الأنفال

Al-Anfaal

The Spoils of War · Surah 8 · Ayahs: 75 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَسۡـَٔلُونَكَ عَنِ ٱلۡأَنفَالِۖ قُلِ ٱلۡأَنفَالُ لِلَّهِ وَٱلرَّسُولِۖ فَٱتَّقُواْ ٱللَّهَ وَأَصۡلِحُواْ ذَاتَ بَيۡنِكُمۡۖ وَأَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥٓ إِن كُنتُم مُّؤۡمِنِينَ

    Open ayah 8:1

    (हे मुहम्मद स.) तिनीहरू तिमीसँग अन्फाल (युद्धमा प्राप्त हुने धन) को बारेमा सोध्दछन् । भनिदेऊ– “अन्फाल त अल्लाह र रसूलको लागि हो ।” अनि अल्लाहको भय गर तथा आपसी सम्बन्ध ठीक राख । र, यदि तिमीहरू आस्थावान हौ भने अल्लाह तथा उनका रसूलको आज्ञापालन गर ।

  2. إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتۡ قُلُوبُهُمۡ وَإِذَا تُلِيَتۡ عَلَيۡهِمۡ ءَايَٰتُهُۥ زَادَتۡهُمۡ إِيمَٰنٗا وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ

    Open ayah 8:2

    वास्तविक मोमिनहरू ती हुन् जसको हृदय अल्लाहलाई सम्झिने बित्तिकै काँप्न थाल्छन्, र उनका आयतहरू पढेर सुनाउँदा उनीहरूको ईमान झन् बढ्न थाल्छ, र उनीहरू आफ्ना पालनकर्तामाथि भरोसा राख्छन् ।

  3. ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

    Open ayah 8:3

    जो नमाज कायम गर्छन् र हामीले उनीहरूलाई जे–जति प्रदान गरेका छौं त्यसमध्येबाट खर्च गर्छन् ।

  4. أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُؤۡمِنُونَ حَقّٗاۚ لَّهُمۡ دَرَجَٰتٌ عِندَ رَبِّهِمۡ وَمَغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

    Open ayah 8:4

    उनीहरू नै सच्चा मोमिनहरू हुन् । उनीहरूकालागि उनका पालनकर्ताकहाँ उच्च दर्जाहरू रहेका छन् अनि क्षमादान तथा उत्तम खाद्यान्न–सामग्री पनि ।

  5. كَمَآ أَخۡرَجَكَ رَبُّكَ مِنۢ بَيۡتِكَ بِٱلۡحَقِّ وَإِنَّ فَرِيقٗا مِّنَ ٱلۡمُؤۡمِنِينَ لَكَٰرِهُونَ

    Open ayah 8:5

    (अन्फालबारे पनि त्यस्तै स्थिति उत्पन्न भयो जस्तो स्थिति त्यस समय उत्पन्न भएको थियो) जबकि तिम्रा रबले तिमीलाई सत्यकासाथ तिम्रो घरबाट निकालेर ल्याएका थिए र आस्थावानहरूमध्ये एउटा समूहलाई यो अप्रिय थियो ।

  6. يُجَٰدِلُونَكَ فِي ٱلۡحَقِّ بَعۡدَمَا تَبَيَّنَ كَأَنَّمَا يُسَاقُونَ إِلَى ٱلۡمَوۡتِ وَهُمۡ يَنظُرُونَ

    Open ayah 8:6

    तिनीहरू सत्यबारे तिमीसँग झगडा गर्दै थिए जबकि त्यो एकदम स्पष्ट भइसकेको थियो । तिनीहरूको स्थिति यस्तो थियो कि मानौं तिनीहरू मृत्युलाई हेर्दै त्यसर्फ घिसारिंदैछन् ।

  7. وَإِذۡ يَعِدُكُمُ ٱللَّهُ إِحۡدَى ٱلطَّآئِفَتَيۡنِ أَنَّهَا لَكُمۡ وَتَوَدُّونَ أَنَّ غَيۡرَ ذَاتِ ٱلشَّوۡكَةِ تَكُونُ لَكُمۡ وَيُرِيدُ ٱللَّهُ أَن يُحِقَّ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦ وَيَقۡطَعَ دَابِرَ ٱلۡكَٰفِرِينَ

    Open ayah 8:7

    र, त्यस समयको स्मरण गर जब अल्लाहले तिमीहरूसँग दुई दलमध्ये एक तिमीहरूको हुनेछ भनी वचन दिइरहेका थिए र निर्बल समूह चाहिँ तिमीहरूलाई प्राप्त होस् भन्ने तिमीहरूको चाहना थियो तर अल्लाहको चाहना आफ्नो आदेशद्वारा सत्यलाई कायम राख्नु र काफिरहरूको जरो काटेर फ्याँक्नु रहेको थियो ।

  8. لِيُحِقَّ ٱلۡحَقَّ وَيُبۡطِلَ ٱلۡبَٰطِلَ وَلَوۡ كَرِهَ ٱلۡمُجۡرِمُونَ

    Open ayah 8:8

    ताकि सत्यलाई सत्य तथा असत्यलाई असत्य प्रमाणित गरून् यद्यपि यो अपराधीहरूलाई जतिसुकै अप्रिय किन नलागोस् ।

  9. إِذۡ تَسۡتَغِيثُونَ رَبَّكُمۡ فَٱسۡتَجَابَ لَكُمۡ أَنِّي مُمِدُّكُم بِأَلۡفٖ مِّنَ ٱلۡمَلَٰٓئِكَةِ مُرۡدِفِينَ

    Open ayah 8:9

    स्मरण गर जब तिमीहरू आफ्ना पालनकर्तासित बिलौना गर्दै थियौ अनि उनले तिम्रो प्रार्थना स्वीकार गरे (र भने) म लगातार एक पछि अर्को आउने एक हजार फरिश्ताद्वारा तिमीहरूको मद्दत गर्नेछु ।

  10. وَمَا جَعَلَهُ ٱللَّهُ إِلَّا بُشۡرَىٰ وَلِتَطۡمَئِنَّ بِهِۦ قُلُوبُكُمۡۚ وَمَا ٱلنَّصۡرُ إِلَّا مِنۡ عِندِ ٱللَّهِۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ 

    Open ayah 8:10

    अल्लाहले यो कुरा केवल तिमीहरूको लागि शुभ–सूचना बनाए; र ताकि तिमीहरूको मनलाई सन्तुष्टि प्राप्त होस् । र, सहायता केवल अल्लाहकै तर्फबाट आउँछ । निस्सन्देह अल्लाह अत्यन्त प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  11. إِذۡ يُغَشِّيكُمُ ٱلنُّعَاسَ أَمَنَةٗ مِّنۡهُ وَيُنَزِّلُ عَلَيۡكُم مِّنَ ٱلسَّمَآءِ مَآءٗ لِّيُطَهِّرَكُم بِهِۦ وَيُذۡهِبَ عَنكُمۡ رِجۡزَ ٱلشَّيۡطَٰنِ وَلِيَرۡبِطَ عَلَىٰ قُلُوبِكُمۡ وَيُثَبِّتَ بِهِ ٱلۡأَقۡدَامَ

