النمل

An-Naml

The Ant · Surah 27 · Ayahs: 93 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. طسٓۚ تِلۡكَ ءَايَٰتُ ٱلۡقُرۡءَانِ وَكِتَابٖ مُّبِينٍ

    Open ayah 27:1

    ता० सीन०; यी आयतहरू कुरआन तथा स्पष्ट ग्रन्थका हुन् ।

  2. هُدٗى وَبُشۡرَىٰ لِلۡمُؤۡمِنِينَ

    Open ayah 27:2

    मार्गदर्शन तथा शुभसन्देश हो यस्ता आस्थावानहरूकालागि..झ..

  3. ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ

    Open ayah 27:3

    जो नमाज कायम गर्छन्, जकात दिन्छन् र आखिरतमाथि आस्था राख्दछन् ।

  4. إِنَّ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ زَيَّنَّا لَهُمۡ أَعۡمَٰلَهُمۡ فَهُمۡ يَعۡمَهُونَ

    Open ayah 27:4

    निस्सन्देह जसले आखिरतमाथि आस्था राख्दैनन् तिनीहरुका कार्यहरूलाई तिनीहरुकालागि शोभनीय बनाइदिएका छौं । त्यसैले तिनीहरू त्यसैमा भौंतारिरहेका छन् ।

  5. أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَهُمۡ سُوٓءُ ٱلۡعَذَابِ وَهُمۡ فِي ٱلۡأٓخِرَةِ هُمُ ٱلۡأَخۡسَرُونَ

    Open ayah 27:5

    यस्ता मानिसहरूकालागि नै पीडादायी यातना रहेको छ र आखिरतमा तिनीहरू नै सर्वाधिक घाटामा हुनेछन् ।

  6. وَإِنَّكَ لَتُلَقَّى ٱلۡقُرۡءَانَ مِن لَّدُنۡ حَكِيمٍ عَلِيمٍ

    Open ayah 27:6

    र, (हे मुहम्मद स.!) यो कुरआन तिमीलाई परम तत्वदर्शी तथा सर्वज्ञ (अल्लाह) को तर्फबाट प्रदान गरिंदैछ ।

  7. إِذۡ قَالَ مُوسَىٰ لِأَهۡلِهِۦٓ إِنِّيٓ ءَانَسۡتُ نَارٗا سَـَٔاتِيكُم مِّنۡهَا بِخَبَرٍ أَوۡ ءَاتِيكُم بِشِهَابٖ قَبَسٖ لَّعَلَّكُمۡ تَصۡطَلُونَ

    Open ayah 27:7

    स्मरण गर जब मूसाले आफ्ना परिवारलाई भने– “मैले आगो देखेको छु । म त्यहाँबाट कुनै खबर वा आगोको एउटा अगुल्टो लिएर आउँदैछु ताकि तिमीहरू ताप्न सक ।

  8. فَلَمَّا جَآءَهَا نُودِيَ أَنۢ بُورِكَ مَن فِي ٱلنَّارِ وَمَنۡ حَوۡلَهَا وَسُبۡحَٰنَ ٱللَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 27:8

    जब मूसा त्यहाँ पुगे तब आवाज आयो– “बरकतयुक्त छन् उनी जो यस अग्निभित्र छन् र उनीहरू पनि जो यसको वरिपरि छन् । अति पवित्र छन् अल्लाह जो सारा जगत्का मालिक हुन् ।”

  9. يَٰمُوسَىٰٓ إِنَّهُۥٓ أَنَا ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 27:9

    ए मूसा ! निस्सन्देह, म नै हुँ– अल्लाह; अत्यन्त प्रभुत्वशाली एवं तत्वदर्शी ।

  10. وَأَلۡقِ عَصَاكَۚ فَلَمَّا رَءَاهَا تَهۡتَزُّ كَأَنَّهَا جَآنّٞ وَلَّىٰ مُدۡبِرٗا وَلَمۡ يُعَقِّبۡۚ يَٰمُوسَىٰ لَا تَخَفۡ إِنِّي لَا يَخَافُ لَدَيَّ ٱلۡمُرۡسَلُونَ 

    Open ayah 27:10

    र, तिमी आफ्नो लौरो धर्तीमा राख । मूसाले त्यो लौरो सर्प झैं घिस्रिंदै गरेको देखे तब पिठ्यूँ फर्काएर भागे र पछाडि फर्केर पनि हेरेनन् । (भनियो)– “हे मूसा ! नडराऊ ! रसूलहरू म नजिक डराउनु पर्दैन..

  11. إِلَّا مَن ظَلَمَ ثُمَّ بَدَّلَ حُسۡنَۢا بَعۡدَ سُوٓءٖ فَإِنِّي غَفُورٞ رَّحِيمٞ

    Open ayah 27:11

    तर त्यो व्यक्ति जसले अत्याचार गर्यो । अनि दुष्कर्म गरेपछि पुनः पुण्य कार्य गर्यो । निस्सन्देह म अति क्षमाशील एवं परम दयालु छु ।

  12. وَأَدۡخِلۡ يَدَكَ فِي جَيۡبِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٖۖ فِي تِسۡعِ ءَايَٰتٍ إِلَىٰ فِرۡعَوۡنَ وَقَوۡمِهِۦٓۚ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ

    Open ayah 27:12

    र, आफ्नो हात काखीमा राख, त्यो कुनै रोगबिना नै चम्किलो सेतो भएर निस्कनेछ । यी नौवटा चमत्कारमध्येका हुन् । (यी सबै लिएर) फिरऔन तथा उनका समुदायसमक्ष जाऊ । वास्तवमा तिनीहरू दुराचारी हुन् ।

  13. فَلَمَّا جَآءَتۡهُمۡ ءَايَٰتُنَا مُبۡصِرَةٗ قَالُواْ هَٰذَا سِحۡرٞ مُّبِينٞ

    Open ayah 27:13

    जब तिनीहरूसमक्ष हाम्रा स्पष्ट निशानीहरू पुगे तब तिनीहरूले भने– “यो त स्पष्ट रूपमा जादू हो ।”

  14. وَجَحَدُواْ بِهَا وَٱسۡتَيۡقَنَتۡهَآ أَنفُسُهُمۡ ظُلۡمٗا وَعُلُوّٗاۚ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُفۡسِدِينَ

    Open ayah 27:14

    र, तिनीहरूले अत्याचार तथा अहङ्कारले गर्दा ती चमत्कारहरूलाई इन्कार गरे जबकि तिनीहरूका आत्मा तिनीहरूप्रति विश्वस्त थिए । अतः हेर, कस्तो भयो विध्वंसकारी– हरूको परिणाम !

