الإسراء
Al-Israa
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
سُبۡحَٰنَ ٱلَّذِيٓ أَسۡرَىٰ بِعَبۡدِهِۦ لَيۡلٗا مِّنَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ إِلَى ٱلۡمَسۡجِدِ ٱلۡأَقۡصَا ٱلَّذِي بَٰرَكۡنَا حَوۡلَهُۥ لِنُرِيَهُۥ مِنۡ ءَايَٰتِنَآۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ
Open ayah 17:1पवित्र छन् उनी (अल्लाह) जसले आफ्ना भक्त (मुहम्मद स.) लाई एक रात प्रतिष्ठित मस्जिद (कअ्बा) देखि हामीले वरिपरि मंगलमय तुल्याइएको अक्सा–मस्जिदसम्म भ्रमण गराए ताकि उनलाई हामी आफ्ना केही निशानीहरू देखाऔं ।[ ] निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَجَعَلۡنَٰهُ هُدٗى لِّبَنِيٓ إِسۡرَٰٓءِيلَ أَلَّا تَتَّخِذُواْ مِن دُونِي وَكِيلٗا
Open ayah 17:2अनि, हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनलाई इस्राईलका सन्तानहरूकालागि मार्गदर्शक बनायौं, यस आदेशका साथ कि मबाहेक अरू कसैलाई आफ्नो कार्यसाधक नबनाउनु ।”
ذُرِّيَّةَ مَنۡ حَمَلۡنَا مَعَ نُوحٍۚ إِنَّهُۥ كَانَ عَبۡدٗا شَكُورٗا
Open ayah 17:3हे ती व्यक्तिहरूका सन्तान हो जसलाई हामीले नूहसँग (डुङ्गामा) सवार गराएका थियौं ! निस्सन्देह नूह (हाम्रा) कृतज्ञ भक्त थिए ।
وَقَضَيۡنَآ إِلَىٰ بَنِيٓ إِسۡرَٰٓءِيلَ فِي ٱلۡكِتَٰبِ لَتُفۡسِدُنَّ فِي ٱلۡأَرۡضِ مَرَّتَيۡنِ وَلَتَعۡلُنَّ عُلُوّٗا كَبِيرٗا
Open ayah 17:4अनि, हामीले इस्राईलका सन्तानहरूलाई ग्रन्थमा आफ्नो स्पष्ट निर्णय भनिदिएका थियौं कि तिमीहरूले धर्तीमा अवश्य नै दुईपटक उपद्रव मच्चाउनेछौ र ठूलो उद्दण्डता देखाउनेछौ ।
فَإِذَا جَآءَ وَعۡدُ أُولَىٰهُمَا بَعَثۡنَا عَلَيۡكُمۡ عِبَادٗا لَّنَآ أُوْلِي بَأۡسٖ شَدِيدٖ فَجَاسُواْ خِلَٰلَ ٱلدِّيَارِۚ وَكَانَ وَعۡدٗا مَّفۡعُولٗا
Open ayah 17:5अनि जब ती दुईमध्ये पहिलो (विध्वंश) को समय आयो तब (हे इस्राईलका सन्तानहरु हो !) हामीले तिमीहरुविरुद्ध आफ्ना यस्ता भक्तहरु पठायौं जो अति शक्तिशाली थिए, अनि तिनीहरु धरभित्रसम्म पुगे । र त्यो बाचा पूरा हुनु नै थियो ।
ثُمَّ رَدَدۡنَا لَكُمُ ٱلۡكَرَّةَ عَلَيۡهِمۡ وَأَمۡدَدۡنَٰكُم بِأَمۡوَٰلٖ وَبَنِينَ وَجَعَلۡنَٰكُمۡ أَكۡثَرَ نَفِيرًا
Open ayah 17:6त्यसपछि हामीले तिमीहरूलाई उनीहरूमाथि प्रभुत्व जमाउने अवसर प्रदान गर्यौं र सम्पत्ति तथा सन्तानहरूद्वारा तिमीहरूलाई सहयोग गर्यौं अनि तिमीहरूलाई ठूलो समूहवाला बनायौं ।
إِنۡ أَحۡسَنتُمۡ أَحۡسَنتُمۡ لِأَنفُسِكُمۡۖ وَإِنۡ أَسَأۡتُمۡ فَلَهَاۚ فَإِذَا جَآءَ وَعۡدُ ٱلۡأٓخِرَةِ لِيَسُـُٔواْ وُجُوهَكُمۡ وَلِيَدۡخُلُواْ ٱلۡمَسۡجِدَ كَمَا دَخَلُوهُ أَوَّلَ مَرَّةٖ وَلِيُتَبِّرُواْ مَا عَلَوۡاْ تَتۡبِيرًا
Open ayah 17:7यदि तिमीहरू सत्कर्म गर्छौ भने त्यो आफ्नैलागि गर्नेछौ र यदि कुकर्म गर्छौ भने त्यो पनि आफ्नैलागि गर्नेछौ । अनि, जब अर्को वाचाको समय आयो (तब हामीले शक्तिशाली भक्तहरूलाई फेरि पठायौं) ताकि तिनीहरूले तिम्रा अनुहारहरूलाई बिगारून् र (बैतुल्–मक्दिस्) मस्जिदमा पहिलेका शत्रुहरू प्रवेश गरेझैं तिनीहरू पनि प्रवेश गरून् तथा नियन्त्रणमा लिएका सबै चिज नष्ट पारून् ।
عَسَىٰ رَبُّكُمۡ أَن يَرۡحَمَكُمۡۚ وَإِنۡ عُدتُّمۡ عُدۡنَاۚ وَجَعَلۡنَا جَهَنَّمَ لِلۡكَٰفِرِينَ حَصِيرًا
Open ayah 17:8आशा छ कि तिम्रा पालनकर्ताले तिमीहरूमाथि दया गर्नेछन् र यदि तिमीहरू पहिलेजस्तै कर्म गर्छौ भने हामी पनि तिमीहरूसँग त्यस्तै व्यवहार गर्नेछौं । र, कृतघ्नहरूका– लागि हामीले नरकलाई कारागार बनाएकै छौं ।
إِنَّ هَٰذَا ٱلۡقُرۡءَانَ يَهۡدِي لِلَّتِي هِيَ أَقۡوَمُ وَيُبَشِّرُ ٱلۡمُؤۡمِنِينَ ٱلَّذِينَ يَعۡمَلُونَ ٱلصَّٰلِحَٰتِ أَنَّ لَهُمۡ أَجۡرٗا كَبِيرٗا
Open ayah 17:9वास्तवमा यस कुरआनले बिलकुल सीधामार्ग देखाउँछ र सत्कर्म गर्ने आस्थावानहरूलाई महान् प्रतिदानको शुभ सूचना दिन्छ ।
وَأَنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ أَعۡتَدۡنَا لَهُمۡ عَذَابًا أَلِيمٗا
Open ayah 17:10र, जुन व्यक्तिहरू आखिरतमाथि ईमान ल्याउँदैनन् तिनीहरूकालागि हामीले दुःखदायी यातना तयार पारेका छौं ।
وَيَدۡعُ ٱلۡإِنسَٰنُ بِٱلشَّرِّ دُعَآءَهُۥ بِٱلۡخَيۡرِۖ وَكَانَ ٱلۡإِنسَٰنُ عَجُولٗا
Open ayah 17:11र, मानव त्यसरी कुभलाई माग गर्छ जसरी भलाई प्राप्तिकोलागि प्रार्थना गर्नुपर्ने थियो । र, वास्तवमा मानव उत्ताउलो हुन्छ ।
وَجَعَلۡنَا ٱلَّيۡلَ وَٱلنَّهَارَ ءَايَتَيۡنِۖ فَمَحَوۡنَآ ءَايَةَ ٱلَّيۡلِ وَجَعَلۡنَآ ءَايَةَ ٱلنَّهَارِ مُبۡصِرَةٗ لِّتَبۡتَغُواْ فَضۡلٗا مِّن رَّبِّكُمۡ وَلِتَعۡلَمُواْ عَدَدَ ٱلسِّنِينَ وَٱلۡحِسَابَۚ وَكُلَّ شَيۡءٖ فَصَّلۡنَٰهُ تَفۡصِيلٗا
Open ayah 17:12र, हामीले रात तथा दिनलाई दुईवटा निशानीको रूपमा बनाएका छौं । अनि हामीले रातको निशानीलाई प्रकाशहीन तथा दिनको निशानीलाई प्रकाशमय बनायौं ताकि तिमीहरू आफ्ना पालनकर्ताको अनुग्रह खोज र ताकि तिमीहरू वर्षहरूको संख्या तथा हिसाब जान्न सक । र, हामीले प्रत्येक वस्तुलाई विस्तृत रूपमा स्पष्ट पारेका छौं ।
وَكُلَّ إِنسَٰنٍ أَلۡزَمۡنَٰهُ طَٰٓئِرَهُۥ فِي عُنُقِهِۦۖ وَنُخۡرِجُ لَهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ كِتَٰبٗا يَلۡقَىٰهُ مَنشُورًا
