يوسف
Yusuf
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡمُبِينِ
Open ayah 12:1अलिफ० लाम० रा०; यी स्पष्ट ग्रन्थका आयतहरू हुन् ।
إِنَّآ أَنزَلۡنَٰهُ قُرۡءَٰنًا عَرَبِيّٗا لَّعَلَّكُمۡ تَعۡقِلُونَ
Open ayah 12:2हामीले यस कुरआनलाई अरबी भाषामा अवतरित गरेका छौं ताकि तिमीहरूले बुझ्न सक ।
نَحۡنُ نَقُصُّ عَلَيۡكَ أَحۡسَنَ ٱلۡقَصَصِ بِمَآ أَوۡحَيۡنَآ إِلَيۡكَ هَٰذَا ٱلۡقُرۡءَانَ وَإِن كُنتَ مِن قَبۡلِهِۦ لَمِنَ ٱلۡغَٰفِلِينَ
Open ayah 12:3(हे सन्देष्टा) हामीले तिमीलाई तिमीमाथि प्रकाशना गरेको यस कुरआनद्वारा [ ] एउटा अति उत्तम वृत्तान्त सुनाउँदछौं जसबारे तिमी पहिले अनभिज्ञ थियौ ।
إِذۡ قَالَ يُوسُفُ لِأَبِيهِ يَٰٓأَبَتِ إِنِّي رَأَيۡتُ أَحَدَ عَشَرَ كَوۡكَبٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ رَأَيۡتُهُمۡ لِي سَٰجِدِينَ
Open ayah 12:4यो त्यस युगको कुरा हो जब यूसुफले आफ्ना पितालाई भने– “हे मेरा पिता ! मैले एघारवटा तारा, एवं सूर्य तथा चन्द्रमालाई मेरोसामु सज्दा गर्दैछन् भनेर सपनामा देखेको छु।”
قَالَ يَٰبُنَيَّ لَا تَقۡصُصۡ رُءۡيَاكَ عَلَىٰٓ إِخۡوَتِكَ فَيَكِيدُواْ لَكَ كَيۡدًاۖ إِنَّ ٱلشَّيۡطَٰنَ لِلۡإِنسَٰنِ عَدُوّٞ مُّبِينٞ
Open ayah 12:5उनले भने–“हे मेरो पुत्र ! आफ्नो यो सपना आफ्ना दाजुहरूलाई नसुनाउनू अन्यथा तिनीहरूले तिमीविरुद्ध षडयन्त्र गर्नेछन्, किनभने शैतान मानवको स्पष्ट शत्रु हो ।”
وَكَذَٰلِكَ يَجۡتَبِيكَ رَبُّكَ وَيُعَلِّمُكَ مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِ وَيُتِمُّ نِعۡمَتَهُۥ عَلَيۡكَ وَعَلَىٰٓ ءَالِ يَعۡقُوبَ كَمَآ أَتَمَّهَا عَلَىٰٓ أَبَوَيۡكَ مِن قَبۡلُ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَۚ إِنَّ رَبَّكَ عَلِيمٌ حَكِيمٞ
Open ayah 12:6र, यसैगरी तिम्रा पालनकर्ताले तिमीलाई (सन्देशटा) चयन गर्नेछन्; कुराहरूको तहसम्म पुग्न सिकाउनेछन्, र जसरी उनले आफ्नो अनुग्रह तिम्रा पूर्वजहरू इब्राहीम तथा इस्हाकमाथि पूर्ण गरेका थिए त्यसरी नै तिमी तथा याअ्कूबका सन्तानहरूमाथि पनि आफ्नो अनुग्रह पूर्ण गर्नेछन् । निस्सन्देह तिम्रा पालनकर्ता सर्वज्ञ एवं तत्वदर्शी छन् ।”
۞لَّقَدۡ كَانَ فِي يُوسُفَ وَإِخۡوَتِهِۦٓ ءَايَٰتٞ لِّلسَّآئِلِينَ
Open ayah 12:7वास्तवमा यूसुफ तथा उनका दाजुहरूको कथामा सोध्नेहरूकालागि निशानीहरू छन् ।
إِذۡ قَالُواْ لَيُوسُفُ وَأَخُوهُ أَحَبُّ إِلَىٰٓ أَبِينَا مِنَّا وَنَحۡنُ عُصۡبَةٌ إِنَّ أَبَانَا لَفِي ضَلَٰلٖ مُّبِينٍ
Open ayah 12:8उनका दाजुहरूले आपसमा भने– “यूसुफ तथा उनका भाइ हाम्रा पिताकालागि हामीभन्दा अधिक प्रिय रहेका छन् जबकि हामी एउटा समूह नै छौं । सच्चाई यो हो कि हाम्रा पिता ठूलो भूलमा छन् ।” ,
ٱقۡتُلُواْ يُوسُفَ أَوِ ٱطۡرَحُوهُ أَرۡضٗا يَخۡلُ لَكُمۡ وَجۡهُ أَبِيكُمۡ وَتَكُونُواْ مِنۢ بَعۡدِهِۦ قَوۡمٗا صَٰلِحِينَ
Open ayah 12:9“यूसुफलाई मारिदेऊ वा उसलाई अज्ञात ठाउँमा फ्याँकिदेऊ ताकि तिम्रा पिताको ध्यान पूर्णरूपले केवल तिमीहरूतर्फ नै केन्द्रित होओस्, अनि यूसुफपछि तिमीहरू योग्य समूह भइहाल्नेछौ ।”
قَالَ قَآئِلٞ مِّنۡهُمۡ لَا تَقۡتُلُواْ يُوسُفَ وَأَلۡقُوهُ فِي غَيَٰبَتِ ٱلۡجُبِّ يَلۡتَقِطۡهُ بَعۡضُ ٱلسَّيَّارَةِ إِن كُنتُمۡ فَٰعِلِينَ
Open ayah 12:10तिनीहरूमध्ये एकजनाले भन्यो– “यूसुफको हत्या नगर बरू यदि तिमीहरू केही गर्न नै छ भने उसलाई कुनै गहिरो इनारको पिंधमा फ्याँकिदेऊ जहाँबाट उसलाई कुनै यात्रु–दलले निकालेर लैजाओस् ।”
قَالُواْ يَٰٓأَبَانَا مَا لَكَ لَا تَأۡمَ۬نَّا عَلَىٰ يُوسُفَ وَإِنَّا لَهُۥ لَنَٰصِحُونَ
Open ayah 12:11तिनीहरूले भने– “हे हाम्रा पिता ! आखिर यूसुफको सम्बन्धमा तपाईं हामीमाथि भरोसा किन गर्नुहुन्न जबकि हामी उसको वास्तविक शुभचिन्तक हौं ?
أَرۡسِلۡهُ مَعَنَا غَدٗا يَرۡتَعۡ وَيَلۡعَبۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ
Open ayah 12:12भोलि उसलाई हामीसँग जान दिनुहोस्, ताकि उसले खानपीन गरोस् र खेलोस् । उसको सुरक्षाकालागि हामी छँदैछौं नि ।”
قَالَ إِنِّي لَيَحۡزُنُنِيٓ أَن تَذۡهَبُواْ بِهِۦ وَأَخَافُ أَن يَأۡكُلَهُ ٱلذِّئۡبُ وَأَنتُمۡ عَنۡهُ غَٰفِلُونَ
Open ayah 12:13याअ्कूबले भने– “तिमीहरुले उसलाई लिएर जानु मेरोनिम्ति चिन्ताको विषय हुनेछ, साथै तिमीहरु उसकोलागि असावधान भएको अवस्थामा उसलाई ब्वाँसोले खाला कि भन्ने पनि मलाई डर लाग्छ ।”
قَالُواْ لَئِنۡ أَكَلَهُ ٱلذِّئۡبُ وَنَحۡنُ عُصۡبَةٌ إِنَّآ إِذٗا لَّخَٰسِرُونَ
Open ayah 12:14तिनीहरूले भने– “हामी एउटा समूह हुँदाहुँदै पनि यदि ब्वाँसोले उसलाई खायो भने त हामीले सबैथाक गुमाउनेछौं ।”
فَلَمَّا ذَهَبُواْ بِهِۦ وَأَجۡمَعُوٓاْ أَن يَجۡعَلُوهُ فِي غَيَٰبَتِ ٱلۡجُبِّۚ وَأَوۡحَيۡنَآ إِلَيۡهِ لَتُنَبِّئَنَّهُم بِأَمۡرِهِمۡ هَٰذَا وَهُمۡ لَا يَشۡعُرُونَ
Open ayah 12:15जब तिनीहरू उसलाई लिएर गए र इनारको गहिराईमा हाल्ने निश्चय गरे, तब हामीले यूसुफतर्फ प्रकाशना गर्यौं–एक समय अवश्य अाउने जब जब तिमी तिनीहरूलाई उनीहरुले गरेको यस दुव्र्यवहारबारे अवगत गराउनेछौ तर तिनीहरू त्यसबारे अनभिज्ञ हुनेछन् ।
وَجَآءُوٓ أَبَاهُمۡ عِشَآءٗ يَبۡكُونَ
Open ayah 12:16केहिबेर राति तिनीहरू रुँदै–कराउँदै आफ्ना पितासमक्ष आए ।
قَالُواْ يَٰٓأَبَانَآ إِنَّا ذَهَبۡنَا نَسۡتَبِقُ وَتَرَكۡنَا يُوسُفَ عِندَ مَتَٰعِنَا فَأَكَلَهُ ٱلذِّئۡبُۖ وَمَآ أَنتَ بِمُؤۡمِنٖ لَّنَا وَلَوۡ كُنَّا صَٰدِقِينَ
Open ayah 12:17भन्न थाले– “पिता ज्यू ! हामी आपसमा दौडको प्रतिस्पर्धामा व्यस्त थियौं र यूसुफलाई आफ्ना सामानहरूको सुरक्षाकोलागि छोडेका थियौं । त्यसै अवधिमा ब्वाँसोले उसलाई खाइदियो । तर, हामीले हामी सांचाे बाेल्दै पनि तपाईं हाम्रो कुरा पत्याउनुहुन्न ।”
وَجَآءُو عَلَىٰ قَمِيصِهِۦ بِدَمٖ كَذِبٖۚ قَالَ بَلۡ سَوَّلَتۡ لَكُمۡ أَنفُسُكُمۡ أَمۡرٗاۖ فَصَبۡرٞ جَمِيلٞۖ وَٱللَّهُ ٱلۡمُسۡتَعَانُ عَلَىٰ مَا تَصِفُونَ
Open ayah 12:18र, तिनीहरूले यूसुफको कमिजमा झुठो रगत पनि लगाएर ल्याएका थिए । यअ्कूबले भने– “(यो सत्य होइन) बरू तिमीहरूकाे मनले एउटा जटिल मामिलालाइ सरल कनाइदियाे । अतः धैर्य गर्नु नै उत्तम हुन्छ । र, तिमीहरूले रचेका कुराहरूमा अल्लाहकै सहयोग चाहिएको छ ।”
