النور

An-Noor

The Light · Surah 24 · Ayahs: 64 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. سُورَةٌ أَنزَلۡنَٰهَا وَفَرَضۡنَٰهَا وَأَنزَلۡنَا فِيهَآ ءَايَٰتِۭ بَيِّنَٰتٖ لَّعَلَّكُمۡ تَذَكَّرُونَ

    Open ayah 24:1

    यो एउटा सूरह हो जुन हामीले अवतरण गरेका छौं । यसलाई हामीले अनिवार्य गरेका छौं र यसमा हामीले स्पष्ट आदेशहरू अवतरण गरेका छौं ताकि तिमीहरू शिक्षा ग्रहण गर ।

  2. ٱلزَّانِيَةُ وَٱلزَّانِي فَٱجۡلِدُواْ كُلَّ وَٰحِدٖ مِّنۡهُمَا مِاْئَةَ جَلۡدَةٖۖ وَلَا تَأۡخُذۡكُم بِهِمَا رَأۡفَةٞ فِي دِينِ ٱللَّهِ إِن كُنتُمۡ تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلۡيَوۡمِ ٱلۡأٓخِرِۖ وَلۡيَشۡهَدۡ عَذَابَهُمَا طَآئِفَةٞ مِّنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 24:2

    व्यभिचारिणी महिला तथा व्यभिचारी पुरुष दुवैमध्ये प्रत्येकलाई सय कोर्रा लगाऊ । र, यदि तिमीहरू अल्लाह तथा अन्तिम दिनमाथि ईमान राख्छौ भने अल्लाहको विधान लागू गर्दा दुवैको मायामोहले बाधा नपुर्याओस् र तिनीहरूको दण्डको समयमा मोमिनहरूको एउटा जमात त्यहाँ उपस्थित रहोस् ।,

  3. ٱلزَّانِي لَا يَنكِحُ إِلَّا زَانِيَةً أَوۡ مُشۡرِكَةٗ وَٱلزَّانِيَةُ لَا يَنكِحُهَآ إِلَّا زَانٍ أَوۡ مُشۡرِكٞۚ وَحُرِّمَ ذَٰلِكَ عَلَى ٱلۡمُؤۡمِنِينَ

    Open ayah 24:3

    व्यभिचारी व्यक्तिले केवल कुनै व्यभिचारी वा बहुदेववादी महिलासित विवाह गर्छ । र, व्यभिचारी स्त्रीले केवल कुनै व्यभिचारी वा बहुदेववादी पुरुषसित विवाह गर्छे । र, यो मोमिनहरूकानिम्ति अवैध गरिएको छ ।

  4. وَٱلَّذِينَ يَرۡمُونَ ٱلۡمُحۡصَنَٰتِ ثُمَّ لَمۡ يَأۡتُواْ بِأَرۡبَعَةِ شُهَدَآءَ فَٱجۡلِدُوهُمۡ ثَمَٰنِينَ جَلۡدَةٗ وَلَا تَقۡبَلُواْ لَهُمۡ شَهَٰدَةً أَبَدٗاۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

    Open ayah 24:4

    र, जसले पवित्र आचारण भएकी महिलाहरूमाथि आरोप लगाउँछन् अनि चारजना साक्षी पेश गर्न सक्दैनन्, तिनीहरूलाई अस्सी कोर्रा लगाऊ । र, तिनीहरूको गवाही कहिल्यै स्वीकार नगर । र, तिनीहरू नै हुन् अवज्ञाकारीहरू।

  5. إِلَّا ٱلَّذِينَ تَابُواْ مِنۢ بَعۡدِ ذَٰلِكَ وَأَصۡلَحُواْ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 24:5

    सिवाय ती व्यक्तिहरूको जो त्यसपछि प्रायश्चित गर्छन् र आफ्नो सुधार गर्छन् । अल्लाह साँच्चिकै परम क्षमाशील एवं परम दयालु छन् ।

  6. وَٱلَّذِينَ يَرۡمُونَ أَزۡوَٰجَهُمۡ وَلَمۡ يَكُن لَّهُمۡ شُهَدَآءُ إِلَّآ أَنفُسُهُمۡ فَشَهَٰدَةُ أَحَدِهِمۡ أَرۡبَعُ شَهَٰدَٰتِۭ بِٱللَّهِ إِنَّهُۥ لَمِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 24:6

    र, कुनै व्यक्तिहरूले आफ्ना पत्नीहरूमाथि आरोप लगाउँछन् तर तिनीहरूसित आफूबाहेक कोही साक्षी छैन भने, तिनीहरूमध्ये एक (पति) को गवाही हुनेछ कि उसले चारपटक अल्लाहको कसम खाएर भनोस् कि निश्चयपूर्वक ऊ सत्यवादीहरूमध्ये हो ।

  7. وَٱلۡخَٰمِسَةُ أَنَّ لَعۡنَتَ ٱللَّهِ عَلَيۡهِ إِن كَانَ مِنَ ٱلۡكَٰذِبِينَ

    Open ayah 24:7

    र, पाँचौं पटक यो भनोस् कि यदि ऊ मिथ्यावादीहरूमध्ये हो भने उसमाथि अल्लाहको अभिशाप परोस् ।

  8. وَيَدۡرَؤُاْ عَنۡهَا ٱلۡعَذَابَ أَن تَشۡهَدَ أَرۡبَعَ شَهَٰدَٰتِۭ بِٱللَّهِ إِنَّهُۥ لَمِنَ ٱلۡكَٰذِبِينَ

    Open ayah 24:8

    र, त्यस महिलाको दण्ड यसरी निवारण हुन सक्छ कि उसले चार पटक अल्लाहको कसम खाएर भनोस्– “निश्चय नै उनी (उसको पति) झूठाहरूमध्येका हुन् ।”

  9. وَٱلۡخَٰمِسَةَ أَنَّ غَضَبَ ٱللَّهِ عَلَيۡهَآ إِن كَانَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 24:9

    र, पाँचौं पटक यो भनोस् कि यदि उनी (पति) सत्य हुन् भने ममाथि अल्लाहको प्रकोप परोस् ।”

  10. وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ وَأَنَّ ٱللَّهَ تَوَّابٌ حَكِيمٌ 

    Open ayah 24:10

    र, यदि तिमीहरूमाथि अल्लाहको कृपा र उनको दया नभएको भए (के हुन्थ्यो ?) । निश्चय नै अल्लाह अति क्षमाशील एवं तत्वज्ञ रहेका छन् ।

  11. إِنَّ ٱلَّذِينَ جَآءُو بِٱلۡإِفۡكِ عُصۡبَةٞ مِّنكُمۡۚ لَا تَحۡسَبُوهُ شَرّٗا لَّكُمۖ بَلۡ هُوَ خَيۡرٞ لَّكُمۡۚ لِكُلِّ ٱمۡرِيٕٖ مِّنۡهُم مَّا ٱكۡتَسَبَ مِنَ ٱلۡإِثۡمِۚ وَٱلَّذِي تَوَلَّىٰ كِبۡرَهُۥ مِنۡهُمۡ لَهُۥ عَذَابٌ عَظِيمٞ

