يونس

Yunus

Jonas · Surah 10 · Ayahs: 109 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡحَكِيمِ

    Open ayah 10:1

    अलिफ० लाम० रा०; यी तत्वदर्शिताले परिपूर्ण ग्रन्थका आयतहरू हुन् ।

  2. أَكَانَ لِلنَّاسِ عَجَبًا أَنۡ أَوۡحَيۡنَآ إِلَىٰ رَجُلٖ مِّنۡهُمۡ أَنۡ أَنذِرِ ٱلنَّاسَ وَبَشِّرِ ٱلَّذِينَ ءَامَنُوٓاْ أَنَّ لَهُمۡ قَدَمَ صِدۡقٍ عِندَ رَبِّهِمۡۗ قَالَ ٱلۡكَٰفِرُونَ إِنَّ هَٰذَا لَسَٰحِرٞ مُّبِينٌ

    Open ayah 10:2

    के मानिसहरूकानिम्ति यो आश्चर्यको विषय बनेको छ कि हामीले तिनीहरूमध्येकै एकजना पुरुषमाथि वह्य अवतरित गर्यौं (याे भनेर) कि मानिसहरूलाई सावधान गर । र, आस्थावानहरूलाई उनीहरूकानिम्ति तिनीहरुका पालनकर्ताकहाँ सम्मान रहेको छ भनी शुभसन्देश देऊ । काफिरहरू भन्दछन्– “यो व्यक्ति वास्तवमा स्पष्ट जादुगर हो ।”[ ]

  3. إِنَّ رَبَّكُمُ ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يُدَبِّرُ ٱلۡأَمۡرَۖ مَا مِن شَفِيعٍ إِلَّا مِنۢ بَعۡدِ إِذۡنِهِۦۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ فَٱعۡبُدُوهُۚ أَفَلَا تَذَكَّرُونَ

    Open ayah 10:3

    वास्तवमा तिमीहरूका पालनकर्ता अल्लाह नै हुन् जसले छः दिनमा आकाशहरू तथा पृथ्वीको सृजना गरे, अनि राजसिंहासनमाथि विराजमान भएर संसारको राजकाज चलाउँदैछन् । उनको अनुमति बिना कोही पनि सिफारिशकर्ता बन्न सक्दैन । उनै अल्लाह तिमीहरूका पालनकर्ता हुन् तसर्थ उनकै उपासना गर । के तिमीहरू उपदेश ग्रहण गर्दैनौ ?

  4. إِلَيۡهِ مَرۡجِعُكُمۡ جَمِيعٗاۖ وَعۡدَ ٱللَّهِ حَقًّاۚ إِنَّهُۥ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ لِيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ بِٱلۡقِسۡطِۚ وَٱلَّذِينَ كَفَرُواْ لَهُمۡ شَرَابٞ مِّنۡ حَمِيمٖ وَعَذَابٌ أَلِيمُۢ بِمَا كَانُواْ يَكۡفُرُونَ

    Open ayah 10:4

    उनैतर्फ तिमीहरू सबै फर्केर जानु छ, अल्लाहको वाचा सत्य हो । उनले नै प्राणीलाई पहिलो पटक सृष्टि गरे र फेरि उनले नै त्यसलाई दोहोर्याएर सृष्टि गर्नेछन्, ताकि इमान ल्याएर सत्कर्म गर्नेहरूलाई न्यायकासाथ प्रतिदान दिऊन् र काफिरहरूकाेलागि तिनीहरूले गरेका कुफ्रले गर्दा अति उम्लिंदो पानी र दुःखदायी यातना छ ।

  5. هُوَ ٱلَّذِي جَعَلَ ٱلشَّمۡسَ ضِيَآءٗ وَٱلۡقَمَرَ نُورٗا وَقَدَّرَهُۥ مَنَازِلَ لِتَعۡلَمُواْ عَدَدَ ٱلسِّنِينَ وَٱلۡحِسَابَۚ مَا خَلَقَ ٱللَّهُ ذَٰلِكَ إِلَّا بِٱلۡحَقِّۚ يُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡلَمُونَ

    Open ayah 10:5

    उनै हुन् जसले सूर्यलाई प्रकाशमान तथा चन्द्रमालाई ज्योतिमय बनाए र त्यसकालागि गन्तव्यहरू निर्धारित गरे ताकि तिमीहरू त्यसबाट वर्ष एवं तिथिको हिसाब पत्ता लगाउन सक । अल्लाहले यसलाई सत्यका साथ नै सृजना गरेका छन् । ज्ञानी मानिसहरूकालागि उनी आफ्ना आयतहरू स्पष्ट रूपमा बताउँछन् ।

  6. إِنَّ فِي ٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَمَا خَلَقَ ٱللَّهُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَّقُونَ

    Open ayah 10:6

    निस्सन्देह ईशभय राख्ने मानिसहरूकालागि रात र दिनको आवत जावतमा र आकाशहरू तथा पृथ्वीमा, अल्लाहले सृजना गरेका वस्तुहरूमा निशानीहरू छन् ।

  7. إِنَّ ٱلَّذِينَ لَا يَرۡجُونَ لِقَآءَنَا وَرَضُواْ بِٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَٱطۡمَأَنُّواْ بِهَا وَٱلَّذِينَ هُمۡ عَنۡ ءَايَٰتِنَا غَٰفِلُونَ

    Open ayah 10:7

    निस्सन्देह जुन व्यक्तिहरू हामीसित भेट हुने आशा राख्दैनन् तथा सांसारिक जीवनलाई रोजेका छन् र त्यसमा सन्तुष्ट छन् र जुन व्यक्तिहरू हाम्रा निशानीहरूसित असावधान छन्,

  8. أُوْلَٰٓئِكَ مَأۡوَىٰهُمُ ٱلنَّارُ بِمَا كَانُواْ يَكۡسِبُونَ

    Open ayah 10:8

    त्यस्तै व्यक्तिहरूको बास तिनीहरूको कमाइले गर्दा नरक रहेको छ ।

  9. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ يَهۡدِيهِمۡ رَبُّهُم بِإِيمَٰنِهِمۡۖ تَجۡرِي مِن تَحۡتِهِمُ ٱلۡأَنۡهَٰرُ فِي جَنَّٰتِ ٱلنَّعِيمِ

    Open ayah 10:9

    निसस्सन्देह, जुन व्यक्तिहरू आस्था राख्छन् र सत्कर्म गर्छन् उनीहरूलाई उनीहरुको ईमानले गर्दा उनका पालनकर्ताले (स्वर्गकाे) मार्ग देखाउनेछन् , अनुग्रहपूर्ण बगैँचाहरूमा उनीहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् ।

  10. دَعۡوَىٰهُمۡ فِيهَا سُبۡحَٰنَكَ ٱللَّهُمَّ وَتَحِيَّتُهُمۡ فِيهَا سَلَٰمٞۚ وَءَاخِرُ دَعۡوَىٰهُمۡ أَنِ ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ 

    Open ayah 10:10

    त्यहाँ उनीहरूको पुकार हुनेछ– “सुब्हानकल्लाहुम्म” (हे अल्लाह तिमी पवित्र छौ) । र, उनीहरूले एक अर्काकाे स्वागत “सलाम” (शान्ति हाेस्) द्वारा गर्नेछन् । र, उनीहरूको अन्तिम प्रार्थना हुनेछ “अल्हम्दुलिल्लाहि रब्बिल आलमीन” (सबै प्रशंसाहरू सम्पूर्ण संसारका पालनकर्ता अल्लाहको निम्ति छन्) ।

  11. ۞وَلَوۡ يُعَجِّلُ ٱللَّهُ لِلنَّاسِ ٱلشَّرَّ ٱسۡتِعۡجَالَهُم بِٱلۡخَيۡرِ لَقُضِيَ إِلَيۡهِمۡ أَجَلُهُمۡۖ فَنَذَرُ ٱلَّذِينَ لَا يَرۡجُونَ لِقَآءَنَا فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ

    Open ayah 10:11

    र, यदि अल्लाहले मानिसहरूकालागि तिनीहरूले भलाई माग्न हतार गरेझैं तिनीहरूको कुकर्मको फल प्रकट गर्न हतार गरेका भए पहिले नै तिनीहरूको जीवनको अन्त भइसक्ने थियो । अतः जुन मानिसहरूलाई हामीसित भेट्ने आशा छैन, तिनीहरूलाई सीमा उल्लङ्घन गर्ने कार्यमा भौतारिन छोडिदिन्छौं ।

  12. وَإِذَا مَسَّ ٱلۡإِنسَٰنَ ٱلضُّرُّ دَعَانَا لِجَنۢبِهِۦٓ أَوۡ قَاعِدًا أَوۡ قَآئِمٗا فَلَمَّا كَشَفۡنَا عَنۡهُ ضُرَّهُۥ مَرَّ كَأَن لَّمۡ يَدۡعُنَآ إِلَىٰ ضُرّٖ مَّسَّهُۥۚ كَذَٰلِكَ زُيِّنَ لِلۡمُسۡرِفِينَ مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 10:12

    र, जब मानिसमाथि सङ्कट आइपर्छ तब उसले सुतेर, बसेर तथा उभिएर पनि हामीलाई पुकार्छ तर जब हामी उसबाट सङ्कट निवारण गर्छौं तब यसरी जान्छ कि, मानौं उसले आफूमाथि परेको सङ्कटमा हामीलाई कहिल्यै पुकारेकै थिएन । यसरी नै हामीले सीमा उल्लङ्घनकारीहरूकालागि तिनीहरुको क्रियाकलापहरूलाई सुन्दर तुल्याएका छौं ।

  13. وَلَقَدۡ أَهۡلَكۡنَا ٱلۡقُرُونَ مِن قَبۡلِكُمۡ لَمَّا ظَلَمُواْ وَجَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ وَمَا كَانُواْ لِيُؤۡمِنُواْۚ كَذَٰلِكَ نَجۡزِي ٱلۡقَوۡمَ ٱلۡمُجۡرِمِينَ

