ابراهيم
Ibrahim
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓرۚ كِتَٰبٌ أَنزَلۡنَٰهُ إِلَيۡكَ لِتُخۡرِجَ ٱلنَّاسَ مِنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِ بِإِذۡنِ رَبِّهِمۡ إِلَىٰ صِرَٰطِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ
Open ayah 14:1अलिफ० लाम० रा०; (हे नबी स.!) यो ग्रन्थ हो जसलाई हामीले तिमीमाथि अवतरण गरेका छौं ताकि तिमी मानिसहरूलाई तिनीहरूका पालनकर्ताको आदेशले अन्धकारबाट निकालेर प्रकाशमा ल्याऊ; अति प्रभुत्वशाली एवं प्रशंसनीय (पालनकर्ता) को मार्गमा ।
ٱللَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ وَوَيۡلٞ لِّلۡكَٰفِرِينَ مِنۡ عَذَابٖ شَدِيدٍ
Open ayah 14:2त्यस अल्लाहको (मार्गमा) जो आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरूका स्वामी हुन् । र, अति कठोर विनाशकारी दण्ड रहेको छ अवज्ञाकारीहरूकालागि ।
ٱلَّذِينَ يَسۡتَحِبُّونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا عَلَى ٱلۡأٓخِرَةِ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبۡغُونَهَا عِوَجًاۚ أُوْلَٰٓئِكَ فِي ضَلَٰلِۭ بَعِيدٖ
Open ayah 14:3जसले सांसारिक जीवनलाई परलोकमाथि प्राथमिकता दिन्छन् र अल्लाहको मार्गबाट रोक्छन् अनि त्यसलाई बङ्ग्याउन खोज्छन् । तिनीहरू पथभ्रष्टतामा धेरै टाढा पुगिसकेका छन् ।
وَمَآ أَرۡسَلۡنَا مِن رَّسُولٍ إِلَّا بِلِسَانِ قَوۡمِهِۦ لِيُبَيِّنَ لَهُمۡۖ فَيُضِلُّ ٱللَّهُ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 14:4र, हामीले प्रत्येक रसूललाई उनीहरूको समुदायको भाषामा नै पठायौं ताकि उनीहरूले तिनीहरूलाई (ईश्वरीय आदेशहरू) स्पष्ट रूपमा बताउन सकून् । अनि अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट गर्छन् र जसलाई चाहन्छन् सत्मार्ग देखाउँछन् । र, उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَآ أَنۡ أَخۡرِجۡ قَوۡمَكَ مِنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِ وَذَكِّرۡهُم بِأَيَّىٰمِ ٱللَّهِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٖ
Open ayah 14:5र, हामीले मूसालाई आफ्ना निशानीहरू दिएर पठाएका थियौं कि आफ्नो समुदायलाई अन्धकारबाट निकालेर प्रकाशमा ल्याऊन् र तिनीहरूलाई ईश्वरीय इतिहासका शिक्षाप्रद घटनाहरू याद दिलाऊन् । निस्सन्देह यसमा धैर्यवान तथा कृतज्ञहरूकालागि निशानीहरू छन् ।
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ أَنجَىٰكُم مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَسُومُونَكُمۡ سُوٓءَ ٱلۡعَذَابِ وَيُذَبِّحُونَ أَبۡنَآءَكُمۡ وَيَسۡتَحۡيُونَ نِسَآءَكُمۡۚ وَفِي ذَٰلِكُم بَلَآءٞ مِّن رَّبِّكُمۡ عَظِيمٞ
