الأنعام

Al-An'aam

The Cattle · Surah 6 · Ayahs: 165 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَجَعَلَ ٱلظُّلُمَٰتِ وَٱلنُّورَۖ ثُمَّ ٱلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡ يَعۡدِلُونَ

    Open ayah 6:1

    सारा प्रशंसा अल्लाहकै निम्ति हुन् जसले आकाशहरू तथा पृथ्वीको रचना गरे; अन्धकारहरू एवं प्रकाश बनाए، तैपनि काफिरहरू आफ्ना पालनकर्ताको समकक्षी ठहराउँछन् ।

  2. هُوَ ٱلَّذِي خَلَقَكُم مِّن طِينٖ ثُمَّ قَضَىٰٓ أَجَلٗاۖ وَأَجَلٞ مُّسَمًّى عِندَهُۥۖ ثُمَّ أَنتُمۡ تَمۡتَرُونَ

    Open ayah 6:2

    उनै हुन् जसले तिमीहरूलाई माटोद्वारा सृष्टि गरे, अनि (जीवनको) एउटा अवधि निश्चित गरे । निश्चित अवधिको ज्ञान उनलाई नै छ, तैपनि तिमीहरू सन्देह गर्छौ ।

  3. وَهُوَ ٱللَّهُ فِي ٱلسَّمَٰوَٰتِ وَفِي ٱلۡأَرۡضِ يَعۡلَمُ سِرَّكُمۡ وَجَهۡرَكُمۡ وَيَعۡلَمُ مَا تَكۡسِبُونَ

    Open ayah 6:3

    र, आकाशहरू एवं पृथ्वीमा उनै एक अल्लाह छन् । उनी तिम्रा गोप्य तथा प्रत्यक्ष सवै कुरा जान्दछन् र तिमीहरूले गर्ने गरेको कर्मलाई पनि उनी जान्दछन् ।

  4. وَمَا تَأۡتِيهِم مِّنۡ ءَايَةٖ مِّنۡ ءَايَٰتِ رَبِّهِمۡ إِلَّا كَانُواْ عَنۡهَا مُعۡرِضِينَ

    Open ayah 6:4

    अल्लाहका निशानीहरूमध्ये जुनसुकै निशानी पनि उनीहरूसमक्ष आउँछ त्यसबाट उनीहरू विमुख हुन्छन् ।

  5. فَقَدۡ كَذَّبُواْ بِٱلۡحَقِّ لَمَّا جَآءَهُمۡ فَسَوۡفَ يَأۡتِيهِمۡ أَنۢبَٰٓؤُاْ مَا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 6:5

    तिनीहरूसमक्ष सत्य आउँदा त्यसलाई तिनीहरूले मिथ्या ठहर्याए । र, चाँडै नै तिनीहरूलाई त्यस सम्बन्धमा सूचना प्राप्त हुनेछ जसको बारेमा तिनीहरू ठट्टा गर्ने गर्थे ।

  6. أَلَمۡ يَرَوۡاْ كَمۡ أَهۡلَكۡنَا مِن قَبۡلِهِم مِّن قَرۡنٖ مَّكَّنَّٰهُمۡ فِي ٱلۡأَرۡضِ مَا لَمۡ نُمَكِّن لَّكُمۡ وَأَرۡسَلۡنَا ٱلسَّمَآءَ عَلَيۡهِم مِّدۡرَارٗا وَجَعَلۡنَا ٱلۡأَنۡهَٰرَ تَجۡرِي مِن تَحۡتِهِمۡ فَأَهۡلَكۡنَٰهُم بِذُنُوبِهِمۡ وَأَنشَأۡنَا مِنۢ بَعۡدِهِمۡ قَرۡنًا ءَاخَرِينَ

    Open ayah 6:6

    के तिनीहरूले देखेनन् कि हामीले तिनीहरूभन्दा पहिले कति त्यस्ता जातिहरूलाई नष्ट पारिसकेका छौं जसलाई हामीले धर्तीमा जसरी स्थापित गरेका थियौं त्यसरी तिमीहरूलाई स्थापित गरेका छैनौं ? तिनीहरूमाथि हामीले आकाशबाट मुसलधारे वर्षा गरायौं र तिनीहरूको तलतिरबाट नदीहरू बगायौं । अन्ततः हामीले तिनीहरूको कुकर्मले गर्दा तिनीहरूलाई नष्ट गरिदियौं । र, तिनीहरूपछि हामीले अन्य जातिलाई हुर्कायौं ।

  7. وَلَوۡ نَزَّلۡنَا عَلَيۡكَ كِتَٰبٗا فِي قِرۡطَاسٖ فَلَمَسُوهُ بِأَيۡدِيهِمۡ لَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ

    Open ayah 6:7

    र, यदि हामीले तिमीमाथि कागजमा लेखिएको ग्रन्थ अवतरित गरेको भए र तिनीहरूले त्यसलाई आफ्नो हातले स्पर्श गरेको भए पनि काफिरहरूले यो त खुल्ला जादू हो भनेर भन्ने थिए ।

  8. وَقَالُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ مَلَكٞۖ وَلَوۡ أَنزَلۡنَا مَلَكٗا لَّقُضِيَ ٱلۡأَمۡرُ ثُمَّ لَا يُنظَرُونَ

    Open ayah 6:8

    तिनीहरू भन्छन्– “उनीमाथि कुनै फरिश्ता किन अवतरित गरिएन ?” यदि हामीले कुनै फरिश्ता अवतरित गरेको भए यसको फैसला नै भइसक्थ्यो र तिनीहरूलाई अलिकति पनि अवसर दिइने थिएन ।

  9. وَلَوۡ جَعَلۡنَٰهُ مَلَكٗا لَّجَعَلۡنَٰهُ رَجُلٗا وَلَلَبَسۡنَا عَلَيۡهِم مَّا يَلۡبِسُونَ

    Open ayah 6:9

    र, यदि हामीले उस (रसूल) लाई फरिश्ता बनाएको भए पनि मान्छेकै रूपमा बनाउने थियौं, र तिनीहरूलाई त्यही शंकामा राख्थ्यौं जसमा तिनीहरू अहिले छन् ।

  10. وَلَقَدِ ٱسۡتُهۡزِئَ بِرُسُلٖ مِّن قَبۡلِكَ فَحَاقَ بِٱلَّذِينَ سَخِرُواْ مِنۡهُم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ 

    Open ayah 6:10

    हे सन्देष्टा ! तिमीभन्दा पहिले पनि रसूलहरूको उपहास गरिएको थियो, तर ती उपहास गर्नेहरूलाई त्यही तथ्य (प्रकोप) ले घेरिछाड्यो जसको यिनीहरू उपहास गर्थे ।

  11. قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ ثُمَّ ٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ

    Open ayah 6:11

    यिनीहरूलाई भनिदेऊ– “धर्तीमा घुमफिर गर । अनि, हेर जसले मिथ्यारोपण गरे तिनीहरूको के परिणाम भयो ?”

  12. قُل لِّمَن مَّا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قُل لِّلَّهِۚ كَتَبَ عَلَىٰ نَفۡسِهِ ٱلرَّحۡمَةَۚ لَيَجۡمَعَنَّكُمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَا رَيۡبَ فِيهِۚ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ فَهُمۡ لَا يُؤۡمِنُونَ

    Open ayah 6:12

    यिनीहरूसँग सोध– “आकाशहरू एवं धर्तीमा जेजति छन् कसका सम्पत्ति हुन् ?” भनिदेऊ– “यी सबै अल्लाहकै हुन् । उनले दयालाई स्वयंमाथि अनिवार्य गरेका छन् । महाप्रलयको दिन उनी तिमीहरूलाई अवश्य एकत्रित गर्नेछन् जसमा कुनै सन्देह छैन । तर, जसले आफूलाई स्वयं नोक्सानीमा पारेका छन् तिनीहरू यसमा आस्था राख्दैनन् ।”

  13. ۞وَلَهُۥ مَا سَكَنَ فِي ٱلَّيۡلِ وَٱلنَّهَارِۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 6:13

    रात र दिनमा बसोबास गर्ने सबै उनैका हुन् र उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  14. قُلۡ أَغَيۡرَ ٱللَّهِ أَتَّخِذُ وَلِيّٗا فَاطِرِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَهُوَ يُطۡعِمُ وَلَا يُطۡعَمُۗ قُلۡ إِنِّيٓ أُمِرۡتُ أَنۡ أَكُونَ أَوَّلَ مَنۡ أَسۡلَمَۖ وَلَا تَكُونَنَّ مِنَ ٱلۡمُشۡرِكِينَ

    Open ayah 6:14

    भनिदेऊ– “के म आकाशहरू तथा पृथ्वीका सृष्टिकर्ता अल्लाहलाई छोडेर कोही अरूलाई संरक्षक–मित्र बनाऊँ जबकि उनी खाना खुवाउँछन् र उनलाई ख्वाईने खाचो छैन ।” भनिदेऊ– “मलाई सर्वप्रथम आफूलाई समर्पित गरेको बन्ने र कदापि बहुदेववादीहरूमध्ये नबन्ने आदेश भएको छ ।”

  15. قُلۡ إِنِّيٓ أَخَافُ إِنۡ عَصَيۡتُ رَبِّي عَذَابَ يَوۡمٍ عَظِيمٖ

    Open ayah 6:15

    भनिदेऊ– “यदि मैले आफ्ना पालनकर्ताको अवज्ञा गरें भने एउटा ठूलो दिनको दण्ड भोग्नु पर्नेछ भनी मलाई डरलाग्छ ।”

  16. مَّن يُصۡرَفۡ عَنۡهُ يَوۡمَئِذٖ فَقَدۡ رَحِمَهُۥۚ وَذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡمُبِينُ

    Open ayah 6:16

    त्यसदिन जसलाई सजायँबाट बचाइयो त्यसमाथि अल्लाहले दया गरे र यो स्पष्ट सफलता हो ।

  17. وَإِن يَمۡسَسۡكَ ٱللَّهُ بِضُرّٖ فَلَا كَاشِفَ لَهُۥٓ إِلَّا هُوَۖ وَإِن يَمۡسَسۡكَ بِخَيۡرٖ فَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 6:17

    र, यदि अल्लाहले तिमीहरूलाई कुनै हानि पुर्याउँछन् भने उनीबाहेक कसैले पनि त्यसलाई टार्न सक्दैन र यदि उनी तिमीहरूलाई कुनै लाभ प्रदान गर्छन् भने उनी सबै कार्यको सामर्थ्य राख्छन् ।

  18. وَهُوَ ٱلۡقَاهِرُ فَوۡقَ عِبَادِهِۦۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ

    Open ayah 6:18

    र, उनलाई आफ्ना भक्तहरूमाथि पूर्ण प्रभुत्व प्राप्त छ र उनी तत्वदर्शी एवं सर्वज्ञ छन् ।

  19. قُلۡ أَيُّ شَيۡءٍ أَكۡبَرُ شَهَٰدَةٗۖ قُلِ ٱللَّهُۖ شَهِيدُۢ بَيۡنِي وَبَيۡنَكُمۡۚ وَأُوحِيَ إِلَيَّ هَٰذَا ٱلۡقُرۡءَانُ لِأُنذِرَكُم بِهِۦ وَمَنۢ بَلَغَۚ أَئِنَّكُمۡ لَتَشۡهَدُونَ أَنَّ مَعَ ٱللَّهِ ءَالِهَةً أُخۡرَىٰۚ قُل لَّآ أَشۡهَدُۚ قُلۡ إِنَّمَا هُوَ إِلَٰهٞ وَٰحِدٞ وَإِنَّنِي بَرِيٓءٞ مِّمَّا تُشۡرِكُونَ

    Open ayah 6:19

    सोध ! सबभन्दा ठूलो साक्षी को हो ? भनिदेऊ– ‘अल्लाह' नै म र तिमीहरूकोबीच साक्षी रहेका छन् । र, यो कुरआन मतर्फ अवतरित गर्नुको उद्देश्य तिमीहरूलाई तथा जसकहाँ यो पुग्छ तिनीहरूलाई सचेत गरूँ । के साच्चिकै तिमी साक्षी दिन्छौ कि अल्लाहसँग कुनै अन्य पूज्यहरू पनि छन् ?” भनिदेऊ– “म त यसको साक्षि दिन सक्दिन । पूज्य त उनी मात्र हुन् । र,म मुक्त छु ती सबैबाट जसलाई तिमीहरू (अल्लाहको) साझेदार बनाउँछौ ।”

  20. ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَعۡرِفُونَهُۥ كَمَا يَعۡرِفُونَ أَبۡنَآءَهُمُۘ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ فَهُمۡ لَا يُؤۡمِنُونَ 

    Open ayah 6:20

    जसलाई हामीले ग्रन्थ प्रदान गरेका छौं तिनीहरूले रसूल (मुहम्मद स.) लाई आफ्ना पुत्रहरूलाई चिने जस्तै चिन्छन् । आफूलाई नोक्सानमा पारेकाहरू नै आस्था राख्दैनन् ।

  21. وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ كَذَّبَ بِـَٔايَٰتِهِۦٓۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّٰلِمُونَ

    Open ayah 6:21

    र, त्यो व्यक्ति भन्दा ठूलो अत्याचारी को होला जो अल्लाहमाथि मिथ्यारोपण गर्छ वा अल्लाहका निशानीहरूलाई असत्य ठहर गर्छ । निस्सन्देह अत्याचारीहरू कहिल्यै सफल हुन सक्दैनन् ।

  22. وَيَوۡمَ نَحۡشُرُهُمۡ جَمِيعٗا ثُمَّ نَقُولُ لِلَّذِينَ أَشۡرَكُوٓاْ أَيۡنَ شُرَكَآؤُكُمُ ٱلَّذِينَ كُنتُمۡ تَزۡعُمُونَ

    Open ayah 6:22

    र, जुन दिन तिनीहरु सबैलाई हामी एकत्रित गर्नेछौं त्यसदिन बहुदेववादीहरूलाई सोध्नेछौं– “कहाँ छन् तिमीहरूले ठानेका तिम्रा साझेदारहरू ! ?”

  23. ثُمَّ لَمۡ تَكُن فِتۡنَتُهُمۡ إِلَّآ أَن قَالُواْ وَٱللَّهِ رَبِّنَا مَا كُنَّا مُشۡرِكِينَ

    Open ayah 6:23

    हे हाम्रा पालनकर्ता तिम्रो कसम ! हामी कदापि बहुदेववादी थिएनौं भनेर झूठ रच्नु वाहेक अन्य कुनै उपद्रव तिनीहरूले गर्न सक्ने छैनन् ।

  24. ٱنظُرۡ كَيۡفَ كَذَبُواْ عَلَىٰٓ أَنفُسِهِمۡۚ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ

    Open ayah 6:24

    हेर, तिनीहरूले कसरी आफैंविरुद्ध झुठो बोले । अनि, तिनीहरूका मनगढन्ते ईश्वरहरू हराए ।

  25. وَمِنۡهُم مَّن يَسۡتَمِعُ إِلَيۡكَۖ وَجَعَلۡنَا عَلَىٰ قُلُوبِهِمۡ أَكِنَّةً أَن يَفۡقَهُوهُ وَفِيٓ ءَاذَانِهِمۡ وَقۡرٗاۚ وَإِن يَرَوۡاْ كُلَّ ءَايَةٖ لَّا يُؤۡمِنُواْ بِهَاۖ حَتَّىٰٓ إِذَا جَآءُوكَ يُجَٰدِلُونَكَ يَقُولُ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

    Open ayah 6:25

    र, तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कान थापेर तिम्रो कुरा सुन्छन् तर हामीले तिनीहरूका हृदय पर्दाले ढाकिदिएका छौं ताकि तिनीहरूले बुझ्न नसकून् र तिनीहरूका कानमा ठेडी राखिदिएका छौं । तिनीहरूले सबै किसिमका निशानीहरू अवलोकन गरे पनि त्यसमाथि ईमान ल्याउने छैनन् । यहाँसम्म कि जब तिनीहरू तिमीसँग वादविवाद गर्न आउँछन् त्यतिबेला यी काफिरहरू भन्छन्– “यी त पूर्वजहरूबाट चलिआएका दन्त्यकथाहरू मात्र हुन् ।”

  26. وَهُمۡ يَنۡهَوۡنَ عَنۡهُ وَيَنۡـَٔوۡنَ عَنۡهُۖ وَإِن يُهۡلِكُونَ إِلَّآ أَنفُسَهُمۡ وَمَا يَشۡعُرُونَ

    Open ayah 6:26

    र, तिनीहरूले मानिसलाई यसबाट रोक्छन् र स्वयम् पनि टाढा रहनेछन् र तिनीहरूले आफैंलाई नष्ट गर्दैछन् तर तिनीहरूले महसुस गरिरहेका छैनन् ।

  27. وَلَوۡ تَرَىٰٓ إِذۡ وُقِفُواْ عَلَى ٱلنَّارِ فَقَالُواْ يَٰلَيۡتَنَا نُرَدُّ وَلَا نُكَذِّبَ بِـَٔايَٰتِ رَبِّنَا وَنَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 6:27