وَجَآءَتۡ سَيَّارَةٞ فَأَرۡسَلُواْ وَارِدَهُمۡ فَأَدۡلَىٰ دَلۡوَهُۥۖ قَالَ يَٰبُشۡرَىٰ هَٰذَا غُلَٰمٞۚ وَأَسَرُّوهُ بِضَٰعَةٗۚ وَٱللَّهُ عَلِيمُۢ بِمَا يَعۡمَلُونَ
Open ayah 12:19अनि, त्यसतर्फ एउटा यात्रुदल आयो र त्यसले पानी भर्न आफ्नो एउटा मान्छे पठायो । अनि जब उसले (इनारमा) आफ्नो बाल्टिन खसाल्यो तब उसले पुकार्यो– “शुभ–सूचना ! यहाँ एउटा केटो पो रहेछ ।” र, तिनीहरूले उनलाई एउटा व्यापारिक सम्पत्ति ठानेर लुकाए । र, जेजति तिनीहरूले गर्थे त्यसबारे अल्लाह राम्ररी अवगत थिए ।
وَشَرَوۡهُ بِثَمَنِۭ بَخۡسٖ دَرَٰهِمَ مَعۡدُودَةٖ وَكَانُواْ فِيهِ مِنَ ٱلزَّٰهِدِينَ
Open ayah 12:20अनि तिनीहरूले उनलाई धेरै कम दिरहम (मूद्रा) मा बिक्री गरे । र, तिनीहरूलाई त्यसमा कुनै चासो पनि थिएन ।
وَقَالَ ٱلَّذِي ٱشۡتَرَىٰهُ مِن مِّصۡرَ لِٱمۡرَأَتِهِۦٓ أَكۡرِمِي مَثۡوَىٰهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوۡ نَتَّخِذَهُۥ وَلَدٗاۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ وَلِنُعَلِّمَهُۥ مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِۚ وَٱللَّهُ غَالِبٌ عَلَىٰٓ أَمۡرِهِۦ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 12:21र, मिस्रको जुन व्यक्तिले उनलाई खरीद गर्यो उसले आफ्नी पत्नीलाई भन्यो– “यसलाई राम्ररी राख; आशा छ यो हाम्रोलागि लाभदायक हुनेछ वा यसलाई हामी पुत्र नै बनाउँंला ।” यसरी हामीले यूसुफलाई (मिस्रको) भूमिमा स्थापित गर्यौं ताकि उनलाई मामिलाको तहसम्म पुग्न सिकाऔं । र, अल्लाह आफ्नो कार्य गरेरै छाड्छन् तर अधिकांश व्यक्तिहरूलाई थाहा नै हुँदैन ।
وَلَمَّا بَلَغَ أَشُدَّهُۥٓ ءَاتَيۡنَٰهُ حُكۡمٗا وَعِلۡمٗاۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ
Open ayah 12:22र, जब यूसुफ परिपक्क उमेरमा पुगे; हामीले उनलाई निर्णय क्षमता र ज्ञान प्रदान गर्यौं । र, यसरी नै हामी सत्कर्मीहरूलाई प्रतिदान दिने गर्छौं ।
وَرَٰوَدَتۡهُ ٱلَّتِي هُوَ فِي بَيۡتِهَا عَن نَّفۡسِهِۦ وَغَلَّقَتِ ٱلۡأَبۡوَٰبَ وَقَالَتۡ هَيۡتَ لَكَۚ قَالَ مَعَاذَ ٱللَّهِۖ إِنَّهُۥ رَبِّيٓ أَحۡسَنَ مَثۡوَايَۖ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّٰلِمُونَ
Open ayah 12:23र, उनी जुन महिलाको घरमा थिए तिनले उनलाई फकाउन चाहिन् र, (एक दिन) ढोकाहरू बन्द गरेर भनिन्– “आइजा (म तेरो लागि तयार छु) ।” यूसुफले भने– “अल्लाहको शरण माग्छु । अल्लाह नै मेरा पालनकर्ता हुन् । उनले मलाई सम्मानकासाथ राखेका छन् (म यो कुकर्म कसरी गर्न सक्छु र ?) । अत्याचारीहरूले कहिल्यै सफलता पाउन सक्दैनन् ।”
وَلَقَدۡ هَمَّتۡ بِهِۦۖ وَهَمَّ بِهَا لَوۡلَآ أَن رَّءَا بُرۡهَٰنَ رَبِّهِۦۚ كَذَٰلِكَ لِنَصۡرِفَ عَنۡهُ ٱلسُّوٓءَ وَٱلۡفَحۡشَآءَۚ إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُخۡلَصِينَ
Open ayah 12:24र, ती (महिला) यूसुफको चाहना गर्दै अगाडि बढिन् र यूसुफले आफ्ना पालनकर्ताको स्पष्ट प्रमाण नदेखेका भए उनी पनि महिलाको चाहना गर्दै अगाडि बढ्ने थिए । यस्तै भयो ताकि हामी उनीद्वारा कुकर्म तथा अश्लीलता निवारण गरौं । वास्तवमा उनी हाम्रा छानिएका भक्तहरूमध्येका थिए ।
وَٱسۡتَبَقَا ٱلۡبَابَ وَقَدَّتۡ قَمِيصَهُۥ مِن دُبُرٖ وَأَلۡفَيَا سَيِّدَهَا لَدَا ٱلۡبَابِۚ قَالَتۡ مَا جَزَآءُ مَنۡ أَرَادَ بِأَهۡلِكَ سُوٓءًا إِلَّآ أَن يُسۡجَنَ أَوۡ عَذَابٌ أَلِيمٞ
Open ayah 12:25अनि, दुवैजना ढोकातर्फ हुत्तिए र तिनले उनको कमिज पछाडिबाट च्यातिन् । र, ढोका नजिक ती दुवैले महिलाका पतिलाई पाए । उनले भनिन्– “तपाईंको परिवारसित कुनियत गर्ने यस व्यक्तिको सजायँ कैद वा कष्टकर यातनाबाहेक के हुन सक्छ ?”
قَالَ هِيَ رَٰوَدَتۡنِي عَن نَّفۡسِيۚ وَشَهِدَ شَاهِدٞ مِّنۡ أَهۡلِهَآ إِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن قُبُلٖ فَصَدَقَتۡ وَهُوَ مِنَ ٱلۡكَٰذِبِينَ
Open ayah 12:26उन(यूसुफ)ले भने– “उनले नै मलाई फकाउन खोजिन् । र, महिलाको आफ्नै परिवारका एक साक्षीले तर्क पेश गर्यो– “यदि उसको कमिज अघिल्तिरबाट च्यातिएको छ भने महिला सच्चा र यूसुफ झूठाहरूमध्ये हुन् ।
وَإِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن دُبُرٖ فَكَذَبَتۡ وَهُوَ مِنَ ٱلصَّٰدِقِينَ
Open ayah 12:27र यदि उनको कमिज पछिल्तिरबाट च्यातिएको छ भने महिला झूठो र उनी(यूसुफ) सच्चा हुन् ।”
فَلَمَّا رَءَا قَمِيصَهُۥ قُدَّ مِن دُبُرٖ قَالَ إِنَّهُۥ مِن كَيۡدِكُنَّۖ إِنَّ كَيۡدَكُنَّ عَظِيمٞ
Open ayah 12:28अनि जब पतिले उनको कमिज पछिल्तिरबाट च्यातिएको देखे, उनले भने– “यो अवश्य नै तिमी महिलाहरूको जालमा फसाउने चतुर्याइँ हो, र तिमीहरूको फन्दा वास्तवमा गज्जबको हुन्छ ।
يُوسُفُ أَعۡرِضۡ عَنۡ هَٰذَاۚ وَٱسۡتَغۡفِرِي لِذَنۢبِكِۖ إِنَّكِ كُنتِ مِنَ ٱلۡخَاطِـِٔينَ
Open ayah 12:29यूसुफ तिमी यस कुरालाई छोडिदेऊ र (हे स्त्री !) तिमी आफ्नो पापकोलागि प्रायश्चित गर । वास्तवमा दोष तिम्रै छ ।” [ ]
۞وَقَالَ نِسۡوَةٞ فِي ٱلۡمَدِينَةِ ٱمۡرَأَتُ ٱلۡعَزِيزِ تُرَٰوِدُ فَتَىٰهَا عَن نَّفۡسِهِۦۖ قَدۡ شَغَفَهَا حُبًّاۖ إِنَّا لَنَرَىٰهَا فِي ضَلَٰلٖ مُّبِينٖ
Open ayah 12:30र, नगरका महिलाहरूबीच यो चर्चाको विषय बन्यो कि सम्राटकी पत्नीले आफ्नो युवा (दास)लाई आफ्नो कामेच्छा पूरा गर्न फकाउन खोजेकी छिन् र उसको प्रेममा पागल भएकी छिन् । हाम्रो विचारमा त उनी ठूलो भूलमा छिन् ।”
فَلَمَّا سَمِعَتۡ بِمَكۡرِهِنَّ أَرۡسَلَتۡ إِلَيۡهِنَّ وَأَعۡتَدَتۡ لَهُنَّ مُتَّكَـٔٗا وَءَاتَتۡ كُلَّ وَٰحِدَةٖ مِّنۡهُنَّ سِكِّينٗا وَقَالَتِ ٱخۡرُجۡ عَلَيۡهِنَّۖ فَلَمَّا رَأَيۡنَهُۥٓ أَكۡبَرۡنَهُۥ وَقَطَّعۡنَ أَيۡدِيَهُنَّ وَقُلۡنَ حَٰشَ لِلَّهِ مَا هَٰذَا بَشَرًا إِنۡ هَٰذَآ إِلَّا مَلَكٞ كَرِيمٞ
Open ayah 12:31अनि, उनले तिनीहरूको ईर्ष्र्यापूर्ण चतुर्याइँका कुराहरू सुनेर तिनीहरूलाई बोलाउन पठाइन्, र तिनीहरूकालागि बैठकको व्यवस्था गरिन् । अनि, तिनीहरूमध्ये प्रत्येकलाई एकएकवटा छुरी दिइन् र उन (यूसुफ)लाई भनिन्– “यिनीहरूका सामुन्ने आऊ ।” जब ती महिलाहरूले उनलाई देखे तब तिनीहरू दंग परे । तिनीहरूले आफ्नो हात नै काट्न पुगे र भने– “हाशा लिल्लाह् ! [ ] (अल्लाहको आश्रय !) यिनी त मानव होइनन् । यिनी त महान् फरिश्ता हुन् !”
