آل عمران
Aal-i-Imraan
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓمٓ
Open ayah 3:1अलिफ० लाम० मीम० !
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُ
Open ayah 3:2अल्लाह– जसबाहेक कोही उपास्य छैन; जीवन्त एवं चिरस्थायी छन्; जसले जगत्–व्यवस्था सम्हालेका छन् ।
نَزَّلَ عَلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ وَأَنزَلَ ٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ
Open ayah 3:3(हे मुहम्मद स.!) उनले तिमीमाथि बिलकुल सत्यकासाथ यो ग्रन्थ अवतरण गरे जसले आफूभन्दा पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ र अल्लाहले तौरात तथा इन्जील पनि अवतरण गरे ।
مِن قَبۡلُ هُدٗى لِّلنَّاسِ وَأَنزَلَ ٱلۡفُرۡقَانَۗ إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ لَهُمۡ عَذَابٞ شَدِيدٞۗ وَٱللَّهُ عَزِيزٞ ذُو ٱنتِقَامٍ
Open ayah 3:4मानवजातिको मार्गदर्शनको लागि यस (कुरआन) भन्दा पहिले (अल्लाहले तौरात तथा इन्जील अवतरण गरे) अनि ‘फुर्कान’ (कसौटी) अवतरण गरे । निश्चय नै अल्लाहका निशानीहरूलाई अस्वीकार गर्नेहरूका लागि कठोर यातना छ । अनि, अल्लाह प्रभुत्वशाली छन् र (पापीहरूसित) बदला लिनेवाला छन् ।
إِنَّ ٱللَّهَ لَا يَخۡفَىٰ عَلَيۡهِ شَيۡءٞ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِ
Open ayah 3:5निस्सन्देह पृथ्वी तथा आकाशमा रहेको कुनै पनि चिज अल्लाहबाट ओझेलमा छैन ।
هُوَ ٱلَّذِي يُصَوِّرُكُمۡ فِي ٱلۡأَرۡحَامِ كَيۡفَ يَشَآءُۚ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 3:6उनै हुन् जो गर्भाशयभित्र आफूले चाहेअनुसार तिमीहरूको शरीरको आकृति बनाउँछन् । उनीबाहेक अन्य कोही उपास्य छैन । उनी प्रभुत्वशाली र तत्तवदर्शी छन् ।
هُوَ ٱلَّذِيٓ أَنزَلَ عَلَيۡكَ ٱلۡكِتَٰبَ مِنۡهُ ءَايَٰتٞ مُّحۡكَمَٰتٌ هُنَّ أُمُّ ٱلۡكِتَٰبِ وَأُخَرُ مُتَشَٰبِهَٰتٞۖ فَأَمَّا ٱلَّذِينَ فِي قُلُوبِهِمۡ زَيۡغٞ فَيَتَّبِعُونَ مَا تَشَٰبَهَ مِنۡهُ ٱبۡتِغَآءَ ٱلۡفِتۡنَةِ وَٱبۡتِغَآءَ تَأۡوِيلِهِۦۖ وَمَا يَعۡلَمُ تَأۡوِيلَهُۥٓ إِلَّا ٱللَّهُۗ وَٱلرَّٰسِخُونَ فِي ٱلۡعِلۡمِ يَقُولُونَ ءَامَنَّا بِهِۦ كُلّٞ مِّنۡ عِندِ رَبِّنَاۗ وَمَا يَذَّكَّرُ إِلَّآ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ
Open ayah 3:7(हे नबी स.!) उनै हुन् जसले तिमीमाथि ग्रन्थ अवतरण गरे जसमा केही आयतहरू 'मुहकमात' (सटीक स्पष्ट) छन् जुन ग्रन्थको मूल आधार हुन् र केही आयतहरू ‘मुतशाबिहात’ (अस्पष्ट) छन् । अनि जुन मानिसहरूको हृदय विकृत छन् तिनीहरू उत्पात मच्चाउन र त्यसको मनपरी अर्थ लगाउन ‘मुतशाबिहात’ आयतहरूको पछि लाग्छन् जबकि ती आयतहरूको वास्तविक अर्थ केवल अल्लाहलाई थाहा छ । र, ज्ञानमा दृढता राख्नेहरु भन्दछन्– “हामीले यिनीहरुमाथि ईमान ल्यायौं । यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् ।” र, वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।
رَبَّنَا لَا تُزِغۡ قُلُوبَنَا بَعۡدَ إِذۡ هَدَيۡتَنَا وَهَبۡ لَنَا مِن لَّدُنكَ رَحۡمَةًۚ إِنَّكَ أَنتَ ٱلۡوَهَّابُ
Open ayah 3:8(तिनीहरू प्रार्थना गर्दछन्) “हे हाम्रा पालनकर्ता ! हामीलाई तिमीले मार्गदर्शन प्रदान गरेपछि हाम्रा हृदयलाई टेढो नपार र हामीमाथि आफ्नो जुनाफबाट दया प्रदान गर । निस्सन्देह तिमी त महानदाता हौ ।"
رَبَّنَآ إِنَّكَ جَامِعُ ٱلنَّاسِ لِيَوۡمٖ لَّا رَيۡبَ فِيهِۚ إِنَّ ٱللَّهَ لَا يُخۡلِفُ ٱلۡمِيعَادَ
Open ayah 3:9"हे हाम्रा पालनकर्ता ! निश्चय नै एक दिन तिमीले सम्पूर्ण मानिसहरूलाई एकत्रित गर्नेछौं जसको आगमनमा कुनै सन्देह छैन । निस्सन्देह अल्लाह वाचा तोड्दैनन् ।"
إِنَّ ٱلَّذِينَ كَفَرُواْ لَن تُغۡنِيَ عَنۡهُمۡ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُم مِّنَ ٱللَّهِ شَيۡـٔٗاۖ وَأُوْلَٰٓئِكَ هُمۡ وَقُودُ ٱلنَّارِ
Open ayah 3:10निसन्देहः अनास्था प्रदर्शन गर्नेहरुको सम्पत्ति तथा तिनीहरूका सन्तानहरू अल्लाहको दाँजोमा कदापि कुनै काम लाग्ने छैनन् । तिनीहरू नै नरकको इन्धन हुन् ।
كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَّبُواْ بِـَٔايَٰتِنَا فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡۗ وَٱللَّهُ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 3:11(तिनीहरूको दुर्गति त्यसरी नै हुनेछ) जसरी फिरऔनका अनुयायी एवं तिनीहरूभन्दा पहिलेका (मानिसहरू) को दुर्गति भयो; तिनीहरूले हाम्रा आयतहरूलाई झुठो ठहर गरे अनि अल्लाहले तिनीहरूका पापहरूको कारणले तिनीहरूलाई समाते । अल्लाह कठोर दण्ड–दाता छन् ।
قُل لِّلَّذِينَ كَفَرُواْ سَتُغۡلَبُونَ وَتُحۡشَرُونَ إِلَىٰ جَهَنَّمَۖ وَبِئۡسَ ٱلۡمِهَادُ
Open ayah 3:12काफिरहरूलाई भनिदेऊ– “चाँडै नै तिमीहरू पराजित हुनेछौ एवं तिमीहरू एकत्रित गरी नरकतर्फ लगिनेछौ, र कस्तो निकृष्ट स्थान हो त्यो !”
قَدۡ كَانَ لَكُمۡ ءَايَةٞ فِي فِئَتَيۡنِ ٱلۡتَقَتَاۖ فِئَةٞ تُقَٰتِلُ فِي سَبِيلِ ٱللَّهِ وَأُخۡرَىٰ كَافِرَةٞ يَرَوۡنَهُم مِّثۡلَيۡهِمۡ رَأۡيَ ٱلۡعَيۡنِۚ وَٱللَّهُ يُؤَيِّدُ بِنَصۡرِهِۦ مَن يَشَآءُۚ إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّأُوْلِي ٱلۡأَبۡصَٰرِ
Open ayah 3:13तिमीहरूको निम्ति ती दुई (परस्पर युद्धरत) दलहरूमा शिक्षाप्रद निशानी छ, जसको बीचमा मुठभेड भयो । एउटा दल अल्लाहको मार्गमा युद्ध गर्दथ्यो भने, अर्को चाहिँ काफिर (पक्षको) थियो, जो मुस्लिमहरूलाई आफ्ना आँखाले आफूहरूभन्दा दुईगुना (ठूलो) देखिरहेको थियो । र अल्लाह जसलाई चाहन्छन् उसलाई आफ्नो सहयोगबाट शक्ति प्रदान गर्छन् । निश्चय नै यसमा दृष्टिवान् मानिसहरूका लागि ठूलो शिक्षा रहेको छ ।
زُيِّنَ لِلنَّاسِ حُبُّ ٱلشَّهَوَٰتِ مِنَ ٱلنِّسَآءِ وَٱلۡبَنِينَ وَٱلۡقَنَٰطِيرِ ٱلۡمُقَنطَرَةِ مِنَ ٱلذَّهَبِ وَٱلۡفِضَّةِ وَٱلۡخَيۡلِ ٱلۡمُسَوَّمَةِ وَٱلۡأَنۡعَٰمِ وَٱلۡحَرۡثِۗ ذَٰلِكَ مَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَٱللَّهُ عِندَهُۥ حُسۡنُ ٱلۡمَـَٔابِ
Open ayah 3:14मानिसहरूका लागि तिनीहरुका मन परेका वस्तुहरू (मध्ये) स्त्रीहरू, पुत्रहरू, सुनचाँदीका थाकहरू, छानिएका घोड़ाहरू, पशुहरू र खेतीको मोह–माया शोभायमान बनाइ दिइएको छ । यी त क्षणिक सांसारिक जीवनका साधनहरू मात्र हुन्, र उत्तम बासस्थान त अल्लाहकहाँ नै रहेको छ ।
۞قُلۡ أَؤُنَبِّئُكُم بِخَيۡرٖ مِّن ذَٰلِكُمۡۖ لِلَّذِينَ ٱتَّقَوۡاْ عِندَ رَبِّهِمۡ جَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا وَأَزۡوَٰجٞ مُّطَهَّرَةٞ وَرِضۡوَٰنٞ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ بَصِيرُۢ بِٱلۡعِبَادِ
Open ayah 3:15भनिदेऊ—“के म तिमीहरूलाई त्यसभन्दा उत्तम वस्तुको बारेमा जानकारी दिऊँ ? (सुन) ईशभय राख्ने मानिसहरूका लागि उनको पालनकर्ताकहाँ बगैंचाहरू छन् जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन्, जहाँ उनीहरु सदा रहनेछन् र (त्यहाँ) पवित्र पत्नीहरू हुनेछन् एवं अल्लाहको प्रसन्नता (समेत) रहेको छ, र अल्लाह (आफ्ना) भक्तहरूमाथि दृष्टि राख्ने गर्छन् ।”
ٱلَّذِينَ يَقُولُونَ رَبَّنَآ إِنَّنَآ ءَامَنَّا فَٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَقِنَا عَذَابَ ٱلنَّارِ
Open ayah 3:16यी ती मानिसहरू हुन् जो भन्छन्—“हे हाम्रा मालिक ! निस्सन्देह हामीले ईमान ल्याऔं, अनि तिमी हाम्रा पापहरूलाई क्षमा प्रदान गर र हामीलाई नरकको यातनाबाट बचाऊ ।”
ٱلصَّٰبِرِينَ وَٱلصَّٰدِقِينَ وَٱلۡقَٰنِتِينَ وَٱلۡمُنفِقِينَ وَٱلۡمُسۡتَغۡفِرِينَ بِٱلۡأَسۡحَارِ
Open ayah 3:17तिनीहरू धैर्यवान्, सत्यवान्, आज्ञाकारी, दानशील तथा रातका अन्तिम क्षणहरूमा क्षमायाचना गर्ने (मानिसहरू) हुन् ।
شَهِدَ ٱللَّهُ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا هُوَ وَٱلۡمَلَٰٓئِكَةُ وَأُوْلُواْ ٱلۡعِلۡمِ قَآئِمَۢا بِٱلۡقِسۡطِۚ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 3:18“अल्लाहबाहेक कोही पूज्य छैनन्” भन्ने कुराको साक्षी स्वयं अल्लाह, फरिश्ताहरू एवं ज्ञानवानहरू दिन्छन् । उनी निसाफ कायमकर्ता हुन् । उनीबाहेक कोही पूज्य छैन । उनी प्रभुत्वशाली एवं तत्त्वदर्शी छन् ।
إِنَّ ٱلدِّينَ عِندَ ٱللَّهِ ٱلۡإِسۡلَٰمُۗ وَمَا ٱخۡتَلَفَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۗ وَمَن يَكۡفُرۡ بِـَٔايَٰتِ ٱللَّهِ فَإِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ
Open ayah 3:19अल्लाहको दृष्टिमा इस्लाम मात्र दीन (धर्म) हो तर जुन मानिसहरूलाई ईशग्रन्थ प्रदान गरिएको थियो तिनीहरूले ज्ञानको आगमनपश्चात एकअर्कामाथि अत्याचार गर्ने उद्देश्यले मतभेद गरे, र जो अल्लाहका आदेशहरू अस्वीकार गर्छ (त्यसलाई थाहा हुनुपर्छ कि) निस्सन्देह अल्लाहले शीघ्र नै हिसाब लिनेवाला छन् ।
فَإِنۡ حَآجُّوكَ فَقُلۡ أَسۡلَمۡتُ وَجۡهِيَ لِلَّهِ وَمَنِ ٱتَّبَعَنِۗ وَقُل لِّلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡأُمِّيِّـۧنَ ءَأَسۡلَمۡتُمۡۚ فَإِنۡ أَسۡلَمُواْ فَقَدِ ٱهۡتَدَواْۖ وَّإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُۗ وَٱللَّهُ بَصِيرُۢ بِٱلۡعِبَادِ
Open ayah 3:20(हे मुहम्मद स.!) अब काफिरहरू यदि तिमीसँग वाद–विवाद गर्छन् भने भनिदेऊ–“मैले र मेरा अनुयायीहरूले आफूलाई अल्लाहप्रति समर्पित गरिदिएका छौं ।” र, ईशग्रन्थ प्रदान गरिएका मानिसहरूलाई अनि (ईशग्रन्थ प्रदान नगरिएका) निरक्षर मानिसहरूलाई सोध—“के तिमीहरूले आफूलाई (अल्लाहप्रति) समर्पित गरेका छौ ?” यदि तिनीहरू आफूलाई समर्पित गर्छन् भने तिनीहरू सत्मार्ग पाउनेछन्, र यदि तिनीहरू विमुख हुन्छन् भने तिम्रो जिम्मेवारी सन्देश पुर्याउनु मात्र हो । र, अल्लाह भक्तहरूमाथि राम्ररी दृष्टि राख्दछन् ।
إِنَّ ٱلَّذِينَ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلنَّبِيِّـۧنَ بِغَيۡرِ حَقّٖ وَيَقۡتُلُونَ ٱلَّذِينَ يَأۡمُرُونَ بِٱلۡقِسۡطِ مِنَ ٱلنَّاسِ فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٍ
Open ayah 3:21जुन मानिसहरू अल्लाहका निशानीहरूलाई अस्वीकार गर्छन्, नबीहरूको अनाहक हत्या गर्छन् र न्याय–निसाफको आदेश दिने मानिसहरूको पनि हत्या गर्छन् यस्ता मानिसहरूलाई दुःखद यातनाको शुभसूचना सुनाइदेऊ ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمَا لَهُم مِّن نَّٰصِرِينَ
Open ayah 3:22ती उनै मानिसहरू हुन् जसका कर्महरू लोक एवं परलोक दुवैमा अकारथ भए र तिनीहरूको कोही सहयोगी हुनेछैन ।
أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يُدۡعَوۡنَ إِلَىٰ كِتَٰبِ ٱللَّهِ لِيَحۡكُمَ بَيۡنَهُمۡ ثُمَّ يَتَوَلَّىٰ فَرِيقٞ مِّنۡهُمۡ وَهُم مُّعۡرِضُونَ
Open ayah 3:23के तिमीले ईशग्रन्थका केही अंश प्राप्त भएका मानिसहरूलाई देखेनौ ? जब तिनीहरूलाई ईशग्रन्थतर्फ आमन्त्रित गरिन्छ ताकि अल्लाहले तिनीहरूबीच निर्णय गरून् तब तिनीहरूमध्येको एउटा समूह विमुख भएर बाहिरिन्छ ।
ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لَن تَمَسَّنَا ٱلنَّارُ إِلَّآ أَيَّامٗا مَّعۡدُودَٰتٖۖ وَغَرَّهُمۡ فِي دِينِهِم مَّا كَانُواْ يَفۡتَرُونَ
Open ayah 3:24यस्तो यस कारणले भएको हो कि तिनीहरू भन्छन्– “केही दिनबाहेक अग्नि (नरक) ले हामीलाई छुने छैन ।” वास्तवमा उनीहरूले रचेका झुठा धारणाहरूले उनीहरुलाई उनीहरुको धर्मको विषयमा भ्रममा पारेका छन् ।
فَكَيۡفَ إِذَا جَمَعۡنَٰهُمۡ لِيَوۡمٖ لَّا رَيۡبَ فِيهِ وَوُفِّيَتۡ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ
Open ayah 3:25त्यस समय तिनीहरूको अवस्था कस्तो हुनेछ जब तिनीहरूलाई हामीले यस्तो दिन एकत्रित गर्नेछौं जसको आगमनमा कुनै सन्देह छैन ? र, प्रत्येक मानिसलाई उसको कमाइको बदला पूरा–पूरा प्रदान गरिनेछ र तिनीहरूप्रति अन्याय गरिने छैन ।
قُلِ ٱللَّهُمَّ مَٰلِكَ ٱلۡمُلۡكِ تُؤۡتِي ٱلۡمُلۡكَ مَن تَشَآءُ وَتَنزِعُ ٱلۡمُلۡكَ مِمَّن تَشَآءُ وَتُعِزُّ مَن تَشَآءُ وَتُذِلُّ مَن تَشَآءُۖ بِيَدِكَ ٱلۡخَيۡرُۖ إِنَّكَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 3:26भन (प्रार्थना गर)– “हे अल्लाह ! राज्यका स्वामी ! तिमी जसलाई चाहन्छौ राज्य प्रदान गर्दछौ एवम् जसबाट चाहन्छौ राज्य खोस्दछौ र तिमी जसलाई चाहन्छौ सम्मान प्रदान गर्दछौ अनि जसलाई चाहन्छौ अपमानित गर्दछौ; भलाई तिम्रै हातमा छ । निश्चय नै तिमी सबै कार्यको सामर्थ्य राख्दछौ ।”
تُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَتُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِۖ وَتُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَتُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّۖ وَتَرۡزُقُ مَن تَشَآءُ بِغَيۡرِ حِسَابٖ
