الحج

Al-Hajj

The Pilgrimage · Surah 22 · Ayahs: 78 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمۡۚ إِنَّ زَلۡزَلَةَ ٱلسَّاعَةِ شَيۡءٌ عَظِيمٞ

    Open ayah 22:1

    हे मनुष्य हो ! आफ्ना पालनकर्तासित डराऊ । निश्चय नै महाप्रलयको भू–चाल अति ठूलो हुनेछ ।

  2. يَوۡمَ تَرَوۡنَهَا تَذۡهَلُ كُلُّ مُرۡضِعَةٍ عَمَّآ أَرۡضَعَتۡ وَتَضَعُ كُلُّ ذَاتِ حَمۡلٍ حَمۡلَهَا وَتَرَى ٱلنَّاسَ سُكَٰرَىٰ وَمَا هُم بِسُكَٰرَىٰ وَلَٰكِنَّ عَذَابَ ٱللَّهِ شَدِيدٞ

    Open ayah 22:2

    जुन दिन तिमीहरूले देख्नेछौ कि प्रत्येक दूध चुसाउने आमाले आफ्नो दूध खाने शिशुलाई बिर्सनेछिन्; हरेक गर्भवतीले आफ्नो गर्भ पतन गर्नेछिन् र तिमीले मानिसहरूलाई मातेकाे देख्नेछौ जबकि वास्तवमा तिनीहरू मातेकाे हुँदैनन् बरु अल्लाहको प्रकोप नै अति कठोर हुनेछ ।

  3. وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَيَتَّبِعُ كُلَّ شَيۡطَٰنٖ مَّرِيدٖ

    Open ayah 22:3

    अनि, कतिपय व्यक्तिहरू अल्लाहको विषयमा ज्ञान बिना नै विवाद गर्छन्, र प्रत्येक उद्दण्ड शैतानको अनुसरण गर्ने गर्छन्।

  4. كُتِبَ عَلَيۡهِ أَنَّهُۥ مَن تَوَلَّاهُ فَأَنَّهُۥ يُضِلُّهُۥ وَيَهۡدِيهِ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ

    Open ayah 22:4

    उसको भाग्यमा त यो लेखिएको छ कि जसले उसलाई मित्र बनाउँछ त्यसलाई उसले पथभ्रष्ट गर्नेछ र उसलाई दन्कदो अग्निको यातनासम्म पुर्याउनेछ ।

  5. يَٰٓأَيُّهَا ٱلنَّاسُ إِن كُنتُمۡ فِي رَيۡبٖ مِّنَ ٱلۡبَعۡثِ فَإِنَّا خَلَقۡنَٰكُم مِّن تُرَابٖ ثُمَّ مِن نُّطۡفَةٖ ثُمَّ مِنۡ عَلَقَةٖ ثُمَّ مِن مُّضۡغَةٖ مُّخَلَّقَةٖ وَغَيۡرِ مُخَلَّقَةٖ لِّنُبَيِّنَ لَكُمۡۚ وَنُقِرُّ فِي ٱلۡأَرۡحَامِ مَا نَشَآءُ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى ثُمَّ نُخۡرِجُكُمۡ طِفۡلٗا ثُمَّ لِتَبۡلُغُوٓاْ أَشُدَّكُمۡۖ وَمِنكُم مَّن يُتَوَفَّىٰ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرۡذَلِ ٱلۡعُمُرِ لِكَيۡلَا يَعۡلَمَ مِنۢ بَعۡدِ عِلۡمٖ شَيۡـٔٗاۚ وَتَرَى ٱلۡأَرۡضَ هَامِدَةٗ فَإِذَآ أَنزَلۡنَا عَلَيۡهَا ٱلۡمَآءَ ٱهۡتَزَّتۡ وَرَبَتۡ وَأَنۢبَتَتۡ مِن كُلِّ زَوۡجِۭ بَهِيجٖ

    Open ayah 22:5

    हे मानव ! यदि तिमीहरूलाई मृत्युपश्चात्को पूनर्जन्ममा सन्देह छ भने (तिमीहरूलाई थाहा हुनुपर्छ कि) हामीले तिमीहरूलाई सृष्टि गर्यौँ– (शुरुमा) माटोबाट, त्यसपछि वीर्यबाट, त्यसलाई ढिक्को रगत बनायौं; अनि त्यसपछि मासुको डल्लो बनायौं जुन रूपयुक्त पनि हुन्छ र रूपहीन पनि, (याे हामी यस कारणले बयान गर्छाैँ) ताकि तिमीहरूकालागि (सृष्टि प्रकृया) प्रष्ट पारौं । र, हामी जसलाई चाहन्छौं एउटा निर्धारित समयकोलागि गर्भमा राख्छौं । अनि तिमीहरूलाई शिशु बनाएर बाहिर निकाल्छौं ताकि तिमीहरू आफ्नो परिपक्वताको उमेरमा पुग । र, तिमीहरूमध्ये कोही (पहिले नै) मर्छ र कसैलाई जीर्ण–वृद्धावस्थासम्म पुर्याइन्छ ताकि ऊ सबै कुरा जानेपछि पनि केही नजान्ने अवस्थामा पुगोस् । र, तिमी देख्दैछौ कि भूमि सुक्खा हुन्छ तर जब हामी पानी बर्षाउँछौं तब त्यो लहलहाउँछ र फूल्छ अनि विभिन्न किसिमका सोभायमान वनस्पतिहरू उब्जाउँछ ।

  6. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّهُۥ يُحۡيِ ٱلۡمَوۡتَىٰ وَأَنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 22:6

    यो यसकारणले कि अल्लाह नै नितान्त सत्य छन् । उनैले मृतहरूलाई जीवित पार्छन् र उनी प्रत्येक कार्यको सामर्थ्य राख्छन् ।

  7. وَأَنَّ ٱلسَّاعَةَ ءَاتِيَةٞ لَّا رَيۡبَ فِيهَا وَأَنَّ ٱللَّهَ يَبۡعَثُ مَن فِي ٱلۡقُبُورِ

    Open ayah 22:7

    अनि महाप्रलय आउने नै छ । यसमा कुनै सन्देह छैन । र, अवश्य नै अल्लाहले चिहानमा रहेका सम्पूर्ण मानिसहरूलाई (जीवित पारेर) उठाउनेछन् ।

  8. وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَلَا هُدٗى وَلَا كِتَٰبٖ مُّنِيرٖ

    Open ayah 22:8

    अनि, मानिसहरूमध्ये कोही यस्तो पनि छ जो ज्ञान, मार्गदर्शन र ज्योतिमय ग्रन्थबिना अल्लाहको विषयमा विवाद गर्छ।

  9. ثَانِيَ عِطۡفِهِۦ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِۖ لَهُۥ فِي ٱلدُّنۡيَا خِزۡيٞۖ وَنُذِيقُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَذَابَ ٱلۡحَرِيقِ

