التوبة
At-Tawba
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بَرَآءَةٞ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦٓ إِلَى ٱلَّذِينَ عَٰهَدتُّم مِّنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 9:1अल्लाह तथा उनका रसूलको तर्फबाट जोसँग तिमीले सन्धि गरेका थियौ, ती मुश्रिकहरूकालागि सन्धि भङ्गको घोषणा छ । [ ]
فَسِيحُواْ فِي ٱلۡأَرۡضِ أَرۡبَعَةَ أَشۡهُرٖ وَٱعۡلَمُوٓاْ أَنَّكُمۡ غَيۡرُ مُعۡجِزِي ٱللَّهِ وَأَنَّ ٱللَّهَ مُخۡزِي ٱلۡكَٰفِرِينَ
Open ayah 9:2अनि (हे, बहुदेववादीहरू हो !) अझ चार महिनासम्म तिमीहरू धर्तीमा घुमफिर गर र जानिराख तिमीहरू अल्लाहलाई विवश पार्न सक्दैनौ र अल्लाह काफिरहरूलाई अपमानित गर्नेवाला छन् । ,
وَأَذَٰنٞ مِّنَ ٱللَّهِ وَرَسُولِهِۦٓ إِلَى ٱلنَّاسِ يَوۡمَ ٱلۡحَجِّ ٱلۡأَكۡبَرِ أَنَّ ٱللَّهَ بَرِيٓءٞ مِّنَ ٱلۡمُشۡرِكِينَ وَرَسُولُهُۥۚ فَإِن تُبۡتُمۡ فَهُوَ خَيۡرٞ لَّكُمۡۖ وَإِن تَوَلَّيۡتُمۡ فَٱعۡلَمُوٓاْ أَنَّكُمۡ غَيۡرُ مُعۡجِزِي ٱللَّهِۗ وَبَشِّرِ ٱلَّذِينَ كَفَرُواْ بِعَذَابٍ أَلِيمٍ
Open ayah 9:3र, महान् हजको [ ] दिन मानिसहरूकालागि अल्लाह तथा उनका रसूलको तर्फबाट के सार्वजनिक घोषणा छ भने अल्लाहलाई बहुदेववादीहरूप्रति कुनै वास्ता छैन र उनका रसूललाई पनि । अतः यदि तिमीहरू प्रायश्चित गर्छौ भने यो तिम्रैलागि राम्रो हुनेछ र यदि तिमीहरू विमुख हुन्छौ भने जानिराख तिमीहरू अल्लाहलाई विवश पार्न सक्दैनौ । र, (हे सन्देष्टा) काफिरहरूलाई कठोर यातनाको शुभ सूचना देऊ । ,
إِلَّا ٱلَّذِينَ عَٰهَدتُّم مِّنَ ٱلۡمُشۡرِكِينَ ثُمَّ لَمۡ يَنقُصُوكُمۡ شَيۡـٔٗا وَلَمۡ يُظَٰهِرُواْ عَلَيۡكُمۡ أَحَدٗا فَأَتِمُّوٓاْ إِلَيۡهِمۡ عَهۡدَهُمۡ إِلَىٰ مُدَّتِهِمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ
Open ayah 9:4ती बहुदेववादीहरूबाहेक जोसँग तिमीले सन्धि गर्यौ अनि तिनीहरूले तिमीसँग न कुनै कमी कमजोरी देखाए न तिमीहरूविरुद्ध कसैको सहयोग नै गरे, त्यस्ता व्यक्तिहरूसँग तिमीहरू पनि सन्धिको म्याद पूरा गर । निस्सन्देह अल्लाह भय राख्नेहरूलाई मन पराउँछन् ।
فَإِذَا ٱنسَلَخَ ٱلۡأَشۡهُرُ ٱلۡحُرُمُ فَٱقۡتُلُواْ ٱلۡمُشۡرِكِينَ حَيۡثُ وَجَدتُّمُوهُمۡ وَخُذُوهُمۡ وَٱحۡصُرُوهُمۡ وَٱقۡعُدُواْ لَهُمۡ كُلَّ مَرۡصَدٖۚ فَإِن تَابُواْ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ فَخَلُّواْ سَبِيلَهُمۡۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 9:5अनि प्रतिष्ठित [ ] महिनाहरू समाप्त भएपछि मुश्रिकहरूलाई जहाँकहीँ पाउँछौ हत्या गर; गिरफ्तार गर; घेर र हरेक छापा मार्ने ठाउँमा तिनीहरूको ताकमा बस । तर यदि तिनीहरूले प्रायश्चित गर्छन्; नमाज कायम गर्छन्; जकात चुक्ता गर्छन् भने तिनीहरूको बाटो छोडिदेऊ [ ] । निश्चय नै अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।,
وَإِنۡ أَحَدٞ مِّنَ ٱلۡمُشۡرِكِينَ ٱسۡتَجَارَكَ فَأَجِرۡهُ حَتَّىٰ يَسۡمَعَ كَلَٰمَ ٱللَّهِ ثُمَّ أَبۡلِغۡهُ مَأۡمَنَهُۥۚ ذَٰلِكَ بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَعۡلَمُونَ
Open ayah 9:6र, यदि बहुदेववादीहरूमध्ये कसैले तिम्रो शरण माग्छ भने त्यसलाई शरण देऊ यहाँसम्म कि ऊ अल्लाहको वाणी सुनोस् । फेरि उसलाई उसको सुरक्षित गन्तब्यमा पुर्याइदेऊ, किनभने तिनीहरू अज्ञानी व्यक्तिहरू हुन् । ,
كَيۡفَ يَكُونُ لِلۡمُشۡرِكِينَ عَهۡدٌ عِندَ ٱللَّهِ وَعِندَ رَسُولِهِۦٓ إِلَّا ٱلَّذِينَ عَٰهَدتُّمۡ عِندَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۖ فَمَا ٱسۡتَقَٰمُواْ لَكُمۡ فَٱسۡتَقِيمُواْ لَهُمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُتَّقِينَ
Open ayah 9:7अल्लाह तथा उनका रसूल सित बहुदेववादीहरूकाे सन्धि कसरी हुन सक्छ र ? ती बहुदेववादीहरूबाहेक जोसँग तिमीले प्रतिष्ठित [ ] मस्जिद नजिक सन्धि गर्यौ, यदि तिनीहरू तिम्रोलागि आफ्नो सन्धिमा कायम रहन्छन् भने तिमी पनि तिनीहरुकालागि कायम रहने गर । निस्सन्देह अल्लाह ईशभय राख्नेहरूलाई मन पराउँदछन् ।,
كَيۡفَ وَإِن يَظۡهَرُواْ عَلَيۡكُمۡ لَا يَرۡقُبُواْ فِيكُمۡ إِلّٗا وَلَا ذِمَّةٗۚ يُرۡضُونَكُم بِأَفۡوَٰهِهِمۡ وَتَأۡبَىٰ قُلُوبُهُمۡ وَأَكۡثَرُهُمۡ فَٰسِقُونَ
Open ayah 9:8(तर अरू बहुदेववादीहरूसँग) सन्धि कसरी बाँकी रहन सक्छ ? तिमीहरूमाथि तिनीहरू विजयी भएको खण्डमा तिमीहरूबारे न साइनोको मान मर्यादा राख्छन् न सन्धिको नै । तिनीहरू आफ्नो मुखले त तिमीहरूलाई राजी गर्ने प्रयास गर्छन् तर तिनीहरुको हृदय मान्दैनन् र तिनीहरूमध्ये अधिकांश अवज्ञाकारी हुन् ।
ٱشۡتَرَوۡاْ بِـَٔايَٰتِ ٱللَّهِ ثَمَنٗا قَلِيلٗا فَصَدُّواْ عَن سَبِيلِهِۦٓۚ إِنَّهُمۡ سَآءَ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 9:9तिनीहरूले अल्लाहका आयतहरूलाई तुच्छ मूल्यमा बेचे। तेसैले मानिसहरूलाई अल्लाहको मार्गबाट रोके । तिनीहरूले गर्ने गरेका कार्य अवश्य नै निकृष्ट हुन् ।,
لَا يَرۡقُبُونَ فِي مُؤۡمِنٍ إِلّٗا وَلَا ذِمَّةٗۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُعۡتَدُونَ
Open ayah 9:10तिनीहरू कुनै पनि आस्थावानसँगको मामिलामा न नातेदारीको परवाह गर्छन् न सम्झौताको मर्यादा नै राख्छन् र तिनीहरू सीमा उल्लङ्घनकारीहरू नै हुन् ।,
فَإِن تَابُواْ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِۗ وَنُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡلَمُونَ
Open ayah 9:11अतः यदि तिनीहरू प्रायश्चित गर्छन्; नमाज कायम गर्छन् र जकात चुक्ता गर्छन् भने तिनीहरू तिम्रा धार्मिक दाजुभाइ हुन् ।[ ] र, हामी ज्ञानीहरूकालागि आदेशहरू स्पष्ट गरिदिन्छौं ।
وَإِن نَّكَثُوٓاْ أَيۡمَٰنَهُم مِّنۢ بَعۡدِ عَهۡدِهِمۡ وَطَعَنُواْ فِي دِينِكُمۡ فَقَٰتِلُوٓاْ أَئِمَّةَ ٱلۡكُفۡرِ إِنَّهُمۡ لَآ أَيۡمَٰنَ لَهُمۡ لَعَلَّهُمۡ يَنتَهُونَ
Open ayah 9:12र, यदि तिनीहरू वाचा गरेर आफ्ना वचनहरू तोड्छन् र तिम्रो धर्ममाथि आक्रमण गर्छन् भने तिमी पनि यी कुफ्रका अगुवाहरूसँग युद्ध गर किनभने तिनीहरूका वचनहरु रहेन । ताकि तिनीहरू रोकिऊन् ।[ ]
أَلَا تُقَٰتِلُونَ قَوۡمٗا نَّكَثُوٓاْ أَيۡمَٰنَهُمۡ وَهَمُّواْ بِإِخۡرَاجِ ٱلرَّسُولِ وَهُم بَدَءُوكُمۡ أَوَّلَ مَرَّةٍۚ أَتَخۡشَوۡنَهُمۡۚ فَٱللَّهُ أَحَقُّ أَن تَخۡشَوۡهُ إِن كُنتُم مُّؤۡمِنِينَ
Open ayah 9:13के तिमीहरू त्यस्ता मानिसहरूसँग युद्ध गर्दैनौ जसले आफ्ना कसमहरू तोडे; रसूललाई देशनिकाला गर्ने निश्चय गरे र यिनीहरूले नै (युद्धको) पहल गरे ? के तिमीहरू यस्ता मानिसहरूसित डराउँछौ ? जबकि अल्लाह यसका अधिक हकदार हुन् कि तिमीहरू उनीसित डराऊ, यदि तिमीहरू आस्थावान हौ भने ।
قَٰتِلُوهُمۡ يُعَذِّبۡهُمُ ٱللَّهُ بِأَيۡدِيكُمۡ وَيُخۡزِهِمۡ وَيَنصُرۡكُمۡ عَلَيۡهِمۡ وَيَشۡفِ صُدُورَ قَوۡمٖ مُّؤۡمِنِينَ
Open ayah 9:14तिनीहरूविरुद्ध युद्ध गर । अल्लाहले तिनीहरूलाई तिम्रो हातबाट यातना दिनेछन्; तिनीहरूलाई अपमानित गर्नेछन् र तिमीहरूलाई तिनीहरूविरुद्ध सहयोग पुर्याउनेछन् अनि आस्थावानहरूका हृदयलाई शीतलता प्रदान गर्नेछन् ।
وَيُذۡهِبۡ غَيۡظَ قُلُوبِهِمۡۗ وَيَتُوبُ ٱللَّهُ عَلَىٰ مَن يَشَآءُۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ
Open ayah 9:15र, अल्लाहले तिनीहरूका हृदयको क्रोधलाई समाप्त पार्नेछन्, अनि जसलाई चाहन्छन् त्यसतर्फ दयादृष्टि गर्छन् । [ ] र, अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।
أَمۡ حَسِبۡتُمۡ أَن تُتۡرَكُواْ وَلَمَّا يَعۡلَمِ ٱللَّهُ ٱلَّذِينَ جَٰهَدُواْ مِنكُمۡ وَلَمۡ يَتَّخِذُواْ مِن دُونِ ٱللَّهِ وَلَا رَسُولِهِۦ وَلَا ٱلۡمُؤۡمِنِينَ وَلِيجَةٗۚ وَٱللَّهُ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ
Open ayah 9:16के तिमीहरूलाई तेतिकै छोडिनेछ भन्ने ठानेका छौ जबकि अल्लाहले तिमीहरूलाई अहिलेसम्म जानेकै छैनन् कि कसले (अल्लाहको मार्गमा) अथक सङ्घर्ष गरे र अल्लाह, उनका रसूल तथा आस्थावानहरूबाहेक कसैलाई घनिष्ट मित्र बनाएनन् ? अल्लाह तिमीहरूले गरिरहेका सम्पूर्ण कार्यबारे जानकार छन् ।
مَا كَانَ لِلۡمُشۡرِكِينَ أَن يَعۡمُرُواْ مَسَٰجِدَ ٱللَّهِ شَٰهِدِينَ عَلَىٰٓ أَنفُسِهِم بِٱلۡكُفۡرِۚ أُوْلَٰٓئِكَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ وَفِي ٱلنَّارِ هُمۡ خَٰلِدُونَ
Open ayah 9:17अल्लाहका मस्हजिदरू आवाद गर्नु बहुदेववादीहरूको काम होइन जबकि तिनीहरू आफूविरुद्ध कुफ्रको साक्षी दिइरहेका छन् । तिनीहरूका सम्पूर्ण कार्यहरू अकार्थ हुनेछन् र तिनीहरू सदा–सर्वदा नरकमा रहनेछन् ।
إِنَّمَا يَعۡمُرُ مَسَٰجِدَ ٱللَّهِ مَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَأَقَامَ ٱلصَّلَوٰةَ وَءَاتَى ٱلزَّكَوٰةَ وَلَمۡ يَخۡشَ إِلَّا ٱللَّهَۖ فَعَسَىٰٓ أُوْلَٰٓئِكَ أَن يَكُونُواْ مِنَ ٱلۡمُهۡتَدِينَ
Open ayah 9:18अल्लाहका मस्जिदहरू त तिनीहरू आवाद राख्छन् जो अल्लाह तथा परलाेककाे दिनमाथि ईमान राख्दछन्; नमाज कायम गर्छन् तथा जकात चुक्ता गर्छन् र अल्लाहबाहेक अन्य कसैसित डराउँदैनन् । अनि आशा छ, यिनीहरूले नै सत्मार्ग पाउनेछन् ।