    Open ayah 24:11

    आरोप लगाउने व्यक्तिहरू तिमीहरूमध्येकै एउटा समूह हो । यसलाई आफ्नोलागि नराम्रो नठान बरु यो तिमीहरूकालागि राम्रो हो । तिनीहरूमध्ये जसले जति पाप आर्जन गर्ला त्यसमाथि त्यति नै प्रकोप रहेकोछ । र, जसले यसमा ठूलो भूमिका निभायो उसको लागि कठोर यातना रहेकोछ ।

  12. لَّوۡلَآ إِذۡ سَمِعۡتُمُوهُ ظَنَّ ٱلۡمُؤۡمِنُونَ وَٱلۡمُؤۡمِنَٰتُ بِأَنفُسِهِمۡ خَيۡرٗا وَقَالُواْ هَٰذَآ إِفۡكٞ مُّبِينٞ

    Open ayah 24:12

    (हे अास्थावानहरू हाे) जब तिमीहरूले यो कुरा सुन्यौ तब तिमीहरूमध्ये मोमिन पुरुष तथा महिलाहरूले आफ्नो मनमा सकारात्मक धारणा किन राखेनन्, र किन भनेनन् कि यो त खुल्ला अभियोग हो ?

  13. لَّوۡلَا جَآءُو عَلَيۡهِ بِأَرۡبَعَةِ شُهَدَآءَۚ فَإِذۡ لَمۡ يَأۡتُواْ بِٱلشُّهَدَآءِ فَأُوْلَٰٓئِكَ عِندَ ٱللَّهِ هُمُ ٱلۡكَٰذِبُونَ

    Open ayah 24:13

    मिथ्यारोपण गर्ने व्यक्तिहरूले आफ्नो कुरा (प्रमाणित गर्न) को लागि किन चारजना साक्षी प्रस्तुत गरेनन् त ? तिनीहरूले साक्षी प्रस्तुत गर्न नसकेको हुनाले अल्लाहको दृष्टिमा तिनीहरू नै मिथ्यावादी हुन् ।

  14. وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ لَمَسَّكُمۡ فِي مَآ أَفَضۡتُمۡ فِيهِ عَذَابٌ عَظِيمٌ

    Open ayah 24:14

    लोक तथा परलोकमा तिमीहरूमाथि अल्लाहको कृपा तथा उनको दया नभएको भए जुन कुरामा तिमीहरू परेका थियौ त्यसले गर्दा तिमीहरूलाई कठोर यातनाले छुने थियो ।

  15. إِذۡ تَلَقَّوۡنَهُۥ بِأَلۡسِنَتِكُمۡ وَتَقُولُونَ بِأَفۡوَاهِكُم مَّا لَيۡسَ لَكُم بِهِۦ عِلۡمٞ وَتَحۡسَبُونَهُۥ هَيِّنٗا وَهُوَ عِندَ ٱللَّهِ عَظِيمٞ

    Open ayah 24:15

    स्मरण गर जब त्यसलाई तिमीहरू आफ्नो जिब्रोले फैलाइरहेका थियौ र तिमीहरू आफ्ना मुखले त्यो कुरा गरिरहेका थियौ जसको तिमीहरूलाई केही ज्ञान नै थिएन । तिमीहरू त्यसलाई साधारण कुरा ठान्थ्यौ, जबकि त्यो अल्लाहको दृष्टिमा ठूलो (अपराध) थियो ।

  16. وَلَوۡلَآ إِذۡ سَمِعۡتُمُوهُ قُلۡتُم مَّا يَكُونُ لَنَآ أَن نَّتَكَلَّمَ بِهَٰذَا سُبۡحَٰنَكَ هَٰذَا بُهۡتَٰنٌ عَظِيمٞ

    Open ayah 24:16

    र तिमीहरूले यो सुन्ने बित्तिकै किन यस्तो भनेनौ– “यसको चर्चा गर्नु हाम्रोनिम्ति उचित छैन । (हे अल्लाह !) तिमी पवित्र छौ । यो त एउटा महाअभियोग हो ।”

  17. يَعِظُكُمُ ٱللَّهُ أَن تَعُودُواْ لِمِثۡلِهِۦٓ أَبَدًا إِن كُنتُم مُّؤۡمِنِينَ

    Open ayah 24:17

    अल्लाहले तिमीहरूलाई उपदेश दिन्छन्– “यदि तिमीहरू मोमिन हौ भने यस किसिमको कुरा कहिल्यै नदोहोर्याउनू ।”

  18. وَيُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِۚ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ

    Open ayah 24:18

    र, अल्लाहले तिमीहरूकालागि आफ्ना आयतहरूलाई स्पष्ट रूपमा बयान गर्दछन् र अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।

  19. إِنَّ ٱلَّذِينَ يُحِبُّونَ أَن تَشِيعَ ٱلۡفَٰحِشَةُ فِي ٱلَّذِينَ ءَامَنُواْ لَهُمۡ عَذَابٌ أَلِيمٞ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِۚ وَٱللَّهُ يَعۡلَمُ وَأَنتُمۡ لَا تَعۡلَمُونَ

    Open ayah 24:19

    ईमान ल्याउनेहरूबीच अश्लीलता फैलियोस् भनी चाहना राख्ने व्यक्तिहरूकालागि लोक तथा परलोक दुवैमा दुखदायी यातना रहेको छ । अल्लाह जान्दछन् तर तिमीहरू चाहिँ जान्दैनौ ।

  20. وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ وَأَنَّ ٱللَّهَ رَءُوفٞ رَّحِيمٞ 

    Open ayah 24:20

    र, तिमीहरूमाथि अल्लाहको कृपा तथा उनको दया नभएको भए (तिमीहरूले दुष्परिणाम भोग्ने नै थियौ) तर अल्लाह अति ममतामय एवं दयालु छन् ।

  21. ۞يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّبِعُواْ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِۚ وَمَن يَتَّبِعۡ خُطُوَٰتِ ٱلشَّيۡطَٰنِ فَإِنَّهُۥ يَأۡمُرُ بِٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِۚ وَلَوۡلَا فَضۡلُ ٱللَّهِ عَلَيۡكُمۡ وَرَحۡمَتُهُۥ مَا زَكَىٰ مِنكُم مِّنۡ أَحَدٍ أَبَدٗا وَلَٰكِنَّ ٱللَّهَ يُزَكِّي مَن يَشَآءُۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ

    Open ayah 24:21

    हे आस्थावानहरू हो ! शैतानका पदचिन्हहरूको अनुसरण नगर । जसले उसको अनुसरण गर्नेछ शैतानले उसलाई अश्लील तथा अनैतिक कार्यकै परामर्श दिनेछ । र, यदि तिमीहरूमाथि अल्लाहको कृपा तथा दया नभएको भए तिमीहरूमध्ये कोही पनि कहिल्यै शुद्ध हुन सक्ने थिएनौं । तर, अल्लाह जसलाई चाहन्छन्, शुद्धता प्रदान गर्छन् । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  22. وَلَا يَأۡتَلِ أُوْلُواْ ٱلۡفَضۡلِ مِنكُمۡ وَٱلسَّعَةِ أَن يُؤۡتُوٓاْ أُوْلِي ٱلۡقُرۡبَىٰ وَٱلۡمَسَٰكِينَ وَٱلۡمُهَٰجِرِينَ فِي سَبِيلِ ٱللَّهِۖ وَلۡيَعۡفُواْ وَلۡيَصۡفَحُوٓاْۗ أَلَا تُحِبُّونَ أَن يَغۡفِرَ ٱللَّهُ لَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٌ

    Open ayah 24:22

    तिमीहरूमध्ये जो सम्पन्न तथा सामर्थ्यवान् छौ तिनीहरूले नातेदार, अभावग्रस्त तथा अल्लाहको मार्गमा हिज्रत गर्ने (अर्थात् घरबार त्याग्ने) व्यक्तिहरूलाई सहयोग नगर्ने कसम नखाऊन्, बरु उनीहरूले माफी दिऊन् र बेवास्ता गर। के अल्लाह तिमीहरूलाई क्षमा गरून् भन्ने कुरा चाँहदैनौ ? र, अल्लाह त अति क्षमाशील एवं परम दयालु छन् ।

  23. إِنَّ ٱلَّذِينَ يَرۡمُونَ ٱلۡمُحۡصَنَٰتِ ٱلۡغَٰفِلَٰتِ ٱلۡمُؤۡمِنَٰتِ لُعِنُواْ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَلَهُمۡ عَذَابٌ عَظِيمٞ

    Open ayah 24:23

    वास्तवमा स्वच्छर खुला मनकी मोमिन महिलाहरूमाथि जसले (व्यभिचारको) आरोप लगाउँछन् तिनीहरूमाथि लोक तथा परलोकमा धिक्कार छ । र, तिनीहरूकालागि ठूलो यातना रहेको छ ।

  24. يَوۡمَ تَشۡهَدُ عَلَيۡهِمۡ أَلۡسِنَتُهُمۡ وَأَيۡدِيهِمۡ وَأَرۡجُلُهُم بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 24:24

    स्मरण गर त्यो दिन जब तिनीहरूका जिब्रा, हात तथा खुट्टाहरूले तिनीहरूले गर्ने गरेका कार्यहरूबारे तिनीहरूकै विरुद्ध साक्षी दिनेछन् ।

  25. يَوۡمَئِذٖ يُوَفِّيهِمُ ٱللَّهُ دِينَهُمُ ٱلۡحَقَّ وَيَعۡلَمُونَ أَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ ٱلۡمُبِينُ

    Open ayah 24:25

    त्यसदिन अल्लाहले तिनीहरूलाई पूरा–पूरा प्रतिफल दिनेछन्, र तिनीहरू जान्नेछन् कि अल्लाह नै स्पष्ट तथा नितान्त सत्य हुन् ।

  26. ٱلۡخَبِيثَٰتُ لِلۡخَبِيثِينَ وَٱلۡخَبِيثُونَ لِلۡخَبِيثَٰتِۖ وَٱلطَّيِّبَٰتُ لِلطَّيِّبِينَ وَٱلطَّيِّبُونَ لِلطَّيِّبَٰتِۚ أُوْلَٰٓئِكَ مُبَرَّءُونَ مِمَّا يَقُولُونَۖ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ

    Open ayah 24:26

    चरित्रहीन स्त्रीहरू चरित्रहीन पुरुषहरूकालागि हुन्, तथा चरित्रहीन पुरुषहरू चरित्रहीन स्त्रीहरूकालागि हुन् । र, सच्चरित्र स्त्रीहरू सच्चरित्र पुरुष तथा सच्चरित्र पुरुष सच्चरित्र स्त्रीहरूका लागि हुन् । यी (सच्चरित्र) मानिसहरू तिनीहरूले लगाइरहेका आरोपहरूबाट मुक्त रहेका छन् । यस्ता व्यक्तिहरूकालागि नै क्षमादान तथा इज्जतको रोजी पनि रहेको छ । ,

  27. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتًا غَيۡرَ بُيُوتِكُمۡ حَتَّىٰ تَسۡتَأۡنِسُواْ وَتُسَلِّمُواْ عَلَىٰٓ أَهۡلِهَاۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ لَعَلَّكُمۡ تَذَكَّرُونَ

    Open ayah 24:27

    हे आस्थावानहरू हो ! आफ्ना घरहरूबाहेक अन्य घरहरूमा अनुमति बिना र त्यहाँ बस्ने व्यक्तिहरूलाई सलाम नगरीकन प्रवेश नगर । यो तिमीहरूकालागि राम्रो हो । आशा छ कि तिमीहरूले यसलाई ध्यानमा राख्नेछौ ।

  28. فَإِن لَّمۡ تَجِدُواْ فِيهَآ أَحَدٗا فَلَا تَدۡخُلُوهَا حَتَّىٰ يُؤۡذَنَ لَكُمۡۖ وَإِن قِيلَ لَكُمُ ٱرۡجِعُواْ فَٱرۡجِعُواْۖ هُوَ أَزۡكَىٰ لَكُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ عَلِيمٞ

    Open ayah 24:28

    यदि त्यहाँ तिमीहरूले कसैलाई उपस्थित पाएनौ भने तिमीहरूलाई अनुमति नदिउञ्जेल त्यहाँ प्रवेश नगर । र, यदि तिमीहरूलाई फर्केर जाऊ भनेर भनिन्छ भने फर्केर जाऊ । तिमीहरूकानिम्ति यो विशुद्ध विधी हो । र, तिमीहरूले गर्ने गरेका कार्यसँग अल्लाह अवगत छन् ।

  29. لَّيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَدۡخُلُواْ بُيُوتًا غَيۡرَ مَسۡكُونَةٖ فِيهَا مَتَٰعٞ لَّكُمۡۚ وَٱللَّهُ يَعۡلَمُ مَا تُبۡدُونَ وَمَا تَكۡتُمُونَ

    Open ayah 24:29

    यस्ता खाली घरहरू जसमा तिमीहरूका सामानहरू राखिएका छन्, त्यसमा प्रवेश गर्यौ भने तिमीहरूलाई कुनै पाप लाग्ने छैन । र, तिमीहरूले देखाउने तथा लुकाउने सबै चिज अल्लाह जान्दछन् ।

  30. قُل لِّلۡمُؤۡمِنِينَ يَغُضُّواْ مِنۡ أَبۡصَٰرِهِمۡ وَيَحۡفَظُواْ فُرُوجَهُمۡۚ ذَٰلِكَ أَزۡكَىٰ لَهُمۡۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا يَصۡنَعُونَ 

    Open ayah 24:30

    (हे सन्देष्टा !) मोमिन पुरुषहरूलाई आफ्ना दृष्टिहरूलाई नियन्त्रित राख्न तथा आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्न आदेश देऊ । यो उनीहरूकालागि विशुद्ध तरिका हो । उनीहरूले गर्ने गरेका कार्यहरूसित अल्लाह अवगत छन् ।