Open ayah 17:13अनि, हामीले प्रत्येक मनुष्यको सौभाग्यलाई उसको गर्धनमा झुन्ड्याइदिएकाछौँ । र, महाप्रलयको दिन उसकोलागि हामीले एउटा बही (खाता) निकाल्नेछौं जसलाई उसले एकदम खुल्ला पाउनेछ ।
ٱقۡرَأۡ كِتَٰبَكَ كَفَىٰ بِنَفۡسِكَ ٱلۡيَوۡمَ عَلَيۡكَ حَسِيبٗا
Open ayah 17:14(अनि भनिनेछ) पढ आफ्नो कर्मपत्र । आज तिमी आफ्नो हिसाब गर्न स्वयं पर्याप्त छौ ।
مَّنِ ٱهۡتَدَىٰ فَإِنَّمَا يَهۡتَدِي لِنَفۡسِهِۦۖ وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيۡهَاۚ وَلَا تَزِرُ وَازِرَةٞ وِزۡرَ أُخۡرَىٰۗ وَمَا كُنَّا مُعَذِّبِينَ حَتَّىٰ نَبۡعَثَ رَسُولٗا
Open ayah 17:15जसले मार्गदर्शन ग्रहण गर्छ उसले स्वयंकोलागि मार्गदर्शन प्राप्त गर्छ र जुन व्यक्ति पथभ्रष्ट हुन्छ, पथभ्रष्टताको हानि पनि उसैले भोग्नुपर्छ । र, कसैले पनि अन्य कसैको भारी बोक्ने छैन । र, जबसम्म हामी कुनै रसूल पठाउँदैनौ तबसम्म हामी प्रकोप दिँदैनौं ।
وَإِذَآ أَرَدۡنَآ أَن نُّهۡلِكَ قَرۡيَةً أَمَرۡنَا مُتۡرَفِيهَا فَفَسَقُواْ فِيهَا فَحَقَّ عَلَيۡهَا ٱلۡقَوۡلُ فَدَمَّرۡنَٰهَا تَدۡمِيرٗا
Open ayah 17:16अनि, जब हामी कुनै नगरलाई नष्ट गर्न चाहन्छौं तब हामी त्यहाँका सम्पन्न व्यक्तिहरूलाई आदेश दिन्छौं र तिनीहरू खुबै उपद्रव मच्चाउँछन् । अनि (प्रकोपको) आदेश तिनीहरूमाथि लागू हुन्छ । अन्ततः हामी त्यसलाई पूर्ण रूपमा नष्ट गरिदिन्छौं ।
وَكَمۡ أَهۡلَكۡنَا مِنَ ٱلۡقُرُونِ مِنۢ بَعۡدِ نُوحٖۗ وَكَفَىٰ بِرَبِّكَ بِذُنُوبِ عِبَادِهِۦ خَبِيرَۢا بَصِيرٗا
Open ayah 17:17अनि, नूहपछि हामीले कतिपय समुदायलाई नष्ट पारिदियौं । र, तिम्रा रब आफ्ना भक्तहरूको पापसँग पूर्ण रूपमा परिचित छन् र देखिराखेका छन् ।
مَّن كَانَ يُرِيدُ ٱلۡعَاجِلَةَ عَجَّلۡنَا لَهُۥ فِيهَا مَا نَشَآءُ لِمَن نُّرِيدُ ثُمَّ جَعَلۡنَا لَهُۥ جَهَنَّمَ يَصۡلَىٰهَا مَذۡمُومٗا مَّدۡحُورٗا
Open ayah 17:18जो शीघ्र प्राप्त हुने चीज (सांसारिक लाभ) को इच्छा गर्छ हामी त्यसमध्ये जसलाई चाहन्छौं र जति चाहन्छौं शीघ्र प्रदान गर्छौं । तर, उसको भाग्यमा नरक लेखिदिन्छौं जसमा ऊ तिरस्कृत भएर र धिक्कारिएर होमिनेछ ।
وَمَنۡ أَرَادَ ٱلۡأٓخِرَةَ وَسَعَىٰ لَهَا سَعۡيَهَا وَهُوَ مُؤۡمِنٞ فَأُوْلَٰٓئِكَ كَانَ سَعۡيُهُم مَّشۡكُورٗا
Open ayah 17:19अनि, जसले परलोकको इच्छा गर्छ र त्यसकोलागि सक्दो प्रयत्न पनि गर्छ साथै आस्था पनि राख्छ त्यस्ता सबै मानिसहरूको प्रयत्नलाई कदर गरिनेछ ।
كُلّٗا نُّمِدُّ هَٰٓؤُلَآءِ وَهَٰٓؤُلَآءِ مِنۡ عَطَآءِ رَبِّكَۚ وَمَا كَانَ عَطَآءُ رَبِّكَ مَحۡظُورًا
Open ayah 17:20हामी यिनीहरू र तिनीहरू सबैलाई जीविकोपार्जनका सामानहरू प्रदान गर्छौं । यो तिम्रो पालनकर्ताको देन हो र तिम्रा पालनकर्ताको देनलाई कसैले पनि रोक्न सक्दैन ।
ٱنظُرۡ كَيۡفَ فَضَّلۡنَا بَعۡضَهُمۡ عَلَىٰ بَعۡضٖۚ وَلَلۡأٓخِرَةُ أَكۡبَرُ دَرَجَٰتٖ وَأَكۡبَرُ تَفۡضِيلٗا
Open ayah 17:21हेर, हामीले कसैलाई कसैमाथि कसरी प्रधानता प्रदान गरेका छौं । र, परलोक त श्रेणीहरूको हिसाबले उच्च छ र प्रतिष्ठाको हिसाबले झन् उत्तम हुनेछ ।
لَّا تَجۡعَلۡ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ فَتَقۡعُدَ مَذۡمُومٗا مَّخۡذُولٗا
Open ayah 17:22र, अल्लाहसित अन्य कसैलाई पूज्य नबनाऊ नत्र तिरस्कृत तथा असहाय भएर बस्न पुग्नेछौ ।
۞وَقَضَىٰ رَبُّكَ أَلَّا تَعۡبُدُوٓاْ إِلَّآ إِيَّاهُ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَٰنًاۚ إِمَّا يَبۡلُغَنَّ عِندَكَ ٱلۡكِبَرَ أَحَدُهُمَآ أَوۡ كِلَاهُمَا فَلَا تَقُل لَّهُمَآ أُفّٖ وَلَا تَنۡهَرۡهُمَا وَقُل لَّهُمَا قَوۡلٗا كَرِيمٗا
Open ayah 17:23र, तिम्रा पालनकर्ताले निर्णय गरिदिएका छन् कि तिमीहरू उनीबाहेक कसैको उपासना नगर; मातापितासँग राम्रो व्यवहार गर । यदि ती दुवैमध्ये एक वा दुवै तिम्रो उपस्थितिमा बृद्धावस्थामा पुग्छन् भने उनीहरूलाई ‘उफ् !’ पनि नभन; र न उनीहरूलाई हप्काऊ बरु उनीहरूसित आदरपूर्वक कुरा गर ।
وَٱخۡفِضۡ لَهُمَا جَنَاحَ ٱلذُّلِّ مِنَ ٱلرَّحۡمَةِ وَقُل رَّبِّ ٱرۡحَمۡهُمَا كَمَا رَبَّيَانِي صَغِيرٗا
Open ayah 17:24अनि, दयाकासाथ विनम्रताका हात उनीहरूसमक्ष फैलाएर बस र प्रार्थना गर– “हे मेरा स्वामी ! उहाँहरूमाथि दया गर जसरी उहाँहरूले बाल्यकालमा मेरो पालनपोषण गर्नुभएको थियो ।”
رَّبُّكُمۡ أَعۡلَمُ بِمَا فِي نُفُوسِكُمۡۚ إِن تَكُونُواْ صَٰلِحِينَ فَإِنَّهُۥ كَانَ لِلۡأَوَّٰبِينَ غَفُورٗا
Open ayah 17:25तिमीहरूको मनमा भएका कुराहरू तिम्रा स्वामी राम्ररी जान्दछन् । यदि तिमीहरू सत्कर्मी रहन्छौ भने वास्तवमा उनी (सत्कर्मतर्फ) फर्कने व्यक्तिहरूकानिम्ति अति क्षमाशील छन् ।
وَءَاتِ ذَا ٱلۡقُرۡبَىٰ حَقَّهُۥ وَٱلۡمِسۡكِينَ وَٱبۡنَ ٱلسَّبِيلِ وَلَا تُبَذِّرۡ تَبۡذِيرًا
Open ayah 17:26अनि, नातेदारलाई उसको हक प्रदान गर, र दीन–दुखी तथा पथिकलाई पनि । र, (सम्पत्ति) अपब्यय नगर ।
إِنَّ ٱلۡمُبَذِّرِينَ كَانُوٓاْ إِخۡوَٰنَ ٱلشَّيَٰطِينِۖ وَكَانَ ٱلشَّيۡطَٰنُ لِرَبِّهِۦ كَفُورٗا
Open ayah 17:27अपब्ययीहरू शैतानका दाजुभाइ हुन् । र, शैतान आफ्ना पालनकर्ताप्रति कृतघ्न छ ।
وَإِمَّا تُعۡرِضَنَّ عَنۡهُمُ ٱبۡتِغَآءَ رَحۡمَةٖ مِّن رَّبِّكَ تَرۡجُوهَا فَقُل لَّهُمۡ قَوۡلٗا مَّيۡسُورٗا
