षमाशील एवं दयावान छन् ।
۞يَسۡـَٔلُونَكَ عَنِ ٱلۡخَمۡرِ وَٱلۡمَيۡسِرِۖ قُلۡ فِيهِمَآ إِثۡمٞ كَبِيرٞ وَمَنَٰفِعُ لِلنَّاسِ وَإِثۡمُهُمَآ أَكۡبَرُ مِن نَّفۡعِهِمَاۗ وَيَسۡـَٔلُونَكَ مَاذَا يُنفِقُونَۖ قُلِ ٱلۡعَفۡوَۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَتَفَكَّرُونَ
Open ayah 2:219(हे मुहम्मद स.!) मानिसहरूले तिमीसँग रक्सी एवं जूवाबारे सोध्छन् । भनिदेऊ– “यी दुबैमा ठूलो पाप छ । र, मानिसहरूका लागि केही फाइदा पनि छन् तर तिनका पापहरू तिनका लाभभन्दा धेरै नै बढी छन् ।” र, उनीहरू तिमीसँग कुन सम्पत्ति खर्च गर्ने भनेर सोध्छन् । भनिदेऊ– “जुन बचेको छ ।” यसप्रकार अल्लाह तिमीहरूका लागि आफ्नो आदेश स्पष्ट पार्छन् । आशा छ तिमीहरू विवेक प्रयोग गर्नेछौ ।
فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۗ وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡيَتَٰمَىٰۖ قُلۡ إِصۡلَاحٞ لَّهُمۡ خَيۡرٞۖ وَإِن تُخَالِطُوهُمۡ فَإِخۡوَٰنُكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ ٱلۡمُفۡسِدَ مِنَ ٱلۡمُصۡلِحِۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَأَعۡنَتَكُمۡۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ
Open ayah 2:220लोक तथा परलोक (दुबैका मामलाहरू) मा । र, उनीहरू तिमीसँग अनाथहरूको बारेमा सोध्दछन् । भनिदेऊ– “जेमा तिनीहरूको स्थिति सुध्रिन्छ त्यही राम्रो हो । र, यदि तिमीहरू उनीहरूलाई मिलाएर राख्न चाहन्छौ भने उनीहरू तिम्रा भाईबन्धु नै हुन् । अनि, अल्लाह भलाई गर्ने र अनैतिक कर्म गर्ने (दुबै) लाई राम्ररी जान्दछन् । र, अल्लाहले चाहेको भए तिमीहरूलाई कठिनाइमा पार्ने थिए । निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।”
وَلَا تَنكِحُواْ ٱلۡمُشۡرِكَٰتِ حَتَّىٰ يُؤۡمِنَّۚ وَلَأَمَةٞ مُّؤۡمِنَةٌ خَيۡرٞ مِّن مُّشۡرِكَةٖ وَلَوۡ أَعۡجَبَتۡكُمۡۗ وَلَا تُنكِحُواْ ٱلۡمُشۡرِكِينَ حَتَّىٰ يُؤۡمِنُواْۚ وَلَعَبۡدٞ مُّؤۡمِنٌ خَيۡرٞ مِّن مُّشۡرِكٖ وَلَوۡ أَعۡجَبَكُمۡۗ أُوْلَٰٓئِكَ يَدۡعُونَ إِلَى ٱلنَّارِۖ وَٱللَّهُ يَدۡعُوٓاْ إِلَى ٱلۡجَنَّةِ وَٱلۡمَغۡفِرَةِ بِإِذۡنِهِۦۖ وَيُبَيِّنُ ءَايَٰتِهِۦ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ
Open ayah 2:221र, मुश्रिक स्त्रीहरूसँग तिनीहरूले ईमान नल्याउन्जेल बिहे नगर । निस्सन्देह आस्थावान दासी, मुश्रिक स्त्रीभन्दा श्रेष्ठ हुन्छे चाहे त्यो (मुश्रिक) तिमीहरूलाई अति प्रिय लागोस् । अनि, त्यस्तै मुश्रिक पुरुषहरूसँग तिनीहरूले ईमान नल्याउन्जेल (आस्थावान स्त्रीहरूको) विवाह नगर । मोमिन दास चाहिँ मुश्रिक पुरुषभन्दा श्रेष्ठ हुन्छ चाहे तिमीहरूलाई त्यो (मुश्रिक) अति प्रिय होस् । यिनीहरूले नरकतर्फ बोलाउँछन् जबकि अल्लाह आफ्नो अनुज्ञाबाट स्वर्ग एवं क्षमातर्फ आमन्त्रित गर्दछन् र उनले आफ्ना शिक्षाहरू मानिसहरूका लागि स्पष्ट रूपमा बताउँछन् जसले गर्दा तिनीहरूले उपदेश ग्रहण गरून् ।
وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡمَحِيضِۖ قُلۡ هُوَ أَذٗى فَٱعۡتَزِلُواْ ٱلنِّسَآءَ فِي ٱلۡمَحِيضِ وَلَا تَقۡرَبُوهُنَّ حَتَّىٰ يَطۡهُرۡنَۖ فَإِذَا تَطَهَّرۡنَ فَأۡتُوهُنَّ مِنۡ حَيۡثُ أَمَرَكُمُ ٱللَّهُۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلتَّوَّٰبِينَ وَيُحِبُّ ٱلۡمُتَطَهِّرِينَ
Open ayah 2:222र, उनीहरू तिमीसँग रजस्वलाको बारेमा सोध्दछन् । भनिदेऊ– “यो एक प्रकारको अपवित्रता हो ।” अनि, रजस्वलाको अवस्थामा स्त्रीहरूबाट अलग बस र तिनीहरू पवित्र नहोउन्जेलसम्म तिनीहरुको नजिक नजाऊ । जब तिनीहरू पवित्र हुन्छन् तब तिनीहरूकहाँ त्यहाँबाट आऊ जहाँबाट जाने अल्लाहले तिमीहरूलाई आदेश दिएका छन् । निस्सन्देह अल्लाह धेरै तौबा (प्रायश्चित) गर्ने तथा सफासुग्घर रहनेहरूलाई मन पराउँछन् ।
نِسَآؤُكُمۡ حَرۡثٞ لَّكُمۡ فَأۡتُواْ حَرۡثَكُمۡ أَنَّىٰ شِئۡتُمۡۖ وَقَدِّمُواْ لِأَنفُسِكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّكُم مُّلَٰقُوهُۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ
Open ayah 2:223तिम्रा पत्नीहरू तिमीहरूका निम्ति खेती हुन् । जसरी चाहन्छौ आफ्नो खेतीमा जाऊ र आफ्नो भविष्यको चिन्ता गर । र, अल्लाहको भय राख अनि जानिराख तिमीहरूले अल्लाहसँग भेट्नु छ ।” र, आस्थावानहरूलाई शुभ सूचना देऊ ।
وَلَا تَجۡعَلُواْ ٱللَّهَ عُرۡضَةٗ لِّأَيۡمَٰنِكُمۡ أَن تَبَرُّواْ وَتَتَّقُواْ وَتُصۡلِحُواْ بَيۡنَ ٱلنَّاسِۚ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ
Open ayah 2:224र, तिमीहरू सत्कर्म, वफादारी, ईशभय तथा मानिसहरूबीचको सम्बन्ध सुधार्ने कार्यलाई छाड्नको लागि अल्लाहको नामलाई आफ्नो कसमको बहाना नबनाऊ । अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
لَّا يُؤَاخِذُكُمُ ٱللَّهُ بِٱللَّغۡوِ فِيٓ أَيۡمَٰنِكُمۡ وَلَٰكِن يُؤَاخِذُكُم بِمَا كَسَبَتۡ قُلُوبُكُمۡۗ وَٱللَّهُ غَفُورٌ حَلِيمٞ
Open ayah 2:225बिना मनसायका निरर्थक कसमहरूका बारेमा अल्लाहले तिमीहरूको पकड गर्ने छैनन् । तर हृदयले निश्चय गरेका कसमहरूमा भने उनले तिम्रो पकड गर्नेछन् । अल्लाह क्षमाशील एवं सहनशील छन् ।
لِّلَّذِينَ يُؤۡلُونَ مِن نِّسَآئِهِمۡ تَرَبُّصُ أَرۡبَعَةِ أَشۡهُرٖۖ فَإِن فَآءُو فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 2:226आफ्ना पत्नीहरूसँग अलग बस्ने कसम खानेहरूका लागि चार महिनासम्मको समयसिमा छ । यदि उनीहरू फर्किन्छन् भने अल्लाह क्षमाशील एवं परम दयालु छन् ।
وَإِنۡ عَزَمُواْ ٱلطَّلَٰقَ فَإِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ
Open ayah 2:227र, यदि उनीहरूले तलाक (विवाह–विच्छेद) को निश्चय गर्छन् भने जानि राखून् अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَٱلۡمُطَلَّقَٰتُ يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ ثَلَٰثَةَ قُرُوٓءٖۚ وَلَا يَحِلُّ لَهُنَّ أَن يَكۡتُمۡنَ مَا خَلَقَ ٱللَّهُ فِيٓ أَرۡحَامِهِنَّ إِن كُنَّ يُؤۡمِنَّ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ وَبُعُولَتُهُنَّ أَحَقُّ بِرَدِّهِنَّ فِي ذَٰلِكَ إِنۡ أَرَادُوٓاْ إِصۡلَٰحٗاۚ وَلَهُنَّ مِثۡلُ ٱلَّذِي عَلَيۡهِنَّ بِٱلۡمَعۡرُوفِۚ وَلِلرِّجَالِ عَلَيۡهِنَّ دَرَجَةٞۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ
Open ayah 2:228तलाक पाएका स्त्रीहरु तीन पटक रजस्वला नभएसम्म आफूलाई रोकी राखून् । यदि उनीहरू अल्लाह एवं आखिरतमाथि आस्था राख्छन् भने अल्लाहले उनीहरूका गर्भाशयहरूमा सृष्टि गरेका चिजलाई लुकाउनु उनीहरूका लागि वैध छैन । यस अवधिमा उनीहरूका पतिहरूले सम्बन्ध सुधार्ने इरादा गरेमा तिनीहरूले उनीहरूलाई फिर्ता लिने बढी अधिकार राख्छन् । महिलाहरूलाई पनि पुरुषहरूजस्तै सामान्य नियम अनुसार अधिकार छ । तर पुरुषहरूलाई उनीहरूमाथि एक श्रेणी उच्चता प्राप्त छ । र, अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
ٱلطَّلَٰقُ مَرَّتَانِۖ فَإِمۡسَاكُۢ بِمَعۡرُوفٍ أَوۡ تَسۡرِيحُۢ بِإِحۡسَٰنٖۗ وَلَا يَحِلُّ لَكُمۡ أَن تَأۡخُذُواْ مِمَّآ ءَاتَيۡتُمُوهُنَّ شَيۡـًٔا إِلَّآ أَن يَخَافَآ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا يُقِيمَا حُدُودَ ٱللَّهِ فَلَا جُنَاحَ عَلَيۡهِمَا فِيمَا ٱفۡتَدَتۡ بِهِۦۗ تِلۡكَ حُدُودُ ٱللَّهِ فَلَا تَعۡتَدُوهَاۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 2:229तलाक दुई पटक मात्र हुन्छ । त्यसपछि या सामान्यतः (स्त्रीलाई दाम्पत्य जीवन मै) रोकिराख्नु पर्छ वा उचित तवरमा विदा गरिदिनु पर्दछ । र, (विदा गरेमा) तिमीहरुका लागि तिनीहरूलाई दिएको कुनै चिज फिर्ता लिनु वैध छैन । (त्यस्तो परिस्थितिमा मात्र फिर्ता लिनु वैध छ) जब दुबैलाई अल्लाहका सीमाहरू कायम राख्ने कुरामा सन्देह हुन्छ । अनि यदि तिमीहरूलाई उनीहरूले अल्लाहका सीमाहरूलाई कायम राख्न सक्दैनन् भन्ने डर छ भने पत्नीले केही दिएर अलग भएमा दुबैमाथि कुनै पाप छैन । यी अल्लाहका सीमाहरू हुन्; यसको उल्लङ्घन नगर । र, जसले अल्लाहका सीमाहरूको उल्लङ्घन गर्छन् तिनीहरु नै अत्याचारी हुन् ।
فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُۥ مِنۢ بَعۡدُ حَتَّىٰ تَنكِحَ زَوۡجًا غَيۡرَهُۥۗ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يَتَرَاجَعَآ إِن ظَنَّآ أَن يُقِيمَا حُدُودَ ٱللَّهِۗ وَتِلۡكَ حُدُودُ ٱللَّهِ يُبَيِّنُهَا لِقَوۡمٖ يَعۡلَمُونَ
Open ayah 2:230पतिले फेरि (तेस्रो पटक) तलाक दियो भने त्यो महिला अब उसका लागि वैध हुने छैन सिवाय यसको कि उसले कोही अरूसँग विवाह गरोस् अनि फेरि त्यसले पनि उसलाई तलाक देओस् । र, दुबैलाई अल्लाहको सीमा कायम राख्ने कुरामा विश्वास छ भने पुनः बिहे गरेमा कुनै पाप लाग्ने छैन । र, यी अल्लाहका सीमाहरू हुन् जसलाई उनले ज्ञानीहरूका लागि स्पष्ट पारेका छन् ।
وَإِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَبَلَغۡنَ أَجَلَهُنَّ فَأَمۡسِكُوهُنَّ بِمَعۡرُوفٍ أَوۡ سَرِّحُوهُنَّ بِمَعۡرُوفٖۚ وَلَا تُمۡسِكُوهُنَّ ضِرَارٗا لِّتَعۡتَدُواْۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَقَدۡ ظَلَمَ نَفۡسَهُۥۚ وَلَا تَتَّخِذُوٓاْ ءَايَٰتِ ٱللَّهِ هُزُوٗاۚ وَٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ وَمَآ أَنزَلَ عَلَيۡكُم مِّنَ ٱلۡكِتَٰبِ وَٱلۡحِكۡمَةِ يَعِظُكُم بِهِۦۚ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 2:231र, तिमीहरूले स्त्रीहरूलाई तलाक दिएमा र उनीहरूको ‘इद्दत’ पूरा हुन लागेमा कि त सामान्य नियमानुसार रोकिहाल (दाम्पत्य जीवनमा राखिराख) कि त सामान्य नियमानुसार बिदा गरिदेऊ । तर, उनीहरूलाई हानि पुर्याउन र अत्याचार गर्ने उद्देश्यले नरोक । यस्तो गर्नेहरू स्वयंमाथि अत्याचार गर्छन् । अल्लाहका आदेशहरूलाई ख्याल–ठट्टा नबनाऊ र अल्लाहले तिमीहरूमाथि गरेका कृपा र उनले अवतरण गरेका ग्रन्थ एवं तत्वदर्शितालाई याद गर । अल्लाह तिमीहरूलाई यसैको उपदेश दिन्छन् र अल्लाहको भय राख अनि जानिराख– अल्लाह हरेक चिजका ज्ञाता हुन् ।
وَإِذَا طَلَّقۡتُمُ ٱلنِّسَآءَ فَبَلَغۡنَ أَجَلَهُنَّ فَلَا تَعۡضُلُوهُنَّ أَن يَنكِحۡنَ أَزۡوَٰجَهُنَّ إِذَا تَرَٰضَوۡاْ بَيۡنَهُم بِٱلۡمَعۡرُوفِۗ ذَٰلِكَ يُوعَظُ بِهِۦ مَن كَانَ مِنكُمۡ يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۗ ذَٰلِكُمۡ أَزۡكَىٰ لَكُمۡ وَأَطۡهَرُۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 2:232र, तिमीहरूले आफ्ना स्त्रीहरुलाई तलाक दिएपछि तिनीहरूले आफ्नो इद्दत (अवधि) पूरा गरी यदि ती दुबै सामान्य नियमानुसार विवाह गर्न राजी छन् भने आफ्नो (हुनेवाला) पतिसँग बिहे गर्न चाहेमा नरोक । यो उपदेश तिमीहरूमध्ये अल्लाह एवं आखिरतमाथि आस्था राख्ने सबैलाई दिइन्छ । यो तिमीहरूका लागि शिष्ट एवं पवित्र तरीका हो । र, अल्लाह जान्दछन्; तिमीहरू पो जान्दैनौ ।
۞وَٱلۡوَٰلِدَٰتُ يُرۡضِعۡنَ أَوۡلَٰدَهُنَّ حَوۡلَيۡنِ كَامِلَيۡنِۖ لِمَنۡ أَرَادَ أَن يُتِمَّ ٱلرَّضَاعَةَۚ وَعَلَى ٱلۡمَوۡلُودِ لَهُۥ رِزۡقُهُنَّ وَكِسۡوَتُهُنَّ بِٱلۡمَعۡرُوفِۚ لَا تُكَلَّفُ نَفۡسٌ إِلَّا وُسۡعَهَاۚ لَا تُضَآرَّ وَٰلِدَةُۢ بِوَلَدِهَا وَلَا مَوۡلُودٞ لَّهُۥ بِوَلَدِهِۦۚ وَعَلَى ٱلۡوَارِثِ مِثۡلُ ذَٰلِكَۗ فَإِنۡ أَرَادَا فِصَالًا عَن تَرَاضٖ مِّنۡهُمَا وَتَشَاوُرٖ فَلَا جُنَاحَ عَلَيۡهِمَاۗ وَإِنۡ أَرَدتُّمۡ أَن تَسۡتَرۡضِعُوٓاْ أَوۡلَٰدَكُمۡ فَلَا جُنَاحَ عَلَيۡكُمۡ إِذَا سَلَّمۡتُم مَّآ ءَاتَيۡتُم بِٱلۡمَعۡرُوفِۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 2:233जसले दुध खुवाउने अवधि पूरा गर्न चाहन्छन् ती आमाहरूले आफ्ना शिशुहरूलाई दुई वर्षसम्म दूध खुवाऊन् र दूध खुवाउने आमाहरूको खाना अनि लुगाफाटोको जिम्मेवारी सामान्य नियमानुसार शिशुको बाबुमाथि रहन्छ । कुनै पनि व्यक्तिलाई त्यति मात्र उत्तरदायित्व बहन गर्न दिइनु पर्दछ जति उसले गर्ने सामथ्र्य राख्दछ । न त आमालाई उसको शिशुको कारणले दुःख दिइनेछ र न त बाबुलाई उसको शिशुको कारणले दुःख दिइनेछ । र, (पिताको मृत्यु भएको अवस्थामा) त्यो (जिम्मेवारी) वारिस माथि आउँछ । र, दुबैले आपसी समझदारी एवं सल्लाहमा दुध छुटाउन चाहेमा पनि उनीहरूप्रति कुनै आपत्ति छैन । र, यदि तिमीहरू आफ्ना शिशुहरूलाई (अन्य स्त्रीको) दूध खुवाउन चाहन्छौ भने यसमा पनि कुनै आपत्ति छैन यदि तिमीहरूले निश्चित गरेको सामान्य नियमानुसार स्त्रीहरूलाई भुक्तानी गर्छौ भने । र, अल्लाहको भए राख । अनि, जानिराख– “अल्लाह तिमीहरूले गरेका सबै कार्यलाई देखिरहेका छन् ।”
وَٱلَّذِينَ يُتَوَفَّوۡنَ مِنكُمۡ وَيَذَرُونَ أَزۡوَٰجٗا يَتَرَبَّصۡنَ بِأَنفُسِهِنَّ أَرۡبَعَةَ أَشۡهُرٖ وَعَشۡرٗاۖ فَإِذَا بَلَغۡنَ أَجَلَهُنَّ فَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا فَعَلۡنَ فِيٓ أَنفُسِهِنَّ بِٱلۡمَعۡرُوفِۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
