طه

Taa-Haa

Taa-Haa · Surah 20 · Ayahs: 135 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ता० हा०

  2. مَآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡقُرۡءَانَ لِتَشۡقَىٰٓ

    Open ayah 20:2

    हामीले तिमीमाथि यो कुरआन यस कारणले अवतरित गरेका होइनौं कि तिमी दुखित होऊ ।

  3. إِلَّا تَذۡكِرَةٗ لِّمَن يَخۡشَىٰ

    Open ayah 20:3

    बरू यो त उपदेश हो, भय राख्ने व्यक्तिकोलागि ।

  4. تَنزِيلٗا مِّمَّنۡ خَلَقَ ٱلۡأَرۡضَ وَٱلسَّمَٰوَٰتِ ٱلۡعُلَى

    Open ayah 20:4

    यो उनैबाट अवतरित गरिएको हो जसले पृथ्वी र आकाशहरूको सिर्जना गरे ।

  5. ٱلرَّحۡمَٰنُ عَلَى ٱلۡعَرۡشِ ٱسۡتَوَىٰ

    Open ayah 20:5

    उनै अति करुणामय हुन् जो राजसिंहासनमा बिराजमान छन् ।

  6. لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا وَمَا تَحۡتَ ٱلثَّرَىٰ

    Open ayah 20:6

    उनकैलागि हुन् ती सबै जुन आकाशहरू, पृथ्वी, ती दुवैबीच र जुन माटोमुनि छन् ।

  7. وَإِن تَجۡهَرۡ بِٱلۡقَوۡلِ فَإِنَّهُۥ يَعۡلَمُ ٱلسِّرَّ وَأَخۡفَى

    Open ayah 20:7

    यद्यपि तिमी आफ्नो कुरा उच्च स्वरमा भन, (या सूक्ष्म स्वरमा), उनी त लुकेका कुराहरु र अत्यन्त गोप्य कुरा पनि जान्दछन् ।

  8. ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۖ لَهُ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰ

    Open ayah 20:8

    उनै अल्लाह हुन् जसबाहेक कोही पूज्य छैन; उनकैलागि अति उत्तम नामहरू रहेकाछन् ।

  9. وَهَلۡ أَتَىٰكَ حَدِيثُ مُوسَىٰٓ

    Open ayah 20:9

    र, के तिमी समक्ष (सन्देष्टा) मूसाको कथा पुगेकाे छ ?

  10. إِذۡ رَءَا نَارٗا فَقَالَ لِأَهۡلِهِ ٱمۡكُثُوٓاْ إِنِّيٓ ءَانَسۡتُ نَارٗا لَّعَلِّيٓ ءَاتِيكُم مِّنۡهَا بِقَبَسٍ أَوۡ أَجِدُ عَلَى ٱلنَّارِ هُدٗى 

    Open ayah 20:10

    जब उनले आगो देखे तब आफ्नो परिवारलाई भने– “एक छिन पर्ख । मैले आगो देखें, शायद त्यसबाट म तिमीहरूकालागि केही अगुल्टा ल्याऊँ, वा आगोनजिक गई बाटो थाहा पाउन सकुँ ।

  11. فَلَمَّآ أَتَىٰهَا نُودِيَ يَٰمُوسَىٰٓ

    Open ayah 20:11

    जब उनी त्यहाँ आइपुगे तब आवाज आयो– “हे मूसा !

  12. إِنِّيٓ أَنَا۠ رَبُّكَ فَٱخۡلَعۡ نَعۡلَيۡكَ إِنَّكَ بِٱلۡوَادِ ٱلۡمُقَدَّسِ طُوٗى

    Open ayah 20:12

    म नै तिम्रो पालनकर्ता हुँ । तिमी आफ्ना दुवै जुत्ता फुकाल (किनभने) तिमी तुवा (नामक) पवित्र उपत्यकामा छौ।

  13. وَأَنَا ٱخۡتَرۡتُكَ فَٱسۡتَمِعۡ لِمَا يُوحَىٰٓ

    Open ayah 20:13

    र मैले तिमीलाई रोजेको छु । अतः जुन प्रकाशना (वह्य) गरिन्छ त्यो ध्यानपूर्वक सुन ।

  14. إِنَّنِيٓ أَنَا ٱللَّهُ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱعۡبُدۡنِي وَأَقِمِ ٱلصَّلَوٰةَ لِذِكۡرِيٓ

    Open ayah 20:14

    निस्सन्देह म नै अल्लाह हुँ । मबाहेक अन्य कोही पूज्य छैन । अतः मेरै उपासना गर, र मलाई स्मरण गर्न नमाज कायम गर ।

  15. إِنَّ ٱلسَّاعَةَ ءَاتِيَةٌ أَكَادُ أُخۡفِيهَا لِتُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا تَسۡعَىٰ

    Open ayah 20:15

    निस्सन्देह महाप्रलय आउने नै छ । म त्यसलाई गोप्य राख्न चाहन्छु ताकि प्रत्येक व्यक्तिले आफ्नो कर्म अनुसार प्रतिदान पाओस् ।

  16. فَلَا يَصُدَّنَّكَ عَنۡهَا مَن لَّا يُؤۡمِنُ بِهَا وَٱتَّبَعَ هَوَىٰهُ فَتَرۡدَىٰ

    Open ayah 20:16

    अनि अब तिमीलाई यसबाट कुनै पनि आस्था नराख्ने तथा आफ्नो कुभावनाको पछाडि लाग्ने व्यक्तिले नरोकोस् । नत्र तिमी नाश हुनेछौ ।

  17. وَمَا تِلۡكَ بِيَمِينِكَ يَٰمُوسَىٰ

    Open ayah 20:17

    र, हे मूसा ! यो तिम्रो दाहिने हातमा के छ ?

  18. قَالَ هِيَ عَصَايَ أَتَوَكَّؤُاْ عَلَيۡهَا وَأَهُشُّ بِهَا عَلَىٰ غَنَمِي وَلِيَ فِيهَا مَـَٔارِبُ أُخۡرَىٰ

    Open ayah 20:18

    उनले भने– “यो मेरो लौरो हो जसमा म अडेस लाग्छु; आफ्ना बाख्रीहरूका लागि रुखबाट पात झार्छु र यसबाहेक अन्य काम पनि लिने गर्छु ।

  19. قَالَ أَلۡقِهَا يَٰمُوسَىٰ

    Open ayah 20:19

    (अल्लाहले) आदेश दिए– “हे मूसा ! त्यसलाई भुईंमा राखिदेऊ ।”

  20. فَأَلۡقَىٰهَا فَإِذَا هِيَ حَيَّةٞ تَسۡعَىٰ 

    Open ayah 20:20

    अनि उनले त्यसलाई भुईंमा राखे; अनायास त्यो सर्प बनेर स्फूर्तिपूर्वक घिस्रिन थाल्यो ।

  21. قَالَ خُذۡهَا وَلَا تَخَفۡۖ سَنُعِيدُهَا سِيرَتَهَا ٱلۡأُولَىٰ

    Open ayah 20:21

    अल्लाहले भने– “त्यसलाई समात र नडराऊ । हामी अहिले नै त्यसलाई त्यसको पहिलेकै अवस्थामा फर्काउनेछौं ।

  22. وَٱضۡمُمۡ يَدَكَ إِلَىٰ جَنَاحِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٍ ءَايَةً أُخۡرَىٰ

    Open ayah 20:22

    र, तिमी आफ्नो हातलाई आफ्नो काखीमुनी च्याप । त्यो कुनै त्रुटि बिना चम्किलो भएर निस्कनेछ । यो दोस्रो चमत्कार हो।