Open ayah 17:28र, यदि तिमीहरूलाई आफूले आशा गरेको आफ्नो स्वामीको दयाको खोजीको कारणले यिनीहरूबाट पिठयूँ फर्काउनु परे पनि यिनीहरूसित नम्र कुरा गर ।
وَلَا تَجۡعَلۡ يَدَكَ مَغۡلُولَةً إِلَىٰ عُنُقِكَ وَلَا تَبۡسُطۡهَا كُلَّ ٱلۡبَسۡطِ فَتَقۡعُدَ مَلُومٗا مَّحۡسُورًا
Open ayah 17:29आफ्ना हात आफ्नो गर्धनमा नबाँध; न त्यसलाई बिलकुलै खुल्ला छोड, अन्यथा तिमी निन्दनीय तथा विवश भएर बस्नेछौ ।
إِنَّ رَبَّكَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّهُۥ كَانَ بِعِبَادِهِۦ خَبِيرَۢا بَصِيرٗا
Open ayah 17:30निस्सन्देह तिम्रा स्वामी जसलाई चाहन्छन् उसको जीविका विस्तृत तुल्याइदिन्छन् र जसलाई चाहन्छन् उसको जीविका संकुचित पारिदिन्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको बारेमा राम्रो जानकार छन् र (उनीहरूलाई) देख्छन् ।,
وَلَا تَقۡتُلُوٓاْ أَوۡلَٰدَكُمۡ خَشۡيَةَ إِمۡلَٰقٖۖ نَّحۡنُ نَرۡزُقُهُمۡ وَإِيَّاكُمۡۚ إِنَّ قَتۡلَهُمۡ كَانَ خِطۡـٔٗا كَبِيرٗا
Open ayah 17:31र, तिमीहरू दरिद्रताको भयले आफ्ना सन्तानहरुको हत्या नगर । हामी नै उनीहरूलाई जीविका प्रदान गर्नेछौं र तिमीहरूलाई पनि । निस्सन्देह उनीहरूको हत्या महापाप हो ।
وَلَا تَقۡرَبُواْ ٱلزِّنَىٰٓۖ إِنَّهُۥ كَانَ فَٰحِشَةٗ وَسَآءَ سَبِيلٗا
Open ayah 17:32र, व्यभिचारको नजिक पनि नजाऊ किनभने यो अति अश्लिल कार्य तथा कुमार्ग हो ।
وَلَا تَقۡتُلُواْ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّۗ وَمَن قُتِلَ مَظۡلُومٗا فَقَدۡ جَعَلۡنَا لِوَلِيِّهِۦ سُلۡطَٰنٗا فَلَا يُسۡرِف فِّي ٱلۡقَتۡلِۖ إِنَّهُۥ كَانَ مَنصُورٗا
Open ayah 17:33अनि, अल्लाहले अवैध ठहर्याएको ज्यानलाई न्यायोचित कारण बिना नमार र अत्याचारपूर्वक मारिएका (व्यक्तिको) अभिभावकलाई प्रतिहत्याको माग गर्ने अधिकार हामीले प्रदान गरेका छौं । तर, त्यो अभिभावकले (बदलाको) हत्यामा सीमा उल्लङ्घन नगरोस्, निश्चय नै उसलाई सहयोग गरिनेछ ।,
وَلَا تَقۡرَبُواْ مَالَ ٱلۡيَتِيمِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ حَتَّىٰ يَبۡلُغَ أَشُدَّهُۥۚ وَأَوۡفُواْ بِٱلۡعَهۡدِۖ إِنَّ ٱلۡعَهۡدَ كَانَ مَسۡـُٔولٗا
Open ayah 17:34अनाथको सम्पत्तिको नजिक पनि नजाऊ उचित तरिकाले बाहेक; यहाँसम्म कि ऊ आफ्नो परिपक्वताको उमेरमा पुगोस् । र, आफ्नो वाचा पूरा गर किनभने वाचाबारे अवश्य सोधपुछ हुनेछ ।
وَأَوۡفُواْ ٱلۡكَيۡلَ إِذَا كِلۡتُمۡ وَزِنُواْ بِٱلۡقِسۡطَاسِ ٱلۡمُسۡتَقِيمِۚ ذَٰلِكَ خَيۡرٞ وَأَحۡسَنُ تَأۡوِيلٗا
Open ayah 17:35अनि, नापतौल गर्दा जहिले पनि पूरा नाप दिने गर र सही तराजुले जोख्ने गर । यही उत्तम तथा परिणामको दृष्टिले राम्रो रहेको छ ।
وَلَا تَقۡفُ مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٌۚ إِنَّ ٱلسَّمۡعَ وَٱلۡبَصَرَ وَٱلۡفُؤَادَ كُلُّ أُوْلَٰٓئِكَ كَانَ عَنۡهُ مَسۡـُٔولٗا
Open ayah 17:36अनि, ज्ञान नभएको कुराको पछि नलाग किनभने कान, आँखा र हृदयका बारेमा सोधिनेछ ।
وَلَا تَمۡشِ فِي ٱلۡأَرۡضِ مَرَحًاۖ إِنَّكَ لَن تَخۡرِقَ ٱلۡأَرۡضَ وَلَن تَبۡلُغَ ٱلۡجِبَالَ طُولٗا
Open ayah 17:37अनि, धर्तीमा घमण्डकासाथ नहिँड किनभने न तिमीले धर्तीलाई चिर्न सक्छौ र न लम्बाईमा पहाडको बराबर हुन सक्छौ ।
كُلُّ ذَٰلِكَ كَانَ سَيِّئُهُۥ عِندَ رَبِّكَ مَكۡرُوهٗا
Open ayah 17:38यी सबै कुकर्महरू तिम्रा पालनकर्तासमक्ष अति अप्रिय छन् ।
ذَٰلِكَ مِمَّآ أَوۡحَىٰٓ إِلَيۡكَ رَبُّكَ مِنَ ٱلۡحِكۡمَةِۗ وَلَا تَجۡعَلۡ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ فَتُلۡقَىٰ فِي جَهَنَّمَ مَلُومٗا مَّدۡحُورًا
Open ayah 17:39यी ती तत्वज्ञानहरूमध्ये हुन् जसको प्रकाशना तिम्रा स्वामीले तिमीमाथि गरेका छन् । र, अल्लाहसित अन्य कसैलाई पूज्य नबनाऊ अन्यथा तिमी निन्दित तथा श्रापित भई नरकमा होमिनेछौ ।
أَفَأَصۡفَىٰكُمۡ رَبُّكُم بِٱلۡبَنِينَ وَٱتَّخَذَ مِنَ ٱلۡمَلَٰٓئِكَةِ إِنَٰثًاۚ إِنَّكُمۡ لَتَقُولُونَ قَوۡلًا عَظِيمٗا
Open ayah 17:40के तिमीहरूका पालनकर्ताले तिमीहरूलाई पुत्र दिनका लागि छानेका छन् अनि आफ्नोलागि फरिश्ताहरूलाई पुत्रीस्वरूप ग्रहण गरे ? तिमीहरूले आफ्नो मुखले भनेका कुरा अति ठूलो (झूठ) हो ।
وَلَقَدۡ صَرَّفۡنَا فِي هَٰذَا ٱلۡقُرۡءَانِ لِيَذَّكَّرُواْ وَمَا يَزِيدُهُمۡ إِلَّا نُفُورٗا
Open ayah 17:41अनि, हामीले यस कुरआनमा मानिसहरूलाई विभिन्न प्रकारले सम्झायौं ताकि तिनीहरूले उपदेश ग्रहण गरून् । तर तिनीहरू त्यसबाट अझ टाढा नै भाग्छन् ।
قُل لَّوۡ كَانَ مَعَهُۥٓ ءَالِهَةٞ كَمَا يَقُولُونَ إِذٗا لَّٱبۡتَغَوۡاْ إِلَىٰ ذِي ٱلۡعَرۡشِ سَبِيلٗا
Open ayah 17:42भनिदेऊ– “तिमीहरूको भनाइ अनुसार यदि उनीसित अन्य ईश्वरहरू भएका भए तिनीहरूले अवश्य सिंहासनको स्वामीसम्म पुग्न कुनै न कुनै मार्ग खोजेर निकाल्ने थिए ।”
سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يَقُولُونَ عُلُوّٗا كَبِيرٗا
Open ayah 17:43तिनीहरूले जेजति भनिरहेका छन् त्यसबाट उनी पवित्र र अत्यन्त उच्च रहेका छन् ।
تُسَبِّحُ لَهُ ٱلسَّمَٰوَٰتُ ٱلسَّبۡعُ وَٱلۡأَرۡضُ وَمَن فِيهِنَّۚ وَإِن مِّن شَيۡءٍ إِلَّا يُسَبِّحُ بِحَمۡدِهِۦ وَلَٰكِن لَّا تَفۡقَهُونَ تَسۡبِيحَهُمۡۚ إِنَّهُۥ كَانَ حَلِيمًا غَفُورٗا
