الأنبياء
Al-Anbiyaa
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
ٱقۡتَرَبَ لِلنَّاسِ حِسَابُهُمۡ وَهُمۡ فِي غَفۡلَةٖ مُّعۡرِضُونَ
Open ayah 21:1निकट आइसकेको छ मानिसहरूको हिसाबको समय तैपनि तिनीहरू असावधानीमा रही विमुख भइरहेकाछन् ।
مَا يَأۡتِيهِم مِّن ذِكۡرٖ مِّن رَّبِّهِم مُّحۡدَثٍ إِلَّا ٱسۡتَمَعُوهُ وَهُمۡ يَلۡعَبُونَ
Open ayah 21:2तिनीहरूसमक्ष तिनीहरूका पालनकर्ताको तर्फबाट कुनै पनि नयाँ उपदेश आउँदा तिनीहरू त्यसलाई खेलै खेलमा सुन्दछन् ।
لَاهِيَةٗ قُلُوبُهُمۡۗ وَأَسَرُّواْ ٱلنَّجۡوَى ٱلَّذِينَ ظَلَمُواْ هَلۡ هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡۖ أَفَتَأۡتُونَ ٱلسِّحۡرَ وَأَنتُمۡ تُبۡصِرُونَ
Open ayah 21:3तिनीहरूका मन अन्यत्र छन्, र अत्याचारीहरू आपसमा यो गोप्य प्रामर्श गर्छन् कि यो व्यक्ति केवल तिमीहरू जस्तै मानिस हो । अनि के जान्दाजान्दै पनि तिमीहरू उसको जादूमा फस्दछौ ?
قَالَ رَبِّي يَعۡلَمُ ٱلۡقَوۡلَ فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 21:4सन्देष्टाले भने– “मेरा पालनकर्ता आकाश तथा धर्तीमा गरिने प्रत्येक कुरा जान्दछन् र उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
بَلۡ قَالُوٓاْ أَضۡغَٰثُ أَحۡلَٰمِۭ بَلِ ٱفۡتَرَىٰهُ بَلۡ هُوَ شَاعِرٞ فَلۡيَأۡتِنَا بِـَٔايَةٖ كَمَآ أُرۡسِلَ ٱلۡأَوَّلُونَ
Open ayah 21:5(यति मात्र होइन) बरु अत्याचारीहरू भन्छन्, “यी छयास्मिसे सपनाहरू मात्र हुन्, बरु यो उसैको मनगढन्ते कुरा हो । बरु यो व्यक्ति एउटा कवि हो । अन्यथा यसले हामीसामु यस्तो कुनै निशानी ल्याओस् जस्तो पहिलेका सन्देष्टाहरू पठाइएका थिए ।
مَآ ءَامَنَتۡ قَبۡلَهُم مِّن قَرۡيَةٍ أَهۡلَكۡنَٰهَآۖ أَفَهُمۡ يُؤۡمِنُونَ
Open ayah 21:6तिनीहरूभन्दा पहिले जुन नगरहरूलाई हामीले विनाश गर्यौं तिनीहरूले ईमान ल्याएका थिएनन् । अनि के यिनीहरूले इमान ल्याउलान् त ?
وَمَآ أَرۡسَلۡنَا قَبۡلَكَ إِلَّا رِجَالٗا نُّوحِيٓ إِلَيۡهِمۡۖ فَسۡـَٔلُوٓاْ أَهۡلَ ٱلذِّكۡرِ إِن كُنتُمۡ لَا تَعۡلَمُونَ
Open ayah 21:7र, ((हे मुहम्मद स.!) हामीले तिमीभन्दा पहिले केवल यस्ता पुरुषलाई सन्देष्टा बनाएर पठाएका थियौं जसमाथि हामी वह्य (प्रकाशना) गर्ने गर्थ्यौं । तिमीहरूलाई यसको ज्ञान छैन भने अह्ले–किताबहरूसँग सोध ।
وَمَا جَعَلۡنَٰهُمۡ جَسَدٗا لَّا يَأۡكُلُونَ ٱلطَّعَامَ وَمَا كَانُواْ خَٰلِدِينَ
Open ayah 21:8अनि, हामीले तिनीहरूलाई यस्तो शरीर बनाएका थिएनौं कि उनीहरू खाना नखाऊन् र उनीहरू सदाकालागि जीवित रहुन् ।
ثُمَّ صَدَقۡنَٰهُمُ ٱلۡوَعۡدَ فَأَنجَيۡنَٰهُمۡ وَمَن نَّشَآءُ وَأَهۡلَكۡنَا ٱلۡمُسۡرِفِينَ
Open ayah 21:9फेरि, हामीले उनीहरूसित गरेको वाचा पूरा गर्यौं, अनि उनीहरू र हामीले चाहेका व्यक्तिहरूलाई बचायौं, तथा सीमा उल्लङ्घनकारी व्यक्तिहरूलाई नष्ट पार्यौं ।
لَقَدۡ أَنزَلۡنَآ إِلَيۡكُمۡ كِتَٰبٗا فِيهِ ذِكۡرُكُمۡۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 21:10हे मानव हो ! हामीले तिमीहरूतर्फ यस्ता ग्रन्थ अवतरण गरेका छौं जसमा तिमीहरूलाई उपदेश छ । के तिमीहरू बुद्धिले काम लिदैनौं ?
