النساء

An-Nisaa

The Women · Surah 4 · Ayahs: 176 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُم مِّن نَّفۡسٖ وَٰحِدَةٖ وَخَلَقَ مِنۡهَا زَوۡجَهَا وَبَثَّ مِنۡهُمَا رِجَالٗا كَثِيرٗا وَنِسَآءٗۚ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِي تَسَآءَلُونَ بِهِۦ وَٱلۡأَرۡحَامَۚ إِنَّ ٱللَّهَ كَانَ عَلَيۡكُمۡ رَقِيبٗا

    Open ayah 4:1

    हे मानवहरू हो ! आफ्ना त्यस पालनकर्ताको भय राख जसले तिमीहरूलाई एउटै ज्यानबाट सृष्टि गरे र त्यसै ज्यानबाट उसको जोडी बनाए अनि ती दुबैबाट धेरै पुरुष तथा महिलाहरू बिस्तार गरे । त्यस अल्लाहको डर राख जसको नाम लिएर तिमीहरू परस्पर हकअधिकार माग्दछौ, अनि आफन्तहरूको (हक हनन्) बारे पनि डराउ । निस्सन्देह अल्लाह तिमीहरूका निरीक्षक हुन् ।

  2. وَءَاتُواْ ٱلۡيَتَٰمَىٰٓ أَمۡوَٰلَهُمۡۖ وَلَا تَتَبَدَّلُواْ ٱلۡخَبِيثَ بِٱلطَّيِّبِۖ وَلَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَهُمۡ إِلَىٰٓ أَمۡوَٰلِكُمۡۚ إِنَّهُۥ كَانَ حُوبٗا كَبِيرٗا

    Open ayah 4:2

    अनाथहरूको धन–सम्पत्ति उनीहरूलाई फिर्ता गर । र आफ्नो नराम्रो धनसित उनीहरूको उत्तम धन नसाट । र, अनाथहरूको धनलाई आफ्नो धनमा मिसाएर नखाऊ; निश्चय नै यो महापाप हो ।

  3. وَإِنۡ خِفۡتُمۡ أَلَّا تُقۡسِطُواْ فِي ٱلۡيَتَٰمَىٰ فَٱنكِحُواْ مَا طَابَ لَكُم مِّنَ ٱلنِّسَآءِ مَثۡنَىٰ وَثُلَٰثَ وَرُبَٰعَۖ فَإِنۡ خِفۡتُمۡ أَلَّا تَعۡدِلُواْ فَوَٰحِدَةً أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَلَّا تَعُولُواْ

    Open ayah 4:3

    यदि तिमीहरूलाई अनाथप्रति न्याय गर्न नसकिएला कि भन्ने डर छ भने तिमीहरू आफुलाई मन परेकी स्त्रीहरूमध्ये दुई–दुई, तीन–तीन वा चार–चार जनासँग बिहे गर । तर, यदि ती पत्नीहरूबीच न्याय गर्न सक्दैनौ भन्ने आशङ्का छ भने एउटीमा मात्र सीमित रहु वा तिम्रो अधीनमा रहेकी कुनै दासीमा । अन्यायबाट बच्ने यो निकटतम उपाय हो ।

  4. وَءَاتُواْ ٱلنِّسَآءَ صَدُقَٰتِهِنَّ نِحۡلَةٗۚ فَإِن طِبۡنَ لَكُمۡ عَن شَيۡءٖ مِّنۡهُ نَفۡسٗا فَكُلُوهُ هَنِيٓـٔٗا مَّرِيٓـٔٗا

    Open ayah 4:4

    र, महिलाहरूलाई उनीहरूको महर खुशी मनले दिने गर । अनि यदि उनीहरूले आफूखुशीसाथ त्यसबाट केही दिन तयार हुन्छन् भने त्यसलाई सहर्ष उपभोग गर ।

  5. وَلَا تُؤۡتُواْ ٱلسُّفَهَآءَ أَمۡوَٰلَكُمُ ٱلَّتِي جَعَلَ ٱللَّهُ لَكُمۡ قِيَٰمٗا وَٱرۡزُقُوهُمۡ فِيهَا وَٱكۡسُوهُمۡ وَقُولُواْ لَهُمۡ قَوۡلٗا مَّعۡرُوفٗا

    Open ayah 4:5

    र, अल्लाहले तिमीहरूकालागि जीवनयापनको साधन बनाएको सम्पत्तिलाई तिमीहरूले विवेकहीन अनाथहरूलाई नसुम्प । तर उनीहरूलाई त्यसबाट खुवाऊ, पहिराऊ र उनीहरूसित मीठो बोली बोल ।

  6. وَٱبۡتَلُواْ ٱلۡيَتَٰمَىٰ حَتَّىٰٓ إِذَا بَلَغُواْ ٱلنِّكَاحَ فَإِنۡ ءَانَسۡتُم مِّنۡهُمۡ رُشۡدٗا فَٱدۡفَعُوٓاْ إِلَيۡهِمۡ أَمۡوَٰلَهُمۡۖ وَلَا تَأۡكُلُوهَآ إِسۡرَافٗا وَبِدَارًا أَن يَكۡبَرُواْۚ وَمَن كَانَ غَنِيّٗا فَلۡيَسۡتَعۡفِفۡۖ وَمَن كَانَ فَقِيرٗا فَلۡيَأۡكُلۡ بِٱلۡمَعۡرُوفِۚ فَإِذَا دَفَعۡتُمۡ إِلَيۡهِمۡ أَمۡوَٰلَهُمۡ فَأَشۡهِدُواْ عَلَيۡهِمۡۚ وَكَفَىٰ بِٱللَّهِ حَسِيبٗا

    Open ayah 4:6

    बिहेको उमेर नहुन्जेल अनाथहरूको परीक्षण गर्दै गर । अनि जब तिमीहरूलाई उनीहरू होशियार भइसकेका छन् बन्ने कुराको आभास हुन्छ भने तब उनीहरूको धनसम्पत्ति उनीहरूलाई सुम्पिदेऊ । तिनीहरू बालिग भइहाल्लान् भन्ने डरले हतारमा र जथाभावी खर्च गरेर उनीहरूको सम्पत्ति नखाइदेऊ । (अनाथको संरक्षक मध्ये) जो आत्म निर्भर छ त्यो त्यस धनबाट बचोस् र जो गरीब छ उसले सामान्य चलन अनुसार त्यसबाट उपभोग गरोस् । र, ती अनाथहरूको सम्पत्ति उनीहरूलाई सुम्पने बेलामा केही व्यक्तिहरूलाई साक्षी बनाऊ । र, हिसाबकिताबका लागि अल्लाह नै पर्याप्त छन् ।

  7. لِّلرِّجَالِ نَصِيبٞ مِّمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَ وَلِلنِّسَآءِ نَصِيبٞ مِّمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَ مِمَّا قَلَّ مِنۡهُ أَوۡ كَثُرَۚ نَصِيبٗا مَّفۡرُوضٗا

    Open ayah 4:7

    आमा–बाबु एवं निकटतम नातेदारहरूले छोडेको धन सम्पत्तिमा पुरुषहरूको अंश रहेको हुन्छ र मातापिता एवं निकटतम नातेदारहरूले छोडेका धनसम्पत्तिमा महिलाहरूको पनि अंश रहेको हुन्छ । चाहे त्यो थोरै होस् वा धेरै; हिस्सा निर्धारित छ ।

  8. وَإِذَا حَضَرَ ٱلۡقِسۡمَةَ أُوْلُواْ ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينُ فَٱرۡزُقُوهُم مِّنۡهُ وَقُولُواْ لَهُمۡ قَوۡلٗا مَّعۡرُوفٗا

    Open ayah 4:8

    र, यदि अंशबण्डाको समयमा अन्य नातेदार, अनाथ तथा निर्धनहरू उपस्थित हुन्छन् भने त्यसबाट उनीहरूलाई पनि केही देऊ अनि उनीहरूसँग मीठो बोली बोल ।

  9. وَلۡيَخۡشَ ٱلَّذِينَ لَوۡ تَرَكُواْ مِنۡ خَلۡفِهِمۡ ذُرِّيَّةٗ ضِعَٰفًا خَافُواْ عَلَيۡهِمۡ فَلۡيَتَّقُواْ ٱللَّهَ وَلۡيَقُولُواْ قَوۡلٗا سَدِيدًا

    Open ayah 4:9

    मानिसहरूले यो सम्झेर डराउनु पर्ने हो कि यदि तिनीहरूले आफू पछाडि विवश, दुर्बल सन्तानलाई छाडेर गएका भए तिनीहरूको (अवस्था प्रति) चिन्ता रहन्थ्यो । तसर्थ तिनीहरू अल्लाहको थय राख्नुपर्दछ र न्यायोचित कुरा गर्नुपर्दछ ।

  10. إِنَّ ٱلَّذِينَ يَأۡكُلُونَ أَمۡوَٰلَ ٱلۡيَتَٰمَىٰ ظُلۡمًا إِنَّمَا يَأۡكُلُونَ فِي بُطُونِهِمۡ نَارٗاۖ وَسَيَصۡلَوۡنَ سَعِيرٗا 

    Open ayah 4:10

    ज–जसले अनाथहरूको सम्पत्ति अन्यायपूर्वक उपभोग गर्दछन् तिनीहरू वास्तवमा आफ्नो भुँडीमा आगो भर्दछन् । अनि, तिनीहरू नरकको दन्कँदो आगोमा होमिनेछन् ।

  11. يُوصِيكُمُ ٱللَّهُ فِيٓ أَوۡلَٰدِكُمۡۖ لِلذَّكَرِ مِثۡلُ حَظِّ ٱلۡأُنثَيَيۡنِۚ فَإِن كُنَّ نِسَآءٗ فَوۡقَ ٱثۡنَتَيۡنِ فَلَهُنَّ ثُلُثَا مَا تَرَكَۖ وَإِن كَانَتۡ وَٰحِدَةٗ فَلَهَا ٱلنِّصۡفُۚ وَلِأَبَوَيۡهِ لِكُلِّ وَٰحِدٖ مِّنۡهُمَا ٱلسُّدُسُ مِمَّا تَرَكَ إِن كَانَ لَهُۥ وَلَدٞۚ فَإِن لَّمۡ يَكُن لَّهُۥ وَلَدٞ وَوَرِثَهُۥٓ أَبَوَاهُ فَلِأُمِّهِ ٱلثُّلُثُۚ فَإِن كَانَ لَهُۥٓ إِخۡوَةٞ فَلِأُمِّهِ ٱلسُّدُسُۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصِي بِهَآ أَوۡ دَيۡنٍۗ ءَابَآؤُكُمۡ وَأَبۡنَآؤُكُمۡ لَا تَدۡرُونَ أَيُّهُمۡ أَقۡرَبُ لَكُمۡ نَفۡعٗاۚ فَرِيضَةٗ مِّنَ ٱللَّهِۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا

    Open ayah 4:11

    अल्लाह तिम्रा सन्तानहरूको सम्बन्धमा तिमीहरूलाई निर्देशन दिन्छन्— एकजना पुरुषको अंश दुईजना महिलाको अंश बराबर हुन्छ । यदि दुईभन्दा बढी छोरीहरू नै छन् भने उनीहरूले सम्पत्तिको दुई तिहाई पाउनेछन् । र, एउटी मात्र छोरी छिन् भने उनकोलागि आधा सम्पत्ति रहेकोछ । मृतकको कुनै सन्तान छ भने मृतकका मातापितामध्ये प्रत्येकलाई मृतकले छाडेको सम्पत्तिको छैठौ भाग प्राप्त हुनेछ । तर, सन्तान छैन र उत्तराधिकारी केवल आमा–बुवा नै हुन् भने आमाको अंश एक तिहाई हुनेछ । र, मृतकको दाजुभाइ तथा दिदीबहिनी छन् भने आमाको अंश सम्पत्तिको छैठौं भाग हुनेछ । (यी अंशबण्डा मृतकको) वसीयत पूरा गरेपछि र उसमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । तिमीहरूका मातापिता र सन्तानहरूमध्ये तिम्रोलागि को बढी लाभदायक हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन । यी अल्लाहद्वारा निर्धारित अंशहरू हुन् । निस्सन्देह अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  12. ۞وَلَكُمۡ نِصۡفُ مَا تَرَكَ أَزۡوَٰجُكُمۡ إِن لَّمۡ يَكُن لَّهُنَّ وَلَدٞۚ فَإِن كَانَ لَهُنَّ وَلَدٞ فَلَكُمُ ٱلرُّبُعُ مِمَّا تَرَكۡنَۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصِينَ بِهَآ أَوۡ دَيۡنٖۚ وَلَهُنَّ ٱلرُّبُعُ مِمَّا تَرَكۡتُمۡ إِن لَّمۡ يَكُن لَّكُمۡ وَلَدٞۚ فَإِن كَانَ لَكُمۡ وَلَدٞ فَلَهُنَّ ٱلثُّمُنُ مِمَّا تَرَكۡتُمۚ مِّنۢ بَعۡدِ وَصِيَّةٖ تُوصُونَ بِهَآ أَوۡ دَيۡنٖۗ وَإِن كَانَ رَجُلٞ يُورَثُ كَلَٰلَةً أَوِ ٱمۡرَأَةٞ وَلَهُۥٓ أَخٌ أَوۡ أُخۡتٞ فَلِكُلِّ وَٰحِدٖ مِّنۡهُمَا ٱلسُّدُسُۚ فَإِن كَانُوٓاْ أَكۡثَرَ مِن ذَٰلِكَ فَهُمۡ شُرَكَآءُ فِي ٱلثُّلُثِۚ مِنۢ بَعۡدِ وَصِيَّةٖ يُوصَىٰ بِهَآ أَوۡ دَيۡنٍ غَيۡرَ مُضَآرّٖۚ وَصِيَّةٗ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ عَلِيمٌ حَلِيمٞ

    Open ayah 4:12

    तिम्रा पत्नीहरूले छोडेको सम्पत्तिमा उनीहरूका कुनै सन्तान नभएमा तिमीहरूलाई आधा अंश हुनेछ । तर उनीहरूको सन्तान भएमा उनीहरूले छोडेको सम्पत्तिमध्ये तिमीहरूलाई चौथाई भाग हुनेछ । यो उनीहरूले गरेको वसीयत पूरा गरेपछि र उनीहरूमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । यदि तिमी (पुरुष) हरूको कुनै सन्तान नभएमा तिमीहरूले छोडेको सम्पत्तिमा तिम्रा पत्नीहरूलागि चौथाई भाग हुनेछ । तर, सन्तान रहेको खण्डमा उनीहरूलागि आठौं भाग हुनेछ । यो तिमीहरूले गरेको वसियत पूरा भएपछि र तिमीहरूमाथि रहेको ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ । यदि कुनै पुरुष वा महिलाको मातापिता वा सन्तान (जीवित) छैन तर एकजना दाजु या भाइ अथवा एकजना दिदी या बहिनी मात्र छ भने यस्तो स्थितिमा दाजु–भाइ वा दिदी–बहिनी हरेकलाई छैठौं भाग प्राप्त हुनेछ । तर, दाजुभाइ वा दिदीबहिनीको संख्या एकभन्दा बढी छ भने उनीहरू सबैले एक तिहाईमध्येबाट अंश पाउनेछन् । यो वसियत पूरा गरेपछि र ऋण चुक्ता भएपछि मात्र कार्यान्वयन हुनेछ; कसैलाई हानि नपुगोस् । यो अल्लाहको आदेश हो र अल्लाह सर्वज्ञ एवं सहनशील छन् ।

  13. تِلۡكَ حُدُودُ ٱللَّهِۚ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ يُدۡخِلۡهُ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ

    Open ayah 4:13

    यी अल्लाहले निर्धारण गरेका सीमाहरू हुन् र जसले अल्लाह एवं रसूल को आज्ञापालन गर्छन् अल्लाहले उनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यसमा उनीहरू सदासर्वदा रहनेछन् र यो ठूलो सफलता हो ।

  14. وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَتَعَدَّ حُدُودَهُۥ يُدۡخِلۡهُ نَارًا خَٰلِدٗا فِيهَا وَلَهُۥ عَذَابٞ مُّهِينٞ

    Open ayah 4:14

    र जसले अल्लाह एवं उनका रसूलको अवज्ञा गर्छ र उनले निर्धारित गरेका सीमाहरूको उल्लङ्घन गर्छ, अल्लाहले उसलाई नरकमा होम्नेछन् जहाँ ऊ सदासर्वदा रहनेछ । र, उसकोलागि अपमानजनक यातना रहेकोछ ।

  15. وَٱلَّٰتِي يَأۡتِينَ ٱلۡفَٰحِشَةَ مِن نِّسَآئِكُمۡ فَٱسۡتَشۡهِدُواْ عَلَيۡهِنَّ أَرۡبَعَةٗ مِّنكُمۡۖ فَإِن شَهِدُواْ فَأَمۡسِكُوهُنَّ فِي ٱلۡبُيُوتِ حَتَّىٰ يَتَوَفَّىٰهُنَّ ٱلۡمَوۡتُ أَوۡ يَجۡعَلَ ٱللَّهُ لَهُنَّ سَبِيلٗا

    Open ayah 4:15

    तिम्रा स्त्रीहरूमध्ये व्यभिचार गर्नेहरूबिरुद्ध आफूमध्येबाट चारजना पुरुष साक्षी बनाउ । यदि तिनीहरूले साक्षी दिए भने ती पत्नीहरूलाई घरभित्र नजरबन्द गरी राख यहाँसम्म कि या तिनीहरूको प्राण जाओस् या अल्लाहले तिनीहरूकालागि कुनै बाटो निकालून् ।

  16. وَٱلَّذَانِ يَأۡتِيَٰنِهَا مِنكُمۡ فَـَٔاذُوهُمَاۖ فَإِن تَابَا وَأَصۡلَحَا فَأَعۡرِضُواْ عَنۡهُمَآۗ إِنَّ ٱللَّهَ كَانَ تَوَّابٗا رَّحِيمًا

    Open ayah 4:16

    र, तिमीहरूमध्ये जुन दुईजना व्यभिचारको दोषी पाइएमा ती दुवैलाई कष्ट देऊ । अनि यदि तिनीहरूले तौबा (प्रायश्चित) गर्छन् र आफूलाई सुधार्छन् भने तिनीहरूलाई छोडिदेऊ । निस्सन्देह अल्लाह तौबा स्वीकारकर्ता एवं परम दयालु छन् ।

  17. إِنَّمَا ٱلتَّوۡبَةُ عَلَى ٱللَّهِ لِلَّذِينَ يَعۡمَلُونَ ٱلسُّوٓءَ بِجَهَٰلَةٖ ثُمَّ يَتُوبُونَ مِن قَرِيبٖ فَأُوْلَٰٓئِكَ يَتُوبُ ٱللَّهُ عَلَيۡهِمۡۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

    Open ayah 4:17

    अल्लाह केवल ती मानिसहरूको तौबा स्वीकार गर्छन् जसले अज्ञानताको कारण कुकर्म गरेका हुनेछन् अनि तत्कालै तौबा गर्छन् । यिनीहरूकै तौबा अल्लाहले स्वीकार गर्नेछन् । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  18. وَلَيۡسَتِ ٱلتَّوۡبَةُ لِلَّذِينَ يَعۡمَلُونَ ٱلسَّيِّـَٔاتِ حَتَّىٰٓ إِذَا حَضَرَ أَحَدَهُمُ ٱلۡمَوۡتُ قَالَ إِنِّي تُبۡتُ ٱلۡـَٰٔنَ وَلَا ٱلَّذِينَ يَمُوتُونَ وَهُمۡ كُفَّارٌۚ أُوْلَٰٓئِكَ أَعۡتَدۡنَا لَهُمۡ عَذَابًا أَلِيمٗا

    Open ayah 4:18

    र, ती मानिसहरूको लागि तौबा (को प्रावधान) नै छैन जो दुष्कर्म गर्दै जान्छन् यहाँसम्म कि तिनीहरूमध्ये जब कसैको मृत्युको समय आउँछ तब भन्दछ– “अब मैले तौबा गरें ।” र, न (तिनीहरूको लागि तौबा छ जो काफिर भएकै अवस्थामा मर्छन् । यस्ता मानिसहरूकानिम्ति हामीले दुःखदायी यातना तयार पारेका छौं ।

  19. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا يَحِلُّ لَكُمۡ أَن تَرِثُواْ ٱلنِّسَآءَ كَرۡهٗاۖ وَلَا تَعۡضُلُوهُنَّ لِتَذۡهَبُواْ بِبَعۡضِ مَآ ءَاتَيۡتُمُوهُنَّ إِلَّآ أَن يَأۡتِينَ بِفَٰحِشَةٖ مُّبَيِّنَةٖۚ وَعَاشِرُوهُنَّ بِٱلۡمَعۡرُوفِۚ فَإِن كَرِهۡتُمُوهُنَّ فَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَيَجۡعَلَ ٱللَّهُ فِيهِ خَيۡرٗا كَثِيرٗا

    Open ayah 4:19

    हे आस्थावानहरू हो ! जबरजस्ती स्त्रीहरूको वारिस बन्नु तिमीहरूकालागि वैध छैन । र तिमीहरूले दिएको (महरको) केही अंश फिर्ता लिने उद्देश्यले उनीहरूलाई हैरान पार्नु (पनि) वैध छैन । तर यदि उनीहरूले खुल्लमखुल्ला अश्लील कार्य गरे भने (यो अर्कै कुरा हो) । र, उनीहरूसँग न्यायोचित व्यवहार गर । कुनै स्त्री तिमीहरूले मन नपराएको खण्डमा हुन सक्छ अल्लाहले तिमीहरूलाई मन नपरेको चिजमा प्रशस्त भलाइ सृजना गरिदिऊन् ।

  20. وَإِنۡ أَرَدتُّمُ ٱسۡتِبۡدَالَ زَوۡجٖ مَّكَانَ زَوۡجٖ وَءَاتَيۡتُمۡ إِحۡدَىٰهُنَّ قِنطَارٗا فَلَا تَأۡخُذُواْ مِنۡهُ شَيۡـًٔاۚ أَتَأۡخُذُونَهُۥ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا 

    Open ayah 4:20

    र, यदि तिमीहरू एकजना पत्नीको स्थानमा अर्की पत्नी ल्याउन चाहन्छौ अनि पहिलो पत्नीलाई प्रशस्त धनसम्पत्ति दिई राखेका छौ भने तिनीसँग केही पनि फिर्ता नलेऊ । के तिमीहरू उनीमाथि मिथ्या आरोप र खुल्लमखुल्ला पाप गरेर त्यो सम्पत्ति फिर्ता लिन्छौ ?