۞أَجَعَلۡتُمۡ سِقَايَةَ ٱلۡحَآجِّ وَعِمَارَةَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ كَمَنۡ ءَامَنَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَجَٰهَدَ فِي سَبِيلِ ٱللَّهِۚ لَا يَسۡتَوُۥنَ عِندَ ٱللَّهِۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 9:19के तिमीहरूले हाजीहरूलाई पानी खुवाउने र प्रतिष्ठित मस्जिद (कअ्बा) को सम्भार गर्ने कार्यलाई ती व्यक्तिहरूले गरेको कामसँग बराबर ठानेका छौ जो अल्लाह एवं अन्तिम दिनमाथि ईमान राख्दछ र अल्लाहको मार्गमा युद्ध गर्छन् ? [ ] वास्तवमा तीनीहरू अल्लाहको दृष्टिमा बराबर छैनन् । र, अल्लाह अत्याचारीहरूलाई मार्ग देखाउँदैनन् ।
ٱلَّذِينَ ءَامَنُواْ وَهَاجَرُواْ وَجَٰهَدُواْ فِي سَبِيلِ ٱللَّهِ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ أَعۡظَمُ دَرَجَةً عِندَ ٱللَّهِۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَآئِزُونَ
Open ayah 9:20जुन मानिसहरूले ईमान ल्याए; घरबार त्यागे र धन र ज्यानले अल्लाहको मार्गमा युद्ध गरे अल्लाहकहाँ तिनीहरूकालागि उच्चतम दर्जा रहेको छ अनि तिनीहरू नै सफल हुनेछन् ।
يُبَشِّرُهُمۡ رَبُّهُم بِرَحۡمَةٖ مِّنۡهُ وَرِضۡوَٰنٖ وَجَنَّٰتٖ لَّهُمۡ فِيهَا نَعِيمٞ مُّقِيمٌ
Open ayah 9:21तिनीहरूका पालनकर्ताले तिनीहरूलाई आफ्नो तर्फबाट दया, प्रसन्नता तथा यस्ता बगैँचाको शुभसन्देश दिन्छन् जहाँ तिनीहरूकालागि स्थायी आनन्द–सामग्री रहेको छ ।
خَٰلِدِينَ فِيهَآ أَبَدًاۚ إِنَّ ٱللَّهَ عِندَهُۥٓ أَجۡرٌ عَظِيمٞ
Open ayah 9:22तिनीहरू त्यसमा सदासर्वदा रहनेछन् । निस्सन्देह अल्लाहकहाँ महान् प्रतिदान रहेको छ ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُوٓاْ ءَابَآءَكُمۡ وَإِخۡوَٰنَكُمۡ أَوۡلِيَآءَ إِنِ ٱسۡتَحَبُّواْ ٱلۡكُفۡرَ عَلَى ٱلۡإِيمَٰنِۚ وَمَن يَتَوَلَّهُم مِّنكُمۡ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 9:23हे आस्थावानहरू हो ! यदि तिम्रा पिता तथा दाजुभाइहरू ईमानलाई भन्दा कुफ्रलाई (बढी) मन पराउँछन् भने तिनीहरूलाई संरक्षक–मित्र नबनाऊ र जसले तिनीहरूलाई संरक्षक–मित्र बनाउँछन् तिनीहरू नै अत्याचारी हुन् ।
قُلۡ إِن كَانَ ءَابَآؤُكُمۡ وَأَبۡنَآؤُكُمۡ وَإِخۡوَٰنُكُمۡ وَأَزۡوَٰجُكُمۡ وَعَشِيرَتُكُمۡ وَأَمۡوَٰلٌ ٱقۡتَرَفۡتُمُوهَا وَتِجَٰرَةٞ تَخۡشَوۡنَ كَسَادَهَا وَمَسَٰكِنُ تَرۡضَوۡنَهَآ أَحَبَّ إِلَيۡكُم مِّنَ ٱللَّهِ وَرَسُولِهِۦ وَجِهَادٖ فِي سَبِيلِهِۦ فَتَرَبَّصُواْ حَتَّىٰ يَأۡتِيَ ٱللَّهُ بِأَمۡرِهِۦۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ
Open ayah 9:24(हे सन्देष्टा )! भनिदेऊ– यदि तिम्रा पिताहरू, छोराहरु, दाजुभाइहरू, पत्नीहरु, नातेदारहरू, तिमीहरूले आर्जन गरेको सम्पत्ति, व्यापार, जसमा मन्दी हुनबाट डराउँछौ अनि तिमीहरूले मन पराएका घरहरू (सबै) अल्लाह, उनका रसूल र उनको मार्गमा युद्ध गर्नु भन्दा बढी प्रिय छन् भने अल्लाहले आफ्नो निर्णय पठाउञ्जेल पर्ख । र, अल्लाहले अवज्ञाकारी मानिसहरूलाई सत्मार्ग देखाउँदैनन् ।
لَقَدۡ نَصَرَكُمُ ٱللَّهُ فِي مَوَاطِنَ كَثِيرَةٖ وَيَوۡمَ حُنَيۡنٍ إِذۡ أَعۡجَبَتۡكُمۡ كَثۡرَتُكُمۡ فَلَمۡ تُغۡنِ عَنكُمۡ شَيۡـٔٗا وَضَاقَتۡ عَلَيۡكُمُ ٱلۡأَرۡضُ بِمَا رَحُبَتۡ ثُمَّ وَلَّيۡتُم مُّدۡبِرِينَ
Open ayah 9:25अल्लाहले धेरै अवसरहरूमा तिम्रो सहयोग गरिसकेका छन् र ‘हुनैन’ (युद्ध) को दिन पनि, [ ] जब तिमीहरूलाई तिम्रो ठूलो संख्याले अहङ्कारी बनाएकाे थियो, तर त्यसले तिमीहरूलाई कुनै फाइदा पुर्याएन र पृथ्वी विस्तृत हुँदाहुँदै पनि तिमीहरूकानिम्ति साँघुरो भएकाे थियो अनि तिमीहरू पिठ्यूँ फर्काएर भाग्यौ ।
ثُمَّ أَنزَلَ ٱللَّهُ سَكِينَتَهُۥ عَلَىٰ رَسُولِهِۦ وَعَلَى ٱلۡمُؤۡمِنِينَ وَأَنزَلَ جُنُودٗا لَّمۡ تَرَوۡهَا وَعَذَّبَ ٱلَّذِينَ كَفَرُواْۚ وَذَٰلِكَ جَزَآءُ ٱلۡكَٰفِرِينَ
Open ayah 9:26त्यस पश्चात अल्लाहले आफ्ना रसूल तथा आस्थावानहरूका लागि निश्चिन्तता अवतरित गरे र यस्ता सैनिकहरू पठाए जो तिम्रालागि अदृश्य थिए । अनि उनले काफिरहरूलाई यातना दिए र यही नै काफिरहरूको प्रतिफल हुन्छ ।
ثُمَّ يَتُوبُ ٱللَّهُ مِنۢ بَعۡدِ ذَٰلِكَ عَلَىٰ مَن يَشَآءُۗ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 9:27अनि यसपछि पनि अल्लाह जसलाई चाहन्छन् परयश्चित गर्ने अवसर दिन्छन् [ ] र अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّمَا ٱلۡمُشۡرِكُونَ نَجَسٞ فَلَا يَقۡرَبُواْ ٱلۡمَسۡجِدَ ٱلۡحَرَامَ بَعۡدَ عَامِهِمۡ هَٰذَاۚ وَإِنۡ خِفۡتُمۡ عَيۡلَةٗ فَسَوۡفَ يُغۡنِيكُمُ ٱللَّهُ مِن فَضۡلِهِۦٓ إِن شَآءَۚ إِنَّ ٱللَّهَ عَلِيمٌ حَكِيمٞ
Open ayah 9:28हे आस्थावानहरू हो ! मुश्रिकहरू अपवित्र हुन् । तसर्थ तिनीहरू यस वर्षपछि प्रतिष्ठित मस्जिद (कअ्बा) निकट जान नपाऊन् [ ] र यदि तिमीहरूलाई दरिद्रताको भय छ भने अल्लाहले चाहेमा आफ्नो वरदानले तिमीहरूलाई सम्पन्न तुल्याउनेछन् । निस्सन्देह अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
قَٰتِلُواْ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱللَّهِ وَلَا بِٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَلَا يُحَرِّمُونَ مَا حَرَّمَ ٱللَّهُ وَرَسُولُهُۥ وَلَا يَدِينُونَ دِينَ ٱلۡحَقِّ مِنَ ٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ حَتَّىٰ يُعۡطُواْ ٱلۡجِزۡيَةَ عَن يَدٖ وَهُمۡ صَٰغِرُونَ
Open ayah 9:29अह्ले किताबहरूमध्ये ती मानिसहरूसँग तबसम्म युद्ध गर, जो अल्लाह एवं आखिरतमाथि ईमान ल्याउँदैनन्; अल्लाह तथा उनका रसूलले अवैध गरेका चिजहरूलाई अवैध ठान्दैनन् र सत्य धर्मकाे अनुशरण गर्दैनन्, यहाँसम्म कि तिनीहरू अपमानित भएर आफ्नो हातले जिजया (रक्षा कर) तिरून् । [ ]
وَقَالَتِ ٱلۡيَهُودُ عُزَيۡرٌ ٱبۡنُ ٱللَّهِ وَقَالَتِ ٱلنَّصَٰرَى ٱلۡمَسِيحُ ٱبۡنُ ٱللَّهِۖ ذَٰلِكَ قَوۡلُهُم بِأَفۡوَٰهِهِمۡۖ يُضَٰهِـُٔونَ قَوۡلَ ٱلَّذِينَ كَفَرُواْ مِن قَبۡلُۚ قَٰتَلَهُمُ ٱللَّهُۖ أَنَّىٰ يُؤۡفَكُونَ
Open ayah 9:30अनि, यहुदीहरू भन्छन्– “उजैर अल्लाहका पुत्र हुन् ।” र, ईसाईहरू भन्छन्– “मसीह (जिसस क्राइस्ट) अल्लाहका पुत्र हुन् ।” यी केवल तिनीहरूका मौखिक कुराहरू हुन् । तिनीहरू आफूभन्दा पहिलेका काफिरहरूको भनाइको नक्कल गर्दैछन् । अल्लाहको प्रकोप तिनीहरूमाथि परोस् । तिनीहरू कहाँ भड्किरहेकाछन् !
ٱتَّخَذُوٓاْ أَحۡبَارَهُمۡ وَرُهۡبَٰنَهُمۡ أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِ وَٱلۡمَسِيحَ ٱبۡنَ مَرۡيَمَ وَمَآ أُمِرُوٓاْ إِلَّا لِيَعۡبُدُوٓاْ إِلَٰهٗا وَٰحِدٗاۖ لَّآ إِلَٰهَ إِلَّا هُوَۚ سُبۡحَٰنَهُۥ عَمَّا يُشۡرِكُونَ
Open ayah 9:31तिनीहरूले आफ्ना धर्मज्ञाता र सन्यासीहरूलाई अल्लाहबाहेकका ‘रब’ बनाएका छन् [ ] र (त्यस्तै) मरयम पुत्र ईसालाई पनि, जबकि तिनीहरूलाई केवल एक ईश्वरकै भक्तिको आदेश दिइएको थियो । उनीबाहेक कोही उपास्य छैन, उनी तिनीहरूले तुल्याइरहेका शिर्कबाट पवित्र छन् ।
يُرِيدُونَ أَن يُطۡفِـُٔواْ نُورَ ٱللَّهِ بِأَفۡوَٰهِهِمۡ وَيَأۡبَى ٱللَّهُ إِلَّآ أَن يُتِمَّ نُورَهُۥ وَلَوۡ كَرِهَ ٱلۡكَٰفِرُونَ
Open ayah 9:32तिनीहरू आफ्नो मुखले अल्लाहको ज्योतिलाई निभाउन चाहन्छन् जबकि अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गरेरै छाड्ने छन्, यद्धपि काफिरहरूले (रत्तिभर) मन नपराऊन् ।
هُوَ ٱلَّذِيٓ أَرۡسَلَ رَسُولَهُۥ بِٱلۡهُدَىٰ وَدِينِ ٱلۡحَقِّ لِيُظۡهِرَهُۥ عَلَى ٱلدِّينِ كُلِّهِۦ وَلَوۡ كَرِهَ ٱلۡمُشۡرِكُونَ
Open ayah 9:33उनै हुन् जसले आफ्ना रसूललाई मार्गदर्शन तथा सत्य–धर्मकासाथ पठाए ताकि यसलाई अन्य सम्पूर्ण दीन (धर्म) हरूमाथि विजयी बनाऊन्, चाहे बहुदेववादीहरूलाई अप्रिय नै किन नलागोस् । [ ]
۞يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ كَثِيرٗا مِّنَ ٱلۡأَحۡبَارِ وَٱلرُّهۡبَانِ لَيَأۡكُلُونَ أَمۡوَٰلَ ٱلنَّاسِ بِٱلۡبَٰطِلِ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِۗ وَٱلَّذِينَ يَكۡنِزُونَ ٱلذَّهَبَ وَٱلۡفِضَّةَ وَلَا يُنفِقُونَهَا فِي سَبِيلِ ٱللَّهِ فَبَشِّرۡهُم بِعَذَابٍ أَلِيمٖ
Open ayah 9:34हे आस्थावानहरू हो ! वास्तवमा धेरैजसो धर्मगुरु एवं सन्यासीहरू मानिसहरूका सम्पत्ति अनुचित तरीकाले खान्छन् र अल्लाहको मार्गबाट रोक्छन् अनि जुन व्यक्तिहरू सुन तथा चाँदी जम्मा गर्छन् र त्यसलाई अल्लाहको मार्गमा खर्च गर्दैनन् तिनीहरूलाई दुःखदायी यातनाको शुभ सूचना सुनाइदेऊ ।
يَوۡمَ يُحۡمَىٰ عَلَيۡهَا فِي نَارِ جَهَنَّمَ فَتُكۡوَىٰ بِهَا جِبَاهُهُمۡ وَجُنُوبُهُمۡ وَظُهُورُهُمۡۖ هَٰذَا مَا كَنَزۡتُمۡ لِأَنفُسِكُمۡ فَذُوقُواْ مَا كُنتُمۡ تَكۡنِزُونَ
Open ayah 9:35त्यस दिन यस (सुन–चाँदी) लाई नरकको अग्निमा तताइनेछ अनि त्यसबाट तिनीहरूको निधार, काखी एवं पिठ्यूँहरू डामिनेछ (र भनिनेछ) यी तिनै वस्तुहरू हुन् जुन तिमीहरूले स्वयंकालागि जम्मा गरेका थियौ । लौ अब स्वयंले जम्मा गरेको धनको स्वाद चाख !