    Open ayah 10:13

    र, हामीले तिमीहरूभन्दा पहिलेका कैयौं जातिहरूलाई तब नष्ट गर्यौं जब तिनीहरूले अत्याचार गरे जब कि तिनीहरूसमक्ष स्पष्ट निशानीहरू लिएर तिनीहरुका रसूलहरू आएका थिए तर तिनीहरू इमान ल्याउने नै थिएनन् । यसरी नै हामी अपराधी समुदायहरूलाई सजायँ दिने गर्छौं ।

  14. ثُمَّ جَعَلۡنَٰكُمۡ خَلَٰٓئِفَ فِي ٱلۡأَرۡضِ مِنۢ بَعۡدِهِمۡ لِنَنظُرَ كَيۡفَ تَعۡمَلُونَ

    Open ayah 10:14

    अनि तिनीहरूपछि हामीले तिमीहरूलाई पृथ्वीमा उत्तराधिकारी बनाएका छौं ताकि हामी हेरौं कि तिमीहरू कस्ता कर्म गर्छौ ।

  15. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَاتُنَا بَيِّنَٰتٖ قَالَ ٱلَّذِينَ لَا يَرۡجُونَ لِقَآءَنَا ٱئۡتِ بِقُرۡءَانٍ غَيۡرِ هَٰذَآ أَوۡ بَدِّلۡهُۚ قُلۡ مَا يَكُونُ لِيٓ أَنۡ أُبَدِّلَهُۥ مِن تِلۡقَآيِٕ نَفۡسِيٓۖ إِنۡ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰٓ إِلَيَّۖ إِنِّيٓ أَخَافُ إِنۡ عَصَيۡتُ رَبِّي عَذَابَ يَوۡمٍ عَظِيمٖ

    Open ayah 10:15

    र, जब तिनीहरूसमक्ष हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ, तब हामीसँगको भेटको आशा नराख्ने व्यक्तिहरू भन्छन्– “यसकाे सट्टामा अर्काे कुरआन ल्याऊ वा यसैमा फेरबदल गर ।” भनिदेऊ– “यसमा मलाई आफ्नो तर्फबाट परिवर्तन गर्ने कुनै अख्तियार छैन । म त त्यसै आदेशको अनुयायी हुँ जुन मतर्फ अवतरण गरिन्छ । यदि मैले आफ्ना पालनकर्ताको अवज्ञा गरें भने मलाई एउटा भयानक दिनको यातनासँग डर लाग्छ ।

  16. قُل لَّوۡ شَآءَ ٱللَّهُ مَا تَلَوۡتُهُۥ عَلَيۡكُمۡ وَلَآ أَدۡرَىٰكُم بِهِۦۖ فَقَدۡ لَبِثۡتُ فِيكُمۡ عُمُرٗا مِّن قَبۡلِهِۦٓۚ أَفَلَا تَعۡقِلُونَ

    Open ayah 10:16

    भनिदेऊ– “यदि अल्लाहले चाहेको भए, न म नै तिमीहरूसमक्ष यसको पाठ गर्ने थिएँ, न अल्लाहले नै तिमीहरूलाई त्यसबारे अवगत गराउने थिए । आखिर यसअघि मैले आफ्नो जीवनको एउटा ठूलो अंश त तिमीहरूसंग बिताइसकेको छु । के तिमीहरू विवेकले काम लिदैनौ ?” [ ]

  17. فَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ كَذَّبَ بِـَٔايَٰتِهِۦٓۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلۡمُجۡرِمُونَ

    Open ayah 10:17

    त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहविरुद्ध मिथ्या रच्छ वा उनका आयतहरूलाई असत्य ठहर गर्छ ? निस्सन्देह अपराधीहरू सफल हुने छैनन् ।

  18. وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَضُرُّهُمۡ وَلَا يَنفَعُهُمۡ وَيَقُولُونَ هَٰٓؤُلَآءِ شُفَعَٰٓؤُنَا عِندَ ٱللَّهِۚ قُلۡ أَتُنَبِّـُٔونَ ٱللَّهَ بِمَا لَا يَعۡلَمُ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ

    Open ayah 10:18

    यिनीहरू अल्लाहबाहेक त्यसको भक्ति गर्छन् जसले न तिनीहरूलाई हानि पुर्याउन सक्छ न लाभ नै पुर्याउन सक्छ । र, भन्छन्– “यिनीहरू अल्लाहसमक्ष हाम्रा सिफारिशकर्ताहरू हुन् ।” भनिदेऊ– “के तिमीहरू अल्लाहलाई त्यस कुराबारे अवगत गराउँछौ जसलाई उनले न आकाशहरूमा न पृथ्वीमा नै जान्दछन्, [ ] जसलाई तिनीहरू अल्लाहको साझेदार ठहर्याउँछन् त्यसबाट उनी अति पवित्र तथा उच्च छन् ।

  19. وَمَا كَانَ ٱلنَّاسُ إِلَّآ أُمَّةٗ وَٰحِدَةٗ فَٱخۡتَلَفُواْۚ وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَقُضِيَ بَيۡنَهُمۡ فِيمَا فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 10:19

    सुरूवातमा सम्पूर्ण मानव त एउटै उम्मत (धार्मिक समुदाय) थिए, अनि (पछि) तिनीहरूले विभेद गरे । र, यदि तिम्रा ‘रब’ को तर्फबाट पहिले नै एउटा कुराको निर्णय नभएको भए जुन कुरामा तिनीहरू विभेद गर्दैछन् त्यसको निर्णय गरिदिने थिए ।

  20. وَيَقُولُونَ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ ءَايَةٞ مِّن رَّبِّهِۦۖ فَقُلۡ إِنَّمَا ٱلۡغَيۡبُ لِلَّهِ فَٱنتَظِرُوٓاْ إِنِّي مَعَكُم مِّنَ ٱلۡمُنتَظِرِينَ 

    Open ayah 10:20

    र, तिनीहरू भन्छन्– “उनका ‘रब’ को तर्फबाट किन कुनै निशानी अवतरित गरिएन ?” भनिदेऊ– “पराेक्षका ज्ञान अल्लाहलाई मात्र छ । अनि प्रतीक्षा गर; म पनि तिमीहरूसँगै प्रतीक्षा गर्छु ।”

  21. وَإِذَآ أَذَقۡنَا ٱلنَّاسَ رَحۡمَةٗ مِّنۢ بَعۡدِ ضَرَّآءَ مَسَّتۡهُمۡ إِذَا لَهُم مَّكۡرٞ فِيٓ ءَايَاتِنَاۚ قُلِ ٱللَّهُ أَسۡرَعُ مَكۡرًاۚ إِنَّ رُسُلَنَا يَكۡتُبُونَ مَا تَمۡكُرُونَ

    Open ayah 10:21

    र, जब हामीले मानिसहरूलाई तिनीहरूले दुःख भोगेपछि दयाको स्वाद चखाउछौँ तब तिनीहरू हाम्रा निशानीहरूविरुद्ध जुक्ति रच्न थाल्छन् । भनिदेऊ– “अल्लाह योजना बनाउनमा झन् तिव्र छन् ।” वास्तवमा तिमीहरू जे जुक्ति गर्छौ हाम्रा फरिश्ताहरूले त्यसलाई लेखिरहेका छन् ।

  22. هُوَ ٱلَّذِي يُسَيِّرُكُمۡ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِۖ حَتَّىٰٓ إِذَا كُنتُمۡ فِي ٱلۡفُلۡكِ وَجَرَيۡنَ بِهِم بِرِيحٖ طَيِّبَةٖ وَفَرِحُواْ بِهَا جَآءَتۡهَا رِيحٌ عَاصِفٞ وَجَآءَهُمُ ٱلۡمَوۡجُ مِن كُلِّ مَكَانٖ وَظَنُّوٓاْ أَنَّهُمۡ أُحِيطَ بِهِمۡ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ لَئِنۡ أَنجَيۡتَنَا مِنۡ هَٰذِهِۦ لَنَكُونَنَّ مِنَ ٱلشَّٰكِرِينَ

    Open ayah 10:22

    उनी नै हुन् जसले तिमीहरूलाई थल एवं जल (समुद्र) मा हिडाउँछन् । यहाँसम्म कि जब तिमीहरू डुंगाहरूमा हुन्छौ र डुंगाहरू अनुकूल वायुका साथ मानिसहरूलाई लिएर गइरहेका हुन्छन् र तिनीहरू प्रसन्न हुन्छन्, त्यत्तिकैमा अकस्मात् प्रतिकूल हुरी चल्न थाल्छ; हरेक दिशाबाट लहरहरू उठ्न थाल्छन् र तिनीहरू स्वयं त्यसमा घेरिएको सम्झिन्छन् । त्यस समय तिनीहरू आफ्नो भक्तिलाई अल्लाहकैनिम्ति शुद्ध पार्दै उनलाई पुकार्दछन्– “यदि तिमीले यसबाट हामीलाई बचायौ भने हामीहरू निश्चय नै कृतज्ञहरूमध्ये बन्नेछौं ।”

  23. فَلَمَّآ أَنجَىٰهُمۡ إِذَا هُمۡ يَبۡغُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّۗ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّمَا بَغۡيُكُمۡ عَلَىٰٓ أَنفُسِكُمۖ مَّتَٰعَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ ثُمَّ إِلَيۡنَا مَرۡجِعُكُمۡ فَنُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 10:23

    तर, जब उनी तिनीहरूको उद्धार गर्छन् तब तिनीहरू तुरुन्त पृथ्वीमा अनाहक विद्रोह गर्न थाल्छन् । हे मानव ! तिमीहरूको यो विद्रोह तिम्रै थाप्लोमा परिरहेको छ । सांसारिक जीवनको थोरै दिनको आनन्द लेऊ, फेरि हामीतर्फ नै फर्केर आउनु छ । अनि तिमीहरूले जेजस्तो गर्ने गरेका थियौ हामी तिमीहरूलाई अवगत गराउनेछौं ।