Open ayah 3:27तिमी नै रातलाई दिनमा तथा दिनलाई रातमा प्रविष्ट गर्दछौ । र, तिमी निर्जीवहरुबाट सजीव एवं सजीवबाट निर्जीव निकाल्दछौ अनि तिमी जसलाई चाहन्छौ अनगिन्ती धन–सम्पत्ती प्रदान गर्दछौ ।
لَّا يَتَّخِذِ ٱلۡمُؤۡمِنُونَ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۖ وَمَن يَفۡعَلۡ ذَٰلِكَ فَلَيۡسَ مِنَ ٱللَّهِ فِي شَيۡءٍ إِلَّآ أَن تَتَّقُواْ مِنۡهُمۡ تُقَىٰةٗۗ وَيُحَذِّرُكُمُ ٱللَّهُ نَفۡسَهُۥۗ وَإِلَى ٱللَّهِ ٱلۡمَصِيرُ
Open ayah 3:28आस्थावानहरूले आस्थावानहरूलाई छोडेर अवज्ञा गर्नेहरूलाई आफ्ना संरक्षक मित्र कदापि नबनाऊन् । अनि, जसले त्यसो गर्नेछ अल्लाहसँग उसको कुनै सम्बन्ध रहने छैन । हो, यो छूट छ कि तिमीहरू तिनीहरूबाट हुने कुनै नोक्सानीबाट जोगिनको लागि यस्तो गर । अल्लाह तिमीहरूलाई स्वयं (उनी) सँग डराउन सचेत गर्दछन् । तिमीहरू अल्लाहतर्फ नै फर्केर जानुछ ।
قُلۡ إِن تُخۡفُواْ مَا فِي صُدُورِكُمۡ أَوۡ تُبۡدُوهُ يَعۡلَمۡهُ ٱللَّهُۗ وَيَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 3:29(हे नबी स.) भनिदेऊ– “तिमीहरूले मनमा भएका कुराहरू चाहे गोप्य राख वा प्रकट गर अल्लाहलाई त्यसको ज्ञान छ र उनी आकाशहरू तथा पृथ्वीमा रहेका (चिज) हरूलार्ई पनि जान्दछन् । र, अल्लाह सबै कुराको सामर्थ्य राख्दछन् ।”
يَوۡمَ تَجِدُ كُلُّ نَفۡسٖ مَّا عَمِلَتۡ مِنۡ خَيۡرٖ مُّحۡضَرٗا وَمَا عَمِلَتۡ مِن سُوٓءٖ تَوَدُّ لَوۡ أَنَّ بَيۡنَهَا وَبَيۡنَهُۥٓ أَمَدَۢا بَعِيدٗاۗ وَيُحَذِّرُكُمُ ٱللَّهُ نَفۡسَهُۥۗ وَٱللَّهُ رَءُوفُۢ بِٱلۡعِبَادِ
Open ayah 3:30त्यस (महाप्रलयको) दिन प्रत्येक मानिसले आफूले आर्जन गरेको पुण्य एवं आफूले गरेको सबै पापहरूलाई आफ्नो सामुन्ने उपस्थित भएको पाउनेछ । उसले आफू र आफ्नो कुकर्मबीच लामो दूरी भइदिएको भए हुन्थ्यो भन्ने कामना गर्नेछ । र, अल्लाह तिमीहरूलाई आफूबाट डराउँछन् र अल्लाह भक्तहरूप्रति अति स्नेही छन् ।
قُلۡ إِن كُنتُمۡ تُحِبُّونَ ٱللَّهَ فَٱتَّبِعُونِي يُحۡبِبۡكُمُ ٱللَّهُ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 3:31(हे सन्देष्टा !) भनिदेऊ– “यदि तिमीहरू अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर । अल्लाहले तिमीहरूसँग प्रेम गर्नेछन् र तिम्रा पापहरूलाई क्षमा गर्नेछन् । अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।”
قُلۡ أَطِيعُواْ ٱللَّهَ وَٱلرَّسُولَۖ فَإِن تَوَلَّوۡاْ فَإِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡكَٰفِرِينَ
Open ayah 3:32भनिदेऊ— “अल्लाह एवं ईशदूत (मुहम्मद स.) को आज्ञापालन गर ।" यदि तिनीहरू विमुख हुन्छन् भने निस्सन्देह अल्लाह अवज्ञाकारीहरुलाई मन पराउँदैनन् ।
۞إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰٓ ءَادَمَ وَنُوحٗا وَءَالَ إِبۡرَٰهِيمَ وَءَالَ عِمۡرَٰنَ عَلَى ٱلۡعَٰلَمِينَ
Open ayah 3:33निस्सन्देह अल्लाहले आदम र नूह र इब्राहीमका सन्तानहरू र इमरानका सन्तानहरूलार्ई सम्पूर्ण मानवजातिका लागि चयन गरेका थिए ।
ذُرِّيَّةَۢ بَعۡضُهَا مِنۢ بَعۡضٖۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
Open ayah 3:34यी एक अर्काको बंशमध्येका हुन् र अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
إِذۡ قَالَتِ ٱمۡرَأَتُ عِمۡرَٰنَ رَبِّ إِنِّي نَذَرۡتُ لَكَ مَا فِي بَطۡنِي مُحَرَّرٗا فَتَقَبَّلۡ مِنِّيٓۖ إِنَّكَ أَنتَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 3:35(स्मरण गर) जब इमरानकी स्त्रीले भनेकी थिइन्– “हे मेरा पालनकर्ता ! मैले मेरो गर्भमा रहेको शिशुलाई सबै कार्यबाट मुक्त गरेर तिम्रैलागि अर्पण गरेकी छु । अतः मेरो तर्फबाट स्वीकार गर । निश्चय नै तिमी सर्वश्रोता एवं सर्वज्ञ छौ ।”
فَلَمَّا وَضَعَتۡهَا قَالَتۡ رَبِّ إِنِّي وَضَعۡتُهَآ أُنثَىٰ وَٱللَّهُ أَعۡلَمُ بِمَا وَضَعَتۡ وَلَيۡسَ ٱلذَّكَرُ كَٱلۡأُنثَىٰۖ وَإِنِّي سَمَّيۡتُهَا مَرۡيَمَ وَإِنِّيٓ أُعِيذُهَا بِكَ وَذُرِّيَّتَهَا مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ
Open ayah 3:36तर जब उनीकहाँ छोरीको जन्म भयो तब उनले भनिन्– “हे मेरा मालिक ! मकहाँ त छोरीको पो जन्म भएछ !” उनले के जन्माएकी छिन् भन्ने कुरा अल्लाहलाई राम्ररी थाहा थियो । “र, छोरा जस्तो छोरी त हुँदैन । र, मैले त्यसको नाम मर्यम राखेकी छु । अनि म उनलाई र उनका सन्तानहरूलाई तिरस्कृत शैतानबाट (सुरक्षित राख्न) तिम्रो शरणमा अर्पण गर्छु ।”
فَتَقَبَّلَهَا رَبُّهَا بِقَبُولٍ حَسَنٖ وَأَنۢبَتَهَا نَبَاتًا حَسَنٗا وَكَفَّلَهَا زَكَرِيَّاۖ كُلَّمَا دَخَلَ عَلَيۡهَا زَكَرِيَّا ٱلۡمِحۡرَابَ وَجَدَ عِندَهَا رِزۡقٗاۖ قَالَ يَٰمَرۡيَمُ أَنَّىٰ لَكِ هَٰذَاۖ قَالَتۡ هُوَ مِنۡ عِندِ ٱللَّهِۖ إِنَّ ٱللَّهَ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٍ
Open ayah 3:37अनि उनका पालनकर्ताले उनलाई राम्ररी स्वीकार गरे अनि उनलाई राम्ररी हुर्काए । र, जकरियालाई उनका अभिभावक बनाए । जब–जब जकरिया उनको कक्षमा प्रवेश गर्ने गर्थे तब–तब उनीसमक्ष खाद्य–सामग्री आपूर्ति भएको पाउँथे । उनले सोधे– “ए मर्यम, यो तिम्रो निम्ति कहाँबाट आउँछ ?” उनले भनिन्– “यो अल्लाहको तर्फबाट हो । निश्चय नै अल्लाह जसलाई चाहन्छन् उसलाई अनगिन्ती जीविकोपार्जनका वस्तुहरू प्रदान गर्दछन् ।”
هُنَالِكَ دَعَا زَكَرِيَّا رَبَّهُۥۖ قَالَ رَبِّ هَبۡ لِي مِن لَّدُنكَ ذُرِّيَّةٗ طَيِّبَةًۖ إِنَّكَ سَمِيعُ ٱلدُّعَآءِ
Open ayah 3:38त्यतिखेर जकरियाले आफ्ना पालनकर्तालाई पुकारे र भने– “हे मेरा पालनकर्ता ! आफ्नो जुनाफबाट मलाई चरित्रवान सन्तान प्रदान गर । निस्सन्देह तिमी नै प्रार्थना सुन्नेवाला छौ ।”
فَنَادَتۡهُ ٱلۡمَلَٰٓئِكَةُ وَهُوَ قَآئِمٞ يُصَلِّي فِي ٱلۡمِحۡرَابِ أَنَّ ٱللَّهَ يُبَشِّرُكَ بِيَحۡيَىٰ مُصَدِّقَۢا بِكَلِمَةٖ مِّنَ ٱللَّهِ وَسَيِّدٗا وَحَصُورٗا وَنَبِيّٗا مِّنَ ٱلصَّٰلِحِينَ
Open ayah 3:39जब उनी प्रार्थनालयमा उभिएर नमाज पढ्दै थिए तब फरिश्ताहरूले उनलाई बताए– “अल्लाह तिमीलाई यहयाको शुभ–सूचना दिन्छन् जो अल्लाहको एउटा वाणि (कलिमा) को पुष्टिकर्ता, सरदार, संयमी सन्देष्टा एवं सत्कर्मीहरूमध्येका हुनेछन् ।"
قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَقَدۡ بَلَغَنِيَ ٱلۡكِبَرُ وَٱمۡرَأَتِي عَاقِرٞۖ قَالَ كَذَٰلِكَ ٱللَّهُ يَفۡعَلُ مَا يَشَآءُ
Open ayah 3:40जकरियाले भने— “हे मेरा पालनकर्ता ! मलाई कसरी पुत्र हुन सक्छ जबकि मलाई बुढेसकाल लागिसकेको छ र मेरी पत्नी बाँझी भइसकेकी छिन ?” जवाफ मिल्यो– “यस्तै हुनेछ, अल्लाह जे चाहन्छन्, त्यो गर्छन् ।”
قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةٗۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَةَ أَيَّامٍ إِلَّا رَمۡزٗاۗ وَٱذۡكُر رَّبَّكَ كَثِيرٗا وَسَبِّحۡ بِٱلۡعَشِيِّ وَٱلۡإِبۡكَٰرِ
Open ayah 3:41जकरियाले भने– “हे मेरा मालिक ! मेरो निम्ति कुनै निशानी निर्धारण गरिदेऊ ।” अल्लाहले भने– “तिम्रो निम्ति निशानी यो हो कि तिमी मानिसहरूसँग तीन दिनसम्म सङ्केतबाट मात्रै कुराकानी गर्न सक्नेछौ । यस अवधिमा आफ्ना पालनकर्तालाई अत्यधिक स्मरण गर्नू; साँझबिहान उनको स्तुति गर्नू ।”
وَإِذۡ قَالَتِ ٱلۡمَلَٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ ٱصۡطَفَىٰكِ وَطَهَّرَكِ وَٱصۡطَفَىٰكِ عَلَىٰ نِسَآءِ ٱلۡعَٰلَمِينَ
Open ayah 3:42जब फरिश्ताहरूले भने— “हे मर्यम ! निश्चय नै अल्लाहले तिमीलाई चयन गरेका छन्; पवित्रता प्रदान गरेका छन् र संसारभरिका महिलाहरुमध्येबाट तिमीलाई नै चयन गरेका छन् ।"
يَٰمَرۡيَمُ ٱقۡنُتِي لِرَبِّكِ وَٱسۡجُدِي وَٱرۡكَعِي مَعَ ٱلرَّٰكِعِينَ
Open ayah 3:43"हे मर्यम ! आफ्ना पालनकर्ताको आज्ञाकारी तथा अनुयायी बन र सज्दा गर एवं रुकूअ् गर्ने (निहुरिने) हरूसँग रूकूअ् गर ।”
ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهِ إِلَيۡكَۚ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ يُلۡقُونَ أَقۡلَٰمَهُمۡ أَيُّهُمۡ يَكۡفُلُ مَرۡيَمَ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ يَخۡتَصِمُونَ
Open ayah 3:44यो अदृश्य सूचनाहरूमध्येको हो जुन हामीले ‘वह्य’ (प्रकाशना) द्वारा तिमीलाई बताउँदैछौं । र, जब तिनीहरू मर्यमको सरंक्षक को हुनेछ भनी निर्णयको लागि चिठ्ठा निकाल्दै थिए तब (हे मुहम्मद स.) तिमी त्यहाँ थिएनौ र उनीहरू आपसमा झगडा गरिरहेको बेला पनि तिमी त्यहाँ थिएनौ ।
إِذۡ قَالَتِ ٱلۡمَلَٰٓئِكَةُ يَٰمَرۡيَمُ إِنَّ ٱللَّهَ يُبَشِّرُكِ بِكَلِمَةٖ مِّنۡهُ ٱسۡمُهُ ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ وَجِيهٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمِنَ ٱلۡمُقَرَّبِينَ
Open ayah 3:45(स्मरण गर) जब फरिश्ताहरूले भने– “हे मर्यम ! अल्लाहले तिमीलाई आफ्नो एउटा ‘कलिमा’ (वाणि) को शुभ–सूचना दिन्छन् जसको नाम मसीह मर्यम–पुत्र ईसा हुनेछ । उनी लोक एवं परलोक दुबैमा सम्मानित हुनेछन् र (अल्लाहको) नजिकका मानिसहरूमध्ये हुनेछन् ।"
وَيُكَلِّمُ ٱلنَّاسَ فِي ٱلۡمَهۡدِ وَكَهۡلٗا وَمِنَ ٱلصَّٰلِحِينَ
Open ayah 3:46"र, उनले कोक्रोबाट अनि ठूलो उमेरमा मानिसहरूसँग कुराकानी गर्नेछन् । र, उनी सत्कर्मीहरूमध्ये हुनेछन् ।"
قَالَتۡ رَبِّ أَنَّىٰ يَكُونُ لِي وَلَدٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞۖ قَالَ كَذَٰلِكِ ٱللَّهُ يَخۡلُقُ مَا يَشَآءُۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
Open ayah 3:47मर्यमले भनिन्– “पालनकर्ता ! मकहाँ कसरी पुत्र हुनसक्छ जबकि मलाई कुनै पुरुषले छोएको पनि छैन ?” उत्तर आयो –“यस्तै हुनेछ । अल्लाह जे चाहन्छन्, सृष्टि गर्छन् । जब उनी कुनै कुराको निर्णय लिन्छन् तब भन्छन् “भइहाल” अनि त्यो हुन पुग्छ ।”
وَيُعَلِّمُهُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ
Open ayah 3:48र, अल्लाहले ईसालाई ग्रन्थ, तत्त्वदर्शीता, तौरात तथा इन्जीलको ज्ञान दिनेछन् ।
وَرَسُولًا إِلَىٰ بَنِيٓ إِسۡرَٰٓءِيلَ أَنِّي قَدۡ جِئۡتُكُم بِـَٔايَةٖ مِّن رَّبِّكُمۡ أَنِّيٓ أَخۡلُقُ لَكُم مِّنَ ٱلطِّينِ كَهَيۡـَٔةِ ٱلطَّيۡرِ فَأَنفُخُ فِيهِ فَيَكُونُ طَيۡرَۢا بِإِذۡنِ ٱللَّهِۖ وَأُبۡرِئُ ٱلۡأَكۡمَهَ وَٱلۡأَبۡرَصَ وَأُحۡيِ ٱلۡمَوۡتَىٰ بِإِذۡنِ ٱللَّهِۖ وَأُنَبِّئُكُم بِمَا تَأۡكُلُونَ وَمَا تَدَّخِرُونَ فِي بُيُوتِكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 3:49र, उनी इसराईलका सन्तानहरूका निम्ति ईशदूत हुनेछन् । (ईशदूत भएर इसराईलका सन्तानहरूकहाँ आएपछि उनले भने) – “म तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट एउटा चमत्कार लिएर आएको छु । म तिमीहरूसमक्ष माटोबाट चरा जस्तो एउटा आकृति बनाएर त्यसमा फुक्छु अनि त्यो अल्लाहको आज्ञाले चरा भइहाल्नेछ । र, म अल्लाहको आज्ञाले अन्धा एवं कुष्ठरोगीहरूलाई निको पार्छु अनि अल्लाह कै आज्ञाले मृतहरूलाई जीवित पार्छु र, म तिमीहरूलाई बताउछु जुन तिमीहरू खान्छौ अनि जुन तिमीहरू आफ्ना घरहरूमा थुपार्छौ । यदि तिमीहरू आस्थावान हौ भने निश्चय नै यसमा तिमीहरूका निम्ति निशानी छ ।
وَمُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيَّ مِنَ ٱلتَّوۡرَىٰةِ وَلِأُحِلَّ لَكُم بَعۡضَ ٱلَّذِي حُرِّمَ عَلَيۡكُمۡۚ وَجِئۡتُكُم بِـَٔايَةٖ مِّن رَّبِّكُمۡ فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ
Open ayah 3:50र, म मेरोसामु रहेको यस ‘तौरात’ को पुष्टिकर्ता हुँ र केही वस्तुहरूलाई वैध तुल्याउछु जुन तिमीहरूका निम्ति अवैध गरिएका थिए र म तिमीहरूसमक्ष तिम्रो स्वामीको तर्फबाट चमत्कार लिएर आएको छु । अनि अल्लाहको भयराख र मेरो आज्ञापालन गर ।
إِنَّ ٱللَّهَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ
Open ayah 3:51निस्सन्देह अल्लाह मेरो पनि ‘रब’ (पालनकर्ता) हुन् र तिमीहरूका पनि रब हुन् । अनि, तिमीहरू उनकै उपासना गर । यही सीधा मार्ग हो ।
۞فَلَمَّآ أَحَسَّ عِيسَىٰ مِنۡهُمُ ٱلۡكُفۡرَ قَالَ مَنۡ أَنصَارِيٓ إِلَى ٱللَّهِۖ قَالَ ٱلۡحَوَارِيُّونَ نَحۡنُ أَنصَارُ ٱللَّهِ ءَامَنَّا بِٱللَّهِ وَٱشۡهَدۡ بِأَنَّا مُسۡلِمُونَ
Open ayah 3:52ईसाले उनीहरूको ‘कुफ्र’ (अवज्ञा) महसुस गरिसकेपछि भने– “अल्लाहको मार्गमा को मेरा सहयोगी बन्नेछन् ?” हवारीहरूले भने– “हामी हौं अल्लाहका सहयोगी । हामीले अल्लाहमाथि ईमान ल्याएका छौं र हामी आज्ञाकारीहरूमध्ये हौं भनेर तिमी साक्षी बस ।”
