القصص

Al-Qasas

The Stories · Surah 28 · Ayahs: 88 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. طسٓمٓ

    Open ayah 28:1

    ता० सीन० मीम०

  2. تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡمُبِينِ

    Open ayah 28:2

    यी स्पष्ट ग्रन्थका आयतहरू हुन् ।

  3. نَتۡلُواْ عَلَيۡكَ مِن نَّبَإِ مُوسَىٰ وَفِرۡعَوۡنَ بِٱلۡحَقِّ لِقَوۡمٖ يُؤۡمِنُونَ

    Open ayah 28:3

    (हे मुहम्मद स.!) हामी तिमीलाई मूसा तथा फिरऔनको वृत्तान्त ठीकसँग सुनाउँछौँ ती मानिसहरूका लागि जो विश्वास गर्छन् ।

  4. إِنَّ فِرۡعَوۡنَ عَلَا فِي ٱلۡأَرۡضِ وَجَعَلَ أَهۡلَهَا شِيَعٗا يَسۡتَضۡعِفُ طَآئِفَةٗ مِّنۡهُمۡ يُذَبِّحُ أَبۡنَآءَهُمۡ وَيَسۡتَحۡيِۦ نِسَآءَهُمۡۚ إِنَّهُۥ كَانَ مِنَ ٱلۡمُفۡسِدِينَ

    Open ayah 28:4

    वास्तवमा फिरऔन धर्तीमा अत्याचारी तथा अहङ्कारी भइसकेको थियो र उसले त्यहाँका बासिन्दाहरूलाई विभाजन गरेर राखेको थियो अनि तिनीहरूमध्ये एक समूहलाई दुर्बल तुल्याएको थियो । उनीहरूका छोराहरूलाई हत्या गर्थ्यौ र छोरीहरूलाई जीवित छोड्थ्यो । निश्चय नै त्यो विध्वंसकारीहरूमध्ये थियो ।

  5. وَنُرِيدُ أَن نَّمُنَّ عَلَى ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ فِي ٱلۡأَرۡضِ وَنَجۡعَلَهُمۡ أَئِمَّةٗ وَنَجۡعَلَهُمُ ٱلۡوَٰرِثِينَ

    Open ayah 28:5

    त हामी धर्तीमा दुर्बल तुल्याइएको समूहको उपकार गर्न चाहन्थ्यौं र उनीहरूलाई अगुवा तथा उत्तराधिकारी बनाउन चाहन्थ्यौं ।

  6. وَنُمَكِّنَ لَهُمۡ فِي ٱلۡأَرۡضِ وَنُرِيَ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَجُنُودَهُمَا مِنۡهُم مَّا كَانُواْ يَحۡذَرُونَ

    Open ayah 28:6

    अनि, देशमा तिनीहरूलाई प्रभुत्व प्रदान गर्न चाहन्थ्यौं, अनि फिरऔन, हामान र तिनीहरुका सैनिकहरूलाई जुन कुराको आशङ्का थियो त्यही देखाउन चाहन्थ्यौं ।

  7. وَأَوۡحَيۡنَآ إِلَىٰٓ أُمِّ مُوسَىٰٓ أَنۡ أَرۡضِعِيهِۖ فَإِذَا خِفۡتِ عَلَيۡهِ فَأَلۡقِيهِ فِي ٱلۡيَمِّ وَلَا تَخَافِي وَلَا تَحۡزَنِيٓۖ إِنَّا رَآدُّوهُ إِلَيۡكِ وَجَاعِلُوهُ مِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 28:7

    र, हामीले मूसाकी आमालाई वह्य गर्यौं “उनलाई दूध खुवाऊ । अनि, जब तिमीलाई उनको बारेमा खतरा महसुस हुन्छ तब उनलाई नदीमा राखिदिनू र नडराउनू अनि चिन्तित पनि नहुनु । हामी उनलाई तिमीसम्म अवश्य नै फर्काएर ल्याउनेछौं र उनलाई रसूलहरूमध्ये बनाउनेछौं ।”

  8. فَٱلۡتَقَطَهُۥٓ ءَالُ فِرۡعَوۡنَ لِيَكُونَ لَهُمۡ عَدُوّٗا وَحَزَنًاۗ إِنَّ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَجُنُودَهُمَا كَانُواْ خَٰطِـِٔينَ

    Open ayah 28:8

    अनि फिरऔनका मानिसहरूले उनलाई (नदीबाट) झिके ताकि उनी तिनीहरूका शत्रु तथा चिन्ताको कारण बनून् । निस्सन्देह फिरऔन, हामान तथा तिनीहरुका सैन्यहरूले गल्ति गरेका थिए ।

  9. وَقَالَتِ ٱمۡرَأَتُ فِرۡعَوۡنَ قُرَّتُ عَيۡنٖ لِّي وَلَكَۖ لَا تَقۡتُلُوهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوۡ نَتَّخِذَهُۥ وَلَدٗا وَهُمۡ لَا يَشۡعُرُونَ

    Open ayah 28:9

    र, फिरऔनकी पत्नीले भनिन्– “यो मेरो र तिम्रो आँखाको शितलता हो; यसलाई नमार; यो हाम्रोलागि लाभदायक हुनसक्छ वा हामी यसलाई छोरा बनाउन सक्छौं ।” तर तिनीहरू अनभिज्ञ थिए ।

  10. وَأَصۡبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَٰرِغًاۖ إِن كَادَتۡ لَتُبۡدِي بِهِۦ لَوۡلَآ أَن رَّبَطۡنَا عَلَىٰ قَلۡبِهَا لِتَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ 

    Open ayah 28:10

    र, (उतातिर) मूसाकी आमा भावविह्वल थिइन् । हामीले तिनको हृदयलाई दरिलो नपारिदिएको भए तिनले चाँडै नै यो भेद खोल्ने थिइन् । (यसको उद्देश्य यो थियो कि) तिनी हाम्रो वचनमा विश्वास गर्नेवालाहरूमध्ये होऊन् ।

  11. وَقَالَتۡ لِأُخۡتِهِۦ قُصِّيهِۖ فَبَصُرَتۡ بِهِۦ عَن جُنُبٖ وَهُمۡ لَا يَشۡعُرُونَ

    Open ayah 28:11

    र, तिनले मूसाकी दिदीलाई भनिन्– “उनलाई पछ्याउँदै जाऊ ।” अतः तिनी अलि टाढा रहेर छेउछाउबाट यसरी हेर्दै गइन् कि शत्रुहरूले चाल पनि पाएनन् ।

  12. ۞وَحَرَّمۡنَا عَلَيۡهِ ٱلۡمَرَاضِعَ مِن قَبۡلُ فَقَالَتۡ هَلۡ أَدُلُّكُمۡ عَلَىٰٓ أَهۡلِ بَيۡتٖ يَكۡفُلُونَهُۥ لَكُمۡ وَهُمۡ لَهُۥ نَٰصِحُونَ

    Open ayah 28:12

    र, हामीले पहिले नै मूसाकालागि धाईआमाहरुको दूध वर्जित तुल्याएका थियौं । तसर्थ मूसाकी दिदीले (त्यहाँ गएर) भनिन्– “के म तिमीहरूलाई यस्तो परिवारसम्म पुर्याऊँ जसले तिमीहरूकालागि यसको पालनपोषण गरिदिनेछन् र उनीहरू यसको शुभचिन्तक रहनेछन् ?”