Open ayah 2:234तिमीहरूमध्ये कसैको मृत्यु हुन्छ र आफूपछाडि पत्नीहरू छोड्छ भने ती जीवित रहेका पत्नीहरू चार महीना दस दिनसम्म पर्खिऊन् । र, इद्दत (निर्धारित अवधि) पूरा गरेपछि उनीहरूले आफ्नो लागि सामान्य नियमानुसार जे गरेमा पनि उनीहरूमाथि कुनै दोष लाग्ने छैन । तिमीहरू जे गर्दछौ अल्लाह त्यसको खबर राख्दछन् ।
وَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا عَرَّضۡتُم بِهِۦ مِنۡ خِطۡبَةِ ٱلنِّسَآءِ أَوۡ أَكۡنَنتُمۡ فِيٓ أَنفُسِكُمۡۚ عَلِمَ ٱللَّهُ أَنَّكُمۡ سَتَذۡكُرُونَهُنَّ وَلَٰكِن لَّا تُوَاعِدُوهُنَّ سِرًّا إِلَّآ أَن تَقُولُواْ قَوۡلٗا مَّعۡرُوفٗاۚ وَلَا تَعۡزِمُواْ عُقۡدَةَ ٱلنِّكَاحِ حَتَّىٰ يَبۡلُغَ ٱلۡكِتَٰبُ أَجَلَهُۥۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِيٓ أَنفُسِكُمۡ فَٱحۡذَرُوهُۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ غَفُورٌ حَلِيمٞ
Open ayah 2:235तिमीहरूमाथि कुनै दोष लाग्ने छैन कि तिमीहरू (इद्दतको अन्तरालमा) स्त्रीहरूलाई साङ्केतिक रूपमा बिहेको सन्देश देऊ वा यसलाई मनमा लुकाएर राख । अल्लाहलाई राम्ररी थाहा छ कि तिमीहरु तिनीहरुको सम्झना गर्नेछौ । तर तिमीहरू गोप्य रूपमा कुनै पनि वचन तिनीहरूलाई नदेऊ । तर सामान्य नियम अनुसार कुरा गर्नु बेग्लै हो । इद्दत पूरा नहुञ्जेल विवाहको निश्चय नगर अनि जानिराख अल्लाह तिमीहरूको मनका कुरा जान्दछन् । अतः उनको भय राख । अनि, जानिराख– निस्सन्देह अल्लाह क्षमाशील एवं सहनशील छन् ।
لَّا جُنَاحَ عَلَيۡكُمۡ إِن طَلَّقۡتُمُ ٱلنِّسَآءَ مَا لَمۡ تَمَسُّوهُنَّ أَوۡ تَفۡرِضُواْ لَهُنَّ فَرِيضَةٗۚ وَمَتِّعُوهُنَّ عَلَى ٱلۡمُوسِعِ قَدَرُهُۥ وَعَلَى ٱلۡمُقۡتِرِ قَدَرُهُۥ مَتَٰعَۢا بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُحۡسِنِينَ
Open ayah 2:236स्त्रीहरूलाई छुनु (सहवास गर्नु) वा महर निर्धारण गर्नुभन्दा पहिले नै तलाक दिएमा तिमीहरूमाथि कुनै आपत्ति छैन । तर, उनीहरूलाई केही सम्पत्ति अवश्य देऊ । सम्पन्न व्यक्तिले आफ्नो सामर्थ्य अनुसार तथा गरीबले आफ्नो सामर्थ्य अनुसार सामान्य नियम मुताबिक दिऊन् । सत्कर्मीहरूमाथि यो जिम्मेवारी हो ।
وَإِن طَلَّقۡتُمُوهُنَّ مِن قَبۡلِ أَن تَمَسُّوهُنَّ وَقَدۡ فَرَضۡتُمۡ لَهُنَّ فَرِيضَةٗ فَنِصۡفُ مَا فَرَضۡتُمۡ إِلَّآ أَن يَعۡفُونَ أَوۡ يَعۡفُوَاْ ٱلَّذِي بِيَدِهِۦ عُقۡدَةُ ٱلنِّكَاحِۚ وَأَن تَعۡفُوٓاْ أَقۡرَبُ لِلتَّقۡوَىٰۚ وَلَا تَنسَوُاْ ٱلۡفَضۡلَ بَيۡنَكُمۡۚ إِنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٌ
Open ayah 2:237यदि तिमीहरूले छुनुभन्दा पहिले तर ‘महर’ निर्धारण गरिसकेपछिको अवस्थामा उनीहरूलाई तलाक दिन्छौ भने तिमीहरूले निर्धारित ‘महर’ को आधा तिर्नुपर्छ; यो बेग्लै कुरा हो कि स्त्रीहरूले स्वयं छोडिदिनेछन् वा हातमा बिहेको बन्धन हुने (पति) ले नम्रता अपनाउनेछन् (पूरा महर दिनेछन्) । र, तिमीहरू नम्रता अपनाऊ, यो ईशपरायणता अनुकूल छ । र तिमीहरूबीच एकलाई अर्कोमाथि जुन श्रेष्ठता प्राप्त छ त्यो नबिर्स र जे तिमीहरू गर्छौ अल्लाह देखिरहेका छन् ।
حَٰفِظُواْ عَلَى ٱلصَّلَوَٰتِ وَٱلصَّلَوٰةِ ٱلۡوُسۡطَىٰ وَقُومُواْ لِلَّهِ قَٰنِتِينَ
Open ayah 2:238नमाज र विशेष रूपमा बीचको नमाजको रक्षा गर । र, अल्लाहका सामु पूर्ण भक्ति एवम् विनयका साथ उभिने गर ।
فَإِنۡ خِفۡتُمۡ فَرِجَالًا أَوۡ رُكۡبَانٗاۖ فَإِذَآ أَمِنتُمۡ فَٱذۡكُرُواْ ٱللَّهَ كَمَا عَلَّمَكُم مَّا لَمۡ تَكُونُواْ تَعۡلَمُونَ
Open ayah 2:239त्रासदीपूर्ण अवस्थामा पैदल वा सवार जसरी सम्भव छ नमाज अदा गर अनि जब निश्चिन्त हुन्छौ तब अल्लाहलाई त्यसरी याद गर जसरी उनले तिमीहरूलाई सिकाएका छन् जुन तिमी जान्दैनथ्यौ ।
وَٱلَّذِينَ يُتَوَفَّوۡنَ مِنكُمۡ وَيَذَرُونَ أَزۡوَٰجٗا وَصِيَّةٗ لِّأَزۡوَٰجِهِم مَّتَٰعًا إِلَى ٱلۡحَوۡلِ غَيۡرَ إِخۡرَاجٖۚ فَإِنۡ خَرَجۡنَ فَلَا جُنَاحَ عَلَيۡكُمۡ فِي مَا فَعَلۡنَ فِيٓ أَنفُسِهِنَّ مِن مَّعۡرُوفٖۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٞ
Open ayah 2:240र तिमीहरूमध्ये जून मानिसहरुको मृत्यु (को समय) होओस् र आफूपछि आफ्ना पत्नीहरु छोड्न लागेका होऊन, (उनीहरुले) पत्नीहरूका लागि घरबाट ननिकाली एक वर्षसम्म खाना–खर्च दिइने अन्तिम आदेश (वसीयत) गरुन्, फेरी तिनीहरू (पत्नीहरु) स्वयं निस्कन्छन् र सामान्य नियमानुसार आफ्नो लागि केही गर्छन् भने त्यसको लागि तिमीहरूमाथि कुनै दोष छैन । र, अल्लाह अत्यन्त प्रभुत्वशाली एवम् तत्वदर्शी छन् ।
وَلِلۡمُطَلَّقَٰتِ مَتَٰعُۢ بِٱلۡمَعۡرُوفِۖ حَقًّا عَلَى ٱلۡمُتَّقِينَ
Open ayah 2:241र, तलाक पाइसकेका स्त्रीहरूलाई सामान्य नियमानुसार खानाखर्च दिनु ईशभय राख्नेहरूमाथि अनिवार्य छ ।
كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَعۡقِلُونَ
Open ayah 2:242यस प्रकार अल्लाह तिमीहरूका लागि आफ्ना आदेशहरू स्पष्ट रूपमा बताउँछन् । आशा छ तिमीहरूले विवेक प्रयोग गर्नेछौ ।
۞أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ خَرَجُواْ مِن دِيَٰرِهِمۡ وَهُمۡ أُلُوفٌ حَذَرَ ٱلۡمَوۡتِ فَقَالَ لَهُمُ ٱللَّهُ مُوتُواْ ثُمَّ أَحۡيَٰهُمۡۚ إِنَّ ٱللَّهَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ
Open ayah 2:243के तिमीहरूले ती मानिसहरुलाई देखेनौ जो हजारौंको संख्यामा भएतापनि मृत्युको डरले आफ्नो घरबार छोडेर भागेका थिए ? अनि, अल्लाहले भने– “मरि हाल ।” अल्लाहले तिनीहरूलाई पुनः जीवित पारे । निस्सन्देह अल्लाह मानिसहरूप्रति उदार छन् तर अधिकांश मानिसहरू कृतज्ञ छैनन् ।
وَقَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ
Open ayah 2:244र, अल्लाहको मार्गमा युद्ध गर र जानिराख कि अल्लाह सर्वश्रोता एवम् सर्वज्ञ छन् ।
مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنٗا فَيُضَٰعِفَهُۥ لَهُۥٓ أَضۡعَافٗا كَثِيرَةٗۚ وَٱللَّهُ يَقۡبِضُ وَيَبۡصُۜطُ وَإِلَيۡهِ تُرۡجَعُونَ
Open ayah 2:245कोही छ जो अल्लाहलाई सर्वश्रेष्ठ ऋण देओस् अनि उसलाई अल्लाहले कैयौं गुणा बढाएर फिर्ता गरून् ? अनि घटाउनु तथा बढाउनु दुबै अल्लाह कै हातमा छ र उनैतर्फ तिमीहरू फर्काएर लगिनेछौ ।
