المؤمنون

Al-Muminoon

The Believers · Surah 23 · Ayahs: 118 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. قَدۡ أَفۡلَحَ ٱلۡمُؤۡمِنُونَ

    Open ayah 23:1

    निश्चय नै मोमिनहरूले सफलता प्राप्त गरे।

  2. ٱلَّذِينَ هُمۡ فِي صَلَاتِهِمۡ خَٰشِعُونَ

    Open ayah 23:2

    जो आफ्ना नमाजमा अत्यन्तै विनम्रता अवलम्बन गर्छन्।

  3. وَٱلَّذِينَ هُمۡ عَنِ ٱللَّغۡوِ مُعۡرِضُونَ

    Open ayah 23:3

    र व्यर्थ कुराहरूबाट विमुख छन्।

  4. وَٱلَّذِينَ هُمۡ لِلزَّكَوٰةِ فَٰعِلُونَ

    Open ayah 23:4

    र जकात चुक्ता गर्छन।

  5. وَٱلَّذِينَ هُمۡ لِفُرُوجِهِمۡ حَٰفِظُونَ

    Open ayah 23:5

    र आफ्ना गुप्ताङ्गहरूको सुरक्षा गर्छन्।

  6. إِلَّا عَلَىٰٓ أَزۡوَٰجِهِمۡ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَإِنَّهُمۡ غَيۡرُ مَلُومِينَ

    Open ayah 23:6

    सिवाय आफ्ना पत्नीहरू तथा अधीनमा रहेका दासीहरू जससँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय हुँदैनन् ।

  7. فَمَنِ ٱبۡتَغَىٰ وَرَآءَ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡعَادُونَ

    Open ayah 23:7

    तर जुन व्यक्तिहरू त्यसबाहेकको आकांक्षा राख्छन् तिनीहरू सीमा उल्लङ्घनकारीहरू हुन् ।

  8. وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ

    Open ayah 23:8

    र,जो आफ्नो नासो तथा वाचाको पालना गर्छन्।

  9. وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَوَٰتِهِمۡ يُحَافِظُونَ

    Open ayah 23:9

    र जो आफ्ना नमाजहरूको रक्षा गर्छन्।

  10. أُوْلَٰٓئِكَ هُمُ ٱلۡوَٰرِثُونَ 

    Open ayah 23:10

    त्यस्ता व्यक्तिहरू नै वास्तविक उत्तराधिकारी हुन् ।

  11. ٱلَّذِينَ يَرِثُونَ ٱلۡفِرۡدَوۡسَ هُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 23:11

    जो फिर्दोसका उत्तराधिकारी हुनेछन् जहाँ उनीहरू सदा रहनेछन् ।

  12. وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ مِن سُلَٰلَةٖ مِّن طِينٖ

    Open ayah 23:12

    निस्सन्देह हामीले मनुष्यलाई माटोको सार (निचोड) बाट सृष्टि गर्यौं ।

  13. ثُمَّ جَعَلۡنَٰهُ نُطۡفَةٗ فِي قَرَارٖ مَّكِينٖ

    Open ayah 23:13

    फेरि त्यसलाई वीर्यको थोपास्वरूप एउटा सुरक्षित स्थानमा राख्यौं ।

  14. ثُمَّ خَلَقۡنَا ٱلنُّطۡفَةَ عَلَقَةٗ فَخَلَقۡنَا ٱلۡعَلَقَةَ مُضۡغَةٗ فَخَلَقۡنَا ٱلۡمُضۡغَةَ عِظَٰمٗا فَكَسَوۡنَا ٱلۡعِظَٰمَ لَحۡمٗا ثُمَّ أَنشَأۡنَٰهُ خَلۡقًا ءَاخَرَۚ فَتَبَارَكَ ٱللَّهُ أَحۡسَنُ ٱلۡخَٰلِقِينَ

    Open ayah 23:14

    अनि वीर्यलाई ढिक्को रगत बनायौं र त्यस ढिक्को रगतलाई मासुको डल्लो बनायौं अनि मासुको डल्लोलाई हड्डी बनायौं । र, हामीले त्यस हड्डीमा मासु चढायौं । अनि हामीले त्यसलाइ अर्कै सर्जन रूप खिएर खडा गर्यौं । अतः बरकतयुक्त छन् अल्लाह जो सर्वोत्तम सृष्टिकर्ता हुन् ।

  15. ثُمَّ إِنَّكُم بَعۡدَ ذَٰلِكَ لَمَيِّتُونَ

    Open ayah 23:15

    त्यसपछि तिमीहरू अवश्य मर्नुपर्नेछ ।

  16. ثُمَّ إِنَّكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ تُبۡعَثُونَ

    Open ayah 23:16

    अनि पुनः महाप्रलयको दिन तिमीहरू उठाइनेछौ ।

  17. وَلَقَدۡ خَلَقۡنَا فَوۡقَكُمۡ سَبۡعَ طَرَآئِقَ وَمَا كُنَّا عَنِ ٱلۡخَلۡقِ غَٰفِلِينَ

    Open ayah 23:17

    हामीले तिमीहरूमाथि सातवटा आकाशहरू सृजना गरेका छौं र हामी सृष्टिबाट अनभिज्ञ छैनौं ।

  18. وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءَۢ بِقَدَرٖ فَأَسۡكَنَّٰهُ فِي ٱلۡأَرۡضِۖ وَإِنَّا عَلَىٰ ذَهَابِۭ بِهِۦ لَقَٰدِرُونَ

    Open ayah 23:18

    र, आकाशबाट हामीले ठीक परिमाणमा पानी बर्सायौं र त्यसलाई धर्तीमा अड्यायौं । र, हामी त्यसलाई समाप्त पार्न पनि सक्षम छौं ।

  19. فَأَنشَأۡنَا لَكُم بِهِۦ جَنَّٰتٖ مِّن نَّخِيلٖ وَأَعۡنَٰبٖ لَّكُمۡ فِيهَا فَوَٰكِهُ كَثِيرَةٞ وَمِنۡهَا تَأۡكُلُونَ

    Open ayah 23:19

    फेरि त्यसबाट हामीले खजूर तथा अंगुरका बगैंचाहरू उमार्यौं । त्यसमा तिमीहरूकानिम्ति धेरै स्वादिष्ट फल सृजना गर्यौं अनि त्यसैबाट तिमीहरू खान्छौ ।

