لقمان

Luqman

Luqman · Surah 31 · Ayahs: 34 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓمٓ

    Open ayah 31:1

    अलिफ्० लाम्० मीम्० ।

  2. تِلۡكَ ءَايَٰتُ ٱلۡكِتَٰبِ ٱلۡحَكِيمِ

    Open ayah 31:2

    यी तत्वज्ञानले परिपूर्ण ग्रन्थका आयतहरू हुन् ।

  3. هُدٗى وَرَحۡمَةٗ لِّلۡمُحۡسِنِينَ

    Open ayah 31:3

    सत्कर्मीहरूकालागि मार्गदर्शन तथा दया ।

  4. ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ

    Open ayah 31:4

    जसले नमाज कायम गर्छन्, जकात चुक्ता गर्छन् र आखिरतमाथि पूर्ण विश्वास राख्छन्..

  5. أُوْلَٰٓئِكَ عَلَىٰ هُدٗى مِّن رَّبِّهِمۡۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ

    Open ayah 31:5

    यिनीहरू नै आफ्ना पालनकर्ताको तर्फबाट सत्मार्गमा छन् र यिनीहरू नै सफल हुनेछन् ।

  6. وَمِنَ ٱلنَّاسِ مَن يَشۡتَرِي لَهۡوَ ٱلۡحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَيَتَّخِذَهَا هُزُوًاۚ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ

    Open ayah 31:6

    अनि, मानिसहरूमध्ये यस्ता पनि छन् जो बहलाउने कुरालाई किन्ने गर्छन् ताकि ज्ञान बिना नै अल्लाहको मार्गबाट रोकून् र यी आयतहरूको खिल्ली उडाऊन् । यस्ता मानिसहरूकालागि अपमानजनक यातना रहेको छ ।

  7. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا وَلَّىٰ مُسۡتَكۡبِرٗا كَأَن لَّمۡ يَسۡمَعۡهَا كَأَنَّ فِيٓ أُذُنَيۡهِ وَقۡرٗاۖ فَبَشِّرۡهُ بِعَذَابٍ أَلِيمٍ

    Open ayah 31:7

    उसलाई जब हाम्रा आयतहरू पढेर सुनाइन्छ तब ऊ घमण्डसाथ यसरी विमुख हुन्छ मानौं उसले सुनेकै छैन, मानौं उसका दुवै कानमा बुजो लागेका छन् । अतः उसलाई दुःखदायी यातनाको शुभसन्देश देऊ ।

  8. إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ جَنَّٰتُ ٱلنَّعِيمِ

    Open ayah 31:8

    निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे त्यस्ता व्यक्तिहरूकालागि अनुग्रहपूर्ण स्वर्ग रहेको छ ।

  9. خَٰلِدِينَ فِيهَاۖ وَعۡدَ ٱللَّهِ حَقّٗاۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 31:9

    तिनीहरू त्यहाँ सदा–सर्वदा रहनेछन् । यो अल्लाहको दृढ वचन हो र उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  10. خَلَقَ ٱلسَّمَٰوَٰتِ بِغَيۡرِ عَمَدٖ تَرَوۡنَهَاۖ وَأَلۡقَىٰ فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِكُمۡ وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٖۚ وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجٖ كَرِيمٍ 

    Open ayah 31:10

    उनैले आकाशहरूलाई कुनै खम्बा बिना सृष्टि गरे, जुन तिमीहरू देखिरहेका छौ । र, उनैले धर्तीमाथि पहाड बनाइदिए ताकि त्यो तिमीहरूसहित नडगमगाओस् अनि त्यहाँ थरिथरिका जीव–जन्तु फैलाइदिए । र, हामीले नै आकाशबाट पानी बर्सायौं । अनि त्यसमा विभिन्न प्रकारका उत्कृष्ट चिजहरू उमार्यौं ।

  11. هَٰذَا خَلۡقُ ٱللَّهِ فَأَرُونِي مَاذَا خَلَقَ ٱلَّذِينَ مِن دُونِهِۦۚ بَلِ ٱلظَّٰلِمُونَ فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 31:11

    यो अल्लाहको सृष्टि हो । अब मलाई देखाऊ अल्लाहबाहेक अरूले के सृष्टि गरे ? तर यी अत्याचारीहरू स्पष्ट रूपमा पथभ्रष्ट भएका छन् ।

  12. وَلَقَدۡ ءَاتَيۡنَا لُقۡمَٰنَ ٱلۡحِكۡمَةَ أَنِ ٱشۡكُرۡ لِلَّهِۚ وَمَن يَشۡكُرۡ فَإِنَّمَا يَشۡكُرُ لِنَفۡسِهِۦۖ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِيٌّ حَمِيدٞ

    Open ayah 31:12

    र निश्चय नै हामीले लुकमानलाई तत्वदर्शिता प्रदान गर्यौं कि तिमी अल्लाह प्रति कृतज्ञ होऊ । र, जसले कृतज्ञता प्रकट गर्छ उसको कृतज्ञता स्वयं उसैकोलागि लाभदायक हुन्छ र जो कृतघ्न बन्छ उसले जानिराखोस् अल्लाह निस्पृह एवं स्वयंमा प्रशंसित छन् ।