وَكَمۡ قَصَمۡنَا مِن قَرۡيَةٖ كَانَتۡ ظَالِمَةٗ وَأَنشَأۡنَا بَعۡدَهَا قَوۡمًا ءَاخَرِينَ
Open ayah 21:11अनि, कतिपय अत्याचारी नगरहरूलाई हामीले पूर्ण रूपमा ध्वस्त पारिदियौं र तिनीहरूपछि अन्य जातिलाई खडा गर्यौं ।
فَلَمَّآ أَحَسُّواْ بَأۡسَنَآ إِذَا هُم مِّنۡهَا يَرۡكُضُونَ
Open ayah 21:12र, जब तिनीहरूले हाम्रो प्रकोपलाई महसुस गरे तब त्यसबाट भाग्न थाले ।
لَا تَرۡكُضُواْ وَٱرۡجِعُوٓاْ إِلَىٰ مَآ أُتۡرِفۡتُمۡ فِيهِ وَمَسَٰكِنِكُمۡ لَعَلَّكُمۡ تُسۡـَٔلُونَ
Open ayah 21:13(भनियो) नभाग; बरु फर्क आफूले भोगेका सुख–सामग्रीतर्फ, र आफ्नै घरहरूतर्फ ताकि तिमीहरूसित प्रश्न गरियोस् ।
قَالُواْ يَٰوَيۡلَنَآ إِنَّا كُنَّا ظَٰلِمِينَ
Open ayah 21:14तिनीहरूले भने– “हाय हाम्रो दुर्भाग्य ! वास्तवमा हामी अत्याचारी थियौं ।
فَمَا زَالَت تِّلۡكَ دَعۡوَىٰهُمۡ حَتَّىٰ جَعَلۡنَٰهُمۡ حَصِيدًا خَٰمِدِينَ
Open ayah 21:15तिनीहरूले यही भनिरहे यहाँसम्म कि हामीले तिनीहरूलाई काटिएका (बाली) र निभेको आगो (झैं) बनाइदियौं ।
وَمَا خَلَقۡنَا ٱلسَّمَآءَ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا لَٰعِبِينَ
Open ayah 21:16र, हामीले आकाश, पृथ्वी तथा यी दुवैबीच रहेका प्राणीहरूलाई खेलठट्टामा सृष्टि गरेका होइनौं ।
لَوۡ أَرَدۡنَآ أَن نَّتَّخِذَ لَهۡوٗا لَّٱتَّخَذۡنَٰهُ مِن لَّدُنَّآ إِن كُنَّا فَٰعِلِينَ
Open ayah 21:17यदि हामीले खेलकोलागि बनाउन चाहेको भए हामी त्यसलाई आफूकहाँ नै बनाइहाल्थ्यौं, यदि हामीले साच्चिकै यस्तो गर्नु थियो भने ।
بَلۡ نَقۡذِفُ بِٱلۡحَقِّ عَلَى ٱلۡبَٰطِلِ فَيَدۡمَغُهُۥ فَإِذَا هُوَ زَاهِقٞۚ وَلَكُمُ ٱلۡوَيۡلُ مِمَّا تَصِفُونَ
Open ayah 21:18बरु हामी नितान्त सत्यले असत्यमाथि प्रहार गर्छौं र त्यसले त्यसको टाउको फुटाइदिन्छ अनि त्यो त्यतिखेर नै समाप्त हुन्छ । विनाश छ तिमीहरूकालागि ती कुराहरूले गर्दा जुन तिमीहरू मनगढन्त रूपमा रच्ने गर्छौँ ।
وَلَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَمَنۡ عِندَهُۥ لَا يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِهِۦ وَلَا يَسۡتَحۡسِرُونَ
Open ayah 21:19आकाशहरू तथा धर्तीका सम्पूर्ण प्राणीहरू उनै अल्लाहकालागि छन् । र, उनीसमक्ष रहने (फरिश्ता) हरूले सवयंलाई ठूलो ठानेर न उनको उपासनाबाट विमुख हुन्छन्, न उनीहरू थकित नै हुन्छन् ।
يُسَبِّحُونَ ٱلَّيۡلَ وَٱلنَّهَارَ لَا يَفۡتُرُونَ
Open ayah 21:20उनीहरू रातदिन (अल्लाहको) महिमागान गर्छन्; निरुत्साहित हुँदैनन् ।
أَمِ ٱتَّخَذُوٓاْ ءَالِهَةٗ مِّنَ ٱلۡأَرۡضِ هُمۡ يُنشِرُونَ
Open ayah 21:21के तिनीहरूले धर्तीमा यस्ता पूज्यहरू बनाएका छन् जसले तिनीहरूलाई) जीवित पारेर उठाउँछन् ?
لَوۡ كَانَ فِيهِمَآ ءَالِهَةٌ إِلَّا ٱللَّهُ لَفَسَدَتَاۚ فَسُبۡحَٰنَ ٱللَّهِ رَبِّ ٱلۡعَرۡشِ عَمَّا يَصِفُونَ
Open ayah 21:22यदि आकाश एवं धर्तीमा अल्लाहबाहेक अन्य उपास्यहरू भएका भए यी दुवै अव्यवस्थित भई अस्तव्यस्त हुने थिए । अतः राजसिंहासनका स्वामी अल्लाह तिनीहरूको मनगढन्ते (बहुदेवबारे) कुराबाट पवित्र रहेका छन् ।
لَا يُسۡـَٔلُ عَمَّا يَفۡعَلُ وَهُمۡ يُسۡـَٔلُونَ
Open ayah 21:23उनले गरेको कार्यबारे सोधिने छैन बरु तिनीहरू उनीसमक्ष उत्तरदायी छन् ।
أَمِ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ ءَالِهَةٗۖ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡۖ هَٰذَا ذِكۡرُ مَن مَّعِيَ وَذِكۡرُ مَن قَبۡلِيۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ ٱلۡحَقَّۖ فَهُم مُّعۡرِضُونَ
Open ayah 21:24के तिनीहरूले अल्लाहलाई छोडी अन्यलाई पूज्य बनाएका छन् ? (हे नबी स.!) भनिदेऊ– “प्रस्तुत गर आफ्नो प्रमाण । यो हो साथीहरूको कुरा (प्रमाण) र मभन्दा पहिलेका (ईशभक्तहरू) को कुरा पनि । तर तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू सत्य जान्दैनन् । त्यसकारण तिनीहरू विमुख हुँदैछन् ।
وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِيٓ إِلَيۡهِ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّآ أَنَا۠ فَٱعۡبُدُونِ
Open ayah 21:25र, हामीले तिमीभन्दा पहिले जति पनि रसूल पठायौं उनीहरू सबैलाई यही वह्य गर्यौं कि म बाहेक अन्य कोही पूज्य छैन । अतः केवल मेरै उपासना गर ।
وَقَالُواْ ٱتَّخَذَ ٱلرَّحۡمَٰنُ وَلَدٗاۗ سُبۡحَٰنَهُۥۚ بَلۡ عِبَادٞ مُّكۡرَمُونَ
Open ayah 21:26र, तिनीहरू भन्छन्– “करुणामय (अल्लाह) ले पुत्र ग्रहण गरेका छन् ।” (होइन) उनी पवित्र छन् । बरू उनीहरू त अल्लाहका प्रतिष्ठित भक्त हुन् ।
لَا يَسۡبِقُونَهُۥ بِٱلۡقَوۡلِ وَهُم بِأَمۡرِهِۦ يَعۡمَلُونَ
Open ayah 21:27तिनीहरू कुरामा उनीभन्दा अगाडि जाँदैनन् र उनीहरू उनकै आदेशको पालना गर्छन् ।
يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَلَا يَشۡفَعُونَ إِلَّا لِمَنِ ٱرۡتَضَىٰ وَهُم مِّنۡ خَشۡيَتِهِۦ مُشۡفِقُونَ
Open ayah 21:28अल्लाह तिनीहरूका अघि तथा पछिका सम्पूर्ण मामिलाको ज्ञान राख्दछन् र ती फरिश्ताहरू कसैको सिफारिश गर्ने छैनन्, ती व्यक्तिहरूबाहेक जसबाट अल्लाह प्रसन्न हुन्छन् । र, उनीहरू उनको भयबाट त्रसित रहन्छन् ।
۞وَمَن يَقُلۡ مِنۡهُمۡ إِنِّيٓ إِلَٰهٞ مِّن دُونِهِۦ فَذَٰلِكَ نَجۡزِيهِ جَهَنَّمَۚ كَذَٰلِكَ نَجۡزِي ٱلظَّٰلِمِينَ
Open ayah 21:29र, उनीहरूमध्ये कसैले पनि ‘‘उनीबाहेक म पनि पूज्य हुँ” भन्छ भने हामी त्यसलाई नरकको सजायँ दिनेछौं । यसरी नै हामी अत्याचारीहरूलाई सजायँ दिने गर्छौं ।
أَوَلَمۡ يَرَ ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ كَانَتَا رَتۡقٗا فَفَتَقۡنَٰهُمَاۖ وَجَعَلۡنَا مِنَ ٱلۡمَآءِ كُلَّ شَيۡءٍ حَيٍّۚ أَفَلَا يُؤۡمِنُونَ
Open ayah 21:30के काफिरहरूले यस कुरामा विचार गरेनन् कि आकाश तथा पृथ्वी परस्पर टाँसिएका थिए फेरि हामीले ती दुवैलाई अलग अलग पारिदियौं र सम्पूर्ण जीवित वस्तुलाई पानीबाट सृष्टि गर्यौं? के तिनीहरू अझै पनि आस्था राख्दैनन् ?
