الرعد

Ar-Ra'd

The Thunder · Surah 13 · Ayahs: 43 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓمٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِۗ وَٱلَّذِيٓ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ ٱلۡحَقُّ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ

    Open ayah 13:1

    अलिफ० लाम० मीम० रा०; (हे मुहम्मद स.!) यी ईश्वरीय ग्रन्थका आयतहरू हुन् । र, जुन कुरा तिमीमाथि तिम्रा पालनकर्ताको तर्फबाट अवतरण गरिएको छ त्यो नितान्त सत्य हो । तर, अधिकतर मानिसहरू ईमान ल्याउँदैनन् ।

  2. ٱللَّهُ ٱلَّذِي رَفَعَ ٱلسَّمَٰوَٰتِ بِغَيۡرِ عَمَدٖ تَرَوۡنَهَاۖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِي لِأَجَلٖ مُّسَمّٗىۚ يُدَبِّرُ ٱلۡأَمۡرَ يُفَصِّلُ ٱلۡأٓيَٰتِ لَعَلَّكُم بِلِقَآءِ رَبِّكُمۡ تُوقِنُونَ

    Open ayah 13:2

    अल्लाह नै हुन् जसले कुनै स्तम्भ बिना आकाशहरूलाई जस्तो तिमी देख्दैछौ, माथि उठाए र फेरि आफ्नो राजसिंहासनमा बिराजमान भए । र, उनले सूर्य तथा चन्द्रमालाई एउटा नियमित सेवामा खटाए । प्रत्येक चिज एक निर्धारित समयकोलागि गतिशिल छ । अल्लाहले सम्पूर्ण कार्य सञ्चालन गरिरहेका छन् । उनी आयतहरूलाई स्पष्ट पारेर बताउने गर्छन् ताकि तिमीहरू आफ्ना पालनकर्तासँग भेट हुने कुरामा विश्वास गर ।

  3. وَهُوَ ٱلَّذِي مَدَّ ٱلۡأَرۡضَ وَجَعَلَ فِيهَا رَوَٰسِيَ وَأَنۡهَٰرٗاۖ وَمِن كُلِّ ٱلثَّمَرَٰتِ جَعَلَ فِيهَا زَوۡجَيۡنِ ٱثۡنَيۡنِۖ يُغۡشِي ٱلَّيۡلَ ٱلنَّهَارَۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ

    Open ayah 13:3

    र, उनै हुन् जसले धर्तीलाई फैलाए र त्यसमा पहाड एवं नदीहरू सृजना गरे । उनी सबै किसिमका फलका जोडा बनाए । उनले नै दिनलाई रातले छोप्दछन् । निस्सन्देह चिन्तन मनन गर्नेहरूकालागि यी सबैमा निशानीहरू छन् ।

  4. وَفِي ٱلۡأَرۡضِ قِطَعٞ مُّتَجَٰوِرَٰتٞ وَجَنَّٰتٞ مِّنۡ أَعۡنَٰبٖ وَزَرۡعٞ وَنَخِيلٞ صِنۡوَانٞ وَغَيۡرُ صِنۡوَانٖ يُسۡقَىٰ بِمَآءٖ وَٰحِدٖ وَنُفَضِّلُ بَعۡضَهَا عَلَىٰ بَعۡضٖ فِي ٱلۡأُكُلِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ

    Open ayah 13:4

    र, धर्तीमा एक अर्कासित मिलेका विभिन्न प्रकारका भू–भागहरू छन्; अंगुरका बगैंचा, खेतीपाति र खजुरका बृक्षहरू छन् जसमध्ये कसैको एउटा मात्र हांगा हुन्छ र कसैका धेरै हाँगाहरू हुन्छन् । यी सबैलाई एकै पानीले सिंचाइ गरिन्छ, तर हामी केही फललाई धेरै स्वादिष्ट बनाइदिन्छौं र केहीलाई कम स्वादिष्ट । निस्सन्देह यसमा विवेकले काम लिने व्यक्तिहरूकालागि निशानीहरू छन् ।

  5. ۞وَإِن تَعۡجَبۡ فَعَجَبٞ قَوۡلُهُمۡ أَءِذَا كُنَّا تُرَٰبًا أَءِنَّا لَفِي خَلۡقٖ جَدِيدٍۗ أُوْلَٰٓئِكَ ٱلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡۖ وَأُوْلَٰٓئِكَ ٱلۡأَغۡلَٰلُ فِيٓ أَعۡنَاقِهِمۡۖ وَأُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 13:5

    र, यदि तिमी आश्चर्य मान्छौ भने आश्चर्यजनक त यी मानिसहरुको यो भनाइ हो कि जब हामी मरेर माटो बनिसकेका हुनेछौं तब हामी नव–सृष्टि गरिनेछौं ? यिनीहरु नै हुन् जसले आफ्नो पालनकर्तालाई इन्कार गरेका छन्, र यिनकै गर्धनमा सिक्री पर्नेछ । र यिनीहरु नै नरकबासी हुन् जहाँ सदा रहनेछन् ।

