الفرقان
Al-Furqaan
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
تَبَارَكَ ٱلَّذِي نَزَّلَ ٱلۡفُرۡقَانَ عَلَىٰ عَبۡدِهِۦ لِيَكُونَ لِلۡعَٰلَمِينَ نَذِيرًا
Open ayah 25:1अत्यन्तै बरकतयुक्त छन् उनी जसले आफ्ना भक्तमाथि फुर्कान [ ] (कसौटी) अवतरण गरे ताकि उनी सम्पूर्ण मानवकालागि सचेतक होऊन् ।
ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَلَمۡ يَتَّخِذۡ وَلَدٗا وَلَمۡ يَكُن لَّهُۥ شَرِيكٞ فِي ٱلۡمُلۡكِ وَخَلَقَ كُلَّ شَيۡءٖ فَقَدَّرَهُۥ تَقۡدِيرٗا
Open ayah 25:2उनै हुन् जसको शासन आकाशहरू तथा पृथ्वीमाथि रहेको छ । उनले न कसैलाई पुत्र बनाएका छन् न कोही उनको शासनमा शरीक नै छ । र, उनले प्रत्येक चिजलाई सृष्टि गरे र त्यसलाई राम्रोसँग निर्धारित गरे ।
وَٱتَّخَذُواْ مِن دُونِهِۦٓ ءَالِهَةٗ لَّا يَخۡلُقُونَ شَيۡـٔٗا وَهُمۡ يُخۡلَقُونَ وَلَا يَمۡلِكُونَ لِأَنفُسِهِمۡ ضَرّٗا وَلَا نَفۡعٗا وَلَا يَمۡلِكُونَ مَوۡتٗا وَلَا حَيَوٰةٗ وَلَا نُشُورٗا
Open ayah 25:3तर, तिनीहरूले अल्लाहबाहेक अन्य यस्ता उपास्यहरू बनाएका छन् जो केही पनि सृष्टि गर्न सक्दैनन् बरु सृष्टि गरिन्छन् र जसले स्वयंकैलागि न घाटाको न लाभकै सामर्थ्य राख्दछन् अनि जसलाई न मृत्युको न जीवनको र न पूनर्जन्मको सामर्थ्य छ ।
وَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ هَٰذَآ إِلَّآ إِفۡكٌ ٱفۡتَرَىٰهُ وَأَعَانَهُۥ عَلَيۡهِ قَوۡمٌ ءَاخَرُونَۖ فَقَدۡ جَآءُو ظُلۡمٗا وَزُورٗا
Open ayah 25:4र, काफिरहरू भन्छन्– “यो मनगढन्ते कुरा हो जुन यिनले स्वयं रचेका हुन् । र, अन्य व्यक्तिहरूले पनि यसमा उनलाई सहयोग गरेका छन् ।” निस्सन्देह तिनीहरू अत्याचार तथा झूठमा उत्रेका छन् ।
وَقَالُوٓاْ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ ٱكۡتَتَبَهَا فَهِيَ تُمۡلَىٰ عَلَيۡهِ بُكۡرَةٗ وَأَصِيلٗا
Open ayah 25:5र, तिनीहरू भन्छन्– “यी अतीतका कथाहरू हुन् जुन उनले लिपिबद्ध गराएका छन् जुन उनलाई बिहान–बेलुकी सुनाइन्छ ।”
قُلۡ أَنزَلَهُ ٱلَّذِي يَعۡلَمُ ٱلسِّرَّ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّهُۥ كَانَ غَفُورٗا رَّحِيمٗا
Open ayah 25:6(हे मुहम्मद स.!) भनिदेऊ–“यसलाई आकाशहरू तथा धर्तीका भेद जान्ने (अल्लाह) ले अवतरण गरेका हुन् । उनी अत्यन्त क्षमाशील र परम दयालु छन् ।”
وَقَالُواْ مَالِ هَٰذَا ٱلرَّسُولِ يَأۡكُلُ ٱلطَّعَامَ وَيَمۡشِي فِي ٱلۡأَسۡوَاقِ لَوۡلَآ أُنزِلَ إِلَيۡهِ مَلَكٞ فَيَكُونَ مَعَهُۥ نَذِيرًا
Open ayah 25:7र, तिनीहरू भन्छन्– “यिनी कस्ता रसूल हुन् जो खाना पनि खान्छन् र बजारमा पनि हिंड्छन् ? उनीकहाँ कुनै फरिश्ता किन पठाइएन ताकि उनी उनका सहयोगी सचेतक बनून् ।
أَوۡ يُلۡقَىٰٓ إِلَيۡهِ كَنزٌ أَوۡ تَكُونُ لَهُۥ جَنَّةٞ يَأۡكُلُ مِنۡهَاۚ وَقَالَ ٱلظَّٰلِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلٗا مَّسۡحُورًا