    Open ayah 8:11

    त्यस समय अल्लाहले तिमीहरूको निश्चिन्तता तथा निर्भयताकालागि (तिमीहरूलाई) आफ्नोतर्फबाट निन्द्राले ढाके र आकाशबाट तिमीहरूमाथि पानी बर्साए ताकि त्यसबाट तिमीहरूलाई पवित्र पारुन र शैतानको फोहोरलाई हटाऊन र तिमीहरूको हृदयलाई हौसला प्रदान गरुन् अनि कदमहरूलाई सुदृढ पारुन् ।

  12. إِذۡ يُوحِي رَبُّكَ إِلَى ٱلۡمَلَٰٓئِكَةِ أَنِّي مَعَكُمۡ فَثَبِّتُواْ ٱلَّذِينَ ءَامَنُواْۚ سَأُلۡقِي فِي قُلُوبِ ٱلَّذِينَ كَفَرُواْ ٱلرُّعۡبَ فَٱضۡرِبُواْ فَوۡقَ ٱلۡأَعۡنَاقِ وَٱضۡرِبُواْ مِنۡهُمۡ كُلَّ بَنَانٖ

    Open ayah 8:12

    त्यस समय तिम्रा पालनकर्ताले फरिश्ताहरूलाई सङ्केत गर्दै थिए– “म तिमीहरूको साथमा छु र मोमिनहरूलाई दृढता प्रदान गर । म अहिले काफिरहरूको हृदयमा भय उत्पन्न गर्नेछु । अनि तिमी तिनीहरूको गर्दन र प्रत्येक जोर्नीहरूमा प्रहार गर ।”

  13. ذَٰلِكَ بِأَنَّهُمۡ شَآقُّواْ ٱللَّهَ وَرَسُولَهُۥۚ وَمَن يُشَاقِقِ ٱللَّهَ وَرَسُولَهُۥ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 8:13

    यो यस कारणले कि तिनीहरूले अल्लाह एवं उनका रसूलसित मुकाबिला गरे । र, जसले अल्लाह एवं उनका रसूलसित मुकाबिला गर्छ अल्लाहले उसलाई कठोर दण्ड दिनेछन् ।

  14. ذَٰلِكُمۡ فَذُوقُوهُ وَأَنَّ لِلۡكَٰفِرِينَ عَذَابَ ٱلنَّارِ

    Open ayah 8:14

    यो (दण्डको स्वाद यहाँ) चाख र (जानि राख) अनास्थावादीहरूका लागि नरकको यातना रहेको छ ।

  15. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ زَحۡفٗا فَلَا تُوَلُّوهُمُ ٱلۡأَدۡبَارَ

    Open ayah 8:15

    हे आस्थावानहरू हो ! यदि तिमीहरूको भिडन्त युद्धको मैदानमा काफिरहरूसित भयो भने तिनीहरूलाई पिठ्युँ नदेखाऊ ।

  16. وَمَن يُوَلِّهِمۡ يَوۡمَئِذٖ دُبُرَهُۥٓ إِلَّا مُتَحَرِّفٗا لِّقِتَالٍ أَوۡ مُتَحَيِّزًا إِلَىٰ فِئَةٖ فَقَدۡ بَآءَ بِغَضَبٖ مِّنَ ٱللَّهِ وَمَأۡوَىٰهُ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

    Open ayah 8:16

    अनि, युद्धको रणनीति स्वरुप वा कुनै सैन्यदलमा सामेल हुन उद्देश्य बाहेक जो त्यसदिन पिठ्यूँ फर्काउँछ त्यस्तो व्यक्ति अल्लाहको प्रकोपमा फस्नेछ तथा त्यसको बासस्थान नरक हुनेछ र त्यो अति नराम्रो स्थान हो ।

  17. فَلَمۡ تَقۡتُلُوهُمۡ وَلَٰكِنَّ ٱللَّهَ قَتَلَهُمۡۚ وَمَا رَمَيۡتَ إِذۡ رَمَيۡتَ وَلَٰكِنَّ ٱللَّهَ رَمَىٰ وَلِيُبۡلِيَ ٱلۡمُؤۡمِنِينَ مِنۡهُ بَلَآءً حَسَنًاۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

    Open ayah 8:17

    र, तिमीहरूले तिनीहरूलाई मारेका होइनौ, बरु अल्लाहले स्वयं तिनीहरूलाई मारेका हुन् । र, (हे मुहम्मद (स.)!) जतिबेला र जब तिमीले फ्याँक्यौ त्यो तिमीले फ्याँकेका होइनौ बरु अल्लाहले फ्याँकेका हुन् जसको उद्देश्य आस्थावानहरूलाई उत्तम प्रतिदान प्रदान गर्नु थियो । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  18. ذَٰلِكُمۡ وَأَنَّ ٱللَّهَ مُوهِنُ كَيۡدِ ٱلۡكَٰفِرِينَ

    Open ayah 8:18

    (एउटा उद्देश्य) यो हो र अल्लाहले काफिरहरूको चलखेललाई दुर्बल पार्ने छन् ।

  19. إِن تَسۡتَفۡتِحُواْ فَقَدۡ جَآءَكُمُ ٱلۡفَتۡحُۖ وَإِن تَنتَهُواْ فَهُوَ خَيۡرٞ لَّكُمۡۖ وَإِن تَعُودُواْ نَعُدۡ وَلَن تُغۡنِيَ عَنكُمۡ فِئَتُكُمۡ شَيۡـٔٗا وَلَوۡ كَثُرَتۡ وَأَنَّ ٱللَّهَ مَعَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 8:19

    यदि तिमीहरू फैसला चाहन्थ्यौ भने फैसला तिमीहरूसमक्ष आइपुगेको छ । र, यदि तिमीहरू रोकिन्छौ भने यही तिम्रोलागि राम्रो हुनेछ । र, यदि फेरि त्यही गर्छौ भने हामी पनि त्यही गर्नेछौं । र, तिमीहरूको जत्थाले तिमीहरूलाई कदापि कुनै लाभ पुर्याउने छैन चाहे त्यो जति नै ठूलो संख्यामा किन नहोस् । र, अल्लाह आस्थावानहरूका साथमा छन् ।

  20. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ وَلَا تَوَلَّوۡاْ عَنۡهُ وَأَنتُمۡ تَسۡمَعُونَ 

    Open ayah 8:20

    हे आस्थावानहरू हो ! अल्लाह एवं उनका रसूलको आज्ञापालन गर र, आदेश सुनेपछि त्यसबाट विमुख नहोऊ ।

  21. وَلَا تَكُونُواْ كَٱلَّذِينَ قَالُواْ سَمِعۡنَا وَهُمۡ لَا يَسۡمَعُونَ

    Open ayah 8:21

    र, ती मानिसहरू जस्तो नबन जो भन्छन्– “हामीले (ईश्वरीय आदेश) सुन्यौ जबकि तिनीहरूले सुन्नु हुँदैनन् ।”