قَالَتۡ فَذَٰلِكُنَّ ٱلَّذِي لُمۡتُنَّنِي فِيهِۖ وَلَقَدۡ رَٰوَدتُّهُۥ عَن نَّفۡسِهِۦ فَٱسۡتَعۡصَمَۖ وَلَئِن لَّمۡ يَفۡعَلۡ مَآ ءَامُرُهُۥ لَيُسۡجَنَنَّ وَلَيَكُونٗا مِّنَ ٱلصَّٰغِرِينَ
Open ayah 12:32(ती स्त्रीले) भनिन्– “यही हो त्यो व्यक्ति जसको बारेमा तिमीहरूले मेरो निन्दा गर्दै थियौ । साँच्चिकै मैले उसलाई फकाउने प्रयास गरेकी थिएँ, तर ऊ मेरो फन्दामा आएन । अनि, यदि उसले मेरो कुरा मानेन भने निश्चय नै ऊ कैद गरिनेछ र धेरै अपमानित हुनेछ ।
قَالَ رَبِّ ٱلسِّجۡنُ أَحَبُّ إِلَيَّ مِمَّا يَدۡعُونَنِيٓ إِلَيۡهِۖ وَإِلَّا تَصۡرِفۡ عَنِّي كَيۡدَهُنَّ أَصۡبُ إِلَيۡهِنَّ وَأَكُن مِّنَ ٱلۡجَٰهِلِينَ
Open ayah 12:33उन(यूसुफ)ले प्रार्थना गरे– “हे मेरा रब ! जुन कार्यतर्फ तिनीहरूले मलाई बोलाउँदैछन्, मेराेलागि त्यसभन्दा बढी प्रिय त कारागार नै छ । यदि तिमीले तिनीहरुको षड्यन्त्र मबाट निवारण गरेनौ भने म तिनीहरूको जालमा फस्नेछु र अज्ञानीहरूमध्ये हुनेछु ।
فَٱسۡتَجَابَ لَهُۥ رَبُّهُۥ فَصَرَفَ عَنۡهُ كَيۡدَهُنَّۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 12:34अनि उनका रबले उनको प्रार्थना स्वीकार गरे र तिनी (महिलाहरू)को छललाई उनीबाट हटाइदिए । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
ثُمَّ بَدَا لَهُم مِّنۢ بَعۡدِ مَا رَأَوُاْ ٱلۡأٓيَٰتِ لَيَسۡجُنُنَّهُۥ حَتَّىٰ حِينٖ
Open ayah 12:35निशानीहरू देखेर पनि तिनीहरूले यूसुफलाई केही समयकालागि कारागारमा बन्द गर्ने निष्कर्षमा पुगे ।[ ]
وَدَخَلَ مَعَهُ ٱلسِّجۡنَ فَتَيَانِۖ قَالَ أَحَدُهُمَآ إِنِّيٓ أَرَىٰنِيٓ أَعۡصِرُ خَمۡرٗاۖ وَقَالَ ٱلۡأٓخَرُ إِنِّيٓ أَرَىٰنِيٓ أَحۡمِلُ فَوۡقَ رَأۡسِي خُبۡزٗا تَأۡكُلُ ٱلطَّيۡرُ مِنۡهُۖ نَبِّئۡنَا بِتَأۡوِيلِهِۦٓۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلۡمُحۡسِنِينَ
Open ayah 12:36उनका साथ अन्य दुई युवकहरू पनि कारागारमा प्रवेश गरे । एकदिन ती दुईमध्ये एउटाले भन्यो– “मैले सपनामा देखें कि म मदिरा निचोर्दै छु ।” र, अर्कोले भन्यो– “मैले सपनामा देखें कि मैले आफ्नो टाउकोमाथि रोटी बोकेको छु जसबाट पंक्षीहरू खाँदैछन् । हामीलाई स्वप्न–फल बताइदिनुहोस्, किनभने तपाईंं हाम्रो दृष्टिमा सत्कर्मी हुनुहुन्छ ।”
قَالَ لَا يَأۡتِيكُمَا طَعَامٞ تُرۡزَقَانِهِۦٓ إِلَّا نَبَّأۡتُكُمَا بِتَأۡوِيلِهِۦ قَبۡلَ أَن يَأۡتِيَكُمَاۚ ذَٰلِكُمَا مِمَّا عَلَّمَنِي رَبِّيٓۚ إِنِّي تَرَكۡتُ مِلَّةَ قَوۡمٖ لَّا يُؤۡمِنُونَ بِٱللَّهِ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ
Open ayah 12:37उनी (यूसुफ)ले भने– “तिमीहरूलाई दिइने भोजन तिमीहरूसमक्ष आउनुभन्दाअघि नै म तिमीहरूलाई स्वप्न–फल बताइदिनेछु । यी ती कुराहरूमध्ये हुन् जुन मेरा पालनकर्ताले मलाई सिकाएका छन् । मैले ती व्यक्तिहरूको धर्म छोडिसकेको छु जो अल्लाहमाथि आस्था राख्दैनन् र आखिरतलाई पनि अस्वीकार गर्छन् ।
وَٱتَّبَعۡتُ مِلَّةَ ءَابَآءِيٓ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَۚ مَا كَانَ لَنَآ أَن نُّشۡرِكَ بِٱللَّهِ مِن شَيۡءٖۚ ذَٰلِكَ مِن فَضۡلِ ٱللَّهِ عَلَيۡنَا وَعَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ
Open ayah 12:38र, म आफ्ना पूर्वज इब्राहीम, इस्हाक तथा यअ्कूबको धर्मको अनुसरण गर्दैछु । हामीलाई अल्लाहसँग कुनै चिजलाई साझेदार बनाउने अधिकार नै छैन । यो हामीमाथि तथा मानवमाथि अल्लाहको विशेष अनुग्रह हो । तर अधिकांश मानिसहरू भने कृतघ्न छन् ।
يَٰصَٰحِبَيِ ٱلسِّجۡنِ ءَأَرۡبَابٞ مُّتَفَرِّقُونَ خَيۡرٌ أَمِ ٱللَّهُ ٱلۡوَٰحِدُ ٱلۡقَهَّارُ
Open ayah 12:39हे मेरा कारागारका दुवै साथी हो ! के अनेक पालनकर्ताहरू राम्रा हुन् वा केवल एक अल्लाह जसलाई सबैमाथि प्रभुत्व प्राप्त छ ?