  23. لِنُرِيَكَ مِنۡ ءَايَٰتِنَا ٱلۡكُبۡرَى

    Open ayah 20:23

    यस्ताे हामीले तिमीलाई आफ्ना ठूला निशानीहरू देखाउनकाे लागि गर्याैं ।

  24. ٱذۡهَبۡ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ

    Open ayah 20:24

    तिमी फिरऔनकहाँ जाऊ किनभने ऊ विद्रोही भएको छ ।

  25. قَالَ رَبِّ ٱشۡرَحۡ لِي صَدۡرِي

    Open ayah 20:25

    उनले प्रार्थना गरे– “हे मेरा रब ! मेरो छाति खोलिदेऊ।

  26. وَيَسِّرۡ لِيٓ أَمۡرِي

    Open ayah 20:26

    र मेरालागि मेरा कार्य सुगम पारिदेऊ।

  27. وَٱحۡلُلۡ عُقۡدَةٗ مِّن لِّسَانِي

    Open ayah 20:27

    र मेरो जिब्राको गाँठो खोलिदेऊ।

  28. يَفۡقَهُواْ قَوۡلِي

    Open ayah 20:28

    ताकि तिनीहरूले मेरो कुरा बुझ्न सकून्।

  29. وَٱجۡعَل لِّي وَزِيرٗا مِّنۡ أَهۡلِي

    Open ayah 20:29

    र मेरो खानदानबाट एकजनालाइ मेरो सहयोगी बनाऊ।

  30. هَٰرُونَ أَخِي 

    Open ayah 20:30

    मेरो भाइ हारूनलाई ।

  31. ٱشۡدُدۡ بِهِۦٓ أَزۡرِي

    Open ayah 20:31

    उनीद्वारा मेरो शक्तिमा बृद्धि गर।

  32. وَأَشۡرِكۡهُ فِيٓ أَمۡرِي

    Open ayah 20:32

    र उनलाई मेरो कार्यमा सहभागी बनाऊ।

  33. كَيۡ نُسَبِّحَكَ كَثِيرٗا

    Open ayah 20:33

    ताकि हामी तिम्रो अत्यधिक पवित्रता वर्णन गरौं।

  34. وَنَذۡكُرَكَ كَثِيرًا

    Open ayah 20:34

    र तिमीलाई अत्यधिक स्मरण गरौं।

  35. إِنَّكَ كُنتَ بِنَا بَصِيرٗا

    Open ayah 20:35

    निश्चय नै तिमी हामीलाई हेर्नेवाला छौ ।

  36. قَالَ قَدۡ أُوتِيتَ سُؤۡلَكَ يَٰمُوسَىٰ

    Open ayah 20:36

    अल्लाहले भने– “हे मूसा ! तिमीले मागेकाे कुरा स्वीकार गरियो।

  37. وَلَقَدۡ مَنَنَّا عَلَيۡكَ مَرَّةً أُخۡرَىٰٓ

    Open ayah 20:37

    र हामीले पहिले एकपटक तिमीमाथि उपकार गरिसकेका छौं ।

  38. إِذۡ أَوۡحَيۡنَآ إِلَىٰٓ أُمِّكَ مَا يُوحَىٰٓ

    Open ayah 20:38

    स्मरण गर जब हामीले तिम्री आमालाई त्यो प्रकाशना गर्यौं जसको वर्णन अब गरिँदैछ।

  39. أَنِ ٱقۡذِفِيهِ فِي ٱلتَّابُوتِ فَٱقۡذِفِيهِ فِي ٱلۡيَمِّ فَلۡيُلۡقِهِ ٱلۡيَمُّ بِٱلسَّاحِلِ يَأۡخُذۡهُ عَدُوّٞ لِّي وَعَدُوّٞ لَّهُۥۚ وَأَلۡقَيۡتُ عَلَيۡكَ مَحَبَّةٗ مِّنِّي وَلِتُصۡنَعَ عَلَىٰ عَيۡنِيٓ

    Open ayah 20:39

    कि मूसालाई एउटा बाकसमा राखेर नदीमा राखिदेऊ । अनि नदीले त्यसलाई तटमा पुर्याउनेछ जसलाई मेरो र उसको शत्रुले उठाउनेछ । र, (हे मूसा !) मैले आफ्नो तर्फबाट तिमीभित्र स्नेह हालिदिएँ ताकि तिम्रो पालनपोषण मेरो रेखदेखमा गरियोस् ।

  40. إِذۡ تَمۡشِيٓ أُخۡتُكَ فَتَقُولُ هَلۡ أَدُلُّكُمۡ عَلَىٰ مَن يَكۡفُلُهُۥۖ فَرَجَعۡنَٰكَ إِلَىٰٓ أُمِّكَ كَيۡ تَقَرَّ عَيۡنُهَا وَلَا تَحۡزَنَۚ وَقَتَلۡتَ نَفۡسٗا فَنَجَّيۡنَٰكَ مِنَ ٱلۡغَمِّ وَفَتَنَّٰكَ فُتُونٗاۚ فَلَبِثۡتَ سِنِينَ فِيٓ أَهۡلِ مَدۡيَنَ ثُمَّ جِئۡتَ عَلَىٰ قَدَرٖ يَٰمُوسَىٰ 

    Open ayah 20:40

    (स्मरण गर) जब तिम्री दिदी (फिरऔन कहाँ) गइन् र भनिन्– “के म तपाईंहरूलाई यस्तो महिलाबारे जानकारी दिऊँ जसले यस (शिशु) को पालनपोषण राम्ररी गर्न सक्छे ?” यसरी हामीले तिमीलाई तिम्री आमाकहाँ पुर्याइदियौं ताकि उनका आँखालाई शीतलता प्राप्त होस्, र उनी चिन्तित नहोऊन्; र तिमीले एक जनालाई मार्यौ तर हामीले तिमीलाई चिन्ता मुक्त पार्यौं । र, हामीले तिम्रो खूब परीक्षण गर्यौं । अनि तिमी वर्षौंसम्म मदयनबासीहरूसँग बस्यौ । त्यसपछि हे मूसा ! अब तिमी निर्धारित अवस्थामा आइपुगेकाेछाै ।

  41. وَٱصۡطَنَعۡتُكَ لِنَفۡسِي

    Open ayah 20:41

    अनि मैले तिमीलाई आफ्नोलागि चयन गरें ।

  42. ٱذۡهَبۡ أَنتَ وَأَخُوكَ بِـَٔايَٰتِي وَلَا تَنِيَا فِي ذِكۡرِي

    Open ayah 20:42

    तिमी र तिम्रो भाइ मेरा निशानीहरू लिएर जाऊ र मेरो स्तुतिमा ढिलासुस्ती नगर्नू ।

  43. ٱذۡهَبَآ إِلَىٰ فِرۡعَوۡنَ إِنَّهُۥ طَغَىٰ

    Open ayah 20:43

    तिमीहरू दुवै फिरऔनकहाँ जाऊ (किनभने) ऊ उद्दण्ड भइसकेको छ ।

  44. فَقُولَا لَهُۥ قَوۡلٗا لَّيِّنٗا لَّعَلَّهُۥ يَتَذَكَّرُ أَوۡ يَخۡشَىٰ

    Open ayah 20:44

    अनि उसलाई नम्रतापूर्वक सम्झाऊ शायद कि उसले नसीहत कबूल गर्छ वा डराउँछ ।

  45. قَالَا رَبَّنَآ إِنَّنَا نَخَافُ أَن يَفۡرُطَ عَلَيۡنَآ أَوۡ أَن يَطۡغَىٰ

    Open ayah 20:45

    दुवैले भने– “हे हाम्रा पालनकर्ता ! उसले हामीमाथि अत्याचार गर्ला वा उद्दण्डताकाे प्रदर्शन गर्ला कि भनी हामी डराउँछौं ।

  46. قَالَ لَا تَخَافَآۖ إِنَّنِي مَعَكُمَآ أَسۡمَعُ وَأَرَىٰ

    Open ayah 20:46

    अल्लाहले भने– “नडराऊ ! म तिमीहरूको साथमा, सुनिरहने र हेरिरहने, छु ।

  47. فَأۡتِيَاهُ فَقُولَآ إِنَّا رَسُولَا رَبِّكَ فَأَرۡسِلۡ مَعَنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ وَلَا تُعَذِّبۡهُمۡۖ قَدۡ جِئۡنَٰكَ بِـَٔايَةٖ مِّن رَّبِّكَۖ وَٱلسَّلَٰمُ عَلَىٰ مَنِ ٱتَّبَعَ ٱلۡهُدَىٰٓ

