الكهف
Al-Kahf
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِيٓ أَنزَلَ عَلَىٰ عَبۡدِهِ ٱلۡكِتَٰبَ وَلَمۡ يَجۡعَل لَّهُۥ عِوَجَاۜ
Open ayah 18:1सम्पूर्ण प्रशंसा उनै अल्लाहकालागि हुन् जसले आफ्ना भक्त (मुहम्मद स.) माथि ग्रन्थ अवतरण गरे, र त्यसमा कुनै कमी बाँकी राखेनन् ।
قَيِّمٗا لِّيُنذِرَ بَأۡسٗا شَدِيدٗا مِّن لَّدُنۡهُ وَيُبَشِّرَ ٱلۡمُؤۡمِنِينَ ٱلَّذِينَ يَعۡمَلُونَ ٱلصَّٰلِحَٰتِ أَنَّ لَهُمۡ أَجۡرًا حَسَنٗا
Open ayah 18:2ठीक–ठीक कुरा भन्ने ग्रन्थ (अवतरण गरियो) ताकि आफ्नो तर्फबाट (आउने) कठोर यातनाबाट सावधान गरून् र सत्कर्म गर्ने आस्थावानहरूलाई शुभ–सूचना दिउन् । निस्सन्देह तिनीहरूकालागि राम्रो प्रतिदान रहेको छ ।,
مَّٰكِثِينَ فِيهِ أَبَدٗا
Open ayah 18:3जसमा उनीहरू सदासर्वदा रहनेछन् ।
وَيُنذِرَ ٱلَّذِينَ قَالُواْ ٱتَّخَذَ ٱللَّهُ وَلَدٗا
Open ayah 18:4र, ताकि अल्लाहले स्वयंकोलागि एउटा पुत्र धारण गरेका छन् भन्ने व्यक्तिहरूलाई पनि उनले सावधान गरून् ।
مَّا لَهُم بِهِۦ مِنۡ عِلۡمٖ وَلَا لِأٓبَآئِهِمۡۚ كَبُرَتۡ كَلِمَةٗ تَخۡرُجُ مِنۡ أَفۡوَٰهِهِمۡۚ إِن يَقُولُونَ إِلَّا كَذِبٗا
Open ayah 18:5(तिनीहरु यस्तो कुरा भन्दैछन् जसको स्वयं) न तिनीहरुलाई ज्ञान छ न तिनका पूर्वजहरुलाई नै । अति गम्भीर अभियोग हो जुन तिनीहरुको मुखबाट निस्किरहेकोछ । तिनीहरु स्पष्ट रुपमा मिथ्या बोलिरहेका छन् ।,
فَلَعَلَّكَ بَٰخِعٞ نَّفۡسَكَ عَلَىٰٓ ءَاثَٰرِهِمۡ إِن لَّمۡ يُؤۡمِنُواْ بِهَٰذَا ٱلۡحَدِيثِ أَسَفًا
Open ayah 18:6(हे सन्देष्टा !) यदि तिनीहरूले यस शिक्षाप्रति ईमान ल्याएनन् भने सम्भवतः तिमी तिनीहरूको बारेमा चिन्तित भएर आफ्नो ज्यानसमेत गुमाउनेछौ ।
إِنَّا جَعَلۡنَا مَا عَلَى ٱلۡأَرۡضِ زِينَةٗ لَّهَا لِنَبۡلُوَهُمۡ أَيُّهُمۡ أَحۡسَنُ عَمَلٗا
Open ayah 18:7पृथ्वीमा रहेका सम्पूर्ण चिजहरूलाई हामीले त्यसकोलागि शोभा बनाएका छौं ताकि हामी मानिसहरूको परीक्षा लिएर हेरौं कि तिनीहरूमध्ये को को सत्कर्म गर्छन् ।
وَإِنَّا لَجَٰعِلُونَ مَا عَلَيۡهَا صَعِيدٗا جُرُزًا
Open ayah 18:8र, हामी (अन्तमा) यी सबैलाई उजाड भूमिमा परिणत गरिदिनेछौं ।
أَمۡ حَسِبۡتَ أَنَّ أَصۡحَٰبَ ٱلۡكَهۡفِ وَٱلرَّقِيمِ كَانُواْ مِنۡ ءَايَٰتِنَا عَجَبًا
Open ayah 18:9के तिमी यो ठान्दछौ कि गुफा र शिलालेखवालाहरु हाम्रा निशानीहरुमध्ये अति आश्चर्यजनक निशानीहरु थिए ?
إِذۡ أَوَى ٱلۡفِتۡيَةُ إِلَى ٱلۡكَهۡفِ فَقَالُواْ رَبَّنَآ ءَاتِنَا مِن لَّدُنكَ رَحۡمَةٗ وَهَيِّئۡ لَنَا مِنۡ أَمۡرِنَا رَشَدٗا
Open ayah 18:10जब ती युवाहरू गुफामा आश्रय लिन पुगे तब तिनीहरूले भने– “हामीप्रति आफ्नो तर्फबाट दया प्रदान गर र हाम्रो मामिलामा हामीलाई सही निर्देशन देऊ ।”
فَضَرَبۡنَا عَلَىٰٓ ءَاذَانِهِمۡ فِي ٱلۡكَهۡفِ سِنِينَ عَدَدٗا
Open ayah 18:11अनि, हामीले गुफामा तिनीहरूका कानमा कैयौं वर्षकोलागि बुजो लगाईदियौं ।
ثُمَّ بَعَثۡنَٰهُمۡ لِنَعۡلَمَ أَيُّ ٱلۡحِزۡبَيۡنِ أَحۡصَىٰ لِمَا لَبِثُوٓاْ أَمَدٗا
Open ayah 18:12फेरि हामीले तिनीहरूलाई जगायौं ताकि दुवै समूहमध्ये कसले त्यहाँ बिताएको अवधिको सही गणना गर्न सक्छ हामी हेरौं ।
نَّحۡنُ نَقُصُّ عَلَيۡكَ نَبَأَهُم بِٱلۡحَقِّۚ إِنَّهُمۡ فِتۡيَةٌ ءَامَنُواْ بِرَبِّهِمۡ وَزِدۡنَٰهُمۡ هُدٗى
Open ayah 18:13हामी तिमीलाई ती गुफामा पसेकाहरूको वास्तविक कथा सुनाउँदैछौं । वास्तवमा तिनीहरू केही युवा थिए जसले आफ्ना पालनकर्तामाथि ईमान ल्याए र हामीले तिनीहरूलाई मार्गदर्शनमा अझ अविबृद्धि गरिदियौं ।
وَرَبَطۡنَا عَلَىٰ قُلُوبِهِمۡ إِذۡ قَامُواْ فَقَالُواْ رَبُّنَا رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ لَن نَّدۡعُوَاْ مِن دُونِهِۦٓ إِلَٰهٗاۖ لَّقَدۡ قُلۡنَآ إِذٗا شَطَطًا
Open ayah 18:14र, तिनीहरूको हृदयलाई त्यतिखेर सुदृढ पार्यौं जब तिनीहरू उभिए अनि घोषणा गरे, “हाम्रा पालनकर्ता उनी मात्र हुन् जो आकाशहरू तथा पृथ्वीका मालिक हुन् । हामीले उनीबाहेक कुनै ईश्वरलाई पुकारेमा त्यो अति अनुचित कुरा हुन्छ ।”
هَٰٓؤُلَآءِ قَوۡمُنَا ٱتَّخَذُواْ مِن دُونِهِۦٓ ءَالِهَةٗۖ لَّوۡلَا يَأۡتُونَ عَلَيۡهِم بِسُلۡطَٰنِۭ بَيِّنٖۖ فَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبٗا
Open ayah 18:15(अनि तिनीहरूले आपसमा भने)– “यी हाम्रा जातिबन्धुहरूले त जगतका पालनकर्तालाई छोडेर अरूलाई पूज्य बनाएका रहेछन् । यिनीहरू तिनीहरूको पक्षमा कुनै स्पष्ट प्रमाण किन प्रस्तुत गर्दैनन् ? अल्लाहको सम्बन्धमा मिथ्या रच्ने व्यक्तिभन्दा ठूलो अत्याचारी अरु को हुन सक्छ र ?”