وَجَعَلۡنَا فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِهِمۡ وَجَعَلۡنَا فِيهَا فِجَاجٗا سُبُلٗا لَّعَلَّهُمۡ يَهۡتَدُونَ
Open ayah 21:31अनि, हामीले धर्तीमा पहाडहरू सिर्जना गर्यौं ताकि तिनीहरूलाई लिएर त्यो न ढल्कियोस् । र हामीले त्यसमा विस्तृत मार्गहरु बनायौं ताकि तिनीहरुले आफ्ना मार्गहरु पाउन सकुन् ।
وَجَعَلۡنَا ٱلسَّمَآءَ سَقۡفٗا مَّحۡفُوظٗاۖ وَهُمۡ عَنۡ ءَايَٰتِهَا مُعۡرِضُونَ
Open ayah 21:32अनि, हामीले आकाशलाई सुरक्षित छाना बनायौं तैपनि तिनीहरू संसारका निशानीहरूप्रति ध्यान दिंदैनन् ।
وَهُوَ ٱلَّذِي خَلَقَ ٱلَّيۡلَ وَٱلنَّهَارَ وَٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ فِي فَلَكٖ يَسۡبَحُونَ
Open ayah 21:33अनि, उनै हुन् जसले रात, दिन र सूर्य एवम् चन्द्रमालाई सृष्टि गरे । प्रत्येक आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका छन् ।
وَمَا جَعَلۡنَا لِبَشَرٖ مِّن قَبۡلِكَ ٱلۡخُلۡدَۖ أَفَإِيْن مِّتَّ فَهُمُ ٱلۡخَٰلِدُونَ
Open ayah 21:34र, (हे सन्देष्टा !) हामीले कसैलाई पनि तिमीभन्दा पहिले अमरत्व प्रदान गरेनौं । अनि तिमी मर्यौ भने के तिनीहरू चाहिँ सदा जीवित रहनेछन् त ?
كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۗ وَنَبۡلُوكُم بِٱلشَّرِّ وَٱلۡخَيۡرِ فِتۡنَةٗۖ وَإِلَيۡنَا تُرۡجَعُونَ
Open ayah 21:35प्रत्येक जीवले मृत्युको स्वाद चाख्ने नै छ । र, हामी राम्रा र नराम्रो अवस्थाहरूमा राखेर तिमीहरूलाई जाँच्नेछौं । र, तिमीहरू हामीतर्फ नै फर्केर आउनुछ ।
وَإِذَا رَءَاكَ ٱلَّذِينَ كَفَرُوٓاْ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا ٱلَّذِي يَذۡكُرُ ءَالِهَتَكُمۡ وَهُم بِذِكۡرِ ٱلرَّحۡمَٰنِ هُمۡ كَٰفِرُونَ
Open ayah 21:36अनि, यी काफिरहरूले तिमीलाई जहिले देखे पनि तिम्रो खिल्ली नै उडाउँछन् र भन्छन्–के यही त्यो व्यक्ति हो जसले हाम्रा ईश्वरहरूको वर्णन (नराम्रो तरीकाले) गर्ने गर्छ ? जबकि यिनीहरू स्वयं करुणामय (अल्लाह) को जपलाई अस्वीकार गर्छन् ।
خُلِقَ ٱلۡإِنسَٰنُ مِنۡ عَجَلٖۚ سَأُوْرِيكُمۡ ءَايَٰتِي فَلَا تَسۡتَعۡجِلُونِ
Open ayah 21:37मानिस जन्मजातै हतारिने हो । तिमीहरूलाई चाँडै नै आफ्ना निशानीहरू देखाउनेछु । तसर्थ तिमीहरू मसित हतार नगर ।
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 21:38अनि, तिनीहरू भन्छन्– “यदि तिमी सच्चा हौ भने बताऊ त्यो वाचा कहिले पूरा हुनेछ ?”
لَوۡ يَعۡلَمُ ٱلَّذِينَ كَفَرُواْ حِينَ لَا يَكُفُّونَ عَن وُجُوهِهِمُ ٱلنَّارَ وَلَا عَن ظُهُورِهِمۡ وَلَا هُمۡ يُنصَرُونَ
Open ayah 21:39यदि काफिरहरू जान्ने भए भने त्यस समयमा तिनीहरूले न आफ्ना अनुहार तथा पिठ्यूँहरूबाट (नरकको) अग्निलाई हटाउन सक्नेछन् र न तिनीहरूलाई कुनै सहयोग नै प्राप्त हुनेछन् ।
بَلۡ تَأۡتِيهِم بَغۡتَةٗ فَتَبۡهَتُهُمۡ فَلَا يَسۡتَطِيعُونَ رَدَّهَا وَلَا هُمۡ يُنظَرُونَ
Open ayah 21:40बरु त्यो (वाचाको) समय तिनीहरूसमक्ष अकस्मात् आउनेछ र तिनीहरूलाई आश्चर्यचकित तुल्याउनेछ अनि न तिनीहरू त्यसलाई पन्छाउन सक्नेछन् न तिनीहरूलाई कुनै अवसर नै प्राप्त हुनेछ ।
وَلَقَدِ ٱسۡتُهۡزِئَ بِرُسُلٖ مِّن قَبۡلِكَ فَحَاقَ بِٱلَّذِينَ سَخِرُواْ مِنۡهُم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
Open ayah 21:41तिमीभन्दा पहिलेका रसूलहरूको पनि खिल्ली उडाइएको थियो तर ठट्टा गर्नेहरूलाई त्यसै (प्रकोप) ले घेर्यो जसको तिनीहरू ठट्टा गर्ने गर्थे ।
قُلۡ مَن يَكۡلَؤُكُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ مِنَ ٱلرَّحۡمَٰنِۚ بَلۡ هُمۡ عَن ذِكۡرِ رَبِّهِم مُّعۡرِضُونَ
Open ayah 21:42भनिदेऊ– “करुणामय (अल्लाह) बाट तिमीहरूलाई रात तथा दिनको समयमा कसले बचाउन सक्छ ?” तर तिनीहरू आफ्ना पालनकर्ताकै जपबाट विमुख भइरहेकाछन् ।
أَمۡ لَهُمۡ ءَالِهَةٞ تَمۡنَعُهُم مِّن دُونِنَاۚ لَا يَسۡتَطِيعُونَ نَصۡرَ أَنفُسِهِمۡ وَلَا هُم مِّنَّا يُصۡحَبُونَ
Open ayah 21:43के तिनीहरूका कुनै यस्ता पूज्यहरू छन् जसले तिनीहरूलाई हामीबाट बचाउन सकून् ? तिनीहरू न स्वयंलाई सहयोग गर्न सक्छन् र न तिनीहरूलाई हामी बिरूद्ध समर्थन नै प्राप्त हुनेछ ।
بَلۡ مَتَّعۡنَا هَٰٓؤُلَآءِ وَءَابَآءَهُمۡ حَتَّىٰ طَالَ عَلَيۡهِمُ ٱلۡعُمُرُۗ أَفَلَا يَرَوۡنَ أَنَّا نَأۡتِي ٱلۡأَرۡضَ نَنقُصُهَا مِنۡ أَطۡرَافِهَآۚ أَفَهُمُ ٱلۡغَٰلِبُونَ
Open ayah 21:44बरु हामीले तिनीहरूलाई र तिनका पूर्वजहरूलाई जीविकोपार्जनकालागि सामग्री प्रदान गर्यौं यहाँसम्म कि तिनीहरूको लामो अवधि बितिसक्यो । के तै पनि तिनीहरू देख्दैनन् कि हामीले धर्तीलाई विभिन्न दिशाबाट घटाउँदै लगेकाछौं ? अनि के तिनीहरू विजयी हुन सक्लान् त ?