  6. وَيَسۡتَعۡجِلُونَكَ بِٱلسَّيِّئَةِ قَبۡلَ ٱلۡحَسَنَةِ وَقَدۡ خَلَتۡ مِن قَبۡلِهِمُ ٱلۡمَثُلَٰتُۗ وَإِنَّ رَبَّكَ لَذُو مَغۡفِرَةٖ لِّلنَّاسِ عَلَىٰ ظُلۡمِهِمۡۖ وَإِنَّ رَبَّكَ لَشَدِيدُ ٱلۡعِقَابِ

    Open ayah 13:6

    र, यिनीहरु भलाइभन्दा पहिले कुभलाेकाेलागि हतार गर्दैछन्, जबकि यसभन्दा पहिले कैयौं शिक्षाप्रद उदाहरणहरु बितिसकेका छन् । वास्तविकता यो हो कि तिम्रा पालनकर्ताले मानिसहरुको अत्याचारको बावजुद तिनीहरुलाई क्षमा गर्छन्, र यो पनि सत्य हो कि तिम्रा पालनकर्ता कठोर दण्डदायक पनि छन् ।

  7. وَيَقُولُ ٱلَّذِينَ كَفَرُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ ءَايَةٞ مِّن رَّبِّهِۦٓۗ إِنَّمَآ أَنتَ مُنذِرٞۖ وَلِكُلِّ قَوۡمٍ هَادٍ

    Open ayah 13:7

    र, काफिरहरु भन्दछन्– “यस व्यक्तिमाथि उनका पालनकर्ताको तर्फबाट कुनै निशानी किन अवतरण गरिएन ?” (भनिदेऊ) तिमी केवल सचेतक हौ र प्रत्येक समुदायकोलागि एकजना मार्गदर्शक हुने गर्छ ।”

  8. ٱللَّهُ يَعۡلَمُ مَا تَحۡمِلُ كُلُّ أُنثَىٰ وَمَا تَغِيضُ ٱلۡأَرۡحَامُ وَمَا تَزۡدَادُۚ وَكُلُّ شَيۡءٍ عِندَهُۥ بِمِقۡدَارٍ

    Open ayah 13:8

    अल्लाह नै प्रत्येक गर्भवतीको गर्भको ज्ञान राख्दछन्, र, जेजति त्यस गर्भाशयमा थपघट हुने गर्छ, त्यसबारे पनि अवगत छन् । र, हरेक चिज उनीकहाँ निश्चित मापमा छ ।

  9. عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ ٱلۡكَبِيرُ ٱلۡمُتَعَالِ

    Open ayah 13:9

    उनी अदृश्य तथा दृश्य वास्तविकताका ज्ञाता, महान् एवं सर्वोच्च हुन् ।

  10. سَوَآءٞ مِّنكُم مَّنۡ أَسَرَّ ٱلۡقَوۡلَ وَمَن جَهَرَ بِهِۦ وَمَنۡ هُوَ مُسۡتَخۡفِۭ بِٱلَّيۡلِ وَسَارِبُۢ بِٱلنَّهَارِ 

    Open ayah 13:10

    तिमीहरूमध्ये कसैले चाहे गाेप्य रूपमा कुरा गरोस् वा ठूलो स्वरमा, वा कोही रातको अन्धकारमा लुकेको होस्, वा दिनको उज्यालोमा हिंडडुल गरिरहेको होस्, (अल्लाहकालागि) समान छ ।

  11. لَهُۥ مُعَقِّبَٰتٞ مِّنۢ بَيۡنِ يَدَيۡهِ وَمِنۡ خَلۡفِهِۦ يَحۡفَظُونَهُۥ مِنۡ أَمۡرِ ٱللَّهِۗ إِنَّ ٱللَّهَ لَا يُغَيِّرُ مَا بِقَوۡمٍ حَتَّىٰ يُغَيِّرُواْ مَا بِأَنفُسِهِمۡۗ وَإِذَآ أَرَادَ ٱللَّهُ بِقَوۡمٖ سُوٓءٗا فَلَا مَرَدَّ لَهُۥۚ وَمَا لَهُم مِّن دُونِهِۦ مِن وَالٍ

    Open ayah 13:11

    प्रत्येक व्यक्तिको अगाडि र पछाडि उनले निरीक्षकहरू नियुक्त गरेका छन्, जो अल्लाहको आदेशले उसको रेखदेख गर्छन्। र, अल्लाहले कुनै समुदायलाइ प्राप्त अनुकंपालाइ तबसम्म परिवर्तन गर्दैनन्, जबसम्म उनले स्वयं आफ्नो व्यवहारलाई बदल्दैनन् । अनि, अल्लाहले कुनै समुदायमाथि कुनै प्रकोप ल्याउने निर्णय गर्दा त्यसलाई कसैले टार्न सक्दैन, र न त्यस समुदायकालागि अल्लाहको दाँजोमा कुनै सहयोगी हुनेछ ।

