الشعراء

Ash-Shu'araa

The Poets · Surah 26 · Ayahs: 227 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. طسٓمٓ

    Open ayah 26:1

    ता० सीन० मीम० ।

  2. تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡمُبِينِ

    Open ayah 26:2

    यी स्पष्ट ग्रन्थका आयतहरू हुन् ।

  3. لَعَلَّكَ بَٰخِعٞ نَّفۡسَكَ أَلَّا يَكُونُواْ مُؤۡمِنِينَ

    Open ayah 26:3

    (हे मुहम्मद स.!) तिनीहरूले ईमान ल्याएनन् भने शायद तिमीले आफ्नो ज्यान नै गुमाउनेछौ ।

  4. إِن نَّشَأۡ نُنَزِّلۡ عَلَيۡهِم مِّنَ ٱلسَّمَآءِ ءَايَةٗ فَظَلَّتۡ أَعۡنَٰقُهُمۡ لَهَا خَٰضِعِينَ

    Open ayah 26:4

    यदि हामीले चाह्यौं भने आकाशबाट तिनीहरूसमक्ष यस्तो निशानी अवतरण गर्न सक्छौं जसकोसामु तिनीहरूको गर्धन झुक्न पुग्छ ।

  5. وَمَا يَأۡتِيهِم مِّن ذِكۡرٖ مِّنَ ٱلرَّحۡمَٰنِ مُحۡدَثٍ إِلَّا كَانُواْ عَنۡهُ مُعۡرِضِينَ

    Open ayah 26:5

    र, तिनीहरूकहाँ करुणामय ( अल्लाह ) बाट जुनसुकै नौलो उपदेश आए पनि तिनीहरू त्यसबाट विमुख नै हुन्छन् ।

  6. فَقَدۡ كَذَّبُواْ فَسَيَأۡتِيهِمۡ أَنۢبَٰٓؤُاْ مَا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 26:6

    र, तिनीहरूले (त्यसलाई) मिथ्या ठहर गरिसकेका छन् । अब चाँडै नै तिनीहरूसमक्ष त्यसको वास्तविकता प्रकट हुनेछ जसको यिनीहरू उपहास गर्दथे ।

  7. أَوَلَمۡ يَرَوۡاْ إِلَى ٱلۡأَرۡضِ كَمۡ أَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجٖ كَرِيمٍ

    Open ayah 26:7

    के तिनीहरूले धर्तीलाई देखेका छैनन् कि हामीले कति ठूलो संख्यामा हरेक प्रकारका उत्कृष्ट वनस्पति उमारेका छौं ?

  8. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:8

    निश्चय नै त्यसमा ठूलो निशानी रहेको छ, तर तिनीहरूमध्ये धेरैजसोले ईमान ल्याउनेवाला छैनन् ।

  9. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:9

    निस्सन्देह तिम्रा पालनकर्ता अति प्रभुत्वशाली एवं परम दयालु छन् ।

  10. وَإِذۡ نَادَىٰ رَبُّكَ مُوسَىٰٓ أَنِ ٱئۡتِ ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ 

    Open ayah 26:10

    स्मरण गर जब तिम्रा पालनकर्ताले मूसालाई पुकारे ( र भने) – “अत्याचारी समुदायतर्फ जाऊ।

  11. قَوۡمَ فِرۡعَوۡنَۚ أَلَا يَتَّقُونَ

    Open ayah 26:11

    फिरऔनका जातितर्फ । के तिनीहरू डराउँदैनन् ?”

  12. قَالَ رَبِّ إِنِّيٓ أَخَافُ أَن يُكَذِّبُونِ

    Open ayah 26:12

    मूसाले भने– “हे मेरा पालनकर्ता ! तिनीहरूले मलाई मिथ्या ठहर गर्लान् भन्ने मलाई डर लाग्छ ।

  13. وَيَضِيقُ صَدۡرِي وَلَا يَنطَلِقُ لِسَانِي فَأَرۡسِلۡ إِلَىٰ هَٰرُونَ

    Open ayah 26:13

    र, मेरो छाती संकुचित भइरहेको छ र मेरो जिब्रो पनि प्रस्टसँग चल्दैन । तसर्थ हारूनलाई पनि ईशदूतत्व प्रदान गर ।

  14. وَلَهُمۡ عَلَيَّ ذَنۢبٞ فَأَخَافُ أَن يَقۡتُلُونِ

    Open ayah 26:14

    र, ममा तिनीहरूको एउटा अपराध छ । अतः तिनीहरूले मेरो हत्या गर्लान् भन्ने डर लाग्छ ।” ,

  15. قَالَ كَلَّاۖ فَٱذۡهَبَا بِـَٔايَٰتِنَآۖ إِنَّا مَعَكُم مُّسۡتَمِعُونَ

    Open ayah 26:15

    अल्लाहले भने– “त्यस्तो कदापि हुने छैन । अतः तिमी दुवै हाम्रा निशानीहरू लिएर जाऊ । हामी तिमीहरूका सबै कुरा सुनिरहेका हुनेछौं ।”

  16. فَأۡتِيَا فِرۡعَوۡنَ فَقُولَآ إِنَّا رَسُولُ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:16

    तिमीहरू दुवै फिरऔनकहाँ जाऊ र भन– “हामी सम्पूर्ण जगतका पालनकर्ताको तर्फबाट रसूल हौं ।

  17. أَنۡ أَرۡسِلۡ مَعَنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 26:17

    कि तिमी इस्राईलका सन्तानहरूलाई हामीसंग जान देऊ ।”

  18. قَالَ أَلَمۡ نُرَبِّكَ فِينَا وَلِيدٗا وَلَبِثۡتَ فِينَا مِنۡ عُمُرِكَ سِنِينَ

    Open ayah 26:18

    फिरऔनले भन्यो– “के हामीले बाल्यकालमा तिम्रो पालनपोषण गरेनौं ? र, के तिमीले आफ्नो जीवनका कैयौं वर्ष हामीकहाँ बिताएनौ र ?

  19. وَفَعَلۡتَ فَعۡلَتَكَ ٱلَّتِي فَعَلۡتَ وَأَنتَ مِنَ ٱلۡكَٰفِرِينَ

    Open ayah 26:19

    र, तिमीले जे गर्यौ त्यो त गर्यौ नै, तिमी त कृतघ्न पनि रहेछौ ।”

  20. قَالَ فَعَلۡتُهَآ إِذٗا وَأَنَا۠ مِنَ ٱلضَّآلِّينَ 

    Open ayah 26:20

    मूसाले भने– “मैले त्यो काम त्यतिबेला गरें जब म अनभिज्ञ थिएँ ।”

  21. فَفَرَرۡتُ مِنكُمۡ لَمَّا خِفۡتُكُمۡ فَوَهَبَ لِي رَبِّي حُكۡمٗا وَجَعَلَنِي مِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 26:21

    अनि जब मलाई तिमीहरूको डर लाग्यो तब म तिमीहरूबाट भागें । त्यसपछि मेरा पालनकर्ताले मलाई तत्वदर्शिता तथा ज्ञान प्रदान गरे र मलाई रसूलहरूमध्ये बनाए ।

  22. وَتِلۡكَ نِعۡمَةٞ تَمُنُّهَا عَلَيَّ أَنۡ عَبَّدتَّ بَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 26:22

    इस्राईलका सन्तानहरूलाई दास बनाउनु मप्रति कुन किसिमको उपकार हो जसको वर्णन तिमी गरिरहेका छौ ?

  23. قَالَ فِرۡعَوۡنُ وَمَا رَبُّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:23

    फिरऔनले भन्यो– “सम्पूर्ण जगतका रब को हुन् त ?”

  24. قَالَ رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَآۖ إِن كُنتُم مُّوقِنِينَ

    Open ayah 26:24

    मूसाले भने– “जुन आकाशहरू, पृथ्वी र दुवैबीच रहेका सम्पूर्ण चिजहरूका रब हुन्, यदि तिमीहरू विश्वास गर्छौ भने ।”

  25. قَالَ لِمَنۡ حَوۡلَهُۥٓ أَلَا تَسۡتَمِعُونَ

    Open ayah 26:25

    फिरऔनले आफ्ना भारदारहरूलाई भन्यो– “के तिमीहरू सुनिरहेका छैनौ ?”