  21. وَكَيۡفَ تَأۡخُذُونَهُۥ وَقَدۡ أَفۡضَىٰ بَعۡضُكُمۡ إِلَىٰ بَعۡضٖ وَأَخَذۡنَ مِنكُم مِّيثَٰقًا غَلِيظٗا

    Open ayah 4:21

    र, तिमीहरू त्यो कसरी लिन सक्छौ जबकि तिमीहरू एकअर्काबाट आनन्द लिइसकेका छौ र उनीहरूले तिमीहरूसँग दृढ प्रतिज्ञा पनि लिइसकेका छन् ?

  22. وَلَا تَنكِحُواْ مَا نَكَحَ ءَابَآؤُكُم مِّنَ ٱلنِّسَآءِ إِلَّا مَا قَدۡ سَلَفَۚ إِنَّهُۥ كَانَ فَٰحِشَةٗ وَمَقۡتٗا وَسَآءَ سَبِيلًا

    Open ayah 4:22

    र, ती महिलाहरूसँग कदापि विवाह नगर जोसँग तिमीहरूका पिताहरूले विवाह गरेका थिए । अतीतमा जे भयो, भयो । निश्चय नै यो अश्लील एवं घृणित कार्य र नराम्रो चलन हो ।

  23. حُرِّمَتۡ عَلَيۡكُمۡ أُمَّهَٰتُكُمۡ وَبَنَاتُكُمۡ وَأَخَوَٰتُكُمۡ وَعَمَّٰتُكُمۡ وَخَٰلَٰتُكُمۡ وَبَنَاتُ ٱلۡأَخِ وَبَنَاتُ ٱلۡأُخۡتِ وَأُمَّهَٰتُكُمُ ٱلَّٰتِيٓ أَرۡضَعۡنَكُمۡ وَأَخَوَٰتُكُم مِّنَ ٱلرَّضَٰعَةِ وَأُمَّهَٰتُ نِسَآئِكُمۡ وَرَبَٰٓئِبُكُمُ ٱلَّٰتِي فِي حُجُورِكُم مِّن نِّسَآئِكُمُ ٱلَّٰتِي دَخَلۡتُم بِهِنَّ فَإِن لَّمۡ تَكُونُواْ دَخَلۡتُم بِهِنَّ فَلَا جُنَاحَ عَلَيۡكُمۡ وَحَلَٰٓئِلُ أَبۡنَآئِكُمُ ٱلَّذِينَ مِنۡ أَصۡلَٰبِكُمۡ وَأَن تَجۡمَعُواْ بَيۡنَ ٱلۡأُخۡتَيۡنِ إِلَّا مَا قَدۡ سَلَفَۗ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

    Open ayah 4:23

    तिमीहरूकालागि अवैध छन् तिमीहरूका आमा, छोरी, दिदी–बहिनी, फुपू, सानीआमा र ठूलीआमा, भतिजी, भान्जी, धाईआमा, धाईदिदीबहिनी, सासु र तिम्रा ती पत्नीहरु जोसँग तिमीहरूको सहवास भइसकेको छ, तिनका ती छोरीहरू जो तिम्रा पालनपोषणमा छिन् । तर, यदि तिमीहरूको तिनीहरू (ती छोरीका आमा) सँग सहवास भएको छैन भने (उनीहरूलाई तलाक दिएपछि उनका छोरीहरूसँग विवाह गर्न) कुनै पाप छैन । अनि, तिमीहरूका सहोदर छोराहरूका पत्नीहरू (बुहारी) र एकैसाथ दुईजना दिदी–बहिनीसँग विवाह पनि अवैध छ । तर अतीतमा जे भयो भयो; निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  24. ۞وَٱلۡمُحۡصَنَٰتُ مِنَ ٱلنِّسَآءِ إِلَّا مَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۖ كِتَٰبَ ٱللَّهِ عَلَيۡكُمۡۚ وَأُحِلَّ لَكُم مَّا وَرَآءَ ذَٰلِكُمۡ أَن تَبۡتَغُواْ بِأَمۡوَٰلِكُم مُّحۡصِنِينَ غَيۡرَ مُسَٰفِحِينَۚ فَمَا ٱسۡتَمۡتَعۡتُم بِهِۦ مِنۡهُنَّ فَـَٔاتُوهُنَّ أُجُورَهُنَّ فَرِيضَةٗۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ فِيمَا تَرَٰضَيۡتُم بِهِۦ مِنۢ بَعۡدِ ٱلۡفَرِيضَةِۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا

    Open ayah 4:24

    र, कसैको दाम्पत्य जीवनमा रहेका महिलाहरू पनि तिमीहरूका निम्ति अवैध छन् । तथापि (युद्धबाट) तिमीहरूको अधीनमा आएका महिलाहरूको कुरा बेग्लै छ । यो तिमीहरूका निम्ति अल्लाहद्वारा अनिवार्य गरिएको कानून हो । यी बाहेकका महिलाहरू तिमीहरूका लागि वैध छन् यसरी कि तिमीहरू धन खर्चेर (महर दिएर तिनलाई) प्राप्त गर; विवाहको बन्धनमा बाँधेर, काम वासनाको उद्देश्यले होइन । अनि तिमीहरूले उनीहरूसित दाम्पत्य जीवनको आनन्द लियौ अत: उनीहरूलाई अनिवार्य रूपमा महर प्रदान गर । तर महर निश्चित भइसकेपछि परस्पर सहमति मा थपघट गर्दा कुनै पाप हुने छैन । निस्सन्देह अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  25. وَمَن لَّمۡ يَسۡتَطِعۡ مِنكُمۡ طَوۡلًا أَن يَنكِحَ ٱلۡمُحۡصَنَٰتِ ٱلۡمُؤۡمِنَٰتِ فَمِن مَّا مَلَكَتۡ أَيۡمَٰنُكُم مِّن فَتَيَٰتِكُمُ ٱلۡمُؤۡمِنَٰتِۚ وَٱللَّهُ أَعۡلَمُ بِإِيمَٰنِكُمۚ بَعۡضُكُم مِّنۢ بَعۡضٖۚ فَٱنكِحُوهُنَّ بِإِذۡنِ أَهۡلِهِنَّ وَءَاتُوهُنَّ أُجُورَهُنَّ بِٱلۡمَعۡرُوفِ مُحۡصَنَٰتٍ غَيۡرَ مُسَٰفِحَٰتٖ وَلَا مُتَّخِذَٰتِ أَخۡدَانٖۚ فَإِذَآ أُحۡصِنَّ فَإِنۡ أَتَيۡنَ بِفَٰحِشَةٖ فَعَلَيۡهِنَّ نِصۡفُ مَا عَلَى ٱلۡمُحۡصَنَٰتِ مِنَ ٱلۡعَذَابِۚ ذَٰلِكَ لِمَنۡ خَشِيَ ٱلۡعَنَتَ مِنكُمۡۚ وَأَن تَصۡبِرُواْ خَيۡرٞ لَّكُمۡۗ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

    Open ayah 4:25

    र, तिमीहरूमध्ये जसले स्वाधीन आस्थावान महिलासँग विवाह गर्ने सामर्थ्य राख्दैन ऊ तिमीहरूको अधीनमा रहेका आस्थावान दासीहरूसँग विवाह गरोस् । र अल्लाह तिमीहरूको आस्थालाई राम्ररी जान्दछन् । तिमीहरू सबै एकअर्का मध्येकै हौ । अतः ती दासीहरूका संरक्षकको अनुमति लिएर तिनीहरूसँग बिबाह गर र नियमानुसार तिनीहरूको महर पनि बुझाऊ ताकि तिनीहरू विवाहको परिधिभित्र सुरक्षित रहून् अनि व्यभिचारमा लिप्त नहोऊन् साथै लुकिचोरी गोप्य सम्बन्ध कायम नगरून् । विवाहपश्चात् दासीहरूले व्यभिचार गरेमा तिनीहरूलाई स्वाधीन महिलाहरूकालागि निर्धारित दण्डको आधा हुनेछ । दासीहरूसँग विवाहको यो अनुमति तिमीहरूमध्ये ती मानिसहरूकोलागि हो जसलाई पापमा लिप्त हुने आशङ्का हुन्छ । तर तिमीहरूले धैर्य र संयमता अपनायौ भने तिमीहरूकालागि अति राम्रो हुनेछ । अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  26. يُرِيدُ ٱللَّهُ لِيُبَيِّنَ لَكُمۡ وَيَهۡدِيَكُمۡ سُنَنَ ٱلَّذِينَ مِن قَبۡلِكُمۡ وَيَتُوبَ عَلَيۡكُمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

    Open ayah 4:26

    अल्लाहको मनसाय तिमीहरूसमक्ष (आफ्नो नियम) स्पष्ट रूपमा बयान गर्नु छ र पहिलेका (सदाचारी) व्यक्तिहरूको रीति अनुसार तिमीहरूलाई हिंडाउनु छ अनि तिमीहरूको तौबा स्वीकार गर्नु छ । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  27. وَٱللَّهُ يُرِيدُ أَن يَتُوبَ عَلَيۡكُمۡ وَيُرِيدُ ٱلَّذِينَ يَتَّبِعُونَ ٱلشَّهَوَٰتِ أَن تَمِيلُواْ مَيۡلًا عَظِيمٗا

    Open ayah 4:27

    र अल्लाहको चाहना त तिमीहरुको तौबा स्वीकार गर्नु हो। तर आफ्ना कुअभिलाषा अनुसरण गर्नेहरु तिमीहरूलाई (सत्मार्गबाट) धेरै टाढिएको देख्न चाहन्छन् ।

  28. يُرِيدُ ٱللَّهُ أَن يُخَفِّفَ عَنكُمۡۚ وَخُلِقَ ٱلۡإِنسَٰنُ ضَعِيفٗا

    Open ayah 4:28

    अल्लाह तिमीहरूको बोझ हलुका पार्न चाहन्छन् । र मानव कमजोर नै सृजना गरिएको छ ।

  29. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَأۡكُلُوٓاْ أَمۡوَٰلَكُم بَيۡنَكُم بِٱلۡبَٰطِلِ إِلَّآ أَن تَكُونَ تِجَٰرَةً عَن تَرَاضٖ مِّنكُمۡۚ وَلَا تَقۡتُلُوٓاْ أَنفُسَكُمۡۚ إِنَّ ٱللَّهَ كَانَ بِكُمۡ رَحِيمٗا

    Open ayah 4:29

    हे आस्थावानहरू हो ! तिमीहरू आपसी सहमतिबाट व्यापारद्वारा हासिल भएको धन वाहेक एक-अर्काको धनसम्पत्ति अनुचित ढङ्गले नखाऊ र न आत्महत्या नै गर । निस्सन्देह अल्लाह तिमीहरूप्रति अति दयालु छन् ।

  30. وَمَن يَفۡعَلۡ ذَٰلِكَ عُدۡوَٰنٗا وَظُلۡمٗا فَسَوۡفَ نُصۡلِيهِ نَارٗاۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرًا 

    Open ayah 4:30

    अनि जसले अन्याय र अत्याचारपूर्ण ढङ्गले यस्तो गर्छ हामी चाँडै नै त्यसलाई नरकमा होम्नेछौं र यो अल्लाहकालागि सजिलो कार्य हो ।

  31. إِن تَجۡتَنِبُواْ كَبَآئِرَ مَا تُنۡهَوۡنَ عَنۡهُ نُكَفِّرۡ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَنُدۡخِلۡكُم مُّدۡخَلٗا كَرِيمٗا

    Open ayah 4:31

    यदि तिमीहरू ठूला पापहरू जसबाट तिमीहरूलाई रोकिन्छ, बच्नेछौ भने हामी तिमीहरूका (सानातिना) दोषहरू क्षमा गरिदिनेछौं र तिमीहरूलाई सम्मानजनक द्वारमा प्रवेश गराउनेछौं ।

  32. وَلَا تَتَمَنَّوۡاْ مَا فَضَّلَ ٱللَّهُ بِهِۦ بَعۡضَكُمۡ عَلَىٰ بَعۡضٖۚ لِّلرِّجَالِ نَصِيبٞ مِّمَّا ٱكۡتَسَبُواْۖ وَلِلنِّسَآءِ نَصِيبٞ مِّمَّا ٱكۡتَسَبۡنَۚ وَسۡـَٔلُواْ ٱللَّهَ مِن فَضۡلِهِۦٓۚ إِنَّ ٱللَّهَ كَانَ بِكُلِّ شَيۡءٍ عَلِيمٗا

    Open ayah 4:32

    अल्लाहले तिमीहरूमध्ये केहीलाई अर्कोकेहीमाथि जुन श्रेष्ठता प्रदान गरेका छन् त्यसको कामना नगर । पुरुषहरूको लागि उनले आर्जन गरेको अंश छ र महिलाहरुको लागि उनले आर्जन गरेको अंश छ । र अल्लाहसित उनको कृपाको याचना गर । निश्चय नै अल्लाह हरेक कुराको ज्ञान राख्दछन् ।

  33. وَلِكُلّٖ جَعَلۡنَا مَوَٰلِيَ مِمَّا تَرَكَ ٱلۡوَٰلِدَانِ وَٱلۡأَقۡرَبُونَۚ وَٱلَّذِينَ عَقَدَتۡ أَيۡمَٰنُكُمۡ فَـَٔاتُوهُمۡ نَصِيبَهُمۡۚ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدًا

    Open ayah 4:33

    र, हामीले माता–पिता तथा अन्य नातेदारहरूले छोडेर गएको सम्पत्तिमा त्यसको उत्तराधिकारी निर्धारण गरिदिएका छौं । र जोसँग तिमीहरू प्रतिज्ञाबद्ध छौ उनीहरूलाई पनि त्यसको अंश देऊ । निस्सन्देह हरेक चिज अल्लाहको दृष्टिमा छ ।

  34. ٱلرِّجَالُ قَوَّٰمُونَ عَلَى ٱلنِّسَآءِ بِمَا فَضَّلَ ٱللَّهُ بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖ وَبِمَآ أَنفَقُواْ مِنۡ أَمۡوَٰلِهِمۡۚ فَٱلصَّٰلِحَٰتُ قَٰنِتَٰتٌ حَٰفِظَٰتٞ لِّلۡغَيۡبِ بِمَا حَفِظَ ٱللَّهُۚ وَٱلَّٰتِي تَخَافُونَ نُشُوزَهُنَّ فَعِظُوهُنَّ وَٱهۡجُرُوهُنَّ فِي ٱلۡمَضَاجِعِ وَٱضۡرِبُوهُنَّۖ فَإِنۡ أَطَعۡنَكُمۡ فَلَا تَبۡغُواْ عَلَيۡهِنَّ سَبِيلًاۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيّٗا كَبِيرٗا

    Open ayah 4:34

    पुरुषहरू महिलाहरूको अभिभावक हुन् किनभने अल्लाहले एकलाई अर्कोमाथि प्रधानता प्रदान गरेका छन् र यस कारणले पनि कि पुरुषहरू आफ्नो सम्पत्ति खर्च गर्छन् । अनि सत्कर्मी महिलाहरू आज्ञापालन गर्छन्, गोपनीय कुराको रक्षा गर्छन् जसको रक्षा अल्लाहले गरेका छन् । र जुन महिलाहरूको बारेमा तिमीहरूलाई अवज्ञाको आशङ्का छ उनीहरूलाई सम्झाऊ; र (नमानेमा) उनीहरूलाई ओच्छयानमा एक्लो छोडिदेऊ; र (अझै नमानेमा) कुट र यदि आज्ञापालन गर्न थाल्छन् भने उनीहरूविरुद्ध कुनै बहाना नखोज । निश्चय नै अल्लाह अति महान् र सर्वोच्च छन् ।

  35. وَإِنۡ خِفۡتُمۡ شِقَاقَ بَيۡنِهِمَا فَٱبۡعَثُواْ حَكَمٗا مِّنۡ أَهۡلِهِۦ وَحَكَمٗا مِّنۡ أَهۡلِهَآ إِن يُرِيدَآ إِصۡلَٰحٗا يُوَفِّقِ ٱللَّهُ بَيۡنَهُمَآۗ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا خَبِيرٗا

    Open ayah 4:35

    र, यदि तिमीहरूलाई पति–पत्नीबीच फुट पर्ने आशङ्का हन्छ भने पतिको नातेदारहरू मध्येबाट एकजना र पत्नीको नातेदारहरूमध्येबाट एकजना मध्यस्थकर्ता नियुक्त गर । यदि दुवै सुधार चाहन्छन् भने अल्लाहले उनीहरूबीच मेलमिलापको बाटो निकालिदिनेछन् । निस्सन्देह अल्लाह सर्वज्ञाता एवं सर्वद्रष्टा छन् ।

  36. ۞وَٱعۡبُدُواْ ٱللَّهَ وَلَا تُشۡرِكُواْ بِهِۦ شَيۡـٔٗاۖ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَٰنٗا وَبِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱلۡجَارِ ذِي ٱلۡقُرۡبَىٰ وَٱلۡجَارِ ٱلۡجُنُبِ وَٱلصَّاحِبِ بِٱلۡجَنۢبِ وَٱبۡنِ ٱلسَّبِيلِ وَمَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ مَن كَانَ مُخۡتَالٗا فَخُورًا

