الأعراف
Al-A'raaf
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓمٓصٓ
Open ayah 7:1अलिफ० लाम० मीम० साद०
كِتَٰبٌ أُنزِلَ إِلَيۡكَ فَلَا يَكُن فِي صَدۡرِكَ حَرَجٞ مِّنۡهُ لِتُنذِرَ بِهِۦ وَذِكۡرَىٰ لِلۡمُؤۡمِنِينَ
Open ayah 7:2यो ग्रन्थ जुन तिमीतर्फ अवतरित गरिएको छ, यसले गर्दा तिम्रो मन संकुचित नहोस्, यसको अवतरणको उद्देश्य यो छ कि तिमीले यसद्वारा (अनास्थावादीहरूलाई) डराऊ र यो आस्थावानहरूकालागि उपदेश हो ।
ٱتَّبِعُواْ مَآ أُنزِلَ إِلَيۡكُم مِّن رَّبِّكُمۡ وَلَا تَتَّبِعُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَۗ قَلِيلٗا مَّا تَذَكَّرُونَ
Open ayah 7:3(हे मानव हो !) जुन ग्रन्थ तिम्रा ‘रब’ द्वारा तिमीहरूतर्फ अवतरण गरिएको छ त्यसको अनुसरण गर, र उनीबाहेक अन्य कुनै संरक्षक–मित्रहरूको अनुसरण नगर । तर तिमीहरू कमै उपदेश स्वीकार गर्दछौ ।
وَكَم مِّن قَرۡيَةٍ أَهۡلَكۡنَٰهَا فَجَآءَهَا بَأۡسُنَا بَيَٰتًا أَوۡ هُمۡ قَآئِلُونَ
Open ayah 7:4र, कतिपय बस्तीहरू छन् जसलाई हामीले विनष्ट पार्यौं । तिनीहरूमाथि हाम्रो प्रकोप या त रातको समयमा आयो या अपरान्हको समयमा जब तिनीहरू विश्राम गरिहेकाथिए ।
فَمَا كَانَ دَعۡوَىٰهُمۡ إِذۡ جَآءَهُم بَأۡسُنَآ إِلَّآ أَن قَالُوٓاْ إِنَّا كُنَّا ظَٰلِمِينَ
Open ayah 7:5र, जब हाम्रो प्रकोप तिनीहरूमाथि आइपुग्यो तब तिनीहरूको मुखबाट ‘वास्तवमा हामी अत्याचारी थियौं’ भन्नुबाहेक केही पनि निस्केन ।
فَلَنَسۡـَٔلَنَّ ٱلَّذِينَ أُرۡسِلَ إِلَيۡهِمۡ وَلَنَسۡـَٔلَنَّ ٱلۡمُرۡسَلِينَ
Open ayah 7:6अनि हामीले जसकहाँ सन्देष्टाहरू पठाइएका थिए तिनीहरूलाई अवश्य नै सोध्नेछौं र हामीले निश्चय नै सन्देष्टाहरूलाई पनि सोध्नेछौं ।
فَلَنَقُصَّنَّ عَلَيۡهِم بِعِلۡمٖۖ وَمَا كُنَّا غَآئِبِينَ
Open ayah 7:7अनि हामी पूर्ण जानकारीका साथ तिनीहरूका सारा वृत्तान्त बयान गर्नेछौं र हामी कहीं गायब रहेको छैनौँ ।
وَٱلۡوَزۡنُ يَوۡمَئِذٍ ٱلۡحَقُّۚ فَمَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 7:8र, त्यो दिन तौल ठीकसँग हुनेछ । अनि जसको (सत्कर्मको) पल्ला गहन हुनेछ तिनीहरू नै सफल हुनेछन् ।
وَمَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ فَأُوْلَٰٓئِكَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُم بِمَا كَانُواْ بِـَٔايَٰتِنَا يَظۡلِمُونَ
Open ayah 7:9र, जसको पल्ला हलुका हुनेछ तिनीहरू नै स्वयंलाई घाटामा पार्नेहरू हुन् किनभने तिनीहरू हाम्रा आयतहरूसँग अन्यायपूर्ण व्यवहार गर्ने गर्थे ।
وَلَقَدۡ مَكَّنَّٰكُمۡ فِي ٱلۡأَرۡضِ وَجَعَلۡنَا لَكُمۡ فِيهَا مَعَٰيِشَۗ قَلِيلٗا مَّا تَشۡكُرُونَ
Open ayah 7:10र, हामीले नै तिमीहरूलाई धर्तीमा अधिकारकासाथ बसायौं र त्यसमा तिमीहरूकालागि जीवन–सामग्री बनायौं । तर, तिमीहरू कमै कृतज्ञता देखाउँछौ ।
وَلَقَدۡ خَلَقۡنَٰكُمۡ ثُمَّ صَوَّرۡنَٰكُمۡ ثُمَّ قُلۡنَا لِلۡمَلَٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ لَمۡ يَكُن مِّنَ ٱلسَّٰجِدِينَ
Open ayah 7:11हामीले तिम्रो संरचना गर्यौँ त्यसपछि तिम्रो रूप बनायौं अनि फरिश्ताहरुलाई भन्यौं– “आदमलाई सज्दा गर ।” तब इब्लीस बाहेक सबैले सज्दा गरे । ऊ सज्दा गर्नेहरूमा सम्मिलित भएन ।
قَالَ مَا مَنَعَكَ أَلَّا تَسۡجُدَ إِذۡ أَمَرۡتُكَۖ قَالَ أَنَا۠ خَيۡرٞ مِّنۡهُ خَلَقۡتَنِي مِن نَّارٖ وَخَلَقۡتَهُۥ مِن طِينٖ
Open ayah 7:12उन (अल्लाह)ले भने– “जब मैले तिमीलाई आदेश दिएँ त कुन चिजले तिमीलाई सज्दा गर्नबाट रोक्यो ?” उसले जवाफ दियो– “म ऊभन्दा श्रेष्ठ छु, मलाई तिमीले अग्निबाट सृजना गरेका छौ र उसलाई माटोबाट सृजना गरेका छौ ।”
قَالَ فَٱهۡبِطۡ مِنۡهَا فَمَا يَكُونُ لَكَ أَن تَتَكَبَّرَ فِيهَا فَٱخۡرُجۡ إِنَّكَ مِنَ ٱلصَّٰغِرِينَ
Open ayah 7:13उन (अल्लाह) ले भने– “तिमी यहाँबाट ओर्ल । किनभने तिमीलाई यहाँ घमण्ड गर्ने कुनै अधिकार छैन । अतः निस्किहाल; तिमी अपमानित हुनेहरु मध्येका हौ ।”
قَالَ أَنظِرۡنِيٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ
Open ayah 7:14उस (इब्लीस) ले भन्यो– “मलाई त्यसदिनसम्मको अवसर प्रदान गर जब मानिसहरू उठाइनेछन् ।”
قَالَ إِنَّكَ مِنَ ٱلۡمُنظَرِينَ
Open ayah 7:15उन (अल्लाह) ले भने– “तिमीलाई अवसर दिइयो ।”
قَالَ فَبِمَآ أَغۡوَيۡتَنِي لَأَقۡعُدَنَّ لَهُمۡ صِرَٰطَكَ ٱلۡمُسۡتَقِيمَ
Open ayah 7:16अनि उस (इब्लीस) ले भन्यो– “जसरी तिमीले मलाई पथभ्रष्ट पारेका छौ म पनि यिनीहरूको घातमा तिम्रो सीधा मार्गमा बस्नेछु ।”
ثُمَّ لَأٓتِيَنَّهُم مِّنۢ بَيۡنِ أَيۡدِيهِمۡ وَمِنۡ خَلۡفِهِمۡ وَعَنۡ أَيۡمَٰنِهِمۡ وَعَن شَمَآئِلِهِمۡۖ وَلَا تَجِدُ أَكۡثَرَهُمۡ شَٰكِرِينَ
Open ayah 7:17“त्यसपछि म तिनीहरूलाई अगाडिबाट, पछाडिबाट, दायाँबाट अनि बायाँबाट घेर्नेछु र तिमीले तिनीहरूमध्ये अधिकांशलाई कृतज्ञ पाउने छैनौ ।”
قَالَ ٱخۡرُجۡ مِنۡهَا مَذۡءُومٗا مَّدۡحُورٗاۖ لَّمَن تَبِعَكَ مِنۡهُمۡ لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنكُمۡ أَجۡمَعِينَ
Open ayah 7:18उन (अल्लाह) ले भने– “यहाँबाट अपमानित तथा धिक्कारित भएर निस्क ! तिनीहरूमध्ये ज–जसले तिम्रो अनुसरण गर्छन्; अवश्य नै म तिमीहरू सबैद्वारा नरकलाई भर्नेछु ।”
وَيَٰٓـَٔادَمُ ٱسۡكُنۡ أَنتَ وَزَوۡجُكَ ٱلۡجَنَّةَ فَكُلَا مِنۡ حَيۡثُ شِئۡتُمَا وَلَا تَقۡرَبَا هَٰذِهِ ٱلشَّجَرَةَ فَتَكُونَا مِنَ ٱلظَّٰلِمِينَ
Open ayah 7:19र, हे आदम ! तिमी र तिम्री पत्नी दुवै स्वर्गमा बस र जहाँबाट जे चाहन्छौ अघाउञ्जेल खाऊ तर यो बृक्ष नजिक नजानू, अन्यथा तिमीहरू अत्याचारी ठहरिनेछौ ।
فَوَسۡوَسَ لَهُمَا ٱلشَّيۡطَٰنُ لِيُبۡدِيَ لَهُمَا مَا وُۥرِيَ عَنۡهُمَا مِن سَوۡءَٰتِهِمَا وَقَالَ مَا نَهَىٰكُمَا رَبُّكُمَا عَنۡ هَٰذِهِ ٱلشَّجَرَةِ إِلَّآ أَن تَكُونَا مَلَكَيۡنِ أَوۡ تَكُونَا مِنَ ٱلۡخَٰلِدِينَ
Open ayah 7:20अनि इब्लीस दुवैलाई बहकाउन थाल्यो ताकि दुवैका गुप्ताङ्गहरूलाई जो दुवैबाट छोपिएका थिए, खोली देओस् । र, भन्न थाल्यो– “तिमीहरूलाई तिम्रा पालनकर्ताले यस वृक्षबाट मनाही गरेका छैनन् परन्तु यस कारणले मात्र कि तिमीहरू दुवै फरिश्ता बन्ने छौ वा अमरत्व प्राप्त गर्नेछौ ।”
وَقَاسَمَهُمَآ إِنِّي لَكُمَا لَمِنَ ٱلنَّٰصِحِينَ
Open ayah 7:21र, दुवैसमक्ष उसले कसम खाँदै भन्यो कि म निश्चय नै तिम्रो सच्चा हितैषी हुँ ।
فَدَلَّىٰهُمَا بِغُرُورٖۚ فَلَمَّا ذَاقَا ٱلشَّجَرَةَ بَدَتۡ لَهُمَا سَوۡءَٰتُهُمَا وَطَفِقَا يَخۡصِفَانِ عَلَيۡهِمَا مِن وَرَقِ ٱلۡجَنَّةِۖ وَنَادَىٰهُمَا رَبُّهُمَآ أَلَمۡ أَنۡهَكُمَا عَن تِلۡكُمَا ٱلشَّجَرَةِ وَأَقُل لَّكُمَآ إِنَّ ٱلشَّيۡطَٰنَ لَكُمَا عَدُوّٞ مُّبِينٞ
Open ayah 7:22अनि उसले दुवैलाई छलको जालमा फसायो र जब दुवैले बृक्षको फल चाखे तब दुवैका गुप्ताङ्गहरू एक अर्कासमक्ष उघ्रिए अनि दुवैले स्वर्गका पातहरूद्वारा आफ्नो शरीरलाई छोप्न थाले । त्यसपछि दुवैका पालनकर्ताले पुकारे– “के मैले तिमीहरूलाई त्यस बृक्षबाट रोकेको थिइनँ ? र, निश्चित रूपमा शैतान तिमीहरूको खुल्लम खुल्ला शत्रु हो भनी तिमीहरूलाई भनेको थिइनँ ?”
قَالَا رَبَّنَا ظَلَمۡنَآ أَنفُسَنَا وَإِن لَّمۡ تَغۡفِرۡ لَنَا وَتَرۡحَمۡنَا لَنَكُونَنَّ مِنَ ٱلۡخَٰسِرِينَ
Open ayah 7:23दुवैले भने– “हे हाम्रा पालनकर्ता ! हामीले आफूमाथि अत्याचार गर्यौं । अब यदि तिमीले हामीलाई क्षमा प्रदान गरेनौ र हामीमाथि दया गरेनौ भने निश्चय नै हामी बरबाद हुनेछौं ।”
قَالَ ٱهۡبِطُواْ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ وَلَكُمۡ فِي ٱلۡأَرۡضِ مُسۡتَقَرّٞ وَمَتَٰعٌ إِلَىٰ حِينٖ
Open ayah 7:24अल्लाहले भने– “तिमीहरू सबै ओर्ल ! तिमीहरू एक–अर्काका शत्रु हौ र तिमीहरूका लागि धर्तीमा निश्चित अवधिसम्म बासस्थान र जीविकोपार्जनको साधन रहेको छ ।”
قَالَ فِيهَا تَحۡيَوۡنَ وَفِيهَا تَمُوتُونَ وَمِنۡهَا تُخۡرَجُونَ
Open ayah 7:25(अल्लाह ले) भने– “धर्तीमै तिमीहरूले जीवन व्यतीत गर्नुछ, त्यहीं मर्नु छ र त्यसै बाट तिमीहरूलाई निकालिनेछ ।”
يَٰبَنِيٓ ءَادَمَ قَدۡ أَنزَلۡنَا عَلَيۡكُمۡ لِبَاسٗا يُوَٰرِي سَوۡءَٰتِكُمۡ وَرِيشٗاۖ وَلِبَاسُ ٱلتَّقۡوَىٰ ذَٰلِكَ خَيۡرٞۚ ذَٰلِكَ مِنۡ ءَايَٰتِ ٱللَّهِ لَعَلَّهُمۡ يَذَّكَّرُونَ
Open ayah 7:26हे आदमका सन्तानहरू हो ! हामीले तिमीहरूकालागि यस्तो पोशाक अवतरित गरेका छौं जसले शरीरका गुप्ताङ्गहरूलाई ढाक्छ र जो सजावटको साधन पनि बन्छ । र, सबभन्दा उत्तम पहिरन त तक्वा (ईशभय) हो । यो अल्लाहका निशानीहरूमध्येको हो ताकि मानिसले उपदेश ग्रहण गरून् ।
يَٰبَنِيٓ ءَادَمَ لَا يَفۡتِنَنَّكُمُ ٱلشَّيۡطَٰنُ كَمَآ أَخۡرَجَ أَبَوَيۡكُم مِّنَ ٱلۡجَنَّةِ يَنزِعُ عَنۡهُمَا لِبَاسَهُمَا لِيُرِيَهُمَا سَوۡءَٰتِهِمَآۚ إِنَّهُۥ يَرَىٰكُمۡ هُوَ وَقَبِيلُهُۥ مِنۡ حَيۡثُ لَا تَرَوۡنَهُمۡۗ إِنَّا جَعَلۡنَا ٱلشَّيَٰطِينَ أَوۡلِيَآءَ لِلَّذِينَ لَا يُؤۡمِنُونَ
Open ayah 7:27हे आदमका सन्तानहरू हो ! शैतानले तिमीहरूलाई त्यसरी नै परीक्षामा नपारोस् जसरी उसले तिम्रा बाबुआमालाई तिनीहरुका वस्त्र तिनीहरूबाट खोसदै स्वर्गबाट निष्कासित गराएको थियो ताकि उसले दुवैलाई एक–अर्काको गुप्ताङ्ग देखाओस् । ऊ र उसका साथीहरूले तिमीहरूलाई जुन ठाउँबाट हेर्छन् त्यहाँबाट तिमीले उनीहरूलाई देख्न सक्दैनौ । हामीले शैतानलाई तिनीहरुका संरक्षक–मित्र बनाएका छौं जो ईमान ल्याउँदैनन् ।
وَإِذَا فَعَلُواْ فَٰحِشَةٗ قَالُواْ وَجَدۡنَا عَلَيۡهَآ ءَابَآءَنَا وَٱللَّهُ أَمَرَنَا بِهَاۗ قُلۡ إِنَّ ٱللَّهَ لَا يَأۡمُرُ بِٱلۡفَحۡشَآءِۖ أَتَقُولُونَ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 7:28यिनीहरू जब कुनै अश्लील कार्य गर्छन् तब यिनीहरू भन्दछन्– “हामीले आफ्ना पूर्वजहरूलाई यस्तै गर्दै आएको पाएका छौं र अल्लाहले नै हामीहरूलाई यस्तो गर्ने आदेश दिएका छन् ।” भनिदेऊ– “अल्लाह कदापि अश्लीलताको आदेश दिंदैनन् । के तिमीहरू अल्लाहविरुद्ध त्यस्तो कुरा गर्छौ जसको तिमीहरूलाई ज्ञान नै छैन ?”