    Open ayah 22:9

    गर्धन मर्काउँदै, ताकि उसले मानिसहरूलाई अल्लाहको मार्गबाट रोकोस् । उसकोलागि यस संसारमा अपमान रहेकोछ र हामी उसलाई महाप्रलयको दिन आगोको यातनाको स्वाद पनि चखाउनेछौं ।

  10. ذَٰلِكَ بِمَا قَدَّمَتۡ يَدَاكَ وَأَنَّ ٱللَّهَ لَيۡسَ بِظَلَّٰمٖ لِّلۡعَبِيدِ 

    Open ayah 22:10

    यो ती कर्महरूको परिणाम हो जुन तिम्रो हातले अगाडि नै पठाएको थियो, र अल्लाह आफ्ना भक्तहरूमाथि अलिकति पनि अन्याय गर्दैनन् ।

  11. وَمِنَ ٱلنَّاسِ مَن يَعۡبُدُ ٱللَّهَ عَلَىٰ حَرۡفٖۖ فَإِنۡ أَصَابَهُۥ خَيۡرٌ ٱطۡمَأَنَّ بِهِۦۖ وَإِنۡ أَصَابَتۡهُ فِتۡنَةٌ ٱنقَلَبَ عَلَىٰ وَجۡهِهِۦ خَسِرَ ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةَۚ ذَٰلِكَ هُوَ ٱلۡخُسۡرَانُ ٱلۡمُبِينُ

    Open ayah 22:11

    र, मानिसहरूमध्ये कोही यस्तो पनि छ जो तटमा (उभिएर) अल्लाहको भक्ति गर्छ अनि उसलाई (सांसारिक) लाभ प्राप्त भएमा ऊ सन्तुष्ट हुन्छ र कुनै सङ्कट आइपरेमा बिमुख हुन्छ । यसरी उसले लोक र परलोक दुवै गुमाउँछ र वास्तविक घाटा यही हो ।

  12. يَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَا لَا يَضُرُّهُۥ وَمَا لَا يَنفَعُهُۥۚ ذَٰلِكَ هُوَ ٱلضَّلَٰلُ ٱلۡبَعِيدُ

    Open ayah 22:12

    ऊ अल्लाहबाहेक यस्तो चिजलाई पुकार्छ जसले न हानि पुर्याउन सक्छ न लाभ नै । यही नै चरम सीमासम्म पुगेको पथभ्रष्टता हो ।

  13. يَدۡعُواْ لَمَن ضَرُّهُۥٓ أَقۡرَبُ مِن نَّفۡعِهِۦۚ لَبِئۡسَ ٱلۡمَوۡلَىٰ وَلَبِئۡسَ ٱلۡعَشِيرُ

    Open ayah 22:13

    ऊ यस्तो चिजलाई पुकार्छ जसको हानि उसको लाभभन्दा अधिक निकट हुन्छ । कति निकृष्ट छ (उसको) संरक्षक र कति निकृष्ट छ (उसको) साथी !

  14. إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۚ إِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يُرِيدُ

    Open ayah 22:14

    निस्सन्देह अल्लाहले ईमान राख्ने तथा सत्कर्म गर्ने व्यक्तिहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । वास्तवमा अल्लाह जे चाहन्छन् त्यही गर्छन् ।

  15. مَن كَانَ يَظُنُّ أَن لَّن يَنصُرَهُ ٱللَّهُ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ فَلۡيَمۡدُدۡ بِسَبَبٍ إِلَى ٱلسَّمَآءِ ثُمَّ لۡيَقۡطَعۡ فَلۡيَنظُرۡ هَلۡ يُذۡهِبَنَّ كَيۡدُهُۥ مَا يَغِيظُ

    Open ayah 22:15

    जो (निराश भएर) यसो ठान्दछ कि अल्लाहले लोक तथा परलोकमा उसको सहयोग गर्ने छैनन् (उसको लागि जीवनको कुनै बाटो बाँकी रहेन) उसलाई के चाहियो भने एउटा डोरी छानामा बाँधोस् र (त्यसमा गर्धन लटकाएर आफ्नो जीवनलाई) समाप्त पारोस् । उसले सोचोस् के यस उपायले उसलाइ क्रोधित तुल्याउने चिजलाई समाप्त पार्न सक्छ ?

  16. وَكَذَٰلِكَ أَنزَلۡنَٰهُ ءَايَٰتِۭ بَيِّنَٰتٖ وَأَنَّ ٱللَّهَ يَهۡدِي مَن يُرِيدُ

    Open ayah 22:16

    र, यस्तै स्पष्ट कुराहरूकासाथ हामीले यो कुरआन अवतरण गरेका छौं । र, अल्लाहले जसलाई चाहन्छन् सत्मार्ग देखाउँछन् ।

  17. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَٱلَّذِينَ هَادُواْ وَٱلصَّٰبِـِٔينَ وَٱلنَّصَٰرَىٰ وَٱلۡمَجُوسَ وَٱلَّذِينَ أَشۡرَكُوٓاْ إِنَّ ٱللَّهَ يَفۡصِلُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ

    Open ayah 22:17

    निस्सन्देह अल्लाह मोमिन (मुस्लिम), यहूदी, साबिई, ईसाई, मजूसी र बहुदेववादीहरू बीच महाप्रलयको दिन फैसला गर्नेछन् । निस्सन्देह अल्लाह हरेक चिजका साक्षी हुन् ।

  18. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يَسۡجُدُۤ لَهُۥۤ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِ وَٱلشَّمۡسُ وَٱلۡقَمَرُ وَٱلنُّجُومُ وَٱلۡجِبَالُ وَٱلشَّجَرُ وَٱلدَّوَآبُّ وَكَثِيرٞ مِّنَ ٱلنَّاسِۖ وَكَثِيرٌ حَقَّ عَلَيۡهِ ٱلۡعَذَابُۗ وَمَن يُهِنِ ٱللَّهُ فَمَا لَهُۥ مِن مُّكۡرِمٍۚ إِنَّ ٱللَّهَ يَفۡعَلُ مَا يَشَآءُ۩

    Open ayah 22:18

    के तिमी देख्दैनौ कि जेजति आकाशहरू र पृथ्वीमा छन्, सूर्य, चन्द्रमा, तारा, पर्वत, वनस्पति, जनावरहरू (आदी) अल्लाहसामु सज्दा गर्र्ने गर्छन्, मानिसहरूमध्ये धेरैले पनि । र, धेरै यस्ता पनि छन् जसमाथि यातना निश्चित भइसकेको छ । र, अल्लाह जसलाई अपमानित गर्छन् उसलाई कसैले पनि सम्मानित गर्न सक्दैन । निस्सन्देह अल्लाह जे चाहन्छन्, गर्छन् ।