Open ayah 25:8वा उनकालागि कि त कुनै खजाना अवतीर्ण गरिएको हुनुपर्थ्यो कि त उनकानिम्ति कुनै एउटा यस्तो बगैंचा हुनुपर्थ्यो जसबाट उनले खाने गर्थे ।” र, अत्याचारीहरू भन्छन्– “तिमीहरू केवल एउटा जादूग्रस्त व्यक्तिको अनुसरण गरिरहेकाछौ ।”
ٱنظُرۡ كَيۡفَ ضَرَبُواْ لَكَ ٱلۡأَمۡثَٰلَ فَضَلُّواْ فَلَا يَسۡتَطِيعُونَ سَبِيلٗا
Open ayah 25:9(हे सन्देष्टा!) हेर, तिनीहरू तिम्रोलागि कस्ता कस्ता कालपनिक उदाहरण पेशगर्छन् । तिनीहरू पथभ्रष्ट भइसकेका छन् अब मार्ग पाउन सक्दैनन् ।
تَبَارَكَ ٱلَّذِيٓ إِن شَآءَ جَعَلَ لَكَ خَيۡرٗا مِّن ذَٰلِكَ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ وَيَجۡعَل لَّكَ قُصُورَۢا
Open ayah 25:10अत्यन्तै बरकतयुक्त छन् उनी जसले चाहे भने तिम्रोलागि यसभन्दा उत्तम सिर्जना गर्नेछन्; यस्ता बगैंचाहरू जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र तिम्रोलागि महलहरू बनाइदिनेछन् ।
بَلۡ كَذَّبُواْ بِٱلسَّاعَةِۖ وَأَعۡتَدۡنَا لِمَن كَذَّبَ بِٱلسَّاعَةِ سَعِيرًا
Open ayah 25:11बरु तिनीहरूले महाप्रलयलाई नै मिथ्या ठहर गरेका छन् । अनि हामीले महाप्रलयलाई मिथ्या ठहर गर्नेहरूकालागि नरक तयार पारेका छौं ।
إِذَا رَأَتۡهُم مِّن مَّكَانِۭ بَعِيدٖ سَمِعُواْ لَهَا تَغَيُّظٗا وَزَفِيرٗا
Open ayah 25:12र जब नरकले तिनीहरूलाई टाढाबाट देख्छ तब तिनीहरू त्यसको आवेगपूर्ण क्रोध र गर्जन सुन्नेछन् ।
وَإِذَآ أُلۡقُواْ مِنۡهَا مَكَانٗا ضَيِّقٗا مُّقَرَّنِينَ دَعَوۡاْ هُنَالِكَ ثُبُورٗا
Open ayah 25:13र, जब तिनीहरूलाई त्यसको कुनै सङ्कीर्ण स्थानमा बाँधेर फ्याँकिनेछ तब तिनीहरू त्यहाँ मृत्युलाई पुकार्नेछन् ।
لَّا تَدۡعُواْ ٱلۡيَوۡمَ ثُبُورٗا وَٰحِدٗا وَٱدۡعُواْ ثُبُورٗا كَثِيرٗا
Open ayah 25:14आज तिमीहरू एउटा मृत्युलाई मात्र होइन अनेकौं मृत्युलाई पुकार ।,
قُلۡ أَذَٰلِكَ خَيۡرٌ أَمۡ جَنَّةُ ٱلۡخُلۡدِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۚ كَانَتۡ لَهُمۡ جَزَآءٗ وَمَصِيرٗا
Open ayah 25:15सोध ! “यो राम्रो छ वा त्यो सदासर्वदा रहिरहने बगैंचा जसको वचन ईशभय राख्ने व्यक्तिहरूलाई दिइएको छ ? यो उनीहरूको प्रतिदान हो र फर्कने ठाउँ पनि ।
لَّهُمۡ فِيهَا مَا يَشَآءُونَ خَٰلِدِينَۚ كَانَ عَلَىٰ رَبِّكَ وَعۡدٗا مَّسۡـُٔولٗا
Open ayah 25:16त्यहाँ ती सबै चिज हुनेछन् जुन उनीहरू चाहनेछन् । उनीहरू त्यसमा सदा सर्वदा रहनेछन् । यो तिम्रो पालनकर्तासँग मागिने योग्य वाचा हो ।
وَيَوۡمَ يَحۡشُرُهُمۡ وَمَا يَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ فَيَقُولُ ءَأَنتُمۡ أَضۡلَلۡتُمۡ عِبَادِي هَٰٓؤُلَآءِ أَمۡ هُمۡ ضَلُّواْ ٱلسَّبِيلَ
Open ayah 25:17र, त्यसदिन अवज्ञाकारीहरूलाई तथा तिनीहरूले अल्लाहबाहेक बनाएका पूज्यहरूलाई अल्लाहले एकत्रित गर्नेछन् अनि भन्नेछन्– “के तिमीहरूले मेरा यी उपासकहरूलाई पथभ्रष्ट पारेका थियौ वा तिनीहरू स्वयं सत्मार्ग बिराएका थिए ?”