مَا تَعۡبُدُونَ مِن دُونِهِۦٓ إِلَّآ أَسۡمَآءٗ سَمَّيۡتُمُوهَآ أَنتُمۡ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلۡطَٰنٍۚ إِنِ ٱلۡحُكۡمُ إِلَّا لِلَّهِ أَمَرَ أَلَّا تَعۡبُدُوٓاْ إِلَّآ إِيَّاهُۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 12:40अल्लाहबाहेक तिमीहरू ज–जसको पूजा गर्छौ तिनीहरू केवल नाम हुन् जुन तिमीहरू तथा तिम्रा पुर्वजहरूले रचेका हुन् । अल्लाहले त्यसकोलागि कुनै प्रमाण अवतरण गरेका छैनन् । वास्तवमा अल्लाहबाहेक कसैको शासन–सत्ता छैन । उनको आदेश छ– “उनीबाहेक कसैको उपासना नगर । यही सीधा धर्म हो ।” तर अधिकांश मानिसहरू जान्दैनन् ।”
يَٰصَٰحِبَيِ ٱلسِّجۡنِ أَمَّآ أَحَدُكُمَا فَيَسۡقِي رَبَّهُۥ خَمۡرٗاۖ وَأَمَّا ٱلۡأٓخَرُ فَيُصۡلَبُ فَتَأۡكُلُ ٱلطَّيۡرُ مِن رَّأۡسِهِۦۚ قُضِيَ ٱلۡأَمۡرُ ٱلَّذِي فِيهِ تَسۡتَفۡتِيَانِ
Open ayah 12:41हे मेरा कारागारका दुवै साथीहरू हो ! तिमीहरू दुवैमध्ये पहिलो व्यक्तिले आफ्नो स्वामीलाई मदिरा पिलाउनेछ, र जहांसम्म दोश्रोकाे कुरा छ त उसलाई शूली चढाइनेछ अनि उसको टाउकोलाई पंक्षीहरूले लुछेर खानेछन् । तिमीहरूले सोधेका कुराहरूको सम्बन्धमा निर्णय भइसकेको छ ।
وَقَالَ لِلَّذِي ظَنَّ أَنَّهُۥ نَاجٖ مِّنۡهُمَا ٱذۡكُرۡنِي عِندَ رَبِّكَ فَأَنسَىٰهُ ٱلشَّيۡطَٰنُ ذِكۡرَ رَبِّهِۦ فَلَبِثَ فِي ٱلسِّجۡنِ بِضۡعَ سِنِينَ
Open ayah 12:42र, ती दुवैमध्ये रिहा हुने व्यक्तिलाई यूसुफले भने– “आफ्ना स्वामी (मिस्रका सम्राट्) समक्ष मेरो पनि चर्चा गर्नू ।” परन्तु शैतानले उसलाई आफ्ना स्वामीसमक्ष चर्चा गर्न भुलाइदियो जसले गर्दा उनी केही वर्षसम्म कारागारमै रहे ।
وَقَالَ ٱلۡمَلِكُ إِنِّيٓ أَرَىٰ سَبۡعَ بَقَرَٰتٖ سِمَانٖ يَأۡكُلُهُنَّ سَبۡعٌ عِجَافٞ وَسَبۡعَ سُنۢبُلَٰتٍ خُضۡرٖ وَأُخَرَ يَابِسَٰتٖۖ يَٰٓأَيُّهَا ٱلۡمَلَأُ أَفۡتُونِي فِي رُءۡيَٰيَ إِن كُنتُمۡ لِلرُّءۡيَا تَعۡبُرُونَ
Open ayah 12:43एक दिन राजाले भने– “मैले सपनामा के देखेको छु भने, सातवटा मोटा गाईलाई अन्य सातवटा दुब्ला गाईले खाँदैछन् , अनि, सातवटा अन्नका हरिया बाला छन् र अन्य सातवटा सुकेका बाला । हे भारदारहरू हो ! यदि तिमीहरू स्वप्न–फल जान्दछौ भने मलाई मेरो स्वप्न–फल बताऊ ।”
قَالُوٓاْ أَضۡغَٰثُ أَحۡلَٰمٖۖ وَمَا نَحۡنُ بِتَأۡوِيلِ ٱلۡأَحۡلَٰمِ بِعَٰلِمِينَ
Open ayah 12:44तिनीहरुले भने– “यी छ्यास्मिस् सपनाहरु हुन् र हामीलाई सपनाहरुको अर्थ पनि थाहा छैन । ”
وَقَالَ ٱلَّذِي نَجَا مِنۡهُمَا وَٱدَّكَرَ بَعۡدَ أُمَّةٍ أَنَا۠ أُنَبِّئُكُم بِتَأۡوِيلِهِۦ فَأَرۡسِلُونِ
Open ayah 12:45अनि ती दुईमध्ये कारागारबाट रिहा भएको त्यस व्यक्तिले जसलाई धेरै समयपछि (यूसुफले भनेको) कुरा याद आयो; भन्यो– “म तपाईंलाई यस सपनाको भावार्थ बताउनेछु । अतः मलाई (कारागार) पठाइदिनुहोस् ।”
يُوسُفُ أَيُّهَا ٱلصِّدِّيقُ أَفۡتِنَا فِي سَبۡعِ بَقَرَٰتٖ سِمَانٖ يَأۡكُلُهُنَّ سَبۡعٌ عِجَافٞ وَسَبۡعِ سُنۢبُلَٰتٍ خُضۡرٖ وَأُخَرَ يَابِسَٰتٖ لَّعَلِّيٓ أَرۡجِعُ إِلَى ٱلنَّاسِ لَعَلَّهُمۡ يَعۡلَمُونَ
Open ayah 12:46हे यूसुफ ! हे परम् सच्चावादी ! हामीलाई अर्थ बताऊ– सातवटा मोटा गाईलाई अन्य सातवटा दुब्ला गाईले खाँदैछन्, अनि, सातवटा अन्नका हरिया बाला छन् र अन्य सातवटा सुकेका बाला । ताकि म मानिसहरूसमक्ष फर्कू जसले गर्दा तिनीहरूले (स्वप्नफल) जानून् ।
قَالَ تَزۡرَعُونَ سَبۡعَ سِنِينَ دَأَبٗا فَمَا حَصَدتُّمۡ فَذَرُوهُ فِي سُنۢبُلِهِۦٓ إِلَّا قَلِيلٗا مِّمَّا تَأۡكُلُونَ
Open ayah 12:47उनले भने– तिमीहरू सातवर्ष लगातार खेती गर्दैरहनु । अनि जुन (अन्न) काट्छौ त्यसमध्ये तिमीहरू खानेजति बाहेक सबै अन्नलाई त्यसको बालामै रहन दिनू ।
ثُمَّ يَأۡتِي مِنۢ بَعۡدِ ذَٰلِكَ سَبۡعٞ شِدَادٞ يَأۡكُلۡنَ مَا قَدَّمۡتُمۡ لَهُنَّ إِلَّا قَلِيلٗا مِّمَّا تُحۡصِنُونَ
Open ayah 12:48त्यसपछि भोकमरीका सातवटा कठिन वर्षहरू आउनेछन् , त्यस अवधिमा ती सबै अन्नहरू उपभोग गरिनेछ जुन तिमीहरूले जम्मा गरेर राखेका हुनेछौ, त्यो थोरै (अन्न) वाहेक जुन तिमीहरूले त्यसमध्ये जोगाएर राख्नेछौ ।
ثُمَّ يَأۡتِي مِنۢ بَعۡدِ ذَٰلِكَ عَامٞ فِيهِ يُغَاثُ ٱلنَّاسُ وَفِيهِ يَعۡصِرُونَ
Open ayah 12:49अनि त्यसपछि एक यस्तो साल आउनेछ जसमा वर्षाद्वारा मानिसहरूको मद्दत गरिनेछ र तिनीहरू खुबै (अंगुर) निचोर्नेछन् ।
وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦۖ فَلَمَّا جَآءَهُ ٱلرَّسُولُ قَالَ ٱرۡجِعۡ إِلَىٰ رَبِّكَ فَسۡـَٔلۡهُ مَا بَالُ ٱلنِّسۡوَةِ ٱلَّٰتِي قَطَّعۡنَ أَيۡدِيَهُنَّۚ إِنَّ رَبِّي بِكَيۡدِهِنَّ عَلِيمٞ
Open ayah 12:50राजाको आदेश भयो– “यूसुफलाई लिएर आऊ ।” अनि जब बोलाउने व्यक्ति उनीसमक्ष आए तब उनले भने– “तिमी आफ्नो स्वामीकहाँ फर्केर जाऊ र जुन महिलाहरूले आफ्ना हात काटेका थिए तिनीहरूको वास्तविक मामिला के हो भनी सोध । निस्सन्देह तिनीहरूको चतुर्याइँबारे मेरा पालनकर्ता पूर्णरूपमा अवगत छन् ।”
قَالَ مَا خَطۡبُكُنَّ إِذۡ رَٰوَدتُّنَّ يُوسُفَ عَن نَّفۡسِهِۦۚ قُلۡنَ حَٰشَ لِلَّهِ مَا عَلِمۡنَا عَلَيۡهِ مِن سُوٓءٖۚ قَالَتِ ٱمۡرَأَتُ ٱلۡعَزِيزِ ٱلۡـَٰٔنَ حَصۡحَصَ ٱلۡحَقُّ أَنَا۠ رَٰوَدتُّهُۥ عَن نَّفۡسِهِۦ وَإِنَّهُۥ لَمِنَ ٱلصَّٰدِقِينَ
Open ayah 12:51अनि राजाले सोधे– “त्यस समय के भएको थियो जब तिमीहरूले यूसुफलाई फकाउन खोजेका थियौ ?” तिनीहरूले भने– “हाश लिल्लाह” (अल्लाहको आश्रय !) हामीले यूसुफमा कुनै खोट पाएनौं । अजिजकी पत्नीले भनिन्– “अब सत्य कुरा स्पष्ट भइसकेकै छ । मैले नै उसलाई फकाउने प्रयास गरेकी थिएँ । वास्तवमा उनी सच्चा व्यक्ति हुन् ।”
ذَٰلِكَ لِيَعۡلَمَ أَنِّي لَمۡ أَخُنۡهُ بِٱلۡغَيۡبِ وَأَنَّ ٱللَّهَ لَا يَهۡدِي كَيۡدَ ٱلۡخَآئِنِينَ
Open ayah 12:52(यूसुफले भने) यसको उद्देश्य यो थियो कि राजाले जानून् कि मैले उहाँको अनुपस्थितिमा उहाँसित विश्वासघात गरेको छैन, र, याे पनि कि अल्लाह विश्वासघातीहरूकाे चाललाई सफल हुन दिदैनन् ।
۞وَمَآ أُبَرِّئُ نَفۡسِيٓۚ إِنَّ ٱلنَّفۡسَ لَأَمَّارَةُۢ بِٱلسُّوٓءِ إِلَّا مَا رَحِمَ رَبِّيٓۚ إِنَّ رَبِّي غَفُورٞ رَّحِيمٞ
Open ayah 12:53र, (यूसुफले भने) म स्वयंलाई दोषमुक्त ठान्दिन । निश्चय नै मनले कुकर्मकोलागि प्रेरित गर्छ, सिवाय त्यस व्यक्तिलाई जसमाथि मेरो पालनकर्ताको दया हुन्छ । निस्सन्देह मेरा पालनकर्ता अति क्षमाशील एवं परम दयालु छन् ।
وَقَالَ ٱلۡمَلِكُ ٱئۡتُونِي بِهِۦٓ أَسۡتَخۡلِصۡهُ لِنَفۡسِيۖ فَلَمَّا كَلَّمَهُۥ قَالَ إِنَّكَ ٱلۡيَوۡمَ لَدَيۡنَا مَكِينٌ أَمِينٞ
Open ayah 12:54र सम्राटले आदेश दिए–“यूसुफलाई मेरो सामुन्ने लिएर आऊ, उनलाई आफ्नो नीजि कार्यकालागि नियुक्त गर्ने छू ।” अनि जब उनीसित कुराकानी भयो तब उनले भने– “आजदेखि तिमी हाम्रो नजिकको विश्वासिलो पदाधिकारी भयौ ।”
قَالَ ٱجۡعَلۡنِي عَلَىٰ خَزَآئِنِ ٱلۡأَرۡضِۖ إِنِّي حَفِيظٌ عَلِيمٞ
Open ayah 12:55उन ढयूसुफ)ले भने– “मुलुकको खजाना (कोष) मा मलाई नियुक्त गर्नुहोस् । म यसको सुरक्षा गर्न सक्छु र मलाई यसको जानकारी पनि छ ।”
وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِي ٱلۡأَرۡضِ يَتَبَوَّأُ مِنۡهَا حَيۡثُ يَشَآءُۚ نُصِيبُ بِرَحۡمَتِنَا مَن نَّشَآءُۖ وَلَا نُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ
Open ayah 12:56र, यसरी हामीले यूसुफलाई यस देशमा सत्ताधिकार प्रदान गर्यौं, (ताकि) उनी देशमा जहाँ चाहन्छन् बसोबास गरून् । हामी जसलाई चाहन्छौं आफ्नो वरदान प्रदान गर्छौं र सूकर्मीहरूको प्रतिदान कहिल्यै नष्ट गर्दैनौं ।
وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ خَيۡرٞ لِّلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ
Open ayah 12:57र, जुन व्यक्तिहरूले ईमान ल्याए र ईशभय राखे तिनीहरुकालागि आखिरतको प्रतिदान अति उत्तम रहेको छ ।
وَجَآءَ إِخۡوَةُ يُوسُفَ فَدَخَلُواْ عَلَيۡهِ فَعَرَفَهُمۡ وَهُمۡ لَهُۥ مُنكِرُونَ
Open ayah 12:58अनि, (जब अकालको समय आयो) यूसुफका दाजुहरू आए र उनीसमक्ष पुगे । र, उनले तिनीहरूलाई चिनिहाले तर तिनीहरू उनी (यूसुफ) सित अपिरचित नै रहे ।
وَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ قَالَ ٱئۡتُونِي بِأَخٖ لَّكُم مِّنۡ أَبِيكُمۡۚ أَلَا تَرَوۡنَ أَنِّيٓ أُوفِي ٱلۡكَيۡلَ وَأَنَا۠ خَيۡرُ ٱلۡمُنزِلِينَ
Open ayah 12:59र, जब यूसुफले तिनीहरूका माल–सामान तयार गराइदिए तब तिनीहरूलाई भने (अर्को पटक आउँदा) आफ्नो सौतिनी भाइलाई पनि साथमा लिएर आउनू । के तिमीहरूले देखेनौं कि म तिमीहरूलाई सामान पनि पूरै नापेर दिन्छु र उत्तम अतिथि सत्कार गर्नेवाला पनि हुँ ?