  26. قَالَ رَبُّكُمۡ وَرَبُّ ءَابَآئِكُمُ ٱلۡأَوَّلِينَ

    Open ayah 26:26

    मूसाले भने– “तिमीहरूका पालनकर्ता र तिम्रा पूर्वजहरूका पालनकर्ता !”

  27. قَالَ إِنَّ رَسُولَكُمُ ٱلَّذِيٓ أُرۡسِلَ إِلَيۡكُمۡ لَمَجۡنُونٞ

    Open ayah 26:27

    फिरऔनले भन्यो– “तिमीहरूका रसूल जो तिमीहरूतर्फ पठाइएको छ त्यो त वास्तवमा उन्मादी रहेछ ।”

  28. قَالَ رَبُّ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ وَمَا بَيۡنَهُمَآۖ إِن كُنتُمۡ تَعۡقِلُونَ

    Open ayah 26:28

    मूसाले भने– “जो पूर्व, पश्चिम र ती दुवैबीच रहेका सम्पूर्ण चिजका मालिक हुन्, यदि तिमीहरूसित बुद्धि छ भने ।”

  29. قَالَ لَئِنِ ٱتَّخَذۡتَ إِلَٰهًا غَيۡرِي لَأَجۡعَلَنَّكَ مِنَ ٱلۡمَسۡجُونِينَ

    Open ayah 26:29

    फिरऔनले भन्यो– “यदि तिमीले मबाहेक अन्य कसैलाई उपास्य बनायौ भने म तिमीलाई निश्चय नै बन्दी बनाउनेछु ।”

  30. قَالَ أَوَلَوۡ جِئۡتُكَ بِشَيۡءٖ مُّبِينٖ 

    Open ayah 26:30

    मूसाले भने– “मैले तिमी सामु एउटा स्पष्ट निशानी ल्याए तापनि ?”

  31. قَالَ فَأۡتِ بِهِۦٓ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 26:31

    फिरऔनले भन्यो– “यदि तिमी सत्य हौ भने त्यो निशानी प्रस्तुत गर ।”

  32. فَأَلۡقَىٰ عَصَاهُ فَإِذَا هِيَ ثُعۡبَانٞ مُّبِينٞ

    Open ayah 26:32

    अतः मूसाले आफ्नो लौरो धर्तीमा राखे । त्यो स्वस्फूर्त रूपमा अजिङ्गर हुन पुग्यो ।

  33. وَنَزَعَ يَدَهُۥ فَإِذَا هِيَ بَيۡضَآءُ لِلنَّٰظِرِينَ

    Open ayah 26:33

    र, उनले आफ्नो हात ( काखीबाट ) निकाले अनि त्यो अचानक दर्शकहरूका सामु सेतो चम्किलो देखियो ।

  34. قَالَ لِلۡمَلَإِ حَوۡلَهُۥٓ إِنَّ هَٰذَا لَسَٰحِرٌ عَلِيمٞ

    Open ayah 26:34

    फिरऔनले आफ्नो वरिपरिका दरबारियाहरूलाई भन्यो– “यो त निश्चय नै एउटा प्रवीण जादुगर रहेछ ।

  35. يُرِيدُ أَن يُخۡرِجَكُم مِّنۡ أَرۡضِكُم بِسِحۡرِهِۦ فَمَاذَا تَأۡمُرُونَ

    Open ayah 26:35

    यसले तिमीहरूलाई आफ्नो जादूको बलमा तिम्रै देशबाट निष्कासित गर्न चाहन्छ । अनि, तिमीहरू के सल्लाह दिन्छौ त ?”

  36. قَالُوٓاْ أَرۡجِهۡ وَأَخَاهُ وَٱبۡعَثۡ فِي ٱلۡمَدَآئِنِ حَٰشِرِينَ

    Open ayah 26:36

    दरबारियाहरूले भने– “यसलाई र यसको भाइलाई अवसर दिनुहोस् र नगरहरूतर्फ एकत्रित गर्नेहरूलाइ पठाउनुहोस्।

  37. يَأۡتُوكَ بِكُلِّ سَحَّارٍ عَلِيمٖ

    Open ayah 26:37

    ताकि तिनीहरूले सबै विज्ञ जादूगरहरूलाई एकतृत गरेर तपाईंसमक्ष ल्याऊन् ।”

  38. فَجُمِعَ ٱلسَّحَرَةُ لِمِيقَٰتِ يَوۡمٖ مَّعۡلُومٖ

    Open ayah 26:38

    अनि, सबै जादूगरहरूलाई निश्चित दिनको निर्धारित समयमा भेला पारियो ।

  39. وَقِيلَ لِلنَّاسِ هَلۡ أَنتُم مُّجۡتَمِعُونَ

    Open ayah 26:39

    र, मानिसहरूलाई भनियो– “तिमीहरू पनि अवश्य भेला होऊ।

  40. لَعَلَّنَا نَتَّبِعُ ٱلسَّحَرَةَ إِن كَانُواْ هُمُ ٱلۡغَٰلِبِينَ 

    Open ayah 26:40

    ताकि जादूगरहरू विजयी भएमा हामी (खुश्याली मनाउनमा) तिनीहरूका साथ रहाैँ ।”

  41. فَلَمَّا جَآءَ ٱلسَّحَرَةُ قَالُواْ لِفِرۡعَوۡنَ أَئِنَّ لَنَا لَأَجۡرًا إِن كُنَّا نَحۡنُ ٱلۡغَٰلِبِينَ

    Open ayah 26:41

    र, जब जादूगरहरू आए तब तिनीहरूले फिरऔनलाई भने– “यदि हामी विजयी भयौं भने के हामीलाई कुनै पुरस्कार प्राप्त हुनेछ त ?”

  42. قَالَ نَعَمۡ وَإِنَّكُمۡ إِذٗا لَّمِنَ ٱلۡمُقَرَّبِينَ

    Open ayah 26:42

    फिरऔनले भन्यो– “हो, तब त तिमीहरू विशेष दरबारियाहरूमध्ये हुनेछौ ।”

  43. قَالَ لَهُم مُّوسَىٰٓ أَلۡقُواْ مَآ أَنتُم مُّلۡقُونَ

    Open ayah 26:43

    मूसाले जादूगरहरूलाई भने– “तिमीहरू जे फ्याँक्न चाहन्छौ फ्याँक ।”

  44. فَأَلۡقَوۡاْ حِبَالَهُمۡ وَعِصِيَّهُمۡ وَقَالُواْ بِعِزَّةِ فِرۡعَوۡنَ إِنَّا لَنَحۡنُ ٱلۡغَٰلِبُونَ

    Open ayah 26:44

    अतः तिनीहरुले आफ्ना डोरी तथा लट्ठीहरु फ्याँके र भने – “फिरऔनको प्रतिष्ठाको कसम ! हामी अवश्य विजयी हुनेछौं ।”

  45. فَأَلۡقَىٰ مُوسَىٰ عَصَاهُ فَإِذَا هِيَ تَلۡقَفُ مَا يَأۡفِكُونَ

    Open ayah 26:45

    अनि मूसाले आनो लट्ठी फ्याँके जसले अनायस तिनीहरुका जादूका सामग्रीलाई निल्न थाल्यो ।

  46. فَأُلۡقِيَ ٱلسَّحَرَةُ سَٰجِدِينَ

    Open ayah 26:46

    अनि जादूगरहरू सज्दामा ढले ।

  47. قَالُوٓاْ ءَامَنَّا بِرَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:47

    र घोषणा गरे– “हामीले सम्पूर्ण जगतका स्वामीमाथि ईमान ल्यायौं।

  48. رَبِّ مُوسَىٰ وَهَٰرُونَ

    Open ayah 26:48

    मूसा र हारूनका स्वामीमाथि ।”