  20. وَشَجَرَةٗ تَخۡرُجُ مِن طُورِ سَيۡنَآءَ تَنۢبُتُ بِٱلدُّهۡنِ وَصِبۡغٖ لِّلۡأٓكِلِينَ 

    Open ayah 23:20

    र, तूरे सैना (नामक पहाड) मा उम्रने त्यो (जैतुनकाे) वृक्षलाई पनि (हामीले नै उमार्यौं) जसले खानेहरूकालागि तेल र तरकारी दिन्छन् ।

  21. وَإِنَّ لَكُمۡ فِي ٱلۡأَنۡعَٰمِ لَعِبۡرَةٗۖ نُّسۡقِيكُم مِّمَّا فِي بُطُونِهَا وَلَكُمۡ فِيهَا مَنَٰفِعُ كَثِيرَةٞ وَمِنۡهَا تَأۡكُلُونَ

    Open ayah 23:21

    र, जनावरहरूमा पनि तिमीहरूकालागि ठूलो शिक्षा रहेको छ । तिनीहरुका पेटमा रहेका पदार्थबाट पिउने दूध प्रदान गर्छौं र तिनीहरुमा तिमीहरूकालागि अन्य धेरै फाइदाहरू छन् । र, तिनीहरूमध्ये केहीलाई (तिमी) खान्छौ पनि ।

  22. وَعَلَيۡهَا وَعَلَى ٱلۡفُلۡكِ تُحۡمَلُونَ

    Open ayah 23:22

    र, ति (जनावर)हरुमाथि तथा डुँगाहरूमाथि सवार गराइन्छौ ।

  23. وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦ فَقَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۚ أَفَلَا تَتَّقُونَ

    Open ayah 23:23

    र, हामीले नूहलाई उनको समुदायतर्फ पठायौं । अनि उनले भने– “हे मेरा जातिबन्धु हो ! केवल अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूका अरू कोही उपास्य छैन । के तिमीहरू ईशभय राख्दैनौ ?”

  24. فَقَالَ ٱلۡمَلَؤُاْ ٱلَّذِينَ كَفَرُواْ مِن قَوۡمِهِۦ مَا هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡ يُرِيدُ أَن يَتَفَضَّلَ عَلَيۡكُمۡ وَلَوۡ شَآءَ ٱللَّهُ لَأَنزَلَ مَلَٰٓئِكَةٗ مَّا سَمِعۡنَا بِهَٰذَا فِيٓ ءَابَآئِنَا ٱلۡأَوَّلِينَ

    Open ayah 23:24

    अनि उनका समुदायका काफिर अगुवाहरूले भने– “यो केवल तिमीहरूजस्तै एउटा मान्छे हो । यसले तिमीहरूमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ । यदि अल्लाहले चाहेका भए फरिश्ताहरूलाई पठाउने थिए । यो कुरा हामीले हाम्रा पहिलेका पुर्खा हरूबाट सुनेकै थिएनौं ।”

  25. إِنۡ هُوَ إِلَّا رَجُلُۢ بِهِۦ جِنَّةٞ فَتَرَبَّصُواْ بِهِۦ حَتَّىٰ حِينٖ

    Open ayah 23:25

    यो व्यक्ति (नूह) उन्मत्त भएको छ । अतः यसको सम्बन्धमा केही समय पर्ख ।

  26. قَالَ رَبِّ ٱنصُرۡنِي بِمَا كَذَّبُونِ

    Open ayah 23:26

    नूहले भने– “हे मेरा पालनकर्ता ! मेरो मद्दत गर” किनकि तिनीहरूले मलाई झुठो ठहर गरेका छन् ।

  27. فَأَوۡحَيۡنَآ إِلَيۡهِ أَنِ ٱصۡنَعِ ٱلۡفُلۡكَ بِأَعۡيُنِنَا وَوَحۡيِنَا فَإِذَا جَآءَ أَمۡرُنَا وَفَارَ ٱلتَّنُّورُ فَٱسۡلُكۡ فِيهَا مِن كُلّٖ زَوۡجَيۡنِ ٱثۡنَيۡنِ وَأَهۡلَكَ إِلَّا مَن سَبَقَ عَلَيۡهِ ٱلۡقَوۡلُ مِنۡهُمۡۖ وَلَا تُخَٰطِبۡنِي فِي ٱلَّذِينَ ظَلَمُوٓاْ إِنَّهُم مُّغۡرَقُونَ

    Open ayah 23:27

    अनि हामीले उनीतर्फ प्रकाशना पठायौं कि हाम्रै आँखा अगाडि र हाम्रो प्रकाशना अनुसार डुङ्गा बनाऊ । जब हाम्रो आदेश आउँछ र तन्नूर (बाट पानीका मुहान) फुट्नेछन् तब तिमी हरेक प्रकारका प्राणीहरूबाट एक जोडी (भाले र पोथी) लाई र तिम्रो परिवारका सदस्यहरूलाई डुङ्गामा सवार गराऊ, सिवाय ती व्यक्तिहरूलाई जसबारे (विनाशको) आदेश भइसकेको छ । र, अत्याचारी व्यक्तिहरूबारे मसित कुनै बिन्ती नगर । तिनीहरू सबै डुबाइनेछन् ।

  28. فَإِذَا ٱسۡتَوَيۡتَ أَنتَ وَمَن مَّعَكَ عَلَى ٱلۡفُلۡكِ فَقُلِ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي نَجَّىٰنَا مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 23:28

    र, जब तिमी र तिम्रा साथीहरू पूर्णरूपले डुङ्गामा सन्तुष्ट भएर बस्छौ तब प्रार्थना गर– “सम्पूर्ण प्रशंसा उनै अल्लाहकालागि हुन् जसले हामीलाई अत्याचारी व्यक्तिहरूबाट बचाए ।”

  29. وَقُل رَّبِّ أَنزِلۡنِي مُنزَلٗا مُّبَارَكٗا وَأَنتَ خَيۡرُ ٱلۡمُنزِلِينَ

    Open ayah 23:29

    अनि, (प्रार्थनामा यो पनि) भन्नू कि– “हे मेरा पालनकर्ता ! मलाई बरकतयुक्त स्थानमा ओराल र तिमी राम्रो ओराल्नेवाला हौ ।”