قَالُواْ سُبۡحَٰنَكَ مَا كَانَ يَنۢبَغِي لَنَآ أَن نَّتَّخِذَ مِن دُونِكَ مِنۡ أَوۡلِيَآءَ وَلَٰكِن مَّتَّعۡتَهُمۡ وَءَابَآءَهُمۡ حَتَّىٰ نَسُواْ ٱلذِّكۡرَ وَكَانُواْ قَوۡمَۢا بُورٗا
Open ayah 25:18तिनीहरूले भन्नेछन्– “पवित्र छौ तिमी, तिमीलाई छोडी अरूलाई संरक्षकको रूपमा ग्रहण गर्नु हाम्रोलागि उचित थिएन ।” तर तिमीले तिनीहरूलाई र तिनीहरुका पूर्वजहरूलाई प्रचुर धन–सम्पत्ति प्रदान गर्यौ यहाँसम्म कि तिनीहरूले उपदेशलाई नै बिर्सिए । र, तिनीहरू विनाशयोग्य व्यक्तिहरू थिए !
فَقَدۡ كَذَّبُوكُم بِمَا تَقُولُونَ فَمَا تَسۡتَطِيعُونَ صَرۡفٗا وَلَا نَصۡرٗاۚ وَمَن يَظۡلِم مِّنكُمۡ نُذِقۡهُ عَذَابٗا كَبِيرٗا
Open ayah 25:19तिम्रा उपास्यहरूले तिमीहरूलाई तिमीहरूको भनाईलाई झूठो ठहर गरेका छन् अब तिमीहरूमा न यातनालाई निवारण गर्ने सामर्थ्य छ न तिनीहरूलाई सहयोग नै गरिनेछ । तिमीहरूमध्ये जसले अत्याचार गर्छ उसलाई हामी ठूलो यातनाको स्वाद चखाउनेछौं ।
وَمَآ أَرۡسَلۡنَا قَبۡلَكَ مِنَ ٱلۡمُرۡسَلِينَ إِلَّآ إِنَّهُمۡ لَيَأۡكُلُونَ ٱلطَّعَامَ وَيَمۡشُونَ فِي ٱلۡأَسۡوَاقِۗ وَجَعَلۡنَا بَعۡضَكُمۡ لِبَعۡضٖ فِتۡنَةً أَتَصۡبِرُونَۗ وَكَانَ رَبُّكَ بَصِيرٗا
Open ayah 25:20अनि, तिमीभन्दा पहिले हामीले जति रसूलहरू पठाएका थियौं उनीहरू सबै भोजन गर्ने गर्थे र हाटबजारहरूमा हिँड्ने गर्थे । र, हामीले तिमीहरूलाई एक अर्काकालागि परीक्षाको साधन बनाएका छौं । के तिमीहरू धैर्यधारण गर्छौ त ? र, तिम्रा पालनकर्ता सर्वद्रष्टा छन् ।
۞وَقَالَ ٱلَّذِينَ لَا يَرۡجُونَ لِقَآءَنَا لَوۡلَآ أُنزِلَ عَلَيۡنَا ٱلۡمَلَٰٓئِكَةُ أَوۡ نَرَىٰ رَبَّنَاۗ لَقَدِ ٱسۡتَكۡبَرُواْ فِيٓ أَنفُسِهِمۡ وَعَتَوۡ عُتُوّٗا كَبِيرٗا
Open ayah 25:21हामीसँग साक्षत्कारको आशा नराख्नेहरू भन्छन्– “हामीकहाँ फरिश्ताहरू किन अवतरित गरिएनन् ? वा हामी आफ्ना रबलाई नै देख्न सकौं ।” यिनीहरूले स्वयंलाई महान् ठानेका छन् र अति नै उद्दण्ड भएका छन् ।
يَوۡمَ يَرَوۡنَ ٱلۡمَلَٰٓئِكَةَ لَا بُشۡرَىٰ يَوۡمَئِذٖ لِّلۡمُجۡرِمِينَ وَيَقُولُونَ حِجۡرٗا مَّحۡجُورٗا
Open ayah 25:22जुन दिन तिनीहरूले फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूलाई कुनै खुशियाली हुने छैन, र भन्नेछन्– “(स्वर्गबाट) पक्कै वञ्चित भयौं ।”
وَقَدِمۡنَآ إِلَىٰ مَا عَمِلُواْ مِنۡ عَمَلٖ فَجَعَلۡنَٰهُ هَبَآءٗ مَّنثُورًا
Open ayah 25:23र, हामी तिनीहरूले गरेका प्रत्येक कार्यतर्फ बढ्नेछौं अनि ती सबै कार्यहरूलाई धुलाका कणहरू झैं छरपस्ट बनाइदिनेछौं ।
أَصۡحَٰبُ ٱلۡجَنَّةِ يَوۡمَئِذٍ خَيۡرٞ مُّسۡتَقَرّٗا وَأَحۡسَنُ مَقِيلٗا
Open ayah 25:24त्यो दिन जन्नतबासीहरूको स्थायीवास र विश्रामालय पनि असाध्यै राम्रो हुनेछ ।
وَيَوۡمَ تَشَقَّقُ ٱلسَّمَآءُ بِٱلۡغَمَٰمِ وَنُزِّلَ ٱلۡمَلَٰٓئِكَةُ تَنزِيلًا
Open ayah 25:25अनि, जुन दिन आकाश बादलसमेत फुटेर चिरा–चिरा हुनेछ र फरिश्ताहरू पनि लगातार अवतरित गरिनेछन्...