قُلۡ إِنَّمَآ أُنذِرُكُم بِٱلۡوَحۡيِۚ وَلَا يَسۡمَعُ ٱلصُّمُّ ٱلدُّعَآءَ إِذَا مَا يُنذَرُونَ
Open ayah 21:45भनिदेऊ– “म वह्यद्वारा तिमीहरूलाई सावधान गरिरहेको छु तर बहिराहरू चाहिँ सावधान गरिँदा पनि कुरा सुन्दैनन् ।
وَلَئِن مَّسَّتۡهُمۡ نَفۡحَةٞ مِّنۡ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَٰوَيۡلَنَآ إِنَّا كُنَّا ظَٰلِمِينَ
Open ayah 21:46अनि, यदि तिनीहरूलाई तिम्रा पालनकर्ताको प्रकोपले अलिकति पनि छोयो भने तिनीहरू चिच्याउँछन् “हाय हाम्रो दुर्भाग्य ! हामी वास्तवमा नै दोषी थियौं ।”
وَنَضَعُ ٱلۡمَوَٰزِينَ ٱلۡقِسۡطَ لِيَوۡمِ ٱلۡقِيَٰمَةِ فَلَا تُظۡلَمُ نَفۡسٞ شَيۡـٔٗاۖ وَإِن كَانَ مِثۡقَالَ حَبَّةٖ مِّنۡ خَرۡدَلٍ أَتَيۡنَا بِهَاۗ وَكَفَىٰ بِنَا حَٰسِبِينَ
Open ayah 21:47र, महाप्रलयको दिन हामी ठीकसंग जोख्ने तराजु राखिदिनेछौं । अनि कसैमाथि अलिकति पनि अन्याय हुने छैन । र, एउटा रायोको दाना बराबर (कर्म) भए पनि हामी त्यसलाई ल्याउनेछौं । र, हिसाब लिनकालागि हामी पर्याप्त छौं ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَىٰ وَهَٰرُونَ ٱلۡفُرۡقَانَ وَضِيَآءٗ وَذِكۡرٗا لِّلۡمُتَّقِينَ
Open ayah 21:48र, हामीले मूसा तथा हारुन लाई कसौटी, ज्योति र उपदेश प्रदान गरेका थियौं ती ईशभय राख्ने व्यक्तिहरूकानिम्ति।
ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ وَهُم مِّنَ ٱلسَّاعَةِ مُشۡفِقُونَ
Open ayah 21:49जो आफ्ना पालनकर्तालाई नदेखिकनै डराउँछन् र महाप्रलयप्रति भयभित रहन्छन् ।
وَهَٰذَا ذِكۡرٞ مُّبَارَكٌ أَنزَلۡنَٰهُۚ أَفَأَنتُمۡ لَهُۥ مُنكِرُونَ
Open ayah 21:50र, यो बरकतयुक्त अनुस्मृति (कुरआन) हो, यसलाई हामीले नै अवतरण गरेका छौं । के अझै पनि तिमीहरू यसलाई अस्वीकार गर्छौ ?
۞وَلَقَدۡ ءَاتَيۡنَآ إِبۡرَٰهِيمَ رُشۡدَهُۥ مِن قَبۡلُ وَكُنَّا بِهِۦ عَٰلِمِينَ
Open ayah 21:51र, यसअघि हामीले इब्राहीमलाई पनि चेतना प्रदान गरेका थियौं । र हामी उनलाई राम्री जान्दथ्यौं ।
إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَا هَٰذِهِ ٱلتَّمَاثِيلُ ٱلَّتِيٓ أَنتُمۡ لَهَا عَٰكِفُونَ
Open ayah 21:52जब उनले आफ्ना पिता एवं समुदायका मानिसहरूलाई भने– “यी कस्ता मूर्तिहरू हुन् जसप्रति तिमीहरू आसक्त छौ ?”
قَالُواْ وَجَدۡنَآ ءَابَآءَنَا لَهَا عَٰبِدِينَ
Open ayah 21:53तिनीहरूले भने–“हामीले आफ्ना पूर्वजहरूलाई यिनीहरू कै पूजा गर्दै आएको पायौं ।”
قَالَ لَقَدۡ كُنتُمۡ أَنتُمۡ وَءَابَآؤُكُمۡ فِي ضَلَٰلٖ مُّبِينٖ
Open ayah 21:54इब्राहीमले भने–“तिमीहरू र तिम्रा पूर्वजहरू पनि स्पष्ट पथभ्रष्टतामा डुबेका छौ ।”
قَالُوٓاْ أَجِئۡتَنَا بِٱلۡحَقِّ أَمۡ أَنتَ مِنَ ٱللَّٰعِبِينَ
Open ayah 21:55तिनीहरूले भने–“के तिमी हामीसमक्ष वास्तविक विचार लिएर आएका छौ वा त्यत्तिकै ख्यालठट्टा गर्दैछौ ?”
