الحجر

Al-Hijr

The Rock · Surah 15 · Ayahs: 99 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓرۚ تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ وَقُرۡءَانٖ مُّبِينٖ

    Open ayah 15:1

    अलिफ० लाम० रा०; यी ईशग्रन्थ एवं स्पष्ट कुरआनकाज्ञ आयतहरू हुन् ।

  2. رُّبَمَا يَوَدُّ ٱلَّذِينَ كَفَرُواْ لَوۡ كَانُواْ مُسۡلِمِينَ

    Open ayah 15:2

    यस्तो समय पनि आउनेछ जब काफिरहरू मुसलमान हुने अभिलाषा गर्नेछन् ।

  3. ذَرۡهُمۡ يَأۡكُلُواْ وَيَتَمَتَّعُواْ وَيُلۡهِهِمُ ٱلۡأَمَلُۖ فَسَوۡفَ يَعۡلَمُونَ

    Open ayah 15:3

    (हे मुहम्मद स.!) तिनीहरूलाई खाँदै–पिउँदै मोजमस्ती गर्न छोडिदेऊ । र, झूठा आशाले तिनीहरूलाई भुल्याइ राखोस् । तिनीहरूले चाँडै नै थाहा पाइहाल्नेछन् ।

  4. وَمَآ أَهۡلَكۡنَا مِن قَرۡيَةٍ إِلَّا وَلَهَا كِتَابٞ مَّعۡلُومٞ

    Open ayah 15:4

    हामीले जति पनि नगरहरूलाई नष्ट पार्यौं ती सबैका लागि निश्चित फैसला थियो ।

  5. مَّا تَسۡبِقُ مِنۡ أُمَّةٍ أَجَلَهَا وَمَا يَسۡتَـٔۡخِرُونَ

    Open ayah 15:5

    कुनै पनि समूह आफ्नो मृत्युको समयभन्दा न पहिले मर्नेछ न पछि नै ।

  6. وَقَالُواْ يَٰٓأَيُّهَا ٱلَّذِي نُزِّلَ عَلَيۡهِ ٱلذِّكۡرُ إِنَّكَ لَمَجۡنُونٞ

    Open ayah 15:6

    र, तिनीहरूले भने– “हे त्यो व्यक्ति जसमाथि यो उपदेश अवतरण गरिएको छ ! वास्तवमा तिमी बहुलाहा रहेछौ ।

  7. لَّوۡ مَا تَأۡتِينَا بِٱلۡمَلَٰٓئِكَةِ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 15:7

    (तिनीहरूले भने) यदि तिमी सच्चा हौ भने हामीसमक्ष किन तिमी फरिश्ता ल्याउँदैनौ ?”

  8. مَا نُنَزِّلُ ٱلۡمَلَٰٓئِكَةَ إِلَّا بِٱلۡحَقِّ وَمَا كَانُوٓاْ إِذٗا مُّنظَرِينَ

    Open ayah 15:8

    (भनिदेऊ–) “हामी फरिश्ताहरूलाई केवल सत्यको साथ पठाउने गर्छौं । र, त्यतिखेर तिनीहरूलाई अलिकति पनि अवसर दिइने छैन ।”

  9. إِنَّا نَحۡنُ نَزَّلۡنَا ٱلذِّكۡرَ وَإِنَّا لَهُۥ لَحَٰفِظُونَ

    Open ayah 15:9

    निस्सन्देह हामीले नै कुरआनलाई अवतरित गरेका हौं र हामी नै यसको सुरक्षा गर्छौं ।

  10. وَلَقَدۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ فِي شِيَعِ ٱلۡأَوَّلِينَ 

    Open ayah 15:10

    हामीले तिमीभन्दा पहिलेका समुदायहरूमा पनि रसूल पठायौं ।

  11. وَمَا يَأۡتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 15:11

    जोसुकै रसूल पनि तिनीहरूकहाँ आए तिनीहरूले उनको खिल्ली नै उडाए ।

  12. كَذَٰلِكَ نَسۡلُكُهُۥ فِي قُلُوبِ ٱلۡمُجۡرِمِينَ

    Open ayah 15:12

    हामी यसलाई अपराधीहरूको हृदयमा यसरी नै प्रवेश गराउँछौं ।

  13. لَا يُؤۡمِنُونَ بِهِۦ وَقَدۡ خَلَتۡ سُنَّةُ ٱلۡأَوَّلِينَ

    Open ayah 15:13

    तिनीहरू ईमान ल्याउँदैनन् । र, पहिले बितेका समुदायहरूले पनि यस्तै गरेका थिए ।

  14. وَلَوۡ فَتَحۡنَا عَلَيۡهِم بَابٗا مِّنَ ٱلسَّمَآءِ فَظَلُّواْ فِيهِ يَعۡرُجُونَ