  13. فَرَدَدۡنَٰهُ إِلَىٰٓ أُمِّهِۦ كَيۡ تَقَرَّ عَيۡنُهَا وَلَا تَحۡزَنَ وَلِتَعۡلَمَ أَنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 28:13

    अनि यसरी हामीले उनलाई उनकी आमासम्म फर्काइदियौं ताकि तिनको आँखालाई शीतलता प्राप्त होस् र तिनी चिन्तित नहोऊन्, अनि अल्लाहको वचन सत्य हुन्छ भनेर जानून् । तर अधिकांश मानिसहरू जान्दैनन् ।

  14. وَلَمَّا بَلَغَ أَشُدَّهُۥ وَٱسۡتَوَىٰٓ ءَاتَيۡنَٰهُ حُكۡمٗا وَعِلۡمٗاۚ وَكَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ

    Open ayah 28:14

    अनि, जब उनी युवावस्थामा पुगे र उनको (शारीरिक) विकास पूरा भयो तब हामीले उनलाई निर्णयशक्ति तथा ज्ञान प्रदान गर्यौं र सत्कर्मीहरूलाई हामी यसरी नै प्रतिदान दिने गर्छौं ।

  15. وَدَخَلَ ٱلۡمَدِينَةَ عَلَىٰ حِينِ غَفۡلَةٖ مِّنۡ أَهۡلِهَا فَوَجَدَ فِيهَا رَجُلَيۡنِ يَقۡتَتِلَانِ هَٰذَا مِن شِيعَتِهِۦ وَهَٰذَا مِنۡ عَدُوِّهِۦۖ فَٱسۡتَغَٰثَهُ ٱلَّذِي مِن شِيعَتِهِۦ عَلَى ٱلَّذِي مِنۡ عَدُوِّهِۦ فَوَكَزَهُۥ مُوسَىٰ فَقَضَىٰ عَلَيۡهِۖ قَالَ هَٰذَا مِنۡ عَمَلِ ٱلشَّيۡطَٰنِۖ إِنَّهُۥ عَدُوّٞ مُّضِلّٞ مُّبِينٞ

    Open ayah 28:15

    एकदिन मूसा शहरमा त्यसबेला प्रवेश गरे जबकि नगरबासीहरू अनभिज्ञ थिए। त्यहाँ उनले दुईजना व्यक्तिलाई झगडा गरिरहेको पाए । एकको सम्बन्ध उनको आफ्नै समुदायसित थियो भने अर्को व्यक्ति चाहिँ शत्रु पक्षको थियो । अनि उनको समुदायको व्यक्तिले शत्रु पक्षको व्यक्तिबिरुद्ध मद्दतकोलागि पुकार्यो । अतः मूसाले उसलाई मुक्काले हिर्काए र उसको जीवनलीला नै समाप्त गरिदिए । मूसाले (पश्चात्ताप गर्दै) भने– “यो त शैतानको कार्य भयो । निश्चय नै त्यो खुल्ला शत्रु एवं पथभ्रष्ट गर्नेवाला हो ।”

  16. قَالَ رَبِّ إِنِّي ظَلَمۡتُ نَفۡسِي فَٱغۡفِرۡ لِي فَغَفَرَ لَهُۥٓۚ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ

    Open ayah 28:16

    उनले भने– “हे मेरा पालनकर्ता ! मैले स्वयंमाथि अत्याचार गरें । तसर्थ मलाई माफ गर ।” अतः अल्लाहले उनलाई माफी दिए । निस्सन्देह उनी क्षमाशील (एवं) परम दयालु छन् ।

  17. قَالَ رَبِّ بِمَآ أَنۡعَمۡتَ عَلَيَّ فَلَنۡ أَكُونَ ظَهِيرٗا لِّلۡمُجۡرِمِينَ

    Open ayah 28:17

    मूसाले प्रतिज्ञा गरे– “हे मेरा पालनकर्ता ! तिमीले मप्रति गरेको यो उपकारले गर्दा अब म कहिल्यै अपराधीहरूको सहयोगी बन्दिन ।”

  18. فَأَصۡبَحَ فِي ٱلۡمَدِينَةِ خَآئِفٗا يَتَرَقَّبُ فَإِذَا ٱلَّذِي ٱسۡتَنصَرَهُۥ بِٱلۡأَمۡسِ يَسۡتَصۡرِخُهُۥۚ قَالَ لَهُۥ مُوسَىٰٓ إِنَّكَ لَغَوِيّٞ مُّبِينٞ

    Open ayah 28:18

    (अर्को दिन) बिहानै उनी डराउँदै र खतरा महसुस गर्दै शहरमा जाँदै थिए । अकस्मात् अघिल्ला दिन मद्दतकोलागि पुकार्ने व्यक्तिले फेरि मद्दतको लागि कराउँदै बोलायो ! मूसाले उसलाई भने– “तिमी महाभ्रष्ट रहेछौ ।”

  19. فَلَمَّآ أَنۡ أَرَادَ أَن يَبۡطِشَ بِٱلَّذِي هُوَ عَدُوّٞ لَّهُمَا قَالَ يَٰمُوسَىٰٓ أَتُرِيدُ أَن تَقۡتُلَنِي كَمَا قَتَلۡتَ نَفۡسَۢا بِٱلۡأَمۡسِۖ إِن تُرِيدُ إِلَّآ أَن تَكُونَ جَبَّارٗا فِي ٱلۡأَرۡضِ وَمَا تُرِيدُ أَن تَكُونَ مِنَ ٱلۡمُصۡلِحِينَ

    Open ayah 28:19

    अनि जब मूसाले त्यसलाई समात्न चाहे जो दुवैको शत्रु थियो, तब ऊ (इस्राईली) चिच्यायो– “हे मूसा ! के तिमी मलाई पनि त्यसरी नै मार्न चाहन्छौ जसरी हिजो एकजनालाई मार्यौ ? तिमी त यस देशमा घोर अत्याचारी बनेर बस्न चाहन्छौ र मेलमिलाप गराउन चाँहदैनौ ।”

  20. وَجَآءَ رَجُلٞ مِّنۡ أَقۡصَا ٱلۡمَدِينَةِ يَسۡعَىٰ قَالَ يَٰمُوسَىٰٓ إِنَّ ٱلۡمَلَأَ يَأۡتَمِرُونَ بِكَ لِيَقۡتُلُوكَ فَٱخۡرُجۡ إِنِّي لَكَ مِنَ ٱلنَّٰصِحِينَ 

    Open ayah 28:20

    त्यसपछि शहरको छेउबाट एकजना दगुर्दै आए र भने– “हे मूसा ! अधिकारीहरू त तिम्रो हत्याबारे परामर्श गरिरहेकाछन् । तसर्थ तिमी यहाँबाट निस्केर गइहाल । म तिम्रो हितैषी मध्येको हुँ ।”

  21. فَخَرَجَ مِنۡهَا خَآئِفٗا يَتَرَقَّبُۖ قَالَ رَبِّ نَجِّنِي مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 28:21

    अतः मूसा त्यहाँबाट डराउँदै सतर्कताकासाथ निस्के र प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! मलाई अत्याचारीहरूबाट बचाऊ ।”

  22. وَلَمَّا تَوَجَّهَ تِلۡقَآءَ مَدۡيَنَ قَالَ عَسَىٰ رَبِّيٓ أَن يَهۡدِيَنِي سَوَآءَ ٱلسَّبِيلِ

    Open ayah 28:22

    (मिस्रबाट निस्केपछि) मूसा मदयनतिर लाग्दै भने– “आशा छ, मेरा पालनकर्ताले मलाई सीधा मार्ग देखाऊलान् ।”

  23. وَلَمَّا وَرَدَ مَآءَ مَدۡيَنَ وَجَدَ عَلَيۡهِ أُمَّةٗ مِّنَ ٱلنَّاسِ يَسۡقُونَ وَوَجَدَ مِن دُونِهِمُ ٱمۡرَأَتَيۡنِ تَذُودَانِۖ قَالَ مَا خَطۡبُكُمَاۖ قَالَتَا لَا نَسۡقِي حَتَّىٰ يُصۡدِرَ ٱلرِّعَآءُۖ وَأَبُونَا شَيۡخٞ كَبِيرٞ

    Open ayah 28:23

    र, जब उनी मदयनको पानीसम्म पुगे तब त्यहाँ उनले मानिसहरूको एउटा समूहलाई (आ–आफ्ना जनावरहरूलाई) पानी खुवाउँदै गरेको पाए । र, अर्कोतर्फ दुईजना महिलाहरूलाई (आफ्ना जनावरहरूलाई) रोकिरहेको पाए । उनले सोधे– “तिमीहरूलाई के अप्ठ्यारो पर्यो ?” दुवैले भने– “जबसम्म ती गोठालाहरू जनावरहरू लिएर जाँदैनन् तबसम्म हामी पानी खुवाउन सक्दैनौं । र, हाम्रा पिता साह्रै बूढो हुनुहुन्छ ।”