    Open ayah 20:47

    अनि तिमी दुवै ऊकहाँ जाऊ अनि भन– हामी तिम्रा पालनकर्ताका रसूलहरू हौं । अतः इस्राईलका सन्तानहरूलाई हामीसँग जान देऊ र उनीहरूलाई नसताऊ । हामी तिम्रा पालनकर्ताको तर्फबाट निशानी पनि लिएर आएका छौं, र शान्ति उसैमाथि हुनेछ जसले मार्गदर्शनको अनुसरण गर्नेछ ।

  48. إِنَّا قَدۡ أُوحِيَ إِلَيۡنَآ أَنَّ ٱلۡعَذَابَ عَلَىٰ مَن كَذَّبَ وَتَوَلَّىٰ

    Open ayah 20:48

    (भन !) जसले अस्वीकार गर्छ र विमुख हुन्छ उसमाथि अल्लाहको प्रकोप आउनेछ भनी हामीलाई वह्य (प्रकाशना) द्वारा बताइएको छ ।

  49. قَالَ فَمَن رَّبُّكُمَا يَٰمُوسَىٰ

    Open ayah 20:49

    फिरऔनले सोध्यो “हे मूसा ! तिमी दुवैका पालनकर्ता को हुन् ?

  50. قَالَ رَبُّنَا ٱلَّذِيٓ أَعۡطَىٰ كُلَّ شَيۡءٍ خَلۡقَهُۥ ثُمَّ هَدَىٰ 

    Open ayah 20:50

    उनले भने– “जसले प्रत्येक चिजलाई त्यसको आकृति प्रदान गरे र त्यसलाई मार्ग देखाए तिनी नै हाम्रा पालनकर्ता हुन् ।

  51. قَالَ فَمَا بَالُ ٱلۡقُرُونِ ٱلۡأُولَىٰ

    Open ayah 20:51

    फिरऔनले प्रश्न गर्यो– “अनि अतीतका पुस्ताहरूको के अवस्था हुनेछ ?

  52. قَالَ عِلۡمُهَا عِندَ رَبِّي فِي كِتَٰبٖۖ لَّا يَضِلُّ رَبِّي وَلَا يَنسَى

    Open ayah 20:52

    मूसाले उत्तर दिए– “तिनीहरूको बारेमा मेरा पालनकर्ताकहाँ एउटा वहीमा सुरक्षित छ । मेरा पालनकर्ता न गल्ती गर्छन् न बिर्सने नै गर्छन् ।

  53. ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ مَهۡدٗا وَسَلَكَ لَكُمۡ فِيهَا سُبُلٗا وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّن نَّبَاتٖ شَتَّىٰ

    Open ayah 20:53

    (ती उनै हुन्) जसले पृथ्वीलाई तिमीहरूकानिम्ति बिछ्यौना बनाए; त्यसमा तिमीहरूलाई हिँड्न बाटाहरू निकाले र आकाशबाट पानी बर्साए । अनि हामीले त्यसमा विभिन्न प्रकारका वनस्पतिहरू उमार्यौं ।

  54. كُلُواْ وَٱرۡعَوۡاْ أَنۡعَٰمَكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلنُّهَىٰ

    Open ayah 20:54

    तिमीहरू खाऊ र आफ्ना चौपायाहरूलाई पनि खुवाऊ । निस्सन्देह यसमा बुद्धिमान्हरूकालागि धेरै निशानीहरू छन् ।

  55. ۞مِنۡهَا خَلَقۡنَٰكُمۡ وَفِيهَا نُعِيدُكُمۡ وَمِنۡهَا نُخۡرِجُكُمۡ تَارَةً أُخۡرَىٰ

    Open ayah 20:55

    यसै (पृथ्वी) बाट हामीले तिमीहरूलाई सृष्टि गरेका छौं र यसैमा तिमीहरूलाई फर्काउनेछौं, अनि फेरि यसैबाट तिमीहरूलाई दोस्रो पटक निकाल्नेछौं ।

  56. وَلَقَدۡ أَرَيۡنَٰهُ ءَايَٰتِنَا كُلَّهَا فَكَذَّبَ وَأَبَىٰ

    Open ayah 20:56

    र, हामीले फिरऔनलाई आफ्ना सबै निशानीहरू देखायौं । तैपनि उसले मिथ्या ठहर गर्यो र इन्कार गर्यो ।

  57. قَالَ أَجِئۡتَنَا لِتُخۡرِجَنَا مِنۡ أَرۡضِنَا بِسِحۡرِكَ يَٰمُوسَىٰ

    Open ayah 20:57

    भन्न थाल्यो– “हे मूसा ! के तिमी आफ्नो जादूको बलले हामीलाई हाम्रै देशबाट निकाल्न हामीकहाँ आएका छौ ?

  58. فَلَنَأۡتِيَنَّكَ بِسِحۡرٖ مِّثۡلِهِۦ فَٱجۡعَلۡ بَيۡنَنَا وَبَيۡنَكَ مَوۡعِدٗا لَّا نُخۡلِفُهُۥ نَحۡنُ وَلَآ أَنتَ مَكَانٗا سُوٗى

    Open ayah 20:58

    ठीक छ, हामी पनि तिमीविरुद्ध अवश्य नै त्यस्तै जादू ल्याउनेछौं । अतः तिमीले हामी र आफूबीच यस्तो समय निर्धारण गर जसबाट न हामी पछाडि हटौंला न तिमी नै ।समतल र खुल्ला मैदानमा (उपस्थित होऔं) ।”

  59. قَالَ مَوۡعِدُكُمۡ يَوۡمُ ٱلزِّينَةِ وَأَن يُحۡشَرَ ٱلنَّاسُ ضُحٗى

    Open ayah 20:59

    मूसाले भने– “उत्सवको दिन (मुकाबिलाको लागि) निश्चित भयो र दर्शकहरूलाई सुर्योदयपश्चात् भेला गरिनेछ ।”

  60. فَتَوَلَّىٰ فِرۡعَوۡنُ فَجَمَعَ كَيۡدَهُۥ ثُمَّ أَتَىٰ 

    Open ayah 20:60

    अनि फर्केपछि फिरऔनले आफ्ना सारा हतकण्डाहरू जम्मा गर्यो र प्रतिस्पर्धाकोलागि आयो ।

  61. قَالَ لَهُم مُّوسَىٰ وَيۡلَكُمۡ لَا تَفۡتَرُواْ عَلَى ٱللَّهِ كَذِبٗا فَيُسۡحِتَكُم بِعَذَابٖۖ وَقَدۡ خَابَ مَنِ ٱفۡتَرَىٰ

    Open ayah 20:61

    मूसाले जादूगरहरूलाई भने– “तिमीहरूको विनाश हुनेछ ! अल्लाहमाथि मिथ्यारोपण नगर । [ ] यस्तो गर्यौ भने उनले एउटा कठोर प्रकोपद्वारा तिमीहरूलाई नाश गर्नेछन् । र, जसले मिथ्यारोपण गर्यो ऊ असफल भयो ।

  62. فَتَنَٰزَعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡ وَأَسَرُّواْ ٱلنَّجۡوَىٰ

    Open ayah 20:62

    अनि तिनीहरूबीच आपसमा मतभेद भयो र तिनीहरू गोप्य रूपमा सल्लाह गर्न थाले ।

  63. قَالُوٓاْ إِنۡ هَٰذَٰنِ لَسَٰحِرَٰنِ يُرِيدَانِ أَن يُخۡرِجَاكُم مِّنۡ أَرۡضِكُم بِسِحۡرِهِمَا وَيَذۡهَبَا بِطَرِيقَتِكُمُ ٱلۡمُثۡلَىٰ

    Open ayah 20:63

    भन्न थाले– “वास्तवमा यी दूवै जादुगर हुन् जसले तिमीहरूलाई आफ्नो जादूद्वारा तिमीहरूको देशबाट निकाल्न र तिमीहरूको आदर्श प्रणालीलाई नष्ट गर्न चाहन्छन् ।

  64. فَأَجۡمِعُواْ كَيۡدَكُمۡ ثُمَّ ٱئۡتُواْ صَفّٗاۚ وَقَدۡ أَفۡلَحَ ٱلۡيَوۡمَ مَنِ ٱسۡتَعۡلَىٰ

    Open ayah 20:64

    अनि तिमीहरू आफ्ना सबै उपायहरू जुटाऊ र पंक्तिवद्ध भएर आऊ । र, आज जसले जित्नेछ उही सफल हुनेछ ।”

  65. قَالُواْ يَٰمُوسَىٰٓ إِمَّآ أَن تُلۡقِيَ وَإِمَّآ أَن نَّكُونَ أَوَّلَ مَنۡ أَلۡقَىٰ

    Open ayah 20:65

    तिनीहरूले भने– “हे मूसा ! पहिले तिमी फ्याँक्छौ कि हामी फ्याँकौं ?