  30. إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ وَإِن كُنَّا لَمُبۡتَلِينَ 

    Open ayah 23:30

    निश्चय नै यसमा धेरै निशानीहरू छन् र परीक्षा त हामी लिने नै गर्छौं ।

  31. ثُمَّ أَنشَأۡنَا مِنۢ بَعۡدِهِمۡ قَرۡنًا ءَاخَرِينَ

    Open ayah 23:31

    फेरि उनीहरूपछि हामीले अन्य समुदायहरू सृष्टि गर्यौं ।

  32. فَأَرۡسَلۡنَا فِيهِمۡ رَسُولٗا مِّنۡهُمۡ أَنِ ٱعۡبُدُواْ ٱللَّهَ مَا لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرُهُۥٓۚ أَفَلَا تَتَّقُونَ

    Open ayah 23:32

    र, तिनीहरूकहाँ तिनीहरूमध्येकै एकजना रसूललाई पठायौं (जसले भने)– केवल अल्लाहको उपासना गर । उनीबाहेक तिमीहरूको कोही उपास्य छैन । के तिमीहरू डराउँदैनौ ?

  33. وَقَالَ ٱلۡمَلَأُ مِن قَوۡمِهِ ٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِلِقَآءِ ٱلۡأٓخِرَةِ وَأَتۡرَفۡنَٰهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا مَا هَٰذَآ إِلَّا بَشَرٞ مِّثۡلُكُمۡ يَأۡكُلُ مِمَّا تَأۡكُلُونَ مِنۡهُ وَيَشۡرَبُ مِمَّا تَشۡرَبُونَ

    Open ayah 23:33

    उनीहरूको समुदायका काफिर एवं परलोकको साक्षत्कारलाई मिथ्या ठान्ने अगुवाहरू, जसलाई हामीले लौकिक जीवनमा धन–सम्पत्तिले सम्पन्न गरेका थियौं, ले (ईशदूतबारे) भने– “यो त तिमीहरूजस्तै केवल एक मानिस हो । उसले त्यही चिज खान्छ जुन तिमीहरू खान्छौ र त्यही पिउँछ जुन तिमीहरू पिउँछौ ।”

  34. وَلَئِنۡ أَطَعۡتُم بَشَرٗا مِّثۡلَكُمۡ إِنَّكُمۡ إِذٗا لَّخَٰسِرُونَ

    Open ayah 23:34

    र, यदि तिमीहरूले आफूजस्तै एउटा मानिसको अनुसरण गर्यौ भने तिमीहरू अवश्यै घाटाग्रस्त हुनेछौ ।

  35. أَيَعِدُكُمۡ أَنَّكُمۡ إِذَا مِتُّمۡ وَكُنتُمۡ تُرَابٗا وَعِظَٰمًا أَنَّكُم مُّخۡرَجُونَ

    Open ayah 23:35

    “के उसले तिमीहरूलाई यस कुराबाट डराउँछ कि जब तिमीहरू मर्छौ र माटो तथा हड्डी भइसक्छौ तब तिमीहरू (चिहानबाट) निकालिनेछौ ?”

  36. ۞هَيۡهَاتَ هَيۡهَاتَ لِمَا تُوعَدُونَ

    Open ayah 23:36

    तिमीहरूलाई दिइने यो धम्की अति नै टाढा (असम्भव) छ ।

  37. إِنۡ هِيَ إِلَّا حَيَاتُنَا ٱلدُّنۡيَا نَمُوتُ وَنَحۡيَا وَمَا نَحۡنُ بِمَبۡعُوثِينَ

    Open ayah 23:37

    जे छ हाम्रो संसारको जीवन छ जहाँ हामी मर्ने र जीउने गर्छौं । र, हाम्रो पूनर्जन्म कदापि हुनेछैन ।

  38. إِنۡ هُوَ إِلَّا رَجُلٌ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبٗا وَمَا نَحۡنُ لَهُۥ بِمُؤۡمِنِينَ

    Open ayah 23:38

    यो त एउटा यस्तो व्यक्ति हो जसले अल्लाहमाथि मिथ्यारोपण गरेको छ र हामी उसलाई कदापि मान्ने छैनौं ।

  39. قَالَ رَبِّ ٱنصُرۡنِي بِمَا كَذَّبُونِ

    Open ayah 23:39

    ईशदूतले प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! मेरो मद्दत गर किनकि तिनीहरूले मलाई झुठो ठहर गरे ।”

  40. قَالَ عَمَّا قَلِيلٖ لَّيُصۡبِحُنَّ نَٰدِمِينَ 

    Open ayah 23:40

    अल्लाहले भने– “चाँडै नै तिनीहरू पछुताउनेछन् ।”

  41. فَأَخَذَتۡهُمُ ٱلصَّيۡحَةُ بِٱلۡحَقِّ فَجَعَلۡنَٰهُمۡ غُثَآءٗۚ فَبُعۡدٗا لِّلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 23:41

    अन्ततः एक सांचाे वाचा अनुसार तिनीहरूलाई चट्याङ्गले समात्यो । हामीले तिनीहरूलाई फ्याकेको फोहोर बनाइदियौं । अतः बरबादी छ अत्याचारी व्यक्तिहरूको ।

  42. ثُمَّ أَنشَأۡنَا مِنۢ بَعۡدِهِمۡ قُرُونًا ءَاخَرِينَ

    Open ayah 23:42

    तिनीहरूपछि हामीले फेरि अरू समुदायहरू सृष्टि गर्यौं ।

  43. مَا تَسۡبِقُ مِنۡ أُمَّةٍ أَجَلَهَا وَمَا يَسۡتَـٔۡخِرُونَ

    Open ayah 23:43

    कुनै समुदाय आफ्नो निर्धारित समयभन्दा न पहिला समाप्त हुन्छ न पछिसम्म बाँकी रहन्छ ।

  44. ثُمَّ أَرۡسَلۡنَا رُسُلَنَا تَتۡرَاۖ كُلَّ مَا جَآءَ أُمَّةٗ رَّسُولُهَا كَذَّبُوهُۖ فَأَتۡبَعۡنَا بَعۡضَهُم بَعۡضٗا وَجَعَلۡنَٰهُمۡ أَحَادِيثَۚ فَبُعۡدٗا لِّقَوۡمٖ لَّا يُؤۡمِنُونَ