قُلۡ أَمَرَ رَبِّي بِٱلۡقِسۡطِۖ وَأَقِيمُواْ وُجُوهَكُمۡ عِندَ كُلِّ مَسۡجِدٖ وَٱدۡعُوهُ مُخۡلِصِينَ لَهُ ٱلدِّينَۚ كَمَا بَدَأَكُمۡ تَعُودُونَ
Open ayah 7:29हे सन्देष्टा ! भनिदेऊ– “मेरा पालनकर्ताले मलाई न्याय गर्ने आदेश दिएका छन् । र, उनको आदेश यो पनि हो कि तिमीहरू हरेक नमाजमा मुहार सीधा (किब्लाको दिशामा) राख, र आज्ञापालनलाई उनकालागि विशिष्ट गरेर उनैलाई पुकार । जसरी उनले तिमीहरूको सृजना गरे त्यसरी नै तिमीहरू फेरि फर्केर आउने छौ ।”
فَرِيقًا هَدَىٰ وَفَرِيقًا حَقَّ عَلَيۡهِمُ ٱلضَّلَٰلَةُۚ إِنَّهُمُ ٱتَّخَذُواْ ٱلشَّيَٰطِينَ أَوۡلِيَآءَ مِن دُونِ ٱللَّهِ وَيَحۡسَبُونَ أَنَّهُم مُّهۡتَدُونَ
Open ayah 7:30एउटा समूहलाई अल्लाहले सत्मार्ग देखाए र अर्को समूहमाथि पथभ्रष्टता सिद्ध भयो । तिनीहरूले अल्लाहलाई छोडी शैतानलाई संरक्षक–मित्र बनाएका छन् । तर तिनीहरू स्वयंलाई सत्मार्गी भन्ने ठान्दछन् ।
۞يَٰبَنِيٓ ءَادَمَ خُذُواْ زِينَتَكُمۡ عِندَ كُلِّ مَسۡجِدٖ وَكُلُواْ وَٱشۡرَبُواْ وَلَا تُسۡرِفُوٓاْۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُسۡرِفِينَ
Open ayah 7:31हे आदमका सन्तानहरू हो ! हरेक उपासनाको बेलामा सुन्दर पोशाक धारण गर । र, खानपीन गर तर अपव्यय नगर, किनभने उनी अपव्ययीहरूलाई मन पराउँदैनन् ।
قُلۡ مَنۡ حَرَّمَ زِينَةَ ٱللَّهِ ٱلَّتِيٓ أَخۡرَجَ لِعِبَادِهِۦ وَٱلطَّيِّبَٰتِ مِنَ ٱلرِّزۡقِۚ قُلۡ هِيَ لِلَّذِينَ ءَامَنُواْ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا خَالِصَةٗ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡلَمُونَ
Open ayah 7:32सोध– “अल्लाहले आफ्ना उपासकहरूकालागि सृष्टि गरेको सौन्दर्य एवं शुद्ध खाद्यपदार्थलाई कसले अवैध गर्यो ?” भनिदेऊ– “यी ईमान ल्याउनेहरूकालागि सांसारिक जीवनमा छदैछ र विशेष रुपमा महाप्रलयको दिन उनीहरूकालागि मात्र रहनेछ ।” यसरी नै हामी आफ्ना आयतहरू ज्ञानवानहरूकालागि स्पष्टसँग बयान गर्छौ ।
قُلۡ إِنَّمَا حَرَّمَ رَبِّيَ ٱلۡفَوَٰحِشَ مَا ظَهَرَ مِنۡهَا وَمَا بَطَنَ وَٱلۡإِثۡمَ وَٱلۡبَغۡيَ بِغَيۡرِ ٱلۡحَقِّ وَأَن تُشۡرِكُواْ بِٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ سُلۡطَٰنٗا وَأَن تَقُولُواْ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 7:33भनिदेऊ– “मेरा पालनकर्ताले अवैध गरेका छन्– अश्लीलताका कार्यहरू चाहे ती दृश्य हुन् वा अदृश्य, पाप, अनाहकमा अत्याचार र यो कि कसैलाई अल्लाहको साझेदार बनाऊ जसको बारेमा उनले कुनै प्रमाण नै अवतरित गरेका छैनन् र यो कि अल्लाहको बारेमा तिमीहरु यस्तो कुरा भन जसको तिमीहरूलाई कुनै ज्ञान नै छैन ।”
وَلِكُلِّ أُمَّةٍ أَجَلٞۖ فَإِذَا جَآءَ أَجَلُهُمۡ لَا يَسۡتَأۡخِرُونَ سَاعَةٗ وَلَا يَسۡتَقۡدِمُونَ
Open ayah 7:34र, हरेक समुदायकोनिम्ति एउटा समय अवधी निश्चित छ । उनीहरूको त्यो म्याद पूरा भएपछि तिनीहरु न एक छिनको लागि पछाडि हट्न सक्ने छन् र न अगाडि नै बढ्न सक्ने छन् ।
يَٰبَنِيٓ ءَادَمَ إِمَّا يَأۡتِيَنَّكُمۡ رُسُلٞ مِّنكُمۡ يَقُصُّونَ عَلَيۡكُمۡ ءَايَٰتِي فَمَنِ ٱتَّقَىٰ وَأَصۡلَحَ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 7:35हे आदमका सन्तानहरू हो ! तिमीहरूसमक्ष तिमीहरूमध्येबाट ईशदूतहरू आएर मेरा श्लोकहरू सुनाएमा जसले ईशभय राख्छन् र आफूमा सुधार ल्याउँदछन् उनीहरुकोलागि न कुनै भय हुनेछ र न उनीहरू दुःखी नै हुनेछन् ।
وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَٱسۡتَكۡبَرُواْ عَنۡهَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 7:36र, जसले हाम्रा निशानीहरूलाई झुठो ठहराउनेछन् र तिनको बेवास्ता गर्दै घमण्ड गर्नेछन् तिनीहरू नरकबासी हुन् जहाँ तिनीहरू सदा रहनेछन् ।
فَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ كَذَّبَ بِـَٔايَٰتِهِۦٓۚ أُوْلَٰٓئِكَ يَنَالُهُمۡ نَصِيبُهُم مِّنَ ٱلۡكِتَٰبِۖ حَتَّىٰٓ إِذَا جَآءَتۡهُمۡ رُسُلُنَا يَتَوَفَّوۡنَهُمۡ قَالُوٓاْ أَيۡنَ مَا كُنتُمۡ تَدۡعُونَ مِن دُونِ ٱللَّهِۖ قَالُواْ ضَلُّواْ عَنَّا وَشَهِدُواْ عَلَىٰٓ أَنفُسِهِمۡ أَنَّهُمۡ كَانُواْ كَٰفِرِينَ
Open ayah 7:37अतः ती ब्यक्तीहरु भन्दा ठूलो अत्याचारी को हुन सक्छन् जसले अल्लाहविरुद्ध मिथ्यारोपण गर्छन् वा उनका आयतहरूलाई झुठो ठहर गर्छन् ? यस्ता मानिसहरूले आफ्नो भाग्यमा लेखिए अनुसार पाइरहनेछन् यहाँसम्म कि त्यो समय आइपुग्छ जब हाम्रा फरिश्ताहरू तिनीहरुको प्राण लिन आइपुग्नेछन् अनि सोध्नेछन्– “कहाँ छन् तिनीहरू जसलाई तिमीहरू अल्लाहलाई छोडेर पुकार्ने गर्थ्यौ ?” जवाफ दिनेछन्– “हामीबाट तिनीहरू हराए ।” र, तिनीहरू काफिर हुन् भनेर आफैंविरुद्ध साक्षी दिनेछन् ।
قَالَ ٱدۡخُلُواْ فِيٓ أُمَمٖ قَدۡ خَلَتۡ مِن قَبۡلِكُم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِ فِي ٱلنَّارِۖ كُلَّمَا دَخَلَتۡ أُمَّةٞ لَّعَنَتۡ أُخۡتَهَاۖ حَتَّىٰٓ إِذَا ٱدَّارَكُواْ فِيهَا جَمِيعٗا قَالَتۡ أُخۡرَىٰهُمۡ لِأُولَىٰهُمۡ رَبَّنَا هَٰٓؤُلَآءِ أَضَلُّونَا فَـَٔاتِهِمۡ عَذَابٗا ضِعۡفٗا مِّنَ ٱلنَّارِۖ قَالَ لِكُلّٖ ضِعۡفٞ وَلَٰكِن لَّا تَعۡلَمُونَ
Open ayah 7:38अनि अल्लाह भन्छन्– “तिमीहरू पनि आफूभन्दा पहिले बितेका जिन्न तथा मानवका समूहहरूसँग नरकमा जाऊ ।” प्रत्येक समूह नरकमा प्रवेश गर्दा आफूभन्दा पहिलेका समूहलाई धिक्कार्नेछन् यहाँसम्म कि जब सबै त्यसमा एकत्रित हुनेछन् हरेक पछिल्ला समूहले आफूभन्दा अघिका समूहको विषयमा भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! यिनीहरूले नै हामीलाई पथभ्रष्ट गरेका थिए तसर्थ यिनीहरूलाई नरकको दोब्बर यातना देऊ ।” अल्लाहले भन्नेछन्– “सबैकालागि दोब्बर नै छ तर तिमीहरूलाई थाहा हुदैन ।”
وَقَالَتۡ أُولَىٰهُمۡ لِأُخۡرَىٰهُمۡ فَمَا كَانَ لَكُمۡ عَلَيۡنَا مِن فَضۡلٖ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡسِبُونَ
Open ayah 7:39अनि अघिल्ला समूहहरूले पछिल्ला समूहहरूलाई भन्नेछन्– “तिमीहरूलाई हामीमाथि प्रधानता प्राप्त थिएन ?”अनि तिमीहरू पनि आफ्नो क्रियाकलापको बदलामा यातनाको स्वाद चाख ।
إِنَّ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَٱسۡتَكۡبَرُواْ عَنۡهَا لَا تُفَتَّحُ لَهُمۡ أَبۡوَٰبُ ٱلسَّمَآءِ وَلَا يَدۡخُلُونَ ٱلۡجَنَّةَ حَتَّىٰ يَلِجَ ٱلۡجَمَلُ فِي سَمِّ ٱلۡخِيَاطِۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُجۡرِمِينَ
Open ayah 7:40जसले हाम्रा आयतहरूलाई अस्वीकार गरे र तिनीहरुलाई बेवास्ता गर्दै घमण्ड गरे तिनीहरूकालागि सियोको प्वालबाट ऊँट नछिरुन्जेलसम्म आकाशका ढोकाहरू खोलिने छैनन् र न उनीहरू स्वर्गमा दाखिल हुन सक्ने छन् । र हामी यसरी नै अपराधीहरुलाई बदला दिने गर्छौ।
لَهُم مِّن جَهَنَّمَ مِهَادٞ وَمِن فَوۡقِهِمۡ غَوَاشٖۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلظَّٰلِمِينَ
Open ayah 7:41तिनीहरूकालागि ओछ्यान पनि नरकको अग्निकै हुनेछ र माथिबाट त्यसैको ओढ्ने पनि । र, हामी अत्याचारीहरूलाई यस्तै सजायँ दिने गर्छौं ।
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَا نُكَلِّفُ نَفۡسًا إِلَّا وُسۡعَهَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِۖ هُمۡ فِيهَا خَٰلِدُونَ
Open ayah 7:42अनि, जसले ईमान ल्याए र सत्कर्म गरे; हामी कसैलाई पनि उसको सामर्थ्य भन्दा बढ़ी बोझ दिदैनौं । त्यस्तै मानिसहरू स्वर्गमा जानेछन्; त्यहाँ तिनीहरू सदासर्वदा रहनेछन् ।
وَنَزَعۡنَا مَا فِي صُدُورِهِم مِّنۡ غِلّٖ تَجۡرِي مِن تَحۡتِهِمُ ٱلۡأَنۡهَٰرُۖ وَقَالُواْ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي هَدَىٰنَا لِهَٰذَا وَمَا كُنَّا لِنَهۡتَدِيَ لَوۡلَآ أَنۡ هَدَىٰنَا ٱللَّهُۖ لَقَدۡ جَآءَتۡ رُسُلُ رَبِّنَا بِٱلۡحَقِّۖ وَنُودُوٓاْ أَن تِلۡكُمُ ٱلۡجَنَّةُ أُورِثۡتُمُوهَا بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 7:43र, उनीहरूको मनमा भएका द्वेषभावलाई हामी बाहिर निकाल्नेछौं । उनीहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र उनीहरूले भन्नेछन्– “सारा प्रशंसाहरु अल्लाहकैनिम्ति हुन् जसले हामीलाई यहाँको बाटो देखाए र अल्लाहले हामीलाई मार्ग नदेखाएको भए हामीले मार्ग पाउने थिएनौं ।” निस्सन्देह हाम्रा पालनकर्ताले पठाएका ईशदूतहरू सत्य लिएर आएका थिए । र, घोषणा गरिनेछ– “तिमीहरूले गरेका कर्महरूको प्रतिफलस्वरूप तिमीहरू यस स्वर्गको उत्तराधिकारी बनाइएका छौ ।”
وَنَادَىٰٓ أَصۡحَٰبُ ٱلۡجَنَّةِ أَصۡحَٰبَ ٱلنَّارِ أَن قَدۡ وَجَدۡنَا مَا وَعَدَنَا رَبُّنَا حَقّٗا فَهَلۡ وَجَدتُّم مَّا وَعَدَ رَبُّكُمۡ حَقّٗاۖ قَالُواْ نَعَمۡۚ فَأَذَّنَ مُؤَذِّنُۢ بَيۡنَهُمۡ أَن لَّعۡنَةُ ٱللَّهِ عَلَى ٱلظَّٰلِمِينَ
Open ayah 7:44अनि स्वर्गका बासिन्दाहरूले नरकका बासिन्दाहरूलाई पुकारेर भन्नेछन्– “हामीले त हाम्रा पालनकर्ताले हामीसित गरेको वचनलाई सत्य पायौं । के तिमीहरूले पनि तिमीहरूका पालनकर्ताले गरेका वचनलाई सत्य पायौ ?” तिनीहरूले भन्नेछन्– “हो ।” अनि तिनीहरूबीच एक उद्घोषकले घोषणा गर्नेछ– “अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।,,
ٱلَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبۡغُونَهَا عِوَجٗا وَهُم بِٱلۡأٓخِرَةِ كَٰفِرُونَ
Open ayah 7:45जो अल्लाहको मार्गबाट रोक्थे र त्यसलाई टेढो पार्न खोज्थे अनि आखिरतको दिनलाई अस्वीकार गर्थे ।”
وَبَيۡنَهُمَا حِجَابٞۚ وَعَلَى ٱلۡأَعۡرَافِ رِجَالٞ يَعۡرِفُونَ كُلَّۢا بِسِيمَىٰهُمۡۚ وَنَادَوۡاْ أَصۡحَٰبَ ٱلۡجَنَّةِ أَن سَلَٰمٌ عَلَيۡكُمۡۚ لَمۡ يَدۡخُلُوهَا وَهُمۡ يَطۡمَعُونَ
Open ayah 7:46अनि, यी दुवै समूहबीच एउटा पर्दा हुनेछ, र अअ्राफ (उचाई) मा केही अन्य मानिसहरू हुनेछन् जसले हरेकलाई तिनका लक्षणहरूबाट चिन्नेछन् र स्वर्गका बासिन्दाहरूलाई बोलाएर भन्नेछन्– “तिमीहरूमाथि शान्ति होस् !” यद्यपि उनीहरू त्यसमा प्रवेश गरिन नसकेको भएतापनि त्यसको पूर्ण आशावादी रहनेछन् ।
۞وَإِذَا صُرِفَتۡ أَبۡصَٰرُهُمۡ تِلۡقَآءَ أَصۡحَٰبِ ٱلنَّارِ قَالُواْ رَبَّنَا لَا تَجۡعَلۡنَا مَعَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ
Open ayah 7:47र, जब तिनीहरूको दृष्टि नरकबासीहरूतर्फ फर्काइनेछ तब तिनीहरूले भन्नेछन्– “हे पालनकर्ता ! हामीलाई यी अत्याचारीहरूमा सामेल नगर ।”
وَنَادَىٰٓ أَصۡحَٰبُ ٱلۡأَعۡرَافِ رِجَالٗا يَعۡرِفُونَهُم بِسِيمَىٰهُمۡ قَالُواْ مَآ أَغۡنَىٰ عَنكُمۡ جَمۡعُكُمۡ وَمَا كُنتُمۡ تَسۡتَكۡبِرُونَ
Open ayah 7:48र, अ्राफवालाहरूले ती मानिसहरूलाई आवाज दिनेछन जसलाई तिनीहरुका निशानीबाट चिनिनेछन् , भन्नेछन्– “न तिमीहरूको जत्थाले काम दियो र न तिमीहरूले गर्ने गरेको तिमीहरूको अहंकारले नै ।”
أَهَٰٓؤُلَآءِ ٱلَّذِينَ أَقۡسَمۡتُمۡ لَا يَنَالُهُمُ ٱللَّهُ بِرَحۡمَةٍۚ ٱدۡخُلُواْ ٱلۡجَنَّةَ لَا خَوۡفٌ عَلَيۡكُمۡ وَلَآ أَنتُمۡ تَحۡزَنُونَ
Open ayah 7:49(स्वर्गबासीहरूतर्फ इसारा गर्दै भन्ने छन्) के यी नै तिनीहरू होइनन् जसको सम्बन्धमा तिमीहरू कसम खाने गर्थ्यौ कि अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट केही दिने छैनन् ? (हे आस्थावानहरू हो !) तिमीहरू स्वर्गमा प्रवेश गर । तिमीहरूलाई नकुनै भय हुनेछ र न तिमीहरू दुःखि नै हुनेछौ ।
وَنَادَىٰٓ أَصۡحَٰبُ ٱلنَّارِ أَصۡحَٰبَ ٱلۡجَنَّةِ أَنۡ أَفِيضُواْ عَلَيۡنَا مِنَ ٱلۡمَآءِ أَوۡ مِمَّا رَزَقَكُمُ ٱللَّهُۚ قَالُوٓاْ إِنَّ ٱللَّهَ حَرَّمَهُمَا عَلَى ٱلۡكَٰفِرِينَ
Open ayah 7:50र, नरकबासीहरूले स्वर्गबासीहरूसित आवाज दिनेछन्– “हामीतर्फ थोरै मात्र भए पनि पानी वा अल्लाहले तिमीहरूलाई प्रदान गरेका खाद्यपदार्थहरुमध्ये केही पठाउ ।” उनीहरूले उत्तर दिनेछन्– “अल्लाहले यी दुवैलाई काफिरहरूकालागि अवैध गरेका छन् ।
ٱلَّذِينَ ٱتَّخَذُواْ دِينَهُمۡ لَهۡوٗا وَلَعِبٗا وَغَرَّتۡهُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَاۚ فَٱلۡيَوۡمَ نَنسَىٰهُمۡ كَمَا نَسُواْ لِقَآءَ يَوۡمِهِمۡ هَٰذَا وَمَا كَانُواْ بِـَٔايَٰتِنَا يَجۡحَدُونَ
Open ayah 7:51यिनीहरूले नै आफ्नो धर्मलाई मनोरञ्जन एवं खेल तमासा बनाएका थिए र सांसारिक जीवनले भ्रममा पारेको थियो ।” अतः आज हामी त्यसरी नै तिनीहरूलाई बिर्सनेछौं जसरी तिनीहरूले यस दिनको साक्षत्कारलाई बिर्सेका थिए र हाम्रा आयतहरूलाई झुठो ठहर गर्ने गर्थे ।
وَلَقَدۡ جِئۡنَٰهُم بِكِتَٰبٖ فَصَّلۡنَٰهُ عَلَىٰ عِلۡمٍ هُدٗى وَرَحۡمَةٗ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 7:52र, निश्चय नै हामीले तिनीहरूसमक्ष ज्ञानको आधारमा खुलस्त रूपमा वर्णन गरिएको ग्रन्थ ल्याएका छौं जुन मार्गदर्शन एवम् दया हो ती मानिसहरूको लागि जो आस्थावान छन् ।