رَبَّنَآ ءَامَنَّا بِمَآ أَنزَلۡتَ وَٱتَّبَعۡنَا ٱلرَّسُولَ فَٱكۡتُبۡنَا مَعَ ٱلشَّٰهِدِينَ
Open ayah 3:53“हे हाम्रा मालिक ! तिमीले जेजति अवतरण गरेका छौ त्यसमाथि हामीले ईमान ल्यायौं र हामीले ईशदूत (ईसा) को अनुसरण गर्यौं । अतः साक्षीहरूमा हामीलाई लेख ।”
وَمَكَرُواْ وَمَكَرَ ٱللَّهُۖ وَٱللَّهُ خَيۡرُ ٱلۡمَٰكِرِينَ
Open ayah 3:54र, उनीहरूले (इसराईलका सन्तानहरूले) गोप्यरूपमा षडयन्त्र रचे अनि अल्लाहले पनि गोप्यरूपमा जुक्ति गरे । र, जुक्ति गर्नेहरूमा अल्लाह नै उत्तम छन् ।
إِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَىٰٓ إِنِّي مُتَوَفِّيكَ وَرَافِعُكَ إِلَيَّ وَمُطَهِّرُكَ مِنَ ٱلَّذِينَ كَفَرُواْ وَجَاعِلُ ٱلَّذِينَ ٱتَّبَعُوكَ فَوۡقَ ٱلَّذِينَ كَفَرُوٓاْ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِۖ ثُمَّ إِلَيَّ مَرۡجِعُكُمۡ فَأَحۡكُمُ بَيۡنَكُمۡ فِيمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ
Open ayah 3:55जब अल्लाहले भने– “हे ईसा ! अब म तिमीलाई नियन्त्रणमा लिनेवाला छु । र, तिमीलाई आफूतिर उठाउनेवाला छु; अस्वीकार (कुफ्र) गरेका माानिसहरूबाट पवित्र पार्नेवाला छु र तिम्रा अनुयायीहरूलाई महाप्रलयको दिनसम्म काफिरहरूबाट उच्च राख्नेवाला छु । फेरि तिमीहरू मैतर्फ फर्केर आउनेछौ । त्यसबेला म तिमीहरूबीच भएको मतभेदहरूको फैसला गर्नेछु ।”
فَأَمَّا ٱلَّذِينَ كَفَرُواْ فَأُعَذِّبُهُمۡ عَذَابٗا شَدِيدٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَمَا لَهُم مِّن نَّٰصِرِينَ
Open ayah 3:56अनि कुफ्र गरेका मानिसहरूलाई म यस लोक एवं परलोक दुबैमा कठिन यातना दिनेछु र तिनीहरूको कोही सहयोगी हुने छैन ।
وَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَيُوَفِّيهِمۡ أُجُورَهُمۡۗ وَٱللَّهُ لَا يُحِبُّ ٱلظَّٰلِمِينَ
Open ayah 3:57र, जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई अल्लाहले पूर्ण बदला प्रदान गर्नेछन् । र, अल्लाह अत्याचारीहरूलाई मन पराउँदैनन् ।
ذَٰلِكَ نَتۡلُوهُ عَلَيۡكَ مِنَ ٱلۡأٓيَٰتِ وَٱلذِّكۡرِ ٱلۡحَكِيمِ
Open ayah 3:58यी आयतहरू तत्त्वज्ञानले भरिपूर्ण उपदेश हुन् जुन हामी तिमीहरुलाई सुनाउँदैछौं ।
إِنَّ مَثَلَ عِيسَىٰ عِندَ ٱللَّهِ كَمَثَلِ ءَادَمَۖ خَلَقَهُۥ مِن تُرَابٖ ثُمَّ قَالَ لَهُۥ كُن فَيَكُونُ
Open ayah 3:59ईसाको उदाहरण अल्लाहकहाँ आदमजस्तै छ । उनलाई अल्लाहले माटोबाट बनाए, त्यसपछि उनले भने– “भइहाल” अनि उनी भइहाले ।
ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُن مِّنَ ٱلۡمُمۡتَرِينَ
Open ayah 3:60यो मूल सत्य तिम्रा पालनकर्ताको तर्फबाट हो । अतः तिमी सन्देहकर्ताहरूमा सामेल नहोऊ ।
فَمَنۡ حَآجَّكَ فِيهِ مِنۢ بَعۡدِ مَا جَآءَكَ مِنَ ٱلۡعِلۡمِ فَقُلۡ تَعَالَوۡاْ نَدۡعُ أَبۡنَآءَنَا وَأَبۡنَآءَكُمۡ وَنِسَآءَنَا وَنِسَآءَكُمۡ وَأَنفُسَنَا وَأَنفُسَكُمۡ ثُمَّ نَبۡتَهِلۡ فَنَجۡعَل لَّعۡنَتَ ٱللَّهِ عَلَى ٱلۡكَٰذِبِينَ
Open ayah 3:61यो ज्ञान तिम्रोसामु आइसकेपछि जसले तिमीसँग यसबारेमा कुतर्क गर्छ उसलाई भन– “आऊ हामी आ–आफ्ना सन्तान तथा स्त्रीहरूलाई बोलाऔं र तिमी र हामी स्वयं पनि आऔं अनि मिलेर प्रार्थना गरौं कि झुठाहरूमाथि अल्लाहको अभिशाप होस् !”
إِنَّ هَٰذَا لَهُوَ ٱلۡقَصَصُ ٱلۡحَقُّۚ وَمَا مِنۡ إِلَٰهٍ إِلَّا ٱللَّهُۚ وَإِنَّ ٱللَّهَ لَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 3:62निस्सन्देह यी सत्य घटनाहरू हुन् । र, अल्लाहबाहेक कोही पूज्य छैन अनि निश्चय नै अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
فَإِن تَوَلَّوۡاْ فَإِنَّ ٱللَّهَ عَلِيمُۢ بِٱلۡمُفۡسِدِينَ
Open ayah 3:63यदि तिनीहरू विमुख हुन्छन् भने अल्लाह यस्ता बिद्रोहीहरूसित राम्ररी परिचित छन् ।
قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ تَعَالَوۡاْ إِلَىٰ كَلِمَةٖ سَوَآءِۭ بَيۡنَنَا وَبَيۡنَكُمۡ أَلَّا نَعۡبُدَ إِلَّا ٱللَّهَ وَلَا نُشۡرِكَ بِهِۦ شَيۡـٔٗا وَلَا يَتَّخِذَ بَعۡضُنَا بَعۡضًا أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَقُولُواْ ٱشۡهَدُواْ بِأَنَّا مُسۡلِمُونَ
Open ayah 3:64भनिदेऊ– “हे अह्ले किताब ! एउटा यस्तो कुरातर्फ आऊ जो तिमी र हामीबीच समान छ– त्यो यो हो कि हामी अल्लाहबाहेक कसैको उपासना नगरौं र उनीसँग कसैलाई साझेदार नबनाऔं । र अल्लाहबाहेक हामीमध्ये कसैले पनि अन्य कसैलाई पालनकर्ता नठानोस् । यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदेऊ– “तिमीहरू साक्षी बस कि हामी आज्ञाकारी (मुस्लिम) हौं ।”
يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تُحَآجُّونَ فِيٓ إِبۡرَٰهِيمَ وَمَآ أُنزِلَتِ ٱلتَّوۡرَىٰةُ وَٱلۡإِنجِيلُ إِلَّا مِنۢ بَعۡدِهِۦٓۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 3:65हे अह्ले किताब हो ! तिमीहरू इब्राहीमको सम्बन्धमा किन तर्क–वितर्क गर्छौ जबकि तौरात एवं इन्जील त इब्राहीमपश्चात् मात्र अवतरित गरिएका हुन् ? के तिमीहरू विवेक प्रयोग गर्दैनौ ?
هَٰٓأَنتُمۡ هَٰٓؤُلَآءِ حَٰجَجۡتُمۡ فِيمَا لَكُم بِهِۦ عِلۡمٞ فَلِمَ تُحَآجُّونَ فِيمَا لَيۡسَ لَكُم بِهِۦ عِلۡمٞۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 3:66हेर ! तिमीहरूले ती कुराहरूमा वाद–विवाद गरिसक्यौ जसको तिमीहरूलाई ज्ञान थियो । अब ती कुराहरूमा किन तर्क–वितर्क गर्दैछौ जसबारे तिमीहरूलाई कुनै ज्ञान छैन ? र, अल्लाह जान्दछन् तर तिमीहरू जान्दैनौ ।
مَا كَانَ إِبۡرَٰهِيمُ يَهُودِيّٗا وَلَا نَصۡرَانِيّٗا وَلَٰكِن كَانَ حَنِيفٗا مُّسۡلِمٗا وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 3:67इब्राहीम न यहूदी थिए न ईसाई नै । उनी त एक एकाग्रचित्त आज्ञाकारी (मुस्लिम) थिए । र उनी कदापि मुश्रिक (बहुदेववादी) हरूमध्ये थिएनन् ।
إِنَّ أَوۡلَى ٱلنَّاسِ بِإِبۡرَٰهِيمَ لَلَّذِينَ ٱتَّبَعُوهُ وَهَٰذَا ٱلنَّبِيُّ وَٱلَّذِينَ ءَامَنُواْۗ وَٱللَّهُ وَلِيُّ ٱلۡمُؤۡمِنِينَ
Open ayah 3:68इब्राहीमसँग सर्वाधिक निकट ती मानिसहरू हुन् जसले उनको अनुसरण गरे र (अब चाहिँ) यी नबी (मुहम्मद स.) तथा आस्थावानहरू हुन् । र, अल्लाह मोमिनहरूका संरक्षक–मित्र हुन् ।
وَدَّت طَّآئِفَةٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَوۡ يُضِلُّونَكُمۡ وَمَا يُضِلُّونَ إِلَّآ أَنفُسَهُمۡ وَمَا يَشۡعُرُونَ
Open ayah 3:69अह्लेकिताबहरूमध्ये एउटा समूह तिमीलाई कुनै न कुनै तरीकाले पथभ्रष्ट गर्न चाहन्छ । तिनीहरूले आफैलाई पथभ्रष्ट गर्दैछन् तर तिनीहरूलाई त्यसको अनुभूति छैन ।
يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَأَنتُمۡ تَشۡهَدُونَ
Open ayah 3:70हे अह्ले किताब हो ! तिमीहरू अल्लाहका आयतहरूलाई किन अस्वीकार गर्दछौ जबकि तिमीहरू स्वयं साक्षी छौ ?
يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَلۡبِسُونَ ٱلۡحَقَّ بِٱلۡبَٰطِلِ وَتَكۡتُمُونَ ٱلۡحَقَّ وَأَنتُمۡ تَعۡلَمُونَ
Open ayah 3:71हे अह्ले किताब हो ! तिमीहरू सत्यलाई असत्यमा किन मिसाउँछौ अनि जानकारी हुँदाहुँदै पनि सत्यलाई किन लुकाउँछौ ?
وَقَالَت طَّآئِفَةٞ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ ءَامِنُواْ بِٱلَّذِيٓ أُنزِلَ عَلَى ٱلَّذِينَ ءَامَنُواْ وَجۡهَ ٱلنَّهَارِ وَٱكۡفُرُوٓاْ ءَاخِرَهُۥ لَعَلَّهُمۡ يَرۡجِعُونَ
Open ayah 3:72अह्ले किताबको एउटा समूहले भन्यो– “मोमिनहरूमाथि अवतरण भएको (ग्रन्थ) माथि बिहान ईमान ल्याऊ अनि साँझ नपर्दै इन्कार गरिदेऊ ताकि उनीहरू विमुख होऊन् ।”
وَلَا تُؤۡمِنُوٓاْ إِلَّا لِمَن تَبِعَ دِينَكُمۡ قُلۡ إِنَّ ٱلۡهُدَىٰ هُدَى ٱللَّهِ أَن يُؤۡتَىٰٓ أَحَدٞ مِّثۡلَ مَآ أُوتِيتُمۡ أَوۡ يُحَآجُّوكُمۡ عِندَ رَبِّكُمۡۗ قُلۡ إِنَّ ٱلۡفَضۡلَ بِيَدِ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ
Open ayah 3:73(तिनीहरू आपसमा भन्छन्)– “र, तिमीहरू आफ्ना सधर्मीहरूबाहेक अन्य कसैमाथि विश्वास नगर ।” (हे सन्देष्टा ! तिनीहरूलाई) भन– “वास्तवमा मार्गदर्शन केवल अल्लाहको मार्गदर्शन हो ।” (यहूदीहरू परस्पर यो पनि भन्छन्–) “कदाचित यस्तो नहोस् कि तिमीहरूलाई प्राप्त चिज अरू कसैलाई प्राप्त होओस् वा उनीहरूले तिमीहरूविरुद्ध तिम्रा पालनकर्तासमक्ष पेश गर्नको लागि ठोस प्रमाण फेला पारून् ।” भनिदेऊ– “कृपा त अल्लाहको हातमा रहेको छ । उनले जसलाई चाहन्छन् उसलाई प्रदान गर्दछन् । र, अल्लाह ब्यापक एवं सर्वज्ञ छन् ।
يَخۡتَصُّ بِرَحۡمَتِهِۦ مَن يَشَآءُۗ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
Open ayah 3:74उनले जसलाई चाहन्छन् आफ्नो दयाकोनिम्ति चयन गर्छन् र अल्लाह महान् अनुकम्पावाला छन् ।
۞وَمِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مَنۡ إِن تَأۡمَنۡهُ بِقِنطَارٖ يُؤَدِّهِۦٓ إِلَيۡكَ وَمِنۡهُم مَّنۡ إِن تَأۡمَنۡهُ بِدِينَارٖ لَّا يُؤَدِّهِۦٓ إِلَيۡكَ إِلَّا مَا دُمۡتَ عَلَيۡهِ قَآئِمٗاۗ ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لَيۡسَ عَلَيۡنَا فِي ٱلۡأُمِّيِّـۧنَ سَبِيلٞ وَيَقُولُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُمۡ يَعۡلَمُونَ
Open ayah 3:75र, अह्ले किताबमध्ये कोही यस्ता छन् जसमाथि तिमीले भरोसा गरेर धन–सम्पत्तीको थुप्रो नासोस्वरूप दियौ भने तिनीहरूले तिमीलाई फर्काउने छन् तर तिनीहरूमध्ये यस्ता मानिसहरू पनि छन् जसलाई एक दीनार मात्र नासोस्वरूप दियौ भने पनि तिमी तिनीहरूका सामु डटेर खडा नहोउञ्जेल तिनीहरूले फर्काउने छैनन् । तिनीहरूको यस अनैतिकताको कारण यो हो कि तिनीहरू भन्छन्– “उम्मी (गैर–यहूदीहरू) बारेमा हामीहरूलाई कुनै पकड हुने छैन ।” र, तिनीहरू जानिबुझीकन अल्लाहबारे झुठो कुराहरू गर्छन् ।
بَلَىٰۚ مَنۡ أَوۡفَىٰ بِعَهۡدِهِۦ وَٱتَّقَىٰ فَإِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ
Open ayah 3:76आखिर किन तिनीहरूलाई पकड हुनेछैन ? जसले अल्लाहसँग गरेको वाचा पूरा गर्नेछ र कुकर्मबाट बच्नेछ त्यो नै अल्लाहको प्रिय हुनेछ । अल्लाह ईशभय राख्नेहरूलाई प्रेम गर्दछन् ।
إِنَّ ٱلَّذِينَ يَشۡتَرُونَ بِعَهۡدِ ٱللَّهِ وَأَيۡمَٰنِهِمۡ ثَمَنٗا قَلِيلًا أُوْلَٰٓئِكَ لَا خَلَٰقَ لَهُمۡ فِي ٱلۡأٓخِرَةِ وَلَا يُكَلِّمُهُمُ ٱللَّهُ وَلَا يَنظُرُ إِلَيۡهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَلَا يُزَكِّيهِمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 3:77जुन मानिसहरू अल्लाहसँग गरिएको वाचा एवं आफ्ना कसमहरू तुच्छ दाममा बेच्छन् तिनीहरूका निम्ति आखिरत (परलोक) मा कुनै अंश छैन र महाप्रलयको दिन अल्लाह न तिनीहरूसँग कुरा गर्नेछन् न तिनीहरूतर्फ दृष्टि लगाउनेछन् र न तिनीहरूलाई शुद्धता नै प्रदान गर्नेछन् । तिनीहरूका लागि दुखद यातना रहेको छ ।
وَإِنَّ مِنۡهُمۡ لَفَرِيقٗا يَلۡوُۥنَ أَلۡسِنَتَهُم بِٱلۡكِتَٰبِ لِتَحۡسَبُوهُ مِنَ ٱلۡكِتَٰبِ وَمَا هُوَ مِنَ ٱلۡكِتَٰبِ وَيَقُولُونَ هُوَ مِنۡ عِندِ ٱللَّهِ وَمَا هُوَ مِنۡ عِندِ ٱللَّهِۖ وَيَقُولُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُمۡ يَعۡلَمُونَ
Open ayah 3:78र तिनीहरूमध्ये एउटा समूह यस्ता मानिसहरूको पनि छ जो ईशग्रन्थ पढ्दा आफ्ना जिब्राहरूलाई लटपटाएर पढ्छन् ताकि त्यसलाई तिमीहरूले ग्रन्थको अंश ठान जबकि त्यो ग्रन्थको अंश भने होइन र तिनीहरू यो अल्लाहको तर्फबाट हो भन्छन् जबकि त्यो अल्लाहको तर्फबाट होइन र (यसरी) तिनीहरू जानी जानी अल्लाहबारे झुठो कुरा बोल्छन् ।
مَا كَانَ لِبَشَرٍ أَن يُؤۡتِيَهُ ٱللَّهُ ٱلۡكِتَٰبَ وَٱلۡحُكۡمَ وَٱلنُّبُوَّةَ ثُمَّ يَقُولَ لِلنَّاسِ كُونُواْ عِبَادٗا لِّي مِن دُونِ ٱللَّهِ وَلَٰكِن كُونُواْ رَبَّٰنِيِّـۧنَ بِمَا كُنتُمۡ تُعَلِّمُونَ ٱلۡكِتَٰبَ وَبِمَا كُنتُمۡ تَدۡرُسُونَ
Open ayah 3:79कुनै व्यक्तिको लागि यो शोभनीय हुँदैन कि उसलाई अल्लाहका तर्फबाट ग्रन्थ, तत्वदर्शिता एवं इशदूतत्व प्राप्त भएपछि ऊ मानिसहरूसँग अल्लाहलाई छोडी आफ्नो उपासक बन्न भनोस् बरु त्यस व्यक्तिले त मानिसहरूसँग तिमीहरू सच्चा ‘रब्बानी’ (प्रभुसेवक) बन पो भन्नुपर्छ जस्तो कि यस ग्रन्थको शिक्षा हो जुन तिमीहरू स्वयं पढ्छौ र पढाउँछौ ।
وَلَا يَأۡمُرَكُمۡ أَن تَتَّخِذُواْ ٱلۡمَلَٰٓئِكَةَ وَٱلنَّبِيِّـۧنَ أَرۡبَابًاۚ أَيَأۡمُرُكُم بِٱلۡكُفۡرِ بَعۡدَ إِذۡ أَنتُم مُّسۡلِمُونَ
Open ayah 3:80र, त्यस व्यक्तिले तिमीहरूलाई फरिश्ताहरू तथा नबीहरूलाई ‘रब’ बनाऊ भनेर कदापि भन्ने छैनन् । के (एक नबीले) तिमीहरूलाई आज्ञाकारी भएपछि कुफ्र गर्ने आदेश दिन सक्छन् भन्ने कुरा सम्भव छ ?