    Open ayah 23:44

    अनि हामीले निरन्तर आफ्ना रसूलहरू पठायौं । जब–जब कुनै समुदायमा रसूल आए; तिनीहरूले उनलाई मिथ्या ठहर गरे । अनि हामीले एकपछि अर्कोलाई नष्ट गरिदियौं, र तिनीहरू सबैलाई कथा नै बनाइछोड्यौं । अतः बरबादी होस् ईमान नल्याउने व्यक्तिहरूको ।

  45. ثُمَّ أَرۡسَلۡنَا مُوسَىٰ وَأَخَاهُ هَٰرُونَ بِـَٔايَٰتِنَا وَسُلۡطَٰنٖ مُّبِينٍ

    Open ayah 23:45

    अनि हामीले (सन्देष्टा) मूसा तथा उनका भाइ हारुनलाई आफ्ना निशानीहरू तथा स्पष्ट प्रमाणसहित पठायौं।

  46. إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ فَٱسۡتَكۡبَرُواْ وَكَانُواْ قَوۡمًا عَالِينَ

    Open ayah 23:46

    फिरऔन तथा उसका दरबारीयाहरूतर्फ । तर तिनीहरूले घमण्ड गरे किनकि तिनीहरू अति घमण्डी थिए ।

  47. فَقَالُوٓاْ أَنُؤۡمِنُ لِبَشَرَيۡنِ مِثۡلِنَا وَقَوۡمُهُمَا لَنَا عَٰبِدُونَ

    Open ayah 23:47

    तिनीहरूले भने– “के हामी आफूजस्तै दुई व्यक्तिमाथि ईमान ल्याऔं जबकि तिनीहरुका समुदाय हाम्रो मातहतमा छन् ?”

  48. فَكَذَّبُوهُمَا فَكَانُواْ مِنَ ٱلۡمُهۡلَكِينَ

    Open ayah 23:48

    अनि तिनीहरूले ती दुवैलाई मिथ्या ठहर गरे । फलस्वरूप नष्ट हुनेहरूमध्ये हुन पुगे ।

  49. وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ لَعَلَّهُمۡ يَهۡتَدُونَ

    Open ayah 23:49

    र, हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं, ताकि मानिसहरूले सत्मार्ग प्राप्त गरून् ।

  50. وَجَعَلۡنَا ٱبۡنَ مَرۡيَمَ وَأُمَّهُۥٓ ءَايَةٗ وَءَاوَيۡنَٰهُمَآ إِلَىٰ رَبۡوَةٖ ذَاتِ قَرَارٖ وَمَعِينٖ 

    Open ayah 23:50

    अनि, हामीले मर्यमका पुत्र तथा उनकी आमालाई निशानी बनायौं, र दुवैलाई एउटा शान्त एवं पानीको मूल तथा धारा भएको उच्चस्थानमा आश्रय दियौं ।

  51. يَٰٓأَيُّهَا ٱلرُّسُلُ كُلُواْ مِنَ ٱلطَّيِّبَٰتِ وَٱعۡمَلُواْ صَٰلِحًاۖ إِنِّي بِمَا تَعۡمَلُونَ عَلِيمٞ

    Open ayah 23:51

    हे रसूलहरू हो ! पवित्र चिजहरू खाऊ, र सत्कर्म गर । तिमीहरू जे गर्छौ म त्यो राम्ररी जान्दछु ।

  52. وَإِنَّ هَٰذِهِۦٓ أُمَّتُكُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَأَنَا۠ رَبُّكُمۡ فَٱتَّقُونِ

    Open ayah 23:52

    अनि, यो तिमीहरूको समुदाय एउटै समुदाय हो, र म तिमीहरूका पालनकर्ता हुँ, अनि केवल मसित डराऊ ।

  53. فَتَقَطَّعُوٓاْ أَمۡرَهُم بَيۡنَهُمۡ زُبُرٗاۖ كُلُّ حِزۡبِۭ بِمَا لَدَيۡهِمۡ فَرِحُونَ

    Open ayah 23:53

    तर तिनीहरूले आफ्नो धार्मिक मामिलालाई आपसमा छिन्नभिन्न पारे । प्रत्येक संप्रदायसँग जेजति छ तिनमै मग्न रहेको छ।

  54. فَذَرۡهُمۡ فِي غَمۡرَتِهِمۡ حَتَّىٰ حِينٍ

    Open ayah 23:54

    अतः छोडिदेऊ तिनीहरूलाई, डुबिरहू्न् आफ्नो मदमत्त अवस्थामा एक विशेष अवधिसम्म ।

  55. أَيَحۡسَبُونَ أَنَّمَا نُمِدُّهُم بِهِۦ مِن مَّالٖ وَبَنِينَ

    Open ayah 23:55

    के तिनीहरू ठान्दछन् कि हामीले तिनीहरूको सम्पत्ति र सन्तानमा जुन वृद्धि गरिरहेका छौं,

  56. نُسَارِعُ لَهُمۡ فِي ٱلۡخَيۡرَٰتِۚ بَل لَّا يَشۡعُرُونَ

    Open ayah 23:56

    हामीले शीघ्रतापूर्वक तिनीहरूको भलाइ गरिरहेका छौं ? होइन, तिनीहरू बुझ्दैनन् ।

  57. إِنَّ ٱلَّذِينَ هُم مِّنۡ خَشۡيَةِ رَبِّهِم مُّشۡفِقُونَ

    Open ayah 23:57

    वास्तवमा जुन व्यक्तिहरू आफ्ना पालनकर्ताको रवाफले त्रसित रहन्छन्,

  58. وَٱلَّذِينَ هُم بِـَٔايَٰتِ رَبِّهِمۡ يُؤۡمِنُونَ

    Open ayah 23:58

    र जुन व्यक्तिहरू आफ्ना रबका आयतहरूमाथि आस्था राख्दछन्,

  59. وَٱلَّذِينَ هُم بِرَبِّهِمۡ لَا يُشۡرِكُونَ

    Open ayah 23:59

    र जुन व्यक्तिहरू आफ्ना पालनकर्तासँग अरू कसैलाई साझेदार ठहर्याउँदैनन्,

  60. وَٱلَّذِينَ يُؤۡتُونَ مَآ ءَاتَواْ وَّقُلُوبُهُمۡ وَجِلَةٌ أَنَّهُمۡ إِلَىٰ رَبِّهِمۡ رَٰجِعُونَ 

