النحل
An-Nahl
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَتَىٰٓ أَمۡرُ ٱللَّهِ فَلَا تَسۡتَعۡجِلُوهُۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ
Open ayah 16:1आइपुग्यो अल्लाहको आदेश । अतः (अवज्ञाकारीहरू हो !) यसकोलागि हतार नगर । अल्लाह यिनीहरूले बनाइरहेका साझेदारहरूबाट पवित्र एवं उच्च छन् ।
يُنَزِّلُ ٱلۡمَلَٰٓئِكَةَ بِٱلرُّوحِ مِنۡ أَمۡرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦٓ أَنۡ أَنذِرُوٓاْ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱتَّقُونِ
Open ayah 16:2उनी यस रूह (इशनाणी) लाई आफ्नो जुन भक्तमाथि चाहन्छन् आफ्नो आदेशले फरिश्ताहरूको माध्यमबाट अवतरित गर्छन्, कि मानिसहरूलाई डर देखाउन् (यो भन्दै कि)– “मबाहेक अन्य कोही पूज्य छैन। त्यसैले तिमीहरू केवल मेरो भय राख ।”
خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ تَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ
Open ayah 16:3उनले नै आकाशहरू तथा धर्तीलाई सत्यको आधारमा सृष्टि गरे । उनी यिनीहरूले गर्ने शिर्कभन्दा उच्च छन् ।
خَلَقَ ٱلۡإِنسَٰنَ مِن نُّطۡفَةٖ فَإِذَا هُوَ خَصِيمٞ مُّبِينٞ
Open ayah 16:4उनले मानवलाई वीर्यकाे थाेपाबाट सृजना गरे, तर ऊ खुल्लम खुल्ला झगडालु बन्न पुग्यो ।
وَٱلۡأَنۡعَٰمَ خَلَقَهَاۖ لَكُمۡ فِيهَا دِفۡءٞ وَمَنَٰفِعُ وَمِنۡهَا تَأۡكُلُونَ
Open ayah 16:5र, जनावरहरूलाई पनि उनले नै सृष्टि गरे, जसबाट तिमीहरू न्यानो वस्त्र तथा अन्य फाइदा उठाउँछौ, र तीमध्ये केहीलाई खाने पनि गर्छौ ।
وَلَكُمۡ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسۡرَحُونَ
Open ayah 16:6र, तिनीहरुमा तिमीहरूकोलागि सौन्दर्य रहेको छ, जब बिहान त्यसलाई चराउन लैजान्छौ र जब त्यसलाई साँझ परेपछि लिएर आउँछौ ।
وَتَحۡمِلُ أَثۡقَالَكُمۡ إِلَىٰ بَلَدٖ لَّمۡ تَكُونُواْ بَٰلِغِيهِ إِلَّا بِشِقِّ ٱلۡأَنفُسِۚ إِنَّ رَبَّكُمۡ لَرَءُوفٞ رَّحِيمٞ
Open ayah 16:7र, तिनीहरूले तिमीहरूका भारी बोकेर यस्तो स्थानहरूसम्म पुर्याउँछन् जहाँसम्म तिमीहरू कठिन परिश्रम बिना पुर्याउन सक्ने थिएनौ । निस्सन्देह तिमीहरूका पालनकर्ता अति स्नेहशील एवं परम दयालु छन्।
وَٱلۡخَيۡلَ وَٱلۡبِغَالَ وَٱلۡحَمِيرَ لِتَرۡكَبُوهَا وَزِينَةٗۚ وَيَخۡلُقُ مَا لَا تَعۡلَمُونَ
Open ayah 16:8र, उनले नै घोडा, खच्चर तथा गधाहरू सृष्टि गरे ताकि तिमीहरू त्यसमा सवार होऊ र यी तिम्रो जीवनको शोभा पनि बनून् । र, अल्लाह यस्ता वस्तुहरूको सृष्टि गर्छन् जसबारे तिमीहरूलाई थाहा पनि छैन ।
وَعَلَى ٱللَّهِ قَصۡدُ ٱلسَّبِيلِ وَمِنۡهَا جَآئِرٞۚ وَلَوۡ شَآءَ لَهَدَىٰكُمۡ أَجۡمَعِينَ
Open ayah 16:9र, सिधा मार्ग त अल्लाहतर्फ छ र, केही टेढा मार्गहरू पनि छन्, र अल्लाहले चाहेको भए तिमीहरू सबैलाई सत्मार्ग देखाउने थिए ।
هُوَ ٱلَّذِيٓ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗۖ لَّكُم مِّنۡهُ شَرَابٞ وَمِنۡهُ شَجَرٞ فِيهِ تُسِيمُونَ
Open ayah 16:10उनै हुन् जसले तिम्रोलागि आकाशबाट पानी बर्साए जुन तिमीहरू पिउने गर्छौ, र त्यसले गर्दा उम्रेका बनस्पतिहरूमा आफ्ना पशुहरू चराउँछौ ।
يُنۢبِتُ لَكُم بِهِ ٱلزَّرۡعَ وَٱلزَّيۡتُونَ وَٱلنَّخِيلَ وَٱلۡأَعۡنَٰبَ وَمِن كُلِّ ٱلثَّمَرَٰتِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَتَفَكَّرُونَ
Open ayah 16:11त्यसै पानीद्वारा उनी तिमीहरूकालागि खेती, जैतून, खजूर, अंगूर र धेरै प्रकारका फलहरू उत्पन्न गर्छन् । निस्सन्देह यसमा चिन्तनशील व्यक्तिहरूकालागि निशानी रहेको छ ।
وَسَخَّرَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ وَٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ وَٱلنُّجُومُ مُسَخَّرَٰتُۢ بِأَمۡرِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ
Open ayah 16:12र, उनले नै रात र दिन, सूर्य र चन्द्रमालाई तिमीहरूको सेवामा खटाएका छन् । उनकै आदेशबाट ताराहरू पनि सेवामा खटिएका छन् । निस्सन्देह यसमा विवेकशीलहरूका लागि निशानीहरू छन् ।
وَمَا ذَرَأَ لَكُمۡ فِي ٱلۡأَرۡضِ مُخۡتَلِفًا أَلۡوَٰنُهُۥٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَذَّكَّرُونَ
Open ayah 16:13र, उनले तिम्रोलागि जमीनमा रंगीबिरंगी जुन वस्तुहरु सृष्टि गरेकाछन्, ...निस्सन्देह त्यसमा पनि शिक्षा ग्रहण गर्नेहरूका लागि ठूलो निशानी छ । ,
وَهُوَ ٱلَّذِي سَخَّرَ ٱلۡبَحۡرَ لِتَأۡكُلُواْ مِنۡهُ لَحۡمٗا طَرِيّٗا وَتَسۡتَخۡرِجُواْ مِنۡهُ حِلۡيَةٗ تَلۡبَسُونَهَاۖ وَتَرَى ٱلۡفُلۡكَ مَوَاخِرَ فِيهِ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 16:14अनि, उनैले समुद्रलाई तिमीहरूको अधीनमा पारे ताकि तिमीहरू त्यसबाट ताजा मासु खाऊ र त्यसबाट गहना निकाल जसलाई तिमीहरू लगाउने गर्छौ । र, डुङ्गाहरूलाई पानी चिर्दै त्यसबाट अघि बढेको तिमी देख्छौ । यी सबैको उद्देश्य यो हो कि तिमीहरू आफ्ना पालनकर्ताको अनुग्रहकाे खोजी गर र उनीप्रति कृतज्ञ बन ।
وَأَلۡقَىٰ فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِكُمۡ وَأَنۡهَٰرٗا وَسُبُلٗا لَّعَلَّكُمۡ تَهۡتَدُونَ
Open ayah 16:15अनि, उनले पृथ्वीमा पहाडहरूलाई गाडे ताकि त्यसले तिमीहरूलाई लिएर नलडोस् र नदी तथा मार्गहरू बनाए ताकि तिमीहरू बाटो पाउन सक ।
وَعَلَٰمَٰتٖۚ وَبِٱلنَّجۡمِ هُمۡ يَهۡتَدُونَ
Open ayah 16:16अनि, उनले (मार्ग बताउने) अरू चिन्हहरू राखे । र, यिनीहरू ताराहरूको माध्यमबाट पनि मार्ग पत्ता लगाउने गर्छन् ।
أَفَمَن يَخۡلُقُ كَمَن لَّا يَخۡلُقُۚ أَفَلَا تَذَكَّرُونَ
Open ayah 16:17अनि के जसले सृष्टि गर्छन्, उनी सृष्टि गर्न नसक्ने जस्ता हुन सक्छन् ? के तिमीहरू उपदेश ग्रहण गर्दैनौ ?
