مريم

Maryam

Mary · Surah 19 · Ayahs: 98 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. كٓهيعٓصٓ

    Open ayah 19:1

    काफ० हा० या० ऐन० साद० ।

  2. ذِكۡرُ رَحۡمَتِ رَبِّكَ عَبۡدَهُۥ زَكَرِيَّآ

    Open ayah 19:2

    यो तिम्रो रबले आफ्ना भक्त जकरियामाथि गरेको कृपाको बयान हो ।

  3. إِذۡ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيّٗا

    Open ayah 19:3

    जब उनले आफ्ना रबसित गुप्त स्वरमा प्रार्थना गरेका थिए;

  4. قَالَ رَبِّ إِنِّي وَهَنَ ٱلۡعَظۡمُ مِنِّي وَٱشۡتَعَلَ ٱلرَّأۡسُ شَيۡبٗا وَلَمۡ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيّٗا

    Open ayah 19:4

    “हे मेरा रब ! बृद्धावस्थाले गर्दा मेरा हाडहरू कमजोर भइसकेका छन् र कपाल सेतै फुलिसकेको छ । र, हे प्रभु ! तिमीसित प्रार्थना गरेर म कहिल्यै असफल भएको छैन ।”

  5. وَإِنِّي خِفۡتُ ٱلۡمَوَٰلِيَ مِن وَرَآءِي وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرٗا فَهَبۡ لِي مِن لَّدُنكَ وَلِيّٗا

    Open ayah 19:5

    अनि, म स्वयं आफूपछि आफ्ना भाइबन्धुहरूसित डराउँछु तथा मेरी पत्नी बाँझी छिन् । अतः आफ्नो विशेष कृपाले मलाई एक उत्तराधिकारी प्रदान गर...

  6. يَرِثُنِي وَيَرِثُ مِنۡ ءَالِ يَعۡقُوبَۖ وَٱجۡعَلۡهُ رَبِّ رَضِيّٗا

    Open ayah 19:6

    जो मेरो पनि उत्तराधिकारी बनोस् र यअ्कूबका वंशको पनि । र, हे मेरा पालनकर्ता ! उसलाई (सबैको) प्रिय बनाऊ ।

  7. يَٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ ٱسۡمُهُۥ يَحۡيَىٰ لَمۡ نَجۡعَل لَّهُۥ مِن قَبۡلُ سَمِيّٗا

    Open ayah 19:7

    हे जकरिया ! हामी तिमीलाई एउटा पुत्रको शुभ सूचना दिन्छौं जसको नाम यह्या हुनेछ । हामीले यसभन्दा पहिले यो नाम भएको कुनै व्यक्ति सृष्टि गरेका छैनौं ।

  8. قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرٗا وَقَدۡ بَلَغۡتُ مِنَ ٱلۡكِبَرِ عِتِيّٗا

    Open ayah 19:8

    उनले भने– “हे मेरा पालनकर्ता मलाई कसरी पुत्र हुन सक्छ र जबकि मेरी पत्नी बाँझी छिन् र म अति वृद्धावस्थामा पुगिसकेको छु ?

  9. قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّنٞ وَقَدۡ خَلَقۡتُكَ مِن قَبۡلُ وَلَمۡ تَكُ شَيۡـٔٗا

    Open ayah 19:9

    आदेश भयोे– “त्यस्तै हुनेछ ।” तिम्रा रबले भनेकाछन्– “यो त मेरोलागि सरल कार्य हो, किनभने मैले यसअघि स्वयं तिमीलाई सृष्टि गरिसकेको छु जबकि तिम्रो अस्तित्व पनि थिएन।”

  10. قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةٗۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَ لَيَالٖ سَوِيّٗا 

    Open ayah 19:10

    उन (जकरिया) ले भने– “हे मेरा पालनकर्ता ! मेरोलागि कुनै निशानी निर्धारित गर ।” अल्लाहले भने–“तिम्रोलागि निशानी यो रहेको छ कि तिमी स्वस्थ हुँदा पनि लगातार तीन रातदिनसम्म मानिसहरूसित कुरा गर्न सक्ने छैनौ ।”

  11. فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ مِنَ ٱلۡمِحۡرَابِ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ أَن سَبِّحُواْ بُكۡرَةٗ وَعَشِيّٗا

    Open ayah 19:11

    त्यसपछि उनी भक्तिकोठाबाट निस्केर आफ्ना जातिबन्धुहरूसमक्ष आए र उनीहरूलाई सङ्केतद्वारा भने– “तिमी बिहान बेलुका आफ्नो रबको स्तुति गर्ने गर ।”

  12. يَٰيَحۡيَىٰ خُذِ ٱلۡكِتَٰبَ بِقُوَّةٖۖ وَءَاتَيۡنَٰهُ ٱلۡحُكۡمَ صَبِيّٗا

    Open ayah 19:12

    “हे यह्या ! (मेरो) ग्रन्थलाई दृढतासाथ समात” । र हामीले उनलाई बाल्यकालमै निर्णयशक्ति प्रदान गरेका थियौं...

