الروم

Ar-Room

The Romans · Surah 30 · Ayahs: 60 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓمٓ

    Open ayah 30:1

    अलिफ० लाम० मीम० ।

  2. غُلِبَتِ ٱلرُّومُ

    Open ayah 30:2

    रोमबासी पराजित भए ।

  3. فِيٓ أَدۡنَى ٱلۡأَرۡضِ وَهُم مِّنۢ بَعۡدِ غَلَبِهِمۡ سَيَغۡلِبُونَ

    Open ayah 30:3

    नजिकको भूभागमा । तर आफ्नो यस पराजयपछि तिनीहरू चाँडै नै विजयी हुनेछन् ।

  4. فِي بِضۡعِ سِنِينَۗ لِلَّهِ ٱلۡأَمۡرُ مِن قَبۡلُ وَمِنۢ بَعۡدُۚ وَيَوۡمَئِذٖ يَفۡرَحُ ٱلۡمُؤۡمِنُونَ

    Open ayah 30:4

    केही वर्षमै । यसभन्दा पहिले पनि अल्लाहकै हुकुम थियो र यसपछि पनि उनैको हुकुम चल्नेछ । त्यसदिन मोमिनहरू खुशी मनाउनेछन् ।

  5. بِنَصۡرِ ٱللَّهِۚ يَنصُرُ مَن يَشَآءُۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 30:5

    अल्लाहको सहयोगले (यो जीत हुनेछ) । अल्लाह जसलाई चाहन्छन् सहयोग गर्छन् र उनी प्रभुत्वशाली एवं परम दयालु छन् ।

  6. وَعۡدَ ٱللَّهِۖ لَا يُخۡلِفُ ٱللَّهُ وَعۡدَهُۥ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ

    Open ayah 30:6

    यो अल्लाहको वचन हो । अल्लाह आफ्नो वचनको अवहेलना गर्दैनन् । तर अधिकांश मानिसहरू जान्दैनन् ।

  7. يَعۡلَمُونَ ظَٰهِرٗا مِّنَ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَهُمۡ عَنِ ٱلۡأٓخِرَةِ هُمۡ غَٰفِلُونَ

    Open ayah 30:7

    मानिसहरू सांसारिक जीवनका केवल बाहिरी पक्ष जान्दछन् र तिनीहरू आखिरत (परलोक)बारे अनभिज्ञ छन् ।

  8. أَوَلَمۡ يَتَفَكَّرُواْ فِيٓ أَنفُسِهِمۗ مَّا خَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٖ مُّسَمّٗىۗ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلنَّاسِ بِلِقَآيِٕ رَبِّهِمۡ لَكَٰفِرُونَ

    Open ayah 30:8

    के तिनीहरूले कहिल्यै आफूभित्र सोच–विचार गरेनन् ? अल्लाहले आकाशहरू, धर्ती र दुवैका बीचमा रहेका सम्पूर्ण चिजहरू सत्यानुकूल र एउटा निर्धारित समयसम्मकोलागि सृष्टि गरेका छन् । तर अधिकांश मानिसहरू आफ्ना पालनकर्तासँगको साक्षात्कारलाई इन्कार गर्दछन् ।

  9. أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَانُوٓاْ أَشَدَّ مِنۡهُمۡ قُوَّةٗ وَأَثَارُواْ ٱلۡأَرۡضَ وَعَمَرُوهَآ أَكۡثَرَ مِمَّا عَمَرُوهَا وَجَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِۖ فَمَا كَانَ ٱللَّهُ لِيَظۡلِمَهُمۡ وَلَٰكِن كَانُوٓاْ أَنفُسَهُمۡ يَظۡلِمُونَ

    Open ayah 30:9

    के तिनीहरूले धर्तीमा यात्रा गरेनन् कि तिनीहरू आफूभन्दा पहिलेका मानिसहरूको परिणाम देख्न सकून् ? तिनीहरू यिनीहरूभन्दा शक्तिशाली थिए र तिनीहरूले धर्तीलाई खुबै जोते तथा आबाद पनि गरे, यिनीहरूले आबाद गरेकोभन्दा पनि बढि ! र, तिनीहरूसमक्ष रसूलहरू निशानीहरू लिएर आए । अल्लाह तिनीहरूमाथि अत्याचार गर्नेवाला थिएनन् बरु तिनीहरू स्वयं आफूमाथि अत्याचार गर्दै थिए ।