  24. إِنَّمَا مَثَلُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا كَمَآءٍ أَنزَلۡنَٰهُ مِنَ ٱلسَّمَآءِ فَٱخۡتَلَطَ بِهِۦ نَبَاتُ ٱلۡأَرۡضِ مِمَّا يَأۡكُلُ ٱلنَّاسُ وَٱلۡأَنۡعَٰمُ حَتَّىٰٓ إِذَآ أَخَذَتِ ٱلۡأَرۡضُ زُخۡرُفَهَا وَٱزَّيَّنَتۡ وَظَنَّ أَهۡلُهَآ أَنَّهُمۡ قَٰدِرُونَ عَلَيۡهَآ أَتَىٰهَآ أَمۡرُنَا لَيۡلًا أَوۡ نَهَارٗا فَجَعَلۡنَٰهَا حَصِيدٗا كَأَن لَّمۡ تَغۡنَ بِٱلۡأَمۡسِۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَتَفَكَّرُونَ

    Open ayah 10:24

    सांसारिक जीवनको उदाहरण यस्तो हो जस्तो हामीले आकाशबाट पानी बर्सायौं । त्यसले गर्दा मानिस तथा पशुले खाने पृथ्वीको उपज धेरै बढ्यो अनि ठीक त्यस समय जब पृथ्वी आफ्नो बसन्त ऋतुमा थियो र खुबै सजिएको थियो र त्यसका मालिकहरूले त्यसबाट पूर्ण लाभ उठाउने सामर्थ्य प्राप्त छ भन्ने ठानेका थिए । अकस्मात रात वा दिनको समयमा हाम्रो आदेश आयो र हामीले त्यसलाई काटिएको बाली झैं बनाइदियौं मानौं हिजोसम्म त्यसमा कुनै चिजको अस्तित्व नै थिएन । यसरी नै हामी चिन्तन मनन गर्ने मानिसहरूका लागि (आफ्ना) निशानीहरू विस्तृत रूपमा बयान गर्छौं ।

  25. وَٱللَّهُ يَدۡعُوٓاْ إِلَىٰ دَارِ ٱلسَّلَٰمِ وَيَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 10:25

    अल्लाह तिमीहरूलाई शान्तिगृह (स्वर्ग) तर्फ बोलाउँछन् र जसलाई चाहन्छन् सीधा मार्ग देखाउँछन् ।[ ]

  26. ۞لِّلَّذِينَ أَحۡسَنُواْ ٱلۡحُسۡنَىٰ وَزِيَادَةٞۖ وَلَا يَرۡهَقُ وُجُوهَهُمۡ قَتَرٞ وَلَا ذِلَّةٌۚ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 10:26

    जसले सत्कर्म गरे उनीहरूकालागि अति राम्रो प्रतिदान छ र अझ थप प्राप्त हुनेछ । उनीहरूका अनुहारमा न कालो छायाँ न अपमान नै छाएको हुनेछ । उनीहरू नै स्वर्गका बासिन्दाहरु हुन् जहाँ उनीहरू सदा–सर्वदा रहनेछन् ।

  27. وَٱلَّذِينَ كَسَبُواْ ٱلسَّيِّـَٔاتِ جَزَآءُ سَيِّئَةِۭ بِمِثۡلِهَا وَتَرۡهَقُهُمۡ ذِلَّةٞۖ مَّا لَهُم مِّنَ ٱللَّهِ مِنۡ عَاصِمٖۖ كَأَنَّمَآ أُغۡشِيَتۡ وُجُوهُهُمۡ قِطَعٗا مِّنَ ٱلَّيۡلِ مُظۡلِمًاۚ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 10:27

    र, जुन मानिसहरूले कुकर्म गरे, त्यसको बदला त्यसकै समान हुनेछ । र, तिनीहरूलाई अपमानले ढाकेकाे हुनेछ । तिनीहरूलाई अल्लाहबाट कोही सुरक्षा दिनेला हुने छैन । तिनीहरुका अनुहारहरूमाथि परेको अन्धकार यस्तो हुनेछ जस्तो मानौं अन्धकारमय रातका टुक्राहरूद्वारा तिनीहरूका मुहारहरू ढपक्क ढाकिएका होऊन् । तिनीहरू नरकका बासिन्दा हुन् जहाँ तिनीहरू सदा–सर्वदा रहनेछन् ।

  28. وَيَوۡمَ نَحۡشُرُهُمۡ جَمِيعٗا ثُمَّ نَقُولُ لِلَّذِينَ أَشۡرَكُواْ مَكَانَكُمۡ أَنتُمۡ وَشُرَكَآؤُكُمۡۚ فَزَيَّلۡنَا بَيۡنَهُمۡۖ وَقَالَ شُرَكَآؤُهُم مَّا كُنتُمۡ إِيَّانَا تَعۡبُدُونَ

    Open ayah 10:28

    र, त्यसदिन हामी सबैलाई एकत्रित गर्नेछौं । अनि मुश्रिकहरूसित भन्नेछौं– “तिमीहरू र तिम्रा साझेदारहरू आ–आफ्नो स्थानमै रोकिएर रह ।” अनि तिनीहरूबीच अपरिचित्तताको पर्दा हटाइ दिनेछौं । [ ] अनि ती साझेदारहरूले भन्नेछन्– “तिमीहरू हाम्रो भक्ति त गर्दैनथ्यौ ।”

  29. فَكَفَىٰ بِٱللَّهِ شَهِيدَۢا بَيۡنَنَا وَبَيۡنَكُمۡ إِن كُنَّا عَنۡ عِبَادَتِكُمۡ لَغَٰفِلِينَ

    Open ayah 10:29

    अनि हामी र तिमीहरूबीच अल्लाह नै साक्षीको रूपमा पर्याप्त छन् । हामी तिमीहरूको भक्तिबाट एकदमै अनभिज्ञ थियौं ।”

  30. هُنَالِكَ تَبۡلُواْ كُلُّ نَفۡسٖ مَّآ أَسۡلَفَتۡۚ وَرُدُّوٓاْ إِلَى ٱللَّهِ مَوۡلَىٰهُمُ ٱلۡحَقِّۖ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ 

    Open ayah 10:30

    त्यहाँ सबैले आफूले विगतमा गरेका कार्यहरूको जाँच गर्नेछन् र तिनीहरू आफ्ना वास्तविक स्वामी अल्लाहतर्फ फर्काइनेछन् र तिनीहरूले रच्ने गरेका मिथ्याहरू हराउनेछन् ।

  31. قُلۡ مَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ أَمَّن يَمۡلِكُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَمَن يُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَيُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّ وَمَن يُدَبِّرُ ٱلۡأَمۡرَۚ فَسَيَقُولُونَ ٱللَّهُۚ فَقُلۡ أَفَلَا تَتَّقُونَ

    Open ayah 10:31

    भनिदेऊ– “तिमीहरूलाई आकाश तथा पृथ्वीबाट कसले खाद्यान्न प्रदान गर्छ ? कान तथा आँखाहरूमाथि कसको अधिकार रहेको छ ? कसले निर्जीवबाट सजीव तथा सजीवबाट निर्जीवलाई सृजना गर्छ र कसले संसारका कार्यहरू सञ्चालन गर्छ ?” तिनीहरूले तुरून्तै भन्नेछन्– “अल्लाहले !” अनि सोध– “त्यसो भए तिमीहरू किन डराउँदैनौ ?” [ ]

  32. فَذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمُ ٱلۡحَقُّۖ فَمَاذَا بَعۡدَ ٱلۡحَقِّ إِلَّا ٱلضَّلَٰلُۖ فَأَنَّىٰ تُصۡرَفُونَ

    Open ayah 10:32

    उनै अल्लाह तिमीहरूका वास्तविक पालनकर्ता हुन् । अनि सत्यपछि पथभ्रष्टताबाहेक अरू के नै बाँकी रहन्छ र ? अनि ! तिमीहरू कता फर्काइर्दैछाै?

  33. كَذَٰلِكَ حَقَّتۡ كَلِمَتُ رَبِّكَ عَلَى ٱلَّذِينَ فَسَقُوٓاْ أَنَّهُمۡ لَا يُؤۡمِنُونَ

    Open ayah 10:33

    यसरी अवज्ञाकारीहरूका बारेमा तिनीहरूले आस्था ल्याउँदैनन् भन्ने तिम्रा पालनकर्ताको वाणी सत्य प्रमाणित भयो ।

  34. قُلۡ هَلۡ مِن شُرَكَآئِكُم مَّن يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥۚ قُلِ ٱللَّهُ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥۖ فَأَنَّىٰ تُؤۡفَكُونَ

    Open ayah 10:34

    सोध, के तिम्रा साझेदारहरूमध्ये कोही यस्तो छ जसले सृष्टिको आरम्भ गरेको होस्, फेरि त्यसको पुनरावृत्ति पनि गर्न सकोस् ? भनिदेऊ– “अल्लाहले नै सृष्टिको आरम्भ गर्छन् र त्यसपछि त्यसलाई पुनः सृष्टि गर्नेछन् । अनि तिमीहरू कहाँ धाेकामा पारिदैछौ ?

  35. قُلۡ هَلۡ مِن شُرَكَآئِكُم مَّن يَهۡدِيٓ إِلَى ٱلۡحَقِّۚ قُلِ ٱللَّهُ يَهۡدِي لِلۡحَقِّۗ أَفَمَن يَهۡدِيٓ إِلَى ٱلۡحَقِّ أَحَقُّ أَن يُتَّبَعَ أَمَّن لَّا يَهِدِّيٓ إِلَّآ أَن يُهۡدَىٰۖ فَمَا لَكُمۡ كَيۡفَ تَحۡكُمُونَ

    Open ayah 10:35

    सोध– “के तिमीहरूका साझेदारहरूमध्ये कोही यस्तो पनि छ जसले सत्मार्ग देखाउन सकोस् ?” भनिदेऊ– “केवल अल्लाह सत्मार्ग देखाउँछन् ।” अनि बताऊ– “जसले सत्यको बाटो देखाउँछ त्यो बढी अनुसरण योग्य रहेको छ वा त्यो जसलाई मार्ग नदेखाउञ्जेल स्वयं मार्ग प्राप्त गर्न सक्दैन ? आखिर तिमीहरूलाई के भएको छ ? तिमीहरू कस्तो निर्णय गर्छौ ?”