    (हे मुहम्मद स.!) कति राम्रो हुन्थ्यो कि तिमीले देख्ने थियौ जब तिनीहरूलाई आगोमा खडा गराइनेछ तब तिनीहरूले भन्नेछन्– “आह ! हामीलाई फर्काई दिएको भए कति राम्रो हुन्थ्यो होला ! हामीले आफ्ना पालनकर्ताका आयतहरूलाई मिथ्या ठान्ने थिएनौं र आस्थावानहरूमध्ये हुनेथियौं ।”

  28. بَلۡ بَدَا لَهُم مَّا كَانُواْ يُخۡفُونَ مِن قَبۡلُۖ وَلَوۡ رُدُّواْ لَعَادُواْ لِمَا نُهُواْ عَنۡهُ وَإِنَّهُمۡ لَكَٰذِبُونَ

    Open ayah 6:28

    अपितु जुन कुराहरू पहिले तिनीहरू लुकाउने गर्थे तिनै कुराहरू तिनीहरूसमक्ष प्रकट भएका छन् । र, तिनीहरूलाई फेरि पठाइयो भने पनि तिनीहरूले त्यही गर्नेछन् जुन तिनीहरूका लागि निषेध गरिएको थियो । र, निस्सन्देह तिनीहरू झुठा हुन् ।

  29. وَقَالُوٓاْ إِنۡ هِيَ إِلَّا حَيَاتُنَا ٱلدُّنۡيَا وَمَا نَحۡنُ بِمَبۡعُوثِينَ

    Open ayah 6:29

    र, तिनीहरू भन्छन्– “हाम्रो जीवन यो सांसारिक जीवन मात्र हो । र, हामी फेरि उठाइने छैनौँ ।”

  30. وَلَوۡ تَرَىٰٓ إِذۡ وُقِفُواْ عَلَىٰ رَبِّهِمۡۚ قَالَ أَلَيۡسَ هَٰذَا بِٱلۡحَقِّۚ قَالُواْ بَلَىٰ وَرَبِّنَاۚ قَالَ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ 

    Open ayah 6:30

    (हे मुहम्मद स.!) तिमीले तिनीहरूलाई तिनका पालनकर्ता सामु खडा गरिएको अवस्थामा देख्न पाए राम्रो हुन्थ्यो । पालनकर्ताले सोध्नेछन्– “के यो सत्य होइन ?” तिनीहरूले भन्नेछन्– “किन नहुनु हाम्रा पालनकर्ताको कसम ! (यो सत्य हो)” पालनकर्ताले भन्नेछन्– “लौ त्यसो भए तिमीहरूले गरेका कुफ्रको बदलामा यातना भोग ।”

  31. قَدۡ خَسِرَ ٱلَّذِينَ كَذَّبُواْ بِلِقَآءِ ٱللَّهِۖ حَتَّىٰٓ إِذَا جَآءَتۡهُمُ ٱلسَّاعَةُ بَغۡتَةٗ قَالُواْ يَٰحَسۡرَتَنَا عَلَىٰ مَا فَرَّطۡنَا فِيهَا وَهُمۡ يَحۡمِلُونَ أَوۡزَارَهُمۡ عَلَىٰ ظُهُورِهِمۡۚ أَلَا سَآءَ مَا يَزِرُونَ

    Open ayah 6:31

    नोक्सानमा परे तिनीहरू जसले अल्लाहसँग भेट्ने कुरालाई झुठो ठहराए । जब अकस्मात् त्यो समय आउनेछ तब तिनीहरूले भन्नेछन्– “आह ! त्यस गल्तीमाथि अफ्सोच छ जुन यस विषयमा हामीले गर्यौं ।” र, तिनीहरूले पिठ्यूँमा आफ्नो (पापको) भारी बोकेका हुनेछन् । ज्ञात होस् यो अति घृणित भारी हो जुन तिनीहरूले बोक्नेछन् ।

  32. وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا لَعِبٞ وَلَهۡوٞۖ وَلَلدَّارُ ٱلۡأٓخِرَةُ خَيۡرٞ لِّلَّذِينَ يَتَّقُونَۚ أَفَلَا تَعۡقِلُونَ

    Open ayah 6:32

    र, सांसारिक जीवन खेल तमाशा मात्र हो । र, ईशभय राख्नेहरूकालागि त परलोक नै उत्तम स्थान हो । त के तिमीहरू विवेकले काम लिदैनौ ?

  33. قَدۡ نَعۡلَمُ إِنَّهُۥ لَيَحۡزُنُكَ ٱلَّذِي يَقُولُونَۖ فَإِنَّهُمۡ لَا يُكَذِّبُونَكَ وَلَٰكِنَّ ٱلظَّٰلِمِينَ بِـَٔايَٰتِ ٱللَّهِ يَجۡحَدُونَ

    Open ayah 6:33

    (हे सन्देष्टा !) हामीलाई थाहा छ कि यिनीहरूले भनेको कुराले तिमीलाई दुःखित तुल्याउँछ । यिनीहरूले तिमीलाई मात्र झुठो ठहर्याउँदैनन् यथार्थमा यी अत्याचारीहरूले त अल्लाहका आयतहरूलाई झुठो ठहराउँदैछन् ।

  34. وَلَقَدۡ كُذِّبَتۡ رُسُلٞ مِّن قَبۡلِكَ فَصَبَرُواْ عَلَىٰ مَا كُذِّبُواْ وَأُوذُواْ حَتَّىٰٓ أَتَىٰهُمۡ نَصۡرُنَاۚ وَلَا مُبَدِّلَ لِكَلِمَٰتِ ٱللَّهِۚ وَلَقَدۡ جَآءَكَ مِن نَّبَإِيْ ٱلۡمُرۡسَلِينَ

    Open ayah 6:34

    तिमीभन्दा अघिका ईशदूतहरू पनि झुठो ठहराइए । तर, उनीहरूले आफूले भोगेका अस्वीकारोक्ति तथा कष्टमा धैर्य धारण गरे । अन्ततः हाम्रो सहयोग उनीहरूलाई आइपुग्यो । अल्लाहको वाणी कसैले परिवर्तन गर्न सक्दैन । र, तिमीलाई ईशदूतहरूबारे समाचार प्राप्त भइसकेकै छ ।

  35. وَإِن كَانَ كَبُرَ عَلَيۡكَ إِعۡرَاضُهُمۡ فَإِنِ ٱسۡتَطَعۡتَ أَن تَبۡتَغِيَ نَفَقٗا فِي ٱلۡأَرۡضِ أَوۡ سُلَّمٗا فِي ٱلسَّمَآءِ فَتَأۡتِيَهُم بِـَٔايَةٖۚ وَلَوۡ شَآءَ ٱللَّهُ لَجَمَعَهُمۡ عَلَى ٱلۡهُدَىٰۚ فَلَا تَكُونَنَّ مِنَ ٱلۡجَٰهِلِينَ

    Open ayah 6:35

    र, (हे मुहम्मद स.!) यदि उनीहरूको विमुखता तिम्रोलागि एकदमै असहनीय छ, र यदि तिमी सक्छौ भने धर्तीमा सुरुङ्ग वा आकाशमा कुनै भर्याङ्ग खोज अनि तिनीहरू नजिक कुनै चमत्कार ल्याऊ । छ अल्लाहले चाहेका भए ती सबैलाई सत्मार्गमा एकत्रित गर्ने थिए । अतः तिमी अज्ञानीहरूमध्ये नबन ।

  36. ۞إِنَّمَا يَسۡتَجِيبُ ٱلَّذِينَ يَسۡمَعُونَۘ وَٱلۡمَوۡتَىٰ يَبۡعَثُهُمُ ٱللَّهُ ثُمَّ إِلَيۡهِ يُرۡجَعُونَ

    Open ayah 6:36

    सुन्नेले नै स्वीकार गर्छन् । जहाँसम्म यी मृतहरूको कुरा छ अल्लाहले यिनीहरूलाई पुनर्जीवित गरी उठाउनेछन् । फेरि तिनीहरूलाई उनैतर्फ फर्काएर लगिनेछ ।

  37. وَقَالُواْ لَوۡلَا نُزِّلَ عَلَيۡهِ ءَايَةٞ مِّن رَّبِّهِۦۚ قُلۡ إِنَّ ٱللَّهَ قَادِرٌ عَلَىٰٓ أَن يُنَزِّلَ ءَايَةٗ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 6:37

    र, यिनीहरू भन्छन्– “यस (सन्देष्टा) माथि यिनका पालनकर्ताको तर्फबाट कुनै निशानी किन अवतरित गरिएन ?” भनिदेऊ– “निश्चय नै अल्लाह निशानी अवतरित गर्ने सामर्थ्य राख्छन्, तर तिनीहरूमध्ये अधिकांश मानिसहरू जान्दैनन् ।”

  38. وَمَا مِن دَآبَّةٖ فِي ٱلۡأَرۡضِ وَلَا طَٰٓئِرٖ يَطِيرُ بِجَنَاحَيۡهِ إِلَّآ أُمَمٌ أَمۡثَالُكُمۚ مَّا فَرَّطۡنَا فِي ٱلۡكِتَٰبِ مِن شَيۡءٖۚ ثُمَّ إِلَىٰ رَبِّهِمۡ يُحۡشَرُونَ

    Open ayah 6:38

    र, भूमिमा हिँड्ने जति प्रकारका जनावरहरू छन् र आफ्ना दुई पखेटाद्वारा उड्ने जति पंक्षीहरू; तिनीहरू पनि तिमीहरू जस्तै अलग समूह हुन् । हामीले आफ्नो बहीमा केही पनि छुटाएका छैनौं । अनि यिनीहरू आफ्ना पालनकर्तासामु नै एकत्रित गरिनेछन् ।

  39. وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا صُمّٞ وَبُكۡمٞ فِي ٱلظُّلُمَٰتِۗ مَن يَشَإِ ٱللَّهُ يُضۡلِلۡهُ وَمَن يَشَأۡ يَجۡعَلۡهُ عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 6:39

    अनि, जसले हाम्रा निशानीहरूलाई असत्य ठहर गरे, ती बहिरा र लाटा हुन्, तथा तिनीहरू अन्धकारमा छन् । अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट पार्छन् र जसलाई चाहन्छन् सत्मार्गमा डोर्याउँछन् ।

  40. قُلۡ أَرَءَيۡتَكُمۡ إِنۡ أَتَىٰكُمۡ عَذَابُ ٱللَّهِ أَوۡ أَتَتۡكُمُ ٱلسَّاعَةُ أَغَيۡرَ ٱللَّهِ تَدۡعُونَ إِن كُنتُمۡ صَٰدِقِينَ 

    Open ayah 6:40

    भनिदेऊ– “(हे काफिरहरू हो !) अलि सोचेर बताऊ, यदि तिमीहरूमाथि अल्लाहको प्रकोप आइपरेमा वा महाप्रलय नै घटित भएमा के तिमीहरू अल्लाह–बाहेक अन्य कसैलाई बोलाउँछौ ? (बताऊ) यदि तिमीहरू सच्चा हौ भने ?

  41. بَلۡ إِيَّاهُ تَدۡعُونَ فَيَكۡشِفُ مَا تَدۡعُونَ إِلَيۡهِ إِن شَآءَ وَتَنسَوۡنَ مَا تُشۡرِكُونَ

    Open ayah 6:41

    बरु तिमीहरूले अल्लाहलाई मात्र पुकार्दछौ, अनि उनले चाहेको खण्डमा त्यो सङ्कट टारिदिन्छन् । अनि (तब) तिमीहरूले ठहर्याइएका साझेदारहरूलाई बिर्सन्छौ ।

  42. وَلَقَدۡ أَرۡسَلۡنَآ إِلَىٰٓ أُمَمٖ مِّن قَبۡلِكَ فَأَخَذۡنَٰهُم بِٱلۡبَأۡسَآءِ وَٱلضَّرَّآءِ لَعَلَّهُمۡ يَتَضَرَّعُونَ

    Open ayah 6:42

    र, हामीले तिमीभन्दा पहिले धेरै समुदायहरूतर्फ रसूल पठायौं र तिनीहरूलाई दरिद्रता तथा शारीरिक कष्टहरूमा ग्रस्त पार्यौं ताकि तिनीहरू विनम्र होऊन् ।

  43. فَلَوۡلَآ إِذۡ جَآءَهُم بَأۡسُنَا تَضَرَّعُواْ وَلَٰكِن قَسَتۡ قُلُوبُهُمۡ وَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 6:43

    र, तिनीहरूसमक्ष हाम्रो प्रकोप आउँदा तिनीहरू किन बिनम्र भएनन् ? बरु तिनीहरूको हृदय झन् कठोर भयो । र, तिनीहरूले गरिरहेका नराम्रा कार्यहरूलाई शैतानले शोभनीय तुल्याइदियो ।

  44. فَلَمَّا نَسُواْ مَا ذُكِّرُواْ بِهِۦ فَتَحۡنَا عَلَيۡهِمۡ أَبۡوَٰبَ كُلِّ شَيۡءٍ حَتَّىٰٓ إِذَا فَرِحُواْ بِمَآ أُوتُوٓاْ أَخَذۡنَٰهُم بَغۡتَةٗ فَإِذَا هُم مُّبۡلِسُونَ

    Open ayah 6:44

    अनि जब तिनीहरूले स्मरण गराइएका कुरा बिर्से तब हामीले तिनीहरूकालागि सबै सम्पन्नताका ढोका खोलिदियौं । अनि जब तिनीहरू प्रदान गरिएका चिजहरूमा मग्न भए तब हामीले अकस्मात् तिनीहरूलाई समात्यौं, तब तिनीहरू निराश हुन पुगे ।

  45. فَقُطِعَ دَابِرُ ٱلۡقَوۡمِ ٱلَّذِينَ ظَلَمُواْۚ وَٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 6:45

    अन्ततः अत्याचारी समुदायको जरो नै काटियो । सम्पूर्ण प्रशंसा अल्लाहकैलागि जो सम्पूर्ण संसारका पालनकर्ता हुन् ।

  46. قُلۡ أَرَءَيۡتُمۡ إِنۡ أَخَذَ ٱللَّهُ سَمۡعَكُمۡ وَأَبۡصَٰرَكُمۡ وَخَتَمَ عَلَىٰ قُلُوبِكُم مَّنۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِ يَأۡتِيكُم بِهِۗ ٱنظُرۡ كَيۡفَ نُصَرِّفُ ٱلۡأٓيَٰتِ ثُمَّ هُمۡ يَصۡدِفُونَ

    Open ayah 6:46

    (हे सन्देष्टा !) तिनीहरूलाई सोध– “के तिमीहरूले सोचेका छौ कि अल्लाहले तिमीहरूको सुन्ने र देख्ने शक्ति खोसे र तिम्रा हृदयहरूमा सील (मोहर) लगाइदिए भने अल्लाहबाहेक कुन उपास्यले तिमीहरूलाई त्यो फिर्ता दिन सक्छ ?” हेर, हामी कसरी आयतहरू वर्णन गर्छौं तैपनि तिनीहरू बेवास्ता गर्छन् ।

  47. قُلۡ أَرَءَيۡتَكُمۡ إِنۡ أَتَىٰكُمۡ عَذَابُ ٱللَّهِ بَغۡتَةً أَوۡ جَهۡرَةً هَلۡ يُهۡلَكُ إِلَّا ٱلۡقَوۡمُ ٱلظَّٰلِمُونَ

    Open ayah 6:47

    भनिदेऊ– “के तिमीहरूले आफ्नो बारेमा बेग्लाबेग्लै विचार गर्यौ कि यदि तिमीहरूमाथि अल्लाहको प्रकोप अकस्मात् वा प्रष्ट रुपमा आइपर्यो भने अत्याचारीहरूबाहेक अन्य को नष्ट होला र ?”

  48. وَمَا نُرۡسِلُ ٱلۡمُرۡسَلِينَ إِلَّا مُبَشِّرِينَ وَمُنذِرِينَۖ فَمَنۡ ءَامَنَ وَأَصۡلَحَ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

    Open ayah 6:48

    र, हामीले रसूलहरूलाई केवल शुभ–सूचक एवम् सचेतक बनाएर पठाएका छौं । र, जसले ईमान ल्याए र सुध्रिए उनीहरूका लागि न कुनै डर छ न उनीहरू चिन्तित नै हुनेछन् ।

  49. وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا يَمَسُّهُمُ ٱلۡعَذَابُ بِمَا كَانُواْ يَفۡسُقُونَ

    Open ayah 6:49

    र, जसले हाम्रा आयतहरूलाई मिथ्या ठहर गर्छन् तिनीहरुको अवज्ञाले गर्दा तिनीहरूमाथि प्रकोप आइलाग्नेछ ।

  50. قُل لَّآ أَقُولُ لَكُمۡ عِندِي خَزَآئِنُ ٱللَّهِ وَلَآ أَعۡلَمُ ٱلۡغَيۡبَ وَلَآ أَقُولُ لَكُمۡ إِنِّي مَلَكٌۖ إِنۡ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰٓ إِلَيَّۚ قُلۡ هَلۡ يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُۚ أَفَلَا تَتَفَكَّرُونَ 

    Open ayah 6:50

    भनिदेऊ– “मसित अल्लाहको खजाना छ भनी म तिमीहरूलाई भन्दिन; न परोक्षको ज्ञान नै राख्छु, र न म फरिश्ता हुने दावी नै गर्छु । म त केवल त्यस प्रकाशनाको अनुसरण गर्छु जुन ममाथि अवतरित गरिन्छ ।” भनिदेऊ– “के अन्धो र देख्ने व्यक्ति समान हुन सक्छ ? के तिमीहरू विचार गर्दैनौ ?”