  12. هُوَ ٱلَّذِي يُرِيكُمُ ٱلۡبَرۡقَ خَوۡفٗا وَطَمَعٗا وَيُنشِئُ ٱلسَّحَابَ ٱلثِّقَالَ

    Open ayah 13:12

    उनै हुन् जसले तिमीहरूभित्र भय र आशा उत्पन्न गर्नकाे निमित्त बिजुलीकाे चमक देखाउँछन्। र, उनै हुन् जसले भारी बादलहरू सृजना गर्छन् ।

  13. وَيُسَبِّحُ ٱلرَّعۡدُ بِحَمۡدِهِۦ وَٱلۡمَلَٰٓئِكَةُ مِنۡ خِيفَتِهِۦ وَيُرۡسِلُ ٱلصَّوَٰعِقَ فَيُصِيبُ بِهَا مَن يَشَآءُ وَهُمۡ يُجَٰدِلُونَ فِي ٱللَّهِ وَهُوَ شَدِيدُ ٱلۡمِحَالِ

    Open ayah 13:13

    बिजुलीको गर्जन तथा फरिश्ताहरू पनि उनकै भयले स्तुतिकासाथ उनकै पवित्रताको गुणगान गर्छन् । उनी नै चट्याङ्ग पठाउँछन् र जसलाई चाहन्छन् उसमाथि, अल्लाहको बारेमा विवाद गरिरहेकै अवस्थामा, प्रहार गर्छन् । अनि, उनी अति सर्वशक्तिमान छन् ।

  14. لَهُۥ دَعۡوَةُ ٱلۡحَقِّۚ وَٱلَّذِينَ يَدۡعُونَ مِن دُونِهِۦ لَا يَسۡتَجِيبُونَ لَهُم بِشَيۡءٍ إِلَّا كَبَٰسِطِ كَفَّيۡهِ إِلَى ٱلۡمَآءِ لِيَبۡلُغَ فَاهُ وَمَا هُوَ بِبَٰلِغِهِۦۚ وَمَا دُعَآءُ ٱلۡكَٰفِرِينَ إِلَّا فِي ضَلَٰلٖ

    Open ayah 13:14

    उनलाई नै पुकार्नु सत्य हो, र उनीबाहेक तिनीहरूले जसलाई पुकार्छन् तिनीहरूले यी व्यक्तिहरूलाई कुनै जवाफ दिन सक्दैनन्, जस्तो कुनै व्यक्तिले पानीतर्फ आफ्नो हात फैलाओस् ताकि उसको मुखमा पानी पुगोस् जब कि पानी मुखमा पुग्नेछैन । र अविश्वासीहरूको प्रार्थना त खेर नै जान्छ ।

  15. وَلِلَّهِۤ يَسۡجُدُۤ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ طَوۡعٗا وَكَرۡهٗا وَظِلَٰلُهُم بِٱلۡغُدُوِّ وَٱلۡأٓصَالِ۩

    Open ayah 13:15

    अनि, आकाशहरू तथा धर्तीमा छन्, तिनीहरू स्वेच्छाले वा विवशतापूर्वक अल्लाहकै सज्दा गर्छन्, र बिहान र बेलुका तिनका छायाँहरू पनि (उनकै सामुन्ने झुक्छन् ।)

  16. قُلۡ مَن رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ قُلِ ٱللَّهُۚ قُلۡ أَفَٱتَّخَذۡتُم مِّن دُونِهِۦٓ أَوۡلِيَآءَ لَا يَمۡلِكُونَ لِأَنفُسِهِمۡ نَفۡعٗا وَلَا ضَرّٗاۚ قُلۡ هَلۡ يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُ أَمۡ هَلۡ تَسۡتَوِي ٱلظُّلُمَٰتُ وَٱلنُّورُۗ أَمۡ جَعَلُواْ لِلَّهِ شُرَكَآءَ خَلَقُواْ كَخَلۡقِهِۦ فَتَشَٰبَهَ ٱلۡخَلۡقُ عَلَيۡهِمۡۚ قُلِ ٱللَّهُ خَٰلِقُ كُلِّ شَيۡءٖ وَهُوَ ٱلۡوَٰحِدُ ٱلۡقَهَّٰرُ

    Open ayah 13:16

    तिनीहरूलाई सोध, आकाशहरू तथा धर्तीका पालनकर्ता को हुन् ? भनिदेऊ– “अल्लाह !” अनि तिनीहरूलाई भन– “के तिमीहरूले उनलाई छोडी यस्ता चिजहरूलाई आफ्नो संरक्षक–मित्र बनाएका छौ जसलाई स्वयं आफ्नो लाभ तथा हानिको पनि सामर्थ्य छैन ?” सोध– “के दृष्टिविहीन र देख्न सक्ने (व्यक्ति) समान हुन सक्छन् ? के अन्धकारहरू तथा प्रकाश समान हुन सक्छन् ?” के तिनीहरूले ठहराएका समकक्षीहरूले पनि अल्लाहले सृष्टि गरेझैं कुनै सृष्टि गरेका छन्, अनि तिनीहरूलाइ सबै सृष्टिहरू समान भएक छन् ?” भनिदेऊ– “प्रत्येक चिजका स्रष्टा अल्लाह नै हुन् । उनी एक मात्र छन् अनि प्रभुत्वशाली छन् ।”