  10. ثُمَّ كَانَ عَٰقِبَةَ ٱلَّذِينَ أَسَٰٓـُٔواْ ٱلسُّوٓأَىٰٓ أَن كَذَّبُواْ بِـَٔايَٰتِ ٱللَّهِ وَكَانُواْ بِهَا يَسۡتَهۡزِءُونَ 

    Open ayah 30:10

    अन्ततः जसले दुष्कर्म गरेका थिए तिनीहरूको परिणाम अति नै नराम्रो भयो, किनभने तिनीहरूले अल्लाहका आयतहरूलाई झुठो ठहर गरेका थिए । र, तिनीहरू त्यसको उपहास गर्नेगर्थे ।

  11. ٱللَّهُ يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 30:11

    अल्लाह नै सृष्टिको आरम्भ गर्छन् र फेरि उनी नै त्यसको पुनरावृत्ति गर्नेछन् । अनि उनैतर्फ तिमीहरू फर्काइनेछौ ।

  12. وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُبۡلِسُ ٱلۡمُجۡرِمُونَ

    Open ayah 30:12

    र, जुन दिन महाप्रलय आउनेछ त्यस दिन अपराधीहरू अति नै निराश हुने छन् ।

  13. وَلَمۡ يَكُن لَّهُم مِّن شُرَكَآئِهِمۡ شُفَعَٰٓؤُاْ وَكَانُواْ بِشُرَكَآئِهِمۡ كَٰفِرِينَ

    Open ayah 30:13

    उनीहरुले बनाएका साझेदारहरूमध्ये कोही पनि उनीहरुको सिफारिशकर्ता हुने छैन । बरु, तिनीहरूले आफ्ना साझेदारहरूलाई नकार्नेछन् ।

  14. وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يَوۡمَئِذٖ يَتَفَرَّقُونَ

    Open ayah 30:14

    र, जुनदिन महाप्रलय हुनेछ त्यसदिन तिनीहरू सबै एकअर्कासित छुट्टिनेछन् ।

  15. فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَهُمۡ فِي رَوۡضَةٖ يُحۡبَرُونَ

    Open ayah 30:15

    अनि जसले ईमान ल्याएका र सत्कर्म गरेका हुनेछन् उनीहरूलाई स्वर्गको बगैँचामा आनन्द एवं उल्लासकासाथ राखिनेछ ।

  16. وَأَمَّا ٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَا وَلِقَآيِٕ ٱلۡأٓخِرَةِ فَأُوْلَٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ

    Open ayah 30:16

    तर जसले कुफ्र गरेका हुनेछन् र हाम्रा आयतहरू तथा आखिरतको साक्षात्कारलाई झुठो ठहर गरेका हुनेछन्, तिनीहरू यातनामा हाजिर गराइनेछन् ।

  17. فَسُبۡحَٰنَ ٱللَّهِ حِينَ تُمۡسُونَ وَحِينَ تُصۡبِحُونَ

    Open ayah 30:17

    अतः साँझ र बिहान अल्लाहको महिमागान गर ।

  18. وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَعَشِيّٗا وَحِينَ تُظۡهِرُونَ

    Open ayah 30:18

    र, आकाशहरू र धर्तीमा सारा प्रशंसा उनैको लागि छ । र रात्रि तेस्रो पहर र जुहर (अपरान्ह) मा पनि ।

  19. يُخۡرِجُ ٱلۡحَيَّ مِنَ ٱلۡمَيِّتِ وَيُخۡرِجُ ٱلۡمَيِّتَ مِنَ ٱلۡحَيِّ وَيُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ وَكَذَٰلِكَ تُخۡرَجُونَ

    Open ayah 30:19

    उनी मृतबाट जीवितलाई निकाल्दछन् र जीवितबाट मृतलाई । अनि, उनी भूमिलाई त्यसको मृत्युपश्चात् पुनः जीवित पार्दछन् । र, यसरी नै तिमीहरू पनि निकालिनेछौ ।

  20. وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَكُم مِّن تُرَابٖ ثُمَّ إِذَآ أَنتُم بَشَرٞ تَنتَشِرُونَ 

    Open ayah 30:20

    र, अल्लाहका निशानीहरूमध्ये यो पनि रहेको छ कि उनले तिमीहरूलाई माटोबाट सृष्टि गरे अनि तिमीहरु मानव भएर फैलिंदैछौ ।