Open ayah 17:44सातवटै आकाश, पृथ्वी र तिनीहरूभित्र रहेका सम्पूर्ण चिजहरू अल्लाहको स्तुति गर्दैछन् । उनको प्रशंसासाथ स्तुति नगरिरहेको कुनै पनि चिज छैन । तर, तिमीहरू उनीहरूले गरिरहेको स्तुतिलाई बुझ्दैनौं । निस्सन्देह उनी सहनशील र क्षमाशील छन् ।
وَإِذَا قَرَأۡتَ ٱلۡقُرۡءَانَ جَعَلۡنَا بَيۡنَكَ وَبَيۡنَ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ حِجَابٗا مَّسۡتُورٗا
Open ayah 17:45अनि, जब तिमी कुरआनको पाठ गर्छौ, हामी तिमी र परलोकमा ईमान नराख्ने व्यक्तिहरूबीच एउटा अदृश्य आवरण खडा गरिदिन्छौं ।
وَجَعَلۡنَا عَلَىٰ قُلُوبِهِمۡ أَكِنَّةً أَن يَفۡقَهُوهُ وَفِيٓ ءَاذَانِهِمۡ وَقۡرٗاۚ وَإِذَا ذَكَرۡتَ رَبَّكَ فِي ٱلۡقُرۡءَانِ وَحۡدَهُۥ وَلَّوۡاْ عَلَىٰٓ أَدۡبَٰرِهِمۡ نُفُورٗا
Open ayah 17:46अनि, तिनीहरूको हृदयलाई (पनि) आवरणले ढाकिदिन्छौं ताकि तिनीहरू बुझ्नै नसकून् र तिनीहरूका कानमा बहिरोपन हालिदिन्छौं । र, जब तिमी कुरआनमा एक मात्र पालनकर्ताको चर्चा गर्छौ तब तिनीहरू पिठ्यूँ फर्काएर टाढा भाग्छन् ।
نَّحۡنُ أَعۡلَمُ بِمَا يَسۡتَمِعُونَ بِهِۦٓ إِذۡ يَسۡتَمِعُونَ إِلَيۡكَ وَإِذۡ هُمۡ نَجۡوَىٰٓ إِذۡ يَقُولُ ٱلظَّٰلِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلٗا مَّسۡحُورًا
Open ayah 17:47जब तिनीहरू तिमीतर्फ कान थापेर सुन्दछन्; तिनीहरू कुन उद्देश्यले सुन्छन् भन्ने कुरा हामी राम्ररी जान्दछौं र तिनीहरूले कानेखुसी गरिरहेको कुरा पनि जान्दछौं । यी अत्याचारीहरू आपसमा भन्छन्– “तिमीहरू केवल एक जादूपीडित व्यक्तिको अनुसरण गरिरहेका छौ ।”
ٱنظُرۡ كَيۡفَ ضَرَبُواْ لَكَ ٱلۡأَمۡثَالَ فَضَلُّواْ فَلَا يَسۡتَطِيعُونَ سَبِيلٗا
Open ayah 17:48हेर, तिनीहरूले तिम्रो बारेमा कस्ता किसिमका उदाहरणहरू बयान गर्छन्, यसै कारण तिनीहरू त पथभ्रष्ट भए । अतः तिनीहरूले सत्मार्ग पाउनै सक्दैनन् ।
وَقَالُوٓاْ أَءِذَا كُنَّا عِظَٰمٗا وَرُفَٰتًا أَءِنَّا لَمَبۡعُوثُونَ خَلۡقٗا جَدِيدٗا
Open ayah 17:49र, तिनीहरू भन्छन्– “के जब हामी (मरेर) हाडखोड तथा टुक्रा–टुक्रा हुनेछौं तब नव जीवन पाएर पुनरूत्थान गरिनेछौं ?”
۞قُلۡ كُونُواْ حِجَارَةً أَوۡ حَدِيدًا
Open ayah 17:50भनिदेऊ– “तिमीहरू ढुङ्गा बन या फलाम ।
أَوۡ خَلۡقٗا مِّمَّا يَكۡبُرُ فِي صُدُورِكُمۡۚ فَسَيَقُولُونَ مَن يُعِيدُنَاۖ قُلِ ٱلَّذِي فَطَرَكُمۡ أَوَّلَ مَرَّةٖۚ فَسَيُنۡغِضُونَ إِلَيۡكَ رُءُوسَهُمۡ وَيَقُولُونَ مَتَىٰ هُوَۖ قُلۡ عَسَىٰٓ أَن يَكُونَ قَرِيبٗا
Open ayah 17:51वा तिम्रो विचारमा यो भन्दा पनि कुनै यस्तो ठोस सृष्टि (जसले जिन्दगी पाउनु असम्भव छ ।) अनि तिनीहरूले अवश्य नै सोध्ने छन्– “कसले हामीलाई पूनर्जन्म गराउने छ ?” भनिदेऊ– “तिमीहरूलाई पहिलोपटक सृष्टि गर्नेले नै । त्यसपछि तिनीहरू आफ्नो टाउको हल्लाउँछन् र अगाडि हल्लाउँदै सोध्छन्–“यो कहिले हुनेछ ?” भनिदेऊ– “यसमा के आश्चर्य छ कि यो शीघ्र नै हुनेछ !”
يَوۡمَ يَدۡعُوكُمۡ فَتَسۡتَجِيبُونَ بِحَمۡدِهِۦ وَتَظُنُّونَ إِن لَّبِثۡتُمۡ إِلَّا قَلِيلٗا
Open ayah 17:52त्यसदिन जब उनले तिमीहरूलाई बोलाउनेछन्, तिमीहरू उनको प्रशंसा गर्दै आज्ञापालन गर्नेछौ र तिमीहरूले संसारमा थोरै दिन बिताएका छौ भन्ने अनुमान गर्नेछौ ।
وَقُل لِّعِبَادِي يَقُولُواْ ٱلَّتِي هِيَ أَحۡسَنُۚ إِنَّ ٱلشَّيۡطَٰنَ يَنزَغُ بَيۡنَهُمۡۚ إِنَّ ٱلشَّيۡطَٰنَ كَانَ لِلۡإِنسَٰنِ عَدُوّٗا مُّبِينٗا
Open ayah 17:53(हे सन्देष्टा !) मेरा भक्तहरूलाई भनिदेऊ कि उनीहरूले राम्रो कुरा मात्र गर्ने गरून् । वास्तवमा शैतानले मानवहरूबीच वैमनस्यता उत्पन्न गर्ने प्रयास गर्छ । निश्चय नै शैतान मानवको खुल्लम्खुल्ला शत्रु हो ।
رَّبُّكُمۡ أَعۡلَمُ بِكُمۡۖ إِن يَشَأۡ يَرۡحَمۡكُمۡ أَوۡ إِن يَشَأۡ يُعَذِّبۡكُمۡۚ وَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ وَكِيلٗا
Open ayah 17:54तिमीहरूका पालनकर्ता तिमीहरूको अवस्थाबाट राम्ररी जान्दछन् । उनले चाहेमा तिमीहरूमाथि दया गर्नेछन् । र, उनले चाहेमा तिमीहरूलाई यातना दिनेछन् । र, (हे सन्देष्टा !) हामीले तिमीलाई मानिसहरूका कार्यसाधक बनाएर पठाएका छैनौ ।
وَرَبُّكَ أَعۡلَمُ بِمَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَلَقَدۡ فَضَّلۡنَا بَعۡضَ ٱلنَّبِيِّـۧنَ عَلَىٰ بَعۡضٖۖ وَءَاتَيۡنَا دَاوُۥدَ زَبُورٗا
Open ayah 17:55अनि, आकाशहरू तथा धर्तीमा रहेका सम्पूर्ण वस्तुसँग तिम्रा पालनकर्ता राम्ररी अवगत छन् र हामीले केही सन्देष्टाहरूलाई अन्य केही सन्देष्टाहरूमाथि श्रेष्ठता प्रदान गरेका छौं । र, हामीले नै दाऊदलाई जबूर (ग्रन्थ) प्रदान गर्यौं ।
قُلِ ٱدۡعُواْ ٱلَّذِينَ زَعَمۡتُم مِّن دُونِهِۦ فَلَا يَمۡلِكُونَ كَشۡفَ ٱلضُّرِّ عَنكُمۡ وَلَا تَحۡوِيلًا
Open ayah 17:56भनिदेऊ– “अल्लाहबाहेक जसलाई तिमीहरू (कार्यसाधक) ठान्दछौ तिनीहरूलाई बोलाएर हेर । तिनीहरूले न तिमीहरूको कष्ट निवारण गर्न सक्छन् न (त्यसमा कुनै) परिवर्तन नै गर्न सक्छन् ।”
أُوْلَٰٓئِكَ ٱلَّذِينَ يَدۡعُونَ يَبۡتَغُونَ إِلَىٰ رَبِّهِمُ ٱلۡوَسِيلَةَ أَيُّهُمۡ أَقۡرَبُ وَيَرۡجُونَ رَحۡمَتَهُۥ وَيَخَافُونَ عَذَابَهُۥٓۚ إِنَّ عَذَابَ رَبِّكَ كَانَ مَحۡذُورٗا