  17. أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَسَالَتۡ أَوۡدِيَةُۢ بِقَدَرِهَا فَٱحۡتَمَلَ ٱلسَّيۡلُ زَبَدٗا رَّابِيٗاۖ وَمِمَّا يُوقِدُونَ عَلَيۡهِ فِي ٱلنَّارِ ٱبۡتِغَآءَ حِلۡيَةٍ أَوۡ مَتَٰعٖ زَبَدٞ مِّثۡلُهُۥۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ ٱلۡحَقَّ وَٱلۡبَٰطِلَۚ فَأَمَّا ٱلزَّبَدُ فَيَذۡهَبُ جُفَآءٗۖ وَأَمَّا مَا يَنفَعُ ٱلنَّاسَ فَيَمۡكُثُ فِي ٱلۡأَرۡضِۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَالَ

    Open ayah 13:17

    अल्लाहले आकाशबाट पानी बर्साए र नदीनालाहरू आफ्नो क्षमता अनुसार बगे । अनि बाढीले उत्पन्न भएका फीँजलाई उठाए । र, यस्तै किसिमको फीँज ती धातुहरूबाट पनि निस्कन्छ जसलाई गहना वा भाँडाकुँडा बनाउन मानिसहरूले आगोमा पगाल्ने गर्छन् । यसरी नै अल्लाह सत्य तथा असत्यलाई जुधाएर प्रस्ट पार्छन् । फीँज त बेकार भएर उडेर जान्छ तर मानिसहरूकालागि लाभदायक वस्तुहरू धर्तीमा बाँकी रहने गर्छन् । यसरी अल्लाह उदाहरणहरू बयान गर्ने गर्छन् ।

  18. لِلَّذِينَ ٱسۡتَجَابُواْ لِرَبِّهِمُ ٱلۡحُسۡنَىٰۚ وَٱلَّذِينَ لَمۡ يَسۡتَجِيبُواْ لَهُۥ لَوۡ أَنَّ لَهُم مَّا فِي ٱلۡأَرۡضِ جَمِيعٗا وَمِثۡلَهُۥ مَعَهُۥ لَٱفۡتَدَوۡاْ بِهِۦٓۚ أُوْلَٰٓئِكَ لَهُمۡ سُوٓءُ ٱلۡحِسَابِ وَمَأۡوَىٰهُمۡ جَهَنَّمُۖ وَبِئۡسَ ٱلۡمِهَادُ

    Open ayah 13:18

    जुन व्यक्तिहरूले आफ्ना पालनकर्ताको आमन्त्रणलाई स्वीकार गरे, तिनीहरुकालागि राम्रो परिणाम रहेको छ, र जुन व्यक्तिहरूले त्यसलाई स्वीकार गरेनन्, तिनीहरू पृथ्वीमा भएका सम्पूर्ण चिजका मालिक भए पनि र थप त्यति नै भएमा पनि तिनीहरू (अल्लाहको पकडबाट बच्न) ती सबैलाई अर्थदण्डको रूपमा दिन तयार हुनेछन् । यस्ता व्यक्तिहरू नराम्ररो हिसाबमा फस्नेछन् र तिनीहरूको बासस्थान नरक हुनेछ र कति निकृष्ट बासस्थान हो नरक !

  19. ۞أَفَمَن يَعۡلَمُ أَنَّمَآ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ ٱلۡحَقُّ كَمَنۡ هُوَ أَعۡمَىٰٓۚ إِنَّمَا يَتَذَكَّرُ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ

    Open ayah 13:19

    अनि त्यो व्यक्ति जसलाई तिमीमाथि तिम्रा पालनकर्ताको तर्फबाट अवतरित ग्रन्थ सत्य हो भन्ने ज्ञान छ, के त्यो (इश्वरीय प्रकाशना बिनाकाे) दृष्टिबिहीन व्यक्ति जस्तो हुन सक्छ ? उपदेश केवल बुद्धिमान् व्यक्तिहरूले नै ग्रहण गर्छन् ।

  20. ٱلَّذِينَ يُوفُونَ بِعَهۡدِ ٱللَّهِ وَلَا يَنقُضُونَ ٱلۡمِيثَٰقَ 

    Open ayah 13:20

    जसले अल्लाहसँग गरेको प्रतिज्ञा पूरा गर्छन् र आफ्ना वचनलाई भङ्ग गर्दैनन् ।

  21. وَٱلَّذِينَ يَصِلُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيَخۡشَوۡنَ رَبَّهُمۡ وَيَخَافُونَ سُوٓءَ ٱلۡحِسَابِ