  15. وَلَقَدۡ ءَاتَيۡنَا دَاوُۥدَ وَسُلَيۡمَٰنَ عِلۡمٗاۖ وَقَالَا ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي فَضَّلَنَا عَلَىٰ كَثِيرٖ مِّنۡ عِبَادِهِ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 27:15

    र, हामीले दाऊद तथा सुलैमानलाई ज्ञान प्रदान गर्यौं । अनि ती दुवैले भने– “सम्पूर्ण प्रशंसा अल्लाहकैलागि हुन् जसले हामीलाई आफ्ना अधिकांश आस्थावान भक्तहरूमाथि प्रधानता प्रदान गरे ।”

  16. وَوَرِثَ سُلَيۡمَٰنُ دَاوُۥدَۖ وَقَالَ يَٰٓأَيُّهَا ٱلنَّاسُ عُلِّمۡنَا مَنطِقَ ٱلطَّيۡرِ وَأُوتِينَا مِن كُلِّ شَيۡءٍۖ إِنَّ هَٰذَا لَهُوَ ٱلۡفَضۡلُ ٱلۡمُبِينُ

    Open ayah 27:16

    अनि सुलैमान दाऊदका उत्तराधिकारी बने । र, भने– “हे मानिसहरू हो ! हामीलाई पंक्षीहरूको भाषा सिकाइएको छ, अनि सबै प्रकारका वस्तुहरू प्रदान गरिएको छ । निस्सन्देह यो (अल्लाहको) स्पष्ट कृपा हो ।”

  17. وَحُشِرَ لِسُلَيۡمَٰنَ جُنُودُهُۥ مِنَ ٱلۡجِنِّ وَٱلۡإِنسِ وَٱلطَّيۡرِ فَهُمۡ يُوزَعُونَ

    Open ayah 27:17

    र, सुलैमानसमक्ष उनका फौज जिन्न, मनुष्य तथा पंक्षीहरूलाई भेला गरिएको थियो जसलाई विभिन्न समूहमा विभाजन गरेर लगिन्थ्यो ।

  18. حَتَّىٰٓ إِذَآ أَتَوۡاْ عَلَىٰ وَادِ ٱلنَّمۡلِ قَالَتۡ نَمۡلَةٞ يَٰٓأَيُّهَا ٱلنَّمۡلُ ٱدۡخُلُواْ مَسَٰكِنَكُمۡ لَا يَحۡطِمَنَّكُمۡ سُلَيۡمَٰنُ وَجُنُودُهُۥ وَهُمۡ لَا يَشۡعُرُونَ

    Open ayah 27:18

    यहाँसम्म कि जब तिनीहरू कमिलाहरूको उपत्यकामा पुगे तब एउटा कमिलाले भन्यो– “हे कमिलाहरू हो ! आ–आफ्ना दुलाहरूभित्र पसिहाल अन्यथा सुलैमान र उनका लस्करले अज्ञानतावश तिमीहरूलाई कुल्चनेछन् ।”

  19. فَتَبَسَّمَ ضَاحِكٗا مِّن قَوۡلِهَا وَقَالَ رَبِّ أَوۡزِعۡنِيٓ أَنۡ أَشۡكُرَ نِعۡمَتَكَ ٱلَّتِيٓ أَنۡعَمۡتَ عَلَيَّ وَعَلَىٰ وَٰلِدَيَّ وَأَنۡ أَعۡمَلَ صَٰلِحٗا تَرۡضَىٰهُ وَأَدۡخِلۡنِي بِرَحۡمَتِكَ فِي عِبَادِكَ ٱلصَّٰلِحِينَ

    Open ayah 27:19

    अनि उनको कुरा सुनेर सुलैमान मुसुमुसु हाँसे र भने– “हे मेरा पालनकर्ता ! तिमीले म र मेरा मातापिताप्रति गरेको कृपाले गर्दा तिम्रो कृतज्ञ बन्ने र तिम्रो प्रसन्नता प्राप्त गर्न सक्ने सत्कर्म गर्ने कार्यको क्षमता प्रदान गर र आफ्नो दयाद्वारा मलाई तिम्रा आफ्ना सत्कर्मी भक्तहरूमा सामेल गर ।

  20. وَتَفَقَّدَ ٱلطَّيۡرَ فَقَالَ مَا لِيَ لَآ أَرَى ٱلۡهُدۡهُدَ أَمۡ كَانَ مِنَ ٱلۡغَآئِبِينَ

    Open ayah 27:20

    अनि, उनले सबै पंक्षीहरूलाई खोजतलास गरे र भने– “के हो, म हुद्हुद् (नामक चरो) लाई देख्दिन । के त्यो अनुपस्थित छ ?

  21. لَأُعَذِّبَنَّهُۥ عَذَابٗا شَدِيدًا أَوۡ لَأَاْذۡبَحَنَّهُۥٓ أَوۡ لَيَأۡتِيَنِّي بِسُلۡطَٰنٖ مُّبِينٖ

    Open ayah 27:21

    म त्यसलाई कठोर दण्ड दिनेछु, या त्यसलाई वध नै गरिदिनेछु ।” अथवा त्यसले मसमक्ष उचित स्पष्टिकरण प्रस्तुत गरोस् ।

  22. فَمَكَثَ غَيۡرَ بَعِيدٖ فَقَالَ أَحَطتُ بِمَا لَمۡ تُحِطۡ بِهِۦ وَجِئۡتُكَ مِن سَبَإِۭ بِنَبَإٖ يَقِينٍ

    Open ayah 27:22

    अनि, केही समय नबित्दै हुद्हुद् आएर भन्यो– “मैले यस्तो कुराको ज्ञान प्राप्त गरेको छु जसबारे तपाईं अवगत हुनुहुन्न, र मैले सबाबाट तपाईंकोलागि एउटा सत्य खबर ल्याएको छु ।

  23. إِنِّي وَجَدتُّ ٱمۡرَأَةٗ تَمۡلِكُهُمۡ وَأُوتِيَتۡ مِن كُلِّ شَيۡءٖ وَلَهَا عَرۡشٌ عَظِيمٞ

    Open ayah 27:23

    मैले एकजना यस्ती महिलालाई देखें जो आफ्नो समुदायको शासक हुन् र तिनलाई सम्पूर्ण चिजहरू प्राप्त छ तथा तिनको एउटा महान् सिंहासन पनि छ ।,

  24. وَجَدتُّهَا وَقَوۡمَهَا يَسۡجُدُونَ لِلشَّمۡسِ مِن دُونِ ٱللَّهِ وَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَصَدَّهُمۡ عَنِ ٱلسَّبِيلِ فَهُمۡ لَا يَهۡتَدُونَ