    Open ayah 15:14

    अनि, यदि हामीले तिनीहरुकालागि आकाशको कुनै ढोका खोलिदियौं र तिनीहरु त्यसमा चढ्न थाले पनि...

  15. لَقَالُوٓاْ إِنَّمَا سُكِّرَتۡ أَبۡصَٰرُنَا بَلۡ نَحۡنُ قَوۡمٞ مَّسۡحُورُونَ

    Open ayah 15:15

    तिनीहरूले भन्नेछन्– “हाम्रा आँखाहरूलाई धोका भइरहेको छ । बरू हामीमाथि जादू गरिएको छ ।”

  16. وَلَقَدۡ جَعَلۡنَا فِي ٱلسَّمَآءِ بُرُوجٗا وَزَيَّنَّٰهَا لِلنَّٰظِرِينَ

    Open ayah 15:16

    अनि, हामीले आकाशमा बुरुज (मजबुत किल्ला) बनाएका छौं र दर्शकहरूकालागि त्यसलाई सजाएका छौं ।

  17. وَحَفِظۡنَٰهَا مِن كُلِّ شَيۡطَٰنٖ رَّجِيمٍ

    Open ayah 15:17

    र, प्रत्येक तिरस्कृत शैतानबाट त्यसलाई सुरक्षित पारेका छौं ।

  18. إِلَّا مَنِ ٱسۡتَرَقَ ٱلسَّمۡعَ فَأَتۡبَعَهُۥ شِهَابٞ مُّبِينٞ

    Open ayah 15:18

    यदि कसैले लुकीछिपी सुन्ने प्रयास गर्छ भने एउटा ज्वलन्त अग्निशिखाले त्यसलाई पछ्याउनेछ ।

  19. وَٱلۡأَرۡضَ مَدَدۡنَٰهَا وَأَلۡقَيۡنَا فِيهَا رَوَٰسِيَ وَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ شَيۡءٖ مَّوۡزُونٖ

    Open ayah 15:19

    अनि, धर्तीलाई पनि हामीले फैलायौं र त्यसमा पहाडहरू गाड्यौं तथा त्यसमा सबै किसिमका उचित बनस्पतिहरू उमार्यौं ।

  20. وَجَعَلۡنَا لَكُمۡ فِيهَا مَعَٰيِشَ وَمَن لَّسۡتُمۡ لَهُۥ بِرَٰزِقِينَ 

    Open ayah 15:20

    अनि, हामीले तिमीहरू र ती सबैकालागि जसको भरणपोषण तिमीहरूले गरिरहेका छैनौ, त्यसमा जीविकाका साधनहरू सृजना गर्यौं ।

  21. وَإِن مِّن شَيۡءٍ إِلَّا عِندَنَا خَزَآئِنُهُۥ وَمَا نُنَزِّلُهُۥٓ إِلَّا بِقَدَرٖ مَّعۡلُومٖ

    Open ayah 15:21

    अनि, जति पनि चिजहरू छन्, ती सबैको भण्डार हामीसित छ तर त्यसलाई हामी निश्चित मात्रामा अवतरण गर्छौं ।

  22. وَأَرۡسَلۡنَا ٱلرِّيَٰحَ لَوَٰقِحَ فَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَسۡقَيۡنَٰكُمُوهُ وَمَآ أَنتُمۡ لَهُۥ بِخَٰزِنِينَ

    Open ayah 15:22

    र, हामी नै उर्वर हावा पठाउँछौं । अनि आकाशबाट पानी बर्साउँछौ । र, हामी नै तिमीहरूलाई त्यो पानी खुवाउँछौं । र, तिमीहरू त्यसलाई भण्डारण गर्न सक्दैनथ्यौ ।