قَالَ بَل رَّبُّكُمۡ رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ ٱلَّذِي فَطَرَهُنَّ وَأَنَا۠ عَلَىٰ ذَٰلِكُم مِّنَ ٱلشَّٰهِدِينَ
Open ayah 21:56इब्राहीमलेभने–“होइन (बरु सत्य यो हो कि) तिमीहरुका रब आकाशहरु तथा पृथ्वीका पालनकर्ता हुन् जसले यी सबैलाई सृष्टि गरे । म यसको साक्षी हुँ ।”
وَتَٱللَّهِ لَأَكِيدَنَّ أَصۡنَٰمَكُم بَعۡدَ أَن تُوَلُّواْ مُدۡبِرِينَ
Open ayah 21:57र, अल्लाहको कसम ! तिमीहरू फर्केर गएपछि म अवश्य नै तिमीहरूका मूर्तिहरू विरूद्ध केही गर्नेछु ।
فَجَعَلَهُمۡ جُذَٰذًا إِلَّا كَبِيرٗا لَّهُمۡ لَعَلَّهُمۡ إِلَيۡهِ يَرۡجِعُونَ
Open ayah 21:58अनि इब्राहीमले सबै मूर्तिहरूलाई टुक्रा–टुक्रा पारिदिए सिवाय त्यो जुन तिनीहरूकानिम्ति ठूलो थियो ताकि तिनीहरू त्यसैसँग संपर्क गरून् ।
قَالُواْ مَن فَعَلَ هَٰذَا بِـَٔالِهَتِنَآ إِنَّهُۥ لَمِنَ ٱلظَّٰلِمِينَ
Open ayah 21:59तिनीहरूले भने– “हाम्रा ईश्वरहरूसित कसले यस्तो व्यवहार गर्यो ? निस्सन्देह त्यो अपराधी हो ।”
قَالُواْ سَمِعۡنَا فَتٗى يَذۡكُرُهُمۡ يُقَالُ لَهُۥٓ إِبۡرَٰهِيمُ
Open ayah 21:60(केही व्यक्तिहरूले) भने– “हामीले एक युवकलाई यिनको बारेमा चर्चा गर्दै गरेको सुनेका थियौं जसको नाम इब्राहीम हो ।”
قَالُواْ فَأۡتُواْ بِهِۦ عَلَىٰٓ أَعۡيُنِ ٱلنَّاسِ لَعَلَّهُمۡ يَشۡهَدُونَ
Open ayah 21:61तिनीहरूले भने– “उसलाई जनसमुदायसमक्ष लिएर आऊ ताकि तिनीहरू पनि साक्षी बनून् ।”
قَالُوٓاْ ءَأَنتَ فَعَلۡتَ هَٰذَا بِـَٔالِهَتِنَا يَٰٓإِبۡرَٰهِيمُ
Open ayah 21:62तिनीहरूले सोधे– “ए इब्राहीम ! के तैंले हाम्रा ईश्वरहरूसंग यस्तो व्यवहार गरिस् ?”
قَالَ بَلۡ فَعَلَهُۥ كَبِيرُهُمۡ هَٰذَا فَسۡـَٔلُوهُمۡ إِن كَانُواْ يَنطِقُونَ
Open ayah 21:63इब्राहीमले भने–“बरु यो काम यिनीमध्ये ठूलो मूर्तिले गरेको हुनुपर्छ । यदि यिनीहरू बोल्छन् भने यिनलाई नै सोध ।”
فَرَجَعُوٓاْ إِلَىٰٓ أَنفُسِهِمۡ فَقَالُوٓاْ إِنَّكُمۡ أَنتُمُ ٱلظَّٰلِمُونَ
Open ayah 21:64यो सुनेर तिनीहरू आफ्ना अन्तरात्मातर्फ फर्के र भने–“वास्तवमा तिमीहरू नै अत्याचारी रहेछौ ।”
ثُمَّ نُكِسُواْ عَلَىٰ رُءُوسِهِمۡ لَقَدۡ عَلِمۡتَ مَا هَٰٓؤُلَآءِ يَنطِقُونَ
Open ayah 21:65तर फेरि तिनीहरूको मति फिर्यो र भने– “तिमीलाई थाहा छँदै छ कि यिनीहरू बोल्दैनन् ।”
قَالَ أَفَتَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُكُمۡ شَيۡـٔٗا وَلَا يَضُرُّكُمۡ
Open ayah 21:66इब्राहीमले भने– “के त तिमीहरूले अल्लाह बाहेक यस्ता चिजहरूको पूजा गर्छौ जसले तिमीहरूलाई न कुनै लाभ पुर्याउन सक्छ न हानि नै ?
أُفّٖ لَّكُمۡ وَلِمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِۚ أَفَلَا تَعۡقِلُونَ
Open ayah 21:67अफसोच छ तिमीहरूमाथि, र ती सबैमाथि जसको पूजा तिमीहरूले अल्लाहलाई छोडेर गर्छौ । के तिमीहरूको बुद्धि छैन ?”
قَالُواْ حَرِّقُوهُ وَٱنصُرُوٓاْ ءَالِهَتَكُمۡ إِن كُنتُمۡ فَٰعِلِينَ
Open ayah 21:68तिनीहरूले भने–“यदि तिमीहरूले केही गर्नु नै छ भने त्यस (इब्राहीम) लाई जलाइदेऊ र आफ्ना ईश्वरहरूलाई सहयोग गर ।”
قُلۡنَا يَٰنَارُ كُونِي بَرۡدٗا وَسَلَٰمًا عَلَىٰٓ إِبۡرَٰهِيمَ
Open ayah 21:69हामीले आदेश दियौं– “ए अग्नि तिमी इब्राहीम(अ.)कानिम्ति शीतल र सलामती बन !”