    Open ayah 4:36

    र, अल्लाहकै उपासना गर; कसैलाई उनको साझेदार नबनाऊ । अनि, मातापिता, नातेदार, अनाथ, दीन–दुखी, छिमेकी–नातेदार, बिरानो–छिमेकी, साथीभाई, बटुवा तथा तिम्रो अधीनमा रहेका दास–दासीहरूसँग सद्व्यवहार गर । अल्लाह यस्ता व्यक्तिलाई मनपराउँदैनन् जो घमण्डी र अहङ्कारी छन् ।

  37. ٱلَّذِينَ يَبۡخَلُونَ وَيَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبُخۡلِ وَيَكۡتُمُونَ مَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا

    Open ayah 4:37

    जो व्यक्तिहरु कन्जुस्याइँ गर्छन् तथा अरुलाई पनि कन्जुस्याइँ गर्ने आदेश दिन्छन् र अल्लाहले आफ्नो कृपाले जेजति प्रदान गरेका छन् त्यसलाई लुकाउँछन् । र, हामीले यस्ता कृतघ्नहरुकालागि अपमानजनक यातना तयार पारिराखेका छौं ।

  38. وَٱلَّذِينَ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ رِئَآءَ ٱلنَّاسِ وَلَا يُؤۡمِنُونَ بِٱللَّهِ وَلَا بِٱلۡيَوۡمِ ٱلۡأٓخِرِۗ وَمَن يَكُنِ ٱلشَّيۡطَٰنُ لَهُۥ قَرِينٗا فَسَآءَ قَرِينٗا

    Open ayah 4:38

    र, (अल्लाह तिनीहरूलाई पनि मन पराउँदैनन्) जो आफ्नो सम्पत्ति मानिसहरूलाई देखाउनकालागि खर्च गर्छन् र यथार्थमा न अल्लाहमाथि ईमान राख्छन् न आखिरतमाथि नै । र, जसले शैतानलाई साथी बनायो (उसले याद राखोस्) त्यो अति निकृष्ट साथी हो ।

  39. وَمَاذَا عَلَيۡهِمۡ لَوۡ ءَامَنُواْ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَأَنفَقُواْ مِمَّا رَزَقَهُمُ ٱللَّهُۚ وَكَانَ ٱللَّهُ بِهِمۡ عَلِيمًا

    Open ayah 4:39

    यदि उनीहरूले अल्लाह तथा आखिरतको दिनमाथि ईमान ल्याएका भए र अल्लाहले जेजति प्रदान गरेका छन् त्यसबाट खर्च गरेका भए तिनीहरूको के बिग्रने थियो र ? र, अल्लाह तिनीहरूलाई राम्ररी जान्दछन् ।

  40. إِنَّ ٱللَّهَ لَا يَظۡلِمُ مِثۡقَالَ ذَرَّةٖۖ وَإِن تَكُ حَسَنَةٗ يُضَٰعِفۡهَا وَيُؤۡتِ مِن لَّدُنۡهُ أَجۡرًا عَظِيمٗا 

    Open ayah 4:40

    निस्सन्देह अल्लाह कण बराबर पनि अन्याय गर्ने छैनन् । बरु एक पुण्यलाई अल्लाहले कैयौं गुणा बढाइ दिनेछन् र आफ्नो तर्फबाट (अझ) ठूलो प्रतिदान पनि प्रदान गर्नेछन् ।

  41. فَكَيۡفَ إِذَا جِئۡنَا مِن كُلِّ أُمَّةِۭ بِشَهِيدٖ وَجِئۡنَا بِكَ عَلَىٰ هَٰٓؤُلَآءِ شَهِيدٗا

    Open ayah 4:41

    के अवस्था होला जब हामी हरेक उम्मत (समुदाय) बाट साक्षी खडा गर्नेछौं र (हे मुहम्मद स.!) तिमीलाई यिनीहरूसमक्ष साक्षीको रूपमा उभ्याउनेछौं ? !

  42. يَوۡمَئِذٖ يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ وَعَصَوُاْ ٱلرَّسُولَ لَوۡ تُسَوَّىٰ بِهِمُ ٱلۡأَرۡضُ وَلَا يَكۡتُمُونَ ٱللَّهَ حَدِيثٗا

    Open ayah 4:42

    त्यस दिन काफिरहरू तथा रसूलको अवज्ञा गर्नेहरू तिनीहरुलाई धरतीमाता पुरिएर त्सलाई बराबर गरिदिए भए बेस हुन्थ्यो भनी कामना गर्नेछन् । र, तिनीहरूले अल्लाहबाट कुनै कुरा लुकाउन सक्दैनन् ।

  43. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقۡرَبُواْ ٱلصَّلَوٰةَ وَأَنتُمۡ سُكَٰرَىٰ حَتَّىٰ تَعۡلَمُواْ مَا تَقُولُونَ وَلَا جُنُبًا إِلَّا عَابِرِي سَبِيلٍ حَتَّىٰ تَغۡتَسِلُواْۚ وَإِن كُنتُم مَّرۡضَىٰٓ أَوۡ عَلَىٰ سَفَرٍ أَوۡ جَآءَ أَحَدٞ مِّنكُم مِّنَ ٱلۡغَآئِطِ أَوۡ لَٰمَسۡتُمُ ٱلنِّسَآءَ فَلَمۡ تَجِدُواْ مَآءٗ فَتَيَمَّمُواْ صَعِيدٗا طَيِّبٗا فَٱمۡسَحُواْ بِوُجُوهِكُمۡ وَأَيۡدِيكُمۡۗ إِنَّ ٱللَّهَ كَانَ عَفُوًّا غَفُورًا

    Open ayah 4:43

    हे आस्थावानहरू हो ! तिमीहरू नशामा भएको अवस्थाबाट आफूले भन्ने कुराहरू बुझ्न सक्ने अवस्थामा नफर्कुञ्जेल नमाजको निकट नजाऊ र अपवित्रताको अवस्थामा पनि स्नान नगरुञ्जेल । तर, बटुवा भएकोमा बेग्लै कुरा हो । र बिरामी हुँदा वा यात्रावस्थामा रहँदा वा शौचालयबाट फर्केपछि वा स्त्रीसित सहवासपश्चात् पानी उपलब्ध भएन भने शुद्ध माटोलाई स्पर्श गर अनि त्यसलाई अनुहार र हातहरूमा दल । निस्सन्देह अल्लाह क्षमाशील एवं कृपावान छन् ।

  44. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يَشۡتَرُونَ ٱلضَّلَٰلَةَ وَيُرِيدُونَ أَن تَضِلُّواْ ٱلسَّبِيلَ

    Open ayah 4:44

    के तिमीहरूले ती मानिसहरूलाई देखेनौ जसलाई ईशग्रन्थको एउटा अंश प्रदान गरिएको छ ? तिनीहरू स्वयं पनि पथभ्रष्टता खरिद गरिरहेका छन् र तिमीहरू पनि बाटो बिराऊ भन्ने चाहन्छन् ।

  45. وَٱللَّهُ أَعۡلَمُ بِأَعۡدَآئِكُمۡۚ وَكَفَىٰ بِٱللَّهِ وَلِيّٗا وَكَفَىٰ بِٱللَّهِ نَصِيرٗا

    Open ayah 4:45

    जबकि अल्लाह तिमीहरूका शत्रुहरूलाई राम्ररी जान्दछन् र तिमीहरूको संरक्षण तथा सहायताकालागि अल्लाह नै पर्याप्त छन् ।

  46. مِّنَ ٱلَّذِينَ هَادُواْ يُحَرِّفُونَ ٱلۡكَلِمَ عَن مَّوَاضِعِهِۦ وَيَقُولُونَ سَمِعۡنَا وَعَصَيۡنَا وَٱسۡمَعۡ غَيۡرَ مُسۡمَعٖ وَرَٰعِنَا لَيَّۢا بِأَلۡسِنَتِهِمۡ وَطَعۡنٗا فِي ٱلدِّينِۚ وَلَوۡ أَنَّهُمۡ قَالُواْ سَمِعۡنَا وَأَطَعۡنَا وَٱسۡمَعۡ وَٱنظُرۡنَا لَكَانَ خَيۡرٗا لَّهُمۡ وَأَقۡوَمَ وَلَٰكِن لَّعَنَهُمُ ٱللَّهُ بِكُفۡرِهِمۡ فَلَا يُؤۡمِنُونَ إِلَّا قَلِيلٗا

    Open ayah 4:46

    कतिपय यहूदीहरू शब्दहरूलाई तिनीहरुको वास्तविक स्थानबाट फेरबदल गरिदिन्छन् र भन्छन्– “समिअ्ना व असैना” (हामीले सुन्यौं तर अवज्ञा गर्यौं), “वस्मअ् गैर मुस्मइन्” (तिमीहरू सुन तर नसुन्नेगरी ) र जिब्रो बटार्दै र धर्ममाथि कटाक्ष गर्दै “राएना” भन्छन्। यदि तिनीहरूले– “समिअ्ना व अतअ्ना” (हामीले सुन्यौँ र आज्ञापालन गर्यौँ) भनेका भए र “इस्मअ्” (सुन) र “उन्जुर्ना” (हामीतर्फ ध्यान देऊ) ‘भनेका भए तिनीहरूको हकमा राम्रो र उचित हुने थियो । तर तिनीहरूमाथि तिनीहरुको अवज्ञाको कारणले अल्लाहको अभिशाप परेको छ । अनि तिनीहरू कमै ईमान ल्याउँछन् ।

  47. يَٰٓأَيُّهَا ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ ءَامِنُواْ بِمَا نَزَّلۡنَا مُصَدِّقٗا لِّمَا مَعَكُم مِّن قَبۡلِ أَن نَّطۡمِسَ وُجُوهٗا فَنَرُدَّهَا عَلَىٰٓ أَدۡبَارِهَآ أَوۡ نَلۡعَنَهُمۡ كَمَا لَعَنَّآ أَصۡحَٰبَ ٱلسَّبۡتِۚ وَكَانَ أَمۡرُ ٱللَّهِ مَفۡعُولًا

    Open ayah 4:47

    हे अह्ले किताब हो ! हामीले अनुहारहरूलाई बिगारेर पछाडि फर्काउनुअघि अथवा ‘सब्त’ वालाहरूझै तिनीहरूलाई सराप्नुभन्दा अघि नै त्यस पुस्तकमाथि ईमान ल्याऊ जुन हामीले अवतरण गर्यौं र जसले तिमीहरूसँग पहिलेदेखि नै रहेको पुस्तकको पुष्टि गर्दछ । र, अल्लाहको आदेश लागू भएरै छाड्नेछ ।

  48. إِنَّ ٱللَّهَ لَا يَغۡفِرُ أَن يُشۡرَكَ بِهِۦ وَيَغۡفِرُ مَا دُونَ ذَٰلِكَ لِمَن يَشَآءُۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدِ ٱفۡتَرَىٰٓ إِثۡمًا عَظِيمًا

    Open ayah 4:48

    आफूसित कसैलाई साझेदार बनाउने कार्य (शिर्क) लाई अल्लाहले कदापि क्षमा गर्ने छैनन् तर यसबाहेकका अन्य पाप जसको लागि चाहनेछन् क्षमा गर्नेछन् । जसले अल्लाहसित (कसैलाई) साझेदार बनायो उसले वास्तवमा एउटा ठूलो पापको संरचना गर्यो ।

  49. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يُزَكُّونَ أَنفُسَهُمۚ بَلِ ٱللَّهُ يُزَكِّي مَن يَشَآءُ وَلَا يُظۡلَمُونَ فَتِيلًا

    Open ayah 4:49

    के तिमीले स्वयंलाई चोखो भन्ने व्यक्तिहरूलाई देखेनौ जबकि अल्लाह जसलाई चाहन्छन् पवित्रता प्रदान गर्छन् । र, तिनीहरूमाथि रौं बराबर पनि अन्याय गरिने छैन ।

  50. ٱنظُرۡ كَيۡفَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَۖ وَكَفَىٰ بِهِۦٓ إِثۡمٗا مُّبِينًا 

    Open ayah 4:50

    हेर, यिनीहरू कसरी अल्लाह माथि मिथ्यारोपण गर्दैछन् ? यही कुरा त स्पष्ट पाप हुनकालागि पर्याप्त छ ।

  51. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ أُوتُواْ نَصِيبٗا مِّنَ ٱلۡكِتَٰبِ يُؤۡمِنُونَ بِٱلۡجِبۡتِ وَٱلطَّٰغُوتِ وَيَقُولُونَ لِلَّذِينَ كَفَرُواْ هَٰٓؤُلَآءِ أَهۡدَىٰ مِنَ ٱلَّذِينَ ءَامَنُواْ سَبِيلًا

    Open ayah 4:51

    के ती मानिसहरूलाई देखेनौ जसलाई ईशग्रन्थको अंश प्रदान गरिएको थियो ? तिनीहरू जिब्त (मूर्ति) तथा तागुत (शैतान) माथि आस्था राख्छन् र काफिरहरूबारे भन्दछन्– “मोमिनहरूभन्दा बढी त यिनीहरू नै सत्मार्गमा छन् ।”

  52. أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَعَنَهُمُ ٱللَّهُۖ وَمَن يَلۡعَنِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ نَصِيرًا

    Open ayah 4:52

    यिनीहरू नै हुन् जसलाई अल्लाहले श्रापित गरेका छन् र जसमाथि अल्लाहको श्राप पर्छ उसको कोही सहयोगी तिमीले पाउने छैनौ ।

  53. أَمۡ لَهُمۡ نَصِيبٞ مِّنَ ٱلۡمُلۡكِ فَإِذٗا لَّا يُؤۡتُونَ ٱلنَّاسَ نَقِيرًا

    Open ayah 4:53

    के शासनसत्तामा तिनीहरूको कुनै सहभागिता रहेको छ ? रहेको भए तिनीहरूले मानिसहरूलाई रत्तिभर पनि केही दिने थिएनन् ।

  54. أَمۡ يَحۡسُدُونَ ٱلنَّاسَ عَلَىٰ مَآ ءَاتَىٰهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۖ فَقَدۡ ءَاتَيۡنَآ ءَالَ إِبۡرَٰهِيمَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَءَاتَيۡنَٰهُم مُّلۡكًا عَظِيمٗا

    Open ayah 4:54

    के यिनीहरू मानिसहरूसँग यस कारणले इर्ष्या गर्दैछन् कि अल्लाहले तिनीहरूलाई आफ्नो कृपाबाट प्रदान गरेका छन् ? अनि हामीले त इब्राहीमका सन्तानहरूलाई ग्रन्थ एवं तत्वदर्शिता प्रदान गर्यौँ र उनीहरूलाई महान् राज्य पनि प्रदान गरेका थियौँ ।

  55. فَمِنۡهُم مَّنۡ ءَامَنَ بِهِۦ وَمِنۡهُم مَّن صَدَّ عَنۡهُۚ وَكَفَىٰ بِجَهَنَّمَ سَعِيرًا

    Open ayah 4:55

    अनि, तिनीहरूमध्ये केहीले त्यसमाथि ईमान ल्याए तर अन्य केही विमुख भए र नरकको दन्कँदो आगो तिनीहरूकालागि पर्याप्त छ ।

  56. إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا سَوۡفَ نُصۡلِيهِمۡ نَارٗا كُلَّمَا نَضِجَتۡ جُلُودُهُم بَدَّلۡنَٰهُمۡ جُلُودًا غَيۡرَهَا لِيَذُوقُواْ ٱلۡعَذَابَۗ إِنَّ ٱللَّهَ كَانَ عَزِيزًا حَكِيمٗا

    Open ayah 4:56

    जसले हाम्रा आयतहरूलाई इन्कार गरे तिनीहरूलाई चाँडै नै अग्निमा होम्नेछौँ । जब–जब तिनीहरूका छाला डढ्नेछन् हामी त्यसको ठाउँमा अर्को छाला उत्पन्न गर्नेछौँ ताकि तिनीहरूले यातनाको स्वाद चाखून् । निश्चय नै अल्लाह सर्वशक्तिमान एवं तत्वदर्शी छन् ।

  57. وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ سَنُدۡخِلُهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ لَّهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَنُدۡخِلُهُمۡ ظِلّٗا ظَلِيلًا

    Open ayah 4:57

    र, जसले ईमान ल्याए अनि सत्कर्म गरे तिनीहरूलाई हामी यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछौँ जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । त्यसमा उनीहरू सदासर्वदा रहनेछन् । त्यहाँ तिनीहरूकालागि पवित्र जोडीहरू हुनेछन् र हामी उनीहरूलाई सघन छहारीमा प्रविष्ट गराउनेछौँ ।

  58. ۞إِنَّ ٱللَّهَ يَأۡمُرُكُمۡ أَن تُؤَدُّواْ ٱلۡأَمَٰنَٰتِ إِلَىٰٓ أَهۡلِهَا وَإِذَا حَكَمۡتُم بَيۡنَ ٱلنَّاسِ أَن تَحۡكُمُواْ بِٱلۡعَدۡلِۚ إِنَّ ٱللَّهَ نِعِمَّا يَعِظُكُم بِهِۦٓۗ إِنَّ ٱللَّهَ كَانَ سَمِيعَۢا بَصِيرٗا

    Open ayah 4:58

    (हे आज्ञाकारीहरू हो !) अल्लाहले तिमीहरूलाई अमानत (नासो) हरू तिनीहरुका अधिकारीहरुलाई सुम्पने र मानिसहरूबीच फैसला गर्दा न्यायकासाथ फैसला गर्ने आदेश दिन्छन् । अल्लाहले तिमीहरूलाई अति उत्तम उपदेश दिइरहेकाछन् । निश्चय नै अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।

  59. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَأُوْلِي ٱلۡأَمۡرِ مِنكُمۡۖ فَإِن تَنَٰزَعۡتُمۡ فِي شَيۡءٖ فَرُدُّوهُ إِلَى ٱللَّهِ وَٱلرَّسُولِ إِن كُنتُمۡ تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۚ ذَٰلِكَ خَيۡرٞ وَأَحۡسَنُ تَأۡوِيلًا

    Open ayah 4:59

    हे आस्थावानहरू हो ! आज्ञापालन गर अल्लाहको र आज्ञापालन गर रसूलको अनि तिमीहरूमध्ये अधिकार प्राप्त व्यक्तिहरुको । तिमीहरू अल्लाह एवं आखिरतमाथि ईमान राख्छौ भने तिमीहरूबीच कुनै विषयमा विवाद हुँदा अल्लाह एवं रसूलतर्फ प्रेषित गर । यो नै उत्तम हो र यसैको परिणाम राम्रो हुनेछ ।

  60. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يَزۡعُمُونَ أَنَّهُمۡ ءَامَنُواْ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَ يُرِيدُونَ أَن يَتَحَاكَمُوٓاْ إِلَى ٱلطَّٰغُوتِ وَقَدۡ أُمِرُوٓاْ أَن يَكۡفُرُواْ بِهِۦۖ وَيُرِيدُ ٱلشَّيۡطَٰنُ أَن يُضِلَّهُمۡ ضَلَٰلَۢا بَعِيدٗا 

    Open ayah 4:60

    के तिमीले ती मानिसहरूलाई देखेनौ जो तिमीमाथि अवतरित ग्रन्थ एवं तिमीभन्दा पहिले अवतरित ग्रन्थमाथि ईमान राख्ने दावी त गर्छन् तर आफ्ना मुद्दाहरू लिएर निर्णयकालागि ‘तागूतहरू’ (सीमा उल्लङ्घनकारीहरू) समक्ष जान खोज्दछन्, जबकि तिनीहरूलाई तागूतप्रति अनास्थाको आदेश दिइएको थियो तर शैतान तिनीहरूलाई पथभ्रष्ट पारेर सत्यमार्गबाट टाढा लैजान चाहन्छ ।

  61. وَإِذَا قِيلَ لَهُمۡ تَعَالَوۡاْ إِلَىٰ مَآ أَنزَلَ ٱللَّهُ وَإِلَى ٱلرَّسُولِ رَأَيۡتَ ٱلۡمُنَٰفِقِينَ يَصُدُّونَ عَنكَ صُدُودٗا