  49. قَالَ ءَامَنتُمۡ لَهُۥ قَبۡلَ أَنۡ ءَاذَنَ لَكُمۡۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِي عَلَّمَكُمُ ٱلسِّحۡرَ فَلَسَوۡفَ تَعۡلَمُونَۚ لَأُقَطِّعَنَّ أَيۡدِيَكُمۡ وَأَرۡجُلَكُم مِّنۡ خِلَٰفٖ وَلَأُصَلِّبَنَّكُمۡ أَجۡمَعِينَ

    Open ayah 26:49

    फिरऔनले भन्यो–“मेरो अनुमतिबिना नै तिमीहरुले उसमाथि ईमान ल्यायौ त ? निस्सन्देह ऊ नै तिमीहरुको महान् गुरु रहेछ जसले तिमीहरु सबैलाई जादु सिकायो । तिमीहरुले चाँडै नै थाहा पाउनेछौ । निश्चय नै म तिमीहरुका हातखुट्टा विपरित दिशाबाट काट्नेछु । र, तिमीहरु सबैलाई अवश्य नै शूलीमा चढाउनेछु ।”

  50. قَالُواْ لَا ضَيۡرَۖ إِنَّآ إِلَىٰ رَبِّنَا مُنقَلِبُونَ 

    Open ayah 26:50

    उनीहरूले भने– “यसमा कुनै डर छैन । हामीलाई त आफ्ना पालनकर्तातर्फ फर्कनु नै छ ।

  51. إِنَّا نَطۡمَعُ أَن يَغۡفِرَ لَنَا رَبُّنَا خَطَٰيَٰنَآ أَن كُنَّآ أَوَّلَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 26:51

    हामीले सर्वप्रथम ईमान ल्याएकाले हाम्रा पालनकर्ताले हाम्रा पापहरु क्षमा गर्लान् भन्ने हाम्राे भित्री मनकाे चाहना हाे ।”

  52. ۞وَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنۡ أَسۡرِ بِعِبَادِيٓ إِنَّكُم مُّتَّبَعُونَ

    Open ayah 26:52

    र, हामीलेट मूसालाई वह्य (प्रकाशना) गर्यौं– “राति नै मेरा भक्तहरुलाई लिएर निस्क । निस्सन्देह तिमीहरुलाई पछ्याइनेछ ।

  53. فَأَرۡسَلَ فِرۡعَوۡنُ فِي ٱلۡمَدَآئِنِ حَٰشِرِينَ

    Open ayah 26:53

    अनि फिरऔनले नगरहरूतर्फ सूचकहरूलाई पठायो ।,

  54. إِنَّ هَٰٓؤُلَآءِ لَشِرۡذِمَةٞ قَلِيلُونَ

    Open ayah 26:54

    र भन्यो निश्चय नै यिनीहरूको समूह अल्पसंख्यामा रहेको छ ।

  55. وَإِنَّهُمۡ لَنَا لَغَآئِظُونَ

    Open ayah 26:55

    र, यिनीहरूले हामीलाई क्रोधित तुल्याएका छन् ।

  56. وَإِنَّا لَجَمِيعٌ حَٰذِرُونَ

    Open ayah 26:56

    अवश्य नै हामी एउटा सचेत समूह हौं ।

  57. فَأَخۡرَجۡنَٰهُم مِّن جَنَّٰتٖ وَعُيُونٖ

    Open ayah 26:57

    अन्ततः हामीले तिनीहरूलाई बगैंचा र पानीका मूलहरूबाट निष्कासित गरिदियौं ।

  58. وَكُنُوزٖ وَمَقَامٖ كَرِيمٖ

    Open ayah 26:58

    र, खजानाहरू तथा उत्तम स्थानहरूबाट पनि ।

  59. كَذَٰلِكَۖ وَأَوۡرَثۡنَٰهَا بَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 26:59

    तिनीहरूसँग हामीले यस्तै गर्यौं र ती चिजहरूका उत्तराधिकारी इस्राईलका सन्तानलाई बनाइदियौं ।

  60. فَأَتۡبَعُوهُم مُّشۡرِقِينَ 

    Open ayah 26:60

    फिरऔन तथा उनका सैनिकहरूले सूर्योदय हुने बित्तिकै मूसा तथा उनका साथीहरूलाई पछ्याए ।

  61. فَلَمَّا تَرَٰٓءَا ٱلۡجَمۡعَانِ قَالَ أَصۡحَٰبُ مُوسَىٰٓ إِنَّا لَمُدۡرَكُونَ

    Open ayah 26:61

    जब दुवै समूहले एकअर्कालाई देखे तब मूसाका साथीहरूले भने– “हामी निश्चय नै पक्राउ पर्ने भयौं ।”

  62. قَالَ كَلَّآۖ إِنَّ مَعِيَ رَبِّي سَيَهۡدِينِ

    Open ayah 26:62

    मूसाले भने– “कदापि होइन । अवश्य नै मसँग मेरा मालिक छन् । उनले मलाई मार्ग देखाउने छन् ।”

  63. فَأَوۡحَيۡنَآ إِلَىٰ مُوسَىٰٓ أَنِ ٱضۡرِب بِّعَصَاكَ ٱلۡبَحۡرَۖ فَٱنفَلَقَ فَكَانَ كُلُّ فِرۡقٖ كَٱلطَّوۡدِ ٱلۡعَظِيمِ

    Open ayah 26:63

    अनि हामीले मूसालाई वह्य गर्यौं– “आफ्नो लट्ठी समुद्रमा हिर्काऊ ।” अनि नदी फाट्यो र त्यसको प्रत्येक अंश ठूलो पहाड जस्तो हुन पुग्यो ।

  64. وَأَزۡلَفۡنَا ثَمَّ ٱلۡأٓخَرِينَ

    Open ayah 26:64

    र, हामीले दोस्रो समूहलाई त्यहाँ पुर्याइ दियौं ।

  65. وَأَنجَيۡنَا مُوسَىٰ وَمَن مَّعَهُۥٓ أَجۡمَعِينَ

    Open ayah 26:65

    अनि हामीले मूसा र उनीसँग रहेका सबैलाई बचायौं ।

  66. ثُمَّ أَغۡرَقۡنَا ٱلۡأٓخَرِينَ

    Open ayah 26:66

    अनि, अरू सबैलाई समुद्रमा चुर्लुम्म डुबायौं ।

  67. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:67

    निस्सन्देह यसमा ठूलो निशानी रहेको छ । तर तिनीहरूमध्ये अधिकांश ईमान ल्याउने वाला छैनन् ।

  68. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:68

    र, निश्चय नै तिम्रा पालनकर्ता अत्यन्त प्रभुत्वशाली एवं परम दयालु छन् ।

  69. وَٱتۡلُ عَلَيۡهِمۡ نَبَأَ إِبۡرَٰهِيمَ

    Open ayah 26:69

    र, तिनीहरूलाई इब्राहीमको वृत्तान्त पनि सुनाऊ।

  70. إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَا تَعۡبُدُونَ 

    Open ayah 26:70

    जब उनले आफ्ना पिता तथा स्वजातिका मानिसहरूलाई भने– “तिमीहरू कसको उपासना गर्छौ ?”

  71. قَالُواْ نَعۡبُدُ أَصۡنَامٗا فَنَظَلُّ لَهَا عَٰكِفِينَ

    Open ayah 26:71

    तिनीहरूले भने– “हामी मूर्तिहरूको पूजा गर्छौं र तिनीहरूकै सेवामा समर्पित रहन्छौं ।”

  72. قَالَ هَلۡ يَسۡمَعُونَكُمۡ إِذۡ تَدۡعُونَ

    Open ayah 26:72

    इब्राहीमले भने– “जब तिमीहरू यी मूर्तिहरूलाई पुकार्छौ तब के तिनीहरूले तिमीहरूको पुकार सुन्छन् त ?

  73. أَوۡ يَنفَعُونَكُمۡ أَوۡ يَضُرُّونَ

    Open ayah 26:73

    वा के तिमीहरूलाई कुनै लाभ वा हानि पुर्याउँछन् ?”