وَأَرَادُواْ بِهِۦ كَيۡدٗا فَجَعَلۡنَٰهُمُ ٱلۡأَخۡسَرِينَ
Open ayah 21:70तिनीहरूले इब्राहीमविरुद्ध षड्यन्त्र गरेका थिए तर हामीले तिनीहरूलाई घाटामा पार्यौं ।
وَنَجَّيۡنَٰهُ وَلُوطًا إِلَى ٱلۡأَرۡضِ ٱلَّتِي بَٰرَكۡنَا فِيهَا لِلۡعَٰلَمِينَ
Open ayah 21:71अनि, हामीले उनलाई र लूतलाई बचाएर त्यस भू–भागतिर लग्यौं जसलाई हामीले संसारबासीहरूकालागि बरकतयुक्त बनाएका थियौं ।
وَوَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَ نَافِلَةٗۖ وَكُلّٗا جَعَلۡنَا صَٰلِحِينَ
Open ayah 21:72अनि, हामीले इब्राहीमलाई इस्हाक प्रदान गर्यौं र अझ यअ्कूब पनि । र, उनीहरू सबैलाई हामीले सत्यनिष्ठ बनायौं ।
وَجَعَلۡنَٰهُمۡ أَئِمَّةٗ يَهۡدُونَ بِأَمۡرِنَا وَأَوۡحَيۡنَآ إِلَيۡهِمۡ فِعۡلَ ٱلۡخَيۡرَٰتِ وَإِقَامَ ٱلصَّلَوٰةِ وَإِيتَآءَ ٱلزَّكَوٰةِۖ وَكَانُواْ لَنَا عَٰبِدِينَ
Open ayah 21:73र, हामीले तिनीहरूलाई अगुवा बनायौं जो हाम्रो आदेश अनुसार मार्गदर्शन गर्ने गर्थे । र, हामीले तिनीहरूलाई पुण्य कर्महरू गर्ने, नमाज कायम गर्ने तथा जकात दिने आदेशको वह्य (प्रकाशना) गर्यौं । र, तिनीहरू हाम्रा वास्तविक उपासक थिए ।
وَلُوطًا ءَاتَيۡنَٰهُ حُكۡمٗا وَعِلۡمٗا وَنَجَّيۡنَٰهُ مِنَ ٱلۡقَرۡيَةِ ٱلَّتِي كَانَت تَّعۡمَلُ ٱلۡخَبَٰٓئِثَۚ إِنَّهُمۡ كَانُواْ قَوۡمَ سَوۡءٖ فَٰسِقِينَ
Open ayah 21:74अनि, हामीले लूतलाई पनि तत्वदर्शिता तथा ज्ञान प्रदान गर्यौं, र त्यस नगरबाट मुक्ति प्रदान गर्यौं जसका बासिन्दाहरू घृणित कार्यमा लिप्त थिए । तिनीहरू निश्चय नै कुकर्मी र अवज्ञाकारी थिए ।
وَأَدۡخَلۡنَٰهُ فِي رَحۡمَتِنَآۖ إِنَّهُۥ مِنَ ٱلصَّٰلِحِينَ
Open ayah 21:75र, उनलाई हामीले आफ्नो दयाअन्तर्गत दाखिल गर्यौं । निश्चय नै उनी सत्कर्मीहरूमध्येका थिए ।
وَنُوحًا إِذۡ نَادَىٰ مِن قَبۡلُ فَٱسۡتَجَبۡنَا لَهُۥ فَنَجَّيۡنَٰهُ وَأَهۡلَهُۥ مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ
Open ayah 21:76अनि, नूहलाई स्मरण गर । जब उनले हामीलाई उनीहरूभन्दा अघि पुकारे हामीले उनको प्रार्थना स्वीकार गर्यौं । र, उनलाई तथा उनका परिवारलाई महापीडाबाट मुक्ति प्रदान गर्यौं ।
وَنَصَرۡنَٰهُ مِنَ ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَآۚ إِنَّهُمۡ كَانُواْ قَوۡمَ سَوۡءٖ فَأَغۡرَقۡنَٰهُمۡ أَجۡمَعِينَ
Open ayah 21:77अनि, उनलाई हामीले ती व्यक्तिहरूविरुद्ध सहयोग गर्यौं जसले हाम्रा निशानीहरूलाई असत्य ठहर्याएका थिए । निश्चय नै तिनीहरू दुष्कर्मी थिए । अनि हामीले तिनीहरू सबैलाई डुबाइदियौं ।
وَدَاوُۥدَ وَسُلَيۡمَٰنَ إِذۡ يَحۡكُمَانِ فِي ٱلۡحَرۡثِ إِذۡ نَفَشَتۡ فِيهِ غَنَمُ ٱلۡقَوۡمِ وَكُنَّا لِحُكۡمِهِمۡ شَٰهِدِينَ
Open ayah 21:78र, स्मरण गर दाऊद तथा सुलैमानलाई जब दुवै त्यस खेतीको मुद्दाको फैसला गरिरहेका थिए जुन खेतीमा केही व्यक्तिहरूका बाख्राहरू राति चरेका थिए । र, हामी उनीहरूको निर्णयलाई हेरिरहेका थियौं ।
فَفَهَّمۡنَٰهَا سُلَيۡمَٰنَۚ وَكُلًّا ءَاتَيۡنَا حُكۡمٗا وَعِلۡمٗاۚ وَسَخَّرۡنَا مَعَ دَاوُۥدَ ٱلۡجِبَالَ يُسَبِّحۡنَ وَٱلطَّيۡرَۚ وَكُنَّا فَٰعِلِينَ
Open ayah 21:79अनि, हामीले सही फैसला सुलैमानलाई फुराइदियौं । र, हामीले तत्वदर्शिता तथा ज्ञान त दुवैलाई प्रदान गरेका थियौं । र, पहाडहरूलाई हामीले दाऊदको नियन्त्रणमा गरिदिएका थियौं जुन स्तुति गरिरहन्थे र पंक्षीहरूलाई पनि । र, यो कार्य गर्नेवाला हामी नै थियौं ।
وَعَلَّمۡنَٰهُ صَنۡعَةَ لَبُوسٖ لَّكُمۡ لِتُحۡصِنَكُم مِّنۢ بَأۡسِكُمۡۖ فَهَلۡ أَنتُمۡ شَٰكِرُونَ
Open ayah 21:80र, हामीले उनलाई तिमीहरूकालागि एकप्रकारको वस्त्र (ढाल) बनाउने तरीका सिकायौं ताकि त्यसले तिमीहरूलाई युद्धमा सुरक्षित राखोस् । अनि के तिमीहरू कृतज्ञ हुन्छौ ?
وَلِسُلَيۡمَٰنَ ٱلرِّيحَ عَاصِفَةٗ تَجۡرِي بِأَمۡرِهِۦٓ إِلَى ٱلۡأَرۡضِ ٱلَّتِي بَٰرَكۡنَا فِيهَاۚ وَكُنَّا بِكُلِّ شَيۡءٍ عَٰلِمِينَ
Open ayah 21:81र, हामीले तिब्र गतिमा चल्ने हावालाई सुलैमानको अधीनमा गरिदिएका थियौं जुन उनको आदेशानुसार त्यस भू–भागतर्फ चल्ने गर्थ्याे जसलाई हामीले बरकतयुक्त बनाएका थियौं । र, हामी प्रत्येक कुराको ज्ञान राख्दछौं ।
وَمِنَ ٱلشَّيَٰطِينِ مَن يَغُوصُونَ لَهُۥ وَيَعۡمَلُونَ عَمَلٗا دُونَ ذَٰلِكَۖ وَكُنَّا لَهُمۡ حَٰفِظِينَ