Open ayah 17:57तिनीहरू जसलाई पुकार्छन् उनीहरू स्वयं आफ्ना पालनकर्ताको निकटता प्राप्तिकालागि माध्यम खोज्दैछन् कि उनीहरूमध्ये कसले अधिक निकटता प्राप्त गर्न सक्छ । अनि, उनीहरू आफ्ना पालनकर्ताको दयाको आशामा रहन्छन् र उनको यातनाबाट डराउँछन् । वास्तवमा तिम्रा पालनकर्ताको यातना भयानक छ ।
وَإِن مِّن قَرۡيَةٍ إِلَّا نَحۡنُ مُهۡلِكُوهَا قَبۡلَ يَوۡمِ ٱلۡقِيَٰمَةِ أَوۡ مُعَذِّبُوهَا عَذَابٗا شَدِيدٗاۚ كَانَ ذَٰلِكَ فِي ٱلۡكِتَٰبِ مَسۡطُورٗا
Open ayah 17:58र, कुनै यस्तो नगर छैन जसलाई हामीले महाप्रलयको दिनभन्दा अघि ध्वस्त नपारौं वा कठोर यातना नदेऔं । यो कुरा पुस्तिकामा लिपिबद्ध भइसकेको छ ।
وَمَا مَنَعَنَآ أَن نُّرۡسِلَ بِٱلۡأٓيَٰتِ إِلَّآ أَن كَذَّبَ بِهَا ٱلۡأَوَّلُونَۚ وَءَاتَيۡنَا ثَمُودَ ٱلنَّاقَةَ مُبۡصِرَةٗ فَظَلَمُواْ بِهَاۚ وَمَا نُرۡسِلُ بِٱلۡأٓيَٰتِ إِلَّا تَخۡوِيفٗا
Open ayah 17:59अनि, हामीलाई केवल यस कुराले निशानीहरू पठाउनबाट रोक्यो कि अतीतका मानिसहरूले त्यसलाई नकारेका थिए र, हामीले समूद जातिलाई स्पष्ट निशानीका रूपमा ऊँटनी प्रदान गरेका थियौं । तर तिनीहरूले त्यसमाथि अत्याचार गरे । र, मानिसहरूलाई सचेत गर्न नै हामी निशानीहरू पठाउने गर्छौं ।
وَإِذۡ قُلۡنَا لَكَ إِنَّ رَبَّكَ أَحَاطَ بِٱلنَّاسِۚ وَمَا جَعَلۡنَا ٱلرُّءۡيَا ٱلَّتِيٓ أَرَيۡنَٰكَ إِلَّا فِتۡنَةٗ لِّلنَّاسِ وَٱلشَّجَرَةَ ٱلۡمَلۡعُونَةَ فِي ٱلۡقُرۡءَانِۚ وَنُخَوِّفُهُمۡ فَمَا يَزِيدُهُمۡ إِلَّا طُغۡيَٰنٗا كَبِيرٗا
Open ayah 17:60अनि, स्मरण गर जब हामीले भन्यौं– “तिम्रा पालनकर्ताले मानिसहरूलाई घेरामा लिएका छन् ।” अनि, हामीले तिमीलाई देखाएको दृश्य र कुरआनमा तिरस्कार गरिएको बृक्षलाई मानिसहरूकालागि परीक्षा बनाइदियौं ।[ ] अनि, हामी तिनीहरूलाई सावधान गर्छौँ तर चेतावनीले तिनीहरूको उद्दण्डतामा ठूलो वृद्धि नै गर्दछ ।
وَإِذۡ قُلۡنَا لِلۡمَلَٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ قَالَ ءَأَسۡجُدُ لِمَنۡ خَلَقۡتَ طِينٗا
Open ayah 17:61र, स्मरण गर त्यस समयलाई जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमसामु सज्दा गर तब इब्लीसबाहेक सबैले सज्दा गरे । उसले (इब्लीसले) भन्यो– “के म यस्तो व्यक्तिलाई सज्दा गरूँ जसलाई तिमीले माटोबाट सृजना गरेका छौ ?”
قَالَ أَرَءَيۡتَكَ هَٰذَا ٱلَّذِي كَرَّمۡتَ عَلَيَّ لَئِنۡ أَخَّرۡتَنِ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَأَحۡتَنِكَنَّ ذُرِّيَّتَهُۥٓ إِلَّا قَلِيلٗا
Open ayah 17:62भन्यो– “के यही हो जसलाई तिमीले ममाथि श्रेष्ठता प्रदान गर्यौ ? यदि तिमीले मलाई महाप्रलयको दिनसम्म अवसर दियौ भने केही व्यक्तिबाहेक उसका सम्पूर्ण सन्तानलाई आफ्नो वशमा पार्नेछु ।"
قَالَ ٱذۡهَبۡ فَمَن تَبِعَكَ مِنۡهُمۡ فَإِنَّ جَهَنَّمَ جَزَآؤُكُمۡ جَزَآءٗ مَّوۡفُورٗا
Open ayah 17:63अल्लाहले भने– “जाऊ, उनीहरूमध्ये जसले तिम्रो अनुसरण गर्छ ती सबैकालागि नरक नै पूर्ण बदला हुनेछ ।”
وَٱسۡتَفۡزِزۡ مَنِ ٱسۡتَطَعۡتَ مِنۡهُم بِصَوۡتِكَ وَأَجۡلِبۡ عَلَيۡهِم بِخَيۡلِكَ وَرَجِلِكَ وَشَارِكۡهُمۡ فِي ٱلۡأَمۡوَٰلِ وَٱلۡأَوۡلَٰدِ وَعِدۡهُمۡۚ وَمَا يَعِدُهُمُ ٱلشَّيۡطَٰنُ إِلَّا غُرُورًا
Open ayah 17:64अनि, तिनीहरूमध्ये ज–जसलाई तिमी बहकाउन सक्छौ आफ्नो आवाजले बहकाऊ । र, तिनीहरूमाथि आफ्ना घोडसवार तथा पैदल दुबैद्वारा जाइलाग । अनि, तिनीहरूका सम्पत्ति र सन्तानहरूमा साझेदार बन । र, तिनीहरूलाई वचनको जालमा फसाऊ । र, शैतानले तिनीहरूलाई दिएको वचन धोका मात्र हुन्छ ।
إِنَّ عِبَادِي لَيۡسَ لَكَ عَلَيۡهِمۡ سُلۡطَٰنٞۚ وَكَفَىٰ بِرَبِّكَ وَكِيلٗا
Open ayah 17:65(मेरा निष्कपट) भक्तहरूमाथि कदापि तिम्रो अधिकार चल्ने छैन र कार्यसाधकको रूपमा तिम्रा पालनकर्ता पर्याप्त छन् ।
رَّبُّكُمُ ٱلَّذِي يُزۡجِي لَكُمُ ٱلۡفُلۡكَ فِي ٱلۡبَحۡرِ لِتَبۡتَغُواْ مِن فَضۡلِهِۦٓۚ إِنَّهُۥ كَانَ بِكُمۡ رَحِيمٗا
Open ayah 17:66तिमीहरूका पालनकर्ता उनै हुन् जो समुद्रमा तिम्रालागि डुंगा चलाउँछन् ताकि तिमी उनको वरदान खोज । निस्सन्देह उनी तिमीहरूप्रति परम दयालु छन् ।
وَإِذَا مَسَّكُمُ ٱلضُّرُّ فِي ٱلۡبَحۡرِ ضَلَّ مَن تَدۡعُونَ إِلَّآ إِيَّاهُۖ فَلَمَّا نَجَّىٰكُمۡ إِلَى ٱلۡبَرِّ أَعۡرَضۡتُمۡۚ وَكَانَ ٱلۡإِنسَٰنُ كَفُورًا
Open ayah 17:67अनि, जब समुद्रमा तिमीहरूमाथि सङ्कट आइलाग्छ तब तिमीहरूले पुकार्ने गरेका उनी बाहेक सबै ईश्वरहरू हराउँछन् र जब उनले सुरक्षित ढंगले तिमीहरूलाई भूमितर्फ पुर्याइदिन्छन् तब तिमीहरू उनीबाट विमुख हुन्छौ । र, मानव अति कृतघ्न छ ।
أَفَأَمِنتُمۡ أَن يَخۡسِفَ بِكُمۡ جَانِبَ ٱلۡبَرِّ أَوۡ يُرۡسِلَ عَلَيۡكُمۡ حَاصِبٗا ثُمَّ لَا تَجِدُواْ لَكُمۡ وَكِيلًا
Open ayah 17:68के उनले तिमीहरूसँगै धर्तीलाई धँसाउनेछन् वा तिमीहरूमाथि ढुंगा बर्साउनेछन् भन्ने कुरामा तिमीहरू निश्चिन्त भइसकेका छौ ? (उनले यस्तो गरेमा) तिमीहरू आफ्नो लागि कुनै कार्यसाधक पाउने छैनौं ।
أَمۡ أَمِنتُمۡ أَن يُعِيدَكُمۡ فِيهِ تَارَةً أُخۡرَىٰ فَيُرۡسِلَ عَلَيۡكُمۡ قَاصِفٗا مِّنَ ٱلرِّيحِ فَيُغۡرِقَكُم بِمَا كَفَرۡتُمۡ ثُمَّ لَا تَجِدُواْ لَكُمۡ عَلَيۡنَا بِهِۦ تَبِيعٗا