    Open ayah 27:24

    मैले उनलाई तथा उनको समुदायलाई अल्लाहबाहेक सूर्यको उपासना गर्दै गरेको पाएँ । र, शैतानले तिनीहरूका कार्यहरूलाई तिनीहरूको दृष्टिमा आकर्षक तुल्याएको छ अनि तिनीहरूलाई सत्मार्गबाट रोकेको छ । त्यसैले तिनीहरू सीधामार्ग पाइरहेका छैनन् ।

  25. أَلَّاۤ يَسۡجُدُواْۤ لِلَّهِ ٱلَّذِي يُخۡرِجُ ٱلۡخَبۡءَ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَيَعۡلَمُ مَا تُخۡفُونَ وَمَا تُعۡلِنُونَ

    Open ayah 27:25

    (उसले रोक्यो) कि तिनीहरू एक मात्र अल्लाहसामु सज्दा नगरून् जसले आकाशहरू तथा पृथ्वीका अदृश्य चिजहरूलाई बाहिर ल्याउँछन्, र तिमीहरूले गोप्य राखेका तथा प्रकट गरेका सबै कुराहरूलाई जान्दछन् ।

  26. ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ رَبُّ ٱلۡعَرۡشِ ٱلۡعَظِيمِ۩

    Open ayah 27:26

    अल्लाह उनै हुन्, जसबाहेक अन्य कोही उपास्य छैन । उनी नै महान् सिंहासनका स्वामी हुन् ।”

  27. ۞قَالَ سَنَنظُرُ أَصَدَقۡتَ أَمۡ كُنتَ مِنَ ٱلۡكَٰذِبِينَ

    Open ayah 27:27

    सुलैमानले (हुद्हुद्लाई) भने– “तिमीले साँचो कुरा गरेका हौ वा झूठो हामी चाँडै नै हेर्नेछौं ।

  28. ٱذۡهَب بِّكِتَٰبِي هَٰذَا فَأَلۡقِهۡ إِلَيۡهِمۡ ثُمَّ تَوَلَّ عَنۡهُمۡ فَٱنظُرۡ مَاذَا يَرۡجِعُونَ

    Open ayah 27:28

    तिमी मेरो यो पत्र लिएर जाऊ र यसलाई तिनीहरूसमक्ष फ्याँकिदेऊ । त्यसपछि तिनीहरूबाट टाढा रहेर हेर कि तिनीहरू के प्रतिक्रिया देखाउँछन् । ”

  29. قَالَتۡ يَٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ إِنِّيٓ أُلۡقِيَ إِلَيَّ كِتَٰبٞ كَرِيمٌ

    Open ayah 27:29

    रानीले भनिन्– “हे दरबारियाहरू हो ! मलाई एउटा महत्वपूर्ण पत्र प्राप्त भएको छ ।

  30. إِنَّهُۥ مِن سُلَيۡمَٰنَ وَإِنَّهُۥ بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ 

    Open ayah 27:30

    यो सुलैमानको तर्फबाट आएको हो र जुन यो हो कि, “शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट ।

  31. أَلَّا تَعۡلُواْ عَلَيَّ وَأۡتُونِي مُسۡلِمِينَ

    Open ayah 27:31

    मेरो अवज्ञा नगर र मेरो आज्ञा मानेर मसमक्ष हाजिर होऊ ।”

  32. قَالَتۡ يَٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ أَفۡتُونِي فِيٓ أَمۡرِي مَا كُنتُ قَاطِعَةً أَمۡرًا حَتَّىٰ تَشۡهَدُونِ

    Open ayah 27:32

    रानीले भनिन्– “हे दरबारियाहरू हो ! मलाई यस मामिलामा परामर्श देऊ । म तिमीहरूको सल्लाह बिना कुनै ठोस निर्णय गर्दिन ।”

  33. قَالُواْ نَحۡنُ أُوْلُواْ قُوَّةٖ وَأُوْلُواْ بَأۡسٖ شَدِيدٖ وَٱلۡأَمۡرُ إِلَيۡكِ فَٱنظُرِي مَاذَا تَأۡمُرِينَ

    Open ayah 27:33

    तिनीहरूले भने– “हामी शक्तिशाली तथा वीर छौं र निर्णय तपाईंको हातमा छ । तपाईं स्वयं विचार गर्नुहोस् कि हामीलाई के आदेश दिनुहुन्छ ।”

  34. قَالَتۡ إِنَّ ٱلۡمُلُوكَ إِذَا دَخَلُواْ قَرۡيَةً أَفۡسَدُوهَا وَجَعَلُوٓاْ أَعِزَّةَ أَهۡلِهَآ أَذِلَّةٗۚ وَكَذَٰلِكَ يَفۡعَلُونَ

    Open ayah 27:34

    रानीले भनिन्– “कुरा के छ भने, जब राजाहरू कुनै देशमा प्रवेश गर्छन त्यसलाई नष्ट र त्यहाँका सम्मानित व्यक्तिहरूलाई अपमानित गर्छन् । र, यिनीहरू पनि त्यस्तै गर्छन् ।

  35. وَإِنِّي مُرۡسِلَةٌ إِلَيۡهِم بِهَدِيَّةٖ فَنَاظِرَةُۢ بِمَ يَرۡجِعُ ٱلۡمُرۡسَلُونَ

    Open ayah 27:35

    र म तिनीहरूलाई एउटा उपहार पठाउँछु र हेर्छु कि (मेरा) दूतहरू के कस्तो उत्तर लिएर आउँछन् ।”

  36. فَلَمَّا جَآءَ سُلَيۡمَٰنَ قَالَ أَتُمِدُّونَنِ بِمَالٖ فَمَآ ءَاتَىٰنِۦَ ٱللَّهُ خَيۡرٞ مِّمَّآ ءَاتَىٰكُمۚ بَلۡ أَنتُم بِهَدِيَّتِكُمۡ تَفۡرَحُونَ

    Open ayah 27:36

    र, जब दूतहरू सुलैमानकहाँ आए तब उनले भने–“के तिमीहरू धन सम्पत्तिद्वारा मेरो मद्दत गर्न चाहन्छौ ? अल्लाहले मलाई जेजति प्रदान गरेका छन् त्यो तिमीहरूलाई दिएको धन सम्पत्तिभन्दा उत्तम रहेको छ, बरु तिमीहरू नै आफ्नो उपहारसँग रमाऊ ।

  37. ٱرۡجِعۡ إِلَيۡهِمۡ فَلَنَأۡتِيَنَّهُم بِجُنُودٖ لَّا قِبَلَ لَهُم بِهَا وَلَنُخۡرِجَنَّهُم مِّنۡهَآ أَذِلَّةٗ وَهُمۡ صَٰغِرُونَ

    Open ayah 27:37

    ( हे दूतहरु ! ) फर्केर तिनीहरूसमक्ष जाऊ, तिनीहरूविरुद्ध हामी यस्ता सेना लिएर आउनेछौं जसको मुकाबिला तिनीहरूले गर्नसक्ने छैनन्, र त्यहाँबाट तिनीहरूलाई बेइज्जतीपूर्वक निकाल्नेछौं अनि तिनीहरू अपमानित हुनेछन् ।”

  38. قَالَ يَٰٓأَيُّهَا ٱلۡمَلَؤُاْ أَيُّكُمۡ يَأۡتِينِي بِعَرۡشِهَا قَبۡلَ أَن يَأۡتُونِي مُسۡلِمِينَ

    Open ayah 27:38

    (सुलैमानले) भने– “हे मेरा भारदारहरू हो ! तिनीहरू मकहाँ आज्ञाकारी भई आउनुअघि नै तिमीहरूमध्ये कसले उसको सिंहासन मेरो सामुन्ने प्रस्तुत गर्न सक्छ ?