  24. فَسَقَىٰ لَهُمَا ثُمَّ تَوَلَّىٰٓ إِلَى ٱلظِّلِّ فَقَالَ رَبِّ إِنِّي لِمَآ أَنزَلۡتَ إِلَيَّ مِنۡ خَيۡرٖ فَقِيرٞ

    Open ayah 28:24

    त्यसैले उनले तिनीहरूका जनावरहरूलाई पानी खुवाइदिए । त्यसपछि छहारीतिर गए र भने– “हे मेरा रब ! तिमीले मलाई जुनसुकै भलाई प्रदान गर, मलाई त्यसको आवश्यकता छ ।”

  25. فَجَآءَتۡهُ إِحۡدَىٰهُمَا تَمۡشِي عَلَى ٱسۡتِحۡيَآءٖ قَالَتۡ إِنَّ أَبِي يَدۡعُوكَ لِيَجۡزِيَكَ أَجۡرَ مَا سَقَيۡتَ لَنَاۚ فَلَمَّا جَآءَهُۥ وَقَصَّ عَلَيۡهِ ٱلۡقَصَصَ قَالَ لَا تَخَفۡۖ نَجَوۡتَ مِنَ ٱلۡقَوۡمِ ٱلظَّٰلِمِينَ

    Open ayah 28:25

    ती दुवै बहिनीहरुमध्ये एकजना लजाई–लजाई हिँड्दै मूसासमक्ष आएर भनिन्– “हाम्रानिम्ति तिमीले पानी खुवाएको प्रतिफल दिन तिमीलाई मेरा पिताले बोलाउनु भएको छ ।” जब मूसा उनीसमक्ष पुगेर आफ्नो सम्पूर्ण घटना सुनाए तब उनले भने– “नडराऊ ! अब तिमी अत्याचारी समुदायबाट मुक्त भएकाछौ ।”

  26. قَالَتۡ إِحۡدَىٰهُمَا يَٰٓأَبَتِ ٱسۡتَـٔۡجِرۡهُۖ إِنَّ خَيۡرَ مَنِ ٱسۡتَـٔۡجَرۡتَ ٱلۡقَوِيُّ ٱلۡأَمِينُ

    Open ayah 28:26

    ती दुई महिलामध्ये एउटीले भनिन्–“हे पिताज्यू ! यिनलाई ज्यालादारीमा राख्नुस् किनभने तपाईंले ज्यालादारीमा राख्न सर्वोत्तम व्यक्ति उही हुन सक्छ जो बलवान तथा ईमान्दार छ ।” ,

  27. قَالَ إِنِّيٓ أُرِيدُ أَنۡ أُنكِحَكَ إِحۡدَى ٱبۡنَتَيَّ هَٰتَيۡنِ عَلَىٰٓ أَن تَأۡجُرَنِي ثَمَٰنِيَ حِجَجٖۖ فَإِنۡ أَتۡمَمۡتَ عَشۡرٗا فَمِنۡ عِندِكَۖ وَمَآ أُرِيدُ أَنۡ أَشُقَّ عَلَيۡكَۚ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰلِحِينَ

    Open ayah 28:27

    उनले ( मूसालाई ) भने– “तिमीले आठ वर्षसम्म मकहाँ ज्यालादारीमा काम गर्ने शर्तमा म आफ्ना यी दुईजना छोरीमध्ये एउटीको विवाह तिमीसित गरिदिन चाहन्छु । र, तिमीले दस वर्ष पूरा गर्यौ भने त्यो तिम्रोतर्फबाट (उपकार) हुनेछ र म तिमीलाई कष्ट दिन चाहन्न । इन्शाअल्लाह ( अल्लाहले चाहेमा ) तिमीले मलाई सज्जन पाउनेछौ ।”

  28. قَالَ ذَٰلِكَ بَيۡنِي وَبَيۡنَكَۖ أَيَّمَا ٱلۡأَجَلَيۡنِ قَضَيۡتُ فَلَا عُدۡوَٰنَ عَلَيَّۖ وَٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٞ

    Open ayah 28:28

    मूसाले भने– “यो कुरा म र तपाईंबीच तय भयो । यी दुई अवधिमध्ये जुन अवधि पूरा गरे पनि ममाथि कुनै अत्याचार नहोस् । र, हाम्रो सम्झौतामा अल्लाह वकील हुन् ।”

  29. ۞فَلَمَّا قَضَىٰ مُوسَى ٱلۡأَجَلَ وَسَارَ بِأَهۡلِهِۦٓ ءَانَسَ مِن جَانِبِ ٱلطُّورِ نَارٗاۖ قَالَ لِأَهۡلِهِ ٱمۡكُثُوٓاْ إِنِّيٓ ءَانَسۡتُ نَارٗا لَّعَلِّيٓ ءَاتِيكُم مِّنۡهَا بِخَبَرٍ أَوۡ جَذۡوَةٖ مِّنَ ٱلنَّارِ لَعَلَّكُمۡ تَصۡطَلُونَ

    Open ayah 28:29

    र, जब मूसाले निर्धारित अवधि पूरा गरे र आफ्नो परिवारलाई लिएर प्रस्थान गरे तब उनले तूर (नामक पहाड) तिर आगो देखे । उनले आफ्नो परिवारलाई भने– “तिमीहरू यहाँ पर्ख । मैले एउटा आगो देखेको छु । सम्भवतः त्यहाँबाट म तिमीहरूकानिम्ति केही जानकारी वा अगुल्टो ल्याऊँ ताकि तिमीहरू ताप्न सक ।”

  30. فَلَمَّآ أَتَىٰهَا نُودِيَ مِن شَٰطِيِٕ ٱلۡوَادِ ٱلۡأَيۡمَنِ فِي ٱلۡبُقۡعَةِ ٱلۡمُبَٰرَكَةِ مِنَ ٱلشَّجَرَةِ أَن يَٰمُوسَىٰٓ إِنِّيٓ أَنَا ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ 

    Open ayah 28:30

    जब उनी त्यहाँ पुगे तब उपत्यकाको दाहिने किनाराको बरकतयुक्त क्षेत्रमा रहेको रूख नजिकबाट आवाज आयो– “ऐ मूसा ! म नै अल्लाह हुँ; सम्पूर्ण जगत्का स्वामी ।

  31. وَأَنۡ أَلۡقِ عَصَاكَۚ فَلَمَّا رَءَاهَا تَهۡتَزُّ كَأَنَّهَا جَآنّٞ وَلَّىٰ مُدۡبِرٗا وَلَمۡ يُعَقِّبۡۚ يَٰمُوسَىٰٓ أَقۡبِلۡ وَلَا تَخَفۡۖ إِنَّكَ مِنَ ٱلۡأٓمِنِينَ

    Open ayah 28:31

    र, आफ्नो लौरो तल राख ।” अनि जब उनले सर्पजस्तै त्यसलाई घिस्रिंदै गरेको देखे तब उनी पिठ्यूँ फर्काएर भागे र पछाडि फर्केर पनि हेरेनन् । (अल्लाहले भने) हे मूसा ! अगाडि आऊ र नडराऊ । तिमी पूर्ण रूपमा सुरक्षित छौ ।

  32. ٱسۡلُكۡ يَدَكَ فِي جَيۡبِكَ تَخۡرُجۡ بَيۡضَآءَ مِنۡ غَيۡرِ سُوٓءٖ وَٱضۡمُمۡ إِلَيۡكَ جَنَاحَكَ مِنَ ٱلرَّهۡبِۖ فَذَٰنِكَ بُرۡهَٰنَانِ مِن رَّبِّكَ إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦٓۚ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ

    Open ayah 28:32

    आफ्नो हात काखीमा राख । यो कुनै रोगबिना नै चम्किलो सेतो भई निस्कनेछ । र, भयबाट बच्नकोलागि आफ्नो पाखुरा आफ्नो जिउमा टासऊ । यी दुईवटा स्पष्ट निशानी तिम्रो पालनकर्ताको तर्फबाट फिरऔन तथा उसका दरबारीहरूकालागि रहेका छन् । निश्चय नै तिनीहरू अति अवज्ञाकारी मानिस हुन् ।

  33. قَالَ رَبِّ إِنِّي قَتَلۡتُ مِنۡهُمۡ نَفۡسٗا فَأَخَافُ أَن يَقۡتُلُونِ

    Open ayah 28:33

    मूसाले भने– “हे मेरा स्वामी ! मैले तिनीहरूमध्येका एक व्यक्तिको हत्या गरेको छु । तिनीहरूले मलाई मार्लान् भन्ने डर लाग्छ ।

  34. وَأَخِي هَٰرُونُ هُوَ أَفۡصَحُ مِنِّي لِسَانٗا فَأَرۡسِلۡهُ مَعِيَ رِدۡءٗا يُصَدِّقُنِيٓۖ إِنِّيٓ أَخَافُ أَن يُكَذِّبُونِ

    Open ayah 28:34

    र, मेरा भाइ हारून बोलीमा मभन्दा बढी घाराप्रवाह छ । तसर्थ उसलाई मेरो सहायक बनाएर मसँग पठाऊ, ताकि उसले मेरो समर्थन गरोस् । तिनीहरूले मलाई झुठो ठहर गर्लान् भन्ने डर लाग्छ ।”

  35. قَالَ سَنَشُدُّ عَضُدَكَ بِأَخِيكَ وَنَجۡعَلُ لَكُمَا سُلۡطَٰنٗا فَلَا يَصِلُونَ إِلَيۡكُمَا بِـَٔايَٰتِنَآۚ أَنتُمَا وَمَنِ ٱتَّبَعَكُمَا ٱلۡغَٰلِبُونَ

    Open ayah 28:35

    अल्लाहले भने– “तिम्रो भाइद्वारा तिम्रो पाखुरालाई सशक्त पार्नेछौं र तिमी दुवैलाई यस्तो प्रभुत्व प्रदान गर्नेछौं कि तिनीहरू तिमीसम्म पुग्न पनि सक्दैनन् । र, हाम्रा निशानीहरूले गर्दा तिमीहरू र तिम्रा अनुयायीहरू नै विजयी हुनेछौ ।

  36. فَلَمَّا جَآءَهُم مُّوسَىٰ بِـَٔايَٰتِنَا بَيِّنَٰتٖ قَالُواْ مَا هَٰذَآ إِلَّا سِحۡرٞ مُّفۡتَرٗى وَمَا سَمِعۡنَا بِهَٰذَا فِيٓ ءَابَآئِنَا ٱلۡأَوَّلِينَ

    Open ayah 28:36

    र, जब मूसा हाम्रा स्पष्ट निशानीहरू लिएर तिनीहरूसमक्ष आए तब तिनीहरूले भने– “यो केवल बनावटी जादू हो र हामीले हाम्रा पूर्खाहरूबाट यस्ता कुराहरू सुनेका नै छैनौं ।

  37. وَقَالَ مُوسَىٰ رَبِّيٓ أَعۡلَمُ بِمَن جَآءَ بِٱلۡهُدَىٰ مِنۡ عِندِهِۦ وَمَن تَكُونُ لَهُۥ عَٰقِبَةُ ٱلدَّارِۚ إِنَّهُۥ لَا يُفۡلِحُ ٱلظَّٰلِمُونَ

    Open ayah 28:37

    मूसाले भने– “मेरा पालनकर्ता राम्ररी जान्दछन् कि को उनीकहाँबाट मार्गदर्शन लिएर आएको छ र कसको अन्तिम परिणाम राम्रो हुनेछ । वास्तवमा अत्याचारीहरू कहिल्यै सफल हुने छैनन् ।

  38. وَقَالَ فِرۡعَوۡنُ يَٰٓأَيُّهَا ٱلۡمَلَأُ مَا عَلِمۡتُ لَكُم مِّنۡ إِلَٰهٍ غَيۡرِي فَأَوۡقِدۡ لِي يَٰهَٰمَٰنُ عَلَى ٱلطِّينِ فَٱجۡعَل لِّي صَرۡحٗا لَّعَلِّيٓ أَطَّلِعُ إِلَىٰٓ إِلَٰهِ مُوسَىٰ وَإِنِّي لَأَظُنُّهُۥ مِنَ ٱلۡكَٰذِبِينَ

    Open ayah 28:38

    फिरऔनले भन्यो “हे दरबारियाहरू हो ! मबाहेक तिमीहरूका अन्य कोही उपास्यलाई म जान्दिन । ए हामान ! मेरो निम्ति ईंट तयार गर र मेरोलागि एउटा उच्च भवन निर्माण गर ताकि म त्यसमा चढेर मूसाका उपास्यलाई हेरूँ । म उसलाई झुठा व्यक्तिहरूमध्ये ठान्दछु ।

  39. وَٱسۡتَكۡبَرَ هُوَ وَجُنُودُهُۥ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَظَنُّوٓاْ أَنَّهُمۡ إِلَيۡنَا لَا يُرۡجَعُونَ

    Open ayah 28:39

    र, फिरऔन एवं उसको फौजले धर्तीमा बिना हक घमण्ड गरे । र, तिनीहरूलाई कदापि हामीसमक्ष फर्काएर ल्याइने छैन भन्ने तिनीहरूले ठाने ।

  40. فَأَخَذۡنَٰهُ وَجُنُودَهُۥ فَنَبَذۡنَٰهُمۡ فِي ٱلۡيَمِّۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلظَّٰلِمِينَ 

    Open ayah 28:40

    अनि हामीले उसलाई र उसका फौजलाई समात्यौं र समुद्रमा फ्याँकिदियौं । अतः हेर ! कस्तो परिणाम भयो अत्याचारीहरूको !

  41. وَجَعَلۡنَٰهُمۡ أَئِمَّةٗ يَدۡعُونَ إِلَى ٱلنَّارِۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ لَا يُنصَرُونَ

    Open ayah 28:41

    र, हामीले तिनीहरूलाई अगुवा बनायौं जो नरकतर्फ बोलाउँछन् । र, महाप्रलयको दिन तिनीहरूलाई कुनै सहयोग प्राप्त हुने छैन ।

  42. وَأَتۡبَعۡنَٰهُمۡ فِي هَٰذِهِ ٱلدُّنۡيَا لَعۡنَةٗۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ هُم مِّنَ ٱلۡمَقۡبُوحِينَ

    Open ayah 28:42

    र, यस संसारमा हामीले धिक्कारलाई तिनीहरूका पछाडि लगाई दियौं । र, तिनीहरू महाप्रलयका दिन भलाइबाट बञ्चित गरिनेछन् ।

  43. وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ مِنۢ بَعۡدِ مَآ أَهۡلَكۡنَا ٱلۡقُرُونَ ٱلۡأُولَىٰ بَصَآئِرَ لِلنَّاسِ وَهُدٗى وَرَحۡمَةٗ لَّعَلَّهُمۡ يَتَذَكَّرُونَ

    Open ayah 28:43

    र, पहिलेका बंशहरूलाई विनाश गरी हामीले मूसालाई मानिसहरूकानिम्ति शिक्षा, मार्गदर्शन तथा दयास्वरूप ग्रन्थ प्रदान गर्यौं ताकि तिनीहरूले उपदेश ग्रहण गरून् ।

  44. وَمَا كُنتَ بِجَانِبِ ٱلۡغَرۡبِيِّ إِذۡ قَضَيۡنَآ إِلَىٰ مُوسَى ٱلۡأَمۡرَ وَمَا كُنتَ مِنَ ٱلشَّٰهِدِينَ