هَلۡ يَنظُرُونَ إِلَّا تَأۡوِيلَهُۥۚ يَوۡمَ يَأۡتِي تَأۡوِيلُهُۥ يَقُولُ ٱلَّذِينَ نَسُوهُ مِن قَبۡلُ قَدۡ جَآءَتۡ رُسُلُ رَبِّنَا بِٱلۡحَقِّ فَهَل لَّنَا مِن شُفَعَآءَ فَيَشۡفَعُواْ لَنَآ أَوۡ نُرَدُّ فَنَعۡمَلَ غَيۡرَ ٱلَّذِي كُنَّا نَعۡمَلُۚ قَدۡ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ
Open ayah 7:53के यिनीहरू मात्र त्यसको वास्तविकता सामुन्ने आओस् भन्ने प्रतीक्षामा छन् ? जुन दिन त्यो वास्तविकता सामुन्ने आइपुग्नेछ पहिले देखि नै त्यसको उपेक्षा गर्नेहरूले भन्नेछन्– “वास्तवमा हाम्रा पालनकर्ताका रसूलहरू सत्य लिएर आएका थिए । अनि के हाम्रोलागि कोही सिफारिशकर्ताहरू छन् जसले हाम्रोलागि सिफारिश गरुन् वा हामीहरूलाई फेरि सांसारिक जीवनतर्फ फर्काइयोस् ताकि हामीले यसभन्दा पहिले गर्दै गरेको कुकर्म हरूको सट्टामा सत्कर्म गरौं ?” वास्तवमा तिनीहरूले आफैंलाई घाटामा पारे र तिनीहरूले रचेका सारा झुठहरू तिनीहरूबाट हराए ।
إِنَّ رَبَّكُمُ ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يُغۡشِي ٱلَّيۡلَ ٱلنَّهَارَ يَطۡلُبُهُۥ حَثِيثٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ وَٱلنُّجُومَ مُسَخَّرَٰتِۭ بِأَمۡرِهِۦٓۗ أَلَا لَهُ ٱلۡخَلۡقُ وَٱلۡأَمۡرُۗ تَبَارَكَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ
Open ayah 7:54निस्सन्देह तिमीहरूका पालनकर्ता अल्लाह हुन् जसले आकाशहरू तथा पृथ्वीलाई छ दिनमा सृष्टि गरे अनि आफ्नो सिंहासनमा विराजमान भए । उनी रातलाई दिनले छोप्दछन् जुन रातको पछाडि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरू सबै उनकै आदेशको नियंत्रणमा छन् । सावधान ! सृष्टि उनकै हो र आदेश पनि उनकै । अल्लाह बरकतयुक्त (मंगलमय) छन् जो सम्पूर्ण जगत्का मालिक हुन् ।
ٱدۡعُواْ رَبَّكُمۡ تَضَرُّعٗا وَخُفۡيَةًۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُعۡتَدِينَ
Open ayah 7:55तिमीहरू आफ्ना पालनकर्तालाई बिलौना गर्दै र गोप्य रूपमा पुकार्ने गर । निस्सन्देह उनी सीमा उल्लङ्घनकारीहरूलाई मन पराउँदैनन् ।
وَلَا تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ بَعۡدَ إِصۡلَٰحِهَا وَٱدۡعُوهُ خَوۡفٗا وَطَمَعًاۚ إِنَّ رَحۡمَتَ ٱللَّهِ قَرِيبٞ مِّنَ ٱلۡمُحۡسِنِينَ
Open ayah 7:56र, धर्तीमा त्यसको सुधार गरिएपछि विध्वंस नमच्चाऊ अनि भय राख्दै तथा आशा गर्दै उनैलाई पुकार । निस्सन्देह अल्लाहको दया सुकर्मीहरूको नजिकै रहेको छ ।
وَهُوَ ٱلَّذِي يُرۡسِلُ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦۖ حَتَّىٰٓ إِذَآ أَقَلَّتۡ سَحَابٗا ثِقَالٗا سُقۡنَٰهُ لِبَلَدٖ مَّيِّتٖ فَأَنزَلۡنَا بِهِ ٱلۡمَآءَ فَأَخۡرَجۡنَا بِهِۦ مِن كُلِّ ٱلثَّمَرَٰتِۚ كَذَٰلِكَ نُخۡرِجُ ٱلۡمَوۡتَىٰ لَعَلَّكُمۡ تَذَكَّرُونَ
Open ayah 7:57र, उनै हुन् जसले आफ्नो दया (वर्षा) भन्दा पहिले हावालाई शुभ–सूचनास्वरूप पठाउँछन् । यहाँसम्म कि जब त्यसले गह्रुङ्गा बादलहरूलाई लिएर आउँछ तब हामी त्यसलाई एउटा मृत भूमितर्फ हाँकेर लैजान्छौं अनि बादलबाट वर्षा गराएर त्यसबाट अनेक थरिका फल उत्पन्न गर्छौं । यसरी नै हामी मृतहरूलाई (जीवित पारेर) निकाल्नेछौं । आसा छ कि तिमीहरू शिक्षा ग्रहण गर्नेछौ ।
وَٱلۡبَلَدُ ٱلطَّيِّبُ يَخۡرُجُ نَبَاتُهُۥ بِإِذۡنِ رَبِّهِۦۖ وَٱلَّذِي خَبُثَ لَا يَخۡرُجُ إِلَّا نَكِدٗاۚ كَذَٰلِكَ نُصَرِّفُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَشۡكُرُونَ
Open ayah 7:58उत्तम भूमिबाट त्यसका पालनकर्ताको अनुज्ञाले खुबै बनस्पति उत्पन्न हुन्छन् र जुन भूमि खराब हुन्छ त्यसबाट खराब वस्तु नै उब्जने गर्छ। हामी यसरी कृतज्ञहरूकालागि बारम्बार आफ्ना निशानीहरू प्रस्तुत गर्दछौँ ।
لَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦ فَقَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ عَظِيمٖ
Open ayah 7:59निश्चय नै हामीले नूहलाई उनको समुदायतर्फ पठायौं । अनि उनले भने– “हे मेरो समुदाय ! अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको अन्य कोही उपास्य छैन । म तिमीहरूमाथि आउने भयानक दिनको यातनाबाट डराउँछु ।”
قَالَ ٱلۡمَلَأُ مِن قَوۡمِهِۦٓ إِنَّا لَنَرَىٰكَ فِي ضَلَٰلٖ مُّبِينٖ
Open ayah 7:60उनको जातिका अगुवाहरूले भने– “हामी त तिमीलाई स्पष्ट पथभ्रष्टतामा देख्छौं ।”
قَالَ يَٰقَوۡمِ لَيۡسَ بِي ضَلَٰلَةٞ وَلَٰكِنِّي رَسُولٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 7:61उनले भने– “हे मेरा जातिबन्धुहरू हो ! ममा कुनै प्रकारको पथभ्रष्टता छैन बरु म सम्पूर्ण जगत्का स्वामीको सन्देशवाहक हुँ ।
أُبَلِّغُكُمۡ رِسَٰلَٰتِ رَبِّي وَأَنصَحُ لَكُمۡ وَأَعۡلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 7:62तिमीहरूलाई आफ्ना पालनकर्ताका सन्देश पुर्याउँछु र तिमीहरूको हितैषी हुँ । र, मलाई अल्लाहको तर्फबाट त्यो ज्ञान प्राप्त भएको छ जुन तिमीहरूलाई छैन ।
أَوَعَجِبۡتُمۡ أَن جَآءَكُمۡ ذِكۡرٞ مِّن رَّبِّكُمۡ عَلَىٰ رَجُلٖ مِّنكُمۡ لِيُنذِرَكُمۡ وَلِتَتَّقُواْ وَلَعَلَّكُمۡ تُرۡحَمُونَ
Open ayah 7:63के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष तिमीमध्येकै एक व्यक्तिमार्फत् तिम्रा पालनकर्ताको तर्फबाट अनुस्मारिका आएको छ ताकि उनले तिमीहरूलाई सचेत गरून् । अनि तिमीहरू ईशभय ग्रहण गर ताकि तिमीहरूमाथि दया गरियोस् ?”
فَكَذَّبُوهُ فَأَنجَيۡنَٰهُ وَٱلَّذِينَ مَعَهُۥ فِي ٱلۡفُلۡكِ وَأَغۡرَقۡنَا ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَآۚ إِنَّهُمۡ كَانُواْ قَوۡمًا عَمِينَ
Open ayah 7:64अनि तिनीहरूले उनलाई झुठलाए । अन्ततः हामीले उनी तथा उनका साथीहरूलाई एउटा डुंगामा सुरक्षित गरिदियौं र जसले हाम्रा आयतहरूलाई झुठो ठहराएका थिए तिनीहरूलाई डुबाइदियौं । निस्सन्देह तिनीहरू अन्धा मानिसहरू थिए ।
۞وَإِلَىٰ عَادٍ أَخَاهُمۡ هُودٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۚ أَفَلَا تَتَّقُونَ
Open ayah 7:65र, हामीले आदतर्फ उनका भाइ ‘हूद’ लाई पठायौं । उनले भने– “हे मेरा जातिवन्धुहरू हो ! अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको कोही उपास्य छैन । के तिमीहरू डराउँदैनौ ?”
قَالَ ٱلۡمَلَأُ ٱلَّذِينَ كَفَرُواْ مِن قَوۡمِهِۦٓ إِنَّا لَنَرَىٰكَ فِي سَفَاهَةٖ وَإِنَّا لَنَظُنُّكَ مِنَ ٱلۡكَٰذِبِينَ
Open ayah 7:66उनका जातिका काफिर अगुवाहरूले भने– “हामी तिमीलाई मूर्खताग्रस्त देख्दछौं र तिमीलाई झुठाहरूमध्ये ठान्दछौं ।”
قَالَ يَٰقَوۡمِ لَيۡسَ بِي سَفَاهَةٞ وَلَٰكِنِّي رَسُولٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 7:67उनले भने– “हे मेरो जातिबन्धुहरू हो ! ममा मूर्खताको कुनै कुरा छैन, बरु म सम्पूर्ण संसारका पालनकर्ताको रसूल हुँ ।”
أُبَلِّغُكُمۡ رِسَٰلَٰتِ رَبِّي وَأَنَا۠ لَكُمۡ نَاصِحٌ أَمِينٌ
Open ayah 7:68तिमीहरूलाई आफ्ना ‘रब’ को सन्देश पुर्याउँछु र तिमीहरूको नासोवाहक हितेषी हुँ ।
أَوَعَجِبۡتُمۡ أَن جَآءَكُمۡ ذِكۡرٞ مِّن رَّبِّكُمۡ عَلَىٰ رَجُلٖ مِّنكُمۡ لِيُنذِرَكُمۡۚ وَٱذۡكُرُوٓاْ إِذۡ جَعَلَكُمۡ خُلَفَآءَ مِنۢ بَعۡدِ قَوۡمِ نُوحٖ وَزَادَكُمۡ فِي ٱلۡخَلۡقِ بَصۜۡطَةٗۖ فَٱذۡكُرُوٓاْ ءَالَآءَ ٱللَّهِ لَعَلَّكُمۡ تُفۡلِحُونَ
Open ayah 7:69के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष तिमीमध्येकै एक व्यक्तिमार्फत् तिम्रा पालनकर्ताको तर्फबाट अनुस्मारिका आएको छ ताकि उनले तिमीहरूलाई डर देखाउन् ? अनि, स्मरण गर जब उनले तिमीहरूलाई नूहका सन्तानपछि उत्तराधिकारी नियुक्त गरे र तिमीहरूलाई खुबै हृष्टपुष्ट बनाए । अनि अल्लाहका उपकारहरूलाई स्मरण गर ताकि तिमीहरू सफल हुन सक ।
قَالُوٓاْ أَجِئۡتَنَا لِنَعۡبُدَ ٱللَّهَ وَحۡدَهُۥ وَنَذَرَ مَا كَانَ يَعۡبُدُ ءَابَآؤُنَا فَأۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ
Open ayah 7:70तिनीहरूले उत्तर दिए– “के तिमी हामीसमक्ष यस कारणले आएका छौ कि हामीहरू केवल एक अल्लाहको भक्ति गरौं र जसलाई हाम्रा पूर्वजहरूले पुज्दै आएका छन् त्यसलाई छाडिदेऔं ? यदि तिमी सच्चा हौ भने जुन यातनाको धम्की तिमी हामीलाई दिन्छौ, हामीमाथि लिएर आउ ।
قَالَ قَدۡ وَقَعَ عَلَيۡكُم مِّن رَّبِّكُمۡ رِجۡسٞ وَغَضَبٌۖ أَتُجَٰدِلُونَنِي فِيٓ أَسۡمَآءٖ سَمَّيۡتُمُوهَآ أَنتُمۡ وَءَابَآؤُكُم مَّا نَزَّلَ ٱللَّهُ بِهَا مِن سُلۡطَٰنٖۚ فَٱنتَظِرُوٓاْ إِنِّي مَعَكُم مِّنَ ٱلۡمُنتَظِرِينَ
Open ayah 7:71हूदले भने– “तिमीहरूमाथि तिम्रा पालनकर्ताको तर्फबाट यातना एवं क्रोध निश्चित भइसकेको छ । के तिमीहरू मसँग यस्ता नामहरूको बारेमा वादविवाद गर्छौ जुन तिमीहरू र तिम्रा पूर्वजहरूले रचेका छन् जसकालागि अल्लाहले कुनै प्रमाण अवतरण गरेकै छैनन् ? अनि, तिमीहरू प्रतीक्षा गर र म पनि तिमीहरूसँग प्रतीक्षा गर्छु ।”
فَأَنجَيۡنَٰهُ وَٱلَّذِينَ مَعَهُۥ بِرَحۡمَةٖ مِّنَّا وَقَطَعۡنَا دَابِرَ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَاۖ وَمَا كَانُواْ مُؤۡمِنِينَ
Open ayah 7:72अन्ततः हामीले हूद तथा उनका साथीहरूलाई आफ्नो कृपाले बचायौं । र, जसले हाम्रा आयतहरूलाई झुठो ठहराएका थिए तिनीहरुलाई जरो देखिनै काटिदियौं र तिनीहरू ईमान ल्याउनेवाला थिएनन् ।
وَإِلَىٰ ثَمُودَ أَخَاهُمۡ صَٰلِحٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥۖ قَدۡ جَآءَتۡكُم بَيِّنَةٞ مِّن رَّبِّكُمۡۖ هَٰذِهِۦ نَاقَةُ ٱللَّهِ لَكُمۡ ءَايَةٗۖ فَذَرُوهَا تَأۡكُلۡ فِيٓ أَرۡضِ ٱللَّهِۖ وَلَا تَمَسُّوهَا بِسُوٓءٖ فَيَأۡخُذَكُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 7:73र समूदका जातितर्फ हामीले उनका भाइ सालेहलाई पठायौं । सालेहले भने– “हे मेरा जातिबन्धुहरू हो ! अल्लाहको उपासना गर । उनीबाहेक तिम्रो कोही उपास्य छैन । तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट निशानी आइसकेको छ । यो अल्लाहको ऊँटनी तिमीहरूकोलागि निशानी हो अनि त्यसलाई अल्लाहको धर्तीमा चर्न छोडिदेऊ अनि त्यसलाई हानि पुर्याउने मनसायले हात नलगाऊ नत्र तिमीहरूमाथि दुःखद यातना आइपर्नेछ ।”
وَٱذۡكُرُوٓاْ إِذۡ جَعَلَكُمۡ خُلَفَآءَ مِنۢ بَعۡدِ عَادٖ وَبَوَّأَكُمۡ فِي ٱلۡأَرۡضِ تَتَّخِذُونَ مِن سُهُولِهَا قُصُورٗا وَتَنۡحِتُونَ ٱلۡجِبَالَ بُيُوتٗاۖ فَٱذۡكُرُوٓاْ ءَالَآءَ ٱللَّهِ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ
Open ayah 7:74अनि, स्मरण गर जब पालनकर्ताले तिमीहरूलाई आदपछि उत्तराधिकारी बनाए र धर्तीमा आबाद गरे जहाँ तिमीहरू त्यसको समतल मैदानमा महल निर्माण गर्छौ र पहाडलाई खोपेर घर बनाउँछौ । अनि, अल्लाहका उपकारहरूलाई स्मरण गर र धर्तीमा विध्वंस नमच्चाऊ ।
قَالَ ٱلۡمَلَأُ ٱلَّذِينَ ٱسۡتَكۡبَرُواْ مِن قَوۡمِهِۦ لِلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِمَنۡ ءَامَنَ مِنۡهُمۡ أَتَعۡلَمُونَ أَنَّ صَٰلِحٗا مُّرۡسَلٞ مِّن رَّبِّهِۦۚ قَالُوٓاْ إِنَّا بِمَآ أُرۡسِلَ بِهِۦ مُؤۡمِنُونَ
Open ayah 7:75उनका जातिका अगुवाहरूले जो अहंकार गर्ने गर्थे, दुर्बल ठानिएका आस्थावानहरूसँग सोधे– “के तिमीहरू विश्वास गर्दछौ कि सालेह आफ्ना पालनकर्ताद्वारा पठाइएका हुन् ?” तिनीहरूले जवाफ दिए– “जुन सन्देशकासाथ उनलाई पठाइएको छ त्यसमाथि हामी ईमान राख्दछौं ।”
قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا بِٱلَّذِيٓ ءَامَنتُم بِهِۦ كَٰفِرُونَ
Open ayah 7:76अहंकारीहरूले भने– “जुन कुरामाथि तिमीहरूल ईमान ल्याएका छौ त्यसको हामीहरू इन्कार गर्दछौं ।”
فَعَقَرُواْ ٱلنَّاقَةَ وَعَتَوۡاْ عَنۡ أَمۡرِ رَبِّهِمۡ وَقَالُواْ يَٰصَٰلِحُ ٱئۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلۡمُرۡسَلِينَ
Open ayah 7:77अन्ततः तिनीहरूले त्यस ऊँटनीलाई घुँडा काटेर मारिदिए र आफ्ना पालनकर्ताको आदेशको उल्लङ्घन गरे अनि भने– “ए सालेह ! यदि तिमी ईशदूतहरूमध्येका हौ भने जुन यातनाबाट तिमीले हामीलाई डर देखाउने गर्थ्यौ त्यो हामीसमक्ष ल्याऊ ।”
فَأَخَذَتۡهُمُ ٱلرَّجۡفَةُ فَأَصۡبَحُواْ فِي دَارِهِمۡ جَٰثِمِينَ
Open ayah 7:78अनि तिनीहरूमाथि भयानक प्रकोप आइपर्यो । र, तिनीहरू आ–आफ्ना घरमा (सुतेकै अवस्थामा) घोप्टो परे ।
فَتَوَلَّىٰ عَنۡهُمۡ وَقَالَ يَٰقَوۡمِ لَقَدۡ أَبۡلَغۡتُكُمۡ رِسَالَةَ رَبِّي وَنَصَحۡتُ لَكُمۡ وَلَٰكِن لَّا تُحِبُّونَ ٱلنَّٰصِحِينَ
Open ayah 7:79अनि सालेहले तिनीहरूबाट फर्किदै भने– “हे मेरा जातिबन्धुहरू हो ! मैले तिमीहरूलाई आफ्ना पालनकर्ताको सन्देश पुर्याइदिएँ र तिमीहरूको भलाई गरें तर तिमीहरू भने हितैषीलाई मन पराउँदैनौ ।”
وَلُوطًا إِذۡ قَالَ لِقَوۡمِهِۦٓ أَتَأۡتُونَ ٱلۡفَٰحِشَةَ مَا سَبَقَكُم بِهَا مِنۡ أَحَدٖ مِّنَ ٱلۡعَٰلَمِينَ
Open ayah 7:80र, लूतलाई (पठायौं) । उनले आफ्ना समुदायका मानिसहरूलाई भने– “तिमीहरू यस्तो अश्लील कार्य किन गर्छौ जुन कार्य तिमीहरूभन्दा अघि संसारमा कसैले गरेन ?