    Open ayah 13:21

    अनि जसले त्यस सम्बन्धलाई जोडेर राख्छन् जसलाई अल्लाहले जोडेर राख्ने आदेश दिएका छन्; आफ्ना पालनकर्तासित डराउँछन् र कडा हिसाबको पनि भय राख्दछन,

  22. وَٱلَّذِينَ صَبَرُواْ ٱبۡتِغَآءَ وَجۡهِ رَبِّهِمۡ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَأَنفَقُواْ مِمَّا رَزَقۡنَٰهُمۡ سِرّٗا وَعَلَانِيَةٗ وَيَدۡرَءُونَ بِٱلۡحَسَنَةِ ٱلسَّيِّئَةَ أُوْلَٰٓئِكَ لَهُمۡ عُقۡبَى ٱلدَّارِ

    Open ayah 13:22

    र जसले आफ्ना पालनकर्ताको प्रसन्नता प्राप्तिकालागि धैर्य गर्छन्; नमाज कायम गर्छन् र हामीले प्रदान गरेका सम्पत्तिमध्ये गाेप्य रूपमा तथा देखाएर खर्च गर्छन्, अनि पापलाई सुकर्मद्वारा मेट्ने गर्छन् तिनैकालागि हो आखिरतको घर ।

  23. جَنَّٰتُ عَدۡنٖ يَدۡخُلُونَهَا وَمَن صَلَحَ مِنۡ ءَابَآئِهِمۡ وَأَزۡوَٰجِهِمۡ وَذُرِّيَّٰتِهِمۡۖ وَٱلۡمَلَٰٓئِكَةُ يَدۡخُلُونَ عَلَيۡهِم مِّن كُلِّ بَابٖ

    Open ayah 13:23

    (अर्थात्) सधैं रहने यस्ता बगैंचाहरू जसमा उनीहरू स्वयं प्रवेश गर्नेछन्, र तिनीहरुका पूर्वज, पत्नी र सन्तानहरूमध्ये सत्कर्मीहरू पनि प्रवेश गर्नेछन् । र, फरिश्ताहरू प्रत्येक ढोकाबाट तिनीहरूसमक्ष आउनेछन् ।

  24. سَلَٰمٌ عَلَيۡكُم بِمَا صَبَرۡتُمۡۚ فَنِعۡمَ عُقۡبَى ٱلدَّارِ

    Open ayah 13:24

    (र, भन्नेछन्) तिमीहरूले गरेको धैर्यको कारण तिमीहरूमाथि शान्ति होस् । अनि, कति उत्कृष्ट छ त्यो आखिरतको घर !

  25. وَٱلَّذِينَ يَنقُضُونَ عَهۡدَ ٱللَّهِ مِنۢ بَعۡدِ مِيثَٰقِهِۦ وَيَقۡطَعُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيُفۡسِدُونَ فِي ٱلۡأَرۡضِ أُوْلَٰٓئِكَ لَهُمُ ٱللَّعۡنَةُ وَلَهُمۡ سُوٓءُ ٱلدَّارِ

    Open ayah 13:25

    र, ती व्यक्तिहरू जसले अल्लाहसँग दृढ प्रतिज्ञा गरेपछि त्यसलाई तोड्ने गर्छन् । जसलाई अल्लाहले जोड्ने आदेश दिएका छन् त्यसलाई तोड्ने गर्छन् र धर्तीमा विध्वंस मच्चाउने गर्छन् त्यस्ता व्यक्तिहरूलाई धिक्कार छ र तिनीहरूका लागि दुःखदायी बासस्थान रहेको छ ।

  26. ٱللَّهُ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ وَفَرِحُواْ بِٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا فِي ٱلۡأٓخِرَةِ إِلَّا مَتَٰعٞ

    Open ayah 13:26

    अल्लाह जसलाई चाहन्छन् प्रचुर मात्रामा जीविका प्रदान गर्छन्, र (जसलाई चाहन्छन्) सीमित मात्रामा जीविका दिन्छन् । र, तिनीहरू सांसारिक जीवनमा नै प्रसन्न छन् जबकि सांसारिक जीवन परलोकको जीवनको तुलनामा अल्प सामग्री मात्र हो ।

  27. وَيَقُولُ ٱلَّذِينَ كَفَرُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ ءَايَةٞ مِّن رَّبِّهِۦۚ قُلۡ إِنَّ ٱللَّهَ يُضِلُّ مَن يَشَآءُ وَيَهۡدِيٓ إِلَيۡهِ مَنۡ أَنَابَ