  66. قَالَ بَلۡ أَلۡقُواْۖ فَإِذَا حِبَالُهُمۡ وَعِصِيُّهُمۡ يُخَيَّلُ إِلَيۡهِ مِن سِحۡرِهِمۡ أَنَّهَا تَسۡعَىٰ

    Open ayah 20:66

    मूसाले भने– “बरु तिमीहरू नै फ्याँक ।” मूसालाई अनायास तिनीहरूको जादूले तिनीहरूका डोरी र लठ्ठीहरू दौडिरहेको भान भयो ।

  67. فَأَوۡجَسَ فِي نَفۡسِهِۦ خِيفَةٗ مُّوسَىٰ

    Open ayah 20:67

    र, मूसा भित्रभित्रै डराए ।

  68. قُلۡنَا لَا تَخَفۡ إِنَّكَ أَنتَ ٱلۡأَعۡلَىٰ

    Open ayah 20:68

    हामीले भन्यौं– “तिमी नडराऊ । निश्चय नै तिमी विजयी हुनेछौ ।

  69. وَأَلۡقِ مَا فِي يَمِينِكَ تَلۡقَفۡ مَا صَنَعُوٓاْۖ إِنَّمَا صَنَعُواْ كَيۡدُ سَٰحِرٖۖ وَلَا يُفۡلِحُ ٱلسَّاحِرُ حَيۡثُ أَتَىٰ

    Open ayah 20:69

    र, तिम्रो दाहिने हातमा रहेको (लौरो) फ्याँक । त्यसले तिनीहरूका बनावटी चिजहरूलाई निल्नेछ । तिनीहरूले जेजति बनाएका छन् त्यो त केवल जादूगरको हतकण्डा मात्र हो । र, जादुगर जहाँबाट आए पनि सफल हुने छैन ।”

  70. فَأُلۡقِيَ ٱلسَّحَرَةُ سُجَّدٗا قَالُوٓاْ ءَامَنَّا بِرَبِّ هَٰرُونَ وَمُوسَىٰ 

    Open ayah 20:70

    जादुगरहरूले (भुइमा) सज्दा गरे र भने– “हामीले ईमान ल्यायौं हारुन तथा मूसाका पालनकर्तामाथि ।”

  71. قَالَ ءَامَنتُمۡ لَهُۥ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِي عَلَّمَكُمُ ٱلسِّحۡرَۖ فَلَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٖ وَلَأُصَلِّبَنَّكُمۡ فِي جُذُوعِ ٱلنَّخۡلِ وَلَتَعۡلَمُنَّ أَيُّنَآ أَشَدُّ عَذَابٗا وَأَبۡقَىٰ

    Open ayah 20:71

    फिरऔनले भन्यो– “के तिमीहरूले मेरो अनुमति बिना नै आस्था कायम गर्यौ त ? निस्सन्देह ऊ नै तिमीहरूको त्यो गुरु हो जसले तिमीहरूलाई जादू सिकायो । ठीक छ, अब म तिमीहरूका हातखुट्टाहरू विपरीत दिशाबाट काट्नेछु र खजूरको हाँगामा शूली चढाउनेछु । अनि तिमीहरूले थाहा पाउनेछौ कि दुईमध्ये कसको यातना अधिक कठोर र स्थायी रहेको छ ।”

  72. قَالُواْ لَن نُّؤۡثِرَكَ عَلَىٰ مَا جَآءَنَا مِنَ ٱلۡبَيِّنَٰتِ وَٱلَّذِي فَطَرَنَاۖ فَٱقۡضِ مَآ أَنتَ قَاضٍۖ إِنَّمَا تَقۡضِي هَٰذِهِ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَآ

    Open ayah 20:72

    उनीहरूले भने– “हामी आफूसमक्ष आएका प्रत्यक्ष प्रमाणहरू र हामीहरूलाई सृष्टि गरेका अल्लाहमाथि तिमीलाई प्राथमिकता दिने छैनौं । अतः तिमी जे निर्णय गर्न चाहन्छौ, गर । तिम्रो आदेश केवल यस सांसारिक जीवनसम्म मात्र चल्न सक्छ ।

  73. إِنَّآ ءَامَنَّا بِرَبِّنَا لِيَغۡفِرَ لَنَا خَطَٰيَٰنَا وَمَآ أَكۡرَهۡتَنَا عَلَيۡهِ مِنَ ٱلسِّحۡرِۗ وَٱللَّهُ خَيۡرٞ وَأَبۡقَىٰٓ

    Open ayah 20:73

    हामीले आफ्ना पालनकर्तामाथि ईमान ल्याएका छौं, ताकि उनले हाम्रा पापहरूलाई र जादूलाई पनि जसकोलागि तिमीले हामीलाई बाध्य तुल्याएका थियौ क्षमा गरून् । अल्लाह नै उत्तम तथा चिरस्थायी छन् ।

  74. إِنَّهُۥ مَن يَأۡتِ رَبَّهُۥ مُجۡرِمٗا فَإِنَّ لَهُۥ جَهَنَّمَ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ

    Open ayah 20:74

    वास्तविकता यही हो कि जो अपराधी बनेर आफ्ना पालनकर्तासमक्ष उपस्थित हुनेछ उसकोलागि नरक रहेको छ जहाँ ऊ न मर्नेछ न जिउने नै छ ।

  75. وَمَن يَأۡتِهِۦ مُؤۡمِنٗا قَدۡ عَمِلَ ٱلصَّٰلِحَٰتِ فَأُوْلَٰٓئِكَ لَهُمُ ٱلدَّرَجَٰتُ ٱلۡعُلَىٰ

    Open ayah 20:75

    अनि, जो उनीसमक्ष ईमानको अवस्थामा आउनेछ जस्ले सत्कर्महरू पनि गरेको हुनेछन् त्यस्ता व्यक्तिहरूकालागि उच्च स्थान रहेकोछ ।

  76. جَنَّٰتُ عَدۡنٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ وَذَٰلِكَ جَزَآءُ مَن تَزَكَّىٰ

    Open ayah 20:76

    शाश्वत बगैंचाहरू हुनेछन् जसका तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जहाँ उनीहरू सदासर्वदा रहनेछन् । यो हो प्रतिफल, यस्तो व्यक्तिकोलागि जसले पवित्रता ग्रहण गर्यो ।

  77. وَلَقَدۡ أَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنۡ أَسۡرِ بِعِبَادِي فَٱضۡرِبۡ لَهُمۡ طَرِيقٗا فِي ٱلۡبَحۡرِ يَبَسٗا لَّا تَخَٰفُ دَرَكٗا وَلَا تَخۡشَىٰ

    Open ayah 20:77

    र, हामीले मूसामाथि प्रकाशना गर्यौं– “मेरा भक्तहरूलाई रातारात निकालेर लैजाऊ । फेरि उनीहरूकालागि समुद्रमा (लौरो हिर्काएर) सुक्खा मार्ग निकाल । तिमीलाई न समातिने डर हुनेछ न (डुब्ने) आशङ्का नै ।”

  78. فَأَتۡبَعَهُمۡ فِرۡعَوۡنُ بِجُنُودِهِۦ فَغَشِيَهُم مِّنَ ٱلۡيَمِّ مَا غَشِيَهُمۡ