  39. قَالَ عِفۡرِيتٞ مِّنَ ٱلۡجِنِّ أَنَا۠ ءَاتِيكَ بِهِۦ قَبۡلَ أَن تَقُومَ مِن مَّقَامِكَۖ وَإِنِّي عَلَيۡهِ لَقَوِيٌّ أَمِينٞ

    Open ayah 27:39

    एक शक्तिशाली जिन्नले भन्यो– “तपाईं आफ्नो स्थानबाट उठ्नुअघि नै म त्यसलाई तपाईंसमक्ष प्रस्तुत गर्नेछु । मलाई यो शक्ति प्राप्त छ र म विश्वसनीय पनि छु ।”

  40. قَالَ ٱلَّذِي عِندَهُۥ عِلۡمٞ مِّنَ ٱلۡكِتَٰبِ أَنَا۠ ءَاتِيكَ بِهِۦ قَبۡلَ أَن يَرۡتَدَّ إِلَيۡكَ طَرۡفُكَۚ فَلَمَّا رَءَاهُ مُسۡتَقِرًّا عِندَهُۥ قَالَ هَٰذَا مِن فَضۡلِ رَبِّي لِيَبۡلُوَنِيٓ ءَأَشۡكُرُ أَمۡ أَكۡفُرُۖ وَمَن شَكَرَ فَإِنَّمَا يَشۡكُرُ لِنَفۡسِهِۦۖ وَمَن كَفَرَ فَإِنَّ رَبِّي غَنِيّٞ كَرِيمٞ 

    Open ayah 27:40

    ग्रन्थको ज्ञानप्राप्त एकजनाले भने– “तपाईंले आँखा झिम्क्याउनुभन्दा पनि चाँडै म त्यो तपाईंसमक्ष प्रस्तुत गर्न सक्छु ।” अनि जब उनले त्यो (सिंहासन) आफ्नो अगाडि राखेको देखे तब उनले भने– “यो त मेरा पालनकर्ताको वरदान हो ताकि उनले मेरो परीक्षा लेऊन् कि म कृतज्ञ छु वा कृतघ्न ! र, जो कृतज्ञ बन्छ ऊ आफ्नैलागि कृतज्ञ बन्छ र जो कृतघ्न बन्छ (उसले आफ्नै हानि गर्छ) त मेरा पालनकर्ता निस्पृह एवं प्रतिष्ठित छन् ।

  41. قَالَ نَكِّرُواْ لَهَا عَرۡشَهَا نَنظُرۡ أَتَهۡتَدِيٓ أَمۡ تَكُونُ مِنَ ٱلَّذِينَ لَا يَهۡتَدُونَ

    Open ayah 27:41

    सुलैमानले भने– “रानीको सिंहासनमा अलि फेरबदल गरिदेऊ, हेरौं उनी त्यसलाई चिन्न सक्छिन् वा चिन्न नसक्नेहरूमध्येकि हुन्छिन् ।

  42. فَلَمَّا جَآءَتۡ قِيلَ أَهَٰكَذَا عَرۡشُكِۖ قَالَتۡ كَأَنَّهُۥ هُوَۚ وَأُوتِينَا ٱلۡعِلۡمَ مِن قَبۡلِهَا وَكُنَّا مُسۡلِمِينَ

    Open ayah 27:42

    जब रानी आइन् तब उनलाई भनियो– “के तिम्रो सिंहासन यस्तै छ ?” उनले भनिन्– “मानौ यो त्यही हो । अनि यसअघि नै हामीलाई ज्ञान प्राप्त भइसकेको थियो र हामी आज्ञाकारी (मुस्लिम) बनिसकेका थियौं ।”

  43. وَصَدَّهَا مَا كَانَت تَّعۡبُدُ مِن دُونِ ٱللَّهِۖ إِنَّهَا كَانَتۡ مِن قَوۡمٖ كَٰفِرِينَ

    Open ayah 27:43

    रानीलाई ती उपास्यहरूले रोकेका थिए जसको तिनी पूजा गर्ने गर्थिन् । तिनी कृतघ्न मानिसहरूमध्येकी थिइन् ।

  44. قِيلَ لَهَا ٱدۡخُلِي ٱلصَّرۡحَۖ فَلَمَّا رَأَتۡهُ حَسِبَتۡهُ لُجَّةٗ وَكَشَفَتۡ عَن سَاقَيۡهَاۚ قَالَ إِنَّهُۥ صَرۡحٞ مُّمَرَّدٞ مِّن قَوَارِيرَۗ قَالَتۡ رَبِّ إِنِّي ظَلَمۡتُ نَفۡسِي وَأَسۡلَمۡتُ مَعَ سُلَيۡمَٰنَ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 27:44

    उनलाई भनियो– “यस महलमा प्रवेश गर ।” र, जब उनले त्यो देखिन् तब त्यसलाई पानीको कुण्ड ठानिन् र त्यसमा पस्नकोलागि पिडौंलासम्म लुगा उठाइन् । सुलैमानले भने– “यो त पूर्ण रूपमा सीसा जडित महल हो ।” तिनले भनिन्– “हे मेरा पालनकर्ता ! मैले स्वयंमाथि अत्याचार गरेकि थिएँ र म सुलैमानसमक्ष सम्पूर्ण जगत्का स्वामी अल्लाहको आज्ञाकारी बनेँ ।”

  45. وَلَقَدۡ أَرۡسَلۡنَآ إِلَىٰ ثَمُودَ أَخَاهُمۡ صَٰلِحًا أَنِ ٱعۡبُدُواْ ٱللَّهَ فَإِذَا هُمۡ فَرِيقَانِ يَخۡتَصِمُونَ

    Open ayah 27:45

    र, हामीले समूदका समुदायतर्फ उनका भाइ सालेहलाई पठायौं कि केवल अल्लाहको उपासना गर । तर तिनीहरू दुई समूहमा विभाजित भई परस्पर झगडा गर्न थाले ।

  46. قَالَ يَٰقَوۡمِ لِمَ تَسۡتَعۡجِلُونَ بِٱلسَّيِّئَةِ قَبۡلَ ٱلۡحَسَنَةِۖ لَوۡلَا تَسۡتَغۡفِرُونَ ٱللَّهَ لَعَلَّكُمۡ تُرۡحَمُونَ

    Open ayah 27:46

    सालेहले भने– “हे मेरा जातिबन्धुहरू हो ! तिमीहरू भलाइभन्दा पहिले हानीकोलागि किन हतार गर्छौ ? तिमीहरू अल्लाहसित क्षमायाचना किन गर्दैनौ ताकि तिमीहरूमाथि दया गरियोस् ?”