    Open ayah 4:61

    र, जब तिनीहरूलाई अल्लाहले अवतरण गरेको (ग्रन्थको आदेश) मान्न तथा रसूलतर्फ आउन भनिन्छ तब मुनाफिक (कपटी) हरूलाई तर्केर गएको तिमीले देख्छौ ।

  62. فَكَيۡفَ إِذَآ أَصَٰبَتۡهُم مُّصِيبَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ ثُمَّ جَآءُوكَ يَحۡلِفُونَ بِٱللَّهِ إِنۡ أَرَدۡنَآ إِلَّآ إِحۡسَٰنٗا وَتَوۡفِيقًا

    Open ayah 4:62

    (हे मुहम्मद (स.)!) त्यत्तिखेर तिनीहरूको के अवस्था हुनेछ जब स्वयं तिनीहरू कै हातबाट भएका क्रियाकलापले गर्दा तिनीहरूमाथि कुनै प्रकोप आइपर्नेछ ? तब तिमीसमक्ष अल्लाहको कसम खाँदै आउनेछन् र भन्नेछन् हाम्रो उद्देश्य त भलाई तथा मेलमिलाप मात्र थियो ।

  63. أُوْلَٰٓئِكَ ٱلَّذِينَ يَعۡلَمُ ٱللَّهُ مَا فِي قُلُوبِهِمۡ فَأَعۡرِضۡ عَنۡهُمۡ وَعِظۡهُمۡ وَقُل لَّهُمۡ فِيٓ أَنفُسِهِمۡ قَوۡلَۢا بَلِيغٗا

    Open ayah 4:63

    यी तिनै मानिसहरू हुन् जसको मनमा रहेका भेदहरूलाई अल्लाह जान्दछन् । तसर्थ (हे मुहम्मद (स.)) उनीहरूको वास्तै नगर र उपदेश दिने गर । अनि, तिनीहरूको अन्तरमनमा प्रभाव पार्ने कुरा गर ।

  64. وَمَآ أَرۡسَلۡنَا مِن رَّسُولٍ إِلَّا لِيُطَاعَ بِإِذۡنِ ٱللَّهِۚ وَلَوۡ أَنَّهُمۡ إِذ ظَّلَمُوٓاْ أَنفُسَهُمۡ جَآءُوكَ فَٱسۡتَغۡفَرُواْ ٱللَّهَ وَٱسۡتَغۡفَرَ لَهُمُ ٱلرَّسُولُ لَوَجَدُواْ ٱللَّهَ تَوَّابٗا رَّحِيمٗا

    Open ayah 4:64

    र, हामीले हरेक रसूललाई अल्लाहको आदेशबमोजिम उनको आज्ञापालन गरियोस् भन्ने उद्देश्यले मात्र पठाएका छौँ । (हे मुहम्मद (स.)!) आफूमाथि अत्याचार गरेको बेला तिनीहरू तिमीसमक्ष आएका भए, अल्लाहसँग क्षमायाचना गरेका भए र ईशदूतले तिनीहरुलाई क्षमा गर्न प्रार्थना गरेका भए तिनीहरूले अल्लाहलाई अति क्षमाशील एवं करुणामय पाउने थिए ।

  65. فَلَا وَرَبِّكَ لَا يُؤۡمِنُونَ حَتَّىٰ يُحَكِّمُوكَ فِيمَا شَجَرَ بَيۡنَهُمۡ ثُمَّ لَا يَجِدُواْ فِيٓ أَنفُسِهِمۡ حَرَجٗا مِّمَّا قَضَيۡتَ وَيُسَلِّمُواْ تَسۡلِيمٗا

    Open ayah 4:65

    होइन, तिम्रा पालनकर्ताको कसम ! जबसम्म आपसी झै–झगडामा तिनीहरूले तिमीलाई न्यायधीश बनाउँदैनन् र तिमीले गरेको फैसलाप्रति आफ्नो मनमा द्विविधारहित स्थिति पाउँदैनन् तथा पूर्णरूपले समर्पण गर्दैनन् तबसम्म तिनीहरू आस्थावान हुन सक्दैनन् ।

  66. وَلَوۡ أَنَّا كَتَبۡنَا عَلَيۡهِمۡ أَنِ ٱقۡتُلُوٓاْ أَنفُسَكُمۡ أَوِ ٱخۡرُجُواْ مِن دِيَٰرِكُم مَّا فَعَلُوهُ إِلَّا قَلِيلٞ مِّنۡهُمۡۖ وَلَوۡ أَنَّهُمۡ فَعَلُواْ مَا يُوعَظُونَ بِهِۦ لَكَانَ خَيۡرٗا لَّهُمۡ وَأَشَدَّ تَثۡبِيتٗا

    Open ayah 4:66

    र, हामीले तिनीहरू स्वयंलाई वध गर्न वा आफ्नो घर त्याग्न अनिवार्य गरेको भए तिनीहरूमध्ये केहीले मात्र गर्ने थिए । तिनीहरूले आफूलाई दिइएको आदेशानुसार कर्म गरेका भए यो तिनीहरूकानिम्ति उत्तम तथा सुदृढिकरणको कारक हुने थियो ।

  67. وَإِذٗا لَّأٓتَيۡنَٰهُم مِّن لَّدُنَّآ أَجۡرًا عَظِيمٗا

    Open ayah 4:67

    र, त्यसो भएको भए हामीले तिनीहरुलाई पक्कै आफ्नोतर्फबाट महान् प्रतिदान प्रदान गर्ने थियौं ।

  68. وَلَهَدَيۡنَٰهُمۡ صِرَٰطٗا مُّسۡتَقِيمٗا

    Open ayah 4:68

    र, पक्कै तिनीहरुलाईलाई सिधा मार्ग पनि देखाउने थियौं ।

  69. وَمَن يُطِعِ ٱللَّهَ وَٱلرَّسُولَ فَأُوْلَٰٓئِكَ مَعَ ٱلَّذِينَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِم مِّنَ ٱلنَّبِيِّـۧنَ وَٱلصِّدِّيقِينَ وَٱلشُّهَدَآءِ وَٱلصَّٰلِحِينَۚ وَحَسُنَ أُوْلَٰٓئِكَ رَفِيقٗا

    Open ayah 4:69

    र, जसले अल्लाह तथा रसूलको आज्ञापालन गर्छन् उनीहरू अल्लाहले कृपा गरेकाहरु अर्थात नबी, सत्यवादी, शहीद एवं सत्कर्मी मानिसहरूसँग हुनेछन् । र, कति राम्रा छन् यी साथीहरू !

  70. ذَٰلِكَ ٱلۡفَضۡلُ مِنَ ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ عَلِيمٗا 

    Open ayah 4:70

    यो वरदान अल्लाहको तर्फबाट हो र यथार्थ जान्नकालागि अल्लाह नै पर्याप्त छन् ।

  71. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ خُذُواْ حِذۡرَكُمۡ فَٱنفِرُواْ ثُبَاتٍ أَوِ ٱنفِرُواْ جَمِيعٗا

    Open ayah 4:71

    हे आस्थावानहरू हो ! आफ्नो सुरक्षाको लागि सदैव सतर्क रहने गर अनि युद्धको लागि निस्कदा या त विभिन्न दलहरूमा विभक्त भई या एकत्रित भई निस्कने गर ।

  72. وَإِنَّ مِنكُمۡ لَمَن لَّيُبَطِّئَنَّ فَإِنۡ أَصَٰبَتۡكُم مُّصِيبَةٞ قَالَ قَدۡ أَنۡعَمَ ٱللَّهُ عَلَيَّ إِذۡ لَمۡ أَكُن مَّعَهُمۡ شَهِيدٗا

    Open ayah 4:72

    र यसमा कुनै संदेह छैन कि तिमीहरूमध्ये कोही यस्तो पनि छ जो जिहादबाट भाग्ने गर्छ अनि तिमीहरूमाथि कुनै सङ्कट आइपर्दा त्यसले भन्छ– “मप्रति अल्लाहको ठूलो कृपा भयो कि म तिनीहरूसँग उपस्थित थिइनँ ।”

  73. وَلَئِنۡ أَصَٰبَكُمۡ فَضۡلٞ مِّنَ ٱللَّهِ لَيَقُولَنَّ كَأَن لَّمۡ تَكُنۢ بَيۡنَكُمۡ وَبَيۡنَهُۥ مَوَدَّةٞ يَٰلَيۡتَنِي كُنتُ مَعَهُمۡ فَأَفُوزَ فَوۡزًا عَظِيمٗا

    Open ayah 4:73

    तर तिमीहरूलाई अल्लाहको वरदान प्राप्त हुँदा, मानौं तिमीहरूसँग उसको कुनै घनिष्ट नाता नै छैन, उसले भन्नेछ– “म पनि तिनीहरूसँगै भएको भए अपार सफलता प्राप्त गर्ने थिएँ ।”

  74. ۞فَلۡيُقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ ٱلَّذِينَ يَشۡرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا بِٱلۡأٓخِرَةِۚ وَمَن يُقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ فَيُقۡتَلۡ أَوۡ يَغۡلِبۡ فَسَوۡفَ نُؤۡتِيهِ أَجۡرًا عَظِيمٗا

    Open ayah 4:74

    अतः सांसारिक जीवनमाथि आखिरतको जीवनलाई प्रार्थमिकता दिनेहरूले अल्लाहको मार्गमा युद्ध गर्नुपर्दछ । र जसले अल्लाहको मार्गमा युद्ध गर्छ कि त उ शहीद हुन्छ कि त विजय प्राप्त गर्छ ।अनि उनीहरूलाई हामीले चाँडै नै ठूलो प्रतिदान दिनेछौं ।

  75. وَمَا لَكُمۡ لَا تُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِ وَٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلرِّجَالِ وَٱلنِّسَآءِ وَٱلۡوِلۡدَٰنِ ٱلَّذِينَ يَقُولُونَ رَبَّنَآ أَخۡرِجۡنَا مِنۡ هَٰذِهِ ٱلۡقَرۡيَةِ ٱلظَّالِمِ أَهۡلُهَا وَٱجۡعَل لَّنَا مِن لَّدُنكَ وَلِيّٗا وَٱجۡعَل لَّنَا مِن لَّدُنكَ نَصِيرًا

    Open ayah 4:75

    आखिर तिमीहरू के कारणले अल्लाहको मार्गमा र ती दुर्बल पुरुष, महिला तथा बालबालिकाहरूकालागि युद्ध गर्दैनौ जो प्रार्थना गरिरहेका छन्– “हे हाम्रा पालनकर्ता ! यस नगरबाट हामीलाई निकाल जहाँ का बासिन्दाहरु अत्याचारीहरू रहेका छन् र हाम्रोलागि आफ्नो तर्फबाट समर्थक बनाउ एवं हाम्रो लागि आफु कहाँबाट सहायक प्रदान गर ।”

  76. ٱلَّذِينَ ءَامَنُواْ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِۖ وَٱلَّذِينَ كَفَرُواْ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱلطَّٰغُوتِ فَقَٰتِلُوٓاْ أَوۡلِيَآءَ ٱلشَّيۡطَٰنِۖ إِنَّ كَيۡدَ ٱلشَّيۡطَٰنِ كَانَ ضَعِيفًا

    Open ayah 4:76

    आस्थावानहरू अल्लाहको मार्गमा युद्ध गर्छन् भने काफिरहरू ‘तागूत’ (अति अवज्ञाकारी शैतान) को मार्गमा । अतः तिमीहरू शैतानका सहयोगीहरूसित युद्ध गर । वास्तवमा शैतानको दाउपेच अति नै कमजोर हुन्छ ।

  77. أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ قِيلَ لَهُمۡ كُفُّوٓاْ أَيۡدِيَكُمۡ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ فَلَمَّا كُتِبَ عَلَيۡهِمُ ٱلۡقِتَالُ إِذَا فَرِيقٞ مِّنۡهُمۡ يَخۡشَوۡنَ ٱلنَّاسَ كَخَشۡيَةِ ٱللَّهِ أَوۡ أَشَدَّ خَشۡيَةٗۚ وَقَالُواْ رَبَّنَا لِمَ كَتَبۡتَ عَلَيۡنَا ٱلۡقِتَالَ لَوۡلَآ أَخَّرۡتَنَآ إِلَىٰٓ أَجَلٖ قَرِيبٖۗ قُلۡ مَتَٰعُ ٱلدُّنۡيَا قَلِيلٞ وَٱلۡأٓخِرَةُ خَيۡرٞ لِّمَنِ ٱتَّقَىٰ وَلَا تُظۡلَمُونَ فَتِيلًا

    Open ayah 4:77

    के तिमीले आफ्ना हातहरूलाई रोकेर राख; नमाज कायम गर; जकात देऊ भनेर आदेश दिइएका मानिसहरूलाई देखेनौ ? अनि जब तिनीहरूमाथि जिहाद अनिवार्य गरियो तब केही व्यक्तिहरू जसरी अल्लाहसित डराउनु पर्ने हो त्यसरी नै मानिसहरूसित डराउन थाले बरु त्योभन्दा पनि बढी । र, भने– “हे हाम्रा पालनकर्ता ! हामीमाथि तिमीले युद्धलाई किन अनिवार्य गर्यौ; किन हामीलाई केही दिनकालागि थप मौका दिएनौ ?” (हे सन्देष्टा स.!) भनिदेऊ– “सांसारिक लाभ थोरै छ र ईशभय राख्नेहरूकालागि आखिरत नै उत्तम छ । र, तिमीहरूमाथि रौं बराबर पनि अत्याचार गरिनेछैन ।”

  78. أَيۡنَمَا تَكُونُواْ يُدۡرِككُّمُ ٱلۡمَوۡتُ وَلَوۡ كُنتُمۡ فِي بُرُوجٖ مُّشَيَّدَةٖۗ وَإِن تُصِبۡهُمۡ حَسَنَةٞ يَقُولُواْ هَٰذِهِۦ مِنۡ عِندِ ٱللَّهِۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةٞ يَقُولُواْ هَٰذِهِۦ مِنۡ عِندِكَۚ قُلۡ كُلّٞ مِّنۡ عِندِ ٱللَّهِۖ فَمَالِ هَٰٓؤُلَآءِ ٱلۡقَوۡمِ لَا يَكَادُونَ يَفۡقَهُونَ حَدِيثٗا

    Open ayah 4:78

    तिमीहरू जहाँसुकै बस, मृत्युले तिमीहरूलाई गाँज्ने नै छ, चाहे त्यो मजबुत किल्ला नै किन नहोस् । तिनीहरूलाई कुनै फाइदा भएमा यो अल्लाहको तर्फबाट हो भन्ने गर्छन् र कुनै सङ्कट आइपरेमा भन्छन्– (हे मुहम्मद (स.) “यो तिम्रै कारणले आएको हो ।” भनिदेऊ, यी सबै अल्लाहकै तर्फबाट आएका हुन् । आखिर यिनीहरूलाई के भएको छ कि कुनै पनि कुरा बुझ्दैनन् ?

  79. مَّآ أَصَابَكَ مِنۡ حَسَنَةٖ فَمِنَ ٱللَّهِۖ وَمَآ أَصَابَكَ مِن سَيِّئَةٖ فَمِن نَّفۡسِكَۚ وَأَرۡسَلۡنَٰكَ لِلنَّاسِ رَسُولٗاۚ وَكَفَىٰ بِٱللَّهِ شَهِيدٗا

    Open ayah 4:79

    तिमीहरूलाई जे-जति फाइदा पुग्छ त्यो अल्लाहको तर्फबाट हो र तिमीहरूमाथि जुन सङ्कट पनि आउँदछ त्यो तिम्रै (कर्तूतको) कारणले हो । अनि, (हे मुहम्मद (स.!) “हामीले तिमीलाई मानिसहरूकालागि रसूल बनाएर पठाएका छौं । र (यसको लागि) अल्लाहकै साक्ष्य पर्याप्त छ ।”

  80. مَّن يُطِعِ ٱلرَّسُولَ فَقَدۡ أَطَاعَ ٱللَّهَۖ وَمَن تَوَلَّىٰ فَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظٗا 

    Open ayah 4:80

    जसले ईशदूतको आज्ञापालन गर्यो निश्चय नै त्यसले अल्लाहको आज्ञापालन गर्यो; र जो विमुख भयो हामीले तिमीलाई त्यस्ताहरूमाथि रक्षक बनाएर पठाएका छैनौं ।

  81. وَيَقُولُونَ طَاعَةٞ فَإِذَا بَرَزُواْ مِنۡ عِندِكَ بَيَّتَ طَآئِفَةٞ مِّنۡهُمۡ غَيۡرَ ٱلَّذِي تَقُولُۖ وَٱللَّهُ يَكۡتُبُ مَا يُبَيِّتُونَۖ فَأَعۡرِضۡ عَنۡهُمۡ وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا

    Open ayah 4:81

    र तिनीहरू भन्छन्– “हामी त पूर्ण आज्ञाकारी हौं ।” तर, तिमीसँग छुट्टिएपछि रातमा तिनीहरूमध्ये एउटा समूहले तिमीले भनेका कुरा विरुद्ध सडयंत्र गर्छन् । अनि अल्लाह तिनीहरूले गर्ने गरेका सबै सडयंत्रलाई लेखिरहेका छन् । तिनीहरूको चिंतै नगर र केवल अल्लाहमाथि भरोसा गर । र, भरोसाकालागि अल्लाह नै पर्याप्त छन् ।

  82. أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَۚ وَلَوۡ كَانَ مِنۡ عِندِ غَيۡرِ ٱللَّهِ لَوَجَدُواْ فِيهِ ٱخۡتِلَٰفٗا كَثِيرٗا

    Open ayah 4:82

    अनि के तिनीहरू कुरआनमा चिंतन मनन गर्दैनन् ? यदि यो अल्लाहबाहेक अन्य कसैको तर्फबाट भएको भए तिनीहरूले यसमा धेरै विरोधाभासहरू पाउने थिए ।

  83. وَإِذَا جَآءَهُمۡ أَمۡرٞ مِّنَ ٱلۡأَمۡنِ أَوِ ٱلۡخَوۡفِ أَذَاعُواْ بِهِۦۖ وَلَوۡ رَدُّوهُ إِلَى ٱلرَّسُولِ وَإِلَىٰٓ أُوْلِي ٱلۡأَمۡرِ مِنۡهُمۡ لَعَلِمَهُ ٱلَّذِينَ يَسۡتَنۢبِطُونَهُۥ مِنۡهُمۡۗ وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ لَٱتَّبَعۡتُمُ ٱلشَّيۡطَٰنَ إِلَّا قَلِيلٗا

    Open ayah 4:83

    र, तिनीहरूसमक्ष शान्ति वा डरबारे कुनै खबर पुग्दा तिनीहरू त्यसलाई फैलाइदिन्छन् । यदि तिनीहरूले ईशदूत तथा आफ्नो आधिकारिक व्यक्तिहरूसमक्ष पुर्याएका भए, मामिलाको तहसम्म पुग्नेहरूले सत्य–तथ्य जान्ने थिए । र, यदि तिमीमाथि अल्लाहको वरदान एवं दया नभएको भए केही व्यक्तिहरूबाहेक तिमीहरू सबै शैतानको अनुयायी बन्ने थियौ ।

  84. فَقَٰتِلۡ فِي سَبِيلِ ٱللَّهِ لَا تُكَلَّفُ إِلَّا نَفۡسَكَۚ وَحَرِّضِ ٱلۡمُؤۡمِنِينَۖ عَسَى ٱللَّهُ أَن يَكُفَّ بَأۡسَ ٱلَّذِينَ كَفَرُواْۚ وَٱللَّهُ أَشَدُّ بَأۡسٗا وَأَشَدُّ تَنكِيلٗا

    Open ayah 4:84

    अतः (हे सन्देष्टा !) अल्लाहको मार्गमा युद्ध गर । र तिमी आफुबाहेक कसैको उत्तरदायी छैनौ । र, आस्थावानहरूलाई (युद्धको लागि) प्रोत्साहित गर्ने गर । आशा छ कि अल्लाहले काफिरहरूको शक्तिलाई परास्त गर्नेछन् । र, अल्लाह सर्वाधिक शक्तिशाली तथा कठोर दण्डदाता छन् ।

  85. مَّن يَشۡفَعۡ شَفَٰعَةً حَسَنَةٗ يَكُن لَّهُۥ نَصِيبٞ مِّنۡهَاۖ وَمَن يَشۡفَعۡ شَفَٰعَةٗ سَيِّئَةٗ يَكُن لَّهُۥ كِفۡلٞ مِّنۡهَاۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ مُّقِيتٗا

    Open ayah 4:85

    जसले कुनै राम्रो सिफारिश गर्छ त्यसमा उसको एउटा अंश हुनेछ र जसले नराम्रो सिफारिश गर्छ त्यसले त्यसमा बराबर अंश पाउनेछ । र, अल्लाह सबै कुराको सामर्थ्य राख्दछन् ।

  86. وَإِذَا حُيِّيتُم بِتَحِيَّةٖ فَحَيُّواْ بِأَحۡسَنَ مِنۡهَآ أَوۡ رُدُّوهَآۗ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٍ حَسِيبًا

    Open ayah 4:86

    र, तिमीहरूलाई आदरपूर्ण अभिनादन (सलाम) गरिन्छ भने तिमीहरू त्यसभन्दा अझ राम्रो तरीकाले वा समान शैलीमा अभिनादन गर । निस्सन्देह अल्लाह सम्पूर्ण कर्मको हिसाब राख्दछन् ।

  87. ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۚ لَيَجۡمَعَنَّكُمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَا رَيۡبَ فِيهِۗ وَمَنۡ أَصۡدَقُ مِنَ ٱللَّهِ حَدِيثٗا

    Open ayah 4:87

    अल्लाह– जसबाहेक कोही उपास्य छैन, उनले तिमीहरूलाई त्यस महाप्रलयको दिन अवश्य एकत्रित गर्नेछन् जस (को आगमन) मा कुनै सन्देह छैन । र, अल्लाहको कुराभन्दा बढी सत्य कसको कुरा हुन सक्छ र ?