  23. وَإِنَّا لَنَحۡنُ نُحۡيِۦ وَنُمِيتُ وَنَحۡنُ ٱلۡوَٰرِثُونَ

    Open ayah 15:23

    अनि, हामी नै जिन्दगी तथा मृत्यु दिन्छौं र हामी नै सबैका उत्तराधिकारी पनि हौं ।

  24. وَلَقَدۡ عَلِمۡنَا ٱلۡمُسۡتَقۡدِمِينَ مِنكُمۡ وَلَقَدۡ عَلِمۡنَا ٱلۡمُسۡتَـٔۡخِرِينَ

    Open ayah 15:24

    अनि हामी तिमीहरु मध्ये बितेका मानिसहरुलाई जान्दछौं र पछि आउने व्यक्तिहरूलाई पनि ।

  25. وَإِنَّ رَبَّكَ هُوَ يَحۡشُرُهُمۡۚ إِنَّهُۥ حَكِيمٌ عَلِيمٞ

    Open ayah 15:25

    निस्सन्देह तिम्रा पालनकर्ताले ती मानिसहरूलाई एकत्रित गर्नेछन् । वास्तवमा उनी तत्वदर्शी एवं सर्वज्ञ छन् ।

  26. وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

    Open ayah 15:26

    र, हामीले मानिसलाई कुहिएर सुकेको डल्लो माटोबाट सृष्टि गरेका हौं ।

  27. وَٱلۡجَآنَّ خَلَقۡنَٰهُ مِن قَبۡلُ مِن نَّارِ ٱلسَّمُومِ

    Open ayah 15:27

    र, जिन्नलाई हामीले त्यसभन्दा पहिले नै अग्नि ज्वालाबाट सृष्टि गरेका थियौं ।

  28. وَإِذۡ قَالَ رَبُّكَ لِلۡمَلَٰٓئِكَةِ إِنِّي خَٰلِقُۢ بَشَرٗا مِّن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

    Open ayah 15:28

    र, स्मरण गर त्यस अवसरलाई जब अल्लाहले फरिश्ताहरूलाई भने– “म धर्तीमा कुहिएर सुकेको डल्लो माटोबाट एउटा मानव सृजना गर्दैछु ।

  29. فَإِذَا سَوَّيۡتُهُۥ وَنَفَخۡتُ فِيهِ مِن رُّوحِي فَقَعُواْ لَهُۥ سَٰجِدِينَ

    Open ayah 15:29

    अनि जब पूर्णरूपले त्यसलाई बनाइसक्छु र त्यसभित्र आफ्नो आत्माबाट फुक्नेछु, तब तिमीहरू उसकासामु सज्दा गर्नू ।”

  30. فَسَجَدَ ٱلۡمَلَٰٓئِكَةُ كُلُّهُمۡ أَجۡمَعُونَ 

    Open ayah 15:30

    अनि सारा फरिश्ताहरूले सज्दा गरे ।

  31. إِلَّآ إِبۡلِيسَ أَبَىٰٓ أَن يَكُونَ مَعَ ٱلسَّٰجِدِينَ

    Open ayah 15:31

    सिवाय इब्लीस, उसले सज्दा गर्नेहरूमा सामेल हुन इन्कार गर्यो ।

  32. قَالَ يَٰٓإِبۡلِيسُ مَا لَكَ أَلَّا تَكُونَ مَعَ ٱلسَّٰجِدِينَ

    Open ayah 15:32

    अल्लाहले सोधे– “इब्लीस तिमीलाई के भयो, तिमी सज्दा गर्नेहरूमा किन सामेल भएनौ ?”

  33. قَالَ لَمۡ أَكُن لِّأَسۡجُدَ لِبَشَرٍ خَلَقۡتَهُۥ مِن صَلۡصَٰلٖ مِّنۡ حَمَإٖ مَّسۡنُونٖ

    Open ayah 15:33

    उसले भन्यो– “म त्यस मनुष्यसामु सज्दा गर्ने होइन, जसलाई तिमीले कुहिएर सुकेको डल्लो माटोबाट सृष्टि गरेका छौ ।”

  34. قَالَ فَٱخۡرُجۡ مِنۡهَا فَإِنَّكَ رَجِيمٞ

    Open ayah 15:34

    अल्लाहले आदेश दिए– “त्यसो भए यहाँबाट निस्केर जाऊ । निश्चय नै तिमी तिरस्कृत भयौ ।

  35. وَإِنَّ عَلَيۡكَ ٱللَّعۡنَةَ إِلَىٰ يَوۡمِ ٱلدِّينِ

    Open ayah 15:35

    र, अब बदला दिइने दिनसम्म तिमीमाथि श्राप छ ।”