  36. وَمَا يَتَّبِعُ أَكۡثَرُهُمۡ إِلَّا ظَنًّاۚ إِنَّ ٱلظَّنَّ لَا يُغۡنِي مِنَ ٱلۡحَقِّ شَيۡـًٔاۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِمَا يَفۡعَلُونَ

    Open ayah 10:36

    र, तिनीहरूमध्ये अधिकांश केवल अनुमानको पछाडी हिंड्छन् जबकि अनुमानले सत्यबाट अलिकति पनि निस्पृह गर्न सक्दैन । निस्सन्देह तिनीहरूले गरिरहेका कार्यहरूबाट अल्लाहलाई पूर्णरूपमा अवगत छ ।

  37. وَمَا كَانَ هَٰذَا ٱلۡقُرۡءَانُ أَن يُفۡتَرَىٰ مِن دُونِ ٱللَّهِ وَلَٰكِن تَصۡدِيقَ ٱلَّذِي بَيۡنَ يَدَيۡهِ وَتَفۡصِيلَ ٱلۡكِتَٰبِ لَا رَيۡبَ فِيهِ مِن رَّبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 10:37

    र, यो कुरआन अल्लाहबाहेक अन्य कसैद्वारा रचिएको होइन । बरू यो यसभन्दा अघिका ग्रन्थहरुको पुष्टि हो र ग्रन्थहरुको विस्तार हो । यसमा कुनै सन्देह छैन । यो सम्पूर्ण संसारका पालनकर्ताको तर्फबाट अवतरण गरिएको छ ।

  38. أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ فَأۡتُواْ بِسُورَةٖ مِّثۡلِهِۦ وَٱدۡعُواْ مَنِ ٱسۡتَطَعۡتُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 10:38

    के तिनीहरू यसलाई रसूलले रचेका हुन् भनेर भन्छन् ? भनिदेऊ– “यदि तिमीहरू सच्चा हाै भने यस्तै कुनै एउटा सूरह प्रस्तुत गर र यसका लागि अल्लाहबाहेक सक्दो सबैलाई बोलाऊ ।”

  39. بَلۡ كَذَّبُواْ بِمَا لَمۡ يُحِيطُواْ بِعِلۡمِهِۦ وَلَمَّا يَأۡتِهِمۡ تَأۡوِيلُهُۥۚ كَذَٰلِكَ كَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلظَّٰلِمِينَ

    Open ayah 10:39

    वास्तविकता यो हो कि तिनीहरूले ती कुराहरूलाई अस्वीकार गरे जुनबारे तिनीहरूलाई पूर्ण ज्ञान थिएन र अहिलेसम्म तिनीहरूसमक्ष त्यसको वास्तविकता पनि खुल्न सकेको छैन । यसैगरी तिनीहरूभन्दा अघिका मानिसहरूले पनि मिथ्या ठहर गरेका थिए । अनि, हेर कस्तो भयो अत्याचारीहरूको परिणाम !

  40. وَمِنۡهُم مَّن يُؤۡمِنُ بِهِۦ وَمِنۡهُم مَّن لَّا يُؤۡمِنُ بِهِۦۚ وَرَبُّكَ أَعۡلَمُ بِٱلۡمُفۡسِدِينَ 

    Open ayah 10:40

    र, तिनीहरूमध्ये केही व्यक्तिहरू यसमा आस्था राख्छन् र केही व्यक्तिहरू यसप्रति आस्था राख्दैनन् । र, तिम्रा पालनकर्ता विध्वंसकारीहरूलाई राम्ररी जान्दछन् ।

  41. وَإِن كَذَّبُوكَ فَقُل لِّي عَمَلِي وَلَكُمۡ عَمَلُكُمۡۖ أَنتُم بَرِيٓـُٔونَ مِمَّآ أَعۡمَلُ وَأَنَا۠ بَرِيٓءٞ مِّمَّا تَعۡمَلُونَ

    Open ayah 10:41

    र, यदि तिनीहरू तिमीलाई मिथ्या ठहर गर्छन् भने भनिदेऊ– “मेरोलागि मेरो कर्म र तिमीहरूकालागि तिम्रा कर्महरू छन् । मैले गरेका कार्यहरुको जवाफदेही तिमीहरूमाथि छैन, र, (त्यसरी नै) तिमीहरूका कार्यहरूको जिम्मेवारीबाट म मुक्त छु ।” [ ]

  42. وَمِنۡهُم مَّن يَسۡتَمِعُونَ إِلَيۡكَۚ أَفَأَنتَ تُسۡمِعُ ٱلصُّمَّ وَلَوۡ كَانُواْ لَا يَعۡقِلُونَ

    Open ayah 10:42

    र, तिनीहरूमध्ये केही व्यक्तिहरु तिमीतिर कान लगाएर सुन्छन् । के तिमी बहिरालाई सुनाउन सक्छौ जबकि तिनीहरू केही बुझ्दैनन् पनि?

  43. وَمِنۡهُم مَّن يَنظُرُ إِلَيۡكَۚ أَفَأَنتَ تَهۡدِي ٱلۡعُمۡيَ وَلَوۡ كَانُواْ لَا يُبۡصِرُونَ

    Open ayah 10:43

    र, तिनीहरूमध्ये केहीले तिमीतर्फ हेर्छन् । के तिमी अन्धालाई, जबकि तिनीहरूले देख्दैनन् , मार्ग देखाउन सक्छौ ?

  44. إِنَّ ٱللَّهَ لَا يَظۡلِمُ ٱلنَّاسَ شَيۡـٔٗا وَلَٰكِنَّ ٱلنَّاسَ أَنفُسَهُمۡ يَظۡلِمُونَ

    Open ayah 10:44

    निस्सन्देह अल्लाह मानिसहरूमाथि पटक्कै अत्याचार गर्दैनन्, तर मानिसहरू स्वयम् आफैंमाथि अत्याचार गर्छन् ।

  45. وَيَوۡمَ يَحۡشُرُهُمۡ كَأَن لَّمۡ يَلۡبَثُوٓاْ إِلَّا سَاعَةٗ مِّنَ ٱلنَّهَارِ يَتَعَارَفُونَ بَيۡنَهُمۡۚ قَدۡ خَسِرَ ٱلَّذِينَ كَذَّبُواْ بِلِقَآءِ ٱللَّهِ وَمَا كَانُواْ مُهۡتَدِينَ

    Open ayah 10:45

    र, त्यसदिन जब अल्लाहले तिनीहरू सबैलाई एकत्रित गर्नेछन् तब लाग्नेछ कि तिनीहरू परस्पर परिचित हुंदै (संसारमा) दिनको केही क्षणमात्र बसेकै थिए । वास्तवमा ती व्यक्तिहरू नोक्सानमा परे जसले अल्लाहसित भेटको आशा नै राखेनन् र तिनीहरू (कदापि) सत्मार्गमा थिएनन् ।

  46. وَإِمَّا نُرِيَنَّكَ بَعۡضَ ٱلَّذِي نَعِدُهُمۡ أَوۡ نَتَوَفَّيَنَّكَ فَإِلَيۡنَا مَرۡجِعُهُمۡ ثُمَّ ٱللَّهُ شَهِيدٌ عَلَىٰ مَا يَفۡعَلُونَ

    Open ayah 10:46

    र, हामी तिनीहरूलाई जुन कुराको धम्की दिइरहेका छौं, त्यसको केही अंश चाहे हामी तिमीलाई देखाऔं वा त्यस अघि नै तिमीलाई मृत्युशैयामा पुर्याऔं, तिनीहरू (काफिरहरू) हामीकहाँ नै फर्केर आउनु छ र जुन क्रियाकलाप तिनीहरू गर्दैछन् अल्लाह त्यसको साक्षी छन् ।

  47. وَلِكُلِّ أُمَّةٖ رَّسُولٞۖ فَإِذَا جَآءَ رَسُولُهُمۡ قُضِيَ بَيۡنَهُم بِٱلۡقِسۡطِ وَهُمۡ لَا يُظۡلَمُونَ

    Open ayah 10:47

    र, प्रत्येक समुदायकालागि रसूल रहेका छन् । [ ] अनि जब उनीहरूकहाँ रसूलको आगमन हुन्छ तब तिनीहरूबीच न्यायकासाथ (अास्था र अनास्थाकाे) निर्णय गरिन्छ र तिनीहरूमाथि अन्याय गरिंदैन ।

  48. وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 10:48

    र, तिनीहरू (रसूलहरूलाई) भन्छन्– “यदि तिमीहरू सच्चा हौ भने त्यो वचन कहिले पूरा हुनेछ ?

  49. قُل لَّآ أَمۡلِكُ لِنَفۡسِي ضَرّٗا وَلَا نَفۡعًا إِلَّا مَا شَآءَ ٱللَّهُۗ لِكُلِّ أُمَّةٍ أَجَلٌۚ إِذَا جَآءَ أَجَلُهُمۡ فَلَا يَسۡتَـٔۡخِرُونَ سَاعَةٗ وَلَا يَسۡتَقۡدِمُونَ

    Open ayah 10:49

    भनिदेऊ– “म आफ्नो हानि तथा लाभको पनि अधिकार राख्दिन, अँ ! अल्लाहले नै चाहेमा बेग्लै कुरा हो ।” हरेक समुदायकोलागि एउटा निर्धारित म्याद छ । जब त्यो म्याद आइपुग्छ तब तिनीहरू न एक क्षणपछि हट्न सक्नेछन् न अघि नै बढ्न सक्नेछन् ।

  50. قُلۡ أَرَءَيۡتُمۡ إِنۡ أَتَىٰكُمۡ عَذَابُهُۥ بَيَٰتًا أَوۡ نَهَارٗا مَّاذَا يَسۡتَعۡجِلُ مِنۡهُ ٱلۡمُجۡرِمُونَ 

    Open ayah 10:50

    भनिदेऊ– “के तिमीहरूले विचार गर्याै, यदि अल्लाहको प्रकोप तिमीहरूमाथि रात वा दिनमा आइदियाे भने; के याे यस्तो चिज हाे जसकोलागि अपराधीहरू हतार मच्चाउन् ?”