ٱلۡمُلۡكُ يَوۡمَئِذٍ ٱلۡحَقُّ لِلرَّحۡمَٰنِۚ وَكَانَ يَوۡمًا عَلَى ٱلۡكَٰفِرِينَ عَسِيرٗا
Open ayah 25:26त्यो दिन वास्तविक राज्यसत्ता करुणामय (अल्लाह) कै हुनेछ, र त्यो काफिरहरूकालागि बडो कठिनको दिन हुनेछ ।
وَيَوۡمَ يَعَضُّ ٱلظَّالِمُ عَلَىٰ يَدَيۡهِ يَقُولُ يَٰلَيۡتَنِي ٱتَّخَذۡتُ مَعَ ٱلرَّسُولِ سَبِيلٗا
Open ayah 25:27त्यो दिन अत्याचारीले आफ्नै हात टोक्दै भन्नेछ– “हाय ! मैले रसूलका साथ मार्ग अपनाएको भए बेस हुन्थ्यो !”
يَٰوَيۡلَتَىٰ لَيۡتَنِي لَمۡ أَتَّخِذۡ فُلَانًا خَلِيلٗا
Open ayah 25:28हाय अपसोच ! मैले फलानो व्यक्तिलाई आफ्नो मित्र नबनाएको भए हुन्थ्याे।
لَّقَدۡ أَضَلَّنِي عَنِ ٱلذِّكۡرِ بَعۡدَ إِذۡ جَآءَنِيۗ وَكَانَ ٱلشَّيۡطَٰنُ لِلۡإِنسَٰنِ خَذُولٗا
Open ayah 25:29जसले उपदेश आएपछि त्यसबाट मलाई बिचलित बनायो, र वास्तवमा शैतानले कठिन अवस्थामा मानिसलाई छोडिदिन्छ ।
وَقَالَ ٱلرَّسُولُ يَٰرَبِّ إِنَّ قَوۡمِي ٱتَّخَذُواْ هَٰذَا ٱلۡقُرۡءَانَ مَهۡجُورٗا
Open ayah 25:30र, रसूलले भन्नेछन्– “हे मेरा पालनकर्ता ! वस्तुतः मेरा समुदायका मानिसहरूले यस कुरआनलाई त्यागेका थिए ।
وَكَذَٰلِكَ جَعَلۡنَا لِكُلِّ نَبِيٍّ عَدُوّٗا مِّنَ ٱلۡمُجۡرِمِينَۗ وَكَفَىٰ بِرَبِّكَ هَادِيٗا وَنَصِيرٗا
Open ayah 25:31यसरी नै हामीले प्रत्येक नबीकालागि अपराधीहरूमध्येबाट शत्रु बनायौं । र, मार्गदर्शक तथा सहायककोरूपमा तिम्रा पालनकर्ता नै पर्याप्त छन् ।”
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَوۡلَا نُزِّلَ عَلَيۡهِ ٱلۡقُرۡءَانُ جُمۡلَةٗ وَٰحِدَةٗۚ كَذَٰلِكَ لِنُثَبِّتَ بِهِۦ فُؤَادَكَۖ وَرَتَّلۡنَٰهُ تَرۡتِيلٗا
Open ayah 25:32र, काफिरहरू भन्छन्– “यस व्यक्तिमाथि सम्पूर्ण कुरआन एकै पटकमा किन अवतरित गरिएन ?” (हे मुहम्मद स.!) यसरी अवतरित गर्नुको उद्देश्य हामीले तिम्रो हृदयलाई दृढता प्रदान गर्नु हो । यसै कारणले हामीले त्यसलाई विस्तारै अवतरित गरेका हौं ।
وَلَا يَأۡتُونَكَ بِمَثَلٍ إِلَّا جِئۡنَٰكَ بِٱلۡحَقِّ وَأَحۡسَنَ تَفۡسِيرًا
Open ayah 25:33जब तिनीहरू तिमीसमक्ष कुनै प्रश्न ल्याउँछन्, हामी त्यसको त्यसैबेला राम्रो उत्तर दिन्छौं र राम्रो व्याख्या पनि गर्छौं ।
ٱلَّذِينَ يُحۡشَرُونَ عَلَىٰ وُجُوهِهِمۡ إِلَىٰ جَهَنَّمَ أُوْلَٰٓئِكَ شَرّٞ مَّكَانٗا وَأَضَلُّ سَبِيلٗا
Open ayah 25:34जसलाई घोप्टो पारेर (घिसार्दै) नरकमा एकत्रित गरिनेछ तिनीहरूको बासस्थान अति निकृष्ट हुनेछ । र, तिनको बाटो पनि धेरै गलत छ ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ وَجَعَلۡنَا مَعَهُۥٓ أَخَاهُ هَٰرُونَ وَزِيرٗا