  19. ۞هَٰذَانِ خَصۡمَانِ ٱخۡتَصَمُواْ فِي رَبِّهِمۡۖ فَٱلَّذِينَ كَفَرُواْ قُطِّعَتۡ لَهُمۡ ثِيَابٞ مِّن نَّارٖ يُصَبُّ مِن فَوۡقِ رُءُوسِهِمُ ٱلۡحَمِيمُ

    Open ayah 22:19

    यी दुई प्रतिवादी हुन् जसले आफ्ना पालनकर्ताको विषयमा विवाद गरे । जसले कुफ्र गरेका छन् तिनीहरूकालागि आगोको वस्त्र तयार पारिएको छ । तिनीहरूका टाउकोमाथि उम्लँदो पानी खन्याइनेछ।

  20. يُصۡهَرُ بِهِۦ مَا فِي بُطُونِهِمۡ وَٱلۡجُلُودُ 

    Open ayah 22:20

    जसले तिनीहरूका पेटभित्रका सबै चिज र छालाहरू पनि पग्लनेछन् ।

  21. وَلَهُم مَّقَٰمِعُ مِنۡ حَدِيدٖ

    Open ayah 22:21

    अनि, तिनीहरूको दण्डकोलागि फलामका घनहरू रहेका छन् ।

  22. كُلَّمَآ أَرَادُوٓاْ أَن يَخۡرُجُواْ مِنۡهَا مِنۡ غَمٍّ أُعِيدُواْ فِيهَا وَذُوقُواْ عَذَابَ ٱلۡحَرِيقِ

    Open ayah 22:22

    जब–जब तिनीहरू त्यहाँबाट असह्य भएर निस्कन खोज्नेछन् तब–तब तिनीहरू त्यसैतर्फ फर्काइनेछन् । र, (भनिनेछ) चाख ज्वलन्त दण्डको स्वाद ।

  23. إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٖ وَلُؤۡلُؤٗاۖ وَلِبَاسُهُمۡ فِيهَا حَرِيرٞ

    Open ayah 22:23

    निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे उनीहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरूलाई सुनको कडा तथा मोतीहरू पहिर्याइनेछ र त्यहाँ उनीहरूको पहिरन शुद्ध रेशमका हुनेछन् ।

  24. وَهُدُوٓاْ إِلَى ٱلطَّيِّبِ مِنَ ٱلۡقَوۡلِ وَهُدُوٓاْ إِلَىٰ صِرَٰطِ ٱلۡحَمِيدِ

    Open ayah 22:24

    उनीहरूलाई पवित्र वचनको मार्ग देखाइयो र प्रशंसित पालनकर्ताको मार्गदर्शन गराइयो ।

  25. إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ ٱلَّذِي جَعَلۡنَٰهُ لِلنَّاسِ سَوَآءً ٱلۡعَٰكِفُ فِيهِ وَٱلۡبَادِۚ وَمَن يُرِدۡ فِيهِ بِإِلۡحَادِۭ بِظُلۡمٖ نُّذِقۡهُ مِنۡ عَذَابٍ أَلِيمٖ

    Open ayah 22:25

    निस्सन्देह जसले कुफ्र गरे र (मानिसहरूलाई) अल्लाहको मार्ग तथा त्यस प्रतिष्ठित मस्जिदबाट रोक्ने गर्छन् जसलाई हामीले सम्पूर्ण मानवजातिकोलागि समान बनाएका छौं चाहे उनीहरू त्यहाँका बासिन्दा हुन् वा अाप्रवासीहरू, त्यसमा जसले सत्यबाट हटेर अत्याचारको नीति अपनाउँछ उसलाई हामी दुखद यातनाको स्वाद चखाउनेछौं ।

  26. وَإِذۡ بَوَّأۡنَا لِإِبۡرَٰهِيمَ مَكَانَ ٱلۡبَيۡتِ أَن لَّا تُشۡرِكۡ بِي شَيۡـٔٗا وَطَهِّرۡ بَيۡتِيَ لِلطَّآئِفِينَ وَٱلۡقَآئِمِينَ وَٱلرُّكَّعِ ٱلسُّجُودِ

    Open ayah 22:26

    र, (स्मरण गर) हामीले इब्राहीमकालागि यो घर (कअ्बा) को स्थान निर्धारित गर्यौं (यो भन्दै) कि मसँग कसैलाई साझेदार नठहर्याऊ र मेरो घरलाई तवाफ (परिक्रमा), कियाम (खडा हुने), रुकुअ् (झुक्ने) तथा सज्दा (साष्टाङ्ग दण्डवत) गर्नेहरूकालागि पवित्र राख ।

  27. وَأَذِّن فِي ٱلنَّاسِ بِٱلۡحَجِّ يَأۡتُوكَ رِجَالٗا وَعَلَىٰ كُلِّ ضَامِرٖ يَأۡتِينَ مِن كُلِّ فَجٍّ عَمِيقٖ

    Open ayah 22:27

    र, मानिसहरूमा हजको घोषणा गरिदेऊ कि उनीहरू हिँडेर वा हरेक प्रकारको दूरवर्ती बाटोबाट आउने ऊँटहरूमा सवार भएर तिमीकहाँ आऊन्।

  28. لِّيَشۡهَدُواْ مَنَٰفِعَ لَهُمۡ وَيَذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ فِيٓ أَيَّامٖ مَّعۡلُومَٰتٍ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلۡأَنۡعَٰمِۖ فَكُلُواْ مِنۡهَا وَأَطۡعِمُواْ ٱلۡبَآئِسَ ٱلۡفَقِيرَ

    Open ayah 22:28

    ताकि उनीहरूले आफ्नालागि (राखिएका) फाइदाहरूसम्म पुग्न सकून् र (बलिदानका) निश्चित दिनहरूमा ती जनावरहरू– लाई कुरबानी गर्दा अल्लाहको नाम लिऊन् । अनि त्यसबाट तिमीहरू पनि खाऊ र पराश्रित, भोका गरीबलाई पनि खुवाऊ ।

  29. ثُمَّ لۡيَقۡضُواْ تَفَثَهُمۡ وَلۡيُوفُواْ نُذُورَهُمۡ وَلۡيَطَّوَّفُواْ بِٱلۡبَيۡتِ ٱلۡعَتِيقِ

    Open ayah 22:29

    फेरि मानिसहरूले आफ्नो फोहोरमैला सफा गरून्, आफ्ना भाकलहरू पूरा गरून् र प्राचीन घर (कअ्बा) को तवाफ (परिक्रमा) गरून् ।