Open ayah 14:6र, जब मूसाले आफ्नो समुदायलाई भने– “तिमीहरूप्रति अल्लाहले गरेको वरदानलाई याद गर जब उनले तिमीहरूलाई फिरऔनीहरूबाट मुक्त गरे जसले तिमीहरूलाई कठोर यातना दिने गर्थे; तिम्रा छोराहरूलाई वध गर्थे र महिलाहरूलाई जीवित छोड्ने गर्थे र यसमा तिम्रा पालनकर्ताको तर्फबाट तिमीहरूकालागि ठूलो परीक्षा थियो ।
وَإِذۡ تَأَذَّنَ رَبُّكُمۡ لَئِن شَكَرۡتُمۡ لَأَزِيدَنَّكُمۡۖ وَلَئِن كَفَرۡتُمۡ إِنَّ عَذَابِي لَشَدِيدٞ
Open ayah 14:7र, स्मरण गर जब तिम्रा पालनकर्ताले तिमीहरूलाई सावधान गरे कि यदि तिमीहरू कृतज्ञ रहन्छौ भने म तिमीहरूलाई अझ बढी कृपापात्र बनाउनेछु तर कृतघ्न भएमा वास्तवमा मेरो यातना कठोर छ ।”
وَقَالَ مُوسَىٰٓ إِن تَكۡفُرُوٓاْ أَنتُمۡ وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗا فَإِنَّ ٱللَّهَ لَغَنِيٌّ حَمِيدٌ
Open ayah 14:8र, मूसाले भने– “यदि तिमीहरू र धर्तीमा रहेका अन्य सम्पूर्ण व्यक्तिहरू नै कृतघ्न बने पनि (अल्लाहको केही बिग्रँदैन), किनभने उनी अपेक्षारहित एवं स्वयं प्रशंसनीय छन् ।”
أَلَمۡ يَأۡتِكُمۡ نَبَؤُاْ ٱلَّذِينَ مِن قَبۡلِكُمۡ قَوۡمِ نُوحٖ وَعَادٖ وَثَمُودَ وَٱلَّذِينَ مِنۢ بَعۡدِهِمۡ لَا يَعۡلَمُهُمۡ إِلَّا ٱللَّهُۚ جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَرَدُّوٓاْ أَيۡدِيَهُمۡ فِيٓ أَفۡوَٰهِهِمۡ وَقَالُوٓاْ إِنَّا كَفَرۡنَا بِمَآ أُرۡسِلۡتُم بِهِۦ وَإِنَّا لَفِي شَكّٖ مِّمَّا تَدۡعُونَنَآ إِلَيۡهِ مُرِيبٖ
Open ayah 14:9के तिमीहरूलाई। [ ] तिमीहरूभन्दा पहिले बितेका समुदायहरू– नूह, आद तथा समूदका समुदाय र तिनीहरुपछिका समुदायहरूको वृत्तान्त प्राप्त भएन जसलाई अल्लाहबाहेक कसैले पनि जान्दैन । तिनीहरूसमक्ष तिनीहरुका रसूलहरू स्पष्ट निशानीहरू लिएर आएपछि तिनीहरूले (चुप लगाउन) आफ्ना हात तिनीहरुका मुखमाथि राखिदिए र भने– “तिमीहरू जे ल्याएका छौ हामी मान्दैनौ र जुन कुरातर्फ तिमीहरू बोलाउँदैछौ त्यस बारेमा हामी अत्यन्त द्विविधाजनक सन्देहमा छौं ।
۞قَالَتۡ رُسُلُهُمۡ أَفِي ٱللَّهِ شَكّٞ فَاطِرِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يَدۡعُوكُمۡ لِيَغۡفِرَ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُؤَخِّرَكُمۡ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗىۚ قَالُوٓاْ إِنۡ أَنتُمۡ إِلَّا بَشَرٞ مِّثۡلُنَا تُرِيدُونَ أَن تَصُدُّونَا عَمَّا كَانَ يَعۡبُدُ ءَابَآؤُنَا فَأۡتُونَا بِسُلۡطَٰنٖ مُّبِينٖ
Open ayah 14:10तिनीहरूका रसूलहरूले भने– “के तिमीहरूलाई आकाशहरू तथा धर्तीका सृष्टिकर्ता अल्लाहको बारेमा सन्देह छ ? उनी त तिमीहरूलाई तिम्रा पापहरूलाई क्षमा गर्न र एउटा निर्धारित समयसम्म अवसर प्रदान गर्न बोलाउँदैछन् ।” उत्तरमा तिनीहरूले भने– “तिमीहरू त हामी जस्तै मानव हौ तिमीहरूको चाहना हामीलाई हाम्रा पूर्वजहरूले जुन चिजहरूको उपासना गर्ने गर्थे त्यसबाट हटाउनु हो । त्यसो भए स्पष्ट प्रमाण प्रस्तुत गर ।”