  47. قَالُواْ ٱطَّيَّرۡنَا بِكَ وَبِمَن مَّعَكَۚ قَالَ طَٰٓئِرُكُمۡ عِندَ ٱللَّهِۖ بَلۡ أَنتُمۡ قَوۡمٞ تُفۡتَنُونَ

    Open ayah 27:47

    तिनीहरूले भने– “हामी त तिमी र तिमीसित रहेका मानिसहरूलाइ अलच्छिन ठान्छौं ।” सालेहले भने– “तिमीहरूको अपसगुन त अल्लाहसित नै छ, बरु तिमीहरूको पो परीक्षा लिईंदै छ त ।”

  48. وَكَانَ فِي ٱلۡمَدِينَةِ تِسۡعَةُ رَهۡطٖ يُفۡسِدُونَ فِي ٱلۡأَرۡضِ وَلَا يُصۡلِحُونَ

    Open ayah 27:48

    र, शहरमा नौवटा समूहहरू थिए जसले देशमा विध्वंस मच्चाउने गर्थे र सुधारको काम गर्दैनथे ।

  49. قَالُواْ تَقَاسَمُواْ بِٱللَّهِ لَنُبَيِّتَنَّهُۥ وَأَهۡلَهُۥ ثُمَّ لَنَقُولَنَّ لِوَلِيِّهِۦ مَا شَهِدۡنَا مَهۡلِكَ أَهۡلِهِۦ وَإِنَّا لَصَٰدِقُونَ

    Open ayah 27:49

    तिनीहरूले भने– “आपसमा अल्लाहको कसम खाऊ कि हामी अवश्य नै सालेह र उसका परिवारमाथि राती आक्रमण गर्नेछौं, अनि उसका उत्तराधिकारीलाई भन्नेछौं कि हामी उसको परिवारको हत्यास्थल गएका पनि थिएनौ । हामी साँचो बोलिरहेकाछौं ।”

  50. وَمَكَرُواْ مَكۡرٗا وَمَكَرۡنَا مَكۡرٗا وَهُمۡ لَا يَشۡعُرُونَ 

    Open ayah 27:50

    अनि, तिनीहरूले षड्यन्त्र गरे र हामीले पनि योजना बनायौं जसको जानकारी तिनीहरूलाई थिएन ।

  51. فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ مَكۡرِهِمۡ أَنَّا دَمَّرۡنَٰهُمۡ وَقَوۡمَهُمۡ أَجۡمَعِينَ

    Open ayah 27:51

    अतः हेर कस्तो परिणाम भयो तिनीहरूको षड्यन्त्रको । हामीले तिनीहरूलाई र तिनीहरुका समुदायका मानिसहरूलाई पूर्ण रूपमा विनाश गरिदियौं ।

  52. فَتِلۡكَ بُيُوتُهُمۡ خَاوِيَةَۢ بِمَا ظَلَمُوٓاْۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّقَوۡمٖ يَعۡلَمُونَ

    Open ayah 27:52

    अनि यिनै हुन् तिनीहरूका घरहरू जुन, तिनीहरूले गर्ने गरेका अत्याचारको कारणले, ध्वस्त भए । निस्सन्देह यसमा ज्ञानी मानिसहरूकालागि निशानी रहेको छ ।

  53. وَأَنجَيۡنَا ٱلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ

    Open ayah 27:53

    र, ईमान ल्याउने तथा ईशभय राख्ने मानिसहरूलाई हामीले बचायौं ।

  54. وَلُوطًا إِذۡ قَالَ لِقَوۡمِهِۦٓ أَتَأۡتُونَ ٱلۡفَٰحِشَةَ وَأَنتُمۡ تُبۡصِرُونَ

    Open ayah 27:54

    र, स्मरण गर लूतलाई जब उनले आफ्ना जाति–बन्धुहरूलाई भने– “के तिमीहरू खुल्लमखुल्ला घृणित कार्य गर्छौ ?

  55. أَئِنَّكُمۡ لَتَأۡتُونَ ٱلرِّجَالَ شَهۡوَةٗ مِّن دُونِ ٱلنِّسَآءِۚ بَلۡ أَنتُمۡ قَوۡمٞ تَجۡهَلُونَ

    Open ayah 27:55

    के तिमीहरू यौनतृष्णा मेटाउन महिलाको साटो पुरुषतर्फ जाने गर्छौ ? वास्तवमा तिमीहरू निकृष्ट अज्ञानी समूदाय हौ ।”

  56. ۞فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُوٓاْ أَخۡرِجُوٓاْ ءَالَ لُوطٖ مِّن قَرۡيَتِكُمۡۖ إِنَّهُمۡ أُنَاسٞ يَتَطَهَّرُونَ

    Open ayah 27:56

    उनको समूदायको उत्तर यो मात्र थियो कि, उनले भने लूत र उनका अनुयायीहरूलाई आफ्नो बस्तीबाट निकाली देऊ । यिनीहरू अति नै पवित्र रहने मानिसहरू हुन् ।

  57. فَأَنجَيۡنَٰهُ وَأَهۡلَهُۥٓ إِلَّا ٱمۡرَأَتَهُۥ قَدَّرۡنَٰهَا مِنَ ٱلۡغَٰبِرِينَ

    Open ayah 27:57

    अनि हामीले लूत तथा उनका परिवारलाई बचायौं उनकी पत्नी बाहेक जसलाई हामीले पछि रहनेहरूमध्येमा निश्चित गरेका थियौं ।

  58. وَأَمۡطَرۡنَا عَلَيۡهِم مَّطَرٗاۖ فَسَآءَ مَطَرُ ٱلۡمُنذَرِينَ

    Open ayah 27:58

    र, हामीले तिनीहरूमाथि वर्षा बर्सायौं । कत्ति निकृष्ट थियो सावधान गरिएका मानिसहरूमाथि गरिएको वर्षा !