  74. قَالُواْ بَلۡ وَجَدۡنَآ ءَابَآءَنَا كَذَٰلِكَ يَفۡعَلُونَ

    Open ayah 26:74

    तिनीहरूले भने– “(होइन) बरु हामीले आफ्ना पुर्खाहरूले त्यस्तै गर्दै आएको पाएका छौं ।”

  75. قَالَ أَفَرَءَيۡتُم مَّا كُنتُمۡ تَعۡبُدُونَ

    Open ayah 26:75

    इब्राहीमले भने– “के तिमीहरूले त्यस (मूर्ति) को बारेमा विचार गर्यौ जसको पूजा गर्दै आएका छौ ?

  76. أَنتُمۡ وَءَابَآؤُكُمُ ٱلۡأَقۡدَمُونَ

    Open ayah 26:76

    तिमीहरू र तिम्रा पुर्खाहरूले पनि ?

  77. فَإِنَّهُمۡ عَدُوّٞ لِّيٓ إِلَّا رَبَّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:77

    यिनीहरू सबै मेरा शत्रु हुन्; सम्पूर्ण जगतका पालनकर्ता वाहेक।

  78. ٱلَّذِي خَلَقَنِي فَهُوَ يَهۡدِينِ

    Open ayah 26:78

    जसले मलाई सृष्टि गरे । र, उनले नै मार्ग देखाउँछन् ।

  79. وَٱلَّذِي هُوَ يُطۡعِمُنِي وَيَسۡقِينِ

    Open ayah 26:79

    अनि, उनले नै मलाई खुवाउँछन् र पिलाउँछन् ।

  80. وَإِذَا مَرِضۡتُ فَهُوَ يَشۡفِينِ 

    Open ayah 26:80

    र, जब म बिरामी हुन्छु उनले नै मलाई निको पार्छन् ।

  81. وَٱلَّذِي يُمِيتُنِي ثُمَّ يُحۡيِينِ

    Open ayah 26:81

    अनि, उनले नै मलाई मृत्यु दिनेछन् र पुनः जीवित पार्नेछन् ।

  82. وَٱلَّذِيٓ أَطۡمَعُ أَن يَغۡفِرَ لِي خَطِيٓـَٔتِي يَوۡمَ ٱلدِّينِ

    Open ayah 26:82

    र, उनैप्रति म आशावादी छु कि बदला दिइने दिनमा उनले मेरा गल्तिहरूलाई क्षमा गर्नेछन् ।”

  83. رَبِّ هَبۡ لِي حُكۡمٗا وَأَلۡحِقۡنِي بِٱلصَّٰلِحِينَ

    Open ayah 26:83

    हे मेरा पालनकर्ता ! मलाई निर्णयशक्ति प्रदान गर र सत्कर्मीहरूमा सामेल गर ।

  84. وَٱجۡعَل لِّي لِسَانَ صِدۡقٖ فِي ٱلۡأٓخِرِينَ

    Open ayah 26:84

    र, पछि आउनेहरूमा मेरोलागि राम्रो प्रसिद्धि प्रदान गर ।

  85. وَٱجۡعَلۡنِي مِن وَرَثَةِ جَنَّةِ ٱلنَّعِيمِ

    Open ayah 26:85

    र, मलाई वैभवपूर्ण स्वर्गका उत्तराधिकारीहरूमा सामेल गर ।

  86. وَٱغۡفِرۡ لِأَبِيٓ إِنَّهُۥ كَانَ مِنَ ٱلضَّآلِّينَ

    Open ayah 26:86

    र, मेरा पितालाई क्षमा गर किनभने उहाँ पथभ्रष्ट व्यक्तिहरूमध्येका हुनुहुन्थ्यो ।

  87. وَلَا تُخۡزِنِي يَوۡمَ يُبۡعَثُونَ

    Open ayah 26:87

    र, त्यस दिन मलाई अपमानित नगर जुन दिन मानिसहरू उठाइनेछन् ।

  88. يَوۡمَ لَا يَنفَعُ مَالٞ وَلَا بَنُونَ

    Open ayah 26:88

    जुन दिन न धनसम्पत्ति काम लाग्नेछ न सन्तान नै ।

  89. إِلَّا مَنۡ أَتَى ٱللَّهَ بِقَلۡبٖ سَلِيمٖ

    Open ayah 26:89

    तर त्यो व्यक्ति जो अल्लाहसमक्ष स्वच्छ हृदयकासाथ आउनेछ (उसको कुरा वेग्लै हो )।”

  90. وَأُزۡلِفَتِ ٱلۡجَنَّةُ لِلۡمُتَّقِينَ 

    Open ayah 26:90

    र, जन्नत (स्वर्ग) लाई ईशभय राख्ने मानिसहरूको निकट ल्याइनेछ ।

  91. وَبُرِّزَتِ ٱلۡجَحِيمُ لِلۡغَاوِينَ

    Open ayah 26:91

    र, नरकलाई पथभ्रष्ट मानिसहरूकालागि प्रकट गरिनेछ ।

  92. وَقِيلَ لَهُمۡ أَيۡنَ مَا كُنتُمۡ تَعۡبُدُونَ

    Open ayah 26:92

    र, तिनीहरूसित सोधिनेछ– “कहाँ छन् तिनीहरू जसको तिमीहरू उपासना गर्थ्याे ?

  93. مِن دُونِ ٱللَّهِ هَلۡ يَنصُرُونَكُمۡ أَوۡ يَنتَصِرُونَ

    Open ayah 26:93

    अल्लाहका अतिरिक्त ?” के तिनीहरूले तिमीहरूको मद्दत गर्न सक्छन् वा स्वयं आफ्नो बचाउ गर्न सक्छन् त ?

  94. فَكُبۡكِبُواْ فِيهَا هُمۡ وَٱلۡغَاوُۥنَ

    Open ayah 26:94

    तिनी र पथभ्रष्टहरूलाई उँधोमुन्टो पारी त्यसमा होमिनेछ ।

  95. وَجُنُودُ إِبۡلِيسَ أَجۡمَعُونَ

    Open ayah 26:95

    र, इब्लीसका सबै सेनाहरूलाई पनि ।

  96. قَالُواْ وَهُمۡ فِيهَا يَخۡتَصِمُونَ

    Open ayah 26:96

    तिनीहरूले नरकमा प्रस्पर विवाद गर्दै भन्नेछन्—

  97. تَٱللَّهِ إِن كُنَّا لَفِي ضَلَٰلٖ مُّبِينٍ

    Open ayah 26:97

    “अल्लाहको कसम ! हामी वास्तवमा नै खुल्लमखुल्ला पथभ्रष्ट थियौं।

  98. إِذۡ نُسَوِّيكُم بِرَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:98

    जब हामीले तिमीहरूलाई सम्पूर्ण जगतका पालनकर्ताको समकक्ष बनाइरहेका थियौं ।

  99. وَمَآ أَضَلَّنَآ إِلَّا ٱلۡمُجۡرِمُونَ

    Open ayah 26:99

    र, हामीलाई अपराधीहरूबाहेक कसैले पथभ्रष्ट गरेनन् ।

  100. فَمَا لَنَا مِن شَٰفِعِينَ 

    Open ayah 26:100

    हाम्रोलागि न कोही सिफारिसकर्ता छ ।

  101. وَلَا صَدِيقٍ حَمِيمٖ 

    Open ayah 26:101

    न कुनै घनिष्ट मित्र नै ।

  102. فَلَوۡ أَنَّ لَنَا كَرَّةٗ فَنَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ 

    Open ayah 26:102

    अतः हाम्रोनिम्ति फर्केर जान सम्भव भएको भए हामी अवश्य नै आस्थावानहरूमध्ये हुने थियौं ।”

  103. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ 

    Open ayah 26:103

    निस्सन्देह यस (वृत्तान्त) मा ठूलो निशानी रहेको छ । तर तिनीहरूमध्ये अधिकांश मानिसहरू ईमान ल्याउने वाला छैनन् ।

  104. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ 

    Open ayah 26:104

    निश्चय नै तिम्रा पालनकर्ता अत्यन्त प्रभुत्वशाली एवं परम दयालु छन् ।

  105. كَذَّبَتۡ قَوۡمُ نُوحٍ ٱلۡمُرۡسَلِينَ 

    Open ayah 26:105

    नूहको समुदायले पनि रसूलहरूलाई झुठो ठहराए ।

  106. إِذۡ قَالَ لَهُمۡ أَخُوهُمۡ نُوحٌ أَلَا تَتَّقُونَ 

    Open ayah 26:106

    जब तिनीहरूका भाइ नूहले भनेका थिए– “के तिमीहरूलाई (अल्लाहसित) डर लाग्दैन ?