وَإِذِ ٱعۡتَزَلۡتُمُوهُمۡ وَمَا يَعۡبُدُونَ إِلَّا ٱللَّهَ فَأۡوُۥٓاْ إِلَى ٱلۡكَهۡفِ يَنشُرۡ لَكُمۡ رَبُّكُم مِّن رَّحۡمَتِهِۦ وَيُهَيِّئۡ لَكُم مِّنۡ أَمۡرِكُم مِّرۡفَقٗا
Open ayah 18:16र, जबकि तिमीहरू ती बहुदेववादीहरू तथा तिनीहरूले अल्लाहबाहेक उपासना गरिरहेका ईश्वरहरूबाट अलग भइसकेका छौ; गुफामा आश्रय लेऊ । तिमीहरूका ‘रब’ तिमीहरूमाथि आफ्नो दया फैलाउनेछन् । र, तिमीहरूको कामकालागि साधन जुटाउनेछन् ।
۞وَتَرَى ٱلشَّمۡسَ إِذَا طَلَعَت تَّزَٰوَرُ عَن كَهۡفِهِمۡ ذَاتَ ٱلۡيَمِينِ وَإِذَا غَرَبَت تَّقۡرِضُهُمۡ ذَاتَ ٱلشِّمَالِ وَهُمۡ فِي فَجۡوَةٖ مِّنۡهُۚ ذَٰلِكَ مِنۡ ءَايَٰتِ ٱللَّهِۗ مَن يَهۡدِ ٱللَّهُ فَهُوَ ٱلۡمُهۡتَدِۖ وَمَن يُضۡلِلۡ فَلَن تَجِدَ لَهُۥ وَلِيّٗا مُّرۡشِدٗا
Open ayah 18:17र, तिमी सूर्यलाई त्यसको उदाउने समयमा तिनीहरूको गुफाबाट दाहिनेतर्फ ढल्कदैं गरेको देख्दथ्यौं भने अस्ताउँदा पनि तिनीहरूलाई छोडी बायाँतर्फ ढल्कँदै गरेको देख्दथ्यौ । र, तिनीहरू गुफाको एउटा फराकिलो स्थानमा थिए । यो अल्लाहका निशानीहरूमध्येको हो । अल्लाह जसलाई मार्गदर्शन गर्छन् उसले मात्र मार्ग पाउन सक्छ । र, जसलाई उनी पथभ्रष्ट पार्छन् उसकोलागि तिमी कुनै कार्यसाधक तथा मार्गदर्शक पाउने छैनौ ।
وَتَحۡسَبُهُمۡ أَيۡقَاظٗا وَهُمۡ رُقُودٞۚ وَنُقَلِّبُهُمۡ ذَاتَ ٱلۡيَمِينِ وَذَاتَ ٱلشِّمَالِۖ وَكَلۡبُهُم بَٰسِطٞ ذِرَاعَيۡهِ بِٱلۡوَصِيدِۚ لَوِ ٱطَّلَعۡتَ عَلَيۡهِمۡ لَوَلَّيۡتَ مِنۡهُمۡ فِرَارٗا وَلَمُلِئۡتَ مِنۡهُمۡ رُعۡبٗا
Open ayah 18:18र, तिमीले तिनीहरूलाई देख्दा जागेको ठान्थ्यौ जबकि तिनीहरू सुतेका थिए । हामीले तिनीहरूलाई दायाँ तथा बायाँतर्फ कोल्टे फेराउने गथ्र्यौं । र, तिनीहरूको कुकुर पनि गुफाको प्रवेशद्वारमा आफ्नो अगाडिको दुबै खुट्टा फैलाएर बसिरहेको हुन्थ्यो । यदि तिमीले तिनीहरूलाई चियाएर हेरेको भए तिमी पिठ्यूँ फर्काएर भाग्ने थियौ र तिमीहरू निश्चय नै त्रसित हुने थियौ ।
وَكَذَٰلِكَ بَعَثۡنَٰهُمۡ لِيَتَسَآءَلُواْ بَيۡنَهُمۡۚ قَالَ قَآئِلٞ مِّنۡهُمۡ كَمۡ لَبِثۡتُمۡۖ قَالُواْ لَبِثۡنَا يَوۡمًا أَوۡ بَعۡضَ يَوۡمٖۚ قَالُواْ رَبُّكُمۡ أَعۡلَمُ بِمَا لَبِثۡتُمۡ فَٱبۡعَثُوٓاْ أَحَدَكُم بِوَرِقِكُمۡ هَٰذِهِۦٓ إِلَى ٱلۡمَدِينَةِ فَلۡيَنظُرۡ أَيُّهَآ أَزۡكَىٰ طَعَامٗا فَلۡيَأۡتِكُم بِرِزۡقٖ مِّنۡهُ وَلۡيَتَلَطَّفۡ وَلَا يُشۡعِرَنَّ بِكُمۡ أَحَدًا
Open ayah 18:19र, यसरी हामीले तिनीहरूलाई जगायौं ताकि तिनीहरू आपसमा प्रश्न गरून् । तिनीहरूमध्ये एकजनाले सोध्यो– “भन, तिमीहरू यहाँ कति दिनसम्म रह्यौ ?” तिनीहरूले भने– “एक दिन वा एक दिनभन्दा पनि कम ।” फेरि तिनीहरूले भने– “तिमीहरूले बिताएको अवधिबारे तिम्रा रब नै राम्ररी जान्दछन् । र तिमीहरू आफूमध्ये एकजनालाई आफ्नो यो (चाँदीको) मुद्रा दिएर नगरतर्फ पठाऊ जसले नगरको कुन खाद्यान्न राम्रो छ भनेर पत्ता लगाओस् र त्यहाँबाट तिमीहरूका लागि केही खाद्यान्न ल्याओस् । र, ऊ होशियारीकासाथ त्यहाँ जाओस् र कसैले पनि तिमीहरूबारे थाहा नपाओस्...
إِنَّهُمۡ إِن يَظۡهَرُواْ عَلَيۡكُمۡ يَرۡجُمُوكُمۡ أَوۡ يُعِيدُوكُمۡ فِي مِلَّتِهِمۡ وَلَن تُفۡلِحُوٓاْ إِذًا أَبَدٗا
Open ayah 18:20(किनभने) यी काफिरहरूले तिमीहरूको बारेमा थाहा पाए भने तिमीहरू माथि ढुंगा बर्साएर मारिदिन्छन् वा (बाध्य पारेर) आफ्नो समुदायमा समावेश गर्छन् । र, पुनः तिमीहरूले कदापि सफलता पाउने छैनौ ।”
وَكَذَٰلِكَ أَعۡثَرۡنَا عَلَيۡهِمۡ لِيَعۡلَمُوٓاْ أَنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَأَنَّ ٱلسَّاعَةَ لَا رَيۡبَ فِيهَآ إِذۡ يَتَنَٰزَعُونَ بَيۡنَهُمۡ أَمۡرَهُمۡۖ فَقَالُواْ ٱبۡنُواْ عَلَيۡهِم بُنۡيَٰنٗاۖ رَّبُّهُمۡ أَعۡلَمُ بِهِمۡۚ قَالَ ٱلَّذِينَ غَلَبُواْ عَلَىٰٓ أَمۡرِهِمۡ لَنَتَّخِذَنَّ عَلَيۡهِم مَّسۡجِدٗا
Open ayah 18:21अनि, यसरी हामीले (मानिसहरूलाई) तिनीहरूको स्थितिबारे अवगत गराइदियौंघ ताकि अल्लाहको वचन सत्यसिद्ध छ, र महाप्रलयको आगमनमा कुनै सन्देह छैन भनी जानून् । (त्यससमयको स्मरण गर) जब मानिसहरू गुफावालाहरूसित के गर्नुपर्छ भन्नेबारेमा विवाद गरिरहेका थिए । केही व्यक्तिहरूले भने– “तिनीहरू (को गुफा) माथि (स्मारक स्वरूप) एउटा भवन निर्माण गरिदेऊ । तिनीहरूबारे तिनीहरुका रब राम्ररी जान्दछन् ।” तर तिनीहरुका मामिलामा प्रभुत्व प्राप्त गरेका व्यक्तिहरूले भने– “हामी तिनीहरू (को गुफा) माथि एउटा मस्जिद नै बनाउनेछौं ।”
سَيَقُولُونَ ثَلَٰثَةٞ رَّابِعُهُمۡ كَلۡبُهُمۡ وَيَقُولُونَ خَمۡسَةٞ سَادِسُهُمۡ كَلۡبُهُمۡ رَجۡمَۢا بِٱلۡغَيۡبِۖ وَيَقُولُونَ سَبۡعَةٞ وَثَامِنُهُمۡ كَلۡبُهُمۡۚ قُل رَّبِّيٓ أَعۡلَمُ بِعِدَّتِهِم مَّا يَعۡلَمُهُمۡ إِلَّا قَلِيلٞۗ فَلَا تُمَارِ فِيهِمۡ إِلَّا مِرَآءٗ ظَٰهِرٗا وَلَا تَسۡتَفۡتِ فِيهِم مِّنۡهُمۡ أَحَدٗا
Open ayah 18:22केही व्यक्तिहरूले भन्नेछन्– “गुफावालाहरू तीनजना थिए र चौथो उनको कुकुर थियो ।” र, अन्य केही व्यक्तिहरूले भन्नेछन्– “तिनीहरू पाँचजना थिए र छैठौं तिनीहरुको कुकुर थियो ।” यी सबै अदृश्यका कुरा बारेमा अड्कल गर्दै भनिएको मात्र हो । र, अझ अन्य व्यक्तिहरूले भन्नेछन् “तिनीहरू सातजना थिए र आठौं तिनीहरूको कुकुर थियो ।” भनिदेऊ– “मेरा रब नै तिनीहरूको संख्याको बारेमा राम्ररी जान्दछन् । तिनीहरूबारे यी व्यक्तिहरूलाई थाेरै ज्ञान छ । अतः तिनीहरूबारे तिमी प्रष्ट कुरा मात्र गर । र, तिनीहरूका सम्बन्धमा कसैसित कुनै सोधपूछ नगर ।”
وَلَا تَقُولَنَّ لِشَاْيۡءٍ إِنِّي فَاعِلٞ ذَٰلِكَ غَدًا