وَإِن تَعُدُّواْ نِعۡمَةَ ٱللَّهِ لَا تُحۡصُوهَآۗ إِنَّ ٱللَّهَ لَغَفُورٞ رَّحِيمٞ
Open ayah 16:18अनि, तिमीहरूले अल्लाहका वरदानहरूलाई गणना गर्न चाहे पनि गर्न सक्दैनौ । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
وَٱللَّهُ يَعۡلَمُ مَا تُسِرُّونَ وَمَا تُعۡلِنُونَ
Open ayah 16:19अनि, जुन कुरा तिमीहरू गोप्य राख्छौ र जुन कुरा तिमीहरू प्रकट गर्छौ ती सबै अल्लाह जान्दछन् ।
وَٱلَّذِينَ يَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَا يَخۡلُقُونَ شَيۡـٔٗا وَهُمۡ يُخۡلَقُونَ
Open ayah 16:20अनि, अल्लाहलाई छोडी तिनीहरू ज–जसलाई पुकार्छन् तिनीहरूले केही पनि सृष्टि गर्न सक्दैनन्, बरु तिनीहरू स्वयं सृष्टि गरिएका हुन् ।
أَمۡوَٰتٌ غَيۡرُ أَحۡيَآءٖۖ وَمَا يَشۡعُرُونَ أَيَّانَ يُبۡعَثُونَ
Open ayah 16:21(तिनीहरू) मुर्दा हुन्; जीवित होइनन् र तिनीहरूको पुनरुत्थान कहिले हुनेछ भन्ने कुरा पनि तिनीहरूलाई थाहा छैन ।
إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۚ فَٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ قُلُوبُهُم مُّنكِرَةٞ وَهُم مُّسۡتَكۡبِرُونَ
Open ayah 16:22तिमीहरूका पूज्य केवल एक अल्लाह हुन्, र जुन व्यक्तिहरू परलोकमा ईमान राख्दैनन् तिनीहरूका हृदय नै इन्कारी हुन्, र तिनीहरू घमण्डी पनि हुन् ।
لَا جَرَمَ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡمُسۡتَكۡبِرِينَ
Open ayah 16:23निश्चय नै जुन कुरा तिनीहरू लुकाउने गर्छन् र जुन कुरा प्रकट गर्ने गर्छन् अल्लाह ती सबै कुरा जान्दछन् । वास्तवमा अल्लाह अहङ्कारीहरूलाई मन पराउँदैनन् ।
وَإِذَا قِيلَ لَهُم مَّاذَآ أَنزَلَ رَبُّكُمۡ قَالُوٓاْ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
Open ayah 16:24अनि, जब तिनीहरूलाई सोधिन्छ कि तिमीहरूका पालनकर्ताले के अवतरण गरेका छन् ? तब तिनीहरू भन्छन्– “यी अतीतका कथाहरू हुन् ।”
لِيَحۡمِلُوٓاْ أَوۡزَارَهُمۡ كَامِلَةٗ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَمِنۡ أَوۡزَارِ ٱلَّذِينَ يُضِلُّونَهُم بِغَيۡرِ عِلۡمٍۗ أَلَا سَآءَ مَا يَزِرُونَ
Open ayah 16:25महाप्रलयको दिन तिनीहरूले आफ्नो भार पनि पूर्णरूपमा उठाउनुपर्छ र ती व्यक्तिहरूको भार पनि उठाउनुपर्छ, जसलाई तिनीहरू अज्ञानताका कारण पथभ्रष्ट गर्दैछन् । जानिराख, तिनीहरूले उठाउने भार अति निकृष्ट रहेको छ ।
قَدۡ مَكَرَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَأَتَى ٱللَّهُ بُنۡيَٰنَهُم مِّنَ ٱلۡقَوَاعِدِ فَخَرَّ عَلَيۡهِمُ ٱلسَّقۡفُ مِن فَوۡقِهِمۡ وَأَتَىٰهُمُ ٱلۡعَذَابُ مِنۡ حَيۡثُ لَا يَشۡعُرُونَ
Open ayah 16:26तिनीहरूभन्दा अघिका मानिसहरूले पनि (यस्तै) चलखेल गरेका थिए, तर अल्लाहले तिनीहरूको जग नै उखेलेर फ्याँकेका थिए र फलस्वरूप तिनीहरूमाथि छाना नै भत्केर खसेको थियो, र त्यस दिशाबाट तिनीहरूमाथि प्रकोप आयो जहाँबाट तिनीहरूले कल्पनासमेत गरेका थिएनन् ।
ثُمَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ يُخۡزِيهِمۡ وَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تُشَٰٓقُّونَ فِيهِمۡۚ قَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ إِنَّ ٱلۡخِزۡيَ ٱلۡيَوۡمَ وَٱلسُّوٓءَ عَلَى ٱلۡكَٰفِرِينَ
Open ayah 16:27अनि, महाप्रलयको दिन पनि अल्लाहले तिनीहरूलाई अपमानित गर्नेछन् र सोध्नेछन्– “कहाँ छन् मेरा ती साझेदारहरू जसको बारेमा तिमीहरू झगडा गर्नेगथ्र्यौ ।” ज्ञानी व्यक्तिहरूले भन्नेछन्– “आज काफिरहरूकालागि अपमान तथा दुष्परिणाम रहेको छ ।”
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ ظَالِمِيٓ أَنفُسِهِمۡۖ فَأَلۡقَوُاْ ٱلسَّلَمَ مَا كُنَّا نَعۡمَلُ مِن سُوٓءِۭۚ بَلَىٰٓۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 16:28जसको प्राण, तिनीहरूले स्वयंमाथि अत्याचार गरिरहेको अवस्थामा, फरिश्ताहरूले ग्रस्त पार्दछन् , त्यस समय तिनीहरू आत्मसमर्पण गर्छन् (र भन्छन्)– हामी कुनै कुकर्म गरिरहेका थिएनौं । (फरिश्ताहरू भन्छन्) किन नहुनु, तिमीहरू जेजति गर्ने गथ्र्यौ ती सबै अल्लाह राम्ररी जान्दछन् ।
فَٱدۡخُلُوٓاْ أَبۡوَٰبَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۖ فَلَبِئۡسَ مَثۡوَى ٱلۡمُتَكَبِّرِينَ
Open ayah 16:29अतः नरकका ढोकाहरूको भित्र पस, जहाँ तिमीहरूलाई सदा बस्नु छ । अनि कति निकृष्ट रहेको छ घमण्डी व्यक्तिहरूको बासस्थान !
۞وَقِيلَ لِلَّذِينَ ٱتَّقَوۡاْ مَاذَآ أَنزَلَ رَبُّكُمۡۚ قَالُواْ خَيۡرٗاۗ لِّلَّذِينَ أَحۡسَنُواْ فِي هَٰذِهِ ٱلدُّنۡيَا حَسَنَةٞۚ وَلَدَارُ ٱلۡأٓخِرَةِ خَيۡرٞۚ وَلَنِعۡمَ دَارُ ٱلۡمُتَّقِينَ
Open ayah 16:30अनि, तिम्रा रबले के अवतरण गरेका छन्, भन्ने बारे जब ईशभय राख्नेहरूसित सोधिनेछ तब तिनीहरूको उत्तर हुनेछ– “सर्वोत्तम वाणीहरू !” सत्कर्मीहरूकालागि यस संसारमा पनि भलाई रहेको छ र परलोकको घर त झन् राम्रो छ, र, कति राम्रो रहेछ ईशभय राख्नेहरूको घर !
جَنَّٰتُ عَدۡنٖ يَدۡخُلُونَهَا تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ لَهُمۡ فِيهَا مَا يَشَآءُونَۚ كَذَٰلِكَ يَجۡزِي ٱللَّهُ ٱلۡمُتَّقِينَ
Open ayah 16:31सदा रहने बगैंचाहरू जहाँ उनीहरू प्रवेश गर्नेछन्, जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूकालागि त्यसमा ती सबै चिज हुनेछन् जुन उनीहरूले चाहनेछन् । अल्लाह यसरी नै ईशभय राख्नेहरूलाई प्रतिदान दिनेगर्छन् ।
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ طَيِّبِينَ يَقُولُونَ سَلَٰمٌ عَلَيۡكُمُ ٱدۡخُلُواْ ٱلۡجَنَّةَ بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 16:32जसको प्राण पवित्र (अास्थावान) रहेको अवस्थामा फरिश्ताहरूले लिनेछन् । फरिश्ताहरूले भन्नेछन्– ‘अस्सलामुअलैकुम्’ (तपाईंमाथि शान्ति होस्) । आफ्नो सत्कर्मको बदलामा स्वर्गमा प्रवेश गर्नुहोस् ।”
هَلۡ يَنظُرُونَ إِلَّآ أَن تَأۡتِيَهُمُ ٱلۡمَلَٰٓئِكَةُ أَوۡ يَأۡتِيَ أَمۡرُ رَبِّكَۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ وَمَا ظَلَمَهُمُ ٱللَّهُ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 16:33के तिनीहरू केवल यस प्रतीक्षामा छन् कि तिनीहरूसमक्ष फरिश्ताहरू आऊन् वा तिम्रा रबको आदेश नै आओस् ? तिनीहरूभन्दा पहिलेका मानिसहरूले पनि यस्तै गरेका थिए । अल्लाहले तिनीहरूमाथि अत्याचार गरेनन् बरू तिनीहरूले स्वयंमाथि अत्याचार गर्ने गर्थे ।
فَأَصَابَهُمۡ سَيِّـَٔاتُ مَا عَمِلُواْ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
Open ayah 16:34अतः तिनीहरूलाई तिनका कुकर्महरूको परिणाम प्राप्त भयो । र, जुन कुराको तिनीहरू ठट्टा गर्ने गर्थे त्यसैले नै तिनीहरूलाई घेर्यो ।