  13. وَحَنَانٗا مِّن لَّدُنَّا وَزَكَوٰةٗۖ وَكَانَ تَقِيّٗا

    Open ayah 19:13

    र, आफ्नो तर्फबाट कोमल हृदय तथा पवित्रता पनि प्रदान गरेका थियौं । तसर्थ उनी ईशभय राख्ने व्यक्ति थिए । ,

  14. وَبَرَّۢا بِوَٰلِدَيۡهِ وَلَمۡ يَكُن جَبَّارًا عَصِيّٗا

    Open ayah 19:14

    र, उनी आफ्ना मातापिताका आज्ञाकारी व्यक्ति थिए, निर्दयी तथा अवज्ञाकारी थिएनन् ।

  15. وَسَلَٰمٌ عَلَيۡهِ يَوۡمَ وُلِدَ وَيَوۡمَ يَمُوتُ وَيَوۡمَ يُبۡعَثُ حَيّٗا

    Open ayah 19:15

    उनकालागि शान्ति रहेकोछ, जुन दिन उनी जन्मिए, जुन दिन उनी मर्नेछन् र जुन दिन उनलाई जीवित तुल्याई उठाइनेछ ।

  16. وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مَرۡيَمَ إِذِ ٱنتَبَذَتۡ مِنۡ أَهۡلِهَا مَكَانٗا شَرۡقِيّٗا

    Open ayah 19:16

    र, ग्रन्थमा उल्लेखित मरयमको वृत्तान्तको पनि चर्चा गर जब उनी आफ्ना घरका मानिसहरूबाट अलग भएर पूर्वतर्फ गइन् ।

  17. فَٱتَّخَذَتۡ مِن دُونِهِمۡ حِجَابٗا فَأَرۡسَلۡنَآ إِلَيۡهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرٗا سَوِيّٗا

    Open ayah 19:17

    अनि, तिनीहरूसित पर्दा गरिन् । र, हामीले उनीसमक्ष आफ्नो रूह (जिब्रईल फरिश्ता) लाई पठायौं अनि मर्यमसमक्ष पूर्ण मानवको रूपमा प्रकट भए ।

  18. قَالَتۡ إِنِّيٓ أَعُوذُ بِٱلرَّحۡمَٰنِ مِنكَ إِن كُنتَ تَقِيّٗا

    Open ayah 19:18

    उनले भनिन्– यदि तिमी ईशभय राख्ने व्यक्ति हौ भने म तिमीबाट अत्यन्त करुणामय (अल्लाह) को शरण माग्दछु ।

  19. قَالَ إِنَّمَآ أَنَا۠ رَسُولُ رَبِّكِ لِأَهَبَ لَكِ غُلَٰمٗا زَكِيّٗا

    Open ayah 19:19

    उनले भने– “म त केवल तिम्रो पालनकर्ताको फरिश्ता हुँ । तिमीलाई एउटा पवित्र छोरा प्रदान गर्न आएको हुँ।”

  20. قَالَتۡ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٞ وَلَمۡ يَمۡسَسۡنِي بَشَرٞ وَلَمۡ أَكُ بَغِيّٗا 

    Open ayah 19:20

    मरयमले भनिन्– “मैले छोरो कसरी पाउन सक्छु र जबकि मलाई न कुनै पुरुषले छोएको छ न म व्यभिचारी नै हुँ ।”

  21. قَالَ كَذَٰلِكِ قَالَ رَبُّكِ هُوَ عَلَيَّ هَيِّنٞۖ وَلِنَجۡعَلَهُۥٓ ءَايَةٗ لِّلنَّاسِ وَرَحۡمَةٗ مِّنَّاۚ وَكَانَ أَمۡرٗا مَّقۡضِيّٗا

    Open ayah 19:21

    उनले उत्तर दिए– “यस्तै हुनेछ ।” तिम्रा पालनकर्ताले भनेका छन्– “मेरोलागि यो काम सजिलो छ । र, (हामी यसकारणले यसो गर्नेछौं कि) उसलाई हामी मानिसहरूकालागि निशानी तथा आफ्नो तर्फबाट दया बनाऔं । यो एउटा पूर्वनिर्धारित फैसला हो ।

  22. ۞فَحَمَلَتۡهُ فَٱنتَبَذَتۡ بِهِۦ مَكَانٗا قَصِيّٗا

    Open ayah 19:22

    अनि उनी गर्भवती भइन् र त्यसै अवस्थामा उनी एउटा टाढाको स्थानमा गइन् ।

  23. فَأَجَآءَهَا ٱلۡمَخَاضُ إِلَىٰ جِذۡعِ ٱلنَّخۡلَةِ قَالَتۡ يَٰلَيۡتَنِي مِتُّ قَبۡلَ هَٰذَا وَكُنتُ نَسۡيٗا مَّنسِيّٗا

    Open ayah 19:23

    अनि प्रसवपीडाले उनलाई खजूरको रूखतर्फ डोर्यायो । भन्न थालिन्– “हाय ! यसअघि नै मरेर म विस्मृत भएकी भए (हुन्थ्यो) !

  24. فَنَادَىٰهَا مِن تَحۡتِهَآ أَلَّا تَحۡزَنِي قَدۡ جَعَلَ رَبُّكِ تَحۡتَكِ سَرِيّٗا

    Open ayah 19:24

    त्यतिखेर खजूरको तलतिरबाट फरिश्ताले उनलाई पुकारेर भने– “तिमी दुःखित नहोऊ किनभने तिम्रा रबले तिम्रो तल एउटा मूल फुटाइदिएका छन् ।”

  25. وَهُزِّيٓ إِلَيۡكِ بِجِذۡعِ ٱلنَّخۡلَةِ تُسَٰقِطۡ عَلَيۡكِ رُطَبٗا جَنِيّٗا

    Open ayah 19:25

    र, खजूरको रुखलाई आफूतिर हल्लाऊ तिमीमाथि पाकेका रसिला खजूरहरू खस्नेछन् ।

  26. فَكُلِي وَٱشۡرَبِي وَقَرِّي عَيۡنٗاۖ فَإِمَّا تَرَيِنَّ مِنَ ٱلۡبَشَرِ أَحَدٗا فَقُولِيٓ إِنِّي نَذَرۡتُ لِلرَّحۡمَٰنِ صَوۡمٗا فَلَنۡ أُكَلِّمَ ٱلۡيَوۡمَ إِنسِيّٗا

    Open ayah 19:26

    अनि खाऊ, पिऊ तथा आँखालाई शीतल पार यदि कुनै पुरुष देखिएमा (इशाराले) भन– “मैले करुणामय अल्लाहकालागि ब्रत बसेकी छु । तसर्थ आज म कुनै मानिससित बोल्ने छैन ।”

  27. فَأَتَتۡ بِهِۦ قَوۡمَهَا تَحۡمِلُهُۥۖ قَالُواْ يَٰمَرۡيَمُ لَقَدۡ جِئۡتِ شَيۡـٔٗا فَرِيّٗا

    Open ayah 19:27

    फेरि उनी त्यस बच्चालाई बोकेर आफ्नो समुदायमा आइन् । तिनीहरूले भने– “हे मरयम ! तिमीले त निकृष्ट कार्य गरेकी छौ !