إِنَّكُمۡ لَتَأۡتُونَ ٱلرِّجَالَ شَهۡوَةٗ مِّن دُونِ ٱلنِّسَآءِۚ بَلۡ أَنتُمۡ قَوۡمٞ مُّسۡرِفُونَ
Open ayah 7:81तिमीहरू महिलाहरूलाई छोडी पुरुषहरूसित काम वासना पुरा गर्छौ । वास्तवमा तिमीहरू सीमा उल्लङ्घनकारी हौ ।
وَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُوٓاْ أَخۡرِجُوهُم مِّن قَرۡيَتِكُمۡۖ إِنَّهُمۡ أُنَاسٞ يَتَطَهَّرُونَ
Open ayah 7:82तर, उनको समुदायका मानिसहरूको उत्तर यस बाहेक केही थिएन– “उनीहरूलाई आफ्नो बस्तीबाट बाहिर निकाल । यिनीहरू बडो सदाचारी बन्न खोज्छन् ।”
فَأَنجَيۡنَٰهُ وَأَهۡلَهُۥٓ إِلَّا ٱمۡرَأَتَهُۥ كَانَتۡ مِنَ ٱلۡغَٰبِرِينَ
Open ayah 7:83अनि हामीले लूत तथा उनका परिवारलाई बचायौं सिवाय उनकी पत्नी जो पछाडि रहनेहरूमध्ये कि थिइन् ।
وَأَمۡطَرۡنَا عَلَيۡهِم مَّطَرٗاۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُجۡرِمِينَ
Open ayah 7:84र, हामीले तिनीहरूमाथि (ढुंगाको) वर्षा गर्यौं । अनि, हेर अपराधीहरूको परिणाम कस्तो भयो ?
وَإِلَىٰ مَدۡيَنَ أَخَاهُمۡ شُعَيۡبٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥۖ قَدۡ جَآءَتۡكُم بَيِّنَةٞ مِّن رَّبِّكُمۡۖ فَأَوۡفُواْ ٱلۡكَيۡلَ وَٱلۡمِيزَانَ وَلَا تَبۡخَسُواْ ٱلنَّاسَ أَشۡيَآءَهُمۡ وَلَا تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ بَعۡدَ إِصۡلَٰحِهَاۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 7:85र, मदयनतर्फ उनका भाई ‘शुऐब’ लाई पठायौं । उनले भने–“हे मेरा जातिबन्धुहरू हो ! अल्लाहको उपासना गर । उनीबाहेक तिम्रो कोही उपास्य छैन । तिम्रा पालनकर्ताको तर्फबाट तिमीहरूसमक्ष स्पष्ट मार्गदर्शन आइपुगेको छ । अनि, तिमीहरू नाप तथा तौल पूरा–पूरा गर्ने गर र मानिसहरूलाई तिनीहरुको सामान कम नदेऊ साथै धर्तीमा सुधारपछि विध्वंस नमच्चाऊ । यदि तिमीहरू आस्थावान हौ भने यो नै तिमीहरूको लागि उत्तम छ ।”
وَلَا تَقۡعُدُواْ بِكُلِّ صِرَٰطٖ تُوعِدُونَ وَتَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ مَنۡ ءَامَنَ بِهِۦ وَتَبۡغُونَهَا عِوَجٗاۚ وَٱذۡكُرُوٓاْ إِذۡ كُنتُمۡ قَلِيلٗا فَكَثَّرَكُمۡۖ وَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُفۡسِدِينَ
Open ayah 7:86र, तिमीहरू मोमिनहरूलाई डराउने, अल्लाहको मार्गबाट रोक्ने र त्यसलाई टेढो पार्न खोज्ने उद्देश्यले हरेक बाटोमा नबस्ने गर । र, स्मरण गर जब तिमीहरू अल्पसंख्यक थियौ अनि अल्लाहले तिमीहरूको संख्यालाई बहुसंख्यक बनाइदिए । अनि हेर, के भयो विध्वंसकारीहरूको परिणाम !
وَإِن كَانَ طَآئِفَةٞ مِّنكُمۡ ءَامَنُواْ بِٱلَّذِيٓ أُرۡسِلۡتُ بِهِۦ وَطَآئِفَةٞ لَّمۡ يُؤۡمِنُواْ فَٱصۡبِرُواْ حَتَّىٰ يَحۡكُمَ ٱللَّهُ بَيۡنَنَاۚ وَهُوَ خَيۡرُ ٱلۡحَٰكِمِينَ
Open ayah 7:87र, तिमीहरूमध्येको एक समूहले मैले दिएर पठाइएको संदेशमा ईमान ल्याएको छ, अनि अर्को समूहले ईमान ल्याएको छैन । अतः अल्लाहले हामीबीच निर्णय नगरुञ्जेल प्रतीक्षा गर । र, उनी सर्वोत्तम निर्णायक हुन् ।
۞قَالَ ٱلۡمَلَأُ ٱلَّذِينَ ٱسۡتَكۡبَرُواْ مِن قَوۡمِهِۦ لَنُخۡرِجَنَّكَ يَٰشُعَيۡبُ وَٱلَّذِينَ ءَامَنُواْ مَعَكَ مِن قَرۡيَتِنَآ أَوۡ لَتَعُودُنَّ فِي مِلَّتِنَاۚ قَالَ أَوَلَوۡ كُنَّا كَٰرِهِينَ
Open ayah 7:88उनका जातिका अहंकारी अगुवाहरूले भने– “हे शुऐब ! तिमी र तिमीसँग ईमान ल्याउने हरूलाई हामीले निश्चय नै आफ्नो बस्ती बाट निष्कासित गर्नेछौं, अथवा तिमीहरू हाम्रो समुदायमा फिर्ता आउनैपर्छ” । शुऐबले भने– “के हामीले त्यसलाई घृणा गरेपनि यसो गर्नुपर्छ ?”
قَدِ ٱفۡتَرَيۡنَا عَلَى ٱللَّهِ كَذِبًا إِنۡ عُدۡنَا فِي مِلَّتِكُم بَعۡدَ إِذۡ نَجَّىٰنَا ٱللَّهُ مِنۡهَاۚ وَمَا يَكُونُ لَنَآ أَن نَّعُودَ فِيهَآ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ رَبُّنَاۚ وَسِعَ رَبُّنَا كُلَّ شَيۡءٍ عِلۡمًاۚ عَلَى ٱللَّهِ تَوَكَّلۡنَاۚ رَبَّنَا ٱفۡتَحۡ بَيۡنَنَا وَبَيۡنَ قَوۡمِنَا بِٱلۡحَقِّ وَأَنتَ خَيۡرُ ٱلۡفَٰتِحِينَ
Open ayah 7:89हामी तिमीहरूको धर्ममा फिर्ता आयौं भने हामी अल्लाहमाथि मिथ्यारोपण गर्नेवाला हुनेछौं, जबकि अल्लाहले यसबाट हामीलाई छुटकारा दिइसकेका छन् । तिमीहरूको धर्ममा फिर्ता हुने कुरा हाम्रोलागि एकदमै असम्भव छ ; हाम्रा पालनकर्ता अल्लाहले नै चाहे भने बेग्लै कुरा हो । हाम्रा पालनकर्ताले हरेक वस्तुहरुलाई आफ्नो ज्ञानको परिधिमा लिएको छ । केवल अल्लाहप्रति हामी भरोसा राख्छौं । हे हाम्रा पालनकर्ता ! हामी र हाम्रा समुदायबीच ठीक ठीक निर्णय गर किनभने तिमी नै सर्वोत्तम निर्णायक हौ ।
وَقَالَ ٱلۡمَلَأُ ٱلَّذِينَ كَفَرُواْ مِن قَوۡمِهِۦ لَئِنِ ٱتَّبَعۡتُمۡ شُعَيۡبًا إِنَّكُمۡ إِذٗا لَّخَٰسِرُونَ
Open ayah 7:90उनका समुदायका काफिर नेताहरूले भने– “यदि तिमीहरूले शुऐबको अनुसरण गर्यौ भने तिमीहरू अवश्य नै बरबाद हुनेछौ ।”
فَأَخَذَتۡهُمُ ٱلرَّجۡفَةُ فَأَصۡبَحُواْ فِي دَارِهِمۡ جَٰثِمِينَ
Open ayah 7:91अन्ततः तिनीहरूलाई भूकम्पले अँठ्यायो, अनि तिनीहरू आफ्ना घरमै घोप्टो परिरहे ।
ٱلَّذِينَ كَذَّبُواْ شُعَيۡبٗا كَأَن لَّمۡ يَغۡنَوۡاْ فِيهَاۚ ٱلَّذِينَ كَذَّبُواْ شُعَيۡبٗا كَانُواْ هُمُ ٱلۡخَٰسِرِينَ
Open ayah 7:92जुन व्यक्तिहरूले शुऐबलाई झुठो ठहर गरे ती यसरी बरबाद भए मानौं (तिनीहरू) त्यहाँ कहिल्यै बसेकै थिएनन् । जसले शुऐबलाई झुठो ठहर गरेका थिए तिनीहरू नै घाटामा रहे ।
فَتَوَلَّىٰ عَنۡهُمۡ وَقَالَ يَٰقَوۡمِ لَقَدۡ أَبۡلَغۡتُكُمۡ رِسَٰلَٰتِ رَبِّي وَنَصَحۡتُ لَكُمۡۖ فَكَيۡفَ ءَاسَىٰ عَلَىٰ قَوۡمٖ كَٰفِرِينَ
Open ayah 7:93अनि शुऐबले फर्कंदै भने– “हे मेरा समुदायका मानिसहरू हो ! मैले तिमीहरूसमक्ष आफ्ना ‘रब’ को सन्देशहरू पुर्याइसकें र तिमीहरूको हित नै चाहें । अब म अस्वीकार गर्नेहरूकालागि के आधारमा अफसोच गरूँ !”
وَمَآ أَرۡسَلۡنَا فِي قَرۡيَةٖ مِّن نَّبِيٍّ إِلَّآ أَخَذۡنَآ أَهۡلَهَا بِٱلۡبَأۡسَآءِ وَٱلضَّرَّآءِ لَعَلَّهُمۡ يَضَّرَّعُونَ
Open ayah 7:94अनि, हामीले जुन बस्तीमा पनि नबी पठायौं त्यहाँका बासिन्दालाई दरिद्रता तथा कठिनाइमा पार्यौं ताकि तिनीहरू विनम्रता अपनाऊन् ।
ثُمَّ بَدَّلۡنَا مَكَانَ ٱلسَّيِّئَةِ ٱلۡحَسَنَةَ حَتَّىٰ عَفَواْ وَّقَالُواْ قَدۡ مَسَّ ءَابَآءَنَا ٱلضَّرَّآءُ وَٱلسَّرَّآءُ فَأَخَذۡنَٰهُم بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ
Open ayah 7:95अनि हामीले विपन्नतालाई सम्पन्नतामा परिणत गर्यौं यहाँसम्म कि तिनीहरू सुसम्पन्न भए र भन्न थाले– “यस्तै सुख–दुःखका दिनहरू हाम्रा पूर्वजहरूमाथि पनि आएका थिए ।” अनि, हामीले तिनीहरूलाई थाहा नभएकै अवस्थामा तिनीहरूलाई अकस्मात् समात्यौं ।
وَلَوۡ أَنَّ أَهۡلَ ٱلۡقُرَىٰٓ ءَامَنُواْ وَٱتَّقَوۡاْ لَفَتَحۡنَا عَلَيۡهِم بَرَكَٰتٖ مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ وَلَٰكِن كَذَّبُواْ فَأَخَذۡنَٰهُم بِمَا كَانُواْ يَكۡسِبُونَ
Open ayah 7:96र, यदि ती नगरबासीहरूले ईमान ल्याएका भए तथा ईशभय राखेका भए हामी तिनीहरूकानिम्ति आकाश तथा धर्तीबाट बरकतका ढोकाहरूलाई खोल्ने थियौं तर तिनीहरूले अस्वीकार गरे । अनि तिनीहरूका कुकर्मको कारणले गर्दा हामीले तिनीहरूलाई समात्यौं ।
أَفَأَمِنَ أَهۡلُ ٱلۡقُرَىٰٓ أَن يَأۡتِيَهُم بَأۡسُنَا بَيَٰتٗا وَهُمۡ نَآئِمُونَ
Open ayah 7:97के नगरबासीहरू राती तिनीहरू सुतिरहेकै अवस्थामा हाम्रो प्रकोप आइपुग्नबाट निश्चिन्त छन् ?
أَوَأَمِنَ أَهۡلُ ٱلۡقُرَىٰٓ أَن يَأۡتِيَهُم بَأۡسُنَا ضُحٗى وَهُمۡ يَلۡعَبُونَ
Open ayah 7:98वा के नगरबासीहरू दिउँसै तिनीहरू खेलिरहेकै अवस्थामा हाम्रो प्रकोप आइपुग्नबाट निश्चिन्त छन् ?
أَفَأَمِنُواْ مَكۡرَ ٱللَّهِۚ فَلَا يَأۡمَنُ مَكۡرَ ٱللَّهِ إِلَّا ٱلۡقَوۡمُ ٱلۡخَٰسِرُونَ
Open ayah 7:99के तिनीहरू अल्लाहको जुक्तिबाट निश्चिन्त छन् ? अनि अल्लाहको जुक्तिबाट त नोक्सान बेहोर्नेहरू मात्र निश्चिन्त रहने गर्छन् ।
أَوَلَمۡ يَهۡدِ لِلَّذِينَ يَرِثُونَ ٱلۡأَرۡضَ مِنۢ بَعۡدِ أَهۡلِهَآ أَن لَّوۡ نَشَآءُ أَصَبۡنَٰهُم بِذُنُوبِهِمۡۚ وَنَطۡبَعُ عَلَىٰ قُلُوبِهِمۡ فَهُمۡ لَا يَسۡمَعُونَ
Open ayah 7:100के विगतका धर्तीबासीहरूपछि उत्तराधिकारी भएका व्यक्तिहरूलाई उक्त घटनाले शिक्षा दिएन कि हामीले चाहेको भए तिनीहरूको पापले गर्दा तिनीहरूलाई नष्ट गर्न सक्थ्यौं ? र, हामी तिनीहरुका हृदयमाथि मोहर लगाइदिन्छौं, अनि तिनीहरू सुन्नै सक्दैनन् ।
تِلۡكَ ٱلۡقُرَىٰ نَقُصُّ عَلَيۡكَ مِنۡ أَنۢبَآئِهَاۚ وَلَقَدۡ جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَمَا كَانُواْ لِيُؤۡمِنُواْ بِمَا كَذَّبُواْ مِن قَبۡلُۚ كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ قُلُوبِ ٱلۡكَٰفِرِينَ
Open ayah 7:101यी बस्तीहरू हुन् जसका केही वृत्तान्तहरू हामी तिमीहरूलाई सुनाउँदैछौं । तिनीहरूसमक्ष तिनीहरुका रसूलहरू निशानीहरू लिएर आएका थिए तर पहिले झुठो ठहराएका कुराहरूमाथि तिनीहरू ईमान ल्याउनेवाला भएनन् । यसरी नै अल्लाह काफिरहरूको मन–मस्तिष्कमा सिल लगाउँछन् ।
وَمَا وَجَدۡنَا لِأَكۡثَرِهِم مِّنۡ عَهۡدٖۖ وَإِن وَجَدۡنَآ أَكۡثَرَهُمۡ لَفَٰسِقِينَ
Open ayah 7:102र, अधिकांश मानिसहरूमा हामीले प्रतिज्ञाको कुनै पालना पाएनौं बरु अधिकांशलाई हामीले अवज्ञाकारी नै पायौं ।
ثُمَّ بَعَثۡنَا مِنۢ بَعۡدِهِم مُّوسَىٰ بِـَٔايَٰتِنَآ إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ فَظَلَمُواْ بِهَاۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُفۡسِدِينَ
Open ayah 7:103फेरि यिनीहरूपछि हामीले मूसालाई आफ्ना चमत्कारहरू दिएर फिरऔन एवं उनका जातिका सरदारहरूसमक्ष पठायौं अनि तिनीहरूले ती निशानीहरूप्रति अत्याचार गरे । अनि हेर ! के परिणाम भयो विध्वंसकारीहरूको ?
وَقَالَ مُوسَىٰ يَٰفِرۡعَوۡنُ إِنِّي رَسُولٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 7:104र, मूसाले भने– “हे फिरऔन ! म सम्पूर्ण संसारका पालनकर्ताको तर्फबाट रसूल हुँ ।”
حَقِيقٌ عَلَىٰٓ أَن لَّآ أَقُولَ عَلَى ٱللَّهِ إِلَّا ٱلۡحَقَّۚ قَدۡ جِئۡتُكُم بِبَيِّنَةٖ مِّن رَّبِّكُمۡ فَأَرۡسِلۡ مَعِيَ بَنِيٓ إِسۡرَٰٓءِيلَ
Open ayah 7:105मेरो लागि अनिवार्य छ कि अल्लाहको तर्फबाट जे कुरा पनि भनूँ सत्य भनूँ । म तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण लिएर तिमीहरूसमक्ष आएको छु । अत: इसराईलका सन्तानहरूलाई मसँग जान देऊ ।
قَالَ إِن كُنتَ جِئۡتَ بِـَٔايَةٖ فَأۡتِ بِهَآ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ
Open ayah 7:106फिरऔनले भन्यो– “यदि तिमी कुनै चमत्कार लिएर आएकाछौ भने त्यसलाई प्रस्तुत गर यदि तिमी आफ्नो दावीमा सत्यवादीहरूमध्ये हौ भने ।”
فَأَلۡقَىٰ عَصَاهُ فَإِذَا هِيَ ثُعۡبَانٞ مُّبِينٞ
Open ayah 7:107अनि मूसाले आफ्नो लौरो फ्याँके र त्यो स्पष्ट अजिङ्गर बन्यो ।
وَنَزَعَ يَدَهُۥ فَإِذَا هِيَ بَيۡضَآءُ لِلنَّٰظِرِينَ
Open ayah 7:108अनि, उनले आफ्नो हात बाहिर निकाले र त्यो त्यतिखेर नै दर्शकहरूका सामु चम्किन थाल्यो ।
قَالَ ٱلۡمَلَأُ مِن قَوۡمِ فِرۡعَوۡنَ إِنَّ هَٰذَا لَسَٰحِرٌ عَلِيمٞ
Open ayah 7:109अनि फिरऔनको जातिका अगुवाहरूले भने– “निश्चय नै यो अत्यन्त कुशल जादुगर रहेछ ।”
يُرِيدُ أَن يُخۡرِجَكُم مِّنۡ أَرۡضِكُمۡۖ فَمَاذَا تَأۡمُرُونَ
Open ayah 7:110यसको चाहना तिमीहरूलाई तिम्रो देशबाट निकाल्नु रहेछ । अनि तिमीहरूको के छ सल्लाह ?