    Open ayah 23:60

    र जुन व्यक्तिहरू जुन सम्पत्ति दिन्छन् जब कि उनका हृदय आफ्ना पालनकर्तातर्फ फर्कनुपर्ने कुराले भयभित रहन्छ,

  61. أُوْلَٰٓئِكَ يُسَٰرِعُونَ فِي ٱلۡخَيۡرَٰتِ وَهُمۡ لَهَا سَٰبِقُونَ

    Open ayah 23:61

    त्यस्ता व्यक्तिहरू नै भलाईतर्फ लम्कने हुन्, र यिनै हुन् भलाईमा सबैभन्दा अगाडि निस्कने ।

  62. وَلَا نُكَلِّفُ نَفۡسًا إِلَّا وُسۡعَهَاۚ وَلَدَيۡنَا كِتَٰبٞ يَنطِقُ بِٱلۡحَقِّ وَهُمۡ لَا يُظۡلَمُونَ

    Open ayah 23:62

    र, कसैमाथि हामी उसको सामर्थ्यभन्दा अधिक बोझ थुपार्दैनौ । र, हामीसित एउटा यस्तो पुस्तक छ जसले ठीक–ठीक कुरा बताउनेछ । र, तिनीहरूमाथि अत्याचार हुने छैन ।

  63. بَلۡ قُلُوبُهُمۡ فِي غَمۡرَةٖ مِّنۡ هَٰذَا وَلَهُمۡ أَعۡمَٰلٞ مِّن دُونِ ذَٰلِكَ هُمۡ لَهَا عَٰمِلُونَ

    Open ayah 23:63

    बरु यिनीहरूका हृदयहरु यस मामिलाप्रति मदमत्त अवस्थामा छन् । र, त्यसबाहेक तिनीहरूका अन्य कार्यहरू पनि छन् जसमा तिनीहरू लिप्त छन् ।

  64. حَتَّىٰٓ إِذَآ أَخَذۡنَا مُتۡرَفِيهِم بِٱلۡعَذَابِ إِذَا هُمۡ يَجۡـَٔرُونَ

    Open ayah 23:64

    यहाँसम्म कि जब हामीले तिनीहरूमध्ये सम्पन्न व्यक्तिहरूलाई प्रकोपद्वारा समात्नेछौं तब तिनीहरू चिच्याउनेछन् ।

  65. لَا تَجۡـَٔرُواْ ٱلۡيَوۡمَۖ إِنَّكُم مِّنَّا لَا تُنصَرُونَ

    Open ayah 23:65

    आज नचिच्याऊ ! तिमीहरूलाई हामीबाट कुनै सहयोग प्राप्त हुने छैन ।

  66. قَدۡ كَانَتۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَكُنتُمۡ عَلَىٰٓ أَعۡقَٰبِكُمۡ تَنكِصُونَ

    Open ayah 23:66

    जब मेरा आयतहरू पाठ गरी तिमीहरूलाई सुनाइन्थ्यो तब तिमीहरू पिठ्यूँ फर्काएर भाग्ने गर्थ्याै,

  67. مُسۡتَكۡبِرِينَ بِهِۦ سَٰمِرٗا تَهۡجُرُونَ

    Open ayah 23:67

    घमण्ड गर्दै र यसलाई दन्त्य कथा भन्दै छोड्ने गर्थ्याै ।

  68. أَفَلَمۡ يَدَّبَّرُواْ ٱلۡقَوۡلَ أَمۡ جَآءَهُم مَّا لَمۡ يَأۡتِ ءَابَآءَهُمُ ٱلۡأَوَّلِينَ

    Open ayah 23:68

    के तिनीहरूले यस वाणीमा विचार गरेनन् ? वा के तिनीहरूसमक्ष कुनै यस्तो वस्तु आयो जुन तिनीहरूका पूर्वजसमक्ष आएको थिएन ?

  69. أَمۡ لَمۡ يَعۡرِفُواْ رَسُولَهُمۡ فَهُمۡ لَهُۥ مُنكِرُونَ

    Open ayah 23:69

    वा के तिनीहरूले आफ्ना रसूललाई चिनेनन् कि उनलाई अस्वीकार गरे ?

  70. أَمۡ يَقُولُونَ بِهِۦ جِنَّةُۢۚ بَلۡ جَآءَهُم بِٱلۡحَقِّ وَأَكۡثَرُهُمۡ لِلۡحَقِّ كَٰرِهُونَ 

    Open ayah 23:70

    वा, के यो भन्छन् कि उसमाथि उन्माद सवार छ ? बरु उनले तिनीहरूसमक्ष सत्य लिएर आएका छन् तर तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू सत्यलाई घृणा गर्छन् ।

  71. وَلَوِ ٱتَّبَعَ ٱلۡحَقُّ أَهۡوَآءَهُمۡ لَفَسَدَتِ ٱلسَّمَٰوَٰتُ وَٱلۡأَرۡضُ وَمَن فِيهِنَّۚ بَلۡ أَتَيۡنَٰهُم بِذِكۡرِهِمۡ فَهُمۡ عَن ذِكۡرِهِم مُّعۡرِضُونَ

    Open ayah 23:71

    र, यदि नितान्त सत्य तिनीहरूका कुअभिलाषाहरूको अनुसार भएको भए, आकाशहरू तथा पृथ्वी एवं तिनीहरूबीच रहेका सम्पूर्ण चिज अस्त–व्यस्त हुने थिए । बरु हामीले तिनीहरूसमक्ष तिनीहरूकै उपदेश (ग्रन्थ) पुर्याइदिएका छौं तर तिनीहरू भने आफ्नै उपदेशबाट विमुख भइरहेका छन् ।

  72. أَمۡ تَسۡـَٔلُهُمۡ خَرۡجٗا فَخَرَاجُ رَبِّكَ خَيۡرٞۖ وَهُوَ خَيۡرُ ٱلرَّٰزِقِينَ

    Open ayah 23:72

    के तिमी तिनीहरूसित कुनै पारिश्रमिक माग्दैछौ ? तिम्रोलागि त तिम्रा पालनकर्ताकै प्रतिदान उत्तम छ, र उनी नै सर्वोत्तम जीविका प्रदानकर्ता हुन् ।