Open ayah 25:35निश्चय नै हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनका भाइ हारूनलाई उनको सहयोगी बनायौं ।
فَقُلۡنَا ٱذۡهَبَآ إِلَى ٱلۡقَوۡمِ ٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا فَدَمَّرۡنَٰهُمۡ تَدۡمِيرٗا
Open ayah 25:36र, हामीले भन्यौं– “तिमी दुवै हाम्रा आयतहरूलाई झुठो ठहराउने समुदायतर्फ जाऊ ।” अन्ततः हामीले तिनीहरूलाई पूर्णरूपमा नष्ट पार्यौं ।
وَقَوۡمَ نُوحٖ لَّمَّا كَذَّبُواْ ٱلرُّسُلَ أَغۡرَقۡنَٰهُمۡ وَجَعَلۡنَٰهُمۡ لِلنَّاسِ ءَايَةٗۖ وَأَعۡتَدۡنَا لِلظَّٰلِمِينَ عَذَابًا أَلِيمٗا
Open ayah 25:37र, नूहका समुदायलाई पनि, जब तिनीहरूले रसूलहरूलाई असत्य ठहर गरे तब हामीले तिनीहरूलाई चुर्लुम्मै डुबाइदियौं, र मानिसहरूकालागि तिनीहरूलाई ( शिक्षाप्रद ) निशानी बनाइदियौं । र, अत्याचारीहरूका– लागि हामीले पीडादायक यातना तयार पारेका छौं ।
وَعَادٗا وَثَمُودَاْ وَأَصۡحَٰبَ ٱلرَّسِّ وَقُرُونَۢا بَيۡنَ ذَٰلِكَ كَثِيرٗا
Open ayah 25:38र, आद, समूद, इनारवाला तथा तिनीहरूबीच रहेका कतिपय समुदायहरूलाई पनि (हामीले नष्ट पार्यौं) ।
وَكُلّٗا ضَرَبۡنَا لَهُ ٱلۡأَمۡثَٰلَۖ وَكُلّٗا تَبَّرۡنَا تَتۡبِيرٗا
Open ayah 25:39र, हामीले तिनीहरूलाई उदाहरणहरू दिइकन सम्झायौ अनि सबैलाई ( नमानेको खण्डमा ) सखाप पार्यौं ।
وَلَقَدۡ أَتَوۡاْ عَلَى ٱلۡقَرۡيَةِ ٱلَّتِيٓ أُمۡطِرَتۡ مَطَرَ ٱلسَّوۡءِۚ أَفَلَمۡ يَكُونُواْ يَرَوۡنَهَاۚ بَلۡ كَانُواْ لَا يَرۡجُونَ نُشُورٗا
Open ayah 25:40यी काफिरहरू त्यस नगरको नजिकैबाट आएका छन् जसमाथि भीषण वर्षा गराइएको थियो । के यिनीहरूले त्यसलाई देखेका थिएनन् ? बरु तिनीहरू पुनर्जीवनको आशा नै राख्दैनन् ।
وَإِذَا رَأَوۡكَ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا ٱلَّذِي بَعَثَ ٱللَّهُ رَسُولًا
Open ayah 25:41र तिनीहरू जहिले पनि तिमीलाई देख्दा तिम्रो उपहास नै गर्छन् (भन्दछन्) “के यही हो जसलाई अल्लाहले रसूल बनाएर पठाएका छन् ?”
إِن كَادَ لَيُضِلُّنَا عَنۡ ءَالِهَتِنَا لَوۡلَآ أَن صَبَرۡنَا عَلَيۡهَاۚ وَسَوۡفَ يَعۡلَمُونَ حِينَ يَرَوۡنَ ٱلۡعَذَابَ مَنۡ أَضَلُّ سَبِيلًا
Open ayah 25:42हामी आफ्ना यी उपास्य (देवता) हरूप्रति अडिग नरहेका भए उसले त हामीलाई हाम्रा उपास्यहरूबाट टाढा पारिसकेको हुने थियो । र, जब तिनीहरू यातना देख्नेछन् तब तिनीहरूले थाहा पाउनेछन् कि वास्तवमा को पथभ्रष्ट रहेछ ।
أَرَءَيۡتَ مَنِ ٱتَّخَذَ إِلَٰهَهُۥ هَوَىٰهُ أَفَأَنتَ تَكُونُ عَلَيۡهِ وَكِيلًا
Open ayah 25:43के तिमीले त्यस व्यक्तिलाई देख्यौ जसले आफ्नै मनोकामनालाई आफ्नो उपास्य बनाएको छ ? के तिमी यस्तो व्यक्तिको वकील बन्न सक्छौ ?
