المائدة

Al-Maaida

The Table · Surah 5 · Ayahs: 120 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَوۡفُواْ بِٱلۡعُقُودِۚ أُحِلَّتۡ لَكُم بَهِيمَةُ ٱلۡأَنۡعَٰمِ إِلَّا مَا يُتۡلَىٰ عَلَيۡكُمۡ غَيۡرَ مُحِلِّي ٱلصَّيۡدِ وَأَنتُمۡ حُرُمٌۗ إِنَّ ٱللَّهَ يَحۡكُمُ مَا يُرِيدُ

    Open ayah 5:1

    हे ईमानवालाहरू हो ! आफ्ना वाचाबन्धनहरूको पालन गर । तिमीहरूका लागि चौपाया जनावरहरू वैध गरिएका छन् ती जनावरहरू बाहेक जुन तिमीहरूलाई बयान गरिनेछ । तर तिमीहरू इहरामको अवस्थामा शिकारलाई जायज नबनाउनू । निस्सन्देह अल्लाह जे चाहन्छन् आदेश दिन्छन् ।

  2. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُحِلُّواْ شَعَٰٓئِرَ ٱللَّهِ وَلَا ٱلشَّهۡرَ ٱلۡحَرَامَ وَلَا ٱلۡهَدۡيَ وَلَا ٱلۡقَلَٰٓئِدَ وَلَآ ءَآمِّينَ ٱلۡبَيۡتَ ٱلۡحَرَامَ يَبۡتَغُونَ فَضۡلٗا مِّن رَّبِّهِمۡ وَرِضۡوَٰنٗاۚ وَإِذَا حَلَلۡتُمۡ فَٱصۡطَادُواْۚ وَلَا يَجۡرِمَنَّكُمۡ شَنَـَٔانُ قَوۡمٍ أَن صَدُّوكُمۡ عَنِ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ أَن تَعۡتَدُواْۘ وَتَعَاوَنُواْ عَلَى ٱلۡبِرِّ وَٱلتَّقۡوَىٰۖ وَلَا تَعَاوَنُواْ عَلَى ٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِۚ وَٱتَّقُواْ ٱللَّهَۖ إِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 5:2

    हे ईमानवालाहरू हो ! अल्लाहका निशानीहरूको अनादर नगर, र न प्रतिष्ठित महिनाहरूको, र न बलीका जनावरहरूको, र न ईशभेटका लागि पट्टी बाँधिएका जनावरहरूको र न प्रतिष्ठित गृह (कअ्बा) तर्फ आफ्ना पालनकर्ताको वरदान एवं प्रसन्नताको खोजीमा निस्कनेहरूको नै । इहरामको अवस्था समाप्त भएपछि तिमीहरू शिकार गर्न सक्छौ । तिमीहरूलाई प्रतिष्ठित घर (काअ्बा) बाट रोक्ने समुदायको शत्रुताले सीमा उल्लंघन गर्न उत्तेजित कदापि नगरोस् । पुण्य एवं ईशभयको कार्यमा आपसमा सहयोग गर र पाप एवं अत्याचारको कार्यमा परस्पर सहयोग नगर । र, अल्लाहको भय राख । निस्सन्देह अल्लाह कठोर दण्डदाता हुन् ।

  3. حُرِّمَتۡ عَلَيۡكُمُ ٱلۡمَيۡتَةُ وَٱلدَّمُ وَلَحۡمُ ٱلۡخِنزِيرِ وَمَآ أُهِلَّ لِغَيۡرِ ٱللَّهِ بِهِۦ وَٱلۡمُنۡخَنِقَةُ وَٱلۡمَوۡقُوذَةُ وَٱلۡمُتَرَدِّيَةُ وَٱلنَّطِيحَةُ وَمَآ أَكَلَ ٱلسَّبُعُ إِلَّا مَا ذَكَّيۡتُمۡ وَمَا ذُبِحَ عَلَى ٱلنُّصُبِ وَأَن تَسۡتَقۡسِمُواْ بِٱلۡأَزۡلَٰمِۚ ذَٰلِكُمۡ فِسۡقٌۗ ٱلۡيَوۡمَ يَئِسَ ٱلَّذِينَ كَفَرُواْ مِن دِينِكُمۡ فَلَا تَخۡشَوۡهُمۡ وَٱخۡشَوۡنِۚ ٱلۡيَوۡمَ أَكۡمَلۡتُ لَكُمۡ دِينَكُمۡ وَأَتۡمَمۡتُ عَلَيۡكُمۡ نِعۡمَتِي وَرَضِيتُ لَكُمُ ٱلۡإِسۡلَٰمَ دِينٗاۚ فَمَنِ ٱضۡطُرَّ فِي مَخۡمَصَةٍ غَيۡرَ مُتَجَانِفٖ لِّإِثۡمٖ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 5:3

    मृत जनावरहरू, रगत, सुंगुरको मासु, अल्लाहबाहेक अरू कसैको नाम लिएर जबह गरिएका (जनावर), घाँटी थिचेर मारिएका, चोटपटकले मरेका, माथिबाट लडेर मरेका, सिङ लागेर मरेका र कुनै हिंसक जनावरले खाएका जनावरहरू तिमीहरूका लागि अवैध गरिएका छन्, यो बेग्लै कुरा हो कि तिमीहरूले जीवित पाएर जबह् (वध) गर्यौ । र, थानमा चढाइएकाहरू पनि अवैध छन् । र, तिमीहरूले तीर हानेर भाग्य निर्धारण गर्नु पनि अवैध हो । यो अवज्ञा हो । आज काफिरहरू तिमीहरूको धर्मबाट निराश भइसकेका छन्; तिनीहरूसित नडराऊ; मैसित डराऊ । आज मैले तिमीहरूको ‘दीन’ (जीवन पद्धति) लाई तिमीहरूका निम्ति पूर्ण गरेको छु र तिमीहरूप्रति आफ्नो अनुग्रह पूरा गरेको छु अनि तिमीहरूका लागि ‘दीन’ स्वरूप इस्लामलाई रोजेको छु । कसैले भोकले गर्दा विवश भएर पाप गर्ने मनसाय नराखी त्यो खाइदिन्छ भने निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  4. يَسۡـَٔلُونَكَ مَاذَآ أُحِلَّ لَهُمۡۖ قُلۡ أُحِلَّ لَكُمُ ٱلطَّيِّبَٰتُ وَمَا عَلَّمۡتُم مِّنَ ٱلۡجَوَارِحِ مُكَلِّبِينَ تُعَلِّمُونَهُنَّ مِمَّا عَلَّمَكُمُ ٱللَّهُۖ فَكُلُواْ مِمَّآ أَمۡسَكۡنَ عَلَيۡكُمۡ وَٱذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَيۡهِۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ

    Open ayah 5:4

    तिनीहरूका निम्ति के वैध गरिएको छ भनेर तिनीहरू सोध्छन् । भनिदेऊ– “तिमीहरूका लागि स्वच्छ वस्तुहरू वैध गरिएका छन् र ती जनावरहरू पनि जसलाई तिमीहरूका लागि अल्लाहले सिकाए अनुसार तिमीहरूले प्रशिक्षण दिएका शिकारी जनावरहरूले समातुन् । अतः तिमीहरू तिनीहरुले समातेका शिकारहरू खाऊ तर त्यसमा अल्लाहको नाम लेऊ । र, अल्लाहको भय राख । निस्सन्देह अल्लाह चाँडै हिसाब लिनेछन् ।”

  5. ٱلۡيَوۡمَ أُحِلَّ لَكُمُ ٱلطَّيِّبَٰتُۖ وَطَعَامُ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ حِلّٞ لَّكُمۡ وَطَعَامُكُمۡ حِلّٞ لَّهُمۡۖ وَٱلۡمُحۡصَنَٰتُ مِنَ ٱلۡمُؤۡمِنَٰتِ وَٱلۡمُحۡصَنَٰتُ مِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ إِذَآ ءَاتَيۡتُمُوهُنَّ أُجُورَهُنَّ مُحۡصِنِينَ غَيۡرَ مُسَٰفِحِينَ وَلَا مُتَّخِذِيٓ أَخۡدَانٖۗ وَمَن يَكۡفُرۡ بِٱلۡإِيمَٰنِ فَقَدۡ حَبِطَ عَمَلُهُۥ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ

    Open ayah 5:5

    आज तिमीहरूका लागि पवित्र चिजहरू वैध गरिएका छन् र अह्ले–किताबको भोजन तिम्रोलागि वैध छ तथा तिम्रो भोजन तिनीहरूका लागि र निष्कलङ्क आस्थावान स्त्रीहरू एवं अह्ले–किताब स्त्रीहरू पनि, तर यस शर्तमा कि तिमीहरूले उनीहरूलाई महर देऊ । उद्देश्य निकाहको परिधिमा ल्याउनु हुनुपर्छ न कि स्वच्छन्द कामवासनामा लाग्नु; न गुप्त मित्रता गाँस्नु नै । किनकि जसले ईमानलाई नकार्छ उसका सत्कर्महरू अकारथ जानेछन् । र, ऊ आखिरतको दिन नोक्सान बेहोर्नेहरूमध्ये हुनेछ ।

  6. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا قُمۡتُمۡ إِلَى ٱلصَّلَوٰةِ فَٱغۡسِلُواْ وُجُوهَكُمۡ وَأَيۡدِيَكُمۡ إِلَى ٱلۡمَرَافِقِ وَٱمۡسَحُواْ بِرُءُوسِكُمۡ وَأَرۡجُلَكُمۡ إِلَى ٱلۡكَعۡبَيۡنِۚ وَإِن كُنتُمۡ جُنُبٗا فَٱطَّهَّرُواْۚ وَإِن كُنتُم مَّرۡضَىٰٓ أَوۡ عَلَىٰ سَفَرٍ أَوۡ جَآءَ أَحَدٞ مِّنكُم مِّنَ ٱلۡغَآئِطِ أَوۡ لَٰمَسۡتُمُ ٱلنِّسَآءَ فَلَمۡ تَجِدُواْ مَآءٗ فَتَيَمَّمُواْ صَعِيدٗا طَيِّبٗا فَٱمۡسَحُواْ بِوُجُوهِكُمۡ وَأَيۡدِيكُم مِّنۡهُۚ مَا يُرِيدُ ٱللَّهُ لِيَجۡعَلَ عَلَيۡكُم مِّنۡ حَرَجٖ وَلَٰكِن يُرِيدُ لِيُطَهِّرَكُمۡ وَلِيُتِمَّ نِعۡمَتَهُۥ عَلَيۡكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 5:6

    हे अस्थावानहरू हो ! तिमीहरू नमाजकालागि उभिदा आफ्नो अनुहार तथा हात– कुहिनासम्म धोऊ र टाउकोमाथि मसह गर (हात फेर) र आफ्ना खुट्टा गोलीगाँठोसम्म धोऊ। र यदि तिमीहरू ‘जिनाबत’ (अपवित्रता) को अवस्थामा छौ भने पवित्र होऊ । र, यदि तिमीहरू बिरामी छौ, वा यात्रामा छौ, वा तिमीहरूमध्ये कोही शौच गरी आएका छौ वा स्त्रीसँग समागम गरेकाछौ अनि पानी उपलब्ध छैन भने तिमीहरू पवित्र माटो खोजी गरी त्यसको द्वारा आफ्नो अनुहार तथा हातमाथि मसह गर (हात फेर) । अल्लाह तिमीहरूलाई कुनै किसिमको अप्ठ्यारोमा पार्न चाहँदैनन् बरु तिमीहरूलाई पवित्र बनाउन र आफ्नो वरदान पूरा गर्न चाहन्छन् । आशा छ तिमीहरू कृतज्ञ बन्ने छौ ।

  7. وَٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ وَمِيثَٰقَهُ ٱلَّذِي وَاثَقَكُم بِهِۦٓ إِذۡ قُلۡتُمۡ سَمِعۡنَا وَأَطَعۡنَاۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 5:7

    र, अल्लाहले तिमीहरूमाथि गरेको अनुग्रह एवं तिमीहरूसित लिएको दृढ प्रतिज्ञालाई ध्यानमा राख– जब तिमीहरूले भनेका थियौ– “हामीले सुन्यौं र आज्ञापालन गर्यौं ।” र अल्लाहको भय राख । निस्सन्देह अल्लाह हृदयका रहस्यहरू पनि जान्दछन् ।

  8. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُونُواْ قَوَّٰمِينَ لِلَّهِ شُهَدَآءَ بِٱلۡقِسۡطِۖ وَلَا يَجۡرِمَنَّكُمۡ شَنَـَٔانُ قَوۡمٍ عَلَىٰٓ أَلَّا تَعۡدِلُواْۚ ٱعۡدِلُواْ هُوَ أَقۡرَبُ لِلتَّقۡوَىٰۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

    Open ayah 5:8

    हे आस्थावानहरू हो ! अल्लाहका लागि नितान्त सत्यमा कायम रहँदै न्यायको साक्षी बन । र, कुनै जातिको शत्रुताले तिमीहरूलाई यति उत्तेजित नगरोस् कि तिमीहरू न्यायबाट विमुख होऊ । निसाफ गर; यो ईशभयसित निकटतम कुरा हो। अल्लाहको भय राख । तिमीहरू जे गर्दछौ अल्लाह त्यसको खबर राख्नेवाला छन् ।

  9. وَعَدَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٌ عَظِيمٞ

    Open ayah 5:9

    जो आस्था राख्छन् तथा सत्कर्म गर्छन् तिनीहरूसँग अल्लाहले प्रतिज्ञा गरेका छन् कि उनीहरूकालागि क्षमा तथा ठूलो प्रतिदान रहेको छ ।

  10. وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ 

    Open ayah 5:10

    जो काफिर भए र हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे तिनीहरू नरकबासी हुन् ।

  11. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ هَمَّ قَوۡمٌ أَن يَبۡسُطُوٓاْ إِلَيۡكُمۡ أَيۡدِيَهُمۡ فَكَفَّ أَيۡدِيَهُمۡ عَنكُمۡۖ وَٱتَّقُواْ ٱللَّهَۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ

    Open ayah 5:11

    हे आस्थावानहरू हो ! अल्लाहको त्यस कृपालाई याद गर जब एउटा समुदायले तिमीहरूमाथि जियादती गर्न चाहेको थियो तब अल्लाहले तिमीहरूमाथि तिनीहरुका हातहरूलाई रोकिदिए । अल्लाहको भय गर । आस्थावानहरूले केवल अल्लाहमाथि भरोसा गर्नुपर्छ ।