  59. قُلِ ٱلۡحَمۡدُ لِلَّهِ وَسَلَٰمٌ عَلَىٰ عِبَادِهِ ٱلَّذِينَ ٱصۡطَفَىٰٓۗ ءَآللَّهُ خَيۡرٌ أَمَّا يُشۡرِكُونَ

    Open ayah 27:59

    (हे सन्देष्टा !) भनिदेऊ– “सम्पूर्ण प्रशंसाहरू अल्लाहकैलागि हुन्, र उनका ती भक्तहरूमाथि सलाम तथा शान्ति होस् जसलाई उनले चयन गरेका छन् ।” (तिनीहरूलाई सोध !) के अल्लाह उत्तम छन् वा ती उपास्यहरू जसलाई तिनीहरू उनको साझेदार बनाउँछन् ?

  60. أَمَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَأَنزَلَ لَكُم مِّنَ ٱلسَّمَآءِ مَآءٗ فَأَنۢبَتۡنَا بِهِۦ حَدَآئِقَ ذَاتَ بَهۡجَةٖ مَّا كَانَ لَكُمۡ أَن تُنۢبِتُواْ شَجَرَهَآۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ بَلۡ هُمۡ قَوۡمٞ يَعۡدِلُونَ 

    Open ayah 27:60

    (के ती साझेदारहरू उत्तम छन्) वा उनी जसले आकाशहरू तथा पृथ्वीको सृष्टि गरे र तिम्रालागि आकाशबाट पानी बर्साए ? अनि हामीले नै त्यसद्वारा शोभायमान बगैंचा उमार्यौं । तिमीहरूले त्यसको बृक्ष उमार्न सक्दैनथ्यौ । (विचार गर) के अल्लाहकासाथ कोही अन्य पूज्य पनि छन् र ? बरु यी मानिसहरू नै सत्मार्गबाट हटिरहेका छन् ।

  61. أَمَّن جَعَلَ ٱلۡأَرۡضَ قَرَارٗا وَجَعَلَ خِلَٰلَهَآ أَنۡهَٰرٗا وَجَعَلَ لَهَا رَوَٰسِيَ وَجَعَلَ بَيۡنَ ٱلۡبَحۡرَيۡنِ حَاجِزًاۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 27:61

    (के ती साझेदारहरू उत्तम छन्) वा उनी जसले धर्तीलाई बासस्थान बनाए तथा त्यसमा नदीहरू बगाए अनि त्यसमा चुकुल (को रूपमा पहाड) बनाए र दुई समुद्र बीच (अदृश्य) अबरोधक बनाए ? (भन) के अल्लाहकासाथ कोही अन्य पूज्य पनि छन् त ? बरु यिनीहरूमध्ये अधिकांश व्यक्तिहरू अज्ञानी छन् ।

  62. أَمَّن يُجِيبُ ٱلۡمُضۡطَرَّ إِذَا دَعَاهُ وَيَكۡشِفُ ٱلسُّوٓءَ وَيَجۡعَلُكُمۡ خُلَفَآءَ ٱلۡأَرۡضِۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ قَلِيلٗا مَّا تَذَكَّرُونَ

    Open ayah 27:62

    (के ती साझेदारहरू उत्तम छन्) वा उनी जसले व्याकुलको सुन्दछन् जब उसले उनलाई पुकार्दछ ? र, जसले उसको सङ्कट निवारण गर्छन् अनि जसले तिमीहरूलाई धर्तीमा उत्तराधिकारी बनाउँछन् ? (सोच) के अल्लाहका– साथ कोही अन्य पूज्य पनि छन् त ? तिमीहरू कमै विचार गर्छौ ।

  63. أَمَّن يَهۡدِيكُمۡ فِي ظُلُمَٰتِ ٱلۡبَرِّ وَٱلۡبَحۡرِ وَمَن يُرۡسِلُ ٱلرِّيَٰحَ بُشۡرَۢا بَيۡنَ يَدَيۡ رَحۡمَتِهِۦٓۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ تَعَٰلَى ٱللَّهُ عَمَّا يُشۡرِكُونَ

    Open ayah 27:63

    (के ती साझेदारहरू उत्तम छन्) वा उनी जसले तिमीहरूलाई भूमि तथा समुद्रका अन्धकारहरूमा तिमीहरूलाई मार्ग देखाउँछन् ? र, वायुलाई आफ्नो दया (वर्षा) भन्दा पहिले शुभ–सूचना स्वरूप पठाउँछन् ? (सोच) के अल्लाहकासाथ कोही अन्य पूज्य पनि छन् त ? यिनीहरूले गर्ने गरेका शिर्क (बहुदेववाद) बाट अल्लाह अति उच्च रहेका छन् ।

  64. أَمَّن يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ وَمَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۗ أَءِلَٰهٞ مَّعَ ٱللَّهِۚ قُلۡ هَاتُواْ بُرۡهَٰنَكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 27:64

    ( के ती साझेदारहरू उत्तम छन् ) वा उनी जसले प्रथम पटक सृष्टि गर्दछन् र फेरि त्यसको पुनरावृत्ति पनि गर्छन् ? र, जसले तिमीहरूलाई आकाश तथा धर्तीबाट जीविका प्रदान गर्छन् ? (बताऊ) के अल्लाहकासाथ कोही अन्य पूज्य पनि छन् त ? भनिदेऊ– “यदि तिमीहरू सत्य हौ भने आफ्ना प्रमाणहरू प्रस्तुत गर ।”

  65. قُل لَّا يَعۡلَمُ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ ٱلۡغَيۡبَ إِلَّا ٱللَّهُۚ وَمَا يَشۡعُرُونَ أَيَّانَ يُبۡعَثُونَ

    Open ayah 27:65

    भनिदेऊ– “अल्लाहबाहेक आकाशहरू तथा धर्तीमा रहेका कोही पनि परोक्षको ज्ञाता छैन, र तिनीहरूलाई कहिले उठाइन्छ भन्ने कुरा तिनीहरू जान्दैनन् ।”

  66. بَلِ ٱدَّٰرَكَ عِلۡمُهُمۡ فِي ٱلۡأٓخِرَةِۚ بَلۡ هُمۡ فِي شَكّٖ مِّنۡهَاۖ بَلۡ هُم مِّنۡهَا عَمُونَ

    Open ayah 27:66

    बरु आखिरतको बारेमा तिनीहरूको ज्ञान अपुग भइसकेकोछ; बरु यससम्बन्धमा तिनीहरू सन्देहमा छन्; बरु तिनीहरू यस विषयमा अन्धो भइसकेका छन् ।

  67. وَقَالَ ٱلَّذِينَ كَفَرُوٓاْ أَءِذَا كُنَّا تُرَٰبٗا وَءَابَآؤُنَآ أَئِنَّا لَمُخۡرَجُونَ

    Open ayah 27:67

    र, काफिरहरू भन्छन्– “जब हामी र हाम्रा पूर्वजहरू माटो भइसकेका हुनेछौं तब के हामी (चिहानबाट) निश्चित रूपमा निकालिनेछौं त ?