قَالُوٓاْ أَرۡجِهۡ وَأَخَاهُ وَأَرۡسِلۡ فِي ٱلۡمَدَآئِنِ حَٰشِرِينَ
Open ayah 7:111तिनीहरूले सुझाव दिए– “मूसा र उनका भाइलाई अवसर देऊ र समस्त शहरहरुमा संकलनकर्ता हरूलाई पठाऊ ।
يَأۡتُوكَ بِكُلِّ سَٰحِرٍ عَلِيمٖ
Open ayah 7:112जसले तपाईंसमक्ष सम्पूर्ण दक्ष जादूगरलाई ल्याऊन् ।”
وَجَآءَ ٱلسَّحَرَةُ فِرۡعَوۡنَ قَالُوٓاْ إِنَّ لَنَا لَأَجۡرًا إِن كُنَّا نَحۡنُ ٱلۡغَٰلِبِينَ
Open ayah 7:113र, जादुगरहरू फिरऔनसमक्ष आएर भने– “यदि हामी विजयी भयौं भने हामीलाई त अवश्य प्रतिदान मिल्छ ?”
قَالَ نَعَمۡ وَإِنَّكُمۡ لَمِنَ ٱلۡمُقَرَّبِينَ
Open ayah 7:114फिरऔनले भन्यो– “अँ, निस्सन्देह तिमीहरू (राजदरबारमा) पाश्र्ववर्तीहरूमध्ये हुनेछौ ।”
قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ نَحۡنُ ٱلۡمُلۡقِينَ
Open ayah 7:115जादुगरहरूले भने– “मूसा ! या त तिमी फ्याँक या हामी फ्याँक्छौं ।”
قَالَ أَلۡقُواْۖ فَلَمَّآ أَلۡقَوۡاْ سَحَرُوٓاْ أَعۡيُنَ ٱلنَّاسِ وَٱسۡتَرۡهَبُوهُمۡ وَجَآءُو بِسِحۡرٍ عَظِيمٖ
Open ayah 7:116मूसाले भने– “तिमीहरू नै फ्याँक ।” अनि, जब तिनीहरूले फ्याँके तब मानिसहरूका आँखाहरूमा जादू गरिदिए, र तिनीहरुको हृदयमा डर उत्पन्न गरिदिए र उनीहरूले ठूलो जादू प्रस्तुत गरे ।
۞وَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنۡ أَلۡقِ عَصَاكَۖ فَإِذَا هِيَ تَلۡقَفُ مَا يَأۡفِكُونَ
Open ayah 7:117हामीले मूसामाथि संकेत गर्यौं– “फ्याँक आफ्नो लौरो ।” अनि अकस्मात त्यसले (अजिङ्गर बनेर) तिनीहरूका मिथ्या स्वांगलाई निलन थाल्यो ।
فَوَقَعَ ٱلۡحَقُّ وَبَطَلَ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 7:118अनि नितान्त सत्य प्रमाणित भयो र जे तिनीहरूले गर्दथे त्यो असत्य ठहर भयो ।
فَغُلِبُواْ هُنَالِكَ وَٱنقَلَبُواْ صَٰغِرِينَ
Open ayah 7:119र, तिनीहरू सबै त्यहाँ पराजित भए अनि खुबै अपमानित भएर फर्किए ।
وَأُلۡقِيَ ٱلسَّحَرَةُ سَٰجِدِينَ
Open ayah 7:120र, जादुगरहरू नतमस्तक भए ।
قَالُوٓاْ ءَامَنَّا بِرَبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 7:121भने– “हामीले संसारका पालनकर्तामाथि ईमान ल्यायौं ।
رَبِّ مُوسَىٰ وَهَٰرُونَ
Open ayah 7:122मूसा तथा हारूनका पालनकर्तामाथि ।”
قَالَ فِرۡعَوۡنُ ءَامَنتُم بِهِۦ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّ هَٰذَا لَمَكۡرٞ مَّكَرۡتُمُوهُ فِي ٱلۡمَدِينَةِ لِتُخۡرِجُواْ مِنۡهَآ أَهۡلَهَاۖ فَسَوۡفَ تَعۡلَمُونَ
Open ayah 7:123फिरऔनले भन्यो– “मैले अनुमति दिनुपूर्व नै तिमीहरूले त्यसमाथि ईमान ल्यायौ ? निश्चय नै यो यहाँका बासिन्दाहरूलाई यहाँबाट निष्कासन गर्नकालागि गोप्य षड्यन्त्र हो जुन तिमीहरूले मिलेर (यस) शहरमा गर्यौ । अनि चाँडै नै तिमीहरूले (यसको परिणाम) थाहा पाउनेछौ ।
لَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٖ ثُمَّ لَأُصَلِّبَنَّكُمۡ أَجۡمَعِينَ
Open ayah 7:124म निश्चय नै तिमीहरूका हातखुट्टाहरू विपरीत दिशाबाट काटिदिनेछु अनि तिमीहरू सबैलाई शूलीमा चढाउनेछु ।”
قَالُوٓاْ إِنَّآ إِلَىٰ رَبِّنَا مُنقَلِبُونَ
Open ayah 7:125तिनीहरूले भने– “(तिमीले जे गरे पनि) हामीहरू आफ्ना पालनकर्तातर्फ नै फर्केर जानेछौँ ।
وَمَا تَنقِمُ مِنَّآ إِلَّآ أَنۡ ءَامَنَّا بِـَٔايَٰتِ رَبِّنَا لَمَّا جَآءَتۡنَاۚ رَبَّنَآ أَفۡرِغۡ عَلَيۡنَا صَبۡرٗا وَتَوَفَّنَا مُسۡلِمِينَ
Open ayah 7:126तिमी हामीसित केवल यस कुराको बदला लिइरहेका छौ कि हामीले आफ्ना पालनकर्ताका निशानीहरू आफूसमक्ष आउने बित्तिकै त्यसमाथि ईमान ल्यायौं । हे हाम्रा पालनकर्ता ! हामीलाई धैर्यता प्रदान गर र हामीलाई आज्ञाकारी भएकै अवस्थामा मृत्युवरण गराऊ ।
وَقَالَ ٱلۡمَلَأُ مِن قَوۡمِ فِرۡعَوۡنَ أَتَذَرُ مُوسَىٰ وَقَوۡمَهُۥ لِيُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ وَيَذَرَكَ وَءَالِهَتَكَۚ قَالَ سَنُقَتِّلُ أَبۡنَآءَهُمۡ وَنَسۡتَحۡيِۦ نِسَآءَهُمۡ وَإِنَّا فَوۡقَهُمۡ قَٰهِرُونَ
Open ayah 7:127र, फिरऔनका जातिका सरदारहरूले भने– “के तपाई मूसा र उनका जातिलाई त्यसै छोडिदिनु हुन्छ ताकि तिनीहरू धर्तीमा विध्वंश मच्चाऊन् र तपाईं अनि तपाईंका भगवानहरूलाई छाडेर बसून् ?” फिरऔनले उत्तर दियो– “हामी उनका पुत्रहरूको वध गर्नेछौं र उनीहरूका स्त्रीहरूलाई जीवित छाड्नेछौं । र हामी उनीहरूमाथि पूर्ण प्रभुत्वशाली छौँ ।”
قَالَ مُوسَىٰ لِقَوۡمِهِ ٱسۡتَعِينُواْ بِٱللَّهِ وَٱصۡبِرُوٓاْۖ إِنَّ ٱلۡأَرۡضَ لِلَّهِ يُورِثُهَا مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۖ وَٱلۡعَٰقِبَةُ لِلۡمُتَّقِينَ
Open ayah 7:128मूसाले आफ्नो समुदायका मानिसहरूलाई भने– “अल्लाहसित सहायता माग, र धैर्य धारण गर । निस्सन्देह धर्ती अल्लाहकै हो उनी आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छन् त्यसको उत्तराधिकारी बनाइदिन्छन् र अन्तिम परिणाम त ईशभय ग्रहण गर्नेहरूकालागि रहेको छ ।”
قَالُوٓاْ أُوذِينَا مِن قَبۡلِ أَن تَأۡتِيَنَا وَمِنۢ بَعۡدِ مَا جِئۡتَنَاۚ قَالَ عَسَىٰ رَبُّكُمۡ أَن يُهۡلِكَ عَدُوَّكُمۡ وَيَسۡتَخۡلِفَكُمۡ فِي ٱلۡأَرۡضِ فَيَنظُرَ كَيۡفَ تَعۡمَلُونَ
Open ayah 7:129मूसाका जातिका मानिसहरूले भने– “हामी तिम्रो आगमनभन्दा अघि पनि सताइयौँ र तिम्रो आगमनपश्चात् पनि हामी सताइँदैछौं ।” मूसाले भने– “त्यो समय निकट छ जब तिम्रा पालनकर्ताले तिम्रो शत्रुलाई नष्ट गर्नेछन् र तिनीहरूको स्थानमा तिमीहरूलाई धर्तीको अधिकारी बनाउनेछन् । अनि अल्लाहले देख्नेछन् कि तिमीहरू कस्ता कर्म गर्छौ ।”
وَلَقَدۡ أَخَذۡنَآ ءَالَ فِرۡعَوۡنَ بِٱلسِّنِينَ وَنَقۡصٖ مِّنَ ٱلثَّمَرَٰتِ لَعَلَّهُمۡ يَذَّكَّرُونَ
Open ayah 7:130हामीले फिरऔनीहरूलाई अकाल तथा फलफूलको अभावग्रस्त पार्यौं ताकि तिनीहरूमा चेतना आओस् ।
فَإِذَا جَآءَتۡهُمُ ٱلۡحَسَنَةُ قَالُواْ لَنَا هَٰذِهِۦۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةٞ يَطَّيَّرُواْ بِمُوسَىٰ وَمَن مَّعَهُۥٓۗ أَلَآ إِنَّمَا طَٰٓئِرُهُمۡ عِندَ ٱللَّهِ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ
Open ayah 7:131जब तिनीहरूलाई सुख सम्पन्नता प्राप्त हुन्थ्यो तब तिनीहरू भन्थे– “हामी यसका हकदार हौँ ।” र, जब तिनीहरूलाई दुःख पर्थ्यो तब तिनीहरूले त्यस दुःखलाई मूसा तथा उनका साथीहरूलाई आफ्नोलागि अपशकुन बताउँथे । जानिराख ! वास्तवमा तिनीहरूको अपशकुन अल्लाहकहाँ निश्चित रहेको छ तर तिनीहरूमध्ये अधिकांशलाई थाहा छैन ।
وَقَالُواْ مَهۡمَا تَأۡتِنَا بِهِۦ مِنۡ ءَايَةٖ لِّتَسۡحَرَنَا بِهَا فَمَا نَحۡنُ لَكَ بِمُؤۡمِنِينَ
Open ayah 7:132फिरऔनका अनुयायीहरूले भने– “तिमीले हामीहरूमाथि जादू गर्न जुनसुकै निशानी लिएर आए पनि हामी तिमीमाथि विश्वास गर्ने छैनौं ।”
فَأَرۡسَلۡنَا عَلَيۡهِمُ ٱلطُّوفَانَ وَٱلۡجَرَادَ وَٱلۡقُمَّلَ وَٱلضَّفَادِعَ وَٱلدَّمَ ءَايَٰتٖ مُّفَصَّلَٰتٖ فَٱسۡتَكۡبَرُواْ وَكَانُواْ قَوۡمٗا مُّجۡرِمِينَ
Open ayah 7:133अनि हामीले तिनीहरूमाथि खुल्ला निशानीहरू स्वरुप आँधी–बेहरी, सलह, उडुस, भ्यागुता र रगत पठायौं, तर तिनीहरूले अहंकार नै गरे र तिनीहरू थिए नै जघन्य अपराधी मान्छेहरू।
وَلَمَّا وَقَعَ عَلَيۡهِمُ ٱلرِّجۡزُ قَالُواْ يَٰمُوسَى ٱدۡعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِندَكَۖ لَئِن كَشَفۡتَ عَنَّا ٱلرِّجۡزَ لَنُؤۡمِنَنَّ لَكَ وَلَنُرۡسِلَنَّ مَعَكَ بَنِيٓ إِسۡرَٰٓءِيلَ
Open ayah 7:134र, जब तिनीहरूमाथि प्रकोप आउँथ्यो तब तिनीहरूले भन्थे– “हे मूसा तिमीलाई आफ्ना पालनकर्ताको तर्फबाट जुन प्रतिज्ञा प्राप्त छ त्यसको आधारमा हाम्रोलागि प्रार्थना गर । यदि तिमीले हामीहरूबाट प्रकोप निवारण गर्यौ भने हामी तिम्रो कुरा मान्नेछौं र इस्राईलका सन्तानहरूलाई मुक्त गरेर तिमीसँग पठाइदिनेछौं ।”
فَلَمَّا كَشَفۡنَا عَنۡهُمُ ٱلرِّجۡزَ إِلَىٰٓ أَجَلٍ هُم بَٰلِغُوهُ إِذَا هُمۡ يَنكُثُونَ
Open ayah 7:135परन्तु जब हामीले तिनीहरूबाट त्यो प्रकोप एक अवधिकालागि जससम्म तिनीहरू पुग्ने नै थिए– निवारण गर्थ्यौँ तब तिनीहरू आफ्नो प्रतिज्ञा भङ्ग गर्ने गर्दथे ।
فَٱنتَقَمۡنَا مِنۡهُمۡ فَأَغۡرَقۡنَٰهُمۡ فِي ٱلۡيَمِّ بِأَنَّهُمۡ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَكَانُواْ عَنۡهَا غَٰفِلِينَ
Open ayah 7:136अनि हामीले तिनीहरूसित बदला लियौँ र तिनीहरूलाई समुद्रमा चुर्लुम्म डुबायौँ, किनभने तिनीहरूले हाम्रा निशानीहरूलाई मिथ्या ठहर गरे र तिनीहरुबाट अनभिज्ञ पनि थिए ।
وَأَوۡرَثۡنَا ٱلۡقَوۡمَ ٱلَّذِينَ كَانُواْ يُسۡتَضۡعَفُونَ مَشَٰرِقَ ٱلۡأَرۡضِ وَمَغَٰرِبَهَا ٱلَّتِي بَٰرَكۡنَا فِيهَاۖ وَتَمَّتۡ كَلِمَتُ رَبِّكَ ٱلۡحُسۡنَىٰ عَلَىٰ بَنِيٓ إِسۡرَٰٓءِيلَ بِمَا صَبَرُواْۖ وَدَمَّرۡنَا مَا كَانَ يَصۡنَعُ فِرۡعَوۡنُ وَقَوۡمُهُۥ وَمَا كَانُواْ يَعۡرِشُونَ
Open ayah 7:137र, कमजोर ठानिएका व्यक्तिहरूलाई हामीले बरकत (वृद्धि) प्रदान गरिएको भू–भागको पूर्व तथा पश्चिमका उत्तराधिकारी बनायौँ अनि इसराईलका सन्तानको हकमा तिनीहरूको धैर्यले गर्दा तिम्रा ‘रब’ को शुभवचन पूरा हुन गयो । अनि, हामीले फिरऔन तथा उसका समुदायका मानिसहरूले बनाउने गरेका सामानहरू तथा निर्माण गर्ने गरेका उच्च भवनहरूलाई नष्ट गरिदियौं ।
وَجَٰوَزۡنَا بِبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱلۡبَحۡرَ فَأَتَوۡاْ عَلَىٰ قَوۡمٖ يَعۡكُفُونَ عَلَىٰٓ أَصۡنَامٖ لَّهُمۡۚ قَالُواْ يَٰمُوسَى ٱجۡعَل لَّنَآ إِلَٰهٗا كَمَا لَهُمۡ ءَالِهَةٞۚ قَالَ إِنَّكُمۡ قَوۡمٞ تَجۡهَلُونَ
Open ayah 7:138अनि, हामीले इस्राईलका सन्तानहरूलाई समुद्र पार गरायौं । र, तिनीहरू यस्तो समुदायका मानिसहरूकहाँ आए जो आफ्ना केही मूर्तीहरूसमक्ष बसेका थिए । तिनीहरूले भने– “हे मूसा यिनीहरूका उपास्यहरूझैं हाम्रोलागि पनि एउटा उपास्य बनाइदेऊ ।” मूसाले भने– “वास्तवमा तिमीहरू अति अज्ञानी मानिस रहेछौ ।”
إِنَّ هَٰٓؤُلَآءِ مُتَبَّرٞ مَّا هُمۡ فِيهِ وَبَٰطِلٞ مَّا كَانُواْ يَعۡمَلُونَ
Open ayah 7:139निस्सन्देह तिनीहरू जुन कार्यहरूमा लिप्त छन् त्यो नष्ट हुनेछ र तिनीहरूले गरिरहेका कार्यहरू नितान्त असत्य छन् ।
قَالَ أَغَيۡرَ ٱللَّهِ أَبۡغِيكُمۡ إِلَٰهٗا وَهُوَ فَضَّلَكُمۡ عَلَى ٱلۡعَٰلَمِينَ