Open ayah 17:69वा तिमीहरू निश्चिन्त छौ कि अल्लाहले तिमीहरूलाई फेरि समुन्द्रमा लैजानेछन् र तिमीहरूको कृतघ्नताले गर्दा तिमीहरूलाई भयानक आँधी–बेहरी पठाएर डुबाउनेछन् ? यस्तो भयो भने तिमीहरूले त्यस बारेमा कसैलाई हामीसित सोधपुछ गर्नेवाला पाउनेछैनौ ।
۞وَلَقَدۡ كَرَّمۡنَا بَنِيٓ ءَادَمَ وَحَمَلۡنَٰهُمۡ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِ وَرَزَقۡنَٰهُم مِّنَ ٱلطَّيِّبَٰتِ وَفَضَّلۡنَٰهُمۡ عَلَىٰ كَثِيرٖ مِّمَّنۡ خَلَقۡنَا تَفۡضِيلٗا
Open ayah 17:70र, हामीले आदमका सन्तानलाई सम्मानित तुल्याएका छौं । र, तिनीहरूलाई हामीले थल तथा जल दुवैमा सवारी प्रदान गर्यौं । तिनीहरूलाई पवित्र चिजहरूबाट जीविका प्रदान गर्यौं र हामीले सृष्टि गरेका धेरै चिजहरूमाथि तिनीहरूलाई स्पष्ट श्रेष्ठता प्रदान गर्यौं ।
يَوۡمَ نَدۡعُواْ كُلَّ أُنَاسِۭ بِإِمَٰمِهِمۡۖ فَمَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ فَأُوْلَٰٓئِكَ يَقۡرَءُونَ كِتَٰبَهُمۡ وَلَا يُظۡلَمُونَ فَتِيلٗا
Open ayah 17:71त्यस दिनको (कल्पना गर) जब हामी प्रत्येक मानव समूहलाई उनका अगुवासहित बोलाउनेछौं । अनि, जसलाई उनको कर्मपत्र उनको दाहिने हातमा दिइनेछ ती व्यक्तिहरूले (उल्लासका साथ) आफ्नो कर्मपत्र पढ्नेछन् र उनीहरूमाथि कण बराबर पनि अन्याय हुने छैन।
وَمَن كَانَ فِي هَٰذِهِۦٓ أَعۡمَىٰ فَهُوَ فِي ٱلۡأٓخِرَةِ أَعۡمَىٰ وَأَضَلُّ سَبِيلٗا
Open ayah 17:72र, जुन व्यक्ति यस लोकमा अन्धो बनेर बस्नेछ त्यो परलोकमा पनि अन्धो तथा मार्गविहिन भएर रहनेछ ।
وَإِن كَادُواْ لَيَفۡتِنُونَكَ عَنِ ٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ لِتَفۡتَرِيَ عَلَيۡنَا غَيۡرَهُۥۖ وَإِذٗا لَّٱتَّخَذُوكَ خَلِيلٗا
Open ayah 17:73अनि, हे सन्देष्टा ! हामीले तिमीमाथि अवतरण गरेको प्रकाशनाबाट तिमीलाई झुक्याउन खोज्दथे ताकि तिमी हाम्रो नाममा आफ्नो तर्फबाट अन्य कुनै कुरा रचेर पेश गर । तिमीले यस्तो गरेको भए तिनीहरूले पक्कै तिमीलाई मित्र बनाउने थिए ।
وَلَوۡلَآ أَن ثَبَّتۡنَٰكَ لَقَدۡ كِدتَّ تَرۡكَنُ إِلَيۡهِمۡ شَيۡـٔٗا قَلِيلًا
Open ayah 17:74अनि, यदि हामीले तिमीलाई अडिग नबनाएको भए तिमी संभवः तिनीहरूतर्फ केही हदसम्म झुक्ने थियौ ।
إِذٗا لَّأَذَقۡنَٰكَ ضِعۡفَ ٱلۡحَيَوٰةِ وَضِعۡفَ ٱلۡمَمَاتِ ثُمَّ لَا تَجِدُ لَكَ عَلَيۡنَا نَصِيرٗا
Open ayah 17:75यस्तो भएको भए हामीले तिमीलाई यस संसारमा पनि दुईगुणा यातनाको स्वाद चखाउने थियौं र परलोकमा पनि । त्यसबेला तिमीले हाम्रो दाँजोमा कुनै सहयोगी पाउने थिएनौ ।
وَإِن كَادُواْ لَيَسۡتَفِزُّونَكَ مِنَ ٱلۡأَرۡضِ لِيُخۡرِجُوكَ مِنۡهَاۖ وَإِذٗا لَّا يَلۡبَثُونَ خِلَٰفَكَ إِلَّا قَلِيلٗا
Open ayah 17:76अनि, वास्तवमा यिनीहरू (मक्काको) भूमिबाट तिम्रो खुट्टा तान्नकालागि प्रयासरत थिए ताकि यिनीहरूले तिमीलाई यहाँबाट निष्कासित गर्न सकून् र यस्तो भएको भए पनि यिनीहरू त्यहाँ तिम्रो निष्कासनपछि केही दिन मात्र टिक्न सक्ने थिए ।
سُنَّةَ مَن قَدۡ أَرۡسَلۡنَا قَبۡلَكَ مِن رُّسُلِنَاۖ وَلَا تَجِدُ لِسُنَّتِنَا تَحۡوِيلًا
Open ayah 17:77(हे मुहम्मद स.) यही हाम्रो निश्चित कार्य प्रणाली (सुन्नत) तिमीभन्दा पहिले पठाएका आफ्ना रसूलहरूमाथि रहेको छ हो (जसलाई हामीले लागू गर्दै आएका छौं ।) र, तिमीले हाम्रो सुन्नतमा कुनै परिवर्तन पाउने छैनौं ।
أَقِمِ ٱلصَّلَوٰةَ لِدُلُوكِ ٱلشَّمۡسِ إِلَىٰ غَسَقِ ٱلَّيۡلِ وَقُرۡءَانَ ٱلۡفَجۡرِۖ إِنَّ قُرۡءَانَ ٱلۡفَجۡرِ كَانَ مَشۡهُودٗا
Open ayah 17:78र, नमाज कायम गर सूर्य ढल्कने समयदेखि राती पूरै अँध्यारो हुञ्जेलसम्म । र, फज्रको कुरआन पाठ पनि । निस्सन्देह फज्रको कुरआन पाठ साक्षात् हुन्छ ।
وَمِنَ ٱلَّيۡلِ فَتَهَجَّدۡ بِهِۦ نَافِلَةٗ لَّكَ عَسَىٰٓ أَن يَبۡعَثَكَ رَبُّكَ مَقَامٗا مَّحۡمُودٗا
Open ayah 17:79र, रातको केही भागमा तहज्जुद पढ्ने गर । यो अतिरिक्त (नमाज) तिमै्रलागि हो । चाँडै नै तिम्रा रबले तिमीलाई प्रशंसनीय स्थानसम्म पुर्याउनेछन् ।
وَقُل رَّبِّ أَدۡخِلۡنِي مُدۡخَلَ صِدۡقٖ وَأَخۡرِجۡنِي مُخۡرَجَ صِدۡقٖ وَٱجۡعَل لِّي مِن لَّدُنكَ سُلۡطَٰنٗا نَّصِيرٗا
Open ayah 17:80र, प्रार्थना गर– “हे मेरा रब ! मलाई सत्यको साथ प्रवेश गराउनु र सत्यका साथ अनि निकाल सत्यका साथ नै निकाल्नु र मेरोलागि आफ्ना तर्फबाट प्रभुत्व तथा सहयोग प्रदान गर ।”
وَقُلۡ جَآءَ ٱلۡحَقُّ وَزَهَقَ ٱلۡبَٰطِلُۚ إِنَّ ٱلۡبَٰطِلَ كَانَ زَهُوقٗا
Open ayah 17:81र, घोषणा गरिदेऊ– “सत्य आइपुग्यो र असत्य निर्मुल भयो । र, असत्य निर्मुल हुनकालागि नै हो ।”
وَنُنَزِّلُ مِنَ ٱلۡقُرۡءَانِ مَا هُوَ شِفَآءٞ وَرَحۡمَةٞ لِّلۡمُؤۡمِنِينَ وَلَا يَزِيدُ ٱلظَّٰلِمِينَ إِلَّا خَسَارٗا
Open ayah 17:82र, यो कुरआन जुन हामी अवतरण गरिरहेकाछौं आस्थावान हरूकालागि आरोग्य तथा दयाको रूपमा रहेको छ तर यसले यी अत्याचारीहरूको घाटामा मात्र अभिवृद्धि गर्छ ।
وَإِذَآ أَنۡعَمۡنَا عَلَى ٱلۡإِنسَٰنِ أَعۡرَضَ وَنَـَٔا بِجَانِبِهِۦ وَإِذَا مَسَّهُ ٱلشَّرُّ كَانَ يَـُٔوسٗا
Open ayah 17:83र, जब हामी मानवमाथि अनुग्रह गर्छौं तब ऊ बाङ्गिएर विमुख हुन्छ तर जब उसलाई कष्ट पुग्छ ऊ निराश हुन पुग्छ ।
قُلۡ كُلّٞ يَعۡمَلُ عَلَىٰ شَاكِلَتِهِۦ فَرَبُّكُمۡ أَعۡلَمُ بِمَنۡ هُوَ أَهۡدَىٰ سَبِيلٗا