Open ayah 21:82र, शैतानहरूमध्ये धेरैलाई पनि (उनको अधीनमा गरिदिएका थियौं) जो उनकोलागि गोता लगाउने गर्थे र त्यसबाहेक अन्य कार्यहरू पनि गर्ने गर्थे । तिनीहरू सबैका संरक्षक हामी नै थियौं ।
۞وَأَيُّوبَ إِذۡ نَادَىٰ رَبَّهُۥٓ أَنِّي مَسَّنِيَ ٱلضُّرُّ وَأَنتَ أَرۡحَمُ ٱلرَّٰحِمِينَ
Open ayah 21:83स्मरण गर ऐयूबलाई जब उनले आफ्ना पालनकर्तालाई पुकारे, “म पिडित छु र तिमी नै सर्वाधिक करुणामय छौ ।”
فَٱسۡتَجَبۡنَا لَهُۥ فَكَشَفۡنَا مَا بِهِۦ مِن ضُرّٖۖ وَءَاتَيۡنَٰهُ أَهۡلَهُۥ وَمِثۡلَهُم مَّعَهُمۡ رَحۡمَةٗ مِّنۡ عِندِنَا وَذِكۡرَىٰ لِلۡعَٰبِدِينَ
Open ayah 21:84अनि हामीले उनको प्रार्थनालाई स्वीकार गर्यौं र त्यो पीडा निर्मूल पार्यौं जसबाट उनी पीडित थिए । उनलाई सन्तान प्रदान गर्यौं । र, ती चिजहरूकासाथै हामीले आफ्नो विशेष कृपाको रूपमा अरू पनि केही प्रदान गर्यौं ताकि वास्तविक उपासकहरूकालागि पाठ बनोस् ।
وَإِسۡمَٰعِيلَ وَإِدۡرِيسَ وَذَا ٱلۡكِفۡلِۖ كُلّٞ مِّنَ ٱلصَّٰبِرِينَ
Open ayah 21:85र, इस्माईल, इद्रीस तथा जूल्किफ्ललाई पनि स्मरण गर । यिनीहरू सबै संयमी व्यक्तिहरू थिए ।
وَأَدۡخَلۡنَٰهُمۡ فِي رَحۡمَتِنَآۖ إِنَّهُم مِّنَ ٱلصَّٰلِحِينَ
Open ayah 21:86र, हामीले उनीहरूलाई आफ्नो कृपामा प्रवेश गरायौं । वास्तवमा उनीहरू सत्कर्मी थिए ।
وَذَا ٱلنُّونِ إِذ ذَّهَبَ مُغَٰضِبٗا فَظَنَّ أَن لَّن نَّقۡدِرَ عَلَيۡهِ فَنَادَىٰ فِي ٱلظُّلُمَٰتِ أَن لَّآ إِلَٰهَ إِلَّآ أَنتَ سُبۡحَٰنَكَ إِنِّي كُنتُ مِنَ ٱلظَّٰلِمِينَ
Open ayah 21:87अनि, माछावालालाई स्मरण गर जब उनी रिसाएर हिँडे । र, हामीले उनलाई समात्दैनौं भन्ठाने । अन्ततः भयावह अन्धकारबाट उनले प्रार्थना गरे– “(हे पालनकर्ता !) तिमीबाहेक अरू कोही पूज्य छैन । तिमी पवित्र छौ । निस्सन्देह म अत्याचारीहरूमध्ये हुँ ।
فَٱسۡتَجَبۡنَا لَهُۥ وَنَجَّيۡنَٰهُ مِنَ ٱلۡغَمِّۚ وَكَذَٰلِكَ نُـۨجِي ٱلۡمُؤۡمِنِينَ
Open ayah 21:88अनि हामीले उनको प्रार्थना स्वीकार गर्यौं । उनलाई चिन्तामुक्त गर्यौं र यसरी नै हामी आस्थावानहरूलाई मुक्ति प्रदान गर्छौं ।
وَزَكَرِيَّآ إِذۡ نَادَىٰ رَبَّهُۥ رَبِّ لَا تَذَرۡنِي فَرۡدٗا وَأَنتَ خَيۡرُ ٱلۡوَٰرِثِينَ
Open ayah 21:89र, जकरियालाई स्मरण गर जब उनले आफ्ना पालनकर्तालाई पुकारे– “हे मेरा पालनकर्ता ! मलाई एक्लै नछोड, र तिमी नै सर्वोत्कृष्ट उत्तराधिकारी हौ ।”
فَٱسۡتَجَبۡنَا لَهُۥ وَوَهَبۡنَا لَهُۥ يَحۡيَىٰ وَأَصۡلَحۡنَا لَهُۥ زَوۡجَهُۥٓۚ إِنَّهُمۡ كَانُواْ يُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِ وَيَدۡعُونَنَا رَغَبٗا وَرَهَبٗاۖ وَكَانُواْ لَنَا خَٰشِعِينَ
Open ayah 21:90अनि हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई यह्या प्रदान गर्यौं । अनि, उनकी पत्नीलाई उनकालागि योग्य बनायौं । उनीहरू राम्रा कार्यहरूमा प्रयासरत थिए । हामीलाई आशा तथा भयकासाथ पुकार्ने गर्थे । र, उनीहरू हाम्रोसामु नम्रतापूर्वक झुक्ने गर्थे ।
وَٱلَّتِيٓ أَحۡصَنَتۡ فَرۡجَهَا فَنَفَخۡنَا فِيهَا مِن رُّوحِنَا وَجَعَلۡنَٰهَا وَٱبۡنَهَآ ءَايَةٗ لِّلۡعَٰلَمِينَ
Open ayah 21:91र, ती महिला (मर्यम) लाई स्मरण गर, जसले आफ्नो सतीत्वको रक्षा गरिन् । अनि हामीले उनीभित्र आफ्नो आत्माबाट फुक्यौं र उनलाई तथा उनका छोरालाई सम्पूर्ण संसारकालागि निशानी बनायौं ।
إِنَّ هَٰذِهِۦٓ أُمَّتُكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَأَنَا۠ رَبُّكُمۡ فَٱعۡبُدُونِ
Open ayah 21:92यो तिमीहरूको यस्ताे समूह हो जुन वास्तवमा एउटै समूह हो । र, म तिमीहरूका पालनकर्ता हुँ । अतः मेरै उपासना गर ।
وَتَقَطَّعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡۖ كُلٌّ إِلَيۡنَا رَٰجِعُونَ
Open ayah 21:93तर, तिनीहरूले परस्पर आफ्नो धर्मलाई छिन्नभिन्न पारे । सबै हामीतर्फ नै फर्केर आउनुछ ।
فَمَن يَعۡمَلۡ مِنَ ٱلصَّٰلِحَٰتِ وَهُوَ مُؤۡمِنٞ فَلَا كُفۡرَانَ لِسَعۡيِهِۦ وَإِنَّا لَهُۥ كَٰتِبُونَ
Open ayah 21:94अनि जो आस्थावान भएर सत्कर्म गर्छ उसको कामको उपेक्षा हुने छैन । र हामी त्यो लेखिरहेका छौं ।
وَحَرَٰمٌ عَلَىٰ قَرۡيَةٍ أَهۡلَكۡنَٰهَآ أَنَّهُمۡ لَا يَرۡجِعُونَ
Open ayah 21:95र, जुन नगरलाई हामीले नष्ट गरेका छौं त्यहाँका बासिन्दाहरू (यस संसारमा) फर्केर कहिल्यै आउने छैनन्।
حَتَّىٰٓ إِذَا فُتِحَتۡ يَأۡجُوجُ وَمَأۡجُوجُ وَهُم مِّن كُلِّ حَدَبٖ يَنسِلُونَ
Open ayah 21:96यहाँसम्म कि जब याजूज तथा माजूज (को बाटो) खोलिनेछ र तिनीहरू हरेक उच्च स्थानबाट दगुर्दै आउनेछन्।