  51. أَثُمَّ إِذَا مَا وَقَعَ ءَامَنتُم بِهِۦٓۚ ءَآلۡـَٰٔنَ وَقَدۡ كُنتُم بِهِۦ تَسۡتَعۡجِلُونَ

    Open ayah 10:51

    के जब त्यो आइपुग्नेछ तब तिमी मान्नेछौ ? के अब ! जबकि यसकालागि तिमीहरू हतारिरहेका थियौ ?

  52. ثُمَّ قِيلَ لِلَّذِينَ ظَلَمُواْ ذُوقُواْ عَذَابَ ٱلۡخُلۡدِ هَلۡ تُجۡزَوۡنَ إِلَّا بِمَا كُنتُمۡ تَكۡسِبُونَ

    Open ayah 10:52

    फेरि अत्याचारीहरूलाई भनिनेछ– “तिमीहरू सदा रहने यातना भोग । तिमीहरूलाई तिम्रो आफ्नै कर्मको बदला प्राप्त भएको छ !”

  53. ۞وَيَسۡتَنۢبِـُٔونَكَ أَحَقٌّ هُوَۖ قُلۡ إِي وَرَبِّيٓ إِنَّهُۥ لَحَقّٞۖ وَمَآ أَنتُم بِمُعۡجِزِينَ

    Open ayah 10:53

    र, तिमीसित तिनीहरू सोध्छन्– “के त्यो (यातना) अवश्यम्भावी हो ?” भनिदेऊ– “हो, मेरा पालनकर्ताको कसम त्यो अवश्यम्भावी हो । र, तिमीहरू (त्यो अवश्यम्भावी हुनबाट) विवश पार्न सक्दैनौ । ”

  54. وَلَوۡ أَنَّ لِكُلِّ نَفۡسٖ ظَلَمَتۡ مَا فِي ٱلۡأَرۡضِ لَٱفۡتَدَتۡ بِهِۦۗ وَأَسَرُّواْ ٱلنَّدَامَةَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَۖ وَقُضِيَ بَيۡنَهُم بِٱلۡقِسۡطِ وَهُمۡ لَا يُظۡلَمُونَ

    Open ayah 10:54

    र, यदि प्रत्येक अत्याचारी व्यक्तिलाई पृथ्वीका सम्पूर्ण वस्तुहरू पनि प्राप्त हुन्छन् भने (यातनाबाट सुरक्षित हुन) ती सबै अर्थदण्डको रूपमा दिन तयार हुनेछ । र, जब तिनीहरू यातनालाई देख्नेछन्, आफ्नो लाज लुकाउनेछन् र तिनीहरूबीच न्यायकासाथ निर्णय हुनेछ अनि तिनीहरूमाथि अन्याय गरिने छैन ।

  55. أَلَآ إِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ أَلَآ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 10:55

    जानिराख ! आकाशहरू तथा पृथ्वीमा जेजति छन् अल्लाहकै हुन् । जानिराख, अल्लाहको वचन सत्य छ तर अधिकांश मानिसहरूलाई थाहा नै छैन ।

  56. هُوَ يُحۡيِۦ وَيُمِيتُ وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 10:56

    उनी नै जीवनदान गर्छन् र मृत्यु दिन्छन् र उनैतर्फ तिमीहरू सबैलाई फर्काएर लगिनेछ ।

  57. يَٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَتۡكُم مَّوۡعِظَةٞ مِّن رَّبِّكُمۡ وَشِفَآءٞ لِّمَا فِي ٱلصُّدُورِ وَهُدٗى وَرَحۡمَةٞ لِّلۡمُؤۡمِنِينَ

    Open ayah 10:57

    हे मानव हो ! तिमीहरूसमक्ष तिम्रा पालनकर्ताकोतर्फबाट उपदेश, हृदयमा भएका रोगको उपचार र मान्नेहरूकालागि मार्गदर्शन तथा दया आइपुगेको छ ।

  58. قُلۡ بِفَضۡلِ ٱللَّهِ وَبِرَحۡمَتِهِۦ فَبِذَٰلِكَ فَلۡيَفۡرَحُواْ هُوَ خَيۡرٞ مِّمَّا يَجۡمَعُونَ

    Open ayah 10:58

    भनिदेऊ– “यो अल्लाहको वरदान तथा दया (ले अवतरण गरिएको) हो । तसर्थ मानिसहरू त्यसमा प्रसन्न हुनु पर्छ । यो त्यस (धन) को तुलनामा अति उत्तम रहेको छ जुन तिनीहरू जम्मा गर्दैछन् ।

  59. قُلۡ أَرَءَيۡتُم مَّآ أَنزَلَ ٱللَّهُ لَكُم مِّن رِّزۡقٖ فَجَعَلۡتُم مِّنۡهُ حَرَامٗا وَحَلَٰلٗا قُلۡ ءَآللَّهُ أَذِنَ لَكُمۡۖ أَمۡ عَلَى ٱللَّهِ تَفۡتَرُونَ

    Open ayah 10:59

    (हे नबी स.!) सोध– “के तिमीहरूले विचार गर्यौ कि अल्लाहले तिमीहरूलाई प्रदान गरेको खाद्यान्नमध्ये तिमीहरू स्वयंले केहीलाई अवैधढ र केहीलाई वैध गरेका छौ ?” सोध–“यस्तो गर्ने अनुमति के अल्लाहले तिमीहरूलाई दिएका छन् ? वा तिमीहरू अल्लाहमाथि मिथ्यारोपण गर्छौ ?” [ ]

  60. وَمَا ظَنُّ ٱلَّذِينَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ إِنَّ ٱللَّهَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَشۡكُرُونَ 

    Open ayah 10:60

    अल्लाहमाथि मिथ्यारोपण गर्नेहरूको धारणा महाप्रलयकाे दिन (अाफूबारे) के हुनेछ ? अल्लाह मानिसहरूप्रति कृपा–दृष्टि राख्दछन्, तर अधिकांश मानिस अल्लाहप्रति कृतज्ञ छैनन् ।

  61. وَمَا تَكُونُ فِي شَأۡنٖ وَمَا تَتۡلُواْ مِنۡهُ مِن قُرۡءَانٖ وَلَا تَعۡمَلُونَ مِنۡ عَمَلٍ إِلَّا كُنَّا عَلَيۡكُمۡ شُهُودًا إِذۡ تُفِيضُونَ فِيهِۚ وَمَا يَعۡزُبُ عَن رَّبِّكَ مِن مِّثۡقَالِ ذَرَّةٖ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِ وَلَآ أَصۡغَرَ مِن ذَٰلِكَ وَلَآ أَكۡبَرَ إِلَّا فِي كِتَٰبٖ مُّبِينٍ

    Open ayah 10:61

    अनि, (हे नबी स.!) तिमी जुन अवस्थामा रहने गर्छौ र कुरआनबाट जे पनि पढ्छौ र (हे मानव !) तिमीहरू जुन कार्य पनि गर्छौ, हामी ती सबै देख्छौं जब तिमीहरू त्यसमा मग्न हुन्छौ । कुनै रत्ति बराबरको चिज आकाश तथा जमीनमा छैन, न सानो र न त्योभन्दा ठूलो जुन तिम्रा पालनकर्ताको दृष्टिबाट ओझेलमा होस् र एक स्पष्ट पुस्तकमा अंकित नहोस् ।

  62. أَلَآ إِنَّ أَوۡلِيَآءَ ٱللَّهِ لَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ

    Open ayah 10:62

    जानिराख ! अल्लाहका मित्रहरू न डराउँछन् न दुःखित नै हुन्छन्।

  63. ٱلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ

    Open ayah 10:63

    जसले ईमान ल्याए र ईशपरायणताको नीति अपनाइराखे ।

  64. لَهُمُ ٱلۡبُشۡرَىٰ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَفِي ٱلۡأٓخِرَةِۚ لَا تَبۡدِيلَ لِكَلِمَٰتِ ٱللَّهِۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ

    Open ayah 10:64

    उनीहरूकालागि सांसारिक जीवनमा र परलोकमा पनि शुभ–सूचनाहरू छन् । अल्लाहको महावाणीमा कुनै फेरबदल हुने छैन । र, निश्चय नै यही महान सफलता हो ।

  65. وَلَا يَحۡزُنكَ قَوۡلُهُمۡۘ إِنَّ ٱلۡعِزَّةَ لِلَّهِ جَمِيعًاۚ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 10:65

    तिनीहरूका दुर्वचनले तिमीलाई दुःखित नतुल्याओस् । वास्तवमा सम्पूर्ण सम्मान अल्लाहकैनिम्ति हुन् । उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  66. أَلَآ إِنَّ لِلَّهِ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِۗ وَمَا يَتَّبِعُ ٱلَّذِينَ يَدۡعُونَ مِن دُونِ ٱللَّهِ شُرَكَآءَۚ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَإِنۡ هُمۡ إِلَّا يَخۡرُصُونَ

    Open ayah 10:66

    जानिराख ! जुन प्राणीहरू आकाशहरू एवं पृथ्वीमा छन् सबै अल्लाहका हुन् र जसले अल्लाहबाहेक (अरू) साझेदारहरूलाई पुकार्छन् तिनीहरू कुन चिजको अनुसरण गर्दैछन् ? तिनीहरू केवल कल्पनाको अनुसरण गर्दैछन् र तिनीहरू अडकलबाजी मात्र गर्दैछन् ।