إِنَّ عِدَّةَ ٱلشُّهُورِ عِندَ ٱللَّهِ ٱثۡنَا عَشَرَ شَهۡرٗا فِي كِتَٰبِ ٱللَّهِ يَوۡمَ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ مِنۡهَآ أَرۡبَعَةٌ حُرُمٞۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُۚ فَلَا تَظۡلِمُواْ فِيهِنَّ أَنفُسَكُمۡۚ وَقَٰتِلُواْ ٱلۡمُشۡرِكِينَ كَآفَّةٗ كَمَا يُقَٰتِلُونَكُمۡ كَآفَّةٗۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَعَ ٱلۡمُتَّقِينَ
Open ayah 9:36अल्लाहकहाँ महिनाहरूको गणना त्यसै दिनदेखि उनको किताबमा बाह्र रहेको छ, जुनदिन उनले आकाशहरू तथा पृथ्वीको सिर्जना गरे । त्यसमध्ये चार महिना आदरका छन् [ ]। यही सिधा दीन हो । अनि यी महिनाहरूमा (युध गरेर) स्वयंमाथि अत्याचार नगर्नू । र, तिमीहरू सबै मिलेर मुश्रिकहरू विरुद्ध युद्ध गर जसरी तिनीहरू सबै मिलेर तिमीहरूविरुद्ध युद्ध गर्छन् । र, जानिराख अल्लाह ईशभय राख्नेहरूका साथमा छन् ।
إِنَّمَا ٱلنَّسِيٓءُ زِيَادَةٞ فِي ٱلۡكُفۡرِۖ يُضَلُّ بِهِ ٱلَّذِينَ كَفَرُواْ يُحِلُّونَهُۥ عَامٗا وَيُحَرِّمُونَهُۥ عَامٗا لِّيُوَاطِـُٔواْ عِدَّةَ مَا حَرَّمَ ٱللَّهُ فَيُحِلُّواْ مَا حَرَّمَ ٱللَّهُۚ زُيِّنَ لَهُمۡ سُوٓءُ أَعۡمَٰلِهِمۡۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ
Open ayah 9:37वास्तवमा नसी (महिनाहरूलाई अघिपछि सार्ने कार्य) केवल कुफ्रमा बृद्धी गर्नु हो । यसद्वारा काफिरहरूलाई नै पथभ्रष्ट गरिन्छ । एक वर्ष त तिनीहरू त्यसलाई वैध ठान्दछन् र अर्को वर्ष त्यसैलाई अवैध ताकि तिनीहरूले अल्लाहले अवैध गरेका महिनाहरूको संख्या पूर्गण रून अनि अल्लाहले अवैध गरेकालाई वैध गरून् । तिनीहरूका कुकर्र्महरूलाई तिनीहरुको दृष्टिमा सुन्दर देखाइएको छ र अल्लाहले काफिरहरूलाई सत्यमार्ग देखाउँदैनन् ।[ ]
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ مَا لَكُمۡ إِذَا قِيلَ لَكُمُ ٱنفِرُواْ فِي سَبِيلِ ٱللَّهِ ٱثَّاقَلۡتُمۡ إِلَى ٱلۡأَرۡضِۚ أَرَضِيتُم بِٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا مِنَ ٱلۡأٓخِرَةِۚ فَمَا مَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا فِي ٱلۡأٓخِرَةِ إِلَّا قَلِيلٌ
Open ayah 9:38हे आस्थावानहरू हो ! तिमीहरूलाई के भएको छ कि जब तिमीहरूलाई अल्लाहको मार्गमा (युद्धको लागि) निस्क भनी निर्देशन दिइन्छ तब तिमीहरू धर्तीतर्फ ढल्छौ ? के तिमीहरू आखिरतलाई छोडेर सांसारिक जीवनलाई नै राेजेका छौ ? सांसारिक जीवनको लाभ त आखिरतको तुलनामा धेरै तुच्छ रहेको छ ।
إِلَّا تَنفِرُواْ يُعَذِّبۡكُمۡ عَذَابًا أَلِيمٗا وَيَسۡتَبۡدِلۡ قَوۡمًا غَيۡرَكُمۡ وَلَا تَضُرُّوهُ شَيۡـٔٗاۗ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 9:39यदि तिमीहरू निस्केनौ भने अल्लाहले तिमीहरूलाई दुःखदायी यातना दिनेछन् र तिमीहरूको स्थानमा अन्य जातिलाई ल्याउनेछन् र तिमीहरूले उनलाई कुनै क्षति पुर्याउन सक्ने छैनौ । र, अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् ।
إِلَّا تَنصُرُوهُ فَقَدۡ نَصَرَهُ ٱللَّهُ إِذۡ أَخۡرَجَهُ ٱلَّذِينَ كَفَرُواْ ثَانِيَ ٱثۡنَيۡنِ إِذۡ هُمَا فِي ٱلۡغَارِ إِذۡ يَقُولُ لِصَٰحِبِهِۦ لَا تَحۡزَنۡ إِنَّ ٱللَّهَ مَعَنَاۖ فَأَنزَلَ ٱللَّهُ سَكِينَتَهُۥ عَلَيۡهِ وَأَيَّدَهُۥ بِجُنُودٖ لَّمۡ تَرَوۡهَا وَجَعَلَ كَلِمَةَ ٱلَّذِينَ كَفَرُواْ ٱلسُّفۡلَىٰۗ وَكَلِمَةُ ٱللَّهِ هِيَ ٱلۡعُلۡيَاۗ وَٱللَّهُ عَزِيزٌ حَكِيمٌ
Open ayah 9:40यदि तिमीहरू उन (मुहम्मद स.) लाई सहयोग गर्दैनौ भने (नगर), अल्लाहले उनलाई सहयोग प्रदान गरिसकेका छन् जब उनलाई काफिरहरूले उनको घरबाट निष्कासित गरिदिएका थिए । उनी दुईजनामध्ये दोश्रा थिए र दुवै (सौर नामक) गुफामा थिए । त्यस समयमा सन्देष्टाले आफ्ना साथीलाई भनेका थिए– “चिन्तित नहोऊ; निस्सन्देह अल्लाह हामीहरूका साथमा छन् ।” [ ] अनि अल्लाहले उनीहरूमाथि आफ्नो तर्फबाट निश्चिन्तता प्रदान गरे र उनीहरूलाई यस्ता सेनाहरूद्वारा सहयोग गरे जसलाई तिमीहरू देख्दैनथ्यौ । अनि, उनले काफिरहरूको भनाइलाई हाेचाे तुल्याए र अल्लाहको भनाइ नै सर्वोपरि रहने छ । र, अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
ٱنفِرُواْ خِفَافٗا وَثِقَالٗا وَجَٰهِدُواْ بِأَمۡوَٰلِكُمۡ وَأَنفُسِكُمۡ فِي سَبِيلِ ٱللَّهِۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 9:41हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल र आफ्नो धन–सम्पत्ति तथा दिलोज्यानले अल्लाहको मार्गमा युद्ध गर । यदि तिमीहरूभित्र ज्ञान छ भने यही तिमीहरूको निम्ति उत्तम हो ।
لَوۡ كَانَ عَرَضٗا قَرِيبٗا وَسَفَرٗا قَاصِدٗا لَّٱتَّبَعُوكَ وَلَٰكِنۢ بَعُدَتۡ عَلَيۡهِمُ ٱلشُّقَّةُۚ وَسَيَحۡلِفُونَ بِٱللَّهِ لَوِ ٱسۡتَطَعۡنَا لَخَرَجۡنَا مَعَكُمۡ يُهۡلِكُونَ أَنفُسَهُمۡ وَٱللَّهُ يَعۡلَمُ إِنَّهُمۡ لَكَٰذِبُونَ
Open ayah 9:42(हे सन्देष्टा !) यदि सिघ्र प्राप्त हुने धन र छोटो यात्रा भएको भए तिनीहरू अवश्य नै तिमीसँग जान तयार हुने थिए तर तिनीहरूमाथि कठिन यात्राको विपत्ति आएको छ । अब तिनीहरू अल्लाहको कसम खाएर भन्नेछन् “यदि हामीहरूमा शक्ति भएको भए तपाईसँग अवश्य निस्कने थियौं ।” (यस्तो बहाना गरेर) तिनीहरू आफुलाई नै विनाश पार्दैछन् । र, निश्चय नै तिनीहरू मिथ्यावादी हुन् भन्ने अल्लाहलाई थाहा छ ।
عَفَا ٱللَّهُ عَنكَ لِمَ أَذِنتَ لَهُمۡ حَتَّىٰ يَتَبَيَّنَ لَكَ ٱلَّذِينَ صَدَقُواْ وَتَعۡلَمَ ٱلۡكَٰذِبِينَ
Open ayah 9:43(हे सन्देष्टा !) अल्लाहले तिमीलाई क्षमा प्रदान गरून् । साँचो बोल्ने वा मिथ्यावादीहरूलाई राम्ररी नठम्याईकन तिमीले तिनीहरूलाई किन अनुमति दियौ ?