أَلَمۡ تَرَ إِلَى ٱلۡمَلَإِ مِنۢ بَنِيٓ إِسۡرَٰٓءِيلَ مِنۢ بَعۡدِ مُوسَىٰٓ إِذۡ قَالُواْ لِنَبِيّٖ لَّهُمُ ٱبۡعَثۡ لَنَا مَلِكٗا نُّقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِۖ قَالَ هَلۡ عَسَيۡتُمۡ إِن كُتِبَ عَلَيۡكُمُ ٱلۡقِتَالُ أَلَّا تُقَٰتِلُواْۖ قَالُواْ وَمَا لَنَآ أَلَّا نُقَٰتِلَ فِي سَبِيلِ ٱللَّهِ وَقَدۡ أُخۡرِجۡنَا مِن دِيَٰرِنَا وَأَبۡنَآئِنَاۖ فَلَمَّا كُتِبَ عَلَيۡهِمُ ٱلۡقِتَالُ تَوَلَّوۡاْ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّٰلِمِينَ
Open ayah 2:246के तिमीहरूले सन्देष्टा मूसापछि इस्राईलका सन्तानहरुका अगुवाहरूलाई देखेनौ जब उनीहरूले आफ्ना एक नबीसँग भने–“हाम्रो लागि एउटा शासक नियुक्त गरिदेऊ ताकि हामी अल्लाहको मार्गमा युद्ध गरौं ।” सन्देष्टाले भने– “के यो सम्भावना छैन कि तिमीहरूमाथि युद्ध अनिवार्य गरिएपछि तिमीहरूले युद्ध नगर ?” उनीहरूले भने– “हामी अल्लाहको मार्गमा युद्ध किन गर्दैनौं जबकि हामीहरु आफ्नो घरबारबाट निकालिएका र सन्तानहरूबाट वञ्चित गरिएका छौं ?” अनि जब उनीहरूलाई युद्धको आदेश दिइयो तब उनीहरूमध्ये केही मानिसहरूबाहेक बाँकी सबै विमुख भए । र, अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछन् ।
وَقَالَ لَهُمۡ نَبِيُّهُمۡ إِنَّ ٱللَّهَ قَدۡ بَعَثَ لَكُمۡ طَالُوتَ مَلِكٗاۚ قَالُوٓاْ أَنَّىٰ يَكُونُ لَهُ ٱلۡمُلۡكُ عَلَيۡنَا وَنَحۡنُ أَحَقُّ بِٱلۡمُلۡكِ مِنۡهُ وَلَمۡ يُؤۡتَ سَعَةٗ مِّنَ ٱلۡمَالِۚ قَالَ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰهُ عَلَيۡكُمۡ وَزَادَهُۥ بَسۡطَةٗ فِي ٱلۡعِلۡمِ وَٱلۡجِسۡمِۖ وَٱللَّهُ يُؤۡتِي مُلۡكَهُۥ مَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ
Open ayah 2:247र (उनीहरूका सन्देष्टाले) भने– “अल्लाहले तालूतलाई तिमीहरूका लागि शासक नियुक्त गरेका छन् ।” उनीहरूले भने– “उनलाई हामीमाथि कसरी शासन प्राप्त हुन सक्छ ? शासनको बढी हकदार त हामी हौं र उनलाई त प्रशस्त सम्पत्ति पनि प्रदान गरिएको छैन ।” सन्देष्टाले भने– “अल्लाहले उनलाई तिमीहरूमध्येबाट चयन गरेका छन् र उनलाई बढी ज्ञान एवं शारीरिक सबलता प्रदान गरेका छन् । अल्लाह जसलाई चाहन्छन् आफ्नो राज्य प्रदान गर्दछन् र अल्लाह सर्वसमृद्ध एवं सर्वज्ञ छन् ।”
وَقَالَ لَهُمۡ نَبِيُّهُمۡ إِنَّ ءَايَةَ مُلۡكِهِۦٓ أَن يَأۡتِيَكُمُ ٱلتَّابُوتُ فِيهِ سَكِينَةٞ مِّن رَّبِّكُمۡ وَبَقِيَّةٞ مِّمَّا تَرَكَ ءَالُ مُوسَىٰ وَءَالُ هَٰرُونَ تَحۡمِلُهُ ٱلۡمَلَٰٓئِكَةُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 2:248र, उनीहरूका नबीले भने– “त्यस शासकको निशानीस्वरुप तिमीहरूसमक्ष पालनकर्ताको तर्फबाट त्यो सन्दुक आइपुग्छ जसभित्र तिमीहरूका लागि शान्ति–सामग्री र मूसा एवम् हारूनका सन्ततिले छोडेका वस्तुहरूको शेषांश हुनेछन् जसलाई फरिश्ताहरूले सम्हालेका हुनेछन् । निस्सन्देह, तिमीहरू आस्थावान हौ भने यसमा तिमीहरूका निम्ति निशानी छ ।"
فَلَمَّا فَصَلَ طَالُوتُ بِٱلۡجُنُودِ قَالَ إِنَّ ٱللَّهَ مُبۡتَلِيكُم بِنَهَرٖ فَمَن شَرِبَ مِنۡهُ فَلَيۡسَ مِنِّي وَمَن لَّمۡ يَطۡعَمۡهُ فَإِنَّهُۥ مِنِّيٓ إِلَّا مَنِ ٱغۡتَرَفَ غُرۡفَةَۢ بِيَدِهِۦۚ فَشَرِبُواْ مِنۡهُ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۚ فَلَمَّا جَاوَزَهُۥ هُوَ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ قَالُواْ لَا طَاقَةَ لَنَا ٱلۡيَوۡمَ بِجَالُوتَ وَجُنُودِهِۦۚ قَالَ ٱلَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَٰقُواْ ٱللَّهِ كَم مِّن فِئَةٖ قَلِيلَةٍ غَلَبَتۡ فِئَةٗ كَثِيرَةَۢ بِإِذۡنِ ٱللَّهِۗ وَٱللَّهُ مَعَ ٱلصَّٰبِرِينَ
Open ayah 2:249र, जब तालूत सेनाहरूलाई लिएर प्रस्थान गरे तब उनले भने– “निश्चय नै अल्लाहले एउटा नदीद्वारा तिमीहरूको परीक्षा लिनेछन् । अनि जसले त्यसबाट पानी पिउनेछ उसको मसँग कुनै नाता रहने छैन र जसले त्यसबाट चाखेन उहि ममध्येको हो । तर एक अञ्जुली पिएमा कुनै आपत्ति छैन ।” तर, उनीहरूमध्ये केही व्यक्तिबाहेक सबैले त्यसको पानी खुबै पिए । तालूत एवं उनीसँग ईमान ल्याएका मानिसहरूले नदी पार गरेपछि भने– “आज जालूत एवं उसका सेनाहरूविरुद्ध युद्ध गर्ने शक्ति हामीमा छैन ।” तर, उनीहरूमध्ये अल्लाहसँग साक्षात् हुनेछ भनी विश्वास राख्नेहरूले भने– “कतिपय साना समूहले अल्लाहको आज्ञाद्वारा ठूला समूहमाथि विजय प्राप्त गरेका छन् र अल्लाह धैर्यवानहरूका साथ छन् ।”
وَلَمَّا بَرَزُواْ لِجَالُوتَ وَجُنُودِهِۦ قَالُواْ رَبَّنَآ أَفۡرِغۡ عَلَيۡنَا صَبۡرٗا وَثَبِّتۡ أَقۡدَامَنَا وَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ
Open ayah 2:250र, उनीहरू जालूत एवम् उसका सेनाविरुद्ध युद्धको लागि तयार भएपछि प्रार्थना गरे– “हे हाम्रा पालनकर्ता ! हामीलाई बढीभन्दा बढी धैर्यता प्रदान गर र हाम्रा पाउहरूलाई अटल पार अनि काफिर (अवज्ञाकारी) हरूको विरुद्धमा हामीलाई सहयोग प्रदान गर ।”
فَهَزَمُوهُم بِإِذۡنِ ٱللَّهِ وَقَتَلَ دَاوُۥدُ جَالُوتَ وَءَاتَىٰهُ ٱللَّهُ ٱلۡمُلۡكَ وَٱلۡحِكۡمَةَ وَعَلَّمَهُۥ مِمَّا يَشَآءُۗ وَلَوۡلَا دَفۡعُ ٱللَّهِ ٱلنَّاسَ بَعۡضَهُم بِبَعۡضٖ لَّفَسَدَتِ ٱلۡأَرۡضُ وَلَٰكِنَّ ٱللَّهَ ذُو فَضۡلٍ عَلَى ٱلۡعَٰلَمِينَ
Open ayah 2:251अन्ततः उनीहरुले अल्लाहको आज्ञाबाट तिनीहरूलाई पराजित गरे अनि दाऊदले जालूतको वध गरे । अल्लाहले उनलाई शासन तथा तत्वदर्शिता प्रदान गरे र जे चाहे उनलाई सिकाए । अल्लाहले मानिसहरूलाई एकअर्कोद्वारा परास्त गरी नहटाएको भए धर्तीमा विध्वंस फैलिने थियो । तर, अल्लाह मानव जातिप्रति उदार छन् ।
تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۚ وَإِنَّكَ لَمِنَ ٱلۡمُرۡسَلِينَ
Open ayah 2:252यी अल्लाहका आयतहरू हुन् जसलाई हामी सत्यका साथ तिम्रोसामु पढेर सुनाउँदैछौं । निश्चय नै तिमी ईशदूतहरूमध्येका हौ ।
۞تِلۡكَ ٱلرُّسُلُ فَضَّلۡنَا بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖۘ مِّنۡهُم مَّن كَلَّمَ ٱللَّهُۖ وَرَفَعَ بَعۡضَهُمۡ دَرَجَٰتٖۚ وَءَاتَيۡنَا عِيسَى ٱبۡنَ مَرۡيَمَ ٱلۡبَيِّنَٰتِ وَأَيَّدۡنَٰهُ بِرُوحِ ٱلۡقُدُسِۗ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلَ ٱلَّذِينَ مِنۢ بَعۡدِهِم مِّنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ وَلَٰكِنِ ٱخۡتَلَفُواْ فَمِنۡهُم مَّنۡ ءَامَنَ وَمِنۡهُم مَّن كَفَرَۚ وَلَوۡ شَآءَ ٱللَّهُ مَا ٱقۡتَتَلُواْ وَلَٰكِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يُرِيدُ