  21. وَمِنۡ ءَايَٰتِهِۦٓ أَنۡ خَلَقَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجٗا لِّتَسۡكُنُوٓاْ إِلَيۡهَا وَجَعَلَ بَيۡنَكُم مَّوَدَّةٗ وَرَحۡمَةًۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ

    Open ayah 30:21

    र, उनका निशानीहरूमध्ये यो पनि रहेको छ कि उनले तिमीहरूकालागि तिमीहरूकै सहजातिबाट तिमीहरूका जोडी बनाए ताकि तिमीहरू तिनीहरूबाट सन्तुष्टि प्राप्त गर । र तिमीहरूबीच उनले प्रेम तथा दया उत्पन्न गरे । निस्सन्देह यसमा सोचविचार गर्ने मानिसहरूकालागि निशानीहरू छन् ।,

  22. وَمِنۡ ءَايَٰتِهِۦ خَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱخۡتِلَٰفُ أَلۡسِنَتِكُمۡ وَأَلۡوَٰنِكُمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّلۡعَٰلِمِينَ

    Open ayah 30:22

    र, अल्लाहकै निशानीहरूमध्येका हुन् आकाशहरू तथा धर्तीको सृष्टि र तिमीहरूका भाषाहरू एवं वर्णहरूको भिन्नता । निश्चय नै यसमा ज्ञानवानहरूकालागि धेरै निशानीहरू छन् ।

  23. وَمِنۡ ءَايَٰتِهِۦ مَنَامُكُم بِٱلَّيۡلِ وَٱلنَّهَارِ وَٱبۡتِغَآؤُكُم مِّن فَضۡلِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَسۡمَعُونَ

    Open ayah 30:23

    उनका निशानीहरूमध्येका हुन् तिमीहरूको रात र दिनको सुताई र जीविका खोज्ने कार्य पनि । निश्चय नै यसमा ध्यानपूर्वक सुन्नेहरूकालागि निशानीहरू छन् ।

  24. وَمِنۡ ءَايَٰتِهِۦ يُرِيكُمُ ٱلۡبَرۡقَ خَوۡفٗا وَطَمَعٗا وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَيُحۡيِۦ بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَعۡقِلُونَ

    Open ayah 30:24

    अनि, उनले तिमीहरूलाई बिजुली देखाउँछन् जसले भय एवं आशा दुवै उत्पन्न गर्छ र आकाशबाट पानी बर्साउँछन् अनि त्यसद्वारा मूर्दा भूमिलाई जीवित पार्दछन् । निस्सन्देह यसमा बुद्धिवानहरूकालागि निशानीहरू छन् ।

  25. وَمِنۡ ءَايَٰتِهِۦٓ أَن تَقُومَ ٱلسَّمَآءُ وَٱلۡأَرۡضُ بِأَمۡرِهِۦۚ ثُمَّ إِذَا دَعَاكُمۡ دَعۡوَةٗ مِّنَ ٱلۡأَرۡضِ إِذَآ أَنتُمۡ تَخۡرُجُونَ

    Open ayah 30:25

    र, उनका निशानीहरूमध्ये आकाश तथा धर्ती उनकै आदेशमा कायम रहनु पनि हो । फेरि जब उनले तिमीहरूलाई धर्तीबाट निस्कन एउटा आवाज दिनेछन् तब तिमीहरू अकस्मात् निस्कनेछौ ।

  26. وَلَهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ كُلّٞ لَّهُۥ قَٰنِتُونَ

    Open ayah 30:26

    र, आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरू अल्लाहकैलागि हुन् । र, यी सबै उनैका आज्ञाकारी हुन् ।

  27. وَهُوَ ٱلَّذِي يَبۡدَؤُاْ ٱلۡخَلۡقَ ثُمَّ يُعِيدُهُۥ وَهُوَ أَهۡوَنُ عَلَيۡهِۚ وَلَهُ ٱلۡمَثَلُ ٱلۡأَعۡلَىٰ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 30:27