  28. يَٰٓأُخۡتَ هَٰرُونَ مَا كَانَ أَبُوكِ ٱمۡرَأَ سَوۡءٖ وَمَا كَانَتۡ أُمُّكِ بَغِيّٗا

    Open ayah 19:28

    हे हारुनकी बहिनी ! न तिम्रा बुवा खराब व्यक्ति थिए र न तिम्री आमा नै व्यभिचारी थिइन् ।

  29. فَأَشَارَتۡ إِلَيۡهِۖ قَالُواْ كَيۡفَ نُكَلِّمُ مَن كَانَ فِي ٱلۡمَهۡدِ صَبِيّٗا

    Open ayah 19:29

    तब उनले आफ्नो छोरातिर सङ्केत गरिन् । तिनीहरूले भने– “काखमा रहेको बच्चासँग हामी कसरी कुरा गर्न सक्छौं त ?”

  30. قَالَ إِنِّي عَبۡدُ ٱللَّهِ ءَاتَىٰنِيَ ٱلۡكِتَٰبَ وَجَعَلَنِي نَبِيّٗا 

    Open ayah 19:30

    बच्चाले भन्यो– “म निश्चय नै अल्लाहको भक्त हुँ । उनले मलाई ग्रन्थ प्रदान गरेका छन् र सन्देष्टा बनाएका छन् ।”

  31. وَجَعَلَنِي مُبَارَكًا أَيۡنَ مَا كُنتُ وَأَوۡصَٰنِي بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ مَا دُمۡتُ حَيّٗا

    Open ayah 19:31

    र, म जहाँसुकै रहे पनि उनले मलाई मङ्गलमय बनाएका छन् । र, जीवित रहुञ्जेल मलाई नमाज र जकातकाे अादेश दिएका छन् ।

  32. وَبَرَّۢا بِوَٰلِدَتِي وَلَمۡ يَجۡعَلۡنِي جَبَّارٗا شَقِيّٗا

    Open ayah 19:32

    र, मलाई आमाको आज्ञाकारी बनाएका छन् अनि मलाई निर्दयी तथा अवज्ञाकारी बनाएका छैनन् ।

  33. وَٱلسَّلَٰمُ عَلَيَّ يَوۡمَ وُلِدتُّ وَيَوۡمَ أَمُوتُ وَيَوۡمَ أُبۡعَثُ حَيّٗا

    Open ayah 19:33

    र, शान्ति नै शान्ति छ ममाथि जुन दिन म जन्में, जुन दिन म मर्नेछु र जुन दिन मलाई फेरि जीवित पारेर उठाइनेछ ।

  34. ذَٰلِكَ عِيسَى ٱبۡنُ مَرۡيَمَۖ قَوۡلَ ٱلۡحَقِّ ٱلَّذِي فِيهِ يَمۡتَرُونَ

    Open ayah 19:34

    यही मर्यम–पुत्र ईसाको सत्य कथा हो जसमा मानिसहरू शंका गरिरहेका छन् ।

  35. مَا كَانَ لِلَّهِ أَن يَتَّخِذَ مِن وَلَدٖۖ سُبۡحَٰنَهُۥٓۚ إِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ

    Open ayah 19:35

    अल्लाहले आफ्नो निम्ति कदापि पुत्र ग्रहण गर्ने छैनन् । उनी त उच्च तथा पवित्र छन् । जब उनी कुनै कार्यको निर्णय गर्छन्, उनले त्यसलाई भन्छन्– “भइ हाल !” अनि भइहाल्छ ।

  36. وَإِنَّ ٱللَّهَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

    Open ayah 19:36

    अनि, (ईसाले भनेका थिए) निस्सन्देह अल्लाह नै मेरा पालनकर्ता हुन् र तिमीहरूको पनि, तसर्थ उनैको भक्ति गर । यही सीधा मार्ग हो ।

  37. فَٱخۡتَلَفَ ٱلۡأَحۡزَابُ مِنۢ بَيۡنِهِمۡۖ فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِن مَّشۡهَدِ يَوۡمٍ عَظِيمٍ

    Open ayah 19:37

    तर (ग्रन्थवाहकका) विभिन्न ससमूहहरूले परस्पर मतभेद गरे । अतः काफिरहरूकोलागि त्यो बिनाशकारी दिन हुनेछ जब उसले त्यो बडा दिन (कयामत) लाई देख्नेछ ।

  38. أَسۡمِعۡ بِهِمۡ وَأَبۡصِرۡ يَوۡمَ يَأۡتُونَنَا لَٰكِنِ ٱلظَّٰلِمُونَ ٱلۡيَوۡمَ فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 19:38

    जुन दिन हामीसमक्ष उपस्थित हुनेछन् त्यो दिन तिनीहरू पूर्णरूपले सुन्ने र देख्ने हुनेछन् ! तर आज भने यी अत्याचारीहरू स्पष्ट पथभ्रष्टतामा ग्रस्त छन् ।