Open ayah 17:84भनिदेऊ– “प्रत्येक व्यक्ति आफ्नो तरीका अनुसार कार्यरत छ । अब कुन व्यक्ति सीधा मार्गमा रहेको छ भन्ने कुरा तिम्रा पालनकर्ता नै राम्ररी जान्दछन् ।”
وَيَسۡـَٔلُونَكَ عَنِ ٱلرُّوحِۖ قُلِ ٱلرُّوحُ مِنۡ أَمۡرِ رَبِّي وَمَآ أُوتِيتُم مِّنَ ٱلۡعِلۡمِ إِلَّا قَلِيلٗا
Open ayah 17:85र, तिनीहरू तिमीसित रूह (आत्मा) को बारेमा सोध्छन् । भनिदेऊ– “रूह मेरा पालनकर्ताको आदेश हो, र तिमीहरूलाई एकदमै कम ज्ञान दिइएको छ ।”
وَلَئِن شِئۡنَا لَنَذۡهَبَنَّ بِٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ ثُمَّ لَا تَجِدُ لَكَ بِهِۦ عَلَيۡنَا وَكِيلًا
Open ayah 17:86र, हामीले चाहेमा हामी तिमीतर्फ पठाएको प्रकाशना खोस्न सक्छौं । अनि तिमीले आफ्नोलागि हामीविरुद्ध कुनै कार्यसाधक पाउने छैनौ ।”
إِلَّا رَحۡمَةٗ مِّن رَّبِّكَۚ إِنَّ فَضۡلَهُۥ كَانَ عَلَيۡكَ كَبِيرٗا
Open ayah 17:87यो त केवल तिम्रो रबको कृपा हो । वास्तवमा तिमीमाथि उनको ठूलो अनुग्रह छ ।
قُل لَّئِنِ ٱجۡتَمَعَتِ ٱلۡإِنسُ وَٱلۡجِنُّ عَلَىٰٓ أَن يَأۡتُواْ بِمِثۡلِ هَٰذَا ٱلۡقُرۡءَانِ لَا يَأۡتُونَ بِمِثۡلِهِۦ وَلَوۡ كَانَ بَعۡضُهُمۡ لِبَعۡضٖ ظَهِيرٗا
Open ayah 17:88भनिदेऊ– “यदि मनुष्य तथा जिन्न सबै मिलेर यस कुरआनजस्तै कुनै चिज ल्याउने प्रयास गरे भने पनि ल्याउन सक्ने छैनन्, चाहे तिनीहरू आपसमा एकअर्काको सहयोग नै किन नगरून् ।”
وَلَقَدۡ صَرَّفۡنَا لِلنَّاسِ فِي هَٰذَا ٱلۡقُرۡءَانِ مِن كُلِّ مَثَلٖ فَأَبَىٰٓ أَكۡثَرُ ٱلنَّاسِ إِلَّا كُفُورٗا
Open ayah 17:89हामीले यस कुरआनमा मानवको (प्रशिक्षण दिनका)लागि हरेक प्रकारको उदाहरण प्रस्तुत गरेका छौं तर अधिकांश मानिस अवज्ञामा नै अडिग छन् ।
وَقَالُواْ لَن نُّؤۡمِنَ لَكَ حَتَّىٰ تَفۡجُرَ لَنَا مِنَ ٱلۡأَرۡضِ يَنۢبُوعًا
Open ayah 17:90र, तिनीहरूले भने– “हामी तिमीमाथि विश्वास गर्दै गर्दैनौं जबसम्म तिमी भूमिबाट हाम्रोलागि मूल फुटाउँदैनौ...
أَوۡ تَكُونَ لَكَ جَنَّةٞ مِّن نَّخِيلٖ وَعِنَبٖ فَتُفَجِّرَ ٱلۡأَنۡهَٰرَ خِلَٰلَهَا تَفۡجِيرًا
Open ayah 17:91वा तिम्रोलागि खजूर तथा अंगुरको बगैंचा होस्, र तिमी त्यसको बीचमा नहरहरू बगाएर देखाऊ...
أَوۡ تُسۡقِطَ ٱلسَّمَآءَ كَمَا زَعَمۡتَ عَلَيۡنَا كِسَفًا أَوۡ تَأۡتِيَ بِٱللَّهِ وَٱلۡمَلَٰٓئِكَةِ قَبِيلًا
Open ayah 17:92वा आकाशलाई टुक्रा टुक्रा पारेर खसाऊ जस्तो कि तिमी भन्ने गर्छौ वा अल्लाह तथा फरिश्ताहरूलाई ल्याएर हाम्रो सामुन्ने साक्षात् रूपमा खडा गर....
أَوۡ يَكُونَ لَكَ بَيۡتٞ مِّن زُخۡرُفٍ أَوۡ تَرۡقَىٰ فِي ٱلسَّمَآءِ وَلَن نُّؤۡمِنَ لِرُقِيِّكَ حَتَّىٰ تُنَزِّلَ عَلَيۡنَا كِتَٰبٗا نَّقۡرَؤُهُۥۗ قُلۡ سُبۡحَانَ رَبِّي هَلۡ كُنتُ إِلَّا بَشَرٗا رَّسُولٗا
Open ayah 17:93वा तिम्रोलागि जुख्रुफ (एउटा बहुमूल्य धातु) को घर होस् वा तिमी आकाशमाथि चढ । र, हामी तिम्रो चढ्ने कार्यलाई पनि विश्वास गर्दैन जबसम्म तिमी (त्यहाँबाट) कुनै ग्रन्थ अवतरित गर्दैनौ, जसलाई हामी स्वयं पढौं ।” भनिदेऊ– “मेरा रब अति पवित्र छन् । म अल्लाहको सन्देश ल्याउने एक मानव मात्र हुँ ।”
وَمَا مَنَعَ ٱلنَّاسَ أَن يُؤۡمِنُوٓاْ إِذۡ جَآءَهُمُ ٱلۡهُدَىٰٓ إِلَّآ أَن قَالُوٓاْ أَبَعَثَ ٱللَّهُ بَشَرٗا رَّسُولٗا
Open ayah 17:94र, मानिसहरूसमक्ष मार्गदर्शनको आगमनपश्चात् तिनीहरूले ईमान ल्याउनुमा केवल तिनीहरूको यो भनाइ बाधक बन्यो–“के अल्लाहले एउटा मानवलाई रसूल बनाएर पठाएका छन् त ?”
قُل لَّوۡ كَانَ فِي ٱلۡأَرۡضِ مَلَٰٓئِكَةٞ يَمۡشُونَ مُطۡمَئِنِّينَ لَنَزَّلۡنَا عَلَيۡهِم مِّنَ ٱلسَّمَآءِ مَلَكٗا رَّسُولٗا
Open ayah 17:95भनिदेऊ– “यदि धर्तीमा फरिश्ताहरू निश्चिन्त भई हिंड्डुल तथा बसोबास गरेका भए हामीले तिनीहरूसमक्ष आकाशबाट कुनै फरिश्तालाई नै रसूल बनाएर पठाउने थियौं ।”
قُلۡ كَفَىٰ بِٱللَّهِ شَهِيدَۢا بَيۡنِي وَبَيۡنَكُمۡۚ إِنَّهُۥ كَانَ بِعِبَادِهِۦ خَبِيرَۢا بَصِيرٗا
Open ayah 17:96भनिदेऊ– “म र तिमीहरूबीच अल्लाह नै साक्षीको रूपमा पर्याप्त छन् । उनी आफ्ना भक्तहरूका बारेमा पूर्ण ज्ञाता र द्रष्टा हुन् ।”
وَمَن يَهۡدِ ٱللَّهُ فَهُوَ ٱلۡمُهۡتَدِۖ وَمَن يُضۡلِلۡ فَلَن تَجِدَ لَهُمۡ أَوۡلِيَآءَ مِن دُونِهِۦۖ وَنَحۡشُرُهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَلَىٰ وُجُوهِهِمۡ عُمۡيٗا وَبُكۡمٗا وَصُمّٗاۖ مَّأۡوَىٰهُمۡ جَهَنَّمُۖ كُلَّمَا خَبَتۡ زِدۡنَٰهُمۡ سَعِيرٗا
Open ayah 17:97अनि, केवल ती व्यक्तिहरूलाई सत्मार्ग प्राप्त हुनेछ जसलाई अल्लाहले मार्गदर्शन गर्नेछन्, र जसलाई अल्लाहले पथभ्रष्ट गर्नेछन् तिमीले तिनीहरूकालागि अल्लाहबाहेक कुनै संरक्षकमित्र पाउने छैनौ । र, हामीले तिनीहरूलाई महाप्रलयको दिन अन्धो, लाटो र बहिरो अवस्थामा तिनीहरूको शिर टेकाएर एकत्रित गर्नेछौं । तिनीहरूको बासस्थान नरक हुनेछ । जब जब (नरकको) आगो निभ्न थाल्छ त्यसको ज्वालालाई बढाउनेछौं ।
ذَٰلِكَ جَزَآؤُهُم بِأَنَّهُمۡ كَفَرُواْ بِـَٔايَٰتِنَا وَقَالُوٓاْ أَءِذَا كُنَّا عِظَٰمٗا وَرُفَٰتًا أَءِنَّا لَمَبۡعُوثُونَ خَلۡقٗا جَدِيدًا
Open ayah 17:98यो तिनीहरूको सजायँ हुनेछ किनकि तिनीहरूले हाम्रा निशानीहरूलाई नकारे र भने– “के जब हामी (सडेर) हड्डी तथा टुक्रा टुक्रा हुन पुग्नेछौं तब हाम्रो पूनर्जन्म एउटा नयाँ सृष्टिको रूपमा हुने छ त ?”