    उनै हुन् जसले सृष्टिको आरम्भ गर्छन् अनि उनैले त्यसको पुनरावृत्ति गर्नेछन् । र, यो उनकोलागि झन् सरल छ । आकाशहरू तथा धर्तीमा उनैको गुण सर्वोच्च रहेको छ र उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  28. ضَرَبَ لَكُم مَّثَلٗا مِّنۡ أَنفُسِكُمۡۖ هَل لَّكُم مِّن مَّا مَلَكَتۡ أَيۡمَٰنُكُم مِّن شُرَكَآءَ فِي مَا رَزَقۡنَٰكُمۡ فَأَنتُمۡ فِيهِ سَوَآءٞ تَخَافُونَهُمۡ كَخِيفَتِكُمۡ أَنفُسَكُمۡۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلۡأٓيَٰتِ لِقَوۡمٖ يَعۡقِلُونَ

    Open ayah 30:28

    उनले तिमीहरूकालागि तिमीहरूकै उदाहरण पेश गरेका छन्– के तिमीहरूका दास–दासीहरूमध्ये कोही यस्ता पनि छन् जो हामीले तिमीहरूलाई प्रदान गरेको धन–सम्पत्तिमा साझेदार होऊन् अनि तिमीहरू उनीहरूलाई त्यसमा आफ्नो बराबरी ठान्दछौ ? र, के तिमीहरू उनीहरूसित यसरी डराउँछौ जसरी तिमीहरू आफ्ना मान्छेहरूसित डराउँछौ ? यसप्रकार हामी बुद्धिवानहरूकालागि आयतहरू स्पष्ट रूपमा बयान गर्दछौं ।

  29. بَلِ ٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُوٓاْ أَهۡوَآءَهُم بِغَيۡرِ عِلۡمٖۖ فَمَن يَهۡدِي مَنۡ أَضَلَّ ٱللَّهُۖ وَمَا لَهُم مِّن نَّٰصِرِينَ

    Open ayah 30:29

    तर, यी अत्याचारीहरू ज्ञान बिना आफ्ना अभिलाषाहरूको पछाडि लागिरहेका छन् । उनीहरूलाई कसले सीधामार्ग देखाउन सक्छ जसलाई अल्लाहले पथभ्रष्ट तुल्याएका छन् ? यिनीहरूकालागि कोही सहयोगी छैन ।

  30. فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ حَنِيفٗاۚ فِطۡرَتَ ٱللَّهِ ٱلَّتِي فَطَرَ ٱلنَّاسَ عَلَيۡهَاۚ لَا تَبۡدِيلَ لِخَلۡقِ ٱللَّهِۚ ذَٰلِكَ ٱلدِّينُ ٱلۡقَيِّمُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ 

    Open ayah 30:30

    अतः (हे नबी स.!) एकाग्र भई यस धर्मतर्फ उन्मुख होऊ; त्यस प्रकृतिमाथि कायम होऊ जसमा अल्लाहले मानिसहरूको सृष्टि गरेका छन् । अल्लाहले बनाएको संरचनामा कुनै फेरबदल हुन सक्दैन । यो बिलकुल सीधा र ठीक धर्म हो । तर अधिकांश मानिसहरू जान्दैनन् ।

  31. ۞مُنِيبِينَ إِلَيۡهِ وَٱتَّقُوهُ وَأَقِيمُواْ ٱلصَّلَوٰةَ وَلَا تَكُونُواْ مِنَ ٱلۡمُشۡرِكِينَ

    Open ayah 30:31

    (हे मोमिनहरू हो !) उनै अल्लाहतर्फ फर्क र उनैसित डराऊ अनि नमाज कायम गर र मुश्रिकहरूमध्ये नबन...

  32. مِنَ ٱلَّذِينَ فَرَّقُواْ دِينَهُمۡ وَكَانُواْ شِيَعٗاۖ كُلُّ حِزۡبِۭ بِمَا لَدَيۡهِمۡ فَرِحُونَ

    Open ayah 30:32

    जसले आफ्नो धर्मलाई छिन्नभिन्न पारे र स्वयं विभिन्न सम्प्रदायमा विभाजित भए । प्रत्येक सम्प्रदाय आफूसित रहेको चिजमा नै मग्न छ ।

  33. وَإِذَا مَسَّ ٱلنَّاسَ ضُرّٞ دَعَوۡاْ رَبَّهُم مُّنِيبِينَ إِلَيۡهِ ثُمَّ إِذَآ أَذَاقَهُم مِّنۡهُ رَحۡمَةً إِذَا فَرِيقٞ مِّنۡهُم بِرَبِّهِمۡ يُشۡرِكُونَ

    Open ayah 30:33

    र, जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब आफ्ना पालनकर्तातर्फ फर्कंदै उनलाई पुकार्दछन् । र,जब उनले आफ्नो दयाको स्वाद चखाउँछन् तब तिनीहरूमध्ये एउटा समुह आफ्नो पालनकर्तासँग शिर्क गर्न थाल्छ...