Open ayah 7:140उनले भने– “के म अल्लाहबाहेक तिमीहरूकालागि कुनै अर्को उपास्य खोजूँ, जबकि उनैले तिमीहरूलाई सम्पूर्ण संसारबासीमाथि प्रधानता प्रदान गरेका छन् ।”
وَإِذۡ أَنجَيۡنَٰكُم مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَسُومُونَكُمۡ سُوٓءَ ٱلۡعَذَابِ يُقَتِّلُونَ أَبۡنَآءَكُمۡ وَيَسۡتَحۡيُونَ نِسَآءَكُمۡۚ وَفِي ذَٰلِكُم بَلَآءٞ مِّن رَّبِّكُمۡ عَظِيمٞ
Open ayah 7:141अनि स्मरण गर, जब हामीले तिमीहरूलाई फिरऔनका मानिसहरूबाट मुक्त गरेका थियौँ जसले तिमीहरूलाई धेरै दुःखद यातना दिने गर्थे; तिम्रा पुत्रहरूको बध गर्थे र तिम्रा छोरीहरूलाई जीवित छाड्दथे । र, यसमा तिम्रा पालनकर्ताको तर्फबाट कडा परीक्षा थियो ।
۞وَوَٰعَدۡنَا مُوسَىٰ ثَلَٰثِينَ لَيۡلَةٗ وَأَتۡمَمۡنَٰهَا بِعَشۡرٖ فَتَمَّ مِيقَٰتُ رَبِّهِۦٓ أَرۡبَعِينَ لَيۡلَةٗۚ وَقَالَ مُوسَىٰ لِأَخِيهِ هَٰرُونَ ٱخۡلُفۡنِي فِي قَوۡمِي وَأَصۡلِحۡ وَلَا تَتَّبِعۡ سَبِيلَ ٱلۡمُفۡسِدِينَ
Open ayah 7:142र, हामीले मूसासँग तीस रातको अवधि निर्धारित गर्यौं अनि त्यसमा अरू दस थपेर पूर्ण गर्यौं । अतः उनका पालनकर्ताको निर्धारित अवधि चालीस दिनको भयो । र, मूसाले आफ्ना भाइ हारूनलाई भने– “मेरो अनुपस्थितिमा मेरो जातिको उत्तराधिकारीको कार्यभार सम्हाल; तिनीहरुको सुधार गर र विध्वंसकारीहरूको मार्गको अनुसरण नगर्नु ।”
وَلَمَّا جَآءَ مُوسَىٰ لِمِيقَٰتِنَا وَكَلَّمَهُۥ رَبُّهُۥ قَالَ رَبِّ أَرِنِيٓ أَنظُرۡ إِلَيۡكَۚ قَالَ لَن تَرَىٰنِي وَلَٰكِنِ ٱنظُرۡ إِلَى ٱلۡجَبَلِ فَإِنِ ٱسۡتَقَرَّ مَكَانَهُۥ فَسَوۡفَ تَرَىٰنِيۚ فَلَمَّا تَجَلَّىٰ رَبُّهُۥ لِلۡجَبَلِ جَعَلَهُۥ دَكّٗا وَخَرَّ مُوسَىٰ صَعِقٗاۚ فَلَمَّآ أَفَاقَ قَالَ سُبۡحَٰنَكَ تُبۡتُ إِلَيۡكَ وَأَنَا۠ أَوَّلُ ٱلۡمُؤۡمِنِينَ
Open ayah 7:143अनि, जब मूसा हाम्रो निश्चित समयमा उपस्थित भए र उनका पालनकर्ताले उनीसँग कुराकानी गरे तब उनले भने– “हे मेरा पालनकर्ता ! तिमी स्वयंलाई मलाई दर्शन शक्ति प्रदान गर ताकि म तिमीलाई देख्न सकूँ ।” अल्लाहले भने– “तिमी मलाई कदापि देख्न सक्दैनौ । तर, पर्वततर्फ हेर यदि त्यो आफ्नो स्थानमा स्थिर रह्यो भने तिमी मलाई देख्न सक्नेछौ ।” र, जब उनका पालनकर्ता पर्वतमाथि प्रकट भए तब यो प्रकटिकरणले त्यसलाई टुक्रा–टुक्रा पारिदियो र मूसा बेहोश भएर लडे । र, जब उनी होशमा आए तब उनले भने “पवित्र छौ तिमी; म तिमीसमक्ष क्षमायाचना गर्छु र म ईमान ल्याउनेहरूमा सर्वप्रथम हुँ ।”
قَالَ يَٰمُوسَىٰٓ إِنِّي ٱصۡطَفَيۡتُكَ عَلَى ٱلنَّاسِ بِرِسَٰلَٰتِي وَبِكَلَٰمِي فَخُذۡ مَآ ءَاتَيۡتُكَ وَكُن مِّنَ ٱلشَّٰكِرِينَ
Open ayah 7:144अल्लाहले भने– “हे मूसा ! मैले तिमीलाई आफ्नो सन्देश दिएर तथा तिमीसँग कुरा गरेर सम्पूर्ण मानिसहरू मध्येबाट छानेको छु, अनि जे जति मैले प्रदान गरेको छु त्यसलाई समात र कृतज्ञ बन ।”
وَكَتَبۡنَا لَهُۥ فِي ٱلۡأَلۡوَاحِ مِن كُلِّ شَيۡءٖ مَّوۡعِظَةٗ وَتَفۡصِيلٗا لِّكُلِّ شَيۡءٖ فَخُذۡهَا بِقُوَّةٖ وَأۡمُرۡ قَوۡمَكَ يَأۡخُذُواْ بِأَحۡسَنِهَاۚ سَأُوْرِيكُمۡ دَارَ ٱلۡفَٰسِقِينَ
Open ayah 7:145र, हामीले उनकालागि लेख्ने–पाटीहरूमा हरेक प्रकारका उपदेश तथा तपसील लेख्यौँ (र भन्यौँ)– “यी आदेशहरूलाई दृढतापूर्वक सम्हाल र आफ्नो जातिलाई ती उत्तम आदेशहरुको पालना गर्ने आदेश देऊ । म चाँडै नै तिमीलाई अवज्ञाकारीहरूको स्थान देखाउनेछु ।”
سَأَصۡرِفُ عَنۡ ءَايَٰتِيَ ٱلَّذِينَ يَتَكَبَّرُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَإِن يَرَوۡاْ كُلَّ ءَايَةٖ لَّا يُؤۡمِنُواْ بِهَا وَإِن يَرَوۡاْ سَبِيلَ ٱلرُّشۡدِ لَا يَتَّخِذُوهُ سَبِيلٗا وَإِن يَرَوۡاْ سَبِيلَ ٱلۡغَيِّ يَتَّخِذُوهُ سَبِيلٗاۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَكَانُواْ عَنۡهَا غَٰفِلِينَ
Open ayah 7:146जुन व्यक्तिहरू धर्तीमा अनाहक घमण्ड गर्छन् तिनीहरूबाट म आफ्ना निशानीहरू फेरनेछु । तिनीहरूले सबै निशानीहरू देखे पनि ईमान ल्याउने छैनन् र सीधा मार्ग पाए पनि त्यसलाई अपनाउने छैनन्, तर भ्रषटमार्ग भेट्टाएमा त्यसमा हिँड्नेछन् । यसको कारण के हो भने तिनीहरूले हाम्रा निशानीहरूलाई मिथ्या ठहर गरे र यसलाई बेवास्ता गरे ।
وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَلِقَآءِ ٱلۡأٓخِرَةِ حَبِطَتۡ أَعۡمَٰلُهُمۡۚ هَلۡ يُجۡزَوۡنَ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 7:147र, जुन मानिसहरू हाम्रा निशानीहरू एवं परलोकको आगमनलाई झुठलाए तिनीहरूका कर्महरू व्यर्थ हुनेछन् । तिनीहरूलाई तिनीहरुको कर्म अनुसार नै बदला दिइनेछ । ,
وَٱتَّخَذَ قَوۡمُ مُوسَىٰ مِنۢ بَعۡدِهِۦ مِنۡ حُلِيِّهِمۡ عِجۡلٗا جَسَدٗا لَّهُۥ خُوَارٌۚ أَلَمۡ يَرَوۡاْ أَنَّهُۥ لَا يُكَلِّمُهُمۡ وَلَا يَهۡدِيهِمۡ سَبِيلًاۘ ٱتَّخَذُوهُ وَكَانُواْ ظَٰلِمِينَ
Open ayah 7:148र, मूसाका जातिका मानिसहरूले उनको अनुपस्थितिमा आफ्ना गर गहनाहरूबाट पूज्य स्वरूप बाच्छाको एउटा ढाँचा बनाए जसबाट बाच्छाको आवाज निस्कन्थ्यो । के तिनीहरूले देखेनन् कि त्यो तिनीहरूसँग न कुराकानी गर्न सक्थ्यो र न तिनीहरूलाई कुनै मार्ग नै देखाउन सक्थ्यो ? तैपनि तिनीहरूले त्यसलाई पूज्य बनाए र तिनीहरू अत्याचारी थिए ।
وَلَمَّا سُقِطَ فِيٓ أَيۡدِيهِمۡ وَرَأَوۡاْ أَنَّهُمۡ قَدۡ ضَلُّواْ قَالُواْ لَئِن لَّمۡ يَرۡحَمۡنَا رَبُّنَا وَيَغۡفِرۡ لَنَا لَنَكُونَنَّ مِنَ ٱلۡخَٰسِرِينَ
Open ayah 7:149अनि, जब तिनीहरूको भ्रम टुट्यो र तिनीहरू वास्तवमा पथभ्रष्ट भएका छन् भन्ने कुरा बुझे तब तिनीहरूले भन्नथाले– “यदि हाम्रा पालनकर्ताले हामीमाथि दया गरेनन् र हामीलाई क्षमा गरेनन् भने हामी निश्चय नै घाटा खानेहरूमध्ये हुनेछौं ।”
وَلَمَّا رَجَعَ مُوسَىٰٓ إِلَىٰ قَوۡمِهِۦ غَضۡبَٰنَ أَسِفٗا قَالَ بِئۡسَمَا خَلَفۡتُمُونِي مِنۢ بَعۡدِيٓۖ أَعَجِلۡتُمۡ أَمۡرَ رَبِّكُمۡۖ وَأَلۡقَى ٱلۡأَلۡوَاحَ وَأَخَذَ بِرَأۡسِ أَخِيهِ يَجُرُّهُۥٓ إِلَيۡهِۚ قَالَ ٱبۡنَ أُمَّ إِنَّ ٱلۡقَوۡمَ ٱسۡتَضۡعَفُونِي وَكَادُواْ يَقۡتُلُونَنِي فَلَا تُشۡمِتۡ بِيَ ٱلۡأَعۡدَآءَ وَلَا تَجۡعَلۡنِي مَعَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ
Open ayah 7:150र, जब मूसा अति क्रोधित एवं दुखित भएर आफ्ना जातिकहाँ फर्के तब उनले भने– “मेरो अनुपस्थितिमा तिमीले कति नराम्रो उत्तराधिकार निर्वाह गर्यौ । के तिमीले आफ्ना पालनकर्ताको आदेश आउनुअघि नै हतार गर्यौ ?” उनले (लेखिएका) पाटीहरूलाई (एकातर्फ) राखे र आफ्ना भाइ (हारून) को कपाल समाती उनलाई आफूतिर तान्न थाले । हारूनले भने– “हे मेरा आमापट्टिका दाइ ! मानिसहरूले मलाई दुर्बल ठाने र मेरो हत्या गर्ने प्रयास गरे । अतः शत्रुहरूलाई मेरो हाँसो उडाउने मौका नदेऊ र मलाई अत्याचारीहरूमा सामेल नगर ।”
قَالَ رَبِّ ٱغۡفِرۡ لِي وَلِأَخِي وَأَدۡخِلۡنَا فِي رَحۡمَتِكَۖ وَأَنتَ أَرۡحَمُ ٱلرَّٰحِمِينَ
Open ayah 7:151(अनि) मूसाले प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! मलाई र मेरा भाइलाई क्षमा प्रदान गर र हामीलाई आफ्नो दयामा प्रविष्ट गर । वास्तवमा तिमी परम दयालु छौ ।”
إِنَّ ٱلَّذِينَ ٱتَّخَذُواْ ٱلۡعِجۡلَ سَيَنَالُهُمۡ غَضَبٞ مِّن رَّبِّهِمۡ وَذِلَّةٞ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُفۡتَرِينَ
Open ayah 7:152(अल्लाहले भने)– “जुन व्यक्तिहरूले बाच्छालाई पूज्य बनाए तिनीहरू अवश्य आफ्ना पालनकर्ताको प्रकोपग्रस्त हुनेछन्, र सांसारिक जीवनमा अपमानित हुनेछन् अनि मिथ्या रच्ने व्यक्तिहरूलाई हामी यस्तै दण्ड दिने गर्छौं ।
وَٱلَّذِينَ عَمِلُواْ ٱلسَّيِّـَٔاتِ ثُمَّ تَابُواْ مِنۢ بَعۡدِهَا وَءَامَنُوٓاْ إِنَّ رَبَّكَ مِنۢ بَعۡدِهَا لَغَفُورٞ رَّحِيمٞ
Open ayah 7:153अनि, जुन मानिसहरूले कुकर्म गरे र त्यसपछि तौबा गरे तथा ईमान ल्याए निश्चय नै तिम्रा पालनकर्ता त्यसप्रति अति क्षमाशील एवं दयावान छन् ।”
وَلَمَّا سَكَتَ عَن مُّوسَى ٱلۡغَضَبُ أَخَذَ ٱلۡأَلۡوَاحَۖ وَفِي نُسۡخَتِهَا هُدٗى وَرَحۡمَةٞ لِّلَّذِينَ هُمۡ لِرَبِّهِمۡ يَرۡهَبُونَ
Open ayah 7:154र, जब मूसाको क्रोध शान्त भयो तब उनले पाटीहरू उठाए । र, त्यसको लेखमा आफ्ना पालनकर्ताको भय राख्नेहरूकानिम्ति मार्गदर्शन तथा कृपा थियो ।
وَٱخۡتَارَ مُوسَىٰ قَوۡمَهُۥ سَبۡعِينَ رَجُلٗا لِّمِيقَٰتِنَاۖ فَلَمَّآ أَخَذَتۡهُمُ ٱلرَّجۡفَةُ قَالَ رَبِّ لَوۡ شِئۡتَ أَهۡلَكۡتَهُم مِّن قَبۡلُ وَإِيَّٰيَۖ أَتُهۡلِكُنَا بِمَا فَعَلَ ٱلسُّفَهَآءُ مِنَّآۖ إِنۡ هِيَ إِلَّا فِتۡنَتُكَ تُضِلُّ بِهَا مَن تَشَآءُ وَتَهۡدِي مَن تَشَآءُۖ أَنتَ وَلِيُّنَا فَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَاۖ وَأَنتَ خَيۡرُ ٱلۡغَٰفِرِينَ
Open ayah 7:155र, मूसाले हामीले निर्धारित गरेको म्यादमा उपस्थित गराउन आफ्ना समुदायका सत्तरीजना पुरुषहरूलाई चयन गरे । जब तिनीहरूलाई भूकम्पले समात्यो तब मूसाले भने– “हे मेरा पालनकर्ता यदि तिमीले चाहेको भए तिनीहरू र मलाई पनि यसअघि नै विनष्ट गरिसकेका हुनेथियौ । के तिमी हामीमध्ये केही मूर्खहरूले गरेका अपराधले गर्दा हामी सबैलाई विनष्ट गर्छौ ? यो त तिम्रो तर्फबाट केवल एउटा परीक्षा थियो जसद्वारा तिमी जसलाई चाहन्छौ पथभ्रष्ट गर्छौ र जसलाई चाहन्छौ मार्गदर्शन गर्छौ । हाम्रा संरक्षक–मित्र तिमी नै हौ । अतः हामीलाई क्षमा प्रदान गर र हामीमाथि दया गर किनभने तिमी नै उत्तम क्षमाशील छौ ।
۞وَٱكۡتُبۡ لَنَا فِي هَٰذِهِ ٱلدُّنۡيَا حَسَنَةٗ وَفِي ٱلۡأٓخِرَةِ إِنَّا هُدۡنَآ إِلَيۡكَۚ قَالَ عَذَابِيٓ أُصِيبُ بِهِۦ مَنۡ أَشَآءُۖ وَرَحۡمَتِي وَسِعَتۡ كُلَّ شَيۡءٖۚ فَسَأَكۡتُبُهَا لِلَّذِينَ يَتَّقُونَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَٱلَّذِينَ هُم بِـَٔايَٰتِنَا يُؤۡمِنُونَ
Open ayah 7:156र, हाम्रोलागि यस लोकको भलाई तथा परलोकको पनि भलाई लेखिदेऊ । हामी तिमीतर्फ नै फर्कियौँ ।” अल्लाहले भने– “यो मेरो यातना हो जसलाई चाहन्छु म यो यातना दिन्छु । तर मेरो दया चाहिँ हरेक वस्तुमाथि छाएको छ । म यसलाई ती मानिसहरूकालागि अवश्य नै लेख्नेछु जो ईशभय गर्छन्, जकात दिने गर्छन् र हाम्रा आयतहरूमाथि ईमान राख्छन् ।