  73. وَإِنَّكَ لَتَدۡعُوهُمۡ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 23:73

    निश्चय नै तिमीले उनीहरूलाई सीधा मार्गतर्फ आह्वान गरिरहेका छौ ।

  74. وَإِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ عَنِ ٱلصِّرَٰطِ لَنَٰكِبُونَ

    Open ayah 23:74

    निस्सन्देह जुन व्यक्तिहरू परलोकमा आस्था राख्दैनन् तिनीहरू सीधा मार्गबाट हटेका व्यक्तिहरू हुन् ।

  75. ۞وَلَوۡ رَحِمۡنَٰهُمۡ وَكَشَفۡنَا مَا بِهِم مِّن ضُرّٖ لَّلَجُّواْ فِي طُغۡيَٰنِهِمۡ يَعۡمَهُونَ

    Open ayah 23:75

    र, यदि हामीले तिनीहरूमाथि दया गरेको भए, र तिनीहरूका सङ्कटहरू समाप्त पारेको भए पनि तिनीहरू उद्दण्डतामा जिद्दी गरी रुमल्लिरहेका हुनेथिए ।

  76. وَلَقَدۡ أَخَذۡنَٰهُم بِٱلۡعَذَابِ فَمَا ٱسۡتَكَانُواْ لِرَبِّهِمۡ وَمَا يَتَضَرَّعُونَ

    Open ayah 23:76

    तर, हामीले तिनीहरूलाई प्रकोपद्वारा समात्यौं तैपनि तिनीहरू आफ्ना पालनकर्तासामु न झुके र न बिलौना नै गरे ।

  77. حَتَّىٰٓ إِذَا فَتَحۡنَا عَلَيۡهِم بَابٗا ذَا عَذَابٖ شَدِيدٍ إِذَا هُمۡ فِيهِ مُبۡلِسُونَ

    Open ayah 23:77

    यहाँसम्म कि जब हामीले तिनीहरूमाथि कठोर प्रकोपको ढोका खोलिदियौं त्यसबेला तिनीहरू निराश भए ।

  78. وَهُوَ ٱلَّذِيٓ أَنشَأَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَۚ قَلِيلٗا مَّا تَشۡكُرُونَ

    Open ayah 23:78

    र, उनै हुन् जसले तिमीहरूका लागि कान, आँखा र हृदयको सृजना गरे । तर, तिमीहरू कमै कृतज्ञता प्रकट गर्छौ ।

  79. وَهُوَ ٱلَّذِي ذَرَأَكُمۡ فِي ٱلۡأَرۡضِ وَإِلَيۡهِ تُحۡشَرُونَ

    Open ayah 23:79

    अनि, उनै हुन् जसले तिमीहरूलाई धर्तीमा फैलाए, र उनीसमक्ष नै तिमीहरू एकत्रित पारिनेछौ ।

  80. وَهُوَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُ وَلَهُ ٱخۡتِلَٰفُ ٱلَّيۡلِ وَٱلنَّهَارِۚ أَفَلَا تَعۡقِلُونَ 

    Open ayah 23:80

    उनी नै तिमीहरूलाई जीवनदान गर्छन् र मृत्यु दिन्छन् । अनि, रात तथा दिनको परिवर्तन उनकै हातमा छ । के तिमीहरू विवेकले काम लिदैनौ ?

  81. بَلۡ قَالُواْ مِثۡلَ مَا قَالَ ٱلۡأَوَّلُونَ

    Open ayah 23:81

    बरु तिनीहरूले त्यस्तै कुरा गरे जस्तो कुरा पहिलेका मानिसहरूले गर्ने गर्थे ।

  82. قَالُوٓاْ أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ

    Open ayah 23:82

    तिनीहरूले भने– “के जब हामी मर्छौं अनि माटो र हड्डी भइसक्छौं तब हामीलाई जीवित पारी उठाइनेछ त ?”

  83. لَقَدۡ وُعِدۡنَا نَحۡنُ وَءَابَآؤُنَا هَٰذَا مِن قَبۡلُ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

    Open ayah 23:83

    यसअघि यसै कुराको धम्की हामीलाई र हाम्रा पूर्वजहरूलाई पनि दिइएको थियो । यो त प्राचीन मानिसहरूका कथाबाहेक केही पनि होइन ।

  84. قُل لِّمَنِ ٱلۡأَرۡضُ وَمَن فِيهَآ إِن كُنتُمۡ تَعۡلَمُونَ

    Open ayah 23:84

    भन– “यदि तिमीहरू जानकारी राख्छौ भने, पृथ्वी तथा त्यसमा रहेका चिजहरू कसका हुन् ?”

  85. سَيَقُولُونَ لِلَّهِۚ قُلۡ أَفَلَا تَذَكَّرُونَ

    Open ayah 23:85

    तिनीहरूले भन्नेछन्– “अल्लाहका ।” भन– “अनि तिमीहरू उपदेश किन ग्रहण गर्दैनौ त ?”

  86. قُلۡ مَن رَّبُّ ٱلسَّمَٰوَٰتِ ٱلسَّبۡعِ وَرَبُّ ٱلۡعَرۡشِ ٱلۡعَظِيمِ

    Open ayah 23:86

    भन– “सात आकाश तथा महान् सिंहासनका स्वामी को हुन् त ?”

  87. سَيَقُولُونَ لِلَّهِۚ قُلۡ أَفَلَا تَتَّقُونَ

    Open ayah 23:87

    तुरुन्तै भन्नेछन्– “अल्लाह !” भन– “अनि तिमीहरू किन डराउँदैनौ त ?”

  88. قُلۡ مَنۢ بِيَدِهِۦ مَلَكُوتُ كُلِّ شَيۡءٖ وَهُوَ يُجِيرُ وَلَا يُجَارُ عَلَيۡهِ إِن كُنتُمۡ تَعۡلَمُونَ

    Open ayah 23:88

    भन– “यदि तिमीहरू जानकारी राख्छौ भने, सम्पूर्ण चिजहरूको अख्तियार कसको हातमा छ, र उनी को हुन् जसले शरण दिन्छन् तर उनको दाँजोमा कसैले शरण दिन सक्दैन ?”

  89. سَيَقُولُونَ لِلَّهِۚ قُلۡ فَأَنَّىٰ تُسۡحَرُونَ

    Open ayah 23:89

    तिनीहरूले भन्नेछन्– “अल्लाह !” भनिदेऊ– “फेरि तिमीहरू कहाँबाट जादूपीडित हुन्छौ त ?”