  39. وَأَنذِرۡهُمۡ يَوۡمَ ٱلۡحَسۡرَةِ إِذۡ قُضِيَ ٱلۡأَمۡرُ وَهُمۡ فِي غَفۡلَةٖ وَهُمۡ لَا يُؤۡمِنُونَ

    Open ayah 19:39

    तिनीहरूलाई त्यस सन्तापपूर्ण दिनबाट सचेत गराऊ जब मामिलाको निर्णय गरिनेछ, यस अवस्थतामा कि तिनीहरू अचेत हुनेछन् तथा अनास्था गरिरहेका हुनेछन् ।

  40. إِنَّا نَحۡنُ نَرِثُ ٱلۡأَرۡضَ وَمَنۡ عَلَيۡهَا وَإِلَيۡنَا يُرۡجَعُونَ 

    Open ayah 19:40

    अन्ततः धर्ती तथा धर्तीबासीहरूका उत्तराधिकारी हामी नै हुनेछौं र सबै हामीतर्फ नै फर्काइनेछन् ।

  41. وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِبۡرَٰهِيمَۚ إِنَّهُۥ كَانَ صِدِّيقٗا نَّبِيًّا

    Open ayah 19:41

    र, यस ग्रन्थमा इब्राहीमको वृतान्त बयान गर । निस्सन्देह उनी सत्यनिष्ठ सन्देष्टा थिए ।

  42. إِذۡ قَالَ لِأَبِيهِ يَٰٓأَبَتِ لِمَ تَعۡبُدُ مَا لَا يَسۡمَعُ وَلَا يُبۡصِرُ وَلَا يُغۡنِي عَنكَ شَيۡـٔٗا

    Open ayah 19:42

    जब उनले आफ्ना पितालाई भने– “हे पिताज्यू ! तपाईं यस्ता वस्तुहरूको पूजा किन गर्नुहुन्छ जुन न त सुन्ने र न देख्ने शक्ति नै राख्दछन् र न तपाईंलाई कुनै फाइदा नै पुर्याउन सक्छन् ।”

  43. يَٰٓأَبَتِ إِنِّي قَدۡ جَآءَنِي مِنَ ٱلۡعِلۡمِ مَا لَمۡ يَأۡتِكَ فَٱتَّبِعۡنِيٓ أَهۡدِكَ صِرَٰطٗا سَوِيّٗا

    Open ayah 19:43

    मेरा प्रिय पिता ! मलाई त्यो ज्ञान प्राप्त भएको छ जुन तपाईंलाई प्राप्त भएको छैन । अतः तपाईं मेरै कुरा मान्नुहोस्, म बिलकुल सीधामार्ग देखाउदैछु ।

  44. يَٰٓأَبَتِ لَا تَعۡبُدِ ٱلشَّيۡطَٰنَۖ إِنَّ ٱلشَّيۡطَٰنَ كَانَ لِلرَّحۡمَٰنِ عَصِيّٗا

    Open ayah 19:44

    पिताज्यू ! शैतानको भक्ति नगर्नुहोस् । वास्तवमा शैतान करुणामय (अल्लाह) को अवज्ञाकारी हो ।

  45. يَٰٓأَبَتِ إِنِّيٓ أَخَافُ أَن يَمَسَّكَ عَذَابٞ مِّنَ ٱلرَّحۡمَٰنِ فَتَكُونَ لِلشَّيۡطَٰنِ وَلِيّٗا

    Open ayah 19:45

    पिता ज्यू ! कतै करुणामय (अल्लाह) को प्रकोपले तपाईंलाई घेर्ला कि र फलस्वरूप तपाईं शैतानको मित्र बन्न पुग्नुहुन्छ कि भनेर मलाई डर लागिरहन्छ ।

  46. قَالَ أَرَاغِبٌ أَنتَ عَنۡ ءَالِهَتِي يَٰٓإِبۡرَٰهِيمُۖ لَئِن لَّمۡ تَنتَهِ لَأَرۡجُمَنَّكَۖ وَٱهۡجُرۡنِي مَلِيّٗا

    Open ayah 19:46

    पिताले भने– “हे इब्राहीम ! के तँ मेरा ईश्वरहरूबाट विमुख हुन गइरहेकोछस् ? यदि तँ यसाे गर्नबाट रूक्दैनस् भने म तँलाई ढुङ्गै–ढुङ्गाले हिर्काएर सिध्याइदिन्छु । तँ सदाका लागि मबाट अलग बस् ।”

  47. قَالَ سَلَٰمٌ عَلَيۡكَۖ سَأَسۡتَغۡفِرُ لَكَ رَبِّيٓۖ إِنَّهُۥ كَانَ بِي حَفِيّٗا

    Open ayah 19:47

    इब्राहीमले भने– “तपाईंमाथि शान्ति होस् ! म त तपाईंकोलागि आफ्ना पालनकर्तासित क्षमायाचना गर्नेछु । उनी मप्रति अति कृपालु छन् ।

  48. وَأَعۡتَزِلُكُمۡ وَمَا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ وَأَدۡعُواْ رَبِّي عَسَىٰٓ أَلَّآ أَكُونَ بِدُعَآءِ رَبِّي شَقِيّٗا

    Open ayah 19:48

    म त तपाईंलाई र तपाईंले अल्लाहलाई छोडी पुकार्ने गरेका उपास्यहरूलाई पनि छोड्दैछु अनि केवल आफ्ना पालनकर्तालाई पुकार्ने गर्छु । विश्वास छ कि म आफ्ना पालनकर्तालाई पुकारेर अभागी हुने छैन ।”

  49. فَلَمَّا ٱعۡتَزَلَهُمۡ وَمَا يَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ وَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَۖ وَكُلّٗا جَعَلۡنَا نَبِيّٗا