قَالَتۡ لَهُمۡ رُسُلُهُمۡ إِن نَّحۡنُ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡ وَلَٰكِنَّ ٱللَّهَ يَمُنُّ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦۖ وَمَا كَانَ لَنَآ أَن نَّأۡتِيَكُم بِسُلۡطَٰنٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُؤۡمِنُونَ
Open ayah 14:11तिनीहरूका रसूलहरूले भने– “हामी वास्तवमा तिमीहरूजस्तै मानव हौं तर अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छन् उसमाथि आफ्नो दया गर्छन् । र, अल्लाहको आज्ञाबिना स्पष्ट प्रमाण प्रस्तुत गर्नु हाम्रो अधिकारमा छैन । र, आस्थावानहरूले केवल अल्लाहप्रति भरोसा गर्नुपर्छ ।
وَمَا لَنَآ أَلَّا نَتَوَكَّلَ عَلَى ٱللَّهِ وَقَدۡ هَدَىٰنَا سُبُلَنَاۚ وَلَنَصۡبِرَنَّ عَلَىٰ مَآ ءَاذَيۡتُمُونَاۚ وَعَلَى ٱللَّهِ فَلۡيَتَوَكَّلِ ٱلۡمُتَوَكِّلُونَ
Open ayah 14:12र, हामी अल्लाहमाथि भरोसा किन नराखौं जबकि उनैले हामीलाई सीधा मार्ग देखाएका छन् । अनि, जुन कष्टहरू तिमीहरूले हामीलाई दिनेगर्छौ त्यसमा हामी धैर्य गर्नेगर्छौंं र भरोसा राख्ने व्यक्तिहरूले अल्लाहमाथि नै भरोसा राख्नुपर्छ ।”
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِرُسُلِهِمۡ لَنُخۡرِجَنَّكُم مِّنۡ أَرۡضِنَآ أَوۡ لَتَعُودُنَّ فِي مِلَّتِنَاۖ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ رَبُّهُمۡ لَنُهۡلِكَنَّ ٱلظَّٰلِمِينَ
Open ayah 14:13र, काफिरहरूले आफ्ना रसूलहरूलाई भने– “कि त हामी तिमीहरूलाई आफ्नो देशबाट निष्कासित गरिदिन्छौं, कि त तिमीहरू हाम्रै धर्मतर्फ फर्कनुपर्छ ।” अनि पालनकर्ताले उनीहरूतर्फ प्रकाशना गरे– “हामी अवश्य नै अत्याचारीहरूलाई नाश गर्नेछौं ।
وَلَنُسۡكِنَنَّكُمُ ٱلۡأَرۡضَ مِنۢ بَعۡدِهِمۡۚ ذَٰلِكَ لِمَنۡ خَافَ مَقَامِي وَخَافَ وَعِيدِ
Open ayah 14:14र, तिनीहरूपछि हामी तिमीहरूलाई त्यस धर्तीमा पुनर्बास प्रदान गर्नेछौं । यो तिनीहरूकालागि उपहार हो जो मेरो अगाडि उपस्थित हुनबाट डराउँछन् र मेरो चेतावनीको भय गर्छन् ।”
وَٱسۡتَفۡتَحُواْ وَخَابَ كُلُّ جَبَّارٍ عَنِيدٖ
Open ayah 14:15अनि, तिनीहरूले निर्णयको माग गरे, र सबै उद्दण्ड तथा सत्यताका शत्रुहरू असफल भए ।
مِّن وَرَآئِهِۦ جَهَنَّمُ وَيُسۡقَىٰ مِن مَّآءٖ صَدِيدٖ
Open ayah 14:16उ नरककाे घेरामा हुने छ (जहाँ) उसलाई पीपयुक्त पानी पिलाइनेछ ।
يَتَجَرَّعُهُۥ وَلَا يَكَادُ يُسِيغُهُۥ وَيَأۡتِيهِ ٱلۡمَوۡتُ مِن كُلِّ مَكَانٖ وَمَا هُوَ بِمَيِّتٖۖ وَمِن وَرَآئِهِۦ عَذَابٌ غَلِيظٞ
Open ayah 14:17उसले त्यो पिउनेछ, तर घाँटी भन्दा तल निल्न सक्ने छैन । र, उसलाई चारैतिरबाट मृत्युले घेर्नेछ तर उ मर्ने छैन । त्यसपछि एउटा अर्का कठोर दण्ड उसकाेलागि तयार हुनेछ ।
مَّثَلُ ٱلَّذِينَ كَفَرُواْ بِرَبِّهِمۡۖ أَعۡمَٰلُهُمۡ كَرَمَادٍ ٱشۡتَدَّتۡ بِهِ ٱلرِّيحُ فِي يَوۡمٍ عَاصِفٖۖ لَّا يَقۡدِرُونَ مِمَّا كَسَبُواْ عَلَىٰ شَيۡءٖۚ ذَٰلِكَ هُوَ ٱلضَّلَٰلُ ٱلۡبَعِيدُ