  30. ذَٰلِكَۖ وَمَن يُعَظِّمۡ حُرُمَٰتِ ٱللَّهِ فَهُوَ خَيۡرٞ لَّهُۥ عِندَ رَبِّهِۦۗ وَأُحِلَّتۡ لَكُمُ ٱلۡأَنۡعَٰمُ إِلَّا مَا يُتۡلَىٰ عَلَيۡكُمۡۖ فَٱجۡتَنِبُواْ ٱلرِّجۡسَ مِنَ ٱلۡأَوۡثَٰنِ وَٱجۡتَنِبُواْ قَوۡلَ ٱلزُّورِ 

    Open ayah 22:30

    यो थियो कअ्बा निर्माण गर्नुको उद्देश्य । र, जसले अल्लाहका प्रतिष्ठित स्थलहरूको आदर गर्छ त्यो उसका पालनकर्ताको दृष्टिमा उसैकोलागि राम्रो हो । र, तिमीहरूकालागि चौपायाहरू वैध गरिएका छन् सिवाय ती चौपायाहरू जसको बारेमा तिमीहरूसमक्ष बयान गरिएकोछ । अनि मूर्तिहरूको फोहोरबाट बच र मिथ्या कुराबाट पनि बच।

  31. حُنَفَآءَ لِلَّهِ غَيۡرَ مُشۡرِكِينَ بِهِۦۚ وَمَن يُشۡرِكۡ بِٱللَّهِ فَكَأَنَّمَا خَرَّ مِنَ ٱلسَّمَآءِ فَتَخۡطَفُهُ ٱلطَّيۡرُ أَوۡ تَهۡوِي بِهِ ٱلرِّيحُ فِي مَكَانٖ سَحِيقٖ

    Open ayah 22:31

    अल्लाहकैलागि एकाग्र हुँदै तथा कसैलाई उनको साझेदार नबनाइकन । र, जसले अल्लाहको साझेदार बनाउँछ, मानौं ऊ आकाशबाट खस्यो । अब उसलाई कि त पंक्षीले उठाएर लैजानेछ कि त हावाले उडाएर कुनै दुर्गम स्थानमा फ्याँकिदिनेछ ।

  32. ذَٰلِكَۖ وَمَن يُعَظِّمۡ شَعَٰٓئِرَ ٱللَّهِ فَإِنَّهَا مِن تَقۡوَى ٱلۡقُلُوبِ

    Open ayah 22:32

    यो हाम्रो आदेश हो । र, जसले अल्लाहले निश्चित गरेका निशानीहरूको आदर गर्छ त्यो वास्तवमा हृदयको ईशपरायणताको कुरा हो ।

  33. لَكُمۡ فِيهَا مَنَٰفِعُ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى ثُمَّ مَحِلُّهَآ إِلَى ٱلۡبَيۡتِ ٱلۡعَتِيقِ

    Open ayah 22:33

    तिमीहरूकालागि एउटा निर्धारित समयसम्म त्यसमा (कुर्बानीका जनावरहरू) लाभ छ । अनि तिनीहरुको वधशाला प्राचीन घर (कअ्बा) नजिक हो ।

  34. وَلِكُلِّ أُمَّةٖ جَعَلۡنَا مَنسَكٗا لِّيَذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلۡأَنۡعَٰمِۗ فَإِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞ فَلَهُۥٓ أَسۡلِمُواْۗ وَبَشِّرِ ٱلۡمُخۡبِتِينَ

    Open ayah 22:34

    र, प्रत्येक समुदायकोलागि हामीले कुरबानी [ ] (बली) को एउटा तरिका निर्धारित गरेका छौं ताकि उनीहरूले ती चौपायाहरूमाथि अल्लाहको नाम उच्चारण गरून् जुन अल्लाहले उनीहरूलाई प्रदान गरेका छन् । तिमीहरूका पूज्य एक मात्र पूज्य हुन् तसर्थ उनकै आज्ञाकारी बन । र, हे नबी ! शुभसूचना देऊ बिनम्रताका नीति अपनाउनेहरूलाई ।

  35. ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتۡ قُلُوبُهُمۡ وَٱلصَّٰبِرِينَ عَلَىٰ مَآ أَصَابَهُمۡ وَٱلۡمُقِيمِي ٱلصَّلَوٰةِ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

    Open ayah 22:35

    जससमक्ष जब अल्लाहको चर्चा गरिन्छ तब उनीहरूको हृदय काँप्छ र जो जस्तोसुकै सङ्कट आइलाग्दा पनि धैर्यले काम लिन्छन्, जसले नमाज कायम गर्छन् र हामीले उनीहरूलाई जेजति प्रदान गरेका छौं त्यसमध्येबाट खर्च गर्दछन् ।

  36. وَٱلۡبُدۡنَ جَعَلۡنَٰهَا لَكُم مِّن شَعَٰٓئِرِ ٱللَّهِ لَكُمۡ فِيهَا خَيۡرٞۖ فَٱذۡكُرُواْ ٱسۡمَ ٱللَّهِ عَلَيۡهَا صَوَآفَّۖ فَإِذَا وَجَبَتۡ جُنُوبُهَا فَكُلُواْ مِنۡهَا وَأَطۡعِمُواْ ٱلۡقَانِعَ وَٱلۡمُعۡتَرَّۚ كَذَٰلِكَ سَخَّرۡنَٰهَا لَكُمۡ لَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 22:36

    र, कुरबानीका ऊँटलाई हामीले तिमीहरूकालागि अल्लाहका निशानीहरूमध्ये ठहर्याएका छौं । त्यसमा तिमीहरूका लागि भलाई छ । अतः तिनीहरुलाई उभिएको अवस्थामा तिनीहरूमाथि अल्लाहको नाम उच्चारण गर; अनि भूइँमा लडेपछि त्यसबाट तिमीहरू पनि खाऊ र सन्तोष गरी बसेका तथा माग्ने दुवै खालका दीनदुःखीहरूलाई पनि खुवाऊ । यसप्रकार ती जनावरहरूलाई हामीले तिमीहरूको अधीनमा गरेका छौं ताकि तिमीहरू कृतज्ञ बन ।

  37. لَن يَنَالَ ٱللَّهَ لُحُومُهَا وَلَا دِمَآؤُهَا وَلَٰكِن يَنَالُهُ ٱلتَّقۡوَىٰ مِنكُمۡۚ كَذَٰلِكَ سَخَّرَهَا لَكُمۡ لِتُكَبِّرُواْ ٱللَّهَ عَلَىٰ مَا هَدَىٰكُمۡۗ وَبَشِّرِ ٱلۡمُحۡسِنِينَ

    Open ayah 22:37

    अल्लाहकहाँ न कुरबानीको मासु पुग्दछ न रगत नै, बरु तिमीहरूको ‘तक्वा’ (धर्मनिष्ठा) मात्र उनीसमक्ष पुग्दछ । यसरी हामीले ती जनावरहरूलाई तिमीहरूको काबुमा गरिदिएका छौं ताकि उनले तिमीहरूलाई मार्गदर्शन गरेका हुनाले तिमीहरू प्रशंसा बयान गर । र, हे नबी ! शुभसूचना देऊ अति उत्तम कर्म गर्नेहरूलाई !

