هود

Hud

Hud · Surah 11 · Ayahs: 123 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓرۚ كِتَٰبٌ أُحۡكِمَتۡ ءَايَٰتُهُۥ ثُمَّ فُصِّلَتۡ مِن لَّدُنۡ حَكِيمٍ خَبِيرٍ

    Open ayah 11:1

    अलिफ० लाम० रा० । यो त्यो ग्रन्थ हो जसका आयतहरू सुदृढ पारिएका छन् र तत्वदर्शी एवं परमज्ञाताको तर्फबाट सविस्तारका साथ बयान गरिएका छन् ,

  2. أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَۚ إِنَّنِي لَكُم مِّنۡهُ نَذِيرٞ وَبَشِيرٞ

    Open ayah 11:2

    कि अल्लाहबाहेक कसैको उपासना नगर र म तिमीहरूकाेलागि उनको तर्फबाट सचेतक एवं शुभसूचक हुँ ।

  3. وَأَنِ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِ يُمَتِّعۡكُم مَّتَٰعًا حَسَنًا إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى وَيُؤۡتِ كُلَّ ذِي فَضۡلٖ فَضۡلَهُۥۖ وَإِن تَوَلَّوۡاْ فَإِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٖ كَبِيرٍ

    Open ayah 11:3

    र, यो कि आफ्ना पालनकर्तासित क्षमायाचना गर र उनीतर्फ फर्क ताकि उनले तिमीहरूलाई एक निश्चित अवधिसम्म राम्रो जीवन सामग्री प्रदान गरून् र प्रत्येक उच्च व्यक्तिलाई उसको उच्चता प्रदान गरून् ।[ ] र, यदि तिमीहरू विमुख हुन्छौ भने म तिमीहरूको विषयमा एउटा ठूलो दिनको यातनाबाट डराउँछु ।

  4. إِلَى ٱللَّهِ مَرۡجِعُكُمۡۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ

    Open ayah 11:4

    तिमीहरू अल्लाहतर्फ नै फर्केर जानु छ, र, उनी हरेक वस्तुको सामर्थ्य राख्दछन् ।

  5. أَلَآ إِنَّهُمۡ يَثۡنُونَ صُدُورَهُمۡ لِيَسۡتَخۡفُواْ مِنۡهُۚ أَلَا حِينَ يَسۡتَغۡشُونَ ثِيَابَهُمۡ يَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 11:5

    हेर, तिनीहरू आफ्ना छातिहरूलाई दोब्बर पार्दछन् ताकि आफूलाई अल्लाहबाट लुकाउन सकून् । जानिराख जब तिनीहरू आफूलाई वस्त्रभित्र ढाक्छन् त्यसबेला पनि अल्लाह तिनीहरूले लुकाएका वा प्रकट गरेका कुराहरूलाई जान्दछन् । निस्सन्देह उनी हृदयका भेदहरूलाई पनि राम्रररी जान्दछन् ।

  6. ۞وَمَا مِن دَآبَّةٖ فِي ٱلۡأَرۡضِ إِلَّا عَلَى ٱللَّهِ رِزۡقُهَا وَيَعۡلَمُ مُسۡتَقَرَّهَا وَمُسۡتَوۡدَعَهَاۚ كُلّٞ فِي كِتَٰبٖ مُّبِينٖ

    Open ayah 11:6

    अनि, धर्तीमा हिंडडुल गर्ने कुनै यस्तो प्राणी छैन जसको जीविकाको भार अल्लाहमाथि नहोस् र उनी तिनीहरुको बासस्थानलाई जान्दछन् र मृत्युपछि सुम्पिने स्थानलाई पनि । यी सबै कुराहरू स्पष्ट किताबमा विद्यमान छन् ।

  7. وَهُوَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ وَكَانَ عَرۡشُهُۥ عَلَى ٱلۡمَآءِ لِيَبۡلُوَكُمۡ أَيُّكُمۡ أَحۡسَنُ عَمَلٗاۗ وَلَئِن قُلۡتَ إِنَّكُم مَّبۡعُوثُونَ مِنۢ بَعۡدِ ٱلۡمَوۡتِ لَيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ

    Open ayah 11:7

    र, उनै हुन् जसले आकाशहरु तथा धर्तीलाई छ दिनमा सृष्टि गरे जबकि पहिले उनको अर्श (राज सिंहासन) जलमाथि थियो । (तिमीहरुको सृजनाको) उद्देश्य तिमीहरुको परीक्षा लिनु हो कि तिमीहरुमध्ये को कर्मको दृष्टिले उत्तम रहेको छ । र, तिमी भन्छौ कि तिमीहरुलाई मृत्युपश्चात् अवश्य जीवित गरिनेछ भने काफिरहरुले अवश्य भन्नेछन्– “यो त स्पष्ट जादूबाहेक केही होइन ।”

  8. وَلَئِنۡ أَخَّرۡنَا عَنۡهُمُ ٱلۡعَذَابَ إِلَىٰٓ أُمَّةٖ مَّعۡدُودَةٖ لَّيَقُولُنَّ مَا يَحۡبِسُهُۥٓۗ أَلَا يَوۡمَ يَأۡتِيهِمۡ لَيۡسَ مَصۡرُوفًا عَنۡهُمۡ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 11:8

    र, यदि हामीले एक विशेष अवधिकालागि तिनीहरूको यातनालाई स्थगित गर्यौं भने, तिनीहरूले भन्नेछन्– “यसलाई कसले रोकेको छ ?” जानिराख– “जुन दिन त्यसको समय आइपुग्छ त्यो तिनीहरूबाट टारिने छैन । जुन कुराको तिनीहरू ठट्टा गर्ने गर्छन् त्यसैले तिनीहरूलाई घेर्नेछ ।”

  9. وَلَئِنۡ أَذَقۡنَا ٱلۡإِنسَٰنَ مِنَّا رَحۡمَةٗ ثُمَّ نَزَعۡنَٰهَا مِنۡهُ إِنَّهُۥ لَيَـُٔوسٞ كَفُورٞ

    Open ayah 11:9

    र, हामीले मानिसलाई आफ्नो तर्फबाट दयाको स्वाद चखाएर फेरि त्यसबाट त्यसलाई वञ्चित गर्यौं भने त्यो निराश एवं कृतघ्न हुन पुग्छ ।

  10. وَلَئِنۡ أَذَقۡنَٰهُ نَعۡمَآءَ بَعۡدَ ضَرَّآءَ مَسَّتۡهُ لَيَقُولَنَّ ذَهَبَ ٱلسَّيِّـَٔاتُ عَنِّيٓۚ إِنَّهُۥ لَفَرِحٞ فَخُورٌ 

    Open ayah 11:10

    र, यदि हामीले उसलाई त्यो सङ्कटपछि जुन उसमाथि आइलागेको थियो, वरदानको स्वाद चखायौं भने, उसले भन्छ– “मेरो सबै दुःख हरण भयो ।” ऊ अति नै प्रसन्न भएर अहंकार गर्न थाल्छ ।

  11. إِلَّا ٱلَّذِينَ صَبَرُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ أُوْلَٰٓئِكَ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٞ كَبِيرٞ

    Open ayah 11:11

    सिवाय ती व्यक्तिहरू जसले धैर्य धारण गरे र सत्कर्म गरे, उनीहरूकालागि क्षमा तथा ठूलो प्रतिदान रहेको छ ।

  12. فَلَعَلَّكَ تَارِكُۢ بَعۡضَ مَا يُوحَىٰٓ إِلَيۡكَ وَضَآئِقُۢ بِهِۦ صَدۡرُكَ أَن يَقُولُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ كَنزٌ أَوۡ جَآءَ مَعَهُۥ مَلَكٌۚ إِنَّمَآ أَنتَ نَذِيرٞۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ وَكِيلٌ

    Open ayah 11:12

    अनि (हे सन्देष्टा !) सम्भवतः यस्तो नहोस् कि तिमी आफूतर्फ वह्य द्वारा पठाइएका केही कुरा छोडिदेऊ र तिम्रो हृदय सङ्कीर्ण होस्, काफिरहरूले भन्ने गरेको यस कुराले गर्दा कि उनीप्रति कुनै खजाना किन अवतरण गरिएन वा उनीसँग कुनै फरिश्ता किन आएन ? तिमी केवल सचेतक हौ र अल्लाह सम्पूर्ण चिजहरूका निरीक्षक हुन् ।

  13. أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ فَأۡتُواْ بِعَشۡرِ سُوَرٖ مِّثۡلِهِۦ مُفۡتَرَيَٰتٖ وَٱدۡعُواْ مَنِ ٱسۡتَطَعۡتُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 11:13

    के तिनीहरू उनले कुरआन स्वयं रचेका हुन् भनेर भन्छन् ? भनिदेऊ– “त्यसो भए तिमीहरूले पनि यसरी नै रचिएका दसवटा सूरह ल्याऊ र अल्लाहबाहेक जसलाई तिमीहरू सहायताकोलागि बोलाउन सक्छौ बोलाऊ; यदि तिमीहरू सच्चा छौ भने ।” [ ]

  14. فَإِلَّمۡ يَسۡتَجِيبُواْ لَكُمۡ فَٱعۡلَمُوٓاْ أَنَّمَآ أُنزِلَ بِعِلۡمِ ٱللَّهِ وَأَن لَّآ إِلَٰهَ إِلَّا هُوَۖ فَهَلۡ أَنتُم مُّسۡلِمُونَ

    Open ayah 11:14

    र, यदि तिनीहरू तिम्रो कुरालाई स्वीकार गरिरहेका छैनन् भने तिमी यकीनकासाथ जानिराख कि कुरआन अल्लाहको ज्ञानकासाथ अवतरण गरिएको छ, याे कि र अल्लाहबाहेक कोही उपास्य छैन । अनि के तिमी अब आज्ञाकारी हुन्छौ त ?