Open ayah 14:18र, आफ्ना पालनकर्तालाई अस्वीकार गर्नेहरूका कर्महरूको उदाहरण त्यो खरानी जस्तो छ, जसलाई कुनै हुरी आएको दिन उडाएर लैजान्छ । तिनीहरूले जेजति आर्जन गरे त्यसमध्ये तिनीहरूले कुनै चिजमाथि पनि अख्तियार राख्ने छैनन् । र, यही अति नीच स्तरको पथभ्रष्टता हो ।
أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ إِن يَشَأۡ يُذۡهِبۡكُمۡ وَيَأۡتِ بِخَلۡقٖ جَدِيدٖ
Open ayah 14:19के तिमीहरूले देखेनौ, अल्लाहले सत्यकासाथ आकाशहरू तथा धर्तीको सिर्जना गरेका छन् । उनले चाहेमा तिमीहरूलाई नष्ट गरिदिनेछन् र तिमीहरूको स्थानमा नयाँ प्राणीको सृष्टि गरिदिनेछन् ।
وَمَا ذَٰلِكَ عَلَى ٱللَّهِ بِعَزِيزٖ
Open ayah 14:20र, यो अल्लाहको लागि कत्ति पनि कठिन छैन ।
وَبَرَزُواْ لِلَّهِ جَمِيعٗا فَقَالَ ٱلضُّعَفَٰٓؤُاْ لِلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُنَّا لَكُمۡ تَبَعٗا فَهَلۡ أَنتُم مُّغۡنُونَ عَنَّا مِنۡ عَذَابِ ٱللَّهِ مِن شَيۡءٖۚ قَالُواْ لَوۡ هَدَىٰنَا ٱللَّهُ لَهَدَيۡنَٰكُمۡۖ سَوَآءٌ عَلَيۡنَآ أَجَزِعۡنَآ أَمۡ صَبَرۡنَا مَا لَنَا مِن مَّحِيصٖ
Open ayah 14:21र, सबै अल्लाहकहाँ उपस्थित हुनेछन् । र दुर्बल व्यक्तिहरूले ठूलो बन्नेहरूलाई भन्नेछन्–“(संसारमा) हामी त तिमीहरूका अनुयायी थियौं । अनि, के तिनीहरु (आज) हामीलाई अल्लाहको यातनाबाट थाेरै भए पनि बचाउन सक्छौ ?” तिनीहरूले जवाफ दिनेछन्–“यदि अल्लाहले हामीलाई सीधा मार्ग देखाएका भए हामी अवश्य तिमीहरूलाई त्यो मार्ग देखाउने थियौं । अब हामी रोऔं वा धैर्य गरौं हाम्रोलागि दुबै बराबर छ । हाम्रो लागि बाँच्ने कुनै उपाय छैन ।”
وَقَالَ ٱلشَّيۡطَٰنُ لَمَّا قُضِيَ ٱلۡأَمۡرُ إِنَّ ٱللَّهَ وَعَدَكُمۡ وَعۡدَ ٱلۡحَقِّ وَوَعَدتُّكُمۡ فَأَخۡلَفۡتُكُمۡۖ وَمَا كَانَ لِيَ عَلَيۡكُم مِّن سُلۡطَٰنٍ إِلَّآ أَن دَعَوۡتُكُمۡ فَٱسۡتَجَبۡتُمۡ لِيۖ فَلَا تَلُومُونِي وَلُومُوٓاْ أَنفُسَكُمۖ مَّآ أَنَا۠ بِمُصۡرِخِكُمۡ وَمَآ أَنتُم بِمُصۡرِخِيَّ إِنِّي كَفَرۡتُ بِمَآ أَشۡرَكۡتُمُونِ مِن قَبۡلُۗ إِنَّ ٱلظَّٰلِمِينَ لَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 14:22र, हिसाबकिताबको टुङ्गो लागेपछि शैतानले भन्नेछ– “वास्तविकता के छ भने अल्लाहले तिमीहरूलाई सत्य वचन दिएका थिए (जुन पूरा भयो) । तर, मैले दिएको वचन मैले पूरा गरिनँ । तिमीहरूमाथि मेरो कुनै दबाव थिएन । मैले केवल तिमीहरूलाई बोलाएँ र तिमीहरूले मेरो कुरा मान्यौ । तसर्थ मेरो निन्दा नगर, स्वयं आफ्नै निन्दा गर । म तिमीहरूलाई सहयोग गर्न सक्दिन, न तिमीहरू नै मलाई सहयोग गर्न सक्छौ। तिमीहरूले मलाई यसअघि (अल्लाहसँग) साझेदार बनाएका थियौ भन्ने कुरा म मान्दिन ।” निस्सन्देह अत्याचारीहरूकालागि दुखदायी यातना छ ।
وَأُدۡخِلَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا بِإِذۡنِ رَبِّهِمۡۖ تَحِيَّتُهُمۡ فِيهَا سَلَٰمٌ