لَا يَسۡتَـٔۡذِنُكَ ٱلَّذِينَ يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ أَن يُجَٰهِدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡۗ وَٱللَّهُ عَلِيمُۢ بِٱلۡمُتَّقِينَ
Open ayah 9:44अल्लाह एवं आखिरतमाथि आस्था राख्ने व्यक्तिहरू आफ्नो ज्यान र धनकासाथ गरिने युद्धबाट पछाडि हट्नकालागि कहिल्यै तिमीसित अनुमति माग्ने छैनन् । र अल्लाह ईशभय राख्नेहरूलाई राम्ररी जान्दछन् ।
إِنَّمَا يَسۡتَـٔۡذِنُكَ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَٱرۡتَابَتۡ قُلُوبُهُمۡ فَهُمۡ فِي رَيۡبِهِمۡ يَتَرَدَّدُونَ
Open ayah 9:45तिमीसँग अनुमति माग्ने व्यक्तिहरू तिनीहरू हुन् जो अल्लाह एवं परलाेकका दिनमाथि आस्था राख्दैनन् । र जसको हृदय सन्देहमा परेकोछ, तिनीहरू आफ्नो सन्देहमै परिरहेका छन् ।
۞وَلَوۡ أَرَادُواْ ٱلۡخُرُوجَ لَأَعَدُّواْ لَهُۥ عُدَّةٗ وَلَٰكِن كَرِهَ ٱللَّهُ ٱنۢبِعَاثَهُمۡ فَثَبَّطَهُمۡ وَقِيلَ ٱقۡعُدُواْ مَعَ ٱلۡقَٰعِدِينَ
Open ayah 9:46र यदि तिनीहरूमा (युद्धकोलागि) प्रस्थान गर्ने मनसाय भएको भए त्यसकानिम्ति तिनीहरूले अवश्य केही तयारी गर्ने थिए । तर अल्लाहले तिनीहरूको उभिने कार्यलाई मन पराएनन् अनि अल्लाहले तिनीहरूलाई सुस्त बनाई दिए र भनियो– “तिमीहरू बस्नेहरुसँग बसिरहु ।”
لَوۡ خَرَجُواْ فِيكُم مَّا زَادُوكُمۡ إِلَّا خَبَالٗا وَلَأَوۡضَعُواْ خِلَٰلَكُمۡ يَبۡغُونَكُمُ ٱلۡفِتۡنَةَ وَفِيكُمۡ سَمَّٰعُونَ لَهُمۡۗ وَٱللَّهُ عَلِيمُۢ بِٱلظَّٰلِمِينَ
Open ayah 9:47यदि तिनीहरू तिमीहरूसँग निस्केका भए तिमीहरूको बर्बादीमा नै बृद्धि गर्ने थिए र तिमीहरूबीच उपद्रव मच्चाउनकालागि नै भागदौड गर्ने थिए । र तिमीहरूबीच उनका केही गुप्तचरहरू पनि छन् । र, अत्याचारीहरूलाई अल्लाह राम्ररी जान्दछन् ।
لَقَدِ ٱبۡتَغَوُاْ ٱلۡفِتۡنَةَ مِن قَبۡلُ وَقَلَّبُواْ لَكَ ٱلۡأُمُورَ حَتَّىٰ جَآءَ ٱلۡحَقُّ وَظَهَرَ أَمۡرُ ٱللَّهِ وَهُمۡ كَٰرِهُونَ
Open ayah 9:48तिनीहरूले यसभन्दाअघि पनि उपद्रव मच्चाउने प्रयास गर्दै आएका छन् र तिमीलाई असफल पार्न हरेक प्रकारका उपायहरू गरेका छन् यहाँसम्म कि सत्यको आगमन भई सक्यो र अल्लाहको आदेश सर्वोपरि भयो, जबकि तिनीहरू यस्तो चाहँदैनथे ।
وَمِنۡهُم مَّن يَقُولُ ٱئۡذَن لِّي وَلَا تَفۡتِنِّيٓۚ أَلَا فِي ٱلۡفِتۡنَةِ سَقَطُواْۗ وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةُۢ بِٱلۡكَٰفِرِينَ
Open ayah 9:49र तिनीहरूमध्ये यस्तो व्यक्ति पनि छ जसले भन्छ– “मलाई अनुमति दिनुहोस् र मलाई परिक्षा नपार्होनुहाेस् ।” [ ] जानी राख यिनीहरु परिक्षामा परिसकेका छन् । र निस्सन्देह नरकले काफिरहरूलाई चारैतिरबाट घेरामा लिएको छ ।
إِن تُصِبۡكَ حَسَنَةٞ تَسُؤۡهُمۡۖ وَإِن تُصِبۡكَ مُصِيبَةٞ يَقُولُواْ قَدۡ أَخَذۡنَآ أَمۡرَنَا مِن قَبۡلُ وَيَتَوَلَّواْ وَّهُمۡ فَرِحُونَ
Open ayah 9:50(हे मुहम्मद स.) तिमीलाई सुख प्राप्त भएमा तिनीहरूलाई नराम्रो लाग्छ तर तिमीमाथि सङ्कट आइपरेमा प्रसन्न हुँदै तिनीहरू मुख फर्काएर भन्छन्– “हामीले पहिले नै आफ्नो मामिला ठीक पारिसकेका थियौं ।”
قُل لَّن يُصِيبَنَآ إِلَّا مَا كَتَبَ ٱللَّهُ لَنَا هُوَ مَوۡلَىٰنَاۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
Open ayah 9:51भनिदेऊ– “हामीमाथि अल्लाहले लेखेकोबाहेक अरू कुनै सङ्कट आउने छैन ।” उनी नै हाम्रा कार्यसाघक हुन् । र, आस्थावानहरूले उनैमाथि भरोसा राख्नुपर्दछ ।
قُلۡ هَلۡ تَرَبَّصُونَ بِنَآ إِلَّآ إِحۡدَى ٱلۡحُسۡنَيَيۡنِۖ وَنَحۡنُ نَتَرَبَّصُ بِكُمۡ أَن يُصِيبَكُمُ ٱللَّهُ بِعَذَابٖ مِّنۡ عِندِهِۦٓ أَوۡ بِأَيۡدِينَاۖ فَتَرَبَّصُوٓاْ إِنَّا مَعَكُم مُّتَرَبِّصُونَ
Open ayah 9:52भनिदेऊ– “तिमीहरू हाम्रोलागि जुन कुराको प्रतीक्षा गर्दैछौ त्यो केवल दुई उत्तम वस्तुमध्ये एउटा हो (विजय वा शहादत) [ ]। तर, हामी तिमीहरूकालागि के अपेक्षा गर्छौं भने, कि त अल्लाहले स्वयं तिमीहरूलाई यातना दिऊन् वा उनले हाम्रो हातबाट दण्ड दिऊन् । अनि तिमीहरू प्रतीक्षा गर । निस्सन्देह हामी पनि तिमीहरूसँगै प्रतीक्षा गर्छौं ।”
قُلۡ أَنفِقُواْ طَوۡعًا أَوۡ كَرۡهٗا لَّن يُتَقَبَّلَ مِنكُمۡ إِنَّكُمۡ كُنتُمۡ قَوۡمٗا فَٰسِقِينَ
Open ayah 9:53भनिदेऊ– “तिमीहरू इच्छापूर्वक (धन) खर्च गर वा अनिच्छापूर्वक, तिमीहरूको त्यो (खर्च) कदापि कबुल गरिने छैन, वास्तवमा तिमीहरू अवज्ञाकारी मानिसहरु हौ ।”
وَمَا مَنَعَهُمۡ أَن تُقۡبَلَ مِنۡهُمۡ نَفَقَٰتُهُمۡ إِلَّآ أَنَّهُمۡ كَفَرُواْ بِٱللَّهِ وَبِرَسُولِهِۦ وَلَا يَأۡتُونَ ٱلصَّلَوٰةَ إِلَّا وَهُمۡ كُسَالَىٰ وَلَا يُنفِقُونَ إِلَّا وَهُمۡ كَٰرِهُونَ
Open ayah 9:54तिनीहरूको दान अस्वीकार हुने कारण यो मात्र हो कि तिनीहरू अल्लाह तथा उनका रसूलकासाथ कुफ्र गर्थे र नमाजमा पनि ढिलासुस्ती गर्थे अनि अनिच्छापूर्वक खर्च गर्थे ।
فَلَا تُعۡجِبۡكَ أَمۡوَٰلُهُمۡ وَلَآ أَوۡلَٰدُهُمۡۚ إِنَّمَا يُرِيدُ ٱللَّهُ لِيُعَذِّبَهُم بِهَا فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَتَزۡهَقَ أَنفُسُهُمۡ وَهُمۡ كَٰفِرُونَ
Open ayah 9:55अनि तिनीहरूका धन–सम्पत्ति तथा सन्तानहरूले तिमीलाई धाेकामा नपारून् । अल्लाह उनीहरूलाई यी चिजहरूद्वारा सांसारिक जीवनमा दण्ड दिन चाहन्छन् र तिनीहरूको प्राण अनास्थाको अवस्थामा नै निक्लियोस् भन्ने चाहन्छन् ।
وَيَحۡلِفُونَ بِٱللَّهِ إِنَّهُمۡ لَمِنكُمۡ وَمَا هُم مِّنكُمۡ وَلَٰكِنَّهُمۡ قَوۡمٞ يَفۡرَقُونَ
Open ayah 9:56र, तिनीहरू अल्लाहको कसम खाएर भन्छन्– “हामी तिमीहरूमध्येकै हौं ।” तर वास्तवमा तिनीहरू तिमीहरूमध्येका होइनन् । तिनीहरू त (तिमीहरूसित) डराउनेखालका मानिसहरू हुन् ।
لَوۡ يَجِدُونَ مَلۡجَـًٔا أَوۡ مَغَٰرَٰتٍ أَوۡ مُدَّخَلٗا لَّوَلَّوۡاْ إِلَيۡهِ وَهُمۡ يَجۡمَحُونَ
Open ayah 9:57यदि तिनीहरूले आश्रयस्थल, गुफाहरू वा छिर्ने एउटा प्वाल मात्र पाए भने पनि तिनीहरू निश्चय नै जबर्जस्ती त्यसमा लुक्नेछन् ।
وَمِنۡهُم مَّن يَلۡمِزُكَ فِي ٱلصَّدَقَٰتِ فَإِنۡ أُعۡطُواْ مِنۡهَا رَضُواْ وَإِن لَّمۡ يُعۡطَوۡاْ مِنۡهَآ إِذَا هُمۡ يَسۡخَطُونَ
Open ayah 9:58र, तिनीहरूमध्ये यस्ता व्यक्तिहरू पनि छन् जो दानहरू को सिलसिलामा तिमीमाथि आक्षेप लगाउँछन् । यदि यसबाट तिनीहरूलाई दिइयो भने प्रसन्न हुन्छन् र यदि दिइएन भने तुरुन्त रिसाउँछन् ।
وَلَوۡ أَنَّهُمۡ رَضُواْ مَآ ءَاتَىٰهُمُ ٱللَّهُ وَرَسُولُهُۥ وَقَالُواْ حَسۡبُنَا ٱللَّهُ سَيُؤۡتِينَا ٱللَّهُ مِن فَضۡلِهِۦ وَرَسُولُهُۥٓ إِنَّآ إِلَى ٱللَّهِ رَٰغِبُونَ
Open ayah 9:59र, कति राम्रो हुने थियो यदि अल्लाह तथा उनका रसूलले प्रदान गरेको धनबाट तिनीहरू सन्तुष्ट भएका भए, र यो भनेका भए कि अल्लाह नै हाम्रोलागि पर्याप्त छन् । अल्लाह आफ्नो अनुग्रहले अझ थप्नेछन् र उनका रसूलले कृपा गर्ने छन् । हामी त अल्लाहतर्फ नै आशाको दृष्टि लगाइरहेकाछौं ।
۞إِنَّمَا ٱلصَّدَقَٰتُ لِلۡفُقَرَآءِ وَٱلۡمَسَٰكِينِ وَٱلۡعَٰمِلِينَ عَلَيۡهَا وَٱلۡمُؤَلَّفَةِ قُلُوبُهُمۡ وَفِي ٱلرِّقَابِ وَٱلۡغَٰرِمِينَ وَفِي سَبِيلِ ٱللَّهِ وَٱبۡنِ ٱلسَّبِيلِۖ فَرِيضَةٗ مِّنَ ٱللَّهِۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
Open ayah 9:60सद्का [ ] त केवल दरिद्रहरू, अभाव ग्रस्तहरू र सद्काको व्यवस्थापनमा नियुक्त व्यक्तिहरूकालागि हो, र ती व्यक्तिहरूकालागि जसका हृदयहरूलाई जोड्नु अभिष्ट होस्; (साथै यो दानकोष) दासहरूको मुक्ति, ऋणीहरू (को ऋण भुक्तानी) का लागि, अल्लाहको मार्गमा र यात्रीहरूकानिम्ति हो । [ ] यो अल्लाहको तर्फबाट अनिवार्य आदेश हो । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
وَمِنۡهُمُ ٱلَّذِينَ يُؤۡذُونَ ٱلنَّبِيَّ وَيَقُولُونَ هُوَ أُذُنٞۚ قُلۡ أُذُنُ خَيۡرٖ لَّكُمۡ يُؤۡمِنُ بِٱللَّهِ وَيُؤۡمِنُ لِلۡمُؤۡمِنِينَ وَرَحۡمَةٞ لِّلَّذِينَ ءَامَنُواْ مِنكُمۡۚ وَٱلَّذِينَ يُؤۡذُونَ رَسُولَ ٱللَّهِ لَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 9:61अनि, तिनीहरूमध्ये यस्ता व्यक्तिहरू पनि छन् जो नबीलाई दुखित तुल्याउँछन् र भन्छन्– “उनी त हलुका कानका (अर्थात् हरेकका कुरा सुन्नेवाला) रहेछन् !” भनिदेऊ– “उनी तिमीहरूको भलाइकानिम्ति नै सुन्दछन् । उनी अल्लाहमाथि आस्था राख्दछन् र आस्थावानहरूको कुरामा भरोसा गर्दछन् । र तिमीहरूमध्ये आस्थावानहरूकालागि सर्वथा दया रहेको छ ।” र, अल्लाहका रसूललाई दुखित पार्नेहरूकालागि दुःखदायी यातना रहेको छ ।
يَحۡلِفُونَ بِٱللَّهِ لَكُمۡ لِيُرۡضُوكُمۡ وَٱللَّهُ وَرَسُولُهُۥٓ أَحَقُّ أَن يُرۡضُوهُ إِن كَانُواْ مُؤۡمِنِينَ
Open ayah 9:62(हे आस्थावानहरू हो !) यिनीहरू तिमीहरूलाई प्रसन्न पार्न अल्लाहको कसम् खान्छन् । तर यदि तिनीहरू (वास्तविक) आस्थावान हुन् भने अल्लाह तथा उनका रसूल यस कुराकोलागि अधिक हकदार छन् कि उनीहरूले उनलाई प्रसन्न पारून् ।
أَلَمۡ يَعۡلَمُوٓاْ أَنَّهُۥ مَن يُحَادِدِ ٱللَّهَ وَرَسُولَهُۥ فَأَنَّ لَهُۥ نَارَ جَهَنَّمَ خَٰلِدٗا فِيهَاۚ ذَٰلِكَ ٱلۡخِزۡيُ ٱلۡعَظِيمُ
Open ayah 9:63के तिनीहरूलाई थाहा छैन कि जसले अल्लाह तथा उनका रसूलको विरोध गर्छ उसकोलागि नरकको अग्नि तयार छ जहाँ ऊ सदा रहनुपर्नेछ । त्यही त ठूलो अपमान हो ।
يَحۡذَرُ ٱلۡمُنَٰفِقُونَ أَن تُنَزَّلَ عَلَيۡهِمۡ سُورَةٞ تُنَبِّئُهُم بِمَا فِي قُلُوبِهِمۡۚ قُلِ ٱسۡتَهۡزِءُوٓاْ إِنَّ ٱللَّهَ مُخۡرِجٞ مَّا تَحۡذَرُونَ
Open ayah 9:64मुनाफिकहरू आफूविरुद्ध मुसलमानहरूमाथि कुनै यस्तो सूरह (अध्याय) अवतरित होला भनी डराउँछन् जसले तिनीहरूको हृदयका कुरा मुसलमानहरू समक्ष स्पष्ट गरिदिनेछ । भनिदेऊ– “तिमीहरू अझै ठट्टा गर । अवश्य नै अल्लाह त्यस (भेद) लाई व्यक्त गर्नेछन् जसको तिमीहरूलाई डर छ ।”
وَلَئِن سَأَلۡتَهُمۡ لَيَقُولُنَّ إِنَّمَا كُنَّا نَخُوضُ وَنَلۡعَبُۚ قُلۡ أَبِٱللَّهِ وَءَايَٰتِهِۦ وَرَسُولِهِۦ كُنتُمۡ تَسۡتَهۡزِءُونَ
Open ayah 9:65र, यदि तिमीले तिनीहरूलाई (के कुरा गर्दै थियौ भनी) सोध्यौ भने तिनीहरूले स्पष्ट रूपमा भन्नेछन्– “हामी त्यसै गफसफ र ख्याल ठट्टा गर्दै थियौं ।” [ ] भनिदेऊ– “के तिमीहरू अल्लाह, उनका आयतहरू र उनका रसूलको ठट्टा गर्दै थियौ ?”