فَإِن لَّمۡ تَأۡتُونِي بِهِۦ فَلَا كَيۡلَ لَكُمۡ عِندِي وَلَا تَقۡرَبُونِ
Open ayah 12:60अनि, यदि तिमीहरूले उसलाई म समक्ष लिएर आएनौ भने तिमीहरूलाई मेरो तर्फबाट न कुनै अन्न प्राप्त हुनेछ र न तिमीहरू मेरो निकटता नै प्राप्त गर्नसक्नेछौ ।
قَالُواْ سَنُرَٰوِدُ عَنۡهُ أَبَاهُ وَإِنَّا لَفَٰعِلُونَ
Open ayah 12:61तिनीहरूले भने– “हामी यस संबन्धमा उसका पितालाई संझाएर राजी गर्ने प्रयास गर्नेछौं । र, हामीले यो काम गर्नु नै छ ।”
وَقَالَ لِفِتۡيَٰنِهِ ٱجۡعَلُواْ بِضَٰعَتَهُمۡ فِي رِحَالِهِمۡ لَعَلَّهُمۡ يَعۡرِفُونَهَآ إِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمۡ لَعَلَّهُمۡ يَرۡجِعُونَ
Open ayah 12:62उन (यूसुफ)ले आफ्ना कर्मचारीलाई आदेश दिए– “तिनीहरूले तिरेको धन पनि तिनीहरूकै बोरामा फिर्ता राखिदेऊ । आफ्नो घर पुगेपछि तिनीहरूले थाहा पाउलान् । आशा छ, तिनीहरू फर्केर आउनेछन् ।”
فَلَمَّا رَجَعُوٓاْ إِلَىٰٓ أَبِيهِمۡ قَالُواْ يَٰٓأَبَانَا مُنِعَ مِنَّا ٱلۡكَيۡلُ فَأَرۡسِلۡ مَعَنَآ أَخَانَا نَكۡتَلۡ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ
Open ayah 12:63अनि जब तिनीहरू आफ्नो पितासमक्ष पुगे तब भन्न थाले–“पिताज्यू ! हामीलाई अन्न दिन मनाही गरिएको छ । अनि हामीसँग हाम्रो भाइलाई पनि जाने अनुमति दिनुहोस् ताकि हामी अन्न लिएर आउन सकौं । हामी उसको रक्षा गर्नेछौ ।”
قَالَ هَلۡ ءَامَنُكُمۡ عَلَيۡهِ إِلَّا كَمَآ أَمِنتُكُمۡ عَلَىٰٓ أَخِيهِ مِن قَبۡلُ فَٱللَّهُ خَيۡرٌ حَٰفِظٗاۖ وَهُوَ أَرۡحَمُ ٱلرَّٰحِمِينَ
Open ayah 12:64यअ्कूबले भने– “के म उसको बारेमा तिमीहरूमाथि त्यसरी नै भरोसा गरूँ जसरी यसभन्दाअघि उसको भाइको बारेमा गरेको थिएँ ? र, अल्लाह नै उत्तम रक्षक तथा सर्वश्रेष्ठ दयालु छन् ।”
وَلَمَّا فَتَحُواْ مَتَٰعَهُمۡ وَجَدُواْ بِضَٰعَتَهُمۡ رُدَّتۡ إِلَيۡهِمۡۖ قَالُواْ يَٰٓأَبَانَا مَا نَبۡغِيۖ هَٰذِهِۦ بِضَٰعَتُنَا رُدَّتۡ إِلَيۡنَاۖ وَنَمِيرُ أَهۡلَنَا وَنَحۡفَظُ أَخَانَا وَنَزۡدَادُ كَيۡلَ بَعِيرٖۖ ذَٰلِكَ كَيۡلٞ يَسِيرٞ
Open ayah 12:65र, जब तिनीहरूले आफ्नो सामान खोले तब आफ्नो मूलधन पनि फर्काइएको पाए । तिनीहरूले भने– “पिताज्यू ! हामीलाई के चाहियो ? हेर्नुस्, हामीले दिएको मूलधन फिर्ता गरिएको छ । अब हामी आफ्नो परिवारकालागि थप खाद्यान्न ल्याउनेछौं; आफ्नो भाइको रक्षा पनि गर्नेछौं र एउटा ऊँटले बोक्न सक्ने जति खाद्यान्न थप प्राप्त गर्नेछौं । यति खाद्यान्न त सजिलै प्राप्त हुनेछ ।”
قَالَ لَنۡ أُرۡسِلَهُۥ مَعَكُمۡ حَتَّىٰ تُؤۡتُونِ مَوۡثِقٗا مِّنَ ٱللَّهِ لَتَأۡتُنَّنِي بِهِۦٓ إِلَّآ أَن يُحَاطَ بِكُمۡۖ فَلَمَّآ ءَاتَوۡهُ مَوۡثِقَهُمۡ قَالَ ٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٞ
Open ayah 12:66यअ्कूबले भने– “जबसम्म तिमीहरू अल्लाहको नाममा दृढ वचन दिँदैनौ कि उसलाई मसमक्ष ल्याउनेछौ तबसम्म म उसलाई तिमीहरूसँग कदापि पठाउदिनँ । यो बेग्लै कुरो हो कि तिमीहरू (संकटमा) घेरिनेछौ ।” जब तिनीहरूले आफ्नो वचन दिए, यअ्कूबले भने– “हेर हामी जे भन्दैछौं त्यसको निरीक्षक अल्लाह हुन् ।”
وَقَالَ يَٰبَنِيَّ لَا تَدۡخُلُواْ مِنۢ بَابٖ وَٰحِدٖ وَٱدۡخُلُواْ مِنۡ أَبۡوَٰبٖ مُّتَفَرِّقَةٖۖ وَمَآ أُغۡنِي عَنكُم مِّنَ ٱللَّهِ مِن شَيۡءٍۖ إِنِ ٱلۡحُكۡمُ إِلَّا لِلَّهِۖ عَلَيۡهِ تَوَكَّلۡتُۖ وَعَلَيۡهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُتَوَكِّلُونَ
Open ayah 12:67यअ्कूबले निर्देशन दिदै भने– “हे मेरा पुत्रहरू हो ! एउटै ढोकाबाट प्रवेश नगर्नू बरु विभिन्न ढोकाहरूबाट प्रवेश गर्नू । र म तिमीहरूलाई अल्लाहको चाहना विपरीत बचाउन सक्दिन । आदेश केवल अल्लाहकै चल्छ । मेरो पूर्ण भरोसा उनैमाथि छ र सबै भरोसा गर्नेहरूले उनैमाथि भरोसा राख्नुपर्छ ।”
وَلَمَّا دَخَلُواْ مِنۡ حَيۡثُ أَمَرَهُمۡ أَبُوهُم مَّا كَانَ يُغۡنِي عَنۡهُم مِّنَ ٱللَّهِ مِن شَيۡءٍ إِلَّا حَاجَةٗ فِي نَفۡسِ يَعۡقُوبَ قَضَىٰهَاۚ وَإِنَّهُۥ لَذُو عِلۡمٖ لِّمَا عَلَّمۡنَٰهُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 12:68र, जब तिनीहरू आफ्नो पिताको आदेशानुसार प्रवेश गरे, तब तिनीहरूको सावधानीको यो उपाय अल्लाहको निर्णयको अगाडि काम लाग्ने थिएन । केवल यअ्कूबको हृदयमा उत्पन्न भएको इच्छा थियो जसलाई उनले पूरा गरे । र, उनी हामीले सिकाएको ज्ञानले गर्दा ज्ञानवान थिए । तर, अधिकांश व्यक्तिहरू जान्दैनन् ।
وَلَمَّا دَخَلُواْ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيۡهِ أَخَاهُۖ قَالَ إِنِّيٓ أَنَا۠ أَخُوكَ فَلَا تَبۡتَئِسۡ بِمَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 12:69र, जब तिनीहरू यूसुफसमक्ष पुगे तब उनले आफ्नो भाइ (बिन्यामीन) लाई बसाएर भने– “म तिम्रो दाजु यूसुफ हुँ । अब तिमी यिनीहरूले (हामीहरूसँग) गर्ने गरेको व्यवहारबारे चिन्ता नगर ।” [ ]
فَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمۡ جَعَلَ ٱلسِّقَايَةَ فِي رَحۡلِ أَخِيهِ ثُمَّ أَذَّنَ مُؤَذِّنٌ أَيَّتُهَا ٱلۡعِيرُ إِنَّكُمۡ لَسَٰرِقُونَ
Open ayah 12:70जब, उनले तिनीहरुको सामान तयार गराए त्यसबेला आफ्नो भाइको बोरामा पानी पिउने कचौरा राखिदिए । त्यसपछि एक जना घोषणा गर्नेले पुकार्दै भन्यो– “ए यात्रु–दलका मानिसहरु ! तिमीहरु निश्चय नै चोर हौ ।”
قَالُواْ وَأَقۡبَلُواْ عَلَيۡهِم مَّاذَا تَفۡقِدُونَ
Open ayah 12:71तिनीहरूले उनीहरूतर्फ मुख फर्काएर भने– “तिमीहरूले कुन चिज गुमाएका छौ र ?”