وَقَالَ ٱلَّذِينَ أَشۡرَكُواْ لَوۡ شَآءَ ٱللَّهُ مَا عَبَدۡنَا مِن دُونِهِۦ مِن شَيۡءٖ نَّحۡنُ وَلَآ ءَابَآؤُنَا وَلَا حَرَّمۡنَا مِن دُونِهِۦ مِن شَيۡءٖۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ فَهَلۡ عَلَى ٱلرُّسُلِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
Open ayah 16:35र मुश्रिकहरूले भन्छन्–“यदि अल्लाहले चाहेको भए न हामीहरू न हाम्रा पूर्वजहरूले नै उनीबाहेक अन्य कसैको उपासना गर्ने थियौं; न उनको आदेश बिना कुनै चिजलाई अवैध ठहर गर्ने थियौं ।” यिनीहरूभन्दा पहिलेका व्यक्तिहरूले पनि यस्तै गरेका थिए । अनि रसूलको काम केवल स्पष्ट रूपमा सन्देश पुर्याउनु हो ।
وَلَقَدۡ بَعَثۡنَا فِي كُلِّ أُمَّةٖ رَّسُولًا أَنِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱجۡتَنِبُواْ ٱلطَّٰغُوتَۖ فَمِنۡهُم مَّنۡ هَدَى ٱللَّهُ وَمِنۡهُم مَّنۡ حَقَّتۡ عَلَيۡهِ ٱلضَّلَٰلَةُۚ فَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ
Open ayah 16:36हामीले प्रत्येक समुदायमा रसूल पठायौं । (याे सन्देश दिएर) कि केवल अल्लाहको उपासना गर, र ‘तागूत’ (हरेक किसिमको अवज्ञाकारी) बाट टाढा रहने गर । अनि तिनीहरूमध्ये केहीलाई अल्लाहले मार्गदर्शन गरे र केहीमाथि पथभ्रष्टता लागू भयो । अनि धर्तीमा भ्रमण गर र हेर नकार्नेहरूको के कस्तो परिणाम भयो ।
إِن تَحۡرِصۡ عَلَىٰ هُدَىٰهُمۡ فَإِنَّ ٱللَّهَ لَا يَهۡدِي مَن يُضِلُّۖ وَمَا لَهُم مِّن نَّٰصِرِينَ
Open ayah 16:37(हे सन्देष्टा !) यद्यपि तिमी तिनीहरूको मार्गदर्शनकालागि लालायित छौ, तर अल्लाह तिनीहरुलाई मार्गदर्शन गर्दैनन् जसलाई उनी पथभ्रष्ट पार्छन्, र न कोही उसको सहयोगी हुन्छ ।
وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَا يَبۡعَثُ ٱللَّهُ مَن يَمُوتُۚ بَلَىٰ وَعۡدًا عَلَيۡهِ حَقّٗا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 16:38मृत व्यक्तिहरूलाई अल्लाहले पुनः जीवित गर्दैनन् भनी तिनीहरू अल्लाहको जोडदार कसम खान्छन् । किन गर्दैनन् ? यो त एउटा सत्य वाचा हो जसलाई उनले पूरा गरेरै छोड्नेछन् तर अधिकांश मानिसहरू जान्दैनन् ।
لِيُبَيِّنَ لَهُمُ ٱلَّذِي يَخۡتَلِفُونَ فِيهِ وَلِيَعۡلَمَ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّهُمۡ كَانُواْ كَٰذِبِينَ
Open ayah 16:39यस्तो हुनु यस कारणले आवश्यक छ कि अल्लाहले तिनीहरूसमक्ष त्यस तथ्यलाई खोलून् जसको सम्बन्धमा तिनीहरू मतभेद गरिरहेका छन्, ताकि काफिरहरूले जानुन् कि तिनीहरू नै मिथ्यावादी हुन् ।
إِنَّمَا قَوۡلُنَا لِشَيۡءٍ إِذَآ أَرَدۡنَٰهُ أَن نَّقُولَ لَهُۥ كُن فَيَكُونُ
Open ayah 16:40(अल्लाह भन्छन्) जब हामी कुनै चिजलाई अस्तित्व प्रदान गर्न चाह्न्छाैँ , त्यसलाइ हामीले “भइहाल” भन्छाैँ कि त्यो भइहाल्छ ।
وَٱلَّذِينَ هَاجَرُواْ فِي ٱللَّهِ مِنۢ بَعۡدِ مَا ظُلِمُواْ لَنُبَوِّئَنَّهُمۡ فِي ٱلدُّنۡيَا حَسَنَةٗۖ وَلَأَجۡرُ ٱلۡأٓخِرَةِ أَكۡبَرُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 16:41अनि, ती व्यक्तिहरू जो अत्याचारको शिकार भएपछि अल्लाहकोलागि आफ्ना घरहरू त्यागे, तिनीहरूलाई अवश्य यस संसारमा उत्तम बासस्थान प्रदान गर्नेछौं, र परलोकको प्रतिदान त झन् ठूलो हुनेछ । कति उत्तम हुन्थ्यो तिनीहरूले जानेका भए !
ٱلَّذِينَ صَبَرُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ
Open ayah 16:42तिनीहरू नै हुन् जसले धैर्यधारण गरे र तिनीहरू नै आफ्ना पालनकर्तामाथि भरोसा राख्दछन् ।
وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ إِلَّا رِجَالٗا نُّوحِيٓ إِلَيۡهِمۡۖ فَسۡـَٔلُوٓاْ أَهۡلَ ٱلذِّكۡرِ إِن كُنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 16:43र, तिमीभन्दा पहिले केवल पुरुषहरूलाई हामीले रसूलको रूपमा पठायौं जसमाथि हामीले प्रकाशना गर्ने गर्थ्याैँ । अतः यदि तिमीहरूलाई थाहा छैन भने ग्रन्थवाहकहरूलाई सोध ।
بِٱلۡبَيِّنَٰتِ وَٱلزُّبُرِۗ وَأَنزَلۡنَآ إِلَيۡكَ ٱلذِّكۡرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيۡهِمۡ وَلَعَلَّهُمۡ يَتَفَكَّرُونَ
Open ayah 16:44(तिनीहरूलाई) प्रमाण र ग्रन्थहरू दिएर (पठाएका थियौं) र हामीले तिमीमाथि पनि यो ग्रन्थ अवतरण गरेका छौं, ताकि तिमी मानिसहरूकानिम्ति जुन कुरा अवतरण गरिएको छ, स्पष्ट गर, र ताकि तिनीहरूले (त्यसमा) विचार गरून् !
أَفَأَمِنَ ٱلَّذِينَ مَكَرُواْ ٱلسَّيِّـَٔاتِ أَن يَخۡسِفَ ٱللَّهُ بِهِمُ ٱلۡأَرۡضَ أَوۡ يَأۡتِيَهُمُ ٱلۡعَذَابُ مِنۡ حَيۡثُ لَا يَشۡعُرُونَ
Open ayah 16:45के षड्यन्त्रपूर्ण योजना बनाउने व्यक्तिहरू यस कुराबाट निश्चिन्त भएका छन् कि अल्लाहले तिनीहरूलाई धर्तीमा धसाऊन् वा तिनीहरूमाथि अकल्पनीय दिशाबाट प्रकोप आओस्...
أَوۡ يَأۡخُذَهُمۡ فِي تَقَلُّبِهِمۡ فَمَا هُم بِمُعۡجِزِينَ
Open ayah 16:46वा यताउति घुमफिर गरिरहेकै अवस्थामा तिनीहरूलाई अल्लाहले समातून् । अनि तिनीहरूले अल्लाहलाई विवश पार्न सक्दैनन् ।
أَوۡ يَأۡخُذَهُمۡ عَلَىٰ تَخَوُّفٖ فَإِنَّ رَبَّكُمۡ لَرَءُوفٞ رَّحِيمٌ
Open ayah 16:47वा खतरा महसुस गरिरहेकै अवस्थामा समातून् ? (तर यस्ताे हुदैन) किनभने निस्सन्देह तिम्रा रब स्नेहशील एवं परम दयालु छन् ।
أَوَلَمۡ يَرَوۡاْ إِلَىٰ مَا خَلَقَ ٱللَّهُ مِن شَيۡءٖ يَتَفَيَّؤُاْ ظِلَٰلُهُۥ عَنِ ٱلۡيَمِينِ وَٱلشَّمَآئِلِ سُجَّدٗا لِّلَّهِ وَهُمۡ دَٰخِرُونَ
Open ayah 16:48के तिनीहरू अल्लाहले सृष्टि गरेका कुनै चिज देख्दैनन् कि त्यसका छायाँहरू दायाँबायाँ फर्कंदै र विनम्रता प्रकट गर्दै अल्लाहसमक्ष सज्दा गर्ने गर्छन् ?
وَلِلَّهِۤ يَسۡجُدُۤ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ مِن دَآبَّةٖ وَٱلۡمَلَٰٓئِكَةُ وَهُمۡ لَا يَسۡتَكۡبِرُونَ
Open ayah 16:49अल्लाहकै सज्दा गर्छन् आकाशहरू तथा धर्तीमा रहेका प्राणीहरू र फरिश्ताहरू । र, उनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।
يَخَافُونَ رَبَّهُم مِّن فَوۡقِهِمۡ وَيَفۡعَلُونَ مَا يُؤۡمَرُونَ۩
Open ayah 16:50तिनीहरू आफूमाथि रहेका रबसित डराउँछन् र तिनीहरूलाई जे आदेश दिइन्छ त्यही काम गर्ने गर्छन् ।
۞وَقَالَ ٱللَّهُ لَا تَتَّخِذُوٓاْ إِلَٰهَيۡنِ ٱثۡنَيۡنِۖ إِنَّمَا هُوَ إِلَٰهٞ وَٰحِدٞ فَإِيَّٰيَ فَٱرۡهَبُونِ
Open ayah 16:51र, अल्लाह भन्दछन्– “दुईवटा उपास्य नबनाऊ । वास्तवमा त्यो उपास्य एउटै छ अतः केवल मसित नै डराऊ ।”
وَلَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَهُ ٱلدِّينُ وَاصِبًاۚ أَفَغَيۡرَ ٱللَّهِ تَتَّقُونَ
Open ayah 16:52अनि, आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरू उनकै हुन्, र उनकै दीन (धर्म) सधैंकोलागि रहेको छ । अनि के तिमीहरू अल्लाहबाहेक अरूसित डराउँछौ ?