  90. بَلۡ أَتَيۡنَٰهُم بِٱلۡحَقِّ وَإِنَّهُمۡ لَكَٰذِبُونَ 

    Open ayah 23:90

    वास्तविकता यो हो कि हामीले तिनीहरूसमक्ष नितान्त सत्य ल्याएका छौं र निस्सन्देह तिनीहरू झूठा हुन् ।

  91. مَا ٱتَّخَذَ ٱللَّهُ مِن وَلَدٖ وَمَا كَانَ مَعَهُۥ مِنۡ إِلَٰهٍۚ إِذٗا لَّذَهَبَ كُلُّ إِلَٰهِۭ بِمَا خَلَقَ وَلَعَلَا بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يَصِفُونَ

    Open ayah 23:91

    अल्लाहले न कसैलाई पुत्र बनाएका छन्, न उनकासाथ अन्य कोही पूज्य नै रहेको छ । यस्तो भएको भए, प्रत्येक पूज्य आफ्नो सृष्टिलाई लिएर अलग्गिने थियो र तिनीहरू एकअर्कोमाथि जाइलाग्ने थिए । अल्लाह ती कुराहरूबाट पवित्र छन् जुन तिनीहरू वर्णन गर्ने गर्छन्।

  92. عَٰلِمِ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ فَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ

    Open ayah 23:92

    उनी अदृश्य तथा दृश्यका ज्ञाता हुन् । र, तिनीहरूले गर्ने गरेका शिर्कबाट निकै उच्च छन् ।

  93. قُل رَّبِّ إِمَّا تُرِيَنِّي مَا يُوعَدُونَ

    Open ayah 23:93

    (हे मुहम्मद स.!) प्रार्थना गर– “हे मेरा पालनकर्ता ! यदि अधर्मीहरूलाई दिइएको धम्की मेरो उपस्थितिमा आउँछ भने,

  94. رَبِّ فَلَا تَجۡعَلۡنِي فِي ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 23:94

    हे मेरा पालनकर्ता ! मलाई अत्याचारी मानिसहरूमा सामेल नगर्नु ।

  95. وَإِنَّا عَلَىٰٓ أَن نُّرِيَكَ مَا نَعِدُهُمۡ لَقَٰدِرُونَ

    Open ayah 23:95

    र, (हे मुहम्मद स.!) जुन धम्की हामीले तिनीहरूलाई दिइरहेका छौं त्यो तिम्रो सामुन्ने नै ल्याउने पूर्ण सामर्थ्य राख्दछौं ।

  96. ٱدۡفَعۡ بِٱلَّتِي هِيَ أَحۡسَنُ ٱلسَّيِّئَةَۚ نَحۡنُ أَعۡلَمُ بِمَا يَصِفُونَ

    Open ayah 23:96

    निकृष्ट कुराको निवारण उत्तम तरीकाले गर । तिनीहरूले गर्ने गरेका कुरासँग हामी राम्ररी अवगत छौं ।

  97. وَقُل رَّبِّ أَعُوذُ بِكَ مِنۡ هَمَزَٰتِ ٱلشَّيَٰطِينِ

    Open ayah 23:97

    र, भन– “हे मेरा पालनकर्ता ! शैतानहरूका गोप्य कुप्रेरणाबाट म तिम्रो शरण चाहन्छु ।”

  98. وَأَعُوذُ بِكَ رَبِّ أَن يَحۡضُرُونِ

    Open ayah 23:98

    र हे पालनकर्ता ! तिनीहरू मेरा निकट आउलान् कि भनी म तिम्रो शरण चाहन्छु ।”

  99. حَتَّىٰٓ إِذَا جَآءَ أَحَدَهُمُ ٱلۡمَوۡتُ قَالَ رَبِّ ٱرۡجِعُونِ

    Open ayah 23:99

    यहाँसम्म कि जब तिनीहरूमध्ये कसैको मृत्यु निकट आउँछ तब उसले भन्छ, हे पालनकर्ता ! मलाई फेरि फर्काइदेऊ,

  100. لَعَلِّيٓ أَعۡمَلُ صَٰلِحٗا فِيمَا تَرَكۡتُۚ كَلَّآۚ إِنَّهَا كَلِمَةٌ هُوَ قَآئِلُهَاۖ وَمِن وَرَآئِهِم بَرۡزَخٌ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ 

    Open ayah 23:100

    ताकि आफूले छोडी आएको संसारमा गएर केही सत्कर्म गरूँ । कदापि हाेइन । यो त उसले आफ्नो मुखबाट भनेको कुरा मात्र हो । अब यिनीहरूकापछाडि एउटा बर्जख (पर्दा) हुनेछ त्यस दिनसम्मकालागि जुन दिन यिनीहरूलाई फेरि उठाइनेछ ।

  101. فَإِذَا نُفِخَ فِي ٱلصُّورِ فَلَآ أَنسَابَ بَيۡنَهُمۡ يَوۡمَئِذٖ وَلَا يَتَسَآءَلُونَ 

    Open ayah 23:101

    अनि जब सूर फुकिनेछ तब न तिनीहरूबीच कुनै नाता कायम रहनेछ, न एक अर्कालाई सोधखोज गर्नेछन् ।

  102. فَمَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ 

    Open ayah 23:102

    त्यससमय जसको पुण्यकर्मको पल्ला भारी हुनेछ वास्तवमा उनीहरू नै सफल हुनेछन् ।

  103. وَمَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ فَأُوْلَٰٓئِكَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ فِي جَهَنَّمَ خَٰلِدُونَ 

    Open ayah 23:103

    र, जसको पुण्यकर्मको पल्ला हलुको हुनेछ तिनीहरू नै स्वयंलाई हानि पुर्याउनेहरू हुन्, अनि तिनीहरू सदा नरकमा रहनेछन् ।

  104. تَلۡفَحُ وُجُوهَهُمُ ٱلنَّارُ وَهُمۡ فِيهَا كَٰلِحُونَ 

    Open ayah 23:104

    आगोले तिनीहरूका मुहार पोल्नेछ र त्यहाँ तिनीहरू कुरूप हुनेछन् ।

  105. أَلَمۡ تَكُنۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَكُنتُم بِهَا تُكَذِّبُونَ 