لَا تَعۡتَذِرُواْ قَدۡ كَفَرۡتُم بَعۡدَ إِيمَٰنِكُمۡۚ إِن نَّعۡفُ عَن طَآئِفَةٖ مِّنكُمۡ نُعَذِّبۡ طَآئِفَةَۢ بِأَنَّهُمۡ كَانُواْ مُجۡرِمِينَ
Open ayah 9:66अब बहाना नगर । तिमीहरूले ईमानपछि कुफ्रमा फर्किसकेका छौ । यदि हामीले तिमीहरूमध्ये एउटा समूहलाई क्षमा गरिदिए पनि अर्को समूहलाई अवश्य दण्ड दिनेछौं किनभने तिनीहरू अपराधी हुन् ।
ٱلۡمُنَٰفِقُونَ وَٱلۡمُنَٰفِقَٰتُ بَعۡضُهُم مِّنۢ بَعۡضٖۚ يَأۡمُرُونَ بِٱلۡمُنكَرِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمَعۡرُوفِ وَيَقۡبِضُونَ أَيۡدِيَهُمۡۚ نَسُواْ ٱللَّهَ فَنَسِيَهُمۡۚ إِنَّ ٱلۡمُنَٰفِقِينَ هُمُ ٱلۡفَٰسِقُونَ
Open ayah 9:67सबै मुनाफिक (ढोंगी) पुरुष तथा मुनाफिक महिलाहरू एकअर्कामध्येका हुन् । तिनीहरू कुकर्मको आदेश दिन्छन्; र पुण्य–कर्मबाट रोक्छन् र (खर्च गर्नबाट) आफ्ना हात राेकिराख्छन् । तिनीहरूले अल्लाहलाई बिर्से तसर्थ अल्लाहले पनि तिनीहरूलाई बिर्से । निस्सन्देह मुनाफिकहरू सीमाेल्लघनकारी हुन् ।
وَعَدَ ٱللَّهُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡمُنَٰفِقَٰتِ وَٱلۡكُفَّارَ نَارَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۚ هِيَ حَسۡبُهُمۡۚ وَلَعَنَهُمُ ٱللَّهُۖ وَلَهُمۡ عَذَابٞ مُّقِيمٞ
Open ayah 9:68अल्लाहले मुनाफिक र काफिर पुरुष तथा महिलाहरूसँग नरकको अग्निको वाचा गरेका छन् जसमा तिनीहरू सदासर्वदा रहनेछन् । त्यो तिनीहरूकालागि पर्याप्त हुनेछ । तिनीहरूमाथि अल्लाहको धिक्कार रहेको छ र तिनीहरूकालागि स्थायी यातना रहेको छ ।
كَٱلَّذِينَ مِن قَبۡلِكُمۡ كَانُوٓاْ أَشَدَّ مِنكُمۡ قُوَّةٗ وَأَكۡثَرَ أَمۡوَٰلٗا وَأَوۡلَٰدٗا فَٱسۡتَمۡتَعُواْ بِخَلَٰقِهِمۡ فَٱسۡتَمۡتَعۡتُم بِخَلَٰقِكُمۡ كَمَا ٱسۡتَمۡتَعَ ٱلَّذِينَ مِن قَبۡلِكُم بِخَلَٰقِهِمۡ وَخُضۡتُمۡ كَٱلَّذِي خَاضُوٓاْۚ أُوْلَٰٓئِكَ حَبِطَتۡ أَعۡمَٰلُهُمۡ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 9:69(तिमी मुनाफिकहरू) ती व्यक्तिहरूजस्तै छौ जो तिमीहरूभन्दा शक्ति, धन तथा सन्तानमा बढी थिए । र, तिनीहरूले आफ्नो भाग्यको लाभ उठाइसके । अतः जसरी तिमीहरूभन्दा पहिलेका मानिसहरूले आफ्नो भाग्यको लाभ उठाएका छन् त्यसरी तिमीहरूले पनि आफ्नो भाग्यको लाभ उठाइ सक्याै र जसरी तिनीहरू असत्य (वादविवाद) मा व्यस्त रहे त्यसरी नै तिमीहरू पनि असत्यमा व्यस्त रह्यौ । यी ती व्यक्तिहरू हुन् जसले गरेका कर्महरू लोक एवं परलोक दुवैमा बेकार भए र तिनीहरू नै घाटा बेहोर्नेहरू हुन् ।
أَلَمۡ يَأۡتِهِمۡ نَبَأُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ قَوۡمِ نُوحٖ وَعَادٖ وَثَمُودَ وَقَوۡمِ إِبۡرَٰهِيمَ وَأَصۡحَٰبِ مَدۡيَنَ وَٱلۡمُؤۡتَفِكَٰتِۚ أَتَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِۖ فَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 9:70के यिनीहरूलाई आफूभन्दा पहिलेका नूह, आद, समूद तथा इब्राहीमका जाति र मद्यनबासी तथा पल्टाइएका गाउँहरूको [ ] बारेमा जानकारी प्राप्त भएको छैन ? तिनीहरूसमक्ष तिनका रसूलहरू स्पष्ट प्रमाणहरूका साथ आए (तर तिनीहरूले मानेनन्) र अल्लाह तिनीहरूमाथि अत्याचार गर्नेवाला थिएनन् बरु तिनीहरूले स्वयं आफूमाथि अत्याचार गरे ।
وَٱلۡمُؤۡمِنُونَ وَٱلۡمُؤۡمِنَٰتُ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٖۚ يَأۡمُرُونَ بِٱلۡمَعۡرُوفِ وَيَنۡهَوۡنَ عَنِ ٱلۡمُنكَرِ وَيُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَيُطِيعُونَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ أُوْلَٰٓئِكَ سَيَرۡحَمُهُمُ ٱللَّهُۗ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ
Open ayah 9:71आस्थावान पुरुष तथा महिलाहरू एक अर्काका संरक्षक–मित्र हुन् । उनीहरू पुण्य कर्मको आदेश दिन्छन् र कुकर्मबाट रोक्छन्; नमाज कायम गर्छन्; जकात चुक्ता गर्छन् र अल्लाह तथा उनका रसूलको आज्ञापालन गर्छन् । यिनीहरू नै हुन् जसमाथि अल्लाहले चाडैं नै दया गर्नेछन् । निस्सन्देह अल्लाह सर्वशक्तिमान एवं तत्वज्ञ छन् ।
وَعَدَ ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا وَمَسَٰكِنَ طَيِّبَةٗ فِي جَنَّٰتِ عَدۡنٖۚ وَرِضۡوَٰنٞ مِّنَ ٱللَّهِ أَكۡبَرُۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 9:72अल्लाहले आस्थावान पुरुष तथा महिलाहरूसित यस्ता बगैंचाहरूको वाचा गरेका छन् जसको तलतिरबाट नदीहरू कलकल बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सदा–सर्वदा रहनेछन् । सदाबहार बगैंचाहरूमा रहेका आनन्ददायी भवनहरूको पनि (उनीहरूसँग वाचा गरिएको छ) । र, अल्लाहको प्रसन्नता त सबैभन्दा महान् हो । यही नै अत्यन्त ठूलो सफलता हो ।
يَٰٓأَيُّهَا ٱلنَّبِيُّ جَٰهِدِ ٱلۡكُفَّارَ وَٱلۡمُنَٰفِقِينَ وَٱغۡلُظۡ عَلَيۡهِمۡۚ وَمَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
Open ayah 9:73हे नबी ! [ ] काफिर तथा मुनाफिकहरूविरुद्ध जिहाद गर र तिनीहरूप्रति कडाइ गर । तिनीहरूको बासस्थान नरक हो । र, कति निकृष्ट बासस्थान हो त्यो ।
يَحۡلِفُونَ بِٱللَّهِ مَا قَالُواْ وَلَقَدۡ قَالُواْ كَلِمَةَ ٱلۡكُفۡرِ وَكَفَرُواْ بَعۡدَ إِسۡلَٰمِهِمۡ وَهَمُّواْ بِمَا لَمۡ يَنَالُواْۚ وَمَا نَقَمُوٓاْ إِلَّآ أَنۡ أَغۡنَىٰهُمُ ٱللَّهُ وَرَسُولُهُۥ مِن فَضۡلِهِۦۚ فَإِن يَتُوبُواْ يَكُ خَيۡرٗا لَّهُمۡۖ وَإِن يَتَوَلَّوۡاْ يُعَذِّبۡهُمُ ٱللَّهُ عَذَابًا أَلِيمٗا فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَمَا لَهُمۡ فِي ٱلۡأَرۡضِ مِن وَلِيّٖ وَلَا نَصِيرٖ
Open ayah 9:74यिनीहरू अल्लाहको कसम खाएर भन्छन्– “त्यो कुरा तिनीहरूले भनेका छैनन्” जबकि तिनीहरूले कुफ्रको बोली बोलेका छन् [ ] र तिनीहरू इस्लाम ग्रहण गरेपछि काफिर भएका छन् । र, तिनीहरूले यस्तो कार्यको चेष्टा गरे जसमा तिनीहरू सफल हुन सकेनन् ।[ ] यिनीहरूले केवल यस कुराको बदला लिएका छन् कि यिनीहरूलाई अल्लाहले आफ्नो अनुग्रह एवं उनका रसूलले आफ्नो कृपाबाट सम्पन्न बनाइदिएका छन् । [ ] यदि तिनीहरू प्रायश्चित गर्छन् भने तिनीहरूलाई नै राम्रो हुनेछ र यदि तिनीहरू मुख मोड्छन् भने अल्लाहले तिनीहरूलाई लोक र परलोक दुवैमा दुःखदायी यातना दिनेछन् । र, धर्तीमा तिनीहरूको न कोही संरक्षक–मित्र हुनेछ न कोही सहयोगी नै ।
۞وَمِنۡهُم مَّنۡ عَٰهَدَ ٱللَّهَ لَئِنۡ ءَاتَىٰنَا مِن فَضۡلِهِۦ لَنَصَّدَّقَنَّ وَلَنَكُونَنَّ مِنَ ٱلصَّٰلِحِينَ
Open ayah 9:75र, तिनीहरूमध्ये केही मानिसहरू यस्ता पनि छन् जसले अल्लाहसित प्रतिज्ञा गरेका थिए कि यदि अल्लाह आफ्नो अनुकम्पाबाट (धन) प्रदान गर्छन् भने हामी अवश्य नै दान गर्नेछौं र अवश्य नै सत्कर्मीहरूमध्ये बन्नेछौं ।
فَلَمَّآ ءَاتَىٰهُم مِّن فَضۡلِهِۦ بَخِلُواْ بِهِۦ وَتَوَلَّواْ وَّهُم مُّعۡرِضُونَ
Open ayah 9:76तर जब अल्लाहले आफ्नो कृपाबाट सम्पन्न तुल्याए तब तिनीहरू कञ्जुस हुन पुगे र कुनै वास्तै नगरी (प्रतिज्ञाबाट) विमुख भए ।
فَأَعۡقَبَهُمۡ نِفَاقٗا فِي قُلُوبِهِمۡ إِلَىٰ يَوۡمِ يَلۡقَوۡنَهُۥ بِمَآ أَخۡلَفُواْ ٱللَّهَ مَا وَعَدُوهُ وَبِمَا كَانُواْ يَكۡذِبُونَ
Open ayah 9:77अतः अल्लाहले आफूसँग गरेका वाचा भङ्ग गरेको र झुठो बोलेको परिणामस्वरूप तिनीहरूको हृदयमा त्यस दिनसम्मकालागि निफाक (कपट) उत्पन्न गरिदिए जुन दिन तिनीहरूको भेट अल्लाहसँग हुनेछ ।
أَلَمۡ يَعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَعۡلَمُ سِرَّهُمۡ وَنَجۡوَىٰهُمۡ وَأَنَّ ٱللَّهَ عَلَّٰمُ ٱلۡغُيُوبِ
Open ayah 9:78अल्लाह तिनीहरूका गोप्य रहस्य एवं कानेखुसीलाई जान्दछन् भन्ने कुरा के तिनीहरूलाई थाहा छैन र ? अल्लाह परोक्षको कुराहरूको पनि राम्ररी ज्ञान राख्दछन् ।
ٱلَّذِينَ يَلۡمِزُونَ ٱلۡمُطَّوِّعِينَ مِنَ ٱلۡمُؤۡمِنِينَ فِي ٱلصَّدَقَٰتِ وَٱلَّذِينَ لَا يَجِدُونَ إِلَّا جُهۡدَهُمۡ فَيَسۡخَرُونَ مِنۡهُمۡ سَخِرَ ٱللَّهُ مِنۡهُمۡ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ
Open ayah 9:79जो स्वेच्छापूर्वक दान गर्ने आस्थावानहरूको आर्थिक बलिदानमाथि टिकाटिप्पणी गर्छन् र ती व्यक्तिहरूको उपहास गर्छन् जोसँग यसबाहेक केही हुँदैन जुन तिनीहरू मिहिनेत मजदुरी गरेर दिन्छन् । अल्लाह ती उपहास गर्नेहरूको उपहास गर्छन् । र, तिनीहरूकालागि दुःखदायी यातना छ ।
ٱسۡتَغۡفِرۡ لَهُمۡ أَوۡ لَا تَسۡتَغۡفِرۡ لَهُمۡ إِن تَسۡتَغۡفِرۡ لَهُمۡ سَبۡعِينَ مَرَّةٗ فَلَن يَغۡفِرَ ٱللَّهُ لَهُمۡۚ ذَٰلِكَ بِأَنَّهُمۡ كَفَرُواْ بِٱللَّهِ وَرَسُولِهِۦۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ
Open ayah 9:80(हे मुहम्मद स.!) तिमी यस्ता व्यक्तिहरूकालागि क्षमाको प्रार्थना गर वा नगर (एउटै कुरा हो) । तिमीले तिनीहरूकालागि सत्तरी पटकसम्म क्षमाको प्रार्थना गर्यौ भने पनि अल्लाहले तिनीहरूलाई क्षमा गर्ने छैनन् किनभने तिनीहरुले अल्लाह तथा उनका रसूलको इन्कार गरे । र अल्लाह अवज्ञाकारीहरुलाई सीधामार्ग देखाउँदैनन् ।
فَرِحَ ٱلۡمُخَلَّفُونَ بِمَقۡعَدِهِمۡ خِلَٰفَ رَسُولِ ٱللَّهِ وَكَرِهُوٓاْ أَن يُجَٰهِدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ فِي سَبِيلِ ٱللَّهِ وَقَالُواْ لَا تَنفِرُواْ فِي ٱلۡحَرِّۗ قُلۡ نَارُ جَهَنَّمَ أَشَدُّ حَرّٗاۚ لَّوۡ كَانُواْ يَفۡقَهُونَ
Open ayah 9:81(तबूक युद्धमा) पछाडि रहनेहरू अल्लाहका रसूल बिरूद्ध बस्न पाएकोमा प्रसन्न थिए र उनीहरू आफ्नो धन तथा ज्यानले जिहाद गर्न रुचाएनन् अनि (अरूलाई) भने– “गर्मीमा युद्धका लागि बाहिर ननिस्क। ” भनिदेऊ– “नरकको अग्नि त यो भन्दा पनि अधिक तातो छ ।” तिनीहरूले बुझ्न सकेका भए कति राम्रो हुने थियो ।
فَلۡيَضۡحَكُواْ قَلِيلٗا وَلۡيَبۡكُواْ كَثِيرٗا جَزَآءَۢ بِمَا كَانُواْ يَكۡسِبُونَ
Open ayah 9:82यिनीहरू अलिकति हाँसून् र धेरै रोऊन्, ती कर्महरूका कारण जुन तिनीहरूले गर्दै आएका छन् ।
فَإِن رَّجَعَكَ ٱللَّهُ إِلَىٰ طَآئِفَةٖ مِّنۡهُمۡ فَٱسۡتَـٔۡذَنُوكَ لِلۡخُرُوجِ فَقُل لَّن تَخۡرُجُواْ مَعِيَ أَبَدٗا وَلَن تُقَٰتِلُواْ مَعِيَ عَدُوًّاۖ إِنَّكُمۡ رَضِيتُم بِٱلۡقُعُودِ أَوَّلَ مَرَّةٖ فَٱقۡعُدُواْ مَعَ ٱلۡخَٰلِفِينَ
Open ayah 9:83(हे मुहम्मद स.!) यदि अल्लाहले तिमीलाई यिनीहरूका कुनै समूहबीच फिर्ता ल्याउँछन् भने र यिनीहरूले तिमीसँग (युद्धको मैदानमा) निस्कने अनुमति माग्छन् भने भनिदेऊ– “तिमीहरू मसँग कहिल्यै पनि निस्कन सक्दैनौ र मसँग मिलेर कुनै शत्रुविरुद्ध कदापि युद्ध गर्न सक्दैनौ । तिमीहरूले पहिलो पटक नै बस्न रूचायौ अतः पछाडि बस्नेहरूसँगै बसि राख ।”,
وَلَا تُصَلِّ عَلَىٰٓ أَحَدٖ مِّنۡهُم مَّاتَ أَبَدٗا وَلَا تَقُمۡ عَلَىٰ قَبۡرِهِۦٓۖ إِنَّهُمۡ كَفَرُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَمَاتُواْ وَهُمۡ فَٰسِقُونَ
Open ayah 9:84र, तिनीहरूमध्ये कसैको मृत्यू भएमा कहिल्यै उसको ‘जनाजा’ (अन्तिम संस्कार) को नमाज नपढ र कहिल्यै उसको चिहाननिर खडा नहोऊ किनभने तिनीहरूले अल्लाह तथा उनका रसूललाई इन्कार गरे र अवज्ञाकारी भएरै मरे ।
وَلَا تُعۡجِبۡكَ أَمۡوَٰلُهُمۡ وَأَوۡلَٰدُهُمۡۚ إِنَّمَا يُرِيدُ ٱللَّهُ أَن يُعَذِّبَهُم بِهَا فِي ٱلدُّنۡيَا وَتَزۡهَقَ أَنفُسُهُمۡ وَهُمۡ كَٰفِرُونَ
Open ayah 9:85तिनीहरूको धन तथा सन्तान (शक्ति) बाट तिमीलाई भ्रम नहोस् । अल्लाहले तिनीहरूलाई यी वस्तुहरूद्वारा सांसारिक जीवनमा दण्ड दिन चाहन्छन् र तिनीहरूको प्राण काफिर भएकै अवस्थामा जाओस् भन्ने चाहन्छन् ।
وَإِذَآ أُنزِلَتۡ سُورَةٌ أَنۡ ءَامِنُواْ بِٱللَّهِ وَجَٰهِدُواْ مَعَ رَسُولِهِ ٱسۡتَـٔۡذَنَكَ أُوْلُواْ ٱلطَّوۡلِ مِنۡهُمۡ وَقَالُواْ ذَرۡنَا نَكُن مَّعَ ٱلۡقَٰعِدِينَ
Open ayah 9:86अनि, जब अल्लाहमाथि आस्था राख्ने तथा उनका रसूलसित मिलेर जिहाद गर्ने कुरामा आधारित सूरह अवतरित हुन्छ तब तिनीहरूमध्येका धनी व्यक्तिहरू तिमीसित अनुमति माग्दछन् र भन्दछन्– “हामीलाई बस्नेहरूसँग बस्न देऊ ।” ,
رَضُواْ بِأَن يَكُونُواْ مَعَ ٱلۡخَوَالِفِ وَطُبِعَ عَلَىٰ قُلُوبِهِمۡ فَهُمۡ لَا يَفۡقَهُونَ
Open ayah 9:87तिनीहरू पछाडि बस्नेहरूसँगै बस्न मन पराउँछन् । तिनीहरूको मन–मष्तिस्कमा सिल लगाइएको छ त्यसैले तिनीहरू बुझ्दैनन् ।
لَٰكِنِ ٱلرَّسُولُ وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ جَٰهَدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡۚ وَأُوْلَٰٓئِكَ لَهُمُ ٱلۡخَيۡرَٰتُۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ
Open ayah 9:88तर, रसूल तथा उनका आस्थावान साथीहरू आफ्नो ज्यान र धनले जिहाद गरे । उनीहरूकालागि नै उत्तम चिजहरू छन् र उनीहरू नै सफल हुनेछन् ।
أَعَدَّ ٱللَّهُ لَهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 9:89अल्लाहले उनीहरूकालागि यस्ता बगैंचाहरू तयार पारेका छन् जसको तलतिरबाट नदीहरू बगिरहेका छन् । उनीहरू त्यसमा सदा रहनेछन् र यो महान् सफलता हो ।
وَجَآءَ ٱلۡمُعَذِّرُونَ مِنَ ٱلۡأَعۡرَابِ لِيُؤۡذَنَ لَهُمۡ وَقَعَدَ ٱلَّذِينَ كَذَبُواْ ٱللَّهَ وَرَسُولَهُۥۚ سَيُصِيبُ ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 9:90अरबका गाउँलेहरूमध्येका व्यक्तिहरू बहाना बनाएर आए ताकि तिनीहरूलाई (घरमै बस्ने) अनुमति दिइयोस् र अल्लाह तथा उनका रसूलसित झुठो बोल्ने व्यक्तिहरू घरमै बसिरहे । अनि यिनीहरूमध्ये काफिर मानिसहरूलाई दुःखदायी यातना अवश्य पुग्नेछ ।
لَّيۡسَ عَلَى ٱلضُّعَفَآءِ وَلَا عَلَى ٱلۡمَرۡضَىٰ وَلَا عَلَى ٱلَّذِينَ لَا يَجِدُونَ مَا يُنفِقُونَ حَرَجٌ إِذَا نَصَحُواْ لِلَّهِ وَرَسُولِهِۦۚ مَا عَلَى ٱلۡمُحۡسِنِينَ مِن سَبِيلٖۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 9:91दुर्बल, रोगी तथा खर्च गर्न नसक्ने व्यक्तिहरू (जिहादमा नगए पनि उनीहरू) माथि कुनै दोष छैन, यस शर्तमा कि उनीहरू अल्लाह तथा उनका रसूलप्रति पूर्ण सद्भाव राखून् । (यस्ता) सुकर्मीहरूविरुद्ध अभियोगको कुनै बाटो नै छैन । र, अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
وَلَا عَلَى ٱلَّذِينَ إِذَا مَآ أَتَوۡكَ لِتَحۡمِلَهُمۡ قُلۡتَ لَآ أَجِدُ مَآ أَحۡمِلُكُمۡ عَلَيۡهِ تَوَلَّواْ وَّأَعۡيُنُهُمۡ تَفِيضُ مِنَ ٱلدَّمۡعِ حَزَنًا أَلَّا يَجِدُواْ مَا يُنفِقُونَ
Open ayah 9:92न ती व्यक्तिहरूमाथि (कुनै दोष छ) जो तिमीकहाँ यो भन्दै आउँछन् कि मलाइ (जिहादकालागि) कुनै सवारी दिनु र तिमी यो भन्छौ– “मसँग तिम्रोलागि कुनै सवारी छैन ।” उनीहरू आफूसित खर्च गर्न केही नभएको पिरले आँखाबाट धर्धरी आँसु बगाउँदै फर्कन्छन् ।
۞إِنَّمَا ٱلسَّبِيلُ عَلَى ٱلَّذِينَ يَسۡتَـٔۡذِنُونَكَ وَهُمۡ أَغۡنِيَآءُۚ رَضُواْ بِأَن يَكُونُواْ مَعَ ٱلۡخَوَالِفِ وَطَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ فَهُمۡ لَا يَعۡلَمُونَ
Open ayah 9:93दोष त ती व्यक्तिहरूमाथि छ जो धनी हुँदाहुँदै पनि तिमीसित अनुमति माग्न आउँछन् । तिनीहरू पछाडि रहनेहरु (महिला) सँग बस्न रुचाउँछन् र अल्लाहले तिनीहरूका मन–मस्तिष्कमा सिल लगाइदिएका छन् । अतः तिनीहरू केही जान्दैनन् ।
يَعۡتَذِرُونَ إِلَيۡكُمۡ إِذَا رَجَعۡتُمۡ إِلَيۡهِمۡۚ قُل لَّا تَعۡتَذِرُواْ لَن نُّؤۡمِنَ لَكُمۡ قَدۡ نَبَّأَنَا ٱللَّهُ مِنۡ أَخۡبَارِكُمۡۚ وَسَيَرَى ٱللَّهُ عَمَلَكُمۡ وَرَسُولُهُۥ ثُمَّ تُرَدُّونَ إِلَىٰ عَٰلِمِ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 9:94जब तिमी तिनीहरूतर्फ फर्केर जानेछौ तब तिनीहरू तिमीसँग विभिन्न किसिमका बहाना बनाउनेछन् । भनिदेऊ– “बहाना नबनाऊ; हामी तिमीहरूको कुनै कुरामा विश्वास गर्ने छैनौं । अल्लाहले हामीलाई तिमीहरूका सम्पूर्ण स्थितिहरूबारे सूचित गरिसकेका छन् र आइन्दा पनि अल्लाह तथा उनका रसूलले तिमीहरूका क्रियाकलाप हेर्नेछन् । अनि तिमीहरू अदृश्य तथा दृश्य (वास्तविकताहरू) का ज्ञाता (अल्लाह) तर्फ फर्काइनेछौ र उनले तिमीहरूलाई तिमीहरूले गरेका कार्यहरूबारे अवगत गराउनेछन् ।”
سَيَحۡلِفُونَ بِٱللَّهِ لَكُمۡ إِذَا ٱنقَلَبۡتُمۡ إِلَيۡهِمۡ لِتُعۡرِضُواْ عَنۡهُمۡۖ فَأَعۡرِضُواْ عَنۡهُمۡۖ إِنَّهُمۡ رِجۡسٞۖ وَمَأۡوَىٰهُمۡ جَهَنَّمُ جَزَآءَۢ بِمَا كَانُواْ يَكۡسِبُونَ
Open ayah 9:95जब तिमी तिनीहरूतर्फ फर्कनेछौ तब तिनीहरूले तिमीसमक्ष अल्लाहको कसम खानेछन् ताकि तिमीले तिनीहरूलाई तिनीहरू कै अवस्थामा छाडिदेऊ । अतः तिनीहरूलाई तिनीहरूकै अवस्थामा छाडिदेऊ, तिनीहरू फोहोर हुन् र तिनीहरूले गर्ने गरेका कार्यको प्रतिफलस्वरूप तिनीहरूको बासस्थान नरक नै रहेको छ ।
يَحۡلِفُونَ لَكُمۡ لِتَرۡضَوۡاْ عَنۡهُمۡۖ فَإِن تَرۡضَوۡاْ عَنۡهُمۡ فَإِنَّ ٱللَّهَ لَا يَرۡضَىٰ عَنِ ٱلۡقَوۡمِ ٱلۡفَٰسِقِينَ
Open ayah 9:96तिनीहरूले तिमीसमक्ष कसम खानेछन् ताकि तिमी तिनीहरूसित प्रसन्न होऊ । र, तिमी तिनीहरूसँग प्रसन्न भएता पनि अल्लाह चाहिँ यस्ता अवज्ञाकारी मानिसहरूसित प्रसन्न हुने छैनन् ।
ٱلۡأَعۡرَابُ أَشَدُّ كُفۡرٗا وَنِفَاقٗا وَأَجۡدَرُ أَلَّا يَعۡلَمُواْ حُدُودَ مَآ أَنزَلَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
Open ayah 9:97(अरबका) गाउँलेहरू कुफ्र तथा निफाक (कपट) मा अत्यन्तै रहेका छन् [ ] । र, तिनीहरूकालागि यही नै उचित छ कि अल्लाहले आफ्ना रसूलमाथि अवतरण गरेका आदेशहरूसित तिनीहरू अनभिज्ञ रहून् र अल्लाह सर्वज्ञ तथा तत्वदर्शी छन् ।
وَمِنَ ٱلۡأَعۡرَابِ مَن يَتَّخِذُ مَا يُنفِقُ مَغۡرَمٗا وَيَتَرَبَّصُ بِكُمُ ٱلدَّوَآئِرَۚ عَلَيۡهِمۡ دَآئِرَةُ ٱلسَّوۡءِۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ
Open ayah 9:98अनि, ती गाउँलेहरूमध्ये केही यस्ता व्यक्तिहरू छन् जसले आफूले खर्च गर्ने कुरालाई स्वयंमाथि हर्जाना ठान्दछन् र तिमीमाथि नराम्रो समय आइलागोस् भन्ने कुराको प्रतीक्षामा रहन्छन् । जबकि तिनीहरूमाथि नै नराम्रो समय आइलागेको छ र अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَمِنَ ٱلۡأَعۡرَابِ مَن يُؤۡمِنُ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِ وَيَتَّخِذُ مَا يُنفِقُ قُرُبَٰتٍ عِندَ ٱللَّهِ وَصَلَوَٰتِ ٱلرَّسُولِۚ أَلَآ إِنَّهَا قُرۡبَةٞ لَّهُمۡۚ سَيُدۡخِلُهُمُ ٱللَّهُ فِي رَحۡمَتِهِۦٓۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 9:99र, केही गाउँलेहरू यस्ता पनि छन् जो अल्लाह तथा आखिरतमाथि आस्था राख्छन् र आफ्नो खर्चलाई अल्लाहको निकटता प्राप्ति तथा रसूलको आशीर्वाद प्राप्तिको साधन बनाउँछन् । हेर, त्यो निश्चय नै उनीहरूकालागि निकटता प्राप्तिको साधन हो । अल्लाहले उनीहरूलाई अवश्य नै आफ्नो अनुकम्पा अन्तर्गत लिनेछन् । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
وَٱلسَّٰبِقُونَ ٱلۡأَوَّلُونَ مِنَ ٱلۡمُهَٰجِرِينَ وَٱلۡأَنصَارِ وَٱلَّذِينَ ٱتَّبَعُوهُم بِإِحۡسَٰنٖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُ وَأَعَدَّ لَهُمۡ جَنَّٰتٖ تَجۡرِي تَحۡتَهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 9:100मुहाजिर (आप्रवासी) तथा अन्सार (सहयोगी) हरूमध्ये पहिले अग्रसरता देखाउनेहरू र जसले त्यसपछि निष्ठासाथ उनीहरूको अनुसरण गरे अल्लाह ती सबैसित प्रसन्न भए र तिनीहरू (पनि) अल्लाहसित प्रसन्न भए । र, अल्लाहले उनीहरूकालागि यस्ता बगैंचाहरू तयार पारेका छन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र उनीहरू त्यसमा सदासर्वदा रहनेछन् । यहि ठूलो सफलता हो ।
وَمِمَّنۡ حَوۡلَكُم مِّنَ ٱلۡأَعۡرَابِ مُنَٰفِقُونَۖ وَمِنۡ أَهۡلِ ٱلۡمَدِينَةِ مَرَدُواْ عَلَى ٱلنِّفَاقِ لَا تَعۡلَمُهُمۡۖ نَحۡنُ نَعۡلَمُهُمۡۚ سَنُعَذِّبُهُم مَّرَّتَيۡنِ ثُمَّ يُرَدُّونَ إِلَىٰ عَذَابٍ عَظِيمٖ
Open ayah 9:101र, तिम्रो वरिपरि बस्ने गाउँले तथा मदीनाबासीहरूमध्ये केही यस्ता मुनाफिकहरू छन् जो निफाकमा दृढ छन् । तिमी तिनीहरूलाई चिन्दैनौ; हामी चाहिँ तिनीहरूलाई जान्दछौं । हामी तिनीहरूलाई दोहोरो यातना दिनेछौं अनि तिनीहरू अति ठूलो यातनातर्फ फर्काइनेछन् ।
وَءَاخَرُونَ ٱعۡتَرَفُواْ بِذُنُوبِهِمۡ خَلَطُواْ عَمَلٗا صَٰلِحٗا وَءَاخَرَ سَيِّئًا عَسَى ٱللَّهُ أَن يَتُوبَ عَلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
Open ayah 9:102र, तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले आफ्ना पापहरूलाई स्वीकारेका छन् । तिनीहरूले मिश्रित कर्म गरेका थिए; केही पुण्यकर्म र केही दुष्कर्महरू । आशा छ कि अल्लाहले उनीहरूलाई क्षमा प्रदान गर्नेछन् । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
خُذۡ مِنۡ أَمۡوَٰلِهِمۡ صَدَقَةٗ تُطَهِّرُهُمۡ وَتُزَكِّيهِم بِهَا وَصَلِّ عَلَيۡهِمۡۖ إِنَّ صَلَوٰتَكَ سَكَنٞ لَّهُمۡۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
Open ayah 9:103(हे नबी स.!) उनीहरूको धनबाट ‘सदका’ (दान) स्वीकार गर, यसद्वारा उनीहरूलाई तिमी पवित्रता र शुद्धता प्रदान गर्नेछौ । र उनीहरूको हितमा प्रार्थना गर, निस्सन्देह तिम्रो प्रार्थना उनीहरूका लागि शान्तिप्रद छ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
أَلَمۡ يَعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ هُوَ يَقۡبَلُ ٱلتَّوۡبَةَ عَنۡ عِبَادِهِۦ وَيَأۡخُذُ ٱلصَّدَقَٰتِ وَأَنَّ ٱللَّهَ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 9:104के तिनीहरूलाई थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूको तौबा स्वीकार गर्छन् र सदका कबुल गर्छन् । र, निश्चय नै अल्लाह अति क्षमाशिल एवं परम दयालु छन् ।
وَقُلِ ٱعۡمَلُواْ فَسَيَرَى ٱللَّهُ عَمَلَكُمۡ وَرَسُولُهُۥ وَٱلۡمُؤۡمِنُونَۖ وَسَتُرَدُّونَ إِلَىٰ عَٰلِمِ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 9:105र, (हे नबी स.!) भनिदेऊ– “तिमीहरू कर्म गर्दै जाऊ; अल्लाह, उनका रसूल र आस्थावानहरूले तिमीहरूका कर्महरू हेर्नेछन् । र, तिमीहरू दृश्य तथा अदृश्य कुराहरूका ज्ञातातर्फ फर्काइनेछौ अनि उनले तिमीहरूलाई तिमीहरूले गरिरहेका कार्यहरूबारे अवगत गराउनेछन् ।”
وَءَاخَرُونَ مُرۡجَوۡنَ لِأَمۡرِ ٱللَّهِ إِمَّا يُعَذِّبُهُمۡ وَإِمَّا يَتُوبُ عَلَيۡهِمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
Open ayah 9:106र, अन्य केही यस्ता व्यक्तिहरू छन् जसको मामिला अल्लाहको आदेश नआउञ्जेल स्थगित गरिएको छ चाहे उनले तिनीहरूलाई यातना दिऊन् वा माफ गरून् । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
وَٱلَّذِينَ ٱتَّخَذُواْ مَسۡجِدٗا ضِرَارٗا وَكُفۡرٗا وَتَفۡرِيقَۢا بَيۡنَ ٱلۡمُؤۡمِنِينَ وَإِرۡصَادٗا لِّمَنۡ حَارَبَ ٱللَّهَ وَرَسُولَهُۥ مِن قَبۡلُۚ وَلَيَحۡلِفُنَّ إِنۡ أَرَدۡنَآ إِلَّا ٱلۡحُسۡنَىٰۖ وَٱللَّهُ يَشۡهَدُ إِنَّهُمۡ لَكَٰذِبُونَ
Open ayah 9:107अनि, केही यस्ता व्यक्तिहरू पनि छन् जसले हानि पुर्याउने, इन्कार गर्ने, आस्थावानहरूबीच मतभेद उत्पन्न गर्ने र यसअघि अल्लाह तथा उनका रसूलविरुद्ध युद्ध गरिसकेका मानिसहरूकालागि घात स्थल उपलब्ध गराउने उद्देश्यले एउटा मस्जिद निर्माण गरे । र, तिनीहरूले कसम खानेछन् कि भलाई बाहेक हाम्रो अरु कुनै इरादा थिएन । तर तिनीहरू पक्का मिथ्यावादी हुन् भनेर अल्लाहले साक्षी दिन्छन् ।
لَا تَقُمۡ فِيهِ أَبَدٗاۚ لَّمَسۡجِدٌ أُسِّسَ عَلَى ٱلتَّقۡوَىٰ مِنۡ أَوَّلِ يَوۡمٍ أَحَقُّ أَن تَقُومَ فِيهِۚ فِيهِ رِجَالٞ يُحِبُّونَ أَن يَتَطَهَّرُواْۚ وَٱللَّهُ يُحِبُّ ٱلۡمُطَّهِّرِينَ
Open ayah 9:108(हे नबी स.!) तिमी त्यस मस्जिदभित्र कहिल्यै खडा नहोऊ । बरू जुन मस्जिदको निर्माण पहिलो दिनदेखि नै ईशपरायणताको आधारमा भएको थियो त्यो यस कुराकोलागि बढी उपयुक्त छ कि तिमी त्यसभित्र उभिने गर । त्यसभित्र यस्ता मानिसहरू छन् जो अति पवित्र रहन मन पराउँछन् । र, अल्लाह पनि पवित्र रहनेहरूलाई मन पराउँछन् ।[]
أَفَمَنۡ أَسَّسَ بُنۡيَٰنَهُۥ عَلَىٰ تَقۡوَىٰ مِنَ ٱللَّهِ وَرِضۡوَٰنٍ خَيۡرٌ أَم مَّنۡ أَسَّسَ بُنۡيَٰنَهُۥ عَلَىٰ شَفَا جُرُفٍ هَارٖ فَٱنۡهَارَ بِهِۦ فِي نَارِ جَهَنَّمَۗ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 9:109के जसले आफ्नो भवनको जग अल्लाहको भय एवं उनको प्रसन्नतामाथि राख्छ त्यो व्यक्ति राम्रो हो कि त्यो व्यक्ति जसले आफ्नो भवनको जग यस्तो खोक्रो किनारामा राख्छ जसले उसलाई लिएर नरकको अग्निमा खस्छ ? र, अल्लाह अत्याचारी मानिसहरूलाई कहिल्यै सीधा मार्ग देखाउँदैनन् ।
لَا يَزَالُ بُنۡيَٰنُهُمُ ٱلَّذِي بَنَوۡاْ رِيبَةٗ فِي قُلُوبِهِمۡ إِلَّآ أَن تَقَطَّعَ قُلُوبُهُمۡۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ
Open ayah 9:110यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा सन्देहको जरो बनिरहन्छ सिवाय यसको कि तिनीहरूको हृदय नै छिया–छिया हुन पुगून् र अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
۞إِنَّ ٱللَّهَ ٱشۡتَرَىٰ مِنَ ٱلۡمُؤۡمِنِينَ أَنفُسَهُمۡ وَأَمۡوَٰلَهُم بِأَنَّ لَهُمُ ٱلۡجَنَّةَۚ يُقَٰتِلُونَ فِي سَبِيلِ ٱللَّهِ فَيَقۡتُلُونَ وَيُقۡتَلُونَۖ وَعۡدًا عَلَيۡهِ حَقّٗا فِي ٱلتَّوۡرَىٰةِ وَٱلۡإِنجِيلِ وَٱلۡقُرۡءَانِۚ وَمَنۡ أَوۡفَىٰ بِعَهۡدِهِۦ مِنَ ٱللَّهِۚ فَٱسۡتَبۡشِرُواْ بِبَيۡعِكُمُ ٱلَّذِي بَايَعۡتُم بِهِۦۚ وَذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 9:111निस्संदेह अल्लाहले आस्थावानहरूबाट उनीहरूको ज्यान तथा धन–सम्पत्ति स्वर्गको सट्टामा खरीद गरिसकेका छन् । उनीहरू अल्लाहको मार्गमा युद्ध गर्छन् अनि मार्छन् र मारिन्छन् ।[ ] यो तौरात, इञ्जील एवं कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचनलाई पूरा गर्ने अरू को हुन सक्छ ? अतः खुशियाली मनाऊ त्यस खरिद–बिक्रीप्रति जुन तिमीहरूले उनीसित गरेका छौ र यही महान् सफलता हो ।
ٱلتَّٰٓئِبُونَ ٱلۡعَٰبِدُونَ ٱلۡحَٰمِدُونَ ٱلسَّٰٓئِحُونَ ٱلرَّٰكِعُونَ ٱلسَّٰجِدُونَ ٱلۡأٓمِرُونَ بِٱلۡمَعۡرُوفِ وَٱلنَّاهُونَ عَنِ ٱلۡمُنكَرِ وَٱلۡحَٰفِظُونَ لِحُدُودِ ٱللَّهِۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ
Open ayah 9:112(यी आस्थावानहरू नै) अल्लाहतर्फ फर्कनेहरू, उनको उपासना गर्नेहरू, स्तुति गर्नेहरू, (उनकै मार्गमा) भ्रमण गर्नेहरू, रुकुअ् गर्नेहरू (झुक्नेहरू), सज्दा गर्नेहरू, सत्कर्मको आदेश दिनेहरू, दुष्कर्मबाट रोक्नेहरू र अल्लाहका सीमाहरूको रक्षा गर्नेहरू हुन् । अनि, तिमी आस्थावानहरूलाई शुभ–सूचना देऊ ।