قَالُواْ نَفۡقِدُ صُوَاعَ ٱلۡمَلِكِ وَلِمَن جَآءَ بِهِۦ حِمۡلُ بَعِيرٖ وَأَنَا۠ بِهِۦ زَعِيمٞ
Open ayah 12:72तिनीहरूले भने– “राजकीय नाप्ने भाँडो गुमाएका छौं । र, जसले त्यो खोजेर ल्याउनेछ उसकाे लागि एक ऊँटले बोक्न सक्ने (अन्न) प्राप्त हुनेछ, यसको जिम्मा म लिन्छु ।”
قَالُواْ تَٱللَّهِ لَقَدۡ عَلِمۡتُم مَّا جِئۡنَا لِنُفۡسِدَ فِي ٱلۡأَرۡضِ وَمَا كُنَّا سَٰرِقِينَ
Open ayah 12:73तिनीहरूले भने– “अल्लाहको कसम ! हामी यस देशमा विध्वंस मच्चाउन आएका होइनौ र न हामी चोर नै हौं ।”
قَالُواْ فَمَا جَزَٰٓؤُهُۥٓ إِن كُنتُمۡ كَٰذِبِينَ
Open ayah 12:74उनीहरुले भने “यदि तिमीहरू झुठो साबित भयौ भने उस (चोर)लाई के सजायँ हुनुपर्छ ?”
قَالُواْ جَزَٰٓؤُهُۥ مَن وُجِدَ فِي رَحۡلِهِۦ فَهُوَ جَزَٰٓؤُهُۥۚ كَذَٰلِكَ نَجۡزِي ٱلظَّٰلِمِينَ
Open ayah 12:75तिनीहरूले भने–“जसको सामानमा त्यो वस्तु भेटिनेछ त्यसलाई नै दण्डस्वरूप राखिनेछ ।” हामीकहाँ अत्याचारीलाई यस्तै सजायँ दिने गरिन्छ ।
فَبَدَأَ بِأَوۡعِيَتِهِمۡ قَبۡلَ وِعَآءِ أَخِيهِ ثُمَّ ٱسۡتَخۡرَجَهَا مِن وِعَآءِ أَخِيهِۚ كَذَٰلِكَ كِدۡنَا لِيُوسُفَۖ مَا كَانَ لِيَأۡخُذَ أَخَاهُ فِي دِينِ ٱلۡمَلِكِ إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ نَرۡفَعُ دَرَجَٰتٖ مَّن نَّشَآءُۗ وَفَوۡقَ كُلِّ ذِي عِلۡمٍ عَلِيمٞ
Open ayah 12:76अनि उसले उनको भाइको सामानभन्दा पहिले तिनीहरूका सामानको तलासी शुरु गर्यो । अनि उसले उनको भाइको सामानबाट हराइएको वस्तु निकाल्यो । यसरी हामीले यूसुफकालागि उपाय गर्यौं । उनले शाही कानूनअन्तर्गत आफ्नो भाइलाई रोक्न सक्ने थिएनन् सिवाय यसको कि अल्लाह नै चाहून् । हामी जसलाई चाहन्छौं पदोन्नति गर्छौं । र, हरेक ज्ञानवानभन्दा उच्च एक ज्ञानवान छ ।
۞قَالُوٓاْ إِن يَسۡرِقۡ فَقَدۡ سَرَقَ أَخٞ لَّهُۥ مِن قَبۡلُۚ فَأَسَرَّهَا يُوسُفُ فِي نَفۡسِهِۦ وَلَمۡ يُبۡدِهَا لَهُمۡۚ قَالَ أَنتُمۡ شَرّٞ مَّكَانٗاۖ وَٱللَّهُ أَعۡلَمُ بِمَا تَصِفُونَ
Open ayah 12:77उनी (यूसुफका दाजुहरू)ले भने– “यदि उसले चोरेको हो भने यसअघि उसका दाजुले पनि चोरी गरेको थियो !” तर, यूसुफले यस कुरालाई आफ्नो मनमै लुकाइराखे, र, तिनीहरूसमक्ष जाहेर गरेनन् । (उनले मनमनै) भने– “तिमीहरू अति निकृष्ट दर्जाका मानिसहरू हाै, र जुन आरोप तिमीहरू लगाउँदैछौ अल्लाह त्यसको वास्तविकता राम्ररी जान्दछन् ।”
قَالُواْ يَٰٓأَيُّهَا ٱلۡعَزِيزُ إِنَّ لَهُۥٓ أَبٗا شَيۡخٗا كَبِيرٗا فَخُذۡ أَحَدَنَا مَكَانَهُۥٓۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلۡمُحۡسِنِينَ
Open ayah 12:78तिनीहरूले भने– “महामहिम ! यिनका पिता अति वृद्ध छन् । अतः तपाईं उसको स्थानमा हामीहरूमध्ये कसैलाई राख्नुस् । हाम्रो दृष्टिमा तपाईं अति परोपकारी हुनुहुन्छ ।”
قَالَ مَعَاذَ ٱللَّهِ أَن نَّأۡخُذَ إِلَّا مَن وَجَدۡنَا مَتَٰعَنَا عِندَهُۥٓ إِنَّآ إِذٗا لَّظَٰلِمُونَ
Open ayah 12:79उन (यूसुफ) ले भने–“मआजल्लाह (अल्लाहको आश्रय !) जोसँग हामीले आफ्नो चिज पाएकाछौं त्यसलाई छोडी अन्य कसैलाई कसरी गिरफ्तार गर्न सक्छौं र ? त्यसो गरेमा हामी पो अन्यायी हुनेछौं ।”
فَلَمَّا ٱسۡتَيۡـَٔسُواْ مِنۡهُ خَلَصُواْ نَجِيّٗاۖ قَالَ كَبِيرُهُمۡ أَلَمۡ تَعۡلَمُوٓاْ أَنَّ أَبَاكُمۡ قَدۡ أَخَذَ عَلَيۡكُم مَّوۡثِقٗا مِّنَ ٱللَّهِ وَمِن قَبۡلُ مَا فَرَّطتُمۡ فِي يُوسُفَۖ فَلَنۡ أَبۡرَحَ ٱلۡأَرۡضَ حَتَّىٰ يَأۡذَنَ لِيٓ أَبِيٓ أَوۡ يَحۡكُمَ ٱللَّهُ لِيۖ وَهُوَ خَيۡرُ ٱلۡحَٰكِمِينَ
Open ayah 12:80अतः, जब तिनीहरू उस (बिनयामिन)बाट निराश भए तब एकान्तमा परामर्श गर्न थाले । तिनीहरूको जेठोले भने–“तिमीहरूका पिताले तिमीहरूसँग अल्लाहको नाममा दृढ वचन लिनुभएको थियो भन्ने कुरा तिमीहरूलाई थाहा छैन ? र, यसभन्दाअघि पनि तिमीहरूले यूसुफको मामिलामा कसूर गरिसकेका छौ । र, अतः म मेरो पिताले अनुमति नदिएसम्म यहाँबाट हल्लिन्न वा जबसम्म अल्लाहले नै मेरोलागि कुनै निर्णय गर्दैनन् । र, उनी सर्वश्रेष्ठ निर्णायक हुन् ।”
ٱرۡجِعُوٓاْ إِلَىٰٓ أَبِيكُمۡ فَقُولُواْ يَٰٓأَبَانَآ إِنَّ ٱبۡنَكَ سَرَقَ وَمَا شَهِدۡنَآ إِلَّا بِمَا عَلِمۡنَا وَمَا كُنَّا لِلۡغَيۡبِ حَٰفِظِينَ
Open ayah 12:81तिमीहरू सबै आफ्ना पिताकहाँ फर्क र भन– “पिताज्यू ! तपाईंको पुत्रले चोरी गर्यो । र, हामी त त्यही वर्णन गर्दैछौं जे हामीलाई थाहा छ । र परोक्षको निरीक्षक त हामी होइनौ ।
وَسۡـَٔلِ ٱلۡقَرۡيَةَ ٱلَّتِي كُنَّا فِيهَا وَٱلۡعِيرَ ٱلَّتِيٓ أَقۡبَلۡنَا فِيهَاۖ وَإِنَّا لَصَٰدِقُونَ
Open ayah 12:82अनि, तपाईं ती नगरबासीहरूलाई सोध्नुहोस्, र त्यस यात्रुदललाई पनि सोध्नुहोस् जोसँग हामी आयौं । हामी बिलकुल साँचो बोलिरहेका छौं ।”
قَالَ بَلۡ سَوَّلَتۡ لَكُمۡ أَنفُسُكُمۡ أَمۡرٗاۖ فَصَبۡرٞ جَمِيلٌۖ عَسَى ٱللَّهُ أَن يَأۡتِيَنِي بِهِمۡ جَمِيعًاۚ إِنَّهُۥ هُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