  36. قَالَ رَبِّ فَأَنظِرۡنِيٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ

    Open ayah 15:36

    उसले भन्यो– “प्रभु ! मलाई मानिसहरूलाई पुनः जीवित पारिने दिनसम्मको लागि अवसर प्रदान गर ।”

  37. قَالَ فَإِنَّكَ مِنَ ٱلۡمُنظَرِينَ

    Open ayah 15:37

    अल्लाहले भने– “तिमीलाई अवसर दिइँदैछ ।

  38. إِلَىٰ يَوۡمِ ٱلۡوَقۡتِ ٱلۡمَعۡلُومِ

    Open ayah 15:38

    एउटा निश्चित समयकाे दिनसम्म ।”

  39. قَالَ رَبِّ بِمَآ أَغۡوَيۡتَنِي لَأُزَيِّنَنَّ لَهُمۡ فِي ٱلۡأَرۡضِ وَلَأُغۡوِيَنَّهُمۡ أَجۡمَعِينَ

    Open ayah 15:39

    शैतानले भन्यो– “प्रभु ! जसरी तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि मानिसहरूका लागि (पापहरूलाई) सुन्दर बनाएर देखाउनेछु, र, ती सबैलाई पथभ्रष्ट पार्नेछु।

  40. إِلَّا عِبَادَكَ مِنۡهُمُ ٱلۡمُخۡلَصِينَ 

    Open ayah 15:40

    तिनीहरूमध्ये छानिएका भक्तहरू बाहेक ।”

  41. قَالَ هَٰذَا صِرَٰطٌ عَلَيَّ مُسۡتَقِيمٌ

    Open ayah 15:41

    अल्लाहले भने– “मसम्म पुग्ने यही सीधा मार्ग हो ।

  42. إِنَّ عِبَادِي لَيۡسَ لَكَ عَلَيۡهِمۡ سُلۡطَٰنٌ إِلَّا مَنِ ٱتَّبَعَكَ مِنَ ٱلۡغَاوِينَ

    Open ayah 15:42

    मेरा भक्तहरूमाथि तिम्रो कुनै वश चल्ने छैन । तिम्रो वश पथभ्रष्ट हुनेहरूमाथि मात्र चल्नेछ जो तिम्रो अनुसरण गर्नेछन् ।”

  43. وَإِنَّ جَهَنَّمَ لَمَوۡعِدُهُمۡ أَجۡمَعِينَ

    Open ayah 15:43

    निस्सन्देश तिनीहरू सबैका लागि वाचा गरिएको ठाउँ नरक हो ।

  44. لَهَا سَبۡعَةُ أَبۡوَٰبٖ لِّكُلِّ بَابٖ مِّنۡهُمۡ جُزۡءٞ مَّقۡسُومٌ

    Open ayah 15:44

    त्यसका सातवटा ढोकाहरु छन् ; प्रत्येक ढोकाकोलागि तिनीहरुको एउटा हिस्सा निश्चित गरिएको छ ।

  45. إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٖ وَعُيُونٍ

    Open ayah 15:45

    निस्सन्देह ईशभय राख्नेहरू बगैँचा तथा (पेय पदार्थका) मुहानहरूबीच हुनेछन् ।

  46. ٱدۡخُلُوهَا بِسَلَٰمٍ ءَامِنِينَ

    Open ayah 15:46

    (भनिनेछ) यसमा तिमीहरू शान्ति र निर्भयपूर्वक प्रवेश गर ।

  47. وَنَزَعۡنَا مَا فِي صُدُورِهِم مِّنۡ غِلٍّ إِخۡوَٰنًا عَلَىٰ سُرُرٖ مُّتَقَٰبِلِينَ

    Open ayah 15:47

    उनीहरूको हृदयमा रहेका सबै छलकपटहरुलाई यसरी निकालेर फ्याँक्नेछौं कि उनीहरू दाजुभाइ बनेर पलङ्गमाथि आमुन्ने–सामुन्ने बस्नेछन् ।

  48. لَا يَمَسُّهُمۡ فِيهَا نَصَبٞ وَمَا هُم مِّنۡهَا بِمُخۡرَجِينَ

    Open ayah 15:48

    न उनीहरुलाई त्यहाँ कुनै थकाइ र कष्ट पुग्नेछ न त्यहाँबाट निकालिने नै छ ।

  49. ۞نَبِّئۡ عِبَادِيٓ أَنِّيٓ أَنَا ٱلۡغَفُورُ ٱلرَّحِيمُ

    Open ayah 15:49

    (हे सन्देष्टा !) मेरा भक्तहरूलाई सूचित गरिदेऊ– “म अति क्षमाशील एवं परम दयालु छु ।

  50. وَأَنَّ عَذَابِي هُوَ ٱلۡعَذَابُ ٱلۡأَلِيمُ 

    Open ayah 15:50

    तर मेरो यातना पनि अति दुखदायी छ ।

  51. وَنَبِّئۡهُمۡ عَن ضَيۡفِ إِبۡرَٰهِيمَ

    Open ayah 15:51

    र, तिनीहरूलाई इब्राहीमका अतिथिहरूको वृत्तान्त सुनाऊ ।”

  52. إِذۡ دَخَلُواْ عَلَيۡهِ فَقَالُواْ سَلَٰمٗا قَالَ إِنَّا مِنكُمۡ وَجِلُونَ

    Open ayah 15:52

    जब तिनी (फरिश्ता)हरू इब्राहीमसमक्ष उपस्थित भए तब सलाम गरे । इब्राहीमले भने– “हामीलाई तिमीहरूसँग डर लागिरहेकोछ ।”

  53. قَالُواْ لَا تَوۡجَلۡ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ عَلِيمٖ

    Open ayah 15:53

    तिनीहरूले भने–“नडराऊ ! हामी तिमीलाई एउटा ज्ञानवान पुत्रको शुभसन्देश दिन्छौं ।”

  54. قَالَ أَبَشَّرۡتُمُونِي عَلَىٰٓ أَن مَّسَّنِيَ ٱلۡكِبَرُ فَبِمَ تُبَشِّرُونَ

    Open ayah 15:54

    इब्राहीमले भने– “के तिमीहरूले मलाई यस बुढेसकालमा शुभ–सन्देश दिइरहेका छौ ? यो शुभ–सूचना तिमीहरू कुन आधारमा दिइरहेका छौ त ?”

  55. قَالُواْ بَشَّرۡنَٰكَ بِٱلۡحَقِّ فَلَا تَكُن مِّنَ ٱلۡقَٰنِطِينَ

    Open ayah 15:55

    उनीहरुले भने– “हामी तपाईलाई सत्य शुभ–सन्देश दिइरहेका छौं । अतः तपाई निराश हुनेहरुमध्ये नबन्नुहोस् ।”

  56. قَالَ وَمَن يَقۡنَطُ مِن رَّحۡمَةِ رَبِّهِۦٓ إِلَّا ٱلضَّآلُّونَ

    Open ayah 15:56

    इब्राहीमले भने– “पथभ्रष्ट मानिसहरू बाहेक आफ्नो पालनकर्ताको कृपाबाट अरू काे निराश हुन्छन् ?”

  57. قَالَ فَمَا خَطۡبُكُمۡ أَيُّهَا ٱلۡمُرۡسَلُونَ

    Open ayah 15:57

    इब्राहीमले फेरि सोधे– “हे पठाइएकाहरू हो ! तिमीहरू कुन कामको लागि आएका हौ ?”

  58. قَالُوٓاْ إِنَّآ أُرۡسِلۡنَآ إِلَىٰ قَوۡمٖ مُّجۡرِمِينَ

    Open ayah 15:58

    उनीहरूले जवाफ दिए– “हामीलाई एउटा अपराधी समुदायतर्फ पठाइएको छ ।

  59. إِلَّآ ءَالَ لُوطٍ إِنَّا لَمُنَجُّوهُمۡ أَجۡمَعِينَ

    Open ayah 15:59

    (जसलाई प्रकोप दिइनेछ) तर लूतका सबै परिवार जसलाई हामी बचाउनेछौं ।

  60. إِلَّا ٱمۡرَأَتَهُۥ قَدَّرۡنَآ إِنَّهَا لَمِنَ ٱلۡغَٰبِرِينَ 

    Open ayah 15:60

    सिवाय लूतकी पत्नी, ऊ पछि रहने व्यक्तिहरूमा सामेल हुनेछिन् भन्ने निश्चित गरिसकेका छौं ।”

  61. فَلَمَّا جَآءَ ءَالَ لُوطٍ ٱلۡمُرۡسَلُونَ

    Open ayah 15:61

    अनि जब पठाइएकाहरू लूतको घर आए,

  62. قَالَ إِنَّكُمۡ قَوۡمٞ مُّنكَرُونَ

    Open ayah 15:62

    लूतले भने– “तिमीहरू अपरिचित मान्छेहरू हौ ।”

  63. قَالُواْ بَلۡ جِئۡنَٰكَ بِمَا كَانُواْ فِيهِ يَمۡتَرُونَ

    Open ayah 15:63

    तिनीहरुले भने– “होइन, बरु हामी तपाईसमक्ष त्यो कुरा लिएर आएका छौं जसमा यिनीहरु सन्देह गर्ने गर्थे ।”

  64. وَأَتَيۡنَٰكَ بِٱلۡحَقِّ وَإِنَّا لَصَٰدِقُونَ

    Open ayah 15:64

    अनि, हामी तपाईंसमक्ष वास्तविक कुरा लिएर आएका छौं र हामी सत्यवादी हौं ।

  65. فَأَسۡرِ بِأَهۡلِكَ بِقِطۡعٖ مِّنَ ٱلَّيۡلِ وَٱتَّبِعۡ أَدۡبَٰرَهُمۡ وَلَا يَلۡتَفِتۡ مِنكُمۡ أَحَدٞ وَٱمۡضُواْ حَيۡثُ تُؤۡمَرُونَ

    Open ayah 15:65

    अतः तपाईं आफ्नो परिवारलाई लिएर रातको कुनै प्रहरमा निस्किनुहोस् , र, तपाईं स्वयं उनीहरूको पछि–पछि हिंड्नुहोस् । र, तपाईंहरूमध्ये कसैले पनि पछाडि फर्किएर नहेरोस् । र, तपाईंहरूलाई जहाँ जाने आदेश भएको छ त्यहाँ जानुहोस् ।”

  66. وَقَضَيۡنَآ إِلَيۡهِ ذَٰلِكَ ٱلۡأَمۡرَ أَنَّ دَابِرَ هَٰٓؤُلَآءِ مَقۡطُوعٞ مُّصۡبِحِينَ

    Open ayah 15:66

    र, हामीले लूतलाई यो निर्णयबाट सूचित गर्यौं कि बिहानी हुँदाहुँदै तिनीहरूको जरो काटेर फालिनेछ ।

  67. وَجَآءَ أَهۡلُ ٱلۡمَدِينَةِ يَسۡتَبۡشِرُونَ

    Open ayah 15:67

    र, नगरबासीहरू लूतकहाँ हर्षोल्लासका साथ आए ।

  68. قَالَ إِنَّ هَٰٓؤُلَآءِ ضَيۡفِي فَلَا تَفۡضَحُونِ

    Open ayah 15:68

    लूतले भने– “यिनीहरू मेरा अतिथि हुन् तसर्थ मलाई बेइज्जत नगर ।”

  69. وَٱتَّقُواْ ٱللَّهَ وَلَا تُخۡزُونِ

    Open ayah 15:69

    अल्लाहसँग डराऊ र मलाई अपमानित नगर ।

  70. قَالُوٓاْ أَوَلَمۡ نَنۡهَكَ عَنِ ٱلۡعَٰلَمِينَ 

    Open ayah 15:70

    तिनीहरूले भने– “तिमीलाई संसारभरिको ठेक्का लिन हामीले मनाही गरेका थिएनौ र ?”