    Open ayah 19:49

    अतः जब इब्राहीमले आफ्ना जातिका मानिसहरू र तिनीहरूले अल्लाहबाहेक पूज्दै गरेका (मिथ्या ईश्वर) हरूलाई छोडिदिए तब हामीले उनलाई इस्हाक तथा यअ्कूब प्रदान गर्यौं र प्रत्येकलाई सन्देष्टा बनायौं ।

  50. وَوَهَبۡنَا لَهُم مِّن رَّحۡمَتِنَا وَجَعَلۡنَا لَهُمۡ لِسَانَ صِدۡقٍ عَلِيّٗا 

    Open ayah 19:50

    अनि, हामीले उनीहरूलाई आफ्नो दया प्रदान गर्यौं र उनीहरूको प्रसिद्धिलाई महान बनायौं ।

  51. وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ مُوسَىٰٓۚ إِنَّهُۥ كَانَ مُخۡلَصٗا وَكَانَ رَسُولٗا نَّبِيّٗا

    Open ayah 19:51

    अनि, ग्रन्थमा (ईशदूत) मूसाको बृतान्त बयान गर । निस्सन्देह उनी छानिएका (व्यक्तित्व), र रसूल तथा नबी थिए ।

  52. وَنَٰدَيۡنَٰهُ مِن جَانِبِ ٱلطُّورِ ٱلۡأَيۡمَنِ وَقَرَّبۡنَٰهُ نَجِيّٗا

    Open ayah 19:52

    अनि, हामीले उनलाई तूर (नामक पहाड) को दाहिने तर्फबाट बोलायौं र रहस्यका कुराकानीकोलागि उनलाई नजिक गर्यौं ।

  53. وَوَهَبۡنَا لَهُۥ مِن رَّحۡمَتِنَآ أَخَاهُ هَٰرُونَ نَبِيّٗا

    Open ayah 19:53

    र, हामीले आफ्नो विशेष कृपाले उनका भाइ हारूनलाई सन्देष्टा बनाएर (सहायकको रूपमा) प्रदान गर्यौं ।

  54. وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِسۡمَٰعِيلَۚ إِنَّهُۥ كَانَ صَادِقَ ٱلۡوَعۡدِ وَكَانَ رَسُولٗا نَّبِيّٗا

    Open ayah 19:54

    र, यस ग्रन्थमा इस्माईलको पनि चर्चा गर । उनी आफ्नो वचनका पक्का थिए साथै रसूल तथा नबी पनि थिए ।

  55. وَكَانَ يَأۡمُرُ أَهۡلَهُۥ بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ وَكَانَ عِندَ رَبِّهِۦ مَرۡضِيّٗا

    Open ayah 19:55

    र, उनी आफ्नो परिवारलाई नमाज तथा जकातको आदेश दिने गर्थे र आफ्ना पालनकर्ताको दृष्टिमा अति प्रियपात्र थिए ।

  56. وَٱذۡكُرۡ فِي ٱلۡكِتَٰبِ إِدۡرِيسَۚ إِنَّهُۥ كَانَ صِدِّيقٗا نَّبِيّٗا

    Open ayah 19:56

    र, यस ग्रन्थमा इद्रीसको पनि चर्चा गर । निश्चय नै उनी सत्यवादी मनुष्य र नबी थिए ।

  57. وَرَفَعۡنَٰهُ مَكَانًا عَلِيًّا

    Open ayah 19:57

    र, हामीले उनलाई उच्च स्थान प्रदान गरेका थियौं ।

  58. أُوْلَٰٓئِكَ ٱلَّذِينَ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِم مِّنَ ٱلنَّبِيِّـۧنَ مِن ذُرِّيَّةِ ءَادَمَ وَمِمَّنۡ حَمَلۡنَا مَعَ نُوحٖ وَمِن ذُرِّيَّةِ إِبۡرَٰهِيمَ وَإِسۡرَٰٓءِيلَ وَمِمَّنۡ هَدَيۡنَا وَٱجۡتَبَيۡنَآۚ إِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُ ٱلرَّحۡمَٰنِ خَرُّواْۤ سُجَّدٗاۤ وَبُكِيّٗا۩

    Open ayah 19:58

    यी नबीहरू हुन्, जो अल्लाहका कृपापात्र भए; जो आदमका सन्तानमध्येका थिए र ती व्यक्तिहरूका सन्तानमध्ये थिए जसलाई हामीले नूहकासाथ डुङ्गामा सवार गराएका थियौं अनि इब्राहीम तथा इस्राईलका सन्तानमध्ये पनि । अनि उनीहरू यस्ता व्यक्तिहरूमध्ये थिए जसलाई हामीले सीधा मार्ग देखाएका थियौं, र आफ्ना लागि चयन गरेका थियौं । यिनीहरूसमक्ष जब करुणामय (अल्लाह) का आयतहरू पाठ गरिन्थ्यो तब सज्दा गर्न थाल्थे र रुन थाल्थे ।

  59. ۞فَخَلَفَ مِنۢ بَعۡدِهِمۡ خَلۡفٌ أَضَاعُواْ ٱلصَّلَوٰةَ وَٱتَّبَعُواْ ٱلشَّهَوَٰتِۖ فَسَوۡفَ يَلۡقَوۡنَ غَيًّا

    Open ayah 19:59

    अनि उनीहरूपछि यस्ता निकम्मा उत्तराधिकारीहरू आए जसले नमाजसमेत छोडिदिए र कुअभिलाषाहरूकापछि लागे । यस्ता व्यक्तिहरूले चाँडै नै आफ्नो पथभ्रष्टताको परिणाम भोग्नेछन्।

  60. إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَأُوْلَٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ وَلَا يُظۡلَمُونَ شَيۡـٔٗا 