وَمَا بِكُم مِّن نِّعۡمَةٖ فَمِنَ ٱللَّهِۖ ثُمَّ إِذَا مَسَّكُمُ ٱلضُّرُّ فَإِلَيۡهِ تَجۡـَٔرُونَ
Open ayah 16:53र, तिमीहरूलाई प्राप्त सम्पूर्ण बरदान अल्लाहकै तर्फबाट रहेको छ । फेरि जहिले पनि जब तिमीहरूलाई कुनै दुःख पर्छ उनीसमक्ष नै दुःख पोख्छौ ।
ثُمَّ إِذَا كَشَفَ ٱلضُّرَّ عَنكُمۡ إِذَا فَرِيقٞ مِّنكُم بِرَبِّهِمۡ يُشۡرِكُونَ
Open ayah 16:54फेरि जब उनी तिमीहरूको दुःख निवारण गर्छन्, तब तिमीहरूमध्येका केही व्यक्तिहरू आफ्ना रबको साझेदार बनाउन थाल्छन् ।
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡۚ فَتَمَتَّعُواْ فَسَوۡفَ تَعۡلَمُونَ
Open ayah 16:55ताकि तिनीहरूले अल्लाहको उपकारप्रति कृतघ्नता देखाऊन् । अनि (हे बहुदेववादीहरू हो !) मोजमस्ती गरिहाल; चाँडै नै तिमीहरूले यसको परिणाम थाहा पाउनेछौ ।
وَيَجۡعَلُونَ لِمَا لَا يَعۡلَمُونَ نَصِيبٗا مِّمَّا رَزَقۡنَٰهُمۡۗ تَٱللَّهِ لَتُسۡـَٔلُنَّ عَمَّا كُنتُمۡ تَفۡتَرُونَ
Open ayah 16:56र, तिनीहरू हामीले प्रदान गरेको धन–सम्पत्तिमा यस्ता (उपास्यहरू) का निम्ति अंश छुट्ट्याउँछन् जसको बारेमा तिनीहरूलाई केही थाहा छैन । अल्लाहको कसम ! तिमीहरूले रचेका कुराहरूको कारण तिमीहरूलाई अवश्य सोधपुछ गरिनेछ ।
وَيَجۡعَلُونَ لِلَّهِ ٱلۡبَنَٰتِ سُبۡحَٰنَهُۥ وَلَهُم مَّا يَشۡتَهُونَ
Open ayah 16:57र, तिनीहरू अल्लाहकालागि छोरीहरू भएको ठहर्याउँछन्, जब कि उनी पवित्र छन्। र तिनीहरू (साझेदार ठहराउनेहरू) कालागि त्यो जुन तिनीहरू चाहन्छन् ।
وَإِذَا بُشِّرَ أَحَدُهُم بِٱلۡأُنثَىٰ ظَلَّ وَجۡهُهُۥ مُسۡوَدّٗا وَهُوَ كَظِيمٞ
Open ayah 16:58र जब तिनीहरूमध्ये कसैलाई छोरी जन्मिएको खबर दिइन्छ; मनै मनमा अत्यन्त दुःखी हुँदै उनीहरूको अनुहार कालो भइहाल्छ ।
يَتَوَٰرَىٰ مِنَ ٱلۡقَوۡمِ مِن سُوٓءِ مَا بُشِّرَ بِهِۦٓۚ أَيُمۡسِكُهُۥ عَلَىٰ هُونٍ أَمۡ يَدُسُّهُۥ فِي ٱلتُّرَابِۗ أَلَا سَآءَ مَا يَحۡكُمُونَ
Open ayah 16:59यस शुभ सूचनालाई अशुभ ठानेर ऊ मानिसहरूसित लुकेर हिँड्छ, (सोच्दै) कि अपमान सहेर यसलाई जीवित राख्ने कि माटोमा गाड्ने ? अपसोच कति नराम्रो निर्णय छ जुन यिनीहरू गर्ने गर्छन् ।
لِلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ مَثَلُ ٱلسَّوۡءِۖ وَلِلَّهِ ٱلۡمَثَلُ ٱلۡأَعۡلَىٰۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 16:60परलोकमा ईमान नराख्ने व्यक्तिहरूको विशेषता अति नराम्रो छ जबकि अल्लाहका विशेषताहरू उच्च छन् । र, उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
وَلَوۡ يُؤَاخِذُ ٱللَّهُ ٱلنَّاسَ بِظُلۡمِهِم مَّا تَرَكَ عَلَيۡهَا مِن دَآبَّةٖ وَلَٰكِن يُؤَخِّرُهُمۡ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗىۖ فَإِذَا جَآءَ أَجَلُهُمۡ لَا يَسۡتَـٔۡخِرُونَ سَاعَةٗ وَلَا يَسۡتَقۡدِمُونَ
Open ayah 16:61र, यदि अल्लाहले मानिसहरूलाई तिनीहरूको अत्याचारका कारण तुरुन्तै समातेको भए उनले धर्तीका कुनै प्राणीलाई छोड्ने थिएनन् । तर एउटा निर्धारित म्यादसम्म उनी तिनीहरूलाई अवसर दिन्छन् । अनि जब त्यो निर्धारित म्याद आइपुग्छ तब तिनीहरू न एक घडी पछि हट्न सक्नेछन् न अघि नै बढ्न सक्नेछन् ।
وَيَجۡعَلُونَ لِلَّهِ مَا يَكۡرَهُونَۚ وَتَصِفُ أَلۡسِنَتُهُمُ ٱلۡكَذِبَ أَنَّ لَهُمُ ٱلۡحُسۡنَىٰۚ لَا جَرَمَ أَنَّ لَهُمُ ٱلنَّارَ وَأَنَّهُم مُّفۡرَطُونَ
Open ayah 16:62अनि, तिनीहरू अल्लाहकानिम्ति त्यो कुरा सिद्ध गर्छन् जुन तिनीहरू स्वयं मन पराउँदैनन्, र तिनीहरूको जिब्राले झूठ मात्र बोल्ने गर्छ कि (महाप्रलयको दिन) तिनीहरूकालागि राम्रो प्रतिफल रहेको छ । होइन, वास्तवमा तिनीहरूकालागि नरक रहेको छ र तिनीहरू त्यसमा सदा रहनेछन् ।
تَٱللَّهِ لَقَدۡ أَرۡسَلۡنَآ إِلَىٰٓ أُمَمٖ مِّن قَبۡلِكَ فَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَهُوَ وَلِيُّهُمُ ٱلۡيَوۡمَ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 16:63अल्लाहको कसम, निश्चय नै हामीले तिमीभन्दा अघिका समूदायहरूसमक्ष आफ्नो ईशदूत पठायौं तर शैतानले तिनीहरूका कुकर्महरूलाई तिनीहरूको दृष्टिमा सुन्दर तुल्याएर देखायो अनि त्यही शैतान आज तिनीहरूको संरक्षक–मित्र बनेको छ र तिनीहरूकालागि दुःखदायी यातना रहेकोछ ।
وَمَآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ إِلَّا لِتُبَيِّنَ لَهُمُ ٱلَّذِي ٱخۡتَلَفُواْ فِيهِ وَهُدٗى وَرَحۡمَةٗ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 16:64र, हामीले तिमीमाथि यो ग्रन्थ यस उद्देश्यले अवतरण गरेका छौं कि तिमी तिनीहरूसमक्ष त्यो कुरा राम्ररी स्पष्ट गरिदेऊ जसमा तिनीहरू मतभेद गरिरहेका छन् । र, आस्था राख्ने व्यक्तिहरूकालागि (यो ग्रन्थ) मार्गदर्शन तथा दया हो । ,
وَٱللَّهُ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَسۡمَعُونَ
Open ayah 16:65र, अल्लाहले नै आकाशबाट पानी बर्साए अनि मृत भूमिलाई जीवित पारे । निस्सन्देह यसमा सुन्ने व्यक्तिहरूकालागि ठूलाे निशानी रहेको छ ।
وَإِنَّ لَكُمۡ فِي ٱلۡأَنۡعَٰمِ لَعِبۡرَةٗۖ نُّسۡقِيكُم مِّمَّا فِي بُطُونِهِۦ مِنۢ بَيۡنِ فَرۡثٖ وَدَمٖ لَّبَنًا خَالِصٗا سَآئِغٗا لِّلشَّٰرِبِينَ
Open ayah 16:66र चौपायाहरुमा पनि तिमीहरुकोलागि शिक्षा छ कि हामीले तिनीहरुको पेटभित्रको गोबर र रगतको बीचबाट तिमीहरुलाई शुद्ध दूध खुवाउने गर्छौ जुन पिउने व्यक्तिकानिम्ति अति स्वादिष्ट हुन्छ...