  31. وَقُل لِّلۡمُؤۡمِنَٰتِ يَغۡضُضۡنَ مِنۡ أَبۡصَٰرِهِنَّ وَيَحۡفَظۡنَ فُرُوجَهُنَّ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنۡهَاۖ وَلۡيَضۡرِبۡنَ بِخُمُرِهِنَّ عَلَىٰ جُيُوبِهِنَّۖ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوۡ ءَابَآئِهِنَّ أَوۡ ءَابَآءِ بُعُولَتِهِنَّ أَوۡ أَبۡنَآئِهِنَّ أَوۡ أَبۡنَآءِ بُعُولَتِهِنَّ أَوۡ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ أَخَوَٰتِهِنَّ أَوۡ نِسَآئِهِنَّ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُنَّ أَوِ ٱلتَّٰبِعِينَ غَيۡرِ أُوْلِي ٱلۡإِرۡبَةِ مِنَ ٱلرِّجَالِ أَوِ ٱلطِّفۡلِ ٱلَّذِينَ لَمۡ يَظۡهَرُواْ عَلَىٰ عَوۡرَٰتِ ٱلنِّسَآءِۖ وَلَا يَضۡرِبۡنَ بِأَرۡجُلِهِنَّ لِيُعۡلَمَ مَا يُخۡفِينَ مِن زِينَتِهِنَّۚ وَتُوبُوٓاْ إِلَى ٱللَّهِ جَمِيعًا أَيُّهَ ٱلۡمُؤۡمِنُونَ لَعَلَّكُمۡ تُفۡلِحُونَ

    Open ayah 24:31

    र, मोमिन स्त्रीहरूलाई भन कि उनीहरू आफ्ना दृष्टिहरूलाई नियन्त्रित राखून्, आफ्ना गुप्ताङ्गहरूको रक्षा गरून् र आफ्नो श्रृंगार प्रदर्शन नगरून्, त्यसबाहेक जुन स्वयं जाहेर भएको हुन्छ । र, आफ्ना बक्षस्थललाई आफ्ना पछ्यौराले ढाकेर राखून् अनि आफ्नो श्रृंगार जाहेर नगरून्, सिवाय आफ्ना पति, पिता, ससुरा, पुत्रहरू, पतिका पुत्रहरू, दाजुभाइहरू, भतिजाहरू, भाञ्जाहरू, आफ्ना महिलाहरू, दास–दासीहरू, मातहतमा रहेका कामेच्छारहित पुरुषहरू र ती बालकहरूकासामु जो महिलाहरूका गुप्ताङ्गहरूबारे अनभिज्ञ छन् । र, आफ्ना खुट्टा बजार्दै नहिडून् कि उनीहरूले लुकाएका श्रृंगारबारे जानियोस् । हे मोमिनहरू हो ! तिमीहरू सबै अल्लाहतर्फ फर्क ताकि सफल हुन सक ।

  32. وَأَنكِحُواْ ٱلۡأَيَٰمَىٰ مِنكُمۡ وَٱلصَّٰلِحِينَ مِنۡ عِبَادِكُمۡ وَإِمَآئِكُمۡۚ إِن يَكُونُواْ فُقَرَآءَ يُغۡنِهِمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَٱللَّهُ وَٰسِعٌ عَلِيمٞ

    Open ayah 24:32

    र, तिमीहरूमध्ये जो अविवाहित छन् र तिमीहरूका दास–दासीमध्ये जो याेग्य छन्, (तिनीहरू) को विवाह गराइदेऊ । यदि उनीहरू गरिब छन् भने अल्लाहले आफ्नो कृपाद्वारा उनीहरूलाई धनवान बनाइदिनेछन् । र, अल्लाह परम विशाल एवं सर्वज्ञ छन् ।

  33. وَلۡيَسۡتَعۡفِفِ ٱلَّذِينَ لَا يَجِدُونَ نِكَاحًا حَتَّىٰ يُغۡنِيَهُمُ ٱللَّهُ مِن فَضۡلِهِۦۗ وَٱلَّذِينَ يَبۡتَغُونَ ٱلۡكِتَٰبَ مِمَّا مَلَكَتۡ أَيۡمَٰنُكُمۡ فَكَاتِبُوهُمۡ إِنۡ عَلِمۡتُمۡ فِيهِمۡ خَيۡرٗاۖ وَءَاتُوهُم مِّن مَّالِ ٱللَّهِ ٱلَّذِيٓ ءَاتَىٰكُمۡۚ وَلَا تُكۡرِهُواْ فَتَيَٰتِكُمۡ عَلَى ٱلۡبِغَآءِ إِنۡ أَرَدۡنَ تَحَصُّنٗا لِّتَبۡتَغُواْ عَرَضَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَمَن يُكۡرِههُّنَّ فَإِنَّ ٱللَّهَ مِنۢ بَعۡدِ إِكۡرَٰهِهِنَّ غَفُورٞ رَّحِيمٞ

    Open ayah 24:33

    विवाहको सामर्थ्य नराख्ने व्यक्तिहरू आफ्नो चरित्रलाई जोगाऊन यहाँसम्म कि उनीहरूलाई अल्लाहले आफ्नो वरदानबाट सम्पन्न बनाइदिऊन्, र तिमीहरूका जुन दासहरू (मुक्तिकोलागि) लिखित सम्झौता गर्न चाहन्छन् उनीहरूलाई सम्झौतापत्र लेखिदेऊ, यदि तिमीहरूले उनीहरूमा भलाई देख्छौ भने । र, अल्लाहले तिमीहरूलाई प्रदान गरेका सम्पत्तिबाट उनीहरूलाई पनि देऊ । र, आफ्ना दासीहरूलाई सांसारिक जीवनको लाभ प्राप्त गर्न व्यभिचारकोलागि विवश नपार, जबकि उनीहरू स्वयं पवित्र रहन चाहन्छन् । र, कसैले तिनीहरूलाई विवश् तुल्याउँछ भने उनीहरूलाई विवश गरिएपछि अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  34. وَلَقَدۡ أَنزَلۡنَآ إِلَيۡكُمۡ ءَايَٰتٖ مُّبَيِّنَٰتٖ وَمَثَلٗا مِّنَ ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلِكُمۡ وَمَوۡعِظَةٗ لِّلۡمُتَّقِينَ

    Open ayah 24:34

    अनि, हामीले तिमीहरूसमक्ष स्पष्ट आयतहरू र तिमीहरूभन्दा पहिले बितेका समुदायहरूको वृत्तान्त तथा ईशभय राख्नेहरूकालागि उपदेश अवतीर्ण गरेका छौं ।

  35. ۞ٱللَّهُ نُورُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ مَثَلُ نُورِهِۦ كَمِشۡكَوٰةٖ فِيهَا مِصۡبَاحٌۖ ٱلۡمِصۡبَاحُ فِي زُجَاجَةٍۖ ٱلزُّجَاجَةُ كَأَنَّهَا كَوۡكَبٞ دُرِّيّٞ يُوقَدُ مِن شَجَرَةٖ مُّبَٰرَكَةٖ زَيۡتُونَةٖ لَّا شَرۡقِيَّةٖ وَلَا غَرۡبِيَّةٖ يَكَادُ زَيۡتُهَا يُضِيٓءُ وَلَوۡ لَمۡ تَمۡسَسۡهُ نَارٞۚ نُّورٌ عَلَىٰ نُورٖۚ يَهۡدِي ٱللَّهُ لِنُورِهِۦ مَن يَشَآءُۚ وَيَضۡرِبُ ٱللَّهُ ٱلۡأَمۡثَٰلَ لِلنَّاسِۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