۞أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ قَادِرٌ عَلَىٰٓ أَن يَخۡلُقَ مِثۡلَهُمۡ وَجَعَلَ لَهُمۡ أَجَلٗا لَّا رَيۡبَ فِيهِ فَأَبَى ٱلظَّٰلِمُونَ إِلَّا كُفُورٗا
Open ayah 17:99के तिनीहरूले सोचेनन्– “जुन अल्लाहले आकाशहरू तथा पृथ्वीको सृजना गरेका छन् उनी त्यस्ताहरूलाई सृजना गर्ने अवश्य नै सामर्थ्य राख्दछन् ? र, उनले उनीहरूका लागि एउटा समय निर्धारित गरेका छन् जसमा कुनै सन्देह छैन ।” तर, अत्याचारी व्यक्तिहरू इन्कारमा नै अडिग रहे ।
قُل لَّوۡ أَنتُمۡ تَمۡلِكُونَ خَزَآئِنَ رَحۡمَةِ رَبِّيٓ إِذٗا لَّأَمۡسَكۡتُمۡ خَشۡيَةَ ٱلۡإِنفَاقِۚ وَكَانَ ٱلۡإِنسَٰنُ قَتُورٗا
Open ayah 17:100भनिदेऊ– “यदि मेरा रबको दयाको खजाना तिमीहरूको हातमा भएको भए तिमीहरूले त्यसलाई खर्च हुने डरले रोकेर राख्नेथ्यौ । र, वास्तवमा मानिस अति संकीर्ण–हृदयी छ ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَىٰ تِسۡعَ ءَايَٰتِۭ بَيِّنَٰتٖۖ فَسۡـَٔلۡ بَنِيٓ إِسۡرَٰٓءِيلَ إِذۡ جَآءَهُمۡ فَقَالَ لَهُۥ فِرۡعَوۡنُ إِنِّي لَأَظُنُّكَ يَٰمُوسَىٰ مَسۡحُورٗا
Open ayah 17:101र, हामीले मूसालाई नौवटा स्पष्ट निशानीहरू प्रदान गर्यौं । अब तिमी स्वयं इसराईलका सन्तानहरूसित सोध । जब मूसा तिनीहरूकहाँ आए र फिरऔनले भन्यो– “हे मूसा ! म तिमीलाई जादूपीडित ठान्दछु ।”
قَالَ لَقَدۡ عَلِمۡتَ مَآ أَنزَلَ هَٰٓؤُلَآءِ إِلَّا رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ بَصَآئِرَ وَإِنِّي لَأَظُنُّكَ يَٰفِرۡعَوۡنُ مَثۡبُورٗا
Open ayah 17:102मूसाले भने– “तिमीलाई थाहा छ कि यी स्पष्ट निशानीहरू केवल आकाशहरू तथा धर्तीका रबले (तिम्रो) चमत्कारकारूपमा अवतरण गरेका छन्।[ ] र मेरो विचारमा, हे फिरऔन ! तिमी विनाश गरिने व्यक्ति हौ ।”
فَأَرَادَ أَن يَسۡتَفِزَّهُم مِّنَ ٱلۡأَرۡضِ فَأَغۡرَقۡنَٰهُ وَمَن مَّعَهُۥ جَمِيعٗا
Open ayah 17:103अन्ततः फिरऔनले मूसा तथा इस्राईलका सन्तानहरूलाई (मिस्रको) भूमिबाट निस्कासित गर्ने विचार गर्यो, तर हामीले त्यो समेत त्यससँग रहेका सारा मानिसहरूलाई डुबाइदियौं ।
وَقُلۡنَا مِنۢ بَعۡدِهِۦ لِبَنِيٓ إِسۡرَٰٓءِيلَ ٱسۡكُنُواْ ٱلۡأَرۡضَ فَإِذَا جَآءَ وَعۡدُ ٱلۡأٓخِرَةِ جِئۡنَا بِكُمۡ لَفِيفٗا
Open ayah 17:104र, इस्राइलका सन्तानलाई हामीले भन्यौं– “यस देशमा बसोबास गर । अनि जब परलोकको वाचा आइपुग्छ, हामी तिमीहरू सबैलाई जम्मा गरेर ल्याउनेछौं ।”
وَبِٱلۡحَقِّ أَنزَلۡنَٰهُ وَبِٱلۡحَقِّ نَزَلَۗ وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا مُبَشِّرٗا وَنَذِيرٗا
Open ayah 17:105अनि, हामीले यस कुरआनलाई सत्यका साथ अवतरण गर्यौं र त्यो सत्यकै साथ अवतरित पनि भएको छ । र, (हे मुहम्मद स.!) हामीले तिमीलाई केवल (आस्थावानहरूलाई) शुभ–सूचना दिने तथा (अवज्ञाकारीहरूकालागि) सचेतक बनाएर पठाएका छौं ।
وَقُرۡءَانٗا فَرَقۡنَٰهُ لِتَقۡرَأَهُۥ عَلَى ٱلنَّاسِ عَلَىٰ مُكۡثٖ وَنَزَّلۡنَٰهُ تَنزِيلٗا
Open ayah 17:106र, यस कुरआनलाई हामीले थोरै–थोरै गरी अवतरण गरेका छौं ताकि मानिसहरूलाई यो समयको अन्तरालमा सुनाऊ । र, हामीले यसलाई क्रमिक रूपमा अवतरण गरेका छौं ।
قُلۡ ءَامِنُواْ بِهِۦٓ أَوۡ لَا تُؤۡمِنُوٓاْۚ إِنَّ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ مِن قَبۡلِهِۦٓ إِذَا يُتۡلَىٰ عَلَيۡهِمۡ يَخِرُّونَۤ لِلۡأَذۡقَانِۤ سُجَّدٗاۤ
Open ayah 17:107भनिदेऊ– “तिमीहरू यसमाथि ईमान ल्याऊ वा नल्याऊ । वास्तवमा जसलाई यस (ग्रन्थ) को ज्ञान प्रदान गरिएको छ, जब उनीहरूसमक्ष यसको पाठ गरिन्छ तब उनीहरू अनुहारले भुई छोएर सज्दा गर्छन् ।
وَيَقُولُونَ سُبۡحَٰنَ رَبِّنَآ إِن كَانَ وَعۡدُ رَبِّنَا لَمَفۡعُولٗا
Open ayah 17:108र, भन्छन्– “पवित्र छन् मेरा रब । उनको वाचा अवश्य पूरा हुनेछ ।”
وَيَخِرُّونَ لِلۡأَذۡقَانِ يَبۡكُونَ وَيَزِيدُهُمۡ خُشُوعٗا۩
Open ayah 17:109अनि, उनीहरू रुँदै घोप्टो पर्छन् र यस कार्यले उनीहरूको विनम्रतालाई झन् बढाउँछ ।
قُلِ ٱدۡعُواْ ٱللَّهَ أَوِ ٱدۡعُواْ ٱلرَّحۡمَٰنَۖ أَيّٗا مَّا تَدۡعُواْ فَلَهُ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰۚ وَلَا تَجۡهَرۡ بِصَلَاتِكَ وَلَا تُخَافِتۡ بِهَا وَٱبۡتَغِ بَيۡنَ ذَٰلِكَ سَبِيلٗا
Open ayah 17:110भनिदेऊ– तिमी “चाहे अल्लाह भनेर पुकार वा रहमान (अत्यन्त करुणामय) भनेर जुन नामले पनि उनलाई पुकार, सबै सर्वश्रेष्ठ नामहरू उनकै हुन् । र, आफ्नो नमाज न अति उच्च स्वरमा पढ न अति मन्द स्वरमा नै अपितु यी दुवैको बीचको मार्ग अपनाऊ ।”
وَقُلِ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي لَمۡ يَتَّخِذۡ وَلَدٗا وَلَمۡ يَكُن لَّهُۥ شَرِيكٞ فِي ٱلۡمُلۡكِ وَلَمۡ يَكُن لَّهُۥ وَلِيّٞ مِّنَ ٱلذُّلِّۖ وَكَبِّرۡهُ تَكۡبِيرَۢا
Open ayah 17:111र, भनिदेऊ– “सम्पूर्ण प्रशंसाहरु अल्लाहकैलागि हुन् जसले आफ्नोनिम्ति न कुनै पुत्र ग्रहण गरेका छन् न उनको सत्तामा कोही साझेदार नै छ, र न दुर्बलताका कारण उनका कोही सहयोगी छ । र, उनको खुबै महिमागान गर ।”