وَٱقۡتَرَبَ ٱلۡوَعۡدُ ٱلۡحَقُّ فَإِذَا هِيَ شَٰخِصَةٌ أَبۡصَٰرُ ٱلَّذِينَ كَفَرُواْ يَٰوَيۡلَنَا قَدۡ كُنَّا فِي غَفۡلَةٖ مِّنۡ هَٰذَا بَلۡ كُنَّا ظَٰلِمِينَ
Open ayah 21:97र, सत्य वचनको समय [ ] निकट आइपुग्नेछ तब काफिरहरू आश्चर्यचकित भई हेरेको हेर्यै हुनेछन् । (भन्नेछन्–) “हाय हाम्रो दुर्भाग्य ! हामीले यसलाई बिर्सेका थियौं । बरु हामी पो दोषी थियौं ।”
إِنَّكُمۡ وَمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ حَصَبُ جَهَنَّمَ أَنتُمۡ لَهَا وَٰرِدُونَ
Open ayah 21:98निस्सन्देह तिमीहरू र अल्लाहबाहेक जसको उपासना गर्छौ सबै (ती) नरकका इन्धन बन्नेछन् । तिमीहरू त्यसमा अवश्य होमिनेछौ ।
لَوۡ كَانَ هَٰٓؤُلَآءِ ءَالِهَةٗ مَّا وَرَدُوهَاۖ وَكُلّٞ فِيهَا خَٰلِدُونَ
Open ayah 21:99यिनीहरू वास्तविक पूज्य भएका भए यिनीहरू त्यसमा होमिने थिएनन् । बरू अब सबै त्यसमा सदा रहनेछन् ।
لَهُمۡ فِيهَا زَفِيرٞ وَهُمۡ فِيهَا لَا يَسۡمَعُونَ
Open ayah 21:100तिनीहरू त्यहाँ चिच्याइरहेका हुनेछन् र केही पनि सुन्न सक्ने छ्रैनन् ।
إِنَّ ٱلَّذِينَ سَبَقَتۡ لَهُم مِّنَّا ٱلۡحُسۡنَىٰٓ أُوْلَٰٓئِكَ عَنۡهَا مُبۡعَدُونَ
Open ayah 21:101तर, यस्ता व्यक्तिहरूलाई नरकबाट टाढा नै राखिनेछ जसकानिम्ति हाम्रोतर्फबाट पहिले नै भलाइ निश्चित भइसकेको छ ।
لَا يَسۡمَعُونَ حَسِيسَهَاۖ وَهُمۡ فِي مَا ٱشۡتَهَتۡ أَنفُسُهُمۡ خَٰلِدُونَ
Open ayah 21:102उनीहरूले नरकको चाप पनि सुन्ने छैनन् र सदासर्वदा मनपर्ने कुराहरूमा रमाउनेछन् ।
لَا يَحۡزُنُهُمُ ٱلۡفَزَعُ ٱلۡأَكۡبَرُ وَتَتَلَقَّىٰهُمُ ٱلۡمَلَٰٓئِكَةُ هَٰذَا يَوۡمُكُمُ ٱلَّذِي كُنتُمۡ تُوعَدُونَ
Open ayah 21:103(त्यस दिन) ठूलो त्रासले पनि उनीहरूलाई चिन्तित पार्ने छैन, र फरिश्ताहरूले ‘तिमीहरूसित वाचा गरिएको दिन यही हो’ भन्दै हार्दिक स्वागत गर्नेछन् ।
يَوۡمَ نَطۡوِي ٱلسَّمَآءَ كَطَيِّ ٱلسِّجِلِّ لِلۡكُتُبِۚ كَمَا بَدَأۡنَآ أَوَّلَ خَلۡقٖ نُّعِيدُهُۥۚ وَعۡدًا عَلَيۡنَآۚ إِنَّا كُنَّا فَٰعِلِينَ
Open ayah 21:104त्यस दिन हामीले आकाशलाई बहीका पन्नाहरूलाई (बेल्नामा) बेरैझैं बेरिदिनेछौं । जसरी हामीले प्रथम पटक सृष्टि गरेका थियौं (त्यसरी नै) त्यसलाई दोहोर्याउनेछौं । यो हाम्रो जिम्मामा रहेको वाचा हो । हामी यसलाई अवश्य नै पूरा गर्नेछौं ।
وَلَقَدۡ كَتَبۡنَا فِي ٱلزَّبُورِ مِنۢ بَعۡدِ ٱلذِّكۡرِ أَنَّ ٱلۡأَرۡضَ يَرِثُهَا عِبَادِيَ ٱلصَّٰلِحُونَ
Open ayah 21:105र, हामीले जबूरमा उपदेशपछि लेखिसकेका छौं कि धर्तीका उत्तराधिकारी मेरा सत्कर्मी भक्तहरू हुनेछन् ।”
إِنَّ فِي هَٰذَا لَبَلَٰغٗا لِّقَوۡمٍ عَٰبِدِينَ
Open ayah 21:106निस्सन्देह यसमा आज्ञाकारी व्यक्तिहरूकालागि ठूलो सन्देश रहेको छ ।
وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا رَحۡمَةٗ لِّلۡعَٰلَمِينَ
Open ayah 21:107र, (हे मुहम्मद स.!) हामीले तिमीलाई सम्पूर्ण संसारबासीहरूकालागि दया मात्र बनाएर पठाएका छौं ।
قُلۡ إِنَّمَا يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞۖ فَهَلۡ أَنتُم مُّسۡلِمُونَ
Open ayah 21:108भनिदेऊ– “मेरोतर्फ के प्रकाशना गरिएको छ भने तिमीहरूका पूज्य केवल एक पूज्य छन् । अतः के तिमीहरू आज्ञाकारी बन्छौ त ?
فَإِن تَوَلَّوۡاْ فَقُلۡ ءَاذَنتُكُمۡ عَلَىٰ سَوَآءٖۖ وَإِنۡ أَدۡرِيٓ أَقَرِيبٌ أَم بَعِيدٞ مَّا تُوعَدُونَ
Open ayah 21:109अनि यदि तिनीहरू विमुख हुन्छन् भने भनिदेऊ– “मैले तिमीहरूलाई पूर्ण रूपमा सावधान गरेको छु । अब मलाई थाहा छैन कि तिमीहरूलाई दिएको वचन नजिकै छ वा टाढा ।
إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ مِنَ ٱلۡقَوۡلِ وَيَعۡلَمُ مَا تَكۡتُمُونَ
Open ayah 21:110तर, अल्लाह तिमीहरूको पारदर्शी कुरा जान्दछन् र गोप्य कुरा पनि ।
وَإِنۡ أَدۡرِي لَعَلَّهُۥ فِتۡنَةٞ لَّكُمۡ وَمَتَٰعٌ إِلَىٰ حِينٖ
Open ayah 21:111मलाई के थाहा कि यो (विलम्ब) तिमीहरूको लागि एउटा परीक्षा हो वा एउटा निश्चित समयसम्मको लागि आनन्द उपभोगको अवसर ।
قَٰلَ رَبِّ ٱحۡكُم بِٱلۡحَقِّۗ وَرَبُّنَا ٱلرَّحۡمَٰنُ ٱلۡمُسۡتَعَانُ عَلَىٰ مَا تَصِفُونَ
Open ayah 21:112सन्देष्टाले भने– “हे मेरा पालनकर्ता ! न्यायपूर्वक निर्णय गरिदेऊ । र, हाम्रा पालनकर्ता अत्यन्त दयालु छन्, जसबाट तिमीहरूले भन्ने गरेका कुराहरूविरूद्ध मदत मागिनेछ ।