  67. هُوَ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلَّيۡلَ لِتَسۡكُنُواْ فِيهِ وَٱلنَّهَارَ مُبۡصِرًاۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَسۡمَعُونَ

    Open ayah 10:67

    उनै हुन् जसले तिमीहरूकालागि रात (लाई अंध्याराे) बनाए ताकि त्यसमा तिमीहरू आराम गर र दिनलाई उज्यालो बनाए (ताकि जिविकाेपार्जन गर्नसक)। निस्सन्देह सुन्ने व्यक्तिहरूकालागि त्यसमा निशानीहरू छन् ।

  68. قَالُواْ ٱتَّخَذَ ٱللَّهُ وَلَدٗاۗ سُبۡحَٰنَهُۥۖ هُوَ ٱلۡغَنِيُّۖ لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ إِنۡ عِندَكُم مِّن سُلۡطَٰنِۭ بِهَٰذَآۚ أَتَقُولُونَ عَلَى ٱللَّهِ مَا لَا تَعۡلَمُونَ

    Open ayah 10:68

    उनीहरू भन्छन्– “अल्लाहले एउटा पुत्र ग्रहण गरेका छन् ।” उनी त (यसबाट) पवित्र छन् । उनी आत्मनिर्भर छन् । आकाशहरू एवं पृथ्वीमा जेजति छन् उनैका हुन् । यसकालागि तिमीहरूसित कुनै प्रमाण छैन । के तिमीहरु अल्लाहविरुद्ध त्यो कुरा गर्छौ जसबारे तिमीहरूलाई कुनै ज्ञान नै छैन ।

  69. قُلۡ إِنَّ ٱلَّذِينَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ لَا يُفۡلِحُونَ

    Open ayah 10:69

    भनिदेऊ– “जुन व्यक्तिहरू अल्लाहमाथि मिथ्यारोपण गर्छन् तिनीहरू कदापि सफल हुने छैनन् ।”

  70. مَتَٰعٞ فِي ٱلدُّنۡيَا ثُمَّ إِلَيۡنَا مَرۡجِعُهُمۡ ثُمَّ نُذِيقُهُمُ ٱلۡعَذَابَ ٱلشَّدِيدَ بِمَا كَانُواْ يَكۡفُرُونَ 

    Open ayah 10:70

    यो संसारको क्षणिक मोजमस्ती हो, यसपछि तिनीहरू हामीतर्फ नै फर्कनु पर्नेछ । अनि तिनीहरूको कुफ्रले गर्दा हामी कठोर दण्ड दिनेछौं ।

  71. ۞وَٱتۡلُ عَلَيۡهِمۡ نَبَأَ نُوحٍ إِذۡ قَالَ لِقَوۡمِهِۦ يَٰقَوۡمِ إِن كَانَ كَبُرَ عَلَيۡكُم مَّقَامِي وَتَذۡكِيرِي بِـَٔايَٰتِ ٱللَّهِ فَعَلَى ٱللَّهِ تَوَكَّلۡتُ فَأَجۡمِعُوٓاْ أَمۡرَكُمۡ وَشُرَكَآءَكُمۡ ثُمَّ لَا يَكُنۡ أَمۡرُكُمۡ عَلَيۡكُمۡ غُمَّةٗ ثُمَّ ٱقۡضُوٓاْ إِلَيَّ وَلَا تُنظِرُونِ

    Open ayah 10:71

    र, तिनीहरूलाई नूहको वृत्तान्त सुनाऊ । जब उनले आफ्ना जातिका मानिसहरूलाई भनेका थिए– “हे जाति–बन्धुहरू हो ! यदि तिमीहरूलाई मेरो बसाँई र मेरा अल्लाहका आयतहरूद्वारा उपदेश दिनु कष्टपूर्ण लागिरहेकोछ भने, (जानीराख) म त अल्लाहमाथि भरोसा गरेकाे छू । अतः तिमीहरू आफ्ना साझेदारहरूसँग मिलेर सर्वमान्य योजना बनाऊ र त्यसको कुनै पनि पक्ष अन्योलमा नरहोस् । फेरि त्यसलाई मेरोविरुद्ध लागू गरिहाल, र मलाई अलिकति पनि अवसर नदेऊ ।”

  72. فَإِن تَوَلَّيۡتُمۡ فَمَا سَأَلۡتُكُم مِّنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱللَّهِۖ وَأُمِرۡتُ أَنۡ أَكُونَ مِنَ ٱلۡمُسۡلِمِينَ

    Open ayah 10:72

    यदि तिमीहरू विमुख हुन्छौ भने (जािन्राख) मैले तिमीहरूसित कुनै प्रतिदान त मागेको छैन । मेरो प्रतिदान त केवल अल्लाहकहाँ रहेको छ र मलाई आज्ञाकारीहरूमध्ये बन्ने हुकुम भएको छ ।”

  73. فَكَذَّبُوهُ فَنَجَّيۡنَٰهُ وَمَن مَّعَهُۥ فِي ٱلۡفُلۡكِ وَجَعَلۡنَٰهُمۡ خَلَٰٓئِفَ وَأَغۡرَقۡنَا ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَاۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُنذَرِينَ

    Open ayah 10:73

    तर, तिनीहरूले उनलाई मिथ्या ठहर गरे । अतः हामीले नूह एवं डुङ्गामा रहेका उनका साथीहरूलाई बचायौं र उनीहरूलाई नै पृथ्वीका उत्तराधिकारी बनायौं र ती सबै व्यक्तिहरूलाई हामीले डुबाइदियौं जसले हाम्रा अायतहरूलाई असत्य ठहर गरेका थिए । अनि हेर कस्तो परिणाम भयो ती (ईमान नल्याउने) व्यक्तिहरूको जो सचेत गरिएका थिए ।

  74. ثُمَّ بَعَثۡنَا مِنۢ بَعۡدِهِۦ رُسُلًا إِلَىٰ قَوۡمِهِمۡ فَجَآءُوهُم بِٱلۡبَيِّنَٰتِ فَمَا كَانُواْ لِيُؤۡمِنُواْ بِمَا كَذَّبُواْ بِهِۦ مِن قَبۡلُۚ كَذَٰلِكَ نَطۡبَعُ عَلَىٰ قُلُوبِ ٱلۡمُعۡتَدِينَ

    Open ayah 10:74

    फेरि उनी (नूह) पछि हामीले अन्य रसूलहरूलाई तिनीहरुका समुदायहरूतर्फ पठायौं । अनि उनीहरू स्पष्ट निशानीहरूसाथ तिनीहरूसमक्ष गए तर तिनीहरू पनि त्यस कुरामाथि ईमान ल्याउनेवाला थिएनन् जसलाई अघिका मानिसहरूले नकारेका थिए । हामी यसरी नै सीमा उल्लङ्घनकारीहरूका मन–मस्तिष्कमाथि सिल लगाइदिन्छौं ।

  75. ثُمَّ بَعَثۡنَا مِنۢ بَعۡدِهِم مُّوسَىٰ وَهَٰرُونَ إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ بِـَٔايَٰتِنَا فَٱسۡتَكۡبَرُواْ وَكَانُواْ قَوۡمٗا مُّجۡرِمِينَ

    Open ayah 10:75

    फेरि उनीहरू पश्चात् हामीले मूसा तथा हारूनलाई आफ्ना निशानीहरूसाथ फिरऔन एवं उनका भारदारहरूसमक्ष पठायौं अनि तिनीहरूले घमण्ड गरे र तिनीहरू त अपराधी समूदाय नै थिए ।

  76. فَلَمَّا جَآءَهُمُ ٱلۡحَقُّ مِنۡ عِندِنَا قَالُوٓاْ إِنَّ هَٰذَا لَسِحۡرٞ مُّبِينٞ

    Open ayah 10:76

    अनि जब तिनीहरूसमक्ष हाम्रोतर्फबाट सत्य पुग्यो तब तिनीहरूले भने– “निश्चय नै यो एउटा स्पष्ट जादू हो ।”

  77. قَالَ مُوسَىٰٓ أَتَقُولُونَ لِلۡحَقِّ لَمَّا جَآءَكُمۡۖ أَسِحۡرٌ هَٰذَا وَلَا يُفۡلِحُ ٱلسَّٰحِرُونَ

    Open ayah 10:77

    मूसाले भने– “के जब तिमीहरूसमक्ष सत्यको आगमन भइसकेको छ तब तिमीहरू (त्यसको बारेमा) यस्तो कुरा भन्छौ ? के यो जादू हो ?” जबकि जादूगरहरू कहिल्यै सफल हुन सक्दैनन् ।”

  78. قَالُوٓاْ أَجِئۡتَنَا لِتَلۡفِتَنَا عَمَّا وَجَدۡنَا عَلَيۡهِ ءَابَآءَنَا وَتَكُونَ لَكُمَا ٱلۡكِبۡرِيَآءُ فِي ٱلۡأَرۡضِ وَمَا نَحۡنُ لَكُمَا بِمُؤۡمِنِينَ

    Open ayah 10:78

    तिनीहरूले भने– “के तिमी हामीकहाँ यस कारणले आएका छौ कि तिमी हामीलाई त्यस मार्गबाट विमुख पार जसमा हामीले आफ्ना पूर्वजहरूलाई पाएका छौं र पृथ्वीमा तिमीहरू दुवैको मपाईँ कायम होस् ? र, हामी तिमीहरू दुवैलाई कहिल्यै मान्ने छैनौं ।”

  79. وَقَالَ فِرۡعَوۡنُ ٱئۡتُونِي بِكُلِّ سَٰحِرٍ عَلِيمٖ

    Open ayah 10:79

    र, फिरऔनले भन्यो– “हरेक जानकार जादूगरलाई मसमक्ष उपस्थित गराऊ ।”

  80. فَلَمَّا جَآءَ ٱلسَّحَرَةُ قَالَ لَهُم مُّوسَىٰٓ أَلۡقُواْ مَآ أَنتُم مُّلۡقُونَ 

    Open ayah 10:80

    जब जादूगरहरू आए तब मूसाले तिनीहरूलाई भने–“जुन वस्तु तिमीहरूले फ्याँक्नुछ फ्याँक ।”