Open ayah 2:253हामीले यी ईशदूतहरूमध्येबाट केहीलाई अन्य केही ईशदूतहरूमाथि श्रेष्ठता प्रदान गरेका छौं । यिनीहरूमध्ये कोहीसँग अल्लाहले स्वयं कुराकानी गरे भने कोहीलाई अन्य हैसियतमा उच्चस्थान प्रदान गरे । र मर्यम–पुत्र ईसालाई हामीले स्पष्ट निशानीहरू प्रदान गर्यौं र ‘रूहुल्–कुदुस’ (पवित्र आत्मा) द्वारा उनलाई मद्दत गर्यौं । र, यदि अल्लाहले चाहेको भए तिनीहरूले रसूलहरूपश्चात् स्पष्ट निशानीहरू पुगेपछि आपसमा झगडा गर्ने थिएनन् । परन्तु, तिनीहरूबीच मतभेद भयो अनि तिनीहरूमध्ये केही आस्थावान भए भने केहीले कुफ्र (अनास्था प्रदर्शन) गरे । अल्लाहले चाहेको भए तिनीहरू आपसमा झगडा गर्ने थिएनन् । तर, अल्लाह जे चाहन्छन् त्यो गर्दछन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَنفِقُواْ مِمَّا رَزَقۡنَٰكُم مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا بَيۡعٞ فِيهِ وَلَا خُلَّةٞ وَلَا شَفَٰعَةٞۗ وَٱلۡكَٰفِرُونَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 2:254हे आस्थावानहरू हो ! हामीले तिमीहरूलाई जेजति रोजी प्रदान गरेका छौं त्यसमध्येबाट त्यस दिनको आगमनपूर्व नै खर्च गर जुन दिन न कुनै प्रकारको किनबेच हुनेछ; न मित्रता र न सिफारिश नै काम लाग्नेछ । काफिर (अवज्ञाकारी) हरू नै (वास्तवमा) अत्याचारी हुन् ।
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ
Open ayah 2:255अल्लाह– उनीबाहेक कोही उपास्य छैन; जीवन्त एवम् चिरस्थायी छन् । उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशहरू तथा पृथ्वीका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनी तिनीहरूका अगाडि र पछाडिका सबै कुरा जान्दछन् । र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको प्रभुत्व आकाशहरू तथा पृथ्वी सबैमाथि छ । र तिनीहरूको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान् छन् ।
لَآ إِكۡرَاهَ فِي ٱلدِّينِۖ قَد تَّبَيَّنَ ٱلرُّشۡدُ مِنَ ٱلۡغَيِّۚ فَمَن يَكۡفُرۡ بِٱلطَّٰغُوتِ وَيُؤۡمِنۢ بِٱللَّهِ فَقَدِ ٱسۡتَمۡسَكَ بِٱلۡعُرۡوَةِ ٱلۡوُثۡقَىٰ لَا ٱنفِصَامَ لَهَاۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
Open ayah 2:256(इस्लाम) धर्ममा कुनै जबरजस्ती छैन । पथभ्रष्टताबाट मार्गदर्शन स्पष्ट रूपमा अलग भइसकेको छ । अनि निश्चय नै जसले तागूत (सीमा उल्लङ्घनकारी) लाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान ल्यायो त्यसले यस्तो भरपर्दो सहारा समात्यो जो कहिल्यै टुट्ने छैन । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
ٱللَّهُ وَلِيُّ ٱلَّذِينَ ءَامَنُواْ يُخۡرِجُهُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۖ وَٱلَّذِينَ كَفَرُوٓاْ أَوۡلِيَآؤُهُمُ ٱلطَّٰغُوتُ يُخۡرِجُونَهُم مِّنَ ٱلنُّورِ إِلَى ٱلظُّلُمَٰتِۗ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:257अल्लाह आस्थावानहरूका संरक्षक हुन् । उनी तिनीहरूलाई अन्धकारहरूबाट निकाली प्रकाशतर्फ ल्याउँछन् र काफिरहरूका संरक्षक चाहिँ तागूत हो, जसले तिनीहरूलाई प्रकाशबाट निकाली अन्धकारहरूतर्फ डोर्याउँछ । तिनीहरू नरकमा जानेहरू हुन् । तिनीहरू सदा त्यसमा रहनेछन् ।
أَلَمۡ تَرَ إِلَى ٱلَّذِي حَآجَّ إِبۡرَٰهِـۧمَ فِي رَبِّهِۦٓ أَنۡ ءَاتَىٰهُ ٱللَّهُ ٱلۡمُلۡكَ إِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّيَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُ قَالَ أَنَا۠ أُحۡيِۦ وَأُمِيتُۖ قَالَ إِبۡرَٰهِـۧمُ فَإِنَّ ٱللَّهَ يَأۡتِي بِٱلشَّمۡسِ مِنَ ٱلۡمَشۡرِقِ فَأۡتِ بِهَا مِنَ ٱلۡمَغۡرِبِ فَبُهِتَ ٱلَّذِي كَفَرَۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 2:258के तिमीले त्यस मानिस (नम्रूद) को बारेमा विचार गरेनौ जसले इब्राहीमसँग उनका पालनकर्ताको सम्बन्धमा वादविवाद गरेको थियो यसकारणले कि अल्लाहले उसलाई राज्यसत्ता प्रदान गरेका थिए ? जब इब्राहीमले भने– “मेरा पालनकर्ता ती हुन् जसले जीवन तथा मृत्यु दिन्छन् ।” तब उसले भन्यो– “म पनि जीवन तथा मृत्यु दिन्छु ।” इब्राहीमले भने– “अल्लाहले सूर्यलाई पूर्वबाट उदय गराउँछन्; तिमीले पश्चिमबाट उदय गराएर देखाऊ ।” अनि त्यो काफिर आश्चर्य चकित भयो । र, अल्लाह अत्याचारी समुदायलाई मार्गदर्शन गराउदैनन् ।
أَوۡ كَٱلَّذِي مَرَّ عَلَىٰ قَرۡيَةٖ وَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا قَالَ أَنَّىٰ يُحۡيِۦ هَٰذِهِ ٱللَّهُ بَعۡدَ مَوۡتِهَاۖ فَأَمَاتَهُ ٱللَّهُ مِاْئَةَ عَامٖ ثُمَّ بَعَثَهُۥۖ قَالَ كَمۡ لَبِثۡتَۖ قَالَ لَبِثۡتُ يَوۡمًا أَوۡ بَعۡضَ يَوۡمٖۖ قَالَ بَل لَّبِثۡتَ مِاْئَةَ عَامٖ فَٱنظُرۡ إِلَىٰ طَعَامِكَ وَشَرَابِكَ لَمۡ يَتَسَنَّهۡۖ وَٱنظُرۡ إِلَىٰ حِمَارِكَ وَلِنَجۡعَلَكَ ءَايَةٗ لِّلنَّاسِۖ وَٱنظُرۡ إِلَى ٱلۡعِظَامِ كَيۡفَ نُنشِزُهَا ثُمَّ نَكۡسُوهَا لَحۡمٗاۚ فَلَمَّا تَبَيَّنَ لَهُۥ قَالَ أَعۡلَمُ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 2:259अथवा (उदाहरणकोलागि) त्यस मानिसलाई हेर जो एउटा यस्तो नगर हुँदै प्रस्थान गरेको थियो जुन नगरका घरहरू छानासहित भत्केर घोप्टो परेका थिए । उनले भने– “यस नगरको विनाशपश्चात् यसलाई अल्लाहले कसरी जीवित पार्लान् ?” अनि अल्लाहले त्यस मानिसलाई एकसय वर्षसम्मका लागि मृत तुल्याए । पुनः उनलाई (जीवित पारी) उठाए । अनि सोधे– “तिमी (त्यस अवस्थामा) कति समयसम्म रह्यौ त ?” उसले भन्यो– “एकदिन वा एकदिनको केही अंशसम्म (रहें होला) ।” अल्लाहले भने– “होइन, तिमी एकसय वर्षसम्म (मृत अवस्थामा) रह्यौ । तिम्रो खाद्य र पेय पदार्थतर्फ हेर । तिनीहरू सडेका पनि छैनन् । तर, आफ्नो गधातर्फ दृष्टि लगाऊ (त्यो त सडिसकेको छ) । तिमीलाई मानिसहरूका लागि निशानी बनाउन हामीले यस्तो गरेका हौं । र, (गधाको) हड्डीहरूतर्फ हेर । हामी कसरी तिनीहरूका ढाँचा खडा गर्छौं र तिनीहरूमा मासु चढाउँछौं !” जब सबै कुरा उनका सामु स्पष्ट भए तब त्यसले पुकार्दै भन्यो– “निस्सन्देह, अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् भन्ने कुरा मैले थाहा पाएँ ।”
وَإِذۡ قَالَ إِبۡرَٰهِـۧمُ رَبِّ أَرِنِي كَيۡفَ تُحۡيِ ٱلۡمَوۡتَىٰۖ قَالَ أَوَلَمۡ تُؤۡمِنۖ قَالَ بَلَىٰ وَلَٰكِن لِّيَطۡمَئِنَّ قَلۡبِيۖ قَالَ فَخُذۡ أَرۡبَعَةٗ مِّنَ ٱلطَّيۡرِ فَصُرۡهُنَّ إِلَيۡكَ ثُمَّ ٱجۡعَلۡ عَلَىٰ كُلِّ جَبَلٖ مِّنۡهُنَّ جُزۡءٗا ثُمَّ ٱدۡعُهُنَّ يَأۡتِينَكَ سَعۡيٗاۚ وَٱعۡلَمۡ أَنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ
Open ayah 2:260र, जब इब्राहीमले भने– “हे मेरा मालिक ! तिमी कसरी मृतलाई जीवित तुल्याउँछौ भन्ने कुरा मलाई देखाऊ ।” उनले भने– “के तिमीलाई विश्वास छैन ?” इब्राहीमले भने– “हो, छ । तर मेरो आत्मसन्तुष्टिका लागि मात्र यो निवेदन गरेको हुँ ।” अल्लाहले भने– “चारवटा पंक्षी समात । तिनीहरुलाई आफूसित हेलमेल गराऊ । त्यसपछि तिनीहरूमध्येका प्रत्येक भागलाई हरेक पहाडमा राख, अनि तिनीहरूलाई डाक । तिनीहरू तिमीतर्फ दगुर्दै आउनेछन् । र, जानिराख अल्लाह अति प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।”
مَّثَلُ ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ فِي سَبِيلِ ٱللَّهِ كَمَثَلِ حَبَّةٍ أَنۢبَتَتۡ سَبۡعَ سَنَابِلَ فِي كُلِّ سُنۢبُلَةٖ مِّاْئَةُ حَبَّةٖۗ وَٱللَّهُ يُضَٰعِفُ لِمَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٌ
Open ayah 2:261अल्लाहको मार्गमा आफ्नो धन–सम्पत्ती खर्च गर्नेहरूको (खर्चको) उदाहरण त्यस दानाको जस्तो छ जसबाट सातवटा बालाहरू उत्पादन हुन्छन्; जसका प्रत्येक बालामा सयवटा दानाहरू हुन्छन् । र, अल्लाह जसको लागि चाहन्छन् बढोत्तरी प्रदान गर्दछन् । अल्लाह सर्वसमृद्ध एवं सर्वज्ञ छन् ।
ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ فِي سَبِيلِ ٱللَّهِ ثُمَّ لَا يُتۡبِعُونَ مَآ أَنفَقُواْ مَنّٗا وَلَآ أَذٗى لَّهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:262जुन मानिसहरू अल्लाहको मार्गमा आफ्ना धन–सम्पत्तिहरू खर्च गर्छन् र खर्च गरेपछि न उपकार जताउँछन् र न कष्ट नै दिन्छन् उनीहरूको प्रतिदान उनीहरूका मालिककहाँ छ । र, उनीहरूलाई न कुनै प्रकारको डर हुनेछ न उनीहरू शोकग्रस्त नै हुनेछन् ।
۞قَوۡلٞ مَّعۡرُوفٞ وَمَغۡفِرَةٌ خَيۡرٞ مِّن صَدَقَةٖ يَتۡبَعُهَآ أَذٗىۗ وَٱللَّهُ غَنِيٌّ حَلِيمٞ
Open ayah 2:263एउटा मीठो वचन र क्षमा त्यस्तो सदका (दान) भन्दा उत्तम छ जसपछि कष्ट दिइयोस् । र, अल्लाह निस्पृह एवं सहनशील छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُبۡطِلُواْ صَدَقَٰتِكُم بِٱلۡمَنِّ وَٱلۡأَذَىٰ كَٱلَّذِي يُنفِقُ مَالَهُۥ رِئَآءَ ٱلنَّاسِ وَلَا يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۖ فَمَثَلُهُۥ كَمَثَلِ صَفۡوَانٍ عَلَيۡهِ تُرَابٞ فَأَصَابَهُۥ وَابِلٞ فَتَرَكَهُۥ صَلۡدٗاۖ لَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٖ مِّمَّا كَسَبُواْۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ
Open ayah 2:264हे आस्थावानहरू हो ! आफ्नो सदकालाई उपकार जताई तथा कष्ट दिई त्यस व्यक्तिजस्तो नष्ट नगर जो मानिसहरूलाई देखाउनको लागि धन खर्च गर्छ र अल्लाह एवं आखिरतमाथि ईमान राख्दैन । उसको (खर्चको) उदाहरण यस्तो छ जस्तो एउटा चट्टान छ जसमाथि माटो (जमेको) छ र जब त्यसमाथि मुसलधारे पानी पर्छ तब (सबै माटो बगेर) चट्टान चिल्लो हुन्छ । तिनीहरूलाई कमाएका (पुण्य) मध्ये कुनै अंश पनि प्राप्त भएन । र, अल्लाह काफिर मानिसहरूलाई सीधा मार्ग देखाउँदैनन् ।
وَمَثَلُ ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمُ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِ وَتَثۡبِيتٗا مِّنۡ أَنفُسِهِمۡ كَمَثَلِ جَنَّةِۭ بِرَبۡوَةٍ أَصَابَهَا وَابِلٞ فَـَٔاتَتۡ أُكُلَهَا ضِعۡفَيۡنِ فَإِن لَّمۡ يُصِبۡهَا وَابِلٞ فَطَلّٞۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٌ
Open ayah 2:265र, (यसको विपरीत) जुन मानिसहरूले अल्लाहको प्रसन्नता प्राप्त गर्न तथा आफूलाई (सत्यको मार्गमा) स्थापित गर्नका निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछन् उनीहरूको उदाहरण उच्च स्थानमा रहेको यस्तो बगैंचाजस्तो छ जसले मुसलधारे वर्षा भएमा दोब्बर फल दिन्छ र मुसलधारे वर्षा नभएमा सामान्य वर्षा त्यसको निम्ति पर्याप्त हुन्छ । र, तिमीहरूले जे गर्छौ त्यो अल्लाहले देखिरहेका छन् ।
أَيَوَدُّ أَحَدُكُمۡ أَن تَكُونَ لَهُۥ جَنَّةٞ مِّن نَّخِيلٖ وَأَعۡنَابٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ لَهُۥ فِيهَا مِن كُلِّ ٱلثَّمَرَٰتِ وَأَصَابَهُ ٱلۡكِبَرُ وَلَهُۥ ذُرِّيَّةٞ ضُعَفَآءُ فَأَصَابَهَآ إِعۡصَارٞ فِيهِ نَارٞ فَٱحۡتَرَقَتۡۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَتَفَكَّرُونَ
Open ayah 2:266के तिमीहरूमध्ये कसैले यो कुरा मन पराउन सक्छ कि फेदहुँदै नदी बगिरहेका खजुर तथा अंगुरको एउटा बगैंचा होस्, (यसको अतिरिक्त) उसको लागि त्यसमा सबै प्रकारका फल होऊन्; अनि ऊ बूढ्यौली अवस्थामा होस्; र उसका सन्तानहरू अहिले कमजोर (अथवा साना–साना) होऊन्; यस अवस्थामा त्यस बगैंचामा एउटा अग्नियुक्त हुण्डरी आएर उसलाई जलाओस् । यसरी नै अल्लाह आफ्ना निशानीहरू स्पष्ट रूपमा वर्णन गर्दछन् ताकि तिमीहरूले मनन गर्नेछौ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَنفِقُواْ مِن طَيِّبَٰتِ مَا كَسَبۡتُمۡ وَمِمَّآ أَخۡرَجۡنَا لَكُم مِّنَ ٱلۡأَرۡضِۖ وَلَا تَيَمَّمُواْ ٱلۡخَبِيثَ مِنۡهُ تُنفِقُونَ وَلَسۡتُم بِـَٔاخِذِيهِ إِلَّآ أَن تُغۡمِضُواْ فِيهِۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ غَنِيٌّ حَمِيدٌ
Open ayah 2:267हे आस्थावानहरू हो ! तिमीहरूले आर्जन गरेका चिजहरूमध्ये र हामीले तिमीहरूका निम्ति भूमिबाट उत्पन्न गरेका वस्तुहरूमध्ये उत्तम वस्तुहरू खर्च गर । र, खर्च गर्नलाई यस्तो खराब वस्तु नछान जुन तिमी स्वयं लिनका लागि तयार हुने छैनौ । यो अर्कै कुरा हो कि त्यसलाई आँखा चिम्लेर लिईहाल र । जानिराख अल्लाह निस्पृह एवं प्रशंसनीय छन् ।
ٱلشَّيۡطَٰنُ يَعِدُكُمُ ٱلۡفَقۡرَ وَيَأۡمُرُكُم بِٱلۡفَحۡشَآءِۖ وَٱللَّهُ يَعِدُكُم مَّغۡفِرَةٗ مِّنۡهُ وَفَضۡلٗاۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ
Open ayah 2:268शैतानले तिमीहरूलाई निर्धनताबाट तर्साउँछ र निर्लज्जताका कामहरू गर्नका लागि प्रेरित गर्छ जबकि अल्लाहले आफ्नो तर्फबाट तिमीहरूलाई क्षमा एवं कृपाको वचन दिन्छन् । र, अल्लाह सर्वसमृद्ध एवं सर्वज्ञ छन् ।
يُؤۡتِي ٱلۡحِكۡمَةَ مَن يَشَآءُۚ وَمَن يُؤۡتَ ٱلۡحِكۡمَةَ فَقَدۡ أُوتِيَ خَيۡرٗا كَثِيرٗاۗ وَمَا يَذَّكَّرُ إِلَّآ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ
Open ayah 2:269उनले जसलाई चाहन्छन् तत्वदर्शिता प्रदान गर्छन् । अनि, जसलाई तत्तवदर्शिता प्रदान गरियो उसलाई ठूलो सम्पत्ति दिइयो तर बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्दछन् ।