    Open ayah 19:60

    ती व्यक्तिहरूबाहेक जसले प्रायश्चित गरे; आस्था कायम गरे र सत्कर्म गरे । उनीहरूले नै स्वर्गमा प्रवेश पाउनेछन् । र, उनीहरूमाथि कत्ति पनि अत्याचार गरिने छैन ।

  61. جَنَّٰتِ عَدۡنٍ ٱلَّتِي وَعَدَ ٱلرَّحۡمَٰنُ عِبَادَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّهُۥ كَانَ وَعۡدُهُۥ مَأۡتِيّٗا

    Open ayah 19:61

    सदा रहने बगैंचाहरूमा प्रवेश पाउनेछन् जसको परोक्षतः वाचा करुणामय अल्लाहले आफ्ना भक्तहरूसित गरेका छन् । उनको वाचा निश्चितरूपमा पूरा हुनेछ ।

  62. لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوًا إِلَّا سَلَٰمٗاۖ وَلَهُمۡ رِزۡقُهُمۡ فِيهَا بُكۡرَةٗ وَعَشِيّٗا

    Open ayah 19:62

    यिनीहरूले त्यहाँ शान्ति (सलाम) होस् भन्ने बाहेक कुनै व्यर्थ कुरा सुन्ने छैनन्, र त्यहाँ यिनीहरूलाई बिहान बेलुका (सधैं) जिविका प्राप्त हुनेछ ।

  63. تِلۡكَ ٱلۡجَنَّةُ ٱلَّتِي نُورِثُ مِنۡ عِبَادِنَا مَن كَانَ تَقِيّٗا

    Open ayah 19:63

    यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी हामी आफ्ना भक्तहरूमध्ये ईशभय राख्ने व्यक्तिहरूलाई बनाउनेछौं ।

  64. وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمۡرِ رَبِّكَۖ لَهُۥ مَا بَيۡنَ أَيۡدِينَا وَمَا خَلۡفَنَا وَمَا بَيۡنَ ذَٰلِكَۚ وَمَا كَانَ رَبُّكَ نَسِيّٗا

    Open ayah 19:64

    (फरिश्ताले भने) हे सन्देष्टा ! हामी तपाईंका पालनकर्ताको अनुमति बिना अवतीर्ण हुनै सक्दैनौं । हाम्रो अगाडि–पछाडि र ती दुवै बीचका सम्पूर्ण वस्तुहरू उनकै अधिनमा छन् अनि तिम्रा रबले बिर्सने छैनन् ।

  65. رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا فَٱعۡبُدۡهُ وَٱصۡطَبِرۡ لِعِبَٰدَتِهِۦۚ هَلۡ تَعۡلَمُ لَهُۥ سَمِيّٗا

    Open ayah 19:65

    आकाशहरू, पृथ्वी र यी दुवैका बीचमा रहेका सम्पूर्ण चिजहरूका रब उनै हुन् । अतः उनकै उपासना गर र उनकै उपासनामा अडिग रहु । के तिम्रो जानकारीमा उनको कोही समकक्षी छ ?

  66. وَيَقُولُ ٱلۡإِنسَٰنُ أَءِذَا مَا مِتُّ لَسَوۡفَ أُخۡرَجُ حَيًّا

    Open ayah 19:66

    र, (अवज्ञाकारी) मान्छे भन्छ– “के म मरेपछि मलाई जीवित पारी उठाइनेछ र ?”

  67. أَوَلَا يَذۡكُرُ ٱلۡإِنسَٰنُ أَنَّا خَلَقۡنَٰهُ مِن قَبۡلُ وَلَمۡ يَكُ شَيۡـٔٗا

    Open ayah 19:67

    के मान्छेलाई यति पनि याद छैन कि उसलाई हामीले यसअघि यस्तै अवस्थामा पैदा गर्यौं जब ऊ केही थिएन ।

  68. فَوَرَبِّكَ لَنَحۡشُرَنَّهُمۡ وَٱلشَّيَٰطِينَ ثُمَّ لَنُحۡضِرَنَّهُمۡ حَوۡلَ جَهَنَّمَ جِثِيّٗا

    Open ayah 19:68

    अतः तिम्रा रबको कसम ! हामी तिनीहरूलाई र शैतानहरूलाई अवश्य नै एकिकृत गर्नेछौं, र तिनीहरूलाई घुँडा टेकाएर नरकको वरिपरि पुर्याउनेछौं ।

  69. ثُمَّ لَنَنزِعَنَّ مِن كُلِّ شِيعَةٍ أَيُّهُمۡ أَشَدُّ عَلَى ٱلرَّحۡمَٰنِ عِتِيّٗا

    Open ayah 19:69

    फेरि हामी प्रत्येक समूहबाट करुणामय (अल्लाह) का कट्टर विरोधी व्यक्तिहरूलाई छाँटेर अलग गर्नेछौं ।

  70. ثُمَّ لَنَحۡنُ أَعۡلَمُ بِٱلَّذِينَ هُمۡ أَوۡلَىٰ بِهَا صِلِيّٗا 

    Open ayah 19:70

    अनि त्यसमा होमिन लायक व्यक्ति को को हुन् भनी हामी राम्ररी जान्दछौं ।

  71. وَإِن مِّنكُمۡ إِلَّا وَارِدُهَاۚ كَانَ عَلَىٰ رَبِّكَ حَتۡمٗا مَّقۡضِيّٗا

    Open ayah 19:71

    र, (तिनीहरूलाई आदेश दिनेछौं) तिमीहरूमध्ये प्रत्येकले त्यसलाई पार गर्नुपर्छ । यो तिम्रा रबको अटल निर्णय हो ।

  72. ثُمَّ نُنَجِّي ٱلَّذِينَ ٱتَّقَواْ وَّنَذَرُ ٱلظَّٰلِمِينَ فِيهَا جِثِيّٗا

    Open ayah 19:72

    अनि हामी ईशभय राख्नेहरूलाई त बचाउनेछौं तर अत्याचारीहरूलाई चाहिँ घुँडा टेकेकै अवस्थामा त्यसैमा छोडिदिनेछौं ।

  73. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُوٓاْ أَيُّ ٱلۡفَرِيقَيۡنِ خَيۡرٞ مَّقَامٗا وَأَحۡسَنُ نَدِيّٗا

    Open ayah 19:73

    र, जब तिनीहरूलाई हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ तब काफिरहरू आस्थावानहरूसित प्रश्न गर्छन्– “हाम्रो र तिम्रो जमातहरूमध्ये कुन जमात दर्जामा उच्च छ र कसको सभा शोभनीय रहेको छ ?”