Open ayah 18:23र, कुनै पनि कार्यबारे कदापि नभन कि त्यो कार्य म भोलि गरूँला ।”
إِلَّآ أَن يَشَآءَ ٱللَّهُۚ وَٱذۡكُر رَّبَّكَ إِذَا نَسِيتَ وَقُلۡ عَسَىٰٓ أَن يَهۡدِيَنِ رَبِّي لِأَقۡرَبَ مِنۡ هَٰذَا رَشَدٗا
Open ayah 18:24तर साथै “इन्शाअल्लाह” (अल्लाहले चाहेमा) पनि भन । अनि, बिर्सिएको खण्डमा आफ्ना रबको स्मरण गरिहाल र भन– “आशा छ कि मेरा रबले योभन्दा पनि कम समयमा सही कुराको मार्गदर्शन गर्लान् ।”
وَلَبِثُواْ فِي كَهۡفِهِمۡ ثَلَٰثَ مِاْئَةٖ سِنِينَ وَٱزۡدَادُواْ تِسۡعٗا
Open ayah 18:25र, तिनीहरू आफ्नो गुफामा तीनसय वर्षसम्म बसे र थप नौ वर्ष पनि ।
قُلِ ٱللَّهُ أَعۡلَمُ بِمَا لَبِثُواْۖ لَهُۥ غَيۡبُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ أَبۡصِرۡ بِهِۦ وَأَسۡمِعۡۚ مَا لَهُم مِّن دُونِهِۦ مِن وَلِيّٖ وَلَا يُشۡرِكُ فِي حُكۡمِهِۦٓ أَحَدٗا
Open ayah 18:26र, भनिदेऊ– “तिनीहरूको बसाईबारे अल्लाह राम्ररी जान्दछन् । आकाशहरू तथा पृथ्वीका अदृश्य वास्तविकताको ज्ञान उनैलाई छ । उनी अति देख्नेवाला तथा सुन्नेवाला हुन् । तिनीहरूकालागि उनीबाहेक कोही संरक्षक छैन । र, उनी आफ्नो शासनमा कसैलाई साझेदार बनाउँदैनन् ।”
وَٱتۡلُ مَآ أُوحِيَ إِلَيۡكَ مِن كِتَابِ رَبِّكَۖ لَا مُبَدِّلَ لِكَلِمَٰتِهِۦ وَلَن تَجِدَ مِن دُونِهِۦ مُلۡتَحَدٗا
Open ayah 18:27(हे नबी स.!) तिम्रा रबको तर्फबाट तिमीमाथि प्रकाशना गरिएको ग्रन्थको पाठ गर । उनका कुराहरूलाई कसैले परिवर्तन गर्न सक्दैन । उनीबाट बचेर भाग्न कुनै आश्रयस्थल पाउने छैनौ ।
وَٱصۡبِرۡ نَفۡسَكَ مَعَ ٱلَّذِينَ يَدۡعُونَ رَبَّهُم بِٱلۡغَدَوٰةِ وَٱلۡعَشِيِّ يُرِيدُونَ وَجۡهَهُۥۖ وَلَا تَعۡدُ عَيۡنَاكَ عَنۡهُمۡ تُرِيدُ زِينَةَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَلَا تُطِعۡ مَنۡ أَغۡفَلۡنَا قَلۡبَهُۥ عَن ذِكۡرِنَا وَٱتَّبَعَ هَوَىٰهُ وَكَانَ أَمۡرُهُۥ فُرُطٗا
Open ayah 18:28र आफ्नो रबको प्रसन्नता प्राप्तिकोलागि उनलाई बिहान र बेलुका पुकार्ने व्यक्तिहरूसँग तिमी स्वयंलाई जोडेर राख । र, यस सांसारिक जीवनको शोभालाई खोज्दै तिम्रो दृष्टि उनीहरूबाट नहटोस् । र, तिमी कुनै पनि यस्तो व्यक्तिको आज्ञापालन नगर जसको हृदयलाई हामीले हामै्र स्मरणबाट विस्मृत तुल्याएका छौं, र जो आफ्नो कुअभिलाषाको अनुसरण गर्छ अनि जसको कार्यले सीमाहरूलाई नाघेको छ ।
وَقُلِ ٱلۡحَقُّ مِن رَّبِّكُمۡۖ فَمَن شَآءَ فَلۡيُؤۡمِن وَمَن شَآءَ فَلۡيَكۡفُرۡۚ إِنَّآ أَعۡتَدۡنَا لِلظَّٰلِمِينَ نَارًا أَحَاطَ بِهِمۡ سُرَادِقُهَاۚ وَإِن يَسۡتَغِيثُواْ يُغَاثُواْ بِمَآءٖ كَٱلۡمُهۡلِ يَشۡوِي ٱلۡوُجُوهَۚ بِئۡسَ ٱلشَّرَابُ وَسَآءَتۡ مُرۡتَفَقًا
Open ayah 18:29र, भनिदेऊ– “यो नितान्त सत्य (कुरआन) तिम्रा रबको तर्फबाट रहेको छ । अनि, अब जसले चाहन्छ यसलाई मानोस्, र जसले चाहँदैन नमानोस् ।” हामीले अत्याचारीहरूकालागि यस्तो अग्नि तयार गरेका छौं जसको ज्वालाले तिनीहरूलाई लपेट्नेछ । र, तिनीहरूले बिलाप गर्दा तिनीहरूको सत्कार पग्लेको तांमा जस्तो (उम्लँदो) पानीद्वारा गरिनेछ जसले अनुहारहरूलाई पोल्नेछ । कत्ति निकृष्ट पेय तथा अत्यन्त निकृष्ट विश्रामस्थल हो नरक !
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ إِنَّا لَا نُضِيعُ أَجۡرَ مَنۡ أَحۡسَنَ عَمَلًا
Open ayah 18:30र, जसले ईमान ल्याए तथा सत्कर्म गरे, हामी त्यस्ता पुण्यकर्म गर्ने व्यक्तिहरूको प्रतिदानलाई बर्बाद हुन दिंदैनौ ।
أُوْلَٰٓئِكَ لَهُمۡ جَنَّٰتُ عَدۡنٖ تَجۡرِي مِن تَحۡتِهِمُ ٱلۡأَنۡهَٰرُ يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٖ وَيَلۡبَسُونَ ثِيَابًا خُضۡرٗا مِّن سُندُسٖ وَإِسۡتَبۡرَقٖ مُّتَّكِـِٔينَ فِيهَا عَلَى ٱلۡأَرَآئِكِۚ نِعۡمَ ٱلثَّوَابُ وَحَسُنَتۡ مُرۡتَفَقٗا
Open ayah 18:31यी व्यक्तिहरू नै हुन् जसकोलागि यस्ता शाश्वत बगैंचाहरू हुनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूलाई त्यहाँ सुनका बालाहरूद्वारा आभूषित गरिनेछ । र, उनीहरूले नरम, पातला र मोटा रेशमका हरिया वस्त्रहरू पहिरिनेछन् अनि अग्ला गद्दीहरूमाथि अडेस लागेर बस्नेछन् । कत्ति उत्तम प्रतिदान तथा कत्ति उत्कृष्ट विश्रामस्थल हो स्वर्ग !
۞وَٱضۡرِبۡ لَهُم مَّثَلٗا رَّجُلَيۡنِ جَعَلۡنَا لِأَحَدِهِمَا جَنَّتَيۡنِ مِنۡ أَعۡنَٰبٖ وَحَفَفۡنَٰهُمَا بِنَخۡلٖ وَجَعَلۡنَا بَيۡنَهُمَا زَرۡعٗا
Open ayah 18:32र, तिमी तिनीहरूलाई दुईजना व्यक्तिको दृष्टान्त बयान गर । ती दुईजनामध्ये एकजनाकोलागि हामीले दुईवटा यस्ता अंगुरका बगैँचाहरू बनाइदिएका थियौं जसलाई हामीले खजुरका रूखहरूद्वारा घेरेका थियौं र ती दुवै बगैंचाहरूबीच अन्नबाली पनि लगाएका थियौं ।
كِلۡتَا ٱلۡجَنَّتَيۡنِ ءَاتَتۡ أُكُلَهَا وَلَمۡ تَظۡلِم مِّنۡهُ شَيۡـٔٗاۚ وَفَجَّرۡنَا خِلَٰلَهُمَا نَهَرٗا
Open ayah 18:33ती दुवै बगैंचाहरूले खुबै फल उत्पादन गर्ने गर्थे र तिनमा कुनै कमी थिएन र ती दुवैकाबीचमा हामीले एउटा नहर बगाइदिएका थियौं ।
وَكَانَ لَهُۥ ثَمَرٞ فَقَالَ لِصَٰحِبِهِۦ وَهُوَ يُحَاوِرُهُۥٓ أَنَا۠ أَكۡثَرُ مِنكَ مَالٗا وَأَعَزُّ نَفَرٗا
Open ayah 18:34र, उसलाई खुबै फल प्राप्त भयो । अनि उसले आफ्नो साथीसँग कुरैकुरामा भन्यो– “म त तिमीभन्दा बढी धनी छु र समूहको हिसाबले पनि बढी शक्तिशाली छु ।”
وَدَخَلَ جَنَّتَهُۥ وَهُوَ ظَالِمٞ لِّنَفۡسِهِۦ قَالَ مَآ أَظُنُّ أَن تَبِيدَ هَٰذِهِۦٓ أَبَدٗا
Open ayah 18:35र, ऊ (अहंकार गर्दै) स्वयंमाथि अत्याचारी भई आफ्नो बगैंचामा प्रवेश गर्यो । उसले भन्यो– “मेरो विचारमा यो सम्पत्ति कहिल्यै नष्ट हुने छैन...