مَا كَانَ لِلنَّبِيِّ وَٱلَّذِينَ ءَامَنُوٓاْ أَن يَسۡتَغۡفِرُواْ لِلۡمُشۡرِكِينَ وَلَوۡ كَانُوٓاْ أُوْلِي قُرۡبَىٰ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمۡ أَنَّهُمۡ أَصۡحَٰبُ ٱلۡجَحِيمِ
Open ayah 9:113नबी तथा आस्थावानहरूले मुश्रिकहरूकालागि तिनीहरू नरकबासी हुन् भनी स्पष्ट भएपछि क्षमाको लागि प्रार्थना गरून् भन्ने कुरा उचित छैन, चाहे तिनीहरू उनका नातेदार नै किन नहुन् ।
وَمَا كَانَ ٱسۡتِغۡفَارُ إِبۡرَٰهِيمَ لِأَبِيهِ إِلَّا عَن مَّوۡعِدَةٖ وَعَدَهَآ إِيَّاهُ فَلَمَّا تَبَيَّنَ لَهُۥٓ أَنَّهُۥ عَدُوّٞ لِّلَّهِ تَبَرَّأَ مِنۡهُۚ إِنَّ إِبۡرَٰهِيمَ لَأَوَّٰهٌ حَلِيمٞ
Open ayah 9:114र, इब्राहीमले आफ्ना पिताकानिम्ति गरेको क्षमाको प्रार्थना केवल एउटा वाचाको कारण थियो जुन उनले आफ्ना पितासित गरेका थिए । तर जब उनलाई पिता अल्लाहका शत्रु हुन् भन्ने कुरा स्पष्ट भयो तब उनले पितासितको नाता तोडे । निस्सन्देह इब्राहीम अति कोमलहृदयी र सहनशील थिए ।
وَمَا كَانَ ٱللَّهُ لِيُضِلَّ قَوۡمَۢا بَعۡدَ إِذۡ هَدَىٰهُمۡ حَتَّىٰ يُبَيِّنَ لَهُم مَّا يَتَّقُونَۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ
Open ayah 9:115अल्लाहले कुनै जातिलाई मार्गदर्शनपश्चात्, जुन कुराहरूबाट तिनीहरू बच्नुपर्छ ती कुराहरू प्रष्ट नपारेसम्म, त्यो जातिलाई पथभ्रष्ट गर्नु उनको नियम होइन । निस्सन्देह अल्लाह सम्पूर्ण चिजका ज्ञाता छन् ।
إِنَّ ٱللَّهَ لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يُحۡيِۦ وَيُمِيتُۚ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٖ
Open ayah 9:116निस्सन्देह आकाशहरू तथा पृथ्वीमा अल्लाहकै शासन रहेको छ । उनी जीवनदान गर्छन् र मृत्यु पनि दिन्छन् । र, अल्लाहबाहेक न तिमीहरूको कोही संरक्षक–मित्र रहेको छ न कोही सहयोगी नै ।
لَّقَد تَّابَ ٱللَّهُ عَلَى ٱلنَّبِيِّ وَٱلۡمُهَٰجِرِينَ وَٱلۡأَنصَارِ ٱلَّذِينَ ٱتَّبَعُوهُ فِي سَاعَةِ ٱلۡعُسۡرَةِ مِنۢ بَعۡدِ مَا كَادَ يَزِيغُ قُلُوبُ فَرِيقٖ مِّنۡهُمۡ ثُمَّ تَابَ عَلَيۡهِمۡۚ إِنَّهُۥ بِهِمۡ رَءُوفٞ رَّحِيمٞ
Open ayah 9:117अल्लाहले दयादृष्टि गरे सन्देष्टामाथि र ती मुहाजिर तथा अन्सारहरूमाथि जसले त्यस सङ्कटको घडीमा नबी (स.) को सहयोग गरेका थिए । जबकी उनीहरूमध्ये एउटा समूहको हृदयमा केही कुटिलता आउने भएकाे थियो [ ]। अनि अल्लाहले उनीहरूलाई पनि माफ गरे । निश्चय नै उनीहरूप्रति उनी करुणाशील एवं परम दयालु छन् ।
وَعَلَى ٱلثَّلَٰثَةِ ٱلَّذِينَ خُلِّفُواْ حَتَّىٰٓ إِذَا ضَاقَتۡ عَلَيۡهِمُ ٱلۡأَرۡضُ بِمَا رَحُبَتۡ وَضَاقَتۡ عَلَيۡهِمۡ أَنفُسُهُمۡ وَظَنُّوٓاْ أَن لَّا مَلۡجَأَ مِنَ ٱللَّهِ إِلَّآ إِلَيۡهِ ثُمَّ تَابَ عَلَيۡهِمۡ لِيَتُوبُوٓاْۚ إِنَّ ٱللَّهَ هُوَ ٱلتَّوَّابُ ٱلرَّحِيمُ
Open ayah 9:118अनि, ती तीन जनामाथि पनि जसको मामिला स्थगित गरिएको थियो जबकि तिनीहरूकानिम्ति पृथ्वी आफ्नो पूर्ण विशालताका बावजूद सङ्कीर्ण भएको थियो र तिनीहरूको आफ्नो ज्यान पनि तिनीहरुकालागि बोझ हुन पुगेको थियो । र, अल्लाहबाहेक अन्य कहिं शरण प्राप्त हुँदैन भन्ने कुरा तिनीहरूले बुझेका थिए । अनि अल्लाहले तिनीहरूमाथि कृपा गरे ताकि तिनीहरूले प्रायश्चित गरून् । निस्सन्देह अल्लाह नै तौबा स्वीकारकर्ता एवं परम दयालु छन् ।[ ]
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَكُونُواْ مَعَ ٱلصَّٰدِقِينَ
Open ayah 9:119हे आस्थावानहरू हो ! अल्लाहको भय राख र सत्यनिष्ठ मानिसहरूसँग बस्नेगर ।
مَا كَانَ لِأَهۡلِ ٱلۡمَدِينَةِ وَمَنۡ حَوۡلَهُم مِّنَ ٱلۡأَعۡرَابِ أَن يَتَخَلَّفُواْ عَن رَّسُولِ ٱللَّهِ وَلَا يَرۡغَبُواْ بِأَنفُسِهِمۡ عَن نَّفۡسِهِۦۚ ذَٰلِكَ بِأَنَّهُمۡ لَا يُصِيبُهُمۡ ظَمَأٞ وَلَا نَصَبٞ وَلَا مَخۡمَصَةٞ فِي سَبِيلِ ٱللَّهِ وَلَا يَطَـُٔونَ مَوۡطِئٗا يَغِيظُ ٱلۡكُفَّارَ وَلَا يَنَالُونَ مِنۡ عَدُوّٖ نَّيۡلًا إِلَّا كُتِبَ لَهُم بِهِۦ عَمَلٞ صَٰلِحٌۚ إِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ
Open ayah 9:120मदीनाबासी एवं उनीहरूको वरिपरि बसोबास गर्ने गाउँलेहरूकानिम्ति अल्लाहका रसूललाई छोडेर घरमा बसिरहनु र उनको ज्यानभन्दा आफ्नो ज्यानलाई प्रिय बनाउनु उचित थिएन, किनभने तिनीहरूलाई अल्लाहको मार्गमा तिर्खा, थकाइ तथा भोकबाट जुन कष्ट पुग्यो तिनीहरू जति पनि हिँडे, जुन हिँडाईले काफिरहरूलाई क्रोधित तुल्यायो, र शत्रुहरूको जुनसुकै खबर पनि लिए, ती सबै कार्यहरूको बदलामा तिनीहरूको नाममा एक पुण्यकर्म लेखियो । निश्चय नै अल्लाह सत्कर्मीहरूको प्रतिदान व्यर्थ तुल्याउँदैनन् ।
وَلَا يُنفِقُونَ نَفَقَةٗ صَغِيرَةٗ وَلَا كَبِيرَةٗ وَلَا يَقۡطَعُونَ وَادِيًا إِلَّا كُتِبَ لَهُمۡ لِيَجۡزِيَهُمُ ٱللَّهُ أَحۡسَنَ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 9:121र, उनीहरूले जुन सानो वा ठूलो धनराशि खर्च गर्छन् वा जुन उपत्यका पनि पार गर्छन् यी सबै लेखिने गरिन्छ, ताकि अल्लाहले तिनीहरूलाई तिनीहरुका कार्यहरूको उत्तम प्रतिदान प्रदान गरून् ।
۞وَمَا كَانَ ٱلۡمُؤۡمِنُونَ لِيَنفِرُواْ كَآفَّةٗۚ فَلَوۡلَا نَفَرَ مِن كُلِّ فِرۡقَةٖ مِّنۡهُمۡ طَآئِفَةٞ لِّيَتَفَقَّهُواْ فِي ٱلدِّينِ وَلِيُنذِرُواْ قَوۡمَهُمۡ إِذَا رَجَعُوٓاْ إِلَيۡهِمۡ لَعَلَّهُمۡ يَحۡذَرُونَ
Open ayah 9:122सबै आस्थावानहरू निस्कनु जरुरी थिएन । बरू यस्तो किन भएन कि प्रत्येक समूदायबाट केही व्यक्तिहरू निस्किउन् ताकि धर्मलाई राम्ररी बुझ्न सकून् र फर्केपछि आफ्नो समुदायका मानिसहरूलाई सावधान गरून् ताकि तिनीहरू (अवज्ञाकाे परिणामबाट) डराऊन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ قَٰتِلُواْ ٱلَّذِينَ يَلُونَكُم مِّنَ ٱلۡكُفَّارِ وَلۡيَجِدُواْ فِيكُمۡ غِلۡظَةٗۚ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ مَعَ ٱلۡمُتَّقِينَ
Open ayah 9:123हे आस्थावानहरू हो ! तिमीहरूको नजिक रहेका काफिरहरूसित युद्ध गर र तिनीहरूले तिमीहरूमा शक्ति भएको महसूस गरून् । [ ] र जानिराख, अल्लाह ईशभय राख्नेहरूका साथमा छन् ।
وَإِذَا مَآ أُنزِلَتۡ سُورَةٞ فَمِنۡهُم مَّن يَقُولُ أَيُّكُمۡ زَادَتۡهُ هَٰذِهِۦٓ إِيمَٰنٗاۚ فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ فَزَادَتۡهُمۡ إِيمَٰنٗا وَهُمۡ يَسۡتَبۡشِرُونَ
Open ayah 9:124र, जब कुनै सूरह अवतरण गरिन्छ तब केही मुनाफिकहरू सोध्छन्– “यस सूरहले तिमीहरूमध्ये कसको आस्थालाई बढाएको छ ?” हाे, जुन व्यक्तिहरू आस्थावान छन्, तिनीहरूको आस्थालाई वास्तवमा अभिवृद्धि गरेको छ र तिनीहरू प्रसन्न पनि छन् ।
وَأَمَّا ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ فَزَادَتۡهُمۡ رِجۡسًا إِلَىٰ رِجۡسِهِمۡ وَمَاتُواْ وَهُمۡ كَٰفِرُونَ
Open ayah 9:125तर, जसका हृदयहरूमा रोग रहेको छ यस सूरहले तिनीहरूका अपवित्रतामाथि अझ अपवित्रता नै थपेको छ । र, तिनीहरू काफिर भएकै अवस्थामा मरे ।
أَوَلَا يَرَوۡنَ أَنَّهُمۡ يُفۡتَنُونَ فِي كُلِّ عَامٖ مَّرَّةً أَوۡ مَرَّتَيۡنِ ثُمَّ لَا يَتُوبُونَ وَلَا هُمۡ يَذَّكَّرُونَ
Open ayah 9:126के तिनीहरू देख्दैनन् कि हरेक वर्ष एक–दुईपटक तिनीहरूलाई विपत्तीद्वारा परीक्षण गरिन्छ ? तैपनि तिनीहरू न प्रायश्चित गर्छन् न कुनै उपदेश नै ग्रहण गर्छन् ।
وَإِذَا مَآ أُنزِلَتۡ سُورَةٞ نَّظَرَ بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٍ هَلۡ يَرَىٰكُم مِّنۡ أَحَدٖ ثُمَّ ٱنصَرَفُواْۚ صَرَفَ ٱللَّهُ قُلُوبَهُم بِأَنَّهُمۡ قَوۡمٞ لَّا يَفۡقَهُونَ
Open ayah 9:127र, जब कुनै सूरह अवतरण गरिन्छ तब तिनीहरू आँखै आँखामा एक अर्कासँग कुरा गर्छन्; कहीँ तिमीलाई कसैले देखिरहेको त छैन ? त्यसपछि चुप लागेर हिंड्छन् । अल्लाहले तिनीहरूका हृदयहरूलाई नै पल्टाइदिएका छन् किनभने तिनीहरू यस्ता मानिसहरू हुन् जो बुद्धिले काम लिँदैनन् ।
لَقَدۡ جَآءَكُمۡ رَسُولٞ مِّنۡ أَنفُسِكُمۡ عَزِيزٌ عَلَيۡهِ مَا عَنِتُّمۡ حَرِيصٌ عَلَيۡكُم بِٱلۡمُؤۡمِنِينَ رَءُوفٞ رَّحِيمٞ
Open ayah 9:128(हे मनुष्य हो !) तिमीहरूसमक्ष तिमीहरूमध्येबाटै एक रसूलको आगमन भएको छ जसलाई तिमीहरूमाथि आइलाग्ने सङ्कटले दुखित तुल्याउँछ; उनी तिम्रो सफलताको अत्यन्तै अभिलाषी छन् र आस्थावानहरूप्रति अत्यन्तै ममतामय तथा दयावान छन् ।
فَإِن تَوَلَّوۡاْ فَقُلۡ حَسۡبِيَ ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۖ عَلَيۡهِ تَوَكَّلۡتُۖ وَهُوَ رَبُّ ٱلۡعَرۡشِ ٱلۡعَظِيمِ
Open ayah 9:129अनि, यदि तिनीहरू विमुख हुन्छन् भने, भन– “अल्लाह मेरालागि पर्याप्त छन् । उनीबाहेक अन्य कोही उपास्य छैन; म उनीप्रति नै भरोसा राख्दछु र उनी महान् राजसिंहासनका स्वामी हुन् ।”