    Open ayah 24:35

    अल्लाह नै आकाशहरू तथा धर्तीका ज्योति हुन् । उनको ज्योतिको उदाहरण यस्तो छ जस्तो एउटा खोपो छ जसमा एउटा दीयो छ, त्यो दीयो पानसभित्र छ, त्यो पानस एउटा चम्किलो ताराझैं प्रज्वलित छ, जुन (दीयो) जैतुनको यस्तो पवित्र वृक्षको तेलले बालिन्छ जुन न पूर्वीय हो न पश्चिमी; जसको तेल स्वयं प्रज्वलित छ यद्यपि त्यसलाई अग्निले नछोएको होस् । ज्योतिमाथि ज्योति छ । अल्लाह जसलाई चाहन्छन् आफ्नो ज्योतिको मार्गदर्शन दिन्छन्, र अल्लाह मानिसहरूलाई बुझाउनको लागि उदाहरणहरू दिन्छन् । र, अल्लाह प्रत्येक वस्तुको ज्ञान राख्दछन् ।

  36. فِي بُيُوتٍ أَذِنَ ٱللَّهُ أَن تُرۡفَعَ وَيُذۡكَرَ فِيهَا ٱسۡمُهُۥ يُسَبِّحُ لَهُۥ فِيهَا بِٱلۡغُدُوِّ وَٱلۡأٓصَالِ

    Open ayah 24:36

    यस्ता घरहरूमा जसलाई अल्लाहले उच्च पार्ने र जसमा आफ्नो नामको स्मरण गर्ने आदेश दिएका छन् । जसमा बिहान, बेलुकी अल्लाहको नामको गुणगान गर्छन्,

  37. رِجَالٞ لَّا تُلۡهِيهِمۡ تِجَٰرَةٞ وَلَا بَيۡعٌ عَن ذِكۡرِ ٱللَّهِ وَإِقَامِ ٱلصَّلَوٰةِ وَإِيتَآءِ ٱلزَّكَوٰةِ يَخَافُونَ يَوۡمٗا تَتَقَلَّبُ فِيهِ ٱلۡقُلُوبُ وَٱلۡأَبۡصَٰرُ

    Open ayah 24:37

    त्यस्ता व्यक्तिहरू जसलाई अल्लाहको स्मरण गर्न, नमाज कायम गर्न, जकात दिनबाट न व्यापारले, र न त किनबेचले नै भुलाउँछ । उनीहरू त्यस दिनसँग डराउँछन् जुन दिन हृदय तथा नेत्रहरू विक्षुब्ध हुनेछन्,

  38. لِيَجۡزِيَهُمُ ٱللَّهُ أَحۡسَنَ مَا عَمِلُواْ وَيَزِيدَهُم مِّن فَضۡلِهِۦۗ وَٱللَّهُ يَرۡزُقُ مَن يَشَآءُ بِغَيۡرِ حِسَابٖ

    Open ayah 24:38

    ताकि अल्लाहले उनीहरूलाई उनीहरूले गरेका कार्यहरूको सर्वोत्तम प्रतिदान प्रदान गरून्, र आफ्नो कृपाले थप (प्रतिदान) प्रदान गरून् । र, अल्लाह जसलाई चाहन्छन् बेहिसाब जीविका प्रदान गर्छन् ।

  39. وَٱلَّذِينَ كَفَرُوٓاْ أَعۡمَٰلُهُمۡ كَسَرَابِۭ بِقِيعَةٖ يَحۡسَبُهُ ٱلظَّمۡـَٔانُ مَآءً حَتَّىٰٓ إِذَا جَآءَهُۥ لَمۡ يَجِدۡهُ شَيۡـٔٗا وَوَجَدَ ٱللَّهَ عِندَهُۥ فَوَفَّىٰهُ حِسَابَهُۥۗ وَٱللَّهُ سَرِيعُ ٱلۡحِسَابِ

    Open ayah 24:39

    र, काफिरहरूका कार्यहरू सुख्खा मरूभूमिको मृगतृष्णाझैं छन्, जसलाई एउटा तिर्खाएको व्यक्तिले पानी ठान्छ, तर जब ऊ त्यहाँ पुग्छ त्यहाँ केही पनि पाउँदैन, बरु उसले त्यहाँ अल्लाहलाई उपस्थित पाउँछ । र, उ उसको हिसाब चुक्ता गरिदिन्छन्, किनभने अल्लाह हिसाब लिने काममा अति छिटो छन् ।

  40. أَوۡ كَظُلُمَٰتٖ فِي بَحۡرٖ لُّجِّيّٖ يَغۡشَىٰهُ مَوۡجٞ مِّن فَوۡقِهِۦ مَوۡجٞ مِّن فَوۡقِهِۦ سَحَابٞۚ ظُلُمَٰتُۢ بَعۡضُهَا فَوۡقَ بَعۡضٍ إِذَآ أَخۡرَجَ يَدَهُۥ لَمۡ يَكَدۡ يَرَىٰهَاۗ وَمَن لَّمۡ يَجۡعَلِ ٱللَّهُ لَهُۥ نُورٗا فَمَا لَهُۥ مِن نُّورٍ 

    Open ayah 24:40

    वा (तिनीहरूका कामहरूको उदाहरण) गहिरो समुद्रको अन्धकारहरूझैं रहेको छ, जसलाई एउटामाथि अर्को लहरले ढपक्क ढाकेकोछ, र त्यसमाथि बादल लागेकोछ; अन्धकारमाथि अन्धकार छ कि यदि आफ्नै हात निकाल्यो भने पनि त्यसलाई देख्न सकिदैंन । र, जसलाई अल्लाहले प्रकाश प्रदान गर्दैनन् , उस्काेलागि कुनै प्रकाश हुदैन।

  41. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُسَبِّحُ لَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱلطَّيۡرُ صَٰٓفَّٰتٖۖ كُلّٞ قَدۡ عَلِمَ صَلَاتَهُۥ وَتَسۡبِيحَهُۥۗ وَٱللَّهُ عَلِيمُۢ بِمَا يَفۡعَلُونَ

    Open ayah 24:41

    के तिमीलाई थाहा छैन कि आकाशहरू तथा धर्तीका सम्पूर्ण प्राणीहरूले तथा पखेटा फैलाएका पंक्षीहरूले पनि अल्लाहको महिमागान गर्छन् ? प्रत्येकले आ–आफ्नो प्रार्थना तथा महिमागानको तरीका जान्दछन् । र, तिनीहरूले गर्ने गरेका कार्यहरूसँग अल्लाह जानकार छन् ।

  42. وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَإِلَى ٱللَّهِ ٱلۡمَصِيرُ