وَمِن ثَمَرَٰتِ ٱلنَّخِيلِ وَٱلۡأَعۡنَٰبِ تَتَّخِذُونَ مِنۡهُ سَكَرٗا وَرِزۡقًا حَسَنًاۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَعۡقِلُونَ
Open ayah 16:67अनि, खजुर तथा अंगुरका वृक्षका फलहरुबाट पनि । तिमीहरु त्यसबाट नशालु पदार्थ पनि बनाउने गर्छौ र पवित्र खानेकुरा पनि । निस्सन्देह यसमा विवेकशील व्यक्तिहरुकालागि ठूलो निशानी रहेको छ ।
وَأَوۡحَىٰ رَبُّكَ إِلَى ٱلنَّحۡلِ أَنِ ٱتَّخِذِي مِنَ ٱلۡجِبَالِ بُيُوتٗا وَمِنَ ٱلشَّجَرِ وَمِمَّا يَعۡرِشُونَ
Open ayah 16:68अनि, तिम्रा रबले माहुरीलाई यो कुरा सङ्केत गरे कि तिमीहरू पहाड, रुख तथा मानिसहरूले उठाएका छानाहरूमा आफ्नो घर बनाऊ ।
ثُمَّ كُلِي مِن كُلِّ ٱلثَّمَرَٰتِ فَٱسۡلُكِي سُبُلَ رَبِّكِ ذُلُلٗاۚ يَخۡرُجُ مِنۢ بُطُونِهَا شَرَابٞ مُّخۡتَلِفٌ أَلۡوَٰنُهُۥ فِيهِ شِفَآءٞ لِّلنَّاسِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَتَفَكَّرُونَ
Open ayah 16:69अनि हरेक प्रकारका फलहरूबाट खाऊ र आफ्ना रबको सहज मार्गमा हिड्ने गर । तिनीहरूका पेटबाट विभिन्न रङ्गको पेय पदार्थ निस्कन्छ । त्यसमा मानिसहरूकालागि उपचार रहेको छ । निस्सन्देह यसमा विवेकशील व्यक्तिहरूकालागि निशानी रहेकोछ ।
وَٱللَّهُ خَلَقَكُمۡ ثُمَّ يَتَوَفَّىٰكُمۡۚ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرۡذَلِ ٱلۡعُمُرِ لِكَيۡ لَا يَعۡلَمَ بَعۡدَ عِلۡمٖ شَيۡـًٔاۚ إِنَّ ٱللَّهَ عَلِيمٞ قَدِيرٞ
Open ayah 16:70अनि, अल्लाहले नै तिमीहरूलाई सृष्टि गरे । त्यसपछि उनी नै तिमीहरूलाई मृत्यु दिन्छन्, र तिमीहरूमध्ये केही व्यक्तिहरू निकृष्टतम आयुसम्म पुर्याइन्छन् यहाँसम्म कि तिनीहरूले ज्ञान आर्जन गरिसकेपछि पनि केही जान्दैनन् । निस्सन्देह अल्लाह सर्वज्ञ एवं सामर्थ्यवान छन् ।
وَٱللَّهُ فَضَّلَ بَعۡضَكُمۡ عَلَىٰ بَعۡضٖ فِي ٱلرِّزۡقِۚ فَمَا ٱلَّذِينَ فُضِّلُواْ بِرَآدِّي رِزۡقِهِمۡ عَلَىٰ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَهُمۡ فِيهِ سَوَآءٌۚ أَفَبِنِعۡمَةِ ٱللَّهِ يَجۡحَدُونَ
Open ayah 16:71अल्लाहले तिमीहरुमध्ये केही व्यक्तिहरुलाई अन्य केही व्यक्तिहरुमाथि जीविकामा प्रधानता प्रदान गरेका छन्, अनि प्रधानता प्राप्त व्यक्तिहरुले आफ्नो जीवनवृत्ति आफ्नो मातहतका व्यक्तिहरुलाई दिने गर्दैनन् कि तिनीहरु त्यसमा बराबर होऊन् । अनि के तिनीहरु अल्लाहको वरदानलाई अस्वीकार गर्दछन् ?
وَٱللَّهُ جَعَلَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجٗا وَجَعَلَ لَكُم مِّنۡ أَزۡوَٰجِكُم بَنِينَ وَحَفَدَةٗ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِۚ أَفَبِٱلۡبَٰطِلِ يُؤۡمِنُونَ وَبِنِعۡمَتِ ٱللَّهِ هُمۡ يَكۡفُرُونَ
Open ayah 16:72र, अल्लाहले तिमीहरूकालागि तिमीहरूमध्येबाट जोडीहरू बनाए र तिम्रा ती जोडीहरूबाट तिमीहरूकालागि छोरा र नातिहरू सृष्टि गरेका छन् । र, तिमीहरूलाई पवित्र जीविका प्रदान गरेका छन् । अनि के यसका बावजुद पनि यिनीहरू असत्यमाथि आस्था राख्दछन् र अल्लाहको वरदानलाई अस्वीकार गर्दछन् ?
وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَمۡلِكُ لَهُمۡ رِزۡقٗا مِّنَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ شَيۡـٔٗا وَلَا يَسۡتَطِيعُونَ
Open ayah 16:73अनि, अल्लाहलाई छोडी यस्ता चिजहरूको पूजा गर्छन् जुन तिनीहरू आकाशहरू तथा धर्तीबाट न कुनै जीविका प्रदान गर्ने अधिकार राख्दछन् न कुनै सामर्थ्य नै ।
فَلَا تَضۡرِبُواْ لِلَّهِ ٱلۡأَمۡثَالَۚ إِنَّ ٱللَّهَ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 16:74अतः अल्लाहकालागि (गलत) उपमाहरू नदेऊ । निस्सन्देह अल्लाह राम्ररी जान्दछन्, जबकि तिमीहरू जान्दैनौ ।
۞ضَرَبَ ٱللَّهُ مَثَلًا عَبۡدٗا مَّمۡلُوكٗا لَّا يَقۡدِرُ عَلَىٰ شَيۡءٖ وَمَن رَّزَقۡنَٰهُ مِنَّا رِزۡقًا حَسَنٗا فَهُوَ يُنفِقُ مِنۡهُ سِرّٗا وَجَهۡرًاۖ هَلۡ يَسۡتَوُۥنَۚ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ
Open ayah 16:75र, अल्लाह एउटा उदाहरण बयान गर्छन्; एउटा नोकर छ जो अरुको स्वामित्वमा छ, स्वयं कुनै अधिकार राख्दैन, अर्को व्यक्ति चाहिँ यस्तो छ जसलाई हामीले आफ्नो तर्फबाट उत्तम जीविका प्रदान गरेका छौं जसबाट ऊ गोप्य एवं खुल्लारूपमा खर्च गर्दछ, के यी दुवै समान हुन सक्छन् त ? (वास्तवमा) सम्पूर्ण प्रशंसा अल्लाहकैलागि हुन् तर तिनीहरूमध्ये अधिकांश मानिसहरू जान्दैनन् ।
وَضَرَبَ ٱللَّهُ مَثَلٗا رَّجُلَيۡنِ أَحَدُهُمَآ أَبۡكَمُ لَا يَقۡدِرُ عَلَىٰ شَيۡءٖ وَهُوَ كَلٌّ عَلَىٰ مَوۡلَىٰهُ أَيۡنَمَا يُوَجِّههُّ لَا يَأۡتِ بِخَيۡرٍ هَلۡ يَسۡتَوِي هُوَ وَمَن يَأۡمُرُ بِٱلۡعَدۡلِ وَهُوَ عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ
Open ayah 16:76अनि, अल्लाह एउटा अर्को उदाहरण बयान गर्दछन्; दुईजना व्यक्तिहरू छन्, जसमध्ये एकजना लाटो छ, जसलाई कुनै कुराको सामथ्र्य छैन, त्यो आफ्नो स्वामीमाथि बोझ बनेको छ । उसले त्यसलाई जता पठाए पनि त्यसले कुनै ठीक कार्य गरेर आउँदैन, के यो त्यो व्यक्ति समान हुन सक्छ जसले न्यायको आदेश दिन्छ र आफू पनि सीधा मार्गमा छ ?
وَلِلَّهِ غَيۡبُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَمَآ أَمۡرُ ٱلسَّاعَةِ إِلَّا كَلَمۡحِ ٱلۡبَصَرِ أَوۡ هُوَ أَقۡرَبُۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 16:77अनि, आकाशहरू तथा धर्तीमा अदृश्य तथ्यहरूको ज्ञान केवल अल्लाहलाई छ । अनि, महाप्रलय त पलभरमा वा त्योभन्दा पनि छिटो हुनेछ । निस्सन्देह अल्लाह प्रत्येक चिजको सामर्थ्य राख्दछन् ।
وَٱللَّهُ أَخۡرَجَكُم مِّنۢ بُطُونِ أُمَّهَٰتِكُمۡ لَا تَعۡلَمُونَ شَيۡـٔٗا وَجَعَلَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَ لَعَلَّكُمۡ تَشۡكُرُونَ
Open ayah 16:78अल्लाहले तिमीहरूलाई तिम्रा आमाहरूको कोखबाट यस अवस्थामा निकाले कि तिमीहरूलाई केही पनि थाहा थिएन । र, उनले तिमीहरूका कान, आँखा र मुटु बनाए ताकि तिमीहरू कृतज्ञ बन ।
أَلَمۡ يَرَوۡاْ إِلَى ٱلطَّيۡرِ مُسَخَّرَٰتٖ فِي جَوِّ ٱلسَّمَآءِ مَا يُمۡسِكُهُنَّ إِلَّا ٱللَّهُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 16:79के तिनीहरूले पंक्षीहरूलाई आकाशमा कसरी टिकिरहेका छन् भनी अवलोकन गरेका छैनन् ? त्यसलाई केवल अल्लाहले थामेका हुन्छन् । निस्सन्देह यसमा ईमान ल्याउने व्यक्तिहरूकालागि ठूलाे निशानीहरू छन् ।
وَٱللَّهُ جَعَلَ لَكُم مِّنۢ بُيُوتِكُمۡ سَكَنٗا وَجَعَلَ لَكُم مِّن جُلُودِ ٱلۡأَنۡعَٰمِ بُيُوتٗا تَسۡتَخِفُّونَهَا يَوۡمَ ظَعۡنِكُمۡ وَيَوۡمَ إِقَامَتِكُمۡ وَمِنۡ أَصۡوَافِهَا وَأَوۡبَارِهَا وَأَشۡعَارِهَآ أَثَٰثٗا وَمَتَٰعًا إِلَىٰ حِينٖ