    Open ayah 20:78

    फिरऔनले आफ्ना सेनाकासाथ उनीहरूलाई पछ्यायो र समुद्रले तिनीहरूलाई पूर्ण रूपमा ढाक्यो ।

  79. وَأَضَلَّ فِرۡعَوۡنُ قَوۡمَهُۥ وَمَا هَدَىٰ

    Open ayah 20:79

    फिरऔनले आफ्ना जातिबन्धुहरूलाई पथभ्रष्ट पार्यो, र सीधामार्ग देखाएन ।

  80. يَٰبَنِيٓ إِسۡرَٰٓءِيلَ قَدۡ أَنجَيۡنَٰكُم مِّنۡ عَدُوِّكُمۡ وَوَٰعَدۡنَٰكُمۡ جَانِبَ ٱلطُّورِ ٱلۡأَيۡمَنَ وَنَزَّلۡنَا عَلَيۡكُمُ ٱلۡمَنَّ وَٱلسَّلۡوَىٰ 

    Open ayah 20:80

    हे इस्राईलका सन्तानहरू हो ! हामीले तिमीहरूलाई तिम्रो शत्रुबाट मुक्त गर्यौं । र, हामीले तिमीहरूसित तूर (पर्वत) को दाहिने पट्टिको वाचा गर्यौं, अनि तिमीहरूकालागि मन्न तथा सल्वा अवतरित गर्यौं ।[ ]

  81. كُلُواْ مِن طَيِّبَٰتِ مَا رَزَقۡنَٰكُمۡ وَلَا تَطۡغَوۡاْ فِيهِ فَيَحِلَّ عَلَيۡكُمۡ غَضَبِيۖ وَمَن يَحۡلِلۡ عَلَيۡهِ غَضَبِي فَقَدۡ هَوَىٰ

    Open ayah 20:81

    हामीले प्रदान गरेका शुद्ध खाद्यान्न खाऊ र त्यसमा सीमा उल्लङ्घन नगर । अन्यथा तिमीहरूमाथि मेरो प्रकोप अवतरित हुनेछ । र, जसमाथि मेरो प्रकोप अवतरित हुन्छ त्यो व्यक्तिको विनाश हुन जान्छ ।

  82. وَإِنِّي لَغَفَّارٞ لِّمَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا ثُمَّ ٱهۡتَدَىٰ

    Open ayah 20:82

    तर, जुन व्यक्तिले प्रायश्चित गर्छ, ईमान ल्याउँछ, सत्कर्म गर्छ र सत्मार्गमा स्थिर रहन्छ त्यसकोलागि म अति क्षमाशील छु ।

  83. ۞وَمَآ أَعۡجَلَكَ عَن قَوۡمِكَ يَٰمُوسَىٰ

    Open ayah 20:83

    हे मूसा ! तिमीलाई आफ्नो समुदायका मानिसहरूबाट अलग पारेर के कुराले चाँडै ल्यायो ?

  84. قَالَ هُمۡ أُوْلَآءِ عَلَىٰٓ أَثَرِي وَعَجِلۡتُ إِلَيۡكَ رَبِّ لِتَرۡضَىٰ

    Open ayah 20:84

    उनले भने– “तिनीहरू मेरा पाइला पछ्याउँदै आउँदैछन्, र हे पालनकर्ता ! मैले केवल तिम्रो प्रसन्नता प्राप्तिकोलागि हतार गरें ।”

  85. قَالَ فَإِنَّا قَدۡ فَتَنَّا قَوۡمَكَ مِنۢ بَعۡدِكَ وَأَضَلَّهُمُ ٱلسَّامِرِيُّ

    Open ayah 20:85

    अल्लाहले भने– “हामीले तिम्रो अनुपस्थितिमा तिम्रो समुदायको परीक्षा लियौं र सामेरीले तिनीहरूलाई पथभ्रष्ट पार्यो ।

  86. فَرَجَعَ مُوسَىٰٓ إِلَىٰ قَوۡمِهِۦ غَضۡبَٰنَ أَسِفٗاۚ قَالَ يَٰقَوۡمِ أَلَمۡ يَعِدۡكُمۡ رَبُّكُمۡ وَعۡدًا حَسَنًاۚ أَفَطَالَ عَلَيۡكُمُ ٱلۡعَهۡدُ أَمۡ أَرَدتُّمۡ أَن يَحِلَّ عَلَيۡكُمۡ غَضَبٞ مِّن رَّبِّكُمۡ فَأَخۡلَفۡتُم مَّوۡعِدِي

    Open ayah 20:86

    अनि मूसा अत्यन्त क्रोध एवं खेदको अवस्थामा आफ्ना समुदायका मानिसहरूतर्फ फर्के र भने– “हे मेरा जातिबन्धु हो ! के तिमीहरूका पालनकर्ताले तिमीहरूसँग राम्रो वाचा गरेका थिएनन्, र के त्यो वाचा (को समय) लामो भइसक्यो ? वा तिमीहरू पालनकर्ताको प्रकोप तिमीहरूमाथि अवतरित होस् भन्ने चाहन्छौ जसले गर्दा तिमीहरूले मसँग गरेको वाचा भंग गर्याे ?”

  87. قَالُواْ مَآ أَخۡلَفۡنَا مَوۡعِدَكَ بِمَلۡكِنَا وَلَٰكِنَّا حُمِّلۡنَآ أَوۡزَارٗا مِّن زِينَةِ ٱلۡقَوۡمِ فَقَذَفۡنَٰهَا فَكَذَٰلِكَ أَلۡقَى ٱلسَّامِرِيُّ

    Open ayah 20:87

    तिनीहरूले भने– “हामीले तिमीसँग गरेको वाचा आफ्नो इच्छाले तोडेका होइनौं । तर, हामीमाथि आफ्ना समुदायका मानिसहरूका जुन गहनाहरू लादिएका थिए त्यसलाई हामीले फ्याँकिदियौं । त्यस्तै सामिरीले पनि (केही) राख्यो ।

  88. فَأَخۡرَجَ لَهُمۡ عِجۡلٗا جَسَدٗا لَّهُۥ خُوَارٞ فَقَالُواْ هَٰذَآ إِلَٰهُكُمۡ وَإِلَٰهُ مُوسَىٰ فَنَسِيَ

    Open ayah 20:88

    अनि उसले तिनीहरूकालागि एउटा बाच्छोको मुर्ति बनाएर प्रस्तुत गर्यो जसबाट बाच्छाको जस्तो आवाज निस्कन्थ्यो । अनि तिनीहरूले भन्न थाले– यही तिमीहरूको पूज्य हो र मूसाको पनि । तर मूसाले यसलाई बिर्सेका छन् ।”

  89. أَفَلَا يَرَوۡنَ أَلَّا يَرۡجِعُ إِلَيۡهِمۡ قَوۡلٗا وَلَا يَمۡلِكُ لَهُمۡ ضَرّٗا وَلَا نَفۡعٗا

    Open ayah 20:89

    र त्यसले न तिनका कुराहरूको जवाफ दिन्छ र न तिनीहरूलाई कुनै हानि वा लाभ नै पुर्याउन सक्छ भन्ने कुरा के तिनीहरूलाई थाहा छैन र ?

  90. وَلَقَدۡ قَالَ لَهُمۡ هَٰرُونُ مِن قَبۡلُ يَٰقَوۡمِ إِنَّمَا فُتِنتُم بِهِۦۖ وَإِنَّ رَبَّكُمُ ٱلرَّحۡمَٰنُ فَٱتَّبِعُونِي وَأَطِيعُوٓاْ أَمۡرِي 

    Open ayah 20:90

    र, हारूनले पहिले नै भनेका थिए– “हे जातिबन्धु हो ! यसद्वारा तिमीहरूको परीक्षा लिइएको छ । र, तिमीहरूको वास्तविक पालनकर्ता त करुणामय (अल्लाह) हुन् । अनि, तिमीहरू मेरै अनुसरण गर र मेरै आदेशको पालना गर ।”

  91. قَالُواْ لَن نَّبۡرَحَ عَلَيۡهِ عَٰكِفِينَ حَتَّىٰ يَرۡجِعَ إِلَيۡنَا مُوسَىٰ

    Open ayah 20:91

    तिनीहरूले भने– “हामी त यसकै पूजा गरिरहनेछौं जबसम्म हामीसमक्ष मूसा आउँदैनन् ।”

  92. قَالَ يَٰهَٰرُونُ مَا مَنَعَكَ إِذۡ رَأَيۡتَهُمۡ ضَلُّوٓاْ

    Open ayah 20:92

    (फर्केपछि) मूसाले भने– “हे हारून । तिमीले तिनीहरू पथभ्रष्ट भएको देख्दा पनि कुन कुराले तिमीलाई रोक्यो ?