    Open ayah 24:42

    आकाशहरू तथा पृथ्वीको राज्य अल्लाहकै हो, र (सबै) अल्लाहतर्फ नै फर्केर जानु छ ।

  43. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُزۡجِي سَحَابٗا ثُمَّ يُؤَلِّفُ بَيۡنَهُۥ ثُمَّ يَجۡعَلُهُۥ رُكَامٗا فَتَرَى ٱلۡوَدۡقَ يَخۡرُجُ مِنۡ خِلَٰلِهِۦ وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مِن جِبَالٖ فِيهَا مِنۢ بَرَدٖ فَيُصِيبُ بِهِۦ مَن يَشَآءُ وَيَصۡرِفُهُۥ عَن مَّن يَشَآءُۖ يَكَادُ سَنَا بَرۡقِهِۦ يَذۡهَبُ بِٱلۡأَبۡصَٰرِ

    Open ayah 24:43

    के तिमीले देखेनाै कि अल्लाहले नै बादललाई चलाउँछन्, अनि तिनीहरूलाई आपसमा जोड्छन् तथा तिनीहरूलाई तहमाथि तह बनाएर राख्छन्, र त्यसकै बीचबाट तिमीले पानी परेको देख्छौ ? र, उनी आकाशमा रहेको (असिनाको) पहाडबाट असिना बर्साउँछन् । अल्लाहले जसलाई चाहन्छन् त्यसद्वारा हानि पुर्याउँछन् र जसबाट चाहन्छन् त्यसलाई पन्छाइ दिन्छन् । त्यसको बिजुलीको चमकले देख्ने शक्ति नै लैजाला जस्तो हुन्छ ।

  44. يُقَلِّبُ ٱللَّهُ ٱلَّيۡلَ وَٱلنَّهَارَۚ إِنَّ فِي ذَٰلِكَ لَعِبۡرَةٗ لِّأُوْلِي ٱلۡأَبۡصَٰرِ

    Open ayah 24:44

    रात तथा दिनलाई अल्लाह नै परिवर्तन गरिरहन्छन् । दृष्टिवान व्यक्तिहरूकालागि यसमा निश्चय नै ठूलो शिक्षा रहेको छ ।

  45. وَٱللَّهُ خَلَقَ كُلَّ دَآبَّةٖ مِّن مَّآءٖۖ فَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰ بَطۡنِهِۦ وَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰ رِجۡلَيۡنِ وَمِنۡهُم مَّن يَمۡشِي عَلَىٰٓ أَرۡبَعٖۚ يَخۡلُقُ ٱللَّهُ مَا يَشَآءُۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 24:45

    र, हरेक जन्तुलाई अल्लाहले पानीबाट सृष्टि गरेका हुन् । तिनीहरूमध्ये केही आफ्नो पेटले घिस्रिन्छन्, केही दुई खुट्टाले हिँड्छन् र केही चाहिँ चार खुट्टाले । अल्लाह जे चाहन्छन् त्यही सृष्टि गर्छन् । निस्सन्देह अल्लाह प्रत्येक कार्यको सामर्थ्य राख्दछन् ।

  46. لَّقَدۡ أَنزَلۡنَآ ءَايَٰتٖ مُّبَيِّنَٰتٖۚ وَٱللَّهُ يَهۡدِي مَن يَشَآءُ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 24:46

    निस्सन्देह हामीले स्पष्ट पार्ने आयतहरू अवतरण गरेका छौं । र, अल्लाह जसलाई चाहन्छन् सीधामार्ग देखाउँछन् ।

  47. وَيَقُولُونَ ءَامَنَّا بِٱللَّهِ وَبِٱلرَّسُولِ وَأَطَعۡنَا ثُمَّ يَتَوَلَّىٰ فَرِيقٞ مِّنۡهُم مِّنۢ بَعۡدِ ذَٰلِكَۚ وَمَآ أُوْلَٰٓئِكَ بِٱلۡمُؤۡمِنِينَ

    Open ayah 24:47

    अनि, तिनीहरू (कपटीहरू) भन्छन्– “हामीले अल्लाह तथा रसूलमाथि ईमान ल्यायौं र आज्ञापालन गर्यौं ।” तर, त्यसपछि तिनीहरूमध्ये एक समूह विमुख हुन्छ । र तिनीहरू आस्थावान नै होइनन् ।

  48. وَإِذَا دُعُوٓاْ إِلَى ٱللَّهِ وَرَسُولِهِۦ لِيَحۡكُمَ بَيۡنَهُمۡ إِذَا فَرِيقٞ مِّنۡهُم مُّعۡرِضُونَ

    Open ayah 24:48

    र, जब तिनीहरूलाई अल्लाह तथा उनका रसूलतर्फ बोलाइन्छ ताकि उनले तिनीहरूबीच निर्णय गरून् अकस्मात तिनीहरूमध्ये एउटा समूह विमुख भइहाल्छ ।

  49. وَإِن يَكُن لَّهُمُ ٱلۡحَقُّ يَأۡتُوٓاْ إِلَيۡهِ مُذۡعِنِينَ

    Open ayah 24:49

    तर तिनीहरूले हक पाउने भएमा बडो आज्ञाकारी बनेर उनीतर्फ आउँछन् ।

  50. أَفِي قُلُوبِهِم مَّرَضٌ أَمِ ٱرۡتَابُوٓاْ أَمۡ يَخَافُونَ أَن يَحِيفَ ٱللَّهُ عَلَيۡهِمۡ وَرَسُولُهُۥۚ بَلۡ أُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ 

    Open ayah 24:50

    के तिनीहरूका हृदयमा कुनै रोग छ, वा तिनीहरू सन्देहमा छन्,, वा अल्लाह तथा उनका रसूलले तिनीहरूमाथि अत्याचार गर्लान् भनी डराउँछन् ? बरु तिनीहरू नै अत्याचारी हुन् ।

  51. إِنَّمَا كَانَ قَوۡلَ ٱلۡمُؤۡمِنِينَ إِذَا دُعُوٓاْ إِلَى ٱللَّهِ وَرَسُولِهِۦ لِيَحۡكُمَ بَيۡنَهُمۡ أَن يَقُولُواْ سَمِعۡنَا وَأَطَعۡنَاۚ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

    Open ayah 24:51

    आस्थावानहरूलाई जब तिनीहरूबीच निर्णयकोलागि अल्लाह तथा उनका रसूलतर्फ बोलाइन्छ तब उनीहरू स्पष्ट रूपमा यति मात्र भन्छन्– “हामीले सुन्यौं र आज्ञापालन गर्यौं ।”र, यिनीहरू नै हुन् सफल हुनेहरू ।

  52. وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَخۡشَ ٱللَّهَ وَيَتَّقۡهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَآئِزُونَ

    Open ayah 24:52

    अनि, जसले अल्लाह तथा उनका रसूलको आज्ञापालन गर्छन्, अल्लाहसित डराउँछन्, र उनको अवज्ञाबाट बच्दछन् त्यस्ता व्यक्तिहरूले नै सफलता पाउनेछन् ।

  53. ۞وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَئِنۡ أَمَرۡتَهُمۡ لَيَخۡرُجُنَّۖ قُل لَّا تُقۡسِمُواْۖ طَاعَةٞ مَّعۡرُوفَةٌۚ إِنَّ ٱللَّهَ خَبِيرُۢ بِمَا تَعۡمَلُونَ