  81. فَلَمَّآ أَلۡقَوۡاْ قَالَ مُوسَىٰ مَا جِئۡتُم بِهِ ٱلسِّحۡرُۖ إِنَّ ٱللَّهَ سَيُبۡطِلُهُۥٓ إِنَّ ٱللَّهَ لَا يُصۡلِحُ عَمَلَ ٱلۡمُفۡسِدِينَ

    Open ayah 10:81

    जब तिनीहरूले वस्तु फ्याँके तब मूसाले भने– “यो जुन तिमीहरूले ल्याएका छौ त्यो जादू हो । निश्चय नै अल्लाहले त्यसलाई व्यर्थ तुल्याउनेछन् । अल्लाहले विध्वंसकारीहरूको कार्यलाई सफल पार्दैनन् ।”

  82. وَيُحِقُّ ٱللَّهُ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦ وَلَوۡ كَرِهَ ٱلۡمُجۡرِمُونَ

    Open ayah 10:82

    र, अल्लाहले आफ्नो आदेशहरूद्वारा सत्यलाई सत्य साबित गरिदिन्छन् चाहे अपराधीहरूले कत्ति पनि मन नपराऊन् ।

  83. فَمَآ ءَامَنَ لِمُوسَىٰٓ إِلَّا ذُرِّيَّةٞ مِّن قَوۡمِهِۦ عَلَىٰ خَوۡفٖ مِّن فِرۡعَوۡنَ وَمَلَإِيْهِمۡ أَن يَفۡتِنَهُمۡۚ وَإِنَّ فِرۡعَوۡنَ لَعَالٖ فِي ٱلۡأَرۡضِ وَإِنَّهُۥ لَمِنَ ٱلۡمُسۡرِفِينَ

    Open ayah 10:83

    अनि मूसामाथि उनका समुदायका केही सदस्यहरूबाहेक अन्य कसैले फिरऔनको डरले र आफ्नै अधिकारीहरूको डरले ईमान ल्याएनन् कि कदाचित फिरऔनले तिनीहरूलाई कुनै सङ्कटमा पारोस् किनभने फिरऔनलाई त्यस देशमा प्रभुत्व प्राप्त थियो र ऊ सीमा उल्लङ्घनकारीहरूमध्येको थियो ।

  84. وَقَالَ مُوسَىٰ يَٰقَوۡمِ إِن كُنتُمۡ ءَامَنتُم بِٱللَّهِ فَعَلَيۡهِ تَوَكَّلُوٓاْ إِن كُنتُم مُّسۡلِمِينَ

    Open ayah 10:84

    र, मूसाले भने– “हे मेरो समूदायका मानिसहरु हो ! यदि तिमीहरू अल्लाहमाथि ईमान राख्छौ भने उनैमाथि भरोसा राख यदि तिमीहरू आज्ञाकारी हौ भने ।”

  85. فَقَالُواْ عَلَى ٱللَّهِ تَوَكَّلۡنَا رَبَّنَا لَا تَجۡعَلۡنَا فِتۡنَةٗ لِّلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 10:85

    अनि उनीहरूले भने– “हामीहरूले अल्लाहमाथि नै भरोसा गर्यौं । हे हाम्रा पालनकर्ता ! हामीलाई अत्याचारी व्यक्तिहरूकालागि परीक्षाको साधन नबनाऊ ।

  86. وَنَجِّنَا بِرَحۡمَتِكَ مِنَ ٱلۡقَوۡمِ ٱلۡكَٰفِرِينَ

    Open ayah 10:86

    र, हामीलाई आफ्नो कृपाद्वारा काफिरहरूबाट मुक्त गर ।

  87. وَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰ وَأَخِيهِ أَن تَبَوَّءَا لِقَوۡمِكُمَا بِمِصۡرَ بُيُوتٗا وَٱجۡعَلُواْ بُيُوتَكُمۡ قِبۡلَةٗ وَأَقِيمُواْ ٱلصَّلَوٰةَۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 10:87

    र, हामीले मूसा तथा उनका भाईमाथि प्रकाशना अवतरित गर्यौं कि तिमीहरू मिस्रमा आफ्ना मानिसहरूकानिम्ति घर बनाऊ र आफ्ना घरहरूलाई किब्ला (मस्जिद) बनाऊ अनि नमाज कायम गर [ ] र आस्थावानहरूलाई शुभ–सूचना देऊ ।”

  88. وَقَالَ مُوسَىٰ رَبَّنَآ إِنَّكَ ءَاتَيۡتَ فِرۡعَوۡنَ وَمَلَأَهُۥ زِينَةٗ وَأَمۡوَٰلٗا فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا رَبَّنَا لِيُضِلُّواْ عَن سَبِيلِكَۖ رَبَّنَا ٱطۡمِسۡ عَلَىٰٓ أَمۡوَٰلِهِمۡ وَٱشۡدُدۡ عَلَىٰ قُلُوبِهِمۡ فَلَا يُؤۡمِنُواْ حَتَّىٰ يَرَوُاْ ٱلۡعَذَابَ ٱلۡأَلِيمَ

    Open ayah 10:88

    र, मूसाले प्रार्थना गरे– “हे हाम्रा पालनकर्ता ! तिमीले फिरऔन तथा उसका भारदारहरूलाई सांसारिक जीवनमा सुन्दरता तथा धनसम्पत्ति प्रदान गरेका छौ । हे पालनकर्ता ! के यस कारणले तिनीहरूले मानिसहरूलाई तिम्रो मार्गबाट पथभ्रष्ट पारून् ? हे हाम्रा पालनकर्ता ! तिनीहरूका धनसम्पत्ति नष्ट गर र तिनीहरूको हृदयलाई कठोर पार ताकि तिनीहरू दुःखदायी यातना नदेखुञ्जेल ईमान नल्याऊन् ।” [ ]

  89. قَالَ قَدۡ أُجِيبَت دَّعۡوَتُكُمَا فَٱسۡتَقِيمَا وَلَا تَتَّبِعَآنِّ سَبِيلَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ

    Open ayah 10:89

    अल्लाहले भने– “तिमी दुवैको प्रार्थना स्वीकार गरियो । र, तिमीहरु दुवैजना आ–आफ्नो कदम जमाइराख । र, अज्ञानीहरूको मार्गको कदापि अनुसरण नगर ।”

  90. ۞وَجَٰوَزۡنَا بِبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱلۡبَحۡرَ فَأَتۡبَعَهُمۡ فِرۡعَوۡنُ وَجُنُودُهُۥ بَغۡيٗا وَعَدۡوًاۖ حَتَّىٰٓ إِذَآ أَدۡرَكَهُ ٱلۡغَرَقُ قَالَ ءَامَنتُ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا ٱلَّذِيٓ ءَامَنَتۡ بِهِۦ بَنُوٓاْ إِسۡرَٰٓءِيلَ وَأَنَا۠ مِنَ ٱلۡمُسۡلِمِينَ 

    Open ayah 10:90

    अनि, हामीले इसराईलका सन्तानहरूलाई समुद्र पार गरायौं र फिरऔन तथा उसका सैनिकहरूले अत्याचार तथा ज्याजति गर्ने ध्येयले तिनीहरूको पीछा गरे यहाँसम्म कि जब फिरऔन डुब्न लाग्यो तब उसले भन्यो– “मैले ईमान ल्याएँ त्यस (अल्लाह) माथि जसमाथि इसराईलका सन्तानहरूले ईमान ल्याएका छन्; उनीबाहेक कोही उपास्य छैन र म आज्ञाकारीहरूमध्येको हुँ ।”

  91. ءَآلۡـَٰٔنَ وَقَدۡ عَصَيۡتَ قَبۡلُ وَكُنتَ مِنَ ٱلۡمُفۡسِدِينَ

    Open ayah 10:91

    के अब ? जबकि यसअघि तिमी अवज्ञाकारी थियौ र विध्वंसकारीहरूमध्येका थियौ ?”

  92. فَٱلۡيَوۡمَ نُنَجِّيكَ بِبَدَنِكَ لِتَكُونَ لِمَنۡ خَلۡفَكَ ءَايَةٗۚ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلنَّاسِ عَنۡ ءَايَٰتِنَا لَغَٰفِلُونَ

    Open ayah 10:92

    अनि आज हामी तिम्रो शवलाई बचाउनेछौं ताकि तिमी आफूपछि आउनेहरूकालागि निशानी बन र निश्चय नै धेरै मानिसहरू हाम्रा निशानीहरूबाट विमुख छन् ।

  93. وَلَقَدۡ بَوَّأۡنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ مُبَوَّأَ صِدۡقٖ وَرَزَقۡنَٰهُم مِّنَ ٱلطَّيِّبَٰتِ فَمَا ٱخۡتَلَفُواْ حَتَّىٰ جَآءَهُمُ ٱلۡعِلۡمُۚ إِنَّ رَبَّكَ يَقۡضِي بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 10:93

    हामीले इस्राईलका सन्तानहरूलाई धेरै राम्रो बासस्थान तथा पवित्र खाद्यान्न प्रदान गर्यौं तर तिनीहरूले ज्ञान प्राप्त भएपनि मतभेद गरे । जुन कुरामा तिनीहरू मतभेद गर्दैछन् त्यसबारे तिम्रा पालनकर्ताले महाप्रलयको दिन अवश्य नै निर्णय गर्नेछन् ।

  94. فَإِن كُنتَ فِي شَكّٖ مِّمَّآ أَنزَلۡنَآ إِلَيۡكَ فَسۡـَٔلِ ٱلَّذِينَ يَقۡرَءُونَ ٱلۡكِتَٰبَ مِن قَبۡلِكَۚ لَقَدۡ جَآءَكَ ٱلۡحَقُّ مِن رَّبِّكَ فَلَا تَكُونَنَّ مِنَ ٱلۡمُمۡتَرِينَ