  13. وَإِذۡ قَالَ لُقۡمَٰنُ لِٱبۡنِهِۦ وَهُوَ يَعِظُهُۥ يَٰبُنَيَّ لَا تُشۡرِكۡ بِٱللَّهِۖ إِنَّ ٱلشِّرۡكَ لَظُلۡمٌ عَظِيمٞ

    Open ayah 31:13

    र, स्मरण गर जब लुकमानले आफ्नो छोरालाई उपदेश दिँदै भने– “हे मेरो छोरा ! अल्लाहसँग कसैलाई साझेदार नबनाऊ किनभने साझेदार ठहराउनु ठूलो अत्याचार हो ।”

  14. وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ حَمَلَتۡهُ أُمُّهُۥ وَهۡنًا عَلَىٰ وَهۡنٖ وَفِصَٰلُهُۥ فِي عَامَيۡنِ أَنِ ٱشۡكُرۡ لِي وَلِوَٰلِدَيۡكَ إِلَيَّ ٱلۡمَصِيرُ

    Open ayah 31:14

    हामीले मानिसलाई उसका मातापिताको हक चिन्न आदेश दिएका छौं । उसकी आमाले धेरै कमजोर अवस्थामा उसलाई गर्भमा राखिन् र दुई वर्षमा उसको दुध छुट्यो । अतः मेरो कृतज्ञ बन र आफ्ना मातापिताको पनि (आभारी) होऊ । तिमी मतर्फ नै फर्केर आउनुछ ।

  15. وَإِن جَٰهَدَاكَ عَلَىٰٓ أَن تُشۡرِكَ بِي مَا لَيۡسَ لَكَ بِهِۦ عِلۡمٞ فَلَا تُطِعۡهُمَاۖ وَصَاحِبۡهُمَا فِي ٱلدُّنۡيَا مَعۡرُوفٗاۖ وَٱتَّبِعۡ سَبِيلَ مَنۡ أَنَابَ إِلَيَّۚ ثُمَّ إِلَيَّ مَرۡجِعُكُمۡ فَأُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 31:15

    यदि तिनीहरू तिमीमाथि दबाब दिन्छन् कि त्यसलाई मेरो साझेदार ठहर्याऊ जुन उपास्य भएको तिमीलाई ज्ञान छैन भने तिनीहरूको आज्ञापालन नगर । संसारमा दुवैसँग राम्रो व्यवहार गर अनि उनको पथमा हिँड जो मतर्फ फर्के । अनि तिमीहरूले मतर्फ नै फर्कनुछ र म तिमीहरूले गर्ने गरेका कार्यहरूबारे तिमीहरूलाई बताउनेछु ।

  16. يَٰبُنَيَّ إِنَّهَآ إِن تَكُ مِثۡقَالَ حَبَّةٖ مِّنۡ خَرۡدَلٖ فَتَكُن فِي صَخۡرَةٍ أَوۡ فِي ٱلسَّمَٰوَٰتِ أَوۡ فِي ٱلۡأَرۡضِ يَأۡتِ بِهَا ٱللَّهُۚ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٞ

    Open ayah 31:16

    (र, लुकमानले भने) “हे मेरा पुत्र ! कुनै पनि वस्तु रायोको दाना बराबर नै किन नहोस् र त्यो कुनै ढुङ्गामुनि होस् वा आकाशमा वा धर्तीभित्र लुकेको किन नहोस्, अल्लाह त्यसलाई बाहिर ल्याउनेछन् । निस्सन्देह अल्लाह सूक्ष्मदर्शी एवं सजग छन् ।

  17. يَٰبُنَيَّ أَقِمِ ٱلصَّلَوٰةَ وَأۡمُرۡ بِٱلۡمَعۡرُوفِ وَٱنۡهَ عَنِ ٱلۡمُنكَرِ وَٱصۡبِرۡ عَلَىٰ مَآ أَصَابَكَۖ إِنَّ ذَٰلِكَ مِنۡ عَزۡمِ ٱلۡأُمُورِ

    Open ayah 31:17

    हे मेरा पुत्र ! नमाज कायम गर्नू, पुण्यकर्मको आदेश दिनू, दुष्कर्मबाट रोक्नू र तिमीमाथि जे सङ्कट आए पनि धैर्यधारण गर्नू । निश्चय नै यी साहसका कार्यहरू हुन् ।

  18. وَلَا تُصَعِّرۡ خَدَّكَ لِلنَّاسِ وَلَا تَمۡشِ فِي ٱلۡأَرۡضِ مَرَحًاۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ مُخۡتَالٖ فَخُورٖ

    Open ayah 31:18

    अनि, मानिसहरूसँग (घमण्डका साथ) मुख नफर्काउ र धर्तीमा घमण्ड गरी नहिंड्नू । निस्सन्देह अल्लाह कुनै पनि अहङ्कारी एवं मपाइँ स्वभावको व्यक्तिलाई मन पराउँदैनन् ।