  22. ۞إِنَّ شَرَّ ٱلدَّوَآبِّ عِندَ ٱللَّهِ ٱلصُّمُّ ٱلۡبُكۡمُ ٱلَّذِينَ لَا يَعۡقِلُونَ

    Open ayah 8:22

    निस्सन्देह अल्लाहको दृष्टिमा प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट ती बहिरा एवं लाटाहरू हुन् जो केही पनि बुझ्दैनन् ।

  23. وَلَوۡ عَلِمَ ٱللَّهُ فِيهِمۡ خَيۡرٗا لَّأَسۡمَعَهُمۡۖ وَلَوۡ أَسۡمَعَهُمۡ لَتَوَلَّواْ وَّهُم مُّعۡرِضُونَ

    Open ayah 8:23

    र, यदि अल्लाहले तिनीहरूभित्र कुनै गुण देखेको भए अवश्य नै तिनीहरूलाई सुन्ने योग्य बनाउने थिए । र, यदि अब तिनीहरूलाई सुन्ने शक्ति प्रदान गर्छन् भने तिनीहरू विमुख भई भाग्नेछन् ।

  24. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱسۡتَجِيبُواْ لِلَّهِ وَلِلرَّسُولِ إِذَا دَعَاكُمۡ لِمَا يُحۡيِيكُمۡۖ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَحُولُ بَيۡنَ ٱلۡمَرۡءِ وَقَلۡبِهِۦ وَأَنَّهُۥٓ إِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 8:24

    हे आस्थावानहरू हो ! अल्लाह र रसूलका आदेशहरुलाई स्वीकार गर जबकि रसूलले तिमीहरूलाई यस्तो कार्यकालागि बोलाउँछन् जसले तिमीहरूलाई (अनन्त) जीवन प्रदान गर्छ । जानिराख अल्लाह मानिस तथा उसको हृदयबीच पर्दा बन्न पुग्छन् । र, यो पनि जानिराख तिमीहरू उनकैसामु एकत्रित गरिनेछौ ।

  25. وَٱتَّقُواْ فِتۡنَةٗ لَّا تُصِيبَنَّ ٱلَّذِينَ ظَلَمُواْ مِنكُمۡ خَآصَّةٗۖ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ شَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 8:25

    र, त्यस उपद्रवप्रति सचेत होऊ जसको प्रभाव विशिष्ट रूपमा केवल ती मानिसहरूमा सीमित रहने छैन, तिमीहरूमध्ये जसले पाप गरेका छन् । जानिराख अल्लाह कठोर यातना दिनेवाला छन् ।

  26. وَٱذۡكُرُوٓاْ إِذۡ أَنتُمۡ قَلِيلٞ مُّسۡتَضۡعَفُونَ فِي ٱلۡأَرۡضِ تَخَافُونَ أَن يَتَخَطَّفَكُمُ ٱلنَّاسُ فَـَٔاوَىٰكُمۡ وَأَيَّدَكُم بِنَصۡرِهِۦ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِ لَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 8:26

    र, स्मरण गर त्यो समय जब तिमीहरू अल्पसंख्यक थियौ; धर्तीमा दुर्बल ठानिन्थ्यौ; मानिसहरूले तिमीहरूलाई अपहरण गर्छन् कि भनी डराउँथ्यौ अनि अल्लाहले तिमीहरूलाई बासस्थान प्रदान गरे र आफ्नो सहयोगबाट तिमीहरूलाई सशक्त बनाए र उत्तम वस्तुहरू खानलाई दिए आशा छ कि तिमीहरू कृतज्ञ बन्ने छौ ।

  27. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَخُونُواْ ٱللَّهَ وَٱلرَّسُولَ وَتَخُونُوٓاْ أَمَٰنَٰتِكُمۡ وَأَنتُمۡ تَعۡلَمُونَ

    Open ayah 8:27

    हे आस्थावानहरू हो ! जानी–जानी अल्लाह एवं रसूलसँग विश्वासघात नगर र न आफ्नो अमानत (नासो) हरूको खयानत (हिनामिना) नै गर ।

  28. وَٱعۡلَمُوٓاْ أَنَّمَآ أَمۡوَٰلُكُمۡ وَأَوۡلَٰدُكُمۡ فِتۡنَةٞ وَأَنَّ ٱللَّهَ عِندَهُۥٓ أَجۡرٌ عَظِيمٞ

    Open ayah 8:28

    र, जानिराख तिमीहरूका धन तथा सन्तानहरू परीक्षाका सामग्री हुन् र अल्लाहकहाँ (पुण्यकर्मको) ठूलो प्रतिदान रहेको छ ।

  29. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَتَّقُواْ ٱللَّهَ يَجۡعَل لَّكُمۡ فُرۡقَانٗا وَيُكَفِّرۡ عَنكُمۡ سَيِّـَٔاتِكُمۡ وَيَغۡفِرۡ لَكُمۡۗ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ

    Open ayah 8:29

    हे आस्थावानहरू हो ! यदि तिमीहरू ईशभय राख्छौ भने अल्लाहले तिमीहरूलाई फैसला गर्ने कसौटी प्रदान गर्नेछन् र तिमीहरूका पापहरूलाई नाश गर्नेछन् र तिमीहरूलाई क्षमा दिनेछन् र अल्लाह महान् अनुग्रही रहेका छन् ।

  30. وَإِذۡ يَمۡكُرُ بِكَ ٱلَّذِينَ كَفَرُواْ لِيُثۡبِتُوكَ أَوۡ يَقۡتُلُوكَ أَوۡ يُخۡرِجُوكَۚ وَيَمۡكُرُونَ وَيَمۡكُرُ ٱللَّهُۖ وَٱللَّهُ خَيۡرُ ٱلۡمَٰكِرِينَ 

    Open ayah 8:30

    र, (हे मुहम्मद (स.!) त्यस समयको स्मरण गर जब काफिरहरूले तिमीलाई बन्दी बनाउने वा तिम्रो हत्या गर्ने वा तिमीलाई देश–निकाला गर्ने षड्यन्त्र गरेका थिए । तिनीहरू आफ्नो चलखेल गर्दै थिए र अल्लाह आफ्नो योजना बनाउदै थिए । र, अल्लाह नै सर्वोत्तम योजनाविद् हुन् ।

  31. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا قَالُواْ قَدۡ سَمِعۡنَا لَوۡ نَشَآءُ لَقُلۡنَا مِثۡلَ هَٰذَآ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

    Open ayah 8:31

    र, जब तिनीहरूसमक्ष हाम्रा आयतहरू पढिन्छ तब तिनीहरू भन्छन्– “अँ, हामीले सुनिसक्यौं । हामीले चाहेको भए यस्ता वाणीहरू पनि भन्न सक्थ्यौं । यी त केवल अतीतका कथाहरू हुन् ।”