  38. ۞إِنَّ ٱللَّهَ يُدَٰفِعُ عَنِ ٱلَّذِينَ ءَامَنُوٓاْۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ خَوَّانٖ كَفُورٍ

    Open ayah 22:38

    अल्लाह निश्चय नै सत्य मोमिनहरूको प्रतिरक्षा गर्छन् । अल्लाहले कुनै पनि विश्वासघाती तथा कृतध्न व्यक्तिलाई मन पराउँदैनन् ।

  39. أُذِنَ لِلَّذِينَ يُقَٰتَلُونَ بِأَنَّهُمۡ ظُلِمُواْۚ وَإِنَّ ٱللَّهَ عَلَىٰ نَصۡرِهِمۡ لَقَدِيرٌ

    Open ayah 22:39

    ती मानिसहरूलाई अनुमति दिइयो जससित युद्ध गरिन्छ, यसकारणले कि उनीहरूमाथि अत्याचार गरियो । निस्सन्देह अल्लाह तिनीहरूको मदत गर्न पूर्ण सामर्थ्य राख्दछन् ।

  40. ٱلَّذِينَ أُخۡرِجُواْ مِن دِيَٰرِهِم بِغَيۡرِ حَقٍّ إِلَّآ أَن يَقُولُواْ رَبُّنَا ٱللَّهُۗ وَلَوۡلَا دَفۡعُ ٱللَّهِ ٱلنَّاسَ بَعۡضَهُم بِبَعۡضٖ لَّهُدِّمَتۡ صَوَٰمِعُ وَبِيَعٞ وَصَلَوَٰتٞ وَمَسَٰجِدُ يُذۡكَرُ فِيهَا ٱسۡمُ ٱللَّهِ كَثِيرٗاۗ وَلَيَنصُرَنَّ ٱللَّهُ مَن يَنصُرُهُۥٓۚ إِنَّ ٱللَّهَ لَقَوِيٌّ عَزِيزٌ 

    Open ayah 22:40

    ती यस्ता व्यक्तिहरू हुन् जो आफ्ना घरहरूबाट अनाहकमा धपाइए, केवल यो भनेकाले– “अल्लाह नै हाम्रा पालनकर्ता हुन् ।” यदि अल्लाहले केही व्यक्तिहरूद्वारा अन्य केही व्यक्तिहरूको पदच्यूत गराएनन् भने खानकाहहरू गिर्जाघर, (यहूदीहरूको) उपासना गृह र (मुस्लिमहरूका) मस्जिदहरू, जहाँ उल्लेख्यमात्रामा अल्लाहको नामको जप हुन्छ, यी सबैलाई पूर्णरूपले भत्काइने थियो । अल्लाह ती व्यक्तिहरूको सहयोग गर्नेछन् जो उनको मदत गर्नेछन् । निस्सन्देह अल्लाह शक्तिशाली एवं प्रभुत्वशाली छन् ।

  41. ٱلَّذِينَ إِن مَّكَّنَّٰهُمۡ فِي ٱلۡأَرۡضِ أَقَامُواْ ٱلصَّلَوٰةَ وَءَاتَوُاْ ٱلزَّكَوٰةَ وَأَمَرُواْ بِٱلۡمَعۡرُوفِ وَنَهَوۡاْ عَنِ ٱلۡمُنكَرِۗ وَلِلَّهِ عَٰقِبَةُ ٱلۡأُمُورِ

    Open ayah 22:41

    यिनीहरू नै ती व्यक्तिहरू हुन् जसलाई हामीले धर्तीमा सत्ता प्रदान गरेमा नमाज कायम गर्नेछन्, जकात दिनेछन्, सत्कर्मको आदेश दिनेछन् र दुष्कर्मबाट रोक्नेछन् । र, सम्पूर्ण कार्यहरूको परिणाम अल्लाहकै हातमा छ ।

  42. وَإِن يُكَذِّبُوكَ فَقَدۡ كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَعَادٞ وَثَمُودُ

    Open ayah 22:42

    हे नबी ! यदि यी काफिरहरू तिमीलाई झूठो ठहर्याउँछन् भने (आश्चर्य नमान्नू) । यसअघि पनि नूह जातिका, आद तथा समूदले झूठो ठहर्याइसकेका छन्।

  43. وَقَوۡمُ إِبۡرَٰهِيمَ وَقَوۡمُ لُوطٖ

    Open ayah 22:43

    र, (त्यस्तै) इब्राहीम तथा लूतका जातिहरूले पनि ।

  44. وَأَصۡحَٰبُ مَدۡيَنَۖ وَكُذِّبَ مُوسَىٰۖ فَأَمۡلَيۡتُ لِلۡكَٰفِرِينَ ثُمَّ أَخَذۡتُهُمۡۖ فَكَيۡفَ كَانَ نَكِيرِ

    Open ayah 22:44

    र, मदयनबासीहरूले पनि । र, मूसा पनि झूठो ठहर्याइए । तर मैले काफिरहरूलाई अवसर प्रदान गरें, फेरि समातें, अनि हेर कस्तो थियो मेरो प्रकोप !

  45. فَكَأَيِّن مِّن قَرۡيَةٍ أَهۡلَكۡنَٰهَا وَهِيَ ظَالِمَةٞ فَهِيَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا وَبِئۡرٖ مُّعَطَّلَةٖ وَقَصۡرٖ مَّشِيدٍ

    Open ayah 22:45

    र, कतिपय यस्ता नगरहरू छन् जसलाई हामीले तिनीहरूले अत्याचार गरिरहेकै अवस्थामा नष्ट पारिदियौं । अनि तिनीहरू आफ्नै छानाहरूमाथि घोप्टो पारिए । र कतिपय इनारहरू बेकार छन् तथा कतिपय मजबुत महलहरू पनि सुनसान छन् ।

  46. أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَتَكُونَ لَهُمۡ قُلُوبٞ يَعۡقِلُونَ بِهَآ أَوۡ ءَاذَانٞ يَسۡمَعُونَ بِهَاۖ فَإِنَّهَا لَا تَعۡمَى ٱلۡأَبۡصَٰرُ وَلَٰكِن تَعۡمَى ٱلۡقُلُوبُ ٱلَّتِي فِي ٱلصُّدُورِ

    Open ayah 22:46

    के तिनीहरूले धर्तीमा यात्रा गरेनन् ताकि तिनीहरूका हृदय बुझ्नेवाला वा कान सुन्नेवाला होऊन् ? वास्तविकता के छ भने आँखाहरू अन्धा हुँदैनन् अपितु छातीभित्र रहेका हृदय अन्धा हुन्छन् ।