    Open ayah 10:94

    र, यदि तिमीलाई हामीले अवतरण गरेको (ग्रन्थ) प्रति कुनै शङ्का छ भने जुन व्यक्तिहरू तिमीभन्दा अघिका ग्रन्थहरू पढ्छन् तिनीहरूलाई सोध । वास्तवमा यो तिमीसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट सत्य नै आइपुगेको छ । र तिमी कदापि सन्देह गर्नेहरूमध्ये नबन ।

  95. وَلَا تَكُونَنَّ مِنَ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِ ٱللَّهِ فَتَكُونَ مِنَ ٱلۡخَٰسِرِينَ

    Open ayah 10:95

    न ती व्यक्तिहरूमध्ये बन जसले अल्लाहका आयतहरूलाई असत्य ठहर गरे । अन्यथा तिमी घाटाग्रस्त मानिसहरूमध्ये बन्नेछौ ।

  96. إِنَّ ٱلَّذِينَ حَقَّتۡ عَلَيۡهِمۡ كَلِمَتُ رَبِّكَ لَا يُؤۡمِنُونَ

    Open ayah 10:96

    निस्सन्देह जुन मानिसहरूमाथि तिम्रा पालनकर्ताको वचन सिद्ध भइसकेको छ तिनीहरूले ईमान ल्याउने छैनन् ।

  97. وَلَوۡ جَآءَتۡهُمۡ كُلُّ ءَايَةٍ حَتَّىٰ يَرَوُاْ ٱلۡعَذَابَ ٱلۡأَلِيمَ

    Open ayah 10:97

    यद्धपि तिनीहरूसमक्ष सबै प्रकारका निशानीहरू आइपुगून्, यहाँसम्म कि तिनीहरूले दुखदायी यातना देखून् ।

  98. فَلَوۡلَا كَانَتۡ قَرۡيَةٌ ءَامَنَتۡ فَنَفَعَهَآ إِيمَٰنُهَآ إِلَّا قَوۡمَ يُونُسَ لَمَّآ ءَامَنُواْ كَشَفۡنَا عَنۡهُمۡ عَذَابَ ٱلۡخِزۡيِ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَمَتَّعۡنَٰهُمۡ إِلَىٰ حِينٖ

    Open ayah 10:98

    अनि के कुनै यस्तो नगर छ जसले (यातना देखेर) ईमान ल्याएको होस् र उसको ईमान उसकालागि लाभप्रद सिद्ध भएको होस् ? सिवाय यूनुसका समुदायको। जब तिनीहरूले ईमान ल्याए तब हामीले सांसारिक जीवनमा तिनीहरूबाट अपमानजनक यातना हटाइदियौं र एक अवधिसम्म सांसारिक लाभ उठाउने अवसर प्रदान गर्यौं । [ ]

  99. وَلَوۡ شَآءَ رَبُّكَ لَأٓمَنَ مَن فِي ٱلۡأَرۡضِ كُلُّهُمۡ جَمِيعًاۚ أَفَأَنتَ تُكۡرِهُ ٱلنَّاسَ حَتَّىٰ يَكُونُواْ مُؤۡمِنِينَ

    Open ayah 10:99

    र, यदि तिम्रा रबले चाहेको भए पृथ्वीमा बस्ने सबै मानिसहरूले ईमान ल्याउने थिए । अनि के तिमी मानिसहरूलाई आस्थावान बन्न बाध्य पार्नेछाै त ?

  100. وَمَا كَانَ لِنَفۡسٍ أَن تُؤۡمِنَ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَيَجۡعَلُ ٱلرِّجۡسَ عَلَى ٱلَّذِينَ لَا يَعۡقِلُونَ 

    Open ayah 10:100

    र कुनै पनि व्यक्तिकोलागि अल्लाहको अनुमतिबिना ईमान ल्याउन सम्भव छैन, र अल्लाहले जुन व्यक्तिहरू बुद्धिले काम लिँदैनन् तिनीहरूमाथि (कुफ्र र शिर्कको) फोहोर थुपारिदिन्छन् ।

  101. قُلِ ٱنظُرُواْ مَاذَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَمَا تُغۡنِي ٱلۡأٓيَٰتُ وَٱلنُّذُرُ عَن قَوۡمٖ لَّا يُؤۡمِنُونَ 

    Open ayah 10:101

    भनिदेऊ– “ध्यानपूर्वक हेर, आकाशहरू तथा पृथ्वीमा के के छन् ।” तर जुन व्यक्तिहरू ईमान ल्याउँदैनन् तिनीहरूलाई निशानीहरू तथा चेतावनीहरूले पनि कुनै फाइदा पुर्याउँदैन ।

  102. فَهَلۡ يَنتَظِرُونَ إِلَّا مِثۡلَ أَيَّامِ ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلِهِمۡۚ قُلۡ فَٱنتَظِرُوٓاْ إِنِّي مَعَكُم مِّنَ ٱلۡمُنتَظِرِينَ 

    Open ayah 10:102

    तिनीहरू त्यस्तै दिनहरूको प्रतीक्षा गरिरहेका छन् जस्तो तिनीहरूभन्दा पहिले बितेका व्यक्तिहरूले भोगे । भनिदेऊ– “तिमीहरू प्रतीक्षा गर, म पनि तिमीहरूसँगै प्रतीक्षा गर्छु ।”

  103. ثُمَّ نُنَجِّي رُسُلَنَا وَٱلَّذِينَ ءَامَنُواْۚ كَذَٰلِكَ حَقًّا عَلَيۡنَا نُنجِ ٱلۡمُؤۡمِنِينَ 

    Open ayah 10:103

    अनि हामी आफ्ना रसूल तथा आस्थावानहरूलाई (यस्ता समयमा) सुरक्षा प्रदान गर्छौं । यसरी आस्थावानहरूलाई सुरक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।

  104. قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِن كُنتُمۡ فِي شَكّٖ مِّن دِينِي فَلَآ أَعۡبُدُ ٱلَّذِينَ تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ وَلَٰكِنۡ أَعۡبُدُ ٱللَّهَ ٱلَّذِي يَتَوَفَّىٰكُمۡۖ وَأُمِرۡتُ أَنۡ أَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ 

    Open ayah 10:104

    (हे सन्देष्टा !) भनिदेऊ– “हे मनुष्यहरु हो ! यदि तिमीहरूलाई मेरो धर्ममा कुनै किसिमको सन्देह छ भने (सुनिराख) तिमीहरू अल्लाहबाहेक जसको उपासना गर्छौ म चाहिँ त्यसको उपासना गर्दिनँ । म त्यस अल्लाहको उपासना गर्छु जसले तिमीहरूलाई मृत्यु दिन्छन् । र, मलाई आस्थावानहरूसंगै रहने आदेश भएको छ ।”

  105. وَأَنۡ أَقِمۡ وَجۡهَكَ لِلدِّينِ حَنِيفٗا وَلَا تَكُونَنَّ مِنَ ٱلۡمُشۡرِكِينَ 

    Open ayah 10:105

    अनि यो कि तिमी एकाग्र भई स्वयंलाई (यस) धर्मकोलागि समर्पित गर र कदापि बहुदेववादीहरूमध्ये नबन ।

  106. وَلَا تَدۡعُ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُكَ وَلَا يَضُرُّكَۖ فَإِن فَعَلۡتَ فَإِنَّكَ إِذٗا مِّنَ ٱلظَّٰلِمِينَ 

    Open ayah 10:106

    र, अल्लाहलाई छोडी अन्य कसैलाई नपुकार जसले न तिम्रो भलाई गर्न सक्छ न हानि नै । यदि तिमीले त्यस्तो गर्यौ भने तिमी निश्चय नै अत्याचारी व्यक्तिहरूमध्ये हुनेछौ ।

  107. وَإِن يَمۡسَسۡكَ ٱللَّهُ بِضُرّٖ فَلَا كَاشِفَ لَهُۥٓ إِلَّا هُوَۖ وَإِن يُرِدۡكَ بِخَيۡرٖ فَلَا رَآدَّ لِفَضۡلِهِۦۚ يُصِيبُ بِهِۦ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۚ وَهُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ 

    Open ayah 10:107

    अनि, यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछन् भने उनीबाहेक कसैले त्यसको निवारण गर्न सक्ने छैन र यदि उनी तिम्रो भलाई चाहन्छन् भने उनको उदार कृपालाई कसैले फर्काउन सक्ने छैन । आफ्ना भक्तहरूमध्ये उनले जसलाई चाहन्छन् अनुग्रह प्रदान गर्छन्, र, उनी अति क्षमाशील एवं परम दयालु छन् ।

  108. قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ قَدۡ جَآءَكُمُ ٱلۡحَقُّ مِن رَّبِّكُمۡۖ فَمَنِ ٱهۡتَدَىٰ فَإِنَّمَا يَهۡتَدِي لِنَفۡسِهِۦۖ وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيۡهَاۖ وَمَآ أَنَا۠ عَلَيۡكُم بِوَكِيلٖ 

    Open ayah 10:108

    भनिदेऊ– “हे मानव हो ! तिमीहरूसमक्ष तिम्रा रबको तर्फबाट सत्य आइपुगेको छ । अनि जसले मार्गदर्शनको अुनसरण गर्छ उसले आफ्नै हित गर्छ र जसले पथभ्रष्टता अपनाउँछ उसले आफ्नै हानि गर्छ । र, म तिमीहरूमाथि हवलदार होइन ।”

  109. وَٱتَّبِعۡ مَا يُوحَىٰٓ إِلَيۡكَ وَٱصۡبِرۡ حَتَّىٰ يَحۡكُمَ ٱللَّهُۚ وَهُوَ خَيۡرُ ٱلۡحَٰكِمِينَ 

    Open ayah 10:109

    (हे सन्देष्टा !) तिमीलाई जुन आदेश (वह्यस्वरूप) पठाइन्छ त्यसको अनुसरण गर्दै जाऊ, र अल्लाहको फैसला नआउन्जेल धैर्यधारण गर । र, उनी सर्वोत्कृष्ट निर्णायक हुन् ।