  32. وَإِذۡ قَالُواْ ٱللَّهُمَّ إِن كَانَ هَٰذَا هُوَ ٱلۡحَقَّ مِنۡ عِندِكَ فَأَمۡطِرۡ عَلَيۡنَا حِجَارَةٗ مِّنَ ٱلسَّمَآءِ أَوِ ٱئۡتِنَا بِعَذَابٍ أَلِيمٖ

    Open ayah 8:32

    र, जब तिनीहरूले भने– “हे अल्लाह ! यदि यो (कुरआन) तिम्रोतर्फबाट नितान्त सत्य हो भने हामीमाथि आकाशबाट ढुङ्गा बर्साऊ वा कुनै दुःखदायी यातना पठाऊ ।”

  33. وَمَا كَانَ ٱللَّهُ لِيُعَذِّبَهُمۡ وَأَنتَ فِيهِمۡۚ وَمَا كَانَ ٱللَّهُ مُعَذِّبَهُمۡ وَهُمۡ يَسۡتَغۡفِرُونَ

    Open ayah 8:33

    तर (हे मुहम्मद स.!) तिमी उनीहरूबीच रहुन्जेल अल्लाहले उनीहरूलाई यातना दिने छैनन् । र न अल्लाहको यो नियम हो कि उनीहरूले क्षमायाचना गरिरहेको अवस्थामा उनले यातना दिऊन् ।

  34. وَمَا لَهُمۡ أَلَّا يُعَذِّبَهُمُ ٱللَّهُ وَهُمۡ يَصُدُّونَ عَنِ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَمَا كَانُوٓاْ أَوۡلِيَآءَهُۥٓۚ إِنۡ أَوۡلِيَآؤُهُۥٓ إِلَّا ٱلۡمُتَّقُونَ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 8:34

    परन्तु अब अल्लाहले तिनीहरूमाथि यातना किन अवतरित नगरून् जबकि तिनीहरू प्रतिष्ठित मस्जिदबाट रोक्छन्; जबकि तिनीहरू त्यसको संरक्षक पनि होइनन् । यसको वास्तविक संरक्षक त ईशभय राख्ने मानिसहरू हुन् तर तिनीहरूमध्ये अधिकांश मानिसहरू जान्दैनन् ।

  35. وَمَا كَانَ صَلَاتُهُمۡ عِندَ ٱلۡبَيۡتِ إِلَّا مُكَآءٗ وَتَصۡدِيَةٗۚ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ

    Open ayah 8:35

    र, त्यस गृह (कअ्बा) नजिक तिनीहरूको नमाज, सुसेल्नु तथा ताली पिट्नु बाहेक अन्य केही होइन । अब तिमीहरुको अस्वीकारको कारण यातनाको स्वाद चाख ।

  36. إِنَّ ٱلَّذِينَ كَفَرُواْ يُنفِقُونَ أَمۡوَٰلَهُمۡ لِيَصُدُّواْ عَن سَبِيلِ ٱللَّهِۚ فَسَيُنفِقُونَهَا ثُمَّ تَكُونُ عَلَيۡهِمۡ حَسۡرَةٗ ثُمَّ يُغۡلَبُونَۗ وَٱلَّذِينَ كَفَرُوٓاْ إِلَىٰ جَهَنَّمَ يُحۡشَرُونَ

    Open ayah 8:36

    निस्सन्देह काफिरहरू अल्लाहको मार्गबाट रोक्नकानिम्ति आफ्नो धन–सम्पत्ति खर्च गर्छन् । र, तिनीहरूले अझ खर्च गर्नेछन् तर अन्ततः त्यो प्रयास तिनीहरूका लागि पश्चातापको कारण नै बन्नेछ र फेरी तिनीहरू पराजित हुनेछन् । फेरि काफिरहरू नरकतर्फ एकत्रित गरिनेछन् ।

  37. لِيَمِيزَ ٱللَّهُ ٱلۡخَبِيثَ مِنَ ٱلطَّيِّبِ وَيَجۡعَلَ ٱلۡخَبِيثَ بَعۡضَهُۥ عَلَىٰ بَعۡضٖ فَيَرۡكُمَهُۥ جَمِيعٗا فَيَجۡعَلَهُۥ فِي جَهَنَّمَۚ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ

    Open ayah 8:37

    ताकि अल्लाहले अपवित्रतालाई पवित्रताबाट अलग पारून् र अपवित्रतालाई एक अर्कोमाथि राखेर जम्मा पारून् र त्यस (थुप्रो) लाई नरकमा होमिदिऊन् । यस्ता मानिसहरू नै घाटा खानेहरू हुन् ।

  38. قُل لِّلَّذِينَ كَفَرُوٓاْ إِن يَنتَهُواْ يُغۡفَرۡ لَهُم مَّا قَدۡ سَلَفَ وَإِن يَعُودُواْ فَقَدۡ مَضَتۡ سُنَّتُ ٱلۡأَوَّلِينَ

    Open ayah 8:38

    हे सन्देष्टा ! यी काफिरहरूलाई भनिदेऊ– “यदि तिनीहरू (आफ्नो कुकर्मबाट) रोकिन्छन् भने अतीतमा भएका तिनीहरूका पापहरूलाई क्षमा गरिनेछ, तर यदि फेरि त्यस्तै कार्य गर्न थाले भने (स्मरण गरून्) पहिलेका मानिसहरूमाथि नियम लागू भई सकेकोछ ।”

  39. وَقَٰتِلُوهُمۡ حَتَّىٰ لَا تَكُونَ فِتۡنَةٞ وَيَكُونَ ٱلدِّينُ كُلُّهُۥ لِلَّهِۚ فَإِنِ ٱنتَهَوۡاْ فَإِنَّ ٱللَّهَ بِمَا يَعۡمَلُونَ بَصِيرٞ

    Open ayah 8:39

    अनि, यिनीहरू विरुद्ध युद्ध जारी राख यहाँसम्म कि उत्पीडन समाप्त होओस् तथा धर्म पूर्ण रूपमा अल्लाहकै भइहालोस् । र, यदि तिनीहरू (उत्पीडनबाट) रोकिए भने अल्लाहले तिनीहरूको कार्यलाई देखिरहेका छन् ।

  40. وَإِن تَوَلَّوۡاْ فَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَوۡلَىٰكُمۡۚ نِعۡمَ ٱلۡمَوۡلَىٰ وَنِعۡمَ ٱلنَّصِيرُ 

    Open ayah 8:40

    र, यदि तिनीहरू पिठ्यूँ फर्काउँछन् भने जानिराख अल्लाह तिम्रा संरक्षक मित्र हुन् । कति सर्वोत्तम संरक्षक–मित्र एवं सहायक रहेका छन् उनी !