Open ayah 12:83यअ्कूबले भने– “(यस्तो होइन) बरू तिमीहरू आफ्नैतर्फबाट कुरा बनाउँदैछौ । अतः (मेरो लागि) धैर्य नै उत्तम हुनेछ । आशा छ कि ती सबैलाई अल्लाहले मेरो सामुन्ने ल्याउनेछन् । उनी नै सर्वज्ञ तथा तत्वदर्शी छन् ।”
وَتَوَلَّىٰ عَنۡهُمۡ وَقَالَ يَٰٓأَسَفَىٰ عَلَىٰ يُوسُفَ وَٱبۡيَضَّتۡ عَيۡنَاهُ مِنَ ٱلۡحُزۡنِ فَهُوَ كَظِيمٞ
Open ayah 12:84अनि उनले तिनीहरूबाट मुन्टो फर्काए र भने– “हाय यूसुफ !” र, पीर तथा चिन्ताले (रुँदा रुँदा) उनका आँखाहरू सेता भएका थिए । र, उनी शोकमग्न थिए ।
قَالُواْ تَٱللَّهِ تَفۡتَؤُاْ تَذۡكُرُ يُوسُفَ حَتَّىٰ تَكُونَ حَرَضًا أَوۡ تَكُونَ مِنَ ٱلۡهَٰلِكِينَ
Open ayah 12:85छोराहरूले भने– “अल्लाहको कसम ! तपाईं सधैं यूसुफलाई नै याद गरिरहनु हुन्छ । यहाँसम्म कि या तपाईं बिरामी पर्नुहुन्छ या आफ्नो ज्यान नै गुमाउनुहुन्छ ।”
قَالَ إِنَّمَآ أَشۡكُواْ بَثِّي وَحُزۡنِيٓ إِلَى ٱللَّهِ وَأَعۡلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 12:86उनले भने– “म आफ्नो शोक र वेदना केवल अल्लाहसमक्ष प्रकट गर्छु । र, अल्लाहको तर्फबाट मलाई ती कुराहरूको ज्ञान प्राप्त छ, जुन तिमीहरू जान्दैनौ ।
يَٰبَنِيَّ ٱذۡهَبُواْ فَتَحَسَّسُواْ مِن يُوسُفَ وَأَخِيهِ وَلَا تَاْيۡـَٔسُواْ مِن رَّوۡحِ ٱللَّهِۖ إِنَّهُۥ لَا يَاْيۡـَٔسُ مِن رَّوۡحِ ٱللَّهِ إِلَّا ٱلۡقَوۡمُ ٱلۡكَٰفِرُونَ
Open ayah 12:87हे मेरा पुत्रहरू हो ! तिमीहरू जाऊ र यूसुफ तथा उनको भाइको बारेमा पत्ता लगाऊ । र, अल्लाहको दयाबाट निराश नहोऊ । उनको दयाबाट केवल अवज्ञाकारीहरू निराश हुन्छन् ।”
فَلَمَّا دَخَلُواْ عَلَيۡهِ قَالُواْ يَٰٓأَيُّهَا ٱلۡعَزِيزُ مَسَّنَا وَأَهۡلَنَا ٱلضُّرُّ وَجِئۡنَا بِبِضَٰعَةٖ مُّزۡجَىٰةٖ فَأَوۡفِ لَنَا ٱلۡكَيۡلَ وَتَصَدَّقۡ عَلَيۡنَآۖ إِنَّ ٱللَّهَ يَجۡزِي ٱلۡمُتَصَدِّقِينَ
Open ayah 12:88जब, तिनीहरु उनी (यूसुफ) कहाँ पुगे र भने– “महामहिम ! हामी र हाम्रो परिवारलाई संङ्कटले घेरेको छ । हामीले अति थोरै मूलधन ल्याएका छौं । अतः हामीलाई पूरा पूरा अन्न प्रदान गर्नुहोस् र दान पनि गर्नुहोस् । अल्लाहले दान गर्नेलाई निश्चय नै प्रतिदान प्रदान गर्छन् ।”
قَالَ هَلۡ عَلِمۡتُم مَّا فَعَلۡتُم بِيُوسُفَ وَأَخِيهِ إِذۡ أَنتُمۡ جَٰهِلُونَ
Open ayah 12:89उनले भने– “तिमीहरूलाई थाहा छ कि यूसुफ र उनका भाइसँग के गरेका थियौ जब तिमीहरू अज्ञानतामा थियौ ?”
قَالُوٓاْ أَءِنَّكَ لَأَنتَ يُوسُفُۖ قَالَ أَنَا۠ يُوسُفُ وَهَٰذَآ أَخِيۖ قَدۡ مَنَّ ٱللَّهُ عَلَيۡنَآۖ إِنَّهُۥ مَن يَتَّقِ وَيَصۡبِرۡ فَإِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجۡرَ ٱلۡمُحۡسِنِينَ
Open ayah 12:90तिनीहरूले भने– “के हजुर नै यूसुफ हुनुहुन्छ र !” उनले भने– “हो, म यूसुफ हुँ । र, यो मेरो भाइ हो । अल्लाहले वास्तवमा हामीप्रति उपकार गरे । सत्य यो हो कि जुन व्यक्तिहरू ईशभय राख्छन् र धैर्यधारण गर्छन् अल्लाह त्यस्ता सुकर्मीहरूको प्रतिदानलाई कदापि नष्ट गर्दैनन् ।”
قَالُواْ تَٱللَّهِ لَقَدۡ ءَاثَرَكَ ٱللَّهُ عَلَيۡنَا وَإِن كُنَّا لَخَٰطِـِٔينَ
Open ayah 12:91तिनीहरूले भने– “अल्लाहको कसम ! उनले तपाईंलाई हामीमाथि श्रेष्ठता प्रदान गरेका छन् । र, वास्तवमा हामी नै दोषी हाैं ।”
قَالَ لَا تَثۡرِيبَ عَلَيۡكُمُ ٱلۡيَوۡمَۖ يَغۡفِرُ ٱللَّهُ لَكُمۡۖ وَهُوَ أَرۡحَمُ ٱلرَّٰحِمِينَ
Open ayah 12:92यूसुफले भने– “आज तिमीहरूमाथि कुनै कार्यवाही हुने छैन । अल्लाहले तिमीहरूलाई क्षमा गरून् ! उनी सर्वाधिक दयालु छन् ।
ٱذۡهَبُواْ بِقَمِيصِي هَٰذَا فَأَلۡقُوهُ عَلَىٰ وَجۡهِ أَبِي يَأۡتِ بَصِيرٗا وَأۡتُونِي بِأَهۡلِكُمۡ أَجۡمَعِينَ
Open ayah 12:93मेरो यो कमिज लिएर जाऊ र यसलाई मेरा पिताजीको अनुहारमा राख, उनको नेत्रज्योति फर्किने छ । र, तिमीहरू आफ्नो सम्पूर्ण परिवारलाई लिएर मकहाँ आऊ ।”
وَلَمَّا فَصَلَتِ ٱلۡعِيرُ قَالَ أَبُوهُمۡ إِنِّي لَأَجِدُ رِيحَ يُوسُفَۖ لَوۡلَآ أَن تُفَنِّدُونِ
Open ayah 12:94र, जब यात्रुदल प्रस्थान गर्यो । उनका बाबुले भने– “तिमीहरूले मलाई यो बूढो त खुस्केछ क्यारे नभन्ने हो भने मलाई त यूसुफको सुगन्ध आइरहेको छ ।”
قَالُواْ تَٱللَّهِ إِنَّكَ لَفِي ضَلَٰلِكَ ٱلۡقَدِيمِ
Open ayah 12:95तिनीहरूले भने– “अल्लाहको कसम ! तपाईं अहिलेसम्म आफ्नो पुरानै भ्रान्तिमा हुनुहुन्छ ।”
فَلَمَّآ أَن جَآءَ ٱلۡبَشِيرُ أَلۡقَىٰهُ عَلَىٰ وَجۡهِهِۦ فَٱرۡتَدَّ بَصِيرٗاۖ قَالَ أَلَمۡ أَقُل لَّكُمۡ إِنِّيٓ أَعۡلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعۡلَمُونَ
Open ayah 12:96अनि जब शुभ–सूचनावाहक आयो उसले यूसुफको कमिज यअ्कूबको अनुहारमाथि राख्यो अनि उनको नेत्र–ज्योति फर्केर आयो । उनले भने–“म अल्लाहको तर्फबाट त्यो कुरा जान्दछु जुन कुरा तिमीहरू जान्दैनौ भनेर के मैले तिमीहरूलाई भनेको थिइन र ?”