  88. ۞فَمَا لَكُمۡ فِي ٱلۡمُنَٰفِقِينَ فِئَتَيۡنِ وَٱللَّهُ أَرۡكَسَهُم بِمَا كَسَبُوٓاْۚ أَتُرِيدُونَ أَن تَهۡدُواْ مَنۡ أَضَلَّ ٱللَّهُۖ وَمَن يُضۡلِلِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ سَبِيلٗا

    Open ayah 4:88

    तिमीहरूलाई के भएको छ कि मुनाफिक(कपटी) हरूको सम्बन्धमा तिमीहरू दुईमत छौ जबकि अल्लाहले मुनाफिकहरू (बुद्धि) लाई तिनीहरुका कुकर्महरूको कारणले घोप्टो पारिदिएका छन् ? के तिमी अल्लाहले पथभ्रष्ट पारेकाहरूलाई सत्मार्ग देखाउन चाहन्छौ ? जसलाई अल्लाहले पथभ्रष्ट गरिदिएका छन् त्यसकानिम्ति तिमीले कुनै मार्ग प्राप्त गर्न सक्ने छैनौ ।

  89. وَدُّواْ لَوۡ تَكۡفُرُونَ كَمَا كَفَرُواْ فَتَكُونُونَ سَوَآءٗۖ فَلَا تَتَّخِذُواْ مِنۡهُمۡ أَوۡلِيَآءَ حَتَّىٰ يُهَاجِرُواْ فِي سَبِيلِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَخُذُوهُمۡ وَٱقۡتُلُوهُمۡ حَيۡثُ وَجَدتُّمُوهُمۡۖ وَلَا تَتَّخِذُواْ مِنۡهُمۡ وَلِيّٗا وَلَا نَصِيرًا

    Open ayah 4:89

    मुनाफिकहरू के चाहन्छन् भने तिमीहरू पनि तिनीहरूझै काफिर होऊ ताकि तिनीहरू तथा तिमीहरू सबै समान बन । अतः तिनीहरूमध्ये कसैलाई अल्लाहको मार्गमा हिजरत नगरुञ्जेल मित्र नबनाऊ । यदि तिनीहरू बिमुख हुन्छन् भने तिनीहरूलाई जहाँ भेट्छौ त्यहीँ समात र वध गर । र, तिनीहरूमध्ये कसैलाई आफ्नो संरक्षक–मित्र तथा सहयोगी नबनाऊ ।

  90. إِلَّا ٱلَّذِينَ يَصِلُونَ إِلَىٰ قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٌ أَوۡ جَآءُوكُمۡ حَصِرَتۡ صُدُورُهُمۡ أَن يُقَٰتِلُوكُمۡ أَوۡ يُقَٰتِلُواْ قَوۡمَهُمۡۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَسَلَّطَهُمۡ عَلَيۡكُمۡ فَلَقَٰتَلُوكُمۡۚ فَإِنِ ٱعۡتَزَلُوكُمۡ فَلَمۡ يُقَٰتِلُوكُمۡ وَأَلۡقَوۡاْ إِلَيۡكُمُ ٱلسَّلَمَ فَمَا جَعَلَ ٱللَّهُ لَكُمۡ عَلَيۡهِمۡ سَبِيلٗا 

    Open ayah 4:90

    अँ, तिनीहरूसँग यस आदेशको कुनै सम्बन्ध छैन जससँग तिम्रो सन्धि भइसकेको छ । त्यसरी नै तिनीहरूसित पनि यस आदेशको सम्बन्ध छैन जो तिमीसामु युद्धबारे खिन्न भएर आउँछन्; जो न तिमीहरूविरुद्ध लड्न चाहन्छन् न आफ्नो समुदायविरुद्ध नै । अल्लाहले चाहेको भए तिनीहरूलाई तिमीहरूमाथि प्रभुत्व प्रदान गर्ने थिए अनि तिनीहरू तिमीहरूविरुद्ध युद्ध गर्ने थिए । तर, तिनीहरू तिमीहरूबाट टाढा रहन्छन् र युद्ध गर्दैनन् अनि तिमीहरूसँग सम्झौता गर्न चाहन्छन् भने अल्लाहले तिमीहरूकालागि तिनीहरूविरुद्ध (युद्ध गर्ने) कुनै मार्ग खुला राखेका छैनन् ।

  91. سَتَجِدُونَ ءَاخَرِينَ يُرِيدُونَ أَن يَأۡمَنُوكُمۡ وَيَأۡمَنُواْ قَوۡمَهُمۡ كُلَّ مَا رُدُّوٓاْ إِلَى ٱلۡفِتۡنَةِ أُرۡكِسُواْ فِيهَاۚ فَإِن لَّمۡ يَعۡتَزِلُوكُمۡ وَيُلۡقُوٓاْ إِلَيۡكُمُ ٱلسَّلَمَ وَيَكُفُّوٓاْ أَيۡدِيَهُمۡ فَخُذُوهُمۡ وَٱقۡتُلُوهُمۡ حَيۡثُ ثَقِفۡتُمُوهُمۡۚ وَأُوْلَٰٓئِكُمۡ جَعَلۡنَا لَكُمۡ عَلَيۡهِمۡ سُلۡطَٰنٗا مُّبِينٗا

    Open ayah 4:91

    तिमीहरूले केही यस्ता मुनाफिकहरू भेट्टाउनेछौ जो तिमीहरूबाट र आफ्ना समुदायबाट पनि सुरक्षित रहन चाहन्छन् । तर जब उपद्रव गर्ने समय पाउँछन् तब त्यसमा संलग्न हुन्छन् । अतः यदि यिनीहरू तिमीहरूबाट टाढा रहँदैनन् र तिमीहरूसँग सन्धि गर्दैनन् अनि आफ्ना हात रोक्दैनन् भने जहाँ भेट्छौ तिनीहरूलाई समात र वध गर । यस्ता मानिसहरूविरुद्ध हामीले तिमीहरूलाई स्पष्ट प्रभुत्व प्रदान गरेका छौँ ।

  92. وَمَا كَانَ لِمُؤۡمِنٍ أَن يَقۡتُلَ مُؤۡمِنًا إِلَّا خَطَـٔٗاۚ وَمَن قَتَلَ مُؤۡمِنًا خَطَـٔٗا فَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖ وَدِيَةٞ مُّسَلَّمَةٌ إِلَىٰٓ أَهۡلِهِۦٓ إِلَّآ أَن يَصَّدَّقُواْۚ فَإِن كَانَ مِن قَوۡمٍ عَدُوّٖ لَّكُمۡ وَهُوَ مُؤۡمِنٞ فَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖۖ وَإِن كَانَ مِن قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٞ فَدِيَةٞ مُّسَلَّمَةٌ إِلَىٰٓ أَهۡلِهِۦ وَتَحۡرِيرُ رَقَبَةٖ مُّؤۡمِنَةٖۖ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ شَهۡرَيۡنِ مُتَتَابِعَيۡنِ تَوۡبَةٗ مِّنَ ٱللَّهِۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

    Open ayah 4:92

    आस्थावानको यो काम होइन कि उसले कुनै मोमिनको हत्या गरोस्, भुलचुकको कुरा बेग्लै छ । र, जसले भुलचुकमा कुनै मोमिनको हत्या गर्छ उसले एउटा मोमिन दासलाई मुक्त गर्नुपर्दछ अनि त्यसको परिवारलाई रक्तमूल्य तिर्नुपर्दछ । तर उनीहरूले माफ गर्छन् भने त्यो बेग्लै कुरा हो । परन्तु यदि हताहत भएको व्यक्ति तिम्रो शत्रु समुदायको मान्छे रहेछ र त्यो मोमिन रहेछ भने तिमीले एकजना मोमिन दासलार्ई मुक्त गर्नुपर्दछ । र, यदि ऊ कुनै यस्तो समूहको व्यक्ति हो जोसँग तिम्रो सन्धि भएको रहेछ भने उसका नातेदारहरूलाई रक्त मुल्य दिनुपर्छ र एकजना मोमिन दासलार्ई पनि मुक्त गर्नुपर्छ । अनि, जसले दास पाउदैन उसले निरन्तर दुर्ई महिनाको रोजा (व्रत) राख्नुपर्दछ । यो अल्लाहको तर्फबाट प्रायश्चितको स्वीकृति हो । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  93. وَمَن يَقۡتُلۡ مُؤۡمِنٗا مُّتَعَمِّدٗا فَجَزَآؤُهُۥ جَهَنَّمُ خَٰلِدٗا فِيهَا وَغَضِبَ ٱللَّهُ عَلَيۡهِ وَلَعَنَهُۥ وَأَعَدَّ لَهُۥ عَذَابًا عَظِيمٗا

    Open ayah 4:93

    र, जसले जानि जानि कुनै मोमिनको हत्या गर्छ, त्यसको प्रतिदान नरक हो जसमा ऊ सदासर्वदा रहनेछ । र, उसमाथि अल्लाहको प्रकोप तथा धिक्कार रहेकोछ । र, अल्लाहले उसको लागि कठोर यातना तयार पारेका छन् ।

  94. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا ضَرَبۡتُمۡ فِي سَبِيلِ ٱللَّهِ فَتَبَيَّنُواْ وَلَا تَقُولُواْ لِمَنۡ أَلۡقَىٰٓ إِلَيۡكُمُ ٱلسَّلَٰمَ لَسۡتَ مُؤۡمِنٗا تَبۡتَغُونَ عَرَضَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا فَعِندَ ٱللَّهِ مَغَانِمُ كَثِيرَةٞۚ كَذَٰلِكَ كُنتُم مِّن قَبۡلُ فَمَنَّ ٱللَّهُ عَلَيۡكُمۡ فَتَبَيَّنُوٓاْۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

    Open ayah 4:94

    हे आस्थावानहरू हो ! तिमीहरू अल्लाहको मार्गमा प्रस्थान गर्दा जाँच–बुझ गर्ने गर । जसले तिमीहरूलाई सलाम गर्छ उसलाई झट्ट ‘तिमी आस्थावान होइनौ’ भनेर नभन । तिमीहरू सांसारिक लाभ चाहन्छौ भने अल्लाहसँग प्रचूर सम्पत्ति रहेको छ । पहिले तिमीहरू पनि त्यस्तै (काफिर) थियौ, अनि अल्लाहले तिमीहरूमाथि कृपा गरे । हो, जाँचबुझबाट काम लिने गर । निश्चय नै तिमीहरू जे गर्छौ अल्लाह त्यसबाट अवगत छन् ।

  95. لَّا يَسۡتَوِي ٱلۡقَٰعِدُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ غَيۡرُ أُوْلِي ٱلضَّرَرِ وَٱلۡمُجَٰهِدُونَ فِي سَبِيلِ ٱللَّهِ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡۚ فَضَّلَ ٱللَّهُ ٱلۡمُجَٰهِدِينَ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ عَلَى ٱلۡقَٰعِدِينَ دَرَجَةٗۚ وَكُلّٗا وَعَدَ ٱللَّهُ ٱلۡحُسۡنَىٰۚ وَفَضَّلَ ٱللَّهُ ٱلۡمُجَٰهِدِينَ عَلَى ٱلۡقَٰعِدِينَ أَجۡرًا عَظِيمٗا

    Open ayah 4:95

    आस्थावानहरूमध्ये कुनै कारणबिना घरमै बस्नेहरू र अल्लाहको मार्गमा धन तथा जीउज्यानले जिहाद गर्नेहरू समान हुन सक्दैनन् । अल्लाहले बिना कारण बसिरहनेहरूमाथि आफ्नो धन तथा जीउज्यानकासाथ जिहाद गर्नेहरूलाई एक श्रेणी उच्च पारेका छन् । र, सबैलाई अल्लाहले राम्रो प्रतिदानको वचन दिएकाछन् । तापनि जिहाद गर्नेहरूलाई त्यसै बसिरहनेहरूको तुलनामा महान प्रतिफलद्वारा श्रेष्ठता प्रदान गरेका छन् ।

  96. دَرَجَٰتٖ مِّنۡهُ وَمَغۡفِرَةٗ وَرَحۡمَةٗۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمًا

    Open ayah 4:96

    अल्लाहकहाँ उनीहरूकालागि उच्च श्रेणी छ र क्षमा अनि दया पनि । र, अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  97. إِنَّ ٱلَّذِينَ تَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ ظَالِمِيٓ أَنفُسِهِمۡ قَالُواْ فِيمَ كُنتُمۡۖ قَالُواْ كُنَّا مُسۡتَضۡعَفِينَ فِي ٱلۡأَرۡضِۚ قَالُوٓاْ أَلَمۡ تَكُنۡ أَرۡضُ ٱللَّهِ وَٰسِعَةٗ فَتُهَاجِرُواْ فِيهَاۚ فَأُوْلَٰٓئِكَ مَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَسَآءَتۡ مَصِيرًا

    Open ayah 4:97

    निस्सन्देह, जसले आफूमाथि अत्याचार गर्छन् तिनीहरूको आत्मालाई समातेर फरिश्ताहरू सोध्छन्– “तिमीहरू कुन अवस्थामा थियौ ?” उनीहरू भन्छन्– “हामी धर्तीमा कमजोर अनि विवश थियौं ।” फरिश्ताहरू भन्छन्– “के अल्लाहको धर्ती विशाल थिएन र कि तिमीहरू अन्यत्र ‘हिजरत’ गर्न सक ?” तिनीहरूको बासस्थान नरक हो । र, कति नराम्रो ठेगाना हो नरक !

  98. إِلَّا ٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلرِّجَالِ وَٱلنِّسَآءِ وَٱلۡوِلۡدَٰنِ لَا يَسۡتَطِيعُونَ حِيلَةٗ وَلَا يَهۡتَدُونَ سَبِيلٗا

    Open ayah 4:98

    सिवाय ती विवश पुरुष, महिला तथा बच्चाहरू जो उपाय गर्न सक्दैनन् र जो निस्कने कुनै मार्ग पनि पाइरहेका छैनन् ।

  99. فَأُوْلَٰٓئِكَ عَسَى ٱللَّهُ أَن يَعۡفُوَ عَنۡهُمۡۚ وَكَانَ ٱللَّهُ عَفُوًّا غَفُورٗا

    Open ayah 4:99

    आशा छ, अल्लाहले उनीहरूलाई क्षमा गरिदिनेछन् । र अल्लाह धेरै माफ गर्ने तथा क्षमाशील छन् ।

  100. ۞وَمَن يُهَاجِرۡ فِي سَبِيلِ ٱللَّهِ يَجِدۡ فِي ٱلۡأَرۡضِ مُرَٰغَمٗا كَثِيرٗا وَسَعَةٗۚ وَمَن يَخۡرُجۡ مِنۢ بَيۡتِهِۦ مُهَاجِرًا إِلَى ٱللَّهِ وَرَسُولِهِۦ ثُمَّ يُدۡرِكۡهُ ٱلۡمَوۡتُ فَقَدۡ وَقَعَ أَجۡرُهُۥ عَلَى ٱللَّهِۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا 

    Open ayah 4:100

    र, जो अल्लाहको मार्गमा घरबार छोडेर निस्कनेछ उसले धर्तीमा बासकोलागि धेरै स्थान पाउनेछ र प्रसस्त सुविधा पनि । र, जो कोही अल्लाह एवं ईशदूतका लागि घरबार छोडेर निस्कन्छ र (बाटोमा) उसको मृत्यु हुन्छ भने अल्लाहकहाँ उसको प्रतिदान निश्चित छ । र, अल्लाह क्षमाशील एवं परम दयालु छन् ।

  101. وَإِذَا ضَرَبۡتُمۡ فِي ٱلۡأَرۡضِ فَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَقۡصُرُواْ مِنَ ٱلصَّلَوٰةِ إِنۡ خِفۡتُمۡ أَن يَفۡتِنَكُمُ ٱلَّذِينَ كَفَرُوٓاْۚ إِنَّ ٱلۡكَٰفِرِينَ كَانُواْ لَكُمۡ عَدُوّٗا مُّبِينٗا 

    Open ayah 4:101

    र जब तिमीहरू यात्रामा निस्कन्छौ तब नमाज़ कस्र (चार रिक्अतको नमाज़हरू दुई रिक्अत) गरेर पढ्दा कुनै आपत्ति छैन, यदि तिमीहरूलाई काफिरहरूद्वारा सताइने शंका हुन्छ भने । निश्चय नै काफिरहरू तिम्रा स्पष्ट शत्रु हुन् ।

  102. وَإِذَا كُنتَ فِيهِمۡ فَأَقَمۡتَ لَهُمُ ٱلصَّلَوٰةَ فَلۡتَقُمۡ طَآئِفَةٞ مِّنۡهُم مَّعَكَ وَلۡيَأۡخُذُوٓاْ أَسۡلِحَتَهُمۡۖ فَإِذَا سَجَدُواْ فَلۡيَكُونُواْ مِن وَرَآئِكُمۡ وَلۡتَأۡتِ طَآئِفَةٌ أُخۡرَىٰ لَمۡ يُصَلُّواْ فَلۡيُصَلُّواْ مَعَكَ وَلۡيَأۡخُذُواْ حِذۡرَهُمۡ وَأَسۡلِحَتَهُمۡۗ وَدَّ ٱلَّذِينَ كَفَرُواْ لَوۡ تَغۡفُلُونَ عَنۡ أَسۡلِحَتِكُمۡ وَأَمۡتِعَتِكُمۡ فَيَمِيلُونَ عَلَيۡكُم مَّيۡلَةٗ وَٰحِدَةٗۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ إِن كَانَ بِكُمۡ أَذٗى مِّن مَّطَرٍ أَوۡ كُنتُم مَّرۡضَىٰٓ أَن تَضَعُوٓاْ أَسۡلِحَتَكُمۡۖ وَخُذُواْ حِذۡرَكُمۡۗ إِنَّ ٱللَّهَ أَعَدَّ لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا 