  107. إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ 

    Open ayah 26:107

    म त तिमीहरूकालागि नासोवाहक रसूल हुँ ।

  108. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ 

    Open ayah 26:108

    तसर्थ अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  109. وَمَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَىٰ رَبِّ ٱلۡعَٰلَمِينَ 

    Open ayah 26:109

    र म यस कार्यकानिम्ति तिमीहरूसित कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान त सम्पूर्ण जगतका पालनकर्ताकै जिम्मामा छ ।

  110. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ 

    Open ayah 26:110

    अतः अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।”

  111. ۞قَالُوٓاْ أَنُؤۡمِنُ لَكَ وَٱتَّبَعَكَ ٱلۡأَرۡذَلُونَ

    Open ayah 26:111

    नूहका जातिबन्धुहरूले भने– “के हामीले तिमीमाथि ईमान ल्याऔं जबकि तिम्रा अनुयायी तुच्छ व्यक्तिहरू रहेका छन् ?”

  112. قَالَ وَمَا عِلۡمِي بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 26:112

    नूहले भने– “तिनीहरू पहिले के गर्ने गर्थे भन्ने कुरा मलाई के थाहा ?

  113. إِنۡ حِسَابُهُمۡ إِلَّا عَلَىٰ رَبِّيۖ لَوۡ تَشۡعُرُونَ

    Open ayah 26:113

    तिनीहरूको हिसाब–किताब त मेरा पालनकर्ताको जिम्मामा रहेको छ । तिमीहरूले चेतनाले काम लिएको भए !

  114. وَمَآ أَنَا۠ بِطَارِدِ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 26:114

    र, म आस्थावानहरूलाई निकाल्ने छैन ।

  115. إِنۡ أَنَا۠ إِلَّا نَذِيرٞ مُّبِينٞ

    Open ayah 26:115

    म त एउटा स्पष्ट सचेतक मात्र हुँ ।

  116. قَالُواْ لَئِن لَّمۡ تَنتَهِ يَٰنُوحُ لَتَكُونَنَّ مِنَ ٱلۡمَرۡجُومِينَ

    Open ayah 26:116

    तिनीहरूले भने– “ए नूह ! यदि तिमीले यो कार्य छोडेनौ भने निश्चय नै हामी तिमीलाई ढुङ्गाले हानेर मार्नेछौं ।”

  117. قَالَ رَبِّ إِنَّ قَوۡمِي كَذَّبُونِ

    Open ayah 26:117

    नुहले भने– “हे पालनकर्ता ! मेरा जातिबन्धुहरूले मलाई झूठो ठहर गरे ।

  118. فَٱفۡتَحۡ بَيۡنِي وَبَيۡنَهُمۡ فَتۡحٗا وَنَجِّنِي وَمَن مَّعِيَ مِنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 26:118

    अतः म र तिनीहरूबीच स्पष्ट निर्णय गर अनि मलाई र मसँग भएका आस्थावानहरूलाई बचाऊ ।

  119. فَأَنجَيۡنَٰهُ وَمَن مَّعَهُۥ فِي ٱلۡفُلۡكِ ٱلۡمَشۡحُونِ

    Open ayah 26:119

    तसर्थ हामीले नूह र उनीसँग रहेका सबैलाई भरिएको डुङ्गामा बचायौं ।

  120. ثُمَّ أَغۡرَقۡنَا بَعۡدُ ٱلۡبَاقِينَ 

    Open ayah 26:120

    अनि बाँकी सबैलाई डुबाइदियौं ।

  121. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:121

    निस्सन्देह यस (वृत्तान्त) मा ठूलो निशानी रहेको छ तर तिनीहरूमध्ये अधिकांश मानिसहरू ईमान ल्याउने वाला छैनन् ।

  122. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:122

    र, निश्चय नै तिम्रा पालनकर्ता अत्यन्त प्रभुत्वशाली एवं परम दयालु छन् ।

  123. كَذَّبَتۡ عَادٌ ٱلۡمُرۡسَلِينَ

    Open ayah 26:123

    आदले पनि रसूलहरूलाई असत्य ठहर गर्यो ।

  124. إِذۡ قَالَ لَهُمۡ أَخُوهُمۡ هُودٌ أَلَا تَتَّقُونَ

    Open ayah 26:124

    जब तिनीहरूसित तिनका भाइ हूदले भने–“के तिमीहरूलाई डर लाग्दैन ?

  125. إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ

    Open ayah 26:125

    म तिमीहरूकालागि एक नासोवाहक रसूल हुँ ।

  126. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 26:126

    अतः अल्लाहको भय गर र मेरो आज्ञापालन गर ।

  127. وَمَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَىٰ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:127

    र, म यस कामकालागि तिमीहरूसित कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान त सम्पूर्ण जगत्का पालनकर्ताको समक्ष रहेको छ ।

  128. أَتَبۡنُونَ بِكُلِّ رِيعٍ ءَايَةٗ تَعۡبَثُونَ

    Open ayah 26:128

    के तिमीहरू हरेक उच्च स्थानमा व्यर्थ स्मारकहरू बनाइरहन्छौ ?

  129. وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمۡ تَخۡلُدُونَ

    Open ayah 26:129

    र, ठूल–ठूला भवनहरू निर्माण गर्दछौ ? सायद तिमीहरू सदा यहीँ रहनेछौ ।

  130. وَإِذَا بَطَشۡتُم بَطَشۡتُمۡ جَبَّارِينَ 

    Open ayah 26:130

    र, तिमीहरू कसैमाथि हात लगाउँदा अत्याचारी भएर नै लगाउँछौ ।

  131. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 26:131

    अतः अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  132. وَٱتَّقُواْ ٱلَّذِيٓ أَمَدَّكُم بِمَا تَعۡلَمُونَ

    Open ayah 26:132

    र, उनै ( अल्लाह ) सित डराऊ जसले तिमीहरूको सहयोग त्यसद्वारा गर्यो जसलाई तिमीहरू जान्दछौ ।

  133. أَمَدَّكُم بِأَنۡعَٰمٖ وَبَنِينَ

    Open ayah 26:133

    उनले तिमीहरूको सहायता चौपाया तथा सन्तानहरूद्वारा गरे ।

  134. وَجَنَّٰتٖ وَعُيُونٍ

    Open ayah 26:134

    र, बगैंचाहरू तथा पानीका मूलहरूद्वारा ।

  135. إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ عَظِيمٖ

    Open ayah 26:135

    म तिमीहरूकानिम्ति एउटा भयानक दिनको प्रकोपबाट डराउँछु ।”

  136. قَالُواْ سَوَآءٌ عَلَيۡنَآ أَوَعَظۡتَ أَمۡ لَمۡ تَكُن مِّنَ ٱلۡوَٰعِظِينَ

    Open ayah 26:136

    तिनीहरूले भने– “चाहे तिमी उपदेश देऊ अथवा नदेऊ, हाम्रोलागि समान छ ।

  137. إِنۡ هَٰذَآ إِلَّا خُلُقُ ٱلۡأَوَّلِينَ

    Open ayah 26:137

    यो त परम्परादेखि नै चल्दै आएको छ ।

  138. وَمَا نَحۡنُ بِمُعَذَّبِينَ

    Open ayah 26:138

    र, हामीलाई यातना दिइने छैन ।”

  139. فَكَذَّبُوهُ فَأَهۡلَكۡنَٰهُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:139

    अन्ततः तिनीहरूले उनलाइ असत्य ठहर गरे, तसर्थ हामीले तिनीहरू सबैलाई नष्ट गर्यौं । निस्सन्देह यस (वृत्तान्त) मा ठूलो निशानी रहेको छ । र, तिनीहरूमध्ये अधिकांश इमान ल्याउनेवाला होइनन् ।

  140. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ 

    Open ayah 26:140

    र, निश्चय नै तिम्रा पालनकर्ता अत्यन्त प्रभुत्वशाली एवं परम दयालु छन् ।

  141. كَذَّبَتۡ ثَمُودُ ٱلۡمُرۡسَلِينَ

    Open ayah 26:141

    समूदले पनि रसूलहरूलाई असत्य ठहर गरे ।

  142. إِذۡ قَالَ لَهُمۡ أَخُوهُمۡ صَٰلِحٌ أَلَا تَتَّقُونَ

    Open ayah 26:142

    जब उनका भाइ सालेहले तिनीहरूलाई भने– “के तिमीहरू डराउँदैनौ ?