قَالُواْ يَٰٓأَبَانَا ٱسۡتَغۡفِرۡ لَنَا ذُنُوبَنَآ إِنَّا كُنَّا خَٰطِـِٔينَ
Open ayah 12:97तिनीहरूले भने– “हे पिताज्यू ! हाम्रा पापहरूको क्षमाकोलागि प्रार्थना गर्नुहोस् । वास्तवमा हामी दोषी हाैं ।”
قَالَ سَوۡفَ أَسۡتَغۡفِرُ لَكُمۡ رَبِّيٓۖ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ
Open ayah 12:98उनले भने– “म तिमीहरूकालागि आफ्ना पालनकर्तासँग क्षमायाचना गर्नेछु । निश्चय नै उनी अति क्षमाशील एवं परम दयालु छन् ।”
فَلَمَّا دَخَلُواْ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيۡهِ أَبَوَيۡهِ وَقَالَ ٱدۡخُلُواْ مِصۡرَ إِن شَآءَ ٱللَّهُ ءَامِنِينَ
Open ayah 12:99अनि, तिनीहरू यूसुफकहाँ पुगे, उन (युसूफ)ले आफ्ना आमा–बुवालाई अँगालाे दिए र (सम्पूर्ण परिवारलाइ) भने– “ तपाइहरू मिस्रमा प्रवेश गर्नुहोस् ! अल्लाहले चाहेमा तपाईंहरूको लागि शान्ति नै शान्ति छ ।”
وَرَفَعَ أَبَوَيۡهِ عَلَى ٱلۡعَرۡشِ وَخَرُّواْ لَهُۥ سُجَّدٗاۖ وَقَالَ يَٰٓأَبَتِ هَٰذَا تَأۡوِيلُ رُءۡيَٰيَ مِن قَبۡلُ قَدۡ جَعَلَهَا رَبِّي حَقّٗاۖ وَقَدۡ أَحۡسَنَ بِيٓ إِذۡ أَخۡرَجَنِي مِنَ ٱلسِّجۡنِ وَجَآءَ بِكُم مِّنَ ٱلۡبَدۡوِ مِنۢ بَعۡدِ أَن نَّزَغَ ٱلشَّيۡطَٰنُ بَيۡنِي وَبَيۡنَ إِخۡوَتِيٓۚ إِنَّ رَبِّي لَطِيفٞ لِّمَا يَشَآءُۚ إِنَّهُۥ هُوَ ٱلۡعَلِيمُ ٱلۡحَكِيمُ
Open ayah 12:100अनि, आफ्ना आमा–बुवालाई सिंहासनमा बसाए र तिनीहरू सबै उनीसमक्ष झुके ।र, उनले भने–“पिताज्यू ! यो हो मेरो अतीतको सपनाको साकार रूप हाे, जसलाई मेरा पालनकर्ताले सत्य सिद्ध गरे । उनको उपकार हो कि उनले मलाई कारागारबाट निकाले र उनैले म र मेरा दाजुहरूबीच शैतानद्वारा सिर्जित फूटको स्थितिपश्चात् तपाईहरूलाई गाउँबाट यहाँसम्म पुर्याइदिए । वास्तवमा मेरा पालनकर्ता सूक्ष्म उपायद्वारा आफ्नो चाहना पूरा गर्छन् । निस्सन्देह उनी सर्वज्ञ एवं तत्वदर्शी छन् ।”
۞رَبِّ قَدۡ ءَاتَيۡتَنِي مِنَ ٱلۡمُلۡكِ وَعَلَّمۡتَنِي مِن تَأۡوِيلِ ٱلۡأَحَادِيثِۚ فَاطِرَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ أَنتَ وَلِيِّۦ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۖ تَوَفَّنِي مُسۡلِمٗا وَأَلۡحِقۡنِي بِٱلصَّٰلِحِينَ
Open ayah 12:101“हे मेरा पालनकर्ता ! तिमीले मलाई राज्य प्रदान गर्यौ । र, मामिलाको तहसम्म पुग्न शिक्षा प्रदान गर्याै । हे आकाशहरू तथा धर्तीका सृष्टिकर्ता ! तिमी नै लोक तथा परलोकमा मेरो संरक्षक हौ । तिमीले मलाई यसको स्थितिमा मृत्यु देऊ कि म मुस्लिम हुँ र मलाई सत्कर्मीहरूमा सामेल गर ।”
ذَٰلِكَ مِنۡ أَنۢبَآءِ ٱلۡغَيۡبِ نُوحِيهِ إِلَيۡكَۖ وَمَا كُنتَ لَدَيۡهِمۡ إِذۡ أَجۡمَعُوٓاْ أَمۡرَهُمۡ وَهُمۡ يَمۡكُرُونَ
Open ayah 12:102(हे मुहम्मद स.!) यो कथा परोक्षका समाचारहरूमध्येको हो, जसको प्रकाशना हामी तिमीमाथि गर्दैछौं तर तिमी त त्यहाँ उपस्थित थिएनौ जब उनीहरूले (यूसुफका बिरूद्ध) षड्यन्त्र गर्दै आफ्ना सबै उपाय प्रयोग गरिसकेका थिए ।
وَمَآ أَكۡثَرُ ٱلنَّاسِ وَلَوۡ حَرَصۡتَ بِمُؤۡمِنِينَ
Open ayah 12:103र, तिमीले जति चाहे पनि धेरैजसो मानिसहरूले ईमान ल्याउने छैनन् ।
وَمَا تَسۡـَٔلُهُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۚ إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
Open ayah 12:104र, तिमीले यसकालागि तिनीहरूसित कुनै प्रतिदान मागिरहेका छैनौ । यो त सम्पूर्ण मानवजातिकानिम्ति एउटा अनुस्मरण मात्र हो ।
وَكَأَيِّن مِّنۡ ءَايَةٖ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ يَمُرُّونَ عَلَيۡهَا وَهُمۡ عَنۡهَا مُعۡرِضُونَ
Open ayah 12:105र, आकाशहरू तथा धर्तीमा कतिपय निशानीहरू छन् जसको बेवास्ता गर्दै यिनीहरू हिड्ने गर्दछन् ।
وَمَا يُؤۡمِنُ أَكۡثَرُهُم بِٱللَّهِ إِلَّا وَهُم مُّشۡرِكُونَ
Open ayah 12:106र यिनीहरूमध्ये अधिकतर व्यक्तिहरू अल्लाहमाथि मात्र ईमान राख्दैनन् बरू उनीसित अरूलाई पनि साझेदार ठहर्याउँछन् ।
أَفَأَمِنُوٓاْ أَن تَأۡتِيَهُمۡ غَٰشِيَةٞ مِّنۡ عَذَابِ ٱللَّهِ أَوۡ تَأۡتِيَهُمُ ٱلسَّاعَةُ بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ
Open ayah 12:107के तिनीहरू यस कुराबाट निश्चिन्त छन् कि तिनीहरूमाथि अल्लाहका प्रकोपमध्ये कुनै प्रकोप आइलाग्नेछ वा असुचित अवस्थामै महाप्रलय अकस्मात् तिनीहरूमाथि आइलाग्नेछ ?
قُلۡ هَٰذِهِۦ سَبِيلِيٓ أَدۡعُوٓاْ إِلَى ٱللَّهِۚ عَلَىٰ بَصِيرَةٍ أَنَا۠ وَمَنِ ٱتَّبَعَنِيۖ وَسُبۡحَٰنَ ٱللَّهِ وَمَآ أَنَا۠ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 12:108भनिदेऊ– “मेरो मार्ग यही हो । म अल्लाहतर्फ बोलाउँछु पूर्ण सुझबुझका साथ, म स्वयं पनि र मेरा अनुयायीहरू पनि । अल्लाह पवित्र छन् र म साझेदार बनाउनेहरूमध्येको होइन ।”
وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ إِلَّا رِجَالٗا نُّوحِيٓ إِلَيۡهِم مِّنۡ أَهۡلِ ٱلۡقُرَىٰٓۗ أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۗ وَلَدَارُ ٱلۡأٓخِرَةِ خَيۡرٞ لِّلَّذِينَ ٱتَّقَوۡاْۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 12:109हामीले तिमीभन्दा पहिले बस्तीका मानिसहरूमध्येबाट जसलाई पनि पठायौं तिनीहरू पुरुष नै थिए, जसमाथि हामीले प्रकाशना गर्थ्याैँ । के तिनीहरूले धर्तीमा घुमफिर गरेनन् र देखेनन् कि तिनीहरूभन्दा अघिका मानिसहरूको परिणाम के भएको थियो ? र, ईशभय राख्नेहरूकालागि आखिरतको घर नै उत्तम रहेको छ । के तिमीहरू बुझ्दैनौं ?
حَتَّىٰٓ إِذَا ٱسۡتَيۡـَٔسَ ٱلرُّسُلُ وَظَنُّوٓاْ أَنَّهُمۡ قَدۡ كُذِبُواْ جَآءَهُمۡ نَصۡرُنَا فَنُجِّيَ مَن نَّشَآءُۖ وَلَا يُرَدُّ بَأۡسُنَا عَنِ ٱلۡقَوۡمِ ٱلۡمُجۡرِمِينَ
Open ayah 12:110यहाँसम्म कि जब रसूलहरू निराश भए, र मानिसहरूले पनि तिनीहरूलाई झूठो ठहर्याएको रहेछ भन्ने ठाने, तब एकाएक हाम्रो सहयोग उनीहरूकहाँ पुग्यो । अनि, जसलाई हामीले चाह्यौं उसलाई बचाइयो र हाम्रो प्रकोप अपराधी मानिसहरूबाट टारिंदैन ।
لَقَدۡ كَانَ فِي قَصَصِهِمۡ عِبۡرَةٞ لِّأُوْلِي ٱلۡأَلۡبَٰبِۗ مَا كَانَ حَدِيثٗا يُفۡتَرَىٰ وَلَٰكِن تَصۡدِيقَ ٱلَّذِي بَيۡنَ يَدَيۡهِ وَتَفۡصِيلَ كُلِّ شَيۡءٖ وَهُدٗى وَرَحۡمَةٗ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 12:111उनीहरूका वृत्तान्तहरूमा चेतनशीलहरूकालागि ठूलो शिक्षा छ । यो (कुरआन) रचिएको कुरा होइन, अपितु यसअघि अवतरित ग्रन्थको पुष्टि गर्ने, हरेक चिजको विस्तृत वर्णन र आस्थावानहरूकालागि मार्गदर्शन तथा दया हो ।