ٱلَّذِينَ يَتَّبِعُونَ ٱلرَّسُولَ ٱلنَّبِيَّ ٱلۡأُمِّيَّ ٱلَّذِي يَجِدُونَهُۥ مَكۡتُوبًا عِندَهُمۡ فِي ٱلتَّوۡرَىٰةِ وَٱلۡإِنجِيلِ يَأۡمُرُهُم بِٱلۡمَعۡرُوفِ وَيَنۡهَىٰهُمۡ عَنِ ٱلۡمُنكَرِ وَيُحِلُّ لَهُمُ ٱلطَّيِّبَٰتِ وَيُحَرِّمُ عَلَيۡهِمُ ٱلۡخَبَٰٓئِثَ وَيَضَعُ عَنۡهُمۡ إِصۡرَهُمۡ وَٱلۡأَغۡلَٰلَ ٱلَّتِي كَانَتۡ عَلَيۡهِمۡۚ فَٱلَّذِينَ ءَامَنُواْ بِهِۦ وَعَزَّرُوهُ وَنَصَرُوهُ وَٱتَّبَعُواْ ٱلنُّورَ ٱلَّذِيٓ أُنزِلَ مَعَهُۥٓ أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 7:157जो उम्मी सन्देष्टा (मुहम्मद स.) को अनुसरण गर्छन्; जसलाई उनीहरू आफूसँग रहेको तौरात तथा इन्जीलमा उल्लेख भएको पाऊँछन्; जसले तिनीहरूलाई सुकर्मको आदेश दिन्छन् र कुकर्मबाट रोक्छन् र पवित्र वस्तुहरूलाई तिनीहरूका लागि वैध तथा अपवित्र वस्तुहरूलाई अवैध गर्छन् अनि तिनीहरूमाथि लादिएको बोझलाई झार्छन्; त्यस बन्धनलाई खोल्छन् जसमा तिनीहरू जकडिएका थिए । अतः जुन मानिसहरूले उनीमाथि आस्था राखे र तिनीहरुको समर्थन तथा मद्दत गरे र उनीमाथि अवतरण भएको प्रकाशको अनुसरण गरे, तिनीहरू नै सफलता प्राप्त गर्नेहरू हुन् ।”
قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُمۡ جَمِيعًا ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ لَآ إِلَٰهَ إِلَّا هُوَ يُحۡيِۦ وَيُمِيتُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرَسُولِهِ ٱلنَّبِيِّ ٱلۡأُمِّيِّ ٱلَّذِي يُؤۡمِنُ بِٱللَّهِ وَكَلِمَٰتِهِۦ وَٱتَّبِعُوهُ لَعَلَّكُمۡ تَهۡتَدُونَ
Open ayah 7:158हे मुहम्मद (स.!) भनिदेऊ– “हे मनुष्य हो ! म तिमीहरू सबैतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ जसकालागि आकाशहरू तथा धर्तीको शासन रहेको छ । उनीबाहेक कोही पूज्य छैन । उनी नै जीवन प्रदान गर्छन् र मृत्यु दिन्छन् । अतः अल्लाह तथा उनको त्यस उम्मी रसूल (स.) माथि ईमान ल्याऊ जो अल्लाह तथा उनका वाणीहरूमाथि ईमान राख्छन् र उनकै अनुसरण गर जसले गर्दा तिमीहरूले मार्ग प्राप्त गर्न सक्नेछौ ।”
وَمِن قَوۡمِ مُوسَىٰٓ أُمَّةٞ يَهۡدُونَ بِٱلۡحَقِّ وَبِهِۦ يَعۡدِلُونَ
Open ayah 7:159र, मूसाका जातिमध्ये कोही यस्ता पनि छन् जो सत्यको मार्ग बताउँदछन् र सत्यमा आधारित निसाफ गर्छन् ।
وَقَطَّعۡنَٰهُمُ ٱثۡنَتَيۡ عَشۡرَةَ أَسۡبَاطًا أُمَمٗاۚ وَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ إِذِ ٱسۡتَسۡقَىٰهُ قَوۡمُهُۥٓ أَنِ ٱضۡرِب بِّعَصَاكَ ٱلۡحَجَرَۖ فَٱنۢبَجَسَتۡ مِنۡهُ ٱثۡنَتَا عَشۡرَةَ عَيۡنٗاۖ قَدۡ عَلِمَ كُلُّ أُنَاسٖ مَّشۡرَبَهُمۡۚ وَظَلَّلۡنَا عَلَيۡهِمُ ٱلۡغَمَٰمَ وَأَنزَلۡنَا عَلَيۡهِمُ ٱلۡمَنَّ وَٱلسَّلۡوَىٰۖ كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡۚ وَمَا ظَلَمُونَا وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 7:160र, हामीले इस्राईलका सन्तानलाई अलग अलग बाह्रवटा खानदानमा विभाजित गर्यौँ र उनीहरूको अलग अलग जमात निर्धारित गर्यौं र जब उनका जातिले उनीसित पानी मागे तब हामीले मूसालाई प्रकाशना गर्यौं– “आफ्नो लौरो ढुङ्गामा हान ।” अनि त्यसबाट बाह्रवटा मुहान फुटे र प्रत्येक खानदानले आ–आफ्नो पानीको घाट चिने । र, हामीले तिनीहरूमाथि बादलको छायाँ पार्यौं । अनि तिनीहरूका लागि मन्न तथा सल्वा (एक प्रकारको उत्कृष्ट खाना) अवतरित गर्यौं । (र, भन्यौं)– खाऊ ती पवित्र खानाहरू जुन हामीले तिमीहरूलाई प्रदान गरेका छौं । उनीहरूले हाम्रो कुनै अनिष्ट गरेनन् बरु आफ्नै क्षति गरे ।
وَإِذۡ قِيلَ لَهُمُ ٱسۡكُنُواْ هَٰذِهِ ٱلۡقَرۡيَةَ وَكُلُواْ مِنۡهَا حَيۡثُ شِئۡتُمۡ وَقُولُواْ حِطَّةٞ وَٱدۡخُلُواْ ٱلۡبَابَ سُجَّدٗا نَّغۡفِرۡ لَكُمۡ خَطِيٓـَٰٔتِكُمۡۚ سَنَزِيدُ ٱلۡمُحۡسِنِينَ
Open ayah 7:161र, स्मरण गर– जब तिनीहरूलाई आदेश दिइयो– “यस बस्तीमा बसोबास गर अनि जहाँबाट चाहन्छौ खाऊ तथा ‘हित्ततुन्’ भन्दै जाउ, र सज्दा गर्दै द्वारभित्र प्रवेश गर । हामी तिमीहरूको पापलाई क्षमा गरिदिनेछौं अनि सुकर्मीहरूलाई अझ बढी दिनेछौं ।”
فَبَدَّلَ ٱلَّذِينَ ظَلَمُواْ مِنۡهُمۡ قَوۡلًا غَيۡرَ ٱلَّذِي قِيلَ لَهُمۡ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِجۡزٗا مِّنَ ٱلسَّمَآءِ بِمَا كَانُواْ يَظۡلِمُونَ
Open ayah 7:162अनि अत्याचारीहरूले तिनीहरूलाई भनिएको कुरालाई बदले । अनि, हामीले तिनीहरूको अत्याचारको कारण तिनीहरूमाथि आकाशबाट प्रकोप पठायौं ।
وَسۡـَٔلۡهُمۡ عَنِ ٱلۡقَرۡيَةِ ٱلَّتِي كَانَتۡ حَاضِرَةَ ٱلۡبَحۡرِ إِذۡ يَعۡدُونَ فِي ٱلسَّبۡتِ إِذۡ تَأۡتِيهِمۡ حِيتَانُهُمۡ يَوۡمَ سَبۡتِهِمۡ شُرَّعٗا وَيَوۡمَ لَا يَسۡبِتُونَ لَا تَأۡتِيهِمۡۚ كَذَٰلِكَ نَبۡلُوهُم بِمَا كَانُواْ يَفۡسُقُونَ
Open ayah 7:163र, तिनीहरूलाई त्यस बस्तीको वृत्तान्तबारे सोध जुन नदीको किनारमा अवस्थित थियो । तिनीहरूले शनिबारको दिनमा सीमा उल्लङ्घन गर्न थाले, किनभने शनिबारको दिनमा नै माछाहरू तिनीहरूसमक्ष समुद्रको किनारमा आउने गर्थे र शनिबारबाहेक अन्य दिनहरूमा आउँदैनथे । यसरी नै हामी तिनीहरूलाई तिनीहरुका अवज्ञाको कारणले परीक्षा लिन्थ्यौं ।
وَإِذۡ قَالَتۡ أُمَّةٞ مِّنۡهُمۡ لِمَ تَعِظُونَ قَوۡمًا ٱللَّهُ مُهۡلِكُهُمۡ أَوۡ مُعَذِّبُهُمۡ عَذَابٗا شَدِيدٗاۖ قَالُواْ مَعۡذِرَةً إِلَىٰ رَبِّكُمۡ وَلَعَلَّهُمۡ يَتَّقُونَ
Open ayah 7:164र, जब तिनीहरूमध्ये एउटा समूहले भन्यो– “तिमीहरू यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ जसलाई अल्लाह बिनाश गर्नेवाला वा कठोर दण्ड दिनेवाला छन् ।” उनीहरूले भने– “यस कारणले कि तिम्रा पालनकर्ता समक्ष दोष मुक्त हुन सकौं र यस कारणले पनि कि तिनीहरू (अल्लाहको अवज्ञाबाट) बच्न सकून् ।”
فَلَمَّا نَسُواْ مَا ذُكِّرُواْ بِهِۦٓ أَنجَيۡنَا ٱلَّذِينَ يَنۡهَوۡنَ عَنِ ٱلسُّوٓءِ وَأَخَذۡنَا ٱلَّذِينَ ظَلَمُواْ بِعَذَابِۭ بَـِٔيسِۭ بِمَا كَانُواْ يَفۡسُقُونَ
Open ayah 7:165र, जब तिनीहरूले आफूलाई दिइएको उपदेशहरूलाई बिर्से तब हामीले ती मानिसहरूलाई बचायौं जो कुकर्मबाट रोक्ने गर्थे र बाँकी सबै मानिसहरूलाई जो अत्याचारी थिए तिनीहरुको अवज्ञाको कारणले कठोर यातनाद्वारा समात्यौं ।
فَلَمَّا عَتَوۡاْ عَن مَّا نُهُواْ عَنۡهُ قُلۡنَا لَهُمۡ كُونُواْ قِرَدَةً خَٰسِـِٔينَ
Open ayah 7:166अनि, जब पूर्ण उद्दण्डताकासाथ तिनीहरूले त्यही काम गर्न थाले जसबाट तिनीहरूलाई मनाही गरिएको थियो तब हामीले आदेश दियौं– “अपमानित र तुच्छ बाँदर होऊ ।”
وَإِذۡ تَأَذَّنَ رَبُّكَ لَيَبۡعَثَنَّ عَلَيۡهِمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَن يَسُومُهُمۡ سُوٓءَ ٱلۡعَذَابِۗ إِنَّ رَبَّكَ لَسَرِيعُ ٱلۡعِقَابِ وَإِنَّهُۥ لَغَفُورٞ رَّحِيمٞ
Open ayah 7:167र, त्यस समयलाई स्मरण गर जब तिम्रा पालनकर्ताले घोषणा गरेका थिए– “उनले महाप्रलयको दिनसम्म यहुदीहरूमाथि यस्ता मानिसहरूलाई थोपर्ने छन् जसले तिनीहरूलाई कठोर यातना दिइरहनेछन् ।” निस्सन्देह तिम्रा रब दण्ड दिनमा छिटो छन् तर उनी अति क्षमाशील एवं दयावान (पनि) छन् ।
وَقَطَّعۡنَٰهُمۡ فِي ٱلۡأَرۡضِ أُمَمٗاۖ مِّنۡهُمُ ٱلصَّٰلِحُونَ وَمِنۡهُمۡ دُونَ ذَٰلِكَۖ وَبَلَوۡنَٰهُم بِٱلۡحَسَنَٰتِ وَٱلسَّيِّـَٔاتِ لَعَلَّهُمۡ يَرۡجِعُونَ
Open ayah 7:168र, हामीले तिनीहरूलाई समूह समूह बनाएर धर्तीमा बाँडिदियौं । तिनीहरूमध्ये केही सज्जन छन् भने केही त्यसको विपरीत । र, हामीले तिनीहरूको परीक्षा सुख तथा दुःखको माध्यमबाट गर्दै गर्यौं ताकि तिनीहरू (सत्य तर्फ) फर्किऊन् ।
فَخَلَفَ مِنۢ بَعۡدِهِمۡ خَلۡفٞ وَرِثُواْ ٱلۡكِتَٰبَ يَأۡخُذُونَ عَرَضَ هَٰذَا ٱلۡأَدۡنَىٰ وَيَقُولُونَ سَيُغۡفَرُ لَنَا وَإِن يَأۡتِهِمۡ عَرَضٞ مِّثۡلُهُۥ يَأۡخُذُوهُۚ أَلَمۡ يُؤۡخَذۡ عَلَيۡهِم مِّيثَٰقُ ٱلۡكِتَٰبِ أَن لَّا يَقُولُواْ عَلَى ٱللَّهِ إِلَّا ٱلۡحَقَّ وَدَرَسُواْ مَا فِيهِۗ وَٱلدَّارُ ٱلۡأٓخِرَةُ خَيۡرٞ لِّلَّذِينَ يَتَّقُونَۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 7:169र, तिनीहरूपश्चात् यस्ता अयोग्य व्यक्तिहरू ईशग्रन्थको वारिस बने जो यस संसारकै सम्पत्ति आर्जन गर्न जुटेका छन् र भन्छन्– “हामी क्षमा प्राप्त आशावादी छौँ ।” र, यदि सांसारिक सामग्री त्यत्तिकै मात्रामा (अझै) आए भने त्यो तिनीहरूले लिनेछन् । के तिनीहरूबाट ईशग्रन्थको वचन लिइएको छैन कि तिनीहरूले अल्लाहबारे सत्यबाहेक अरू केही नभनून् ? र, जेजति त्यस ग्रन्थमा रहेको छ त्यो तिनीहरूले पढेका पनि छन् । ईशभय राख्नेहरूकालागि परलोकको निवास उत्तम रहेको छ । के तिमीहरू (यत्ति पनि) बुझ्दैनौ ?
وَٱلَّذِينَ يُمَسِّكُونَ بِٱلۡكِتَٰبِ وَأَقَامُواْ ٱلصَّلَوٰةَ إِنَّا لَا نُضِيعُ أَجۡرَ ٱلۡمُصۡلِحِينَ
Open ayah 7:170अनि, जुन मानिसहरू ईशग्रन्थलाई दृढतापूर्वक समात्छन् र नमाज कायम गर्छन्, निस्सन्देह हामी सत्कर्मीहरूको प्रतिदानलाई अकार्थ गर्ने छैनौँ ।
۞وَإِذۡ نَتَقۡنَا ٱلۡجَبَلَ فَوۡقَهُمۡ كَأَنَّهُۥ ظُلَّةٞ وَظَنُّوٓاْ أَنَّهُۥ وَاقِعُۢ بِهِمۡ خُذُواْ مَآ ءَاتَيۡنَٰكُم بِقُوَّةٖ وَٱذۡكُرُواْ مَا فِيهِ لَعَلَّكُمۡ تَتَّقُونَ
Open ayah 7:171र, जब हामीले तिनीहरूमाथि पहाडलाई छाताझैं यसरी खडा गर्यौं कि त्यो तिनीहरूमाथि खस्नै लाग्यो भन्ने कुरा तिनीहरूले ठाने, तब (हामीले भन्यौं) जुन हामीले तिमीहरूलाई प्रदान गरेका छौँ, त्यसलाई दृढतापूर्वक समात र जे त्यसमा लेखिएको छ त्यसलाई याद राख आशा छ कि तिमीहरू कुकर्मबाट बच्न सक्नेछौ ।
وَإِذۡ أَخَذَ رَبُّكَ مِنۢ بَنِيٓ ءَادَمَ مِن ظُهُورِهِمۡ ذُرِّيَّتَهُمۡ وَأَشۡهَدَهُمۡ عَلَىٰٓ أَنفُسِهِمۡ أَلَسۡتُ بِرَبِّكُمۡۖ قَالُواْ بَلَىٰ شَهِدۡنَآۚ أَن تَقُولُواْ يَوۡمَ ٱلۡقِيَٰمَةِ إِنَّا كُنَّا عَنۡ هَٰذَا غَٰفِلِينَ
Open ayah 7:172अनि, जब तिम्रा पालनकर्ताले आदमका सन्तानहरूका पिठ्यूँहरूबाट तिनीहरुका सन्तति सृष्टि गरे, र तिनीहरूलाई स्वयं तिनीहरूमाथि साक्षी बनाउँदै सोधे– “के म तिमीहरूको पालनकर्ता होइन ?” तिनीहरूले भने– “किन नहुनु ? हामी साक्षी छौँ ।” (यो प्रतिज्ञा लिनुको उद्देश्य यो हो कि) तिमीहरू महाप्रलयको दिन भन्न सक्ने छैनौ कि “हामीलाई यसको पत्तो नै थिएन ।”
أَوۡ تَقُولُوٓاْ إِنَّمَآ أَشۡرَكَ ءَابَآؤُنَا مِن قَبۡلُ وَكُنَّا ذُرِّيَّةٗ مِّنۢ بَعۡدِهِمۡۖ أَفَتُهۡلِكُنَا بِمَا فَعَلَ ٱلۡمُبۡطِلُونَ
Open ayah 7:173वा यो भन्न सक्ने छैनौ कि, “शिर्क हाम्रा पूर्वजहरूले यसभन्दा पहिले नै गरेका थिए र हामी तिनीहरूपछिका सन्तति पर्यौं । अनि के तिमीले हामीलाई दुष्कर्मीहरूको कृयाकलापका कारणले बिनष्ट गर्नेछौ त ?”
وَكَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ وَلَعَلَّهُمۡ يَرۡجِعُونَ
Open ayah 7:174र, यसरी हामी आफ्ना आयतहरू (श्लोकहरू) लाई स्पष्ट रूपमा प्रस्तुत गर्ने गर्छौं ताकि तिनीहरू (अल्लाह तर्फ) फर्कून् ।
وَٱتۡلُ عَلَيۡهِمۡ نَبَأَ ٱلَّذِيٓ ءَاتَيۡنَٰهُ ءَايَٰتِنَا فَٱنسَلَخَ مِنۡهَا فَأَتۡبَعَهُ ٱلشَّيۡطَٰنُ فَكَانَ مِنَ ٱلۡغَاوِينَ
Open ayah 7:175र, हे सन्देष्टा ! तिनीहरूलाई त्यस व्यक्तिको वृत्तान्त सुनाऊ जसलाई हामीले आफ्ना आयतहरूको ज्ञान प्रदान गर्यौं तर त्यो त्यसको पालनाबाट पन्छेर भाग्यो अनि शैतानले त्यसलाई पछ्यायो अनि त्यो पथभ्रष्टहरूमध्ये भयो ।
وَلَوۡ شِئۡنَا لَرَفَعۡنَٰهُ بِهَا وَلَٰكِنَّهُۥٓ أَخۡلَدَ إِلَى ٱلۡأَرۡضِ وَٱتَّبَعَ هَوَىٰهُۚ فَمَثَلُهُۥ كَمَثَلِ ٱلۡكَلۡبِ إِن تَحۡمِلۡ عَلَيۡهِ يَلۡهَثۡ أَوۡ تَتۡرُكۡهُ يَلۡهَثۚ ذَّٰلِكَ مَثَلُ ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَاۚ فَٱقۡصُصِ ٱلۡقَصَصَ لَعَلَّهُمۡ يَتَفَكَّرُونَ
Open ayah 7:176र, यदि हामीले चाहेको भए त्यसलाई आयतहरूद्वारा उच्चता प्रदान गर्ने थियौं तर त्यो धर्तीतर्फ नै झुक्यो र आफ्नो निकृष्ट चाहनाकै पछाडि लाग्यो । अनि त्यस्तो व्यक्तिको उदाहरण कुकुरको जस्तो छ जसलाई तिमीले आक्रमण गरे पनि वा नगरे पनि जिब्रो बाहिर निकालेर हाँप्ने गर्छ नै । यही उदाहरण ती व्यक्तिहरूको पनि हो जसले हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे । अनि तिमीले यो कथा तिनीहरूलाई सुनाऊ ताकि तिनीहरूले सोचविचार गरून् ।
سَآءَ مَثَلًا ٱلۡقَوۡمُ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَأَنفُسَهُمۡ كَانُواْ يَظۡلِمُونَ
Open ayah 7:177ती व्यक्तिहरूको उदाहरण अति निकृष्ट रहेको छ जसले हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे र तिनीहरू आफूमाथि नै अत्याचार गर्दै थिए ।
مَن يَهۡدِ ٱللَّهُ فَهُوَ ٱلۡمُهۡتَدِيۖ وَمَن يُضۡلِلۡ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 7:178जसलाई अल्लाहले मार्ग देखाउँछन् उसले नै सतमार्गी हुन्छ, र जसलाई उनी पथभ्रष्ट गर्छन् तिनीहरू नै हुन् घाटा खानेहरू ।
وَلَقَدۡ ذَرَأۡنَا لِجَهَنَّمَ كَثِيرٗا مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ لَهُمۡ قُلُوبٞ لَّا يَفۡقَهُونَ بِهَا وَلَهُمۡ أَعۡيُنٞ لَّا يُبۡصِرُونَ بِهَا وَلَهُمۡ ءَاذَانٞ لَّا يَسۡمَعُونَ بِهَآۚ أُوْلَٰٓئِكَ كَٱلۡأَنۡعَٰمِ بَلۡ هُمۡ أَضَلُّۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡغَٰفِلُونَ
Open ayah 7:179र, हामीले धेरै जिन्न तथा मनुष्यलाई नरककोलागि सृष्टि गरेका छौं । तिनीहरूको हृदय छ तर तिनीहरू त्यसबाट बुझ्दैनन्; तिनीहरूका आँखा छन् तर तिनीहरू त्यसबाट देख्दैनन् र तिनीहरूका कान छन् तर तिनीहरू त्यसबाट सुन्दैनन् । तिनीहरू पशुजस्तै छन् बरु त्यसभन्दा पनि बढी पथभ्रष्ट । तिनीहरू नै अनभिज्ञ मानिसहरु हून् ।
وَلِلَّهِ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰ فَٱدۡعُوهُ بِهَاۖ وَذَرُواْ ٱلَّذِينَ يُلۡحِدُونَ فِيٓ أَسۡمَٰٓئِهِۦۚ سَيُجۡزَوۡنَ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 7:180अल्लाहका राम्रा नामहरू छन् । अतः उनलाई उनकै नामबाट पुकार्ने गर अनि ती व्यक्तिहरूलाई छोडिदेऊ जो उनका नामहरूलाई निकट गर्ने दुष्टता देखाउँछन् । तिनीहरूले गर्ने गरेका कार्यको सजायँ तिनीहरूले चाँडै नै पाउनेछन् ।
وَمِمَّنۡ خَلَقۡنَآ أُمَّةٞ يَهۡدُونَ بِٱلۡحَقِّ وَبِهِۦ يَعۡدِلُونَ
Open ayah 7:181हामीद्वारा सृष्टि गरिएकामध्ये यस्ता समूहहरू पनि छन् जो सत्यको मार्ग देखाउँछन् र त्यसै बमोजिम नियाय गर्छन् ।
وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا سَنَسۡتَدۡرِجُهُم مِّنۡ حَيۡثُ لَا يَعۡلَمُونَ
Open ayah 7:182र, जुन व्यक्तिहरूले हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे तिनीहरूलाई हामी क्रमशः समात्ने छौँ कि तिनीहरूलाई थाहा पनि हुनेछैन ।
وَأُمۡلِي لَهُمۡۚ إِنَّ كَيۡدِي مَتِينٌ
Open ayah 7:183र, म तिनीहरूलाई अवसर दिइरहेको छु । निस्सन्देह मेरो योजना अति सुदृढ रहेको छ ।
أَوَلَمۡ يَتَفَكَّرُواْۗ مَا بِصَاحِبِهِم مِّن جِنَّةٍۚ إِنۡ هُوَ إِلَّا نَذِيرٞ مُّبِينٌ
Open ayah 7:184के तिनीहरूले सोचेनन् कि उनका साथी (मुहम्मद स.) मा कुनै उन्माद छैन । उनी त केवल प्रस्ट सचेतक हुन् ।
أَوَلَمۡ يَنظُرُواْ فِي مَلَكُوتِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا خَلَقَ ٱللَّهُ مِن شَيۡءٖ وَأَنۡ عَسَىٰٓ أَن يَكُونَ قَدِ ٱقۡتَرَبَ أَجَلُهُمۡۖ فَبِأَيِّ حَدِيثِۭ بَعۡدَهُۥ يُؤۡمِنُونَ
Open ayah 7:185के तिनीहरूले आकाशहरू तथा धर्तीको प्रबन्धमा र अल्लाहले सृष्टि गरेको वस्तुमा विचार गरेनन् ? र यो पनि (सोचेनन्) कि शायद तिनीहरूको मृत्युको समय नजिक पुगेको छ कि ? अनि त्यसपछि तिनीहरू कुन कुरामा ईमान ल्याउनेछन् त ?
مَن يُضۡلِلِ ٱللَّهُ فَلَا هَادِيَ لَهُۥۚ وَيَذَرُهُمۡ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ
Open ayah 7:186र, जसलाई अल्लाहले पथभ्रष्ट गर्दछन् त्यसलाई कोही मार्गदर्शन दिन सक्नेछैन । र अल्लाहले तिनीहरूलाई तिनीहरुको उद्दण्डतामा नै विभ्रान्त भई घुम्न छाडिदिन्छन् ।
يَسۡـَٔلُونَكَ عَنِ ٱلسَّاعَةِ أَيَّانَ مُرۡسَىٰهَاۖ قُلۡ إِنَّمَا عِلۡمُهَا عِندَ رَبِّيۖ لَا يُجَلِّيهَا لِوَقۡتِهَآ إِلَّا هُوَۚ ثَقُلَتۡ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ لَا تَأۡتِيكُمۡ إِلَّا بَغۡتَةٗۗ يَسۡـَٔلُونَكَ كَأَنَّكَ حَفِيٌّ عَنۡهَاۖ قُلۡ إِنَّمَا عِلۡمُهَا عِندَ ٱللَّهِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 7:187महाप्रलय कहिले आउनेछ भनी तिनीहरूले तिमीसित सोध्छन् । भनिदेऊ– “त्यसको ज्ञान त मेरा पालनकर्तालाई मात्र छ; त्यसलाई त्यसको (निर्धारित) समयभन्दा पहिले उनले प्रकट गर्नेछैनन् । आकाशहरू तथा धर्तीका लागि यो कठिन समय हुनेछ, र त्यो तिमीहरूमाथि अकस्मात् नै आउनेछ ।” तिनीहरूले यसबारे यसरी सोध्छन् मानौं तिमी त्यसबारे पूर्ण रुपमा अवगत छौ । भनिदेऊ– “त्यसको ज्ञान अल्लाहलाई मात्र छ । तर, अधिकांश मानिसहरूलाई थाहा नै छैन ।"
قُل لَّآ أَمۡلِكُ لِنَفۡسِي نَفۡعٗا وَلَا ضَرًّا إِلَّا مَا شَآءَ ٱللَّهُۚ وَلَوۡ كُنتُ أَعۡلَمُ ٱلۡغَيۡبَ لَٱسۡتَكۡثَرۡتُ مِنَ ٱلۡخَيۡرِ وَمَا مَسَّنِيَ ٱلسُّوٓءُۚ إِنۡ أَنَا۠ إِلَّا نَذِيرٞ وَبَشِيرٞ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 7:188भनिदेऊ– “म न स्वयंको लाभको अधिकार राख्दछु, र न हानीको नै, अल्लाहले चाहेको बाहेक । र, यदि ममा परोक्ष को ज्ञान भएको भए मैले धेरै लाभ जम्मा गर्न सक्ने थिएँ र मलाई कुनै कष्टले पनि छुने थिएन । र म त ईमान ल्याउने मानिसहरुको लागि स्पष्ट सचेतक र शुभ सुचक मात्र हूँ ।
۞هُوَ ٱلَّذِي خَلَقَكُم مِّن نَّفۡسٖ وَٰحِدَةٖ وَجَعَلَ مِنۡهَا زَوۡجَهَا لِيَسۡكُنَ إِلَيۡهَاۖ فَلَمَّا تَغَشَّىٰهَا حَمَلَتۡ حَمۡلًا خَفِيفٗا فَمَرَّتۡ بِهِۦۖ فَلَمَّآ أَثۡقَلَت دَّعَوَا ٱللَّهَ رَبَّهُمَا لَئِنۡ ءَاتَيۡتَنَا صَٰلِحٗا لَّنَكُونَنَّ مِنَ ٱلشَّٰكِرِينَ
Open ayah 7:189उनी अल्लाह नै हुन् जसले तिमीहरूलाई एक जीवबाट सृष्टि गरे र त्यसैबाट त्यसको जोडी बनाए, ताकि त्यसले आफ्नो जोडीबाट सन्तुष्टि प्राप्त गरोस् । अनि जब पतिले पत्नीलाई ढाक्छ तब पत्नीले हलुको गर्भ धारण गरिन्, जसलाई लिएर उनी हिँडडुल गरिरहन्छिन् र जब उनी बोझिलो हुन्छिन् तब दुवै आफ्ना पालनकर्ता अल्लाहसित प्रार्थना गर्छन्– “यदि तिमीले हामीलाई योग्य शिशु प्रदान गर्यौ भने हामी अवश्य नै कृतज्ञ हुनेछौं ।”
فَلَمَّآ ءَاتَىٰهُمَا صَٰلِحٗا جَعَلَا لَهُۥ شُرَكَآءَ فِيمَآ ءَاتَىٰهُمَاۚ فَتَعَٰلَى ٱللَّهُ عَمَّا يُشۡرِكُونَ
Open ayah 7:190जब अल्लाह उनलाई योग्य शिशु प्रदान गर्छन्, तब दुवैले त्यसको सृष्टिमा अल्लाहसँग शिर्क गर्न थाल्छन् । तर, अल्लाह तिनीहरूको शिर्कभन्दा अति उच्च छन् ।
أَيُشۡرِكُونَ مَا لَا يَخۡلُقُ شَيۡـٔٗا وَهُمۡ يُخۡلَقُونَ
Open ayah 7:191के तिनीहरू यस्तालाई साझेदार बनाउँछन् जो कुनै पनि वस्तु सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयं सृष्टि गरिन्छन् ?
وَلَا يَسۡتَطِيعُونَ لَهُمۡ نَصۡرٗا وَلَآ أَنفُسَهُمۡ يَنصُرُونَ
Open ayah 7:192र, तिनीहरु न तिनीहरूको मद्दत गर्ने सामर्थ्य राख्दछन् न स्वयंलाई नै सहयोग पुर्याउन सक्छन् ।
وَإِن تَدۡعُوهُمۡ إِلَى ٱلۡهُدَىٰ لَا يَتَّبِعُوكُمۡۚ سَوَآءٌ عَلَيۡكُمۡ أَدَعَوۡتُمُوهُمۡ أَمۡ أَنتُمۡ صَٰمِتُونَ
Open ayah 7:193र, यदि तिमीले तिनीहरूलाई सीधा मार्गतर्फ बोलायौ भने तिनीहरूले तिम्रो अनुसरण गर्ने छैनन् । तिनीहरूलाई (सत्मार्गतर्फ) बोलाउनु वा चुप लागेर बस्नु (दुवै) तिमीहरूको लागि समान छ ।
إِنَّ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ عِبَادٌ أَمۡثَالُكُمۡۖ فَٱدۡعُوهُمۡ فَلۡيَسۡتَجِيبُواْ لَكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 7:194तिमीहरू अल्लाहबाहेक जुन चिजहरूलाई पुकार्छौ तिनीहरू पनि तिमीहरू जस्तै भक्तहरू हुन् । तिमीहरू तिनीहरूलाई बोलाऊ, यदि तिमीहरू सच्चा हौ भने तिनीहरूले तिमीहरूको पुकार सुन्नु पर्छ ।
أَلَهُمۡ أَرۡجُلٞ يَمۡشُونَ بِهَآۖ أَمۡ لَهُمۡ أَيۡدٖ يَبۡطِشُونَ بِهَآۖ أَمۡ لَهُمۡ أَعۡيُنٞ يُبۡصِرُونَ بِهَآۖ أَمۡ لَهُمۡ ءَاذَانٞ يَسۡمَعُونَ بِهَاۗ قُلِ ٱدۡعُواْ شُرَكَآءَكُمۡ ثُمَّ كِيدُونِ فَلَا تُنظِرُونِ
Open ayah 7:195के तिनीहरूका खुट्टा छन् जसद्वारा तिनीहरू हिँडडुल गर्न सक्छन् वा हातहरू छन् जसद्वारा तिनीहरू समात्न सक्छन् वा आँखाहरू छन् जसद्वारा तिनीहरू देख्न सक्छन् वा कानहरू छन् जसद्वारा तिनीहरूले सुन्न सक्छन् ? भनिदेऊ– (यदि छन् भने) “बोलाऊ आफ्ना साझेदारहरूलाई; अनि मेरो विरुद्ध उपाय गर; अनि मलाई अलिकति पनि अवसर नदेऊ ।”
إِنَّ وَلِـِّۧيَ ٱللَّهُ ٱلَّذِي نَزَّلَ ٱلۡكِتَٰبَۖ وَهُوَ يَتَوَلَّى ٱلصَّٰلِحِينَ
Open ayah 7:196मेरा संरक्षक–मित्र त अल्लाह हुन् जसले ग्रन्थ अवतरित गरे र उनी नै सत्कर्मीहरूलाई संरक्षण प्रदान गर्दछन् ।
وَٱلَّذِينَ تَدۡعُونَ مِن دُونِهِۦ لَا يَسۡتَطِيعُونَ نَصۡرَكُمۡ وَلَآ أَنفُسَهُمۡ يَنصُرُونَ
Open ayah 7:197र, अल्लाहबाहेक जसलाई तिमीहरू बोलाउने गर्छौ तिनीहरूले न त तिमीहरूलाई मद्दत गर्न सक्छन्, न स्वयंलाई सहायता गर्न सक्छन् ।
وَإِن تَدۡعُوهُمۡ إِلَى ٱلۡهُدَىٰ لَا يَسۡمَعُواْۖ وَتَرَىٰهُمۡ يَنظُرُونَ إِلَيۡكَ وَهُمۡ لَا يُبۡصِرُونَ
Open ayah 7:198र, यदि तिमी तिनीहरूलाई सत्मार्गतर्फ बोलाउँछौ भने तिनीहरूले सुन्ने छैनन् । र, तिमीले तिनीहरूलाई आफूतर्फ हेरिरहेको देख्छौ तर तिनीहरूको दृष्टि नै हुँदैन ।
خُذِ ٱلۡعَفۡوَ وَأۡمُرۡ بِٱلۡعُرۡفِ وَأَعۡرِضۡ عَنِ ٱلۡجَٰهِلِينَ
Open ayah 7:199(हे मुहम्मद स.) माफ गर्ने नीति अपनाऊ; पुण्य कर्म गर्ने आदेश देऊ, र अज्ञानीहरुलाई बेवास्ता गर ।
وَإِمَّا يَنزَغَنَّكَ مِنَ ٱلشَّيۡطَٰنِ نَزۡغٞ فَٱسۡتَعِذۡ بِٱللَّهِۚ إِنَّهُۥ سَمِيعٌ عَلِيمٌ
Open ayah 7:200र, यदि शैतानबाट तिमीलाई उक्सावट हुन्छ भने अल्लाहको शरण माग । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
إِنَّ ٱلَّذِينَ ٱتَّقَوۡاْ إِذَا مَسَّهُمۡ طَٰٓئِفٞ مِّنَ ٱلشَّيۡطَٰنِ تَذَكَّرُواْ فَإِذَا هُم مُّبۡصِرُونَ
Open ayah 7:201निस्सन्देह ईशभय राख्नेहरूलाई यदि शैतानले परामर्श दिन्छ भने उनीहरू तत्कालै सावधान भइहाल्छन् अनि तिनीहरूका आँखा खुल्छन् ।
وَإِخۡوَٰنُهُمۡ يَمُدُّونَهُمۡ فِي ٱلۡغَيِّ ثُمَّ لَا يُقۡصِرُونَ
Open ayah 7:202तर (काफिरहरूलाई) उनका साथीभाईहरूले पथभ्रष्टतातर्फ नै डोर्याउँछन् फेरि यसमा कुनै कमी पनि गर्दैनन् ।
وَإِذَا لَمۡ تَأۡتِهِم بِـَٔايَةٖ قَالُواْ لَوۡلَا ٱجۡتَبَيۡتَهَاۚ قُلۡ إِنَّمَآ أَتَّبِعُ مَا يُوحَىٰٓ إِلَيَّ مِن رَّبِّيۚ هَٰذَا بَصَآئِرُ مِن رَّبِّكُمۡ وَهُدٗى وَرَحۡمَةٞ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 7:203हे सन्देष्टा ! यदि तिमी तिनीहरूसमक्ष कुनै निशानी प्रस्तुत गर्दैनौ भने तिनीहरू भन्छन् कुनै निशानी किन ल्याएनौ ? भनिदेऊ– “म त्यसै आदेशको मात्र पालना गर्छु जुन मेरा रबले मलाई प्रकाशना गर्छन् । यो (कुरआन) तिमीहरूको पालनकर्ताको तर्फबाट प्रमाण हो र ईमान ल्याउने मानिसहरूका लागि मार्गदर्शन तथा दया हो ।”
وَإِذَا قُرِئَ ٱلۡقُرۡءَانُ فَٱسۡتَمِعُواْ لَهُۥ وَأَنصِتُواْ لَعَلَّكُمۡ تُرۡحَمُونَ
Open ayah 7:204र, जब कुरआनको पाठ गरिन्छ तब त्यसलाई ध्यानपूर्वक सुन्ने गर तथा मौन धारण गर्ने गर ताकि तिमीहरूमाथि दया होस् ।
وَٱذۡكُر رَّبَّكَ فِي نَفۡسِكَ تَضَرُّعٗا وَخِيفَةٗ وَدُونَ ٱلۡجَهۡرِ مِنَ ٱلۡقَوۡلِ بِٱلۡغُدُوِّ وَٱلۡأٓصَالِ وَلَا تَكُن مِّنَ ٱلۡغَٰفِلِينَ
Open ayah 7:205र बिहान बेलुका आफ्ना पालनकर्तालाई मनमनै, बिलौना गर्दै तथा भयका साथ र मधुरो स्वरमा स्मरण गर्ने गर र अचेतन मानिसहरूमध्ये नबन ।
إِنَّ ٱلَّذِينَ عِندَ رَبِّكَ لَا يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِهِۦ وَيُسَبِّحُونَهُۥ وَلَهُۥ يَسۡجُدُونَۤ۩
Open ayah 7:206निस्सन्देह जो (फरिश्ताहरू) तिम्रो पालनकर्ताकहाँ छन् तिनीहरू उनको उपासनाबाट विमुख हुँदैनन् र उनकै महिमागान गर्छन् अनि उनैलाई सज्दा गर्ने गर्छन् ।