  12. ۞وَلَقَدۡ أَخَذَ ٱللَّهُ مِيثَٰقَ بَنِيٓ إِسۡرَٰٓءِيلَ وَبَعَثۡنَا مِنۡهُمُ ٱثۡنَيۡ عَشَرَ نَقِيبٗاۖ وَقَالَ ٱللَّهُ إِنِّي مَعَكُمۡۖ لَئِنۡ أَقَمۡتُمُ ٱلصَّلَوٰةَ وَءَاتَيۡتُمُ ٱلزَّكَوٰةَ وَءَامَنتُم بِرُسُلِي وَعَزَّرۡتُمُوهُمۡ وَأَقۡرَضۡتُمُ ٱللَّهَ قَرۡضًا حَسَنٗا لَّأُكَفِّرَنَّ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَلَأُدۡخِلَنَّكُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ فَمَن كَفَرَ بَعۡدَ ذَٰلِكَ مِنكُمۡ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ

    Open ayah 5:12

    र, अल्लाहले इस्राईलका सन्ततिसित दृढ प्रतिज्ञा लिए । र, हामीले तिनीहरू बीच बाह्र नायक तैनाथ गर्यौँ । अल्लाहले भने– “म तिमीहरूका साथ छु । यदि तिमीहरूले नमाज कायम गर्यौ, जकात दियौ, मेरा रसूलहरूमाथि ईमान ल्यायौ, उनीहरूको सहयोग गर्यौ र अल्लाहलाई उत्तम ऋण दियौ भने म अवश्य नै तिमीहरूका पाप मेट्नेछु अनि तिमीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछु जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । यदि यसपछि पनि तिमीहरूमध्ये कसैले इन्कार गर्यो भने उसले सीधा मार्ग गुमायो ।”

  13. فَبِمَا نَقۡضِهِم مِّيثَٰقَهُمۡ لَعَنَّٰهُمۡ وَجَعَلۡنَا قُلُوبَهُمۡ قَٰسِيَةٗۖ يُحَرِّفُونَ ٱلۡكَلِمَ عَن مَّوَاضِعِهِۦ وَنَسُواْ حَظّٗا مِّمَّا ذُكِّرُواْ بِهِۦۚ وَلَا تَزَالُ تَطَّلِعُ عَلَىٰ خَآئِنَةٖ مِّنۡهُمۡ إِلَّا قَلِيلٗا مِّنۡهُمۡۖ فَٱعۡفُ عَنۡهُمۡ وَٱصۡفَحۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُحۡسِنِينَ

    Open ayah 5:13

    अह्ले–किताबले स्वयम् आफ्नो वाचा तोडेकाले हामीले तिनीहरूलाई श्रापित गर्यौं र तिनीहरूका हृदयलाई कठोर पारिदियौं । तिनीहरू शब्दहरूलाई तिनीहरुको स्थानबाट परिवर्तन गर्दछन् । जुन कुराको तिनीहरूलाई शिक्षा दिइएको थियो तिनीहरुका अधिकांश भागलाई बिर्सिदिए र तिमीले केही मानिसबाहेक तिनीहरूले गरेको विश्वासघातको कुनै न कुनै खबर सुनिरहनेछौ । अतः तिनीहरूलाई क्षमा गर र वास्ता नगर । निश्चय नै अल्लाह सुकर्मीहरूलाई मन पराउँछन् ।

  14. وَمِنَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّا نَصَٰرَىٰٓ أَخَذۡنَا مِيثَٰقَهُمۡ فَنَسُواْ حَظّٗا مِّمَّا ذُكِّرُواْ بِهِۦ فَأَغۡرَيۡنَا بَيۡنَهُمُ ٱلۡعَدَاوَةَ وَٱلۡبَغۡضَآءَ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِۚ وَسَوۡفَ يُنَبِّئُهُمُ ٱللَّهُ بِمَا كَانُواْ يَصۡنَعُونَ

    Open ayah 5:14

    तेस्तै हामीले ती मानिसहरूलाई पनि प्रतिज्ञा गरायौं जसले भने– “हामी ईसाई हौँ ।” तिनीहरूले पनि ती शिक्षाहरूको अधिकांश भाग बिर्सिदिए जसबारे तिनीहरूलाई स्मरण गराइएको थियो । अन्तमा हामीले तिनीहरूबीच महाप्रलयका दिनसम्मका लागि शत्रुता तथा द्वेषको आगो सल्काइदियौं । र, तिनीहरू जेजति गर्दछन् त्यसबारे चाँडै नै अल्लाहले तिनीहरूलाई बताउनेछन् ।

  15. يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ قَدۡ جَآءَكُمۡ رَسُولُنَا يُبَيِّنُ لَكُمۡ كَثِيرٗا مِّمَّا كُنتُمۡ تُخۡفُونَ مِنَ ٱلۡكِتَٰبِ وَيَعۡفُواْ عَن كَثِيرٖۚ قَدۡ جَآءَكُم مِّنَ ٱللَّهِ نُورٞ وَكِتَٰبٞ مُّبِينٞ

    Open ayah 5:15

    हे अह्ले–किताब हो ! तिमीहरूसमक्ष हाम्रा रसूल आइपुगेका छन् जसले तिमीहरूलाई ती कुराहरू बताउँछन् जुन तिमीहरूले ग्रन्थबाट लुकाउँदै आएका छौ, र उनले धेरै कुराहरू क्षमा पनि गर्दैछन् । निश्चय नै तिमीहरूका लागि अल्लाहको तर्फबाट प्रकाश एवं स्पष्ट ग्रन्थ आइसकेको छ ।

  16. يَهۡدِي بِهِ ٱللَّهُ مَنِ ٱتَّبَعَ رِضۡوَٰنَهُۥ سُبُلَ ٱلسَّلَٰمِ وَيُخۡرِجُهُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِ بِإِذۡنِهِۦ وَيَهۡدِيهِمۡ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 5:16

    अल्लाहले यसद्वारा ती मानिसहरूलाई शान्तिमार्गहरु देखाउँछन् जो उनको प्रसन्नतालाई पच्छाउदै छन् । र, उनीहरूलाई आफ्नो आदेशले अँध्याराहरूबाट निकालेर प्रकाशतर्फ ल्याउँछन् तथा उनीहरूलाई सीधा मार्ग देखाउँछन् ।

  17. لَّقَدۡ كَفَرَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ هُوَ ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَۚ قُلۡ فَمَن يَمۡلِكُ مِنَ ٱللَّهِ شَيۡـًٔا إِنۡ أَرَادَ أَن يُهۡلِكَ ٱلۡمَسِيحَ ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥ وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗاۗ وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۚ يَخۡلُقُ مَا يَشَآءُۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 5:17

    निस्सन्देह मर्यम पुत्र मसीह नै अल्लाह हुन् भन्नेले कुफ्र गरे । हे सन्देष्टा भनिदेऊ– “अल्लाहले मर्यम पुत्र मसीह, उनकी आमा र धर्तीका सम्पूर्ण चिजलाई नष्ट गर्न चाहेमा कसले अल्लाहलाई यसबाट रोक्ने सामर्थ्य राख्छ ?! जेजति आकाशहरू र पृथ्वी तथा यी दुवै बीच छन्, ती अल्लाहकै हुन् । उनी जे चाहन्छन्, सृष्टि गर्छन् । र, अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।

  18. وَقَالَتِ ٱلۡيَهُودُ وَٱلنَّصَٰرَىٰ نَحۡنُ أَبۡنَٰٓؤُاْ ٱللَّهِ وَأَحِبَّٰٓؤُهُۥۚ قُلۡ فَلِمَ يُعَذِّبُكُم بِذُنُوبِكُمۖ بَلۡ أَنتُم بَشَرٞ مِّمَّنۡ خَلَقَۚ يَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۚ وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ

    Open ayah 5:18

    र, यहूदी तथा ईसाईहरूले दावी गरे– “हामी अल्लाहका पुत्र तथा प्रिय पात्र हौँ ।” तिनीहरूसित सोध– “त्यसो भए उनले तिमीहरूलाई तिम्रो अपराधको सजायँ किन दिन्छन् ?” बरु तिमीहरू पनि त ती मनुष्यहरु हौ जस्तो उनले अरू मनुष्य सृष्टि गरेका छन् । उनी जसलाई चाहन्छन् क्षमा गर्छन् र जसलाई चाहन्छन् यातना दिन्छन् । अनि, आकाशहरू, पृथ्वी तथा दुवैबीच जेजति छन् अल्लाहकै नियन्त्रणमा छन् र उनैतर्फ फर्केर जानेछन् । ,

  19. يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ قَدۡ جَآءَكُمۡ رَسُولُنَا يُبَيِّنُ لَكُمۡ عَلَىٰ فَتۡرَةٖ مِّنَ ٱلرُّسُلِ أَن تَقُولُواْ مَا جَآءَنَا مِنۢ بَشِيرٖ وَلَا نَذِيرٖۖ فَقَدۡ جَآءَكُم بَشِيرٞ وَنَذِيرٞۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 5:19

    हे अह्ले–किताब ! तिमीहरूसमक्ष ईशदूतहरूको आगमनमा एक अन्तरालपछि अब हाम्रा रसूल आइसकेका छन् जसले तिमीहरूका लागि स्पष्ट शिक्षा दिइरहेका छन् यस उद्देश्यले कि तिमीहरूले यो भन्न पाउने छैनौ कि तिमीहरूकहाँ कुनै शुभ सूचक र सचेतक आएन । निस्सन्देह तिमीहरूसमक्ष शुभ सूचक एवं सचेतक आइसकेका छन् । र, अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।

  20. وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦ يَٰقَوۡمِ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ جَعَلَ فِيكُمۡ أَنۢبِيَآءَ وَجَعَلَكُم مُّلُوكٗا وَءَاتَىٰكُم مَّا لَمۡ يُؤۡتِ أَحَدٗا مِّنَ ٱلۡعَٰلَمِينَ 

    Open ayah 5:20

    र, स्मरण गर जब मूसाले आफ्ना जातिका मानिसहरूलाई भने– “हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरुमाथि अल्लाहको कृपालाई स्मरण गर जब उनले तिमीहरूमाझ सन्देष्टाहरू बनाए अनि तिमीहरूलाई शासक बनाए तथा तिमीहरूलाई ती चिजहरू प्रदान गरे जुन संसारमा अरू कसैलाई प्रदान गरेनन् ।”

  21. يَٰقَوۡمِ ٱدۡخُلُواْ ٱلۡأَرۡضَ ٱلۡمُقَدَّسَةَ ٱلَّتِي كَتَبَ ٱللَّهُ لَكُمۡ وَلَا تَرۡتَدُّواْ عَلَىٰٓ أَدۡبَارِكُمۡ فَتَنقَلِبُواْ خَٰسِرِينَ

    Open ayah 5:21

    “हे मेरा समुदायका मानिसहरू हो ! त्यस पवित्र जमीनमा प्रवेश गर जुन अल्लाहले तिमीहरूकालागि लेखिदिएका छन् र पछाडि नहट; नत्रभने तिमीहरू असफल भई फर्कनेछौ ।”

  22. قَالُواْ يَٰمُوسَىٰٓ إِنَّ فِيهَا قَوۡمٗا جَبَّارِينَ وَإِنَّا لَن نَّدۡخُلَهَا حَتَّىٰ يَخۡرُجُواْ مِنۡهَا فَإِن يَخۡرُجُواْ مِنۡهَا فَإِنَّا دَٰخِلُونَ

    Open ayah 5:22

    उनीहरूले भने– “हे मूसा ! त्यहाँ धेरै शक्तिशाली मानिसहरू बस्दछन् । हामी त्यहाँ कदापि जादैनौँ, जबसम्म तिनीहरू त्यहाँबाट निस्कदैनन् । हो, तिनीहरू त्यहाँबाट निस्के भने हामी अवश्य नै प्रवेश गर्नेछौँ ।”

  23. قَالَ رَجُلَانِ مِنَ ٱلَّذِينَ يَخَافُونَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِمَا ٱدۡخُلُواْ عَلَيۡهِمُ ٱلۡبَابَ فَإِذَا دَخَلۡتُمُوهُ فَإِنَّكُمۡ غَٰلِبُونَۚ وَعَلَى ٱللَّهِ فَتَوَكَّلُوٓاْ إِن كُنتُم مُّؤۡمِنِينَ

    Open ayah 5:23

    (अल्लाहसित) भय राख्नेहरूमध्ये दुईजना व्यक्तिहरु– जसलाई अल्लाहले आफ्नो कृपापात्र बनाएका थिए, उनले भने– “तिमीहरु यिनीहरूमाथि चढाइ गर्दै ढोकामा प्रवेश गर । भित्र पस्ने बित्तिकै तिमीहरू नै विजयी हुनेछौ । यदि तिमीहरू आस्थावान हौ भने अल्लाहमाथि भरोसा गर ।”

  24. قَالُواْ يَٰمُوسَىٰٓ إِنَّا لَن نَّدۡخُلَهَآ أَبَدٗا مَّا دَامُواْ فِيهَا فَٱذۡهَبۡ أَنتَ وَرَبُّكَ فَقَٰتِلَآ إِنَّا هَٰهُنَا قَٰعِدُونَ

    Open ayah 5:24

    तिनीहरूले भने– “हे मूसा, हामी त्यहाँ कदापि प्रवेश गर्ने छैनौँ, जबसम्म तिनीहरू त्यहाँ छन् । तिमी र तिम्रा पालनकर्ता दुवै जाऊ र युद्ध गर । हामी यहीँ बसिरहनेछौं ।”

  25. قَالَ رَبِّ إِنِّي لَآ أَمۡلِكُ إِلَّا نَفۡسِي وَأَخِيۖ فَٱفۡرُقۡ بَيۡنَنَا وَبَيۡنَ ٱلۡقَوۡمِ ٱلۡفَٰسِقِينَ

    Open ayah 5:25

    मूसाले भने– “हे मेरा पालनकर्ता ! म स्वयं र आफ्नो भाइ बाहेक कसैमाथि अधिकार राख्दिन । तसर्थ हामी र अवज्ञाकारी समुदायबीच विच्छेद गरिदेऊ ।”

  26. قَالَ فَإِنَّهَا مُحَرَّمَةٌ عَلَيۡهِمۡۛ أَرۡبَعِينَ سَنَةٗۛ يَتِيهُونَ فِي ٱلۡأَرۡضِۚ فَلَا تَأۡسَ عَلَى ٱلۡقَوۡمِ ٱلۡفَٰسِقِينَ

    Open ayah 5:26

    अल्लाहले भने– “यो देश चालीस वर्षसम्म यिनीहरूकालागि वर्जित छ । यिनीहरू धर्तीमा भौंतारी रहनेछन् । अनि यी अवज्ञाकारीहरूको चिन्ता नलिनु ।”

  27. ۞وَٱتۡلُ عَلَيۡهِمۡ نَبَأَ ٱبۡنَيۡ ءَادَمَ بِٱلۡحَقِّ إِذۡ قَرَّبَا قُرۡبَانٗا فَتُقُبِّلَ مِنۡ أَحَدِهِمَا وَلَمۡ يُتَقَبَّلۡ مِنَ ٱلۡأٓخَرِ قَالَ لَأَقۡتُلَنَّكَۖ قَالَ إِنَّمَا يَتَقَبَّلُ ٱللَّهُ مِنَ ٱلۡمُتَّقِينَ