  47. وَيَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَلَن يُخۡلِفَ ٱللَّهُ وَعۡدَهُۥۚ وَإِنَّ يَوۡمًا عِندَ رَبِّكَ كَأَلۡفِ سَنَةٖ مِّمَّا تَعُدُّونَ

    Open ayah 22:47

    र, यिनीहरू तिमीसित यातनाकोलागि हतार गरिरहेका छन् । अल्लाह आफ्नो वाचा कदापि तोड्दैनन् । तिम्रा पालनकर्ताको एकदिन तिमीहरूको गणनाको एकहजार वर्षसँग बराबर हुन्छ ।

  48. وَكَأَيِّن مِّن قَرۡيَةٍ أَمۡلَيۡتُ لَهَا وَهِيَ ظَالِمَةٞ ثُمَّ أَخَذۡتُهَا وَإِلَيَّ ٱلۡمَصِيرُ

    Open ayah 22:48

    कतिपय नगरहरू जसलाई हामीले अत्याचारी भएको अवस्थामा पनि अवसर प्रदान गर्यौं, अन्तत हामीले समात्यौं । र, (सबै) हामीतर्फ नै फर्केर आउनुछ ।

  49. قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّمَآ أَنَا۠ لَكُمۡ نَذِيرٞ مُّبِينٞ

    Open ayah 22:49

    भनिदेऊ– हे मानव हो ! म तिमीहरूकालागि स्पष्ट रूपमा केवल सचेतक हुँ ।

  50. فَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ 

    Open ayah 22:50

    अतः जुन व्यक्तिहरूले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन् उनीहरूकैलागि क्षमादान छ र सम्मानित जीविका पनि ।

  51. وَٱلَّذِينَ سَعَوۡاْ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ

    Open ayah 22:51

    र, जुन मानिसहरू हाम्रा निशानीहरूलाई विफल तुल्याउने कुचेष्टा गर्छन् तिनीहरू नै नरकमा जानेहरू हुन् ।

  52. وَمَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ مِن رَّسُولٖ وَلَا نَبِيٍّ إِلَّآ إِذَا تَمَنَّىٰٓ أَلۡقَى ٱلشَّيۡطَٰنُ فِيٓ أُمۡنِيَّتِهِۦ فَيَنسَخُ ٱللَّهُ مَا يُلۡقِي ٱلشَّيۡطَٰنُ ثُمَّ يُحۡكِمُ ٱللَّهُ ءَايَٰتِهِۦۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

    Open ayah 22:52

    तिमीभन्दा पहिले हामीले जुन रसूल वा नबीलाई पठायौं, उनीसित यो भयो कि जब उनले (मार्गदर्शन गर्ने) चाहना गरे शैतानले उनको कामनामा बाधा उत्पन्न गर्यो । तर शैतानले जस्तोसुकै खडा गरेको बाधालाई अल्लाहले हटाइ दिन्छन् । फेरि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ तुल्याए । र, अल्लाह सर्वज्ञ तथा तत्वज्ञ छन् ।

  53. لِّيَجۡعَلَ مَا يُلۡقِي ٱلشَّيۡطَٰنُ فِتۡنَةٗ لِّلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡقَاسِيَةِ قُلُوبُهُمۡۗ وَإِنَّ ٱلظَّٰلِمِينَ لَفِي شِقَاقِۭ بَعِيدٖ

    Open ayah 22:53

    (यस्तो किन हुन्छ भने) ताकि शैतानले उत्पन्न गरेको बाधालाई उनी ती व्यक्तिहरूकालागि परीक्षा बनाऊन् जसका हृदयमा (कपटको) रोग लागेको छ, र जसका हृदयहरू कठोर छन् । र निस्सन्देह अत्याचारीहरू शत्रुतामा निकै टाढासम्म पुगेका छन् ।

  54. وَلِيَعۡلَمَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ أَنَّهُ ٱلۡحَقُّ مِن رَّبِّكَ فَيُؤۡمِنُواْ بِهِۦ فَتُخۡبِتَ لَهُۥ قُلُوبُهُمۡۗ وَإِنَّ ٱللَّهَ لَهَادِ ٱلَّذِينَ ءَامَنُوٓاْ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 22:54

    र, यस उद्देश्यले पनि कि ज्ञान प्राप्त व्यक्तिहरूले विश्वास गरून् कि यो तिम्रा पालनकर्ताकै तर्फबाट नितान्त सत्य हो । फेरि उनीहरूले त्यसमाथि ईमान ल्याऊन् र उनीहरूको हृदय त्यसतर्फ झुकोस् । र, जसले ईमान ल्याउँछन् उनीहरूलाई अल्लाहले अवश्य सीधा मार्ग देखाउँछन् ।

  55. وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُواْ فِي مِرۡيَةٖ مِّنۡهُ حَتَّىٰ تَأۡتِيَهُمُ ٱلسَّاعَةُ بَغۡتَةً أَوۡ يَأۡتِيَهُمۡ عَذَابُ يَوۡمٍ عَقِيمٍ

    Open ayah 22:55

    र, काफिरहरू यस (कुरआन) को बारेमा सन्देहमा नै रहनेछन् यहाँसम्म कि या त तिनीहरूसमक्ष अकस्मात् महाप्रलय आइपुगोस् वा तिनीहरूमाथि अशुभ दिनको प्रकोप आइलागोस् ।

  56. ٱلۡمُلۡكُ يَوۡمَئِذٖ لِّلَّهِ يَحۡكُمُ بَيۡنَهُمۡۚ فَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فِي جَنَّٰتِ ٱلنَّعِيمِ

    Open ayah 22:56

    त्यो दिन शासन अल्लाहकै हातमा हुनेछ । उनले तिनीहरूबीच निसाफ गर्नेछन् । अनि ईमान ल्याउने तथा सत्कर्म गर्नेहरू त वैभवपूर्ण स्वर्गमा जानेछन् ।

  57. وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَا فَأُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ

    Open ayah 22:57

    र, जसले कुफ्र गरे, र हाम्रा आयतहरूलाई मिथ्या ठहर गरे, तिनीहरूकालागि अपमानजनक यातना हुनेछ ।

  58. وَٱلَّذِينَ هَاجَرُواْ فِي سَبِيلِ ٱللَّهِ ثُمَّ قُتِلُوٓاْ أَوۡ مَاتُواْ لَيَرۡزُقَنَّهُمُ ٱللَّهُ رِزۡقًا حَسَنٗاۚ وَإِنَّ ٱللَّهَ لَهُوَ خَيۡرُ ٱلرَّٰزِقِينَ

    Open ayah 22:58

    र, जुन व्यक्तिहरूले अल्लाहको मार्गमा घरबार त्यागे फेरि मारिए वा मरे त्यस्ता व्यक्तिहरूलाई अल्लाहले अवश्य उत्तम जीविका प्रदान गर्नेछन् । र, निस्सन्देह अल्लाह सर्वश्रेष्ठ दानशील छन् ।