  34. لِيَكۡفُرُواْ بِمَآ ءَاتَيۡنَٰهُمۡۚ فَتَمَتَّعُواْ فَسَوۡفَ تَعۡلَمُونَ

    Open ayah 30:34

    ताकि हामीले गरेको उपकारप्रति कृतघ्नता प्रदर्शन गरून् । ठीक छ ! मज्जा गर, तिमीहरूले चाँडै नै थाहा पाउनेछौ ।

  35. أَمۡ أَنزَلۡنَا عَلَيۡهِمۡ سُلۡطَٰنٗا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُواْ بِهِۦ يُشۡرِكُونَ

    Open ayah 30:35

    के हामीले तिनीहरूमाथि कुनै प्रमाण अवतरण गरेका छौं जसले यिनीहरूलाई हामीसँग साझेदार ठहर्याउन भन्छ ?

  36. وَإِذَآ أَذَقۡنَا ٱلنَّاسَ رَحۡمَةٗ فَرِحُواْ بِهَاۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ إِذَا هُمۡ يَقۡنَطُونَ

    Open ayah 30:36

    जब हामी मानिसहरूलाई दयाको रसस्वादन गराउँछौं तब तिनीहरू त्यसमा प्रफुल्ल हुन्छन् र जब तिनीहरूमाथि तिनीहरू स्वयंले गरेको कुकर्मको कारण कुनै सङ्कट आउँछ तब अकस्मात् तिनीहरू निराश हुन्छन् ।,

  37. أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ

    Open ayah 30:37

    के तिनीहरूले देखेनन् कि अल्लाह जसकोलागि चाहन्छन् जीविका फराकिलो पारिदिन्छन् र (जसको लागि चाहन्छन्) सीमित पारिदिन्छन् । निस्सन्देह यसमा ईमान ल्याउनेहरूकालागि निशानीहरू छन् ।

  38. فَـَٔاتِ ذَا ٱلۡقُرۡبَىٰ حَقَّهُۥ وَٱلۡمِسۡكِينَ وَٱبۡنَ ٱلسَّبِيلِۚ ذَٰلِكَ خَيۡرٞ لِّلَّذِينَ يُرِيدُونَ وَجۡهَ ٱللَّهِۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

    Open ayah 30:38

    अतः (हे आस्थावानहरू हो !) नातेदार, दीन–दुःखी तथा यात्रीहरूलाई तिनीहरूको हक दिनेगर ।[ ] अल्लाहको प्रसन्नता प्राप्त गर्न चाहनेहरूकालागि यो राम्रो हो । र, यस्ता व्यक्तिहरू नै सफल हुनेछन् ।

  39. وَمَآ ءَاتَيۡتُم مِّن رِّبٗا لِّيَرۡبُوَاْ فِيٓ أَمۡوَٰلِ ٱلنَّاسِ فَلَا يَرۡبُواْ عِندَ ٱللَّهِۖ وَمَآ ءَاتَيۡتُم مِّن زَكَوٰةٖ تُرِيدُونَ وَجۡهَ ٱللَّهِ فَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُضۡعِفُونَ

    Open ayah 30:39

    जुन धन तिमीहरू व्याज लिन उद्देश्यले (ऋणस्वरूप) दिने गर्छौ ताकि त्यो मानिसहरूको धनमा बढोस्, त्यो कदापि अल्लाहकहाँ बढ्दैन । जुन जकात (दान) तिमीहरू अल्लाहको प्रसन्नता प्राप्तिकोलागि दिने गर्छौ यस्ताहरुले (आफ्नो धन) कैयन गुणा बढेको पाइनेछन् ।

  40. ٱللَّهُ ٱلَّذِي خَلَقَكُمۡ ثُمَّ رَزَقَكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يُحۡيِيكُمۡۖ هَلۡ مِن شُرَكَآئِكُم مَّن يَفۡعَلُ مِن ذَٰلِكُم مِّن شَيۡءٖۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ 