    Open ayah 5:27

    (हे मुहम्मद स.!) तिनीहरूलाई आदमका दुई छोरा (हाबील र काबील) को कथा नितान्त सत्यकासाथ सुनाइदेऊ । स्मरण गर, जब दुवैले एउटा बलिदान पेश गरे तब दुईमध्ये एकको बलिदान त स्वीकृत भयो तर अर्कोको अस्वीकृत । अस्वीकृत हुनेले भन्यो– “म अवश्य नै तिम्रो हत्या गर्नेछु ।” उनले भने– “अल्लाह धर्मपरायणहरूको मात्र बलिदान स्वीकार्दछन् ।”

  28. لَئِنۢ بَسَطتَ إِلَيَّ يَدَكَ لِتَقۡتُلَنِي مَآ أَنَا۠ بِبَاسِطٖ يَدِيَ إِلَيۡكَ لِأَقۡتُلَكَۖ إِنِّيٓ أَخَافُ ٱللَّهَ رَبَّ ٱلۡعَٰلَمِينَ

    Open ayah 5:28

    यदि तिमीले मेरो हत्याकोलागि हात उठायौ भने म तिम्रो हत्याकोलागि हात उठाउने छैन । म सम्पूर्ण जगत्का पालनकर्ता– अल्लाहसँग डराउँछु ।

  29. إِنِّيٓ أُرِيدُ أَن تَبُوٓأَ بِإِثۡمِي وَإِثۡمِكَ فَتَكُونَ مِنۡ أَصۡحَٰبِ ٱلنَّارِۚ وَذَٰلِكَ جَزَٰٓؤُاْ ٱلظَّٰلِمِينَ

    Open ayah 5:29

    म यो चाहन्छु कि मेरो पाप र आफ्नो पाप दुवै तिमी नै लिएर जाऊ र नरकबासीहरूमा सामेल होऊ । अत्याचारीहरूको यही नै सजायँ हो ।

  30. فَطَوَّعَتۡ لَهُۥ نَفۡسُهُۥ قَتۡلَ أَخِيهِ فَقَتَلَهُۥ فَأَصۡبَحَ مِنَ ٱلۡخَٰسِرِينَ 

    Open ayah 5:30

    अन्ततः उसको मनले उसलाई आफ्नो भाइको हत्या गर्न उक्सायो, र उसले उनको हत्या गरिदियो । अतः ऊ नोक्सान बेहोर्नेहरूमा सामेल भयो ।

  31. فَبَعَثَ ٱللَّهُ غُرَابٗا يَبۡحَثُ فِي ٱلۡأَرۡضِ لِيُرِيَهُۥ كَيۡفَ يُوَٰرِي سَوۡءَةَ أَخِيهِۚ قَالَ يَٰوَيۡلَتَىٰٓ أَعَجَزۡتُ أَنۡ أَكُونَ مِثۡلَ هَٰذَا ٱلۡغُرَابِ فَأُوَٰرِيَ سَوۡءَةَ أَخِيۖ فَأَصۡبَحَ مِنَ ٱلنَّٰدِمِينَ

    Open ayah 5:31

    अनि अल्लाहले एउटा काग पठाए जसले उनलाई आफ्नो भाइको शव कसरी लुकाउने भन्ने कुरा देखाउन जमीनमा खोस्रन थाल्यो । उसले भन्यो– "हाय मेरो बर्बादी ! म त्यो काग जस्तो पनि बन्न सकिन कि आफ्नो भाइको शवलाई छोप्न सकूँ ।” यसरी उ पश्चात्ताप गर्नेहरुमा सामेल भयो ।

  32. مِنۡ أَجۡلِ ذَٰلِكَ كَتَبۡنَا عَلَىٰ بَنِيٓ إِسۡرَٰٓءِيلَ أَنَّهُۥ مَن قَتَلَ نَفۡسَۢا بِغَيۡرِ نَفۡسٍ أَوۡ فَسَادٖ فِي ٱلۡأَرۡضِ فَكَأَنَّمَا قَتَلَ ٱلنَّاسَ جَمِيعٗا وَمَنۡ أَحۡيَاهَا فَكَأَنَّمَآ أَحۡيَا ٱلنَّاسَ جَمِيعٗاۚ وَلَقَدۡ جَآءَتۡهُمۡ رُسُلُنَا بِٱلۡبَيِّنَٰتِ ثُمَّ إِنَّ كَثِيرٗا مِّنۡهُم بَعۡدَ ذَٰلِكَ فِي ٱلۡأَرۡضِ لَمُسۡرِفُونَ

    Open ayah 5:32

    यसै कारणले हामीले इस्राईलका सन्तानहरूका लागि लेखिदियौँ कि जोसुकैले कुनै यस्तो व्यक्तिको हत्या गर्छ जसले कसैको हत्या गरेको छैन वा देशमा विध्वंस मच्चाएको छैन भने, मानौँ, उसले सम्पूर्ण मानवजातिकै हत्या गर्यो । अनि, जोसुकैले त्यस निर्दोष ज्यानलाई बचायो भने, मानौँ, उसले सम्पूर्ण मानवजातिलाई नै जीवन दियो । अनि, हाम्रा रसूलहरू तिनीहरूसमक्ष स्पष्ट आदेशहरू लिएर आए, तर त्यसपछि पनि तिनीहरूमध्ये धेरैले धर्तीमा अत्याचार गरिरहे ।

  33. إِنَّمَا جَزَٰٓؤُاْ ٱلَّذِينَ يُحَارِبُونَ ٱللَّهَ وَرَسُولَهُۥ وَيَسۡعَوۡنَ فِي ٱلۡأَرۡضِ فَسَادًا أَن يُقَتَّلُوٓاْ أَوۡ يُصَلَّبُوٓاْ أَوۡ تُقَطَّعَ أَيۡدِيهِمۡ وَأَرۡجُلُهُم مِّنۡ خِلَٰفٍ أَوۡ يُنفَوۡاْ مِنَ ٱلۡأَرۡضِۚ ذَٰلِكَ لَهُمۡ خِزۡيٞ فِي ٱلدُّنۡيَاۖ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابٌ عَظِيمٌ

    Open ayah 5:33

    ती व्यक्तिहरुको सजायँ जो अल्लाह तथा उनका रसूलविरुद्ध लडाइँ गर्छन्, र धर्तीमा विध्वंस मच्चाउन भागदौड गर्छन्,यो हो कि तिनीहरूलाई वध गरियोस् या शूली चढाइयोस् या तिनीहरूका हात तथा खुट्टा विपरीत दिशाबाट काटिऊन् या तिनीहरूलाई देश निकाला गरियोस् । यो अपमान त तिनीहरूकालागि यस संसारमा हो र परलोकमा तिनीहरूकालागि (योभन्दा पनि) ठूलो यातना रहेको छ ।

  34. إِلَّا ٱلَّذِينَ تَابُواْ مِن قَبۡلِ أَن تَقۡدِرُواْ عَلَيۡهِمۡۖ فَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 5:34

    तर तिमीहरूले प्रभुत्व पाउनु अघि नै जसले प्रायश्चित गरे भने याद राख अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  35. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَٱبۡتَغُوٓاْ إِلَيۡهِ ٱلۡوَسِيلَةَ وَجَٰهِدُواْ فِي سَبِيلِهِۦ لَعَلَّكُمۡ تُفۡلِحُونَ

    Open ayah 5:35

    हे आस्थावानहरू हो ! अल्लाहको भय गर, उनको सामिप्यता प्राप्त गर्ने साधनको जोहो गर । र उनको मार्गमा संघर्ष गर आशा छ कि तिमीहरू सफल हुनेछौ ।

  36. إِنَّ ٱلَّذِينَ كَفَرُواْ لَوۡ أَنَّ لَهُم مَّا فِي ٱلۡأَرۡضِ جَمِيعٗا وَمِثۡلَهُۥ مَعَهُۥ لِيَفۡتَدُواْ بِهِۦ مِنۡ عَذَابِ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَا تُقُبِّلَ مِنۡهُمۡۖ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ

    Open ayah 5:36

    कुफ्र गर्नेहरूसित यदि सम्पूर्ण धर्तीमा भएको धन छ र त्यसकासाथ त्यति नै थप धन पनि, ताकि यी सबै धन दिएर तिनीहरू महाप्रलयको दिनको यातनाबाट बच्न चाहन्छन् भने पनि तिनीहरूको त्यो हर्जाना स्वीकार गरिने छैन । र, तिनीहरूकालागि दुःखदायी यातना रहेकोछ ।

  37. يُرِيدُونَ أَن يَخۡرُجُواْ مِنَ ٱلنَّارِ وَمَا هُم بِخَٰرِجِينَ مِنۡهَاۖ وَلَهُمۡ عَذَابٞ مُّقِيمٞ

    Open ayah 5:37

    तिनीहरू नरकको आगोबाट उम्कन खोज्नेछन् तर त्यसबाट उम्कन भने कहिल्यै पनि सक्ने छैनन् र तिनीहरूकालागि सदासर्वदाको यातना हुनेछ ।

  38. وَٱلسَّارِقُ وَٱلسَّارِقَةُ فَٱقۡطَعُوٓاْ أَيۡدِيَهُمَا جَزَآءَۢ بِمَا كَسَبَا نَكَٰلٗا مِّنَ ٱللَّهِۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٞ

    Open ayah 5:38

    र, चोर पुरुष होस् वा स्त्री दुवैका हात काटिदेऊ । यो ती दुवैको आर्जनको बदला हो, र अल्लाहको तर्फबाट शिक्षाप्रद दण्ड । र, अल्लाह सामर्थ्यवान एवं तत्वदर्शी छन् ।

  39. فَمَن تَابَ مِنۢ بَعۡدِ ظُلۡمِهِۦ وَأَصۡلَحَ فَإِنَّ ٱللَّهَ يَتُوبُ عَلَيۡهِۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ

    Open ayah 5:39

    अनि, जसले आफ्नो यस अत्याचारपछि प्रायश्चित गर्यो एवं सुधार गर्यो, अल्लाह उसमाथि फेरि कृपादृष्टि गर्नेछन् । निस्सन्देह अल्लाह क्षमाशील एवं परमदयावान छन् ।

  40. أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ يُعَذِّبُ مَن يَشَآءُ وَيَغۡفِرُ لِمَن يَشَآءُۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ 

    Open ayah 5:40

    के तिमी जान्दैनौ कि आकाशहरू एवं धर्तीको राज्यको अधिकारी अल्लाह नै हुन्; जसलाई चाहन्छन् उनी यातना दिन्छन् र जसलाई चाहन्छन् क्षमा गर्छन् ? र, अल्लाह सबै थोकको सामर्थ्य राख्दछन् ।

  41. ۞يَٰٓأَيُّهَا ٱلرَّسُولُ لَا يَحۡزُنكَ ٱلَّذِينَ يُسَٰرِعُونَ فِي ٱلۡكُفۡرِ مِنَ ٱلَّذِينَ قَالُوٓاْ ءَامَنَّا بِأَفۡوَٰهِهِمۡ وَلَمۡ تُؤۡمِن قُلُوبُهُمۡۛ وَمِنَ ٱلَّذِينَ هَادُواْۛ سَمَّٰعُونَ لِلۡكَذِبِ سَمَّٰعُونَ لِقَوۡمٍ ءَاخَرِينَ لَمۡ يَأۡتُوكَۖ يُحَرِّفُونَ ٱلۡكَلِمَ مِنۢ بَعۡدِ مَوَاضِعِهِۦۖ يَقُولُونَ إِنۡ أُوتِيتُمۡ هَٰذَا فَخُذُوهُ وَإِن لَّمۡ تُؤۡتَوۡهُ فَٱحۡذَرُواْۚ وَمَن يُرِدِ ٱللَّهُ فِتۡنَتَهُۥ فَلَن تَمۡلِكَ لَهُۥ مِنَ ٱللَّهِ شَيۡـًٔاۚ أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَمۡ يُرِدِ ٱللَّهُ أَن يُطَهِّرَ قُلُوبَهُمۡۚ لَهُمۡ فِي ٱلدُّنۡيَا خِزۡيٞۖ وَلَهُمۡ فِي ٱلۡأٓخِرَةِ عَذَابٌ عَظِيمٞ

    Open ayah 5:41

    हे ईशदूत ! ती मानिसहरूले तिमीलाई दुखी नपारून् जो कुफ्रमा सक्रिय छन्, चाहे तिनीहरूमध्ये हुन् जसले मौखिक रूपमा भन्छन् कि तिनीहरूले ईमान ल्याए तर तिनीहरूको हृदयले ईमान ल्याएको छैन । र, चाहे तिनीहरूमध्ये जो यहूदी हुन् । यिनीहरू झुटो कुरा सुन्न अभ्यस्त छन् । र, अन्य ती मानिसहरूको पनि सुन्दछन् जो तिमीसमक्ष आएका छैनन् । शब्दहरूको स्थान निश्चित हुँदाहुँदै पनि उनीहरूको स्थान बदलिदिन्छन् । तिनीहरू भन्छन्– “यदि तिमीहरूलाई यो आदेश दिइयो भने स्वीकार गर र यदि यो आदेश दिइएन भने टाढै बस ।” र, कसैलाई अल्लाहले नै फित्ना (उत्पीडन) मा होम्न चाहन्छन् भने तिमी अल्लाहको दाँजोमा उसको लागि केही पनि गर्न सक्दैनौ । यी तिनीहरू हुन् जसको हृदयलाई अल्लाहले पवित्र पार्न चाहेनन् । तिनीहरूका लागि संसारमा अपमान छ र परलोकमा ठूलो यातना रहेको छ ।

  42. سَمَّٰعُونَ لِلۡكَذِبِ أَكَّٰلُونَ لِلسُّحۡتِۚ فَإِن جَآءُوكَ فَٱحۡكُم بَيۡنَهُمۡ أَوۡ أَعۡرِضۡ عَنۡهُمۡۖ وَإِن تُعۡرِضۡ عَنۡهُمۡ فَلَن يَضُرُّوكَ شَيۡـٔٗاۖ وَإِنۡ حَكَمۡتَ فَٱحۡكُم بَيۡنَهُم بِٱلۡقِسۡطِۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُقۡسِطِينَ

    Open ayah 5:42

    यिनीहरू मिथ्या कुरा सुन्ने बानी बसालेकाहरु हुन् र अवैध धन खानेहरू हुन् । यदि यिनीहरू तिमीकहाँ आउँछन् भने तिमीलाई अख्तियार छ, कि त यिनीहरूबीच फैसला गर कि त यिनीहरुसित बेवास्ता गर । र, यदि तिमी बेवास्ता गर्छौ भने तिनीहरूले तिम्रो केही बिगार्न सक्दैनन् । र, यदि निर्णय गर्छौ भने तिनीहरूबीच न्यायका साथ निर्णय गर । निश्चय नै अल्लाह निसाफ गर्नेहरूलाई मन पराउँदछन् ।

  43. وَكَيۡفَ يُحَكِّمُونَكَ وَعِندَهُمُ ٱلتَّوۡرَىٰةُ فِيهَا حُكۡمُ ٱللَّهِ ثُمَّ يَتَوَلَّوۡنَ مِنۢ بَعۡدِ ذَٰلِكَۚ وَمَآ أُوْلَٰٓئِكَ بِٱلۡمُؤۡمِنِينَ

    Open ayah 5:43

    र, कसरी तिनीहरूले तिमीलाई निर्णायक बनाउँदैछन्, जबकि तिनीहरूसँग तौरात मौजूद छ, जसमा अल्लाहका आदेशहरू लेखिएको भएतापनि तिनीहरू विमुख हुन्छन् ! वास्तवमा तिनीहरू ईमान नै राख्दैनन् ।

  44. إِنَّآ أَنزَلۡنَا ٱلتَّوۡرَىٰةَ فِيهَا هُدٗى وَنُورٞۚ يَحۡكُمُ بِهَا ٱلنَّبِيُّونَ ٱلَّذِينَ أَسۡلَمُواْ لِلَّذِينَ هَادُواْ وَٱلرَّبَّٰنِيُّونَ وَٱلۡأَحۡبَارُ بِمَا ٱسۡتُحۡفِظُواْ مِن كِتَٰبِ ٱللَّهِ وَكَانُواْ عَلَيۡهِ شُهَدَآءَۚ فَلَا تَخۡشَوُاْ ٱلنَّاسَ وَٱخۡشَوۡنِ وَلَا تَشۡتَرُواْ بِـَٔايَٰتِي ثَمَنٗا قَلِيلٗاۚ وَمَن لَّمۡ يَحۡكُم بِمَآ أَنزَلَ ٱللَّهُ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡكَٰفِرُونَ

    Open ayah 5:44

    हामीले तौरात अवतरित गर्यौँ जसमा मार्गदर्शन एवं ज्योति थियो । सम्पूर्ण सन्देष्टाहरू जो आज्ञाकारी थिए, यसै अनुसार यहूदीहरूबीच फैसला गर्ने गर्थे । अनि धर्माधिकारी तथा शास्त्रज्ञाताहरू पनि (यसैलाई निर्णयको आधार बनाउँथे) किनभने तिनीहरू अल्लाहका ग्रन्थको संरक्षक बनाइएका थिए र तिनीहरू यसको पनि साक्षी थिए । अतः तिमीहरू मानिसहरूसित नडराऊ केवल मसित नै डराऊ । र, मेरा आयतहरूलाई तुच्छ मूल्यमा नबेच । जसले अल्लाहद्वारा अवतरित कानून अनुसार निर्णय गर्दैनन् तिनीहरू नै काफिर हुन् ।

  45. وَكَتَبۡنَا عَلَيۡهِمۡ فِيهَآ أَنَّ ٱلنَّفۡسَ بِٱلنَّفۡسِ وَٱلۡعَيۡنَ بِٱلۡعَيۡنِ وَٱلۡأَنفَ بِٱلۡأَنفِ وَٱلۡأُذُنَ بِٱلۡأُذُنِ وَٱلسِّنَّ بِٱلسِّنِّ وَٱلۡجُرُوحَ قِصَاصٞۚ فَمَن تَصَدَّقَ بِهِۦ فَهُوَ كَفَّارَةٞ لَّهُۥۚ وَمَن لَّمۡ يَحۡكُم بِمَآ أَنزَلَ ٱللَّهُ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ

    Open ayah 5:45

    (हामीले तौरातमा) तिनीहरूकालागि लेखेका थियौँ कि प्राणको बदला प्राण, आँखाको बदला आँखा, नाकको बदला नाक, कानको बदला कान, दाँतको बदला दाँत र यसैप्रकार अन्य आघातहरूको पनि बराबरीको बदला हुनेछ । तर जसले त्यसलाई माफ गरिदिन्छ त्यो उसको पापको प्रायश्चित हुनेछ । र, जसले अल्लाहद्वारा अवतरित कानून अनुसार निर्णय गर्दैनन् तिनीहरू नै अत्याचारी हुन् ।

  46. وَقَفَّيۡنَا عَلَىٰٓ ءَاثَٰرِهِم بِعِيسَى ٱبۡنِ مَرۡيَمَ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ مِنَ ٱلتَّوۡرَىٰةِۖ وَءَاتَيۡنَٰهُ ٱلۡإِنجِيلَ فِيهِ هُدٗى وَنُورٞ وَمُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ مِنَ ٱلتَّوۡرَىٰةِ وَهُدٗى وَمَوۡعِظَةٗ لِّلۡمُتَّقِينَ

    Open ayah 5:46

    र हामीले यी सन्देष्टाहरूपछि मर्यम पुत्र ईसालाई पठायौँ, जो उनकासामु रहेका तौरातको पुष्टिकर्ता थिए । र, उनलाई हामीले इन्जील प्रदान गर्यौं जसमा मार्गदर्शन तथा दिव्यज्योति थियो, जो उनकासामु रहेका तौरातको पुष्टिकर्ता र ईशभय राख्नेहरूका लागि मार्गदर्शन एवं उपदेश थियो ।

  47. وَلۡيَحۡكُمۡ أَهۡلُ ٱلۡإِنجِيلِ بِمَآ أَنزَلَ ٱللَّهُ فِيهِۚ وَمَن لَّمۡ يَحۡكُم بِمَآ أَنزَلَ ٱللَّهُ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

    Open ayah 5:47

    र, (हाम्रो आदेश थियो कि) इन्जीलधारीहरूले त्यस कानुन अनुसार नै फैसला गरून्, जुन त्यसमा अल्लाहले अवतरण गरेकाछन् । र, जसले अल्लाहले अवतरित गरेको कानून अनुसार निर्णय गर्दैनन् तिनीहरू नै अवज्ञाकारी हुन् ।

  48. وَأَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ مِنَ ٱلۡكِتَٰبِ وَمُهَيۡمِنًا عَلَيۡهِۖ فَٱحۡكُم بَيۡنَهُم بِمَآ أَنزَلَ ٱللَّهُۖ وَلَا تَتَّبِعۡ أَهۡوَآءَهُمۡ عَمَّا جَآءَكَ مِنَ ٱلۡحَقِّۚ لِكُلّٖ جَعَلۡنَا مِنكُمۡ شِرۡعَةٗ وَمِنۡهَاجٗاۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَجَعَلَكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَلَٰكِن لِّيَبۡلُوَكُمۡ فِي مَآ ءَاتَىٰكُمۡۖ فَٱسۡتَبِقُواْ ٱلۡخَيۡرَٰتِۚ إِلَى ٱللَّهِ مَرۡجِعُكُمۡ جَمِيعٗا فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ

    Open ayah 5:48

    हे सन्देष्टा ! हामीले तिमीमाथि सत्यकासाथ ग्रन्थ अवतरित गर्यौँ, जसले पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ, र जो तिनीहरुको संरक्षक पनि हो । अतः तिमी तिनीहरूबीच अल्लाहद्वारा अवतरित कानून अनुसार नै फैसला गर । र, जुन सत्य तिमीसमक्ष आएको छ त्यसबाट विमुख भएर तिनीहरूको चाहनाहरूको पछि नलाग । हामीले तिनीहरूमध्ये सबैकालागि एउटा धर्म–विधान एवं कार्यप्रणाली तय गरेका छौं । यदि अल्लाहले चाहेको भए तिमीहरू सबैलाई एउटै समुदाय बनाउने थिए, तर अल्लाहले तिमीहरूलाई प्रदान गरेका चिजमा तिमीहरूको परीक्षा लिन चाहे । अतः सत्कर्ममा एकअर्को भन्दा अगाडि बढ्ने प्रतिस्पर्धा गर । अन्ततः तिमीहरू सबै अल्लाहतर्फ नै फर्कनेछौ अनि उनले जुन कुरामा तिमीहरू मतभेद गर्छौ तिमीहरूलाई बताउनेछन् ।

  49. وَأَنِ ٱحۡكُم بَيۡنَهُم بِمَآ أَنزَلَ ٱللَّهُ وَلَا تَتَّبِعۡ أَهۡوَآءَهُمۡ وَٱحۡذَرۡهُمۡ أَن يَفۡتِنُوكَ عَنۢ بَعۡضِ مَآ أَنزَلَ ٱللَّهُ إِلَيۡكَۖ فَإِن تَوَلَّوۡاْ فَٱعۡلَمۡ أَنَّمَا يُرِيدُ ٱللَّهُ أَن يُصِيبَهُم بِبَعۡضِ ذُنُوبِهِمۡۗ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلنَّاسِ لَفَٰسِقُونَ

    Open ayah 5:49

    र, त्यसैले यिनीहरूबीच त्यस कानून अनुसार फैसला गर जुन अल्लाहले अवतरित गरेका छन् । र, यिनीहरूको चाहनाको पछाडि नजाऊ । तिमीलाई अल्लाहले अवतरण गरेका केही आदेशहरूबाट यिनीहरूले विमुख पार्लान् भनेर सचेत रहु । र, यदि तिनीहरू विमुख हुन्छन् भने जानिराख, अल्लाहले नै तिनीहरूलाई तिनका केही पापहरूको सजायँ दिन चाहन्छन् । र, निस्सन्देह मानिसहरूमध्ये अधिकांश अवज्ञाकारी नै हुन् ।

  50. أَفَحُكۡمَ ٱلۡجَٰهِلِيَّةِ يَبۡغُونَۚ وَمَنۡ أَحۡسَنُ مِنَ ٱللَّهِ حُكۡمٗا لِّقَوۡمٖ يُوقِنُونَ 

    Open ayah 5:50

    के यिनीहरू अज्ञानताको फैसला चाहन्छन् ? र, आस्थावानहरूका निम्ति अल्लाहभन्दा उचित न्यायाधीश अरू को हुन सक्छ र ?

  51. ۞يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ ٱلۡيَهُودَ وَٱلنَّصَٰرَىٰٓ أَوۡلِيَآءَۘ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٖۚ وَمَن يَتَوَلَّهُم مِّنكُمۡ فَإِنَّهُۥ مِنۡهُمۡۗ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ

    Open ayah 5:51

    हे आस्थावानहरू हो ! यहूदी तथा ईसाईलाई आफ्नो संरक्षक–मित्र नबनाऊ । यिनीहरू परस्परमा एक–अर्काका संरक्षक–मित्र हुन् । र, तिमीहरूमध्ये जसले तिनीहरूलाई आफ्नो मित्र बनाउँछ ऊ तिनीहरूमा नै गनिनेछ । निस्सन्देह अल्लाह अत्याचारीहरूलाई सत्मार्ग देखाउँदैनन् ।

  52. فَتَرَى ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ يُسَٰرِعُونَ فِيهِمۡ يَقُولُونَ نَخۡشَىٰٓ أَن تُصِيبَنَا دَآئِرَةٞۚ فَعَسَى ٱللَّهُ أَن يَأۡتِيَ بِٱلۡفَتۡحِ أَوۡ أَمۡرٖ مِّنۡ عِندِهِۦ فَيُصۡبِحُواْ عَلَىٰ مَآ أَسَرُّواْ فِيٓ أَنفُسِهِمۡ نَٰدِمِينَ

    Open ayah 5:52

    तिमी देख्दैछौ, जसको हृदयमा (कपटको) रोग छ तिनीहरू यहूदी तथा ईसाईहरु कहाँ भागदौड गर्दैछन् । तिनीहरू भन्छन्– कतै कुनै सङ्कटमा फस्ने छौँ कि भन्ने हामीलाई डर लाग्छ । सम्भवतः अल्लाहले आफ्नो तर्फबाट विजय वा कुनै विशेष कुरा देखाउनेछन् अनि तिनीहरू आफ्नो मनमा लुकाएको कुराप्रति पछुताउने छन् ।

  53. وَيَقُولُ ٱلَّذِينَ ءَامَنُوٓاْ أَهَٰٓؤُلَآءِ ٱلَّذِينَ أَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ إِنَّهُمۡ لَمَعَكُمۡۚ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فَأَصۡبَحُواْ خَٰسِرِينَ

    Open ayah 5:53

    र, (त्यतिबेला) आस्थावानहरूले भन्नेछन्– “के अल्लाहको दृढ कसम खाएर हामी तिमीहरूसँग नै छौँ भनी विश्वास दिलाउनेहरू यिनै हुन् ?” यिनका सारा कर्महरू व्यर्थ भए र यिनीहरू नोक्सान बेहोर्ने भएका छन् ।

  54. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ مَن يَرۡتَدَّ مِنكُمۡ عَن دِينِهِۦ فَسَوۡفَ يَأۡتِي ٱللَّهُ بِقَوۡمٖ يُحِبُّهُمۡ وَيُحِبُّونَهُۥٓ أَذِلَّةٍ عَلَى ٱلۡمُؤۡمِنِينَ أَعِزَّةٍ عَلَى ٱلۡكَٰفِرِينَ يُجَٰهِدُونَ فِي سَبِيلِ ٱللَّهِ وَلَا يَخَافُونَ لَوۡمَةَ لَآئِمٖۚ ذَٰلِكَ فَضۡلُ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٌ

    Open ayah 5:54

    हे आस्थावानहरू हो ! तिमीहरूमध्ये कोही आफ्नो धर्मबाट विमुख हुन्छ भने अल्लाहले (तिम्रो स्थानमा) त्यस्ता मानिसहरुलाई प्रतिस्थापित गर्नेछन् जसलाई उनले मनपराउनेछन् र उनीहरूले अल्लाहलाई मनपराउने छन्; जो आस्थावानहरू प्रति नम्र र काफिरहरूप्रति कठोर हुनेछन्; जो अल्लाहको मार्गमा सङ्घर्ष गर्नेछन् र कुनै निन्दा गर्ने व्यक्तिको निन्दाबाट डराउने छैनन् । यो अल्लाहको वरदान हो; जसलाई चाहन्छन् प्रदान गर्छन् । र, अल्लाह अपरम्पार एवं सर्वज्ञ छन् ।

  55. إِنَّمَا وَلِيُّكُمُ ٱللَّهُ وَرَسُولُهُۥ وَٱلَّذِينَ ءَامَنُواْ ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُمۡ رَٰكِعُونَ

    Open ayah 5:55

    तिमीहरूका संरक्षक–मित्र वास्तवमा अल्लाह, उनका रसूल तथा ती आस्थावानहरू हुन् जो नमाज कायम गर्छन्, जकात दिन्छन् यस अवस्थामा कि उनी (अल्लाहको सामु) समर्पित हुन्छन्।

  56. وَمَن يَتَوَلَّ ٱللَّهَ وَرَسُولَهُۥ وَٱلَّذِينَ ءَامَنُواْ فَإِنَّ حِزۡبَ ٱللَّهِ هُمُ ٱلۡغَٰلِبُونَ

    Open ayah 5:56

    र, जसले अल्लाह, उनका रसूल र आस्थावानहरूलाई संरक्षक–मित्र बनाउँछन् (तिनीहरू अल्लाहका जमात हुन्) अनि अल्लाहको जमात नै विजयी हुनेछ ।

  57. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ ٱلَّذِينَ ٱتَّخَذُواْ دِينَكُمۡ هُزُوٗا وَلَعِبٗا مِّنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلِكُمۡ وَٱلۡكُفَّارَ أَوۡلِيَآءَۚ وَٱتَّقُواْ ٱللَّهَ إِن كُنتُم مُّؤۡمِنِينَ

    Open ayah 5:57

    हे आस्थावानहरू हो ! तिमीहरूभन्दा पहिलेका अह्ले–किताब र काफिरहरूमध्ये जसले तिम्रो धर्मलाई ठट्टा तथा खेल बनाए, तिनलाई संरक्षक–मित्र नबनाऊ । यदि तिमीहरू आस्थावान हौ भने अल्लाहको भय राख ।

  58. وَإِذَا نَادَيۡتُمۡ إِلَى ٱلصَّلَوٰةِ ٱتَّخَذُوهَا هُزُوٗا وَلَعِبٗاۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَعۡقِلُونَ

    Open ayah 5:58

    र, जब तिमीहरू नमाजकालागि बोलाउँछौ तब तिनीहरू त्यस अजान (पुकार) लाई ठट्टा तथा खेल बनाउँछन् । यो यस कारणले कि तिनीहरू विवेकहीन मानिसहरू हुन् ।

  59. قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ هَلۡ تَنقِمُونَ مِنَّآ إِلَّآ أَنۡ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ إِلَيۡنَا وَمَآ أُنزِلَ مِن قَبۡلُ وَأَنَّ أَكۡثَرَكُمۡ فَٰسِقُونَ

    Open ayah 5:59

    भनिदेऊ– “हे अह्ले–किताब हो ! के तिमीहरू हामीमाथि मात्र यस कुराले आक्रोशित छौ कि हामीले अल्लाहमाथि र आफूमाथि अवतरित तथा यसभन्दा पहिले अवतरित कुरामाथि ईमान ल्याएका छौँ, जबकि तिमीहरूमध्येका अधिकांश व्यक्तिहरू अवज्ञाकारी छन् ?”

  60. قُلۡ هَلۡ أُنَبِّئُكُم بِشَرّٖ مِّن ذَٰلِكَ مَثُوبَةً عِندَ ٱللَّهِۚ مَن لَّعَنَهُ ٱللَّهُ وَغَضِبَ عَلَيۡهِ وَجَعَلَ مِنۡهُمُ ٱلۡقِرَدَةَ وَٱلۡخَنَازِيرَ وَعَبَدَ ٱلطَّٰغُوتَۚ أُوْلَٰٓئِكَ شَرّٞ مَّكَانٗا وَأَضَلُّ عَن سَوَآءِ ٱلسَّبِيلِ 

    Open ayah 5:60

    भनिदेऊ– “के म तिमीहरूलाई अल्लाहकहाँ परिणामको दृष्टिकोणले यस्ता नराम्रा मानिसहरूको बारेमा बताऊँ जसमाथि अल्लाहको धिक्कार र प्रकोप भयो अनि जसमध्येबाट उनले बाँदर र सुँगुर बनाए तथा त्यो जसले ठूलो विध्वंसकारीको दासत्व स्वीकार गर्यो ।” यिनीहरूको ठेगाना अति नराम्रो छ र यिनीहरू अति पथभ्रष्ट छन् ।

  61. وَإِذَا جَآءُوكُمۡ قَالُوٓاْ ءَامَنَّا وَقَد دَّخَلُواْ بِٱلۡكُفۡرِ وَهُمۡ قَدۡ خَرَجُواْ بِهِۦۚ وَٱللَّهُ أَعۡلَمُ بِمَا كَانُواْ يَكۡتُمُونَ

    Open ayah 5:61

    र, तिनीहरू तिमीहरूसमक्ष आएर भन्छन्– “हामीले ईमान ल्यायौँ”, जबकि तिनीहरू कुफ्रकासाथ आए र कुफ्रकैसाथ फर्के । र, तिनीहरू जेजति लुकाउँछन् त्यो अल्लाहलाई राम्ररी थाहा छ ।

  62. وَتَرَىٰ كَثِيرٗا مِّنۡهُمۡ يُسَٰرِعُونَ فِي ٱلۡإِثۡمِ وَٱلۡعُدۡوَٰنِ وَأَكۡلِهِمُ ٱلسُّحۡتَۚ لَبِئۡسَ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 5:62

    र, तिमीले तिनीहरूमध्ये अधिकांशलाई पाप तथा अत्याचार गर्ने अनि अवैध धन खाने काममा तँछाड मछाड गरिरहेको पाउनेछौ । कति नराम्रो रहेछ उनीहरूले गर्ने काम !

  63. لَوۡلَا يَنۡهَىٰهُمُ ٱلرَّبَّٰنِيُّونَ وَٱلۡأَحۡبَارُ عَن قَوۡلِهِمُ ٱلۡإِثۡمَ وَأَكۡلِهِمُ ٱلسُّحۡتَۚ لَبِئۡسَ مَا كَانُواْ يَصۡنَعُونَ

    Open ayah 5:63

    तिनीहरूका धर्मगुरु तथा सन्तहरूले तिनीहरूलाई पापका कुरा गर्न र अवैध धन खानबाट किन रोक्दैनन् ? कति नराम्रा छन् ती कुकृत्यहरू जुन तिनीहरू गर्दछन् !

  64. وَقَالَتِ ٱلۡيَهُودُ يَدُ ٱللَّهِ مَغۡلُولَةٌۚ غُلَّتۡ أَيۡدِيهِمۡ وَلُعِنُواْ بِمَا قَالُواْۘ بَلۡ يَدَاهُ مَبۡسُوطَتَانِ يُنفِقُ كَيۡفَ يَشَآءُۚ وَلَيَزِيدَنَّ كَثِيرٗا مِّنۡهُم مَّآ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ طُغۡيَٰنٗا وَكُفۡرٗاۚ وَأَلۡقَيۡنَا بَيۡنَهُمُ ٱلۡعَدَٰوَةَ وَٱلۡبَغۡضَآءَ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِۚ كُلَّمَآ أَوۡقَدُواْ نَارٗا لِّلۡحَرۡبِ أَطۡفَأَهَا ٱللَّهُۚ وَيَسۡعَوۡنَ فِي ٱلۡأَرۡضِ فَسَادٗاۚ وَٱللَّهُ لَا يُحِبُّ ٱلۡمُفۡسِدِينَ

    Open ayah 5:64

    यहूदीहरू भन्दछन्– “अल्लाहका हात बाँधिएका छन् ।” होइन, बरु तिनीहरूका हात बाँधिएका छन् । तिनीहरूको यस भनाईले तिनीहरू धिक्कारिए । बरु अल्लाहका दुवै हात खुल्ला छन् । उनी जसरी चाहन्छन् खर्च गर्दछन् । र, (हे मुहम्मद स.!) तिम्रा पालनकर्ताको तर्फबाट तिमीमाथि अवतरण गरिएको ग्रन्थले तिनीहरूमध्ये अधिकांशको विद्रोह तथा अस्वीकारोक्तिमा नै अबिवृद्धि गर्नेछ । र, हामीले तिनीहरूबीच महाप्रलयसम्मको लागि शत्रुता एवं द्वेष उत्पन्न गरिदिएका छौं । जब जब तिनीहरू युद्धको आगो भड्काउँछन् अल्लाह त्यसलाई निभाउछन् । अनि, तिनीहरू धर्तीमा विध्वंस मच्चाउछन् जबकि अल्लाह विध्वंसकारीहरूलाई मन पराउदैनन् ।

  65. وَلَوۡ أَنَّ أَهۡلَ ٱلۡكِتَٰبِ ءَامَنُواْ وَٱتَّقَوۡاْ لَكَفَّرۡنَا عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَلَأَدۡخَلۡنَٰهُمۡ جَنَّٰتِ ٱلنَّعِيمِ

    Open ayah 5:65

    र, यदि यी अह्ले–किताबहरुले आस्था राखेको भए अनि ईशभय अपनाएको भए हामी तिनीहरूका पापहरूलाई मेटाउने थियौँ र तिनीहरूलाई आनन्दमय बगैँचामा प्रवेश गराउने थियौँ ।

  66. وَلَوۡ أَنَّهُمۡ أَقَامُواْ ٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ وَمَآ أُنزِلَ إِلَيۡهِم مِّن رَّبِّهِمۡ لَأَكَلُواْ مِن فَوۡقِهِمۡ وَمِن تَحۡتِ أَرۡجُلِهِمۚ مِّنۡهُمۡ أُمَّةٞ مُّقۡتَصِدَةٞۖ وَكَثِيرٞ مِّنۡهُمۡ سَآءَ مَا يَعۡمَلُونَ

    Open ayah 5:66

    र, यदि तिनीहरूले तौरात, इन्जील तथा उनीहरूका पालनकर्ताको तर्फबाट अवतरण भएको (ग्रन्थ) लाई कायम गरेको भए तिनीहरूले आफूमाथिबाट र आफ्ना खुट्टाहरूको मुनिबाट खाद्य सामाग्रीहरू पाउने थिए । तिनीहरूबीच एउटा मध्यमार्गी समूह त छ, तर तिनीहरूमध्ये अधिकांशको कर्म अति नराम्रो छ ।

  67. ۞يَٰٓأَيُّهَا ٱلرَّسُولُ بَلِّغۡ مَآ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَۖ وَإِن لَّمۡ تَفۡعَلۡ فَمَا بَلَّغۡتَ رِسَالَتَهُۥۚ وَٱللَّهُ يَعۡصِمُكَ مِنَ ٱلنَّاسِۗ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ

    Open ayah 5:67

    हे ईशदूत ! तिम्रा पालनकर्ताको तर्फबाट जेजति तिमीमाथि अवतरण भएको छ त्यसलाई राम्ररी पुर्याऊ । यदि तिमीले यो काम गरेनौ भने तिमीले उनको संदेश पुर्याएनौ । र, अल्लाहले मानिसहरूबाट तिम्रो रक्षा गर्छन् । निस्सन्देह अल्लाह काफिरहरूलाई मार्ग देखाउँदैनन् ।

  68. قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لَسۡتُمۡ عَلَىٰ شَيۡءٍ حَتَّىٰ تُقِيمُواْ ٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَ وَمَآ أُنزِلَ إِلَيۡكُم مِّن رَّبِّكُمۡۗ وَلَيَزِيدَنَّ كَثِيرٗا مِّنۡهُم مَّآ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ طُغۡيَٰنٗا وَكُفۡرٗاۖ فَلَا تَأۡسَ عَلَى ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ

    Open ayah 5:68

    भनिदेऊ– “हे अह्ले–किताब हो ! जबसम्म तिमीहरूले तौरात, इन्जील तथा तिमीहरूसमक्ष तिम्रा रबको तर्फबाट अवतरण गरिएको कुरालाई कायम गर्दैनौ तबसम्म तिमीहरूको कुनै आधार हुने छैन ।” र (हे मुहम्मद स.!) जुन कुरआन तिम्रो ‘रब’को तर्फबाट तिमीमाथि अवतरण गरिएको छ त्यसले तिनीहरूमध्ये अधिकांशको विद्रोह एवं इन्कारलाई अझ बढाउने नै छ । अतः तिमी ती काफिरहरूका लागि दुःखित नबन ।

  69. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَادُواْ وَٱلصَّٰبِـُٔونَ وَٱلنَّصَٰرَىٰ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَعَمِلَ صَٰلِحٗا فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

    Open ayah 5:69

    निस्सन्देह मुसलमान, यहूदी, साबिई (नक्षत्रका पूजारी) एवं ईसाईहरूमध्ये जो पनि अल्लाह तथा आखिरतमाथि ईमान राख्नेछन् र सत्कर्म गर्नेछन् तिनीहरूकालागि न कुनै भय हुनेछ न तिनीहरू दुःखी नै हुनेछन् ।

  70. لَقَدۡ أَخَذۡنَا مِيثَٰقَ بَنِيٓ إِسۡرَٰٓءِيلَ وَأَرۡسَلۡنَآ إِلَيۡهِمۡ رُسُلٗاۖ كُلَّمَا جَآءَهُمۡ رَسُولُۢ بِمَا لَا تَهۡوَىٰٓ أَنفُسُهُمۡ فَرِيقٗا كَذَّبُواْ وَفَرِيقٗا يَقۡتُلُونَ 

    Open ayah 5:70

    हामीले इस्राईलका सन्तानबाट दृढ वचन लियौँ, र तिनीहरूकालागि रसूलहरू पठायौँ । तर, जब जब तिनीहरूकहाँ कुनै ईशदूत तिनीहरूको इच्छा विपरीत कुनै आदेश लिएर आए, तिनीहरूले केही रसूलहरुलाई असत्य ठहर्याउने गरे भने अन्य केहीको हत्या गर्ने गरे ।

  71. وَحَسِبُوٓاْ أَلَّا تَكُونَ فِتۡنَةٞ فَعَمُواْ وَصَمُّواْ ثُمَّ تَابَ ٱللَّهُ عَلَيۡهِمۡ ثُمَّ عَمُواْ وَصَمُّواْ كَثِيرٞ مِّنۡهُمۡۚ وَٱللَّهُ بَصِيرُۢ بِمَا يَعۡمَلُونَ

    Open ayah 5:71

    र, तिनीहरूले यो ठानेका थिए कि कुनै विपत् आउने छैन । त्यसैले तिनीहरू अन्धा एवं बहिरा बनिरहे । अनि अल्लाहले तिनीहरूलाई माफ गरिदिए । पुनः तिनीहरूमध्ये धेरैजसो अन्धा तथा बहिरा नै बने । र, तिनीहरूले जे गरिरहेका छन् त्यो अल्लाहले देखिरहेका छन् ।

  72. لَقَدۡ كَفَرَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ هُوَ ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَۖ وَقَالَ ٱلۡمَسِيحُ يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱعۡبُدُواْ ٱللَّهَ رَبِّي وَرَبَّكُمۡۖ إِنَّهُۥ مَن يُشۡرِكۡ بِٱللَّهِ فَقَدۡ حَرَّمَ ٱللَّهُ عَلَيۡهِ ٱلۡجَنَّةَ وَمَأۡوَىٰهُ ٱلنَّارُۖ وَمَا لِلظَّٰلِمِينَ مِنۡ أَنصَارٖ

    Open ayah 5:72

    निस्सन्देह तिनीहरूले कुफ्र गरे जसले यो भने कि मर्यम पुत्र मसीह नै अल्लाह हुन्, जबकि मसीहले भनेका थिए– “हे इस्राईलका सन्तानहरू हो ! त्यस अल्लाहको भक्ति गर जो मेरा पनि पालनकर्ता हुन् र तिमीहरूका (पनि) पालनकर्ता हुन् ।” जसले कसैलाई अल्लाहको साझेदार ठहरायो उसकोलागि अल्लाहले स्वर्ग निषेध गरे । उसको निवास नरक हुनेछ र यस्ता अत्याचारीहरूका कोही सहयोगी हुने छैनन् ।

  73. لَّقَدۡ كَفَرَ ٱلَّذِينَ قَالُوٓاْ إِنَّ ٱللَّهَ ثَالِثُ ثَلَٰثَةٖۘ وَمَا مِنۡ إِلَٰهٍ إِلَّآ إِلَٰهٞ وَٰحِدٞۚ وَإِن لَّمۡ يَنتَهُواْ عَمَّا يَقُولُونَ لَيَمَسَّنَّ ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ عَذَابٌ أَلِيمٌ

    Open ayah 5:73

    निस्सन्देह तिनीहरूले कुफ्र गरे जसले यो भने कि अल्लाह तीनमध्ये तेस्रा हुन् जबकि एक अल्लाहबाहेक अरू कोही उपास्य नै छैन । यदि यिनीहरूले आफ्ना कुराहरूलाई त्यागेनन् भने यिनीहरूमध्ये जो कुफ्रमा कायम रहे तिनीहरुलाई दुखःदायी यातनाले समात्ने छ ।

  74. أَفَلَا يَتُوبُونَ إِلَى ٱللَّهِ وَيَسۡتَغۡفِرُونَهُۥۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

    Open ayah 5:74

    के तिनीहरू अल्लाहतर्फ फर्कने छैनन् र उनीसँग क्षमायाचना गर्ने छैनन् ? जबकि अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  75. مَّا ٱلۡمَسِيحُ ٱبۡنُ مَرۡيَمَ إِلَّا رَسُولٞ قَدۡ خَلَتۡ مِن قَبۡلِهِ ٱلرُّسُلُ وَأُمُّهُۥ صِدِّيقَةٞۖ كَانَا يَأۡكُلَانِ ٱلطَّعَامَۗ ٱنظُرۡ كَيۡفَ نُبَيِّنُ لَهُمُ ٱلۡأٓيَٰتِ ثُمَّ ٱنظُرۡ أَنَّىٰ يُؤۡفَكُونَ

    Open ayah 5:75

    मर्यम पुत्र मसीह त केवल एक रसूल थिए । उनीभन्दा पहिले धेरै रसूलहरू आइसकेका छन् । उनकी आमा एक सच्चरित्र स्त्री थिइन् , ती दुवै भोजन गर्ने गर्थे । विचार गर ! हामी कुन कुन तरिकाले यिनीहरूलाई आफ्ना आयतहरू स्पष्ट पारेर बताउँछौं ! अनि, हेर! उनीहरू उल्टो फर्की कता जाँदैछन् ।

  76. قُلۡ أَتَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَمۡلِكُ لَكُمۡ ضَرّٗا وَلَا نَفۡعٗاۚ وَٱللَّهُ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 5:76

    भनिदेऊ– “के तिमीहरू अल्लाहलाई छोडेर त्यसको उपासना गर्छौ जसले न तिमीहरूलाई कुनै हानि पुर्याउने सामर्थ्य राख्छ र न कुनै लाभको नै ?” र, अल्लाह नै सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  77. قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ لَا تَغۡلُواْ فِي دِينِكُمۡ غَيۡرَ ٱلۡحَقِّ وَلَا تَتَّبِعُوٓاْ أَهۡوَآءَ قَوۡمٖ قَدۡ ضَلُّواْ مِن قَبۡلُ وَأَضَلُّواْ كَثِيرٗا وَضَلُّواْ عَن سَوَآءِ ٱلسَّبِيلِ

    Open ayah 5:77

    भनिदेऊ– “हे अह्ले–किताब हो ! आफ्नो धर्ममा हकलाई त्यागेर सीमा उल्लङ्घन नगर । र, ती मानिसहरूका मनोकाक्षाहरूको अनुसरण नगर जो यसभन्दा पहिले पथभ्रष्ट भए र धेरैलाई पथभ्रष्ट पारे र स्वयं पनि सीधा मार्गबाट विचलित भए ।”

  78. لُعِنَ ٱلَّذِينَ كَفَرُواْ مِنۢ بَنِيٓ إِسۡرَٰٓءِيلَ عَلَىٰ لِسَانِ دَاوُۥدَ وَعِيسَى ٱبۡنِ مَرۡيَمَۚ ذَٰلِكَ بِمَا عَصَواْ وَّكَانُواْ يَعۡتَدُونَ

    Open ayah 5:78

    ईस्राइलका सन्तानहरूमध्ये जसले कुफ्र गरे तिनीहरू दाऊद तथा मर्यम–पुत्र ईसाको मुखबाट श्रापित भए, किनकि तिनीहरू अवज्ञा र सीमा उल्लंघन गर्ने गर्थे ।

  79. كَانُواْ لَا يَتَنَاهَوۡنَ عَن مُّنكَرٖ فَعَلُوهُۚ لَبِئۡسَ مَا كَانُواْ يَفۡعَلُونَ

    Open ayah 5:79

    तिनीहरूले गर्ने गरेका कुकर्मबाट एक अर्कोलाई रोक्दैनथे । कति नराम्रो कार्य थियो जुन तिनीहरूले गरिरहेका थिए !

  80. تَرَىٰ كَثِيرٗا مِّنۡهُمۡ يَتَوَلَّوۡنَ ٱلَّذِينَ كَفَرُواْۚ لَبِئۡسَ مَا قَدَّمَتۡ لَهُمۡ أَنفُسُهُمۡ أَن سَخِطَ ٱللَّهُ عَلَيۡهِمۡ وَفِي ٱلۡعَذَابِ هُمۡ خَٰلِدُونَ 

    Open ayah 5:80

    तिनीहरूमध्ये अधिकांशले काफिरहरूलाई संरक्षक–मित्र बनाएको तिमीले देख्नेछौ । तिनीहरूले स्वयंको लागि जेजति अगाडि पठाएका छन् ती अति नराम्रा छन् । यसै कारणले अल्लाह तिनीहरूमाथि क्रोधित छन्, र तिनीहरू सदासर्वदा यातनामा रहनेछन् ।

  81. وَلَوۡ كَانُواْ يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلنَّبِيِّ وَمَآ أُنزِلَ إِلَيۡهِ مَا ٱتَّخَذُوهُمۡ أَوۡلِيَآءَ وَلَٰكِنَّ كَثِيرٗا مِّنۡهُمۡ فَٰسِقُونَ

    Open ayah 5:81

    यदि तिनीहरूले अल्लाह, सन्देष्टा तथा आफूतर्फ अवतरण गरिएका (ग्रन्थ) हरूमाथि आस्था राखेको भए तिनीहरूले अवज्ञाकारीहरूलाई संरक्षक–मित्र बनाउने थिएनन् । तर तिनीहरुमध्ये धेरैजसो अवज्ञाकारी छन् ।

  82. ۞لَتَجِدَنَّ أَشَدَّ ٱلنَّاسِ عَدَٰوَةٗ لِّلَّذِينَ ءَامَنُواْ ٱلۡيَهُودَ وَٱلَّذِينَ أَشۡرَكُواْۖ وَلَتَجِدَنَّ أَقۡرَبَهُم مَّوَدَّةٗ لِّلَّذِينَ ءَامَنُواْ ٱلَّذِينَ قَالُوٓاْ إِنَّا نَصَٰرَىٰۚ ذَٰلِكَ بِأَنَّ مِنۡهُمۡ قِسِّيسِينَ وَرُهۡبَانٗا وَأَنَّهُمۡ لَا يَسۡتَكۡبِرُونَ

    Open ayah 5:82

    निस्सन्देह तिमीले आस्थावानहरूको शत्रुतामा सबभन्दा अधिक क्रूर यहूदी एवं मुश्रिकहरूलाई पाउनेछौ र आस्थावानहरूप्रतिको मित्रतामा सबभन्दा नजिक ती मानिसहरूलाई पाउनेछौ जसले भने– “हामी ‘नसारा’ (ईसाई) हौं” किनभने उनीहरूमा धेरैजसो उपासक धर्मगुरुहरू र सांसारिक जीवनलाई त्यागेका सन्तहरू छन् र उनीहरू घमण्ड गर्दैनन् ।

  83. وَإِذَا سَمِعُواْ مَآ أُنزِلَ إِلَى ٱلرَّسُولِ تَرَىٰٓ أَعۡيُنَهُمۡ تَفِيضُ مِنَ ٱلدَّمۡعِ مِمَّا عَرَفُواْ مِنَ ٱلۡحَقِّۖ يَقُولُونَ رَبَّنَآ ءَامَنَّا فَٱكۡتُبۡنَا مَعَ ٱلشَّٰهِدِينَ

    Open ayah 5:83

    र, जब उनीहरू रसूलमाथि अवतरित वाणी सुन्दछन् तब उनीहरूका आँखाबाट सत्यबोधको कारणले आँसु बगेको तिमी देख्नेछौ । र, उनीहरू प्राथना गर्छन्– “हे हाम्रा पालनकर्ता हामीले ईमान ल्यायौँ अतः साक्षी दिनेहरूमा हामीलाई पनि सामेल गर ।”

  84. وَمَا لَنَا لَا نُؤۡمِنُ بِٱللَّهِ وَمَا جَآءَنَا مِنَ ٱلۡحَقِّ وَنَطۡمَعُ أَن يُدۡخِلَنَا رَبُّنَا مَعَ ٱلۡقَوۡمِ ٱلصَّٰلِحِينَ

    Open ayah 5:84

    (उनीहरू भन्छन्) “हामीले अल्लाहमाथि र हामीसमक्ष आएको सत्यमाथि किन ईमान नल्याउने जबकि हाम्रो चाहना नै यही हो कि हाम्रा पालनकर्ताले हामीलाई सत्कर्मी मानिसहरूमा सामावेश गरून् ?”

  85. فَأَثَٰبَهُمُ ٱللَّهُ بِمَا قَالُواْ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ جَزَآءُ ٱلۡمُحۡسِنِينَ

    Open ayah 5:85

    उनीहरूको यस प्रार्थनालाई स्वीकार्दै अल्लाहले उनीहरूलाई यस्ता बगैंचाहरु प्रदान गर्ने नेछन् जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन्, जहाँ उनीहरू सदासर्वदा रहनेछन् र यही नै सुकर्मीहरूको प्रतिदान हो ।

  86. وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ

    Open ayah 5:86

    र, जसले ‘कुफ्र’ गरे र हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे तिनीहरू नरकबासी हुन् ।

  87. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُحَرِّمُواْ طَيِّبَٰتِ مَآ أَحَلَّ ٱللَّهُ لَكُمۡ وَلَا تَعۡتَدُوٓاْۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡمُعۡتَدِينَ

    Open ayah 5:87

    हे आस्थावानहरू हो ! ती पवित्र वस्तुलाई अवैध नबनाऊ जसलाई अल्लाहले तिमीहरूकालागि वैध गरेका छन्, र सीमा उल्लङ्घन नगर । निस्सन्देह अल्लाह सीमा उल्लङ्घनकारीहरूलाई मन पराउँदैनन् ।

  88. وَكُلُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ حَلَٰلٗا طَيِّبٗاۚ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِيٓ أَنتُم بِهِۦ مُؤۡمِنُونَ

    Open ayah 5:88

    अल्लाहले तिमीहरूलाई जुन उत्तम वैध चिजहरू प्रदान गरेका छन् त्यसबाट खाऊ, र त्यस अल्लाहको भयराख जसमाथि तिमीहरूले ईमान ल्याएका छौ ।

  89. لَا يُؤَاخِذُكُمُ ٱللَّهُ بِٱللَّغۡوِ فِيٓ أَيۡمَٰنِكُمۡ وَلَٰكِن يُؤَاخِذُكُم بِمَا عَقَّدتُّمُ ٱلۡأَيۡمَٰنَۖ فَكَفَّٰرَتُهُۥٓ إِطۡعَامُ عَشَرَةِ مَسَٰكِينَ مِنۡ أَوۡسَطِ مَا تُطۡعِمُونَ أَهۡلِيكُمۡ أَوۡ كِسۡوَتُهُمۡ أَوۡ تَحۡرِيرُ رَقَبَةٖۖ فَمَن لَّمۡ يَجِدۡ فَصِيَامُ ثَلَٰثَةِ أَيَّامٖۚ ذَٰلِكَ كَفَّٰرَةُ أَيۡمَٰنِكُمۡ إِذَا حَلَفۡتُمۡۚ وَٱحۡفَظُوٓاْ أَيۡمَٰنَكُمۡۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦ لَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 5:89

    अल्लाहले तिमीहरूलाई तिमीहरूले खाएका अनियोजित कसमको लागि पकड गर्ने छैनन् । तर, तिमीहरूले खाएका पक्का कसमको लागि भने तिमीहरूलाई पकड गर्नेछन् । अतः यसको प्रायश्चित दसजना गरीबलाई यस्तो औसत खालको खाना खुवाउनु हो जुन तिमीहरू आफ्नो परिवारजनलाई खुवाउने गर्दछौ वा तिनीहरूलाई वस्त्र प्रदान गर्नु वा एउटा दासलाई मुक्त गर्नु । तर यसको सामर्थ्य नराख्नेले तीन दिन ब्रत बसोस् । यो तिमीहरूको कसमको प्रायश्चित हो, जब तिमीहरू (यस्तो) कसम खान्छौ । अतः आफ्ना कसमहरूको रक्षा गर (जथाभावी कसम नखाने गर) । यसरी अल्लाह आफ्ना आयतहरू स्पष्ट पार्दछन् ताकि तिमीहरू कृतज्ञता व्यक्त गर ।

  90. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّمَا ٱلۡخَمۡرُ وَٱلۡمَيۡسِرُ وَٱلۡأَنصَابُ وَٱلۡأَزۡلَٰمُ رِجۡسٞ مِّنۡ عَمَلِ ٱلشَّيۡطَٰنِ فَٱجۡتَنِبُوهُ لَعَلَّكُمۡ تُفۡلِحُونَ 

    Open ayah 5:90

    हे आस्थावानहरू हो ! मदिरा, जुवा, थान, तीर (हानेर भाग्य पत्ता लगाउने कार्य) सबै घृणित शैतानी कार्यहरू हुन् । यिनीहरुबाट बच, ताकि तिमीहरू सफल हुन सक ।

  91. إِنَّمَا يُرِيدُ ٱلشَّيۡطَٰنُ أَن يُوقِعَ بَيۡنَكُمُ ٱلۡعَدَٰوَةَ وَٱلۡبَغۡضَآءَ فِي ٱلۡخَمۡرِ وَٱلۡمَيۡسِرِ وَيَصُدَّكُمۡ عَن ذِكۡرِ ٱللَّهِ وَعَنِ ٱلصَّلَوٰةِۖ فَهَلۡ أَنتُم مُّنتَهُونَ

    Open ayah 5:91

    शैतानले मद्यपान तथा जुवामा लगाएर तिमीहरूबीच शत्रुता एवं द्वेष उत्पन्न गर्न चाहन्छ र तिमीहरूलाई अल्लाहको स्मरण एवं नमाजबाट रोक्न चाहन्छ । के तिमीहरू यी कुराहरूबाट रोकिन्छौ त ?

  92. وَأَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَٱحۡذَرُواْۚ فَإِن تَوَلَّيۡتُمۡ فَٱعۡلَمُوٓاْ أَنَّمَا عَلَىٰ رَسُولِنَا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ

    Open ayah 5:92

    र, अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर अनि सतर्क रहने गर । यदि तिमीहरू बिमुख हुन्छौ भने जानिराख हाम्रो रसूलको दायित्व स्पष्टरूपमा सन्देश पुर्याउनु मात्र हो ।

  93. لَيۡسَ عَلَى ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جُنَاحٞ فِيمَا طَعِمُوٓاْ إِذَا مَا ٱتَّقَواْ وَّءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ ثُمَّ ٱتَّقَواْ وَّءَامَنُواْ ثُمَّ ٱتَّقَواْ وَّأَحۡسَنُواْۚ وَٱللَّهُ يُحِبُّ ٱلۡمُحۡسِنِينَ

    Open ayah 5:93

    जसले ईमान ल्याए र सत्कर्म गरे त्यस कुरामा कुनै पाप लाग्ने छैन जुन तिनीहरुले खाइसके, जब की तिनीहरु (अवैधबाट) बच्छन्, आस्थामा अटल रहन्छन् तथा सत्कर्म गर्छन् अनि ईशभय राख्छन् र ईमान ल्याउँछन् । फेरि अल्लाहसित डराउँछन् र बढिभन्दा बढि पूण्य कार्य गर्छन् । र, अल्लाह त सुकर्मीहरूलाई मन पराउँछन् ।

  94. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَيَبۡلُوَنَّكُمُ ٱللَّهُ بِشَيۡءٖ مِّنَ ٱلصَّيۡدِ تَنَالُهُۥٓ أَيۡدِيكُمۡ وَرِمَاحُكُمۡ لِيَعۡلَمَ ٱللَّهُ مَن يَخَافُهُۥ بِٱلۡغَيۡبِۚ فَمَنِ ٱعۡتَدَىٰ بَعۡدَ ذَٰلِكَ فَلَهُۥ عَذَابٌ أَلِيمٞ

    Open ayah 5:94

    हे आस्थावानहरू हो ! अल्लाहले (हजको अवधिमा) तिम्रो हातमा वा भालाहरूको नजिकै आएका शिकारहरूद्वारा तिम्रो परीक्षा लिनेछन् यो जान्नकोलागि कि अल्लाहलाई नदेखिकनै उनीसित को को डराउँद रहेछन् । र, जसले यसपछि पनि सीमा उल्लङ्घन गर्छ उसको लागि दुःखदायी यातना रहेको छ ।

  95. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَقۡتُلُواْ ٱلصَّيۡدَ وَأَنتُمۡ حُرُمٞۚ وَمَن قَتَلَهُۥ مِنكُم مُّتَعَمِّدٗا فَجَزَآءٞ مِّثۡلُ مَا قَتَلَ مِنَ ٱلنَّعَمِ يَحۡكُمُ بِهِۦ ذَوَا عَدۡلٖ مِّنكُمۡ هَدۡيَۢا بَٰلِغَ ٱلۡكَعۡبَةِ أَوۡ كَفَّٰرَةٞ طَعَامُ مَسَٰكِينَ أَوۡ عَدۡلُ ذَٰلِكَ صِيَامٗا لِّيَذُوقَ وَبَالَ أَمۡرِهِۦۗ عَفَا ٱللَّهُ عَمَّا سَلَفَۚ وَمَنۡ عَادَ فَيَنتَقِمُ ٱللَّهُ مِنۡهُۚ وَٱللَّهُ عَزِيزٞ ذُو ٱنتِقَامٍ

    Open ayah 5:95

    हे आस्थावानहरू हो ! “इह्राम” को अवस्थामा शिकार नगर र तिमीहरूमध्ये कसैले जानीजानी मार्छ भने त्यसको क्षतिपूर्ति उसले मारेको जस्तै जनावर हो जसको निर्णय तिमीहरूमध्येकै दुईजना न्यायीक व्यक्तिहरूले गर्नेछन्, जसलाई भेँटस्वरूप कअ्बा पुर्याउनु पर्छ, वा त्यस पापको प्रायश्चित स्वरूप गरीबहरूलाई खाना खुवाउनु पर्छ, वा त्यसको सट्टामा ब्रत बस्नुपर्छ ताकि उसले आफ्नो कर्मको सजाय भोगोस् । जेजति पहिले भइसकेका छन् तिनलाई अल्लाहले क्षमा गरे । तर, जसले यसलाई दोहोर्याउनेछ अल्लाह उससित त्यसको बदला लिनेछन् । र, अल्लाह प्रभुत्वशाली छन् तथा बदला लिने सामर्थ्य राख्दछन् ।

  96. أُحِلَّ لَكُمۡ صَيۡدُ ٱلۡبَحۡرِ وَطَعَامُهُۥ مَتَٰعٗا لَّكُمۡ وَلِلسَّيَّارَةِۖ وَحُرِّمَ عَلَيۡكُمۡ صَيۡدُ ٱلۡبَرِّ مَا دُمۡتُمۡ حُرُمٗاۗ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِيٓ إِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 5:96

    अनि, तिमीहरूको फाइदाकालागि र यात्रुदलको फाइदाकालागि समुद्रमा शिकार गर्नु र त्यो खानु वैध गरिएको छ । तर जमीनमा शिकार गर्नुलाई चाहिँ “इह्राम” लगाएको अवस्थामा अवैध गरिएको छ । र, त्यस अल्लाहको भय गर जसकहाँ तिमीलाई एकत्रित गरिनेछ ।

  97. ۞جَعَلَ ٱللَّهُ ٱلۡكَعۡبَةَ ٱلۡبَيۡتَ ٱلۡحَرَامَ قِيَٰمٗا لِّلنَّاسِ وَٱلشَّهۡرَ ٱلۡحَرَامَ وَٱلۡهَدۡيَ وَٱلۡقَلَٰٓئِدَۚ ذَٰلِكَ لِتَعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَأَنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ

    Open ayah 5:97

    अल्लाहले प्रतिष्ठित घर कअ्बालाई मानिसहरूकालागि (सामूहिक जीवन) स्थापनाको साधन बनाए अनि प्रतिष्ठित महिना, कुरबानी दिइने जनावर तथा घाँटीमा पट्टा लगाइएका जनावरलाई पनि ताकि तिमीहरूलाई थाहा होस् कि अल्लाह आकाशहरू एवं धर्तीका सबै चिज जान्दछन् । र, अल्लाह हरेक चिजका ज्ञाता हुन् ।

  98. ٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ وَأَنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 5:98

    जानिराख– अल्लाह कठोर दण्डदाता हुन् र अति क्षमाशील एवं परम दयालु पनि ।

  99. مَّا عَلَى ٱلرَّسُولِ إِلَّا ٱلۡبَلَٰغُۗ وَٱللَّهُ يَعۡلَمُ مَا تُبۡدُونَ وَمَا تَكۡتُمُونَ

    Open ayah 5:99

    रसूलको दायित्व सन्देश पुर्याउनु मात्र हो । जे तिमीहरू प्रकट गर्दछौ र जे तिमीहरू लुकाउँछौ अल्लाह ती सबै जान्दछन् ।

  100. قُل لَّا يَسۡتَوِي ٱلۡخَبِيثُ وَٱلطَّيِّبُ وَلَوۡ أَعۡجَبَكَ كَثۡرَةُ ٱلۡخَبِيثِۚ فَٱتَّقُواْ ٱللَّهَ يَٰٓأُوْلِي ٱلۡأَلۡبَٰبِ لَعَلَّكُمۡ تُفۡلِحُونَ 

    Open ayah 5:100

    भनिदेऊ– “अपवित्र र पवित्र समान हुन सक्दैनन् चाहे अपवित्रताको प्रचुरताले तिमीलाई जतिसुकै पनि आकर्षित गरोस् । हे आस्थाावानहरू हो ! अल्लाहसित डराउ । आशा छ तिमीहरू तिमीहरू सफल हुन सक्नेछौ ।”

  101. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَسۡـَٔلُواْ عَنۡ أَشۡيَآءَ إِن تُبۡدَ لَكُمۡ تَسُؤۡكُمۡ وَإِن تَسۡـَٔلُواْ عَنۡهَا حِينَ يُنَزَّلُ ٱلۡقُرۡءَانُ تُبۡدَ لَكُمۡ عَفَا ٱللَّهُ عَنۡهَاۗ وَٱللَّهُ غَفُورٌ حَلِيمٞ 

    Open ayah 5:101

    हे आस्थावानहरू हो ! ती कुराहरुबारे सोधपुछ नगर जुन तिमीहरूसमक्ष प्रकट गरिएमा तिमीहरूलाई नराम्रो लाग्नेछ । र, कुरआन अवतरण भइरहेको समयमा यदि तिमीहरूले सोध्यौ भने ती कुराहरू तिमीहरू समक्ष स्पष्ट पारिइनेछ । अहिलेसम्म तिमीहरूले जेजति गर्यौ त्यसलाई अल्लाहले क्षमा गरेका छन् र अल्लाह अति क्षमाशील एवं सहनशील छन् ।

  102. قَدۡ سَأَلَهَا قَوۡمٞ مِّن قَبۡلِكُمۡ ثُمَّ أَصۡبَحُواْ بِهَا كَٰفِرِينَ 

    Open ayah 5:102

    यस्तै किसिमका प्रश्नहरू तिमीहरूभन्दा पहिलेको एक समुदायले पनि सोधेको थियो, र तिनीहरू तिनै कुराहरूले गर्दा काफिर भए ।

  103. مَا جَعَلَ ٱللَّهُ مِنۢ بَحِيرَةٖ وَلَا سَآئِبَةٖ وَلَا وَصِيلَةٖ وَلَا حَامٖ وَلَٰكِنَّ ٱلَّذِينَ كَفَرُواْ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَۖ وَأَكۡثَرُهُمۡ لَا يَعۡقِلُونَ 

    Open ayah 5:103

    अल्लाहले न कसैलाई ‘बहीरा’ ठहराएका छन् न ‘साइबा’, न ‘वसीला’ र न ‘हाम’ । तर, काफिरहरू अल्लाहमाथि मिथ्यारोपण गर्दैछन् । र, तिनीहरूमध्ये अधिकांश विवेकहीन छन् ।

  104. وَإِذَا قِيلَ لَهُمۡ تَعَالَوۡاْ إِلَىٰ مَآ أَنزَلَ ٱللَّهُ وَإِلَى ٱلرَّسُولِ قَالُواْ حَسۡبُنَا مَا وَجَدۡنَا عَلَيۡهِ ءَابَآءَنَآۚ أَوَلَوۡ كَانَ ءَابَآؤُهُمۡ لَا يَعۡلَمُونَ شَيۡـٔٗا وَلَا يَهۡتَدُونَ 

    Open ayah 5:104

    र, तिनीहरूलाई अल्लाहद्वारा अवतरित नियम–कानूनतर्फ तथा ईशदूततर्फ बोलाईंदा तिनीहरू भन्छन्– “हाम्रोलागि त्यही पर्याप्त छ जसमा हामीले आफ्ना पूर्वजहरूलाई पाएका छौँ ।” चाहे तिनीहरुका पूर्वजहरूले केही पनि नजानेका होऊन् र न मार्गदर्शन नै पाएका होऊन्, ता पनि ?

  105. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ عَلَيۡكُمۡ أَنفُسَكُمۡۖ لَا يَضُرُّكُم مَّن ضَلَّ إِذَا ٱهۡتَدَيۡتُمۡۚ إِلَى ٱللَّهِ مَرۡجِعُكُمۡ جَمِيعٗا فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ 

    Open ayah 5:105

    हे आस्थावानहरू हो ! तिमीहरु माथि तिमीहरु को मात्र आफ्नो जिम्मेवारी हो ! यदि तिमीहरू सत्मार्गमा छौ भने पथभ्रष्टहरूले तिमीहरू लाई हानि पुर्याउन सक्दैनन् । तिमीहरू सबै अल्लाहकहाँ नै फर्केर जानुछ अनि (उनले) तिमीहरूले गर्ने गरेका कार्यहरूबारे बताउनेछन् ।

  106. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ شَهَٰدَةُ بَيۡنِكُمۡ إِذَا حَضَرَ أَحَدَكُمُ ٱلۡمَوۡتُ حِينَ ٱلۡوَصِيَّةِ ٱثۡنَانِ ذَوَا عَدۡلٖ مِّنكُمۡ أَوۡ ءَاخَرَانِ مِنۡ غَيۡرِكُمۡ إِنۡ أَنتُمۡ ضَرَبۡتُمۡ فِي ٱلۡأَرۡضِ فَأَصَٰبَتۡكُم مُّصِيبَةُ ٱلۡمَوۡتِۚ تَحۡبِسُونَهُمَا مِنۢ بَعۡدِ ٱلصَّلَوٰةِ فَيُقۡسِمَانِ بِٱللَّهِ إِنِ ٱرۡتَبۡتُمۡ لَا نَشۡتَرِي بِهِۦ ثَمَنٗا وَلَوۡ كَانَ ذَا قُرۡبَىٰ وَلَا نَكۡتُمُ شَهَٰدَةَ ٱللَّهِ إِنَّآ إِذٗا لَّمِنَ ٱلۡأٓثِمِينَ 

    Open ayah 5:106

    हे आस्थावानहरू हो ! यदि तिमीहरूमध्ये कसैको मृत्युको समय आयो भने वसीयत गर्दाखेरि तिमीहरूमध्ये दुईजना न्यायीक साक्षी हुनुपर्छ, वा यदि तिमीहरू यात्राको अवस्थामा छौ र त्यहीँ मृत्युको विपत्ति आइपुग्यो भने (आफ्नो मान्छे नभएको खण्डमा) तिमीहरूभन्दा बाहिरकै दुईजना साक्षी हुनुपर्छ । कुनै शंका भएमा दुवै साक्षीलाई नमाज पश्चात् रोक जहाँ दुवैले अल्लाहको कसम खाएर भनून्– “हामी यसको बदलामा कुनै मूल्य लिने छैनौँ चाहे कोही नातेदार नै किन नहोस्, र न हामी अल्लाहको साक्षीलाई लुकाउने नै छौँ । यदि हामीले यस्तो गर्यौँ भने हाम्रो गन्ती पापीहरूमा होओस् ।”

  107. فَإِنۡ عُثِرَ عَلَىٰٓ أَنَّهُمَا ٱسۡتَحَقَّآ إِثۡمٗا فَـَٔاخَرَانِ يَقُومَانِ مَقَامَهُمَا مِنَ ٱلَّذِينَ ٱسۡتَحَقَّ عَلَيۡهِمُ ٱلۡأَوۡلَيَٰنِ فَيُقۡسِمَانِ بِٱللَّهِ لَشَهَٰدَتُنَآ أَحَقُّ مِن شَهَٰدَتِهِمَا وَمَا ٱعۡتَدَيۡنَآ إِنَّآ إِذٗا لَّمِنَ ٱلظَّٰلِمِينَ 

    Open ayah 5:107

    फेरि यी दुवैले (हक मारेर) पापको भागिदार भएको पत्ता लाग्यो भने यिनीहरूको ठाउँमा अन्य दुईजना त्यस्ता व्यक्तिहरूमध्येबाट खडा होउन् जसको हक अघिल्ला ती दुईजनाले मार्न चाहेका थिए, अनि यिनीहरूले हामी दुवैको साक्ष्य ती दुईजनाको साक्ष्यभन्दा बढी सच्चा छ र हामीले कुनै सीमा उल्लङघन गरेका छैनौ र यस्तो गर्यौं भने हाम्रो गणना अत्याचारीहरूमा होओस् भनेर अल्लाहको कसम खाऊन् ।

  108. ذَٰلِكَ أَدۡنَىٰٓ أَن يَأۡتُواْ بِٱلشَّهَٰدَةِ عَلَىٰ وَجۡهِهَآ أَوۡ يَخَافُوٓاْ أَن تُرَدَّ أَيۡمَٰنُۢ بَعۡدَ أَيۡمَٰنِهِمۡۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱسۡمَعُواْۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ 

    Open ayah 5:108

    यस्तो गरिएमा मानिसहरूले सत्य गवाही दिनेछन् भन्ने अधिक सम्भावना रहनेछ वा तिनीहरू यस कुराबाट डराउनेछन् कि कहीँ अर्काको कसमबाट तिनीहरूको कसम नतोडियोस् । अल्लाहको भय गर र सुन, र अल्लाह अवज्ञाकारीहरूलाई सत्मार्ग देखाउँदैनन् ।

  109. ۞يَوۡمَ يَجۡمَعُ ٱللَّهُ ٱلرُّسُلَ فَيَقُولُ مَاذَآ أُجِبۡتُمۡۖ قَالُواْ لَا عِلۡمَ لَنَآۖ إِنَّكَ أَنتَ عَلَّٰمُ ٱلۡغُيُوبِ 

    Open ayah 5:109

    जुन दिन अल्लाहले रसूलहरूलाई एकत्रित गर्नेछन् र उनीहरूलाई सोध्नेछन्– “तिमीहरूलाई के जवाफ दिइयो ?” उनीहरूले भन्नेछन्– “हामीलाई केही ज्ञान छैन । तिमी नै अदृश्य कुराहरुको महान ज्ञाता हौ ।”

  110. إِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَى ٱبۡنَ مَرۡيَمَ ٱذۡكُرۡ نِعۡمَتِي عَلَيۡكَ وَعَلَىٰ وَٰلِدَتِكَ إِذۡ أَيَّدتُّكَ بِرُوحِ ٱلۡقُدُسِ تُكَلِّمُ ٱلنَّاسَ فِي ٱلۡمَهۡدِ وَكَهۡلٗاۖ وَإِذۡ عَلَّمۡتُكَ ٱلۡكِتَٰبَ وَٱلۡحِكۡمَةَ وَٱلتَّوۡرَىٰةَ وَٱلۡإِنجِيلَۖ وَإِذۡ تَخۡلُقُ مِنَ ٱلطِّينِ كَهَيۡـَٔةِ ٱلطَّيۡرِ بِإِذۡنِي فَتَنفُخُ فِيهَا فَتَكُونُ طَيۡرَۢا بِإِذۡنِيۖ وَتُبۡرِئُ ٱلۡأَكۡمَهَ وَٱلۡأَبۡرَصَ بِإِذۡنِيۖ وَإِذۡ تُخۡرِجُ ٱلۡمَوۡتَىٰ بِإِذۡنِيۖ وَإِذۡ كَفَفۡتُ بَنِيٓ إِسۡرَٰٓءِيلَ عَنكَ إِذۡ جِئۡتَهُم بِٱلۡبَيِّنَٰتِ فَقَالَ ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ 

    Open ayah 5:110

    र स्मरण गर जब सल्लाहले बन्नेछन् हे ईसा ! मैले तिमी माथि र तिम्रा आमा माथि गरेको कृपालाई याद गर जब मैले रुहुल्कुदुस (पवित्र आत्मा) द्वारा तिम्रो सहयोग गरेँ, तिमी शिशु अवस्थामा पनि मानिसहरुसँग कुराकानी गर्दथ्यो ठूलो उमर मा पनि गरने छौ, र मैले तिमीलाई ग्रंथ, तत्वदर्शिता, तौरात एवं इन्जील सिकाएँ अनि जब तिमी मेरो अनुमतिले माटोले पंक्षीको आकृति बनाएर त्यसमा फुक्थ्यौ अनि त्यो मेरो आज्ञाले साँच्चिकै पंक्षी बन्थ्यो, अनि तिमी मेरो अनुमतिले जन्मजात अन्धो एवं कुष्ठ रोगीहरूलाई निको पार्थ्यौ र जब तिमी मेरो अनुमतिले मृतहरूलाई जीवित पारी (चिहानबाट) निकाल्दथ्यौ । र, त्यतिखेर मैले नै इसराईलका सन्तानहरूबाट तिमीलाई बचाएँ; जब तिमी उनीहरूसमक्ष स्पष्ट निशानीहरू लिएर आएका थियौ र, तिनीहरूमध्ये अनास्था प्रदर्शन गर्नेहरूले भनेका थिएँ– “यो त प्रस्ट जादू हो ।”

  111. وَإِذۡ أَوۡحَيۡتُ إِلَى ٱلۡحَوَارِيِّـۧنَ أَنۡ ءَامِنُواْ بِي وَبِرَسُولِي قَالُوٓاْ ءَامَنَّا وَٱشۡهَدۡ بِأَنَّنَا مُسۡلِمُونَ

    Open ayah 5:111

    र, स्मरण गर– जब मैले हवारी (मसीहका साथी) हरूलाई आदेश दिएँ कि ममाथि तथा मेरा रसूलमाथि ईमान ल्याऊ तब उनीहरूले भने– “हामीले ईमान ल्यायौँ र तिमी साक्षी बस कि हामी आज्ञाकारी हौं ।”

  112. إِذۡ قَالَ ٱلۡحَوَارِيُّونَ يَٰعِيسَى ٱبۡنَ مَرۡيَمَ هَلۡ يَسۡتَطِيعُ رَبُّكَ أَن يُنَزِّلَ عَلَيۡنَا مَآئِدَةٗ مِّنَ ٱلسَّمَآءِۖ قَالَ ٱتَّقُواْ ٱللَّهَ إِن كُنتُم مُّؤۡمِنِينَ

    Open ayah 5:112

    र, स्मरण गर– जब हवारीहरूले भने– “हे मर्यम पुत्र ईसा ! के तिम्रा पालनकर्ताले हामीमाथि आकाशबाट ‘माइदा’ (खाद्यवस्तुले सजाइएको दस्तरखान) अवतरित गर्न सक्छन् ?” अनि ईसाले भने– “यदि तिमीहरू आस्थावान हौ भने अल्लाहको भय गर ।”

  113. قَالُواْ نُرِيدُ أَن نَّأۡكُلَ مِنۡهَا وَتَطۡمَئِنَّ قُلُوبُنَا وَنَعۡلَمَ أَن قَدۡ صَدَقۡتَنَا وَنَكُونَ عَلَيۡهَا مِنَ ٱلشَّٰهِدِينَ

    Open ayah 5:113

    उनीहरूले भने– “हामी के चाहन्छौं भने त्यसबाट खाऔं र हाम्रो हृदय सन्तुष्ट होस्, जसले गर्दा हामीलाई यो जानकारी होस् कि तिमीले हामीलाई सत्य कुरा बताएका रहेछौ र हामी त्यसको साक्षी हुन सकौँ ।”

  114. قَالَ عِيسَى ٱبۡنُ مَرۡيَمَ ٱللَّهُمَّ رَبَّنَآ أَنزِلۡ عَلَيۡنَا مَآئِدَةٗ مِّنَ ٱلسَّمَآءِ تَكُونُ لَنَا عِيدٗا لِّأَوَّلِنَا وَءَاخِرِنَا وَءَايَةٗ مِّنكَۖ وَٱرۡزُقۡنَا وَأَنتَ خَيۡرُ ٱلرَّٰزِقِينَ

    Open ayah 5:114

    मर्यम पुत्र ईसाले प्रार्थना गरे– “हे अल्लाह ! हाम्रा पालनकर्ता ! हामीमाथि आकाशबाट दसतर्खान अवतरित गर, जुन हाम्रोलागि, र हामीभन्दा पहिलेका तथा पछिकालागि खुशीको अवसर बनोस् र तिम्रोतर्फबाट एउटा निशानी बनोस् । अनि, हामीहरूलाई आजीविका देऊ र तिमी उत्तम अन्नदाता हौ ।”

  115. قَالَ ٱللَّهُ إِنِّي مُنَزِّلُهَا عَلَيۡكُمۡۖ فَمَن يَكۡفُرۡ بَعۡدُ مِنكُمۡ فَإِنِّيٓ أُعَذِّبُهُۥ عَذَابٗا لَّآ أُعَذِّبُهُۥٓ أَحَدٗا مِّنَ ٱلۡعَٰلَمِينَ

    Open ayah 5:115

    अल्लाहले उत्तर दिए– “म अवश्य तिमीहरूकालागि त्यो (माइदा) अवतरित गर्छु तर त्यसपछि तिमीहरूमध्ये कसैले अस्वीकार गर्यो भने त्यसलाई यस्तो दण्ड दिनेछु जस्तो म संसारमा कसैलाई दिनेछैन ।”

  116. وَإِذۡ قَالَ ٱللَّهُ يَٰعِيسَى ٱبۡنَ مَرۡيَمَ ءَأَنتَ قُلۡتَ لِلنَّاسِ ٱتَّخِذُونِي وَأُمِّيَ إِلَٰهَيۡنِ مِن دُونِ ٱللَّهِۖ قَالَ سُبۡحَٰنَكَ مَا يَكُونُ لِيٓ أَنۡ أَقُولَ مَا لَيۡسَ لِي بِحَقٍّۚ إِن كُنتُ قُلۡتُهُۥ فَقَدۡ عَلِمۡتَهُۥۚ تَعۡلَمُ مَا فِي نَفۡسِي وَلَآ أَعۡلَمُ مَا فِي نَفۡسِكَۚ إِنَّكَ أَنتَ عَلَّٰمُ ٱلۡغُيُوبِ

    Open ayah 5:116

    र, स्मरण गर जब अल्लाहले सोध्नेछन्– “हे मर्यमपुत्र ईसा ! के तिमीले मानिसहरूलाई भनेका थियौ कि अल्लाहका अतिरिक्त मलाई र मेरी आमालाई पनि उपास्य बनाऊ ?” उनले उत्तर दिनेछन्– “अल्लाह तिमी पवित्र छौ ! जुन कुरा भन्ने अधिकार मलाई थिएन त्यो म कसरी भन्न सक्थें ? मैले त्यसो भनेको भए तिमीलाई थाहा हुने थियो किनभने मेरो मनमा भएको कुरा तिमी जान्दछौ र जुन कुरा तिम्रो मनमा छ त्यो म जान्दिन । निस्सन्देह तिमी अदृश्यका महान ज्ञाता हौ ।

  117. مَا قُلۡتُ لَهُمۡ إِلَّا مَآ أَمَرۡتَنِي بِهِۦٓ أَنِ ٱعۡبُدُواْ ٱللَّهَ رَبِّي وَرَبَّكُمۡۚ وَكُنتُ عَلَيۡهِمۡ شَهِيدٗا مَّا دُمۡتُ فِيهِمۡۖ فَلَمَّا تَوَفَّيۡتَنِي كُنتَ أَنتَ ٱلرَّقِيبَ عَلَيۡهِمۡۚ وَأَنتَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

    Open ayah 5:117

    मैले त तिमीले आदेश गरेको कुरा मात्रै तिनीहरूलाई भनेँ, यो कि अल्लाहको भक्ति गर जो मेरा पनि पालनकर्ता हुन् र तिमीहरूका पनि । र, जबसम्म म उनीहरूबीच रहेँ तबसम्म मैले उनीहरूको खबर राखेँ फेरि जब तिमीले मलाई उठायौ तब तिमी नै उनीहरूका निरीक्षक थियौ । र, तिमी त सम्पूर्ण चिजका खबर राख्नेवाला हौ ।

  118. إِن تُعَذِّبۡهُمۡ فَإِنَّهُمۡ عِبَادُكَۖ وَإِن تَغۡفِرۡ لَهُمۡ فَإِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 5:118

    यदि तिमी उनीहरूलाई दण्ड दिन्छौ भने निस्सन्देह उनीहरू त तिम्रै दास हुन् र यदि उनीहरूलाई क्षमा प्रदान गर्छौ भने तिमी प्रभुत्वशाली एवं तत्वदर्शी छौ ।”

  119. قَالَ ٱللَّهُ هَٰذَا يَوۡمُ يَنفَعُ ٱلصَّٰدِقِينَ صِدۡقُهُمۡۚ لَهُمۡ جَنَّٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ

    Open ayah 5:119

    अनि अल्लाहले भन्नेछन्– “यो त्यो दिन हो जसमा सत्यनिष्ठहरूको लागि तिनीहरुको सत्यता लाभप्रद हुनेछ ।” उनीहरूका लागि यस्ता बगैंचाहरू छन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदा–सर्वदा रहनेछन् । अल्लाह उनीहरूसित प्रसन्न छन् र उनीहरू अल्लाहसित प्रसन्न । यही ठूलो सफलता हो ।

  120. لِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا فِيهِنَّۚ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرُۢ 

    Open ayah 5:120

    आकाशहरू, पृथ्वी तथा यिनमा रहेका सम्पूर्ण चिजहरूमाथि अल्लाहकै शासनाधिकार रहेको छ । र उनी हरेक कुराको सामर्थ्य राख्दछन् ।