  59. لَيُدۡخِلَنَّهُم مُّدۡخَلٗا يَرۡضَوۡنَهُۥۚ وَإِنَّ ٱللَّهَ لَعَلِيمٌ حَلِيمٞ

    Open ayah 22:59

    उनले उनीहरूलाई अवश्य नै यस्तो स्थानमा प्रवेश गराउनेछन् जसलाई उनीहरूले मन पराउनेछन् । र, अल्लाह सर्वज्ञ तथा अत्यन्त सहिष्णु छन् ।

  60. ۞ذَٰلِكَۖ وَمَنۡ عَاقَبَ بِمِثۡلِ مَا عُوقِبَ بِهِۦ ثُمَّ بُغِيَ عَلَيۡهِ لَيَنصُرَنَّهُ ٱللَّهُۚ إِنَّ ٱللَّهَ لَعَفُوٌّ غَفُورٞ 

    Open ayah 22:60

    यो त हो उनीहरूको परिणाम । र, जो व्यक्ति आफू जति सताइएको थियो त्यतिनै मात्रामा बदला लिन्छ र त्यसपछि उसमाथि पुनः अत्याचार गरिन्छ भने अल्लाहले निश्चय नै उसलाई सहयोग गर्नेछन् । निस्सन्देह अल्लाह माफ गर्नेवाला तथा क्षमाशील छन् ।

  61. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَأَنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٞ

    Open ayah 22:61

    यो यसकारणले कि रातबाट दिन तथा दिनबाट रात निकाल्ने अल्लाह नै हुन् । र, निश्चय नै अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।

  62. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّ مَا يَدۡعُونَ مِن دُونِهِۦ هُوَ ٱلۡبَٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ

    Open ayah 22:62

    यो यस कारणले कि अल्लाह नै नितान्त सत्य हुन्, र उनलाई छोडी तिनीहरू जुन चिजलाई पुकार्छन् त्यो असत्य हो । र, निश्चय नै अल्लाह सर्वोच्च तथा महान् छन् ।

  63. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَتُصۡبِحُ ٱلۡأَرۡضُ مُخۡضَرَّةًۚ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٞ

    Open ayah 22:63

    के तिमीले देखेनौ कि अल्लाहले आकाशबाट पानी बर्साउँछन् अनि भूमि हरियो हुन जान्छ ? निस्सन्देह अल्लाह सूक्ष्मदर्शी तथा सुसूचित छन् ।

  64. لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَإِنَّ ٱللَّهَ لَهُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ

    Open ayah 22:64

    उनैका हुन् आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरू र वास्तवमा अल्लाह निस्पृह तथा स्वयं प्रशंसनीय छन् ।

  65. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِي ٱلۡأَرۡضِ وَٱلۡفُلۡكَ تَجۡرِي فِي ٱلۡبَحۡرِ بِأَمۡرِهِۦ وَيُمۡسِكُ ٱلسَّمَآءَ أَن تَقَعَ عَلَى ٱلۡأَرۡضِ إِلَّا بِإِذۡنِهِۦٓۚ إِنَّ ٱللَّهَ بِٱلنَّاسِ لَرَءُوفٞ رَّحِيمٞ

    Open ayah 22:65

    के तिमीले देखेनौ कि अल्लाहले नै धर्तीका सम्पूर्ण चिजहरूलाई तिम्रो अधीनस्थ गरेका छन्, र डुङ्गा पनि जुन उनकै आदेशबाट समुद्रमा चल्ने गर्छ । र, उनैले आकाशलाई यसरी थामेका छन् कि उनको आदेशबिना त्यो पृथ्वीमाथि खस्न सक्दैन । निस्सन्देह अल्लाह मानवजातिप्रति अति स्नेहशील र अति करुणामय छन् ।

  66. وَهُوَ ٱلَّذِيٓ أَحۡيَاكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡۗ إِنَّ ٱلۡإِنسَٰنَ لَكَفُورٞ

    Open ayah 22:66

    र, उनै हुन् जसले तिमीहरूलाई जीवन प्रदान गरे । फेरि मृत्यु दिनेछन् र पुनः जीवित पार्नेछन् । वास्तवमा मानव कृतघ्न छ।

  67. لِّكُلِّ أُمَّةٖ جَعَلۡنَا مَنسَكًا هُمۡ نَاسِكُوهُۖ فَلَا يُنَٰزِعُنَّكَ فِي ٱلۡأَمۡرِۚ وَٱدۡعُ إِلَىٰ رَبِّكَۖ إِنَّكَ لَعَلَىٰ هُدٗى مُّسۡتَقِيمٖ

    Open ayah 22:67

    हरेक समुदायकालागि हामीले उपासनाको तरीका निर्धारण गरेका छौं जसको तिनीहरू पालना गर्ने गर्छन् । अतः (हे नबी !) तिनीहरूले यस मामिलामा तिमीसित विवाद नगरून् । र, तिमी आफ्ना पालनकर्तातर्फ मानिसहरूलाई बोलाऊ । निस्सन्देह तिमी सीधा मार्गमा छौ ।

  68. وَإِن جَٰدَلُوكَ فَقُلِ ٱللَّهُ أَعۡلَمُ بِمَا تَعۡمَلُونَ

    Open ayah 22:68

    र, यदि तिनीहरूले तिमीसित विवाद गर्छन् भने भनिदेऊ–“अल्लाह तिमीहरुका क्रियाकलापहरूलाई राम्ररी जान्दछन् ।”

  69. ٱللَّهُ يَحۡكُمُ بَيۡنَكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كُنتُمۡ فِيهِ تَخۡتَلِفُونَ

    Open ayah 22:69

    अल्लाह महाप्रलयको दिन तिमीहरूले मतभेद गर्ने गरेका कुराहरूबारे तिमीहरूबीच निर्णय गर्नेछन् ।

  70. أَلَمۡ تَعۡلَمۡ أَنَّ ٱللَّهَ يَعۡلَمُ مَا فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ إِنَّ ذَٰلِكَ فِي كِتَٰبٍۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ 

    Open ayah 22:70

    के तिमीलाई थाहा भएन कि अल्लाह आकाश तथा पृथ्वीका सम्पूर्ण चिजहरूबारे ज्ञान राख्दछन् । यी सबै लिपिबद्ध छन् । र, यो कार्य अल्लाहकालागि अति सहज रहेकोछ ।

  71. وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَمۡ يُنَزِّلۡ بِهِۦ سُلۡطَٰنٗا وَمَا لَيۡسَ لَهُم بِهِۦ عِلۡمٞۗ وَمَا لِلظَّٰلِمِينَ مِن نَّصِيرٖ