  93. أَلَّا تَتَّبِعَنِۖ أَفَعَصَيۡتَ أَمۡرِي

    Open ayah 20:93

    कि तिमीले पनि मेरो अनुसरण गरेनौ । तिमीले के मेरो आज्ञाको उल्लङ्घन गर्यौ ?

  94. قَالَ يَبۡنَؤُمَّ لَا تَأۡخُذۡ بِلِحۡيَتِي وَلَا بِرَأۡسِيٓۖ إِنِّي خَشِيتُ أَن تَقُولَ فَرَّقۡتَ بَيۡنَ بَنِيٓ إِسۡرَٰٓءِيلَ وَلَمۡ تَرۡقُبۡ قَوۡلِي

    Open ayah 20:94

    हारूनले उत्तर दिए– “हे मेरा आमाकाे छाेरा ! मेरो दाह्री नसमात्नू र न मेरो टाउको(को कपाल) नै तान्नू । मलाई, तिमीले इस्राईलका सन्तानहरूबीच विभेद उत्पन्न गर्यौ र मेरो कुराको वास्ता गरेनौ भनेर भन्छौ भन्ने पीर पर्यो ।”

  95. قَالَ فَمَا خَطۡبُكَ يَٰسَٰمِرِيُّ

    Open ayah 20:95

    मूसाले भने– “हे सामेरी ! के छ तिम्रो मामिला ?”

  96. قَالَ بَصُرۡتُ بِمَا لَمۡ يَبۡصُرُواْ بِهِۦ فَقَبَضۡتُ قَبۡضَةٗ مِّنۡ أَثَرِ ٱلرَّسُولِ فَنَبَذۡتُهَا وَكَذَٰلِكَ سَوَّلَتۡ لِي نَفۡسِي

    Open ayah 20:96

    उसले भन्यो– “मलाई त्यो चिज देखा पर्यो जुन तिनीहरूलाई देखा परेन । अतः मैले ईशदूतको केही हदसम्म अनुशरण गरें फेरि छोडिदिएँ । मेरो मन मस्तिष्कले मलाई यही नै सुझायो ।

  97. قَالَ فَٱذۡهَبۡ فَإِنَّ لَكَ فِي ٱلۡحَيَوٰةِ أَن تَقُولَ لَا مِسَاسَۖ وَإِنَّ لَكَ مَوۡعِدٗا لَّن تُخۡلَفَهُۥۖ وَٱنظُرۡ إِلَىٰٓ إِلَٰهِكَ ٱلَّذِي ظَلۡتَ عَلَيۡهِ عَاكِفٗاۖ لَّنُحَرِّقَنَّهُۥ ثُمَّ لَنَنسِفَنَّهُۥ فِي ٱلۡيَمِّ نَسۡفًا

    Open ayah 20:97

    मूसाले भने– “तिमी गइहाल; तिम्रो सजायँ यो हो कि अब तिमीले जीवनभरि मलाई नछुनू” [ ] भनिरहनु पर्नेछ । र, (यसबाहेक परलोकको यातनाको पनि) वचन रहेको छ जुन कदापि टर्नेछैन । र, यो तिम्रो ईश्वर जसप्रति यो पागल थियौ, हामी त्यसलाई जलाउनेछौं अनि समुद्रमा सर्वत्र फ्याँकिदिनेछौं ।

  98. إِنَّمَآ إِلَٰهُكُمُ ٱللَّهُ ٱلَّذِي لَآ إِلَٰهَ إِلَّا هُوَۚ وَسِعَ كُلَّ شَيۡءٍ عِلۡمٗا

    Open ayah 20:98

    वास्तवमा तिमीहरू सबैका ईश्वर अल्लाह नै हुन् । उनीबाहेक अन्य कोही पूज्य छैन । उनले हरेक चिजलाइअाफ्नाे ज्ञानकाे परिधिमा लिएका छन् ।”

  99. كَذَٰلِكَ نَقُصُّ عَلَيۡكَ مِنۡ أَنۢبَآءِ مَا قَدۡ سَبَقَۚ وَقَدۡ ءَاتَيۡنَٰكَ مِن لَّدُنَّا ذِكۡرٗا

    Open ayah 20:99

    हे सन्देष्टा ! यसरी तिमीलाई पहिले बितेका वृत्तान्त सुनाउँदैछौं र हामीले तिमीलाई उपदेश (ग्रन्थ) प्रदान गरिसकेका छौं ।

  100. مَّنۡ أَعۡرَضَ عَنۡهُ فَإِنَّهُۥ يَحۡمِلُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وِزۡرًا 

    Open ayah 20:100

    जो त्यसबाट विमुख हुन्छ उसले अवश्य नै महाप्रलयको दिन भारी बोकेको हुनेछ ।

  101. خَٰلِدِينَ فِيهِۖ وَسَآءَ لَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ حِمۡلٗا 

    Open ayah 20:101

    त्यसमा सदाकोलागि ग्रस्त हुनेछन्, र महाप्रलयको दिन तिनीहरूकोलागि यो भार अति दुखद हुनेछ ।

  102. يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِۚ وَنَحۡشُرُ ٱلۡمُجۡرِمِينَ يَوۡمَئِذٖ زُرۡقٗا 

    Open ayah 20:102

    जुन दिन सूर फुंकिनेछ र हामी अपराधीहरूलाई यस्तो अवस्थामा एकतृत गर्नेछौं कि तिनीहरूका आँखाहरू नीला भएका हुनेछन् ।

  103. يَتَخَٰفَتُونَ بَيۡنَهُمۡ إِن لَّبِثۡتُمۡ إِلَّا عَشۡرٗا 

    Open ayah 20:103

    तिनीहरू परस्पर कानेखुसी गर्नेछन् कि हामीले संसारमा केवल दस दिन बिताएका छौं ।

  104. نَّحۡنُ أَعۡلَمُ بِمَا يَقُولُونَ إِذۡ يَقُولُ أَمۡثَلُهُمۡ طَرِيقَةً إِن لَّبِثۡتُمۡ إِلَّا يَوۡمٗا 

    Open ayah 20:104

    यिनीहरू जुन कुरा गर्दैछन् त्यसको वास्तविकताबाट हामी अवगत छौं । त्यतिखेर तिनीहरूमध्ये बढी सावधान रहने व्यक्तिले भन्नेछ– तिमीहरूले एकदिन मात्र बिताएका छौ ।

  105. وَيَسۡـَٔلُونَكَ عَنِ ٱلۡجِبَالِ فَقُلۡ يَنسِفُهَا رَبِّي نَسۡفٗا 

    Open ayah 20:105

    हे सन्देष्टा तिनीहरू तिमीसँग पहाडको बारेमा प्रश्न गर्नेछन् । भनिदेऊ– “त्यसलाई मेरा पालनकर्ताले धुलाे जस्ताे बनाएर उडाइदिनेछन् ।

  106. فَيَذَرُهَا قَاعٗا صَفۡصَفٗا 

    Open ayah 20:106

    र, पृथ्वीलाई उनले समतल खुल्ला मैदान बनाएर छोड्नेछन्।

  107. لَّا تَرَىٰ فِيهَا عِوَجٗا وَلَآ أَمۡتٗا 

    Open ayah 20:107

    जसमा न तिमीले कुनै मोड देख्नेछौ न उकालो ओरालो नै ।”