وَإِذۡ أَخَذَ ٱللَّهُ مِيثَٰقَ ٱلنَّبِيِّـۧنَ لَمَآ ءَاتَيۡتُكُم مِّن كِتَٰبٖ وَحِكۡمَةٖ ثُمَّ جَآءَكُمۡ رَسُولٞ مُّصَدِّقٞ لِّمَا مَعَكُمۡ لَتُؤۡمِنُنَّ بِهِۦ وَلَتَنصُرُنَّهُۥۚ قَالَ ءَأَقۡرَرۡتُمۡ وَأَخَذۡتُمۡ عَلَىٰ ذَٰلِكُمۡ إِصۡرِيۖ قَالُوٓاْ أَقۡرَرۡنَاۚ قَالَ فَٱشۡهَدُواْ وَأَنَا۠ مَعَكُم مِّنَ ٱلشَّٰهِدِينَ
Open ayah 3:81र स्मरण गर, अल्लाहले सन्देष्टाहरूलाई वाचा गराएका थिए– ”मैले तिमीहरूलाई ग्रन्थ एवं तत्वदर्शीता प्रदान गरेपछि यदि तिमीसमक्ष अर्को रसूल आएर तिमीसामु रहेको (शिक्षाको) पुष्टि गर्छन् भने तिमीहरू अवश्य उनीमाथि ईमान ल्याउनू र अवश्य उनलाई सहयोग गर्नू ।” अल्लाहले सोधे– “के तिमीहरूले यस कुरालाई स्वीकार गर्यौ ? र, के यस सम्बन्धमा मैले लिएको वचनको महत्वपुर्ण जिम्मेवारी वहन गर्छौ ?” नबीहरूले भने– “हामीले स्वीकार गर्यौं ।” अल्लाहले भने– “त्यसो भए तिमीहरू साक्षी बस र म पनि तिमीहरूकासाथ साक्षी बस्नेछु ।”
فَمَن تَوَلَّىٰ بَعۡدَ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ
Open ayah 3:82यसपछि जो आफ्नो प्रतिज्ञाबाट विमुख हुन्छन् तिनीहरू नै अवज्ञाकारी हुन् ।
أَفَغَيۡرَ دِينِ ٱللَّهِ يَبۡغُونَ وَلَهُۥٓ أَسۡلَمَ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ طَوۡعٗا وَكَرۡهٗا وَإِلَيۡهِ يُرۡجَعُونَ
Open ayah 3:83के तिनीहरु अल्लाहको धर्मलाई छोडी कुनै अन्य धर्मको चाहना गर्छन् त ? आकाश एवं पृथ्वीमा रहेका सम्पूर्ण वस्तुहरू इच्छापूर्वक वा अनिच्छापूर्वक अल्लाहको आज्ञाकारी छन् र सबै उनैतर्फ फर्काइने छन् ।
قُلۡ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ عَلَيۡنَا وَمَآ أُنزِلَ عَلَىٰٓ إِبۡرَٰهِيمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَمَآ أُوتِيَ مُوسَىٰ وَعِيسَىٰ وَٱلنَّبِيُّونَ مِن رَّبِّهِمۡ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ
Open ayah 3:84भनिदेऊ– “हामी अल्लाहमाथि र आफूमाथि अवतरित शिक्षामाथि, इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरित शिक्षामाथि र मूसा, ईसा एवं (अन्य) नबीहरूलार्ई उनीहरूका पालनकर्ताबाट प्रदान गरिएका कुराहरूमाथि आस्था राख्दछौं । हामी उनीहरूबीच भेदभाव गर्दैनौं । र, हामी अल्लाहकै आज्ञाकारी हौं ।”
وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينٗا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ
Open ayah 3:85र, जसले इस्लामबाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ उसको धर्म कदापि स्वीकार्य हुने छैन र ऊ आखिरतमा घाटा बेहोर्नेहरूमध्ये हुनेछ ।
كَيۡفَ يَهۡدِي ٱللَّهُ قَوۡمٗا كَفَرُواْ بَعۡدَ إِيمَٰنِهِمۡ وَشَهِدُوٓاْ أَنَّ ٱلرَّسُولَ حَقّٞ وَجَآءَهُمُ ٱلۡبَيِّنَٰتُۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 3:86ईमान ल्याएपछि कुफ्र गर्नेहरूलाई अल्लाहले कसरी मार्गदर्शन गर्छन् त जबकि रसूल (मुहम्मद) सत्य हुन् भन्ने तिनीहरू स्वयंले साक्षी दिइसकेका थिए र तिनीहरूसमक्ष स्पष्ट निशानीहरू आइसकेका छन् । अल्लाह अत्याचारी मानिसहरूलाई सत्यमार्ग देखाउँदैनन् ।
أُوْلَٰٓئِكَ جَزَآؤُهُمۡ أَنَّ عَلَيۡهِمۡ لَعۡنَةَ ٱللَّهِ وَٱلۡمَلَٰٓئِكَةِ وَٱلنَّاسِ أَجۡمَعِينَ
Open ayah 3:87यस प्रवृत्तिका मानिसहरूको बदला यही रहेको छ कि तिनीहरूमाथि अल्लाह, फरिश्ताहरू एवं सम्पूर्ण मानवजातिको अभिशाप हुनेछ ।
خَٰلِدِينَ فِيهَا لَا يُخَفَّفُ عَنۡهُمُ ٱلۡعَذَابُ وَلَا هُمۡ يُنظَرُونَ
Open ayah 3:88तिनीहरू सधैं त्यसै अवस्थामा रहनेछन्; न तिनीहरूको यातना घटाइनेछ र न तिनीहरूलाई त्यसबाट अवकाश नै दिइनेछ ।
إِلَّا ٱلَّذِينَ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
Open ayah 3:89ती व्यक्तिहरुबाहेक जसले त्यस (कुफ्र) पछि प्रायश्चित गरी आफ्नो सुधार गर्छन् । अनि निस्सन्देह अल्लाह क्षमाशील एवं दयावान छन् ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ بَعۡدَ إِيمَٰنِهِمۡ ثُمَّ ٱزۡدَادُواْ كُفۡرٗا لَّن تُقۡبَلَ تَوۡبَتُهُمۡ وَأُوْلَٰٓئِكَ هُمُ ٱلضَّآلُّونَ
Open ayah 3:90जुन मानिसहरूले ईमान ल्याएपछि कुफ्र गरे फेरि कुफ्रमै बढ़्दै गए तिनीहरूको तौबा कदापि स्वीकार गरिने छैन । वास्तवमा तिनीहरू नै पक्का पथभ्रष्ट हुन् ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَمَاتُواْ وَهُمۡ كُفَّارٞ فَلَن يُقۡبَلَ مِنۡ أَحَدِهِم مِّلۡءُ ٱلۡأَرۡضِ ذَهَبٗا وَلَوِ ٱفۡتَدَىٰ بِهِۦٓۗ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٞ وَمَا لَهُم مِّن نَّٰصِرِينَ
Open ayah 3:91जुन मानिसहरूले कुफ्र गरे र कुफ्रकै अवस्थामा मरे, तिनीहरूमध्ये कसैले आफ्नो सजायँबाट बच्न पृथ्वी बराबरको सुन टक्रयाए पनि त्यो स्वीकार गरिने छैन । यस्ता मानिसहरूका निम्ति दुःखद यातना रहेको छ । र, यिनीहरूको कुनै सहयोगी हुनेछैन
لَن تَنَالُواْ ٱلۡبِرَّ حَتَّىٰ تُنفِقُواْ مِمَّا تُحِبُّونَۚ وَمَا تُنفِقُواْ مِن شَيۡءٖ فَإِنَّ ٱللَّهَ بِهِۦ عَلِيمٞ
Open ayah 3:92तिमीहरू तबसम्म पुण्य प्राप्त गर्न सक्दैनौ जबसम्म आफ्ना प्रिय वस्तुहरूमध्येबाट खर्च गर्दैनौ । र, तिमीहरू जुन वस्तु खर्च गर्छौ अल्लाह त्यो राम्ररी जान्दछन् ।
۞كُلُّ ٱلطَّعَامِ كَانَ حِلّٗا لِّبَنِيٓ إِسۡرَٰٓءِيلَ إِلَّا مَا حَرَّمَ إِسۡرَٰٓءِيلُ عَلَىٰ نَفۡسِهِۦ مِن قَبۡلِ أَن تُنَزَّلَ ٱلتَّوۡرَىٰةُۚ قُلۡ فَأۡتُواْ بِٱلتَّوۡرَىٰةِ فَٱتۡلُوهَآ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 3:93इस्राईल (याअ्कूब) ले तौरात अवतरित गरिनुअघि आफूमाथि हराम (अवैध) ठहराएका वस्तुहरूबाहेक इस्राईलका सन्तानहरूका लागि सम्पूर्ण खाद्य–सामग्री हलाल (वैध) थिए । भनिदेऊ– “यदि तिमीहरू सच्चा हौ भने ल्याऊ तौरात र पढ त्यो ।”
فَمَنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ مِنۢ بَعۡدِ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 3:94त्यसपछि पनि जसले अल्लाहमाथि मिथ्यारोपण गर्छन् तिनीहरू नै अत्याचारी हुन् ।
قُلۡ صَدَقَ ٱللَّهُۗ فَٱتَّبِعُواْ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 3:95भनिदेऊ– “अल्लाहले नितान्त सत्य भनेका छन् । अतः तिमीहरू एकाग्रचित्त भएर इब्राहीमको तरीकाको अनुसरण गर, र उनी बहुदेववादीहरूमध्येका थिएनन् ।”
إِنَّ أَوَّلَ بَيۡتٖ وُضِعَ لِلنَّاسِ لَلَّذِي بِبَكَّةَ مُبَارَكٗا وَهُدٗى لِّلۡعَٰلَمِينَ
Open ayah 3:96निस्सन्देह पहिलो (प्रार्थना) घर जुन मानवजातिका निम्ति निर्माण गरियो त्यो त्यही हो जुन मक्कामा छ; जुन सम्पूर्ण मानवजातिका लागि सर्वमङ्गलमय एवं मार्गदर्शनको केन्द्र हो ।
فِيهِ ءَايَٰتُۢ بَيِّنَٰتٞ مَّقَامُ إِبۡرَٰهِيمَۖ وَمَن دَخَلَهُۥ كَانَ ءَامِنٗاۗ وَلِلَّهِ عَلَى ٱلنَّاسِ حِجُّ ٱلۡبَيۡتِ مَنِ ٱسۡتَطَاعَ إِلَيۡهِ سَبِيلٗاۚ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ
Open ayah 3:97यसमा स्पष्ट निशानीहरू छन्; (जस्तो कि) इब्राहीमको भक्ति–स्थल । र, जो यसमा प्रवेश गर्छ ऊ पूर्ण शान्तिमा हुन्छ । मानवजातिमाथि अल्लाहको यो हक रहेको छ कि जो त्यहाँसम्म पुग्न समर्थ छ उसले त्यस घरको हज (तीर्थ) गरोस् । र, जसले अस्वीकार गर्छ, (उसले जानोस् कि) अल्लाह संसारबासीहरूबाट निस्पृह छन् ।
قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَٱللَّهُ شَهِيدٌ عَلَىٰ مَا تَعۡمَلُونَ
Open ayah 3:98भनिदेऊ– “हे अह्ले किताब हो ! तिमीहरू किन अल्लाहका निशानीहरूलाई अस्वीकार गर्दछौ जबकि तिमीहरू जे गर्दछौ अल्लाह स्वयं त्यसमा साक्षी छन् ?”
قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لِمَ تَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ مَنۡ ءَامَنَ تَبۡغُونَهَا عِوَجٗا وَأَنتُمۡ شُهَدَآءُۗ وَمَا ٱللَّهُ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ
Open ayah 3:99भनिदेऊ– “हे अह्ले किताब हो ! तिमीहरू आस्था स्थापना गरिसकेका व्यक्तिहरूलाई अल्लाहको मार्गबाट किन रोक्छौ ? तिमीहरू यसमा त्रुटि खोज्दछौ जसको साक्षी तिमीहरू स्वयं छौ ? र, अल्लाह तिमीहरूले गरिरहेका कार्यहरूबाट अनभिज्ञ छैनन् ।”
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تُطِيعُواْ فَرِيقٗا مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ يَرُدُّوكُم بَعۡدَ إِيمَٰنِكُمۡ كَٰفِرِينَ
Open ayah 3:100हे आस्थावानहरू हो ! यदि तिमीहरू अह्ले किताबमध्येको कुनै समूहको कुरा मान्छौ भने तिमीहरूलाई तिम्रो आस्थापश्चात् फेरि कुफ्रतिर फर्काउनेछन् ।
وَكَيۡفَ تَكۡفُرُونَ وَأَنتُمۡ تُتۡلَىٰ عَلَيۡكُمۡ ءَايَٰتُ ٱللَّهِ وَفِيكُمۡ رَسُولُهُۥۗ وَمَن يَعۡتَصِم بِٱللَّهِ فَقَدۡ هُدِيَ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ
Open ayah 3:101तिमीहरू कसरी कुफ्र गर्न सक्छौ जबकि तिमीहरूलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छन् र तिमीहरूका बीच उनका रसूल उपस्थित छन् ? अल्लाहलाई दृढ़तापूर्वक अंगाल्ने व्यक्तिलाई निश्चय नै सीधामार्ग देखाइनेछ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ حَقَّ تُقَاتِهِۦ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنتُم مُّسۡلِمُونَ
Open ayah 3:102हे आस्थावानहरू हो ! जसरी अल्लाहसँग डराउनु पर्ने हो त्यसरी नै उनको भय राख । र, तिमीहरूको मृत्यु नहोस् तर मुस्लिम भएको अवस्थामा ।
وَٱعۡتَصِمُواْ بِحَبۡلِ ٱللَّهِ جَمِيعٗا وَلَا تَفَرَّقُواْۚ وَٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ كُنتُمۡ أَعۡدَآءٗ فَأَلَّفَ بَيۡنَ قُلُوبِكُمۡ فَأَصۡبَحۡتُم بِنِعۡمَتِهِۦٓ إِخۡوَٰنٗا وَكُنتُمۡ عَلَىٰ شَفَا حُفۡرَةٖ مِّنَ ٱلنَّارِ فَأَنقَذَكُم مِّنۡهَاۗ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَهۡتَدُونَ
Open ayah 3:103र, सबै मिली अल्लाहको डोरीलाई बलियोसँग समात अनि विभाजित नहोऊ । र, अल्लाहले तिमीहरूमाथि गरेको अनुकम्पालाई स्मरण गर जब तिमीहरू परस्पर शत्रु थियौ, अनि उनले तिमीहरूको मन मिलाए । तसर्थ तिमीहरू उनको कृपाले दाजुभाइ भयौ । र, तिमीहरू अग्निकुण्डको तटमा थियौ; अनि उनले तिमीहरूलाई त्यसबाट बचाए । अल्लाह यसरी तिम्रोलागि आफ्ना निशानीहरू स्पष्टरूपमा वर्णन गर्छन् ताकि तिमीहरूलाई सत्मार्ग प्राप्त होस् ।
وَلۡتَكُن مِّنكُمۡ أُمَّةٞ يَدۡعُونَ إِلَى ٱلۡخَيۡرِ وَيَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 3:104तिमीहरूमध्येबाट एउटा यस्तो समूह अवश्य हुनुपर्छ जसले भलाईतर्फ बोलाओस्, सुकर्मको आदेश देओस् र दुष्कर्मबाट रोकोस् । र, यी नै मानिसहरू सफल हुनेछन् ।
وَلَا تَكُونُواْ كَٱلَّذِينَ تَفَرَّقُواْ وَٱخۡتَلَفُواْ مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡبَيِّنَٰتُۚ وَأُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ عَظِيمٞ
Open ayah 3:105र, तिमीहरू ती व्यक्तिहरू झैं नहोऊ जो स्पष्ट निर्देशनहरूको आगमन पश्चात् विभाजित भए र मतभेदमा अल्झि रहे । यस्ता व्यक्तिहरूका लागि कठोर यातना छ ।
يَوۡمَ تَبۡيَضُّ وُجُوهٞ وَتَسۡوَدُّ وُجُوهٞۚ فَأَمَّا ٱلَّذِينَ ٱسۡوَدَّتۡ وُجُوهُهُمۡ أَكَفَرۡتُم بَعۡدَ إِيمَٰنِكُمۡ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ
Open ayah 3:106त्यो दिन केही अनुहारहरू उज्याला र केही अनुहारहरू काला हुनेछन् । र, काला मुहार भएका व्यक्तिहरूलाई सोधिनेछ– “के तिमीहरूले ईमान ल्याएपछि कुफ्र गर्यौ ? तसर्थ आफ्नो ‘कुफ्र’ को बदलामा यातनाको स्वाद चाख ।”
وَأَمَّا ٱلَّذِينَ ٱبۡيَضَّتۡ وُجُوهُهُمۡ فَفِي رَحۡمَةِ ٱللَّهِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 3:107र, उज्याला मुहार भएका व्यक्तिहरू अल्लाहको दयाको छत्रछायाँमा हुनेछन् । उनीहरू सदा त्यहीँ रहनेछन् ।
تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۗ وَمَا ٱللَّهُ يُرِيدُ ظُلۡمٗا لِّلۡعَٰلَمِينَ
Open ayah 3:108यी अल्लाहका आयतहरू हुन् जुन हामी तिमीलाई ठीकसँग पढेर सुनाउँदैछौं र अल्लाह संसारबासीहरूमाथि कुनै अत्याचार चाहँदैनन् ।
وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ
Open ayah 3:109र, अल्लाहकै हुन् आकाशहरू एवं पृथ्वीमा रहेका सम्पूर्ण वस्तुहरू र सम्पूर्ण मामिलाहरू अल्लाहकहाँ नै पेश गरिनेछन् ।
كُنتُمۡ خَيۡرَ أُمَّةٍ أُخۡرِجَتۡ لِلنَّاسِ تَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَتَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَتُؤۡمِنُونَ بِٱللَّهِۗ وَلَوۡ ءَامَنَ أَهۡلُ ٱلۡكِتَٰبِ لَكَانَ خَيۡرٗا لَّهُمۚ مِّنۡهُمُ ٱلۡمُؤۡمِنُونَ وَأَكۡثَرُهُمُ ٱلۡفَٰسِقُونَ
Open ayah 3:110तिमीहरू उत्तम समुदाय हौ जसलाई मानवजातिका निम्ति पठाइएको छ । तिमीहरू सत्कर्मको आदेश दिन्छौ; दुष्कर्मबाट रोक्छौ र अल्लाहमाथि ईमान (आस्था) राख्छौ । अह्ले किताबहरूले ईमान ल्याएको भए तिनीहरूका निम्ति राम्रो हुने थियो । तिनीहरूमध्ये केही आस्थावान छन् भने अधिकांश चाहिँ अवज्ञाकारी ।
لَن يَضُرُّوكُمۡ إِلَّآ أَذٗىۖ وَإِن يُقَٰتِلُوكُمۡ يُوَلُّوكُمُ ٱلۡأَدۡبَارَ ثُمَّ لَا يُنصَرُونَ
Open ayah 3:111सामान्य कष्ट दिनुबाहेक तिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । तिनीहरूले तिमीहरूसँग युद्ध गरे भने तिमीहरूतर्फ आफ्नो पिठ्यूँ फर्काउनेछन् । (त्यति बेला) तिनीहरूलाई कुनै सहयोग प्राप्त हुनेछैन ।
ضُرِبَتۡ عَلَيۡهِمُ ٱلذِّلَّةُ أَيۡنَ مَا ثُقِفُوٓاْ إِلَّا بِحَبۡلٖ مِّنَ ٱللَّهِ وَحَبۡلٖ مِّنَ ٱلنَّاسِ وَبَآءُو بِغَضَبٖ مِّنَ ٱللَّهِ وَضُرِبَتۡ عَلَيۡهِمُ ٱلۡمَسۡكَنَةُۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَانُواْ يَكۡفُرُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَيَقۡتُلُونَ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ
Open ayah 3:112अल्लाह वा मानिसहरूले शरण दिएको अवस्थाबाहेक जहाँसुकै रहे पनि तिनीहरू तिरस्कृत गरिए । तिनीहरू अल्लाहको प्रकोपको भागीदार भए र तिनीहरूमाथि दशा–हीनता थोपारियो । यस्तो यस कारणले भयो कि तिनीहरू अल्लाहका आदेशहरूलाई अस्वीकार गर्दथे र सन्देष्टाहरूको अनाहक हत्या गर्दथे । यो तिनीहरुले गरेको अवज्ञा एवं सीमा उल्लङ्घनको बदला हो ।
۞لَيۡسُواْ سَوَآءٗۗ مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ أُمَّةٞ قَآئِمَةٞ يَتۡلُونَ ءَايَٰتِ ٱللَّهِ ءَانَآءَ ٱلَّيۡلِ وَهُمۡ يَسۡجُدُونَ
Open ayah 3:113तिनीहरू सबै समान छैनन् । अह्ले किताबहरूमध्ये एउटा समूह (सत्मार्गमा) कायम छ । तिनीहरू रातको समयहरूमा अल्लाहका आयतहरू पाठ गर्छन् र सज्दा गर्छन्;
يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَيَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَيُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِۖ وَأُوْلَٰٓئِكَ مِنَ ٱلصَّٰلِحِينَ
Open ayah 3:114अल्लाह एवं ‘आखिरत’ को दिनमाथि ईमान राख्दछन्; सत्कर्मको आदेश दिन्छन्; दुष्कर्मबाट रोक्छन् र भलाइका कार्यहरूमा अग्रसर रहन्छन् । यिनै मानिसहरू सत्कर्मी हुन् ।
وَمَا يَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَلَن يُكۡفَرُوهُۗ وَٱللَّهُ عَلِيمُۢ بِٱلۡمُتَّقِينَ
Open ayah 3:115र, यिनीहरूले कुनै सत्कर्म गरे पनि त्यसको कहिल्यै उपेक्षा गरिने छैन । र, अल्लाह आफूसँग भय राख्नेहरूलाई राम्ररी जान्दछन् ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ لَن تُغۡنِيَ عَنۡهُمۡ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُم مِّنَ ٱللَّهِ شَيۡـٔٗاۖ وَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 3:116निस्सन्देह कुफ्र (अवज्ञा) गर्ने व्यक्तिहरूको सम्पत्ति तथा सन्तानहरूले अल्लाहको दाँजोमा तिनीहरूलाई कदापि कुनै लाभ पुर्याउन सक्दैनन् । तिनीहरू नरकबासी हुन् । तिनीहरू त्यहाँ सदासर्वदा रहनेछन् ।
مَثَلُ مَا يُنفِقُونَ فِي هَٰذِهِ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا كَمَثَلِ رِيحٖ فِيهَا صِرٌّ أَصَابَتۡ حَرۡثَ قَوۡمٖ ظَلَمُوٓاْ أَنفُسَهُمۡ فَأَهۡلَكَتۡهُۚ وَمَا ظَلَمَهُمُ ٱللَّهُ وَلَٰكِنۡ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 3:117तिनीहरू यस सांसारिक जीवनमा जेजति खर्च गर्दैछन् त्यसको उदाहरण यस्तो छ जस्तो कि बतास चल्छ जसमा अत्यन्तै चिसोपन हुन्छ र जुन स्वयंमाथि अत्याचार गर्नेहरूको खेतीमा चल्छ र त्यस (खेती) लाई नष्ट पार्छ । (यस्तो गरेर) अल्लाहले तिनीहरूमाथि अन्याय गरेनन् अपितु तिनीहरू स्वयं आफूमाथि नै अन्याय गर्दै आएका छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ بِطَانَةٗ مِّن دُونِكُمۡ لَا يَأۡلُونَكُمۡ خَبَالٗا وَدُّواْ مَا عَنِتُّمۡ قَدۡ بَدَتِ ٱلۡبَغۡضَآءُ مِنۡ أَفۡوَٰهِهِمۡ وَمَا تُخۡفِي صُدُورُهُمۡ أَكۡبَرُۚ قَدۡ بَيَّنَّا لَكُمُ ٱلۡأٓيَٰتِۖ إِن كُنتُمۡ تَعۡقِلُونَ
Open ayah 3:118हे आस्थावानहरू हो ! आफ्ना मानिसहरूबाहेक अन्य कसैलाई आफ्नो भेदी नबनाऊ । तिनीहरूले तिमीहरूलाई बरबाद पार्न कुनै कसर बाँकी राख्ने छैनन् । तिमीहरूलाई कष्ट पुर्याउने कुराहरू उनीहरूलाई मन पर्छ । तिनीहरूको शत्रुता तिनीहरूको मुखबाट प्रकट भइसकेको छ र तिनीहरुको छातिले लुकाएका द्वेष त्यो भन्दा पनि भयानक छ । यदि तिमीहरू विवेक प्रयोग गर्छौ भने हामीले तिमीहरूका निम्ति आफ्ना निशानीहरु स्पष्ट रूपमा बयान गरिदिएका छौं ।
هَٰٓأَنتُمۡ أُوْلَآءِ تُحِبُّونَهُمۡ وَلَا يُحِبُّونَكُمۡ وَتُؤۡمِنُونَ بِٱلۡكِتَٰبِ كُلِّهِۦ وَإِذَا لَقُوكُمۡ قَالُوٓاْ ءَامَنَّا وَإِذَا خَلَوۡاْ عَضُّواْ عَلَيۡكُمُ ٱلۡأَنَامِلَ مِنَ ٱلۡغَيۡظِۚ قُلۡ مُوتُواْ بِغَيۡظِكُمۡۗ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
Open ayah 3:119यो त तिमीहरू हौ जो तिनीहरूलाई प्रेम प्रकट गर्छौ, अपितु तिनीहरूले तिमीहरूलाई रूचाउँदैनन् जबकि तिमीहरू सबै ईशग्रन्थमाथि आस्था राख्दछौ । र, तिनीहरू तिमीहरूलाई भेट्दा भन्छन्– “हामी आस्था राख्छौं ।” तर अलग हुँदा तिमीहरूप्रतिको क्रोधले औंला टोक्छन् । भनिदेऊ—“तिमीहरू आफ्नो क्रोधमा आफैं मर ।” निस्सन्देह अल्लाह हृदयमा लुकेको भेदलाई पनि जान्दछन् ।
إِن تَمۡسَسۡكُمۡ حَسَنَةٞ تَسُؤۡهُمۡ وَإِن تُصِبۡكُمۡ سَيِّئَةٞ يَفۡرَحُواْ بِهَاۖ وَإِن تَصۡبِرُواْ وَتَتَّقُواْ لَا يَضُرُّكُمۡ كَيۡدُهُمۡ شَيۡـًٔاۗ إِنَّ ٱللَّهَ بِمَا يَعۡمَلُونَ مُحِيطٞ
Open ayah 3:120तिमीहरूको भलाई हुँदा तिनीहरूलाई नराम्रो लाग्छ र, तिमीहरूमाथि कुनै सङ्कट आएमा तिनीहरू आनन्दित हुन्छन् । र, तिमीहरूले धैर्य धारण गर्यौ अनि ईशभय राख्यौं भने तिनीहरूको षड्यन्त्रले तिमीहरूलाई कुनै हानि पुर्याउन सक्दैन । निश्चय नै अल्लाहले तिनीहरूले गरिरहेका सम्पूर्ण क्रियाकलापहरूलाई घेरिराखेका छन् ।
وَإِذۡ غَدَوۡتَ مِنۡ أَهۡلِكَ تُبَوِّئُ ٱلۡمُؤۡمِنِينَ مَقَٰعِدَ لِلۡقِتَالِۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
Open ayah 3:121र, (हे मुहम्मद (स.) ! त्यस क्षणलाई स्मरण गर) जब तिमी बिहानै आफ्नो घरबाट निस्केर आस्थावानहरूलाई युद्धको मोर्चामा तैनाथ गर्दै थियौ । अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
إِذۡ هَمَّت طَّآئِفَتَانِ مِنكُمۡ أَن تَفۡشَلَا وَٱللَّهُ وَلِيُّهُمَاۗ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
Open ayah 3:122जब तिमीहरूमध्ये दुई समूहले (युद्धमा भाग लिनबाट) साहस गुमाउने नियत गरे जब कि अल्लाह उनीहरूका संरक्षक मित्र थिए । र, आस्थावानहरूले केवल अल्लाहप्रति नै भरोसा राख्नुपर्दछ ।
وَلَقَدۡ نَصَرَكُمُ ٱللَّهُ بِبَدۡرٖ وَأَنتُمۡ أَذِلَّةٞۖ فَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 3:123र, ‘बद्र’ मा जब तिमीहरू अति कमजोर थियौ, अल्लाहले तिमीहरूलाई सहायता गरे । अतः अल्लाहसँग डराऊ । आशा छ कि तिमीहरू कृतज्ञ हुनेछौ ।
إِذۡ تَقُولُ لِلۡمُؤۡمِنِينَ أَلَن يَكۡفِيَكُمۡ أَن يُمِدَّكُمۡ رَبُّكُم بِثَلَٰثَةِ ءَالَٰفٖ مِّنَ ٱلۡمَلَٰٓئِكَةِ مُنزَلِينَ
Open ayah 3:124र, (स्मरण गर) जब तिमी आस्थावानहरूलाई भन्दै थियौ– “के तिमीहरूका लागि पर्याप्त छैन कि तिम्रा पालनकर्ताले तीन हजार फरिश्ताहरू अवतरित गरेर तिम्रो सहायता गरुन् ?”
بَلَىٰٓۚ إِن تَصۡبِرُواْ وَتَتَّقُواْ وَيَأۡتُوكُم مِّن فَوۡرِهِمۡ هَٰذَا يُمۡدِدۡكُمۡ رَبُّكُم بِخَمۡسَةِ ءَالَٰفٖ مِّنَ ٱلۡمَلَٰٓئِكَةِ مُسَوِّمِينَ
Open ayah 3:125निस्सन्देह, यदि तिमीहरू धैर्य धारण गर्छौ र ईशभय राख्छौ र (यसै अवस्थामा) शत्रुहरूले आक्रमण गरे भने तिम्रा पालनकर्ताले त्यसै बेला विशेष चिन्ह भएका (तीन हजार मात्र होइन) पाँच हजार फरिश्ताहरूद्वारा तिमीहरूलाई सहायता गर्नेछन् ।
وَمَا جَعَلَهُ ٱللَّهُ إِلَّا بُشۡرَىٰ لَكُمۡ وَلِتَطۡمَئِنَّ قُلُوبُكُم بِهِۦۗ وَمَا ٱلنَّصۡرُ إِلَّا مِنۡ عِندِ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ
Open ayah 3:126र, यसलाई अल्लाहले तिमीहरुको लागि शुभ–सूचना बनाए ताकि यसबाट तिमीहरूका हृदय निश्चिन्त होऊन् । र, सहायता त तिनै अल्लाहको तर्फबाट आउने गर्छ जो प्रभुत्वशाली एवम् तत्वदर्शी छन् ।
لِيَقۡطَعَ طَرَفٗا مِّنَ ٱلَّذِينَ كَفَرُوٓاْ أَوۡ يَكۡبِتَهُمۡ فَيَنقَلِبُواْ خَآئِبِينَ
Open ayah 3:127(तत्वदर्शी अल्लाहले अवश्य सहायता गर्नेछन्) ताकि कुफ्र गर्नेहरूको एउटा समूहलाई काटून् र उनीहरूलाई यस्तो अपमानजनक पराजय भोगाऊन् जसले गर्दा तिनीहरू असफल भई फर्किउन् ।
لَيۡسَ لَكَ مِنَ ٱلۡأَمۡرِ شَيۡءٌ أَوۡ يَتُوبَ عَلَيۡهِمۡ أَوۡ يُعَذِّبَهُمۡ فَإِنَّهُمۡ ظَٰلِمُونَ
Open ayah 3:128(हे सन्देष्टा !) तिमीलाई यस मामिलामा कुनै अख्तियार छैन; चाहे अल्लाहले तिनीहरूलाई माफ गरून् वा यातना दिऊन् किनभने निस्सन्देह तिनीहरू अत्याचारी हुन् ।
وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ يَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 3:129र, जेजति आकाशहरूमा छन् तथा जेजति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । उनी जसलाई चाहन्छन् क्षमा गर्छन् र जसलाई चाहन्छन् यातना दिन्छन् । र, अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَأۡكُلُواْ ٱلرِّبَوٰٓاْ أَضۡعَٰفٗا مُّضَٰعَفَةٗۖ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ
Open ayah 3:130हे आस्थावानहरू हो ! बढाई–चढाई ब्याज नखाऊ र अल्लाहको भय राख ताकि तिमीहरूलाई सफलता प्राप्त होस् ।
وَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِيٓ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ
Open ayah 3:131र, त्यस अग्निको भय राख जुन काफिरहरूका निम्ति तयार गरिएको छ ।
وَأَطِيعُواْ ٱللَّهَ وَٱلرَّسُولَ لَعَلَّكُمۡ تُرۡحَمُونَ
Open ayah 3:132र, अल्लाह एवम् ईशदूत (मुहम्मद (स.)) को आज्ञापालन गर ताकि तिमीहरूमाथि दया गरियोस् ।
۞وَسَارِعُوٓاْ إِلَىٰ مَغۡفِرَةٖ مِّن رَّبِّكُمۡ وَجَنَّةٍ عَرۡضُهَا ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ أُعِدَّتۡ لِلۡمُتَّقِينَ
Open ayah 3:133अग्रसर होऊ आफ्ना पालनकर्ताको क्षमादान एवं त्यस स्वर्गका निम्ति जुन आकाशहरू र पृथ्वी जतिकै फैलिएको छ र जुन ईशभय राख्नेहरूका निम्ति तयार पारिएको हो ।
ٱلَّذِينَ يُنفِقُونَ فِي ٱلسَّرَّآءِ وَٱلضَّرَّآءِ وَٱلۡكَٰظِمِينَ ٱلۡغَيۡظَ وَٱلۡعَافِينَ عَنِ ٱلنَّاسِۗ وَٱللَّهُ يُحِبُّ ٱلۡمُحۡسِنِينَ
Open ayah 3:134जो निर्धनता एवं सम्पन्नता सबै अवस्थामा खर्च गर्छन्; जसले क्रोधलाई दबाउँछन् र मानिसहरूलाई क्षमा गर्छन् । र, अल्लाह सुकर्मीहरूलाई मन पराउँछन् ।
وَٱلَّذِينَ إِذَا فَعَلُواْ فَٰحِشَةً أَوۡ ظَلَمُوٓاْ أَنفُسَهُمۡ ذَكَرُواْ ٱللَّهَ فَٱسۡتَغۡفَرُواْ لِذُنُوبِهِمۡ وَمَن يَغۡفِرُ ٱلذُّنُوبَ إِلَّا ٱللَّهُ وَلَمۡ يُصِرُّواْ عَلَىٰ مَا فَعَلُواْ وَهُمۡ يَعۡلَمُونَ
Open ayah 3:135र, उनीहरूले कुनै अश्लील कार्य गरेमा वा आफैंमाथि अन्याय गरेमा अल्लाहलाई स्मरण गरेर आफ्ना पापहरूका लागि क्षमायाचना गर्छन् । र, अल्लाहबाहेक कसले पापलाई क्षमा गर्न सक्छ र ? र, उनीहरू जानीजानी आफ्नो कुकर्ममा हठ गर्दैनन् ।
أُوْلَٰٓئِكَ جَزَآؤُهُم مَّغۡفِرَةٞ مِّن رَّبِّهِمۡ وَجَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَنِعۡمَ أَجۡرُ ٱلۡعَٰمِلِينَ
Open ayah 3:136यस्ता मानिसहरूको प्रतिदान उनीहरूका पालनकर्ताको तर्फबाट क्षमादान र यस्ता बगैंचाहरू हुनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदासर्वदा रहनेछन् । सत्कर्मीहरूका निम्ति यो कति राम्रो प्रतिदान हो !
قَدۡ خَلَتۡ مِن قَبۡلِكُمۡ سُنَنٞ فَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ
Open ayah 3:137तिमीहरूभन्दा पहिले धेरै उदाहरणहरू बितेका छन् तसर्थ धर्तीमा घुमफिर गरी हेर असत्य ठहर गर्नेहरूको कस्तो परिणाम भयो !
هَٰذَا بَيَانٞ لِّلنَّاسِ وَهُدٗى وَمَوۡعِظَةٞ لِّلۡمُتَّقِينَ
Open ayah 3:138यो मानवजातिका निम्ति (सत्यको) वर्णन हो र ईशभय राख्नेहरूका निम्ति मार्गदर्शन एवं उपदेश ।
وَلَا تَهِنُواْ وَلَا تَحۡزَنُواْ وَأَنتُمُ ٱلۡأَعۡلَوۡنَ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 3:139न हताश होऊ न सन्ताप नै गर । यदि तिमीहरू मोमिन हौ भने तिमीहरू नै सर्वोपरि हुनेछौ ।
إِن يَمۡسَسۡكُمۡ قَرۡحٞ فَقَدۡ مَسَّ ٱلۡقَوۡمَ قَرۡحٞ مِّثۡلُهُۥۚ وَتِلۡكَ ٱلۡأَيَّامُ نُدَاوِلُهَا بَيۡنَ ٱلنَّاسِ وَلِيَعۡلَمَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَيَتَّخِذَ مِنكُمۡ شُهَدَآءَۗ وَٱللَّهُ لَا يُحِبُّ ٱلظَّٰلِمِينَ
Open ayah 3:140यदि तिमीहरूलाई कुनै आघात पुगेको छ भने त्यस्तै आघात अरु (विरोधी) व्यक्तिहरूलाई पनि पुगिसकेको छ । र, हामी मानिसहरूबीच यी दिनहरू पालैपालो फेरिरहन्छौं । र, ताकि अल्लाहले ती मानिसहरुलाई जानुन् जो आस्था राख्छन् र तिमीहरूमध्येबाट साक्षी बनाउनु छ । र, अल्लाह अत्याचारीहरूलाई मन पराउँदैनन् ।
وَلِيُمَحِّصَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَيَمۡحَقَ ٱلۡكَٰفِرِينَ
Open ayah 3:141र, ताकि अल्लाहले मोमिनहरूलाई पृथक पारुन तथा काफिर (अवज्ञाकारी) हरूलाई नष्ट पारुन ।
أَمۡ حَسِبۡتُمۡ أَن تَدۡخُلُواْ ٱلۡجَنَّةَ وَلَمَّا يَعۡلَمِ ٱللَّهُ ٱلَّذِينَ جَٰهَدُواْ مِنكُمۡ وَيَعۡلَمَ ٱلصَّٰبِرِينَ
Open ayah 3:142के तिमीहरूले स्वर्गमा त्यसै प्रवेश पाउनेछौ भन्ने ठानेका छौ जबकि अल्लाहले तिमीहरूमध्ये जिहाद गर्नेहरू तथा धैर्यधारण गर्नेहरूलाई राम्ररी जानेकै छैनन् ।
وَلَقَدۡ كُنتُمۡ تَمَنَّوۡنَ ٱلۡمَوۡتَ مِن قَبۡلِ أَن تَلۡقَوۡهُ فَقَدۡ رَأَيۡتُمُوهُ وَأَنتُمۡ تَنظُرُونَ
Open ayah 3:143र, तिमीहरू मृत्यु आउनुअघि नै यसको कामना गर्दथ्यौ । अब त तिमीहरूले आफूसमक्ष त्यसलाई खुल्ला आँखाले देखिसक्यौ ।
وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٞ قَدۡ خَلَتۡ مِن قَبۡلِهِ ٱلرُّسُلُۚ أَفَإِيْن مَّاتَ أَوۡ قُتِلَ ٱنقَلَبۡتُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡۚ وَمَن يَنقَلِبۡ عَلَىٰ عَقِبَيۡهِ فَلَن يَضُرَّ ٱللَّهَ شَيۡـٔٗاۚ وَسَيَجۡزِي ٱللَّهُ ٱلشَّٰكِرِينَ
Open ayah 3:144र, मुहम्मद (स.) केवल रसूल हुन् । उनीभन्दा पहिले पनि रसूलहरु बितिसकेका छन् । के उनको मृत्यु भएमा वा उनको हत्या गरिएमा तिमीहरू उल्टो पाउ फर्कनेछौ ? र, जो उल्टो पाउ फर्कनेछ त्यसले कदापि अल्लाहको केही बिगार्न सक्दैन । र, अल्लाहले कृतज्ञहरूलाई प्रतिदान दिनेछन् ।
وَمَا كَانَ لِنَفۡسٍ أَن تَمُوتَ إِلَّا بِإِذۡنِ ٱللَّهِ كِتَٰبٗا مُّؤَجَّلٗاۗ وَمَن يُرِدۡ ثَوَابَ ٱلدُّنۡيَا نُؤۡتِهِۦ مِنۡهَا وَمَن يُرِدۡ ثَوَابَ ٱلۡأٓخِرَةِ نُؤۡتِهِۦ مِنۡهَاۚ وَسَنَجۡزِي ٱلشَّٰكِرِينَ
Open ayah 3:145र, अल्लाहको अनुमतिबिना कुनै प्राणी मर्न सक्दैन, (मृत्यूको) निर्धारित समय लेखिएको छ । र, जसले संसार मै प्रतिफल पाउने उद्देश्यले कार्य गर्छ हामी त्यसलाई संसार मै प्रतिफल दिनेछौं अनि जसले आखिरत (परलोक) मा प्रतिफल पाउने उद्देश्यले कार्य गर्छ हामी त्यसलाई परलोक मै प्रतिफल दिनेछौं । र, कृतज्ञहरूलाई हामी बदला दिनेछौं ।
وَكَأَيِّن مِّن نَّبِيّٖ قَٰتَلَ مَعَهُۥ رِبِّيُّونَ كَثِيرٞ فَمَا وَهَنُواْ لِمَآ أَصَابَهُمۡ فِي سَبِيلِ ٱللَّهِ وَمَا ضَعُفُواْ وَمَا ٱسۡتَكَانُواْۗ وَٱللَّهُ يُحِبُّ ٱلصَّٰبِرِينَ
Open ayah 3:146र, कतिपय यस्ता सन्देष्टाहरू बिते जोसित मिलेर धेरै धर्मनिष्ठहरूले युद्ध गरे । अनि, अल्लाहको मार्गमा उनीहरूमाथि जेजति कष्टहरू आए त्यसबाट उनीहरू न हताश भए न दुर्बलता नै देखाए र न घुँडा नै टेके । र, अल्लाह धैर्यवानहरूलाई मन पराउँछन् ।
وَمَا كَانَ قَوۡلَهُمۡ إِلَّآ أَن قَالُواْ رَبَّنَا ٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَإِسۡرَافَنَا فِيٓ أَمۡرِنَا وَثَبِّتۡ أَقۡدَامَنَا وَٱنصُرۡنَا عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ
Open ayah 3:147र उनीहरूको प्रार्थना यो मात्र थियो– “हे पालनकर्ता ! हाम्रा पाप एवं हामीले गरेका कार्यहरूमा भएका सीमा उल्लङ्घनका निम्ति क्षमा गर र हाम्रा कदमहरूलाई जमाइदेऊ, अनि काफिर (अवज्ञाकारी) समुदायहरूको विरुद्धमा हाम्रो मद्दत गर ।”
فَـَٔاتَىٰهُمُ ٱللَّهُ ثَوَابَ ٱلدُّنۡيَا وَحُسۡنَ ثَوَابِ ٱلۡأٓخِرَةِۗ وَٱللَّهُ يُحِبُّ ٱلۡمُحۡسِنِينَ
Open ayah 3:148अनि अल्लाहले उनीहरूलाई यस संसारको प्रतिफल दिए र परलोकको सर्वोत्तम प्रतिदान प्रदान गरे । र अल्लाह सुकर्मीहरूलाई प्रेम गर्दछन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تُطِيعُواْ ٱلَّذِينَ كَفَرُواْ يَرُدُّوكُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡ فَتَنقَلِبُواْ خَٰسِرِينَ
Open ayah 3:149हे आस्थावानहरू हो ! तिमीहरूले काफिरहरूको आज्ञापालन गर्यौ भने तिनीहरूले तिमीहरूलाई उल्टो पाउ फर्काउने छन् अनि तिमीहरू नोक्सान उठाउनेवाला हुनेछौ ।
بَلِ ٱللَّهُ مَوۡلَىٰكُمۡۖ وَهُوَ خَيۡرُ ٱلنَّٰصِرِينَ
Open ayah 3:150अपितु अल्लाह तिमीहरूका सहयोगी हुन् र उनी सर्वोत्तम सहयोगी हुन् ।
سَنُلۡقِي فِي قُلُوبِ ٱلَّذِينَ كَفَرُواْ ٱلرُّعۡبَ بِمَآ أَشۡرَكُواْ بِٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ سُلۡطَٰنٗاۖ وَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ وَبِئۡسَ مَثۡوَى ٱلظَّٰلِمِينَ
Open ayah 3:151हामी चाँडै नै काफिरहरूका हृदयमा रवाफ हाल्नेछौं किनभने तिनीहरूले यस्ता चिजहरूलाई अल्लाहको साझेदार बनाएका छन् जसको कुनै प्रमाण अल्लाहले अवतरण गरेका छैनन् र तिनीहरूको बासस्थान नरक हो । कति नराम्रो छ अत्याचारीहरूको बासस्थान !
وَلَقَدۡ صَدَقَكُمُ ٱللَّهُ وَعۡدَهُۥٓ إِذۡ تَحُسُّونَهُم بِإِذۡنِهِۦۖ حَتَّىٰٓ إِذَا فَشِلۡتُمۡ وَتَنَٰزَعۡتُمۡ فِي ٱلۡأَمۡرِ وَعَصَيۡتُم مِّنۢ بَعۡدِ مَآ أَرَىٰكُم مَّا تُحِبُّونَۚ مِنكُم مَّن يُرِيدُ ٱلدُّنۡيَا وَمِنكُم مَّن يُرِيدُ ٱلۡأٓخِرَةَۚ ثُمَّ صَرَفَكُمۡ عَنۡهُمۡ لِيَبۡتَلِيَكُمۡۖ وَلَقَدۡ عَفَا عَنكُمۡۗ وَٱللَّهُ ذُو فَضۡلٍ عَلَى ٱلۡمُؤۡمِنِينَ
Open ayah 3:152र, त्यतिबेला अल्लाहले तिमीहरूसँग गरेको आफ्नो वचन पूरा गरे जब उनको आदेशमा तिमीहरूले तिनीहरूको हत्या गर्दैथियौ; यहाँसम्म कि तिमीहरूले साहस गुमायौ र (दिइएको) आदेशमा आपसमा मतभेद गर्यौ र अल्लाहले तिमीहरूलाई तिमीहरूले चाहेको (युद्धबाट प्राप्त) चिज देखाएपछि तिमीहरूले अवज्ञा गर्यौ; तिमीहरूमध्ये कोही यो संसार चाहन्छ र कोही परलोकको अभिलाषि छ । तब तिमीहरूको परीक्षाका निम्ति अल्लाहले तिमीहरूलाई तिनीहरूबाट बिमुख (परास्त) गरे । अनि तिमीहरूलाई क्षमा पनि गरे । अल्लाह आस्थावानहरूप्रति अति कृपालु छन् ।
۞إِذۡ تُصۡعِدُونَ وَلَا تَلۡوُۥنَ عَلَىٰٓ أَحَدٖ وَٱلرَّسُولُ يَدۡعُوكُمۡ فِيٓ أُخۡرَىٰكُمۡ فَأَثَٰبَكُمۡ غَمَّۢا بِغَمّٖ لِّكَيۡلَا تَحۡزَنُواْ عَلَىٰ مَا فَاتَكُمۡ وَلَا مَآ أَصَٰبَكُمۡۗ وَٱللَّهُ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ
Open ayah 3:153र, (त्यस समयको स्मरण गर) जब तिमीहरू कसैलाई हेर्दै नहेरी छिटो–छिटो उक्लिरहेका थियौ जब कि अल्लाहका रसूल पछाडिबाट तिमीहरूलाई बोलाउँदै थिए । अनि तिमीहरूबाट गुमेका चिजहरूले गर्दा र तिमीहरूमाथि आइपरेका बिपतले गर्दा तिमीहरू शोकाकुल नहोऊ भनेर अल्लाहले तिमीहरूलाई दुःख माथि दुःख दिए । र तिमीहरूको प्रत्येक कार्यबाट अल्लाह अवगत छन् ।
ثُمَّ أَنزَلَ عَلَيۡكُم مِّنۢ بَعۡدِ ٱلۡغَمِّ أَمَنَةٗ نُّعَاسٗا يَغۡشَىٰ طَآئِفَةٗ مِّنكُمۡۖ وَطَآئِفَةٞ قَدۡ أَهَمَّتۡهُمۡ أَنفُسُهُمۡ يَظُنُّونَ بِٱللَّهِ غَيۡرَ ٱلۡحَقِّ ظَنَّ ٱلۡجَٰهِلِيَّةِۖ يَقُولُونَ هَل لَّنَا مِنَ ٱلۡأَمۡرِ مِن شَيۡءٖۗ قُلۡ إِنَّ ٱلۡأَمۡرَ كُلَّهُۥ لِلَّهِۗ يُخۡفُونَ فِيٓ أَنفُسِهِم مَّا لَا يُبۡدُونَ لَكَۖ يَقُولُونَ لَوۡ كَانَ لَنَا مِنَ ٱلۡأَمۡرِ شَيۡءٞ مَّا قُتِلۡنَا هَٰهُنَاۗ قُل لَّوۡ كُنتُمۡ فِي بُيُوتِكُمۡ لَبَرَزَ ٱلَّذِينَ كُتِبَ عَلَيۡهِمُ ٱلۡقَتۡلُ إِلَىٰ مَضَاجِعِهِمۡۖ وَلِيَبۡتَلِيَ ٱللَّهُ مَا فِي صُدُورِكُمۡ وَلِيُمَحِّصَ مَا فِي قُلُوبِكُمۡۚ وَٱللَّهُ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
Open ayah 3:154अनि अल्लाहले त्यस दुःखपश्चात् तिमीहरूमध्ये एउटा समूहलाई निश्चिन्तता प्रदान गरे जसले गर्दा उनीहरू लट्ठ परे । तर आफ्नो ज्यानको चिन्ता भएको अर्को समूह अल्लाहको बारेमा विभिन्न किसिमका असत्य, अज्ञानतापूर्ण अनुमानहरू गर्न थाल्यो र भन्न थाल्यो– “यस कार्यसञ्चालनमा हाम्रो पनि केही अधिकार छ र ?” भनिदेऊ– “सम्पूर्ण अधिकार अल्लाहसँग छ ।” वास्तवमा त्यो समूहले आफ्नो हृदयमा जुन कुराहरू लुकाइ राखेको छ त्यो तिमीहरूसमक्ष प्रकट गर्ने छैन । त्यो समूह आपसमा कुरा गर्दा भन्दछ– “यदि यस अधिकारमा हाम्रो पनि केही अंश भएको भए हामी यहाँ मारिने थिएनौं ।” भनिदेऊ– “तिमीहरू आ–आफ्नो घरभित्रै भए पनि ज–जसको मृत्यु निर्धारित थियो तिनीहरू आ–आफ्नो मृत्युस्थलतर्फ पुग्ने थिए ।” (यस्तो यस कारणले गरियो कि) जेजति तिमीहरूको मनमा छ अल्लाहले त्यसको जाँच गरून् र जेजति तिमीहरूको हृदयमा छ त्यसलाई शुद्ध पारून् । र, अल्लाह मनका कुराहरू राम्ररी जान्दछन् ।
إِنَّ ٱلَّذِينَ تَوَلَّوۡاْ مِنكُمۡ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِ إِنَّمَا ٱسۡتَزَلَّهُمُ ٱلشَّيۡطَٰنُ بِبَعۡضِ مَا كَسَبُواْۖ وَلَقَدۡ عَفَا ٱللَّهُ عَنۡهُمۡۗ إِنَّ ٱللَّهَ غَفُورٌ حَلِيمٞ
Open ayah 3:155तिमीहरूमध्ये जुन मानिसहरूले युद्धरत दुई दल भेट हुने दिनमा पिठ्यूँ फर्काए, वास्तवमा तिनीहरूका केही कमजोरीहरूका कारण शैतानले तिनीहरुलाई पछाडि फर्काएको थियो । अल्लाहले उनीहरूलाई क्षमा प्रदान गरे । निस्सन्देह अल्लाह अति क्षमाशील एवं सहिष्णु छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَكُونُواْ كَٱلَّذِينَ كَفَرُواْ وَقَالُواْ لِإِخۡوَٰنِهِمۡ إِذَا ضَرَبُواْ فِي ٱلۡأَرۡضِ أَوۡ كَانُواْ غُزّٗى لَّوۡ كَانُواْ عِندَنَا مَا مَاتُواْ وَمَا قُتِلُواْ لِيَجۡعَلَ ٱللَّهُ ذَٰلِكَ حَسۡرَةٗ فِي قُلُوبِهِمۡۗ وَٱللَّهُ يُحۡيِۦ وَيُمِيتُۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 3:156हे आस्थावानहरू हो ! ती कुफ्र (अवज्ञा) गर्नेहरू झैं नबन जसले यात्रा वा युद्धको उद्देश्यले निस्केका आफ्ना साथीभाइहरूको बारेमा भने– “यदि उनीहरू हामीसँग रहेका भए न मर्ने थिए न मारिने थिए ।” ताकि अल्लाहले यस किसिमको कुरालाई तिनीहरूको मनमा पश्चात्तापको कारण बनाऊन् । वास्तवमा अल्लाह नै जीवन प्रदान गर्छन् अनि मृत्यु दिन्छन् । र, तिमीहरू जे गर्छौ त्यो अल्लाहले देखिरहेका छन् ।
وَلَئِن قُتِلۡتُمۡ فِي سَبِيلِ ٱللَّهِ أَوۡ مُتُّمۡ لَمَغۡفِرَةٞ مِّنَ ٱللَّهِ وَرَحۡمَةٌ خَيۡرٞ مِّمَّا يَجۡمَعُونَ
Open ayah 3:157र, तिमीहरू अल्लाहको मार्गमा मारियौ वा मर्यौ भने तिनीहरूले जे जम्मा गरिरहेका छन् त्यसको तुलनामा अल्लाहको क्षमादान एवं कृपादृष्टि उत्तम छ ।
وَلَئِن مُّتُّمۡ أَوۡ قُتِلۡتُمۡ لَإِلَى ٱللَّهِ تُحۡشَرُونَ
Open ayah 3:158र, तिमीहरू मर वा तिमीहरूलाई मारियोस्, (दुबै अवस्थामा) तिमीहरूलाई एकत्रित गरी अल्लाहकहाँ नै लगिनेछ ।
فَبِمَا رَحۡمَةٖ مِّنَ ٱللَّهِ لِنتَ لَهُمۡۖ وَلَوۡ كُنتَ فَظًّا غَلِيظَ ٱلۡقَلۡبِ لَٱنفَضُّواْ مِنۡ حَوۡلِكَۖ فَٱعۡفُ عَنۡهُمۡ وَٱسۡتَغۡفِرۡ لَهُمۡ وَشَاوِرۡهُمۡ فِي ٱلۡأَمۡرِۖ فَإِذَا عَزَمۡتَ فَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَوَكِّلِينَ
Open ayah 3:159(हे मुहम्मद (स.)!) तिमी अल्लाहको कृपाले नै उनीहरूप्रति उदार रहेका छौ । यदि तिमी क्रुर एवं कठोर हृदयी भएको भए यिनीहरू तिम्रो वरिपरिबाट तितरवितर हुने थिए । यिनीहरूलाई माफि देऊ; यिनीहरूका लागि क्षमायाचना गर र काममा यिनीहरूसित सल्लाह लिने गर । र, जब तिमी कुनै कार्यको दृढ़ सङ्कल्प गर्दछौ तब अल्लाहमाथि भरोसा गर । निस्सन्देह अल्लाह भरोसा गर्नेहरूलाई मन पराउँछन् ।
إِن يَنصُرۡكُمُ ٱللَّهُ فَلَا غَالِبَ لَكُمۡۖ وَإِن يَخۡذُلۡكُمۡ فَمَن ذَا ٱلَّذِي يَنصُرُكُم مِّنۢ بَعۡدِهِۦۗ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
Open ayah 3:160अल्लाहले तिम्रो सहायता गरेमा कसैले पनि तिमीमाथि प्रभुत्व प्राप्त गर्न सक्दैन; र उनले तिमीलाई असहाय छोडेमा उनी बाहेक तिमीलाई सहयोग गर्ने को छ र ? आस्थावानहरूले केवल अल्लाहप्रति भरोसा राख्नुपर्दछ ।
وَمَا كَانَ لِنَبِيٍّ أَن يَغُلَّۚ وَمَن يَغۡلُلۡ يَأۡتِ بِمَا غَلَّ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ ثُمَّ تُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ
Open ayah 3:161र, कुनै पनि सन्देष्टाले बेइमानी गर्नु सम्भव छैन । अनि, जसले बेइमानी गर्छ त्यो बेइमानीकासाथ महाप्रलयको दिन (अल्लाहसमक्ष) हाजिर हुनेछ । अनि प्रत्येक व्यक्तिलाई उसको आर्जनको प्रतिदान पूर्णरूपमा प्रदान गरिनेछ र उनीहरूमाथि कुनै अन्याय गरिने छैन ।
أَفَمَنِ ٱتَّبَعَ رِضۡوَٰنَ ٱللَّهِ كَمَنۢ بَآءَ بِسَخَطٖ مِّنَ ٱللَّهِ وَمَأۡوَىٰهُ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 3:162के अल्लाहको चाहना मुताबिक कार्य गर्ने व्यक्ति अल्लाहको आक्रोश बोकी फर्कने व्यक्ति सरह हुन सक्छ ? र उसको बासस्थान नरक हो, अनि कति निकृष्ट स्थान छ त्यो !
هُمۡ دَرَجَٰتٌ عِندَ ٱللَّهِۗ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ
Open ayah 3:163ती मानिसहरूका लागि अल्लाहकहाँ बेग्लाबेग्लै दर्जा रहेका छन् । र, अल्लाह तिनीहरूले गरिरहेका सबै कार्यहरू देखिरहेका छन् ।
لَقَدۡ مَنَّ ٱللَّهُ عَلَى ٱلۡمُؤۡمِنِينَ إِذۡ بَعَثَ فِيهِمۡ رَسُولٗا مِّنۡ أَنفُسِهِمۡ يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِهِۦ وَيُزَكِّيهِمۡ وَيُعَلِّمُهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَإِن كَانُواْ مِن قَبۡلُ لَفِي ضَلَٰلٖ مُّبِينٍ
Open ayah 3:164निस्सन्देह अल्लाहले आस्थावानहरूमाथि ठूलो उपकार गरे जब उनीहरूमाझ उनीहरूमध्येबाटै एउटा यस्तो रसूल पठाए जो उनीहरूलाई अल्लाहका आयतहरू पढेर सुनाउँछन; उनीहरूलाई शुद्ध पार्छन् र उनीहरूलाई ईशग्रन्थ एवं तत्वदर्शिताको शिक्षा दिन्छन् । यथार्थमा तिनीहरू यसअघि स्पष्ट पथभ्रष्टतामा थिए ।
أَوَلَمَّآ أَصَٰبَتۡكُم مُّصِيبَةٞ قَدۡ أَصَبۡتُم مِّثۡلَيۡهَا قُلۡتُمۡ أَنَّىٰ هَٰذَاۖ قُلۡ هُوَ مِنۡ عِندِ أَنفُسِكُمۡۗ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 3:165तिमीहरूमाथि कष्ट पुग्दा यो कहाँबाट आयो भन्छौ जबकि यसको दुईगुना कष्ट तिमीहरूले (बद्रको युद्धमा शत्रुहरूलाई) पुर्याइसकेका छौ । भनिदेऊ— “यो तिमीहरू कै तर्फबाट आएको हो ।” निस्सन्देह अल्लाह हरेक चिजको सामर्थ्य राख्दछन् ।
وَمَآ أَصَٰبَكُمۡ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِ فَبِإِذۡنِ ٱللَّهِ وَلِيَعۡلَمَ ٱلۡمُؤۡمِنِينَ
Open ayah 3:166दुई समूहबीच मुठभेड भएको दिन तिमीहरूको जुन नोक्सानी भयो त्यो अल्लाहकै अनुमतिले भयो र (यस युद्धको उद्देश्य यो थियो कि) आस्थावानहरू को हुन् भनी अल्लाहले पत्ता लगाऊन् ।
وَلِيَعۡلَمَ ٱلَّذِينَ نَافَقُواْۚ وَقِيلَ لَهُمۡ تَعَالَوۡاْ قَٰتِلُواْ فِي سَبِيلِ ٱللَّهِ أَوِ ٱدۡفَعُواْۖ قَالُواْ لَوۡ نَعۡلَمُ قِتَالٗا لَّٱتَّبَعۡنَٰكُمۡۗ هُمۡ لِلۡكُفۡرِ يَوۡمَئِذٍ أَقۡرَبُ مِنۡهُمۡ لِلۡإِيمَٰنِۚ يَقُولُونَ بِأَفۡوَٰهِهِم مَّا لَيۡسَ فِي قُلُوبِهِمۡۚ وَٱللَّهُ أَعۡلَمُ بِمَا يَكۡتُمُونَ
Open ayah 3:167तथा (यो पनि कि) उनले मुनाफिकहरू को हुन् भनी पत्ता लगाऊन् । र, जब तिनीहरूलाई भनियो– “आऊ, अल्लाहको मार्गमा युद्ध गर वा प्रतिरोध गर ।” तब तिनीहरूले भने– “हामीलाई युद्ध हुने कुराको जानकारी भएको भए हामी अवश्य तिमीहरूसँग हुने थियौं ।” त्यस दिन तिनीहरू ईमानको अनुपातमा कुफ्रसँग बढी निकट थिए । तिनीहरू मुखले मनमा नभएका कुराहरू गर्थे । र, अल्लाह तिनीहरूले मनमा लुकाएका कुराहरू राम्ररी जान्दछन् ।
ٱلَّذِينَ قَالُواْ لِإِخۡوَٰنِهِمۡ وَقَعَدُواْ لَوۡ أَطَاعُونَا مَا قُتِلُواْۗ قُلۡ فَٱدۡرَءُواْ عَنۡ أَنفُسِكُمُ ٱلۡمَوۡتَ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 3:168यी तिनै हुन् जो स्वयं बसिरहे अनि आफ्ना दाजुभाइहरूलाई भने– “यदि उनीहरूले हाम्रो कुरा सुनेका भए उनीहरू मारिने थिएनन् ।” भनिदेऊ– “यदि तिमीहरू सच्चा हौ भने स्वयंलाई मृत्युबाट बचाऊ ।”
وَلَا تَحۡسَبَنَّ ٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ أَمۡوَٰتَۢاۚ بَلۡ أَحۡيَآءٌ عِندَ رَبِّهِمۡ يُرۡزَقُونَ
Open ayah 3:169अल्लाहको मार्गमा मारिएकाहरूलाई मृत नठान । बरु उनीहरू जीवित छन्; आफ्ना पालनकर्ताकहाँ भरणपोषण पाइरहेका छन् ।
فَرِحِينَ بِمَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦ وَيَسۡتَبۡشِرُونَ بِٱلَّذِينَ لَمۡ يَلۡحَقُواْ بِهِم مِّنۡ خَلۡفِهِمۡ أَلَّا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 3:170उनी (शहीद) हरू अल्लाहले प्रदान गरेका उदार अनुग्रहमा आनन्दित एवं प्रसन्न छन् । र, उनीहरूभन्दापछि रहेकाहरू बारे शहीदहरूलाई शुभ सूचना प्राप्त भइरहन्छ कि उनीहरूका लागि पनि कुनै डर एवं चिन्ताको कुरो छैन ।
۞يَسۡتَبۡشِرُونَ بِنِعۡمَةٖ مِّنَ ٱللَّهِ وَفَضۡلٖ وَأَنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُؤۡمِنِينَ
Open ayah 3:171उनीहरू अल्लाहको कृपा एवं अनुग्रहमा रमाइरहेका छन् र निश्चय नै अल्लाह आस्थावानहरूको प्रतिदान खेर फाल्दैनन्;
ٱلَّذِينَ ٱسۡتَجَابُواْ لِلَّهِ وَٱلرَّسُولِ مِنۢ بَعۡدِ مَآ أَصَابَهُمُ ٱلۡقَرۡحُۚ لِلَّذِينَ أَحۡسَنُواْ مِنۡهُمۡ وَٱتَّقَوۡاْ أَجۡرٌ عَظِيمٌ
Open ayah 3:172ती व्यक्तिहरू जो घाइते भएर पनि अल्लाह एवं रसूलको आह्वान स्वीकार गरे, तिनीहरूमध्ये जसले सत्कर्म गरे एवं ईशभय राखे तिनीहरूका निम्ति ठूलो प्रतिदान रहेको छ ।
ٱلَّذِينَ قَالَ لَهُمُ ٱلنَّاسُ إِنَّ ٱلنَّاسَ قَدۡ جَمَعُواْ لَكُمۡ فَٱخۡشَوۡهُمۡ فَزَادَهُمۡ إِيمَٰنٗا وَقَالُواْ حَسۡبُنَا ٱللَّهُ وَنِعۡمَ ٱلۡوَكِيلُ
Open ayah 3:173यी ती व्यक्तिहरू हुन् जसलाई मानिसहरूले भने– “शत्रुको ठूलो समूह तिमीहरूविरुद्ध एकत्रित भएको छ; तिनीहरूसँग डराऊ,” तब उनीहरूको ईमान झन् बढेर गयो र उनीहरूले भने– “हाम्रोलागि अल्लाह नै पर्याप्त छन् र उनी नै सबभन्दा राम्रो कार्यसाधक हुन् ।”
فَٱنقَلَبُواْ بِنِعۡمَةٖ مِّنَ ٱللَّهِ وَفَضۡلٖ لَّمۡ يَمۡسَسۡهُمۡ سُوٓءٞ وَٱتَّبَعُواْ رِضۡوَٰنَ ٱللَّهِۗ وَٱللَّهُ ذُو فَضۡلٍ عَظِيمٍ
Open ayah 3:174अनि उनीहरू अल्लाहको कृपा एवं वैभवका साथ फर्के र उनीहरूलाई कुनै हानि–नोक्सानीले पनि छोएन । र, उनीहरूले अल्लाहको चाहना पनि अनुसरण गरे । र, अल्लाह अति अनुग्रही छन् ।