وَمَآ أَظُنُّ ٱلسَّاعَةَ قَآئِمَةٗ وَلَئِن رُّدِدتُّ إِلَىٰ رَبِّي لَأَجِدَنَّ خَيۡرٗا مِّنۡهَا مُنقَلَبٗا
Open ayah 18:36र न म परलोक स्थापना हुने कुरामा विश्वास राख्दछु । र, यदि म मेरा रबसामु फर्काइएँ नै भने अवश्य योभन्दा पनि उत्तम स्थान पाउनेछु ।”
قَالَ لَهُۥ صَاحِبُهُۥ وَهُوَ يُحَاوِرُهُۥٓ أَكَفَرۡتَ بِٱلَّذِي خَلَقَكَ مِن تُرَابٖ ثُمَّ مِن نُّطۡفَةٖ ثُمَّ سَوَّىٰكَ رَجُلٗا
Open ayah 18:37उसको साथीले कुरा काट्दै भन्यो– “के तिमी त्यसको इन्कार गर्छौ जसले तिमीलाई माटोबाट र त्यसपछि वीर्यबाट सृष्टि गरे फेरि तिमीलाई पूर्ण मानव बनाएर खडा गरे ?
لَّٰكِنَّا۠ هُوَ ٱللَّهُ رَبِّي وَلَآ أُشۡرِكُ بِرَبِّيٓ أَحَدٗا
Open ayah 18:38तर म के विश्वास गर्छु भने उनै अल्लाह मेरा पालनकर्ता हुन् । म आफ्ना रबसँग कसैलाई साझेदार बनाउने छैन ।
وَلَوۡلَآ إِذۡ دَخَلۡتَ جَنَّتَكَ قُلۡتَ مَا شَآءَ ٱللَّهُ لَا قُوَّةَ إِلَّا بِٱللَّهِۚ إِن تَرَنِ أَنَا۠ أَقَلَّ مِنكَ مَالٗا وَوَلَدٗا
Open ayah 18:39र, तिमी बगैंचामा प्रवेश गर्दा “माशाअल्लाह् ला कुव्वत इल्ला बिल्लाह्” (यी सबै अल्लाहको चाहनाले भएका हुन् र केवल अल्लाहलाई यसको सामर्थ्य छ) किन भनेनौ यदि तिमीले मलाई धन तथा सन्तानमा आफूभन्दा तुच्छ ठान्छौ भने ?
فَعَسَىٰ رَبِّيٓ أَن يُؤۡتِيَنِ خَيۡرٗا مِّن جَنَّتِكَ وَيُرۡسِلَ عَلَيۡهَا حُسۡبَانٗا مِّنَ ٱلسَّمَآءِ فَتُصۡبِحَ صَعِيدٗا زَلَقًا
Open ayah 18:40मेरा रबले मलाई तिम्राे बगैंचाभन्दा पनि उत्तम प्रदान गर्ने र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाउनेछन् (जसले गर्दा) त्यो बाँझो भूमिमा परिणत हुनेछ भन्ने सक्भावना धेरै छ ।
أَوۡ يُصۡبِحَ مَآؤُهَا غَوۡرٗا فَلَن تَسۡتَطِيعَ لَهُۥ طَلَبٗا
Open ayah 18:41वा त्यसको पानी भूमिमा यति भित्र जानेछ कि त्यसको खोजी गर्न तिम्रोलागि असम्भव हुनेछ ।”
وَأُحِيطَ بِثَمَرِهِۦ فَأَصۡبَحَ يُقَلِّبُ كَفَّيۡهِ عَلَىٰ مَآ أَنفَقَ فِيهَا وَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا وَيَقُولُ يَٰلَيۡتَنِي لَمۡ أُشۡرِكۡ بِرَبِّيٓ أَحَدٗا
Open ayah 18:42अनि, (त्यस्तै भयो) उसका सम्पूर्ण फल नष्ट भए । उसले आफ्नो बगैंचाको छानो घोप्ट्याइएको देखेर आफ्नो लागतमाथि पश्चाताप गर्न थाल्यो र भन्यो– “मैले आफ्ना रबको साझेदार नबनाएको भए !”
وَلَمۡ تَكُن لَّهُۥ فِئَةٞ يَنصُرُونَهُۥ مِن دُونِ ٱللَّهِ وَمَا كَانَ مُنتَصِرًا
Open ayah 18:43अनि, अल्लाहविरुद्ध उसलाई सहयोग गर्ने कुनै पनि जमात भएन र न उसले बदला नै लिन सक्यो ।
هُنَالِكَ ٱلۡوَلَٰيَةُ لِلَّهِ ٱلۡحَقِّۚ هُوَ خَيۡرٞ ثَوَابٗا وَخَيۡرٌ عُقۡبٗا
Open ayah 18:44यसरी सम्पूर्ण अधिकार अल्लाहकै हातमा छ; उनकै प्रतिदान उत्तम तथा उनकै परिणाम राम्रो छ (भन्ने कुरा सिद्ध भयो) ।
وَٱضۡرِبۡ لَهُم مَّثَلَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا كَمَآءٍ أَنزَلۡنَٰهُ مِنَ ٱلسَّمَآءِ فَٱخۡتَلَطَ بِهِۦ نَبَاتُ ٱلۡأَرۡضِ فَأَصۡبَحَ هَشِيمٗا تَذۡرُوهُ ٱلرِّيَٰحُۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ مُّقۡتَدِرًا
Open ayah 18:45अनि, हे सन्देष्टा ! र यिनीहरूकोलागि सांसारिक जीवनको उदाहरण यस्तो छ जसरी हामीले आकाशबाट पानी बर्सायौं र धर्तीका बनस्पतिहरू बाक्ला भई उम्रे, अनि (पाकेर) अन्ततः भुस बन्न पुगे, जसलाई हावाले उडाउँछ । र प्रत्येक कार्यमाथि अल्लाहकै प्रभुत्व रहेकोछ ।
ٱلۡمَالُ وَٱلۡبَنُونَ زِينَةُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَٱلۡبَٰقِيَٰتُ ٱلصَّٰلِحَٰتُ خَيۡرٌ عِندَ رَبِّكَ ثَوَابٗا وَخَيۡرٌ أَمَلٗا
Open ayah 18:46धनसम्पत्ति एवं सन्तानहरू केवल सांसारिक जीवनका शोभा हुन् । अनि, स्थायी सत्कर्महरू प्रतिदानकाे दृष्टि तथा आशाकाे दृष्टिले पनि उत्तम छन् ।
وَيَوۡمَ نُسَيِّرُ ٱلۡجِبَالَ وَتَرَى ٱلۡأَرۡضَ بَارِزَةٗ وَحَشَرۡنَٰهُمۡ فَلَمۡ نُغَادِرۡ مِنۡهُمۡ أَحَدٗا
Open ayah 18:47त्यस दिनको कल्पना गर जुन दिन हामी पहाडहरूलाई हिंडाउनेछौं र तिमीले धर्तीलाई नाङ्गो चौर देख्नेछौ अनि तिनीहरूलाई घेरेर यसरी एकत्रित गर्नेछौं कि तिनीहरूमध्ये कोही पनि छुट्ने छैन ।
وَعُرِضُواْ عَلَىٰ رَبِّكَ صَفّٗا لَّقَدۡ جِئۡتُمُونَا كَمَا خَلَقۡنَٰكُمۡ أَوَّلَ مَرَّةِۭۚ بَلۡ زَعَمۡتُمۡ أَلَّن نَّجۡعَلَ لَكُم مَّوۡعِدٗا
Open ayah 18:48र, तिनीहरू सबै तिम्रा रबसमक्ष पंक्तिबद्ध पेश गरिनेछन् (र भनिनेछन्) “तिमीहरू हामीसमक्ष त्यसरी नै आएका छौ जसरी हामीले तिमीहरूलाई पहिलो पटक सृष्टि गरेका थियौं । बरू तिमीहरूले ठानेका थियौ कि हामीले तिमीहरूकालागि वाचाको समय निश्चित गर्ने नै छैनौं ।”
وَوُضِعَ ٱلۡكِتَٰبُ فَتَرَى ٱلۡمُجۡرِمِينَ مُشۡفِقِينَ مِمَّا فِيهِ وَيَقُولُونَ يَٰوَيۡلَتَنَا مَالِ هَٰذَا ٱلۡكِتَٰبِ لَا يُغَادِرُ صَغِيرَةٗ وَلَا كَبِيرَةً إِلَّآ أَحۡصَىٰهَاۚ وَوَجَدُواْ مَا عَمِلُواْ حَاضِرٗاۗ وَلَا يَظۡلِمُ رَبُّكَ أَحَدٗا
Open ayah 18:49र, कर्मपत्र (तिनीहरूसमक्ष) राखिनेछ । त्यस समय तिमी देख्नेछौ, अपराधीहरू त्यसमा अङ्कित कुराहरूप्रति डराइरहेका हुनेछन् र भन्नेछन्– “हाय हाम्रो दुर्भाग्य ! कस्तो अचम्मको कर्मपत्र !” यसले त हाम्रा साना–ठूला कुनै पनि कार्यलाई नलेखी छोडेकै छैन । र, जेजति तिनीहरूले गरेका हुनेछन्, ती सबै (त्यसमा) रहेको पाउनेछन् । र, तिम्रो रबले कसैमाथि अत्याचार गर्ने छैनन् ।
وَإِذۡ قُلۡنَا لِلۡمَلَٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ كَانَ مِنَ ٱلۡجِنِّ فَفَسَقَ عَنۡ أَمۡرِ رَبِّهِۦٓۗ أَفَتَتَّخِذُونَهُۥ وَذُرِّيَّتَهُۥٓ أَوۡلِيَآءَ مِن دُونِي وَهُمۡ لَكُمۡ عَدُوُّۢۚ بِئۡسَ لِلظَّٰلِمِينَ بَدَلٗا
Open ayah 18:50र, स्मरण गर त्यस अवसरलाई जब हामीले फरिश्ताहरूलाई भन्यौं– “आदमसामु सज्दा गर ।” तब इब्लीसबाहेक सबैले सज्दा गरे । ऊ जिन्नहरूमध्ये थियो । अनि उसले आफ्ना रबको आदेशको अवज्ञा गर्यो । के तिमीहरू मबाहेक उसलाई र उसका सन्तानलाई संरक्षकमित्र बनाउँछौ जबकि तिनीहरू तिमीहरूका शत्रु हुन् । यस्ता अत्याचारीहरूकालागि कत्ति निकृष्ट बदला रहेकोछ !