  41. ۞وَٱعۡلَمُوٓاْ أَنَّمَا غَنِمۡتُم مِّن شَيۡءٖ فَأَنَّ لِلَّهِ خُمُسَهُۥ وَلِلرَّسُولِ وَلِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱبۡنِ ٱلسَّبِيلِ إِن كُنتُمۡ ءَامَنتُم بِٱللَّهِ وَمَآ أَنزَلۡنَا عَلَىٰ عَبۡدِنَا يَوۡمَ ٱلۡفُرۡقَانِ يَوۡمَ ٱلۡتَقَى ٱلۡجَمۡعَانِۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

    Open ayah 8:41

    र, जानी राख तिमीहरू युद्धमा जेजति धन प्राप्त गर्छौ त्यसको पाँचौं भाग अल्लाह र उनका रसूल, नातेदार, अनाथ, निर्धन तथा यात्रुहरूकोलागि हो । यदि तिमीहरूले अल्लाह र त्यसमाथि ईमान राख्छौ जुन आदेशहरू हामीले आफ्नो भक्तमाथि (सत्य एवं असत्यबीच) फरक गर्ने दिन अवतरित गर्यौं जुन दिन दुई समूहहरूबीच मुठभेड भएको थियो । र, अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।

  42. إِذۡ أَنتُم بِٱلۡعُدۡوَةِ ٱلدُّنۡيَا وَهُم بِٱلۡعُدۡوَةِ ٱلۡقُصۡوَىٰ وَٱلرَّكۡبُ أَسۡفَلَ مِنكُمۡۚ وَلَوۡ تَوَاعَدتُّمۡ لَٱخۡتَلَفۡتُمۡ فِي ٱلۡمِيعَٰدِ وَلَٰكِن لِّيَقۡضِيَ ٱللَّهُ أَمۡرٗا كَانَ مَفۡعُولٗا لِّيَهۡلِكَ مَنۡ هَلَكَ عَنۢ بَيِّنَةٖ وَيَحۡيَىٰ مَنۡ حَيَّ عَنۢ بَيِّنَةٖۗ وَإِنَّ ٱللَّهَ لَسَمِيعٌ عَلِيمٌ

    Open ayah 8:42

    स्मरण गर जब तिमीहरू (मदीनाको) निकटतम किनारामा थियौ र शत्रुहरू टाढाको किनारामा थिए र यात्री समूह तिमीहरूभन्दा तल थियो । र, यदि तिमीहरूले परस्पर वचन दिएको भए निर्धारित समयमा पुग्नमा विभेद हुन सक्थ्यो तर अल्लाहले एउटा काम गर्नु नै थियो, जुन निर्णय भइसकेको थियो ताकि जसलाई नष्ट हुनु छ त्यो प्रत्यक्ष प्रमाणसाथ नष्ट होओस्, र जसलाई जीवित रहनु छ त्यो स्पष्ट प्रमाणसाथ जीवित रहोस् । निश्चय नै अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  43. إِذۡ يُرِيكَهُمُ ٱللَّهُ فِي مَنَامِكَ قَلِيلٗاۖ وَلَوۡ أَرَىٰكَهُمۡ كَثِيرٗا لَّفَشِلۡتُمۡ وَلَتَنَٰزَعۡتُمۡ فِي ٱلۡأَمۡرِ وَلَٰكِنَّ ٱللَّهَ سَلَّمَۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 8:43

    त्यस बेला अल्लाहले तिमीलाई सपनामा तिनीहरूको संख्या कम गरेर देखाए । र, यदि तिनीहरूको संख्या बढी देखाएका भए अवश्य नै तिमीहरू साहस गुमाउने थियौ र यस विषयमा झगडा गर्ने थियौ । तर अल्लाहले तिमीहरूलाई त्यसबाट सुरक्षित राखे । निस्सन्देह उनी हृदयका कुराहरूबारे पनि अवगत छन् ।

  44. وَإِذۡ يُرِيكُمُوهُمۡ إِذِ ٱلۡتَقَيۡتُمۡ فِيٓ أَعۡيُنِكُمۡ قَلِيلٗا وَيُقَلِّلُكُمۡ فِيٓ أَعۡيُنِهِمۡ لِيَقۡضِيَ ٱللَّهُ أَمۡرٗا كَانَ مَفۡعُولٗاۗ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

    Open ayah 8:44

    र, त्यस समय जब तिमीहरूको (शत्रुसँग) मुठभेड भयो अल्लाहले तिनीहरूलाई तिमीहरूको दृष्टिमा कम (संख्यामा) देखाए र तिमीहरूलाई तिनीहरूको दृष्टिमा (आरम्भमा) कम (संख्यामा) देखाए किनकी अल्लाहले त्यो काम गर्नु नै थियो जसको निर्णय भइसकेको थियो । र, सम्पूर्ण मामिला अल्लाहको तर्फ नै फर्काइनेछ ।

  45. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا لَقِيتُمۡ فِئَةٗ فَٱثۡبُتُواْ وَٱذۡكُرُواْ ٱللَّهَ كَثِيرٗا لَّعَلَّكُمۡ تُفۡلِحُونَ

    Open ayah 8:45

    हे आस्थावानहरू हो ! जब (काफिरहरूको) कुनै समूहसँग तिमीहरूको मुठभेड हुन्छ तब अडिग रहने गर र अल्लाहलाई अत्यधिक स्मरण गर्ने गर ताकि तिमीहरूलाई सफलता प्राप्त होस् ।

  46. وَأَطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ وَلَا تَنَٰزَعُواْ فَتَفۡشَلُواْ وَتَذۡهَبَ رِيحُكُمۡۖ وَٱصۡبِرُوٓاْۚ إِنَّ ٱللَّهَ مَعَ ٱلصَّٰبِرِينَ

    Open ayah 8:46

    अनि, अल्लाह एवं उनका रसूलको आज्ञापालन गर र परस्पर झगडा नगर अन्यथा तिमीहरू कमजोर हुनेछौ र तिमीहरूको शक्ति विलोप हुनेछ । र धैर्य धारण गर । निश्चय नै अल्लाह धैर्यवानहरूका साथमा छन् ।

  47. وَلَا تَكُونُواْ كَٱلَّذِينَ خَرَجُواْ مِن دِيَٰرِهِم بَطَرٗا وَرِئَآءَ ٱلنَّاسِ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِۚ وَٱللَّهُ بِمَا يَعۡمَلُونَ مُحِيطٞ

    Open ayah 8:47

    र, तिनीहरूझैं नबन जो (सत्यविरुद्ध) अहंकार गर्दै र मानिसहरूलाई देखाउँदै आफ्नो घरबाट निस्के र तिनीहरू अल्लाहको मार्गबाट (मानिसहरूलाई) रोक्ने गर्थे । जुन कार्य तिनीहरू गर्दैछन् त्यो अल्लाहको नियन्त्रणभन्दा बाहिर छैन ।

  48. وَإِذۡ زَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ وَقَالَ لَا غَالِبَ لَكُمُ ٱلۡيَوۡمَ مِنَ ٱلنَّاسِ وَإِنِّي جَارٞ لَّكُمۡۖ فَلَمَّا تَرَآءَتِ ٱلۡفِئَتَانِ نَكَصَ عَلَىٰ عَقِبَيۡهِ وَقَالَ إِنِّي بَرِيٓءٞ مِّنكُمۡ إِنِّيٓ أَرَىٰ مَا لَا تَرَوۡنَ إِنِّيٓ أَخَافُ ٱللَّهَۚ وَٱللَّهُ شَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 8:48

    अनि, स्मरण गर जब शैतानले तिनीहरूलाई तिनहरुका क्रियाकलापहरुलाई सुन्दर तुल्याएर देखायो र भन्यो– “आज कोही पनि तिमीहरूमाथि विजयी हुन सक्दैन र म तिमीहरूको साथी हुँ ।” (तर) जब दुवै सैनिक दलहरूको मुठभेड भयो तब ऊ पिठ्यूँ फर्काएर पछि हट्यो र भन्यो– “तिमीहरूसँग मेरो कुनै सरोकार छैन । म जुन कुरा देख्दैछु तिमीहरू त्यो देख्न सक्दैनौ । मलाई त अल्लाहसित डर लागिरहेकोछ किनभने अल्लाह कठोर यातना दिनेवाला छन् ।”

  49. إِذۡ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ غَرَّ هَٰٓؤُلَآءِ دِينُهُمۡۗ وَمَن يَتَوَكَّلۡ عَلَى ٱللَّهِ فَإِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ

    Open ayah 8:49

    त्यस समय मुनाफिक तथा हृदय–रोगी मानिसहरूले भने– “यिनीहरूलाई यिनको धर्मले धोकामा पारेको छ ।” र, जसले अल्लाहमाथि भरोसा राख्छ, निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  50. وَلَوۡ تَرَىٰٓ إِذۡ يَتَوَفَّى ٱلَّذِينَ كَفَرُواْ ٱلۡمَلَٰٓئِكَةُ يَضۡرِبُونَ وُجُوهَهُمۡ وَأَدۡبَٰرَهُمۡ وَذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ 

    Open ayah 8:50

    यदि तिमीले त्यो स्थिति देखन पाउने थियौ जब फरिश्ताहरू अविश्वासीहरूको मुख तथा ढाडमा हिर्काउँदै प्राण लुछ्दछन् र (भन्छन्) “चाख दन्कदो आगोको यातना !”

  51. ذَٰلِكَ بِمَا قَدَّمَتۡ أَيۡدِيكُمۡ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّٰمٖ لِّلۡعَبِيدِ

    Open ayah 8:51

    यो परिणाम तिमीहरुको ती कार्यहरूले गर्दा भयो जुन तिमीहरूका हातले अघि पठाए । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्दैनन् ।

  52. كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡۚ إِنَّ ٱللَّهَ قَوِيّٞ شَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 8:52

    (तिनीहरूको अवस्था) फिरऔनका जातिका मानिसहरू तथा तिनीहरूभन्दा अघिका व्यक्तिहरूको जस्तै भयो । तिनीहरूले अल्लाहका आयतहरूलाई अस्वीकार गरे । (अतः) अल्लाहले तिनीहरूलाई तिनीहरुका पापहरूको कारणले समाते । निस्सन्देह अल्लाह शक्तिशाली एवं कठोर यातना दिनेवाला छन् ।

  53. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ لَمۡ يَكُ مُغَيِّرٗا نِّعۡمَةً أَنۡعَمَهَا عَلَىٰ قَوۡمٍ حَتَّىٰ يُغَيِّرُواْ مَا بِأَنفُسِهِمۡ وَأَنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

    Open ayah 8:53

    यो यसकारणले कि जुन वरदान अल्लाहले कुनै समुदायलाई प्रदान गर्छन् त्यसलाई उनी तबसम्म परिवर्तन गर्दैनन् जबसम्म तिनीहरू स्वंय आफ्नो व्यवहारलाई आफैं परिवर्तन गर्दैनन् । र, निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  54. كَدَأۡبِ ءَالِ فِرۡعَوۡنَ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَّبُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ فَأَهۡلَكۡنَٰهُم بِذُنُوبِهِمۡ وَأَغۡرَقۡنَآ ءَالَ فِرۡعَوۡنَۚ وَكُلّٞ كَانُواْ ظَٰلِمِينَ

    Open ayah 8:54

    (तिनीहरूको अवस्था) फिरऔनका जातिका मानिसहरू तथा तिनीहरूभन्दा अघिका व्यक्तिहरूझैं भयो । तिनीहरूले आफ्ना पालनकर्ताका आयतहरूलाई मिथ्या ठहर गरे अतः हामीले तिनीहरुका पापहरूको कारणले तिनीहरुको विनाश गरिदियौं र फिरऔनका जातिका मानिसहरूलाई चुर्लुम्मै डुबाइदियौं । तिनीहरू सबै अत्याचारी थिए ।

  55. إِنَّ شَرَّ ٱلدَّوَآبِّ عِندَ ٱللَّهِ ٱلَّذِينَ كَفَرُواْ فَهُمۡ لَا يُؤۡمِنُونَ

    Open ayah 8:55

    निस्सन्देह अल्लाहको दृष्टिमा प्राणीहरूमध्ये सबैभन्दा निकृष्ट काफिरहरू हुन् । अत: उनीहरू ईमान ल्याउँदैनन् ।

  56. ٱلَّذِينَ عَٰهَدتَّ مِنۡهُمۡ ثُمَّ يَنقُضُونَ عَهۡدَهُمۡ فِي كُلِّ مَرَّةٖ وَهُمۡ لَا يَتَّقُونَ

    Open ayah 8:56

    (यी नै हुन्) जोसँग तिमीले सन्धि गर्यौ फेरि तिनीहरू नै हरेक पटक सन्धि भङ्ग गर्छन् र (अल्लाहसित) अलिकति पनि डराउँदैनन् ।

  57. فَإِمَّا تَثۡقَفَنَّهُمۡ فِي ٱلۡحَرۡبِ فَشَرِّدۡ بِهِم مَّنۡ خَلۡفَهُمۡ لَعَلَّهُمۡ يَذَّكَّرُونَ

    Open ayah 8:57

    अतः यदि तिमीले तिनीहरूलाई युद्धमा समात्छौ भने यिनीहरूलाई दिइएको सजायँ द्वारा यिनीहरू पछाडि रहनेहरुलाई धपाउ। ताकि तिनीहरूले शिक्षा ग्रहण गरुन् ।

  58. وَإِمَّا تَخَافَنَّ مِن قَوۡمٍ خِيَانَةٗ فَٱنۢبِذۡ إِلَيۡهِمۡ عَلَىٰ سَوَآءٍۚ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡخَآئِنِينَ

    Open ayah 8:58

    र, यदि तिमीलाई कुनै समुदायको तर्फबाट विश्वासघातको आशङ्का छ भने तिनीहरुसँगको प्रतिज्ञा बराबरीको तवरले तिनीहरूसमक्ष भङ्ग गरिदेऊ । निश्चय नै अल्लाह विश्वासघातीहरूलाई मन पराउँदैनन् ।

  59. وَلَا يَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُواْ سَبَقُوٓاْۚ إِنَّهُمۡ لَا يُعۡجِزُونَ

    Open ayah 8:59

    अनास्था प्रदर्शन गर्नेहरूले भागेर हामीबाट बच्न सक्नेछन् भन्ने कुरा कदापि नठानून् । निस्सन्देह तिनीहरूले (हामीलाई) विवश पार्न सक्दैनन् ।

  60. وَأَعِدُّواْ لَهُم مَّا ٱسۡتَطَعۡتُم مِّن قُوَّةٖ وَمِن رِّبَاطِ ٱلۡخَيۡلِ تُرۡهِبُونَ بِهِۦ عَدُوَّ ٱللَّهِ وَعَدُوَّكُمۡ وَءَاخَرِينَ مِن دُونِهِمۡ لَا تَعۡلَمُونَهُمُ ٱللَّهُ يَعۡلَمُهُمۡۚ وَمَا تُنفِقُواْ مِن شَيۡءٖ فِي سَبِيلِ ٱللَّهِ يُوَفَّ إِلَيۡكُمۡ وَأَنتُمۡ لَا تُظۡلَمُونَ 

    Open ayah 8:60

    र, तिमीहरू यथासम्भव तिनीहरूविरुद्ध (सैन्य) शक्ति र तयार घोडाहरू जुटाई राख ताकि त्यसबाट तिमीहरू अल्लाहका शत्रु र आफ्ना शत्रुहरूलाई अनि तिनीहरूबाहेक अन्य (शत्रुहरू) लाई भयभित तुल्याऊ जसलाई तिमीहरू जान्दैनौ तर अल्लाह तिनीहरूलाई जान्दछन् । र, तिमीहरू अल्लाहको मार्गमा जे पनि खर्च गर्नेछौ त्यसको पूरा प्रतिदान तिमीहरूलाई दिइनेछ । र, तिमीहरूका साथ कदापि अन्याय हुने छैन ।

  61. ۞وَإِن جَنَحُواْ لِلسَّلۡمِ فَٱجۡنَحۡ لَهَا وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 8:61

    र, यदि तिनीहरू सन्धिको लागि झुकावट देखाउँछन् भने तिमी पनि त्यसका लागि तयार होऊ । र, अल्लाहमाथि नै भरोसा गर । निश्चय नै अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  62. وَإِن يُرِيدُوٓاْ أَن يَخۡدَعُوكَ فَإِنَّ حَسۡبَكَ ٱللَّهُۚ هُوَ ٱلَّذِيٓ أَيَّدَكَ بِنَصۡرِهِۦ وَبِٱلۡمُؤۡمِنِينَ

    Open ayah 8:62

    र, यदि तिनीहरू तिमीलाई धोका दिन खोज्छन् भने तिम्रोलागि अल्लाह नै पर्याप्त छन् । उनै त हुन् जसले तिमीलाई आफ्नो सहायता तथा आस्थावानहरूद्वारा सुदृढ तुल्याएका छन्।

  63. وَأَلَّفَ بَيۡنَ قُلُوبِهِمۡۚ لَوۡ أَنفَقۡتَ مَا فِي ٱلۡأَرۡضِ جَمِيعٗا مَّآ أَلَّفۡتَ بَيۡنَ قُلُوبِهِمۡ وَلَٰكِنَّ ٱللَّهَ أَلَّفَ بَيۡنَهُمۡۚ إِنَّهُۥ عَزِيزٌ حَكِيمٞ

    Open ayah 8:63

    र आस्थावानहरूको हृदयलाई जोडिदिएका छन् । यदि तिमीले धर्तीका सम्पूर्ण सम्पत्ति खर्चेको भए पनि तिमीले तिनीहरूको हृदय जोड्न सक्ने थिएनौ । तर अल्लाह नै हुन् जसले तिनीहरू बीच प्रेम उत्पन्न गरे । निस्सन्देह उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  64. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ حَسۡبُكَ ٱللَّهُ وَمَنِ ٱتَّبَعَكَ مِنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 8:64

    हे सन्देष्टा ! तिम्रोनिम्ति अल्लाह तथा तिम्रा अनुयायी मोमिनहरू नै पर्याप्त छन् ।

  65. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ حَرِّضِ ٱلۡمُؤۡمِنِينَ عَلَى ٱلۡقِتَالِۚ إِن يَكُن مِّنكُمۡ عِشۡرُونَ صَٰبِرُونَ يَغۡلِبُواْ مِاْئَتَيۡنِۚ وَإِن يَكُن مِّنكُم مِّاْئَةٞ يَغۡلِبُوٓاْ أَلۡفٗا مِّنَ ٱلَّذِينَ كَفَرُواْ بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَفۡقَهُونَ

    Open ayah 8:65

    हे सन्देष्टा ! मोमिनहरूलाई युद्धकालागि प्रेरित गर । तिमीहरूमध्येका बीसजना धैर्यवान तिनीहरूका दुईसय जनामाथि विजयी हुनेछन् र तिम्रा सयजना आस्थावानहरु एकहजार काफिरहरूमाथि विजयी हुनेछन् । किनभने तिनीहरू अबुझ रहेका छन् ।

  66. ٱلۡـَٰٔنَ خَفَّفَ ٱللَّهُ عَنكُمۡ وَعَلِمَ أَنَّ فِيكُمۡ ضَعۡفٗاۚ فَإِن يَكُن مِّنكُم مِّاْئَةٞ صَابِرَةٞ يَغۡلِبُواْ مِاْئَتَيۡنِۚ وَإِن يَكُن مِّنكُمۡ أَلۡفٞ يَغۡلِبُوٓاْ أَلۡفَيۡنِ بِإِذۡنِ ٱللَّهِۗ وَٱللَّهُ مَعَ ٱلصَّٰبِرِينَ

    Open ayah 8:66

    अब अल्लाहले तिम्रो बोझलाई कम गरिदिएका छन् किनकी उनलाई राम्ररी थाहा छ कि तिमीहरूभित्र केही कमी कमजोरी (आइसकेको) छ । अतः तिम्रा अब तिम्रा सयजना धैर्यवान दुईसयजना काफिर माथि र तिम्रा एकहजार धैर्यवान, दुईहजार काफिरहरू माथि अल्लाहको आदेशले विजयी हुनेछन् । र, अल्लाह धैर्यवानहरू कासाथ छन् ।

  67. مَا كَانَ لِنَبِيٍّ أَن يَكُونَ لَهُۥٓ أَسۡرَىٰ حَتَّىٰ يُثۡخِنَ فِي ٱلۡأَرۡضِۚ تُرِيدُونَ عَرَضَ ٱلدُّنۡيَا وَٱللَّهُ يُرِيدُ ٱلۡأٓخِرَةَۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٞ

    Open ayah 8:67

    धर्तीमा (शत्रुहरूलाई) राम्ररी नकुल्चिउन्जेलसम्म सन्देष्टाको हातमा बन्दीहरू रहून् (उनको लागि) उचित छैन । तिमीहरू सांसारिक लाभ चाहन्छौ जबकि अल्लाह आखिरत (परलोकको भलाई) चाहन्छन् । र, अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  68. لَّوۡلَا كِتَٰبٞ مِّنَ ٱللَّهِ سَبَقَ لَمَسَّكُمۡ فِيمَآ أَخَذۡتُمۡ عَذَابٌ عَظِيمٞ

    Open ayah 8:68

    यदि अल्लाहको आदेश पहिले नै लेखिएको भए जे तिमीहरूले लियौ त्यसले गर्दा तिमीहरूलाई कठोर यातना दिइने थियो ।

  69. فَكُلُواْ مِمَّا غَنِمۡتُمۡ حَلَٰلٗا طَيِّبٗاۚ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 8:69

    अनि जुन वैध तथा पवित्र धन तिमीहरूले युद्धबाट प्राप्त गरेका छौ त्यसलाई खाऊ र अल्लाहसित डराउने गर । निस्सन्देह अल्लाह अति क्षमाशील तथा परम दयालु छन् ।

  70. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّمَن فِيٓ أَيۡدِيكُم مِّنَ ٱلۡأَسۡرَىٰٓ إِن يَعۡلَمِ ٱللَّهُ فِي قُلُوبِكُمۡ خَيۡرٗا يُؤۡتِكُمۡ خَيۡرٗا مِّمَّآ أُخِذَ مِنكُمۡ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ 

    Open ayah 8:70

    हे सन्देष्टा ! आफ्नो कब्जामा रहेका बन्दीहरूलाई भनिदेऊ– “यदि अल्लाहले तिमीहरूको हृदयमा कुनै राम्रो भावना देखे भने जुन (धन) तिमीहरूबाट लिइएको छ त्यसभन्दा उत्तम तिमीहरूलाई प्रदान गर्नेछन् र तिमीहरूलाई क्षमा पनि गर्नेछन् ।” र, अल्लाह अति क्षमाशील एव परम दयालु छन् ।

  71. وَإِن يُرِيدُواْ خِيَانَتَكَ فَقَدۡ خَانُواْ ٱللَّهَ مِن قَبۡلُ فَأَمۡكَنَ مِنۡهُمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ

    Open ayah 8:71

    र, यदि तिनीहरू तिमीसँग विश्वासघात गर्न चाहन्छन् भने यसअघि पनि तिनीहरूले अल्लाहसँग विश्वासघात गरिसकेका छन् । अनि (त्यसैले) अल्लाहले तिनीहरूलाई तिम्रो कब्जामा पारिदिए र अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।

  72. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَهَاجَرُواْ وَجَٰهَدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ فِي سَبِيلِ ٱللَّهِ وَٱلَّذِينَ ءَاوَواْ وَّنَصَرُوٓاْ أُوْلَٰٓئِكَ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٖۚ وَٱلَّذِينَ ءَامَنُواْ وَلَمۡ يُهَاجِرُواْ مَا لَكُم مِّن وَلَٰيَتِهِم مِّن شَيۡءٍ حَتَّىٰ يُهَاجِرُواْۚ وَإِنِ ٱسۡتَنصَرُوكُمۡ فِي ٱلدِّينِ فَعَلَيۡكُمُ ٱلنَّصۡرُ إِلَّا عَلَىٰ قَوۡمِۭ بَيۡنَكُمۡ وَبَيۡنَهُم مِّيثَٰقٞۗ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ

    Open ayah 8:72

    जुन मानिसहरूले ईमान ल्याए, घरबार त्यागे, आफ्नो धन–सम्पत्ति तथा ज्यानले अल्लाहको मार्गमा युद्ध गरे र जुन मानिसहरूले (घरबार त्यागेर आउनेहरूलाई) आश्रय दिए र सहयोग गरे ती सबै वास्तवमा परस्पर संरक्षक मित्र हुन् । र, ती व्यक्तिहरू जसले ईमान त ल्याए तर घरबार त्यागेनन् (काफिर बस्तीमै रहे) उनीहरू जबसम्म घरबार त्यागेर आउँदैनन् तबसम्म उनीहरूको संरक्षणको कुनै जिम्मेवारी तिमीमाथि छैन । तर यदि उनीहरू धर्मको मामिलामा तिमीसँग मद्दत चाहन्छन् भने उनीहरूको सहयोग गर्नु तिम्रोलागि अनिवार्य छ । तर यस्ता समुदायविरुद्ध होइन जोसँग तिम्रो सन्धि भएकोछ । र, अल्लाहले तिम्रा सम्पूर्ण कार्यहरूलाई देखिरहेका छन् ।

  73. وَٱلَّذِينَ كَفَرُواْ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٍۚ إِلَّا تَفۡعَلُوهُ تَكُن فِتۡنَةٞ فِي ٱلۡأَرۡضِ وَفَسَادٞ كَبِيرٞ

    Open ayah 8:73

    र, जो मानिसहरू काफिर भए तिनीहरू एक अर्काका सहयोगी–मित्र हुन्, र (हे आस्थावानहरू हो !) यदि तिमीहरूले यसो गरेनौ भने धर्तीमा उपद्रव तथा ठूलो विध्वंस मच्चिनेछ ।

  74. وَٱلَّذِينَ ءَامَنُواْ وَهَاجَرُواْ وَجَٰهَدُواْ فِي سَبِيلِ ٱللَّهِ وَٱلَّذِينَ ءَاوَواْ وَّنَصَرُوٓاْ أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُؤۡمِنُونَ حَقّٗاۚ لَّهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

    Open ayah 8:74

    जसले ईमान ल्याए, हिजरत गरे, अल्लाहको मार्गमा युद्ध गरे र जसले घरबार त्याग्नेहरूलाई आश्रय दिए तथा उनीहरूको सहयोग गरे तिनीहरू नै सच्चा आस्थावानहरू हुन् । तिनकानिम्ति क्षमादान तथा प्रतिष्ठित जीविका रहेको छ ।

  75. وَٱلَّذِينَ ءَامَنُواْ مِنۢ بَعۡدُ وَهَاجَرُواْ وَجَٰهَدُواْ مَعَكُمۡ فَأُوْلَٰٓئِكَ مِنكُمۡۚ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٖ فِي كِتَٰبِ ٱللَّهِۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ

    Open ayah 8:75

    र, जुन मानिसहरूले पछि ईमान ल्याए, र घरबार त्यागे र तिमीहरूसँग मिलेर युद्ध गरे, ती सबै तिमीहरूमध्येकै हुन् । र, नातेदारहरू अल्लाहको आदेशानुसार एक अर्काको बढी हकदार हुन्छन् । निश्चय नै अल्लाह हरेक वस्तुका ज्ञाता हुन् ।