    Open ayah 28:44

    (हे मुहम्मद स.!) जब हामीले मूसालाई (शरीअतको) आदेश दियौं त्यस बेला तिमी पश्चिमी भागमा उपस्थित थिएनौं, न तिमी साक्षीहरूमा सामेल थियौ ।

  45. وَلَٰكِنَّآ أَنشَأۡنَا قُرُونٗا فَتَطَاوَلَ عَلَيۡهِمُ ٱلۡعُمُرُۚ وَمَا كُنتَ ثَاوِيٗا فِيٓ أَهۡلِ مَدۡيَنَ تَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِنَا وَلَٰكِنَّا كُنَّا مُرۡسِلِينَ

    Open ayah 28:45

    तर, हामीले कैयौं पुस्ताहरूलाई उठायौं र तिनीहरूको लामो समय बितिसकेको छ । तिमी मदयन बासीहरूमाझ पनि थिएनौं कि तिनीहरूलाई हाम्रा आयतहरू पाठ गरेर सुनाउने थियौ । अनि हामी नै (रसूल) पठाउनेवाला हौं ।

  46. وَمَا كُنتَ بِجَانِبِ ٱلطُّورِ إِذۡ نَادَيۡنَا وَلَٰكِن رَّحۡمَةٗ مِّن رَّبِّكَ لِتُنذِرَ قَوۡمٗا مَّآ أَتَىٰهُم مِّن نَّذِيرٖ مِّن قَبۡلِكَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ

    Open ayah 28:46

    र, जब हामीले (मूसालाई) पुकारेका थियौं त्यस समय पनि तिमी तूरको काखमा थिएनौ तर यो तिम्रो पालनकर्ताको दया हो ताकि तिमीले ती मानिसहरूलाई सावधान गर जसतर्फ तिमीभन्दा पहिले कुनै सचेतक आएका थिएनन् ताकि तिनीहरूले शिक्षा ग्रहण गरून् ।

  47. وَلَوۡلَآ أَن تُصِيبَهُم مُّصِيبَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ فَيَقُولُواْ رَبَّنَا لَوۡلَآ أَرۡسَلۡتَ إِلَيۡنَا رَسُولٗا فَنَتَّبِعَ ءَايَٰتِكَ وَنَكُونَ مِنَ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 28:47

    तिनीहरूको आफ्नै कर्मले गर्दा तिनीहरूमाथि सङ्कट नआएको भए तिनीहरूले यो भन्ने थिए–“हे पालनकर्ता ! तिमीले हामीतर्फ किन कुनै रसूल पठाएनौ ताकि हामी तिम्रा आयतहरूको अनुसरण गरौं र आस्थावानहरूमध्ये होऔं ?”

  48. فَلَمَّا جَآءَهُمُ ٱلۡحَقُّ مِنۡ عِندِنَا قَالُواْ لَوۡلَآ أُوتِيَ مِثۡلَ مَآ أُوتِيَ مُوسَىٰٓۚ أَوَلَمۡ يَكۡفُرُواْ بِمَآ أُوتِيَ مُوسَىٰ مِن قَبۡلُۖ قَالُواْ سِحۡرَانِ تَظَٰهَرَا وَقَالُوٓاْ إِنَّا بِكُلّٖ كَٰفِرُونَ

    Open ayah 28:48

    तर जब तिनीहरूसमक्ष हाम्रो तर्फबाट सत्यको आगमन भयो तब तिनीहरूले भने– “जुन कुरा मूसालाई प्रदान गरिएको थियो त्यस्तै कुरा उनलाई (मुहम्मद स.लाई) पनि किन प्रदान गरिएन ?” के तिनीहरूले मूसालाई प्रदान गरिएको शिक्षालाई अस्वीकार गरेका थिएनन् र ? तिनीहरूले भने– “यी दुवै [ ] जादूगर हुन् जो एकअर्काको सहायता गर्छन् ।” र, भने– “हामी कसैलाई मान्दैनौं ।”

  49. قُلۡ فَأۡتُواْ بِكِتَٰبٖ مِّنۡ عِندِ ٱللَّهِ هُوَ أَهۡدَىٰ مِنۡهُمَآ أَتَّبِعۡهُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 28:49

    भनिदेऊ– “तिमीहरू सच्चा हौ भने यी दुवैभन्दा राम्रो मार्ग देखाउने ग्रन्थ अल्लाहकोतर्फबाट ल्याऊ, म त्यसको अनुसरण गरूँ ।”

  50. فَإِن لَّمۡ يَسۡتَجِيبُواْ لَكَ فَٱعۡلَمۡ أَنَّمَا يَتَّبِعُونَ أَهۡوَآءَهُمۡۚ وَمَنۡ أَضَلُّ مِمَّنِ ٱتَّبَعَ هَوَىٰهُ بِغَيۡرِ هُدٗى مِّنَ ٱللَّهِۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ 

    Open ayah 28:50

    यदि तिनीहरूले तिम्रो कुरा मानेनन् भने, जानी राख कि तिनीहरू केवल आफ्नो मनोकांक्षाको पछि लागिरहेका छन् । र, त्यो व्यक्तिभन्दा बढी पथभ्रष्ट अरू को हुन सक्छ जो अल्लाहको मार्गदर्शन छोडी आफ्नै मनोकांक्षाको पछि लाग्छ ? वास्तवमा अल्लाह अत्याचारी व्यक्तिहरूलाई मार्ग देखाउँदैनन् ।

  51. ۞وَلَقَدۡ وَصَّلۡنَا لَهُمُ ٱلۡقَوۡلَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ

    Open ayah 28:51

    र, हामीले तिनीहरूलाई निरन्तर उपदेश पुर्यायौं ताकि तिनीहरूले शिक्षा ग्रहण गरून् ।

  52. ٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ مِن قَبۡلِهِۦ هُم بِهِۦ يُؤۡمِنُونَ

    Open ayah 28:52

    जसलाई यसअघि हामीले ग्रन्थ प्रदान गरेका थियौं तिनीहरू यसमाथि आस्था राख्छन् ।

  53. وَإِذَا يُتۡلَىٰ عَلَيۡهِمۡ قَالُوٓاْ ءَامَنَّا بِهِۦٓ إِنَّهُ ٱلۡحَقُّ مِن رَّبِّنَآ إِنَّا كُنَّا مِن قَبۡلِهِۦ مُسۡلِمِينَ

    Open ayah 28:53

    र, जब उनीहरूलाई यसको पाठ गरेर सुनाइन्छ तब उनीहरू भन्छन् “हामीले यसमाथि ईमान ल्यायौं ।” निस्सन्देह यो हाम्रा पालनकर्ताको तर्फबाट आएको अकाट्य सत्य हो । र, हामी त पहिलेदेखि नै आज्ञाकारी हौं ।

  54. أُوْلَٰٓئِكَ يُؤۡتَوۡنَ أَجۡرَهُم مَّرَّتَيۡنِ بِمَا صَبَرُواْ وَيَدۡرَءُونَ بِٱلۡحَسَنَةِ ٱلسَّيِّئَةَ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

    Open ayah 28:54

    उनीहरूले धैर्यधारण गरेको हुनाले उनीहरूलाई दोब्बर प्रतिदान दिइनेछ । उनीहरू पुण्यकर्मद्वारा पाप मेटाउने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् ।

  55. وَإِذَا سَمِعُواْ ٱللَّغۡوَ أَعۡرَضُواْ عَنۡهُ وَقَالُواْ لَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡ سَلَٰمٌ عَلَيۡكُمۡ لَا نَبۡتَغِي ٱلۡجَٰهِلِينَ

    Open ayah 28:55

    र, जब तिनीहरू व्यर्थ कुरा सुन्छन् तब त्यसलाई बेवास्ता गर्छन् र भन्छन्–“ हाम्रा कार्यहरू हाम्रैनिम्ति हुन् र तिमीहरूका कार्यहरू तिमीहरूकै निम्ति । तिमीहरूलाई सलाम छ ! मुर्खहरूसँग हाम्रो कुनै वस्ता छैन ।”