  51. وَأَنذِرۡ بِهِ ٱلَّذِينَ يَخَافُونَ أَن يُحۡشَرُوٓاْ إِلَىٰ رَبِّهِمۡ لَيۡسَ لَهُم مِّن دُونِهِۦ وَلِيّٞ وَلَا شَفِيعٞ لَّعَلَّهُمۡ يَتَّقُونَ

    Open ayah 6:51

    र, तिमी ती मानिसहरूलाई यस (प्रकाशना) द्वारा सचेत गर जो आफ्ना पालनकर्तासमक्ष एकत्रित गरिनेछन् भनी डराउँछन् । यिनीहरूकालागि उनीबाहेक न कोही संरक्षक र न कोही सिफारिशकर्ता नै हुनेछ । आशा छ यिनीहरू अल्लाहको भय राख्नेछन् ।

  52. وَلَا تَطۡرُدِ ٱلَّذِينَ يَدۡعُونَ رَبَّهُم بِٱلۡغَدَوٰةِ وَٱلۡعَشِيِّ يُرِيدُونَ وَجۡهَهُۥۖ مَا عَلَيۡكَ مِنۡ حِسَابِهِم مِّن شَيۡءٖ وَمَا مِنۡ حِسَابِكَ عَلَيۡهِم مِّن شَيۡءٖ فَتَطۡرُدَهُمۡ فَتَكُونَ مِنَ ٱلظَّٰلِمِينَ

    Open ayah 6:52

    र, तिनीहरूलाई आफूबाट टाढा नपार जसले बिहान र साँझ आफ्ना पालनकर्तालाई उनको प्रसन्नता प्राप्तिको चाहना गर्दै पुकार्छन्; तिनीहरूको कुनै पनि हिसाब तिमीमाथि छैन न तिम्रो कुनै हिसाब तिनीहरूमाथि छ कि तिमीले तिनीहरूलाई टाढा पार । यस्तो गर्यौ भने तिमी अत्याचारीहरूमा गणना हुनेछौ ।

  53. وَكَذَٰلِكَ فَتَنَّا بَعۡضَهُم بِبَعۡضٖ لِّيَقُولُوٓاْ أَهَٰٓؤُلَآءِ مَنَّ ٱللَّهُ عَلَيۡهِم مِّنۢ بَيۡنِنَآۗ أَلَيۡسَ ٱللَّهُ بِأَعۡلَمَ بِٱلشَّٰكِرِينَ

    Open ayah 6:53

    र, यसै प्रकार हामीले तिनीहरूमध्ये एकलाई अर्कोद्वारा जाँचेका छौं ताकि तिनीहरूले यिनलाई देखेर भनून्– “के यिनै हुन् हामीहरूमध्येका जसमाथि अल्लाहले कृपा गरे ?” अँ, के अल्लाह आफ्ना कृतज्ञ भक्तहरूलाई सबभन्दा बढी जान्दैनन् र ?

  54. وَإِذَا جَآءَكَ ٱلَّذِينَ يُؤۡمِنُونَ بِـَٔايَٰتِنَا فَقُلۡ سَلَٰمٌ عَلَيۡكُمۡۖ كَتَبَ رَبُّكُمۡ عَلَىٰ نَفۡسِهِ ٱلرَّحۡمَةَ أَنَّهُۥ مَنۡ عَمِلَ مِنكُمۡ سُوٓءَۢا بِجَهَٰلَةٖ ثُمَّ تَابَ مِنۢ بَعۡدِهِۦ وَأَصۡلَحَ فَأَنَّهُۥ غَفُورٞ رَّحِيمٞ

    Open ayah 6:54

    र, यदि तिमीसमक्ष हाम्रा आयतहरूमाथि आस्था राख्नेहरू आउँछन् भने भन– “तिमीहरूमाथि शान्ति होस् । तिम्रा पालनकर्ताले दयालाई आफ्नोलागि अनिवार्य गरेका छन् । तिमीहरूमध्ये कसैले अज्ञानतावश कुकर्म गर्यो र त्यसपछि प्रायश्चित गर्यो अनि सुधार गर्यो भने अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।”

  55. وَكَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ وَلِتَسۡتَبِينَ سَبِيلُ ٱلۡمُجۡرِمِينَ

    Open ayah 6:55

    र, यसरी नै हामी आयतहरूलाई खुलस्त रूपमा वर्णन गर्छौ र यस उद्देश्यले पनि कि अपराधीहरूको बाटो एकदम स्पष्ट होओस् ।

  56. قُلۡ إِنِّي نُهِيتُ أَنۡ أَعۡبُدَ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِۚ قُل لَّآ أَتَّبِعُ أَهۡوَآءَكُمۡ قَدۡ ضَلَلۡتُ إِذٗا وَمَآ أَنَا۠ مِنَ ٱلۡمُهۡتَدِينَ

    Open ayah 6:56

    भनिदेऊ–“अल्लाहका अतिरिक्त तिमीहरू जसलाई पुकार्दछौ त्यसको उपासना गर्न मलाई निषेध गरिएको छ ।” भनिदेऊ– “म तिमीहरूका मनोकांक्षाहरूको अनुसरण गर्दिन; यसो गरेमा म पथभ्रष्ट हुनेछु र सीधा मार्ग पाएकाहरूमध्ये हुन सक्दिन ।"

  57. قُلۡ إِنِّي عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّي وَكَذَّبۡتُم بِهِۦۚ مَا عِندِي مَا تَسۡتَعۡجِلُونَ بِهِۦٓۚ إِنِ ٱلۡحُكۡمُ إِلَّا لِلَّهِۖ يَقُصُّ ٱلۡحَقَّۖ وَهُوَ خَيۡرُ ٱلۡفَٰصِلِينَ

    Open ayah 6:57

    भनिदेऊ– “म आफ्ना पालनकर्ताबाट प्राप्त एउटा स्पष्ट निशानीमा कायम छु र तिमीहरूले त्यसलाई झुठो ठहराएका छौ । जसको लागि तिमीहरू मसँग हतार गर्छौ त्यो मसँग छैन । फैसला गर्ने अधिकार अल्लाहसँग मात्र रहेकोछ । उनी सत्यतथ्य बयान गर्दछन् र उनी सर्वोत्तम निर्णयकर्ता हुन् ।”

  58. قُل لَّوۡ أَنَّ عِندِي مَا تَسۡتَعۡجِلُونَ بِهِۦ لَقُضِيَ ٱلۡأَمۡرُ بَيۡنِي وَبَيۡنَكُمۡۗ وَٱللَّهُ أَعۡلَمُ بِٱلظَّٰلِمِينَ

    Open ayah 6:58

    भनिदेऊ– “जसकोलागि तिमीहरू हतार गर्दैछौ यदि त्यो चिज मसँग भएको भए म र तिमीहरूकाबीच (उहिल्यै) फैसला भइसक्ने थियो ।” र, अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछन् ।

  59. ۞وَعِندَهُۥ مَفَاتِحُ ٱلۡغَيۡبِ لَا يَعۡلَمُهَآ إِلَّا هُوَۚ وَيَعۡلَمُ مَا فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِۚ وَمَا تَسۡقُطُ مِن وَرَقَةٍ إِلَّا يَعۡلَمُهَا وَلَا حَبَّةٖ فِي ظُلُمَٰتِ ٱلۡأَرۡضِ وَلَا رَطۡبٖ وَلَا يَابِسٍ إِلَّا فِي كِتَٰبٖ مُّبِينٖ

    Open ayah 6:59

    र परोक्षका साँचाहरू उनैसँग रहेका छन् जुन उनीबाहेक कोही पनि जान्दैन । जमीन तथा पानीमा जेजति छन् उनलाई थाहा छ । यस्तो हुनै सक्दैन कि कुनै पात झर्यो तर उनलाई थाहा नै नहोस् । धर्तीको अन्धकारमा कुनै यस्तो दाना वा कुनै काँचो वा पाकेको चिज छैन जसको विवरण एउटा स्पष्ट किताबमा अंकित नहोस् ।

  60. وَهُوَ ٱلَّذِي يَتَوَفَّىٰكُم بِٱلَّيۡلِ وَيَعۡلَمُ مَا جَرَحۡتُم بِٱلنَّهَارِ ثُمَّ يَبۡعَثُكُمۡ فِيهِ لِيُقۡضَىٰٓ أَجَلٞ مُّسَمّٗىۖ ثُمَّ إِلَيۡهِ مَرۡجِعُكُمۡ ثُمَّ يُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ 

    Open ayah 6:60

    उनै हुन् जसले रातमा तिमीहरूको प्राणलाई नियन्त्रित गर्दछन् र दिनमा जेजति गर्छौ त्यसको जानकारी राख्छन् अनि दिनमा तिमीहरूलाई उठाउँछन् ताकि निर्धारित अवधि पूरा हुन सकोस् । अनि तिमीहरू उनैतर्फ फर्केर जानेछौ । र उनले तिमीहरूलाई तिमीहरूले गर्ने गरेका कार्यबारे बताउनेछन् ।

  61. وَهُوَ ٱلۡقَاهِرُ فَوۡقَ عِبَادِهِۦۖ وَيُرۡسِلُ عَلَيۡكُمۡ حَفَظَةً حَتَّىٰٓ إِذَا جَآءَ أَحَدَكُمُ ٱلۡمَوۡتُ تَوَفَّتۡهُ رُسُلُنَا وَهُمۡ لَا يُفَرِّطُونَ

    Open ayah 6:61

    अनि, आफ्ना भक्तहरूमाथि उनको पूर्ण प्रभुत्व प्राप्त छ र उनी तिमीहरूको हेरचाहकालागि संरक्षक (फरिश्ता) पठाउँछन् । यहाँसम्मकि जब तिमीहरूमध्ये कसैको मृत्यु आइपुग्छ तब हामीले पठाएका (फरिश्ता) ले उसको आत्मालाई कब्जा गर्छ । र, उनीहरू आफ्नो कार्यमा कुनै ढिलासुस्ती गर्दैनन् ।

  62. ثُمَّ رُدُّوٓاْ إِلَى ٱللَّهِ مَوۡلَىٰهُمُ ٱلۡحَقِّۚ أَلَا لَهُ ٱلۡحُكۡمُ وَهُوَ أَسۡرَعُ ٱلۡحَٰسِبِينَ

    Open ayah 6:62

    फेरि ती सबै आफ्ना वास्तविक स्वामी अल्लाहतर्फ नै फर्काइनेछन् । सावधान ! फैसलाको पूर्ण अधिकार उनलाई मात्र छ । र, उनी छिटै हिसाब लिनेवाला छन् ।

  63. قُلۡ مَن يُنَجِّيكُم مِّن ظُلُمَٰتِ ٱلۡبَرِّ وَٱلۡبَحۡرِ تَدۡعُونَهُۥ تَضَرُّعٗا وَخُفۡيَةٗ لَّئِنۡ أَنجَىٰنَا مِنۡ هَٰذِهِۦ لَنَكُونَنَّ مِنَ ٱلشَّٰكِرِينَ

    Open ayah 6:63

    सोध– “जमीन तथा पानीका अन्धकारहरूबाट तिमीहरूलाई कसले बचाउँछ जसलाई तिमीहरूले विनयपूर्वक तथा गुप्तरूपमा पुकार्दछौ ? (कसलाई भन्छौ कि) उनले हाम्रो उद्धार गरे भने हामी अवश्य नै कृतज्ञहरूमध्ये हुनेछौं ।”

  64. قُلِ ٱللَّهُ يُنَجِّيكُم مِّنۡهَا وَمِن كُلِّ كَرۡبٖ ثُمَّ أَنتُمۡ تُشۡرِكُونَ

    Open ayah 6:64

    भनिदेऊ– “अल्लाहले नै तिमीहरूलाई यसबाट र सबै कष्टहरुबाट मुक्ति प्रदान गर्छन् तर तिमीहरू भने साझेदार बनाउने गर्छौ ।”

  65. قُلۡ هُوَ ٱلۡقَادِرُ عَلَىٰٓ أَن يَبۡعَثَ عَلَيۡكُمۡ عَذَابٗا مِّن فَوۡقِكُمۡ أَوۡ مِن تَحۡتِ أَرۡجُلِكُمۡ أَوۡ يَلۡبِسَكُمۡ شِيَعٗا وَيُذِيقَ بَعۡضَكُم بَأۡسَ بَعۡضٍۗ ٱنظُرۡ كَيۡفَ نُصَرِّفُ ٱلۡأٓيَٰتِ لَعَلَّهُمۡ يَفۡقَهُونَ

    Open ayah 6:65

    भनिदेऊ– “उनी तिमीहरूकालागि माथितिरबाट वा खुट्टामुनि तिरबाट यातना पठाउने सामथ्र्य राख्दछन् वा तिमीहरूलाई विभिन्न सम्प्रदायमा विभाजन गरी परस्पर भिडन्त गराउने तथा एक सम्प्रदायलाई अर्को सम्प्रदायको शक्तिको स्वाद चखाउने सामथ्र्य पनि राख्दछन् ।” हेर, हामी कसरी आयतहरू विभिन्न ढङ्गले प्रस्तुत गर्दैछौं ताकि तिनीहरूले बुझ्न सकून् । ,

  66. وَكَذَّبَ بِهِۦ قَوۡمُكَ وَهُوَ ٱلۡحَقُّۚ قُل لَّسۡتُ عَلَيۡكُم بِوَكِيلٖ

    Open ayah 6:66

    तिम्रो समुदायका मानिसहरूले यसलाई इन्कार गरे जबकि यो सत्य हो । भनिदेऊ–“म तिमीहरूकोलागि हवलदार बनाइएको छैन ।”

  67. لِّكُلِّ نَبَإٖ مُّسۡتَقَرّٞۚ وَسَوۡفَ تَعۡلَمُونَ

    Open ayah 6:67

    हरेक कुराकालागि एउटा समय तोकिएको छ र तिमीहरू चाँडै नै जान्नेछौ ।

  68. وَإِذَا رَأَيۡتَ ٱلَّذِينَ يَخُوضُونَ فِيٓ ءَايَٰتِنَا فَأَعۡرِضۡ عَنۡهُمۡ حَتَّىٰ يَخُوضُواْ فِي حَدِيثٍ غَيۡرِهِۦۚ وَإِمَّا يُنسِيَنَّكَ ٱلشَّيۡطَٰنُ فَلَا تَقۡعُدۡ بَعۡدَ ٱلذِّكۡرَىٰ مَعَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 6:68

    र, तिनीहरूलाई हाम्रा आयतहरूबारे व्यर्थ बकवास गरेको पायौ भने तिनीहरू कुनै अर्को विषयमा नलागेसम्म तिनीहरूबाट अलग बस । र, तिमीलाई शैतानले भुलायो भने याद आउनासाथ ती अत्याचारी मानिसहरूसँग नबस ।

  69. وَمَا عَلَى ٱلَّذِينَ يَتَّقُونَ مِنۡ حِسَابِهِم مِّن شَيۡءٖ وَلَٰكِن ذِكۡرَىٰ لَعَلَّهُمۡ يَتَّقُونَ

    Open ayah 6:69

    तिनीहरूको हिसाबको सम्बन्धमा ईशभय राख्नेहरूमाथि कुनै उत्तरदायित्व छैन सिवाय उपदेश दिनु ताकि तिनीहरू डराऊन् ।

  70. وَذَرِ ٱلَّذِينَ ٱتَّخَذُواْ دِينَهُمۡ لَعِبٗا وَلَهۡوٗا وَغَرَّتۡهُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَاۚ وَذَكِّرۡ بِهِۦٓ أَن تُبۡسَلَ نَفۡسُۢ بِمَا كَسَبَتۡ لَيۡسَ لَهَا مِن دُونِ ٱللَّهِ وَلِيّٞ وَلَا شَفِيعٞ وَإِن تَعۡدِلۡ كُلَّ عَدۡلٖ لَّا يُؤۡخَذۡ مِنۡهَآۗ أُوْلَٰٓئِكَ ٱلَّذِينَ أُبۡسِلُواْ بِمَا كَسَبُواْۖ لَهُمۡ شَرَابٞ مِّنۡ حَمِيمٖ وَعَذَابٌ أَلِيمُۢ بِمَا كَانُواْ يَكۡفُرُونَ 

    Open ayah 6:70

    अनि, तिनीहरूलाई छोडिदेऊ जसले आफ्नो धर्मलाई खेल तमाशा बनाएका छन्, र जसलाई सांसारिक जीवनले धोकामा पारेको छ । र, तिनीहरूलाई यस (कुरआन) द्वारा नसीहत गर ताकि कुनै व्यक्ति आफ्नो कुकर्मको कारणले बरबाद नहोस् । अल्लाहबाहेक न उसको कोही संरक्षक–मित्र न सिफारिशकर्ता नै हुनेछ । र, उसले क्षतिपूर्ति स्वरूप सर्वस्व दिए पनि स्वीकार गरिने छैन । यी तिनै हुन् जसलाई तिनीहरुकै कुकर्मको कारणबाट बरबाद पारिनेछ । तिनीहरूको आफ्नै कुफ्र (अनास्था प्रदर्शन) को कारण तिनीहरूकालागि उम्लँदो तरल पदार्थ तथा दुखद यातना रहेकोछ ।