  74. وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هُمۡ أَحۡسَنُ أَثَٰثٗا وَرِءۡيٗا

    Open ayah 19:74

    र, हामीले तिनीहरूभन्दा पहिले कैयौं समुदायहरूको बिनास गरिसकेका छौं, जो यिनीहरूभन्दा बढी सम्पन्न तथा ख्याति प्राप्त थिए ।

  75. قُلۡ مَن كَانَ فِي ٱلضَّلَٰلَةِ فَلۡيَمۡدُدۡ لَهُ ٱلرَّحۡمَٰنُ مَدًّاۚ حَتَّىٰٓ إِذَا رَأَوۡاْ مَا يُوعَدُونَ إِمَّا ٱلۡعَذَابَ وَإِمَّا ٱلسَّاعَةَ فَسَيَعۡلَمُونَ مَنۡ هُوَ شَرّٞ مَّكَانٗا وَأَضۡعَفُ جُندٗا

    Open ayah 19:75

    भनिदेऊ– “जुन व्यक्ति पथभ्रष्टतामा लिप्त छ अत्यन्त करुणामय (अल्लाह) उसलाई केही अवसर दिने गर्छन् । अन्ततः जब तिनीहरूले वाचा गरिएको कुरा चाहे त्यो प्रकोप होस् वा महाप्रलय देख्नेछन्, तब तिनीहरूलाई थाहा हुनेछ कि स्थानकाे हिसाबले निकृष्ट र समूहको हिसाबले कमजोर को रहेछ ।

  76. وَيَزِيدُ ٱللَّهُ ٱلَّذِينَ ٱهۡتَدَوۡاْ هُدٗىۗ وَٱلۡبَٰقِيَٰتُ ٱلصَّٰلِحَٰتُ خَيۡرٌ عِندَ رَبِّكَ ثَوَابٗا وَخَيۡرٞ مَّرَدًّا

    Open ayah 19:76

    अनि, यो मार्गदर्शन अपनाउने व्यक्तिहरूलाई अल्लाह झन् मार्गदर्शन गर्छन् । र, बाँकी रहने पुण्यकर्महरू तिम्रा पालनकर्ताको दृष्टिमा प्रतिफल तथा परिणामको दृष्टिले उत्तम रहेका छन् ।”

  77. أَفَرَءَيۡتَ ٱلَّذِي كَفَرَ بِـَٔايَٰتِنَا وَقَالَ لَأُوتَيَنَّ مَالٗا وَوَلَدًا

    Open ayah 19:77

    के तिमीले त्यस व्यक्तिलाई देख्यौ जसले हाम्रा निशानीलाई अस्वीकार गर्यो, अनि दावी गर्यो र भन्यो– “मलाई महाप्रलयको दिन पनि अवश्य नै सम्पत्ति तथा सन्तान प्रदान गरिनेछ ।”

  78. أَطَّلَعَ ٱلۡغَيۡبَ أَمِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدٗا

    Open ayah 19:78

    के त्यसले परोक्षको ज्ञान प्राप्त गरेको छ वा करुणामय (अल्लाह) सित कुनै वचन लिएको छ ?

  79. كَلَّاۚ سَنَكۡتُبُ مَا يَقُولُ وَنَمُدُّ لَهُۥ مِنَ ٱلۡعَذَابِ مَدّٗا

    Open ayah 19:79

    कदापि छैन । यसले जेजति भन्दैछ, हामी त्यसलाई अवश्य नै लेख्नेछौं र उसको यातनामा झनै वृद्धि गर्नेछौं ।

  80. وَنَرِثُهُۥ مَا يَقُولُ وَيَأۡتِينَا فَرۡدٗا 

    Open ayah 19:80

    र जुन चीज (धनसम्पती, सन्तान र शक्ति) को ऊ कुरा गर्छ त्यसको स्वामित्व हामीमानै रहनेछ र ऊ हामीसमक्ष एक्लै आउनेछ ।

  81. وَٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ ءَالِهَةٗ لِّيَكُونُواْ لَهُمۡ عِزّٗا

    Open ayah 19:81

    र, तिनीहरूले अल्लाहबाहेक अन्यलाई पूज्य बनाएका छन् ताकि तिनीहरू तिनका सहयोगी बनून् ।

  82. كَلَّاۚ سَيَكۡفُرُونَ بِعِبَادَتِهِمۡ وَيَكُونُونَ عَلَيۡهِمۡ ضِدًّا

    Open ayah 19:82

    कदापि यस्तो हुने छैन । चाँडै नै तिनीहरूले यी अवज्ञाकारीहरूको भक्तिलाई इन्कार गर्नेछन्, र तिनीहरूको विराेधी बन्नेछन् ।

  83. أَلَمۡ تَرَ أَنَّآ أَرۡسَلۡنَا ٱلشَّيَٰطِينَ عَلَى ٱلۡكَٰفِرِينَ تَؤُزُّهُمۡ أَزّٗا