۞مَّآ أَشۡهَدتُّهُمۡ خَلۡقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَا خَلۡقَ أَنفُسِهِمۡ وَمَا كُنتُ مُتَّخِذَ ٱلۡمُضِلِّينَ عَضُدٗا
Open ayah 18:51र, मैले तिनीहरूलाई न आकाशहरू तथा धर्तीको सृष्टिमा साक्षी बनाएको थिएँ, न स्वयं तिनीहरूको सृष्टिमा नै । र, म पथभ्रष्ट पार्नेहरूलाई सहायक बनाउदिन ।
وَيَوۡمَ يَقُولُ نَادُواْ شُرَكَآءِيَ ٱلَّذِينَ زَعَمۡتُمۡ فَدَعَوۡهُمۡ فَلَمۡ يَسۡتَجِيبُواْ لَهُمۡ وَجَعَلۡنَا بَيۡنَهُم مَّوۡبِقٗا
Open ayah 18:52र, स्मरण गर जुन दिन अल्लाहले भन्नेछन्– “बोलाऊ मेरा ती साझेदारहरूलाई जसलाई तिमीहरूले साझेदार ठानेका थियौ ।” अनि तिनीहरूले बोलाउनेछन् तर साझेदारहरूले तिनीहरूलाई कुनै जवाफ दिने छैनन् । र, तिनीहरूको बीचमा हामी एउटा विनाशको खाडल बनाइदिनेछौं ।
وَرَءَا ٱلۡمُجۡرِمُونَ ٱلنَّارَ فَظَنُّوٓاْ أَنَّهُم مُّوَاقِعُوهَا وَلَمۡ يَجِدُواْ عَنۡهَا مَصۡرِفٗا
Open ayah 18:53र, अपराधीहरू नरकलाई देख्ने बित्तिकै बुझ्नेछन् कि तिनीहरू त्यसैमा होमिने हुन् । तर तिनीहरूले त्यसबाट (बच्न) कुनै शरण पाउने छैनन् ।
وَلَقَدۡ صَرَّفۡنَا فِي هَٰذَا ٱلۡقُرۡءَانِ لِلنَّاسِ مِن كُلِّ مَثَلٖۚ وَكَانَ ٱلۡإِنسَٰنُ أَكۡثَرَ شَيۡءٖ جَدَلٗا
Open ayah 18:54र, हामीले यस कुरआनमा मनुष्यकोलागि विभिन्न प्रकारका उदाहरणहरू बयान गरेका छौं । तर मनुष्य अति नै झगडालु रहेको छ ।
وَمَا مَنَعَ ٱلنَّاسَ أَن يُؤۡمِنُوٓاْ إِذۡ جَآءَهُمُ ٱلۡهُدَىٰ وَيَسۡتَغۡفِرُواْ رَبَّهُمۡ إِلَّآ أَن تَأۡتِيَهُمۡ سُنَّةُ ٱلۡأَوَّلِينَ أَوۡ يَأۡتِيَهُمُ ٱلۡعَذَابُ قُبُلٗا
Open ayah 18:55तिनीहरूसमक्ष मार्गदर्शन पुगेपछि तिनीहरूलाई ईमान ल्याउन र आफ्ना रबसित क्षमायाचना गर्नबाट यस कुराले मात्र रोक्यो कि विगतका समूदायहरूका साथ भएको कार्य प्रणाली उनीहरूसमक्ष आइपुगोस् वा तिनीहरूसमक्ष यातना आइपुगोस् ।
وَمَا نُرۡسِلُ ٱلۡمُرۡسَلِينَ إِلَّا مُبَشِّرِينَ وَمُنذِرِينَۚ وَيُجَٰدِلُ ٱلَّذِينَ كَفَرُواْ بِٱلۡبَٰطِلِ لِيُدۡحِضُواْ بِهِ ٱلۡحَقَّۖ وَٱتَّخَذُوٓاْ ءَايَٰتِي وَمَآ أُنذِرُواْ هُزُوٗا
Open ayah 18:56र, रसूलहरूलाई हामीले केवल शुभ–सन्देशवाहक तथा सचेतक बनाएर पठाउने गर्छौं । र, काफिरहरू मिथ्या (तर्क) द्वारा झगडा गर्छन् ताकि सत्यलाई पराजित गरून् । अनि, तिनीहरूले मेरा निशानीहरू र जुन कुराबाट तिनीहरूलाई डर देखाइन्थ्यो त्यसलाई समेत उपहासको रूपमा लिएका छन् ।
وَمَنۡ أَظۡلَمُ مِمَّن ذُكِّرَ بِـَٔايَٰتِ رَبِّهِۦ فَأَعۡرَضَ عَنۡهَا وَنَسِيَ مَا قَدَّمَتۡ يَدَاهُۚ إِنَّا جَعَلۡنَا عَلَىٰ قُلُوبِهِمۡ أَكِنَّةً أَن يَفۡقَهُوهُ وَفِيٓ ءَاذَانِهِمۡ وَقۡرٗاۖ وَإِن تَدۡعُهُمۡ إِلَى ٱلۡهُدَىٰ فَلَن يَهۡتَدُوٓاْ إِذًا أَبَدٗا
Open ayah 18:57अनि त्यस व्यक्तिभन्दा ठूलो अत्याचारी को हुन सक्छ जसलाई उसका रबका आयतहरू (सुनाएर) उपदेश दिएपछि ऊ विमुख भयो र उसको आफ्नै हातले अगाडि पठाएका क्रियाकलापलाई बिर्सियाे ? हामीले यस्ता व्यक्तिहरूको हृदय पर्दाले ढाकिदिएका छौं, ताकि तिनीहरूले बुझ्न नसकून् र तिनीहरुका कानमा बुजो (ठेडी) हालेका छौं (ताकि सुन्न नसकून्) । त्यसैले तिनीहरूलाई तिमीले जतिसुकै मार्गदर्शनतर्फ बोलाए पनि तिनीहरूले कहिल्यै पनि मार्गदर्शन पाउन सक्दैनन् ।
وَرَبُّكَ ٱلۡغَفُورُ ذُو ٱلرَّحۡمَةِۖ لَوۡ يُؤَاخِذُهُم بِمَا كَسَبُواْ لَعَجَّلَ لَهُمُ ٱلۡعَذَابَۚ بَل لَّهُم مَّوۡعِدٞ لَّن يَجِدُواْ مِن دُونِهِۦ مَوۡئِلٗا
Open ayah 18:58तिम्रा ‘रब’ अति क्षमाशील एवं दयावान छन् । यदि उनले तिनीहरूका कुकर्महरूका कारणले तिनीहरूलाई समात्न चाहेको भए तुरुन्त नै प्रकोप पठाउने थिए । तर तिनीहरूकालागि वाचाको एउटा समय निर्धारित छ जसबाट बचेर निस्कन कुनै आश्रयस्थल पाउने छैनन् ।
وَتِلۡكَ ٱلۡقُرَىٰٓ أَهۡلَكۡنَٰهُمۡ لَمَّا ظَلَمُواْ وَجَعَلۡنَا لِمَهۡلِكِهِم مَّوۡعِدٗا
Open ayah 18:59यी हुन् (प्रकोपग्रस्त) नगरहरू ! जब तिनीहरूले अत्याचार गरे तब हामीले यी सबैलाई नष्ट गरिदियौं । र, तिनीहरूको विनाशको पनि हामीले एउटा निश्चित समय निर्धारित गरेका थियौं ।
وَإِذۡ قَالَ مُوسَىٰ لِفَتَىٰهُ لَآ أَبۡرَحُ حَتَّىٰٓ أَبۡلُغَ مَجۡمَعَ ٱلۡبَحۡرَيۡنِ أَوۡ أَمۡضِيَ حُقُبٗا
Open ayah 18:60र, स्मरण गर जब मूसाले आफ्नो सेवकलाई भने– “म ती दुवै नदीहरूको संगमस्थलसम्म नपुगुञ्जेल हिंडिरहनेछु चाहे लामाे समयसम्म हिंड्नु परोस् ।”
فَلَمَّا بَلَغَا مَجۡمَعَ بَيۡنِهِمَا نَسِيَا حُوتَهُمَا فَٱتَّخَذَ سَبِيلَهُۥ فِي ٱلۡبَحۡرِ سَرَبٗا
Open ayah 18:61जब दुवै नदीको संगमस्थलमा पुगे, त्यहाँ आफ्नो माछा बिर्से जसले (मृत माछाले) समुद्रमा सुरुङ्ग झैं आफ्नो बाटो बनायो ।
فَلَمَّا جَاوَزَا قَالَ لِفَتَىٰهُ ءَاتِنَا غَدَآءَنَا لَقَدۡ لَقِينَا مِن سَفَرِنَا هَٰذَا نَصَبٗا