  71. قَالَ هَٰٓؤُلَآءِ بَنَاتِيٓ إِن كُنتُمۡ فَٰعِلِينَ

    Open ayah 15:71

    लूतले भने– “यदि तिमीहरू गर्नै चाहन्छौ भने यी मेरा छोरीहरू हुन् ।”

  72. لَعَمۡرُكَ إِنَّهُمۡ لَفِي سَكۡرَتِهِمۡ يَعۡمَهُونَ

    Open ayah 15:72

    (हे मुहम्मद स.!) तिम्रो उमेरको कसम ! तिनीहरू मोज–मस्तीको नशामा डुबिरहेका थिए ।

  73. فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ مُشۡرِقِينَ

    Open ayah 15:73

    अन्ततः सूर्योदय हुनासाथ एउटा प्रचण्ड धमाकाले तिनीहरूलाई समात्यो ।

  74. فَجَعَلۡنَا عَٰلِيَهَا سَافِلَهَا وَأَمۡطَرۡنَا عَلَيۡهِمۡ حِجَارَةٗ مِّن سِجِّيلٍ

    Open ayah 15:74

    अनि हामीले त्यस नगरलाई घोप्टाइदियौं, र तिनीहरूमाथि पोलिएको माटोको ढुंगाको वर्षा गरिदियौं ।

  75. إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّلۡمُتَوَسِّمِينَ

    Open ayah 15:75

    निस्सन्देह यसमा गहिरो सोचविचार गर्ने व्यक्तिहरूकालागि धेरै निशानीहरू छन् ।

  76. وَإِنَّهَا لَبِسَبِيلٖ مُّقِيمٍ

    Open ayah 15:76

    र, यो नगर मूलबाटोमा रहेको छ ।

  77. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّلۡمُؤۡمِنِينَ

    Open ayah 15:77

    निस्सन्देह यसमा आस्थावानहरूकालागि निशानी रहेका छन् ।

  78. وَإِن كَانَ أَصۡحَٰبُ ٱلۡأَيۡكَةِ لَظَٰلِمِينَ

    Open ayah 15:78

    ऐकाका बासिन्दाहरू पनि अत्याचारी नै थिए ।

  79. فَٱنتَقَمۡنَا مِنۡهُمۡ وَإِنَّهُمَا لَبِإِمَامٖ مُّبِينٖ

    Open ayah 15:79

    अनि हामीले तिनीहरूसित पनि बदला लियौं । यी दुवै नगरहरू खुल्ला मार्गमा रहेका थिए ।

  80. وَلَقَدۡ كَذَّبَ أَصۡحَٰبُ ٱلۡحِجۡرِ ٱلۡمُرۡسَلِينَ 

    Open ayah 15:80

    र, हिज्रबासीहरूले पनि सन्देष्टाहरूलाई मिथ्या ठहर गरे ।

  81. وَءَاتَيۡنَٰهُمۡ ءَايَٰتِنَا فَكَانُواْ عَنۡهَا مُعۡرِضِينَ

    Open ayah 15:81

    र, हामीले आफ्ना निशानीहरू तिनीहरूलाई पनि प्रदान गर्यौं, तर तिनीहरूले त्यसको उपेक्षा नै गरे ।

  82. وَكَانُواْ يَنۡحِتُونَ مِنَ ٱلۡجِبَالِ بُيُوتًا ءَامِنِينَ

    Open ayah 15:82

    र, तिनीहरू शान्तिपूर्वक पहाडहरूलाई खोपेर घरहरू निर्माण गर्ने गर्थे ।

  83. فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ مُصۡبِحِينَ

    Open ayah 15:83

    अन्ततः बिहान हुँदाहुँदै तिनीहरूलाई भयङ्कर धमाकाले समात्यो ।

  84. فَمَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يَكۡسِبُونَ

    Open ayah 15:84

    र, तिनीहरूले गर्ने गरेका कार्यहरू तिनीहरूकालागि कुनै काममा आएनन् ।

  85. وَمَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّۗ وَإِنَّ ٱلسَّاعَةَ لَأٓتِيَةٞۖ فَٱصۡفَحِ ٱلصَّفۡحَ ٱلۡجَمِيلَ

    Open ayah 15:85

    र, हामीले आकाशहरू, धर्ती तथा यी दुवैका बीचमा रहेका सम्पूर्ण वस्तुहरूलाई सत्यका साथ सृष्टि गरेका छौं । र, महाप्रलय अवश्य नै आउनेछ । अतः तिमी तिनीहरूलाई शिष्टतापूर्वक क्षमा देऊ ।