  143. إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ

    Open ayah 26:143

    म तिमीहरूकालागि नासोवाहक रसूल हुँ ।

  144. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 26:144

    अतः तिमीहरू अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  145. وَمَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَىٰ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:145

    र, म यस कार्यकोनिम्ति तिमीहरूसित कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान त सम्पूर्ण जगत्का पालनकर्ताकै जिम्मामा रहेको छ ।

  146. أَتُتۡرَكُونَ فِي مَا هَٰهُنَآ ءَامِنِينَ

    Open ayah 26:146

    के यहाँ भएका चिजहरूमाझ तिमीहरूलाई निश्चिन्त छोडिनेछ ?

  147. فِي جَنَّٰتٖ وَعُيُونٖ

    Open ayah 26:147

    (अर्थात्) बगैंचाहरू तथा पानीका मूलहरूमा ?

  148. وَزُرُوعٖ وَنَخۡلٖ طَلۡعُهَا هَضِيمٞ

    Open ayah 26:148

    र, यी खेतहरू तथा खजूरहरूमा जसका झुप्पाहरू अति कलिला छन् ?

  149. وَتَنۡحِتُونَ مِنَ ٱلۡجِبَالِ بُيُوتٗا فَٰرِهِينَ

    Open ayah 26:149

    र, तिमीहरू पहाड कोर्दै गर्वकासाथ त्यसमा भवनहरू निर्माण गर्दछौ ।

  150. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ 

    Open ayah 26:150

    अतः तिमीहरू अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  151. وَلَا تُطِيعُوٓاْ أَمۡرَ ٱلۡمُسۡرِفِينَ

    Open ayah 26:151

    र, ती सीमा उल्लङ्घनकारीहरूको आज्ञापालन नगर।

  152. ٱلَّذِينَ يُفۡسِدُونَ فِي ٱلۡأَرۡضِ وَلَا يُصۡلِحُونَ

    Open ayah 26:152

    जसले धर्तीमा विध्वंस मच्चाउँछन् र कुनै सुधार गर्दैनन् ।”

  153. قَالُوٓاْ إِنَّمَآ أَنتَ مِنَ ٱلۡمُسَحَّرِينَ

    Open ayah 26:153

    तिनीहरूले भने– “तिमी त एक जादूपीडित व्यक्ति हौ ।

  154. مَآ أَنتَ إِلَّا بَشَرٞ مِّثۡلُنَا فَأۡتِ بِـَٔايَةٍ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 26:154

    तिमी हामीजस्तै एउटा मान्छे बाहेक अरू के हौ र ? यदि तिमी सच्चा छौ भने कुनै चमत्कार प्रस्तुत गर ।”

  155. قَالَ هَٰذِهِۦ نَاقَةٞ لَّهَا شِرۡبٞ وَلَكُمۡ شِرۡبُ يَوۡمٖ مَّعۡلُومٖ

    Open ayah 26:155

    उनले भने– “यो एउटा ऊँटनी हो । यसको पानी पिउने पालो एउटा निर्धारित दिनमा रहेको छ भने तिमीहरूको पालो अर्कै निर्धारित दिनमा ।

  156. وَلَا تَمَسُّوهَا بِسُوٓءٖ فَيَأۡخُذَكُمۡ عَذَابُ يَوۡمٍ عَظِيمٖ

    Open ayah 26:156

    यसलाई कुनै हानि नपुर्याउनू नत्र तिमीहरूलाई एउटा भयानक दिनको प्रकोपले समात्नेछ ।”

  157. فَعَقَرُوهَا فَأَصۡبَحُواْ نَٰدِمِينَ

    Open ayah 26:157

    तर तिनीहरूले त्यसको घुँडा काटिदिए अनि पछुताउन थाले ।

  158. فَأَخَذَهُمُ ٱلۡعَذَابُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:158

    अन्ततः तिनीहरूलाई प्रकोपले समात्यो । निस्सन्देह यसमा ठूलो उपदेश रहेको छ, तर तिनीहरूमध्ये अधिकांश मानिसहरू ईमान ल्याउने वाला छैनन् ।

  159. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:159

    र, निश्चय नै तिम्रा पालनकर्ता अति प्रभुत्वशाली एवं परम दयालु छन् ।”

  160. كَذَّبَتۡ قَوۡمُ لُوطٍ ٱلۡمُرۡسَلِينَ 

    Open ayah 26:160

    र, लूतका समुदायले पनि रसूलहरूलाई असत्य ठहर गर्यो ।

  161. إِذۡ قَالَ لَهُمۡ أَخُوهُمۡ لُوطٌ أَلَا تَتَّقُونَ

    Open ayah 26:161

    जब उनका बन्धु लूतले तिनीहरूलाई भने– “के तिमीहरूलाई डर लाग्दैन ?

  162. إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ

    Open ayah 26:162

    म तिमीहरूकालागि नासोवाहक रसूल हुँ ।

  163. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 26:163

    अतः अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  164. وَمَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَىٰ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:164

    र, म यस कार्यकोलागि तिमीहरूसित कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान त सम्पूर्ण जगत्का पालनकर्ताको जिम्मामा रहेको छ ।

  165. أَتَأۡتُونَ ٱلذُّكۡرَانَ مِنَ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:165

    के तिमीहरू (कामबासनाको लागि) संसारका पुरुषहरूतर्फ आउँछौ ?

  166. وَتَذَرُونَ مَا خَلَقَ لَكُمۡ رَبُّكُم مِّنۡ أَزۡوَٰجِكُمۚ بَلۡ أَنتُمۡ قَوۡمٌ عَادُونَ

    Open ayah 26:166

    र, तिमीहरूका पालनकर्ताले तिमीहरूकालागि जुन स्त्रीहरू सृष्टि गरेका छन् तिनीहरुलाई छोड्छौ ? बरु तिमीहरू सिमा उल्लङ्घनकारी हौ ।”

  167. قَالُواْ لَئِن لَّمۡ تَنتَهِ يَٰلُوطُ لَتَكُونَنَّ مِنَ ٱلۡمُخۡرَجِينَ

    Open ayah 26:167

    तिनीहरूले भने– “हे लूत ! यदि तिमीले यसलाई त्यागेनौ भने तिमी निर्वासित गरिनेछौ ।”

  168. قَالَ إِنِّي لِعَمَلِكُم مِّنَ ٱلۡقَالِينَ

    Open ayah 26:168

    लूतले भने– “म तिमीहरूको दुष्कर्मबाट दिक्दार भइसकेको छु ।

  169. رَبِّ نَجِّنِي وَأَهۡلِي مِمَّا يَعۡمَلُونَ

    Open ayah 26:169

    हे पालनकर्ता ! मलाई तथा मेरो परिवारलाई तिनीहरूका दुष्कार्यबाट बचाऊ ।”