    Open ayah 4:102

    र, (हे सन्देष्टा !) जब तिमी आस्थावानहरूसँग हुन्छौ र उनीहरूलाई (युद्धको अवस्थामा) नमाज़ पढाउन खडा हुन्छौ तब उनीहरूको एउटा गण सतर्क तथा हतियार बद्ध भएरै तिमीसँग उभियोस् अनि सज्दा (नमाज़) पूर्ण गरेपछि उनीहरू पछिल्तिर गएर खडा होउन् । अनि अर्को समूह आएर तिमीसँग नमाज़ पढोस् जसले नमाज पढेको छैन । र, उनीहरू सतर्क तथा हतियार बद्ध रहुन् । काफिरहरू चाहना छ कि तिमीहरू आफ्ना हतियार एवं सरसामानबारे अचेत होऊ कि तिनीहरू तिमीहरूमाथि अकस्मात् आइलागुन् । यदि तिमीहरूलाई वर्षाको कारणले अप्ठ्यारो छ वा तिमीहरू बिरामी छौ भने आफ्ना हतियार अलग राख्दा तिमीहरूमाथि कुनै दोष छैन । तर आफ्नो सतर्कता बनाइ राख । निस्सन्देह, अल्लाहले काफिरहरूकालागि अपमानजनक यातना तयार पारेका छन् ।

  103. فَإِذَا قَضَيۡتُمُ ٱلصَّلَوٰةَ فَٱذۡكُرُواْ ٱللَّهَ قِيَٰمٗا وَقُعُودٗا وَعَلَىٰ جُنُوبِكُمۡۚ فَإِذَا ٱطۡمَأۡنَنتُمۡ فَأَقِيمُواْ ٱلصَّلَوٰةَۚ إِنَّ ٱلصَّلَوٰةَ كَانَتۡ عَلَى ٱلۡمُؤۡمِنِينَ كِتَٰبٗا مَّوۡقُوتٗا 

    Open ayah 4:103

    अनि नमाज पूरा गरेपछि उभिएको, बसेको तथा ढल्किएको अवस्थामा अल्लाहलाई स्मरण गर्ने गर । र, निश्चिन्त भएपछि पुरा नमाज कायम गर । निस्सन्देह आस्थावानहरूमाथि समयको पालनाका साथ नमाज अनिवार्य गरिएको छ ।

  104. وَلَا تَهِنُواْ فِي ٱبۡتِغَآءِ ٱلۡقَوۡمِۖ إِن تَكُونُواْ تَأۡلَمُونَ فَإِنَّهُمۡ يَأۡلَمُونَ كَمَا تَأۡلَمُونَۖ وَتَرۡجُونَ مِنَ ٱللَّهِ مَا لَا يَرۡجُونَۗ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمًا 

    Open ayah 4:104

    र (शत्रु) मानिसहरूलाई लखेट्नमा निर्बलता न देखाउ । यदि तिमीहरू कष्ट भोग्दैछौ भने तिनीहरू पनि तिमीहरूझैं कष्ट भोग्दैछन् र तिमीहरू अल्लाहसित त्यस कुराको आशा राख्दछौ जसको आशा तिनीहरू राख्नदैनन् । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  105. إِنَّآ أَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ لِتَحۡكُمَ بَيۡنَ ٱلنَّاسِ بِمَآ أَرَىٰكَ ٱللَّهُۚ وَلَا تَكُن لِّلۡخَآئِنِينَ خَصِيمٗا 

    Open ayah 4:105

    हे सन्देष्टा ! हामीले तिमीमाथि सत्यकासाथ ग्रन्थ अवतरण गरेका छौँ, ताकि तिमी अल्लाहले बताएको तरिकानुसार मानिसहरूबीच फैसला गर र विश्वासघातीहरूको पक्षधर नबन ।

  106. وَٱسۡتَغۡفِرِ ٱللَّهَۖ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا 

    Open ayah 4:106

    र, अल्लाहसित क्षमायाचना गर्ने गर । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  107. وَلَا تُجَٰدِلۡ عَنِ ٱلَّذِينَ يَخۡتَانُونَ أَنفُسَهُمۡۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ مَن كَانَ خَوَّانًا أَثِيمٗا 

    Open ayah 4:107

    र, स्वयम् आफैसँग विश्वासघात गर्नेहरूको पक्षमा वाद–विवाद नगर । निस्सन्देह अल्लाह विश्वासघाती एवं पापीहरूलाई मन पराउँदैनन् ।

  108. يَسۡتَخۡفُونَ مِنَ ٱلنَّاسِ وَلَا يَسۡتَخۡفُونَ مِنَ ٱللَّهِ وَهُوَ مَعَهُمۡ إِذۡ يُبَيِّتُونَ مَا لَا يَرۡضَىٰ مِنَ ٱلۡقَوۡلِۚ وَكَانَ ٱللَّهُ بِمَا يَعۡمَلُونَ مُحِيطًا 

    Open ayah 4:108

    तिनीहरू मानिसहरूबाट लुकाउन चाहन्छन्, तर अल्लाहबाट लुकाउन चाँहदैनन् । तिनीहरूले रातमा अल्लाहले मन नपराएको कुराबारे परामर्श गर्दा पनि उनी तिनीहरूसँगै हुन्छन् । वास्तवमा अल्लाहले तिनीहरूले गरेका सबै कार्यलाई घेरेका छन् ।

  109. هَٰٓأَنتُمۡ هَٰٓؤُلَآءِ جَٰدَلۡتُمۡ عَنۡهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا فَمَن يُجَٰدِلُ ٱللَّهَ عَنۡهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ أَم مَّن يَكُونُ عَلَيۡهِمۡ وَكِيلٗا 

    Open ayah 4:109

    अँ ! सांसारिक जीवनमा अपराधीहरूको पक्षमा तर्कवितर्क गर्ने तिमीहरू नै हौ तर महाप्रलयको दिन अल्लाहसमक्ष तिनीहरूको पक्षमा तर्कवितर्क गर्ने को हुनेछ ? वा तिनीहरूको कार्यसाधक को हुनेछ ?

  110. وَمَن يَعۡمَلۡ سُوٓءًا أَوۡ يَظۡلِمۡ نَفۡسَهُۥ ثُمَّ يَسۡتَغۡفِرِ ٱللَّهَ يَجِدِ ٱللَّهَ غَفُورٗا رَّحِيمٗا 

    Open ayah 4:110

    र जो व्यक्तिले पनि कुनै कुकर्म वा स्वयंमाथि अत्याचार गर्छ अनि अल्लाहसित क्षमायाचना गर्छ भने उसले अल्लाहलाई अति क्षमाशील एवं परम दयालु पाउनेछ ।

  111. وَمَن يَكۡسِبۡ إِثۡمٗا فَإِنَّمَا يَكۡسِبُهُۥ عَلَىٰ نَفۡسِهِۦۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا

    Open ayah 4:111

    र, जसले पाप गर्छ त्यसको भार त्यसैमाथि आउनेछ । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  112. وَمَن يَكۡسِبۡ خَطِيٓـَٔةً أَوۡ إِثۡمٗا ثُمَّ يَرۡمِ بِهِۦ بَرِيٓـٔٗا فَقَدِ ٱحۡتَمَلَ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا

    Open ayah 4:112

    र, जसले कुनै गल्ती वा पाप गर्छ अनि त्यसको दोष कुनै निर्दोषमाथि लगाउँछ उसले निश्चय नै एउटा ठूलो लाञ्छना तथा प्रस्ट पापको बोझ उठाउँछ ।,

  113. وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكَ وَرَحۡمَتُهُۥ لَهَمَّت طَّآئِفَةٞ مِّنۡهُمۡ أَن يُضِلُّوكَ وَمَا يُضِلُّونَ إِلَّآ أَنفُسَهُمۡۖ وَمَا يَضُرُّونَكَ مِن شَيۡءٖۚ وَأَنزَلَ ٱللَّهُ عَلَيۡكَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَعَلَّمَكَ مَا لَمۡ تَكُن تَعۡلَمُۚ وَكَانَ فَضۡلُ ٱللَّهِ عَلَيۡكَ عَظِيمٗا

    Open ayah 4:113

    (हे सन्देष्टा !) यदि तिमीमाथि अल्लाहको वरदान एवं दया नरहेको भए तिनीहरूमध्ये एउटा समूहले तिमीलाई पथभ्रष्ट गर्ने सङ्कल्प गरिसकेको थियो तर तिनीहरूले आफूलाई नै पथभ्रष्ट पार्दैछन्; तिमीलाई कत्ति पनि हानि पुर्याउन सक्दैनन् । अल्लाहले तिमीमाथि ग्रन्थ तथा तत्वदर्शिता अवतरण गरेका छन् अनि तिमीलाई तिमीले नजानेका कुरा सिकाएका छन् । र, तिमीमाथि अल्लाहको ठूलो वरदान छ ।

  114. ۞لَّا خَيۡرَ فِي كَثِيرٖ مِّن نَّجۡوَىٰهُمۡ إِلَّا مَنۡ أَمَرَ بِصَدَقَةٍ أَوۡ مَعۡرُوفٍ أَوۡ إِصۡلَٰحِۭ بَيۡنَ ٱلنَّاسِۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ ٱبۡتِغَآءَ مَرۡضَاتِ ٱللَّهِ فَسَوۡفَ نُؤۡتِيهِ أَجۡرًا عَظِيمٗا

    Open ayah 4:114

    मुनाफिकहरूका अधिकांश गोप्य सरसल्लाहहरुमा कुनै भलाइ हुँदैन । अँ, जसले दान गर्न, भलाईको कार्य गर्न वा मानिसहरूबीच सुधारका काम गर्न प्रोत्साहित गर्छ उसको गोप्य परामर्श भलाईको कार्य हो । जसले अल्लाहको प्रसन्नता प्राप्तिको लागि यस्तो गर्नेछ हामीले उसलाई ठूलो प्रतिदान प्रदान गर्नेछौं ।

  115. وَمَن يُشَاقِقِ ٱلرَّسُولَ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُ ٱلۡهُدَىٰ وَيَتَّبِعۡ غَيۡرَ سَبِيلِ ٱلۡمُؤۡمِنِينَ نُوَلِّهِۦ مَا تَوَلَّىٰ وَنُصۡلِهِۦ جَهَنَّمَۖ وَسَآءَتۡ مَصِيرًا

    Open ayah 4:115

    र, जो सीधा मार्ग स्पष्ट भएपश्चात् ईशदूतविरुद्ध कटिबद्ध रहन्छ अनि आस्थावानहरूको मार्गबाहेक अरू कुनै मार्गको अनुसरण गर्छ, हामी त्यसलाई त्यसै मार्गमा लगाउने छौँ जुन मार्गतिर उसले स्वयंलाई लगाउने छ, र उसलाई हामीले नरकमा होम्नेछौं । र कति नराम्रो ठेगाना हो नरक !

  116. إِنَّ ٱللَّهَ لَا يَغۡفِرُ أَن يُشۡرَكَ بِهِۦ وَيَغۡفِرُ مَا دُونَ ذَٰلِكَ لِمَن يَشَآءُۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدۡ ضَلَّ ضَلَٰلَۢا بَعِيدًا

    Open ayah 4:116

    निस्सन्देह अल्लाहले शिर्क (आफूसित कसैलाई साझेदार बनाइने ) कार्यलाई कदापि माफ गर्ने छैनन् । तर यसबाहेकका अन्य पाप जसको लागि चाहनेछन् क्षमा गर्नेछन् । जसले अल्लाहसँग साझेदार बनायो ऊ पथभ्रष्टतामा धेरै टाढासम्म पुग्यो ।

  117. إِن يَدۡعُونَ مِن دُونِهِۦٓ إِلَّآ إِنَٰثٗا وَإِن يَدۡعُونَ إِلَّا شَيۡطَٰنٗا مَّرِيدٗا

    Open ayah 4:117

    तिनीहरू अल्लाहलाई छोडी केवल देवीहरूलाई पुकार्दछन् र यसो गरेर केवल विद्रोही शैतानलाई उपास्य पुकार्दैछन् ।

  118. لَّعَنَهُ ٱللَّهُۘ وَقَالَ لَأَتَّخِذَنَّ مِنۡ عِبَادِكَ نَصِيبٗا مَّفۡرُوضٗا

    Open ayah 4:118

    उसमाथि अल्लाहको श्राप परेको छ र उसले त भनेको छ– “म तिम्रा भक्तहरूबाट एउटा निर्धारित अंश अवश्य नै हत्याउनेछु ।

  119. وَلَأُضِلَّنَّهُمۡ وَلَأُمَنِّيَنَّهُمۡ وَلَأٓمُرَنَّهُمۡ فَلَيُبَتِّكُنَّ ءَاذَانَ ٱلۡأَنۡعَٰمِ وَلَأٓمُرَنَّهُمۡ فَلَيُغَيِّرُنَّ خَلۡقَ ٱللَّهِۚ وَمَن يَتَّخِذِ ٱلشَّيۡطَٰنَ وَلِيّٗا مِّن دُونِ ٱللَّهِ فَقَدۡ خَسِرَ خُسۡرَانٗا مُّبِينٗا

    Open ayah 4:119

    म तिनीहरूलाई पथभ्रष्ट गरेरै छाड्नेछु, तिनीहरूलाई मनोकांक्षाको मोहजालमा फसाउनेछु तथा तिनीहरूलाई आदेश दिनेछु अनि तिनीहरूले जनावरहरूका कान छेड्नेछन् । र, म तिनीहरूलाई आदेश दिनेछु अनि तिनीहरूले अल्लाहले गरेका संरचनामा फेरबदल गर्नेछन् ।” र, जसले अल्लाहलाई छोडी शैतानलाई संरक्षक–मित्र बनायो ऊ स्पष्ट नोक्सानमा पर्यो ।

  120. يَعِدُهُمۡ وَيُمَنِّيهِمۡۖ وَمَا يَعِدُهُمُ ٱلشَّيۡطَٰنُ إِلَّا غُرُورًا 

    Open ayah 4:120

    शैतानले तिनीहरुसँग वाचा गर्छ र आकांक्षाको जालमा अल्झाउँछ, तर, तिनीहरुसँग शैतानले गरेको वाचा धोका बाहेक केहि होइन ।

  121. أُوْلَٰٓئِكَ مَأۡوَىٰهُمۡ جَهَنَّمُ وَلَا يَجِدُونَ عَنۡهَا مَحِيصٗا

    Open ayah 4:121

    तिनीहरूको ठेगाना नरक हुनेछ र तिनीहरूसँग त्यसबाट मुक्तिको कुनै उपाय हुने छैन ।

  122. وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ سَنُدۡخِلُهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ وَعۡدَ ٱللَّهِ حَقّٗاۚ وَمَنۡ أَصۡدَقُ مِنَ ٱللَّهِ قِيلٗا

    Open ayah 4:122

    र, जसले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई त्यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछौं जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन्; जहाँ उनीहरू सदा–सर्वदा रहनेछन् । यो अल्लाहको सत्य वचन हो । र, को अल्लाहभन्दा बढी आफ्नो वचनमा सत्य हुन सक्छ ?

  123. لَّيۡسَ بِأَمَانِيِّكُمۡ وَلَآ أَمَانِيِّ أَهۡلِ ٱلۡكِتَٰبِۗ مَن يَعۡمَلۡ سُوٓءٗا يُجۡزَ بِهِۦ وَلَا يَجِدۡ لَهُۥ مِن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا

    Open ayah 4:123

    न तिमीहरूको आकांक्षाहरु पूर्ण हुनेछ, र न अह्लेकिताबको आकांक्षाहरू नै । दुष्कर्म गर्नेले त्यसको सजायँ अवश्य नै पाउनेछ, र त्यसले अल्लाहको विरुद्धमा आफ्नो लागि कुनै समर्थक एवं सहायक पाउने छैन ।

  124. وَمَن يَعۡمَلۡ مِنَ ٱلصَّٰلِحَٰتِ مِن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَأُوْلَٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ وَلَا يُظۡلَمُونَ نَقِيرٗا

    Open ayah 4:124

    र पुरुष होस् वा महिला जसले पनि ईमानको अवस्थामा सत्कर्म गर्छन् तिनीहरू स्वर्गमा प्रवेश गर्नेछन् र तिनीहरूमाथि रतिभर अत्याचार गरिने छैन ।

  125. وَمَنۡ أَحۡسَنُ دِينٗا مِّمَّنۡ أَسۡلَمَ وَجۡهَهُۥ لِلَّهِ وَهُوَ مُحۡسِنٞ وَٱتَّبَعَ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۗ وَٱتَّخَذَ ٱللَّهُ إِبۡرَٰهِيمَ خَلِيلٗا

    Open ayah 4:125

    र, धर्मको हिसाबले त्यो व्यक्तिभन्दा राम्रो को हुन सक्छ जसले सत्कर्म गर्दै अल्लाहको सामुन्ने आफूलाई समर्पित गरयो; र एकचित्त इब्राहीमको तरीकाको अनुसरण गर्यो; र इब्राहीमलाई त अल्लाहले आफ्नो मित्र बनाए ।

  126. وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٖ مُّحِيطٗا

    Open ayah 4:126

    र, अल्लाहकै हुन् जेजति आकाशहरू एवं धर्तीमा छन् अनि अल्लाहले सम्पूर्ण चिजलार्ई आफ्नो घेरामा लिएका छन् ।

  127. وَيَسۡتَفۡتُونَكَ فِي ٱلنِّسَآءِۖ قُلِ ٱللَّهُ يُفۡتِيكُمۡ فِيهِنَّ وَمَا يُتۡلَىٰ عَلَيۡكُمۡ فِي ٱلۡكِتَٰبِ فِي يَتَٰمَى ٱلنِّسَآءِ ٱلَّٰتِي لَا تُؤۡتُونَهُنَّ مَا كُتِبَ لَهُنَّ وَتَرۡغَبُونَ أَن تَنكِحُوهُنَّ وَٱلۡمُسۡتَضۡعَفِينَ مِنَ ٱلۡوِلۡدَٰنِ وَأَن تَقُومُواْ لِلۡيَتَٰمَىٰ بِٱلۡقِسۡطِۚ وَمَا تَفۡعَلُواْ مِنۡ خَيۡرٖ فَإِنَّ ٱللَّهَ كَانَ بِهِۦ عَلِيمٗا

    Open ayah 4:127

    र, तिनीहरूले तिमीसँग महिलाहरूकोबारे धर्मादेश सोध्दछन् । भनिदेऊ– “स्वयं अल्लाहले तिमीहरूलाई तिनीहरूका बारेमा धर्मादेश दिन्छन् र पहिलेदेखि नै यस ग्रन्थमा रहेका आदेशहरू पनि तिमीहरूलार्ई स्मरण गराउँछन् जुन ती अनाथ स्त्रीहरूको बारेमा छ जसलाई तिमीहरू निर्धारित हक दिंदैनौ तर तिनीहरूसँग विवाह भने गर्न चाहन्छौ अनि ती असहाय बच्चाहरूको बारेमा र यो पनि कि अनाथहरूसित निसाफ गर । र, तिमी जुनसुकै भलाइ गर्छौ त्यसलाई अल्लाह राम्ररी जान्दछन् ।

  128. وَإِنِ ٱمۡرَأَةٌ خَافَتۡ مِنۢ بَعۡلِهَا نُشُوزًا أَوۡ إِعۡرَاضٗا فَلَا جُنَاحَ عَلَيۡهِمَآ أَن يُصۡلِحَا بَيۡنَهُمَا صُلۡحٗاۚ وَٱلصُّلۡحُ خَيۡرٞۗ وَأُحۡضِرَتِ ٱلۡأَنفُسُ ٱلشُّحَّۚ وَإِن تُحۡسِنُواْ وَتَتَّقُواْ فَإِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

    Open ayah 4:128

    र यदि कुनै महिलालाई उनको पतिले दुर्व्यवहार गर्ने वा वास्ता नराख्ने आभास हुन्छ भने यसमा कुनै दोष छैन कि दुवैले परस्पर सम्झौता गरून्, र सम्झौता नै उत्तम हुन्छ । र लालच त मानव प्रकृतिको अनुपम अंश हो । र, यदि तिमीहरू सद व्यवहार गर्छौ र ईशभय राख्छौ भने अल्लाह तिमीहरूको कार्यबाट अवगत छन् ।