    Open ayah 30:40

    अल्लाह नै हुन् जसले तिमीहरूको सृष्टि गरे । अनि तिमीहरूलाई जीविका प्रदान गरे । फेरि उनैले तिमीहरूलाई मृत्यु दिनेछन् । र, उनैले तिमीहरूलाई जीवित पार्नेछन् । के तिमीहरूले उनका लागि रचेका साझेदारहरूमध्ये कोही छ जसले यीमध्ये कुनै एउटा कार्य पनि गर्न सक्छ ? अल्लाह पवित्र छन् र तिनीहरूले ठहर्याएका साझेदारहरूभन्दा अति उच्च छन् ।

  41. ظَهَرَ ٱلۡفَسَادُ فِي ٱلۡبَرِّ وَٱلۡبَحۡرِ بِمَا كَسَبَتۡ أَيۡدِي ٱلنَّاسِ لِيُذِيقَهُم بَعۡضَ ٱلَّذِي عَمِلُواْ لَعَلَّهُمۡ يَرۡجِعُونَ

    Open ayah 30:41

    मानिसको आफ्नै हातको दुष्कर्मले गर्दा थल तथा जलमा विध्वंस उत्पन्न भएको छ ताकि अल्लाहले तिनीहरूलाई तिनीहरूले गर्ने गरेका केही कर्महरूको स्वाद चखाऊन् । शायद तिनीहरू (त्यसबाट) फर्कनेछन् ।

  42. قُلۡ سِيرُواْ فِي ٱلۡأَرۡضِ فَٱنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلُۚ كَانَ أَكۡثَرُهُم مُّشۡرِكِينَ

    Open ayah 30:42

    (हे नबी स.!) भनिदेऊ– “धर्तीमा यात्रा गर अनि हेर, कस्तो परिणाम भयो पहिले बितेका व्यक्तिहरूको ! तिनीहरूमध्ये अधिकांश मुश्रिक (बहुदेववादी) थिए ।

  43. فَأَقِمۡ وَجۡهَكَ لِلدِّينِ ٱلۡقَيِّمِ مِن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِۖ يَوۡمَئِذٖ يَصَّدَّعُونَ

    Open ayah 30:43

    अतः (हे नबी स.!) आफ्नो अनुहार यसै सीधा धर्ममा कायम राख त्यस दिनको आगमनभन्दा पहिले नै जसलाई अल्लाहले टार्ने छैनन् । त्यसदिन मानिसहरू एकअर्कोबाट अलग हुनेछन् ।,

  44. مَن كَفَرَ فَعَلَيۡهِ كُفۡرُهُۥۖ وَمَنۡ عَمِلَ صَٰلِحٗا فَلِأَنفُسِهِمۡ يَمۡهَدُونَ

    Open ayah 30:44

    जसले कुफ्र (इन्कार) गर्छ उसको कुफ्रको (दुष्परिणाम) उसैले भोग्नु पर्छ र जो सत्कर्म गर्छन् उनीहरूले आफ्नैलागि ( आरामको साधन) जुटाउदै छन्।

  45. لِيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ مِن فَضۡلِهِۦٓۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلۡكَٰفِرِينَ

    Open ayah 30:45

    ताकि अल्लाहले आस्थावानहरू तथा सत्कर्मीहरूलाई आफ्नो अनुकम्पाबाट राम्रो बदला दिऊन् । निस्सन्देह उनी काफिरहरूलाई मन पराउँदैनन् ।

  46. وَمِنۡ ءَايَٰتِهِۦٓ أَن يُرۡسِلَ ٱلرِّيَاحَ مُبَشِّرَٰتٖ وَلِيُذِيقَكُم مِّن رَّحۡمَتِهِۦ وَلِتَجۡرِيَ ٱلۡفُلۡكُ بِأَمۡرِهِۦ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 30:46

    र, अल्लाहकै निशानीहरूमध्ये यो पनि हो कि उनी हावालाई खुशीको खबर दिनकोलागि र आफ्नो दयाको स्वाद चखाउनकालागि पठाउँछन् जसले गर्दा डुङ्गाहरू उनको आदेशानुसार चलून् ताकि तिमीहरू उनको अनुग्रह (आजीविका) खोज तथा उनको आभारी बन ।

  47. وَلَقَدۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ رُسُلًا إِلَىٰ قَوۡمِهِمۡ فَجَآءُوهُم بِٱلۡبَيِّنَٰتِ فَٱنتَقَمۡنَا مِنَ ٱلَّذِينَ أَجۡرَمُواْۖ وَكَانَ حَقًّا عَلَيۡنَا نَصۡرُ ٱلۡمُؤۡمِنِينَ

    Open ayah 30:47

    अनि, (हे मुहम्मद स.!) हामीले तिमीभन्दा पहिले रसूलहरूलाई तिनीहरुका समुदायतर्फ पठायौं । अनि, तिनीहरू आफ्नो समुदायसमक्ष स्पष्ट निशानीहरू लिएर आए अनि हामीले अपराधीहरूबाट बदला लियौं र आस्थावानहरूको सहयोग गर्नु हाम्रोलागि अनिवार्य छ ।

  48. ٱللَّهُ ٱلَّذِي يُرۡسِلُ ٱلرِّيَٰحَ فَتُثِيرُ سَحَابٗا فَيَبۡسُطُهُۥ فِي ٱلسَّمَآءِ كَيۡفَ يَشَآءُ وَيَجۡعَلُهُۥ كِسَفٗا فَتَرَى ٱلۡوَدۡقَ يَخۡرُجُ مِنۡ خِلَٰلِهِۦۖ فَإِذَآ أَصَابَ بِهِۦ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦٓ إِذَا هُمۡ يَسۡتَبۡشِرُونَ

    Open ayah 30:48

    अल्लाह नै हुन् जसले हावा पठाउँछन् र हावाले बादल उठाउँछ फेरि उनी नै त्यसलाई जसरी चाहन्छन् आकाशमा फैलाउँछन् र टुक्रा–टुक्रा पार्छन् । अनि तिमी त्यसभित्रबाट पानीको थोपा निस्किरहेको देख्छौ । अनि जब अल्लाह त्यो वर्षा आफ्ना भक्तहरूमध्ये जसमाथि चाहन्छन् बर्साउँछन् तब ती भक्तहरू प्रफुल्ल हुन्छन्..

  49. وَإِن كَانُواْ مِن قَبۡلِ أَن يُنَزَّلَ عَلَيۡهِم مِّن قَبۡلِهِۦ لَمُبۡلِسِينَ

    Open ayah 30:49

    यद्यपी अहिलेसम्म तिनीहरू यो वर्षा हुनुअघि निराश थिए ।

  50. فَٱنظُرۡ إِلَىٰٓ ءَاثَٰرِ رَحۡمَتِ ٱللَّهِ كَيۡفَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَآۚ إِنَّ ذَٰلِكَ لَمُحۡيِ ٱلۡمَوۡتَىٰۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ 

    Open ayah 30:50

    अल्लाहको दयाका निशानीहरू हेर कि कसरी उनी मृत भूमिलाई जीवित पार्दछन् । निस्सन्देह उनी नै मूर्दालाई जीवित पार्नेवाला छन् । र, उनी प्रत्येक कार्यको सामर्थ्य राख्दछन् ।

  51. وَلَئِنۡ أَرۡسَلۡنَا رِيحٗا فَرَأَوۡهُ مُصۡفَرّٗا لَّظَلُّواْ مِنۢ بَعۡدِهِۦ يَكۡفُرُونَ

    Open ayah 30:51

    यदि हामीले यसतो वायु पठायौं ( जस कारण) तिनीहरूले आफ्नो खेती पहेंलो भएको देखे भने तिनीहरू कृतघ्नता प्रकट गर्न थाल्छन् ।

  52. فَإِنَّكَ لَا تُسۡمِعُ ٱلۡمَوۡتَىٰ وَلَا تُسۡمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوۡاْ مُدۡبِرِينَ

    Open ayah 30:52

    (हे नबी स.!) तिमी मूर्दालाई सुनाउन सक्दैनौ, [ ] र न बहिरालाई नै आफ्नो पुकार सुनाउन सक्छौ जब उनी पिठ्यूँ फर्काएर जान्छन् ।

  53. وَمَآ أَنتَ بِهَٰدِ ٱلۡعُمۡيِ عَن ضَلَٰلَتِهِمۡۖ إِن تُسۡمِعُ إِلَّا مَن يُؤۡمِنُ بِـَٔايَٰتِنَا فَهُم مُّسۡلِمُونَ

    Open ayah 30:53

    र, न अन्धोलाई उसको पथभ्रष्टताबाट निकालेर सीधामार्गमा ल्याउन सक्छौ । तिमी केवल ती व्यक्तिहरूलाई सुनाउन सक्छौ जो हाम्रा आयतहरूमा ईमान ल्याउँछन् अनि आज्ञाकारी पनि छन्‌ ।