    Open ayah 24:53

    तिनीहरू दृढ कसम खान्छन्– “(हे सन्देष्टा !) यदि तिमी तिनीहरूलाई आदेश दिन्छौ भने तिनीहरू अवश्य नै प्रस्थान गर्नेछन् ।” भनिदेऊ– “कसम नखाऊ, तिमीहरूको आज्ञापालनको स्थिति स्पष्ट छ, र तिमीहरूले गर्ने गरेका कार्यहरूसित अल्लाह पूर्ण रूपमा अवगत छन् ।

  54. قُلۡ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَۖ فَإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡهِ مَا حُمِّلَ وَعَلَيۡكُم مَّا حُمِّلۡتُمۡۖ وَإِن تُطِيعُوهُ تَهۡتَدُواْۚ وَمَا عَلَى ٱلرَّسُولِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ

    Open ayah 24:54

    भनिदेऊ– “अल्लाहको आज्ञापालन गर तथा रसूलको आज्ञापालन गर । यदि तिमीहरू विमुख हुन्छौ भने, रसूलमाथि केवल उनलाई सुम्पिएको जिम्मेवारी छ, र तिमीहरूमाथि तिमीहरूलाई सुम्पिएको जिम्मेवारी छ । र, यदि तिमीहरूले उनको आज्ञापालन गर्यौ भने तिमीहरूले अवश्य नै सत्मार्ग पाउनेछौ । र, रसूलको जिम्मेवारी त स्पष्ट रूपमा सन्देश पुर्याउनु मात्र हो ।”

  55. وَعَدَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَيَسۡتَخۡلِفَنَّهُمۡ فِي ٱلۡأَرۡضِ كَمَا ٱسۡتَخۡلَفَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَلَيُمَكِّنَنَّ لَهُمۡ دِينَهُمُ ٱلَّذِي ٱرۡتَضَىٰ لَهُمۡ وَلَيُبَدِّلَنَّهُم مِّنۢ بَعۡدِ خَوۡفِهِمۡ أَمۡنٗاۚ يَعۡبُدُونَنِي لَا يُشۡرِكُونَ بِي شَيۡـٔٗاۚ وَمَن كَفَرَ بَعۡدَ ذَٰلِكَ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡفَٰسِقُونَ

    Open ayah 24:55

    तिमीहरूमध्ये ईमान ल्याउने तथा सत्कर्म गर्नेहरूसित अल्लाहले के वाचा गरेका छन भने, उनले उनीहरूलाई त्यसैगरी धर्तीमा खलीफा (उत्तराधिकारी) बनाउनेछन जसरी उनले उनीहरूभन्दा पहिलेका व्यक्तिहरूलाई खलीफा बनाएका थिए । [ ] र, अल्लाहले उनीहरूकालागि दृढतापूर्वक त्यो धर्म स्थापना गर्नेछन् जसलाई उनले उनीहरूकानिम्ति रोजेका छन् । र, उनीहरूको भयको अवस्थालाई शान्तिको अवस्थामा परिणत गरिदिनेछन् । उनीहरूले मेरै उपासना गर्नेछन् र मसँग कसैलाई साझेदार बनाउने छैनन् । र, त्यसपछि जो कृतघ्न हुन्छन् तिनीहरू नै अवज्ञाकारी हुन् ।

  56. وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَءَاتُواْ ٱلزَّكَوٰةَ وَأَطِيعُواْ ٱلرَّسُولَ لَعَلَّكُمۡ تُرۡحَمُونَ

    Open ayah 24:56

    अनि, नमाज कायम गर, जकात देऊ, र रसूलको आज्ञापालन गर ताकि तिमीहरूमाथि दया गरियोस् ।

  57. لَا تَحۡسَبَنَّ ٱلَّذِينَ كَفَرُواْ مُعۡجِزِينَ فِي ٱلۡأَرۡضِۚ وَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ وَلَبِئۡسَ ٱلۡمَصِيرُ

    Open ayah 24:57

    तिमी कदापि यो नठान कि काफिरहरूले पृथ्वीमा हामीलाई विवश तुल्याउनेछन् । तिनीहरूको वास्तविक बासस्थान त नरक नै हो । कत्ति निकृष्ट बासस्थान रहेको छ त्यो !

  58. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لِيَسۡتَـٔۡذِنكُمُ ٱلَّذِينَ مَلَكَتۡ أَيۡمَٰنُكُمۡ وَٱلَّذِينَ لَمۡ يَبۡلُغُواْ ٱلۡحُلُمَ مِنكُمۡ ثَلَٰثَ مَرَّٰتٖۚ مِّن قَبۡلِ صَلَوٰةِ ٱلۡفَجۡرِ وَحِينَ تَضَعُونَ ثِيَابَكُم مِّنَ ٱلظَّهِيرَةِ وَمِنۢ بَعۡدِ صَلَوٰةِ ٱلۡعِشَآءِۚ ثَلَٰثُ عَوۡرَٰتٖ لَّكُمۡۚ لَيۡسَ عَلَيۡكُمۡ وَلَا عَلَيۡهِمۡ جُنَاحُۢ بَعۡدَهُنَّۚ طَوَّٰفُونَ عَلَيۡكُم بَعۡضُكُمۡ عَلَىٰ بَعۡضٖۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

    Open ayah 24:58

    हे आस्थावानहरू हो ! तिमीहरूकहाँ आउन तिमीहरूका दासदासी र तिम्रा नाबालक सन्तानहरूले तिमीहरूसित तीन समयमा अनुमति मागून्– फज्रको नमाजअघि, मध्यान्हको समयमा जब तिमीहरू आफ्ना वस्त्र फेर्छौ, र इशाको नमाजपछि । यी तीन समय तिमीहरूकालागि पर्दाका समयहरू हुन् । यी समयहरूबाहेक अन्य समयमा तिमीहरूकालागि र उनीहरूकालागि पनि कुनै आपत्ति छैन, किनभने तिमीहरू सबै आपसमा एकअर्काको नजिक आइ नै रहन्छौ । यसरी अल्लाह स्पष्टरूपमा आफ्ना आदेशहरू बयान गर्दछन् । र, अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।

  59. وَإِذَا بَلَغَ ٱلۡأَطۡفَٰلُ مِنكُمُ ٱلۡحُلُمَ فَلۡيَسۡتَـٔۡذِنُواْ كَمَا ٱسۡتَـٔۡذَنَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمۡ ءَايَٰتِهِۦۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

    Open ayah 24:59

    र, जब तिमीहरूका सन्तानहरू परिपक्वताको उमेरमा पुग्छन् तब उनीहरू पनि त्यसरी नै अनुमति मागून् जसरी उनीहरूका ठूलाबडा मानिसहरूले माग्ने गरेका छन् । यसरी अल्लाहले आफ्ना निर्देशनहरू स्पष्ट पार्दछन् । र, अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।

  60. وَٱلۡقَوَٰعِدُ مِنَ ٱلنِّسَآءِ ٱلَّٰتِي لَا يَرۡجُونَ نِكَاحٗا فَلَيۡسَ عَلَيۡهِنَّ جُنَاحٌ أَن يَضَعۡنَ ثِيَابَهُنَّ غَيۡرَ مُتَبَرِّجَٰتِۭ بِزِينَةٖۖ وَأَن يَسۡتَعۡفِفۡنَ خَيۡرٞ لَّهُنَّۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٞ 