  129. وَلَن تَسۡتَطِيعُوٓاْ أَن تَعۡدِلُواْ بَيۡنَ ٱلنِّسَآءِ وَلَوۡ حَرَصۡتُمۡۖ فَلَا تَمِيلُواْ كُلَّ ٱلۡمَيۡلِ فَتَذَرُوهَا كَٱلۡمُعَلَّقَةِۚ وَإِن تُصۡلِحُواْ وَتَتَّقُواْ فَإِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

    Open ayah 4:129

    र, तिमीहरूले चाहेर पनि पत्नीहरूबीच पूर्ण न्याय गर्नै सक्दैनौ । अतः तिमीहरू एकैतर्फ पुरै नझुक यसरी कि अर्कीलाई चाहिँ असहाय अवस्थामा छोडिदेऊ । अनि, यदि तिमीहरू सुधार गर्दै गर्छौ र अल्लाहको भय राख्दछौ भने निश्चय नै अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  130. وَإِن يَتَفَرَّقَا يُغۡنِ ٱللَّهُ كُلّٗا مِّن سَعَتِهِۦۚ وَكَانَ ٱللَّهُ وَٰسِعًا حَكِيمٗا 

    Open ayah 4:130

    र, यदि पति–पत्नीबीच सम्बन्ध बिच्छेद हुन्छ भने अल्लाहले दुवैलाई आफ्नो समृद्धिद्वारा आत्मनिर्भर तुल्याउनेछन् र अल्लाह अति उदार एवं तत्वदर्शी छन् ।

  131. وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَلَقَدۡ وَصَّيۡنَا ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ وَإِيَّاكُمۡ أَنِ ٱتَّقُواْ ٱللَّهَۚ وَإِن تَكۡفُرُواْ فَإِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ غَنِيًّا حَمِيدٗا

    Open ayah 4:131

    र, अल्लाहकै हुन् जेजति आकाशहरूमा छन् र जेजति पृथ्वीमा छन् । तिमीहरूभन्दा पहिलेका ग्रन्थवाहकहरूलाई र तिमीहरूलाई पनि हामीले अल्लाहसित भय राख्ने आदेश दियौं । फेरि पनि तिमीहरू कृतध्न बन्छौ भने (स्मरण रहोस् कि) आकाशहरू एवं पृथ्वीमा रहेका सम्पूर्ण चिजका मालिक अल्लाह नै हुन् र अल्लाह निस्पृह एवं स्वयं प्रशंसनीय छन् ।

  132. وَلِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلًا

    Open ayah 4:132

    अनि, अल्लाहकै हुन् जेजति आकाशहरू एवं पृथ्वीमा छन्, र कार्कयसाधकको रुपमा अल्लाह नै पर्याप्त छन् ।

  133. إِن يَشَأۡ يُذۡهِبۡكُمۡ أَيُّهَا ٱلنَّاسُ وَيَأۡتِ بِـَٔاخَرِينَۚ وَكَانَ ٱللَّهُ عَلَىٰ ذَٰلِكَ قَدِيرٗا

    Open ayah 4:133

    हे मानव ! यदि अल्लाहले चाहेमा तिमीहरूलाई लग्ने छन् र अरूलाई तिमीहरूको स्थानमा प्रतिस्थापित गर्नेछन् र अल्लाह यसको पूर्णरुपले सामर्थ्य राख्दछन् ।

  134. مَّن كَانَ يُرِيدُ ثَوَابَ ٱلدُّنۡيَا فَعِندَ ٱللَّهِ ثَوَابُ ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَكَانَ ٱللَّهُ سَمِيعَۢا بَصِيرٗا

    Open ayah 4:134

    जो यस संसारको भलाइ चाहन्छ (उसलाई स्मरण होस् कि) अल्लाहकहाँ नै लोक एवं परलोक (दुवै) को भलाइ छ । र, अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।

  135. ۞يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُونُواْ قَوَّٰمِينَ بِٱلۡقِسۡطِ شُهَدَآءَ لِلَّهِ وَلَوۡ عَلَىٰٓ أَنفُسِكُمۡ أَوِ ٱلۡوَٰلِدَيۡنِ وَٱلۡأَقۡرَبِينَۚ إِن يَكُنۡ غَنِيًّا أَوۡ فَقِيرٗا فَٱللَّهُ أَوۡلَىٰ بِهِمَاۖ فَلَا تَتَّبِعُواْ ٱلۡهَوَىٰٓ أَن تَعۡدِلُواْۚ وَإِن تَلۡوُۥٓاْ أَوۡ تُعۡرِضُواْ فَإِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

    Open ayah 4:135

    हे आस्थावानहरू हो ! अल्लाहकालागि साक्षी बन्दै निसाफ कायम गर्नेवाला बन, यद्यपि त्यो स्वयं तिमीहरू, तिम्रा आमा–बाबु वा नातेदारहरूकै विरुद्धमा किन नजाओस् । धनी होऊन् वा गरीब अल्लाह नै दुवैकालागि अधिक हितैषी छन् । अतः तिमीहरू आकांक्षाको अनुपालनमा न्यायको मार्गबाट नहट । यदि तिमीहरूले सत्यलाई बंग्यायौ वा सत्यताबाट विमुख भयौ भने (जानि राख) जेजति तिमीहरू गर्दछौ त्यसबाट अल्लाह अवगत छन् ।

  136. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ ءَامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَٱلۡكِتَٰبِ ٱلَّذِي نَزَّلَ عَلَىٰ رَسُولِهِۦ وَٱلۡكِتَٰبِ ٱلَّذِيٓ أَنزَلَ مِن قَبۡلُۚ وَمَن يَكۡفُرۡ بِٱللَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ فَقَدۡ ضَلَّ ضَلَٰلَۢا بَعِيدًا

    Open ayah 4:136

    हे ईमानवालाहरू हो ! अल्लाहमाथि, उनका रसूलमाथि, उनले आफ्ना रसूल (मुहम्मद स.) माथि अवतरण गरेको ग्रन्थमाथि र यसभन्दा पहिले अवतरण गरेको ग्रन्थमाथि ईमान ल्याऊ । र, जसले अल्लाह, उनका फरिश्ता, उनका किताब, उनका रसूलहरू र आखिरतको दिनको इन्कार गर्यो ऊ पथभ्रष्टतामा धेरै टाढा पुग्यो ।

  137. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ ثُمَّ كَفَرُواْ ثُمَّ ءَامَنُواْ ثُمَّ كَفَرُواْ ثُمَّ ٱزۡدَادُواْ كُفۡرٗا لَّمۡ يَكُنِ ٱللَّهُ لِيَغۡفِرَ لَهُمۡ وَلَا لِيَهۡدِيَهُمۡ سَبِيلَۢا

    Open ayah 4:137

    निस्सन्देह ती मानिसहरू जसले ईमान ल्याए अनि काफिर भए; फेरि ईमान ल्याए फेरि कुफ्र गरे अनि फेरि कुफ्रमै बढ्दै गए, अल्लाह त्यस्ता मानिसहरूलाई कहिल्यै न क्षमा गर्ने छन्, र न तिनीहरूलाई सत्मार्ग नै देखाउने छन् ।

  138. بَشِّرِ ٱلۡمُنَٰفِقِينَ بِأَنَّ لَهُمۡ عَذَابًا أَلِيمًا

    Open ayah 4:138

    मुनाफिकहरूलाई दुःखदायी यातनाको शुभसूचना देऊ ।

  139. ٱلَّذِينَ يَتَّخِذُونَ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۚ أَيَبۡتَغُونَ عِندَهُمُ ٱلۡعِزَّةَ فَإِنَّ ٱلۡعِزَّةَ لِلَّهِ جَمِيعٗا

    Open ayah 4:139

    जो मोमिनहरूलाई छोडी काफिरहरूलाई आफ्नो मित्र बनाउँछन् । के तिनीहरू काफिरहरुकहाँ प्रतिष्ठा चाहन्छन् ? वास्तवमा सम्पूर्ण प्रतिष्ठा त अल्लाहको लागि नै छ ।

  140. وَقَدۡ نَزَّلَ عَلَيۡكُمۡ فِي ٱلۡكِتَٰبِ أَنۡ إِذَا سَمِعۡتُمۡ ءَايَٰتِ ٱللَّهِ يُكۡفَرُ بِهَا وَيُسۡتَهۡزَأُ بِهَا فَلَا تَقۡعُدُواْ مَعَهُمۡ حَتَّىٰ يَخُوضُواْ فِي حَدِيثٍ غَيۡرِهِۦٓ إِنَّكُمۡ إِذٗا مِّثۡلُهُمۡۗ إِنَّ ٱللَّهَ جَامِعُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡكَٰفِرِينَ فِي جَهَنَّمَ جَمِيعًا 

    Open ayah 4:140

    र, उनले यस ग्रन्थमा तिमीहरूकालागि (आदेश) अवतरण गरिसकेका छन् कि तिमीहरू जब अल्लाहका आयतहरूको इन्कार तथा उपहास गरिएको सुन्छौ तब तिनीहरूले अर्कै कुरा न गरेसम्म तिनीहरूसँग नबस, नत्र तिमीहरू पनि तिनीहरू जस्तै हुने छौ । निस्सन्देह अल्लाह सबै मुनाफिक तथा काफिरहरूलाई नरकमा एकत्रित गर्नेछन् ।

  141. ٱلَّذِينَ يَتَرَبَّصُونَ بِكُمۡ فَإِن كَانَ لَكُمۡ فَتۡحٞ مِّنَ ٱللَّهِ قَالُوٓاْ أَلَمۡ نَكُن مَّعَكُمۡ وَإِن كَانَ لِلۡكَٰفِرِينَ نَصِيبٞ قَالُوٓاْ أَلَمۡ نَسۡتَحۡوِذۡ عَلَيۡكُمۡ وَنَمۡنَعۡكُم مِّنَ ٱلۡمُؤۡمِنِينَۚ فَٱللَّهُ يَحۡكُمُ بَيۡنَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ وَلَن يَجۡعَلَ ٱللَّهُ لِلۡكَٰفِرِينَ عَلَى ٱلۡمُؤۡمِنِينَ سَبِيلًا

    Open ayah 4:141

    यी मुनाफिकहरू तिमीहरूबारे प्रतीक्षामा रहन्छन् । तिमीहरूलाई अल्लाहको तर्फबाट कुनै विजय प्राप्त भएमा तिनीहरू भन्छन्– “के हामी तिमीहरूसँग थिएनौं ?” अनि, काफिरहरूलाई (विजयको) कुनै अंश प्राप्त भएमा तिनीहरू भन्छन्– “के हामीलाई तिमीहरूमाथि सप्रभुत्व प्राप्त थिएन र हामीले तिमीहरूलाई मोमिनहरूबाट बचाएका थिएनौं ?” अल्लाहले महाप्रलयका दिन तिमीहरूबीच फैसला गर्नेछन् । र, अल्लाहले काफिरहरूकालागि आस्थावानहरूमाथि प्रभुत्वको कुनै बाटो बाँकी राख्ने छैनन् ।

  142. إِنَّ ٱلۡمُنَٰفِقِينَ يُخَٰدِعُونَ ٱللَّهَ وَهُوَ خَٰدِعُهُمۡ وَإِذَا قَامُوٓاْ إِلَى ٱلصَّلَوٰةِ قَامُواْ كُسَالَىٰ يُرَآءُونَ ٱلنَّاسَ وَلَا يَذۡكُرُونَ ٱللَّهَ إِلَّا قَلِيلٗا

    Open ayah 4:142

    निश्चय नै मुनाफिकहरू अल्लाहसित धोकेबाजी गर्छन् जबकि अल्लाहले तिनीहरूलाई धोकामा राख्ने छन् । तिनीहरू नमाजकालागि उभिंदा अल्छी गर्दै उभिन्छन्; केवल मानिसहरूलाई देखाउनकालागि । अनि, तिनीहरू अल्लाहलाई कमै स्मरण गर्छन् ।

  143. مُّذَبۡذَبِينَ بَيۡنَ ذَٰلِكَ لَآ إِلَىٰ هَٰٓؤُلَآءِ وَلَآ إِلَىٰ هَٰٓؤُلَآءِۚ وَمَن يُضۡلِلِ ٱللَّهُ فَلَن تَجِدَ لَهُۥ سَبِيلٗا

    Open ayah 4:143

    तिनीहरू ईमान एवं कुफ्रबीच द्वीविधामा छन्; न यिनीहरूका साथ छन् न उनीहरूका साथ नै । र, अल्लाह जसलाई पथभ्रष्ट पार्छन् तिनीहरूकालागि तिमीले कहिल्यै मार्ग पाउने छैनौ ।

  144. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ ٱلۡكَٰفِرِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۚ أَتُرِيدُونَ أَن تَجۡعَلُواْ لِلَّهِ عَلَيۡكُمۡ سُلۡطَٰنٗا مُّبِينًا

    Open ayah 4:144

    हे आस्थावानहरू हो ! मोमिनहरूलाई छोडी काफिरहरूलाई आफ्नो संरक्षक–मित्र नबनाऊ । के तिमीहरू अल्लाहलाई आफ्नैविरुद्धमा स्पष्ट प्रमाण दिन चाहन्छौ ?

  145. إِنَّ ٱلۡمُنَٰفِقِينَ فِي ٱلدَّرۡكِ ٱلۡأَسۡفَلِ مِنَ ٱلنَّارِ وَلَن تَجِدَ لَهُمۡ نَصِيرًا

    Open ayah 4:145

    निस्सन्देह मुनाफिकहरू नरकको सबभन्दा तल्लो खण्डमा होमिनेछन् र तिमी तिनीहरूकालागि कुनै सहयोगी पाउने छैनौ ।

  146. إِلَّا ٱلَّذِينَ تَابُواْ وَأَصۡلَحُواْ وَٱعۡتَصَمُواْ بِٱللَّهِ وَأَخۡلَصُواْ دِينَهُمۡ لِلَّهِ فَأُوْلَٰٓئِكَ مَعَ ٱلۡمُؤۡمِنِينَۖ وَسَوۡفَ يُؤۡتِ ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ أَجۡرًا عَظِيمٗا

    Open ayah 4:146

    अँ, तिनीहरू जसले प्रायश्चित गरे; आफुमा सुधार गरे; अल्लाहलाई दृढतापूर्वक समाते र आफ्नो धर्मलाई निष्कपटताका साथ अल्लाहमा समर्पित गरे तिनीहरू नै मोमिनहरूका साथी हुन् । र, अल्लाहले चाँडै नै मोमिनहरूलाई ठूलो प्रतिदान प्रदान गर्नेछन् ।

  147. مَّا يَفۡعَلُ ٱللَّهُ بِعَذَابِكُمۡ إِن شَكَرۡتُمۡ وَءَامَنتُمۡۚ وَكَانَ ٱللَّهُ شَاكِرًا عَلِيمٗا

    Open ayah 4:147

    यदि तिमीहरू कृतज्ञ रहन्छौ र ईमान ल्याउँछौ भने अल्लाहले तिमीहरूलाई किन यातना दिनेछन् र ? अल्लाह अति गुणग्राही एवं सर्वज्ञ छन् ।

  148. ۞لَّا يُحِبُّ ٱللَّهُ ٱلۡجَهۡرَ بِٱلسُّوٓءِ مِنَ ٱلۡقَوۡلِ إِلَّا مَن ظُلِمَۚ وَكَانَ ٱللَّهُ سَمِيعًا عَلِيمًا

    Open ayah 4:148

    अल्लाह (कसैको) नराम्रोलाई खुल्लमखुल्ला बयान गर्नु मन पराउँदैनन्, अँ कसैमाथि अत्याचार गरिएको होस् (भने बेग्लै कुरा हो) । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञाता छन् ।

  149. إِن تُبۡدُواْ خَيۡرًا أَوۡ تُخۡفُوهُ أَوۡ تَعۡفُواْ عَن سُوٓءٖ فَإِنَّ ٱللَّهَ كَانَ عَفُوّٗا قَدِيرًا

    Open ayah 4:149

    तिमी खुल्लम्खुल्ला सत्कर्म गर्छौ वा गोप्यरुपमा गर्छौ वा (कसैले गरेको) कुनै अत्याचारलाई माफ गर्छौ भने अल्लाह पनि अति क्षमाशील एवं सर्वशक्तिमान छन् ।

  150. إِنَّ ٱلَّذِينَ يَكۡفُرُونَ بِٱللَّهِ وَرُسُلِهِۦ وَيُرِيدُونَ أَن يُفَرِّقُواْ بَيۡنَ ٱللَّهِ وَرُسُلِهِۦ وَيَقُولُونَ نُؤۡمِنُ بِبَعۡضٖ وَنَكۡفُرُ بِبَعۡضٖ وَيُرِيدُونَ أَن يَتَّخِذُواْ بَيۡنَ ذَٰلِكَ سَبِيلًا 

    Open ayah 4:150

    निस्सन्देह ती मानिसहरू जो अल्लाह एवं उनका रसूलहरूलाई इन्कार गर्दछन् र अल्लाह एवं उनका रसूलहरूबीच विभेद गर्न चाहन्छन् र भन्दछन्– “हामी कुनै रसूलमाथि ईमान राख्दछौं र केहीलाई इन्कार गर्दछौं”, तिनीहरू दुवैको बीचबाट कुनै निकास निकाल्न चाहन्छन् ।

  151. أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَٰفِرُونَ حَقّٗاۚ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا

    Open ayah 4:151

    तिनीहरू नै पक्का काफिर हुन् र काफिरहरूकालागि हामीले अपमानजनक यातना तयार पारेका छौं ।

  152. وَٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦ وَلَمۡ يُفَرِّقُواْ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ أُوْلَٰٓئِكَ سَوۡفَ يُؤۡتِيهِمۡ أُجُورَهُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا

    Open ayah 4:152

    जसले अल्लाह एवं उनका रसूलहरूमाथि ईमान ल्याएका छन् र उनीहरूबीच विभेद गरेनन्, तिनीहरूलाई तिनीहरुको प्रतिदान अल्लाहले छिट्टै प्रदान गर्ने छन् । र, अल्लाह अति क्षमाशील, परम दयालु छन् ।

  153. يَسۡـَٔلُكَ أَهۡلُ ٱلۡكِتَٰبِ أَن تُنَزِّلَ عَلَيۡهِمۡ كِتَٰبٗا مِّنَ ٱلسَّمَآءِۚ فَقَدۡ سَأَلُواْ مُوسَىٰٓ أَكۡبَرَ مِن ذَٰلِكَ فَقَالُوٓاْ أَرِنَا ٱللَّهَ جَهۡرَةٗ فَأَخَذَتۡهُمُ ٱلصَّٰعِقَةُ بِظُلۡمِهِمۡۚ ثُمَّ ٱتَّخَذُواْ ٱلۡعِجۡلَ مِنۢ بَعۡدِ مَا جَآءَتۡهُمُ ٱلۡبَيِّنَٰتُ فَعَفَوۡنَا عَن ذَٰلِكَۚ وَءَاتَيۡنَا مُوسَىٰ سُلۡطَٰنٗا مُّبِينٗا

    Open ayah 4:153

    अह्ले–किताबहरू तिमीसँग तिनीहरूमाथि आकाशबाट एउटा पूर्ण ग्रन्थ अवतरित गर्ने माग गर्छन् । तिनीहरूले त योभन्दा ठूलो माग मूसासँग गरेका थिए । हो, तिनीहरूले “हामीलाई प्रत्यक्षरूपमा अल्लाहको दर्शन गराऊ” भनेर माग गरेका थिए । अनि तिनीहरूको यस अत्याचारले गर्दा तिनीहरूमाथि बज्रपात भएको थियो । त्यसपछि तिनीहरूकालागि स्पष्ट निशानीहरू आएर पनि तिनीहरूले बाच्छालाई उपास्य बनाए । हामीले त्यसलाई पनि माफ गर्यौं अनि मूसालाई स्पष्ट प्रमाण प्रदान गर्यौं ।