أَمۡ تَحۡسَبُ أَنَّ أَكۡثَرَهُمۡ يَسۡمَعُونَ أَوۡ يَعۡقِلُونَۚ إِنۡ هُمۡ إِلَّا كَٱلۡأَنۡعَٰمِ بَلۡ هُمۡ أَضَلُّ سَبِيلًا
Open ayah 25:44के तिनीहरूमध्ये अधिकांश मानिसहरू सुन्छन् वा बुझ्छन् भनी ठान्छौ त ? तिनीहरू त जनावरजस्तै छन् बरु झन् पथभ्रष्ट ।
أَلَمۡ تَرَ إِلَىٰ رَبِّكَ كَيۡفَ مَدَّ ٱلظِّلَّ وَلَوۡ شَآءَ لَجَعَلَهُۥ سَاكِنٗا ثُمَّ جَعَلۡنَا ٱلشَّمۡسَ عَلَيۡهِ دَلِيلٗا
Open ayah 25:45के तिमीले देखेनौं तिम्रा पालनकर्ताले कसरी छायाँ फैलाएका छन् ? यदि उनले चाहेका भए त्यस छायाँलाई स्थिर नै राख्ने थिए । फेरि हामीले सूर्यलाई त्यस छायाँको लागि सूचक बनायौं ।
ثُمَّ قَبَضۡنَٰهُ إِلَيۡنَا قَبۡضٗا يَسِيرٗا
Open ayah 25:46फेरि हामीले त्यस छायाँलाई विस्तारै आफूतिर समेट्छौं ।
وَهُوَ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلَّيۡلَ لِبَاسٗا وَٱلنَّوۡمَ سُبَاتٗا وَجَعَلَ ٱلنَّهَارَ نُشُورٗا
Open ayah 25:47र, उनै हुन् जसले तिमीहरूकालागि रातलाई पर्दा, निद्रालाई विश्राम र दिनलाई जाग्ने समय बनाए ।
وَهُوَ ٱلَّذِيٓ أَرۡسَلَ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦۚ وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ طَهُورٗا
Open ayah 25:48र, उनै हुन् जसले आफ्नो कृपा (वर्षा) भन्दा अघि हावालाई शुभ–सुचनास्वरूप पठाउँछन् । र, हामी नै आकाशबाट पवित्र पानी बर्साउँछौं...
لِّنُحۡـِۧيَ بِهِۦ بَلۡدَةٗ مَّيۡتٗا وَنُسۡقِيَهُۥ مِمَّا خَلَقۡنَآ أَنۡعَٰمٗا وَأَنَاسِيَّ كَثِيرٗا
Open ayah 25:49ताकि त्यसद्वारा मृत भूमिलाई जीवित पारौं र हामीले सृष्टि गरेका धेरैजसो चौपाया तथा मानिसहरूलाई त्यही पानी पिलाउँछौं ।
وَلَقَدۡ صَرَّفۡنَٰهُ بَيۡنَهُمۡ لِيَذَّكَّرُواْ فَأَبَىٰٓ أَكۡثَرُ ٱلنَّاسِ إِلَّا كُفُورٗا
Open ayah 25:50र, हामीले यसलाई विभिन्न तरिकाले बयान गर्यौं ताकि तिनीहरूले उपदेश ग्रहण गरून्, तर अधिकांश मानिसहरू कृतघ्नतामा नै अडिग रहे ।
وَلَوۡ شِئۡنَا لَبَعَثۡنَا فِي كُلِّ قَرۡيَةٖ نَّذِيرٗا
Open ayah 25:51यदि हामीले चाहेको भए प्रत्येक नगरमा एकजना सचेतक पठाउने थियौं ।
فَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَجَٰهِدۡهُم بِهِۦ جِهَادٗا كَبِيرٗا
Open ayah 25:52अतः काफिरहरूको कुरा नमान र यस कुरआनद्वारा तिनीहरूविरुद्ध ठूलो संघर्ष गर ।
۞وَهُوَ ٱلَّذِي مَرَجَ ٱلۡبَحۡرَيۡنِ هَٰذَا عَذۡبٞ فُرَاتٞ وَهَٰذَا مِلۡحٌ أُجَاجٞ وَجَعَلَ بَيۡنَهُمَا بَرۡزَخٗا وَحِجۡرٗا مَّحۡجُورٗا
Open ayah 25:53र, तिनै हुन् जसले दुईवटा समुद्रलाई मिलाए; एउटा मिठो–स्वादिलो छ र अर्को चाहिँ नुनिलो तथा टर्रो । अनि, उनले दुवैका बीचमा एउटा अदृश्य पर्दा र एउटा पृथक पार्ने अवरोध खडा गरिदिए ।
وَهُوَ ٱلَّذِي خَلَقَ مِنَ ٱلۡمَآءِ بَشَرٗا فَجَعَلَهُۥ نَسَبٗا وَصِهۡرٗاۗ وَكَانَ رَبُّكَ قَدِيرٗا
Open ayah 25:54र, उनै हुन् जसले पानीबाट मानिसलाई सृष्टि गरे, तथा त्यस मानवलाई वंशावली एवं ससुराली नातेदारवाला बनाए । र, तिम्रा पालनकर्ता सामर्थ्यवान छन् ।
وَيَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُهُمۡ وَلَا يَضُرُّهُمۡۗ وَكَانَ ٱلۡكَافِرُ عَلَىٰ رَبِّهِۦ ظَهِيرٗا
Open ayah 25:55र, तिनीहरूले अल्लाहलाई छोडी यस्ताको उपासना गर्छन् जसले तिनीहरूलाई न लाभ पुर्याउन सक्छन् न हानि नै । र, काफिर सदैव आफ्ना पालनकर्ताविरुद्धमा नै सहयोग गर्ने गर्छ ।
وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا مُبَشِّرٗا وَنَذِيرٗا
Open ayah 25:56र, हामीले (हे मुहम्मद स.!) तिमीलाई केवल शुभ–सुचक तथा सचेतक बनाएर पठाएका छौं ।
قُلۡ مَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍ إِلَّا مَن شَآءَ أَن يَتَّخِذَ إِلَىٰ رَبِّهِۦ سَبِيلٗا
Open ayah 25:57भनिदेऊ– “म तिमीहरूसित यस कार्यकानिम्ति कुनै प्रतिदान माग्दिन । अँ, जसले चाहन्छ आफ्ना पालनकर्तातर्फ जाने मार्ग अवलम्बन गरोस् ।”
وَتَوَكَّلۡ عَلَى ٱلۡحَيِّ ٱلَّذِي لَا يَمُوتُ وَسَبِّحۡ بِحَمۡدِهِۦۚ وَكَفَىٰ بِهِۦ بِذُنُوبِ عِبَادِهِۦ خَبِيرًا
Open ayah 25:58र,( हे नबी स.! ) तिमी उनै सजीव (अल्लाह) माथि भरोसा राख जुन मरणशील छैनन् । र, उनको प्रशंसाका साथै पवित्रताको गुणगान गर । र, उनी आफ्ना उपासकहरू– का पापहरूबारे जानकारका रूपमा पर्याप्त छन् ।
ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ ٱلرَّحۡمَٰنُ فَسۡـَٔلۡ بِهِۦ خَبِيرٗا
Open ayah 25:59उनै हुन् जसले आकाशहरू, पृथ्वी र ती दुवैबीच रहेका सम्पूर्ण चिजहरूलाई छ दिनमा सृष्टि गरे । अनि सिंहासनमा विराजमान भए । उनी अत्यन्त करुणामय छन् । तसर्थ ( हे नबी स. !) त्यो (प्रतिदान) सर्वज्ञ (अल्लाह) सँग नै माँग ।
وَإِذَا قِيلَ لَهُمُ ٱسۡجُدُواْۤ لِلرَّحۡمَٰنِ قَالُواْ وَمَا ٱلرَّحۡمَٰنُ أَنَسۡجُدُ لِمَا تَأۡمُرُنَا وَزَادَهُمۡ نُفُورٗا۩
Open ayah 25:60र, जब तिनीहरूलाई भनिन्छ कि रह्मान (करुणामय अल्लाह) लाई सज्दा गर तब तिनीहरू भन्छन् ‘रह्मान भनेको के हो ?’ के तिमी जसलाई सज्दा गर्न भन्छौ त्यसैलाई सज्दा गरौं त ?” यस आमन्त्रणले तिनीहरूको घृणामा अझ अभिवृद्धि नै गर्छ ।
تَبَارَكَ ٱلَّذِي جَعَلَ فِي ٱلسَّمَآءِ بُرُوجٗا وَجَعَلَ فِيهَا سِرَٰجٗا وَقَمَرٗا مُّنِيرٗا
Open ayah 25:61अति बरकतयुक्त (मङ्गलमय)छन् ती जसले आकाशमा नक्षत्रहरू बनाए र त्यसमा सूर्य तथा उज्यालो चन्द्र बनाए ।
وَهُوَ ٱلَّذِي جَعَلَ ٱلَّيۡلَ وَٱلنَّهَارَ خِلۡفَةٗ لِّمَنۡ أَرَادَ أَن يَذَّكَّرَ أَوۡ أَرَادَ شُكُورٗا
Open ayah 25:62र, उनै हुन् जसले रात तथा दिनलाई एक–अर्काको स्थानापन बनाए यस्तो व्यक्तिकोलागि जो उपदेश ग्रहण गर्ने वा कृतज्ञ बन्ने इच्छा राख्दछ ।
وَعِبَادُ ٱلرَّحۡمَٰنِ ٱلَّذِينَ يَمۡشُونَ عَلَى ٱلۡأَرۡضِ هَوۡنٗا وَإِذَا خَاطَبَهُمُ ٱلۡجَٰهِلُونَ قَالُواْ سَلَٰمٗا
Open ayah 25:63र, करुणामय (अल्लाह) का भक्त उनीहरू हुन् जो धर्तीमा शिष्टतापूर्वक हिंड्ने गर्छन् [ ] र जब अज्ञानीहरू उनीहरूसित अज्ञानता पूर्वक कुरा गर्दछन् तब उनीहरू ‘सलाम’ (शान्ति) होस्’ भन्छन् ।
وَٱلَّذِينَ يَبِيتُونَ لِرَبِّهِمۡ سُجَّدٗا وَقِيَٰمٗا
Open ayah 25:64अनि, जो आफ्ना पालनकर्तासामु सज्दामा र उभिएर (नमाज पढ्दै) रात बिताउँछन् ।
وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا ٱصۡرِفۡ عَنَّا عَذَابَ جَهَنَّمَۖ إِنَّ عَذَابَهَا كَانَ غَرَامًا
Open ayah 25:65र जसले भन्छन्– “हे हाम्रा रब ! नरकको यातनालाई हामीबाट टाढा राख । निस्सन्देह त्यसको यातना ज्यादै दुःखदायी रहेको छ ।
إِنَّهَا سَآءَتۡ مُسۡتَقَرّٗا وَمُقَامٗا
Open ayah 25:66निश्चय नै त्यो अति निकृष्ट विश्रामालय एवं बासस्थान हो ।