Open ayah 16:80अनि, अल्लाहले नै तिम्रा घरहरूलाई बासस्थान बनाए र तिम्रोलागि चौपायाहरूका छालाहरूबाट यस्ता घरहरू बनाए जसलाई तिमीहरू यात्रा तथा बास दुवै समयमा हलुका अनुभव गर्छौ, र, तिनीहरूका ऊन, भुवा तथा रौंबाट उनले घरेलु वस्तुहरू र उपभोग्य वस्तुहरू बनाए एउटा निश्चित अवधिकोलागि ।
وَٱللَّهُ جَعَلَ لَكُم مِّمَّا خَلَقَ ظِلَٰلٗا وَجَعَلَ لَكُم مِّنَ ٱلۡجِبَالِ أَكۡنَٰنٗا وَجَعَلَ لَكُمۡ سَرَٰبِيلَ تَقِيكُمُ ٱلۡحَرَّ وَسَرَٰبِيلَ تَقِيكُم بَأۡسَكُمۡۚ كَذَٰلِكَ يُتِمُّ نِعۡمَتَهُۥ عَلَيۡكُمۡ لَعَلَّكُمۡ تُسۡلِمُونَ
Open ayah 16:81अनि, अल्लाहले नै तिमीहरूकालागि आफूले सृष्टि गरेका बस्तुहरूको छायाँ बनाए; पहाडहरूमा तिम्रोलागि गुफाहरू बनाए, र, उनले नै तिम्रोलागि वस्त्रहरू बनाए जसले तिमीहरूलाई गर्मीबाट बचाउँछन् अनि यस्ता वस्त्रहरू पनि जसले तिमीहरूलाई युद्धमा सुरक्षित राख्छन् । यसरी अल्लाह तिमीहरूप्रति आफ्नो वरदान पूरा गर्छन् ताकि तिमीहरू आज्ञाकारी बन ।
فَإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
Open ayah 16:82यदि तिनीहरू विमुख हुन्छन् भने (यो सन्देश) स्पष्ट रूपमा पुर्याउने जिम्मेवारी तिमीमाथि छ ।
يَعۡرِفُونَ نِعۡمَتَ ٱللَّهِ ثُمَّ يُنكِرُونَهَا وَأَكۡثَرُهُمُ ٱلۡكَٰفِرُونَ
Open ayah 16:83तिनीहरू अल्लाहका वरदानसंग राम्ररी परिचित छन्, तैपनि त्यसलाई अस्वीकार गर्छन् । तिनीहरूमध्ये अधिकांश पूर्णरूपमा कृतघ्न छन् ।
وَيَوۡمَ نَبۡعَثُ مِن كُلِّ أُمَّةٖ شَهِيدٗا ثُمَّ لَا يُؤۡذَنُ لِلَّذِينَ كَفَرُواْ وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ
Open ayah 16:84र, (के हुनेछ !) त्यसदिन जब हामी प्रत्येक समुदायबाट एक साक्षी खडा गर्नेछौं, अनि त्यतिखेर काफिरहरूलाई न (केही भन्ने) आज्ञा दिइनेछ न तिनीहरूलाई सफाइ नै पेश गर्ने ।
وَإِذَا رَءَا ٱلَّذِينَ ظَلَمُواْ ٱلۡعَذَابَ فَلَا يُخَفَّفُ عَنۡهُمۡ وَلَا هُمۡ يُنظَرُونَ
Open ayah 16:85र, जब अत्याचारीहरूले यातना देख्नेछन्, तब न तिनीहरूको यातना हलुका गरिनेछ न तिनीहरूलाई अवसर नै दिइनेछ ।
وَإِذَا رَءَا ٱلَّذِينَ أَشۡرَكُواْ شُرَكَآءَهُمۡ قَالُواْ رَبَّنَا هَٰٓؤُلَآءِ شُرَكَآؤُنَا ٱلَّذِينَ كُنَّا نَدۡعُواْ مِن دُونِكَۖ فَأَلۡقَوۡاْ إِلَيۡهِمُ ٱلۡقَوۡلَ إِنَّكُمۡ لَكَٰذِبُونَ
Open ayah 16:86र, जब बहुदेववादीहरू संसारमा आफूले ठहराएका साझेदारहरूलाई देख्नेछन् तब तिनीहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! यिनीहरू नै हुन् हामीले बनाएका साझेदारहरू जसलाई हामी तिमीलाई छोडेर पुकार्ने गर्थ्याैँ ।” तर तिनीहरूले उत्तर दिनेछन् र भन्नेछन्– “तिमीहरू नै झूठा हौ ।”
وَأَلۡقَوۡاْ إِلَى ٱللَّهِ يَوۡمَئِذٍ ٱلسَّلَمَۖ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ
Open ayah 16:87त्यस दिन तिनीहरू सबै अल्लाहसामु आत्मसमर्पण गर्नेछन् र तिनीहरूले रचेका झूठहरू तिनीहरूबाट हराउनेछन् ।
ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ زِدۡنَٰهُمۡ عَذَابٗا فَوۡقَ ٱلۡعَذَابِ بِمَا كَانُواْ يُفۡسِدُونَ
Open ayah 16:88जुन व्यक्तिहरू कुफ्र गर्छन् र अल्लाहको मार्गबाट रोक्ने गर्छन्, तिनीहरूले मच्चाएको विध्वंशले गर्दा तिनीहरूलाई दिइने यातनामाथि हामी अझ बढी यातना थप्नेछौं ।
وَيَوۡمَ نَبۡعَثُ فِي كُلِّ أُمَّةٖ شَهِيدًا عَلَيۡهِم مِّنۡ أَنفُسِهِمۡۖ وَجِئۡنَا بِكَ شَهِيدًا عَلَىٰ هَٰٓؤُلَآءِۚ وَنَزَّلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ تِبۡيَٰنٗا لِّكُلِّ شَيۡءٖ وَهُدٗى وَرَحۡمَةٗ وَبُشۡرَىٰ لِلۡمُسۡلِمِينَ
Open ayah 16:89अनि, स्मरण गर त्यसदिनको जब हामी प्रत्येक समुदायमा उनीहरूमध्येबाटै साक्षी खडा गर्नेछौं र (हे मुहम्मद स.!) तिमीलाई यी व्यक्तिहरूकालागि साक्षीको रूपमा ल्याउनेछौं । र, हामीले तिमीमाथि यो ग्रन्थ अवतरित गरेका छौं जुन प्रत्येक कुरालाई स्पष्ट पार्ने र आज्ञाकारीहरूकालागि मार्गदर्शन, दया तथा शुभ–सूचना हो ।
۞إِنَّ ٱللَّهَ يَأۡمُرُ بِٱلۡعَدۡلِ وَٱلۡإِحۡسَٰنِ وَإِيتَآيِٕ ذِي ٱلۡقُرۡبَىٰ وَيَنۡهَىٰ عَنِ ٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِ وَٱلۡبَغۡيِۚ يَعِظُكُمۡ لَعَلَّكُمۡ تَذَكَّرُونَ
Open ayah 16:90वास्तवमा अल्लाह न्याय, परोपकार र नातेदारहरूलाई (हक) दिन आदेश दिन्छन्, र अति अश्लीलता, दुष्कर्म तथा अत्याचारबाट मनाही गर्छन् । उनी तिमीहरूलाई उपदेश दिन्छन् ताकि तिमीहरू शिक्षा ग्रहण गर ।
وَأَوۡفُواْ بِعَهۡدِ ٱللَّهِ إِذَا عَٰهَدتُّمۡ وَلَا تَنقُضُواْ ٱلۡأَيۡمَٰنَ بَعۡدَ تَوۡكِيدِهَا وَقَدۡ جَعَلۡتُمُ ٱللَّهَ عَلَيۡكُمۡ كَفِيلًاۚ إِنَّ ٱللَّهَ يَعۡلَمُ مَا تَفۡعَلُونَ
Open ayah 16:91अनि, तिमीहरूले अल्लाहसित वाचा गरेपछि त्यसलाई पूरा गर्ने गर, र आफ्नो कसम सुदृढ गरेपछि त्यसलाई नतोड जबकि तिमीहरूले स्वयंमाथि अल्लाहलाई जिम्मेबार ठहर्याएका छौ । निस्सन्देह अल्लाह तिमीहरूले गर्ने गरेका कर्महरूबाट अवगत छन् ।
وَلَا تَكُونُواْ كَٱلَّتِي نَقَضَتۡ غَزۡلَهَا مِنۢ بَعۡدِ قُوَّةٍ أَنكَٰثٗا تَتَّخِذُونَ أَيۡمَٰنَكُمۡ دَخَلَۢا بَيۡنَكُمۡ أَن تَكُونَ أُمَّةٌ هِيَ أَرۡبَىٰ مِنۡ أُمَّةٍۚ إِنَّمَا يَبۡلُوكُمُ ٱللَّهُ بِهِۦۚ وَلَيُبَيِّنَنَّ لَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ مَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ
Open ayah 16:92र, ती महिला जस्तो नबन जसले स्वयंले परिश्रम गरी कातेको धागोलाई आँफैले टुक्रा–टुक्रा पारिन् । तिमीहरू आफ्नो कसमलाई आपसी व्यवहारमा छलकपटको साधन बनाउँछौ ताकि एउटा समुदायले अर्को समुदायभन्दा बढी लाभ प्राप्त गरोस् जबकि अल्लाह यस वाचाद्वारा तिमीहरूको परीक्षा लिन्छन् । र, उनी निश्चय नै महाप्रलयको दिन तिमीहरूसमक्ष तिम्रा मतभेदहरूको वास्तविकता स्पष्ट गर्नेछन् ।
وَلَوۡ شَآءَ ٱللَّهُ لَجَعَلَكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَلَٰكِن يُضِلُّ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۚ وَلَتُسۡـَٔلُنَّ عَمَّا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 16:93र, अल्लाहले चाहेको भए तिमीहरू सबैलाई एउटै समुदाय बनाउने थिए तर उनी जसलाई चाहन्छन् पथभ्रष्ट गर्छन् र जसलाई चाहन्छन् मार्गदर्शन गर्छन् । र, जेजति काम तिमीहरू गरिरहेका छौ त्यसबारे निश्चय नै तिमीहरूलाई सोधपुछ गरिनेछ ।
وَلَا تَتَّخِذُوٓاْ أَيۡمَٰنَكُمۡ دَخَلَۢا بَيۡنَكُمۡ فَتَزِلَّ قَدَمُۢ بَعۡدَ ثُبُوتِهَا وَتَذُوقُواْ ٱلسُّوٓءَ بِمَا صَدَدتُّمۡ عَن سَبِيلِ ٱللَّهِ وَلَكُمۡ عَذَابٌ عَظِيمٞ
Open ayah 16:94अनि, तिमीहरू आफ्नो कसमहरूलाई आपसमा धोका दिने साधन नबनाऊ । अन्यथा तिमीहरूका पाउ स्थिर भएपछि पुनः चिप्लन पुग्नेछन् र तिमीहरूले अल्लाहको मार्गबाट अन्य व्यक्तिहरूलाई रोकेकाले तिमीहरूले निकृष्ट परिणाम भोग्नु पर्नेछ । र, तिमीहरूकालागि ठूलो यातना रहेको छ ।
وَلَا تَشۡتَرُواْ بِعَهۡدِ ٱللَّهِ ثَمَنٗا قَلِيلًاۚ إِنَّمَا عِندَ ٱللَّهِ هُوَ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 16:95अनि, अल्लाहसित गरेका वाचालाई तुच्छ लाभकोलागि नबेच । तिमीहरू ज्ञान राख्छौ भने अल्लाहकहाँ रहेको (तिम्रो प्रतिदान) नै तिम्रोलागि सर्वश्रेष्ठ छ ।
مَا عِندَكُمۡ يَنفَدُ وَمَا عِندَ ٱللَّهِ بَاقٖۗ وَلَنَجۡزِيَنَّ ٱلَّذِينَ صَبَرُوٓاْ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 16:96तिमीहरूसित भएको (धन–सम्पत्ति) समाप्त हुनेवाला छ, र अल्लाहसित भएको बाँकी रहनेछ । र, हामी धैर्यधारण गर्नेहरूलाई तिनीहरुका सत्कर्महरूको सर्वोत्कृष्ट प्रतिदान अवश्य प्रदान गर्नेछौं ।
مَنۡ عَمِلَ صَٰلِحٗا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَلَنُحۡيِيَنَّهُۥ حَيَوٰةٗ طَيِّبَةٗۖ وَلَنَجۡزِيَنَّهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 16:97पुरुष होस् वा महिला जसले ईमान ल्याएर सत्कर्म गर्छ हामी अवश्य नै उसलाई पवित्र जीवनयापन गराउनेछौं, र उनीहरूले गरेका कार्यहरूको उत्तम प्रतिदान प्रदान गर्नेछौं ।
فَإِذَا قَرَأۡتَ ٱلۡقُرۡءَانَ فَٱسۡتَعِذۡ بِٱللَّهِ مِنَ ٱلشَّيۡطَٰنِ ٱلرَّجِيمِ
Open ayah 16:98र, तिमी कुरआनको पाठ सुरु गर्दा तिरस्कृत शैतानबाट अल्लाहको शरण माग्ने गर ।
إِنَّهُۥ لَيۡسَ لَهُۥ سُلۡطَٰنٌ عَلَى ٱلَّذِينَ ءَامَنُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ
Open ayah 16:99आस्थावानहरु तथा आफ्ना पालनकर्तामाथि भरोसा राख्नेहरुमाथि शैतानको वश चल्ने छैन ।
إِنَّمَا سُلۡطَٰنُهُۥ عَلَى ٱلَّذِينَ يَتَوَلَّوۡنَهُۥ وَٱلَّذِينَ هُم بِهِۦ مُشۡرِكُونَ
Open ayah 16:100उसको वश त यस्ता व्यक्तिहरूमाथि मात्र चल्ने गर्छ जसले उसलाई संरक्षक–मित्र बनाउँछन् र त्यसलाई अल्लाहको साझेदार ठहर्याउँछन् ।
وَإِذَا بَدَّلۡنَآ ءَايَةٗ مَّكَانَ ءَايَةٖ وَٱللَّهُ أَعۡلَمُ بِمَا يُنَزِّلُ قَالُوٓاْ إِنَّمَآ أَنتَ مُفۡتَرِۭۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ
Open ayah 16:101अनि, जब हामी कुनै आयतको सट्टामा अन्य आयत अवतरण गर्छौँ, र के अवतरण गर्नुछ भनी अल्लाहलाई राम्ररी थाहा छ, तब तिनीहरू भन्छन्– “(हे मुहम्मद स.!) तिमी त यो कुरआन स्वयं रच्ने गर्छौ ।” वास्तवमा तिनीहरूमध्ये अधिकांश मानिसहरू अनभिज्ञ छन् ।
قُلۡ نَزَّلَهُۥ رُوحُ ٱلۡقُدُسِ مِن رَّبِّكَ بِٱلۡحَقِّ لِيُثَبِّتَ ٱلَّذِينَ ءَامَنُواْ وَهُدٗى وَبُشۡرَىٰ لِلۡمُسۡلِمِينَ
Open ayah 16:102भनिदेऊ– “त्यसलाई त पवित्रात्मा (जिब्रईल) ले ठीक मेरा रबको तर्फबाट क्रमशः अवतरण गरेका छन् ताकि आस्थावानहरूलाई सुदृढता प्रदान गरून् । र, यो मुस्लिमहरूकालागि मार्गदर्शन एवं शुभ–सूचना हो ।”
وَلَقَدۡ نَعۡلَمُ أَنَّهُمۡ يَقُولُونَ إِنَّمَا يُعَلِّمُهُۥ بَشَرٞۗ لِّسَانُ ٱلَّذِي يُلۡحِدُونَ إِلَيۡهِ أَعۡجَمِيّٞ وَهَٰذَا لِسَانٌ عَرَبِيّٞ مُّبِينٌ
Open ayah 16:103हामीलाई राम्ररी ज्ञात छ कि तिनीहरू (तिम्रो बारेमा) भन्छन्– “यस व्यक्तिलाई एउटा मान्छेले सिकाउने गर्छ ।” तर तिनीहरूको सङ्केत जुन व्यक्तितर्फ रहेको छ उसको भाषा त गैर–अरबी (अजमी) हो जबकि यो बिशुद्ध अरबीमा छ ।
إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِـَٔايَٰتِ ٱللَّهِ لَا يَهۡدِيهِمُ ٱللَّهُ وَلَهُمۡ عَذَابٌ أَلِيمٌ
Open ayah 16:104वास्तवमा जुन व्यक्तिहरू अल्लाहका आयतमाथि ईमान ल्याउँदैनन्, अल्लाह पनि तिनीहरूलाई मार्गदर्शन गर्दैनन्, र यस्ता व्यक्तिहरूकालागि दुःखदायी यातना रहेको छ ।
إِنَّمَا يَفۡتَرِي ٱلۡكَذِبَ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِـَٔايَٰتِ ٱللَّهِۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡكَٰذِبُونَ
Open ayah 16:105मिथ्या रच्ने व्यक्तिहरू त तिनै हुन् जो अल्लाहका आयतहरूमाथि ईमान राख्दैनन् र यस्ता व्यक्तिहरू नै झूठा हुन् ।
مَن كَفَرَ بِٱللَّهِ مِنۢ بَعۡدِ إِيمَٰنِهِۦٓ إِلَّا مَنۡ أُكۡرِهَ وَقَلۡبُهُۥ مُطۡمَئِنُّۢ بِٱلۡإِيمَٰنِ وَلَٰكِن مَّن شَرَحَ بِٱلۡكُفۡرِ صَدۡرٗا فَعَلَيۡهِمۡ غَضَبٞ مِّنَ ٱللَّهِ وَلَهُمۡ عَذَابٌ عَظِيمٞ
Open ayah 16:106जो व्यक्ति आफ्नो ईमानपछि अल्लाहप्रति अनास्था प्रकट गर्छ, त्यो व्यक्तिबाहेक जसलाई वाध्य तुल्याइयो र उसको हृदय ईमानप्रति दृढ छ, तर जसले स्पष्टरूपमा आनास्था प्रकट गर्छ तिनीहरूमाथि अल्लाहको क्रोध रहेको छ, र, तिनीहरूका लागि ठूलो यातना पनि रहेको छ ।
ذَٰلِكَ بِأَنَّهُمُ ٱسۡتَحَبُّواْ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا عَلَى ٱلۡأٓخِرَةِ وَأَنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡكَٰفِرِينَ
Open ayah 16:107याे यस कारणले कि, तिनीहरूले सांसारिक जीवनलाई परलोकमाथि प्राथमिकता दिए । र, अल्लाह कृतघ्न व्यक्तिहरूलाई (मुक्ति) देखाउँदैनन् ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَسَمۡعِهِمۡ وَأَبۡصَٰرِهِمۡۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡغَٰفِلُونَ
Open ayah 16:108तिनीहरू नै यस्ता व्यक्तिहरू हुन् जसको मन, मस्तिष्क, कान तथा आँखाहरूमाथि अल्लाहले सिल लगाइदिएका छन् र तिनीहरू नै चेतनाहीन व्यक्तिहरू हुन् ।
لَا جَرَمَ أَنَّهُمۡ فِي ٱلۡأٓخِرَةِ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 16:109यसमा कुनै सन्देह छैन कि ‘आखिरत’ मा घाटा खाने तिनीहरू नै हुनेछन् ।
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ هَاجَرُواْ مِنۢ بَعۡدِ مَا فُتِنُواْ ثُمَّ جَٰهَدُواْ وَصَبَرُوٓاْ إِنَّ رَبَّكَ مِنۢ بَعۡدِهَا لَغَفُورٞ رَّحِيمٞ
Open ayah 16:110फेरि तिम्रा पालनकर्ता ती व्यक्तिहरूकालागि हुन् जो सताइएपश्चात् पलायन भए, फेरि जिहाद गरे, र धैर्यले काम लिए । यसपछि पनि तिम्रा पालनकर्ता निश्चय नै अति क्षमाशील एवं परम दयालु छन् ।
۞يَوۡمَ تَأۡتِي كُلُّ نَفۡسٖ تُجَٰدِلُ عَن نَّفۡسِهَا وَتُوَفَّىٰ كُلُّ نَفۡسٖ مَّا عَمِلَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ
Open ayah 16:111स्मरण गर जब प्रत्येक व्यक्ति आफ्नै बचाउ गर्दै हाजिर हुनेछ अनि प्रत्येक व्यक्तिलाई उसको कर्मको पूर्ण बदला प्रदान गरिनेछ र कसैमाथि अलिकति पनि अन्याय गरिने छैन ।