  56. إِنَّكَ لَا تَهۡدِي مَنۡ أَحۡبَبۡتَ وَلَٰكِنَّ ٱللَّهَ يَهۡدِي مَن يَشَآءُۚ وَهُوَ أَعۡلَمُ بِٱلۡمُهۡتَدِينَ

    Open ayah 28:56

    (हे मुहम्मद स.!) तिमी जसलाई चाहन्छौ त्यसलाई सत्मार्गमा डोर्याउन सक्दैनौ । तर अल्लाह जसलाई चाहन्छन् सत्मार्गमा डोर्याउँछन् । र, उनी सत्मार्ग ग्रहण गर्नेहरूलाई राम्ररी जान्दछन् ।

  57. وَقَالُوٓاْ إِن نَّتَّبِعِ ٱلۡهُدَىٰ مَعَكَ نُتَخَطَّفۡ مِنۡ أَرۡضِنَآۚ أَوَلَمۡ نُمَكِّن لَّهُمۡ حَرَمًا ءَامِنٗا يُجۡبَىٰٓ إِلَيۡهِ ثَمَرَٰتُ كُلِّ شَيۡءٖ رِّزۡقٗا مِّن لَّدُنَّا وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 28:57

    र, तिनीहरू (अनास्थावादीहरू) भन्छन्– “(हे मुहम्मद स.!) यदि हामी तिमीसँग यस मार्गमा हिड्यौं भने हामीलाई हाम्रै भूमिबाट समातेर लगिनेछ । के हामीले शान्तिपूर्ण हरम लाई तिनीहरूकालागि बासस्थान बनाएनौ जहाँ हाम्रोतर्फबाट हरेक प्रकारका फलहरू जीविकास्वरूप तानिंदै आइरहन्छन् ? तर, तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू जान्दैनन् ।

  58. وَكَمۡ أَهۡلَكۡنَا مِن قَرۡيَةِۭ بَطِرَتۡ مَعِيشَتَهَاۖ فَتِلۡكَ مَسَٰكِنُهُمۡ لَمۡ تُسۡكَن مِّنۢ بَعۡدِهِمۡ إِلَّا قَلِيلٗاۖ وَكُنَّا نَحۡنُ ٱلۡوَٰرِثِينَ

    Open ayah 28:58

    र, हामीले कतिपय यस्ता नगरहरूलाई विनाश गर्यौं जसका बासिन्दाहरू आफ्नो धन–सम्पत्तिप्रति अति अहङ्कारी थिए । यी तिनीहरुका घरहरू हुन् जुन तिनीहरूपछि थोरै बाहेक आबाद भएनन्, वास्तवमा हामी नै वारिस हौं ।

  59. وَمَا كَانَ رَبُّكَ مُهۡلِكَ ٱلۡقُرَىٰ حَتَّىٰ يَبۡعَثَ فِيٓ أُمِّهَا رَسُولٗا يَتۡلُواْ عَلَيۡهِمۡ ءَايَٰتِنَاۚ وَمَا كُنَّا مُهۡلِكِي ٱلۡقُرَىٰٓ إِلَّا وَأَهۡلُهَا ظَٰلِمُونَ

    Open ayah 28:59

    र, तिम्रा पालनकर्ताले तबसम्म कुनै नगरलाई ध्वस्त पार्दैनन् जबसम्म उनी त्यसको केन्द्रमा कुनै यस्ता रसूल पठाउँदैनन् जसले तिनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाऊन् र न हामी कुनै नगरलाई त्यहाँका बासिन्दाहरू अत्याचारी हुनुभन्दा अघि नै नष्ट गर्ने गर्छौं ।

  60. وَمَآ أُوتِيتُم مِّن شَيۡءٖ فَمَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَزِينَتُهَاۚ وَمَا عِندَ ٱللَّهِ خَيۡرٞ وَأَبۡقَىٰٓۚ أَفَلَا تَعۡقِلُونَ 

    Open ayah 28:60

    र, तिमीहरूलाई जेजति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सुख–सामग्री एवं यसको शोभा मात्र हो । र, जेजति अल्लाहकहाँ छ, त्यो उत्तम एवं चिरस्थायी छ । के तिमीहरू बुद्धिले काम लिंदैनौ ।

  61. أَفَمَن وَعَدۡنَٰهُ وَعۡدًا حَسَنٗا فَهُوَ لَٰقِيهِ كَمَن مَّتَّعۡنَٰهُ مَتَٰعَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا ثُمَّ هُوَ يَوۡمَ ٱلۡقِيَٰمَةِ مِنَ ٱلۡمُحۡضَرِينَ

    Open ayah 28:61

    के त्यो व्यक्ति जसलाई हामीले सत्य वचन दिएका छौं जुन उसले अवश्य नै पाउनेछ, त्यो व्यक्ति सरह हुन सक्छ जसलाई हामीले केवल यसै संसारको सुख–सामग्री दिएका छौं र जसलाई (कयामतको दिन सजायँको लागि) पेश गरिनेछ ?

  62. وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تَزۡعُمُونَ

    Open ayah 28:62

    त्यो दिन जब अल्लाहले तिनीहरूलाई बोलाउनेछन् र सोध्नेछन्– “कहाँ छन् तिमीहरूले ठानेका साझेदारहरू ?

  63. قَالَ ٱلَّذِينَ حَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ رَبَّنَا هَٰٓؤُلَآءِ ٱلَّذِينَ أَغۡوَيۡنَآ أَغۡوَيۡنَٰهُمۡ كَمَا غَوَيۡنَاۖ تَبَرَّأۡنَآ إِلَيۡكَۖ مَا كَانُوٓاْ إِيَّانَا يَعۡبُدُونَ

    Open ayah 28:63

    यो कुरा जसमाथि लागू हुन्छ तिनीहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! निस्सन्देश यिनीहरू नै हुन् जसलाई हामीले पथभ्रष्ट पारेका थियौ । यिनीहरूलाई हामीले त्यसरी नै पथभ्रष्ट पारेका थियौं जसरी हामी स्वयं पथभ्रष्ट भएका थियौं । हामी तिमीसामु उनीहरूबाट अलग भएको घोषणा गर्दछौं । तिनीहरूले हाम्रो उपासना गर्दैनथे ।”

  64. وَقِيلَ ٱدۡعُواْ شُرَكَآءَكُمۡ فَدَعَوۡهُمۡ فَلَمۡ يَسۡتَجِيبُواْ لَهُمۡ وَرَأَوُاْ ٱلۡعَذَابَۚ لَوۡ أَنَّهُمۡ كَانُواْ يَهۡتَدُونَ

    Open ayah 28:64

    र, तिनीहरूलाई भनिनेछ– “तिमीहरू आफ्ना साझेदारहरूलाई बोलाऊ ।” अनि तिनीहरूले उनीहरूलाई पुकार्नेछन् । तर उनीहरूले तिनीहरूलाई उत्तर दिने छैनन् । र, तिनीहरूले यातना देख्नेछन् । कठै ! तिनीहरूले सत्मार्ग ग्रहण गरेको भए !

  65. وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ مَاذَآ أَجَبۡتُمُ ٱلۡمُرۡسَلِينَ

    Open ayah 28:65

    र, स्मरण गर त्यो दिन जब अल्लाहले तिनीहरूलाई बोलाएर सोध्नेछन्– “तिमीहरूले आफ्नो दूतहरूलाई के जवाफ दिएका थियौ ?”

  66. فَعَمِيَتۡ عَلَيۡهِمُ ٱلۡأَنۢبَآءُ يَوۡمَئِذٖ فَهُمۡ لَا يَتَسَآءَلُونَ

    Open ayah 28:66

    अनि, तिनीहरूलाई त्यो दिन कुनै जवाफ फुर्ने छैन र न एक अर्कासँग सोध्न नै सक्नेछन् ।

  67. فَأَمَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَعَسَىٰٓ أَن يَكُونَ مِنَ ٱلۡمُفۡلِحِينَ

    Open ayah 28:67

    परन्तु जसले तौबा (प्रायश्चित) गर्यो, ईमान ल्यायो र सत्कर्म गर्यो आशा छ ऊ सफल हुनेहरूमध्ये हुनेछ ।

  68. وَرَبُّكَ يَخۡلُقُ مَا يَشَآءُ وَيَخۡتَارُۗ مَا كَانَ لَهُمُ ٱلۡخِيَرَةُۚ سُبۡحَٰنَ ٱللَّهِ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ

    Open ayah 28:68

    र, तिम्रा पालनकर्ता जे चाहन्छन् सृष्टि गर्छन् र जसलाई चाहन्छन् चयन गर्छन् । तिनीहरूलाई त्यसको कुनै अख्तियार छैन । तिनीहरूले ठहराउने गरेको साझेदारभन्दा अल्लाह अत्यन्त पवित्र एवं अति उच्च छन् ।

  69. وَرَبُّكَ يَعۡلَمُ مَا تُكِنُّ صُدُورُهُمۡ وَمَا يُعۡلِنُونَ

    Open ayah 28:69

    यिनीहरूका छातीहरूले जे लुकाउँछन् र यिनीहरू जे प्रकट गर्छन् तिम्रा पालनकर्ता त्यसलाई जान्दछन् ।

  70. وَهُوَ ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَۖ لَهُ ٱلۡحَمۡدُ فِي ٱلۡأُولَىٰ وَٱلۡأٓخِرَةِۖ وَلَهُ ٱلۡحُكۡمُ وَإِلَيۡهِ تُرۡجَعُونَ 

    Open ayah 28:70

    र, उनै अल्लाह हुन् जोबाहेक कोही उपास्य छैन । लोक एवं परलोक दुवैमा प्रशंसा उनैकालागि रहेको छ र उनैको आदेश पनि । र, तिमीहरू उनैतर्फ फर्केर जानुछ ।

  71. قُلۡ أَرَءَيۡتُمۡ إِن جَعَلَ ٱللَّهُ عَلَيۡكُمُ ٱلَّيۡلَ سَرۡمَدًا إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَنۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِ يَأۡتِيكُم بِضِيَآءٍۚ أَفَلَا تَسۡمَعُونَ

    Open ayah 28:71

    हे नबी ! (यिनीहरूलाई) सोध– “के तिमीहरूले विचार गरेकाछौ यदि अल्लाहले तिमीहरूमाथि महाप्रलयको दिनसम्म सधैंकोलागि निरन्तर रात पारिदिएको भए अल्लाहबाहेक कुन यस्तो ईश्वर छ जसले तिम्रोलागि उज्यालो पार्न सक्छ ? के तिमीहरू सुन्दैनौ ?

  72. قُلۡ أَرَءَيۡتُمۡ إِن جَعَلَ ٱللَّهُ عَلَيۡكُمُ ٱلنَّهَارَ سَرۡمَدًا إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ مَنۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِ يَأۡتِيكُم بِلَيۡلٖ تَسۡكُنُونَ فِيهِۚ أَفَلَا تُبۡصِرُونَ

    Open ayah 28:72

    (हे नबी स.!) यिनीहरूलाई सोध– “के तिमीहरूले कहिल्यै विचार गर्यौ यदि अल्लाहले तिमीहरूमाथि कयामतको दिनसम्म सधैंकोलागि निरन्तर दिन बनाइदिएका भए अल्लाहबाहेक कुन यस्तो ईश्वर छ जसले तिमीहरूकालागि रात पार्न सक्छ जसमा तिमीहरू विश्राम गर्न सक्छौ ? के तिमीहरू देख्दैनौं ?

  73. وَمِن رَّحۡمَتِهِۦ جَعَلَ لَكُمُ ٱلَّيۡلَ وَٱلنَّهَارَ لِتَسۡكُنُواْ فِيهِ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 28:73

    यो अल्लाहकै दया हो कि उनले तिमीहरूकालागि रात तथा दिन बनाए ताकि तिमीहरू रातमा आराम प्राप्त गर र दिनमा आफ्ना पालनकर्ताको वरदान खोज्न सक । आशा छ तिमीहरू कृतज्ञ हुन्छौ ।

  74. وَيَوۡمَ يُنَادِيهِمۡ فَيَقُولُ أَيۡنَ شُرَكَآءِيَ ٱلَّذِينَ كُنتُمۡ تَزۡعُمُونَ

    Open ayah 28:74

    स्मरण गर जब उनले तिनीहरूलाई बोलाएर सोध्नेछन्– “तिमीहरूले मेरोलागि ठानेका साझेदारहरू कहाँ छन् ?”

  75. وَنَزَعۡنَا مِن كُلِّ أُمَّةٖ شَهِيدٗا فَقُلۡنَا هَاتُواْ بُرۡهَٰنَكُمۡ فَعَلِمُوٓاْ أَنَّ ٱلۡحَقَّ لِلَّهِ وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَفۡتَرُونَ

    Open ayah 28:75

    र, हामीले प्रत्येक समुदायबाट एकजना साक्षी ल्याउनेछौं र भन्नेछौं– “ल्याऊ अब आफ्ना प्रमाणहरू ।” त्यतिखेर तिनीहरूले नितान्त सत्य अल्लाहकैलागि रहेको कुरा जान्नेछन् र तिनीहरूले जुन झुठो आरोप लगाउने गर्थे ती सबै हराउनेछन् ।

  76. ۞إِنَّ قَٰرُونَ كَانَ مِن قَوۡمِ مُوسَىٰ فَبَغَىٰ عَلَيۡهِمۡۖ وَءَاتَيۡنَٰهُ مِنَ ٱلۡكُنُوزِ مَآ إِنَّ مَفَاتِحَهُۥ لَتَنُوٓأُ بِٱلۡعُصۡبَةِ أُوْلِي ٱلۡقُوَّةِ إِذۡ قَالَ لَهُۥ قَوۡمُهُۥ لَا تَفۡرَحۡۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡفَرِحِينَ

    Open ayah 28:76

    कारून मूसाको समुदायको एक सदस्य थियो तर ऊ आफ्नै समुदायविरुद्ध उद्दण्ड भयो । र, हामीले उसलाई यति धन–सम्पत्ति दिएका थियौं कि त्यसका साँचाहरू बलवान व्यक्तिहरूको एउटा दलले मुस्किलले उठाउन सक्दथ्यो । जब उसका समुदायले उसलाई भने– “घमण्ड नगर, अल्लाह घमण्डीहरूलाई मन पराउँदैनन् ।

  77. وَٱبۡتَغِ فِيمَآ ءَاتَىٰكَ ٱللَّهُ ٱلدَّارَ ٱلۡأٓخِرَةَۖ وَلَا تَنسَ نَصِيبَكَ مِنَ ٱلدُّنۡيَاۖ وَأَحۡسِن كَمَآ أَحۡسَنَ ٱللَّهُ إِلَيۡكَۖ وَلَا تَبۡغِ ٱلۡفَسَادَ فِي ٱلۡأَرۡضِۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلۡمُفۡسِدِينَ

    Open ayah 28:77

    र, अल्लाहले तिमीलाई प्रदान गरेको धनबाट आखिरत (मृत्युपछिको जीवन) को घरको चाहना गर र आफ्नो सांसारीक अंश पनि नभुल । र, अल्लाहले तिमीमाथि गरेका उपकार झैं तिमी पनि (मानिसहरुमाथि) उपकार गर । र, धर्तीमा विध्वंस नमच्चाऊ निस्सन्देह अल्लाह विध्वंसकारीहरूलाई मन पराउँदैनन् ।”

  78. قَالَ إِنَّمَآ أُوتِيتُهُۥ عَلَىٰ عِلۡمٍ عِندِيٓۚ أَوَلَمۡ يَعۡلَمۡ أَنَّ ٱللَّهَ قَدۡ أَهۡلَكَ مِن قَبۡلِهِۦ مِنَ ٱلۡقُرُونِ مَنۡ هُوَ أَشَدُّ مِنۡهُ قُوَّةٗ وَأَكۡثَرُ جَمۡعٗاۚ وَلَا يُسۡـَٔلُ عَن ذُنُوبِهِمُ ٱلۡمُجۡرِمُونَ