وَمَآ أَنفَقۡتُم مِّن نَّفَقَةٍ أَوۡ نَذَرۡتُم مِّن نَّذۡرٖ فَإِنَّ ٱللَّهَ يَعۡلَمُهُۥۗ وَمَا لِلظَّٰلِمِينَ مِنۡ أَنصَارٍ
Open ayah 2:270र, तिमीले जुन खर्च गर्छौ अथवा जे भाकल गर्छौ अल्लाहलाई त्यसको राम्रो ज्ञान छ । र, अत्याचारीहरूको लागि कोही सहयोगी हुनेछैन ।
إِن تُبۡدُواْ ٱلصَّدَقَٰتِ فَنِعِمَّا هِيَۖ وَإِن تُخۡفُوهَا وَتُؤۡتُوهَا ٱلۡفُقَرَآءَ فَهُوَ خَيۡرٞ لَّكُمۡۚ وَيُكَفِّرُ عَنكُم مِّن سَيِّـَٔاتِكُمۡۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
Open ayah 2:271तिमीहरूले जाहेर गरेर दान गर्छौ भने यो राम्रो हो तर यदि तिमीहरूले त्यसलाई गोप्य राख्छौ अनि निर्धनहरूलाई दिन्छौ भने तिमीहरूका लागि यो झन् राम्रो हो । र, अल्लाहले तिम्रा पापहरू माफ गरिदिनेछन् र जुन कार्य तिमीहरू गर्छौ अल्लाह त्यसको जानकारी राख्दछन् ।
۞لَّيۡسَ عَلَيۡكَ هُدَىٰهُمۡ وَلَٰكِنَّ ٱللَّهَ يَهۡدِي مَن يَشَآءُۗ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ فَلِأَنفُسِكُمۡۚ وَمَا تُنفِقُونَ إِلَّا ٱبۡتِغَآءَ وَجۡهِ ٱللَّهِۚ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ
Open ayah 2:272(हे नबी स.!) मानिसहरूलाई सत्मार्गमा ल्याइ उभ्याउने जिम्मेवारी तिम्रो होइन । बरु अल्लाहले नै जसलाई चाहन्छन् सत्मार्ग देखाउँछन् । र, जेजति धन तिमीहरू खर्च गर्छौ त्यसको फाइदा तिमीहरूले नै पाउनेछौ । तिमीहरू अल्लाह कै प्रसन्नता प्राप्तिका लागि त खर्च गर्दछौ अनि तिमीहरू जुन सम्पत्ति खर्च गर्छौ तिमीहरूलाई पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ । र, तिम्रो हक कदापि मारिनेछैन ।
لِلۡفُقَرَآءِ ٱلَّذِينَ أُحۡصِرُواْ فِي سَبِيلِ ٱللَّهِ لَا يَسۡتَطِيعُونَ ضَرۡبٗا فِي ٱلۡأَرۡضِ يَحۡسَبُهُمُ ٱلۡجَاهِلُ أَغۡنِيَآءَ مِنَ ٱلتَّعَفُّفِ تَعۡرِفُهُم بِسِيمَٰهُمۡ لَا يَسۡـَٔلُونَ ٱلنَّاسَ إِلۡحَافٗاۗ وَمَا تُنفِقُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٌ
Open ayah 2:273(दान) विशेष रूपमा ती निर्धनहरूका लागि हो जो अल्लाहको कार्यमा घेरिएकोले जीविकोपार्जनका लागि पृथ्वीमा कुनै भागदौड गर्न सक्दैनन् । उनीहरूको स्वाभिमानले गर्दा अनभिज्ञ मानिसहरूले उनीहरूलाई सम्पन्न ठान्दछन् । तिमीहरू उनीहरूको लक्षणबाट उनलाई चिन्न सक्छौ । उनीहरू अनुनय–विनयका साथ मानिसहरूसँग माग्दैनन् । तिमीहरू जे–जस्तो धन खर्च गर्नेछौ त्यसलाई अल्लाह अवश्य नै जान्नेछन् ।
ٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ سِرّٗا وَعَلَانِيَةٗ فَلَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:274जसले आफ्ना धन–सम्पत्तिहरू रात र दिन, गोप्य तवरमा तथा देखाएर खर्च गर्छन् त्यस्ता मानिसहरूको प्रतिफल उनीहरूका पालनकर्ताकहाँ रहेको छ । तिनीहरूलाई न कुनै भय हुनेछ र न तिनीहरू शोकग्रस्त नै हुनेछन् ।
ٱلَّذِينَ يَأۡكُلُونَ ٱلرِّبَوٰاْ لَا يَقُومُونَ إِلَّا كَمَا يَقُومُ ٱلَّذِي يَتَخَبَّطُهُ ٱلشَّيۡطَٰنُ مِنَ ٱلۡمَسِّۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَالُوٓاْ إِنَّمَا ٱلۡبَيۡعُ مِثۡلُ ٱلرِّبَوٰاْۗ وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ فَمَن جَآءَهُۥ مَوۡعِظَةٞ مِّن رَّبِّهِۦ فَٱنتَهَىٰ فَلَهُۥ مَا سَلَفَ وَأَمۡرُهُۥٓ إِلَى ٱللَّهِۖ وَمَنۡ عَادَ فَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 2:275ती मान्छेहरू जसले ब्याज खान्छन्, (चिहानबाट) यसरी उठ्नेछन् जस्तो कि शैतानले छोएर उसलाई बौलाहा बनाएको होस् । यस्तो यस कारणले हुनेछ कि तिनीहरूले भन्दथे– “ब्यापार पनि त ब्याज जस्तै हो ।” जबकि ब्यापारलाई अल्लाहले वैध र ब्याजलाई अवैध ठहर्याएका छन् । अतः जसले आफ्ना पालनकर्ताको तर्फबाट आदेश प्राप्त भएपछि यस कार्यलाई त्याग्दछ उसले जेजति पहिले खायो, त्यो खायो । र, त्यस मानिसको मामला अल्लाहको हातमा छ । र, जुन मानिसहरू (यस ब्याज खाने कार्यतर्फ) फेरि फर्कन्छन् तिनीहरू नरकबासी हुन् जहाँ तिनीहरू सदा–सर्वदा रहनेछन् ।
يَمۡحَقُ ٱللَّهُ ٱلرِّبَوٰاْ وَيُرۡبِي ٱلصَّدَقَٰتِۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ كَفَّارٍ أَثِيمٍ
Open ayah 2:276अल्लाह ब्याजलाई मेटाउँछन् र दानमा अभिवृद्धि गर्छन् । र, अल्लाहले कृतघ्नहरू एवं पापीहरूलाई मन पराउँदैनन् ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ لَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡ وَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 2:277निश्चय नै जुन मानिसहरू ईमान ल्याउँछन्, सत्कर्म गर्छन्, नमाज कायम गर्छन् र जकात दिन्छन् उनीहरूका निम्ति पालनकर्ताकहाँ प्रतिदान छ । र, न उनीहरूलाई कुनै डर हुनेछ र न उनीहरू शोकग्रस्त नै हुनेछन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَذَرُواْ مَا بَقِيَ مِنَ ٱلرِّبَوٰٓاْ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 2:278हे ईमान ल्याएका मानिसहरू हो ! अल्लाहको भय गर र यदि तिमीहरू आस्थावान हौ भने बाँकी ब्याज परित्याग गरिदेऊ ।
فَإِن لَّمۡ تَفۡعَلُواْ فَأۡذَنُواْ بِحَرۡبٖ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦۖ وَإِن تُبۡتُمۡ فَلَكُمۡ رُءُوسُ أَمۡوَٰلِكُمۡ لَا تَظۡلِمُونَ وَلَا تُظۡلَمُونَ
Open ayah 2:279यदि तिमीहरूले त्यसो गरेनौ भने सावधान ! अल्लाह एवं रसूलको तर्फबाट युद्धको आदेश छ । र, यदि तिमीहरू तौबा (प्रायश्चित) गर्छौ भने तिमीहरूका लागि तिम्रो मूलधन छँदैछ । न तिमीहरू कसैको हक हनन् गर्नेछौ न तिम्रो हक नै हनन् गरियोस् ।
وَإِن كَانَ ذُو عُسۡرَةٖ فَنَظِرَةٌ إِلَىٰ مَيۡسَرَةٖۚ وَأَن تَصَدَّقُواْ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 2:280यदि तिम्रो ऋणी अभावग्रस्त अवस्थामा छ भने त्यसलाई सुविधाजनक अवस्थासम्मका लागि अवसर देऊ र यदि तिमीहरू दानस्वरूप छुट दिन्छौ भने तिमीहरूका लागि झन् राम्रो हुनेछ, यदि तिमीहरू ज्ञान राख्दछौ भने ।
وَٱتَّقُواْ يَوۡمٗا تُرۡجَعُونَ فِيهِ إِلَى ٱللَّهِۖ ثُمَّ تُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ
Open ayah 2:281त्यस दिनको भय गर जुन दिन तिमीहरूलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरूप्रति कुनै अन्याय गरिने छैन ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا تَدَايَنتُم بِدَيۡنٍ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى فَٱكۡتُبُوهُۚ وَلۡيَكۡتُب بَّيۡنَكُمۡ كَاتِبُۢ بِٱلۡعَدۡلِۚ وَلَا يَأۡبَ كَاتِبٌ أَن يَكۡتُبَ كَمَا عَلَّمَهُ ٱللَّهُۚ فَلۡيَكۡتُبۡ وَلۡيُمۡلِلِ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ وَلۡيَتَّقِ ٱللَّهَ رَبَّهُۥ وَلَا يَبۡخَسۡ مِنۡهُ شَيۡـٔٗاۚ فَإِن كَانَ ٱلَّذِي عَلَيۡهِ ٱلۡحَقُّ سَفِيهًا أَوۡ ضَعِيفًا أَوۡ لَا يَسۡتَطِيعُ أَن يُمِلَّ هُوَ فَلۡيُمۡلِلۡ وَلِيُّهُۥ بِٱلۡعَدۡلِۚ وَٱسۡتَشۡهِدُواْ شَهِيدَيۡنِ مِن رِّجَالِكُمۡۖ فَإِن لَّمۡ يَكُونَا رَجُلَيۡنِ فَرَجُلٞ وَٱمۡرَأَتَانِ مِمَّن تَرۡضَوۡنَ مِنَ ٱلشُّهَدَآءِ أَن تَضِلَّ إِحۡدَىٰهُمَا فَتُذَكِّرَ إِحۡدَىٰهُمَا ٱلۡأُخۡرَىٰۚ وَلَا يَأۡبَ ٱلشُّهَدَآءُ إِذَا مَا دُعُواْۚ وَلَا تَسۡـَٔمُوٓاْ أَن تَكۡتُبُوهُ صَغِيرًا أَوۡ كَبِيرًا إِلَىٰٓ أَجَلِهِۦۚ ذَٰلِكُمۡ أَقۡسَطُ عِندَ ٱللَّهِ وَأَقۡوَمُ لِلشَّهَٰدَةِ وَأَدۡنَىٰٓ أَلَّا تَرۡتَابُوٓاْ إِلَّآ أَن تَكُونَ تِجَٰرَةً حَاضِرَةٗ تُدِيرُونَهَا بَيۡنَكُمۡ فَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَلَّا تَكۡتُبُوهَاۗ وَأَشۡهِدُوٓاْ إِذَا تَبَايَعۡتُمۡۚ وَلَا يُضَآرَّ كَاتِبٞ وَلَا شَهِيدٞۚ وَإِن تَفۡعَلُواْ فَإِنَّهُۥ فُسُوقُۢ بِكُمۡۗ وَٱتَّقُواْ ٱللَّهَۖ وَيُعَلِّمُكُمُ ٱللَّهُۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 2:282हे आस्थावानहरू हो ! तिमीहरू कुनै निर्धारित अवधिकानिम्ति आपसमा ऋणको लेनदेन गर्दा त्यसलाई लेख्ने गर । अनि, लेखनदासले तिमीहरुबीच न्यायपूर्वक लेखोस् । र, कुनै लेखनदासले त्यसरी लेख्न अस्वीकार नगरोस् जसरी अल्लाहले उसलाई सिकाएका छन् । बरु उसले लेखोस् । र, जसको हक छ, त्यस ऋण लिने मानिसले लेखाओस् अनि उसले आफ्ना पालनकर्ता– अल्लाहको भय गरोस् तथा त्यसमा कुनै कमी नगरोस् । तर त्यो मानिस जसलाई हक प्राप्त छ; यदि अबुझ वा कमजोर छ वा स्वयं लेखाउने सामर्थ्य राख्दैन भने उसको अभिभावकले न्यायपूर्वक लेखाओस् । तिमीहरूकहाँ मान्य साक्ष्यहरुमा, पुरुषहरूमध्ये दुईजनालाई आफ्नो साक्षी बनाउने गर; दुईजना पुरुष उपलब्ध नभएमा एकजना पुरुष र दुईजना महिला (लाई साक्षी बनाऊ) । ताकि उनीहरूमध्ये कुनै एकले गल्ती गरेको खण्डमा अर्कोले स्मरण गराउन सकोस् । र, साक्षीहरूलाई जहिले बोलाउँदा पनि उनीहरूले अस्वीकार नगरून् । ऋण सानो होस् वा ठूलो, तिमीहरूले त्यसको अवधी तोकेर लेख्न अल्छी नगर । अल्लाहको दृष्टिमा यो तरीका बढी न्यायसँगत छ र यो साक्ष्यलाई झन् ठीक राख्ने तथा शङ्काबाट पनि बचाउने तरीका हो । अँ, हाताहाती व्यापारिक लेनदेन गरिन्छ भने नलेखेमा पनि तिमीहरूमाथि कुनै आपत्ति छैन । तर व्यापारिक मामला तय गर्दा साक्षी बनाऊ र लेखनदास तथा साक्षीलाई कुनै कष्ट नदिइयोस् । यस्तो गरेमा यो तिमीहरूको तर्फबाट अवज्ञा ठहर्नेछ । र, अल्लाहको भय राख । अल्लाह नै तिमीहरूलाई यी कुराहरू सिकाउँदछन् र अल्लाह प्रत्येक चिजका ज्ञाता हुन् ।
۞وَإِن كُنتُمۡ عَلَىٰ سَفَرٖ وَلَمۡ تَجِدُواْ كَاتِبٗا فَرِهَٰنٞ مَّقۡبُوضَةٞۖ فَإِنۡ أَمِنَ بَعۡضُكُم بَعۡضٗا فَلۡيُؤَدِّ ٱلَّذِي ٱؤۡتُمِنَ أَمَٰنَتَهُۥ وَلۡيَتَّقِ ٱللَّهَ رَبَّهُۥۗ وَلَا تَكۡتُمُواْ ٱلشَّهَٰدَةَۚ وَمَن يَكۡتُمۡهَا فَإِنَّهُۥٓ ءَاثِمٞ قَلۡبُهُۥۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ عَلِيمٞ
Open ayah 2:283र, यदि तिमीहरू यात्रामा छौ र तिमीहरूले कुनै लेखनदास भेटिरहेका छैनौ भने धितोस्वरूप केही वस्तु राखेर मात्र व्यवहार गर । र, तिमीहरूमध्ये कोही अर्कोमाथि भरोसा गर्छ भने जसमाथि भरोसा गरिएको हो उसले अमानत (नासो) फिर्ता गरोस् । र, आफ्ना पालनकर्ता अल्लाहको भय राखोस् । र, तिमीहरू साक्षीलाई लुकाउने नगर । निश्चय नै साक्षी लुकाउने मानिसको हृदय पापी हुन्छ । र, तिमीहरूले गर्ने गरेका सबै कार्यहरू अल्लाह जान्दछन् ।
لِّلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَإِن تُبۡدُواْ مَا فِيٓ أَنفُسِكُمۡ أَوۡ تُخۡفُوهُ يُحَاسِبۡكُم بِهِ ٱللَّهُۖ فَيَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 2:284आकाशहरू र पृथ्वीमा रहेका सम्पूर्ण चिज अल्लाह कै हुन् । र, तिमीहरूले मनमा राखेका कुरा प्रकट गर वा गोप्य राख, अल्लाहले तिमीहरूसँग त्यसको हिसाब लिनेछन् । त्यसपछि मात्र उनले जसलाई चाहनेछन् क्षमा गरिदिनेछन् र जसलाई चाहनेछन् दण्ड दिनेछन् । र, अल्लाह सबै चिजमाथि आफ्नो नियन्त्रण राख्दछन् ।
ءَامَنَ ٱلرَّسُولُ بِمَآ أُنزِلَ إِلَيۡهِ مِن رَّبِّهِۦ وَٱلۡمُؤۡمِنُونَۚ كُلٌّ ءَامَنَ بِٱللَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّن رُّسُلِهِۦۚ وَقَالُواْ سَمِعۡنَا وَأَطَعۡنَاۖ غُفۡرَانَكَ رَبَّنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ
Open ayah 2:285ईशदूतले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित (चिज) माथि ईमान ल्याएका छन् र मोमिनहरूले पनि (विश्वास स्थापना गरेका छन्)। यिनीहरू सबै अल्लाह, उनका फरिश्ताहरू, उनका ग्रन्थहरू एवं उनका रसूलहरूमाथि आस्थावान भए । (उनीहरूले भने)– “हामी अल्लाहका रसूलहरूबीच कुनै भेदभाव गर्दैनौं ।” र, उनीहरूले भने– “हामीले सुन्यौं र आज्ञापालन गर्यौं । हे हाम्रा पालनकर्ता ! हामी तिमीसित क्षमा याचना गर्छौं र तिमीतर्फ नै हामीहरू फर्कनुछ ।”
لَا يُكَلِّفُ ٱللَّهُ نَفۡسًا إِلَّا وُسۡعَهَاۚ لَهَا مَا كَسَبَتۡ وَعَلَيۡهَا مَا ٱكۡتَسَبَتۡۗ رَبَّنَا لَا تُؤَاخِذۡنَآ إِن نَّسِينَآ أَوۡ أَخۡطَأۡنَاۚ رَبَّنَا وَلَا تَحۡمِلۡ عَلَيۡنَآ إِصۡرٗا كَمَا حَمَلۡتَهُۥ عَلَى ٱلَّذِينَ مِن قَبۡلِنَاۚ رَبَّنَا وَلَا تُحَمِّلۡنَا مَا لَا طَاقَةَ لَنَا بِهِۦۖ وَٱعۡفُ عَنَّا وَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَآۚ أَنتَ مَوۡلَىٰنَا فَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ
Open ayah 2:286अल्लाह कुनै पनि मानिसमाथि उसको सामर्थ्यभन्दा अधिक जिम्मेवारी दिंदैनन् । उसले कमाएको पूण्य उसैको लागि हो र उसले बटुलेको पाप (को दण्ड) उसैले भोग्नुपर्नेछ । हे हाम्रा पालनकर्ता ! हामी बिर्सन्छौं वा गल्तीले कुकर्म गर्छौ भने हामीलाई केरकार नगर्नू । हे हाम्रा पालनकर्ता ! हामीमाथि त्यस्तो बोझ नराख जस्तो तिमीले हामीभन्दा अघिका मानिसहरूमाथि राखेका थियौ । हे हाम्रा पालनकर्ता ! हामीमाथि त्यस्तो बोझ नराख जुन सहन गर्ने शक्ति हामीमा छैन । र, हामीप्रति नम्रताको व्यवहार गर; र क्षमा गर र हामीमाथि दया गर । तिमी हाम्रो स्वामी हौ । अतः काफिर मानिसहरूविरुद्ध तिमीले हामीलाई सहयोग प्रदान गर ।