Open ayah 14:23अनि, ती मानिसहरू जसले ईमान ल्याए र सत्कर्म गरे तिनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराइनेछ जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र त्यहाँ तिनीहरू आफ्ना पालनकर्ताको अनुज्ञाबाट सदा रहनेछन् जहाँ उनीहरूको स्वागत शान्तिको शुभकामनाबाट हुनेछ ।
أَلَمۡ تَرَ كَيۡفَ ضَرَبَ ٱللَّهُ مَثَلٗا كَلِمَةٗ طَيِّبَةٗ كَشَجَرَةٖ طَيِّبَةٍ أَصۡلُهَا ثَابِتٞ وَفَرۡعُهَا فِي ٱلسَّمَآءِ
Open ayah 14:24के तिमीहरूले देखेनौ अल्लाहले “कलिमा–ए–तैय्यिबा” (पवित्र वाणी) को दृष्टान्त कसरी बयान गरेका छन् ? त्यो एउटा असल जातको वृक्ष जस्तै हो जसको जरो भूमिभित्रसम्म जमेको हुन्छ र जसका हाँगाहरू आकाशसम्म पुगेका हुन्छन् ।
تُؤۡتِيٓ أُكُلَهَا كُلَّ حِينِۭ بِإِذۡنِ رَبِّهَاۗ وَيَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَالَ لِلنَّاسِ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ
Open ayah 14:25जसले सदा आफ्ना पालनकर्ताको अनुज्ञाबाट फलहरू दिने गर्छ । र, अल्लाह मानिसहरूकालागि दृष्टान्तहरू बयान गर्छन् ताकि तिनीहरू उपदेश ग्रहण गरून् ।
وَمَثَلُ كَلِمَةٍ خَبِيثَةٖ كَشَجَرَةٍ خَبِيثَةٍ ٱجۡتُثَّتۡ مِن فَوۡقِ ٱلۡأَرۡضِ مَا لَهَا مِن قَرَارٖ
Open ayah 14:26र, ‘कलिमा–ए–खबीसा’ (अपवित्र वचन) को उदाहरण यस्तो कुजातको वृक्ष जस्तो छ जसको जरो भूमिभित्र पसेको हुँदैन, जसलाई भूमिको माथिल्लो भागबाट नै उखेलिन्छ । त्यसलाई अलिकति पनि स्थिरता प्राप्त हुँदैन ।
يُثَبِّتُ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ بِٱلۡقَوۡلِ ٱلثَّابِتِ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَفِي ٱلۡأٓخِرَةِۖ وَيُضِلُّ ٱللَّهُ ٱلظَّٰلِمِينَۚ وَيَفۡعَلُ ٱللَّهُ مَا يَشَآءُ
Open ayah 14:27अल्लाह आस्थावानहरूलाई दृढवाणीद्वारा लोक तथा परलोक दुवैमा दृढता प्रदान गर्दछन्, तर अत्याचारीहरूलाई पथभ्रष्ट गरिदिन्छन् । र, अल्लाह जे चाहन्छन् त्यही गर्छन् ।
۞أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ بَدَّلُواْ نِعۡمَتَ ٱللَّهِ كُفۡرٗا وَأَحَلُّواْ قَوۡمَهُمۡ دَارَ ٱلۡبَوَارِ
Open ayah 14:28के तिमीले तिनीहरूको स्थितिमाथि विचार गरेनौ जसले अल्लाहको अनुग्रहको सट्टामा कृतघ्नता देखाए र आफ्नो समुदायका मानिसहरूलाई विनाशको घरमा उतारे ।
جَهَنَّمَ يَصۡلَوۡنَهَاۖ وَبِئۡسَ ٱلۡقَرَارُ
Open ayah 14:29(अर्थात्) नरकमा जहाँ तिनीहरू होमिनेछन् र जुन अति निकृष्ट बासस्थान हो ।
وَجَعَلُواْ لِلَّهِ أَندَادٗا لِّيُضِلُّواْ عَن سَبِيلِهِۦۗ قُلۡ تَمَتَّعُواْ فَإِنَّ مَصِيرَكُمۡ إِلَى ٱلنَّارِ
Open ayah 14:30र, तिनीहरुले (अरुलाई) अल्लाहका प्रतिद्वन्दी ठहर्याए ताकि मानिसहरुलाई उनको मार्गबाट पथभ्रष्ट गरुन् । भनिदेऊ– “केही दिनसम्म मोजमस्ती गरिहाल । अन्ततः तिमीहरुको बासस्थान नरक नै हो ।”