    Open ayah 13:27

    र, काफिरहरू भन्छन्– “यस (सन्देष्टा) माथि उनका पालनकर्ताको तर्फबाट कुनै निशानी किन अवतरण गरिएन ?” भनिदेऊ– “अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट गर्छन् र जो उनीतर्फ फर्कने गर्छ उसैलाई आफ्नो मार्ग देखाउँछन् ।”

  28. ٱلَّذِينَ ءَامَنُواْ وَتَطۡمَئِنُّ قُلُوبُهُم بِذِكۡرِ ٱللَّهِۗ أَلَا بِذِكۡرِ ٱللَّهِ تَطۡمَئِنُّ ٱلۡقُلُوبُ

    Open ayah 13:28

    ती व्यक्तिहरू जो ईमान ल्याउँने हुन् र जसको हृदयले अल्लाहको स्मरणबाट सन्तुष्टि प्राप्त गर्छन् । र, जानिराख अल्लाहको स्मरणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्छन् ।

  29. ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ طُوبَىٰ لَهُمۡ وَحُسۡنُ مَـَٔابٖ

    Open ayah 13:29

    ती व्यक्तिहरू जसले ईमान ल्याए र सत्कर्म गरे तिनीहरू सौभाग्यशाली हुन् । र, तिनीहरुकालागि राम्रो परिणाम छ ।

  30. كَذَٰلِكَ أَرۡسَلۡنَٰكَ فِيٓ أُمَّةٖ قَدۡ خَلَتۡ مِن قَبۡلِهَآ أُمَمٞ لِّتَتۡلُوَاْ عَلَيۡهِمُ ٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ وَهُمۡ يَكۡفُرُونَ بِٱلرَّحۡمَٰنِۚ قُلۡ هُوَ رَبِّي لَآ إِلَٰهَ إِلَّا هُوَ عَلَيۡهِ تَوَكَّلۡتُ وَإِلَيۡهِ مَتَابِ 

    Open ayah 13:30

    (हे नबी स.!) यसरी नै हामीले तिमीलाई एउटा यस्तो समुदायतर्फ पठाएका छौं जसभन्दा पहिले कतिपय समुदायहरू बितिसकेका छन्, ताकि तिमीले तिनीहरूलाई हामीले प्रकाशना गरेको (ग्रन्थ) पढेर सुनाऊ। यिनीहरू करुणामय (अल्लाह) लाई मानिरहेका छैनन् । भनिदेऊ– “उनी नै मेरा पालनकर्ता हुन् । उनीबाहेक कोही पूज्य छैन । म उनीमाथि नै भरोसा गर्दछु र उनीतर्फ नै फर्कने गर्छु ।”

  31. وَلَوۡ أَنَّ قُرۡءَانٗا سُيِّرَتۡ بِهِ ٱلۡجِبَالُ أَوۡ قُطِّعَتۡ بِهِ ٱلۡأَرۡضُ أَوۡ كُلِّمَ بِهِ ٱلۡمَوۡتَىٰۗ بَل لِّلَّهِ ٱلۡأَمۡرُ جَمِيعًاۗ أَفَلَمۡ يَاْيۡـَٔسِ ٱلَّذِينَ ءَامَنُوٓاْ أَن لَّوۡ يَشَآءُ ٱللَّهُ لَهَدَى ٱلنَّاسَ جَمِيعٗاۗ وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُواْ تُصِيبُهُم بِمَا صَنَعُواْ قَارِعَةٌ أَوۡ تَحُلُّ قَرِيبٗا مِّن دَارِهِمۡ حَتَّىٰ يَأۡتِيَ وَعۡدُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ لَا يُخۡلِفُ ٱلۡمِيعَادَ

    Open ayah 13:31

    र, यदि कुनै यस्तो कुरआन अवतरित गरिएको भए जसको बलले पहाडहरू हिड्न थाल्थे, वा धर्ती टुक्रा–टुक्रा हुन थाल्थ्यो, वा मुर्दाहरू कुरा गर्न थाल्ने थिए, (ता पनि यिनीहरूले ईमान ल्याउने थिएनन्) । अपितु सम्पूर्ण अधिकार अल्लाहकै हातमा छ । के यस कुराबाट आस्थावानहरूको चित्त बुझेन कि यदि अल्लाहले चाहेको भए सबैलाई मार्गदर्शन गर्ने थिए ? अनि, जुन व्यक्तिहरूले अस्वीकारको नीति अपनाए तिनीहरूमाथि र तिनका घर छेउछाउमा अल्लाहको वाचा पूरा नहुञ्जेल कुनै न कुनै प्रकोप आई नै रहनेछ । निस्सन्देह अल्लाह आफ्नो वाचाविरुद्ध जाँदैनन् ।

  32. وَلَقَدِ ٱسۡتُهۡزِئَ بِرُسُلٖ مِّن قَبۡلِكَ فَأَمۡلَيۡتُ لِلَّذِينَ كَفَرُواْ ثُمَّ أَخَذۡتُهُمۡۖ فَكَيۡفَ كَانَ عِقَابِ

    Open ayah 13:32

    र, तिमीभन्दा पहिले पनि रसूलहरूको उपहास गरियो । र, मैले काफिरहरूलाई अवसर प्रदान गरें अनि तिनीहरूलाई समातें । अनि, कस्तो थियो मेरो प्रकोप !?