Open ayah 18:62जब तिनीहरू दुवै अगाडि बढे मूसाले आफ्नो सेवकलाई भने– “अब हाम्रो खाजा ल्याऊ । यस यात्राले गर्दा हामीलाई अति थकाइ लागिसकेको छ ।”
قَالَ أَرَءَيۡتَ إِذۡ أَوَيۡنَآ إِلَى ٱلصَّخۡرَةِ فَإِنِّي نَسِيتُ ٱلۡحُوتَ وَمَآ أَنسَىٰنِيهُ إِلَّا ٱلشَّيۡطَٰنُ أَنۡ أَذۡكُرَهُۥۚ وَٱتَّخَذَ سَبِيلَهُۥ فِي ٱلۡبَحۡرِ عَجَبٗا
Open ayah 18:63सेवकले जवाफ दियो– “ ल, हेर्नुस्, जब हामी चट्टानमा आराम गरिरहेका थियौं, तब मलाई माछाको ध्यान रहेन र शैतानले नै मलाई त्यसबारे तपाईंलाई बताउन बिर्सियायाे । र, माछाले समुद्रमा अचम्म तरिकाले बाटो बनायो ।”
قَالَ ذَٰلِكَ مَا كُنَّا نَبۡغِۚ فَٱرۡتَدَّا عَلَىٰٓ ءَاثَارِهِمَا قَصَصٗا
Open ayah 18:64मूसाले भने– “यही त हामी चाहन्थ्यौं ।” अतः उनीहरू दुवै आफ्ना पदचिन्ह पहिल्याउदै फर्के ।
فَوَجَدَا عَبۡدٗا مِّنۡ عِبَادِنَآ ءَاتَيۡنَٰهُ رَحۡمَةٗ مِّنۡ عِندِنَا وَعَلَّمۡنَٰهُ مِن لَّدُنَّا عِلۡمٗا
Open ayah 18:65अनि, ती दुवैले हाम्रा भक्तहरूमध्ये एक भक्त (खिज्र)लाई भेट्टाए, जसलाई हामीले आफ्नो विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट विशेष ज्ञान सिकाएका थियौं ।
قَالَ لَهُۥ مُوسَىٰ هَلۡ أَتَّبِعُكَ عَلَىٰٓ أَن تُعَلِّمَنِ مِمَّا عُلِّمۡتَ رُشۡدٗا
Open ayah 18:66मूसाले उनीसित अनुरोध गरे– “के म तपाईंसँग रहन सक्छु ताकि तपाईं मलाई पनि त्यस ज्ञानबाट शिक्षा दिनुहोस् जुन तपाईंलाई सिकाइएको छ ?”
قَالَ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرٗا
Open ayah 18:67उनले भने, “तिमी मसँग कदापि धैर्य गर्न सक्दैनौ...
وَكَيۡفَ تَصۡبِرُ عَلَىٰ مَا لَمۡ تُحِطۡ بِهِۦ خُبۡرٗا
Open ayah 18:68र जुन कुरा तिम्रो ज्ञानको सिमाभन्दा बाहिर छ त्यसमा तिमी धैर्य कसरी गर्न सक्छौ र ?”
قَالَ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ صَابِرٗا وَلَآ أَعۡصِي لَكَ أَمۡرٗا
Open ayah 18:69मूसाले भने– “यदि अल्लाहले चाहे भने तपाईंले मलाई संयमी पाउनुहुनेछ।, र म तपाईंको कुनै पनि आदेशको उल्लङ्घन गर्ने छैन ।”
قَالَ فَإِنِ ٱتَّبَعۡتَنِي فَلَا تَسۡـَٔلۡنِي عَن شَيۡءٍ حَتَّىٰٓ أُحۡدِثَ لَكَ مِنۡهُ ذِكۡرٗا
Open ayah 18:70उन (खिज्र) ले भने– “यदि तिमी मसँग बस्न नै चाहन्छौ भने जबसम्म म स्वयं कुनैचिजबारे तिमीलाई बताउदिन तबसम्म त्याे कुरा मलाइ नसोध्नू ।”
فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا رَكِبَا فِي ٱلسَّفِينَةِ خَرَقَهَاۖ قَالَ أَخَرَقۡتَهَا لِتُغۡرِقَ أَهۡلَهَا لَقَدۡ جِئۡتَ شَيۡـًٔا إِمۡرٗا
Open ayah 18:71अनि ती दुवै हिंडे । जब दुवैजना एउटा डुङ्गामा सवार भए तब उनले त्यसमा प्वाल पारे । मूसाले सोधे– “के तपाईंले यसमा सवार व्यक्तिहरूलाई डुबाउनको लागि प्वाल पार्नु भएको हो ? तपाईंले अनुचित कार्य पो गर्नु भयो त !”
قَالَ أَلَمۡ أَقُلۡ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرٗا
Open ayah 18:72उन (खिज्र) ले भने– “के मैले भनेको थिइनँ कि तिमी मसँग धैर्यधारण गर्न सक्दैनौ ?”
قَالَ لَا تُؤَاخِذۡنِي بِمَا نَسِيتُ وَلَا تُرۡهِقۡنِي مِنۡ أَمۡرِي عُسۡرٗا
Open ayah 18:73मूसाले भने– “मेरो भूलमा मलाई नसमात्नुहोस् र मेराे मामिला प्रति कठाेर निर्णय नगर्नुहोस् ।”
فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا لَقِيَا غُلَٰمٗا فَقَتَلَهُۥ قَالَ أَقَتَلۡتَ نَفۡسٗا زَكِيَّةَۢ بِغَيۡرِ نَفۡسٖ لَّقَدۡ جِئۡتَ شَيۡـٔٗا نُّكۡرٗا
Open ayah 18:74फेरि दुवै हिंडे । जाँदाजाँदै एउटा केटोसँग तिनीहरूको भेट भयो उन (खिज्र) ले उसको वध गरिदिए । मूसाले भने– “के तपाईंबाट एक निर्दोषलाई बिना कुनै प्रतिहत्या वध भयो ? निश्चय नै तपाईंले नराम्राे कार्य गर्नुभयो ।”
۞قَالَ أَلَمۡ أَقُل لَّكَ إِنَّكَ لَن تَسۡتَطِيعَ مَعِيَ صَبۡرٗا
Open ayah 18:75उन (खिज्र) ले भने– “के मैले तिमीलाई भनेको थिइनँ कि तिमी मसँग कदापि धैर्यधारण गर्न सक्दैनौ ?”
قَالَ إِن سَأَلۡتُكَ عَن شَيۡءِۭ بَعۡدَهَا فَلَا تُصَٰحِبۡنِيۖ قَدۡ بَلَغۡتَ مِن لَّدُنِّي عُذۡرٗا
Open ayah 18:76मूसाले भने– “यदि यसपछि पनि मैले तपाईंलाई केही सोधें भने अवश्य नै तपाईंले मलाई आफ्नो साथमा नराख्नुहोला । निश्चय नै मेरोतर्फबाट तपाईं दोषमुक्त भइसक्नुभयो ।
فَٱنطَلَقَا حَتَّىٰٓ إِذَآ أَتَيَآ أَهۡلَ قَرۡيَةٍ ٱسۡتَطۡعَمَآ أَهۡلَهَا فَأَبَوۡاْ أَن يُضَيِّفُوهُمَا فَوَجَدَا فِيهَا جِدَارٗا يُرِيدُ أَن يَنقَضَّ فَأَقَامَهُۥۖ قَالَ لَوۡ شِئۡتَ لَتَّخَذۡتَ عَلَيۡهِ أَجۡرٗا
Open ayah 18:77फेरि दुवैजना हिंडे । हिंड्दा हिंड्दै उनीहरू यस्तो नगरमा पुगे जसका बासिन्दालाई तिनीहरूले भोजन गराउन अनुरोध गरे । तर तिनीहरूले उनीहरूलाई अतिथि सत्कार गर्न अस्वीकार गरे । त्यत्तिकैमा उनीहरूले ढल्न लागेको एउटा पर्खाल देखे, अनि उन (खिज्र)ले त्यसलाई साेझाे पारिदिए । मूसाले भने– “यदि तपाईंले चाहेमा यसको पारिश्रमिक लिन सक्नुहुन्थ्यो !”