  15. مَن كَانَ يُرِيدُ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا وَزِينَتَهَا نُوَفِّ إِلَيۡهِمۡ أَعۡمَٰلَهُمۡ فِيهَا وَهُمۡ فِيهَا لَا يُبۡخَسُونَ

    Open ayah 11:15

    जो मानिसहरू सांसारिक जीवन तथा त्यसको रमझमको चाहना गर्छन्, तिनीहरूलाई तिनका कर्महरूलाई यसै संसारमा पूर्ण गरिदिन्छाैं र त्यसमा तिनीहरूलाई कुनै कमी गरिंदैन ।

  16. أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَيۡسَ لَهُمۡ فِي ٱلۡأٓخِرَةِ إِلَّا ٱلنَّارُۖ وَحَبِطَ مَا صَنَعُواْ فِيهَا وَبَٰطِلٞ مَّا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 11:16

    यिनीहरूको हितमा आखिरतमा केवल अग्नि हुनेछ र जेजति तिनीहरूले कमाएका हुनेछन् ती बरबाद हुनेछन् र जेजति कार्यहरू गरेका हुनेछन् ती सबै व्यर्थ हुनेछन् ।

  17. أَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّهِۦ وَيَتۡلُوهُ شَاهِدٞ مِّنۡهُ وَمِن قَبۡلِهِۦ كِتَٰبُ مُوسَىٰٓ إِمَامٗا وَرَحۡمَةًۚ أُوْلَٰٓئِكَ يُؤۡمِنُونَ بِهِۦۚ وَمَن يَكۡفُرۡ بِهِۦ مِنَ ٱلۡأَحۡزَابِ فَٱلنَّارُ مَوۡعِدُهُۥۚ فَلَا تَكُ فِي مِرۡيَةٖ مِّنۡهُۚ إِنَّهُ ٱلۡحَقُّ مِن رَّبِّكَ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ

    Open ayah 11:17

    के त्यो व्यक्ति जो आफ्नो पालनकर्ताबाट प्राप्त स्पष्ट प्रमाणमा रहेकोछ र त्यससँग अल्लाहबाट प्राप्त थप साक्षी पनि छ, अनि मार्गदर्शन तथा दयाको रूपमा त्यसभन्दा पहिले आएको मूसाको ग्रन्थ पनि साक्षी छ । (तिनीहरूबारे के बिचार छ?) यिनीहरू सबै यस (ग्रन्थ माथि) ईमान ल्याउंछन् । र, सम्प्रदायहरूमध्ये जसले यसलाई अस्वीकार गर्छ त्यसको लागि नरक वाचा गरिएकोस्थान हो । अतः तिमी यसमा कुनै शंका नगर । निश्चय नै यो तिम्रो पालनकर्ताको तर्फबाट नितान्त सत्य हो । तर, अधिकांश मानिसहरू यसमा आस्था राख्दैनन् ।

  18. وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًاۚ أُوْلَٰٓئِكَ يُعۡرَضُونَ عَلَىٰ رَبِّهِمۡ وَيَقُولُ ٱلۡأَشۡهَٰدُ هَٰٓؤُلَآءِ ٱلَّذِينَ كَذَبُواْ عَلَىٰ رَبِّهِمۡۚ أَلَا لَعۡنَةُ ٱللَّهِ عَلَى ٱلظَّٰلِمِينَ

    Open ayah 11:18

    र, त्यो व्यक्तिभन्दा ठूलो अत्याचारी को होला जसले अल्लाहमाथि मिथ्यारोपण गर्छ ? यस्ता व्यक्तिहरू आफ्ना पालनकर्ता सामुन्ने पेश गरिनेछन्, र साक्षीहरूले भन्नेछन्–“आफ्ना पालनकर्तामाथि मिथ्यारोपण गर्ने यिनीहरू नै हुन् ।” जानिराख अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।[ ]

  19. ٱلَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبۡغُونَهَا عِوَجٗا وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ

    Open ayah 11:19

    जसले अल्लाहको मार्गबाट रोक्छन्, र त्यसलाई बङ्ग्याउन खोज्छन्, र यस्ता व्यक्तिहरूले आखिरतलाई अस्वीकार गर्छन् ,

  20. أُوْلَٰٓئِكَ لَمۡ يَكُونُواْ مُعۡجِزِينَ فِي ٱلۡأَرۡضِ وَمَا كَانَ لَهُم مِّن دُونِ ٱللَّهِ مِنۡ أَوۡلِيَآءَۘ يُضَٰعَفُ لَهُمُ ٱلۡعَذَابُۚ مَا كَانُواْ يَسۡتَطِيعُونَ ٱلسَّمۡعَ وَمَا كَانُواْ يُبۡصِرُونَ 

    Open ayah 11:20

    यिनीहरू धर्तीमा (अल्लाहलाई) विवश गर्न सक्दैनन् न तिनीहरूकालागि अल्लाहबाहेक सहयोगी मित्र नै छन् । तिनीहरूलाई कैयाैं गुणा यातना दिइनेछ । तिनीहरू न सुन्न सक्छन् न देख्न नै सक्छन् ।

  21. أُوْلَٰٓئِكَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ

    Open ayah 11:21

    यिनीहरू नै ती व्यक्तिहरू हुन् जसले स्वयंलाई घाटामा पारेका छन्, र जुन कुराहरू तिनीहरूले रचेका थिए ती सबै तिनीहरूले गुमाएका छन् ।

  22. لَا جَرَمَ أَنَّهُمۡ فِي ٱلۡأٓخِرَةِ هُمُ ٱلۡأَخۡسَرُونَ

    Open ayah 11:22

    निस्सन्देह तिनीहरू नै आखिरतमा सर्वाधिक घाटा बेहोर्नेहरूमा पर्नेछन् ।

  23. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَأَخۡبَتُوٓاْ إِلَىٰ رَبِّهِمۡ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 11:23

    निस्सन्देह जुन व्यक्तिहरूले ईमान ल्याए, सत्कर्म गरे, र आफ्ना पालनकर्तासमक्ष समर्पित रहे तिनीहरू नै स्वर्गमा जानेहरू हुन् जहाँ तिनीहरू सदा रहनेछन् ।

  24. ۞مَثَلُ ٱلۡفَرِيقَيۡنِ كَٱلۡأَعۡمَىٰ وَٱلۡأَصَمِّ وَٱلۡبَصِيرِ وَٱلسَّمِيعِۚ هَلۡ يَسۡتَوِيَانِ مَثَلًاۚ أَفَلَا تَذَكَّرُونَ

    Open ayah 11:24

    दुवै समूह (काफिरहरू तथा मुस्लिमहरू) को उदाहरण यस्तो छ जस्तो एउटा अन्धो तथा बहिरो होस् र अर्को आँखा भएको तथा सुन्न सक्ने । के दुवैको अवस्था बराबर हुन सक्छ ? अनि के तिमीहरू (यस उदाहरणबाट) कुनै शिक्षा प्राप्त गर्दैनौ ?

  25. وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦٓ إِنِّي لَكُمۡ نَذِيرٞ مُّبِينٌ

    Open ayah 11:25

    र, हामीले नूहलाई उनका जातितर्फ पठायौं (अनि उनले भने)– “म तिमीहरूकालागि स्पष्ट रूपमा सचेतक हुँ ।

  26. أَن لَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَۖ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ أَلِيمٖ

    Open ayah 11:26

    कि तिमीहरू अल्लाहबाहेक कसैको उपासना नगर । निस्सन्देह म तिमीहरूलाई हुने कष्टकर यातनाकाे दिनबाट डराउँछु ।”

  27. فَقَالَ ٱلۡمَلَأُ ٱلَّذِينَ كَفَرُواْ مِن قَوۡمِهِۦ مَا نَرَىٰكَ إِلَّا بَشَرٗا مِّثۡلَنَا وَمَا نَرَىٰكَ ٱتَّبَعَكَ إِلَّا ٱلَّذِينَ هُمۡ أَرَاذِلُنَا بَادِيَ ٱلرَّأۡيِ وَمَا نَرَىٰ لَكُمۡ عَلَيۡنَا مِن فَضۡلِۭ بَلۡ نَظُنُّكُمۡ كَٰذِبِينَ

    Open ayah 11:27

    अनि त्यस जातिका अनास्थावादी नाइकेहरूले भने– “तिमी हाम्रो नजरमा हामीजस्तै एउटा मानिसबाहेक केही होइनौ । अनि, हामी आफूमध्ये स्पष्ट रूपमा तुच्छ व्यक्तिहरूबाहेक अरू कसैलाई तिम्रो अनुसरण गरेको पाउँदैनौ र हामी कुनै पनि चिज यस्तो पाउँदैनौं जसमा तिमीहरू हामीभन्दा उच्च छौ । बरू हामी तिमीलाई मिथ्यावादी पो ठान्दछौं ।”

  28. قَالَ يَٰقَوۡمِ أَرَءَيۡتُمۡ إِن كُنتُ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّي وَءَاتَىٰنِي رَحۡمَةٗ مِّنۡ عِندِهِۦ فَعُمِّيَتۡ عَلَيۡكُمۡ أَنُلۡزِمُكُمُوهَا وَأَنتُمۡ لَهَا كَٰرِهُونَ

    Open ayah 11:28

    नूहले भने– “हे मेरा जातिबन्धु हो ! अलिकति सोच त, यदि म आफ्ना पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणमाथि कायम छु र फेरि उनले मलाई आफ्नो विशेष दया पनि प्रदान गरे, तर त्यो तिमीले देख्न सकेनौ, तर, तिमी मान्न तयार छैनौ भने, त के हामी जबरजस्ती त्यसलाई तिमीमाथि थुपारौं ?

  29. وَيَٰقَوۡمِ لَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مَالًاۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱللَّهِۚ وَمَآ أَنَا۠ بِطَارِدِ ٱلَّذِينَ ءَامَنُوٓاْۚ إِنَّهُم مُّلَٰقُواْ رَبِّهِمۡ وَلَٰكِنِّيٓ أَرَىٰكُمۡ قَوۡمٗا تَجۡهَلُونَ

    Open ayah 11:29

    र, हे मेरा समुदायका मानिसहरू हो ! म (यसको प्रतिफलमा) तिमीहरूबाट कुनै धन माग्दिन । मेरो पारिश्रमिक केवल अल्लाहको जिम्मामा रहेको छ, र म आस्थावानहरूलाई निष्कासन पनि गर्दिन । उनीहरू आफ्ना पालनकर्तासित भेट्नेवाला छन् । तर म तिमीहरूलाई अज्ञानी समूह भएको देख्दछु ।

  30. وَيَٰقَوۡمِ مَن يَنصُرُنِي مِنَ ٱللَّهِ إِن طَرَدتُّهُمۡۚ أَفَلَا تَذَكَّرُونَ 

    Open ayah 11:30

    हे मेरा जातिका मानिसहरू हो ! यदि मैले उनीहरूलाई निष्कासित गरें भने मलाई अल्लाह (को यातना) बाट कसले बचाउन सक्छ ? के तिमीहरू (यति पनि) कुरा बुझ्दैनौ ?

  31. وَلَآ أَقُولُ لَكُمۡ عِندِي خَزَآئِنُ ٱللَّهِ وَلَآ أَعۡلَمُ ٱلۡغَيۡبَ وَلَآ أَقُولُ إِنِّي مَلَكٞ وَلَآ أَقُولُ لِلَّذِينَ تَزۡدَرِيٓ أَعۡيُنُكُمۡ لَن يُؤۡتِيَهُمُ ٱللَّهُ خَيۡرًاۖ ٱللَّهُ أَعۡلَمُ بِمَا فِيٓ أَنفُسِهِمۡ إِنِّيٓ إِذٗا لَّمِنَ ٱلظَّٰلِمِينَ

    Open ayah 11:31

    म यो भन्दिन कि मसँग अल्लाहका खजानाहरू छन् । र, म परोक्षबारे जान्दिनँ; न म फरिश्ता नै हुँ भन्ने दावी गर्छु, र न तिमीहरूको नजरमा तुच्छ रहेका व्यक्तिहरूबारे यो भन्छु कि अल्लाहले उनीहरूलाई कदापि कुनै भलाई प्रदान गर्दैनन् । उनीहरूको हृदयमा भएका कुराहरूलाई अल्लाह राम्ररी जान्दछन् । यस्ता कुरा गरेमा म अवश्य नै अत्याचारीहरूमध्ये हुनेछु । ,

  32. قَالُواْ يَٰنُوحُ قَدۡ جَٰدَلۡتَنَا فَأَكۡثَرۡتَ جِدَٰلَنَا فَأۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 11:32

    तिनीहरूले भने– “हे नूह ! तिमीले हामीसँग तर्कवितर्क गर्यौ र धेरै तर्कवितर्क गर्यौ, तर यदि तिमी सच्चा हौ भने जुन कुराबाट तिमीले हामीलाई धम्क्याउँदैछौ त्यो हामीसमक्ष लिएर आऊ ।”

  33. قَالَ إِنَّمَا يَأۡتِيكُم بِهِ ٱللَّهُ إِن شَآءَ وَمَآ أَنتُم بِمُعۡجِزِينَ

    Open ayah 11:33

    नूहले भने– “त्यो अल्लाहले नै ल्याउनेछन्, यदि उनले चाहे भने । र, तिमीहरू उनलाई विवश पार्न सक्दैनौ ।

  34. وَلَا يَنفَعُكُمۡ نُصۡحِيٓ إِنۡ أَرَدتُّ أَنۡ أَنصَحَ لَكُمۡ إِن كَانَ ٱللَّهُ يُرِيدُ أَن يُغۡوِيَكُمۡۚ هُوَ رَبُّكُمۡ وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 11:34

    यदि अल्लाहले तिमीहरूको पथभ्रष्टता चाहे भने, मैले तिमीहरूको जतिसुकै हित चाहे पनि मेरो सहानुभूतिले तिमीहरूलाई कुनै फाइदा पुर्याउने छैन । उनी नै तिमीहरूका पालनकर्ता हुन् र उनैतर्फ तिमीहरू फर्काइनेछौ ।”

  35. أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ إِنِ ٱفۡتَرَيۡتُهُۥ فَعَلَيَّ إِجۡرَامِي وَأَنَا۠ بَرِيٓءٞ مِّمَّا تُجۡرِمُونَ

    Open ayah 11:35

    के तिनीहरूले “उन(रसूल)ले नै त्यो रचेका हुन्” भनेर भन्छन् ? भनिदेऊ– “यदि मैले त्यो रचेको हो भने मेरो पाप ममाथि छ, र जो अपराध तिमीहरू गरिरहेका छौ त्यसको दायित्वबाट म मुक्त रहेकोछु ।”

  36. وَأُوحِيَ إِلَىٰ نُوحٍ أَنَّهُۥ لَن يُؤۡمِنَ مِن قَوۡمِكَ إِلَّا مَن قَدۡ ءَامَنَ فَلَا تَبۡتَئِسۡ بِمَا كَانُواْ يَفۡعَلُونَ

    Open ayah 11:36

    नूहमाथि प्रकाशना गरियो कि तिम्रो जातिमध्ये, जसले ईमान ल्याए उनीहरूबाहेक, अरू कसैले ईमान ल्याउने छैन । अनि तिनीहरूले जे गरिरहेका छन् त्यसको लागि तिमी दुःखित नहोऊ ।

  37. وَٱصۡنَعِ ٱلۡفُلۡكَ بِأَعۡيُنِنَا وَوَحۡيِنَا وَلَا تُخَٰطِبۡنِي فِي ٱلَّذِينَ ظَلَمُوٓاْ إِنَّهُم مُّغۡرَقُونَ

    Open ayah 11:37

    र, हाम्रो निरिक्षणमा हाम्रो प्रकाशना अनुसार डुंगा निर्माण गर, र अत्याचारीहरूको सम्बन्धमा मसित सिफारिश नगर, तिनीहरू अवश्य नै डुबाइनेछन् ।

  38. وَيَصۡنَعُ ٱلۡفُلۡكَ وَكُلَّمَا مَرَّ عَلَيۡهِ مَلَأٞ مِّن قَوۡمِهِۦ سَخِرُواْ مِنۡهُۚ قَالَ إِن تَسۡخَرُواْ مِنَّا فَإِنَّا نَسۡخَرُ مِنكُمۡ كَمَا تَسۡخَرُونَ

    Open ayah 11:38

    अनि नूहले डुंगाको निर्माण कार्य आरम्भ गरेपछि उनका समुदायका नाइकेहरु उनको नजिकबाट ओहोर दोहोर गर्दा उनको खिल्ली उडाउँथे । अनि नूहले भन्ने गर्थे– “यदि तिमीहरु हाम्रो उपहास गर्छौ भने तिमीहरुले खिल्ली उडाए झैं हामी पनि तिमीहरुको अवश्य नै खिल्ली उडाउनेछौं ।

  39. فَسَوۡفَ تَعۡلَمُونَ مَن يَأۡتِيهِ عَذَابٞ يُخۡزِيهِ وَيَحِلُّ عَلَيۡهِ عَذَابٞ مُّقِيمٌ

    Open ayah 11:39

    अनि, तिमीहरूलाई चाँडै थाहा हुनेछ कि कसमाथि यस्तो यातना आउनेछ जसले त्यसलाई अपमानित गर्नेछ, र कसमाथि स्थायी यातना बर्सनेछ ।”

  40. حَتَّىٰٓ إِذَا جَآءَ أَمۡرُنَا وَفَارَ ٱلتَّنُّورُ قُلۡنَا ٱحۡمِلۡ فِيهَا مِن كُلّٖ زَوۡجَيۡنِ ٱثۡنَيۡنِ وَأَهۡلَكَ إِلَّا مَن سَبَقَ عَلَيۡهِ ٱلۡقَوۡلُ وَمَنۡ ءَامَنَۚ وَمَآ ءَامَنَ مَعَهُۥٓ إِلَّا قَلِيلٞ 

    Open ayah 11:40

    यहाँसम्म कि हाम्रो आदेश आइपुग्यो र ‘तन्नूर’ फुट्यो । हामीले भन्यौं– “ती व्यक्तिहरूबाहेक जसको बारेमा पहिले नै बताइसकिएको छ, [ ] सबै प्रकारका (जनावरका) एक–एक जोडी र आफ्नो परिवारका अन्य सदस्यहरू तथा आस्थावानहरूलाई त्यस (डुंगा) मा सवार गराऊ ।” उनीसाथ त केही व्यक्तिहरूले मात्र ईमान ल्याएका थिए ।

  41. ۞وَقَالَ ٱرۡكَبُواْ فِيهَا بِسۡمِ ٱللَّهِ مَجۡر۪ىٰهَا وَمُرۡسَىٰهَآۚ إِنَّ رَبِّي لَغَفُورٞ رَّحِيمٞ

    Open ayah 11:41

    नूहले भने– “त्यसमा सवार होऊ, अल्लाहकै नामबाट त्यो (डुङ्गा) चल्नु तथा रोकिनु छ । निस्सन्देह मेरा पालनकर्ता अति क्षमाशील एवं परम दयालु छन् ।”

  42. وَهِيَ تَجۡرِي بِهِمۡ فِي مَوۡجٖ كَٱلۡجِبَالِ وَنَادَىٰ نُوحٌ ٱبۡنَهُۥ وَكَانَ فِي مَعۡزِلٖ يَٰبُنَيَّ ٱرۡكَب مَّعَنَا وَلَا تَكُن مَّعَ ٱلۡكَٰفِرِينَ

    Open ayah 11:42

    र, तिनीहरुलाई बोकेर पहाडहरुजस्तो लहरबीच डुंगा चल्दै थियो । नूहले अलग रहेको आफ्नो पुत्रलाई पुकारेर भने–“हे मेरा पुत्र ! हामीसँग सवार होऊ र काफिरहरुमा सामेल नहोऊ ।”

  43. قَالَ سَـَٔاوِيٓ إِلَىٰ جَبَلٖ يَعۡصِمُنِي مِنَ ٱلۡمَآءِۚ قَالَ لَا عَاصِمَ ٱلۡيَوۡمَ مِنۡ أَمۡرِ ٱللَّهِ إِلَّا مَن رَّحِمَۚ وَحَالَ بَيۡنَهُمَا ٱلۡمَوۡجُ فَكَانَ مِنَ ٱلۡمُغۡرَقِينَ

    Open ayah 11:43

    उसले जवाफ दियो–“म यस्तो पहाडमाथि चढ्नेछु जसले मलाई पानीबाट सुरक्षित राख्नेछ ।” उन (नूह) ले भने– “आज अल्लाहको आदेश (यातना) बाट कसैले पनि बचाउन सक्दैन, सिवाय ती ब्यक्तिहरू बाहेक जसमाथि अल्लाहको दया हुनेछ ।” त्यत्तिकैमा दुवैकाबीचमा लहर उठ्यो अनि ऊ डुब्ने व्यक्तिहरुमध्येको भयो ।

  44. وَقِيلَ يَٰٓأَرۡضُ ٱبۡلَعِي مَآءَكِ وَيَٰسَمَآءُ أَقۡلِعِي وَغِيضَ ٱلۡمَآءُ وَقُضِيَ ٱلۡأَمۡرُ وَٱسۡتَوَتۡ عَلَى ٱلۡجُودِيِّۖ وَقِيلَ بُعۡدٗا لِّلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 11:44

    र आदेश भयो– “हे पृथ्वी आफ्नो पानीलाई निल र हे आकाश रोकिहाल ।” अनि पानी सुक्यो र फैसला पूरा गरियो तथा डुंगा जूदी [ ] पहाडमा रोकियो र भनियो– “अत्याचारीहरूकालागि श्राप छ ।”

  45. وَنَادَىٰ نُوحٞ رَّبَّهُۥ فَقَالَ رَبِّ إِنَّ ٱبۡنِي مِنۡ أَهۡلِي وَإِنَّ وَعۡدَكَ ٱلۡحَقُّ وَأَنتَ أَحۡكَمُ ٱلۡحَٰكِمِينَ

    Open ayah 11:45

    र, नूहले आफ्ना पालनकर्तालाई पुकारे र भने– “हे मेरा पालनकर्ता मेरो पुत्र निश्चय नै मेरो परिवारअन्तर्गत रहेको छ, निस्सन्देह तिम्रो वचन सत्य छ र तिमी सम्पूर्ण हाकिमहरूमध्ये सबभन्दा उत्तम हाकिम हौ ।” [ ]

  46. قَالَ يَٰنُوحُ إِنَّهُۥ لَيۡسَ مِنۡ أَهۡلِكَۖ إِنَّهُۥ عَمَلٌ غَيۡرُ صَٰلِحٖۖ فَلَا تَسۡـَٔلۡنِ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۖ إِنِّيٓ أَعِظُكَ أَن تَكُونَ مِنَ ٱلۡجَٰهِلِينَ

    Open ayah 11:46

    अल्लाहले भने– “हे नूह ! यथार्थमा ऊ तिम्रो परिवारअन्तर्गतको होइन । वास्तवमा त्यो त पूर्णरूपमा कुकर्म हो । तिमीलाई ज्ञान नभएको कुराको माग मसित नगर । अज्ञानीहरूझैं नबन, भनी म तिमीलाई उपदेश दिन्छु ।”

  47. قَالَ رَبِّ إِنِّيٓ أَعُوذُ بِكَ أَنۡ أَسۡـَٔلَكَ مَا لَيۡسَ لِي بِهِۦ عِلۡمٞۖ وَإِلَّا تَغۡفِرۡ لِي وَتَرۡحَمۡنِيٓ أَكُن مِّنَ ٱلۡخَٰسِرِينَ

    Open ayah 11:47

    उनले भने– “हे मेरा रब ! जुन कुराको मलाई ज्ञान छैन त्यसबारे तिमीसित प्रश्न गर्नबाट बच्न म तिम्रो शरण चाहन्छु । यदि तिमीले मलाई क्षमा र दया गरेनौ भने म त घाटा बेहाेर्नेहरूमध्ये हुनेछु ।”

  48. قِيلَ يَٰنُوحُ ٱهۡبِطۡ بِسَلَٰمٖ مِّنَّا وَبَرَكَٰتٍ عَلَيۡكَ وَعَلَىٰٓ أُمَمٖ مِّمَّن مَّعَكَۚ وَأُمَمٞ سَنُمَتِّعُهُمۡ ثُمَّ يَمَسُّهُم مِّنَّا عَذَابٌ أَلِيمٞ

    Open ayah 11:48

    आदेश भयो–“हे नूह ! ओर्ल यस अवस्थामा कि हाम्रोतर्फबाट शान्ति र मंगलमय छ तिमी र तिमीसँग भएका समूहहरूमाथि । र केही यस्ता समूहहरू पनि छन् जसलाई हामीले निश्चय नै सांसारिक फाइदाबाट लाभान्वित गर्नेछौं तर फेरि तिनीहरूलाई हाम्रोतर्फबाट दुखदायी यातना पुग्नेछ ।”

  49. تِلۡكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهَآ إِلَيۡكَۖ مَا كُنتَ تَعۡلَمُهَآ أَنتَ وَلَا قَوۡمُكَ مِن قَبۡلِ هَٰذَاۖ فَٱصۡبِرۡۖ إِنَّ ٱلۡعَٰقِبَةَ لِلۡمُتَّقِينَ

    Open ayah 11:49

    (हे सन्देष्टा !) यी परोक्षका खबरहरू हुन् जुन हामीले तिमीतर्फ पठाउने गर्छौं, जसलाई यसभन्दा पहिले न तिमी, न तिम्रा जातिका मानिसहरूले नै जान्दथे । अनि धैर्य धारण गर, निश्चय नै अन्तिम परिणाम ईशभय राख्नेहरूको हकमा नै हुनेछ ।[ ]

  50. وَإِلَىٰ عَادٍ أَخَاهُمۡ هُودٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۖ إِنۡ أَنتُمۡ إِلَّا مُفۡتَرُونَ 

    Open ayah 11:50

    र, हामीले आदतर्फ उनका भाइ हूदलाई पठायौं । उनले भने– “हे मेरा जातिबन्धुहरू हो ! अल्लाहको उपासना गर । उनीबाहेक तिम्रो कोही उपास्य छैन । तिमीहरू (अल्लाहकाे साझेदार बनाएर उनीमाथि) मिथ्यारोपण मात्र गरिरहेका छौ ।

  51. يَٰقَوۡمِ لَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًاۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱلَّذِي فَطَرَنِيٓۚ أَفَلَا تَعۡقِلُونَ

    Open ayah 11:51

    हे मेरा जातिबन्धुहरू हो ! म यस उपदेशको सट्टामा कुनै प्रतिदान तिमीहरूसित माग्दिन । मेरो प्रतिदान केवल उनको जिम्मामा रहेको छ जसले मलाई सृष्टि गरे । के तिमीहरू बुद्धिले काम लिंदैनौ ?

  52. وَيَٰقَوۡمِ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِ يُرۡسِلِ ٱلسَّمَآءَ عَلَيۡكُم مِّدۡرَارٗا وَيَزِدۡكُمۡ قُوَّةً إِلَىٰ قُوَّتِكُمۡ وَلَا تَتَوَلَّوۡاْ مُجۡرِمِينَ

    Open ayah 11:52

    हे मेरा जातिबन्धुहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासित क्षमायाचना गर । र, उनैतिर फर्क । उनले तिमीहरूमाथि आकाशबाट अबिरल वर्षा गर्नेछन् र तिमीहरूको शक्तिमा अझ शक्ति थप्नेछन् । र, तिमीहरू अपराधी भई बिमुख नहोऊ ।”

  53. قَالُواْ يَٰهُودُ مَا جِئۡتَنَا بِبَيِّنَةٖ وَمَا نَحۡنُ بِتَارِكِيٓ ءَالِهَتِنَا عَن قَوۡلِكَ وَمَا نَحۡنُ لَكَ بِمُؤۡمِنِينَ

    Open ayah 11:53

    तिनीहरूले भने– “हे हूद ! तिमीले हामीसमक्ष कुनै स्पष्ट प्रमाण प्रस्तुत गरेनौ, र तिमीले भन्दैमा हामी आफ्ना उपास्यलाई छोड्ने छैनौं । र, न हामी तिमीमाथि बिश्वास गर्नेछाैं ।

  54. إِن نَّقُولُ إِلَّا ٱعۡتَرَىٰكَ بَعۡضُ ءَالِهَتِنَا بِسُوٓءٖۗ قَالَ إِنِّيٓ أُشۡهِدُ ٱللَّهَ وَٱشۡهَدُوٓاْ أَنِّي بَرِيٓءٞ مِّمَّا تُشۡرِكُونَ

    Open ayah 11:54

    हामी त याे भन्छाैं कि तिमीमाथि हाम्रो कुनै देवताको मार परेको छ ।” हूदले भने– “म अल्लाहलाई साक्षी बनाउँछु र तिमीहरू पनि साक्षी बस, जसलाई तिमीहरू साझेदार बनाउने गर्छौ तिनीहरूसँग मेरो कुनै सरोकार छैन...

  55. مِن دُونِهِۦۖ فَكِيدُونِي جَمِيعٗا ثُمَّ لَا تُنظِرُونِ

    Open ayah 11:55

    उनी (अल्लाह) बाहेक । अतः तिमीहरू सबै मिलेर मेरोविरुद्ध योजना बनाऊ र मलाई अलिकति पनि अवसर नदेऊ ।

  56. إِنِّي تَوَكَّلۡتُ عَلَى ٱللَّهِ رَبِّي وَرَبِّكُمۚ مَّا مِن دَآبَّةٍ إِلَّا هُوَ ءَاخِذُۢ بِنَاصِيَتِهَآۚ إِنَّ رَبِّي عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 11:56

    मेरो पूर्ण भरोसा उनै अल्लाहमाथि छ, जो मेरा पालनकर्ता हुन् र तिमीहरूका पालनकर्ता पनि । कुनै प्राणी छैन जसको चुल्ठो उनले पक्रेका नहोऊन् । निस्सन्देह मेरा पालनकर्ता बिल्कुल सीधा मार्गवाला हुन् ।

  57. فَإِن تَوَلَّوۡاْ فَقَدۡ أَبۡلَغۡتُكُم مَّآ أُرۡسِلۡتُ بِهِۦٓ إِلَيۡكُمۡۚ وَيَسۡتَخۡلِفُ رَبِّي قَوۡمًا غَيۡرَكُمۡ وَلَا تَضُرُّونَهُۥ شَيۡـًٔاۚ إِنَّ رَبِّي عَلَىٰ كُلِّ شَيۡءٍ حَفِيظٞ

    Open ayah 11:57

    र, तिमीहरू विमुख हुन्छौ भने होऊ । जसकासाथ मलाई तिमीहरूसमक्ष पठाइएको थियो त्यो सन्देश मैले तिमीहरूसम्म पुर्याइदिएँ । मेरा पालनकर्ताले अन्य समुदायलाई तिमीहरूको स्थानमा ल्याउनेछन् र तिमीहरूले उनको केही बिगार्न सक्ने छैनौ । निस्सन्देह मेरा पालनकर्ता सम्पूर्ण चिजका संरक्षक हुन् ।

  58. وَلَمَّا جَآءَ أَمۡرُنَا نَجَّيۡنَا هُودٗا وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ بِرَحۡمَةٖ مِّنَّا وَنَجَّيۡنَٰهُم مِّنۡ عَذَابٍ غَلِيظٖ

    Open ayah 11:58

    अनि, जब हाम्रो आदेश आइपुग्यो, तब हामीले आफ्नो कृपाले हूद तथा उनकासाथ ईमान ल्याउनेहरूलाई बचायौं र तिनीहरूलाई एउटा कटाेर प्रकोपबाट जोगायौं ।

  59. وَتِلۡكَ عَادٞۖ جَحَدُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ وَعَصَوۡاْ رُسُلَهُۥ وَٱتَّبَعُوٓاْ أَمۡرَ كُلِّ جَبَّارٍ عَنِيدٖ

    Open ayah 11:59

    यो हो आद जसले आफ्ना पालनकर्ताका आयतहरूलाई इन्कार गर्यो तथा उनका रसूलहरूको अवज्ञा गर्यो र प्रत्येक अत्याचारी, सत्यद्रोहीको आदेशको अनुसरण गर्यो ।

  60. وَأُتۡبِعُواْ فِي هَٰذِهِ ٱلدُّنۡيَا لَعۡنَةٗ وَيَوۡمَ ٱلۡقِيَٰمَةِۗ أَلَآ إِنَّ عَادٗا كَفَرُواْ رَبَّهُمۡۗ أَلَا بُعۡدٗا لِّعَادٖ قَوۡمِ هُودٖ 

    Open ayah 11:60

    अनि श्राप छ तिनीहरूकालागि यस संसारमा र महाप्रलयको दिनमा पनि । जानिराख, आदले आफ्ना पालनकर्ताको अवज्ञा गरे । जानिराख, बरबादी आयो हूदको समुदाय आदमाथि ।

  61. ۞وَإِلَىٰ ثَمُودَ أَخَاهُمۡ صَٰلِحٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥۖ هُوَ أَنشَأَكُم مِّنَ ٱلۡأَرۡضِ وَٱسۡتَعۡمَرَكُمۡ فِيهَا فَٱسۡتَغۡفِرُوهُ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِۚ إِنَّ رَبِّي قَرِيبٞ مُّجِيبٞ

    Open ayah 11:61

    र, समूदतर्फ उनका भाइ सालेहलाई पठायौं उनले भने– “हे मेरा जातिबन्धुहरू हो ! केवल अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको कोही उपास्य छैन । उनले नै तिमीहरूलाई धर्तीबाट सृजना गरे र त्यसमा तिमीहरूलाई बसाए । अतः उनीसित क्षमायाचना गर अनि उनैतर्फ फर्क । निस्सन्देह मेरा पालनकर्ता अति निकट छन् र प्रार्थनालाई पनि स्वीकार्छन् ।”,

  62. قَالُواْ يَٰصَٰلِحُ قَدۡ كُنتَ فِينَا مَرۡجُوّٗا قَبۡلَ هَٰذَآۖ أَتَنۡهَىٰنَآ أَن نَّعۡبُدَ مَا يَعۡبُدُ ءَابَآؤُنَا وَإِنَّنَا لَفِي شَكّٖ مِّمَّا تَدۡعُونَآ إِلَيۡهِ مُرِيبٖ

    Open ayah 11:62

    तिनीहरूले भने– “हे सालेह ! यसअघि तिमी हामीमाझ आशाको केन्द्र थियौ । के तिमी ती चिजहरूको पूजाबाट हामीलाई रोक्छौ जसको पूजा हाम्रा पूर्वजहरूले गर्दै आएका छन् ? र, जुन कुरातर्फ तिमी हामीलाई बोलाउँदैछौ त्यसको बारेमा हामी द्विधाजनक सन्देहमा छौं ।” [ ]

  63. قَالَ يَٰقَوۡمِ أَرَءَيۡتُمۡ إِن كُنتُ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّي وَءَاتَىٰنِي مِنۡهُ رَحۡمَةٗ فَمَن يَنصُرُنِي مِنَ ٱللَّهِ إِنۡ عَصَيۡتُهُۥۖ فَمَا تَزِيدُونَنِي غَيۡرَ تَخۡسِيرٖ

    Open ayah 11:63

    उन(सालेह)ले भने– “हे मेरा जातिबन्धुहरू हो ! अलिकति विचार गर ! यदि म आफ्ना पालनकर्ताको तर्फबाट स्पष्ट तर्कमा कायम छु, र उनले मलाई आफ्नो विशेष कृपा पनि प्रदान गरेका छन्, तैपनि अझै मैले अल्लाहको अवज्ञा गरें भने अल्लाहविरूद्ध कसले मेरो सहयोग गर्ला ? तिमीहरूले मलाई अझ घाटाग्रस्त पार्नेछौ ।

  64. وَيَٰقَوۡمِ هَٰذِهِۦ نَاقَةُ ٱللَّهِ لَكُمۡ ءَايَةٗۖ فَذَرُوهَا تَأۡكُلۡ فِيٓ أَرۡضِ ٱللَّهِۖ وَلَا تَمَسُّوهَا بِسُوٓءٖ فَيَأۡخُذَكُمۡ عَذَابٞ قَرِيبٞ

    Open ayah 11:64

    र, हे मेरा जातिबन्धुहरू हो ! यो अल्लाहको ऊँटनी तिमीहरूकानिम्ति एउटा निशानी हो । अतः अल्लाहको धर्तीमा स्वतन्त्रपूर्वक चर्नकालागि यसलाई छोडिदेऊ र यसलाई कुनै किसिमको कष्ट नदेऊ । अन्यथा तिमीहरूलाई एउटा निकट यातनाले गाँज्नेछ ।”

  65. فَعَقَرُوهَا فَقَالَ تَمَتَّعُواْ فِي دَارِكُمۡ ثَلَٰثَةَ أَيَّامٖۖ ذَٰلِكَ وَعۡدٌ غَيۡرُ مَكۡذُوبٖ

    Open ayah 11:65

    तर, तिनीहरूले त्यसको खुट्टा काटिदिए । अनि सालेहले भने– “तिमीहरू अझ तीनदिन घरमा मोजमस्ती गर । यो कुनै झुटलाइनेखालकाे धम्की होइन ।”

  66. فَلَمَّا جَآءَ أَمۡرُنَا نَجَّيۡنَا صَٰلِحٗا وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ بِرَحۡمَةٖ مِّنَّا وَمِنۡ خِزۡيِ يَوۡمِئِذٍۚ إِنَّ رَبَّكَ هُوَ ٱلۡقَوِيُّ ٱلۡعَزِيزُ

    Open ayah 11:66

    जब हाम्रो आदेश आयो, हामीले आफ्नो विशेष कृपाद्वारा सालेह तथा उनकासाथ रहेका आस्थावानहरूलाई बचायौं, र त्यस (महाप्रलयकाे) दिनको अपमानबाट पनि (बचाउनेछौं) । निस्सन्देह तिम्रा पालनकर्ता नै शक्तिवान एवं प्रभुत्वशाली छन् ।

  67. وَأَخَذَ ٱلَّذِينَ ظَلَمُواْ ٱلصَّيۡحَةُ فَأَصۡبَحُواْ فِي دِيَٰرِهِمۡ جَٰثِمِينَ

    Open ayah 11:67

    र, अत्याचारीहरूलाई भयावह गर्जनले समात्यो । अनि तिनीहरू आफ्नो घरमा (यसरी) घोप्टो परे...

  68. كَأَن لَّمۡ يَغۡنَوۡاْ فِيهَآۗ أَلَآ إِنَّ ثَمُودَاْ كَفَرُواْ رَبَّهُمۡۗ أَلَا بُعۡدٗا لِّثَمُودَ

    Open ayah 11:68

    मानौं तिनीहरू त्यहाँ बसेकै थिएनन् । जानिराख, समूदले आफ्ना पालनकर्ताको अवज्ञा गर्यो । सुन, समूदको लागि बरबादी छ !

  69. وَلَقَدۡ جَآءَتۡ رُسُلُنَآ إِبۡرَٰهِيمَ بِٱلۡبُشۡرَىٰ قَالُواْ سَلَٰمٗاۖ قَالَ سَلَٰمٞۖ فَمَا لَبِثَ أَن جَآءَ بِعِجۡلٍ حَنِيذٖ

    Open ayah 11:69

    र, इब्राहीमकहाँ हाम्रा फरिश्ताहरू शुभसूचना लिएर आए । उनीहरूले सलाम भने । इब्राहीमले पनि सलाम भने, र केही क्षणमै भुटेको बाच्छो पेश गरे ।

  70. فَلَمَّا رَءَآ أَيۡدِيَهُمۡ لَا تَصِلُ إِلَيۡهِ نَكِرَهُمۡ وَأَوۡجَسَ مِنۡهُمۡ خِيفَةٗۚ قَالُواْ لَا تَخَفۡ إِنَّآ أُرۡسِلۡنَآ إِلَىٰ قَوۡمِ لُوطٖ 

    Open ayah 11:70

    परन्तु जब उनले उनीहरूका हात त्यसतर्फ बढेको देखेनन्, उनीहरूलाई अपरिचित ठानी उनले मनमा डर महसूस गरे । उनीहरूले भने– “नडराऊ, हामीहरू लूतका समुदायतर्फ पठाइएका छौं ।”

  71. وَٱمۡرَأَتُهُۥ قَآئِمَةٞ فَضَحِكَتۡ فَبَشَّرۡنَٰهَا بِإِسۡحَٰقَ وَمِن وَرَآءِ إِسۡحَٰقَ يَعۡقُوبَ

    Open ayah 11:71

    र, उनकी पत्नी नजिकै उभिइरहेकी थिइन् । उनी मुसुमुसु हाँसिन् । अनि हामीले उनलाई इसहाक तथा इसहाकपछि यअ्कूबको शुभसूचना दियौं ।

  72. قَالَتۡ يَٰوَيۡلَتَىٰٓ ءَأَلِدُ وَأَنَا۠ عَجُوزٞ وَهَٰذَا بَعۡلِي شَيۡخًاۖ إِنَّ هَٰذَا لَشَيۡءٌ عَجِيبٞ

    Open ayah 11:72

    उनले भनिन्– “अहो ! के मैले सन्तान पाउन सक्छु र !? जबकि म स्वयं बुढेसकालमा पुगेकी छु, र यिनी मेरा पति पनि बूढा भइसकेका छन् । यो त एकदमै आश्चर्यजनक कुरा हो ।”

  73. قَالُوٓاْ أَتَعۡجَبِينَ مِنۡ أَمۡرِ ٱللَّهِۖ رَحۡمَتُ ٱللَّهِ وَبَرَكَٰتُهُۥ عَلَيۡكُمۡ أَهۡلَ ٱلۡبَيۡتِۚ إِنَّهُۥ حَمِيدٞ مَّجِيدٞ

    Open ayah 11:73

    उनीहरूले भने– “के तिमी अल्लाहको आदेशप्रति आश्चर्य गर्छौ ? हे इब्राहीमका परिवार हो ! तिमीहरूमाथि अल्लाहको कृपा तथा उनका अनुग्रहहरू रहेका छन् । निस्सन्देह उनी अति प्रशंसनीय एवं गौरवशाली छन् ।”

  74. فَلَمَّا ذَهَبَ عَنۡ إِبۡرَٰهِيمَ ٱلرَّوۡعُ وَجَآءَتۡهُ ٱلۡبُشۡرَىٰ يُجَٰدِلُنَا فِي قَوۡمِ لُوطٍ

    Open ayah 11:74

    अनि जब इब्राहीमको डर हरायो र उनलाई शुभसूचना पनि प्राप्त भयो, उनले हामीसित लूतको जातिका बारेमा तर्कवितर्क गर्न थाले ।

  75. إِنَّ إِبۡرَٰهِيمَ لَحَلِيمٌ أَوَّٰهٞ مُّنِيبٞ

    Open ayah 11:75

    वास्तवमा इब्राहीम अति सहनशील, कोमल–हृदयी तथा अल्लाहसमक्ष झुक्ने व्यक्ति थिए ।

  76. يَٰٓإِبۡرَٰهِيمُ أَعۡرِضۡ عَنۡ هَٰذَآۖ إِنَّهُۥ قَدۡ جَآءَ أَمۡرُ رَبِّكَۖ وَإِنَّهُمۡ ءَاتِيهِمۡ عَذَابٌ غَيۡرُ مَرۡدُودٖ

    Open ayah 11:76

    हे इब्राहीम ! छोडिदेऊ यस कुरालाई (किनभने) तिम्रा पालनकर्ताको आदेश आइपुगेको छ, र तिनीहरूमाथि टार्न नसकिने प्रकोप आउनेवाला छ ।

  77. وَلَمَّا جَآءَتۡ رُسُلُنَا لُوطٗا سِيٓءَ بِهِمۡ وَضَاقَ بِهِمۡ ذَرۡعٗا وَقَالَ هَٰذَا يَوۡمٌ عَصِيبٞ

    Open ayah 11:77

    अनि, जब हाम्रा फरिश्ताहरू लूतकहाँ पुगे तब उनी अति चिन्तित भए र तिनीहरूको सम्बन्धमा आफूलाई असमर्थ पाए । र, भने– “आजको दिन अति कठिन रहेको छ ।” [ ]

  78. وَجَآءَهُۥ قَوۡمُهُۥ يُهۡرَعُونَ إِلَيۡهِ وَمِن قَبۡلُ كَانُواْ يَعۡمَلُونَ ٱلسَّيِّـَٔاتِۚ قَالَ يَٰقَوۡمِ هَٰٓؤُلَآءِ بَنَاتِي هُنَّ أَطۡهَرُ لَكُمۡۖ فَٱتَّقُواْ ٱللَّهَ وَلَا تُخۡزُونِ فِي ضَيۡفِيٓۖ أَلَيۡسَ مِنكُمۡ رَجُلٞ رَّشِيدٞ

    Open ayah 11:78

    र, उनका समुदायका मानिसहरू अनायास उनीतर्फ आए । उनीहरू पहिलेदेखि नै अश्लील कार्यमा लिप्त थिए । लूतले भने– “हे मेरा जातिबन्धुहरू हो ! यी हुन् मेरा छोरीहरू जो तिमीहरूकालागि बढी पवित्र छन् । [ ] र, अल्लाहको भयराख । अनि मेरा पाहुनाको सम्बन्धमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि सज्जन छैन ?”

  79. قَالُواْ لَقَدۡ عَلِمۡتَ مَا لَنَا فِي بَنَاتِكَ مِنۡ حَقّٖ وَإِنَّكَ لَتَعۡلَمُ مَا نُرِيدُ

    Open ayah 11:79

    तिनीहरूले भने– “तिमीलाई थाहा छँदैछ कि हामीलाई तिम्रा छोरीहरूमा हाम्रो कुनै अधिकार छैन, र हामी जे चाहन्छौं त्यो पनि तिमीलाई थाहा नै छ ।”

  80. قَالَ لَوۡ أَنَّ لِي بِكُمۡ قُوَّةً أَوۡ ءَاوِيٓ إِلَىٰ رُكۡنٖ شَدِيدٖ 

    Open ayah 11:80

    लूतले भने– “हाय, यदि मसंग तिमीहरूसित मुकाबिला गर्ने शक्ति भइदिएको भए, वा कुनै शक्तिशाली सहाराको आश्रय लिन सकेको भए !”

  81. قَالُواْ يَٰلُوطُ إِنَّا رُسُلُ رَبِّكَ لَن يَصِلُوٓاْ إِلَيۡكَۖ فَأَسۡرِ بِأَهۡلِكَ بِقِطۡعٖ مِّنَ ٱلَّيۡلِ وَلَا يَلۡتَفِتۡ مِنكُمۡ أَحَدٌ إِلَّا ٱمۡرَأَتَكَۖ إِنَّهُۥ مُصِيبُهَا مَآ أَصَابَهُمۡۚ إِنَّ مَوۡعِدَهُمُ ٱلصُّبۡحُۚ أَلَيۡسَ ٱلصُّبۡحُ بِقَرِيبٖ

    Open ayah 11:81

    उनी(फरिश्ताहरू)ले भने– “हे लूत ! हामी तिम्रा रबका दूत हौं । तिनीहरू कदापि तिम्रो निकट पुग्न सक्ने छैनन् । अनि तिमी आफ्नी पत्नीबाहेक आफ्ना परिवारकासाथ रातको कुनै समयमा प्रस्थान गर र तिमीहरूमध्ये कसैले पनि फर्केर नहेरोस् । निस्सन्देह त्यस (तिम्री पत्नी) माथि पनि त्यही प्रकोप आउनेछ जुन तिनीहरूमाथि आउनेछ । तिनीहरूको बरबादीको समय बिहान रहेको छ । के बिहानी अति निकट छैन र ?”

  82. فَلَمَّا جَآءَ أَمۡرُنَا جَعَلۡنَا عَٰلِيَهَا سَافِلَهَا وَأَمۡطَرۡنَا عَلَيۡهَا حِجَارَةٗ مِّن سِجِّيلٖ مَّنضُودٖ

    Open ayah 11:82

    अनि जब हाम्रो आदेश आयो, हामीले त्यस (बस्ती)को माथिल्लो भागलाई तल्लो भागमा घोप्टाइदियौं र तिनीहरूमाथि लगातार ढुङ्गाको वर्षा गरायौं ।

  83. مُّسَوَّمَةً عِندَ رَبِّكَۖ وَمَا هِيَ مِنَ ٱلظَّٰلِمِينَ بِبَعِيدٖ

    Open ayah 11:83

    ती सबै ढुँगाहरू तिम्रा पालनकर्ताको तर्फबाट अंकित थिए । र, त्यो अत्याचारीहरूबाट टाढा थिएन ।

  84. ۞وَإِلَىٰ مَدۡيَنَ أَخَاهُمۡ شُعَيۡبٗاۚ قَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥۖ وَلَا تَنقُصُواْ ٱلۡمِكۡيَالَ وَٱلۡمِيزَانَۖ إِنِّيٓ أَرَىٰكُم بِخَيۡرٖ وَإِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٖ مُّحِيطٖ

    Open ayah 11:84

    र, मद्यनतर्फ उनका भाइ शुऐबलाई पठायौं । उनले भने– “हे मेरा जातिबन्धुहरू हो ! केवल अल्लाहको उपासना गर । उनीबाहेक तिम्रो अन्य कोही उपास्य छैन । र, नाप तथा तौलमा कमी नगर । म तिमीहरूलाई सुसम्पन्न देख्दैछु तर म तिमीहरूप्रति त्यस दिनको प्रकोपबाट डराउँछु जसले (सबैलाई) घेर्नेछ ।

  85. وَيَٰقَوۡمِ أَوۡفُواْ ٱلۡمِكۡيَالَ وَٱلۡمِيزَانَ بِٱلۡقِسۡطِۖ وَلَا تَبۡخَسُواْ ٱلنَّاسَ أَشۡيَآءَهُمۡ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ

    Open ayah 11:85

    अनि, हे मेरा जातिबन्धुहरू हो ! न्यायकासाथ ठीकसंग नाप एवं तौल पूरा गर र मानिसहरूलाई उनीहरुका वस्तुहरू कम नदेऊ । र, धर्तीमा विध्वंस नमच्चाऊ ।

  86. بَقِيَّتُ ٱللَّهِ خَيۡرٞ لَّكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَۚ وَمَآ أَنَا۠ عَلَيۡكُم بِحَفِيظٖ

    Open ayah 11:86

    यदि तिमीहरू विश्वास गर्छौ भने अल्लाहले दिएको फाइदा नै तिमीहरूकालागि राम्रो हो । र, म तिमीहरूको संरक्षक होइन ।”

  87. قَالُواْ يَٰشُعَيۡبُ أَصَلَوٰتُكَ تَأۡمُرُكَ أَن نَّتۡرُكَ مَا يَعۡبُدُ ءَابَآؤُنَآ أَوۡ أَن نَّفۡعَلَ فِيٓ أَمۡوَٰلِنَا مَا نَشَٰٓؤُاْۖ إِنَّكَ لَأَنتَ ٱلۡحَلِيمُ ٱلرَّشِيدُ

    Open ayah 11:87

    तिनीहरूले भने– “हे शुऐब ! के तिम्रो नमाजले तिमीलाई यो सिकाउँछ कि हामी हाम्रा पूर्वजहरुले पुज्दै आएका वस्तुहरूको पूजा त्यागौं, र आफ्नो धनको लेनदेन पनि आफ्नो इच्छा अनुसार नगरौं ? अँ, तिमी नै एक सहनशील एवं सत्यनिष्ठ व्यक्ति हौ ।”

  88. قَالَ يَٰقَوۡمِ أَرَءَيۡتُمۡ إِن كُنتُ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّي وَرَزَقَنِي مِنۡهُ رِزۡقًا حَسَنٗاۚ وَمَآ أُرِيدُ أَنۡ أُخَالِفَكُمۡ إِلَىٰ مَآ أَنۡهَىٰكُمۡ عَنۡهُۚ إِنۡ أُرِيدُ إِلَّا ٱلۡإِصۡلَٰحَ مَا ٱسۡتَطَعۡتُۚ وَمَا تَوۡفِيقِيٓ إِلَّا بِٱللَّهِۚ عَلَيۡهِ تَوَكَّلۡتُ وَإِلَيۡهِ أُنِيبُ

    Open ayah 11:88

    उन(शुऐब)ले भने– “हे मेरा जातिबन्धुहरू हो ! के तिमीहरूले विचार गर्यौ यदि म आफ्ना पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणमा कायम छु, र उनले मलाई आफ्नो तर्फबाट उत्तम् जीविका पनि प्रदान गरेका छन् भने (म आफ्ना पालनकर्ताको अवज्ञा गरी तिम्रो साथ कसरी दिन सक्छु ?) र म जुनकुराबाट तिमीहरूलाइ राेक्छू स्वयं त्यही कार्य गर्न चांहदिन । यथासम्भव म केवल तिमीहरूको सुधार नै चाहन्छु । र, यी सबै कार्य (अल्लाहको कृपामा निर्भर छन् ।) म उनीमाथि नै भरोसा गर्छु र उनैतर्फ फर्किन्छु ।

  89. وَيَٰقَوۡمِ لَا يَجۡرِمَنَّكُمۡ شِقَاقِيٓ أَن يُصِيبَكُم مِّثۡلُ مَآ أَصَابَ قَوۡمَ نُوحٍ أَوۡ قَوۡمَ هُودٍ أَوۡ قَوۡمَ صَٰلِحٖۚ وَمَا قَوۡمُ لُوطٖ مِّنكُم بِبَعِيدٖ

    Open ayah 11:89

    र, हे मेरा जातिबन्धुहरू हो ! कतै यस्तो नहोस् कि मेरोविरुद्ध तिमीहरूको विरोधले गर्दा तिमीहरूमाथि पनि त्यही प्रकोप आइपरोस् जुन प्रकोप नूह, हूद र सालेहका समुदायहरूमाथि आएको थियो, अनि लूतको समुदाय त तिमीहरूबाट टाढा पनि रहेको छैन ।

  90. وَٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ ثُمَّ تُوبُوٓاْ إِلَيۡهِۚ إِنَّ رَبِّي رَحِيمٞ وَدُودٞ 

    Open ayah 11:90

    अनि, आफ्ना पालनकर्तासित क्षमायाचना गर र उनैतर्फ फर्क । निस्सन्देह मेरा पालनकर्ता परम दयालु एवं स्नेही छन् ।”

  91. قَالُواْ يَٰشُعَيۡبُ مَا نَفۡقَهُ كَثِيرٗا مِّمَّا تَقُولُ وَإِنَّا لَنَرَىٰكَ فِينَا ضَعِيفٗاۖ وَلَوۡلَا رَهۡطُكَ لَرَجَمۡنَٰكَۖ وَمَآ أَنتَ عَلَيۡنَا بِعَزِيزٖ

    Open ayah 11:91

    तिनीहरूले भने– “हे शुऐब ! हामी तिमीले भनेका प्रायःजसो कुराहरू बुझ्दैनौं र हामीहरू तिमीलाई हामीमध्येको एउटा दुर्बल व्यक्ति ठान्दछौं । र, यदि तिम्रा दाजुभाइहरू नभएका भए निश्चय नै हामीले तिमीलाई ढुङ्गा बर्साएर मार्ने थियौं । र, हामीमाथि तिमीलाई प्रभुत्व पनि प्राप्त छैन ।”

  92. قَالَ يَٰقَوۡمِ أَرَهۡطِيٓ أَعَزُّ عَلَيۡكُم مِّنَ ٱللَّهِ وَٱتَّخَذۡتُمُوهُ وَرَآءَكُمۡ ظِهۡرِيًّاۖ إِنَّ رَبِّي بِمَا تَعۡمَلُونَ مُحِيطٞ

    Open ayah 11:92

    उन(शुऐब)ले भने– “हे मेरा जातिबन्धुहरू हो ! के मेरा दाजुभाइहरू तिमीहरूकालागि अल्लाहभन्दा पनि शक्तिशाली छन्, कि तिमीहरूले अल्लाहलाई एक्दमै नकार्याै ? निस्सन्देह मेरा पालनकर्ताले तिमीहरूले गरिरहेका कार्यहरूलाई घेरेका छन् ।

  93. وَيَٰقَوۡمِ ٱعۡمَلُواْ عَلَىٰ مَكَانَتِكُمۡ إِنِّي عَٰمِلٞۖ سَوۡفَ تَعۡلَمُونَ مَن يَأۡتِيهِ عَذَابٞ يُخۡزِيهِ وَمَنۡ هُوَ كَٰذِبٞۖ وَٱرۡتَقِبُوٓاْ إِنِّي مَعَكُمۡ رَقِيبٞ

    Open ayah 11:93

    र, हे मेरा जातिबन्धुहरू ! तिमीहरू आफ्नो ठाउँमा कार्य गर्दै जाऊ, म पनि आफ्नो कार्य गर्दै जान्छु । अपमानित गर्ने प्रकोप कसमाथि आउँछ र को झुठो छ, भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ । तिमीहरू प्रतीक्षा गर, म पनि तिमीहरूसँगै प्रतीक्षा गर्दैछु ।”

  94. وَلَمَّا جَآءَ أَمۡرُنَا نَجَّيۡنَا شُعَيۡبٗا وَٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ بِرَحۡمَةٖ مِّنَّا وَأَخَذَتِ ٱلَّذِينَ ظَلَمُواْ ٱلصَّيۡحَةُ فَأَصۡبَحُواْ فِي دِيَٰرِهِمۡ جَٰثِمِينَ

    Open ayah 11:94

    अनि, जब हाम्रो आदेश आयो तब हामीले शुऐब तथा उनका ईमानवाला साथीहरूलाई आफ्नो कृपामा सुरक्षित राख्यौं, र अत्याचारीहरूलाई भयङ्कर गर्जन (प्रकोप)ले समात्यो । अनि तिनीहरू आफ्ना घरहरुमा घोप्टिन पुगे ।

  95. كَأَن لَّمۡ يَغۡنَوۡاْ فِيهَآۗ أَلَا بُعۡدٗا لِّمَدۡيَنَ كَمَا بَعِدَتۡ ثَمُودُ

    Open ayah 11:95

    मानौं तिनीहरू त्यहाँ बसेकै थिएनन् । जानिराख, मद्यनका लागि त्यस्तै बर्बादी भयाे जस्तो समूदमाथि थियो ।

  96. وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَا وَسُلۡطَٰنٖ مُّبِينٍ

    Open ayah 11:96

    र, हामीले मूसालाई आफ्ना निशानीहरू तथा स्पष्ट प्रमाणकासाथ पठायौं..

  97. إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ فَٱتَّبَعُوٓاْ أَمۡرَ فِرۡعَوۡنَۖ وَمَآ أَمۡرُ فِرۡعَوۡنَ بِرَشِيدٖ

    Open ayah 11:97

    फिरऔन तथा उसका भारदारहरूसमक्ष । अनि, भारदारहरूले फिरऔनकै आदेशको पालना गरे जबकि फिरऔनको आदेश सत्य थिएन ।

  98. يَقۡدُمُ قَوۡمَهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ فَأَوۡرَدَهُمُ ٱلنَّارَۖ وَبِئۡسَ ٱلۡوِرۡدُ ٱلۡمَوۡرُودُ

    Open ayah 11:98

    महाप्रलयको दिन उसले आफ्नो समुदायको अगुवाइ गर्नेछ, र तिनीहरूलाई नरकमा लिएर जानेछ । र, त्यो कत्ति नराम्रो स्थान हुनेछ जहाँ तिनीहरू ओर्लनेछन् !

  99. وَأُتۡبِعُواْ فِي هَٰذِهِۦ لَعۡنَةٗ وَيَوۡمَ ٱلۡقِيَٰمَةِۚ بِئۡسَ ٱلرِّفۡدُ ٱلۡمَرۡفُودُ

    Open ayah 11:99

    यस संसारमा पनि तिनीहरूलाई धिक्कारिएको छ र महाप्रलयको दिन पनि । र कति नराम्रो उपहार रहेछ जुन तिनीहरूलाई दिइएको छ !,

  100. ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡقُرَىٰ نَقُصُّهُۥ عَلَيۡكَۖ مِنۡهَا قَآئِمٞ وَحَصِيدٞ 

    Open ayah 11:100

    यी केही नगरहरूका वृत्तान्त हुन् जुन हामी तिमीसमक्ष बयान गर्दैछौं । तिनीहरूमध्ये केही अहिलेसम्म कायम छन् भने केही नष्ट भइसकेका छन् ।,

  101. وَمَا ظَلَمۡنَٰهُمۡ وَلَٰكِن ظَلَمُوٓاْ أَنفُسَهُمۡۖ فَمَآ أَغۡنَتۡ عَنۡهُمۡ ءَالِهَتُهُمُ ٱلَّتِي يَدۡعُونَ مِن دُونِ ٱللَّهِ مِن شَيۡءٖ لَّمَّا جَآءَ أَمۡرُ رَبِّكَۖ وَمَا زَادُوهُمۡ غَيۡرَ تَتۡبِيبٖ 

    Open ayah 11:101

    र, हामीले तिनीहरूमाथि अत्याचार गरेनौं । बरु तिनीहरूले नै स्वयंमाथि अत्याचार गरे । अतः जब तिम्रा पालनकर्ताको आदेश (प्रकोप) आइपुग्यो तब तिनीहरूले पुकार्दै गरेका अल्लाहबाहेकका उपास्यहरू तिनीहरुकालागि कुनै काममा आएनन् । बरु तिनीहरूले तिनीहरुको विनाशमा बृद्धि गरे ।

  102. وَكَذَٰلِكَ أَخۡذُ رَبِّكَ إِذَآ أَخَذَ ٱلۡقُرَىٰ وَهِيَ ظَٰلِمَةٌۚ إِنَّ أَخۡذَهُۥٓ أَلِيمٞ شَدِيدٌ 

    Open ayah 11:102

    तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ, जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् । वास्तवमा उनको पकड कष्टकर र शसक्त हुने गर्छ ।

  103. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّمَنۡ خَافَ عَذَابَ ٱلۡأٓخِرَةِۚ ذَٰلِكَ يَوۡمٞ مَّجۡمُوعٞ لَّهُ ٱلنَّاسُ وَذَٰلِكَ يَوۡمٞ مَّشۡهُودٞ 

    Open ayah 11:103

    निस्सन्देह त्यसमा परलोकको यातनाको भय राख्ने व्यक्तिकालागि शिक्षा छ । त्यो सम्पूर्ण मानिसहरूलाई भेला गरिने दिन हुनेछ र यही (अल्लाहसमक्ष) हाजिर गरिने दिन पनि हुनेछ ।

  104. وَمَا نُؤَخِّرُهُۥٓ إِلَّا لِأَجَلٖ مَّعۡدُودٖ 

    Open ayah 11:104

    र, हामी त्यसलाई एउटा निश्चित दिनकोलागि मात्र विलम्ब गर्दैछौं ।

  105. يَوۡمَ يَأۡتِ لَا تَكَلَّمُ نَفۡسٌ إِلَّا بِإِذۡنِهِۦۚ فَمِنۡهُمۡ شَقِيّٞ وَسَعِيدٞ 

    Open ayah 11:105

    र, जब त्यो दिन आउँछ, तब कोही पनि अल्लाहको अनुमति बिना बोल्न सक्ने छैन । अनि तिनीहरूमध्ये केही अभागी ठहरिनेछन् र केही भाग्यमानी ।

  106. فَأَمَّا ٱلَّذِينَ شَقُواْ فَفِي ٱلنَّارِ لَهُمۡ فِيهَا زَفِيرٞ وَشَهِيقٌ 

    Open ayah 11:106

    अनि जो अभागी हुनेछन्, तिनीहरू नरकमा जानेछन् जहाँ तिनीहरू स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्नेछन् ।

  107. خَٰلِدِينَ فِيهَا مَا دَامَتِ ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ إِلَّا مَا شَآءَ رَبُّكَۚ إِنَّ رَبَّكَ فَعَّالٞ لِّمَا يُرِيدُ 

    Open ayah 11:107

    तिनीहरू सदाकालागि त्यसैमा रहनेछन् जबसम्म (परलाेकका) आकाशहरू तथा धर्ती कायम रहनेछन् । [ ] तिम्रा रबको चाहना अर्कै भयो भने बेग्लै कुरा हो । निस्सन्देह तिम्रा रब जे चाहन्छन् त्यो गरेरै छाड्छन् ।

  108. ۞وَأَمَّا ٱلَّذِينَ سُعِدُواْ فَفِي ٱلۡجَنَّةِ خَٰلِدِينَ فِيهَا مَا دَامَتِ ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ إِلَّا مَا شَآءَ رَبُّكَۖ عَطَآءً غَيۡرَ مَجۡذُوذٖ 

    Open ayah 11:108

    अनि, भाग्यशाली व्यक्तिहरू स्वर्गमा प्रवेश गर्नेछन्, सदाका लागि त्यसैमा बसोबास गर्नेछन् जबसम्म (परलाेकका) आकाशहरू तथा धर्ती कायम रहनेछन् । तिम्रा रबको चाहना अर्कै भयो भने बेग्लै कुरा हो । यो अल्लाहको अबिच्छिन्न अनुग्रह हुनेछ ।

  109. فَلَا تَكُ فِي مِرۡيَةٖ مِّمَّا يَعۡبُدُ هَٰٓؤُلَآءِۚ مَا يَعۡبُدُونَ إِلَّا كَمَا يَعۡبُدُ ءَابَآؤُهُم مِّن قَبۡلُۚ وَإِنَّا لَمُوَفُّوهُمۡ نَصِيبَهُمۡ غَيۡرَ مَنقُوصٖ 

    Open ayah 11:109

    अतः (हे सन्देष्टा) यिनीहरूले उपासना गरिरहेका यी उपास्यहरूबारे तिमी कुनै सन्देहमा नपर्नु । तिनीहरू आफुभन्दा अघिका पूर्वजहरु झैं उपासना गर्दैछन् । र, हामी तिनीहरूको (दण्डको) पूर्ण हिस्सा नघटाइकन दिनेछौं ।

  110. وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ فَٱخۡتُلِفَ فِيهِۚ وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَقُضِيَ بَيۡنَهُمۡۚ وَإِنَّهُمۡ لَفِي شَكّٖ مِّنۡهُ مُرِيبٖ 

    Open ayah 11:110

    र, हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं अनि त्यसमा विभेद गरियो । यदि तिम्रा पालनकर्ताको तर्फबाट पहिले नै एउटा कुरा निश्चित नभएको भए तिनीहरूबीच निर्णय गरिने थियो । र, तिनीहरू यस सम्बन्धमा दुबिधापूर्ण सन्देहमा घेरिएका छन् ।

  111. وَإِنَّ كُلّٗا لَّمَّا لَيُوَفِّيَنَّهُمۡ رَبُّكَ أَعۡمَٰلَهُمۡۚ إِنَّهُۥ بِمَا يَعۡمَلُونَ خَبِيرٞ

    Open ayah 11:111

    र, तिम्रा पालनकर्ताले ती सबैलाई तिनीहरुका कर्महरूको पूर्ण प्रतिफल दिनेछन् । निस्सन्देह उनी तिनीहरूले गर्ने गरेका कार्यहरूसित राम्रो अवगत छन् ।

  112. فَٱسۡتَقِمۡ كَمَآ أُمِرۡتَ وَمَن تَابَ مَعَكَ وَلَا تَطۡغَوۡاْۚ إِنَّهُۥ بِمَا تَعۡمَلُونَ بَصِيرٞ

    Open ayah 11:112

    अतः (हे सन्देष्टा !) सत्मार्गमा अडिग रहने गर तिमी पनि र तिमीसँग फर्केका व्यक्तिहरू पनि जसरी तिमीलाई आदेश भएको छ । र, सीमा उल्लङ्घन नगर । निस्सन्देह उनी तिमीहरूले गर्ने सम्पूर्ण कार्यहरूलाई देखिरहेका छन् ।

  113. وَلَا تَرۡكَنُوٓاْ إِلَى ٱلَّذِينَ ظَلَمُواْ فَتَمَسَّكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِنۡ أَوۡلِيَآءَ ثُمَّ لَا تُنصَرُونَ

    Open ayah 11:113

    र, तिमीहरू अत्याचारी व्यक्तिहरूतर्फ अलिकति पनि नझूक अन्यथा नरकको अग्निले छुनेछ । र, अल्लाहबाहेक तिम्रो कोही पनि संरक्षक–मित्र हुने छैन । अनि न तिमीहरूले कुनै सहयोग नै पाउनेछौ ।

  114. وَأَقِمِ ٱلصَّلَوٰةَ طَرَفَيِ ٱلنَّهَارِ وَزُلَفٗا مِّنَ ٱلَّيۡلِۚ إِنَّ ٱلۡحَسَنَٰتِ يُذۡهِبۡنَ ٱلسَّيِّـَٔاتِۚ ذَٰلِكَ ذِكۡرَىٰ لِلذَّٰكِرِينَ

    Open ayah 11:114

    र, नमाज कायम गर दिनको दुवै किनारा तथा रातका विभिन्न प्रहरहरूमा । [ ] निस्सन्देह पुण्यकर्महरूले पापहरूको निवारण गर्छन् । यो उपदेश हो उपदेश ग्रहण गर्नेहरूकालागि ।

  115. وَٱصۡبِرۡ فَإِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ

    Open ayah 11:115

    र, धैर्यधारण गर, निश्चय नै अल्लाह सुर्मीहरूको प्रतिदानलाई नष्ट गर्नै छैनन् ।

  116. فَلَوۡلَا كَانَ مِنَ ٱلۡقُرُونِ مِن قَبۡلِكُمۡ أُوْلُواْ بَقِيَّةٖ يَنۡهَوۡنَ عَنِ ٱلۡفَسَادِ فِي ٱلۡأَرۡضِ إِلَّا قَلِيلٗا مِّمَّنۡ أَنجَيۡنَا مِنۡهُمۡۗ وَٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُواْ مَآ أُتۡرِفُواْ فِيهِ وَكَانُواْ مُجۡرِمِينَ

    Open ayah 11:116

    अनि तिमीहरूभन्दा पहिलेका समुदायमा यस्ता सत्यनिष्ठ व्यक्तिहरू किन थिएनन् जसले धर्तीमा विध्वंस मच्चाउनबाट मनाही गरून्, सिवाय केही व्यक्तिहरूबाहेक जसलाई हामीले सुरक्षित राख्यौं ? र, अत्याचारी मानिसहरू ती कुराहरूको पछि नै लागे जुन उनीहरूलाइ प्रचूर मात्रामा प्रदान गरिएकाे थियाे र तिनीहरू अपराधी थिए ।

  117. وَمَا كَانَ رَبُّكَ لِيُهۡلِكَ ٱلۡقُرَىٰ بِظُلۡمٖ وَأَهۡلُهَا مُصۡلِحُونَ

    Open ayah 11:117

    र, तिम्रा रबले नगरहरुलाई त्यहाँका बासिन्दाहरु सुधारक हुँदाहुँदै कहिल्यै कुनै अत्याचारपूर्ण तरिकाले नष्ट गर्दैनन् ।

  118. وَلَوۡ شَآءَ رَبُّكَ لَجَعَلَ ٱلنَّاسَ أُمَّةٗ وَٰحِدَةٗۖ وَلَا يَزَالُونَ مُخۡتَلِفِينَ

    Open ayah 11:118

    र, तिम्रा पालनकर्ताले चाहेका भए सम्पूर्ण मानवलाई एउटै समुदाय बनाउने थिए । तर, अब तिनीहरू विभेद नै गरिरहनेछन् । ,

  119. إِلَّا مَن رَّحِمَ رَبُّكَۚ وَلِذَٰلِكَ خَلَقَهُمۡۗ وَتَمَّتۡ كَلِمَةُ رَبِّكَ لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ أَجۡمَعِينَ

    Open ayah 11:119

    ती व्यक्तिहरूबाहेक जसमाथि अल्लाह कृपा गर्छन् र यसकैनिम्ति उनले तिनीहरूलाई सृजना गरेका हुन् । र, तिम्रा रबको यो वचन पूरा भएको छ कि म नरकलाई निश्चय नै जिन्न र मानव दुवैले भर्नेछु ।”

  120. وَكُلّٗا نَّقُصُّ عَلَيۡكَ مِنۡ أَنۢبَآءِ ٱلرُّسُلِ مَا نُثَبِّتُ بِهِۦ فُؤَادَكَۚ وَجَآءَكَ فِي هَٰذِهِ ٱلۡحَقُّ وَمَوۡعِظَةٞ وَذِكۡرَىٰ لِلۡمُؤۡمِنِينَ 

    Open ayah 11:120

    र, हे सन्देष्टा ! ईशदूतहरूका यी सम्पूर्ण घटनाहरू तिम्रो हृदयलाई सुदृढ पार्न तिमीलाई सुनाउँछौं । र, यसमा तिम्राेलागि सत्यकाे ज्ञान पुगेको छ । र, यो आस्थावानहरूकालागि उपदेश तथा अनुस्मरण (पनि) हो ।

  121. وَقُل لِّلَّذِينَ لَا يُؤۡمِنُونَ ٱعۡمَلُواْ عَلَىٰ مَكَانَتِكُمۡ إِنَّا عَٰمِلُونَ

    Open ayah 11:121

    अनि, ईमान नल्याउनेहरूलाई भनिदेऊ– “तिमीहरू आफ्नो स्थानमा कार्य गर्दै जाऊ र हामी पनि कार्य गर्दै जान्छौं ।

  122. وَٱنتَظِرُوٓاْ إِنَّا مُنتَظِرُونَ

    Open ayah 11:122

    अनि, तिमीहरू प्रतीक्षा गर र हामी पनि प्रतिक्षा गरिरहेकाछौं ।”,

  123. وَلِلَّهِ غَيۡبُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَإِلَيۡهِ يُرۡجَعُ ٱلۡأَمۡرُ كُلُّهُۥ فَٱعۡبُدۡهُ وَتَوَكَّلۡ عَلَيۡهِۚ وَمَا رَبُّكَ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

    Open ayah 11:123

    र, आकाशहरू तथा धर्तीका अदृश्य वास्तविकताहरूको ज्ञान केवल अल्लाहलाई छ । र, सम्पूर्ण मामिलाहरू उनैतर्फ फर्काइन्छ । अतः उनकै उपासना गर र उनैमाथि भरोसा गर र, तिमीहरूले गर्ने गरेका कार्यबाट तिम्राे पालनकर्ता अनभिज्ञ छैनन् ।