  86. إِنَّ رَبَّكَ هُوَ ٱلۡخَلَّٰقُ ٱلۡعَلِيمُ

    Open ayah 15:86

    निस्सन्देह तिम्रा पालनकर्ता नै महान सृष्टिकर्ता एवं सर्वज्ञ छन् ।

  87. وَلَقَدۡ ءَاتَيۡنَٰكَ سَبۡعٗا مِّنَ ٱلۡمَثَانِي وَٱلۡقُرۡءَانَ ٱلۡعَظِيمَ

    Open ayah 15:87

    र, निस्सन्देह हामीले तिमीलाई दोहोर्याएर पढिने सातवटा आयतहरू र महान् कुरआन प्रदान गरेका छौं ।

  88. لَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّنۡهُمۡ وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَٱخۡفِضۡ جَنَاحَكَ لِلۡمُؤۡمِنِينَ

    Open ayah 15:88

    र, हामीले काफिरहरूका विभिन्न प्रकारका मानिसहरूलाई धन–सम्पत्ति दिएका छौं त्यसमाथि कदापि आँखा नगाड, र तिनीहरूमाथि दुःखित नै हाेऊ, र मोमिनहरूप्रति नम्रताको व्यवहार गर ।

  89. وَقُلۡ إِنِّيٓ أَنَا ٱلنَّذِيرُ ٱلۡمُبِينُ

    Open ayah 15:89

    र, भनिदेऊ– “म स्पष्ट रूपमा सचेतक हुँ ।”

  90. كَمَآ أَنزَلۡنَا عَلَى ٱلۡمُقۡتَسِمِينَ 

    Open ayah 15:90

    (यो त्यस्तै चेतावनी हो) जस्तो हामीले आपसमा फुट पार्नेहरूमाथि अवतरित गरेका थियौं ।

  91. ٱلَّذِينَ جَعَلُواْ ٱلۡقُرۡءَانَ عِضِينَ

    Open ayah 15:91

    जसले कुरआनलाई टुक्रा–टुक्रा पारेको छन् ।

  92. فَوَرَبِّكَ لَنَسۡـَٔلَنَّهُمۡ أَجۡمَعِينَ

    Open ayah 15:92

    तिम्रा पालनकर्ताकाे कसम ! हामी तिनीहरू सबैसित अवश्य सोधपुछ गर्नेछौं..

  93. عَمَّا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 15:93

    ती कार्यहरूबारे जुन तिनीहरूले गर्ने गर्थे ।

  94. فَٱصۡدَعۡ بِمَا تُؤۡمَرُ وَأَعۡرِضۡ عَنِ ٱلۡمُشۡرِكِينَ

    Open ayah 15:94

    अतः (हे नबी स.!) तिमीलाई जुन आदेश प्राप्त भएको छ, त्यो मानिसहरूलाई स्पष्टरूपमा सुनाऊ र बहुदेववादीहरूमथि ध्यान नदेऊ।

  95. إِنَّا كَفَيۡنَٰكَ ٱلۡمُسۡتَهۡزِءِينَ

    Open ayah 15:95

    ठट्टा गर्ने व्यक्तिहरूका लागि तिम्रो तर्फबाट हामी पर्याप्त छौं ।

  96. ٱلَّذِينَ يَجۡعَلُونَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۚ فَسَوۡفَ يَعۡلَمُونَ

    Open ayah 15:96

    जसले अल्लाहका साथ अर्को पूज्य बनाउने गर्दछन् । अतः चाँडै नै तिनीहरूले (यसको परिणाम) जान्नेछन् ।

  97. وَلَقَدۡ نَعۡلَمُ أَنَّكَ يَضِيقُ صَدۡرُكَ بِمَا يَقُولُونَ

    Open ayah 15:97

    र, तिनीहरूका कुराले तिम्रो हृदय संकुचित हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।

  98. فَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ وَكُن مِّنَ ٱلسَّٰجِدِينَ

    Open ayah 15:98

    अतः तिमी आफ्ना रबको प्रशंसाकासाथ उनको पवित्रता बयान गर, र सज्दा गर्ने व्यक्तिहरूमा सामेल होऊ ।,

  99. وَٱعۡبُدۡ رَبَّكَ حَتَّىٰ يَأۡتِيَكَ ٱلۡيَقِينُ

    Open ayah 15:99

    र, तिमी आफ्ना रबको उपासना गर्ने गर यहाँसम्म कि निश्चित कुरा (मृत्यु) तिमीसमक्ष आईपुगोस् ।