    Open ayah 22:71

    अनि, यी व्यक्तिहरूले अल्लाहलाई छोडी जसको पूजा गरिरहेकाछन् त्यसबारे अल्लाहले कुनै प्रमाण अवतीर्ण गरेका छैनन् र न त्यसबारे तिनीहरूलाई कुनै ज्ञान पनि छैन । र, अत्याचारीहरूको कोही सहयोगी हुने छैन ।

  72. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ تَعۡرِفُ فِي وُجُوهِ ٱلَّذِينَ كَفَرُواْ ٱلۡمُنكَرَۖ يَكَادُونَ يَسۡطُونَ بِٱلَّذِينَ يَتۡلُونَ عَلَيۡهِمۡ ءَايَٰتِنَاۗ قُلۡ أَفَأُنَبِّئُكُم بِشَرّٖ مِّن ذَٰلِكُمُۚ ٱلنَّارُ وَعَدَهَا ٱللَّهُ ٱلَّذِينَ كَفَرُواْۖ وَبِئۡسَ ٱلۡمَصِيرُ

    Open ayah 22:72

    र, जब यिनीहरूलाई हाम्रा आयतहरू स्पष्ट रूपमा पढेर सुनाइन्छ तब यी काफिरहरूको अनुहारमा अरुचिको चिन्ह स्पष्टरूपमा देख्छौ । र, यिनीहरू हाम्रा आयतहरू सुनाउने व्यक्तिहरूमाथि मानााैं अाक्रमण गर्नेछन् । भनिदेऊ– “के म तिमीहरूलाई त्यसभन्दा निकृष्ट कुराको खबर दिऊँ ? त्यो आगो हो जसको वाचा अल्लाहले काफिरहरूसित गरेका छन्, र त्यो अति निकृष्ट बासस्थान हो ।”

  73. يَٰٓأَيُّهَا ٱلنَّاسُ ضُرِبَ مَثَلٞ فَٱسۡتَمِعُواْ لَهُۥٓۚ إِنَّ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَن يَخۡلُقُواْ ذُبَابٗا وَلَوِ ٱجۡتَمَعُواْ لَهُۥۖ وَإِن يَسۡلُبۡهُمُ ٱلذُّبَابُ شَيۡـٔٗا لَّا يَسۡتَنقِذُوهُ مِنۡهُۚ ضَعُفَ ٱلطَّالِبُ وَٱلۡمَطۡلُوبُ

    Open ayah 22:73

    हे मानव हो ! एउटा उदाहरण बयान गरिन्छ; यसलाई ध्यानपूर्वक सुन । अल्लाहलाई छोडी तिमीहरू जसलाई पुकार्छौ, तिनीहरूले एउटा झिङ्गासम्म सृष्टि गर्न सक्दैनन्, चाहे त्यसकोनिम्ति तिनीहरू सबै एकजुट नै किन नहोऊन् । र, कुनै झिङ्गाले तिनीहरूको कुनै वस्तु खोसेर लगेमा तिनीहरूले त्यसबाट त्यो वस्तु पनि छुटाउन सक्दैनन् । सहायता माग्नेवाला पनि दुर्बल र जोसित सहायता मागिन्छ त्यो पनि दुर्बल !

  74. مَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦٓۚ إِنَّ ٱللَّهَ لَقَوِيٌّ عَزِيزٌ

    Open ayah 22:74

    तिनीहरूले अल्लाहको त्यो कदर गर्न जान्दै जानेनन् जुन तिनीहरूले गर्नुपर्ने थियो । निश्चय नै अल्लाह सर्वशक्तिमान तथा प्रभुत्वशाली छन् ।

  75. ٱللَّهُ يَصۡطَفِي مِنَ ٱلۡمَلَٰٓئِكَةِ رُسُلٗا وَمِنَ ٱلنَّاسِۚ إِنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٞ

    Open ayah 22:75

    अल्लाह नै फरिश्ताहरू तथा मानिसहरू मध्येबाट सन्देशवाहक छान्ने गर्छन् । निस्सन्देह अल्लाह सर्वश्रोता र सर्वद्रष्टा छन् ।

  76. يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

    Open ayah 22:76

    अल्लाह राम्ररी जान्दछन् जुन तिनीहरूको अगाडि छ र जुन तिनीहरूको पछाडि छ । र, सबै मामिलाहरू अल्लाहतर्फ नै फर्काइनेछन् ।

  77. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱرۡكَعُواْ وَٱسۡجُدُواْۤ وَٱعۡبُدُواْ رَبَّكُمۡ وَٱفۡعَلُواْ ٱلۡخَيۡرَ لَعَلَّكُمۡ تُفۡلِحُونَ۩

    Open ayah 22:77

    हे आस्थावानहरू हो ! रुकूअ र सज्दा गर्ने गर तथा आफ्ना पालनकर्ताको उपासना गर, र पूण्यकर्म गर ताकि तिमीहरू सफल हुन सक ।

  78. وَجَٰهِدُواْ فِي ٱللَّهِ حَقَّ جِهَادِهِۦۚ هُوَ ٱجۡتَبَىٰكُمۡ وَمَا جَعَلَ عَلَيۡكُمۡ فِي ٱلدِّينِ مِنۡ حَرَجٖۚ مِّلَّةَ أَبِيكُمۡ إِبۡرَٰهِيمَۚ هُوَ سَمَّىٰكُمُ ٱلۡمُسۡلِمِينَ مِن قَبۡلُ وَفِي هَٰذَا لِيَكُونَ ٱلرَّسُولُ شَهِيدًا عَلَيۡكُمۡ وَتَكُونُواْ شُهَدَآءَ عَلَى ٱلنَّاسِۚ فَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَٱعۡتَصِمُواْ بِٱللَّهِ هُوَ مَوۡلَىٰكُمۡۖ فَنِعۡمَ ٱلۡمَوۡلَىٰ وَنِعۡمَ ٱلنَّصِيرُ

    Open ayah 22:78

    र, अल्लाहको मार्गमा त्यसरी नै जिहाद गर जसरी जिहाद गर्नु पर्ने हो । उनले तिमीहरूलाई छानेका छन् । र, धर्ममा उनले तिमीहरूमाथि कुनै कठिनाइ राखेका छैनन् । तिम्रा पूर्वज इब्राहीमको पन्थलाई मन पराएका छन् । उनले यसभन्दा अघि तिमीहरूको नाम मुस्लिम (आज्ञाकारी) राखेका थिए । र, यस (कुरआन) मा पनि तिमीहरूको यही नाम छ, ताकि रसूल तिमीहरूका साक्षी बनून् र तिमीहरू सम्पूर्ण मानव जातिका साक्षी बन । अतः नमाज कायम गर, जकात देऊ, र अल्लाहलाई दृढतापूर्वक समात । उनी तिमीहरूका स्वामी हुन् । कति उत्तम स्वामी हुन् उनी र कति उत्तम सहयोगी !