قُل لِّعِبَادِيَ ٱلَّذِينَ ءَامَنُواْ يُقِيمُواْ ٱلصَّلَوٰةَ وَيُنفِقُواْ مِمَّا رَزَقۡنَٰهُمۡ سِرّٗا وَعَلَانِيَةٗ مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا بَيۡعٞ فِيهِ وَلَا خِلَٰلٌ
Open ayah 14:31हे सन्देष्टा ! मेरा आस्थावान उपासकहरूलाई भनिदेऊ– “उनीहरूले नमाज कायम गरून्, र हामीले प्रदान गरेका सम्पत्तिबाट गेप्य तथा खुल्लारूपले खर्च गरून् । त्यसदिनको आगमनभन्दा अघि नै जुनदिन न किनबेच हुनेछ न मित्रता तथा प्रेम नै काम लाग्नेछ ।”
ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقٗا لَّكُمۡۖ وَسَخَّرَ لَكُمُ ٱلۡفُلۡكَ لِتَجۡرِيَ فِي ٱلۡبَحۡرِ بِأَمۡرِهِۦۖ وَسَخَّرَ لَكُمُ ٱلۡأَنۡهَٰرَ
Open ayah 14:32ती अल्लाह नै हुन् जसले आकाशहरू तथा धर्तीलाई सृष्टि गरे । अनि, आकाशबाट पानी बर्साएर तिमीहरूको जीविकाकोलागि फलहरू उत्पन्न गरे र डुंगाहरूलाई तिमीहरूको अधीनमा गरिदिए ताकि समुद्रहरूमा उनकै आदेशबाट चलून् । त्यस्तै नदीहरूलाई पनि तिमीहरूको अधीनमा पारे ।
وَسَخَّرَ لَكُمُ ٱلشَّمۡسَ وَٱلۡقَمَرَ دَآئِبَيۡنِۖ وَسَخَّرَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ
Open ayah 14:33र, उनले सूर्य तथा चन्द्रमालाई तिमीहरूको सेवामा खटाएका छन्, जो निरन्तर गतिशील छन् । र, रात तथा दिनलाई पनि तिमीहरूकै सेवामा खटाएका छन् ।
وَءَاتَىٰكُم مِّن كُلِّ مَا سَأَلۡتُمُوهُۚ وَإِن تَعُدُّواْ نِعۡمَتَ ٱللَّهِ لَا تُحۡصُوهَآۗ إِنَّ ٱلۡإِنسَٰنَ لَظَلُومٞ كَفَّارٞ
Open ayah 14:34र, उनले तिमीहरूलाई ती सबै वस्तु प्रदान गरे जुन तिमीहरूले उनीसित माग्यौ । र, यदि तिमीहरूले अल्लाहका अनुग्रहहरूको गणना गर्न चाह्यौ भने, गन्न सक्ने छैनौ । वास्तवमा मानिस अन्यायी एवं कृतघ्न छन्।
وَإِذۡ قَالَ إِبۡرَٰهِيمُ رَبِّ ٱجۡعَلۡ هَٰذَا ٱلۡبَلَدَ ءَامِنٗا وَٱجۡنُبۡنِي وَبَنِيَّ أَن نَّعۡبُدَ ٱلۡأَصۡنَامَ
Open ayah 14:35र, स्मरण गर जब इब्राहीमले प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! यस नगरलाई शान्ति तथा निश्चिन्तताको नगर बनाऊ र मलाई र मेरा सन्तानलाई मूर्ति पूजाबाट बचाऊ ।
رَبِّ إِنَّهُنَّ أَضۡلَلۡنَ كَثِيرٗا مِّنَ ٱلنَّاسِۖ فَمَن تَبِعَنِي فَإِنَّهُۥ مِنِّيۖ وَمَنۡ عَصَانِي فَإِنَّكَ غَفُورٞ رَّحِيمٞ
Open ayah 14:36हे मेरा पालनकर्ता ! यी मूर्तिहरूले धेरै मानिसहरूलाई पथभ्रष्टतामा पारेका छन् । अनि जसले मेरो अनुसरण गर्नेछ ऊ पनि मेरो हुनेछ, र जसले मेरो अवज्ञा गर्छ, निश्चय नै तिमी अति क्षमाशील एवं परम दयालु छौ ।,
رَّبَّنَآ إِنِّيٓ أَسۡكَنتُ مِن ذُرِّيَّتِي بِوَادٍ غَيۡرِ ذِي زَرۡعٍ عِندَ بَيۡتِكَ ٱلۡمُحَرَّمِ رَبَّنَا لِيُقِيمُواْ ٱلصَّلَوٰةَ فَٱجۡعَلۡ أَفۡـِٔدَةٗ مِّنَ ٱلنَّاسِ تَهۡوِيٓ إِلَيۡهِمۡ وَٱرۡزُقۡهُم مِّنَ ٱلثَّمَرَٰتِ لَعَلَّهُمۡ يَشۡكُرُونَ
Open ayah 14:37हे हाम्रा पालनकर्ता ! मैले आफ्ना केही सन्तानहरूलाई निर्जन र बाँझो उपत्यकामा तिम्रो प्रतिष्ठित गृहको छेउमा ल्याएर बसाएको छु । हे हाम्रा पालनकर्ता ! ताकि उनीहरूले नमाज कायम गरून् । अनि मानिसहरूका हृदयलाई उनीतर्फ आकर्षित गरिदेऊ र उनीहरूलाई फलफूलहरूद्वारा जीविका प्रदान गर ताकि उनीहरू कृतज्ञ बनून् ।
رَبَّنَآ إِنَّكَ تَعۡلَمُ مَا نُخۡفِي وَمَا نُعۡلِنُۗ وَمَا يَخۡفَىٰ عَلَى ٱللَّهِ مِن شَيۡءٖ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِ
Open ayah 14:38हे हाम्रा पालनकर्ता ! हामी जुन कुरा गोप्य राख्छौं वा जुन कुरा व्यक्त गर्छौं तिमी ती सबैलाई जान्दछौ । र, वास्तवमा अल्लाहबाट कुनै चिज गुप्त रहन सक्दैन; न पृथ्वीमा न आकाशमा नै ।
ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي وَهَبَ لِي عَلَى ٱلۡكِبَرِ إِسۡمَٰعِيلَ وَإِسۡحَٰقَۚ إِنَّ رَبِّي لَسَمِيعُ ٱلدُّعَآءِ
Open ayah 14:39सम्पूर्ण प्रशंसा अल्लाहकैलागि हुन् जसले मलाई मेरो बुढेसकालमा इस्माईल तथा इस्हाक प्रदान गरे । निस्सन्देह मेरा पालनकर्ता प्रार्थना सुन्नेवाला छन् ।
رَبِّ ٱجۡعَلۡنِي مُقِيمَ ٱلصَّلَوٰةِ وَمِن ذُرِّيَّتِيۚ رَبَّنَا وَتَقَبَّلۡ دُعَآءِ
Open ayah 14:40हे मेरा रब ! मलाई नमाज कायम गर्नेवाला बनाऊ र मेरा सन्तानहरूलाई पनि । हे हाम्रा रब ! मेरो प्रार्थना स्वीकार गर ।
رَبَّنَا ٱغۡفِرۡ لِي وَلِوَٰلِدَيَّ وَلِلۡمُؤۡمِنِينَ يَوۡمَ يَقُومُ ٱلۡحِسَابُ
Open ayah 14:41हे हाम्रा रब ! हिसाबकिताबको दिन मलाई, मेरा मातापिता र सम्पूर्ण मोमिनहरुलाई क्षमा प्रदान गर ।”
وَلَا تَحۡسَبَنَّ ٱللَّهَ غَٰفِلًا عَمَّا يَعۡمَلُ ٱلظَّٰلِمُونَۚ إِنَّمَا يُؤَخِّرُهُمۡ لِيَوۡمٖ تَشۡخَصُ فِيهِ ٱلۡأَبۡصَٰرُ
Open ayah 14:42र, अत्याचारीहरू जुन कार्य गर्छन् त्यो अल्लाह जान्दैनन् भन्ने नठान । अल्लाह तिनीहरूलाई त्यस दिनसम्म मात्र मौका दिइरहेका छन् जुन दिन आँखाहरु एकोहोरो हेरिरहनेछन्।
مُهۡطِعِينَ مُقۡنِعِي رُءُوسِهِمۡ لَا يَرۡتَدُّ إِلَيۡهِمۡ طَرۡفُهُمۡۖ وَأَفۡـِٔدَتُهُمۡ هَوَآءٞ
Open ayah 14:43(र, मानिसहरू) टाउको उठाएर भागिरहेका हुनेछन्; ट्वाल्ल परी हेरिरहेका हुनेछन् । र, तिनीहरूका हृदयहरू उडिरहेका हुनेछन् ।
وَأَنذِرِ ٱلنَّاسَ يَوۡمَ يَأۡتِيهِمُ ٱلۡعَذَابُ فَيَقُولُ ٱلَّذِينَ ظَلَمُواْ رَبَّنَآ أَخِّرۡنَآ إِلَىٰٓ أَجَلٖ قَرِيبٖ نُّجِبۡ دَعۡوَتَكَ وَنَتَّبِعِ ٱلرُّسُلَۗ أَوَلَمۡ تَكُونُوٓاْ أَقۡسَمۡتُم مِّن قَبۡلُ مَا لَكُم مِّن زَوَالٖ
Open ayah 14:44र, मानिसहरूलाई त्यसदिनबाट सावधान गराऊ जुन दिन प्रकोप आइलाग्नेछ, तब अत्याचारीहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! हामीलाई केही समयकालागि अझ अवसर प्रदान गर । हामी तिम्रो निमन्त्रणालाई स्वीकार गर्नेछौं; रसूलहरूको अनुसरण गर्नेछौं ।” (उत्तर दिइनेछ)– “के यसअघि तिमीहरू कसम खाँदैनथ्यौ कि तिमीहरूको पतन कहिल्यै पनि हुने छैन भनेर ?”