قَالَ هَٰذَا فِرَاقُ بَيۡنِي وَبَيۡنِكَۚ سَأُنَبِّئُكَ بِتَأۡوِيلِ مَا لَمۡ تَسۡتَطِع عَّلَيۡهِ صَبۡرًا
Open ayah 18:78उन (खिज्र) ले भने– “ल, अब म र तिमीेबीच बिछोड हुन्छ । अब म तिमीलाई ती कुराहरूको सत्यता बताउनेछु जसमा तिमीले धैर्य गर्न सकेनौ ।”
أَمَّا ٱلسَّفِينَةُ فَكَانَتۡ لِمَسَٰكِينَ يَعۡمَلُونَ فِي ٱلۡبَحۡرِ فَأَرَدتُّ أَنۡ أَعِيبَهَا وَكَانَ وَرَآءَهُم مَّلِكٞ يَأۡخُذُ كُلَّ سَفِينَةٍ غَصۡبٗا
Open ayah 18:79जहाँसम्म डुङ्गाको मामिला छ त्यो केही निर्धन व्यक्तिहरूको थियो जुन (यसै) समुद्रमा काम गर्ने गर्थे । अनि मैले त्यसलाई त्रुटिपूर्ण बनाउने इच्छा किन गरें भने उनीहरूबाट टाढा रहेका एक राजाले सबै (राम्रा) डुङ्गा बलपूर्वक हडप्ने गर्थे ।
وَأَمَّا ٱلۡغُلَٰمُ فَكَانَ أَبَوَاهُ مُؤۡمِنَيۡنِ فَخَشِينَآ أَن يُرۡهِقَهُمَا طُغۡيَٰنٗا وَكُفۡرٗا
Open ayah 18:80र, जहाँसम्म त्यो केटाको सम्बन्ध छ त्यसका मातापिता आस्थावान थिए । अनि हामीलाई आशङ्का भयो कि त्यसले ठूलो भएर अवज्ञा एवं कृतघ्नता गरेर ती दुवैमाथि अत्याचार गर्ला ।
فَأَرَدۡنَآ أَن يُبۡدِلَهُمَا رَبُّهُمَا خَيۡرٗا مِّنۡهُ زَكَوٰةٗ وَأَقۡرَبَ رُحۡمٗا
Open ayah 18:81तसर्थ हामीले के चाह्यौं भने ती दुवैलाई उनका पालनकर्ताले यस्तो सन्तान प्रदान गरून् जो सुशील स्वभाव तथा दयाभावसित निकटतम् होस् ।
وَأَمَّا ٱلۡجِدَارُ فَكَانَ لِغُلَٰمَيۡنِ يَتِيمَيۡنِ فِي ٱلۡمَدِينَةِ وَكَانَ تَحۡتَهُۥ كَنزٞ لَّهُمَا وَكَانَ أَبُوهُمَا صَٰلِحٗا فَأَرَادَ رَبُّكَ أَن يَبۡلُغَآ أَشُدَّهُمَا وَيَسۡتَخۡرِجَا كَنزَهُمَا رَحۡمَةٗ مِّن رَّبِّكَۚ وَمَا فَعَلۡتُهُۥ عَنۡ أَمۡرِيۚ ذَٰلِكَ تَأۡوِيلُ مَا لَمۡ تَسۡطِع عَّلَيۡهِ صَبۡرٗا
Open ayah 18:82र, जहाँसम्म त्यो पर्खालको कुरा छ; त्यो नगरका दुईटा अनाथ केटाहरूको थियो र त्यसमुनि तिनीहरूको एउटा खजाना (गाडिएको) थियो र, तिनीहरूका पिता सत्कर्मी थिए । अतः तिम्रा रबको के चाहना भयो भने यी दुवै युवावस्थामा पुगेर तिम्रा रबको कृपाले आफ्ना खजाना निकालून् । र, यी (सबै) कार्य मैले आफ्नो इच्छाधिकारले गरेको होइन । यी हुन् ती कार्यहरूकाे ब्याख्याहरू जसमा तिमीले धैर्यधारण गर्न सकेनौ !
وَيَسۡـَٔلُونَكَ عَن ذِي ٱلۡقَرۡنَيۡنِۖ قُلۡ سَأَتۡلُواْ عَلَيۡكُم مِّنۡهُ ذِكۡرًا
Open ayah 18:83(हे सन्देष्टा) यिनीहरू तिमीसित जुल्कर्नैनको सम्बन्धमा प्रश्न गर्छन् । भनिदेऊ– “म तिमीहरूलाई उनको केही वृत्तान्त पढेर सुनाउँदैछु ।”
إِنَّا مَكَّنَّا لَهُۥ فِي ٱلۡأَرۡضِ وَءَاتَيۡنَٰهُ مِن كُلِّ شَيۡءٖ سَبَبٗا
Open ayah 18:84हामीले उनलाई धर्तीमा सत्ता तथा शक्ति प्रदान गरेका थियौं र उनलाई हरेक प्रकारका साधनहरू प्रदान गरेका थियौं ।
فَأَتۡبَعَ سَبَبًا
Open ayah 18:85उनले भ्रमण शुरु गरे ।
حَتَّىٰٓ إِذَا بَلَغَ مَغۡرِبَ ٱلشَّمۡسِ وَجَدَهَا تَغۡرُبُ فِي عَيۡنٍ حَمِئَةٖ وَوَجَدَ عِندَهَا قَوۡمٗاۖ قُلۡنَا يَٰذَا ٱلۡقَرۡنَيۡنِ إِمَّآ أَن تُعَذِّبَ وَإِمَّآ أَن تَتَّخِذَ فِيهِمۡ حُسۡنٗا
Open ayah 18:86यहाँसम्म कि जब उनी (समुद्र किनारसम्म) सूर्यास्त हुने स्थानमा पुगे उनले त्यसलाई कालो समुद्रमा डुब्दै गरेको पाए । र, उनले समुद्रनजिक एउटा समुदाय देखे । हामीले भन्यौं– “हे जुल्कर्नैन ! तिमी यिनीहरूलाई या त यातना देऊ या तिनीहरूसँग राम्रो व्यवहार गर ।”
قَالَ أَمَّا مَن ظَلَمَ فَسَوۡفَ نُعَذِّبُهُۥ ثُمَّ يُرَدُّ إِلَىٰ رَبِّهِۦ فَيُعَذِّبُهُۥ عَذَابٗا نُّكۡرٗا
Open ayah 18:87उनले भने– “तिनीहरूमध्ये जसले अत्याचार गर्नेछ उसलाई हामी सजायँ दिनेछौं । फेरि उसलाई आफ्ना पालनकर्तातर्फ फर्काइने बेलामा उनले पनि झन् कडा यातना दिनेछन् ।
وَأَمَّا مَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَلَهُۥ جَزَآءً ٱلۡحُسۡنَىٰۖ وَسَنَقُولُ لَهُۥ مِنۡ أَمۡرِنَا يُسۡرٗا
Open ayah 18:88अनि, ईमान ल्याउने र सत्कर्म गर्ने व्यक्तिकालागि राम्रो प्रतिदान छ । र, हामी पनि उनलाई सहजकार्य नै अह्राउनेछौं ।
ثُمَّ أَتۡبَعَ سَبَبًا
Open ayah 18:89त्यसपछि उनले (अगाडिको) भ्रमण शुरु गरे ।
حَتَّىٰٓ إِذَا بَلَغَ مَطۡلِعَ ٱلشَّمۡسِ وَجَدَهَا تَطۡلُعُ عَلَىٰ قَوۡمٖ لَّمۡ نَجۡعَل لَّهُم مِّن دُونِهَا سِتۡرٗا
Open ayah 18:90यहाँसम्म कि सूर्योदय हुने स्थानसम्म पुगे जहाँ उनले सूर्यलाई यस्ता मानिसहरूमाथि झुल्कँदै गरेको पाए जसकालागि हामीले घामबाट बच्न कुनै पर्दा बनाएका थिएनौं ।
كَذَٰلِكَۖ وَقَدۡ أَحَطۡنَا بِمَا لَدَيۡهِ خُبۡرٗا
Open ayah 18:91यो थियो उनको (वास्तविक) स्थिति । र, उनका स्थितिहरूबारे हामी राम्ररी अवगत छाैँ ।
ثُمَّ أَتۡبَعَ سَبَبًا
Open ayah 18:92त्यसपछि उनले अर्को भ्रमण शुरु गरे।
حَتَّىٰٓ إِذَا بَلَغَ بَيۡنَ ٱلسَّدَّيۡنِ وَجَدَ مِن دُونِهِمَا قَوۡمٗا لَّا يَكَادُونَ يَفۡقَهُونَ قَوۡلٗا
Open ayah 18:93यहाँसम्म कि उनले दुईवटा पहाडहरुको नजिकै एउटा यस्तो समुदाय भेट्टाए जो मुस्किलले कुनै कुरा बुझ्न सक्थे ।
قَالُواْ يَٰذَا ٱلۡقَرۡنَيۡنِ إِنَّ يَأۡجُوجَ وَمَأۡجُوجَ مُفۡسِدُونَ فِي ٱلۡأَرۡضِ فَهَلۡ نَجۡعَلُ لَكَ خَرۡجًا عَلَىٰٓ أَن تَجۡعَلَ بَيۡنَنَا وَبَيۡنَهُمۡ سَدّٗا
Open ayah 18:94तिनीहरूले भने– “हे जुल्कर्नैन ! याजूज र माजूजले यस भूभागमा विध्वंस मच्चाउने गर्छन् । अतः हामी र तिनीहरूबीच एउटा पर्खाल खडा गर्न के हामी तपाईंको निम्ति कोषको बन्दोवस्त गरौं त ?”