وَٱلَّذِينَ إِذَآ أَنفَقُواْ لَمۡ يُسۡرِفُواْ وَلَمۡ يَقۡتُرُواْ وَكَانَ بَيۡنَ ذَٰلِكَ قَوَامٗا
Open ayah 25:67र, जसले खर्च गर्दा न अपव्यय गर्छन् न कन्जुस्याइँ गर्छन् बरु दुवैबीच सन्तुलन कायम राख्छन्।
وَٱلَّذِينَ لَا يَدۡعُونَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ وَلَا يَقۡتُلُونَ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّ وَلَا يَزۡنُونَۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ يَلۡقَ أَثَامٗا
Open ayah 25:68र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन्; अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दैनन्, न व्यभिचार गर्छन् । र, जसले यस्ता कार्यहरू गर्छ उसले आफ्नो पापको दण्ड भोग्नेछ ।
يُضَٰعَفۡ لَهُ ٱلۡعَذَابُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَيَخۡلُدۡ فِيهِۦ مُهَانًا
Open ayah 25:69महाप्रलयको दिन त्यसको यातना दोब्बर पारिनेछ र त्यो व्यक्ति अपमानित भई सदा त्यहीँ रहनेछ।
إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ عَمَلٗا صَٰلِحٗا فَأُوْلَٰٓئِكَ يُبَدِّلُ ٱللَّهُ سَيِّـَٔاتِهِمۡ حَسَنَٰتٖۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا
Open ayah 25:70सिवाय ती मानिसहरू जसले प्रायश्चित गर्छन्, ईमान ल्याउँछन् र सत्कर्म गर्छन् । यस्ता मानिसहरूका निकृष्टतालाई अल्लाहले पुण्यकर्ममा परिणत गरिदिनेछन् ।
وَمَن تَابَ وَعَمِلَ صَٰلِحٗا فَإِنَّهُۥ يَتُوبُ إِلَى ٱللَّهِ مَتَابٗا
Open ayah 25:71र, जुन व्यक्ति प्रायश्चित गर्छ तथा सत्कर्म गर्छ वस्तुतः ऊ अल्लाहतर्फ फर्कन्छ ।
وَٱلَّذِينَ لَا يَشۡهَدُونَ ٱلزُّورَ وَإِذَا مَرُّواْ بِٱللَّغۡوِ مَرُّواْ كِرَامٗا
Open ayah 25:72र, जो (कहिल्यै) झूठको साक्षी बन्दैनन् र अनर्थ कार्यको निकटबाट गुज्रँदा सज्जन व्यक्तिहरू झैं अघि बढ्छन् ।
وَٱلَّذِينَ إِذَا ذُكِّرُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ لَمۡ يَخِرُّواْ عَلَيۡهَا صُمّٗا وَعُمۡيَانٗا
Open ayah 25:73र, जसलाई उनीहरूका रबका आयतहरूद्वारा उपदेश दिँदा त्यसप्रति बहिरो तथा अन्धो भएर झुक्दैनन् ।
وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا هَبۡ لَنَا مِنۡ أَزۡوَٰجِنَا وَذُرِّيَّٰتِنَا قُرَّةَ أَعۡيُنٖ وَٱجۡعَلۡنَا لِلۡمُتَّقِينَ إِمَامًا
Open ayah 25:74र, जसले प्रार्थना गर्छन्– “हे हाम्रा पालनकर्ता ! हाम्रा पत्नीहरू तथा सन्तानहरूबाट हाम्रा आँखालाई शीतलता प्रदान गर । र, हामीलाई ईशपरायण मानिसहरूका नायक बनाऊ ।”
أُوْلَٰٓئِكَ يُجۡزَوۡنَ ٱلۡغُرۡفَةَ بِمَا صَبَرُواْ وَيُلَقَّوۡنَ فِيهَا تَحِيَّةٗ وَسَلَٰمًا
Open ayah 25:75यस्ता व्यक्तिहरूलाई नै उनीहरूको धैर्यधारणको कारणले प्रतिदानस्वरूप उच्च भवन दिइनेछ र त्यहाँ उनीहरूको स्वागत अभिवादन र सलाम गरिनेछ ।
خَٰلِدِينَ فِيهَاۚ حَسُنَتۡ مُسۡتَقَرّٗا وَمُقَامٗا
Open ayah 25:76त्यहाँ तिनीहरू सदासर्वदा रहनेछन् । त्यो विश्राम तथा बसोबासकोलागि अति राम्रो स्थान हो ।
قُلۡ مَا يَعۡبَؤُاْ بِكُمۡ رَبِّي لَوۡلَا دُعَآؤُكُمۡۖ فَقَدۡ كَذَّبۡتُمۡ فَسَوۡفَ يَكُونُ لِزَامَۢا
Open ayah 25:77(हे मुहम्मद स.!) भनिदेऊ ! मेरा ‘रब’ लाई पनि के परवाह ! [ ] यदि तिमीहरू पुकार्दैनौ भने, अब तिमीहरूले त असत्य ठहर गरिसकेका छौ, अतः त्यसको दण्ड चाँडै (तिमीहरुमाथि) आइपुग्नेछ ।