  33. أَفَمَنۡ هُوَ قَآئِمٌ عَلَىٰ كُلِّ نَفۡسِۭ بِمَا كَسَبَتۡۗ وَجَعَلُواْ لِلَّهِ شُرَكَآءَ قُلۡ سَمُّوهُمۡۚ أَمۡ تُنَبِّـُٔونَهُۥ بِمَا لَا يَعۡلَمُ فِي ٱلۡأَرۡضِ أَم بِظَٰهِرٖ مِّنَ ٱلۡقَوۡلِۗ بَلۡ زُيِّنَ لِلَّذِينَ كَفَرُواْ مَكۡرُهُمۡ وَصُدُّواْ عَنِ ٱلسَّبِيلِۗ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٖ

    Open ayah 13:33

    फेरि, के ती जसले प्रत्येक जीवको आर्जनको रेखदेख गर्छन् र उनीहरूले उनै अल्लाहको साझेदार बनाएका छन् ? (हे नबी स.!) भन, तिमीहरू उनको नाम त भन। के तिमीहरू उन (अल्लाह) लाई त्यस कुराको जानकारी दिन चाहन्छौ जसको बारेमा उनी धर्तीमा जान्दैनन् वा तिमीहरू मुखमा जे आयो त्यही बक्छौ ? वास्तवमा अवज्ञाकारीहरूकालागि तिनीहरुका षडयन्त्रलाई शोभनीय बनाइएको छ र तिनीहरू सत्मार्गबाट रोकिएका छन्, अनि जसलाई अल्लाहले पथभ्रष्ट गर्छन् उसलाई कसैले मार्गदर्शन गराउन सक्दैन ।

  34. لَّهُمۡ عَذَابٞ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَشَقُّۖ وَمَا لَهُم مِّنَ ٱللَّهِ مِن وَاقٖ

    Open ayah 13:34

    यस्ता व्यक्तिहरूकालागि सांसारिक जीवनमा यातना छ र आखिरतको यातना त त्यसभन्दा पनि कठोर रहेकोछ । र, तिनीहरूलाई अल्लाहको यातनाबाट कसैले पनि बचाउनेवाला छैन ।

  35. ۞مَّثَلُ ٱلۡجَنَّةِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ أُكُلُهَا دَآئِمٞ وَظِلُّهَاۚ تِلۡكَ عُقۡبَى ٱلَّذِينَ ٱتَّقَواْۚ وَّعُقۡبَى ٱلۡكَٰفِرِينَ ٱلنَّارُ

    Open ayah 13:35

    ईशभय राख्नेहरूलाई वचन दिइएको स्वर्गको विशेषता यो हो कि त्यसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन्; त्यसको फल पनि चिरस्थायी हुनेछ र छहारी पनि अविनाशी । यो प्रतिफल हो ईशभय राख्नेहरूको, र काफिरहरूको प्रतिफल चाहिँ नरक हो ।

  36. وَٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يَفۡرَحُونَ بِمَآ أُنزِلَ إِلَيۡكَۖ وَمِنَ ٱلۡأَحۡزَابِ مَن يُنكِرُ بَعۡضَهُۥۚ قُلۡ إِنَّمَآ أُمِرۡتُ أَنۡ أَعۡبُدَ ٱللَّهَ وَلَآ أُشۡرِكَ بِهِۦٓۚ إِلَيۡهِ أَدۡعُواْ وَإِلَيۡهِ مَـَٔابِ

    Open ayah 13:36

    र, जुन व्यक्तिहरूलाई हामीले ग्रन्थ प्रदान गरेका छौं तिनीहरू तिमीमाथि अवतरण गरिएको (ग्रन्थ) बाट प्रसन्न हुन्छन् तर केही समूहहरू त्यसका केही अंशहरूलाई मान्दैनन् । भनिदेऊ– “मलाई अल्लाहकै उपासना गर्ने र उनको समकक्षी नबनाउने आदेश भएको छ । म उनीतर्फ नै बोलाउँदैछु र उनीतर्फ नै मलाइ फर्केर जानुछ ।”

  37. وَكَذَٰلِكَ أَنزَلۡنَٰهُ حُكۡمًا عَرَبِيّٗاۚ وَلَئِنِ ٱتَّبَعۡتَ أَهۡوَآءَهُم بَعۡدَمَا جَآءَكَ مِنَ ٱلۡعِلۡمِ مَا لَكَ مِنَ ٱللَّهِ مِن وَلِيّٖ وَلَا وَاقٖ