وَسَكَنتُمۡ فِي مَسَٰكِنِ ٱلَّذِينَ ظَلَمُوٓاْ أَنفُسَهُمۡ وَتَبَيَّنَ لَكُمۡ كَيۡفَ فَعَلۡنَا بِهِمۡ وَضَرَبۡنَا لَكُمُ ٱلۡأَمۡثَالَ
Open ayah 14:45जबकि तिमीहरू ती समुदायहरूका नगरहरूमा बसोबास गरिसकेका थियौ जसले स्वयंमाथि अत्याचार गरेका थिए, र देखिसकेका थियौ कि हामीले तिनीहरूसँग के गरेका थियौं । अनि, पटक पटक तिनीहरूको उदाहरण दिएर तिमीहरूलाई सम्झाई सकेका थियौं ।
وَقَدۡ مَكَرُواْ مَكۡرَهُمۡ وَعِندَ ٱللَّهِ مَكۡرُهُمۡ وَإِن كَانَ مَكۡرُهُمۡ لِتَزُولَ مِنۡهُ ٱلۡجِبَالُ
Open ayah 14:46तिनीहरूले सक्दो चलखेल गरेका थिए, र तिनीहरूका सम्पूर्ण चलखेलहरू अल्लाहसँग (लिखित) छन् । वास्तवमा तिनीहरूको उपाय यस्तो थियो कि पहाड पनि आफ्नो स्थानबाट डगमगिन्थ्यो होला ।
فَلَا تَحۡسَبَنَّ ٱللَّهَ مُخۡلِفَ وَعۡدِهِۦ رُسُلَهُۥٓۚ إِنَّ ٱللَّهَ عَزِيزٞ ذُو ٱنتِقَامٖ
Open ayah 14:47अतः तिमी अल्लाहलाई आफ्ना रसूलहरूसित वचन भङ्ग गर्नेवाला नठान । निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं प्रतिशोध लिनेवाला छन् ।
يَوۡمَ تُبَدَّلُ ٱلۡأَرۡضُ غَيۡرَ ٱلۡأَرۡضِ وَٱلسَّمَٰوَٰتُۖ وَبَرَزُواْ لِلَّهِ ٱلۡوَٰحِدِ ٱلۡقَهَّارِ
Open ayah 14:48त्यसदिन यस पृथ्वीलाई अर्कै पृथ्वीमा परिणत गरिनेछ तथा आकाशहरूलाई पनि, र ती सबै (अत्याचारीहरू) एक्लो र प्रभुत्वशाली अल्लाहको सामून्ने उपस्थित हुनेछन्।
وَتَرَى ٱلۡمُجۡرِمِينَ يَوۡمَئِذٖ مُّقَرَّنِينَ فِي ٱلۡأَصۡفَادِ
Open ayah 14:49र, त्यस दिन तिमी अपराधीहरूलाई जञ्जिरमा जकडिएको देख्नेछाै।
سَرَابِيلُهُم مِّن قَطِرَانٖ وَتَغۡشَىٰ وُجُوهَهُمُ ٱلنَّارُ
Open ayah 14:50तिनीहरूको पहिरन अलकत्राको हुनेछ र तिनीहरूका अनुहारलाई अग्निले ढाक्नेछ ।
لِيَجۡزِيَ ٱللَّهُ كُلَّ نَفۡسٖ مَّا كَسَبَتۡۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ
Open ayah 14:51ताकि अल्लाहले प्रत्येक व्यक्तिलाई उसको आर्जनको प्रतिफल दिऊन् । निस्सन्देह अल्लाहले चाँडै नै हिसाबकिताब लिनेछन् ।
هَٰذَا بَلَٰغٞ لِّلنَّاسِ وَلِيُنذَرُواْ بِهِۦ وَلِيَعۡلَمُوٓاْ أَنَّمَا هُوَ إِلَٰهٞ وَٰحِدٞ وَلِيَذَّكَّرَ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ
Open ayah 14:52यो (कुरआन) मानिसकालागि (अल्लाहको) सन्देश हो र यस उद्देश्यले कि तिनीहरूलाई यसबाट सचेत गरियोस् र तिनीहरूले जानून् कि उनी नै एक मात्र उपास्य हुन् र बुद्धिमानीरूले उपदेश ग्रहण गरून् ।