  108. يَوۡمَئِذٖ يَتَّبِعُونَ ٱلدَّاعِيَ لَا عِوَجَ لَهُۥۖ وَخَشَعَتِ ٱلۡأَصۡوَاتُ لِلرَّحۡمَٰنِ فَلَا تَسۡمَعُ إِلَّا هَمۡسٗا 

    Open ayah 20:108

    त्यो दिन सबैले एउटा पुकार्नेवालाको अनुसरण गर्नेछन् । कसैले पनि अलिकति पनि कुटिलता देखाउन सक्नेछैन । करुणामय (अल्लाह) का सामु आवाजहरू दब्नेछन् र तिमीले खुसखुसे आवाजबाहेक अरू केही पनि सुन्ने छैनौं ।

  109. يَوۡمَئِذٖ لَّا تَنفَعُ ٱلشَّفَٰعَةُ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَرَضِيَ لَهُۥ قَوۡلٗا 

    Open ayah 20:109

    त्यो दिन कसैको पनि सिफारिश काम लाग्ने छैन, सिवाय त्यस व्यक्तिको जसलाई करुणामय (अल्लाह) ले अनुमति दिनेछन् र जसका कुरालाई उनले मन पराउनेछन् ।

  110. يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَلَا يُحِيطُونَ بِهِۦ عِلۡمٗا 

    Open ayah 20:110

    उनी मानिसहरूका अघि तथा पछिका सम्पूर्ण कुराहरू जान्दछन् । तर, तिनीहरूलाई अल्लाहका बारेमा पूर्ण ज्ञान भने छैन ।

  111. ۞وَعَنَتِ ٱلۡوُجُوهُ لِلۡحَيِّ ٱلۡقَيُّومِۖ وَقَدۡ خَابَ مَنۡ حَمَلَ ظُلۡمٗا

    Open ayah 20:111

    (सबैका) मुहारहरू ती जीवन्त तथा कायम रहने अल्लाह) समक्ष झुक्नेछन् । (त्यतिबेला) अत्याचार बोकेर आउनेहरू असफल हुनेछन् ।

  112. وَمَن يَعۡمَلۡ مِنَ ٱلصَّٰلِحَٰتِ وَهُوَ مُؤۡمِنٞ فَلَا يَخَافُ ظُلۡمٗا وَلَا هَضۡمٗا

    Open ayah 20:112

    ईमान ल्याएर सत्कर्म गरेका व्यक्तिलाई न अन्यायको भय हुनेछ न कुनै हानिको डर नै ।

  113. وَكَذَٰلِكَ أَنزَلۡنَٰهُ قُرۡءَانًا عَرَبِيّٗا وَصَرَّفۡنَا فِيهِ مِنَ ٱلۡوَعِيدِ لَعَلَّهُمۡ يَتَّقُونَ أَوۡ يُحۡدِثُ لَهُمۡ ذِكۡرٗا

    Open ayah 20:113

    अनि, हे सन्देष्टा ! यस प्रकार हामीले तिमीमाथि अरबी कुरआन अवतरण गर्यौ [ ] र त्यसमा विभिन्न प्रकारका चेतावनीहरूको वर्णन गर्यौं ताकि तिनीहरूले ईशभय राखुन् वा अल्लाहले तिनीहरूमा समझदारी उत्पन्न गरून् ।

  114. فَتَعَٰلَى ٱللَّهُ ٱلۡمَلِكُ ٱلۡحَقُّۗ وَلَا تَعۡجَلۡ بِٱلۡقُرۡءَانِ مِن قَبۡلِ أَن يُقۡضَىٰٓ إِلَيۡكَ وَحۡيُهُۥۖ وَقُل رَّبِّ زِدۡنِي عِلۡمٗا

    Open ayah 20:114

    सर्वोच्च छन् अल्लाह वास्तविक सम्राट । अनि तिमीमाथि अवतरण भइरहेको कुरआनको प्रकाशना समाप्त गरिनुअघि कुरआन पाठमा हतार नगर र प्रार्थना गर– “हे मेरा रब ! मेरो ज्ञानमा बृद्धि गर ।”

  115. وَلَقَدۡ عَهِدۡنَآ إِلَىٰٓ ءَادَمَ مِن قَبۡلُ فَنَسِيَ وَلَمۡ نَجِدۡ لَهُۥ عَزۡمٗا

    Open ayah 20:115

    अनि, यसअघि हामीले आदमलाई एउटा आदेश दिएका थियौं तर उनले बिर्सिए र हामीले उनमा दृढसङ्कल्प पाएनौं ।

  116. وَإِذۡ قُلۡنَا لِلۡمَلَٰٓئِكَةِ ٱسۡجُدُواْ لِأٓدَمَ فَسَجَدُوٓاْ إِلَّآ إِبۡلِيسَ أَبَىٰ

    Open ayah 20:116

    र, स्मरण गर त्यस समयलाई जब हामीले फरिश्ताहरूलाई भन्यौं– “आदमसामु सज्दा गर ।” तब इब्लीसबाहेक सबैले सज्दा गरे तर उसले इन्कार गर्यो ।

  117. فَقُلۡنَا يَٰٓـَٔادَمُ إِنَّ هَٰذَا عَدُوّٞ لَّكَ وَلِزَوۡجِكَ فَلَا يُخۡرِجَنَّكُمَا مِنَ ٱلۡجَنَّةِ فَتَشۡقَىٰٓ

    Open ayah 20:117

    अनि हामीले भन्यौँ– “हे आदम ! यो तिम्रो र तिम्री पत्नीको शत्रु हो । उसले तिमीहरूलाई स्वर्गबाट ननिकालोस् अन्यथा तिमी अभागी हुनेछौ ।

  118. إِنَّ لَكَ أَلَّا تَجُوعَ فِيهَا وَلَا تَعۡرَىٰ

    Open ayah 20:118

    यहाँ तिम्रो लागि यो सुविधा छ कि न तिमी भोको रहनेछौ न नाङ्गो नै ।

  119. وَأَنَّكَ لَا تَظۡمَؤُاْ فِيهَا وَلَا تَضۡحَىٰ

    Open ayah 20:119

    र, तिमीलाई तिर्खा तथा घामले पनि सताउने छैन ।”

  120. فَوَسۡوَسَ إِلَيۡهِ ٱلشَّيۡطَٰنُ قَالَ يَٰٓـَٔادَمُ هَلۡ أَدُلُّكَ عَلَىٰ شَجَرَةِ ٱلۡخُلۡدِ وَمُلۡكٖ لَّا يَبۡلَىٰ 

    Open ayah 20:120

    अनि शैतानले उनलाई बहकायो र भन्यो– “हे आदम ! के म तिमीलाई अमरताको वृक्षतर्फ निर्देशित गरौं अनि त्यस राज्यको जुन क्षीण हुनेछैन ।”

  121. فَأَكَلَا مِنۡهَا فَبَدَتۡ لَهُمَا سَوۡءَٰتُهُمَا وَطَفِقَا يَخۡصِفَانِ عَلَيۡهِمَا مِن وَرَقِ ٱلۡجَنَّةِۚ وَعَصَىٰٓ ءَادَمُ رَبَّهُۥ فَغَوَىٰ

    Open ayah 20:121

    अतः दुवैले त्यसबाट केही खाए । अनि तुरुन्तै तिनका गुप्ताङ्गहरू तिनीहरूसामु खुल्न गए र दुवैले स्वयंलाई स्वर्गका पातहरूले ढाक्न थाले । आदमले आफ्ना पालनकर्ताको अवज्ञा गरे अनि सीधामार्गबाट टाढिन पुगे ।

  122. ثُمَّ ٱجۡتَبَٰهُ رَبُّهُۥ فَتَابَ عَلَيۡهِ وَهَدَىٰ

    Open ayah 20:122

    फेरि उनका पालनकर्ताले उनलाई चयन गरे; उनको प्रायश्चित स्वीकार गरे र उनलाई सीधामार्ग देखाए ।

  123. قَالَ ٱهۡبِطَا مِنۡهَا جَمِيعَۢاۖ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ فَإِمَّا يَأۡتِيَنَّكُم مِّنِّي هُدٗى فَمَنِ ٱتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشۡقَىٰ

    Open ayah 20:123

    अल्लाहले आदेश दिए– “तिमीहरू दुवै यहाँ (स्वर्ग) बाट ओर्लिहाल । तिमीहरू एकअर्काका शत्रु हौ । मेरो तर्फबाट तिमीहरूकानिम्ति मार्गदर्शन पुग्दा जसले मेरो मार्गदर्शनको अनुसरण गर्नेछ ऊ न पथभ्रष्ट हुनेछ न अभागी नै ।

  124. وَمَنۡ أَعۡرَضَ عَن ذِكۡرِي فَإِنَّ لَهُۥ مَعِيشَةٗ ضَنكٗا وَنَحۡشُرُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ أَعۡمَىٰ

    Open ayah 20:124

    र, जो मेरो स्मरणबाट विमुख हुन्छ उसको जीवन सङ्कीर्ण हुनेछ र महाप्रलयको दिन हामीले उसलाई अन्धो बनाएर उठाउनेछौं ।”

  125. قَالَ رَبِّ لِمَ حَشَرۡتَنِيٓ أَعۡمَىٰ وَقَدۡ كُنتُ بَصِيرٗا

    Open ayah 20:125

    उसले भन्नेछ– “हे मेरा पालनकर्ता ! मलाई तिमीले अन्धो पारेर किन उठायौ जबकि म पहिले दृष्टिवान थिएँ ।”

  126. قَالَ كَذَٰلِكَ أَتَتۡكَ ءَايَٰتُنَا فَنَسِيتَهَاۖ وَكَذَٰلِكَ ٱلۡيَوۡمَ تُنسَىٰ

    Open ayah 20:126

    अल्लाहले जवाफ दिनेछन्– “यस्तै हुनुपर्ने थियो । तिमीले आफूसमक्ष आएका मेरा आयतहरूलाई जसरी बिर्सिदिएका थियौ त्यसरी नै आज तिमीलाई पनि बिर्साइनेछ ।

  127. وَكَذَٰلِكَ نَجۡزِي مَنۡ أَسۡرَفَ وَلَمۡ يُؤۡمِنۢ بِـَٔايَٰتِ رَبِّهِۦۚ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَشَدُّ وَأَبۡقَىٰٓ

    Open ayah 20:127

    र, हामी सीमा उल्लङ्घनकारी तथा आफ्ना रबका आयतहरूमाथि ईमान नल्याउने व्यक्तिलाई यसरी नै बदला दिने गर्छौं अनि परलोकको यातना त त्योभन्दा झन् कठोर एवम् चिरस्थायी हुनेछ ।

  128. أَفَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّأُوْلِي ٱلنُّهَىٰ

    Open ayah 20:128

    के तिनीहरूलाई यस कुराले पनि सही बाटो देखाएन कि हामीले तिनीहरूभन्दा पहिले कति यस्ता समुदायहरूलाई नष्ट पारिसकेका छौं जसका निवासस्थानहरूमा यिनीहरू हिँडडुल गरिरहेका छन् । निस्सन्देह यसमा बुद्धिमान्हरूकालागि धेरै निशानीहरू छन् ।

  129. وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَكَانَ لِزَامٗا وَأَجَلٞ مُّسَمّٗى

    Open ayah 20:129

    र, यदि तिम्रा पालनकर्ताको तर्फबाट एउटा कुरा पहिले नै निश्चित नभएको भए अनि निश्चित म्याद पहिले नै नतोकिएको भए अवश्य अहिले नै प्रकोप आइलाग्ने थियो ।

  130. فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ غُرُوبِهَاۖ وَمِنۡ ءَانَآيِٕ ٱلَّيۡلِ فَسَبِّحۡ وَأَطۡرَافَ ٱلنَّهَارِ لَعَلَّكَ تَرۡضَىٰ 

    Open ayah 20:130

    अतः हे सन्देष्टा ! तिनीहरूले भनेका कुराप्रति धैर्यधारण गर र सूर्योदयअघि तथा सूर्यास्तभन्दा पहिले आफ्ना पालनकर्ताको प्रशंसासाथ महिमागान गर्ने गर र रातका विभिन्न पहरहरूमा तथा दिनका विभिन्न भागहरूमा पनि महिमागान गर ताकि तिमीलाई प्रसन्नता प्राप्त होस् ।

  131. وَلَا تَمُدَّنَّ عَيۡنَيۡكَ إِلَىٰ مَا مَتَّعۡنَا بِهِۦٓ أَزۡوَٰجٗا مِّنۡهُمۡ زَهۡرَةَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا لِنَفۡتِنَهُمۡ فِيهِۚ وَرِزۡقُ رَبِّكَ خَيۡرٞ وَأَبۡقَىٰ

    Open ayah 20:131

    र, तिमी सांसारिक जीवनका ती वैभवहरूतर्फ कदापि दृष्टि न पार जुन हामीले विभिन्न प्रकारका मानिसहरूलाई दिइराखेकाछौं । ताकि हामी त्यसद्वारा तिनीहरूको परीक्षा लिऔं । र, तिम्रा पालनकर्ताले प्रदान गरेको जीविका नै सर्वोत्तम तथा दीर्घकालीन रहेको छ ।

  132. وَأۡمُرۡ أَهۡلَكَ بِٱلصَّلَوٰةِ وَٱصۡطَبِرۡ عَلَيۡهَاۖ لَا نَسۡـَٔلُكَ رِزۡقٗاۖ نَّحۡنُ نَرۡزُقُكَۗ وَٱلۡعَٰقِبَةُ لِلتَّقۡوَىٰ

    Open ayah 20:132

    अनि, आफ्नो घर परिवारलाई नमाजको हुकुम देऊ र स्वयं पनि त्यसमा कायम होऊ । हामी तिमीसित जीविका माग्दैनौं । हामी नै तिमीलाई जीविका प्रदान गर्छौं र राम्रो परिणाम त धर्मनिष्ठकैलागि रहेको छ ।

  133. وَقَالُواْ لَوۡلَا يَأۡتِينَا بِـَٔايَةٖ مِّن رَّبِّهِۦٓۚ أَوَلَمۡ تَأۡتِهِم بَيِّنَةُ مَا فِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ

    Open ayah 20:133

    र, तिनीहरू भन्छन्– “यसले आफ्ना पालनकर्ताको तर्फबाट हामीकहाँ कुनै निशानी (चमत्कार) किन ल्याउँदैन ?” के तिनीहरूसमक्ष पहिलेका ग्रन्थहरूमा स्पष्ट प्रमाणहरू आएका छैनन् ?

  134. وَلَوۡ أَنَّآ أَهۡلَكۡنَٰهُم بِعَذَابٖ مِّن قَبۡلِهِۦ لَقَالُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولٗا فَنَتَّبِعَ ءَايَٰتِكَ مِن قَبۡلِ أَن نَّذِلَّ وَنَخۡزَىٰ

    Open ayah 20:134

    र, हामीले तिनीहरूलाई यस (अन्तिम सन्देष्टा) अघि नै कुनै प्रकोपद्वारा नष्ट पारेको भए तिनीहरूले भन्ने थिए– “हे हाम्रा पालनकर्ता तिमीले हामीसमक्ष कुनै रसूल किन पठाएनौ ताकि हामी अपमानित तथा तिरस्कृत हुनुअघि नै तिम्रा आदेशहरूको अनुसरण गर्ने थियौं ?”

  135. قُلۡ كُلّٞ مُّتَرَبِّصٞ فَتَرَبَّصُواْۖ فَسَتَعۡلَمُونَ مَنۡ أَصۡحَٰبُ ٱلصِّرَٰطِ ٱلسَّوِيِّ وَمَنِ ٱهۡتَدَىٰ

    Open ayah 20:135

    भनिदेऊ– “हरेक व्यक्ति (परिणामको) प्रतीक्षामा छ । अनि तिमीहरू पनि प्रतीक्षा गर । सीधामार्गवाला को हुन् र कसले चाहेको गन्तव्य प्राप्त गरिसकेका छन् भन्ने कुरा चाँडै नै थाहा पाउनेछौ ।