    Open ayah 13:37

    अनि यसरी नै हामीले यस ग्रन्थलाई एउटा आदेशको रुपमा अरबीमा अवतरण गरेका छौं र यदि यो सत्ज्ञान आइपुग्दा पनि तिमी तिनीहरुका चाहनाहरुको अनुसरण गर्छौ भने अल्लाहविरुद्ध तिम्रालागि कोही सहयोगी–मित्र हुने छैन तथा प्रतिरक्षक पनि हुने छैन ।

  38. وَلَقَدۡ أَرۡسَلۡنَا رُسُلٗا مِّن قَبۡلِكَ وَجَعَلۡنَا لَهُمۡ أَزۡوَٰجٗا وَذُرِّيَّةٗۚ وَمَا كَانَ لِرَسُولٍ أَن يَأۡتِيَ بِـَٔايَةٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۗ لِكُلِّ أَجَلٖ كِتَابٞ

    Open ayah 13:38

    (हे मुहम्मद स.) हामीले तिमीभन्दा पहिले पनि रसूलहरु पठाएका थियौं र तिनीहरुलाई पत्नी तथा सन्तानहरु पनि प्रदान गरेका थियौं । र, कुनै रसूललाई अल्लाहको अनुमति बिना कुनै पनि निशानी (चमत्कार) ल्याउने अधिकार थिएन । प्रत्येक युगकोलागि एउटा ग्रन्थ रहेको छ ।

  39. يَمۡحُواْ ٱللَّهُ مَا يَشَآءُ وَيُثۡبِتُۖ وَعِندَهُۥٓ أُمُّ ٱلۡكِتَٰبِ

    Open ayah 13:39

    अल्लाहले जसलाई चाहन्छन् मेटाउँछन्, जसलाई चाहन्छन् बाँकी राख्छन् र मूल ग्रन्थ उनैसित रहेको छ ।

  40. وَإِن مَّا نُرِيَنَّكَ بَعۡضَ ٱلَّذِي نَعِدُهُمۡ أَوۡ نَتَوَفَّيَنَّكَ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُ وَعَلَيۡنَا ٱلۡحِسَابُ 

    Open ayah 13:40

    र, (हे सन्देष्टा !) जुन नराम्रो परिणामको धम्की हामीले यिनीहरूलाई दिइरहेका छौं त्यसका केही अंश चाहे तिमीलाई देखाऔं वा तिमीलाई मृत्यु प्रदान गरौं, तिम्रो जिम्मेवारी केवल सन्देश पुर्याउनु हो । हिसाब लिनु काम हाम्रो जिम्मामा छ ।

  41. أَوَلَمۡ يَرَوۡاْ أَنَّا نَأۡتِي ٱلۡأَرۡضَ نَنقُصُهَا مِنۡ أَطۡرَافِهَاۚ وَٱللَّهُ يَحۡكُمُ لَا مُعَقِّبَ لِحُكۡمِهِۦۚ وَهُوَ سَرِيعُ ٱلۡحِسَابِ

    Open ayah 13:41

    के तिनीहरू देख्दैनन् कि हामीले त्यस भू–भागको सीमालाई चारैतिरबाट संकुचित पार्दैछौं । र, अल्लाह फैसला गर्छन् । कसैले पनि उनको फैसलालाई टार्न सक्दैन । र, उनलाई हिसाब लिन कत्ति पनि समय लाग्ने छैन ।

  42. وَقَدۡ مَكَرَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَلِلَّهِ ٱلۡمَكۡرُ جَمِيعٗاۖ يَعۡلَمُ مَا تَكۡسِبُ كُلُّ نَفۡسٖۗ وَسَيَعۡلَمُ ٱلۡكُفَّٰرُ لِمَنۡ عُقۡبَى ٱلدَّارِ

    Open ayah 13:42

    र, तिनीहरूभन्दा पहिले बितेका व्यक्तिहरूले पनि विभिन्न किसिमका षड्यन्त्र गरेका थिए । परन्तु जुक्ति पूर्णरूपेण अल्लाहको हातमा छ । उनी प्रत्येक प्राणीले गरिरहेका कार्यसित अवगत छन् । र, परलोकमा राम्रो परिणाम कसकोलागि रहेको छ भन्ने कुरा चाँडै नै अवज्ञाकारीहरूले थाहा पाउनेछन् ।

  43. وَيَقُولُ ٱلَّذِينَ كَفَرُواْ لَسۡتَ مُرۡسَلٗاۚ قُلۡ كَفَىٰ بِٱللَّهِ شَهِيدَۢا بَيۡنِي وَبَيۡنَكُمۡ وَمَنۡ عِندَهُۥ عِلۡمُ ٱلۡكِتَٰبِ

    Open ayah 13:43

    (हे मुहम्मद स.!) अवज्ञाकारीहरू भन्छन्– “तिमी रसूल होइनौ ।” भनिदेऊ– “म र तिमीहरूबीच अल्लाहको साक्षी पर्याप्त छ र ती व्यक्तिहरूको जोसँग ईश्वरीय ग्रन्थको ज्ञान छ ।”