  170. فَنَجَّيۡنَٰهُ وَأَهۡلَهُۥٓ أَجۡمَعِينَ 

    Open ayah 26:170

    अतः हामीले उनलाई तथा उनका सम्पूर्ण परिवारलाई बचायौं ।

  171. إِلَّا عَجُوزٗا فِي ٱلۡغَٰبِرِينَ

    Open ayah 26:171

    सिवाय एउटी वृद्धा महिलालाई जो पछि रहनेहरूमध्ये भइन् ।

  172. ثُمَّ دَمَّرۡنَا ٱلۡأٓخَرِينَ

    Open ayah 26:172

    फेरि हामीले अन्य सबैलाई नष्ट गर्यौं ।

  173. وَأَمۡطَرۡنَا عَلَيۡهِم مَّطَرٗاۖ فَسَآءَ مَطَرُ ٱلۡمُنذَرِينَ

    Open ayah 26:173

    र हामीले तिनीहरूमाथि खूबै वर्षा गरायौं । कत्ति नराम्रो थियो सचेत गरिएका मानिसहरूमाथि बर्साइएको वर्षा ।

  174. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ

    Open ayah 26:174

    निस्सन्देह यस (वृत्तान्त) मा ठूलो निशानी रहेको छ । तर तिनीहरूमध्ये अधिकांश मानिसहरू आस्थावान होइनन् ।

  175. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:175

    र, निश्चय नै तिम्रा पालनकर्ता अति प्रभुत्वशाली एवं परम दयालु छन् ।

  176. كَذَّبَ أَصۡحَٰبُ لۡـَٔيۡكَةِ ٱلۡمُرۡسَلِينَ

    Open ayah 26:176

    र, ऐकाबासीहरूले पनि रसूलहरूलाई असत्य ठहर गरे ।

  177. إِذۡ قَالَ لَهُمۡ شُعَيۡبٌ أَلَا تَتَّقُونَ

    Open ayah 26:177

    जब शुऐबले तिनीहरूलाई भने–“के तिमीहरू डराउँदैनौ ?

  178. إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ

    Open ayah 26:178

    निस्सन्देह म तिमीहरूकालागि नासोवाहक रसूल हुँ ।

  179. فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 26:179

    अतः अल्लाहसँग डराऊ र मेरो आज्ञापालन गर ।

  180. وَمَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٍۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَىٰ رَبِّ ٱلۡعَٰلَمِينَ 

    Open ayah 26:180

    र, म यसकार्यकोलागि तिमीहरूसित कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान त सम्पूर्ण जगत्का पालनकर्ताकै जिम्मामा रहेको छ ।

  181. ۞أَوۡفُواْ ٱلۡكَيۡلَ وَلَا تَكُونُواْ مِنَ ٱلۡمُخۡسِرِينَ

    Open ayah 26:181

    पूरा–पूरा नाप्ने गर र घटाएर दिने व्यक्तिहरूमध्ये नबन ।

  182. وَزِنُواْ بِٱلۡقِسۡطَاسِ ٱلۡمُسۡتَقِيمِ

    Open ayah 26:182

    र, सही तराजुले जोख्ने गर ।

  183. وَلَا تَبۡخَسُواْ ٱلنَّاسَ أَشۡيَآءَهُمۡ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ

    Open ayah 26:183

    र, मानिसहरूलाई तिनीहरुका वस्तुहरू घटी नदेऊ । र न धर्तीमा विध्वंस नै मच्चाऊ ।

  184. وَٱتَّقُواْ ٱلَّذِي خَلَقَكُمۡ وَٱلۡجِبِلَّةَ ٱلۡأَوَّلِينَ

    Open ayah 26:184

    र, उनैसँग डराऊ जसले तिमीहरू तथा विगतका बंशहरू सृष्टि गरे ।”

  185. قَالُوٓاْ إِنَّمَآ أَنتَ مِنَ ٱلۡمُسَحَّرِينَ

    Open ayah 26:185

    तिनीहरूले भने– “तिमी त जादूपीडित व्यक्ति हौ ।

  186. وَمَآ أَنتَ إِلَّا بَشَرٞ مِّثۡلُنَا وَإِن نَّظُنُّكَ لَمِنَ ٱلۡكَٰذِبِينَ

    Open ayah 26:186

    तिमी हामीजस्तै एउटा मानिस बाहेक केही होइनौ । र, हाम्रो विचारमा तिमी मिथ्यावादीहरूमध्ये हौ ।

  187. فَأَسۡقِطۡ عَلَيۡنَا كِسَفٗا مِّنَ ٱلسَّمَآءِ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ

    Open ayah 26:187

    यदि तिमी सच्चा हौ भने हामीमाथि आकाशको एउटा टुक्रा खसाल ।”

  188. قَالَ رَبِّيٓ أَعۡلَمُ بِمَا تَعۡمَلُونَ

    Open ayah 26:188

    उनले भने– “तिमीहरूले गरिरहेका कार्यहरूलाई मेरा रब राम्ररी जान्दछन् ।”

  189. فَكَذَّبُوهُ فَأَخَذَهُمۡ عَذَابُ يَوۡمِ ٱلظُّلَّةِۚ إِنَّهُۥ كَانَ عَذَابَ يَوۡمٍ عَظِيمٍ

    Open ayah 26:189

    अतः तिनीहरूले उनलाई असत्य ठहर गरे, तसर्थ तिनीहरूलाई छायाँवाला दिनको प्रकोपले समात्यो । त्यो निश्चय नै एउटा भयानक दिनको प्रकोप थियो ।

  190. إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗۖ وَمَا كَانَ أَكۡثَرُهُم مُّؤۡمِنِينَ 

    Open ayah 26:190

    निस्सन्देह यस (वृत्तान्त) मा ठूलो निशानी रहेको छ तर तिनीहरूमध्ये अधिकांश मानिसहरू आस्थावान होइनन् ।

  191. وَإِنَّ رَبَّكَ لَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 26:191

    र, वास्तवमा तिमीहरूका पालनकर्ता अति प्रभुत्वशाली एवं परम दयालु छन् ।

  192. وَإِنَّهُۥ لَتَنزِيلُ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 26:192

    र, निस्सन्देह यो (कुरआन) सम्पूर्ण जगत्का पालनकर्ताको तर्फबाट अवतरण गरिएको हो ।

  193. نَزَلَ بِهِ ٱلرُّوحُ ٱلۡأَمِينُ

    Open ayah 26:193

    यसलाई रूहरल अमीन (जिब्रईल) ले लिएर अवतरित भएका हुन् ।

  194. عَلَىٰ قَلۡبِكَ لِتَكُونَ مِنَ ٱلۡمُنذِرِينَ

    Open ayah 26:194

    तिम्रो हृदयमाथि ताकि तिमी मानिसहरूलाई सचेत गर्नेहरूमध्ये बन ।

  195. بِلِسَانٍ عَرَبِيّٖ مُّبِينٖ

    Open ayah 26:195

    यो स्पष्ट अरबी भाषामा छ ।

  196. وَإِنَّهُۥ لَفِي زُبُرِ ٱلۡأَوَّلِينَ

    Open ayah 26:196

    र, वास्तवमा नै यसको वर्णन पहिलेका मानिसहरूका ग्रन्थहरूमा पनि छ ।

  197. أَوَلَمۡ يَكُن لَّهُمۡ ءَايَةً أَن يَعۡلَمَهُۥ عُلَمَٰٓؤُاْ بَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 26:197

    के यिनीहरूकालागि यो एउटा ठूलो प्रमाण होइन कि यसलाई बनी–इस्राईलका गुरुहरू पनि जान्दछन् ?