  154. وَرَفَعۡنَا فَوۡقَهُمُ ٱلطُّورَ بِمِيثَٰقِهِمۡ وَقُلۡنَا لَهُمُ ٱدۡخُلُواْ ٱلۡبَابَ سُجَّدٗا وَقُلۡنَا لَهُمۡ لَا تَعۡدُواْ فِي ٱلسَّبۡتِ وَأَخَذۡنَا مِنۡهُم مِّيثَٰقًا غَلِيظٗا

    Open ayah 4:154

    र, हामीले तिनीहरूसँग वचनको पालना गराउने उद्देश्यले तूरलाई तिनीहरूमाथि उठायौँ । अनि हामीले तिनीहरूलाई सज्दा गर्दै द्वारभित्र प्रवेश गर्न आदेश दियौँ । र, हामीले तिनीहरूलाई आदेश दियौँ "तिमीहरु सब्त (शनिवार) को उल्लङ्घन नगर" । र, हामीले तिनीहरूसँग दृढ वचन लियौं ।

  155. فَبِمَا نَقۡضِهِم مِّيثَٰقَهُمۡ وَكُفۡرِهِم بِـَٔايَٰتِ ٱللَّهِ وَقَتۡلِهِمُ ٱلۡأَنۢبِيَآءَ بِغَيۡرِ حَقّٖ وَقَوۡلِهِمۡ قُلُوبُنَا غُلۡفُۢۚ بَلۡ طَبَعَ ٱللَّهُ عَلَيۡهَا بِكُفۡرِهِمۡ فَلَا يُؤۡمِنُونَ إِلَّا قَلِيلٗا

    Open ayah 4:155

    तिनीहरूले आफ्नो वचन भङ्ग गर्नाले र अल्लाहका आयतहरूलाई अस्वीकार गर्नाले तथा नबीहरूको अनाहक हत्या गर्नाले अनि ‘हाम्रो हृदयहरु आवरणभित्र छन्’ भनेर भनेकाले —जब कि वास्तवमा अल्लाहले तिनीहरुका कुफ्रको कारण तिनीहरुका हृदयहरूमा मोहर लगाइदिएका छन्, जसले गर्दा केही कुराहरूबाहेक तिनीहरूले ईमान ल्याउने छैनन् ।

  156. وَبِكُفۡرِهِمۡ وَقَوۡلِهِمۡ عَلَىٰ مَرۡيَمَ بُهۡتَٰنًا عَظِيمٗا

    Open ayah 4:156

    र तिनीहरूको इन्कारको कारणले तथा मरयममाथि मिथ्या आरोप लगाउनाले (हामीले तिरस्कार गर्यौं) ।

  157. وَقَوۡلِهِمۡ إِنَّا قَتَلۡنَا ٱلۡمَسِيحَ عِيسَى ٱبۡنَ مَرۡيَمَ رَسُولَ ٱللَّهِ وَمَا قَتَلُوهُ وَمَا صَلَبُوهُ وَلَٰكِن شُبِّهَ لَهُمۡۚ وَإِنَّ ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِيهِ لَفِي شَكّٖ مِّنۡهُۚ مَا لَهُم بِهِۦ مِنۡ عِلۡمٍ إِلَّا ٱتِّبَاعَ ٱلظَّنِّۚ وَمَا قَتَلُوهُ يَقِينَۢا

    Open ayah 4:157

    र, निस्सन्देह तिनीहरूले ‘हामीले नै अल्लाहका रसूल मरयम पुत्र ईसा मसीहको हत्या गरेका हौँ भनेकाले (हामीले तिनीहरूलाई दण्डित गर्यौं) —जबकि तिनीहरूले न उनलाई मारे र न शूली नै चढाए, बरु उनी (ईसा मसिह जस्तै देखिने अर्को व्यक्ति) तिनीहरूकालागि भ्रमित पारिए । र, वास्तवमा यस विषयमा मतभेद गर्नेहरू अवश्य नै यसप्रति सन्देहमा छन् । यसबारेमा अट्कलबाजीको अनुकरण गर्नु बाहेक तिनीहरूसित यसको कुनै ज्ञान छैन । निश्चित रुपमा तिनीहरूले ईसा मसीहको हत्या गरेकै छैनन् ।

  158. بَل رَّفَعَهُ ٱللَّهُ إِلَيۡهِۚ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمٗا

    Open ayah 4:158

    बरु अल्लाहले उनलाई आफूतर्फ उठाए र अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  159. وَإِن مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ إِلَّا لَيُؤۡمِنَنَّ بِهِۦ قَبۡلَ مَوۡتِهِۦۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ يَكُونُ عَلَيۡهِمۡ شَهِيدٗا

    Open ayah 4:159

    अनि, अह्ले–किताबहरूमध्ये कोही यस्तो छैन जसले उनको मृत्युपूर्व उनीमाथि ईमान नल्याएकोहोस् र महाप्रलयको दिन उनी तिनीहरु विरुद्ध साक्षी दिनेछन् ।

  160. فَبِظُلۡمٖ مِّنَ ٱلَّذِينَ هَادُواْ حَرَّمۡنَا عَلَيۡهِمۡ طَيِّبَٰتٍ أُحِلَّتۡ لَهُمۡ وَبِصَدِّهِمۡ عَن سَبِيلِ ٱللَّهِ كَثِيرٗا 

    Open ayah 4:160

    अनि यहूदीहरूको अत्याचारलेगर्दा तिनीहरूका लागि वैध रहेका पवित्र चिजहरूलाई हामीले अवैध गरिदियौं । र यस कारणले पनि अवैध गरिदियौं कि तिनीहरू (अरू मानिसहरूलाई) अल्लाहको मार्गबाट प्रायः रोक्दथे ।

  161. وَأَخۡذِهِمُ ٱلرِّبَوٰاْ وَقَدۡ نُهُواْ عَنۡهُ وَأَكۡلِهِمۡ أَمۡوَٰلَ ٱلنَّاسِ بِٱلۡبَٰطِلِۚ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ مِنۡهُمۡ عَذَابًا أَلِيمٗا

    Open ayah 4:161

    र, यस कारणले पनि कि तिनीहरूलाई निषेध गरिएतापनि तिनीहरूले ब्याज लिने गर्थे, र मानिसहरूको सम्पत्ति अनाहकमा खाने गर्थे । र, तिनीहरूमध्ये काफिरहरूका लागि हामीले दुःखदायी यातना तयार गरेका छौं ।

  162. لَّٰكِنِ ٱلرَّٰسِخُونَ فِي ٱلۡعِلۡمِ مِنۡهُمۡ وَٱلۡمُؤۡمِنُونَ يُؤۡمِنُونَ بِمَآ أُنزِلَ إِلَيۡكَ وَمَآ أُنزِلَ مِن قَبۡلِكَۚ وَٱلۡمُقِيمِينَ ٱلصَّلَوٰةَۚ وَٱلۡمُؤۡتُونَ ٱلزَّكَوٰةَ وَٱلۡمُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ أُوْلَٰٓئِكَ سَنُؤۡتِيهِمۡ أَجۡرًا عَظِيمًا

    Open ayah 4:162

    तर, तिनीहरूमध्ये ज्ञानमा परिपक्वता राख्नेहरू र आस्थावानहरू जो त्यस ग्रन्थमा आस्था राख्छन् जुन तिमीमाथि अवतरण गरिएको छ र जुन तिमीभन्दा पहिले अवतरित गरिएका थिए, र विशेष रूपले नमाज कायम गर्नेहरु, र जकात दिनेहरु तथा अल्लाह एवं आखिरतको दिनमाथि आस्था राख्नेहरु, यिनीहरू सबैलाई हामी छिट्टै ठूलो प्रतिदान दिनेछौं ।

  163. ۞إِنَّآ أَوۡحَيۡنَآ إِلَيۡكَ كَمَآ أَوۡحَيۡنَآ إِلَىٰ نُوحٖ وَٱلنَّبِيِّـۧنَ مِنۢ بَعۡدِهِۦۚ وَأَوۡحَيۡنَآ إِلَىٰٓ إِبۡرَٰهِيمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَعِيسَىٰ وَأَيُّوبَ وَيُونُسَ وَهَٰرُونَ وَسُلَيۡمَٰنَۚ وَءَاتَيۡنَا دَاوُۥدَ زَبُورٗا

    Open ayah 4:163

    (हे सन्देष्टा !) हामीले तिमीमाथि त्यसरी नै ‘वह्य’ (प्रकाशना) गरेका छौं जसरी हामीले नूह एवं उनी पछिका सन्देष्टाहरूमाथि अवतरित गरेका थियौँ । र, हामीले इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब, यअ्कूबका सन्तानहरू, ईसा, अय्यूब, यूनुस, हारून र सुलैमानमाथि पनि (अवतरण) गरेका थियौं । अनि, दाऊदलाई हामीले जबूर प्रदान गरेका थियौँ ।

  164. وَرُسُلٗا قَدۡ قَصَصۡنَٰهُمۡ عَلَيۡكَ مِن قَبۡلُ وَرُسُلٗا لَّمۡ نَقۡصُصۡهُمۡ عَلَيۡكَۚ وَكَلَّمَ ٱللَّهُ مُوسَىٰ تَكۡلِيمٗا

    Open ayah 4:164

    र, कति रसूलहरू छन् जसको चर्चा हामीले तिमीसँग यसभन्दा पहिले नै गरिसकेका छौँ र कति रसूलहरू छन् जसको चर्चा हामीले तिमीसँग गरेकै छैनौँ । र, मूसासँग अल्लाहले स्पष्टरूपमा कुरा गरेका थिए ।

  165. رُّسُلٗا مُّبَشِّرِينَ وَمُنذِرِينَ لِئَلَّا يَكُونَ لِلنَّاسِ عَلَى ٱللَّهِ حُجَّةُۢ بَعۡدَ ٱلرُّسُلِۚ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمٗا

    Open ayah 4:165

    ईशदूतहरू शुभ–सूचक तथा सचेतक बनाइएर पठाइएका थिए, ताकि रसूलहरूपश्चात् मानिसहरूलाई अल्लाहविरुद्ध केही भन्ने ठाउँ नरहोस् । र, अल्लाह अति प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  166. لَّٰكِنِ ٱللَّهُ يَشۡهَدُ بِمَآ أَنزَلَ إِلَيۡكَۖ أَنزَلَهُۥ بِعِلۡمِهِۦۖ وَٱلۡمَلَٰٓئِكَةُ يَشۡهَدُونَۚ وَكَفَىٰ بِٱللَّهِ شَهِيدًا

    Open ayah 4:166

    तर अल्लाहले तिमीमाथि जे अवतरित गरेका छन् त्यसबारे स्वयं साक्षी छन् कि उनले नै त्यसलाई आफ्नो ज्ञानले अवतरित गरेका हुन् र फरिश्ताहरू पनि साक्षी छन् जबकि अल्लाह नै साक्ष्यको रुपमा पर्याप्त छन् ।

  167. إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ قَدۡ ضَلُّواْ ضَلَٰلَۢا بَعِيدًا

    Open ayah 4:167

    निस्सन्देह जुन मानिसहरूले अस्वीकार गरे र अल्लाहको मार्गबाट रोके तिनीहरू निश्चय नै पथभ्रष्टतामा धेरै टाढा निस्किसकेका छन् ।,

  168. إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَظَلَمُواْ لَمۡ يَكُنِ ٱللَّهُ لِيَغۡفِرَ لَهُمۡ وَلَا لِيَهۡدِيَهُمۡ طَرِيقًا

    Open ayah 4:168

    निस्सन्देह जुन मानिसहरू काफिर भए र अन्याय गरे अल्लाह तिनीहरूलाई कदापि क्षमा गर्ने छैनन् र न तिनीहरूलाई कुनै मार्ग नै देखाउनेछन्;

  169. إِلَّا طَرِيقَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا

    Open ayah 4:169

    सिवाय नरकको बाटो जसमा तिनीहरू सदासर्वदा रहनेछन् र यो अल्लाहकालागि एकदमै सरल रहेको छ ।

  170. يَٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَكُمُ ٱلرَّسُولُ بِٱلۡحَقِّ مِن رَّبِّكُمۡ فَـَٔامِنُواْ خَيۡرٗا لَّكُمۡۚ وَإِن تَكۡفُرُواْ فَإِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا 

    Open ayah 4:170

    हे मनुष्यहरू हो ! तिम्रा पालनकर्ताकोतर्फबाट सत्यका साथ ईशदूत तिमीहरूसमक्ष आइसकेका छन् । अतः तिमीहरू ईमान ल्याऊ । यो तिम्रैलागि उत्तम हुनेछ र तिमीहरू अनास्था प्रदर्शन गर्छौ भने (जानिराख) आकाशहरू एवं धर्तीमा जेजति छन् सबै अल्लाहका हुन् र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।

  171. يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لَا تَغۡلُواْ فِي دِينِكُمۡ وَلَا تَقُولُواْ عَلَى ٱللَّهِ إِلَّا ٱلۡحَقَّۚ إِنَّمَا ٱلۡمَسِيحُ عِيسَى ٱبۡنُ مَرۡيَمَ رَسُولُ ٱللَّهِ وَكَلِمَتُهُۥٓ أَلۡقَىٰهَآ إِلَىٰ مَرۡيَمَ وَرُوحٞ مِّنۡهُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۖ وَلَا تَقُولُواْ ثَلَٰثَةٌۚ ٱنتَهُواْ خَيۡرٗا لَّكُمۡۚ إِنَّمَا ٱللَّهُ إِلَٰهٞ وَٰحِدٞۖ سُبۡحَٰنَهُۥٓ أَن يَكُونَ لَهُۥ وَلَدٞۘ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا

    Open ayah 4:171

    हे अह्ले किताबहरू हो ! आफ्नो धर्ममा सिमाभन्दा अगाडि नबढ । अल्लाहको बारेमा नितान्त सत्यबाहेक केही नभन । मर्यम–पुत्र ईसा मसीह केवल अल्लाहका रसूल एवं उनका वाणी हुन् जसलाई उनले मर्यमतर्फ पठाए र उनी उनको तर्फबाट एक आत्मा हुन् । अतः अल्लाह एवं उनका रसूलहरूमाथि ईमान ल्याऊ । र, (अल्लाह) तीन छन् नभन; यसो भन्नबाट रोकिनु, तिमीहरूकालागि यही नै राम्रो हुनेछ । अल्लाह नै एक मात्र पूज्य हुन् । कोही उनको छोरा छन् भन्ने कुराबाट उनी पवित्र छन् । जेजति आकाशहरू एवं धर्तीमा छन् सबै उनकै हुन् । र, कार्यसाधकको रूपमा अल्लाह नै पर्याप्त छन् ।

  172. لَّن يَسۡتَنكِفَ ٱلۡمَسِيحُ أَن يَكُونَ عَبۡدٗا لِّلَّهِ وَلَا ٱلۡمَلَٰٓئِكَةُ ٱلۡمُقَرَّبُونَۚ وَمَن يَسۡتَنكِفۡ عَنۡ عِبَادَتِهِۦ وَيَسۡتَكۡبِرۡ فَسَيَحۡشُرُهُمۡ إِلَيۡهِ جَمِيعٗا

    Open ayah 4:172

    आफू अल्लाहका एक दास हुनुमा मसीह कहिल्यै अपमान ठान्दैनन्, र न सामीप्य प्राप्त फरिश्ताहरू नै । र, जसले अल्लाहको भक्तिलाई आफ्नोलागि अपमान ठान्छन् र घमण्ड गर्छन् अल्लाहले तिनीहरू सबैलाई घेरेर आफूसामु भेला पार्नेछन् ।

  173. فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَيُوَفِّيهِمۡ أُجُورَهُمۡ وَيَزِيدُهُم مِّن فَضۡلِهِۦۖ وَأَمَّا ٱلَّذِينَ ٱسۡتَنكَفُواْ وَٱسۡتَكۡبَرُواْ فَيُعَذِّبُهُمۡ عَذَابًا أَلِيمٗا وَلَا يَجِدُونَ لَهُم مِّن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا

    Open ayah 4:173

    ईमान ल्याएका र सत्कर्म गरेकाहरूलाई अल्लाहले उनीहरूको पूरा प्रतिदान दिनेछन् र आफ्नो कृपाबाट त्यसमा अरू थपिदिनेछन् । तर जसले अपमान ठाने र घमण्ड गरे तिनीहरूलाई उनी कठोर यातना दिनेछन् । र, तिनीहरूले अल्लाहबाहेक कसैलाई पनि आफ्नो संरक्षक मित्र एवं सहायक पाउने छैनन् ।

  174. يَٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَكُم بُرۡهَٰنٞ مِّن رَّبِّكُمۡ وَأَنزَلۡنَآ إِلَيۡكُمۡ نُورٗا مُّبِينٗا

    Open ayah 4:174

    हे मानवजाति ! तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीहरूतर्फ स्पष्ट प्रकाश अवतरित गरिसकेका छौं ।

  175. فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَٱعۡتَصَمُواْ بِهِۦ فَسَيُدۡخِلُهُمۡ فِي رَحۡمَةٖ مِّنۡهُ وَفَضۡلٖ وَيَهۡدِيهِمۡ إِلَيۡهِ صِرَٰطٗا مُّسۡتَقِيمٗا

    Open ayah 4:175

    अनि जसले अल्लाहमाथि ईमान ल्याए र उनलाई दृढताकासाथ समातिराखे तिनीहरूलाई अल्लाहले आफ्नो दया एवं कृपामा समावेश गर्नेछन् र आफूतर्फ जाने सीधा मार्ग देखाउनेछन् ।

  176. يَسۡتَفۡتُونَكَ قُلِ ٱللَّهُ يُفۡتِيكُمۡ فِي ٱلۡكَلَٰلَةِۚ إِنِ ٱمۡرُؤٌاْ هَلَكَ لَيۡسَ لَهُۥ وَلَدٞ وَلَهُۥٓ أُخۡتٞ فَلَهَا نِصۡفُ مَا تَرَكَۚ وَهُوَ يَرِثُهَآ إِن لَّمۡ يَكُن لَّهَا وَلَدٞۚ فَإِن كَانَتَا ٱثۡنَتَيۡنِ فَلَهُمَا ٱلثُّلُثَانِ مِمَّا تَرَكَۚ وَإِن كَانُوٓاْ إِخۡوَةٗ رِّجَالٗا وَنِسَآءٗ فَلِلذَّكَرِ مِثۡلُ حَظِّ ٱلۡأُنثَيَيۡنِۗ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ أَن تَضِلُّواْۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ

    Open ayah 4:176

    हे सन्देष्टा ! यिनीहरू तिमीसित धर्मादेश (फत्वा) सोध्दैछन् । भनिदेऊ– “अल्लाह तिमीहरूलाई ‘कलालह्’ बारे यो धर्मादेश दिन्छन् कि यदि कुनै व्यक्ति निःसन्तान मर्छ र उसको एकजना दिदी वा बहिनी मात्र छिन् भने उसले छोडेको सम्पत्तिको आधा अंश ती दिदी वा बहिनीले पाउने छिन् । तर, यदि निःसन्तान दिदी वा बहिनीको मृत्यु हुन्छ र एकजना दाजु वा भाइ मात्र छ भने त्यो त्यसको वारिस हुनेछ । यदि मृतकका वारिस दुईजना दिदी वा बहिनी छन् भने उनीहरू उसले छाडेको सम्पत्तिमध्ये दुई तिहाई अंशका हकदार हुनेछन् । र, यदि कैयौं दाजु वा भाइ तथा दिदी वा बहिनीहरू छन् भने एक पुरुषको अंश दुई महिलाको अंश बराबर हुनेछ । अल्लाह तिमीहरूकालागि स्पष्टरूपमा बयान गर्दछन् ताकि तिमीहरू पथभ्रष्ट नहोऊ । र, अल्लाह हरेक चिजको पूर्ण ज्ञाता हुन् ।