  68. لَقَدۡ وُعِدۡنَا هَٰذَا نَحۡنُ وَءَابَآؤُنَا مِن قَبۡلُ إِنۡ هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

    Open ayah 27:68

    यस किसिमका वाचा त हामीसँग र यसभन्दा पहिले हाम्रा पूर्वजहरूसँग पनि गरिंदै आएको छ । यी त पूर्खाहरूका दन्त्यकथाहरू मात्र हुन् ।”

  69. قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُجۡرِمِينَ

    Open ayah 27:69

    भनिदेऊ– “धर्तीमा भ्रमण गरेर हेर; कस्तो परिणाम भयो अपराधीहरूको ?”

  70. وَلَا تَحۡزَنۡ عَلَيۡهِمۡ وَلَا تَكُن فِي ضَيۡقٖ مِّمَّا يَمۡكُرُونَ 

    Open ayah 27:70

    र, (हे नबी !) यिनीहरूको अवस्थाबारे दुःखी नहोऊ । र, यिनीहरूको षड्यन्त्रले गर्दा मन सानो नपार ।

  71. وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 27:71

    र, यिनीहरू भन्छन्– “यदि तिमी सत्य हौ भने यो वाचा कहिले पूरा हुन्छ ?”

  72. قُلۡ عَسَىٰٓ أَن يَكُونَ رَدِفَ لَكُم بَعۡضُ ٱلَّذِي تَسۡتَعۡجِلُونَ

    Open ayah 27:72

    भनिदेऊ– “के थाहा, जुन कुराकोनिम्ति तिमीहरू हतारिरहेका छौ त्यसको केही अंश तिमीहरूको नजिक नै आइसकेको छ कि ।”

  73. وَإِنَّ رَبَّكَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَشۡكُرُونَ

    Open ayah 27:73

    र, निस्सन्देह तिम्रा पालनकर्ता मानिसहरूप्रति अति उदार छन् । तर तिनीहरूमध्ये अधिकांश मानिसहरू कृतज्ञता देखाउँदैनन् ।

  74. وَإِنَّ رَبَّكَ لَيَعۡلَمُ مَا تُكِنُّ صُدُورُهُمۡ وَمَا يُعۡلِنُونَ

    Open ayah 27:74

    निस्सन्देह तिम्रा रब राम्ररी जान्दछन् जुन तिनीहरूका हृदयले लुकाउँछन् र जुन तिनीहरूले प्रकट गर्दछन् ।

  75. وَمَا مِنۡ غَآئِبَةٖ فِي ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ إِلَّا فِي كِتَٰبٖ مُّبِينٍ

    Open ayah 27:75

    आकाश एवं धर्तीमा कुनै यस्तो गोप्य वस्तु छैन जो स्पष्ट किताबमा ( लुखिएकाे ) नहोस् ।

  76. إِنَّ هَٰذَا ٱلۡقُرۡءَانَ يَقُصُّ عَلَىٰ بَنِيٓ إِسۡرَٰٓءِيلَ أَكۡثَرَ ٱلَّذِي هُمۡ فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 27:76

    निस्सन्देह यस कुरआनले इस्राईलका सन्तानहरूलाई तिनीहरूले मतभेद गरिरहेका अधिकांश कुराहरू बताउँछ ।

  77. وَإِنَّهُۥ لَهُدٗى وَرَحۡمَةٞ لِّلۡمُؤۡمِنِينَ

    Open ayah 27:77

    र, यो (कुरआन) आस्थावानहरूकालागि मार्गदर्शन तथा दया हो ।

  78. إِنَّ رَبَّكَ يَقۡضِي بَيۡنَهُم بِحُكۡمِهِۦۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡعَلِيمُ

    Open ayah 27:78

    निश्चय नै तिम्रा रबले तिनीहरूबीच आफ्ना आदेशद्वारा निर्णय गर्नेछन् । र, उनी प्रभुत्वशाली एवं सर्वज्ञ छन् ।

  79. فَتَوَكَّلۡ عَلَى ٱللَّهِۖ إِنَّكَ عَلَى ٱلۡحَقِّ ٱلۡمُبِينِ

    Open ayah 27:79

    अतः (हे नबी !) अल्लाहप्रति भरोसा राख; निश्चय नै तिमी स्पष्ट रूपमा नितान्त सत्यमा कायम छौ ।

  80. إِنَّكَ لَا تُسۡمِعُ ٱلۡمَوۡتَىٰ وَلَا تُسۡمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوۡاْ مُدۡبِرِينَ 

    Open ayah 27:80

    तिमी आफ्नो पुकार न मुर्दाहरूलाई सुनाउन सक्छौ न बहिराहरूलाई नै जबकि तिनीहरू पिठ्यूँ फर्काएर जाने छन् ।

  81. وَمَآ أَنتَ بِهَٰدِي ٱلۡعُمۡيِ عَن ضَلَٰلَتِهِمۡۖ إِن تُسۡمِعُ إِلَّا مَن يُؤۡمِنُ بِـَٔايَٰتِنَا فَهُم مُّسۡلِمُونَ

    Open ayah 27:81

    र, न अन्धोलाई पथभ्रष्टताबाट निकालेर (सीधा) मार्ग नै देखाउन सक्छौ । तिमी त केवल हाम्रा आयतहरूमाथि ईमान ल्याउनेलाई सुनाउन सक्छौ । अनि तिनीहरू आज्ञाकारी पनि हुन्छन् ।

  82. ۞وَإِذَا وَقَعَ ٱلۡقَوۡلُ عَلَيۡهِمۡ أَخۡرَجۡنَا لَهُمۡ دَآبَّةٗ مِّنَ ٱلۡأَرۡضِ تُكَلِّمُهُمۡ أَنَّ ٱلنَّاسَ كَانُواْ بِـَٔايَٰتِنَا لَا يُوقِنُونَ

    Open ayah 27:82

    र, जब तिनीहरूसँगको (कयामतको) वाचा पूरा हुने समय आउनेछ तब हामी तिनीहरूकालागि धर्तीबाट एउटा यस्तो जनावर निकाल्नेछौं जुन तिनीहरूसँग कुरा गर्नेछ ( यस कारणले कि) कि मानिसहरू हाम्रा आयतहरूमाथि विश्वास गर्दैनथे ।

  83. وَيَوۡمَ نَحۡشُرُ مِن كُلِّ أُمَّةٖ فَوۡجٗا مِّمَّن يُكَذِّبُ بِـَٔايَٰتِنَا فَهُمۡ يُوزَعُونَ

    Open ayah 27:83

    र, त्यस दिन हामी हाम्रा आयतहरूलाई झुठो ठहर गर्ने प्रत्येक समुदायका व्यक्तिहरूको एउटा ठूलो समूहलाई भेला पार्नेछौं । अनि, तिनीहरूलाई विभिन्न समूहहरूमा विभाजन गरिनेछ ।

  84. حَتَّىٰٓ إِذَا جَآءُو قَالَ أَكَذَّبۡتُم بِـَٔايَٰتِي وَلَمۡ تُحِيطُواْ بِهَا عِلۡمًا أَمَّاذَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 27:84

    यहाँसम्म कि, सबै आइपुगेपछि अल्लाहले भन्नेछन्– “के तिमीहरूले मेरा आयतहरूलाई तिनीहरुको सम्बन्धमा पूर्ण ज्ञान प्राप्त नगरिकनै झुठो ठहर गर्यौ ? वा तिमीहरू के गरिरहेका थियौ ?”