    Open ayah 24:60

    र, विवाहको आशा मरिसकेका वृद्ध महिलाहरूले आफ्ना (थप) वस्त्रहरू फुकालेर राखेमा कुनै आपत्ति छैन यस शर्तमा कि श्रृंगार प्रदर्शन नगरून् । तर उनीहरूले सावधानी अपनाएमा उनीहरूको भलाई हुनेछ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  61. لَّيۡسَ عَلَى ٱلۡأَعۡمَىٰ حَرَجٞ وَلَا عَلَى ٱلۡأَعۡرَجِ حَرَجٞ وَلَا عَلَى ٱلۡمَرِيضِ حَرَجٞ وَلَا عَلَىٰٓ أَنفُسِكُمۡ أَن تَأۡكُلُواْ مِنۢ بُيُوتِكُمۡ أَوۡ بُيُوتِ ءَابَآئِكُمۡ أَوۡ بُيُوتِ أُمَّهَٰتِكُمۡ أَوۡ بُيُوتِ إِخۡوَٰنِكُمۡ أَوۡ بُيُوتِ أَخَوَٰتِكُمۡ أَوۡ بُيُوتِ أَعۡمَٰمِكُمۡ أَوۡ بُيُوتِ عَمَّٰتِكُمۡ أَوۡ بُيُوتِ أَخۡوَٰلِكُمۡ أَوۡ بُيُوتِ خَٰلَٰتِكُمۡ أَوۡ مَا مَلَكۡتُم مَّفَاتِحَهُۥٓ أَوۡ صَدِيقِكُمۡۚ لَيۡسَ عَلَيۡكُمۡ جُنَاحٌ أَن تَأۡكُلُواْ جَمِيعًا أَوۡ أَشۡتَاتٗاۚ فَإِذَا دَخَلۡتُم بُيُوتٗا فَسَلِّمُواْ عَلَىٰٓ أَنفُسِكُمۡ تَحِيَّةٗ مِّنۡ عِندِ ٱللَّهِ مُبَٰرَكَةٗ طَيِّبَةٗۚ كَذَٰلِكَ يُبَيِّنُ ٱللَّهُ لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَعۡقِلُونَ

    Open ayah 24:61

    न अन्धोमाथि कुनै आपत्ति छ न लङ्गडोमाथि; न बिरामीमाथि कुनै आपत्ति छ न तिमीहरूमाथि नै कि तिमीहरू खाऊ आफ्ना घरमा वा आफ्ना बाबु–बाजेहरूको घरमा वा आफ्ना आमा–बज्यैहरूको घरमा वा आफ्ना काकाहरूको घरमा वा आफ्ना फुफूहरूको घरमा वा आफ्ना मामाहरूको घरमा वा आफ्ना सानीमाहरूको घरमा वा त्यो घरमा जसको चावीहरू तिम्रो जिम्मामा छन् वा आफ्ना मित्रहरूको घरमा । चाहे तिमीहरू सबै मिली संयुक्त रूपमा खाऊ वा बेग्ला बेग्लै खाऊ यसमा पनि कुनै आपत्ति छैन । र, तिमीहरू घरभित्र प्रवेश गर्दा आफ्ना मान्छेहरूलाई सलाम गर्ने गर । यो अल्लाहको तर्फबाट बरकतयुक्त पवित्र बन्दना हो । यसरी नै अल्लाह आफ्ना आदेशहरू स्पष्ट रूपमा वर्णन गर्दछन् ताकि तिमीहरू बुझ्न सक ।

  62. إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَإِذَا كَانُواْ مَعَهُۥ عَلَىٰٓ أَمۡرٖ جَامِعٖ لَّمۡ يَذۡهَبُواْ حَتَّىٰ يَسۡتَـٔۡذِنُوهُۚ إِنَّ ٱلَّذِينَ يَسۡتَـٔۡذِنُونَكَ أُوْلَٰٓئِكَ ٱلَّذِينَ يُؤۡمِنُونَ بِٱللَّهِ وَرَسُولِهِۦۚ فَإِذَا ٱسۡتَـٔۡذَنُوكَ لِبَعۡضِ شَأۡنِهِمۡ فَأۡذَن لِّمَن شِئۡتَ مِنۡهُمۡ وَٱسۡتَغۡفِرۡ لَهُمُ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ

    Open ayah 24:62

    वास्तविक आस्थावानहरू केवल ती व्यक्तिहरू नै हुन् जसले अल्लाह तथा उनका रसूलमाथि ईमान ल्याएका छन् । र, जब उनीहरू कुनै सामूहिक कामले रसूलसँग हुन्छन् तब उनको अनुमति नमागी बाहिर जाँदैनन् । (हे मुहम्मद स.!) तिमीसित अनुमति लिने व्यक्तिहरू नै वास्तवमा अल्लाह एवं उनका रसूलप्रति ईमान राख्दछन् । अतः उनीहरूले आफ्ना कुनै कामका लागि तिमीसित अनुमति माग्दा तिमी जसलाई चाहन्छौ अनुमति देऊ र उनीहरूकालागि अल्लाहसित क्षमायाचना गर्ने गर । निस्सन्देह अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।

  63. لَّا تَجۡعَلُواْ دُعَآءَ ٱلرَّسُولِ بَيۡنَكُمۡ كَدُعَآءِ بَعۡضِكُم بَعۡضٗاۚ قَدۡ يَعۡلَمُ ٱللَّهُ ٱلَّذِينَ يَتَسَلَّلُونَ مِنكُمۡ لِوَاذٗاۚ فَلۡيَحۡذَرِ ٱلَّذِينَ يُخَالِفُونَ عَنۡ أَمۡرِهِۦٓ أَن تُصِيبَهُمۡ فِتۡنَةٌ أَوۡ يُصِيبَهُمۡ عَذَابٌ أَلِيمٌ

    Open ayah 24:63

    रसूलको पुकारलाई तिमीहरूले एकआपसको पुकारझैं नठान । अल्लाहले तिमीहरूमध्ये आँखा तरेर सुटुक्क भाग्ने व्यक्तिहरूलाई राम्ररी चिन्दछन् । अतः उनको आदेश उल्लंघन गर्नेहरूले सावधान रहनुपर्छ कि तिनीहरूलाई कुनै सङ्कटले नघेरोस् वा कुनै दुखदायी प्रकोपले नसमातोस् ।

  64. أَلَآ إِنَّ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قَدۡ يَعۡلَمُ مَآ أَنتُمۡ عَلَيۡهِ وَيَوۡمَ يُرۡجَعُونَ إِلَيۡهِ فَيُنَبِّئُهُم بِمَا عَمِلُواْۗ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمُۢ

    Open ayah 24:64

    सावधान ! आकाशहरू तथा पृथ्वीका सम्पूर्ण चिजहरू अल्लाहकै हुन् । तिमीहरूको अवस्थालाई अल्लाह राम्ररी जान्दछन् । र, त्यस दिन जब तिनीहरूलाई उनीतर्फ फर्काइनेछ तब अल्लाहले तिनीहरूले गर्ने गरेका कार्यहरूबारे तिनीहरूलाई अवगत गराउनेछन् । र, अल्लाह हरेक चिज राम्ररी जान्दछन् ।