  71. قُلۡ أَنَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُنَا وَلَا يَضُرُّنَا وَنُرَدُّ عَلَىٰٓ أَعۡقَابِنَا بَعۡدَ إِذۡ هَدَىٰنَا ٱللَّهُ كَٱلَّذِي ٱسۡتَهۡوَتۡهُ ٱلشَّيَٰطِينُ فِي ٱلۡأَرۡضِ حَيۡرَانَ لَهُۥٓ أَصۡحَٰبٞ يَدۡعُونَهُۥٓ إِلَى ٱلۡهُدَى ٱئۡتِنَاۗ قُلۡ إِنَّ هُدَى ٱللَّهِ هُوَ ٱلۡهُدَىٰۖ وَأُمِرۡنَا لِنُسۡلِمَ لِرَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 6:71

    हे सन्देष्टा ! सोध– “के हामी अल्लाहलाई छोडी त्यसलाई पुकारौं जसले हामीलाई न कुनै लाभ पुर्याउन सक्छ न हानि नै ? र, अल्लाहले हामीलाई सीधा मार्ग देखाइसकेको अवस्थामा के अब हामी उल्टो पाउ फिरौं ? के हामीले आफ्नो अवस्था त्यस व्यक्तिको जस्तो बनाऔं जसलाई शैतानहरूले मरुभूमिमा पथभ्रष्ट गरी छाडिदिएका होऊन् र उसका साथीहरूले उसलाई सीधा मार्गतिर डाकिरहेका होऊन् कि हामीतर्फ आऊ ?” भनिदेऊ– “वास्तविक मार्गदर्शन त अल्लाहको मार्गदर्शन हो । र, हामीलाई सम्पूर्ण जगत्का प्रभुसामु आत्मसमर्पण गर्ने आदेश भएको छ ।”

  72. وَأَنۡ أَقِيمُواْ ٱلصَّلَوٰةَ وَٱتَّقُوهُۚ وَهُوَ ٱلَّذِيٓ إِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 6:72

    अनि, (यो आदेश पनि दिइएको छ कि) नमाज कायम गर, उनैसँग डराऊ र उनैकहाँ तिमीहरू एकत्रित गरिनेछौ ।

  73. وَهُوَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۖ وَيَوۡمَ يَقُولُ كُن فَيَكُونُۚ قَوۡلُهُ ٱلۡحَقُّۚ وَلَهُ ٱلۡمُلۡكُ يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِۚ عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ

    Open ayah 6:73

    र, उनै हुन् जसले आकाशहरू तथा पृथ्वी न्यायसंगत रचना गरे र जुन दिन उनले भन्नेछन् ‘भइहाल’ तब त्यो हुनेछ । उनको वचन सत्य हो । र, जुन दिन ‘सूर’ (नरसिङ्घा) फुकिनेछ त्यसदिन उनकै शासन हुनेछ । उनी अदृश्य तथा दृश्य सबै जान्दछन् । र, उनी तत्वदर्शी तथा सुसूचित छन् ।

  74. ۞وَإِذۡ قَالَ إِبۡرَٰهِيمُ لِأَبِيهِ ءَازَرَ أَتَتَّخِذُ أَصۡنَامًا ءَالِهَةً إِنِّيٓ أَرَىٰكَ وَقَوۡمَكَ فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 6:74

    र, स्मरण गर जब इब्राहीमले आफ्ना पिता आजरलाई भने– “के तपाईं मूर्तिहरूलाई उपास्य बनाउनु हुन्छ ? म त तपाई र तपाईको समुदायका मानिसहरुलाई स्पष्ट पथभ्रष्टतामा देख्दैछु ।

  75. وَكَذَٰلِكَ نُرِيٓ إِبۡرَٰهِيمَ مَلَكُوتَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلِيَكُونَ مِنَ ٱلۡمُوقِنِينَ

    Open ayah 6:75

    र, इब्राहीमलाई यसरी हामीले पृथ्वी एवं आकाशहरूको राज्य–व्यवस्था देखायौं ताकि उनी आस्थावानहरूमध्येका बनून् ।

  76. فَلَمَّا جَنَّ عَلَيۡهِ ٱلَّيۡلُ رَءَا كَوۡكَبٗاۖ قَالَ هَٰذَا رَبِّيۖ فَلَمَّآ أَفَلَ قَالَ لَآ أُحِبُّ ٱلۡأٓفِلِينَ

    Open ayah 6:76

    जब रात पर्यो उनले एउटा तारा देखे र भने– “यो मेराे स्वामी हो ।” अनि, जब त्यो अस्तायो तब उनले भने– “म अस्ताउने वस्तुलाई मन पराउँदिन ।”

  77. فَلَمَّا رَءَا ٱلۡقَمَرَ بَازِغٗا قَالَ هَٰذَا رَبِّيۖ فَلَمَّآ أَفَلَ قَالَ لَئِن لَّمۡ يَهۡدِنِي رَبِّي لَأَكُونَنَّ مِنَ ٱلۡقَوۡمِ ٱلضَّآلِّينَ

    Open ayah 6:77

    त्यसपछि उनले उज्यालो चन्द्रमा देखे र भने– “यो नै मेराे स्वामी हो ।” अनि, जब त्यो अस्तायो तब उनले भने– “मेरा पालनकर्ताले मलाई सत्मार्ग देखाएनन् भने म निश्चय नै पथभ्रष्टहरूमध्येको हुनेछु ।”

  78. فَلَمَّا رَءَا ٱلشَّمۡسَ بَازِغَةٗ قَالَ هَٰذَا رَبِّي هَٰذَآ أَكۡبَرُۖ فَلَمَّآ أَفَلَتۡ قَالَ يَٰقَوۡمِ إِنِّي بَرِيٓءٞ مِّمَّا تُشۡرِكُونَ

    Open ayah 6:78

    तत्पश्चात् जब उनले सूर्यलाई प्रकाशमान देखे तब उनले भने– “यो मेराे स्वामी हो । यो त सबभन्दा ठूला रहेछ ।” जब त्यो पनि अस्तायो तब उनले भने– “हे मेरा समुदायका दाजुभाइहरू हो ! मेरो त्यसमा कुनै सरोकार छैन जसलाई तिमीहरू साझेदार बनाउँछौ ।”

  79. إِنِّي وَجَّهۡتُ وَجۡهِيَ لِلَّذِي فَطَرَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ حَنِيفٗاۖ وَمَآ أَنَا۠ مِنَ ٱلۡمُشۡرِكِينَ

    Open ayah 6:79

    “मैले दत्तचित्त भई आफ्नो अनुहार त्यसतर्फ गरेको छु जसले आकाशहरू तथा पृथ्वीको रचना गरे । र, म कदापि मुश्रिकहरूमध्ये होइन ।”

  80. وَحَآجَّهُۥ قَوۡمُهُۥۚ قَالَ أَتُحَٰٓجُّوٓنِّي فِي ٱللَّهِ وَقَدۡ هَدَىٰنِۚ وَلَآ أَخَافُ مَا تُشۡرِكُونَ بِهِۦٓ إِلَّآ أَن يَشَآءَ رَبِّي شَيۡـٔٗاۚ وَسِعَ رَبِّي كُلَّ شَيۡءٍ عِلۡمًاۚ أَفَلَا تَتَذَكَّرُونَ 

    Open ayah 6:80

    उनका समुदायका मानिसहरूले उनीसँग वादविवाद गर्न थालेपछि उनले भने– “के तिमीहरू मसँग अल्लाहको विषयमा वादविवाद गर्छौ जबकि उनले मलाई सीधा मार्ग देखाएका छन् ? र, म तिमीहरूले रचेका साझेदारहरूसँग डराउदिन । अँ, मेरा स्वामी केही चाहन्छन् भने (त्यो बेग्लै कुरा हो) । मेरा मालिक सबै चिजको ज्ञान राख्दछन् । के तिमीहरू सम्झदैनौ ?”

  81. وَكَيۡفَ أَخَافُ مَآ أَشۡرَكۡتُمۡ وَلَا تَخَافُونَ أَنَّكُمۡ أَشۡرَكۡتُم بِٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ عَلَيۡكُمۡ سُلۡطَٰنٗاۚ فَأَيُّ ٱلۡفَرِيقَيۡنِ أَحَقُّ بِٱلۡأَمۡنِۖ إِن كُنتُمۡ تَعۡلَمُونَ

    Open ayah 6:81

    र, म तिमीहरूले रचेका साझेदारहरूसँग कसरी डराऊँ जबकि तिमीहरू अल्लाहको साझेदार रच्न डराउँदैनौ जसकालागि अल्लाहले तिमीहरूमाथि कुनै प्रमाण अवतरित गरेका नै छैनन् । अनि हामी दुवै समूहमध्ये को बढी निश्चिन्तताको अधिकारी हौं ? यदि तिमीहरूलाई ज्ञान छ (भने बताऊ) ।

  82. ٱلَّذِينَ ءَامَنُواْ وَلَمۡ يَلۡبِسُوٓاْ إِيمَٰنَهُم بِظُلۡمٍ أُوْلَٰٓئِكَ لَهُمُ ٱلۡأَمۡنُ وَهُم مُّهۡتَدُونَ

    Open ayah 6:82

    जुन मानिसहरूले ईमान ल्याए र आफ्नो ईमानलाई अन्यायसित मिसाएनन् निश्चिन्तता (शान्ति) तिनीहरूकालागि हो र तिनीहरू नै सत्मार्गमा छन् ।

  83. وَتِلۡكَ حُجَّتُنَآ ءَاتَيۡنَٰهَآ إِبۡرَٰهِيمَ عَلَىٰ قَوۡمِهِۦۚ نَرۡفَعُ دَرَجَٰتٖ مَّن نَّشَآءُۗ إِنَّ رَبَّكَ حَكِيمٌ عَلِيمٞ

    Open ayah 6:83

    र, यो हाम्रो त्यो तर्क हो जुन हामीले इब्राहीमलाई उनका जातिका मानिसहरूविरुद्ध प्रदान गर्यौं । हामी जसलाई चाहन्छौं त्यसको स्थान उच्च पार्दछौं । निस्सन्देह तिम्रा स्वामी तत्वदर्शी एवं सर्वज्ञ छन् ।

  84. وَوَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَۚ كُلًّا هَدَيۡنَاۚ وَنُوحًا هَدَيۡنَا مِن قَبۡلُۖ وَمِن ذُرِّيَّتِهِۦ دَاوُۥدَ وَسُلَيۡمَٰنَ وَأَيُّوبَ وَيُوسُفَ وَمُوسَىٰ وَهَٰرُونَۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ

    Open ayah 6:84

    अनि, हामीले इब्राहीमलाई इस्हाक तथा यअ्कूब प्रदान गर्यौं । सबैको पथप्रदर्शन गर्यौं र नूहलाई पनि हामीले यसभन्दा अघि मार्गदर्शन गरेका थियौं तथा उनका सन्तानहरूमध्ये हामीले दाऊद, सुलैमान, ऐय्यूब, यूसुफ, मूसा एवं हारूनलाई पनि । यसरी नै हामी सुकर्मीहरूलाई प्रतिदान प्रदान गर्छौं ।

  85. وَزَكَرِيَّا وَيَحۡيَىٰ وَعِيسَىٰ وَإِلۡيَاسَۖ كُلّٞ مِّنَ ٱلصَّٰلِحِينَ

    Open ayah 6:85

    र जकरिय्या र यहया र ईसा तथा इल्यासलाई पनि (सत्मार्ग देखायौं) । यी सबै सत्कर्मीहरू थिए ।

  86. وَإِسۡمَٰعِيلَ وَٱلۡيَسَعَ وَيُونُسَ وَلُوطٗاۚ وَكُلّٗا فَضَّلۡنَا عَلَى ٱلۡعَٰلَمِينَ

    Open ayah 6:86

    इस्माईल, अल–यसअ, यूनुस र लूतलाई पनि (सत्मार्ग देखायौं) । सबैलाई हामीले संसारबासीहरूमाथि प्रधानता प्रदान गर्यौं ।

  87. وَمِنۡ ءَابَآئِهِمۡ وَذُرِّيَّٰتِهِمۡ وَإِخۡوَٰنِهِمۡۖ وَٱجۡتَبَيۡنَٰهُمۡ وَهَدَيۡنَٰهُمۡ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 6:87

    र, तिनीहरुका पूर्वज, सन्तान तथा दाजुभाइहरूमध्ये धेरैलाई पनि; हामीले यिनीहरूलाई चयन गर्यौं र सीधा मार्ग देखायौं ।

  88. ذَٰلِكَ هُدَى ٱللَّهِ يَهۡدِي بِهِۦ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۚ وَلَوۡ أَشۡرَكُواْ لَحَبِطَ عَنۡهُم مَّا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 6:88

    यो अल्लाहको मार्गदर्शन हो । उनी आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छन् सत्मार्ग प्रदान गर्छन् । यदि यिनीहरूले शिर्क गरेका भए यिनीहरूले गरेका सबै सत्कर्महरू बेकारका हुने थिए ।

  89. أُوْلَٰٓئِكَ ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ وَٱلۡحُكۡمَ وَٱلنُّبُوَّةَۚ فَإِن يَكۡفُرۡ بِهَا هَٰٓؤُلَآءِ فَقَدۡ وَكَّلۡنَا بِهَا قَوۡمٗا لَّيۡسُواْ بِهَا بِكَٰفِرِينَ

    Open ayah 6:89

    यी ती मानिसहरू हुन् जसलाई हामीले ग्रन्थ, निर्णयाधिकार र ईशदूतत्व प्रदान गर्यौं । अहिले पनि यदि तिनीहरू यसको इन्कार गर्छन् भने हामीले त्यस (मार्गदर्शन) को लागि यस्ता मानिसहरू चयन गरेका छौं जसले इन्कार गर्ने छैनन् ।

  90. أُوْلَٰٓئِكَ ٱلَّذِينَ هَدَى ٱللَّهُۖ فَبِهُدَىٰهُمُ ٱقۡتَدِهۡۗ قُل لَّآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًاۖ إِنۡ هُوَ إِلَّا ذِكۡرَىٰ لِلۡعَٰلَمِينَ 

    Open ayah 6:90

    यी तिनीहरू हुन् जसलाई अल्लाहले बाटो देखाए । तसर्थ तिमी पनि तिनीहरुकै तरीकाको अनुसरण गर । भनिदेऊ– “म तिमीहरूसँग यसको कुनै प्रतिदान माग्दिन । यो त सम्पूर्ण संसारबासीका लागि उपदेश मात्र हो ।”

  91. وَمَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦٓ إِذۡ قَالُواْ مَآ أَنزَلَ ٱللَّهُ عَلَىٰ بَشَرٖ مِّن شَيۡءٖۗ قُلۡ مَنۡ أَنزَلَ ٱلۡكِتَٰبَ ٱلَّذِي جَآءَ بِهِۦ مُوسَىٰ نُورٗا وَهُدٗى لِّلنَّاسِۖ تَجۡعَلُونَهُۥ قَرَاطِيسَ تُبۡدُونَهَا وَتُخۡفُونَ كَثِيرٗاۖ وَعُلِّمۡتُم مَّا لَمۡ تَعۡلَمُوٓاْ أَنتُمۡ وَلَآ ءَابَآؤُكُمۡۖ قُلِ ٱللَّهُۖ ثُمَّ ذَرۡهُمۡ فِي خَوۡضِهِمۡ يَلۡعَبُونَ

    Open ayah 6:91

    र, उनीहरूले अल्लाहको सही कदर गरेनन् जब तिनीहरूले भने– “अल्लाहले कुनै मनुष्यमाथि केही अवतरित गरेका छैनन् ।” सोध– “त्यो ग्रन्थ कसले अवतरित गर्यो जुन मूसाले मनुष्यहरुकालागि दिव्यप्रकाश तथा मार्गदर्शनको हैसियतले ल्याएका थिए; जसलाई तिमीहरूले अलग अलग पानाहरूमा राखेका छौ; जसमध्ये केही व्यक्त गर्छौ अनि अधिकांश लुकाउँछौ, र तिमीहरूलाई त्यो सिकाइयो जसको बारेमा न तिमीहरूलाई थाहा थियो न तिम्रा पुर्खाहरूलाई नै ?” भनिदेऊ– “अल्लाहले (अवतरित गरे) ।” अनि, तिनीहरूलाई तिनका कुकर्मको खेलमा नै मग्न रहन देऊ ।

  92. وَهَٰذَا كِتَٰبٌ أَنزَلۡنَٰهُ مُبَارَكٞ مُّصَدِّقُ ٱلَّذِي بَيۡنَ يَدَيۡهِ وَلِتُنذِرَ أُمَّ ٱلۡقُرَىٰ وَمَنۡ حَوۡلَهَاۚ وَٱلَّذِينَ يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ يُؤۡمِنُونَ بِهِۦۖ وَهُمۡ عَلَىٰ صَلَاتِهِمۡ يُحَافِظُونَ