  54. ۞ٱللَّهُ ٱلَّذِي خَلَقَكُم مِّن ضَعۡفٖ ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ ضَعۡفٖ قُوَّةٗ ثُمَّ جَعَلَ مِنۢ بَعۡدِ قُوَّةٖ ضَعۡفٗا وَشَيۡبَةٗۚ يَخۡلُقُ مَا يَشَآءُۚ وَهُوَ ٱلۡعَلِيمُ ٱلۡقَدِيرُ

    Open ayah 30:54

    अल्लाह नै हुन् जसले निर्बलताको स्थितिमा तिमीहरूको सृजना गरे । फेरि त्यस निर्बलतापछि तिमीहरूलाई शक्ति प्रदान गरे । फेरि त्यस शक्तिपछि तिमीहरूलाई निर्बल तथा वृद्ध बनाइदिए । उनी जे चाहन्छन् सृष्टि गर्छन् र उनी सर्वज्ञ एवं सामर्थ्यवान छन् ।

  55. وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يُقۡسِمُ ٱلۡمُجۡرِمُونَ مَا لَبِثُواْ غَيۡرَ سَاعَةٖۚ كَذَٰلِكَ كَانُواْ يُؤۡفَكُونَ

    Open ayah 30:55

    र, जब महाप्रलय आउनेछ तब अपराधीहरू कसम खाएर भन्नेछन्– “हामी एक घण्टाभन्दा बढी (संसारमा) बसेनौं । यसरी नै तिनीहरू सांसारिक जीवनमा धोका खाने गर्दथे ।

  56. وَقَالَ ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ وَٱلۡإِيمَٰنَ لَقَدۡ لَبِثۡتُمۡ فِي كِتَٰبِ ٱللَّهِ إِلَىٰ يَوۡمِ ٱلۡبَعۡثِۖ فَهَٰذَا يَوۡمُ ٱلۡبَعۡثِ وَلَٰكِنَّكُمۡ كُنتُمۡ لَا تَعۡلَمُونَ

    Open ayah 30:56

    र, ईमान तथा ज्ञानले सम्पन्न गरिएका व्यक्तिहरूले भन्नेछन्– “अल्लाहको लेख्य अनुसार तिमीहरू महाप्रलयको दिनसम्म बस्यौ र यो हो महाप्रलयको दिन, तर तिमीहरू (यसलाई) जान्दैनथ्यौ ।

  57. فَيَوۡمَئِذٖ لَّا يَنفَعُ ٱلَّذِينَ ظَلَمُواْ مَعۡذِرَتُهُمۡ وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ

    Open ayah 30:57

    अनि त्यस दिन अत्याचारीहरूलाई तिनीहरुको क्षमायाचनाले कुनै लाभ पुर्याउने छैन र न तिनीहरूलाई क्षमायाचना गर्न भनिने नै छ ।

  58. وَلَقَدۡ ضَرَبۡنَا لِلنَّاسِ فِي هَٰذَا ٱلۡقُرۡءَانِ مِن كُلِّ مَثَلٖۚ وَلَئِن جِئۡتَهُم بِـَٔايَةٖ لَّيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓاْ إِنۡ أَنتُمۡ إِلَّا مُبۡطِلُونَ

    Open ayah 30:58

    हामीले यस कुरआनमा मानिसहरूकालागि हरेक प्रकारका उदाहरणहरू बयान गरेका छौं । तिमीले तिनीहरूसमक्ष कुनै पनि निशानी पेश गरे पनि काफिरहरूले यही भन्नेछन् कि तिमी नितान्त असत्यमा छौ ।

  59. كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ قُلُوبِ ٱلَّذِينَ لَا يَعۡلَمُونَ

    Open ayah 30:59

    यसरी अल्लाह अज्ञानीहरूको हृदयहरूमाथि मोहर लगाइदिन्छन् ।

  60. فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۖ وَلَا يَسۡتَخِفَّنَّكَ ٱلَّذِينَ لَا يُوقِنُونَ 

    Open ayah 30:60

    अतः (हे नबी स.!) धैर्यधारण गर । निश्चय नै अल्लाहको वचन सत्य हो । र, विश्वास नगर्नेहरूले तिमीलाई हलुका नपाऊन् ।