  198. وَلَوۡ نَزَّلۡنَٰهُ عَلَىٰ بَعۡضِ ٱلۡأَعۡجَمِينَ

    Open ayah 26:198

    र, हामीले यसलाई गैर–अरबी व्यक्तिमाथि अवतरित गरेको भए,

  199. فَقَرَأَهُۥ عَلَيۡهِم مَّا كَانُواْ بِهِۦ مُؤۡمِنِينَ

    Open ayah 26:199

    अनि त्यसले यिनीहरूलाई पढेर सुनाएको भए पनि यिनीहरूले ईमान ल्याउने थिएनन् ।

  200. كَذَٰلِكَ سَلَكۡنَٰهُ فِي قُلُوبِ ٱلۡمُجۡرِمِينَ 

    Open ayah 26:200

    यसप्रकार हामीले अपराधीहरूका हृदयहरूमा यसलाई दाखिल गरेका छौं ।

  201. لَا يُؤۡمِنُونَ بِهِۦ حَتَّىٰ يَرَوُاْ ٱلۡعَذَابَ ٱلۡأَلِيمَ 

    Open ayah 26:201

    जबसम्म तिनीहरूले पीडादायी प्रकोप देख्दैनन् तबसम्म तिनीहरूले यसमा ईमान ल्याउने छैनन् ।

  202. فَيَأۡتِيَهُم بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ 

    Open ayah 26:202

    र, अचेत अवस्थामा त्यो प्रकोप तिनीहरूमाथि अनायास आइलाग्नेछ ।

  203. فَيَقُولُواْ هَلۡ نَحۡنُ مُنظَرُونَ 

    Open ayah 26:203

    अनि तिनीहरूले भन्नेछन्– “के हामीलाई केही अवसर प्राप्त हुन सक्छ ?”

  204. أَفَبِعَذَابِنَا يَسۡتَعۡجِلُونَ 

    Open ayah 26:204

    के यिनीहरू हाम्रो प्रकोप चाँडै आओस् भन्ने चाहन्छन् ?”

  205. أَفَرَءَيۡتَ إِن مَّتَّعۡنَٰهُمۡ سِنِينَ 

    Open ayah 26:205

    के तिमीले मनन् गर्यौ– तिनीहरूलाई हामी वर्षाैंसम्म सुखभोग गर्न दिऔं,

  206. ثُمَّ جَآءَهُم مَّا كَانُواْ يُوعَدُونَ 

    Open ayah 26:206

    अनि तिनीहरूमाथि त्यो (प्रकोप) आयो जसबाट तिनीहरूलाई तर्साइँदै थियो,

  207. مَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يُمَتَّعُونَ 

    Open ayah 26:207

    तिनीहरूले फाइदा लिइरहेका ती सुखसामग्रीहरू तिनीहरूका लागि केही काम लाग्ने भएनन् ।

  208. وَمَآ أَهۡلَكۡنَا مِن قَرۡيَةٍ إِلَّا لَهَا مُنذِرُونَ 

    Open ayah 26:208

    र, हामीले कुनै पनि नगरलाई त्यसतर्फ सचेतक पठाएपछि मात्र नष्ट गर्यौं ।

  209. ذِكۡرَىٰ وَمَا كُنَّا ظَٰلِمِينَ 

    Open ayah 26:209

    (ताकि सचेतकले) नसीहत गरून् किनकि हामी अत्याचारी होइनौं ।

  210. وَمَا تَنَزَّلَتۡ بِهِ ٱلشَّيَٰطِينُ 

    Open ayah 26:210

    र, यस (कुरआन) लाई शैतानहरूले लिएर अवतीर्ण भएका होइनन् ।

  211. وَمَا يَنۢبَغِي لَهُمۡ وَمَا يَسۡتَطِيعُونَ

    Open ayah 26:211

    तिनीहरूलाई यो सुहाउँदैन पनि र तिनिहरू सामर्थ्य पनि राख्दैनन्।

  212. إِنَّهُمۡ عَنِ ٱلسَّمۡعِ لَمَعۡزُولُونَ

    Open ayah 26:212

    तिनीहरूलाई त यो सुन्नबाट पनि वञ्चित गरिएको छन् ।

  213. فَلَا تَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ فَتَكُونَ مِنَ ٱلۡمُعَذَّبِينَ

    Open ayah 26:213

    अतः अल्लाहसँगै अन्य पूज्यलाई नपुकार । अन्यथा तिमी पनि दण्डीत मानिसहरूमा सामेल हुनेछौ ।

  214. وَأَنذِرۡ عَشِيرَتَكَ ٱلۡأَقۡرَبِينَ

    Open ayah 26:214

    र, आफ्ना निकटतम नातेदारहरूलाई सावधान गर ।

  215. وَٱخۡفِضۡ جَنَاحَكَ لِمَنِ ٱتَّبَعَكَ مِنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 26:215

    र, आस्थावानहरूमध्ये आफ्ना अनुयायीहरूसँग विनम्रताको व्यवहार गर ।

  216. فَإِنۡ عَصَوۡكَ فَقُلۡ إِنِّي بَرِيٓءٞ مِّمَّا تَعۡمَلُونَ

    Open ayah 26:216

    तर तिनीहरू तिम्रो अवज्ञा गर्छन् भने तिनीहरूलाई भन– “तिमीहरूले गर्ने गरेका क्रियाकलापहरूसित मेरो कुनै सम्बन्ध छैन ।”

  217. وَتَوَكَّلۡ عَلَى ٱلۡعَزِيزِ ٱلرَّحِيمِ

    Open ayah 26:217

    र, भरोसा राख अति प्रभुत्वशाली एवं परम दयालु (अल्लाह) माथि;

  218. ٱلَّذِي يَرَىٰكَ حِينَ تَقُومُ

    Open ayah 26:218

    जो हेर्ने गर्छन् तिमीलाई जब तिमी (नमाजमा) खडा हुन्छौ..

  219. وَتَقَلُّبَكَ فِي ٱلسَّٰجِدِينَ

    Open ayah 26:219

    र, तिम्रा गतिविधिहरूलाई जब तिमी सज्दा गर्नेहरूमाझ हुन्छौ ।

  220. إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ 

    Open ayah 26:220

    निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  221. هَلۡ أُنَبِّئُكُمۡ عَلَىٰ مَن تَنَزَّلُ ٱلشَّيَٰطِينُ

    Open ayah 26:221

    के म तिमीहरूलाई बताऊँ शैतानहरू कसमाथि अवतरित हुने गर्छन् ?

  222. تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٖ

    Open ayah 26:222

    तिनीहरू प्रत्येक घोर मिथ्यावादी पापीहरूमाथि अवतरित हुने गर्छन्.

  223. يُلۡقُونَ ٱلسَّمۡعَ وَأَكۡثَرُهُمۡ كَٰذِبُونَ

    Open ayah 26:223

    जो (शैतानहरूतर्फ) कान थाप्छन् र तिनीहरूमध्ये अधिकांश मिथ्यावादी हुन् ।

  224. وَٱلشُّعَرَآءُ يَتَّبِعُهُمُ ٱلۡغَاوُۥنَ

    Open ayah 26:224

    र रहे कविहरू; तिनीहरूको अनुसरण त पथभ्रष्टहरूले गर्छन् ।

  225. أَلَمۡ تَرَ أَنَّهُمۡ فِي كُلِّ وَادٖ يَهِيمُونَ

    Open ayah 26:225

    के तिमी देख्दैनौ कसरी तिनीहरू प्रत्येक उपत्यकामा भौंतारिरहेका हुन्छन् ।

  226. وَأَنَّهُمۡ يَقُولُونَ مَا لَا يَفۡعَلُونَ

    Open ayah 26:226

    र, तिनीहरू जे भन्छन् त्यो गर्दैनन् ।

  227. إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَذَكَرُواْ ٱللَّهَ كَثِيرٗا وَٱنتَصَرُواْ مِنۢ بَعۡدِ مَا ظُلِمُواْۗ وَسَيَعۡلَمُ ٱلَّذِينَ ظَلَمُوٓاْ أَيَّ مُنقَلَبٖ يَنقَلِبُونَ

    Open ayah 26:227

    ती मानिसहरू बाहेक जसले ईमान ल्याए, सत्कर्म गरे, अल्लाहलाई अत्यधिक स्मरण गरे र पीडित भएपछि प्रतिशोध मात्र लिए । र, अत्याचारीहरूले के कस्तो परिणामको सामना गर्नुपर्नेछ भनी चाडैं नै जान्नेछन् ।