قَالَ مَا مَكَّنِّي فِيهِ رَبِّي خَيۡرٞ فَأَعِينُونِي بِقُوَّةٍ أَجۡعَلۡ بَيۡنَكُمۡ وَبَيۡنَهُمۡ رَدۡمًا
Open ayah 18:95जुल्कर्नैनले भने– “यस सम्बन्धमा मेरा पालनकर्ताले मलाई प्रदान गरेको सामर्थ्य उत्तम छ । तसर्थ, तिमीहरू (श्रम) शक्तिले मेरो सहयोग गर । म तिमीहरू र तिनीहरूबीच मजबुत पर्खाल बनाइदिनेछु ।
ءَاتُونِي زُبَرَ ٱلۡحَدِيدِۖ حَتَّىٰٓ إِذَا سَاوَىٰ بَيۡنَ ٱلصَّدَفَيۡنِ قَالَ ٱنفُخُواْۖ حَتَّىٰٓ إِذَا جَعَلَهُۥ نَارٗا قَالَ ءَاتُونِيٓ أُفۡرِغۡ عَلَيۡهِ قِطۡرٗا
Open ayah 18:96मलाई फलामका (ठूला–ठूला) फल्याकहरु देऊ । (उनले काम शुरु गरे) यहाँसम्म कि जब उनले दुबै पहाडको बीचमा (फल्याकहरुद्वारा रिक्त स्थान) बराबर पारिदिए तब उनले आदेश दिए–“आगो दन्काऊ; यहाँसम्म कि जब उनले त्यसलाई तताएर आगो बनाई दिए तब उनले भने”–“मलाई पग्लिएको तामा देऊ ताकि त्यसमाथि खन्याऊँ” ।
فَمَا ٱسۡطَٰعُوٓاْ أَن يَظۡهَرُوهُ وَمَا ٱسۡتَطَٰعُواْ لَهُۥ نَقۡبٗا
Open ayah 18:97(त्यो पर्खाल यति बलियो बन्यो कि) याजूज र माजूज न त्यसमाथि चढेर आउन सक्थे र न त्यसमा प्वाल पारेर नै पस्न सक्थे ।
قَالَ هَٰذَا رَحۡمَةٞ مِّن رَّبِّيۖ فَإِذَا جَآءَ وَعۡدُ رَبِّي جَعَلَهُۥ دَكَّآءَۖ وَكَانَ وَعۡدُ رَبِّي حَقّٗا
Open ayah 18:98उनले भने– “यो मेरो रबको कृपा हो । तैपनि जब मेरा रबको वाचा (महाप्रलय) आउनेछ तब उनले यसलाई भत्काएर समतल पार्नेछ । निश्चय नै मेरा रबको वाचा सत्य छ ।
۞وَتَرَكۡنَا بَعۡضَهُمۡ يَوۡمَئِذٖ يَمُوجُ فِي بَعۡضٖۖ وَنُفِخَ فِي ٱلصُّورِ فَجَمَعۡنَٰهُمۡ جَمۡعٗا
Open ayah 18:99र, त्यस दिन हामी तिनीहरूलाई आपसमा जुध्न छोड्नेछौं । र, ‘सूर’(नरसिंघ) फुकिनेछ अनि हामी सबैलाई एकत्रित गर्नेछौं ।
وَعَرَضۡنَا جَهَنَّمَ يَوۡمَئِذٖ لِّلۡكَٰفِرِينَ عَرۡضًا
Open ayah 18:100र, नरकलाई काफिरहरूसमक्ष ल्याउनेछौं ।
ٱلَّذِينَ كَانَتۡ أَعۡيُنُهُمۡ فِي غِطَآءٍ عَن ذِكۡرِي وَكَانُواْ لَا يَسۡتَطِيعُونَ سَمۡعًا
Open ayah 18:101(ती काफिरहरूसमक्ष) जो मेरा उपदेशहरूप्रति अन्धो बनेका थिए र केही पनि सुन्न तयार थिएनन् ।
أَفَحَسِبَ ٱلَّذِينَ كَفَرُوٓاْ أَن يَتَّخِذُواْ عِبَادِي مِن دُونِيٓ أَوۡلِيَآءَۚ إِنَّآ أَعۡتَدۡنَا جَهَنَّمَ لِلۡكَٰفِرِينَ نُزُلٗا
Open ayah 18:102के ती काफिरहरूले मलाई छोडी मेरा भक्तहरूलाई कार्यसाधक बनाउनेछन् भन्ने ठानेका छन् ? निश्चय नै हामीले ती काफिरहरूकालागि आतिथ्यस्वरूप नरक तयार पारेका छौं ।
قُلۡ هَلۡ نُنَبِّئُكُم بِٱلۡأَخۡسَرِينَ أَعۡمَٰلًا
Open ayah 18:103हे सन्देष्टा ! भनिदेऊ– “के हामी तिमीहरूलाई बताइदिऔं कि आफ्ना कर्महरूको हिसाबले सबभन्दा घाटामा को छ ?”
ٱلَّذِينَ ضَلَّ سَعۡيُهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَهُمۡ يَحۡسَبُونَ أَنَّهُمۡ يُحۡسِنُونَ صُنۡعًا
Open ayah 18:104ती व्यक्तिहरू हुन् जसका सम्पूर्ण प्रयासहरू यस सांसारिक जीवनमा सीधामार्गबाट अलग रहे र तिनीहरू आफूले उत्तम कार्य गरिरहेका छौं भन्ने ठानिरहे ।
أُوْلَٰٓئِكَ ٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ وَلِقَآئِهِۦ فَحَبِطَتۡ أَعۡمَٰلُهُمۡ فَلَا نُقِيمُ لَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَزۡنٗا
Open ayah 18:105यी तिनै व्यक्तिहरू हुन् जसले आफ्ना रबका निशानीहरू तथा उनीसमक्ष साक्षात् हुन इन्कार गरे । अतः तिनीहरूका कर्महरू बेकार भए, अतः महाप्रलयको दिन हामी ती कर्महरूलाई कुनै वजन दिने छैनौं ।
ذَٰلِكَ جَزَآؤُهُمۡ جَهَنَّمُ بِمَا كَفَرُواْ وَٱتَّخَذُوٓاْ ءَايَٰتِي وَرُسُلِي هُزُوًا
Open ayah 18:106यही नरक हो तिनीहरूको सजायँ, किनभने तिनीहरूले कुफ्र गरेका थिए र मेरा आयतहरू तथा रसूलहरूको उपहास गरेका थिए ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ كَانَتۡ لَهُمۡ جَنَّٰتُ ٱلۡفِرۡدَوۡسِ نُزُلًا
Open ayah 18:107निस्सन्देह जुन व्यक्तिहरूले ईमान ल्याए र सत्कर्म गरे उनीहरूको आतिथ्यकालागि फिर्दौसका बगैंचाहरू हुनेछन् ।
خَٰلِدِينَ فِيهَا لَا يَبۡغُونَ عَنۡهَا حِوَلٗا
Open ayah 18:108त्यहाँ सदा रहनेछन् र त्यहाँबाट निस्केर जाने चाहनासमेत गर्नेछैनन् ।
قُل لَّوۡ كَانَ ٱلۡبَحۡرُ مِدَادٗا لِّكَلِمَٰتِ رَبِّي لَنَفِدَ ٱلۡبَحۡرُ قَبۡلَ أَن تَنفَدَ كَلِمَٰتُ رَبِّي وَلَوۡ جِئۡنَا بِمِثۡلِهِۦ مَدَدٗا
Open ayah 18:109हे सन्देष्टा ! भनिदेऊ– “यदि मेरा रबका वाणीहरू लेख्न समुद्र नै मसी बने पनि मेरा रबका वाणीहरू सकिनुभन्दा अघि नै त्यो समाप्त हुनेछ । यद्यपि हामी त्यसको सहयोगकालागि अरू त्यतिनै समुन्द्र किन नल्याउँ ।
قُلۡ إِنَّمَآ أَنَا۠ بَشَرٞ مِّثۡلُكُمۡ يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۖ فَمَن كَانَ يَرۡجُواْ لِقَآءَ رَبِّهِۦ فَلۡيَعۡمَلۡ عَمَلٗا صَٰلِحٗا وَلَا يُشۡرِكۡ بِعِبَادَةِ رَبِّهِۦٓ أَحَدَۢا
Open ayah 18:110भनिदेऊ “म तिमीहरूजस्तै एक मनुष्य मात्र हुँ । मतर्फ प्रकाशना आउँछ कि तिमीहरू सबैका पूज्य एक मात्र छन् । अतः जोकोही आफ्ना रबसित भेटको आशा राख्दछ उसले सत्कर्म गर्नुपर्छ, र आफ्ना रबको उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन ।