العنكبوت
Al-Ankaboot
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
الٓمٓ
Open ayah 29:1अलिफ्० लाम्० मीम्०
أَحَسِبَ ٱلنَّاسُ أَن يُتۡرَكُوٓاْ أَن يَقُولُوٓاْ ءَامَنَّا وَهُمۡ لَا يُفۡتَنُونَ
Open ayah 29:2के मानिसहरूले ईमान ल्याए भन्दैमा उनीहरूलाई त्यत्तिकै छोडिनेछ भन्ने ठानेका छन्, र तिनीहरूको परीक्षा लिइने छैन?
وَلَقَدۡ فَتَنَّا ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ فَلَيَعۡلَمَنَّ ٱللَّهُ ٱلَّذِينَ صَدَقُواْ وَلَيَعۡلَمَنَّ ٱلۡكَٰذِبِينَ
Open ayah 29:3जबकि हामीले यिनीहरूभन्दा पहिले बितेका सबै मानिसहरूको कठिन परीक्षा लिइसकेका छौं, अनि अल्लाहले अवश्य जान्नेछन् कि को सत्यवादीहरू हुन् र को झुठाहरू ।
أَمۡ حَسِبَ ٱلَّذِينَ يَعۡمَلُونَ ٱلسَّيِّـَٔاتِ أَن يَسۡبِقُونَاۚ سَآءَ مَا يَحۡكُمُونَ
Open ayah 29:4के दुष्कार्य गर्नेहरू हाम्रो नियन्त्रणबाट उम्कन सफल हुनेछन् भन्ने ठानेका छन् ? गलत फैसला हो जुन तिनीहरू गरिरहेका छन् ।
مَن كَانَ يَرۡجُواْ لِقَآءَ ٱللَّهِ فَإِنَّ أَجَلَ ٱللَّهِ لَأٓتٖۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 29:5जो अल्लाहसित भेट्ने आशा राख्छ (ऊ निश्चिन्त होओस् कि) अल्लाहले निर्धारण गरेको समय आउने नै छ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَمَن جَٰهَدَ فَإِنَّمَا يُجَٰهِدُ لِنَفۡسِهِۦٓۚ إِنَّ ٱللَّهَ لَغَنِيٌّ عَنِ ٱلۡعَٰلَمِينَ
Open ayah 29:6जो सङ्घर्ष गर्नेछ उसले आफ्नै भलाईको लागि गर्नेछ । निस्सन्देह अल्लाह संसारबासीहरूसित निस्पृह छन् ।
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُكَفِّرَنَّ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَلَنَجۡزِيَنَّهُمۡ أَحۡسَنَ ٱلَّذِي كَانُواْ يَعۡمَلُونَ
Open ayah 29:7र, जो ईमान ल्याउनेछन् र सत्कर्म गर्नेछन्, हामीले तिनीहरूका दुष्कर्महरू तिनीहरूबाट हटाउनेछौं अनि तिनीहरूलाई तिनीहरूले गर्ने गरेका उत्तम कर्महरूको बदला अवश्य नै दिनेछौं ।
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ حُسۡنٗاۖ وَإِن جَٰهَدَاكَ لِتُشۡرِكَ بِي مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٞ فَلَا تُطِعۡهُمَآۚ إِلَيَّ مَرۡجِعُكُمۡ فَأُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 29:8र, हामीले मनुष्यलाई उनका मातापितासँग राम्रो व्यवहारको आदेश दिएका छौं । यदि तिनीहरू तिमीमाथि दबाव दिन्छन् कि त्यसलाई मेरो साझेदार ठहर्याऊ जसको उपास्य भएको तिमीलाई ज्ञान छैन भने तिनीहरूको आज्ञापालन नगर । तिमीहरू मतर्फ नै फर्केर आउनुछ । अनि म तिमीहरूलाई तिमीहरूले गर्ने गरेका कर्महरूबारे अवगत गराउनेछु ।
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُدۡخِلَنَّهُمۡ فِي ٱلصَّٰلِحِينَ
Open ayah 29:9र, ईमान ल्याउने तथा पूण्यकर्म गर्नेहरूलाई हामी सत्यवादीहरूमा सामेल गर्नेछौं ।
وَمِنَ ٱلنَّاسِ مَن يَقُولُ ءَامَنَّا بِٱللَّهِ فَإِذَآ أُوذِيَ فِي ٱللَّهِ جَعَلَ فِتۡنَةَ ٱلنَّاسِ كَعَذَابِ ٱللَّهِۖ وَلَئِن جَآءَ نَصۡرٞ مِّن رَّبِّكَ لَيَقُولُنَّ إِنَّا كُنَّا مَعَكُمۡۚ أَوَلَيۡسَ ٱللَّهُ بِأَعۡلَمَ بِمَا فِي صُدُورِ ٱلۡعَٰلَمِينَ
Open ayah 29:10मानिसहरूमध्ये कोही यस्ता पनि छन् जो अल्लाहमाथि ईमान ल्याउने दावी गर्छन्, तर जब अल्लाहको मामिलामा तिनीहरूलाई सताइन्छ तब तिनीहरू मानिसद्वारा दिइने पीडालाई अल्लाहको यातना झैं ठान्छन् । र, यदि तिम्रा रबको तर्फबाट मद्दत आयो भने भन्छन्– “हामी तिमीहरूकै साथमा छौं ।” के मानिसहरूको हृदयमा रहेका कुराहरूसँग अल्लाह राम्ररी अवगत छैनन् र ?
وَلَيَعۡلَمَنَّ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَلَيَعۡلَمَنَّ ٱلۡمُنَٰفِقِينَ
Open ayah 29:11र, अल्लाह वास्तविक ईमानवाला र मुनाफिकहरुलाई जानेरै छोड्नेछन् ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُواْ ٱتَّبِعُواْ سَبِيلَنَا وَلۡنَحۡمِلۡ خَطَٰيَٰكُمۡ وَمَا هُم بِحَٰمِلِينَ مِنۡ خَطَٰيَٰهُم مِّن شَيۡءٍۖ إِنَّهُمۡ لَكَٰذِبُونَ
Open ayah 29:12र, काफिरहरूले आस्थावानहरूलाई भन्छन्– “तिमीहरू हाम्रो मार्गमा हिँड र हामी तिम्रा पापहरूलाई स्वयंमाथि लिनेछौं, जबकि तिनीहरूले उनीहरूको कुनै पाप आफूमाथि लिन सक्ने छैनन् । तिनीहरू सरासर झूठो बोल्दैछन् ।
وَلَيَحۡمِلُنَّ أَثۡقَالَهُمۡ وَأَثۡقَالٗا مَّعَ أَثۡقَالِهِمۡۖ وَلَيُسۡـَٔلُنَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ عَمَّا كَانُواْ يَفۡتَرُونَ
Open ayah 29:13अँ, तिनीहरूले अवश्य नै आफ्नो भारी उठाउनेछन् र आफ्नो भारीकासाथ अरू थुप्रै भारीहरू पनि । र, महाप्रलयको दिन अवश्य नै तिनीहरूसित तिनीहरूले गर्ने गरेका मनगढन्ते कुराहरूबारे सोधिनेछ ।
وَلَقَدۡ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦ فَلَبِثَ فِيهِمۡ أَلۡفَ سَنَةٍ إِلَّا خَمۡسِينَ عَامٗا فَأَخَذَهُمُ ٱلطُّوفَانُ وَهُمۡ ظَٰلِمُونَ
Open ayah 29:14हामीले नूहलाई उनका समुदायतर्फ पठायौं जहाँ उनी पचास कम एक हजार वर्षसम्म बसे । अन्ततः तिनीहरूलाई अत्याचारी भएकै अवस्थामा बाढीले समात्यो ।
فَأَنجَيۡنَٰهُ وَأَصۡحَٰبَ ٱلسَّفِينَةِ وَجَعَلۡنَٰهَآ ءَايَةٗ لِّلۡعَٰلَمِينَ
Open ayah 29:15नूह र डुङ्गामा सवार अन्य मानिसहरूलाई हामीले बचायौं र डुङ्गालाई संसार बासीहरूकालागि एउटा निशानी बनाइदियौं ।
وَإِبۡرَٰهِيمَ إِذۡ قَالَ لِقَوۡمِهِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱتَّقُوهُۖ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
Open ayah 29:16र, हामीले इब्राहीमलाई पठायौं । र, स्मरण गर जब उनले आफ्नो समुदायलाई भने– “अल्लाहको दासत्व स्वीकार गर र उनैसित डराऊ । यदि तिमीहरूलाई ज्ञान छ भने यही तिमीहरूकालागि उत्तम हुनेछ ।
إِنَّمَا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ أَوۡثَٰنٗا وَتَخۡلُقُونَ إِفۡكًاۚ إِنَّ ٱلَّذِينَ تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ لَا يَمۡلِكُونَ لَكُمۡ رِزۡقٗا فَٱبۡتَغُواْ عِندَ ٱللَّهِ ٱلرِّزۡقَ وَٱعۡبُدُوهُ وَٱشۡكُرُواْ لَهُۥٓۖ إِلَيۡهِ تُرۡجَعُونَ
Open ayah 29:17तिमीहरू अल्लाहलाई छोडी जसको भक्ति गर्छौ ती त केवल मूर्तिहरू हुन् र तिमीहरू झूठको खेती गरिरहेकाछौ । अल्लाहलाई छोडी तिमीहरू ज- जसको भक्ति गरिरहेका छौ निस्सन्देह तिनीहरूले तिमीहरूको जीविकाको सामर्थ्य राख्दैनन् । बरु अल्लाहकहाँ नै जीविका खोज । उनकै भक्ति गर र उनैप्रति कृतज्ञता देखाऊ । उनैतर्फ फर्केर जानुछ ।
وَإِن تُكَذِّبُواْ فَقَدۡ كَذَّبَ أُمَمٞ مِّن قَبۡلِكُمۡۖ وَمَا عَلَى ٱلرَّسُولِ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ
Open ayah 29:18तिमीहरू मिथ्या ठहर गर्दछौ भने तिमीहरूभन्दा पहिले धेरै समुदायहरूले पनि मिथ्या ठहर गरिसकेका छन् । र, रसूलमाथि केवल स्पष्ट रूपमा सन्देश पुर्याउने जिम्मेवारी रहेको छ ।
أَوَلَمۡ يَرَوۡاْ كَيۡفَ يُبۡدِئُ ٱللَّهُ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥٓۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ
Open ayah 29:19के यिनीहरूले देखेनन् कि अल्लाह सृष्टिको आरम्भ कसरी गर्दछन् ? फेरि त्यसको पुनरावृत्ति गर्नेछन् । निस्सन्देह यो अल्लाहकोलागि बिलकुलै सहज छ ।”
قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ بَدَأَ ٱلۡخَلۡقَۚ ثُمَّ ٱللَّهُ يُنشِئُ ٱلنَّشۡأَةَ ٱلۡأٓخِرَةَۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 29:20भन–“धर्तीमा घुमफिर गर र हेर अल्लाहले कसरी सृष्टिको आरम्भ गरे । अनि अल्लाहले पुनर्जन्म प्रदान गर्नेछन् । निस्सन्देह अल्लाहसँग हरेक कार्यको सामर्थ्य छ ।
يُعَذِّبُ مَن يَشَآءُ وَيَرۡحَمُ مَن يَشَآءُۖ وَإِلَيۡهِ تُقۡلَبُونَ
Open ayah 29:21उनले जसलाई चाहन्छन् यातना दिन्छन् र जसमाथि चाहन्छन् दया गर्छन् । उनैतर्फ तिमीहरूलाई फर्काइनेछ ।
وَمَآ أَنتُم بِمُعۡجِزِينَ فِي ٱلۡأَرۡضِ وَلَا فِي ٱلسَّمَآءِۖ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٖ
Open ayah 29:22तिमीहरू न धर्तीमा (अल्लाहलाई) विवश पार्न सक्छौ र न आकाशमा नै । र, तिमीहरूकालागि अल्लाह बाहेक कुनै संरक्षक तथा सहयोगी छैन ।
وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ وَلِقَآئِهِۦٓ أُوْلَٰٓئِكَ يَئِسُواْ مِن رَّحۡمَتِي وَأُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٞ
Open ayah 29:23जुन व्यक्तिहरूले अल्लाहका आयतहरू र उनीसित हुने साक्षात्कारलाई इन्कार गरे त्यस्ता व्यक्तिहरू नै मेरो दयाबाट निराश भए । र, त्यस्ता व्यक्तिहरूकालागि पीडादायी यातना रहेकोछ ।
فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُواْ ٱقۡتُلُوهُ أَوۡ حَرِّقُوهُ فَأَنجَىٰهُ ٱللَّهُ مِنَ ٱلنَّارِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 29:24इब्राहीमको समुदायले यो प्रतिक्रियाबाहेक केही भनेन– “उसको हत्या गरिदेऊ वा आगोमा डढाइदेऊ ।” तर अल्लाहले उनलाई आगोबाट बचाए । निश्चय नै यसमा आस्थावानहरूकालागि निशानीहरू रहेका छन् ।
وَقَالَ إِنَّمَا ٱتَّخَذۡتُم مِّن دُونِ ٱللَّهِ أَوۡثَٰنٗا مَّوَدَّةَ بَيۡنِكُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ ثُمَّ يَوۡمَ ٱلۡقِيَٰمَةِ يَكۡفُرُ بَعۡضُكُم بِبَعۡضٖ وَيَلۡعَنُ بَعۡضُكُم بَعۡضٗا وَمَأۡوَىٰكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن نَّٰصِرِينَ
Open ayah 29:25र, इब्राहीमले भने– “तिमीहरूले सांसारिक जीवनमा अल्लाहलाई छोडी मूर्तिहरूलाई परस्पर प्रेमको साधन बनाएका छौ । तर महाप्रलयको दिन तिमीहरूले एकअर्काको इन्कार गर्नेछौ र एकअर्कालाई धिक्कार्नेछौ, अनि तिमीहरूको बासस्थान नरक हुनेछ । र, तिमीहरूको कोही पनि सहायक हुनेछैन ।
۞فَـَٔامَنَ لَهُۥ لُوطٞۘ وَقَالَ إِنِّي مُهَاجِرٌ إِلَىٰ رَبِّيٓۖ إِنَّهُۥ هُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 29:26अनि लूतले उनीमाथि ईमान ल्याए । र, इब्राहिमले भने– “म आफ्ना पालनकर्तातर्फ हिज्रत ( पलायन ) गरिरहेको छु । निस्सन्देह उनी प्रभुतत्वशाली एवं तत्वदर्शी छन् ।
وَوَهَبۡنَا لَهُۥٓ إِسۡحَٰقَ وَيَعۡقُوبَ وَجَعَلۡنَا فِي ذُرِّيَّتِهِ ٱلنُّبُوَّةَ وَٱلۡكِتَٰبَ وَءَاتَيۡنَٰهُ أَجۡرَهُۥ فِي ٱلدُّنۡيَاۖ وَإِنَّهُۥ فِي ٱلۡأٓخِرَةِ لَمِنَ ٱلصَّٰلِحِينَ
Open ayah 29:27र, हामीले इब्राहीमलाई इस्हाक तथा यअ्कूब प्रदान गर्यौं । र, उनका वंशमा ईशदूतत्व एवं ग्रन्थ राखिदियौं र उनलाई संसारमा प्रतिदान प्रदान गर्यौं । अनि आखिरतमा निश्चय नै उनी सत्करमीहरूमध्ये हुनेछन् ।
وَلُوطًا إِذۡ قَالَ لِقَوۡمِهِۦٓ إِنَّكُمۡ لَتَأۡتُونَ ٱلۡفَٰحِشَةَ مَا سَبَقَكُم بِهَا مِنۡ أَحَدٖ مِّنَ ٱلۡعَٰلَمِينَ
Open ayah 29:28र, हामीले लूतलाई पठायौं । जब उनले आफ्ना समुदायलाई भने– “तिमीहरू त्यो अश्लील कर्म गर्छौ जुन तिमीहरूभन्दा पहिले संसार बासीहरूमध्ये कसैले पनि गरेको छैन ।
أَئِنَّكُمۡ لَتَأۡتُونَ ٱلرِّجَالَ وَتَقۡطَعُونَ ٱلسَّبِيلَ وَتَأۡتُونَ فِي نَادِيكُمُ ٱلۡمُنكَرَۖ فَمَا كَانَ جَوَابَ قَوۡمِهِۦٓ إِلَّآ أَن قَالُواْ ٱئۡتِنَا بِعَذَابِ ٱللَّهِ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ
Open ayah 29:29के तिमीहरू पुरुषकहाँ जान्छौ र डकैती गछौ र खुल्लमखुल्ला दुष्कर्म गर्छौ ?” उनका समुदायका मानिसहरूको उत्तर यति मात्र हुन्थ्यो – “लिएर आऊ अल्लाहको यातना यदि तिमी सच्चा हौ भने ।”
قَالَ رَبِّ ٱنصُرۡنِي عَلَى ٱلۡقَوۡمِ ٱلۡمُفۡسِدِينَ
Open ayah 29:30लूतले भने– “हे मेरा पालनकर्ता ! विध्वंसकारीहरूको मुकाबिलामा मेरो मद्दत गर ।”
وَلَمَّا جَآءَتۡ رُسُلُنَآ إِبۡرَٰهِيمَ بِٱلۡبُشۡرَىٰ قَالُوٓاْ إِنَّا مُهۡلِكُوٓاْ أَهۡلِ هَٰذِهِ ٱلۡقَرۡيَةِۖ إِنَّ أَهۡلَهَا كَانُواْ ظَٰلِمِينَ
Open ayah 29:31र, जब हाम्रा फरिश्ताहरू खुशीको खबर लिएर इब्राहीमकहाँ पुगे तब तिनीहरूले भने “हामी यस नगर बासीहरूलाई नष्ट गर्नेछौं [ ] वास्तवमा यिनीहरू अति अत्याचारी हुन् ।”
قَالَ إِنَّ فِيهَا لُوطٗاۚ قَالُواْ نَحۡنُ أَعۡلَمُ بِمَن فِيهَاۖ لَنُنَجِّيَنَّهُۥ وَأَهۡلَهُۥٓ إِلَّا ٱمۡرَأَتَهُۥ كَانَتۡ مِنَ ٱلۡغَٰبِرِينَ
Open ayah 29:32इब्राहीमले भने– “त्यहाँ त लूत पनि छन् ।” उनीहरूले भने– “त्यहाँ जो छन् तिनीहरूलाई हामी राम्ररी जान्दछौं । हामी लूत र उनका परिवारका सदस्यहरूलाई अवश्य बचाउनेछौं । उनकी पत्नी बाहेक जो पछाडि रहनेवालाहरूमध्ये छिन् ।”
وَلَمَّآ أَن جَآءَتۡ رُسُلُنَا لُوطٗا سِيٓءَ بِهِمۡ وَضَاقَ بِهِمۡ ذَرۡعٗاۖ وَقَالُواْ لَا تَخَفۡ وَلَا تَحۡزَنۡ إِنَّا مُنَجُّوكَ وَأَهۡلَكَ إِلَّا ٱمۡرَأَتَكَ كَانَتۡ مِنَ ٱلۡغَٰبِرِينَ
Open ayah 29:33र, जब हाम्रा फरिश्ताहरू लूतकहाँ पुगे उनी तिनीहरूका कारण अति ब्याकुल एवं संकुचित भए । उनीहरूले भने– “नडराऊ र चिन्तित पनि नहोऊ । हामी तिमीलाई र तिम्रा परिवारका सदस्यहरूलाई बचाउनेछौं सिवाय तिम्री पत्नी बाहेक जो पछाडि रहनेहरूमध्ये हुन् ।
إِنَّا مُنزِلُونَ عَلَىٰٓ أَهۡلِ هَٰذِهِ ٱلۡقَرۡيَةِ رِجۡزٗا مِّنَ ٱلسَّمَآءِ بِمَا كَانُواْ يَفۡسُقُونَ
Open ayah 29:34हामीले यस नगरबासीहरूमाथि यिनीहरूले गर्ने गरेका अवज्ञाको कारणले आकाशबाट प्रकोप अवतीर्ण गर्नेछौं ।
وَلَقَد تَّرَكۡنَا مِنۡهَآ ءَايَةَۢ بَيِّنَةٗ لِّقَوۡمٖ يَعۡقِلُونَ
Open ayah 29:35र, हामीले बुद्धिले काम लिने व्यक्तिहरूकालागि यस नगरलाई एउटा स्पष्ट निशानी बनाई छोडिदिएका छौं ।
وَإِلَىٰ مَدۡيَنَ أَخَاهُمۡ شُعَيۡبٗا فَقَالَ يَٰقَوۡمِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱرۡجُواْ ٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَلَا تَعۡثَوۡاْ فِي ٱلۡأَرۡضِ مُفۡسِدِينَ
Open ayah 29:36र, मदयनतर्फ हामीले उनका भाइ शुऐबलाई पठायौं । उनले भने– “हे मेरा जातिबन्धुहरू हो ! अल्लाहको दासत्व प्रवेश गर र अन्तिम दिनसित डराउ, अनि धर्तीमा विध्वंस मच्चाउँदै न हिँड ।”
فَكَذَّبُوهُ فَأَخَذَتۡهُمُ ٱلرَّجۡفَةُ فَأَصۡبَحُواْ فِي دَارِهِمۡ جَٰثِمِينَ
Open ayah 29:37तर तिनीहरूले शुऐबलाई झूठो ठहर गरे । अन्ततः एउटा प्रचण्ड भूकम्पले तिनीहरूलाई समात्यो र तिनीहरू आ–आफ्ना घरमै घोप्टो परिरहे ।
وَعَادٗا وَثَمُودَاْ وَقَد تَّبَيَّنَ لَكُم مِّن مَّسَٰكِنِهِمۡۖ وَزَيَّنَ لَهُمُ ٱلشَّيۡطَٰنُ أَعۡمَٰلَهُمۡ فَصَدَّهُمۡ عَنِ ٱلسَّبِيلِ وَكَانُواْ مُسۡتَبۡصِرِينَ
Open ayah 29:38अनि, आद एवं समूदलाई पनि हामीले नष्ट पार्यौं । र, तिनीहरूका बासस्थान पनि तिमीहरू समक्ष प्रस्टै छ । तिनीहरूका कर्महरूलाई शैतानले शोभनीय बनायो र तिनीहरूलाई सत्मार्गबाट रोक्यो, जबकि तिनीहरू सुझबुझ पनि राख्दथे ।
وَقَٰرُونَ وَفِرۡعَوۡنَ وَهَٰمَٰنَۖ وَلَقَدۡ جَآءَهُم مُّوسَىٰ بِٱلۡبَيِّنَٰتِ فَٱسۡتَكۡبَرُواْ فِي ٱلۡأَرۡضِ وَمَا كَانُواْ سَٰبِقِينَ
Open ayah 29:39र, कारून, फिरऔन तथा हामानलाई पनि हामीले नष्ट गर्यौं । तिनीहरूसमक्ष मूसा प्रत्यक्ष प्रमाणहरू लिएर आएका थिए तर तिनीहरूले घमण्ड गरे जबकि तिनीहरू (हाम्रो नियन्त्रणबाट) फुत्कनेवाला थिएनन् ।
فَكُلًّا أَخَذۡنَا بِذَنۢبِهِۦۖ فَمِنۡهُم مَّنۡ أَرۡسَلۡنَا عَلَيۡهِ حَاصِبٗا وَمِنۡهُم مَّنۡ أَخَذَتۡهُ ٱلصَّيۡحَةُ وَمِنۡهُم مَّنۡ خَسَفۡنَا بِهِ ٱلۡأَرۡضَ وَمِنۡهُم مَّنۡ أَغۡرَقۡنَاۚ وَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ
Open ayah 29:40अतः हामीले प्रत्येकलाई उसको पापको कारणले समात्यौं । तिनीहरूमध्ये केहीमाथि हामीले ढुङ्गा बर्साउने हुरी–बतास पठायौं भने अन्य कसैलाई भयंकर धमाकाले समात्यो । केहीलाई हामीले धर्तीसमेत धसाइदियौं भने केहीलाई चुर्लुम्मै डुबाइदियौं । तिनीहरूमाथि अल्लाह अत्याचार गर्नेवाला थिएनन् बरु तिनीहरू स्वयं आफैंमाथि अत्याचार गर्दै थिए ।
مَثَلُ ٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ أَوۡلِيَآءَ كَمَثَلِ ٱلۡعَنكَبُوتِ ٱتَّخَذَتۡ بَيۡتٗاۖ وَإِنَّ أَوۡهَنَ ٱلۡبُيُوتِ لَبَيۡتُ ٱلۡعَنكَبُوتِۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 29:41अल्लाहलाई छोडी अरूलाई संरक्षक–मित्र बनाउनेहरूको उदाहरण एउटा माकुरोजस्तो छ जसले आफ्नो एउटा घर बनाउँछ र सबभन्दा कमजोर घर माकुराको नै हुन्छ । यिनीहरूले यो तथ्य बुझेको भए !
إِنَّ ٱللَّهَ يَعۡلَمُ مَا يَدۡعُونَ مِن دُونِهِۦ مِن شَيۡءٖۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 29:42यिनीहरू अल्लाहलाई छोडी जुन वस्तुलाई पुकार्दछन् अल्लाह त्यसलाई राम्ररी जान्दछन् । उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
وَتِلۡكَ ٱلۡأَمۡثَٰلُ نَضۡرِبُهَا لِلنَّاسِۖ وَمَا يَعۡقِلُهَآ إِلَّا ٱلۡعَٰلِمُونَ
Open ayah 29:43यी उदाहरणहरू हामी मानिसहरूलाई सम्झाउनकोलागि बयान गर्दछौं तर यसलाई ज्ञानवान व्यक्तिहरूले मात्र बुझ्दछन् ।
خَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّلۡمُؤۡمِنِينَ
Open ayah 29:44अल्लाहले आकाशहरू तथा पृथ्वीलाई नितान्त सत्यकासाथ सृष्टि गरेका छन् । निस्सन्देह यसमा आस्थावनहरूकालागि ठूलो निशानी रहेको छ ।
ٱتۡلُ مَآ أُوحِيَ إِلَيۡكَ مِنَ ٱلۡكِتَٰبِ وَأَقِمِ ٱلصَّلَوٰةَۖ إِنَّ ٱلصَّلَوٰةَ تَنۡهَىٰ عَنِ ٱلۡفَحۡشَآءِ وَٱلۡمُنكَرِۗ وَلَذِكۡرُ ٱللَّهِ أَكۡبَرُۗ وَٱللَّهُ يَعۡلَمُ مَا تَصۡنَعُونَ
Open ayah 29:45(हे मुहम्मद स.!) त्यस ग्रन्थको पाठ गर्ने गर जुन तिमीतर्फ वह्य द्वारा पठाइएको छ र नमाज कायम गर । निस्सन्देह नमाजले अश्लील कार्य एवं नराम्रो कुराबाट रोक्दछ । र अल्लाहको याद त अति ठूलो हो । र, अल्लाह तिमीहरूले गर्ने गरेका कार्यहरूलाई राम्ररी जान्दछन् ।
۞وَلَا تُجَٰدِلُوٓاْ أَهۡلَ ٱلۡكِتَٰبِ إِلَّا بِٱلَّتِي هِيَ أَحۡسَنُ إِلَّا ٱلَّذِينَ ظَلَمُواْ مِنۡهُمۡۖ وَقُولُوٓاْ ءَامَنَّا بِٱلَّذِيٓ أُنزِلَ إِلَيۡنَا وَأُنزِلَ إِلَيۡكُمۡ وَإِلَٰهُنَا وَإِلَٰهُكُمۡ وَٰحِدٞ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ
Open ayah 29:46र, ग्रन्थवाहकहरूसँग वादविवाद नगर तर उत्तम ढंगले, ती व्यक्तिहरू बाहेक जो अत्याचारी हुन् । र, भनिदेऊ– “हामी ती सबैमाथि आस्था राख्दछौं जुन हामीमाथि अवतरण गरिएका छन् र जुन तिमीहरूमाथि अवतरण गरिएका छन् । अनि, हाम्रा तथा तिमीहरूका ईश्वर एउटै हुन् र हामी उनैप्रति समर्पित छौं ।
وَكَذَٰلِكَ أَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَۚ فَٱلَّذِينَ ءَاتَيۡنَٰهُمُ ٱلۡكِتَٰبَ يُؤۡمِنُونَ بِهِۦۖ وَمِنۡ هَٰٓؤُلَآءِ مَن يُؤۡمِنُ بِهِۦۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا ٱلۡكَٰفِرُونَ
Open ayah 29:47(हे मुहम्मद स.!) यसरी नै हामीले तिमीमाथि ग्रन्थ अवतरण गर्यौ । तसर्थ ग्रन्थबाहकहरू त यसमाथि आस्था राख्दछन्, [ ] र तिनीहरू मध्ये पनि केही यस्ता छन् जो यसमाथि ईमान राख्दछन् । र, हाम्रा आयतहरूको इन्कार केवल काफिरहरू नै गर्दछन् ।
وَمَا كُنتَ تَتۡلُواْ مِن قَبۡلِهِۦ مِن كِتَٰبٖ وَلَا تَخُطُّهُۥ بِيَمِينِكَۖ إِذٗا لَّٱرۡتَابَ ٱلۡمُبۡطِلُونَ
Open ayah 29:48(हे मुहम्मद स.!) तिमी यसअघि न कुनै किताब पढ्थ्यौ न आफ्नो हातले लेख्थ्यौ । यस्तो भएको भए असत्यवादीहरू सन्देहमा पर्ने थिए ।
بَلۡ هُوَ ءَايَٰتُۢ بَيِّنَٰتٞ فِي صُدُورِ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا ٱلظَّٰلِمُونَ
Open ayah 29:49होइन, बरु यी स्पष्ट आयतहरू हुन् जुन ज्ञानवानहरूको हृदयमा छन् । र, हाम्रा आयतहरूलाई अत्याचारीहरूवाहेक अरू कसैले नकार्दैन ।
وَقَالُواْ لَوۡلَآ أُنزِلَ عَلَيۡهِ ءَايَٰتٞ مِّن رَّبِّهِۦۚ قُلۡ إِنَّمَا ٱلۡأٓيَٰتُ عِندَ ٱللَّهِ وَإِنَّمَآ أَنَا۠ نَذِيرٞ مُّبِينٌ
Open ayah 29:50र, काफिरहरू भन्दछन्– “यिनका रबको तर्फबाट यिनी माथि निशानीहरू किन अवतरित गरिएन ?” भनिदेऊ– “निशानीहरू अल्लाहकहाँ छन् र म केवल स्पष्ट सचेतक हुँ ।
أَوَلَمۡ يَكۡفِهِمۡ أَنَّآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ يُتۡلَىٰ عَلَيۡهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَرَحۡمَةٗ وَذِكۡرَىٰ لِقَوۡمٖ يُؤۡمِنُونَ
Open ayah 29:51र, के यिनीहरूकालागि यो पर्याप्त छैन कि हामीले तिमीमाथि यस्तो ग्रन्थ अवतरित गरेका छौं जुन तिनीहरूसमक्ष पढेर सुनाइन्छ ? निश्चय नै त्यसमा आस्था राख्नेहरूकालागि दया र उपदेश छ ।
قُلۡ كَفَىٰ بِٱللَّهِ بَيۡنِي وَبَيۡنَكُمۡ شَهِيدٗاۖ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱلَّذِينَ ءَامَنُواْ بِٱلۡبَٰطِلِ وَكَفَرُواْ بِٱللَّهِ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ
Open ayah 29:52(हे मुहम्मद स.!) भनिदेऊ– “म र तिमीहरूबीच साक्षीकोलागि अल्लाह नै पर्याप्त छन् । उनी आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरूलाई जान्दछन् । जो नितान्त असत्यलाई मान्दछन् र अल्लाहको इन्कार गर्दछन् तिनीहरू नै घाटा बेहोर्नेहरू हुन् ।
وَيَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَلَوۡلَآ أَجَلٞ مُّسَمّٗى لَّجَآءَهُمُ ٱلۡعَذَابُۚ وَلَيَأۡتِيَنَّهُم بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ
Open ayah 29:53यिनीहरू तिमीसित प्रकोपकोलागि हतार गरिरहेका छन् । यदि यसकोलागि एउटा समय निर्धारित नभएको भए यिनीहरूमाथि प्रकोप आइसकेको हुने थियो । र, यो त तिनीहरूसमक्ष अवश्य नै अकस्मात् आउनेछ जसको तिनीहरूलाई आभास पनि हुने छैन ।
يَسۡتَعۡجِلُونَكَ بِٱلۡعَذَابِ وَإِنَّ جَهَنَّمَ لَمُحِيطَةُۢ بِٱلۡكَٰفِرِينَ
Open ayah 29:54यिनीहरू तिमीसित तुरुन्तै प्रकोपकोलागि हतार गरिरहेकाछन् जबकि नरकले त यी काफिरहरूलाई घेरिराखेको छ ।
يَوۡمَ يَغۡشَىٰهُمُ ٱلۡعَذَابُ مِن فَوۡقِهِمۡ وَمِن تَحۡتِ أَرۡجُلِهِمۡ وَيَقُولُ ذُوقُواْ مَا كُنتُمۡ تَعۡمَلُونَ
Open ayah 29:55त्यस दिन प्रकोपले यिनीहरूलाई माथिबाट छोप्नेछ र पैताला मुनिबाट पनि । र, भन्नेछ– “अब आफ्ना दुष्कर्महरूको स्वाद चाख ।”
يَٰعِبَادِيَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ أَرۡضِي وَٰسِعَةٞ فَإِيَّٰيَ فَٱعۡبُدُونِ
Open ayah 29:56हे मेरा आस्थावान भक्तहरू हो ! मेरो धर्ती विशाल छ । तसर्थ केवल मेरै उपासना गर ।
كُلُّ نَفۡسٖ ذَآئِقَةُ ٱلۡمَوۡتِۖ ثُمَّ إِلَيۡنَا تُرۡجَعُونَ
Open ayah 29:57प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्छ । अनि तिमीहरूलाई हामीतिरै फर्काइनेछ ।
وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَنُبَوِّئَنَّهُم مِّنَ ٱلۡجَنَّةِ غُرَفٗا تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ نِعۡمَ أَجۡرُ ٱلۡعَٰمِلِينَ
Open ayah 29:58अनि, जसले ईमान ल्याएकाछन् र सत्कर्म गरेकाछन् उनीहरूलाई हामीले स्वर्गको उच्च भवनहरूमा बसाउनेछौं जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जसमा तिनीहरू सदा–सर्वदा रहनेछन् । सत्कर्मीहरूकालागि कति राम्रो प्रतिदान रहेकोछ ।
ٱلَّذِينَ صَبَرُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ
Open ayah 29:59यी उनै हुन् जसले धैर्यधारण गरे र आफ्ना पालनकर्तामाथिनै भरोसा राख्दछन् ।
وَكَأَيِّن مِّن دَآبَّةٖ لَّا تَحۡمِلُ رِزۡقَهَا ٱللَّهُ يَرۡزُقُهَا وَإِيَّاكُمۡۚ وَهُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 29:60कतिपय जनावरहरू आफ्नो जीविका बोकेर हिंड्दैनन् । अल्लाहले तिनीहरूलाई जीविका प्रदान गर्छन् र तिमीहरूलाई पनि । र, उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَ لَيَقُولُنَّ ٱللَّهُۖ فَأَنَّىٰ يُؤۡفَكُونَ
Open ayah 29:61यदि तिमीले यिनीहरूलाई, आकाशहरू तथा पृथ्वी कसले सृष्टि गरेकाछन् र कसले सूर्य एवं चन्द्रमालाई नियन्त्रणमा राखेकाछन्, भनेर सोध्यौ भने, यिनीहरूले अवश्य भन्नेछन्– “अल्लाहले !” तै पनि यिनीहरू कहाँ बहकाइँदैछन् ?
ٱللَّهُ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُ لَهُۥٓۚ إِنَّ ٱللَّهَ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 29:62अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छन् व्यापक जीविका प्रदान गर्छन्, र जसको लागि चाहन्छन् सीमित पार्छन् । निस्सन्देह अल्लाह प्रत्येक चिजको ज्ञान राख्दछन् ।
وَلَئِن سَأَلۡتَهُم مَّن نَّزَّلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ مِنۢ بَعۡدِ مَوۡتِهَا لَيَقُولُنَّ ٱللَّهُۚ قُلِ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡقِلُونَ
Open ayah 29:63अनि, यदि तिमीले उनीहरूलाई, कसले आकाशबाट पानी बर्सायो र त्यसद्वारा भूमिलाई त्यसको मृत्युपश्चात् जीवित पार्यो, भनी सोध्यौ भने तिनीहरूले अवश्य भन्नेछन्– “अल्लाहले !” भनिदेऊ– “सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । तर तिनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
وَمَا هَٰذِهِ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا لَهۡوٞ وَلَعِبٞۚ وَإِنَّ ٱلدَّارَ ٱلۡأٓخِرَةَ لَهِيَ ٱلۡحَيَوَانُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ
Open ayah 29:64अनि, यो सांसारिक जीवन खेल तमासाबाहेक केही होइन, र निस्सन्देह परलोकको घर नै वास्तविक जीवन हो । यिनीहरूले जानेको भए बेस हुन्थ्यो !
فَإِذَا رَكِبُواْ فِي ٱلۡفُلۡكِ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ فَلَمَّا نَجَّىٰهُمۡ إِلَى ٱلۡبَرِّ إِذَا هُمۡ يُشۡرِكُونَ
Open ayah 29:65अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् तब आस्थालाई अल्लाहकैलागि विशिष्ट गरी उनलाई नै पुकार्दछन् । जब उनले तिनीहरूलाई बचाएर जमीनसम्म पुर्याउछन् तब तत्कालै तिनीहरू शिर्क गर्न थाल्छन् ।
لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡ وَلِيَتَمَتَّعُواْۚ فَسَوۡفَ يَعۡلَمُونَ
Open ayah 29:66ताकि तिनीहरूले त्यसप्रति कृतघ्नता दर्शाऊन् जुन हामीले तिनीहरूलाई प्रदान गर्यौं र मोज–मज्जा गरी बसून् । चाँडै नै यिनीहरूले थाहा पाउनेछन् ।
أَوَلَمۡ يَرَوۡاْ أَنَّا جَعَلۡنَا حَرَمًا ءَامِنٗا وَيُتَخَطَّفُ ٱلنَّاسُ مِنۡ حَوۡلِهِمۡۚ أَفَبِٱلۡبَٰطِلِ يُؤۡمِنُونَ وَبِنِعۡمَةِ ٱللَّهِ يَكۡفُرُونَ
Open ayah 29:67के यिनीहरूले देखेनन् कि हामीले एउटा शान्तिपूर्ण प्रतिष्ठित गृह बनाएका छौं जबकि यसको वरिपरि मानिसहरू लुटिन्छन् । तैपनि के तिनीहरू नितान्त असत्यलाई नै मान्छन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता प्रकट गर्छन् ?
وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَوۡ كَذَّبَ بِٱلۡحَقِّ لَمَّا جَآءَهُۥٓۚ أَلَيۡسَ فِي جَهَنَّمَ مَثۡوٗى لِّلۡكَٰفِرِينَ
Open ayah 29:68त्यो व्यक्ति भन्दा ठूलो अत्याचारी अरू को हुन सक्छ र जो अल्लाहप्रति झुठो रच्छ, र नितान्त सत्यलाई त्यसको आगमनपश्चात् असत्य ठहर गर्छ ? के यस्ता कृतघ्नहरूको बासस्थान नरक होइन त ?
وَٱلَّذِينَ جَٰهَدُواْ فِينَا لَنَهۡدِيَنَّهُمۡ سُبُلَنَاۚ وَإِنَّ ٱللَّهَ لَمَعَ ٱلۡمُحۡسِنِينَ
Open ayah 29:69र जो व्यक्तिहरू हाम्रो (मारूगमा) सङ्घर्ष गर्छन् हामी उनीहरूलाई अवश्य नै आफ्नो मार्ग देखाउनेछौं । वास्तवमा अल्लाह सुकर्मीहरूका साथमा छन् ।