    Open ayah 19:83

    के तिमीले देखेनौ कि हामीले शैतानलाई काफिरहरूमाथि छाडिदिएका छौं जसले तिनीहरूलाई खुबै उक्साउने गर्छन् ।

  84. فَلَا تَعۡجَلۡ عَلَيۡهِمۡۖ إِنَّمَا نَعُدُّ لَهُمۡ عَدّٗا

    Open ayah 19:84

    अतः तिमी तिनीहरूकोबारेमा हतार नगर । हामी तिनीहरूका लागि (दिन) गनिरहेका छौं ।

  85. يَوۡمَ نَحۡشُرُ ٱلۡمُتَّقِينَ إِلَى ٱلرَّحۡمَٰنِ وَفۡدٗا

    Open ayah 19:85

    जुन दिन हामी ईशभय राख्नेहरूलाई करुणामय (अल्लाह) समक्ष समूह–समूहमा पेश गर्नेछौं ।

  86. وَنَسُوقُ ٱلۡمُجۡرِمِينَ إِلَىٰ جَهَنَّمَ وِرۡدٗا

    Open ayah 19:86

    र, अपराधीहरूलाई हामी तिर्खाएको अवस्थामा नरककाेघाटतर्फ हाँकेर लैजानेछौं ।

  87. لَّا يَمۡلِكُونَ ٱلشَّفَٰعَةَ إِلَّا مَنِ ٱتَّخَذَ عِندَ ٱلرَّحۡمَٰنِ عَهۡدٗا

    Open ayah 19:87

    त्यो दिन कसैले पनि सिफारिश गर्न सक्दैन, त्यस व्यक्तिबाहेक जसलाई करुणामय (अल्लाह) को वचन प्राप्त हुनेछ ।

  88. وَقَالُواْ ٱتَّخَذَ ٱلرَّحۡمَٰنُ وَلَدٗا

    Open ayah 19:88

    र, तिनीहरूले भने– करुणामय (अल्लाह) ले एउटा पुत्र ग्रहण गरेका छन् ।

  89. لَّقَدۡ جِئۡتُمۡ شَيۡـًٔا إِدّٗا

    Open ayah 19:89

    निस्सन्देह तिमीहरूले एउटा यस्तो अति निकृष्ट र भयानक कुरा ल्याएका छौ ।

  90. تَكَادُ ٱلسَّمَٰوَٰتُ يَتَفَطَّرۡنَ مِنۡهُ وَتَنشَقُّ ٱلۡأَرۡضُ وَتَخِرُّ ٱلۡجِبَالُ هَدًّا 

    Open ayah 19:90

    जसले गर्दा नजिकै छ कि आकाशहरू बिस्फोट हाेउन् अनि धर्ती फाटून् र पहाडहरू टुक्रा–टुक्रा भई ढलुन्।

  91. أَن دَعَوۡاْ لِلرَّحۡمَٰنِ وَلَدٗا

    Open ayah 19:91

    किनभने तिनीहरूले करुणामय (अल्लाह) का एक पुत्र छन् भन्ने दाबी गरेका छन् ।

  92. وَمَا يَنۢبَغِي لِلرَّحۡمَٰنِ أَن يَتَّخِذَ وَلَدًا

    Open ayah 19:92

    कसैलाई पुत्रका रूपमा ग्रहण गर्नु करुणामय (अल्लाह) को प्रतिष्ठाको प्रतिकूल छ ।

  93. إِن كُلُّ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ إِلَّآ ءَاتِي ٱلرَّحۡمَٰنِ عَبۡدٗا

    Open ayah 19:93

    आकाशहरू तथा धर्तीका सम्पूर्ण प्राणीहरू करुणामय (अल्लाह) समक्ष दासको रूपमा हाजिर हुनेछन् ।

  94. لَّقَدۡ أَحۡصَىٰهُمۡ وَعَدَّهُمۡ عَدّٗا

    Open ayah 19:94

    उनले सबैलाई घेरेका छन्, र सबैको पूर्ण गणना पनि गरिसकेका छन् ।

  95. وَكُلُّهُمۡ ءَاتِيهِ يَوۡمَ ٱلۡقِيَٰمَةِ فَرۡدًا

    Open ayah 19:95

    र, महाप्रलयको दिन तिनीहरूमध्ये प्रत्येक एक्ला एक्लै गरी अल्लाहसमक्ष उपस्थित हुनेछन् ।

  96. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ سَيَجۡعَلُ لَهُمُ ٱلرَّحۡمَٰنُ وُدّٗا

    Open ayah 19:96

    निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे, चाँडै नै करुणामय (अल्लाह) ले उनीहरूकालागि प्रेम उत्पन्न गर्नेछन् ।

  97. فَإِنَّمَا يَسَّرۡنَٰهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ ٱلۡمُتَّقِينَ وَتُنذِرَ بِهِۦ قَوۡمٗا لُّدّٗا

    Open ayah 19:97

    हे सन्देष्टा हो ! हामीले यस कुरआनलाई तिम्रो भाषामा अति सरल तुल्याएका छौं, ताकि तिमी यसको माध्यमबाट ईशभय राख्नेहरूलाई शुभसूचना देऊ र झगडालु व्यक्तिहरूलाई सचेत गराऊ ।

  98. وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هَلۡ تُحِسُّ مِنۡهُم مِّنۡ أَحَدٍ أَوۡ تَسۡمَعُ لَهُمۡ رِكۡزَۢا

    Open ayah 19:98

    हामीले यिनीहरूभन्दा पहिलेका कतिपय समुदायहरूको बिनाश गरेका छौं । के तिमी तिनीहरूमध्ये कसैको पदचापको अनुभूति गर्दछौ वा तिनीहरूको सूक्ष्म आवाज सुन्छौ त ?