    Open ayah 6:92

    अनि, यो हो ग्रन्थ जुन हामीले अवतरित गरेका छौं जुन बरकतयुक्त (मङ्गलमय) छ र यसभन्दा पहिले अवतरण गरिएको (ईशग्रन्थहरू) को पुष्टि गर्दछ, र जुन यस उद्देश्यले (अवतरित गरिएको हो) कि तिमीले शहरहरूको यस केन्द्र (मक्का) तथा त्यस वरपर बसोबास गर्नेहरूलाई सचेत गर्न सक । र, जो आखिरत माथि ईमान राख्दछन् तिनीहरू यस ग्रन्थमा पनि ईमान राख्दछन् । र, तिनीहरू आफ्ना नमाजहरूको रक्षा गर्दछन् ।

  93. وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ قَالَ أُوحِيَ إِلَيَّ وَلَمۡ يُوحَ إِلَيۡهِ شَيۡءٞ وَمَن قَالَ سَأُنزِلُ مِثۡلَ مَآ أَنزَلَ ٱللَّهُۗ وَلَوۡ تَرَىٰٓ إِذِ ٱلظَّٰلِمُونَ فِي غَمَرَٰتِ ٱلۡمَوۡتِ وَٱلۡمَلَٰٓئِكَةُ بَاسِطُوٓاْ أَيۡدِيهِمۡ أَخۡرِجُوٓاْ أَنفُسَكُمُۖ ٱلۡيَوۡمَ تُجۡزَوۡنَ عَذَابَ ٱلۡهُونِ بِمَا كُنتُمۡ تَقُولُونَ عَلَى ٱللَّهِ غَيۡرَ ٱلۡحَقِّ وَكُنتُمۡ عَنۡ ءَايَٰتِهِۦ تَسۡتَكۡبِرُونَ

    Open ayah 6:93

    र, त्योभन्दा ठूलो अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या आरोप लगाउँछ वा आफूमाथि वह्य आएको छ भन्ने दावी गर्छ जबकि त्यसमाथि कुनै प्रकाशना अवतरित गरिएकै हुँदैन र जसले “अल्लाहले अवतरण गरेको ग्रन्थझैं म पनि अवतरित गरी देखाइदिन्छु” भन्छ ? कठै, त्यो समय तिमीले देख्न पाउने भए जब अत्याचारीहरू मृत्युवेदनामा हुनेछन् र फरिश्ताहरू आफ्ना हात फैलाउँदै भन्नेछन् “त्याग आफ्ना प्राणहरू ! आज अल्लाहविरुद्ध असत्य कुरा भनेकाले र उनका आयतहरूका बारेमा उद्दण्डता देखाएकाले तिमीहरूलाई अपमानजनक यातना दिइनेछ ।”

  94. وَلَقَدۡ جِئۡتُمُونَا فُرَٰدَىٰ كَمَا خَلَقۡنَٰكُمۡ أَوَّلَ مَرَّةٖ وَتَرَكۡتُم مَّا خَوَّلۡنَٰكُمۡ وَرَآءَ ظُهُورِكُمۡۖ وَمَا نَرَىٰ مَعَكُمۡ شُفَعَآءَكُمُ ٱلَّذِينَ زَعَمۡتُمۡ أَنَّهُمۡ فِيكُمۡ شُرَكَٰٓؤُاْۚ لَقَد تَّقَطَّعَ بَيۡنَكُمۡ وَضَلَّ عَنكُم مَّا كُنتُمۡ تَزۡعُمُونَ

    Open ayah 6:94

    (अल्लाहले भन्नेछन्) तिमीहरू एक्ला–एक्लै हामीसमक्ष उपस्थित भएका छौ जसरी तिमीहरूलाई शुरुमा हामीले सृष्टि गरेका थियौं । र, हामीले तिमीहरूलाई जे प्रदान गरेका थियौं त्यो आफूपछि छोडेर आयौ र हामीले तिम्रा ती सिफारिशकर्ताहरूलाई पनि देखिरहेका छैनौं जसलाई तिमीहरूले आफ्नो विषयमा हाम्रो समकक्षी ठानेका थियौ । तिमीहरूको सम्पूर्ण सम्बन्ध विच्छेद भयो र जुन दावी तिमीहरू गर्थ्यौ ती सबै गुमे ।

  95. ۞إِنَّ ٱللَّهَ فَالِقُ ٱلۡحَبِّ وَٱلنَّوَىٰۖ يُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَمُخۡرِجُ ٱلۡمَيِّتِ مِنَ ٱلۡحَيِّۚ ذَٰلِكُمُ ٱللَّهُۖ فَأَنَّىٰ تُؤۡفَكُونَ

    Open ayah 6:95

    अल्लाहले नै अन्नका दाना तथा खजुरको गेडालाई अंकुरित पार्छन् । उनैले निर्जीवबाट सजीवलाई तथा सजीवबाट निर्जीवलाई निकाल्छन् । यी सम्पूर्ण कार्यहरू गर्ने अल्लाह हुँदा हुँदै कता बहकिंदैछौ ?

  96. فَالِقُ ٱلۡإِصۡبَاحِ وَجَعَلَ ٱلَّيۡلَ سَكَنٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ حُسۡبَانٗاۚ ذَٰلِكَ تَقۡدِيرُ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ

    Open ayah 6:96

    उनी बिहानी ल्याउँछन् । उनले नै रातलाई विश्रामको समय बनाए र उनले नै सूर्य तथा चन्द्रमालाई गन्तीको माध्यम बनाए । यी सबै उनै शक्तिशाली तथा सर्वज्ञले निर्धारित गरेका विधीहरू हुन् ।

  97. وَهُوَ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلنُّجُومَ لِتَهۡتَدُواْ بِهَا فِي ظُلُمَٰتِ ٱلۡبَرِّ وَٱلۡبَحۡرِۗ قَدۡ فَصَّلۡنَا ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡلَمُونَ

    Open ayah 6:97

    र, उनै हुन् जसले तिमीहरूकालागि ताराहरूलाई स्थल तथा जलका अन्धकारहरूमा मार्ग पत्तालगाउने साधन बनाए । र, ज्ञानीहरूकालागि हामीले निशानीहरूबारे प्रस्टसँग बयान गरिदिएका छौं ।

  98. وَهُوَ ٱلَّذِيٓ أَنشَأَكُم مِّن نَّفۡسٖ وَٰحِدَةٖ فَمُسۡتَقَرّٞ وَمُسۡتَوۡدَعٞۗ قَدۡ فَصَّلۡنَا ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَفۡقَهُونَ

    Open ayah 6:98

    र, उनै हुन् जसले तिमीहरूलाई एउटै ज्यानबाट सृष्टि गरे अनि सबैकालागि एउटा बस्ने ठाउँ र एउटा सुम्पिने ठाउँ छ । र, हामीले विवेकशीलकालागि निशानीहरूबारे प्रस्टसँग बयान गरेका छौं ।

  99. وَهُوَ ٱلَّذِيٓ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجۡنَا بِهِۦ نَبَاتَ كُلِّ شَيۡءٖ فَأَخۡرَجۡنَا مِنۡهُ خَضِرٗا نُّخۡرِجُ مِنۡهُ حَبّٗا مُّتَرَاكِبٗا وَمِنَ ٱلنَّخۡلِ مِن طَلۡعِهَا قِنۡوَانٞ دَانِيَةٞ وَجَنَّٰتٖ مِّنۡ أَعۡنَابٖ وَٱلزَّيۡتُونَ وَٱلرُّمَّانَ مُشۡتَبِهٗا وَغَيۡرَ مُتَشَٰبِهٍۗ ٱنظُرُوٓاْ إِلَىٰ ثَمَرِهِۦٓ إِذَآ أَثۡمَرَ وَيَنۡعِهِۦٓۚ إِنَّ فِي ذَٰلِكُمۡ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ

    Open ayah 6:99

    र, उनै हुन् जसले आकाशबाट पानी बर्साए । त्यसपछि हामीले त्यसबाट धेरै किसिमका बनस्पतिहरु उब्जायौं । अनि, हामीले त्यसबाट हरिया घाँसपात तथा रुख–विरुवाहरू उब्जायौं जसबाट झुप्पाका झुप्पा दानाहरू पैदा भए; त्यस्तै खजुरका गाभाहरूबाट झुण्डिएका झुप्पाका झुप्पा खजुर । अनि अंगुर, जैतून तथा अनारको बगैंचा बनायौं जसका फलहरू केही एक अर्कासँग मिल्दाजुल्दा र केही भिन्न भिन्न पनि छन् । सबैका फल हेर जब ती फल्छन् र जब ती पाक्छन् । निस्सन्देह यसमा आस्थावानहरूकालागि निशानीहरू छन् ।

  100. وَجَعَلُواْ لِلَّهِ شُرَكَآءَ ٱلۡجِنَّ وَخَلَقَهُمۡۖ وَخَرَقُواْ لَهُۥ بَنِينَ وَبَنَٰتِۭ بِغَيۡرِ عِلۡمٖۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يَصِفُونَ 

    Open ayah 6:100

    र, तिनीहरूले जिन्नहरूलाई अल्लाहसँग साझेदार ठहराए जबकि अल्लाहले नै तिनीहरूको सृष्टि गरेका हुन् । र, तिनीहरूले बिना ज्ञान अल्लाहका छोराछोरी ठहराए । उनी पवित्र तथा उच्च छन् तिनीहरूले भनिरहेका कुराहरूबाट ।

  101. بَدِيعُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ أَنَّىٰ يَكُونُ لَهُۥ وَلَدٞ وَلَمۡ تَكُن لَّهُۥ صَٰحِبَةٞۖ وَخَلَقَ كُلَّ شَيۡءٖۖ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ 

    Open ayah 6:101

    उनी आकाशहरू एवं पृथ्वीका आविष्कारक हुन् । उनको कुनै छोरो कसरी हुन सक्छ जबकि उनको कोही पत्नी छैन ? सम्पूर्ण चिज उनैले उत्पत्ति गरेका हुन् र उनी सबै चिज जान्दछन् ।

  102. ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡۖ لَآ إِلَٰهَ إِلَّا هُوَۖ خَٰلِقُ كُلِّ شَيۡءٖ فَٱعۡبُدُوهُۚ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ وَكِيلٞ 

    Open ayah 6:102

    उनै अल्लाह तिम्रा पालनकर्ता हुन् । उनीबाहेक कोही उपास्य छैन । उनी सबै चिजका रचयिता हुन् । अतः तिमीहरू उनकै दासत्व स्वीकार गर र उनी सबै चिजका व्यवस्थापक हुन् ।

  103. لَّا تُدۡرِكُهُ ٱلۡأَبۡصَٰرُ وَهُوَ يُدۡرِكُ ٱلۡأَبۡصَٰرَۖ وَهُوَ ٱللَّطِيفُ ٱلۡخَبِيرُ 

    Open ayah 6:103

    दृष्टिहरूले उनलाई पाउन सक्दैनन् तर उनले दृष्टिहरूलाई पाउछन् र उनी सूक्ष्मदर्शी एवं सचेत छन् ।

  104. قَدۡ جَآءَكُم بَصَآئِرُ مِن رَّبِّكُمۡۖ فَمَنۡ أَبۡصَرَ فَلِنَفۡسِهِۦۖ وَمَنۡ عَمِيَ فَعَلَيۡهَاۚ وَمَآ أَنَا۠ عَلَيۡكُم بِحَفِيظٖ 

    Open ayah 6:104

    निश्चय नै तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणहरू आइसकेका छन् । अनि विवेक प्रयोग गर्नेले आफैंलाई फाइदा पुर्याउनेछ अनि अन्धो बन्नेले आफैंलाई हानि पुर्याउनेछ । म तिमीहरूकालागि संरक्षक होइन ।

  105. وَكَذَٰلِكَ نُصَرِّفُ ٱلۡأٓيَٰتِ وَلِيَقُولُواْ دَرَسۡتَ وَلِنُبَيِّنَهُۥ لِقَوۡمٖ يَعۡلَمُونَ 

    Open ayah 6:105

    र, यसैगरी हामी आफ्ना प्रमाणहरू विभिन्न शैलीमा पेश गर्छौं र यस कारणले गर्छौ कि तिनी (काफिर) हरुले भनून् (हे मुहम्मद स.) तिमीले सिकेर आएकाछौ र यसकारणले कि ज्ञानी मान्छेहरूकालागि हामी यसलाई स्पष्ट पारौं ।

  106. ٱتَّبِعۡ مَآ أُوحِيَ إِلَيۡكَ مِن رَّبِّكَۖ لَآ إِلَٰهَ إِلَّا هُوَۖ وَأَعۡرِضۡ عَنِ ٱلۡمُشۡرِكِينَ 

    Open ayah 6:106

    (हे सन्देष्टा !) त्यस वह्यको अनुसरण गर जुन तिम्रो पालनकर्ताबाट तिमीमाथि अवतरित गरिएको छ । उनीबाहेक कोही उपास्य छैन । र, बहुदेववादीहरूलाई बेवास्ता गर ।

  107. وَلَوۡ شَآءَ ٱللَّهُ مَآ أَشۡرَكُواْۗ وَمَا جَعَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظٗاۖ وَمَآ أَنتَ عَلَيۡهِم بِوَكِيلٖ 

    Open ayah 6:107

    यदि अल्लाहले चाहेको भए तिनीहरूले शिर्क गर्ने थिएनन् । अनि, हामीले तिमीलाई तिनीहरूमाथि संरक्षक तैनात गरेका छैनौ र न तिमी तिनीहरूमाथि हवल्दार नै हौ ।

  108. وَلَا تَسُبُّواْ ٱلَّذِينَ يَدۡعُونَ مِن دُونِ ٱللَّهِ فَيَسُبُّواْ ٱللَّهَ عَدۡوَۢا بِغَيۡرِ عِلۡمٖۗ كَذَٰلِكَ زَيَّنَّا لِكُلِّ أُمَّةٍ عَمَلَهُمۡ ثُمَّ إِلَىٰ رَبِّهِم مَّرۡجِعُهُمۡ فَيُنَبِّئُهُم بِمَا كَانُواْ يَعۡمَلُونَ 

    Open ayah 6:108

    यी काफिरहरूले अल्लाहबाहेक जसलाइ पुकार्छन् त्यसलाई गाली नगर अन्यथा तिनीहरूले पनि सीमा उल्लङ्घन गर्दै अज्ञानतावश अल्लाहलाई गाली गर्नेछन् । यसैगरी हामीले हरेक समुदायकोलागि तिनीहरुको कर्मलाई शोभनीय बनाएका छौं । अनि, तिनीहरू तिनका पालनकर्ताकहाँ नै फर्केर जानुछ र तब उनले तिनीहरूलाई तिनीहरूका कर्मबारे बताउनेछन् ।

  109. وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَئِن جَآءَتۡهُمۡ ءَايَةٞ لَّيُؤۡمِنُنَّ بِهَاۚ قُلۡ إِنَّمَا ٱلۡأٓيَٰتُ عِندَ ٱللَّهِۖ وَمَا يُشۡعِرُكُمۡ أَنَّهَآ إِذَا جَآءَتۡ لَا يُؤۡمِنُونَ 

    Open ayah 6:109

    र, तिनीहरू अल्लाहको दृढ शपथ खाएर भन्छन्– यदि तिनीहरूसमक्ष कुनै निशानी आयो भने तिनीहरूले अवश्य त्यसमाथि ईमान ल्याउनेछन् । भनिदेऊ– “निशानीहरू अल्लाहकहाँ नै छन् ।” र, (हे आस्थावानहरू हो !) तिमीहरूलाई के थाहा निशानीहरू आउँदा पनि तिनीहरूले ईमान ल्याउने छैनन् ।

  110. وَنُقَلِّبُ أَفۡـِٔدَتَهُمۡ وَأَبۡصَٰرَهُمۡ كَمَا لَمۡ يُؤۡمِنُواْ بِهِۦٓ أَوَّلَ مَرَّةٖ وَنَذَرُهُمۡ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ 

    Open ayah 6:110

    र, हामी तिनीहरूका हृदय तथा आँखाहरूलाई उल्टापाल्टी पार्नेछौं, जस्तो कि तिनीहरूले पहिलो पल्ट ईमान ल्याएनन् । र, हामी तिनीहरूलाई तिनको उद्दण्डतामा नै बरालिन छोडिदिन्छौं ।

  111. ۞وَلَوۡ أَنَّنَا نَزَّلۡنَآ إِلَيۡهِمُ ٱلۡمَلَٰٓئِكَةَ وَكَلَّمَهُمُ ٱلۡمَوۡتَىٰ وَحَشَرۡنَا عَلَيۡهِمۡ كُلَّ شَيۡءٖ قُبُلٗا مَّا كَانُواْ لِيُؤۡمِنُوٓاْ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ يَجۡهَلُونَ

    Open ayah 6:111

    र, यदि हामीले तिनीहरूमाथि फरिश्ताहरू अवतरित गरिदिएको भए अनि मृतहरूले तिनीहरूसँग कुराकानी पनि गरेका भए अनि हामीले तिनीहरूसामु सम्पूर्ण चिज एकत्रित गरिदिएको भए पनि तिनीहरूले ईमान ल्याउने थिएनन् यदि अल्लाहले नै चाहेका भए बेग्लै कुरा थियो । तर, तिनीहरूमध्ये अधिकतम अज्ञानी छन् ।

  112. وَكَذَٰلِكَ جَعَلۡنَا لِكُلِّ نَبِيٍّ عَدُوّٗا شَيَٰطِينَ ٱلۡإِنسِ وَٱلۡجِنِّ يُوحِي بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٖ زُخۡرُفَ ٱلۡقَوۡلِ غُرُورٗاۚ وَلَوۡ شَآءَ رَبُّكَ مَا فَعَلُوهُۖ فَذَرۡهُمۡ وَمَا يَفۡتَرُونَ

    Open ayah 6:112

    र, यसरी नै हामीले प्रत्येक सन्देष्टाकोलागि मनुष्य तथा जिन्नहरु मध्येका शैतानहरूलाई शत्रु बनाएका थियौं जसले एक अर्कालाई कपटपूर्ण कुराहरूको परामर्श दिएर धोका दिने गर्थे । यदि तिम्रा पालनकर्ताले चाहेका भए तिनीहरूले त्यस्तो गर्ने थिएनन् । अतः तिनीहरू र तिनीहरुका षड्यन्त्रहरूलाई बेवास्ता गर ।

  113. وَلِتَصۡغَىٰٓ إِلَيۡهِ أَفۡـِٔدَةُ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ وَلِيَرۡضَوۡهُ وَلِيَقۡتَرِفُواْ مَا هُم مُّقۡتَرِفُونَ

    Open ayah 6:113

    र यस कारणले पनि कि आखिरतमाथि आस्था नराख्नेहरूको मनमस्तिष्कहरू तिनीहरूतर्फ नै आकर्षित होउन् र यिनीहरू त्यसैमा खुशी रहून् तथा तिनीहरूले गर्ने कामहरूमा यिनीहरू पनि लिप्त होऊन् ।

  114. أَفَغَيۡرَ ٱللَّهِ أَبۡتَغِي حَكَمٗا وَهُوَ ٱلَّذِيٓ أَنزَلَ إِلَيۡكُمُ ٱلۡكِتَٰبَ مُفَصَّلٗاۚ وَٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَعۡلَمُونَ أَنَّهُۥ مُنَزَّلٞ مِّن رَّبِّكَ بِٱلۡحَقِّۖ فَلَا تَكُونَنَّ مِنَ ٱلۡمُمۡتَرِينَ

    Open ayah 6:114

    अनि के म अल्लाहबाहेक अरू कुनै न्यायकर्ता खोजूँ जब कि उनले नै तिमीहरूमाथि विस्तृत ग्रन्थ अवतरित गरेका छन् ? र, जसलाई हामीले ग्रन्थ (तौरात) प्रदान गरेका थियौं त्यो तिम्रा पालनकर्ताको तर्फबाट न्यायसंगत ढंगले अवतरित गरिएको हो भनेर तिनीहरूलाई थाहा छ । अतः तिमी कदापि शंकालुहरूमध्ये नबन ।

  115. وَتَمَّتۡ كَلِمَتُ رَبِّكَ صِدۡقٗا وَعَدۡلٗاۚ لَّا مُبَدِّلَ لِكَلِمَٰتِهِۦۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 6:115

    र, तिम्रो पालनकर्ताको कुरा सत्य तथा न्यायपूर्ण छ । उनका आदेशहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन । र, उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  116. وَإِن تُطِعۡ أَكۡثَرَ مَن فِي ٱلۡأَرۡضِ يُضِلُّوكَ عَن سَبِيلِ ٱللَّهِۚ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَإِنۡ هُمۡ إِلَّا يَخۡرُصُونَ

    Open ayah 6:116

    (हे मुहम्मद (स.)!) धर्तीमा बसोबास गरिरहेका अधिकांश मानिसहरू अनुसार हिंड्यौ भने तिनीहरूले तिमीलाई अल्लाहको मार्गबाट हटाउनेछन् । तिनीहरू मात्र कपोलकल्पित कुरातर्फ लाग्छन् र अडकलबाजी गर्छन् ।

  117. إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ مَن يَضِلُّ عَن سَبِيلِهِۦۖ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ

    Open ayah 6:117

    निस्सन्देह तिम्रा पालनकर्ता आफ्नो मार्गबाट पथभ्रष्ट हुनेहरूसित राम्ररी अवगत छन्, र उनी मार्गदर्शन पाएकाहरूलाई पनि राम्ररी जान्दछन् ।

  118. فَكُلُواْ مِمَّا ذُكِرَ ٱسۡمُ ٱللَّهِ عَلَيۡهِ إِن كُنتُم بِـَٔايَٰتِهِۦ مُؤۡمِنِينَ

    Open ayah 6:118

    र, तिमीहरू उनका आयतहरूमाथि ईमान राख्छौ भने मात्र अल्लाहको नाम उच्चारण गरिएका जनावर खाऊ ।

  119. وَمَا لَكُمۡ أَلَّا تَأۡكُلُواْ مِمَّا ذُكِرَ ٱسۡمُ ٱللَّهِ عَلَيۡهِ وَقَدۡ فَصَّلَ لَكُم مَّا حَرَّمَ عَلَيۡكُمۡ إِلَّا مَا ٱضۡطُرِرۡتُمۡ إِلَيۡهِۗ وَإِنَّ كَثِيرٗا لَّيُضِلُّونَ بِأَهۡوَآئِهِم بِغَيۡرِ عِلۡمٍۚ إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِٱلۡمُعۡتَدِينَ

    Open ayah 6:119

    अनि के कारणले तिमीहरू ती जनावरहरू खादैनौ जसमा अल्लाहको नाम उच्चारण गरिएको छ जबकि अल्लाहले ती सबै जनावरहरूको विवरण स्पष्ट रूपमा तिमीहरूलाई बताइसकेका छन् जुन तिमीहरूकालागि निषेधित छ । यो बेग्लै कुरा हो कि तिमीहरू निषेधितको लागि बाध्यताको स्थितिमा पुग । र, अधिकांश मानिसहरू यस्ता छन् जो अज्ञानतामा आफ्ना निकृष्ट चाहनाले अरूलाई बहकाइरहेका छन् । निस्सन्देह तिम्रा पालनकर्ता सीमा उल्लङ्घनकारीहरूलाई राम्ररी जान्दछन् ।

  120. وَذَرُواْ ظَٰهِرَ ٱلۡإِثۡمِ وَبَاطِنَهُۥٓۚ إِنَّ ٱلَّذِينَ يَكۡسِبُونَ ٱلۡإِثۡمَ سَيُجۡزَوۡنَ بِمَا كَانُواْ يَقۡتَرِفُونَ 

    Open ayah 6:120

    र, तिमीहरू दृश्य तथा अदृश्य पापहरूलाई त्याग । जसले पाप गर्छन् तिनीहरूले चाँडै नै आफूले गरेका पापहरूको सजायँ पाउनेछन् ।

  121. وَلَا تَأۡكُلُواْ مِمَّا لَمۡ يُذۡكَرِ ٱسۡمُ ٱللَّهِ عَلَيۡهِ وَإِنَّهُۥ لَفِسۡقٞۗ وَإِنَّ ٱلشَّيَٰطِينَ لَيُوحُونَ إِلَىٰٓ أَوۡلِيَآئِهِمۡ لِيُجَٰدِلُوكُمۡۖ وَإِنۡ أَطَعۡتُمُوهُمۡ إِنَّكُمۡ لَمُشۡرِكُونَ

    Open ayah 6:121

    जुन जनावरमाथि (वध गर्दा) अल्लाहको नाम उच्चारण गरिएको छैन त्यो नखाऊ; यसो गर्नु अवज्ञा हुनेछ । निस्सन्देह शैतानहरूले आफ्ना साथीहरूको हृदयमा यो कुरा हाल्छन् ताकि तिनीहरू तिमीहरूसँग झगडा गरून् । र, यदि तिमीहरूले तिनीहरूको अनुशरण गर्यौ भने तिमीहरू अवश्य नै बहुदेववादी हुनेछौ ।

  122. أَوَمَن كَانَ مَيۡتٗا فَأَحۡيَيۡنَٰهُ وَجَعَلۡنَا لَهُۥ نُورٗا يَمۡشِي بِهِۦ فِي ٱلنَّاسِ كَمَن مَّثَلُهُۥ فِي ٱلظُّلُمَٰتِ لَيۡسَ بِخَارِجٖ مِّنۡهَاۚ كَذَٰلِكَ زُيِّنَ لِلۡكَٰفِرِينَ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 6:122

    त्यो व्यक्ति जो पहिले मूर्दा थियो र हामीले उसलाई जीवित तुल्यायौं अनि त्यसकोलागि उज्यालो पार्यौं जसले गर्दा ऊ मानिसहरू बीच आवत जावत गर्छ, के त्यस्तो व्यक्ति त्यस अन्धकारबाट निस्कनै नसक्ने व्यक्ति जस्तो हुन सक्छ ? यसरी नै काफिरहरूकालागि तिनले गर्ने गरेका कार्यहरूलाई शोभनीय बनाइएका छन् ।

  123. وَكَذَٰلِكَ جَعَلۡنَا فِي كُلِّ قَرۡيَةٍ أَكَٰبِرَ مُجۡرِمِيهَا لِيَمۡكُرُواْ فِيهَاۖ وَمَا يَمۡكُرُونَ إِلَّا بِأَنفُسِهِمۡ وَمَا يَشۡعُرُونَ

    Open ayah 6:123

    र, यसरी हामीले हरेक गाउँमा ठूल–ठूला अपराधीहरु लगाइदिएका छौं कि तिनीहरूले त्यहाँ षड्यन्त्र गरून् । तर तिनीहरू आफैंविरुद्ध षड्यन्त्र गर्छन् तर तिनीहरूलाई यसको अनुभूति हुदैन ।

  124. وَإِذَا جَآءَتۡهُمۡ ءَايَةٞ قَالُواْ لَن نُّؤۡمِنَ حَتَّىٰ نُؤۡتَىٰ مِثۡلَ مَآ أُوتِيَ رُسُلُ ٱللَّهِۘ ٱللَّهُ أَعۡلَمُ حَيۡثُ يَجۡعَلُ رِسَالَتَهُۥۗ سَيُصِيبُ ٱلَّذِينَ أَجۡرَمُواْ صَغَارٌ عِندَ ٱللَّهِ وَعَذَابٞ شَدِيدُۢ بِمَا كَانُواْ يَمۡكُرُونَ

    Open ayah 6:124

    र, तिनीहरूसमक्ष कुनै आयत आउँदा तिनीहरू भन्छन्– “हामी कदापि ईमान ल्याउँदैनौं जबसम्म हामीलाई पनि त्यस्तै चिज प्रदान गरिंदैन जस्तो अल्लाहका रसूलहरूलाई प्रदान गरिएको थियो ।” अल्लाहले कसलाई आफ्नो सन्देष्टा बनाउने भन्ने सम्बन्धमा उनी स्वयं राम्ररी जान्दछन् । निस्सन्देह अपराधीहरूले तिनीहरुका षड्यन्त्रले गर्दा अल्लाहकहाँ अपमान एवं कठोर यातना भोग्नु पर्नेछ ।

  125. فَمَن يُرِدِ ٱللَّهُ أَن يَهۡدِيَهُۥ يَشۡرَحۡ صَدۡرَهُۥ لِلۡإِسۡلَٰمِۖ وَمَن يُرِدۡ أَن يُضِلَّهُۥ يَجۡعَلۡ صَدۡرَهُۥ ضَيِّقًا حَرَجٗا كَأَنَّمَا يَصَّعَّدُ فِي ٱلسَّمَآءِۚ كَذَٰلِكَ يَجۡعَلُ ٱللَّهُ ٱلرِّجۡسَ عَلَى ٱلَّذِينَ لَا يُؤۡمِنُونَ

    Open ayah 6:125

    अनि जसलाई अल्लाहले सत्मार्ग देखाउन चाहन्छन् त्यसको छातिलाई इस्लामकालागि खोल्दछन्, र अल्लाह जसलाई पथभ्रष्ट पार्न चाहन्छन् त्यसको छातिलाई सङ्कुचित एवं संकीर्ण तुल्याउँदछन्, मानौ त्यो आकाशतर्फ उक्लिरहेकोछ । यसरी नै अल्लाह ती मानिसहरूमाथि (अनास्थाको) फोहोर थुपारिदिन्छन् जो ईमान ल्याउदैनन् ।

  126. وَهَٰذَا صِرَٰطُ رَبِّكَ مُسۡتَقِيمٗاۗ قَدۡ فَصَّلۡنَا ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَذَّكَّرُونَ

    Open ayah 6:126

    र यो तिम्रो पालनकर्ता को बिल्कुल सीधा मार्ग हो, निश्चय नै हामीले उपदेश ग्रहण गर्ने व्यक्तिहरुको लागि विस्तृत रुपमा बयान गरिदिएका छौँ ।

  127. ۞لَهُمۡ دَارُ ٱلسَّلَٰمِ عِندَ رَبِّهِمۡۖ وَهُوَ وَلِيُّهُم بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 6:127

    तिनीहरूकालागि तिनका पालनकर्ताकहाँ शान्तिगृह रहेको छ, र अल्लाह तिनीहरूले गर्ने गरेको ठीक व्यवहारले गर्दा तिनीहरुको संरक्षक मित्र हुनेछन् ।

  128. وَيَوۡمَ يَحۡشُرُهُمۡ جَمِيعٗا يَٰمَعۡشَرَ ٱلۡجِنِّ قَدِ ٱسۡتَكۡثَرۡتُم مِّنَ ٱلۡإِنسِۖ وَقَالَ أَوۡلِيَآؤُهُم مِّنَ ٱلۡإِنسِ رَبَّنَا ٱسۡتَمۡتَعَ بَعۡضُنَا بِبَعۡضٖ وَبَلَغۡنَآ أَجَلَنَا ٱلَّذِيٓ أَجَّلۡتَ لَنَاۚ قَالَ ٱلنَّارُ مَثۡوَىٰكُمۡ خَٰلِدِينَ فِيهَآ إِلَّا مَا شَآءَ ٱللَّهُۚ إِنَّ رَبَّكَ حَكِيمٌ عَلِيمٞ

    Open ayah 6:128

    र, जुन दिन उनी (अल्लाहले) तिनीहरू सबै (जिन्न एवं मानव) लाई एकत्रित पार्नेछन् र, (भन्नेछन्)– “हे जिन्नहरूको समुदाय ! तिमीहरूले मानिसहरूबाट धेरैलाई आफ्नो (सहयोगी) बनायौ ।” अनि, मानिसहरूमध्येका तिनीहरुका मित्रहरूले भन्नेछन्–“हे हाम्रा पालनकर्ता ! हामी एक अर्कोबाट खुबै लाभान्वित भयौं र (अन्ततः) त्यस समयमा आइपुगेका छौं जुन तिमीले हाम्रोलागि निश्चित गरेका थियौ ।” उनी भन्नेछन्– “तिमीहरूको बासस्थान नरक हो; सदा त्यसमै रहनेछौ । हो, अल्लाहले नै चाहे भने बेग्लै कुरा हो । निस्सन्देह तिम्रा पालनकर्ता तत्वदर्शी एवं सर्वज्ञ छन् ।”

  129. وَكَذَٰلِكَ نُوَلِّي بَعۡضَ ٱلظَّٰلِمِينَ بَعۡضَۢا بِمَا كَانُواْ يَكۡسِبُونَ

    Open ayah 6:129

    र, यसरी नै हामी अत्याचारीहरूले गर्ने गरेका कुकर्मले गर्दा तिनीहरूलाई एक अर्काको सहयोगी बनाइदिन्छौं ।

  130. يَٰمَعۡشَرَ ٱلۡجِنِّ وَٱلۡإِنسِ أَلَمۡ يَأۡتِكُمۡ رُسُلٞ مِّنكُمۡ يَقُصُّونَ عَلَيۡكُمۡ ءَايَٰتِي وَيُنذِرُونَكُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَاۚ قَالُواْ شَهِدۡنَا عَلَىٰٓ أَنفُسِنَاۖ وَغَرَّتۡهُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَشَهِدُواْ عَلَىٰٓ أَنفُسِهِمۡ أَنَّهُمۡ كَانُواْ كَٰفِرِينَ 

    Open ayah 6:130

    हे जिन्न तथा मनुष्यका जमात हो ! के तिमीहरूसमक्ष तिमीहरूमध्येबाट रसूलहरू आएनन् जसले तिमीहरूलाई मेरा आयतहरू सुनाउने गर्थे र यस दिनको साक्षात्कारबाट तिमीहरूलाई सावधान गर्ने गर्थे ? तिनीहरूले भन्नेछन्– “हामी स्वयं आफैंविरुद्ध साक्षी छौं ।” र, (निश्चय नै) तिनीहरूलाई सांसारिक जीवनले धोकामा पारेको थियो । अनि तिनीहरू काफिर थिए भनेर तिनीहरूले आफैंविरुद्ध साक्षी दिनेछन् ।

  131. ذَٰلِكَ أَن لَّمۡ يَكُن رَّبُّكَ مُهۡلِكَ ٱلۡقُرَىٰ بِظُلۡمٖ وَأَهۡلُهَا غَٰفِلُونَ

    Open ayah 6:131

    (हे मुहम्मद स.!) यो कार्य गर्नुको उद्देश्य के छ भने तिम्रा ‘रब’ नगरहरूलाई अत्याचारपूर्ण तरिकाले नष्ट पार्ने छैनन्, जब कि त्यसका बासिन्दाहरू अनभिज्ञ होऊन् ।

  132. وَلِكُلّٖ دَرَجَٰتٞ مِّمَّا عَمِلُواْۚ وَمَا رَبُّكَ بِغَٰفِلٍ عَمَّا يَعۡمَلُونَ

    Open ayah 6:132

    र, सबै मानिसहरूकालागि तिनीहरुका कर्म अनुसार दर्जाहरू छन् । र, तिनीहरूले गरिरहेका कार्यहरूबाट तिम्रा पालनकर्ता अनभिज्ञ छैनन् ।

  133. وَرَبُّكَ ٱلۡغَنِيُّ ذُو ٱلرَّحۡمَةِۚ إِن يَشَأۡ يُذۡهِبۡكُمۡ وَيَسۡتَخۡلِفۡ مِنۢ بَعۡدِكُم مَّا يَشَآءُ كَمَآ أَنشَأَكُم مِّن ذُرِّيَّةِ قَوۡمٍ ءَاخَرِينَ

    Open ayah 6:133

    र, तिम्रा पालनकर्ता निस्पृह तथा दयालु छन् । उनले चाहेमा तिमीहरूलाई सखाप पार्नेछन् र जसलाई चाहनेछन् तिम्रो स्थानमा प्रतिस्थापित गर्नेछन् जसरी उनले तिमीहरूको उत्पत्ति अन्य समुदायको वंशबाट गरे ।

  134. إِنَّ مَا تُوعَدُونَ لَأٓتٖۖ وَمَآ أَنتُم بِمُعۡجِزِينَ

    Open ayah 6:134

    तिमीहरूसित वाचा गरिएको (दिन) निश्चय नै आउनेछ । र, अल्लाहलाई विवश पार्ने सामर्थ्य तिमीहरूमा छैन ।

  135. قُلۡ يَٰقَوۡمِ ٱعۡمَلُواْ عَلَىٰ مَكَانَتِكُمۡ إِنِّي عَامِلٞۖ فَسَوۡفَ تَعۡلَمُونَ مَن تَكُونُ لَهُۥ عَٰقِبَةُ ٱلدَّارِۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّٰلِمُونَ

    Open ayah 6:135

    र, (हे मुहम्मद स.) भनिदेऊ– “हे मेरा जातिबन्धुहरु हो ! तिमीहरू आफ्नो स्थानमा कर्म गर म आफ्नै कर्म गर्छु । अनि परलोकमा उत्तम बासस्थान कसको हुनेछ भन्ने कुरा चाँडै नै थाहा पाउनेछौ ।” निस्सन्देह अत्याचारीहरू कहिल्यै सफल हुने छैनन् ।

  136. وَجَعَلُواْ لِلَّهِ مِمَّا ذَرَأَ مِنَ ٱلۡحَرۡثِ وَٱلۡأَنۡعَٰمِ نَصِيبٗا فَقَالُواْ هَٰذَا لِلَّهِ بِزَعۡمِهِمۡ وَهَٰذَا لِشُرَكَآئِنَاۖ فَمَا كَانَ لِشُرَكَآئِهِمۡ فَلَا يَصِلُ إِلَى ٱللَّهِۖ وَمَا كَانَ لِلَّهِ فَهُوَ يَصِلُ إِلَىٰ شُرَكَآئِهِمۡۗ سَآءَ مَا يَحۡكُمُونَ

    Open ayah 6:136

    र, यिनीहरू अल्लाहकोलागि उनैले सृष्टि गरेका खेती एवं पशुमा अंश निर्धारित गर्छन् अनि आफ्ना विचार अनुसार भन्छन्– “यो अल्लाहकालागि र यो हामीले ठहराएका साझेदारहरूकालागि रहेको छ । अनि यिनीहरूले ठहराएका साझेदारहरूको अंशबाट अल्लाहसम्म केही पुग्दैन तर अल्लाहकालागि निर्धारित अंश चाहिँ तिनीहरूले ठहराएका साझेदारहरूसम्म पुग्छ । कति निकृष्ट फैसला गर्छन् यिनीहरू !

  137. وَكَذَٰلِكَ زَيَّنَ لِكَثِيرٖ مِّنَ ٱلۡمُشۡرِكِينَ قَتۡلَ أَوۡلَٰدِهِمۡ شُرَكَآؤُهُمۡ لِيُرۡدُوهُمۡ وَلِيَلۡبِسُواْ عَلَيۡهِمۡ دِينَهُمۡۖ وَلَوۡ شَآءَ ٱللَّهُ مَا فَعَلُوهُۖ فَذَرۡهُمۡ وَمَا يَفۡتَرُونَ

    Open ayah 6:137

    र, यसैगरी धेरैजसो बहुदेववादीहरूकालागि तिनीहरूले ठहराएका साझेदारहरूले तिनका सन्तानलाई हत्या गर्ने कार्यलाई शोभनीय बनाइदिएका छन् ताकि तिनीहरूको विनाश होस् र तिनीहरुकानिम्ति तिनीहरूको धर्मलाई बर्बाद पारुन् । र, अल्लाहले चाहेको भए तिनीहरूले त्यस्तो गर्ने थिएनन् । अतः छोडिदेऊ तिनीहरूलाई र तिनीहरूले गर्ने मिथ्यारोपणलाई ।

  138. وَقَالُواْ هَٰذِهِۦٓ أَنۡعَٰمٞ وَحَرۡثٌ حِجۡرٞ لَّا يَطۡعَمُهَآ إِلَّا مَن نَّشَآءُ بِزَعۡمِهِمۡ وَأَنۡعَٰمٌ حُرِّمَتۡ ظُهُورُهَا وَأَنۡعَٰمٞ لَّا يَذۡكُرُونَ ٱسۡمَ ٱللَّهِ عَلَيۡهَا ٱفۡتِرَآءً عَلَيۡهِۚ سَيَجۡزِيهِم بِمَا كَانُواْ يَفۡتَرُونَ

    Open ayah 6:138

    र, तिनीहरू आफ्नो कल्पनाको भरमा यो पनि भन्छन्– “यी पशुहरू तथा खेती सबैकालागि निषेधित छ, जसलाई हामी चाहन्छौं उसले मात्र यो खान सक्छ । अनि, केही पशुहरू यस्ता छन् जसको पिठयुँको प्रयोग अबैध गरिएको छ ।” र, केही त्यस्ता जनावरहरू पनि छन् जसमाथि अल्लाहको नाम उच्चारण गर्दैनन् । यी सबै अल्लाहविरुद्ध रचिएका कुराहरू हुन् । उनी चाँडै नै तिनीहरूबाट तिनका मिथ्यारोपणको बदला दिनेछन् ।

  139. وَقَالُواْ مَا فِي بُطُونِ هَٰذِهِ ٱلۡأَنۡعَٰمِ خَالِصَةٞ لِّذُكُورِنَا وَمُحَرَّمٌ عَلَىٰٓ أَزۡوَٰجِنَاۖ وَإِن يَكُن مَّيۡتَةٗ فَهُمۡ فِيهِ شُرَكَآءُۚ سَيَجۡزِيهِمۡ وَصۡفَهُمۡۚ إِنَّهُۥ حَكِيمٌ عَلِيمٞ

    Open ayah 6:139

    र, तिनीहरू यो पनि भन्छन्– “जुन बच्चा यी पशुहरूका गर्भमा छन् ती केवल हाम्रा पुरुषहरूकालागि छन् र हाम्रा स्त्रीहरूकालागि अवैध छन् । र, यदि त्यो मृत अवस्थामा जन्मन्छ भने तिनीहरू (पुरुष र महिला) सबै त्यसमा सामेल हुनेछन् ।” चाँडै नै अल्लाहले तिनीहरूलाई तिनका मनगढन्ते कुराहरूको बदला दिनेछन् । निस्सन्देह उनी तत्वदर्शी एवं सर्वज्ञ छन् ।

  140. قَدۡ خَسِرَ ٱلَّذِينَ قَتَلُوٓاْ أَوۡلَٰدَهُمۡ سَفَهَۢا بِغَيۡرِ عِلۡمٖ وَحَرَّمُواْ مَا رَزَقَهُمُ ٱللَّهُ ٱفۡتِرَآءً عَلَى ٱللَّهِۚ قَدۡ ضَلُّواْ وَمَا كَانُواْ مُهۡتَدِينَ 

    Open ayah 6:140

    निस्सन्देह तिनीहरू घाटामा छन् जसले अज्ञानता एवं मूर्खताले गर्दा आफ्ना सन्तानहरूको हत्या गरे र अल्लाहविरुद्ध मिथ्यारोपण गरी उनले प्रदान गरेका खाद्य सामग्रीलाई अवैध ठहर्याए । निस्सन्देह तिनीहरू पथभ्रष्ट भए र सीधा मार्ग पाउन सकेनन् ।

  141. ۞وَهُوَ ٱلَّذِيٓ أَنشَأَ جَنَّٰتٖ مَّعۡرُوشَٰتٖ وَغَيۡرَ مَعۡرُوشَٰتٖ وَٱلنَّخۡلَ وَٱلزَّرۡعَ مُخۡتَلِفًا أُكُلُهُۥ وَٱلزَّيۡتُونَ وَٱلرُّمَّانَ مُتَشَٰبِهٗا وَغَيۡرَ مُتَشَٰبِهٖۚ كُلُواْ مِن ثَمَرِهِۦٓ إِذَآ أَثۡمَرَ وَءَاتُواْ حَقَّهُۥ يَوۡمَ حَصَادِهِۦۖ وَلَا تُسۡرِفُوٓاْۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُسۡرِفِينَ

    Open ayah 6:141

    अनि, अल्लाह नै हुन् जसले बगैंचाहरू बनाए, केही लहरा भएका तथा केही लहरा नभएका र खजुर एवं खेती जसबाट विभिन्न स्वादका खाद्यान्नहरू प्राप्त हुन्छन् र त्यस्तै जैतुन एवं अनार पनि, जुन एक अर्कासँग मिल्दाजुल्दा पनि हुन्छन् र भिन्न पनि । जब ती फल्छन् तब तिमीहरू त्यसको फल खाऊ र काट्ने दिन उनको अंश (जकात) चुक्ता गर, अनि अपब्यय नगर । निस्सन्देह अल्लाह अपब्यय गर्नेहरूलाई मन पराउँदैनन् ।

  142. وَمِنَ ٱلۡأَنۡعَٰمِ حَمُولَةٗ وَفَرۡشٗاۚ كُلُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ وَلَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ

    Open ayah 6:142

    र, अल्लाहले जनावरहरूमा केही (ठूला) भारी बोक्ने पैदा गरे र केही भूमिमा लागेका (साना आकारको) पनि । अल्लाहले प्रदान गरेका खाद्य सामग्रीहरूमध्येबाट खाऊ । तर शैतानका पदचिन्हहरूको अनुसरण नगर । निश्चय नै त्यो तिमीहरूको खुल्लम–खुल्ला शत्रु हो ।

  143. ثَمَٰنِيَةَ أَزۡوَٰجٖۖ مِّنَ ٱلضَّأۡنِ ٱثۡنَيۡنِ وَمِنَ ٱلۡمَعۡزِ ٱثۡنَيۡنِۗ قُلۡ ءَآلذَّكَرَيۡنِ حَرَّمَ أَمِ ٱلۡأُنثَيَيۡنِ أَمَّا ٱشۡتَمَلَتۡ عَلَيۡهِ أَرۡحَامُ ٱلۡأُنثَيَيۡنِۖ نَبِّـُٔونِي بِعِلۡمٍ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 6:143

    आठ प्रकारका भाले पोथीहरू छन्; दुईवटा भेडामध्येबाट, दुईवटा बाख्रामध्ये बाट । (हे नबी स.!) सोध, अल्लाहले यिनका भाले वर्जित गरेका छन् कि पोथी, वा त्यो भ्रूण जुन भेडी र बाख्रीहरूका गर्भमा छन् ? यदि तिमीहरू सच्चा हौ भने ठोस ज्ञानकासाथ बताऊ ।

  144. وَمِنَ ٱلۡإِبِلِ ٱثۡنَيۡنِ وَمِنَ ٱلۡبَقَرِ ٱثۡنَيۡنِۗ قُلۡ ءَآلذَّكَرَيۡنِ حَرَّمَ أَمِ ٱلۡأُنثَيَيۡنِ أَمَّا ٱشۡتَمَلَتۡ عَلَيۡهِ أَرۡحَامُ ٱلۡأُنثَيَيۡنِۖ أَمۡ كُنتُمۡ شُهَدَآءَ إِذۡ وَصَّىٰكُمُ ٱللَّهُ بِهَٰذَاۚ فَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبٗا لِّيُضِلَّ ٱلنَّاسَ بِغَيۡرِ عِلۡمٍۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ

    Open ayah 6:144

    अनि, ऊँटबाट दुईवटा र गाईबाट दुईवटा । सोध, दुवैका भालेहरूलाई वर्जित गरेका छन् वा दुवैका पोथीहरूलाई वा दुवैका गर्भमा रहेका बच्चाहरुलाई ? के तिमीहरू त्यस समयमा उपस्थित थियौ जब अल्लाहले तिमीहरूलाई यसको आदेश दिएका थिए ? अनि, त्योभन्दा ठूलो अत्याचारी अरु को हुन सक्छ जसले बिनाज्ञान मानिसलाई पथभ्रष्ट गर्न अल्लाहमाथि मिथ्यारोपण गर्छन् ? निश्चय नै अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैनन् ।

  145. قُل لَّآ أَجِدُ فِي مَآ أُوحِيَ إِلَيَّ مُحَرَّمًا عَلَىٰ طَاعِمٖ يَطۡعَمُهُۥٓ إِلَّآ أَن يَكُونَ مَيۡتَةً أَوۡ دَمٗا مَّسۡفُوحًا أَوۡ لَحۡمَ خِنزِيرٖ فَإِنَّهُۥ رِجۡسٌ أَوۡ فِسۡقًا أُهِلَّ لِغَيۡرِ ٱللَّهِ بِهِۦۚ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٖ وَلَا عَادٖ فَإِنَّ رَبَّكَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 6:145

    भनिदेऊ– “जो वह्य ममाथि भएको छ त्यसमा म कुनै पनि यस्तो चिज पाउँदिन जुन खानेवालाको लागि अवैध होस्, सिवाय मृत जनावर वा बगेको रगत वा सुंगुरको मासु ; कारण निश्चय नै यी सबै अपवित्र छन्, वा अवज्ञा गरिंदै अल्लाहबाहेक अरू कसैको नाम उच्चारण गरी वध गरिएको जनावर होस् । परन्तु, कसैले अवज्ञाकारी वा सीमाउल्लङ्घनकारी नभई (खान) विवश भयो भने निश्चय नै तिम्रा पालनकर्ता अति क्षमाशील एवं परम दयालु छन् ।”

  146. وَعَلَى ٱلَّذِينَ هَادُواْ حَرَّمۡنَا كُلَّ ذِي ظُفُرٖۖ وَمِنَ ٱلۡبَقَرِ وَٱلۡغَنَمِ حَرَّمۡنَا عَلَيۡهِمۡ شُحُومَهُمَآ إِلَّا مَا حَمَلَتۡ ظُهُورُهُمَآ أَوِ ٱلۡحَوَايَآ أَوۡ مَا ٱخۡتَلَطَ بِعَظۡمٖۚ ذَٰلِكَ جَزَيۡنَٰهُم بِبَغۡيِهِمۡۖ وَإِنَّا لَصَٰدِقُونَ

    Open ayah 6:146

    अनि, यहूदीहरूका लागि हामीले हरेक नङ्ग्राधारी जनावरहरूलाई अवैध ठहर्यायौं र गाई तथा बाख्राको बोसो पनि तिनीहरूकालागि हामीले अवैध ठहर्याएका थियौं, सिवाय तिनका पिठ्यूँ वा आन्द्रामा टाँसिएका वा हड्डीमा मिसिएको बोसो । यो प्रतिफल हामीले तिनीहरुका उद्दण्डताको कारणले दिएका थियौं । र, हामी नै सत्यवादी हौं ।

  147. فَإِن كَذَّبُوكَ فَقُل رَّبُّكُمۡ ذُو رَحۡمَةٖ وَٰسِعَةٖ وَلَا يُرَدُّ بَأۡسُهُۥ عَنِ ٱلۡقَوۡمِ ٱلۡمُجۡرِمِينَ

    Open ayah 6:147

    र, अब यदि तिनीहरूले तिमीलाई झुठो ठान्छन् भने, भन तिम्रा पालनकर्ता अपार दयालु छन् । तर, अपराधीहरूबाट उनको यातनालाई टार्न सकिंदैन ।

  148. سَيَقُولُ ٱلَّذِينَ أَشۡرَكُواْ لَوۡ شَآءَ ٱللَّهُ مَآ أَشۡرَكۡنَا وَلَآ ءَابَآؤُنَا وَلَا حَرَّمۡنَا مِن شَيۡءٖۚ كَذَٰلِكَ كَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ حَتَّىٰ ذَاقُواْ بَأۡسَنَاۗ قُلۡ هَلۡ عِندَكُم مِّنۡ عِلۡمٖ فَتُخۡرِجُوهُ لَنَآۖ إِن تَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَإِنۡ أَنتُمۡ إِلَّا تَخۡرُصُونَ

    Open ayah 6:148

    बहुदेववादीहरूले भन्नेछन्– “यदि अल्लाहले चाहेको भए न हामीले साझेदार ठहर्याउने थियौं न हाम्रा पुर्खाहरुले नै र न हामीले कुनै चिजलाई अवैध ठहर्याउने थियौं ।” यसभन्दा पहिलेका मानिसहरूले पनि यसरी नै झुठो ठहर गरेका थिए । अन्ततः तिनीहरूले हाम्रो यातनाको स्वाद चाखे । भनिदेऊ– “के तिमीहरूसँग कुनै ज्ञान छ ? छ भने हामीसमक्ष प्रस्तुत गर । तिमीहरू त केवल भ्रमको अनुसरण गर्छौ र अड्कल मात्र गर्छौ ।”

  149. قُلۡ فَلِلَّهِ ٱلۡحُجَّةُ ٱلۡبَٰلِغَةُۖ فَلَوۡ شَآءَ لَهَدَىٰكُمۡ أَجۡمَعِينَ

    Open ayah 6:149

    भनिदेऊ– “सत्यसम्म पुग्ने निर्णायक तर्क त अल्लाहकहाँ छ । उनले चाहेमा वास्तवमा नै तिमीहरू सबैलाई सत्मार्गमा डोर्याउने थिए ।”

  150. قُلۡ هَلُمَّ شُهَدَآءَكُمُ ٱلَّذِينَ يَشۡهَدُونَ أَنَّ ٱللَّهَ حَرَّمَ هَٰذَاۖ فَإِن شَهِدُواْ فَلَا تَشۡهَدۡ مَعَهُمۡۚ وَلَا تَتَّبِعۡ أَهۡوَآءَ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ وَهُم بِرَبِّهِمۡ يَعۡدِلُونَ 

    Open ayah 6:150

    भनिदेऊ– “बोलाऊ आफ्ना साक्षीहरूलाई जसले यस कुराको साक्षी दिऊन् कि अल्लाहले नै यी चिजहरूलाई अवैध ठहर्याएका छन् ।” अनि यदि तिनीहरूले साक्षी दिए भने तिमी चाहिँ तिनीहरूलाई साक्षी नदिनु । र, तिमी ती मानिसहरूका इच्छाहरूको अनुसरण नगर्नू जसले हाम्रा आयतहरूलाई मिथ्या ठहर गर्दछन् र जो परलोकमा आस्था राख्दैनन् साथै आफ्ना पालनकर्ताको समकक्षी पनि बनाउँछन् ।

  151. ۞قُلۡ تَعَالَوۡاْ أَتۡلُ مَا حَرَّمَ رَبُّكُمۡ عَلَيۡكُمۡۖ أَلَّا تُشۡرِكُواْ بِهِۦ شَيۡـٔٗاۖ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَٰنٗاۖ وَلَا تَقۡتُلُوٓاْ أَوۡلَٰدَكُم مِّنۡ إِمۡلَٰقٖ نَّحۡنُ نَرۡزُقُكُمۡ وَإِيَّاهُمۡۖ وَلَا تَقۡرَبُواْ ٱلۡفَوَٰحِشَ مَا ظَهَرَ مِنۡهَا وَمَا بَطَنَۖ وَلَا تَقۡتُلُواْ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّۚ ذَٰلِكُمۡ وَصَّىٰكُم بِهِۦ لَعَلَّكُمۡ تَعۡقِلُونَ

    Open ayah 6:151

    भनिदेऊ– “आऊ म तिमीहरूलाई त्यो पढेर सुनाउँछु जुन तिम्रा पालनकर्ताले तिम्रो लागि अवैध गरेका छन् । ती हुन् - “कुनै पनि चिजलाई उनको साझेदार नबनाउनू, र मातापितासँग राम्रो व्यवहार गर्नू, र निर्धनताको डरले आफ्ना सन्तानको हत्या नगर्नू, किनभने तिमीहरूलाई र उनीहरूलाई पनि हामी नै जीविका प्रदान गर्छौ । अनि, अश्लील कुराहरूको नजिक पनि नजानू, चाहे त्यो दृश्य होस् वा अदृश्य, र कुनै यस्तो जीवको हत्या नगर्नू जसको हत्या अल्लाहले अवैध गरेकाछन्; न्यायसंगत हत्याबाहेक । यी कुराहरू हुन् जसको निर्देशन उनले दिएकाछन् । आशा छ कि तिमीहरू विवेक प्रयोग गर्नेछौ ।”

  152. وَلَا تَقۡرَبُواْ مَالَ ٱلۡيَتِيمِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ حَتَّىٰ يَبۡلُغَ أَشُدَّهُۥۚ وَأَوۡفُواْ ٱلۡكَيۡلَ وَٱلۡمِيزَانَ بِٱلۡقِسۡطِۖ لَا نُكَلِّفُ نَفۡسًا إِلَّا وُسۡعَهَاۖ وَإِذَا قُلۡتُمۡ فَٱعۡدِلُواْ وَلَوۡ كَانَ ذَا قُرۡبَىٰۖ وَبِعَهۡدِ ٱللَّهِ أَوۡفُواْۚ ذَٰلِكُمۡ وَصَّىٰكُم بِهِۦ لَعَلَّكُمۡ تَذَكَّرُونَ

    Open ayah 6:152

    र, टुहुराहरूको सम्पत्तिको नजिक नजाऊ; सिवाय राम्रो तरिकाले यहाँसम्म कि ऊ वयस्क अवस्थामा पुगोस् । र, नापतौल पूर्ण न्यायसंगत ढङ्गले गर । हामी कुनै पनि व्यक्तिमाथि उसको सामर्थ्य भन्दा बढि जिम्मेवारी दिंदैनौं । र, कसैको बारेमा कुनै टिका टिप्पणी गर्दा न्यायका साथ गर चाहे त्यो तिम्रो नातेदार नै किन नहोस् । र, अल्लाहसँगको प्रतिज्ञा पूरा गर । अल्लाह तिमीहरूलाई यी कुराहरूको निर्देशन दिन्छन् ताकि तिमीहरू उपदेश ग्रहण गर ।

  153. وَأَنَّ هَٰذَا صِرَٰطِي مُسۡتَقِيمٗا فَٱتَّبِعُوهُۖ وَلَا تَتَّبِعُواْ ٱلسُّبُلَ فَتَفَرَّقَ بِكُمۡ عَن سَبِيلِهِۦۚ ذَٰلِكُمۡ وَصَّىٰكُم بِهِۦ لَعَلَّكُمۡ تَتَّقُونَ

    Open ayah 6:153

    र, यो कि– “यही नै मेरो सीधा मार्ग हो । तिमीहरू यसैको अनुसरण गर, र अन्य मार्गहरूको अनुसरण नगर किनभने त्यसले तिमीहरूलाई उनको मार्गबाट विचलित गरिदिनेछ । (अल्लाह) तिमीहरूलाई यी कुराहरूको निर्देशन दिन्छन् ताकि तिमीहरू पथभ्रष्टताबाट बच्न सक ।”

  154. ثُمَّ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ تَمَامًا عَلَى ٱلَّذِيٓ أَحۡسَنَ وَتَفۡصِيلٗا لِّكُلِّ شَيۡءٖ وَهُدٗى وَرَحۡمَةٗ لَّعَلَّهُم بِلِقَآءِ رَبِّهِمۡ يُؤۡمِنُونَ

    Open ayah 6:154

    अनि हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं जुन भलाइको नीति अपनाउनेहरूकालागि पूर्ण र हरेक चिजको सबिस्तार विवरण थियो, अनि मार्गदर्शन तथा दया थियो, ताकि तिनीहरूले आफ्ना पालनकर्तासित भेट हुने कुरामा ईमान ल्याऊन् ।

  155. وَهَٰذَا كِتَٰبٌ أَنزَلۡنَٰهُ مُبَارَكٞ فَٱتَّبِعُوهُ وَٱتَّقُواْ لَعَلَّكُمۡ تُرۡحَمُونَ

    Open ayah 6:155

    र, यो ग्रन्थ (कुरआन मजीद) पनि हामीलेनै अवतरित गरेका हौं जुन बरकतयुक्त (मङ्गलमय) रहेको छ । अतः यसको अनुसरण गर र ईशभय राख ताकि तिमीहरूमाथि दया गरियोस् ।

  156. أَن تَقُولُوٓاْ إِنَّمَآ أُنزِلَ ٱلۡكِتَٰبُ عَلَىٰ طَآئِفَتَيۡنِ مِن قَبۡلِنَا وَإِن كُنَّا عَن دِرَاسَتِهِمۡ لَغَٰفِلِينَ

    Open ayah 6:156

    ताकि– “हामीभन्दा पहिले दुईवटा समूहमाथि मात्र ग्रन्थ अवतरित भएको थियो” भन्ने कुरा तिमीहरू भन्न नसक अनि उनीहरू के पढ्छन्–पढाउँछन् भन्ने बारेमा हामी अनभिज्ञ थियौं (भन्ने कुरा नभन) ।

  157. أَوۡ تَقُولُواْ لَوۡ أَنَّآ أُنزِلَ عَلَيۡنَا ٱلۡكِتَٰبُ لَكُنَّآ أَهۡدَىٰ مِنۡهُمۡۚ فَقَدۡ جَآءَكُم بَيِّنَةٞ مِّن رَّبِّكُمۡ وَهُدٗى وَرَحۡمَةٞۚ فَمَنۡ أَظۡلَمُ مِمَّن كَذَّبَ بِـَٔايَٰتِ ٱللَّهِ وَصَدَفَ عَنۡهَاۗ سَنَجۡزِي ٱلَّذِينَ يَصۡدِفُونَ عَنۡ ءَايَٰتِنَا سُوٓءَ ٱلۡعَذَابِ بِمَا كَانُواْ يَصۡدِفُونَ

    Open ayah 6:157

    वा यो भन्न पाउने छैनौ कि यदि हामीमाथि पनि ग्रन्थ अवतरित भएको भए हामी तिनीहरूभन्दा बढी सत्मार्गमा हुने थियौं । ल, अब तिम्रा पालनकर्ताको तर्फबाट प्रमाण, मार्गदर्शन एवं दया आइपुगेको छ । अनि त्यसभन्दा ठूलो अत्याचारी अरु को हुन सक्छ जसले अल्लाहका आयतहरूलाई झुठो ठहराउँछन् र त्यसबाट विमुख हुन्छन् ? जो जो हाम्रा आयतहरूबाट विमुख हुन्छन् तिनीहरूलाई यस विमुख हुने कार्यको बदला कठोर यातना दिनेछौं ।

  158. هَلۡ يَنظُرُونَ إِلَّآ أَن تَأۡتِيَهُمُ ٱلۡمَلَٰٓئِكَةُ أَوۡ يَأۡتِيَ رَبُّكَ أَوۡ يَأۡتِيَ بَعۡضُ ءَايَٰتِ رَبِّكَۗ يَوۡمَ يَأۡتِي بَعۡضُ ءَايَٰتِ رَبِّكَ لَا يَنفَعُ نَفۡسًا إِيمَٰنُهَا لَمۡ تَكُنۡ ءَامَنَتۡ مِن قَبۡلُ أَوۡ كَسَبَتۡ فِيٓ إِيمَٰنِهَا خَيۡرٗاۗ قُلِ ٱنتَظِرُوٓاْ إِنَّا مُنتَظِرُونَ

    Open ayah 6:158

    के अब मानिसहरू यसको प्रतीक्षामा छन् कि तिनीहरूसमक्ष फरिश्ताहरू आऊन् वा तिम्रा ‘रब’ स्वयं आइपुगून् वा तिम्रा ‘रब’ का केही निशानीहरू सामुन्ने प्रकट होऊन् ? जुन दिन तिम्रा पालनकर्ताका केही निशानीहरूको आगमन हुन्छ त्यस दिन यो ईमान ल्याउने कार्यले पहिले ईमान नल्याएको वा ईमान ल्याई पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै फाइदा दिने छैन । भनिदेऊ– “तिमीहरू पनि प्रतीक्षा गर; हामी पनि प्रतीक्षा गर्दैछौं ।”

  159. إِنَّ ٱلَّذِينَ فَرَّقُواْ دِينَهُمۡ وَكَانُواْ شِيَعٗا لَّسۡتَ مِنۡهُمۡ فِي شَيۡءٍۚ إِنَّمَآ أَمۡرُهُمۡ إِلَى ٱللَّهِ ثُمَّ يُنَبِّئُهُم بِمَا كَانُواْ يَفۡعَلُونَ

    Open ayah 6:159

    जस जसले आफ्नो धर्मलाई विखण्डित तुल्याए र विभिन्न सम्प्रदायमा विभाजित भए तिनीहरूसँग तिम्रो कुनै सरोकार छैन; तिनीहरूको मामिला अल्लाह समक्ष रहेकोछ । अनि तिनीहरूलाई तिनीहरूले गर्ने कार्यहरूबारे अल्लाहले नै अवगत गराउनेछन् ।

  160. مَن جَآءَ بِٱلۡحَسَنَةِ فَلَهُۥ عَشۡرُ أَمۡثَالِهَاۖ وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَلَا يُجۡزَىٰٓ إِلَّا مِثۡلَهَا وَهُمۡ لَا يُظۡلَمُونَ 

    Open ayah 6:160

    जो (अल्लाहकहाँ) पुण्यकर्म लिएर आउनेछ उसलाई त्यसको दसगुणा पुण्य प्राप्त हुनेछ र जसले कुकर्म लिएर आउनेछ उसलाई केवल त्यस बराबरकै सजायँ हुनेछ र तिनीहरूप्रति अन्याय गरिने छैन ।

  161. قُلۡ إِنَّنِي هَدَىٰنِي رَبِّيٓ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ دِينٗا قِيَمٗا مِّلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۚ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ

    Open ayah 6:161

    भनिदेऊ– “मलाई मेरा पालनकर्ताले सीधा मार्ग देखाएका छन्; बिलकुल ठीक जुन इब्राहीमको मार्ग थियो; जसलाई उनले दत्तचित्त भई अपनाएका थिए । र, उनी मुश्रिकहरूमध्येका थिएनन् ।

  162. قُلۡ إِنَّ صَلَاتِي وَنُسُكِي وَمَحۡيَايَ وَمَمَاتِي لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 6:162

    भनिदेऊ– “मेरो नमाज, मेरो समस्त भक्तिहरू, मेरो जीवन तथा मेरो मरण सबै केवल अल्लाह; सम्पूर्ण संसारका पालनकर्ताकै लागि हुन् ।

  163. لَا شَرِيكَ لَهُۥۖ وَبِذَٰلِكَ أُمِرۡتُ وَأَنَا۠ أَوَّلُ ٱلۡمُسۡلِمِينَ

    Open ayah 6:163

    उनको कोही साझेदार छैन । र, मलाई यही आदेश प्राप्त भएकोछ । र, सर्वप्रथम आत्मसमर्पण गर्ने मै हुँ ।”

  164. قُلۡ أَغَيۡرَ ٱللَّهِ أَبۡغِي رَبّٗا وَهُوَ رَبُّ كُلِّ شَيۡءٖۚ وَلَا تَكۡسِبُ كُلُّ نَفۡسٍ إِلَّا عَلَيۡهَاۚ وَلَا تَزِرُ وَازِرَةٞ وِزۡرَ أُخۡرَىٰۚ ثُمَّ إِلَىٰ رَبِّكُم مَّرۡجِعُكُمۡ فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ

    Open ayah 6:164

    भनिदेऊ– “के म अल्लाहबाहेक कुनै अन्य पालनकर्ता खोजूँ जबकि उनी हरेक चिजका पालनकर्ता हुन् ?” र, प्रत्येक व्यक्तिले जे जति कमाउँछ उसको भागीदार आफै हुन्छ । र, कुनै पनि भारी बोक्नेले अरू कसैको भारी बोक्ने छैन । अनि तिमीहरू तिम्रा पालनकर्तातर्फ नै फर्कनुछ । अनि जुन जुन कुरामा तिमीहरू मतभेद गर्दैथ्यौ त्यो उनले तिमीहरूलाई बताउनेछन् ।

  165. وَهُوَ ٱلَّذِي جَعَلَكُمۡ خَلَٰٓئِفَ ٱلۡأَرۡضِ وَرَفَعَ بَعۡضَكُمۡ فَوۡقَ بَعۡضٖ دَرَجَٰتٖ لِّيَبۡلُوَكُمۡ فِي مَآ ءَاتَىٰكُمۡۗ إِنَّ رَبَّكَ سَرِيعُ ٱلۡعِقَابِ وَإِنَّهُۥ لَغَفُورٞ رَّحِيمُۢ

    Open ayah 6:165

    र, उनै हुन् जसले तिमीहरूलाई धर्तीका उत्तराधिकारी बनाए र तिमीहरूमध्ये केहीलाई अन्य केहीमाथि उच्च दर्जा प्रदान गरे, ताकि जेजति उनले दिएका छन् त्यसमा तिमीहरूको परीक्षा लिऊन् । निस्सन्देह तिम्रा पालनकर्ता शीघ्र नै सजायँ दिनेवाला छन् र उनी क्षमाशील एवं परम दयालु पनि छन् ।