  85. وَوَقَعَ ٱلۡقَوۡلُ عَلَيۡهِم بِمَا ظَلَمُواْ فَهُمۡ لَا يَنطِقُونَ

    Open ayah 27:85

    र, तिनीहरूको अत्याचारले गर्दा तिनीहरूसँग गरिएको (यातनाको) वाचा पूरा हुनेछ । त्यतिखेर तिनीहरू केही बोल्न सक्ने छैनन् ।

  86. أَلَمۡ يَرَوۡاْ أَنَّا جَعَلۡنَا ٱلَّيۡلَ لِيَسۡكُنُواْ فِيهِ وَٱلنَّهَارَ مُبۡصِرًاۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ

    Open ayah 27:86

    के तिनीहरूले देखेका छैनन् कि हामीले रातलाई विश्रामकोलागि (अँध्यारो) र दिनलाई (कामको लागि) उज्यालो बनाएका छौं ? निस्सन्देह यसमा आस्थावानहरूकालागि निशानीहरू छन् ।

  87. وَيَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَفَزِعَ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِ إِلَّا مَن شَآءَ ٱللَّهُۚ وَكُلٌّ أَتَوۡهُ دَٰخِرِينَ

    Open ayah 27:87

    र, जुन दिन सूर (नरसिङ्घा) फुकिनेछ त्यस दिन आकाशहरू तथा पृथ्वीमा जेजति छन् ती सबै भयभित हुनेछन्, तिनीहरू बाहेक जसलाई अल्लाहले (सुरक्षित राख्न) चाहन्छन् । र, सबै उनीकहाँ विनम्र भई हाजिर हुनेछन् ।

  88. وَتَرَى ٱلۡجِبَالَ تَحۡسَبُهَا جَامِدَةٗ وَهِيَ تَمُرُّ مَرَّ ٱلسَّحَابِۚ صُنۡعَ ٱللَّهِ ٱلَّذِيٓ أَتۡقَنَ كُلَّ شَيۡءٍۚ إِنَّهُۥ خَبِيرُۢ بِمَا تَفۡعَلُونَ

    Open ayah 27:88

    र, तिमीहरू पहाडहरूलाई देख्दा तिनीहरू स्थिर छन् भन्ने ठान्छौ तर तिनीहरू पनि बादल झैं उड्नेछन् । यो अल्लाहको सृष्टि हो जसले प्रत्येक चिजलाई सुदृढ तुल्याएका छन् । निस्सन्देह उनी तिमीहरूको प्रत्येक कार्यबाट अवगत छन् ।

  89. مَن جَآءَ بِٱلۡحَسَنَةِ فَلَهُۥ خَيۡرٞ مِّنۡهَا وَهُم مِّن فَزَعٖ يَوۡمَئِذٍ ءَامِنُونَ

    Open ayah 27:89

    जुन मानिसहरू पुण्यका साथ (अल्लाहसमक्ष) हाजिर हुनेछन्, तिनीहरुकालागि त्योभन्दा उत्तम प्रतिदान पनि हुनेछ र यस्ता व्यक्तिहरू त्यस दिन हुने डरबाट सुरक्षित रहनेछन् ।

  90. وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَكُبَّتۡ وُجُوهُهُمۡ فِي ٱلنَّارِ هَلۡ تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ 

    Open ayah 27:90

    र, जुन मानिसहरू पापकासाथ (अल्लाहसमक्ष) हाजिर हुनेछन् त्यस्ता मानिसहरूलाई उँधोमुन्टो पारी अग्निमा होमिनेछ । (सोधिनेछ) “के तिमीहरू आफ्नो कर्मको अरू कुनै प्रतिफल पाउन सक्छौ त ?”

  91. إِنَّمَآ أُمِرۡتُ أَنۡ أَعۡبُدَ رَبَّ هَٰذِهِ ٱلۡبَلۡدَةِ ٱلَّذِي حَرَّمَهَا وَلَهُۥ كُلُّ شَيۡءٖۖ وَأُمِرۡتُ أَنۡ أَكُونَ مِنَ ٱلۡمُسۡلِمِينَ

    Open ayah 27:91

    (भनिदेऊ) मलाई केवल यस नगरका रबको उपासनाको आदेश दिइएको छ जसले यसलाई प्रतिष्ठित बनाएका छन् । र, सम्पूर्ण चिजहरू उनकैलागि हुन् । र, मलाई आदेश दिइएको छ कि म मुस्लिमहरूमध्ये होऊँ ।

  92. وَأَنۡ أَتۡلُوَاْ ٱلۡقُرۡءَانَۖ فَمَنِ ٱهۡتَدَىٰ فَإِنَّمَا يَهۡتَدِي لِنَفۡسِهِۦۖ وَمَن ضَلَّ فَقُلۡ إِنَّمَآ أَنَا۠ مِنَ ٱلۡمُنذِرِينَ

    Open ayah 27:92

    र, याे कि म कुरआन पढेर सुनाऊँ । अतः जसले सत्मार्ग ग्रहण गर्छ, उसले आफ्नैलागि ग्रहण गर्छ र कोही पथभ्रष्ट हुन्छ भने भनिदेऊ– “म त केवल सचेतकहरूमध्ये हुँ ।”

  93. وَقُلِ ٱلۡحَمۡدُ لِلَّهِ سَيُرِيكُمۡ ءَايَٰتِهِۦ فَتَعۡرِفُونَهَاۚ وَمَا رَبُّكَ بِغَٰفِلٍ عَمَّا تَعۡمَلُونَ

    Open ayah 27:93

    र, भनिदेऊ– “सबै प्रशंसाहरू अल्लाहकैलागि हुन् । उनले तिमीहरूलाई चाँडै नै आफ्ना निशानीहरू देखाउनेछन् । अनि तिमीहरूले उनलाई चिन्नेछौ । र, तिम्रा पालनकर्ता तिमीहरूले गर्ने गरेका कार्यहरूबारे अनभिज्ञ छैनन् ।