وَضَرَبَ ٱللَّهُ مَثَلٗا قَرۡيَةٗ كَانَتۡ ءَامِنَةٗ مُّطۡمَئِنَّةٗ يَأۡتِيهَا رِزۡقُهَا رَغَدٗا مِّن كُلِّ مَكَانٖ فَكَفَرَتۡ بِأَنۡعُمِ ٱللَّهِ فَأَذَٰقَهَا ٱللَّهُ لِبَاسَ ٱلۡجُوعِ وَٱلۡخَوۡفِ بِمَا كَانُواْ يَصۡنَعُونَ
Open ayah 16:112अनि, अल्लाह यस्तो नगरको उदाहरण प्रस्तुत गर्छन् जसलाई शान्ति तथा सन्तुष्टि प्राप्त थियो र प्रत्येक दिशाबाट त्यसको खाद्यान्न सामग्री प्रशस्त मात्रामा आइरहेको थियो तर त्यसले अल्लाहको वरदानप्रति कृतघ्नता देखायो । अतः अल्लाहले त्यसलाई त्यसको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाए ।
وَلَقَدۡ جَآءَهُمۡ رَسُولٞ مِّنۡهُمۡ فَكَذَّبُوهُ فَأَخَذَهُمُ ٱلۡعَذَابُ وَهُمۡ ظَٰلِمُونَ
Open ayah 16:113र, तिनीहरूसमक्ष तिनीहरूमध्येबाट रसूल पुगे । तिनीहरूले उनलाई पनि मिथ्या ठहर गरे । अनि, तिनीहरूलाई प्रकोपले समात्यो र तिनीहरू थिए नै अत्याचारी ।
فَكُلُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ حَلَٰلٗا طَيِّبٗا وَٱشۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ
Open ayah 16:114अनि अल्लाहले जेजति वैध एवं पवित्र आजीविका तिमीहरूलाई प्रदान गरेका छन् त्यसमध्ये खाऊ । र, यदि तिमीहरू अल्लाहकै उपासना गर्छौ भने उनको वरदानकानिम्ति कृतज्ञता देखाऊ ।
إِنَّمَا حَرَّمَ عَلَيۡكُمُ ٱلۡمَيۡتَةَ وَٱلدَّمَ وَلَحۡمَ ٱلۡخِنزِيرِ وَمَآ أُهِلَّ لِغَيۡرِ ٱللَّهِ بِهِۦۖ فَمَنِ ٱضۡطُرَّ غَيۡرَ بَاغٖ وَلَا عَادٖ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
Open ayah 16:115उनले तिमीहरूकालागि मरेका जनावर, रगत, सुँगुरको मासु र (वध गर्नलाइ) अल्लाह बाहेक अन्य कसैको नाम उच्चारण गरिएका जनावरलाई अवैध (हराम) गरेका छन्, तर कोही विवश भयो र उसले अनिच्छापूर्वक र सीमा उल्लङ्घन नगरी खायो भने अल्लाह निस्सन्देह अति क्षमाशील एवं परम दयालु छन् ।
وَلَا تَقُولُواْ لِمَا تَصِفُ أَلۡسِنَتُكُمُ ٱلۡكَذِبَ هَٰذَا حَلَٰلٞ وَهَٰذَا حَرَامٞ لِّتَفۡتَرُواْ عَلَى ٱللَّهِ ٱلۡكَذِبَۚ إِنَّ ٱلَّذِينَ يَفۡتَرُونَ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ لَا يُفۡلِحُونَ
Open ayah 16:116र, तिमीहरू आफ्नो मुखले रचेको आधारमा यो हलाल (वैध) र यो हराम (अवैध) हो भन्ने नगर [ ] कि तिमीहरू अल्लाहविरूद्ध मिथ्यारोपण गर्नेवाला बन्नेछौ । वास्तवमा जसले अल्लाहमाथि मिथ्यारोपण गर्छन् तिनीहरू सफल हुन सक्दैनन् ।
مَتَٰعٞ قَلِيلٞ وَلَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 16:117यो (सांसारिक सुख) क्षणिक सुख मात्र हो । र, तिनीहरूकालागि दुखदायी यातना रहेको छ ।
وَعَلَى ٱلَّذِينَ هَادُواْ حَرَّمۡنَا مَا قَصَصۡنَا عَلَيۡكَ مِن قَبۡلُۖ وَمَا ظَلَمۡنَٰهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 16:118र, जुन चिजहरू हामीले यसअघि तिमीलाई बयान गर्यौं, ती सबै यहूदीहरूका लागि पनि अवैध गरेका थियौं । र, हामीले तिनीहरूमाथि अत्याचार गरेनौं, बरू तिनीहरू स्वयं आफैँमाथि अत्याचार गर्ने गर्थे ।
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ عَمِلُواْ ٱلسُّوٓءَ بِجَهَٰلَةٖ ثُمَّ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُوٓاْ إِنَّ رَبَّكَ مِنۢ بَعۡدِهَا لَغَفُورٞ رَّحِيمٌ
Open ayah 16:119तर, जुन व्यक्तिहरू अज्ञानताको कारणले दुष्कर्म गर्छन् फेरि प्रायश्चित गरेर आफ्नो कर्मको सुधार गर्छन् तिनीहरूको प्रायश्चित तथा सुधारपछि तिम्रा पालनकर्ता अति क्षमाशील एवं परम दयालु छन् ।
إِنَّ إِبۡرَٰهِيمَ كَانَ أُمَّةٗ قَانِتٗا لِّلَّهِ حَنِيفٗا وَلَمۡ يَكُ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 16:120निस्सन्देह इब्राहीम स्वयं आफैँमा एउटा समुदाय, अल्लाहका आज्ञाकारी तथा एकाग्रचित्त व्यक्ति थिए र उनी बहुदेववादीहरूमध्येका थिएनन् ।
شَاكِرٗا لِّأَنۡعُمِهِۚ ٱجۡتَبَىٰهُ وَهَدَىٰهُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ
Open ayah 16:121उनी अल्लाहका सुख–सामग्रीहरूप्रति कृतज्ञ थिए । अल्लाहले उनलाई रोजे र सीधा मार्ग देखाए ।
وَءَاتَيۡنَٰهُ فِي ٱلدُّنۡيَا حَسَنَةٗۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّٰلِحِينَ
Open ayah 16:122अनि, हामीले उनलाई लोकमा भलाई प्रदान गर्यौं र उनी परलोकमा सत्कर्मीहरूमध्ये हुनेछन् ।
ثُمَّ أَوۡحَيۡنَآ إِلَيۡكَ أَنِ ٱتَّبِعۡ مِلَّةَ إِبۡرَٰهِيمَ حَنِيفٗاۖ وَمَا كَانَ مِنَ ٱلۡمُشۡرِكِينَ
Open ayah 16:123फेरि हामीले तिमीतर्फ वह्य गर्यौं कि एकाग्र भएर इब्राहीमको मार्गको अनुसरण गर । र, उनी बहुदेववादीहरूमध्येका थिएनन् ।
إِنَّمَا جُعِلَ ٱلسَّبۡتُ عَلَى ٱلَّذِينَ ٱخۡتَلَفُواْ فِيهِۚ وَإِنَّ رَبَّكَ لَيَحۡكُمُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ
Open ayah 16:124“सब्त” (शनिबार) को दिनको आदर गर्नु केवल ती व्यक्तिहरूकालागि अनिवार्य गरिएको थियो जसले त्यसमा मतभेद गरेका थिए । तिमीहरूका पालनकर्ताले महाप्रलयको दिन तिनीहरूबीच ती कुराहरूको अवश्य निर्णय गर्नेछन् जसमा तिनीहरू मतभेद गर्ने गर्छन् ।
ٱدۡعُ إِلَىٰ سَبِيلِ رَبِّكَ بِٱلۡحِكۡمَةِ وَٱلۡمَوۡعِظَةِ ٱلۡحَسَنَةِۖ وَجَٰدِلۡهُم بِٱلَّتِي هِيَ أَحۡسَنُۚ إِنَّ رَبَّكَ هُوَ أَعۡلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ
Open ayah 16:125हे सन्देष्टा ! मानिसहरूलाई अल्लाहको मार्गतर्फ तत्वदर्शिता एवं सदुपदेशको माध्यमबाट बोलाऊ र तिनीहरूसित सर्वोत्तम तरीकाले तर्कवितर्क गर । तिम्रा रब राम्ररी जान्दछन् कि को उनको मार्गबाट भ्रष्ट भएको छ र को सीधा मार्गमा छ ।
وَإِنۡ عَاقَبۡتُمۡ فَعَاقِبُواْ بِمِثۡلِ مَا عُوقِبۡتُم بِهِۦۖ وَلَئِن صَبَرۡتُمۡ لَهُوَ خَيۡرٞ لِّلصَّٰبِرِينَ
Open ayah 16:126र तिमीहरू बदला लिन चाहन्छौ भने त्यही हदसम्म लेऊ जति तिमीहरूमाथि अत्याचार गरिएको छ । र, तिमीहरू धैर्यले काम लिन्छौ भने धैर्यवानहरूकालागि त्यो झन् राम्रो हुनेछ ।
وَٱصۡبِرۡ وَمَا صَبۡرُكَ إِلَّا بِٱللَّهِۚ وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَلَا تَكُ فِي ضَيۡقٖ مِّمَّا يَمۡكُرُونَ
Open ayah 16:127(हे नबी (स.)!) धैर्यपूर्वक काम लेऊ र तिम्रो धैर्यता अल्लाहकै कृपामा निर्भर छ र तिनीहरूको अवस्थाप्रति दुःखित नहोऊ र तिनीहरूको षड्यन्त्रपूर्ण योजनाप्रति आफ्नो हृदय सङ्कीर्ण नपार ।
إِنَّ ٱللَّهَ مَعَ ٱلَّذِينَ ٱتَّقَواْ وَّٱلَّذِينَ هُم مُّحۡسِنُونَ
Open ayah 16:128निस्सन्देह अल्लाह त्यस्ता व्यक्तिहरूकासाथ छन् जो ईशभय राख्छन् र सत्कर्म गर्छन् ।