    Open ayah 28:78

    उसले भन्यो– “यो त मेरो ज्ञानको आधारमा प्राप्त भएको हो ।” के उसलाई यो ज्ञान थिएन कि अल्लाहले त्यसभन्दा पहिले कैयौं पुस्तालाई नष्ट गरिसकेकाछन् जो त्यसभन्दा पनि शक्तिशाली एवं जत्थावाला थिए । र, अपराधीहरूसित तिनीहरूको दोषबारे सोधिने छैन ।

  79. فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ فِي زِينَتِهِۦۖ قَالَ ٱلَّذِينَ يُرِيدُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا يَٰلَيۡتَ لَنَا مِثۡلَ مَآ أُوتِيَ قَٰرُونُ إِنَّهُۥ لَذُو حَظٍّ عَظِيمٖ

    Open ayah 28:79

    (एक दिन) जब कारून आफ्नो समुदायबीच एकदम ठाठबाठकासाथ निस्क्यो तब सांसारिक जीवनलाई मन पराउनेहरूले भने–“कारून झैं हामीलाई पनि धन–सम्पत्ति प्राप्त भएको भए ! त्यो त अति भाग्यमानी रहेछ ।”

  80. وَقَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ وَيۡلَكُمۡ ثَوَابُ ٱللَّهِ خَيۡرٞ لِّمَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحٗاۚ وَلَا يُلَقَّىٰهَآ إِلَّا ٱلصَّٰبِرُونَ 

    Open ayah 28:80

    ज्ञानी व्यक्तिहरूले भने– “अपसोच तिमीमाथि ! ईमान ल्याउने र सत्कर्म गर्ने व्यक्तिहरूकालागि त अल्लाहकै प्रतिदान उत्तम छ । र, यो प्रतिदान धैर्यवानहरूलाई मात्र प्राप्त हुन्छ ।”

  81. فَخَسَفۡنَا بِهِۦ وَبِدَارِهِ ٱلۡأَرۡضَ فَمَا كَانَ لَهُۥ مِن فِئَةٖ يَنصُرُونَهُۥ مِن دُونِ ٱللَّهِ وَمَا كَانَ مِنَ ٱلۡمُنتَصِرِينَ

    Open ayah 28:81

    अन्ततः हामीले कारूनलाई उसको घर सहित धर्तीमा धसाइदियौं । तसर्थ, अल्लाहबाट उसलाई बचाउने न कुनै समूह थियो, न ऊ आफैं बच्न सक्यो ।

  82. وَأَصۡبَحَ ٱلَّذِينَ تَمَنَّوۡاْ مَكَانَهُۥ بِٱلۡأَمۡسِ يَقُولُونَ وَيۡكَأَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُۖ لَوۡلَآ أَن مَّنَّ ٱللَّهُ عَلَيۡنَا لَخَسَفَ بِنَاۖ وَيۡكَأَنَّهُۥ لَا يُفۡلِحُ ٱلۡكَٰفِرُونَ

    Open ayah 28:82

    अब त्यही व्यक्तिहरूले नै जो बितेको दिन उसको स्थानप्राप्तिको कामना गर्ने, भन्न थाले–“अपसोच ! हामीले बिर्सेका थियौं कि अल्लाह आफ्ना उपासकहरूमध्ये जसलाई चाहन्छन्, खुबै जीविका प्रदान गर्दछन् र जसलाई चाहन्छन् सिमित मात्रामा दिन्छन् । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए हामीलाई पनि धर्तीमा धसाइदिने थिए । अपसोच ! हामीले काफिरहरू सफल हुन सक्दैनन् भन्ने कुरा बिर्सेका थियौं ।

  83. تِلۡكَ ٱلدَّارُ ٱلۡأٓخِرَةُ نَجۡعَلُهَا لِلَّذِينَ لَا يُرِيدُونَ عُلُوّٗا فِي ٱلۡأَرۡضِ وَلَا فَسَادٗاۚ وَٱلۡعَٰقِبَةُ لِلۡمُتَّقِينَ

    Open ayah 28:83

    त्यो आखिरतको घरलाई त हामीले धर्तीमा आफ्नो बडप्पन न चाहने र विध्वंस नमच्चाउनेहरूलाई दिनेछौं । र, राम्रो परिणाम त ईशभय राख्नेहरूकालागि नै रहेको छ ।

  84. مَن جَآءَ بِٱلۡحَسَنَةِ فَلَهُۥ خَيۡرٞ مِّنۡهَاۖ وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَلَا يُجۡزَى ٱلَّذِينَ عَمِلُواْ ٱلسَّيِّـَٔاتِ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 28:84

    पुण्यकर्म लिएर आउने व्यक्तिकोलागि त्यसभन्दा उत्तम प्रतिदान रहेको छ, र पाप लिएर आउने व्यक्तिको लागि उसले गरेको कर्म अनुसार नै बदला मिल्नेछ ।

  85. إِنَّ ٱلَّذِي فَرَضَ عَلَيۡكَ ٱلۡقُرۡءَانَ لَرَآدُّكَ إِلَىٰ مَعَادٖۚ قُل رَّبِّيٓ أَعۡلَمُ مَن جَآءَ بِٱلۡهُدَىٰ وَمَنۡ هُوَ فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 28:85

    हे नबी स.! विश्वास गर कि जसले तिमीमाथि कुरआन अनिवार्य गरेका छन् उनले तिमीलाई एउटा उत्तम परिणामसम्म अवश्य पुर्याउनेछन् । भनिदेऊ– “मेरा पालनकर्ता मार्गदर्शन लिएर आउनेलाई पनि राम्ररी जान्दछन् र स्पष्ट पथभ्रष्टतामा ग्रस्त व्यक्तिलाई पनि ।

  86. وَمَا كُنتَ تَرۡجُوٓاْ أَن يُلۡقَىٰٓ إِلَيۡكَ ٱلۡكِتَٰبُ إِلَّا رَحۡمَةٗ مِّن رَّبِّكَۖ فَلَا تَكُونَنَّ ظَهِيرٗا لِّلۡكَٰفِرِينَ

    Open ayah 28:86

    तिमीमाथि यो ग्रन्थ अवतरण गरिनेछ भनी तिमीलाई कदापि आशा थिएन, तर यो केवल तिम्रा पालनकर्ताको दया हो । अतः कदापि काफिरहरूको सहयोगी नहुनू ।

  87. وَلَا يَصُدُّنَّكَ عَنۡ ءَايَٰتِ ٱللَّهِ بَعۡدَ إِذۡ أُنزِلَتۡ إِلَيۡكَۖ وَٱدۡعُ إِلَىٰ رَبِّكَۖ وَلَا تَكُونَنَّ مِنَ ٱلۡمُشۡرِكِينَ

    Open ayah 28:87

    र, अल्लाहका आयतहरू तिमीमाथि अवतरण भएपछि (यसको प्रसारबाट) तिमीलाई तिनीहरूले कदापि नरोकून् । र, आफ्ना पालनकर्तातर्फ बोलाऊ अनि बहुदेववादीहरूमा कहिल्यै सामेल नहोऊ ।

  88. وَلَا تَدۡعُ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۘ لَآ إِلَٰهَ إِلَّا هُوَۚ كُلُّ شَيۡءٍ هَالِكٌ إِلَّا وَجۡهَهُۥۚ لَهُ ٱلۡحُكۡمُ وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 28:88

    र, अल्लाहकासाथ अन्य कुनै पनि पूज्यलाई नपुकार । उनीबाहेक कोही पूज्य छैन । उनको अस्तित्व बाहेक सम्पूर्ण चिज नष्ट हुनेछन् । शासन उनैको हो र तिमीहरू सबैलाई उनैतर्फ फर्केर जानु छ ।