إِنَّمَا ذَٰلِكُمُ ٱلشَّيۡطَٰنُ يُخَوِّفُ أَوۡلِيَآءَهُۥ فَلَا تَخَافُوهُمۡ وَخَافُونِ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 3:175त्यो शैतान हो जसले आफ्ना सहयोगी मित्रहरूद्वारा तर्साउँछ । अतः यदि तिमीहरू आस्थावान हौ भने तिनीहरूसँग नडराऊ; केवल मसँग डराऊ ।
وَلَا يَحۡزُنكَ ٱلَّذِينَ يُسَٰرِعُونَ فِي ٱلۡكُفۡرِۚ إِنَّهُمۡ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗاۚ يُرِيدُ ٱللَّهُ أَلَّا يَجۡعَلَ لَهُمۡ حَظّٗا فِي ٱلۡأٓخِرَةِۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٌ
Open ayah 3:176जुन मानिसहरू कुफ्रमा सक्रियता देखाउँदैछन् तिनीहरू तिमीलाई चिन्तित नबनाउन । तिनीहरूले अल्लाहको केही पनि बिगार्न सक्दैनन् । अल्लाह तिनीहरूका लागि परलोकमा कुनै अंश राख्न चाहँदैनन् । र, तिनीहरूका लागि ठूलो यातना छ ।
إِنَّ ٱلَّذِينَ ٱشۡتَرَوُاْ ٱلۡكُفۡرَ بِٱلۡإِيمَٰنِ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗاۖ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 3:177जसले ईमानको सट्टामा कुफ्र खरिद गरे तिनीहरूले अल्लाहलाई कुनै पनि हानि पुर्याउन सक्दैनन् । र, तिनीहरूका लागि पीडादायक यातना छ ।
وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّمَا نُمۡلِي لَهُمۡ خَيۡرٞ لِّأَنفُسِهِمۡۚ إِنَّمَا نُمۡلِي لَهُمۡ لِيَزۡدَادُوٓاْ إِثۡمٗاۖ وَلَهُمۡ عَذَابٞ مُّهِينٞ
Open ayah 3:178र हामीले दिएको छुटलाई अवज्ञाकारीहरूले आफ्नो लागि कदापि उत्तम नठानून् । हामी त उनीहरूलाई यस कारणले छुट दिइरहेका छौं कि उनीहरू पापमा झन् बढुन् । र, उनीहरूका लागि अपमानजनक यातना छ ।
مَّا كَانَ ٱللَّهُ لِيَذَرَ ٱلۡمُؤۡمِنِينَ عَلَىٰ مَآ أَنتُمۡ عَلَيۡهِ حَتَّىٰ يَمِيزَ ٱلۡخَبِيثَ مِنَ ٱلطَّيِّبِۗ وَمَا كَانَ ٱللَّهُ لِيُطۡلِعَكُمۡ عَلَى ٱلۡغَيۡبِ وَلَٰكِنَّ ٱللَّهَ يَجۡتَبِي مِن رُّسُلِهِۦ مَن يَشَآءُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۚ وَإِن تُؤۡمِنُواْ وَتَتَّقُواْ فَلَكُمۡ أَجۡرٌ عَظِيمٞ
Open ayah 3:179हाल तिमीहरू जुन अवस्थामा छौ त्यस अवस्थामा अल्लाहले आस्थावानहरूलाई छाड्ने छैनन् यहाँसम्म कि उनले पवित्र (मानिसहरू) बाट अपवित्र (मानिसहरू) लाई छुट्याउन् । न त अल्लाहले तिमीहरूसमक्ष गैब (अदृश्य वास्तविकता) प्रकट गर्ने छन । परन्तु अल्लाहले आफ्ना ईशदूतहरूमध्ये जसलाई चाहन्छन्, (यसको लागि) रोज्दछन् । अतः अल्लाह तथा उनका रसूलहरूमाथि ईमान ल्याऊ । र तिमीहरूले ईमान ल्यायौ र ईशभय राख्यौ भने तिमीहरूका लागि अत्यन्तै ठूलो प्रतिदान छ ।
وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ يَبۡخَلُونَ بِمَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦ هُوَ خَيۡرٗا لَّهُمۖ بَلۡ هُوَ شَرّٞ لَّهُمۡۖ سَيُطَوَّقُونَ مَا بَخِلُواْ بِهِۦ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
Open ayah 3:180र, अल्लाहले आफ्नो उदार अनुकम्पाबाट प्रदान गरेको धनमा जसले कन्जुस्याइँ गर्छन् तिनीहरूले आफ्नो लागि त्यसलाई राम्रो नठानून् । यो तिनीहरूका लागि निकृष्ट छ । जुन धन तिनीहरू कन्जुस्याइँ गरेर बचाउँदैछन् महाप्रलयको दिन त्यसलाई तिनीहरूको लागि तोक (गलाको भारी) बनाइनेछ । र, केवल अल्लाहकै लागि आकाशहरू एवं धर्तीका सम्पूण सम्पत्ति । र, तिमीहरूले जेजति गरिरहेका छौ त्यसबाट अल्लाह पूर्णरूपमा अवगत छन् ।
لَّقَدۡ سَمِعَ ٱللَّهُ قَوۡلَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ فَقِيرٞ وَنَحۡنُ أَغۡنِيَآءُۘ سَنَكۡتُبُ مَا قَالُواْ وَقَتۡلَهُمُ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖ وَنَقُولُ ذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ
Open ayah 3:181अल्लाहले ती मानिसहरूको भनाइ सुनिसकेका छन् जसले भने– “अल्लाह निर्धन छन् र हामी धनी छौं ।” र, तिनीहरूले भनेका अनि नबीहरूको अकारण हत्या गरेका कुराको हामी अभिलेख राख्नेछौं । र, हामीले भन्नेछौं– “ल, ज्वलनशील अग्निको यातना चाख ।”
ذَٰلِكَ بِمَا قَدَّمَتۡ أَيۡدِيكُمۡ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّامٖ لِّلۡعَبِيدِ
Open ayah 3:182यो तिम्रो आफ्नै हातले अगाडि पठाएको (कर्मको) कारणले हो । र अल्लाह आफ्ना सेवकहरूमाथि अन्याय गर्दैनन् ।
ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ عَهِدَ إِلَيۡنَآ أَلَّا نُؤۡمِنَ لِرَسُولٍ حَتَّىٰ يَأۡتِيَنَا بِقُرۡبَانٖ تَأۡكُلُهُ ٱلنَّارُۗ قُلۡ قَدۡ جَآءَكُمۡ رُسُلٞ مِّن قَبۡلِي بِٱلۡبَيِّنَٰتِ وَبِٱلَّذِي قُلۡتُمۡ فَلِمَ قَتَلۡتُمُوهُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 3:183ती व्यक्तिहरू जसले भने– “अल्लाहले हामीलाई तबसम्म कुनै रसूलको कुरा नमान्ने निर्देशन दिएकाछन् जबसम्म नीजले हामीसमक्ष यस्तो बलिदान ल्याउँदैनन् जसलाई अग्निले भक्षण गरोस् ।” भनिदेऊ– “मभन्दा पहिले तिमीहरूसमक्ष स्पष्ट निशानीहरूका साथ र तिमीहरूले भने जस्तै रसूलहरू आएका थिए, अनि तिमीहरू सच्चा हौ भने उनीहरूको हत्या किन गर्यौ ?”
فَإِن كَذَّبُوكَ فَقَدۡ كُذِّبَ رُسُلٞ مِّن قَبۡلِكَ جَآءُو بِٱلۡبَيِّنَٰتِ وَٱلزُّبُرِ وَٱلۡكِتَٰبِ ٱلۡمُنِيرِ
Open ayah 3:184फेरी यदि तिनीहरूले तिमीलाई मिथ्या ठहर गर्छन भने तिमीभन्दा पहिले आएका धेरै रसूलहरूलाई पनि मिथ्या ठहर गरिएको थियो जो स्पष्ट निशानी, ईश–भाष्य (सहीफा) र प्रकाशमय ग्रन्थहरूका साथ आएका थिए ।
كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۗ وَإِنَّمَا تُوَفَّوۡنَ أُجُورَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۖ فَمَن زُحۡزِحَ عَنِ ٱلنَّارِ وَأُدۡخِلَ ٱلۡجَنَّةَ فَقَدۡ فَازَۗ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ
Open ayah 3:185प्रत्येक प्राणीले मृत्युको स्वाद चाख्नुछ । र, तिमीहरूलाई तिम्रो पूर्ण प्रतिदान महाप्रलयको दिन नै प्रदान गरिनेछ । अनि जसलाई नरकबाट बचाइयो र स्वर्गमा प्रवेश गराइयो त्यो निश्चिय नै सफल भयो । सांसारिक जीवन त केवल धोकाको सामग्री हो ।
۞لَتُبۡلَوُنَّ فِيٓ أَمۡوَٰلِكُمۡ وَأَنفُسِكُمۡ وَلَتَسۡمَعُنَّ مِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ وَمِنَ ٱلَّذِينَ أَشۡرَكُوٓاْ أَذٗى كَثِيرٗاۚ وَإِن تَصۡبِرُواْ وَتَتَّقُواْ فَإِنَّ ذَٰلِكَ مِنۡ عَزۡمِ ٱلۡأُمُورِ
Open ayah 3:186तिम्रो धन तथा प्राणमा तिम्रो परीक्षा अवश्य हुनेछ । र, अह्ले–किताबहरू तथा अनेकेश्वरवादीहरूबाट धेरै कष्टप्रद कुराहरू सुन्नेछौ । तर, यदि तिमीहरूले धैर्य धारण गर्यौ र ईशभय राख्यौ भने निस्सन्देह यो अति साहसी कार्य हुनेछ ।
وَإِذۡ أَخَذَ ٱللَّهُ مِيثَٰقَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ لَتُبَيِّنُنَّهُۥ لِلنَّاسِ وَلَا تَكۡتُمُونَهُۥ فَنَبَذُوهُ وَرَآءَ ظُهُورِهِمۡ وَٱشۡتَرَوۡاْ بِهِۦ ثَمَنٗا قَلِيلٗاۖ فَبِئۡسَ مَا يَشۡتَرُونَ
Open ayah 3:187र, (स्मरण गर) जब अल्लाहले ग्रन्थवाहकहरूसित वचन लिए कि तिमीहरूले यसलाई मानिसहरूमाझ स्पष्ट रूपमा बयान गर्नेछौ र लुकाउने छैनौ । तर तिनीहरूले त्यसलाई पिठ्यूँपछाडि फ्याँके अनि तुच्छ मूल्यमा त्यसलाई बेचे । कति नराम्रो छ तिनीहरूले गर्ने यो व्यापार !
لَا تَحۡسَبَنَّ ٱلَّذِينَ يَفۡرَحُونَ بِمَآ أَتَواْ وَّيُحِبُّونَ أَن يُحۡمَدُواْ بِمَا لَمۡ يَفۡعَلُواْ فَلَا تَحۡسَبَنَّهُم بِمَفَازَةٖ مِّنَ ٱلۡعَذَابِۖ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 3:188जो आफ्ना कार्यहरूमा मग्न छन् र आफूले गर्दै नगरेका कार्यहरूको प्रशंसा चाहन्छन् तिनीहरू यातनाबाट बच्न सफल हुनेछन् भन्ने तिमी कदापि नठान । र तिनीहरूका लागि दुःखदायी यातना छ ।
وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 3:189र आकाशहरू एवं पृथ्वीको शासन अल्लाह कै लागि रहेको छ र अल्लाह सम्पूर्ण कुराहरुमाथि सामर्थ्य राख्दछन् ।
إِنَّ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلۡأَلۡبَٰبِ
Open ayah 3:190निस्सन्देह आकाशहरू एवं पृथ्वीको सृष्टि र रात एवं दिनको पालैपालो आउनेजाने क्रममा बुद्धिमानहरूका लागि निशानीहरू रहेका छन्;
ٱلَّذِينَ يَذۡكُرُونَ ٱللَّهَ قِيَٰمٗا وَقُعُودٗا وَعَلَىٰ جُنُوبِهِمۡ وَيَتَفَكَّرُونَ فِي خَلۡقِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ رَبَّنَا مَا خَلَقۡتَ هَٰذَا بَٰطِلٗا سُبۡحَٰنَكَ فَقِنَا عَذَابَ ٱلنَّارِ
Open ayah 3:191जो उभिँदा र बस्दा र सुत्दा अल्लाहलाई स्मरण गर्छन् र आकाशहरू एवं पृथ्वीको संरचनामाथि मनन गर्छन् । (उनीहरु भन्छन) "हे हाम्रा पालनकर्ता ! तिमीले यी सबै व्यर्थ सृष्टि गरेका छैनौ । तिमी पवित्र छौ । अतः हामीलाई नरकको यातनाबाट बचाऊ ।"
رَبَّنَآ إِنَّكَ مَن تُدۡخِلِ ٱلنَّارَ فَقَدۡ أَخۡزَيۡتَهُۥۖ وَمَا لِلظَّٰلِمِينَ مِنۡ أَنصَارٖ
Open ayah 3:192"हे हाम्रा पालनकर्ता ! तिमीले जसलाई नरकमा होम्यौ त्यसलाई अपमानित गर्यो । र, अत्याचारीहरूको कोही सहयोगी हुनेछैन ।"
رَّبَّنَآ إِنَّنَا سَمِعۡنَا مُنَادِيٗا يُنَادِي لِلۡإِيمَٰنِ أَنۡ ءَامِنُواْ بِرَبِّكُمۡ فَـَٔامَنَّاۚ رَبَّنَا فَٱغۡفِرۡ لَنَا ذُنُوبَنَا وَكَفِّرۡ عَنَّا سَيِّـَٔاتِنَا وَتَوَفَّنَا مَعَ ٱلۡأَبۡرَارِ
Open ayah 3:193"हे हाम्रा पालनकर्ता ! एकजना आह्वानकर्ताले हामीलाई आस्थातर्फ बोलाउँदै गरेको हामीले सुन्यौं—“आफ्ना पालनकर्तामाथि ईमान ल्याऊ ।” तसर्थ हामीले ईमान ल्यायौं । हे हाम्रा पालनकर्ता ! हाम्रा पापहरूलाई क्षमा गर र हाम्रा निकृष्टताहरू हामीबाट समाप्त पार । अनि, धर्मपरायणहरूसँगै हामीलाई मृत्युवरण गराऊ ।"
رَبَّنَا وَءَاتِنَا مَا وَعَدتَّنَا عَلَىٰ رُسُلِكَ وَلَا تُخۡزِنَا يَوۡمَ ٱلۡقِيَٰمَةِۖ إِنَّكَ لَا تُخۡلِفُ ٱلۡمِيعَادَ
Open ayah 3:194"हे हाम्रा पालनकर्ता ! हामीलाई ती सबै चिज प्रदान गर जसको वचन तिमीले आफ्ना रसूलहरुको माध्यमबाट हामीलाई दिएका छौ, अनि महाप्रलयको दिन हामीलाई अपमानित नगर्नू । निस्सन्देह तिमी आफ्नो वाचा तोड्दैनौ ।"
فَٱسۡتَجَابَ لَهُمۡ رَبُّهُمۡ أَنِّي لَآ أُضِيعُ عَمَلَ عَٰمِلٖ مِّنكُم مِّن ذَكَرٍ أَوۡ أُنثَىٰۖ بَعۡضُكُم مِّنۢ بَعۡضٖۖ فَٱلَّذِينَ هَاجَرُواْ وَأُخۡرِجُواْ مِن دِيَٰرِهِمۡ وَأُوذُواْ فِي سَبِيلِي وَقَٰتَلُواْ وَقُتِلُواْ لَأُكَفِّرَنَّ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَلَأُدۡخِلَنَّهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ ثَوَابٗا مِّنۡ عِندِ ٱللَّهِۚ وَٱللَّهُ عِندَهُۥ حُسۡنُ ٱلثَّوَابِ
Open ayah 3:195अतः उनीहरूका पालनकर्ताले प्रार्थना स्वीकार गरे– “म तिमीहरूमध्ये कसैको कर्म निरर्थक तुल्याउँदिन चाहे त्यो पुरुष होस् वा महिला । तिमीहरू परस्पर एक अर्काबाट हौ । अनि जसले मेरो मार्गमा हिजरत गरे; घरबाट निकालिए; जसलाई मेरो मार्गमा यातना दिइयो अनि जसले युद्ध गरे तथा युद्धमा मारिए, म उनीहरूका पापहरू समाप्त पार्नेछु र उनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछु जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । यो प्रतिदान अल्लाहको तर्फबाट हो र सर्वोत्तम प्रतिदान अल्लाहसँग नै रहेको छ ।"
لَا يَغُرَّنَّكَ تَقَلُّبُ ٱلَّذِينَ كَفَرُواْ فِي ٱلۡبِلَٰدِ
Open ayah 3:196(हे मुहम्मद स.!) शहरमा अनास्था प्रदर्शन गर्नेहरूको घुमफिरले तिमीहरूलाई भ्रममा नपारोस् ।
مَتَٰعٞ قَلِيلٞ ثُمَّ مَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمِهَادُ
Open ayah 3:197त्यो त अल्पकालिन मोजमज्जा मात्र हो । पछि यिनीहरूको बासस्थान नरक हुनेछ । र कति निकृष्ट बासस्थान हो त्यो !
لَٰكِنِ ٱلَّذِينَ ٱتَّقَوۡاْ رَبَّهُمۡ لَهُمۡ جَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا نُزُلٗا مِّنۡ عِندِ ٱللَّهِۗ وَمَا عِندَ ٱللَّهِ خَيۡرٞ لِّلۡأَبۡرَارِ
Open ayah 3:198तर आफ्ना पालनकर्ताको अवज्ञाबाट बच्दै जीवनयापन गर्नेहरूका लागि बगैंचाहरू छन् जसको तलतिर नदीहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदासर्वदा रहनेछन् । अल्लाहको तर्फबाट यो आतिथ्य हो । र, जेजति अल्लाहसँग छ धर्मपरायणहरूका लागि अति उत्तम छ ।
وَإِنَّ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ لَمَن يُؤۡمِنُ بِٱللَّهِ وَمَآ أُنزِلَ إِلَيۡكُمۡ وَمَآ أُنزِلَ إِلَيۡهِمۡ خَٰشِعِينَ لِلَّهِ لَا يَشۡتَرُونَ بِـَٔايَٰتِ ٱللَّهِ ثَمَنٗا قَلِيلًاۚ أُوْلَٰٓئِكَ لَهُمۡ أَجۡرُهُمۡ عِندَ رَبِّهِمۡۗ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ
Open ayah 3:199र अह्ले किताबमध्ये केही व्यक्तिहरू यस्ता पनि छन् जो अल्लाहमाथि र तिमीमाथि अवतरित र उनीहरूमाथि अवतरित कुराहरूमाथि ईमान राख्छन्; अल्लाहको सामुन्ने विनम्र रहने गर्छन् र अल्लाहका आयतहरू तुच्छ मूल्यमा विक्री गर्दैनन् । यस्ता मानिसहरूको प्रतिदान उनीहरूका पालनकर्ताकहाँ रहेको छ । निस्सन्देह अल्लाह चाँडै हिसाब लिनेवाला छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱصۡبِرُواْ وَصَابِرُواْ وَرَابِطُواْ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُفۡلِحُونَ
Open ayah 3:200हे आस्थावानहरू हो ! धैर्यधारण गर । धैर्यधारणमा प्रतिस्पर्धा गर र (अल्लाहको मार्गमा) एक अर्कोलाई सघाऊ । र, अल्लाहको भय राख, आशा छ कि तिमीहरू सफल हुनेछौ ।