    Open ayah 23:105

    के तिमीहरूसमक्ष मेरा आयतहरू पाठ गरेर सुनाइदैनथ्यो र? तैपनि तिमीहरू त्यसलाई मिथ्या ठहर गर्थ्याे ।

  106. قَالُواْ رَبَّنَا غَلَبَتۡ عَلَيۡنَا شِقۡوَتُنَا وَكُنَّا قَوۡمٗا ضَآلِّينَ 

    Open ayah 23:106

    तिनीहरूले जवाफ दिनेछन्– हे पालनकर्ता ! हाम्रो दुर्भाग्य हामीमाथि छाएको थियो र वास्तवमा हामी पथभ्रष्ट थियौं ।

  107. رَبَّنَآ أَخۡرِجۡنَا مِنۡهَا فَإِنۡ عُدۡنَا فَإِنَّا ظَٰلِمُونَ 

    Open ayah 23:107

    हे हाम्रा पालनकर्ता ! हामीलाई यसबाट निकाल । हामीले फेरि यस्तै गर्यौं भने हामी अवश्य नै अत्याचारी हुनेछौं ।

  108. قَالَ ٱخۡسَـُٔواْ فِيهَا وَلَا تُكَلِّمُونِ 

    Open ayah 23:108

    अल्लाहले भन्नेछन्– “तिमीहरू अपमानका साथ यसैमा बस र मसित कुरा नगर ।”

  109. إِنَّهُۥ كَانَ فَرِيقٞ مِّنۡ عِبَادِي يَقُولُونَ رَبَّنَآ ءَامَنَّا فَٱغۡفِرۡ لَنَا وَٱرۡحَمۡنَا وَأَنتَ خَيۡرُ ٱلرَّٰحِمِينَ 

    Open ayah 23:109

    मेरा भक्तहरूको एउटा समूहले लगातार यही भनेको थियो– “हे हाम्रा पालनकर्ता ! हामीले ईमान ल्याएका छौं । अतः हामीलाई क्षमा गर र हामीमाथि दया गर । तिमी सर्वश्रेष्ठ दयावान हौ ।”

  110. فَٱتَّخَذۡتُمُوهُمۡ سِخۡرِيًّا حَتَّىٰٓ أَنسَوۡكُمۡ ذِكۡرِي وَكُنتُم مِّنۡهُمۡ تَضۡحَكُونَ 

    Open ayah 23:110

    तिमीहरूले उनीहरूसित ठट्टा गर्यौ यहाँसम्म कि यस कार्यले तिमीहरूबाट मेरो स्मरणलाई पनि भुलायो र तिमीहरू उनीहरूलाई सधैं हाँसोको पात्र बनाउने गर्थ्याे ।

  111. إِنِّي جَزَيۡتُهُمُ ٱلۡيَوۡمَ بِمَا صَبَرُوٓاْ أَنَّهُمۡ هُمُ ٱلۡفَآئِزُونَ

    Open ayah 23:111

    आज मैले उनीहरूलाई उनको धैर्यको प्रतिदान दिइसकेको छु । निस्सन्देह, उनीहरू नै सफल छन् ।

  112. قَٰلَ كَمۡ لَبِثۡتُمۡ فِي ٱلۡأَرۡضِ عَدَدَ سِنِينَ

    Open ayah 23:112

    अल्लाहले सोध्नेछन्– “बताऊ, धर्तीमा तिमीहरू कति वर्ष बस्यौ ?”

  113. قَالُواْ لَبِثۡنَا يَوۡمًا أَوۡ بَعۡضَ يَوۡمٖ فَسۡـَٔلِ ٱلۡعَآدِّينَ

    Open ayah 23:113

    तिनीहरूले भन्नेछन्– “हामी एक दिन वा दिनको केही अंश मात्र त्यहाँ रहेका थियौं । गणना राख्नेहरूसित सोध्नु ।”

  114. قَٰلَ إِن لَّبِثۡتُمۡ إِلَّا قَلِيلٗاۖ لَّوۡ أَنَّكُمۡ كُنتُمۡ تَعۡلَمُونَ

    Open ayah 23:114

    अल्लाहले भन्नेछन्– “तिमीहरू वास्तवमा धेरै कम अवधिसम्म रहेका थियौ । तिमीहरूले यो कुरा जानेको भए !

  115. أَفَحَسِبۡتُمۡ أَنَّمَا خَلَقۡنَٰكُمۡ عَبَثٗا وَأَنَّكُمۡ إِلَيۡنَا لَا تُرۡجَعُونَ

    Open ayah 23:115

    अतः के हामीले तिमीहरूलाई व्यर्थ सृष्टि गरेका छौं ? र, तिमीहरू हामीतर्फ फर्केर आउने छैनौ भनी ठानेका छौ ?

  116. فَتَعَٰلَى ٱللَّهُ ٱلۡمَلِكُ ٱلۡحَقُّۖ لَآ إِلَٰهَ إِلَّا هُوَ رَبُّ ٱلۡعَرۡشِ ٱلۡكَرِيمِ

    Open ayah 23:116

    अतः वास्तविक सम्राट अल्लाह सर्वोच्च छन् । उनीबाहेक कोही पूज्य छैनन् । उनी नै महिमाशाली सिंहासनका स्वामी हुन् ।

  117. وَمَن يَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ لَا بُرۡهَٰنَ لَهُۥ بِهِۦ فَإِنَّمَا حِسَابُهُۥ عِندَ رَبِّهِۦٓۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلۡكَٰفِرُونَ

    Open ayah 23:117

    र, जसले अल्लाहका साथ अन्य उपास्यलाई पुकार्छ जसको ऊसित कुनै प्रमाण छैन, त्यस व्यक्तिको हिसाब उसका पालनकर्ताकहाँ हुन्छ । निस्सन्देह अधर्मीहरू कदापि सफलता प्राप्त गर्न सक्दैनन् ।

  118. وَقُل رَّبِّ ٱغۡفِرۡ وَٱرۡحَمۡ وَأَنتَ خَيۡرُ ٱلرَّٰحِمِينَ

    Open ayah 23:118

    र, अल्लाहसित प्रार्थना गर– “हे रब ! क्षमा प्रदान गर र दया गर । तिमी सर्वश्रेष्ठ दयावान छौ ।