  19. وَٱقۡصِدۡ فِي مَشۡيِكَ وَٱغۡضُضۡ مِن صَوۡتِكَۚ إِنَّ أَنكَرَ ٱلۡأَصۡوَٰتِ لَصَوۡتُ ٱلۡحَمِيرِ

    Open ayah 31:19

    अनि, मध्यम गतिमा हिंड्नू र आफ्नो बोलीलाई मधुरो राख्नू । अवश्य नै सबैभन्दा अप्रिय स्वर गधाको स्वर हुन्छ ।

  20. أَلَمۡ تَرَوۡاْ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَأَسۡبَغَ عَلَيۡكُمۡ نِعَمَهُۥ ظَٰهِرَةٗ وَبَاطِنَةٗۗ وَمِنَ ٱلنَّاسِ مَن يُجَٰدِلُ فِي ٱللَّهِ بِغَيۡرِ عِلۡمٖ وَلَا هُدٗى وَلَا كِتَٰبٖ مُّنِيرٖ 

    Open ayah 31:20

    के तिमीहरू देख्दैनौ कि अल्लाहले आकाशहरू तथा धर्तीका सबै चिजहरूलाई तिमीहरूको अधीनस्थ गरिदिएका छन् ? र, उनले आफ्ना दृश्य तथा अदृश्य दुवै किसिमका वरदान तिमीहरूलाई पूर्ण रूपमा दिएका छन् । तैपनि केही मानिसहरू बिना ज्ञान, बिना मार्गदर्शन र बिना प्रकाशमय ग्रन्थ अल्लाहको विषयमा वाद–विवाद गर्छन् ।

  21. وَإِذَا قِيلَ لَهُمُ ٱتَّبِعُواْ مَآ أَنزَلَ ٱللَّهُ قَالُواْ بَلۡ نَتَّبِعُ مَا وَجَدۡنَا عَلَيۡهِ ءَابَآءَنَآۚ أَوَلَوۡ كَانَ ٱلشَّيۡطَٰنُ يَدۡعُوهُمۡ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ

    Open ayah 31:21

    अनि, जब तिनीहरूलाई अल्लाहले अवतरण गरेका कुराहरूको अनुसरण गर्न भनिन्छ तब तिनीहरू भन्छन्– “होइन, हामी तिनै कुराको अनुसरण गर्छौं जुन कुरामा हामीले आफ्ना पूर्वजहरूलाई पाएका छौं ।” के शैतानले तिनीहरूलाई दन्कँदो आगोतर्फ आह्वान गरे पनि?

  22. ۞وَمَن يُسۡلِمۡ وَجۡهَهُۥٓ إِلَى ٱللَّهِ وَهُوَ مُحۡسِنٞ فَقَدِ ٱسۡتَمۡسَكَ بِٱلۡعُرۡوَةِ ٱلۡوُثۡقَىٰۗ وَإِلَى ٱللَّهِ عَٰقِبَةُ ٱلۡأُمُورِ

    Open ayah 31:22

    जसले पूर्ण आज्ञाकारी भएर आफ्नो अनुहार पूर्ण रूपले अल्लाहतर्फ फर्काउँछ, वास्तवमा उसले भरोसायोग्य सहारालाई समात्यो र सम्पूर्ण मामिलाहरूको अन्तिम निर्णय अल्लाहकै हातमा छ ।

  23. وَمَن كَفَرَ فَلَا يَحۡزُنكَ كُفۡرُهُۥٓۚ إِلَيۡنَا مَرۡجِعُهُمۡ فَنُنَبِّئُهُم بِمَا عَمِلُوٓاْۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 31:23

    (हे नबी स.!) जसले कुफ्र गर्छ उसको कुफ्रले तिमीलाई दुखी नपारोस् । तिनीहरू हामीतर्फ फर्कनुछ । अनि हामी तिनीहरूले गर्ने गरेका कर्महरूबारे तिनीहरूलाई सूचित गर्नेछौं । निस्सन्देह अल्लाह मनमा लुकेका रहस्यहरू पनि जान्दछन् ।

  24. نُمَتِّعُهُمۡ قَلِيلٗا ثُمَّ نَضۡطَرُّهُمۡ إِلَىٰ عَذَابٍ غَلِيظٖ

    Open ayah 31:24

    केही समयसम्म तिनीहरूलाई (संसारमा) मोज–मज्जा गर्ने अवसर दिइरहेकाछौं फेरि तिनीहरूलाई एउटा कठोर यातनातर्फ डोर्याउनेछौं ।

  25. وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ لَيَقُولُنَّ ٱللَّهُۚ قُلِ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 31:25

    तिनीहरूलाई आकाशहरू तथा धर्ती कसले सृष्टि गर्यो भनी तिमीले सोधेमा तिनीहरूले अवश्य उत्तर दिनेछन्– “अल्लाहले ।” भनिदेऊ– “सम्पूर्ण प्रशंसा अल्लाहकैलागि हुन् । तर तिनीहरूमध्ये अधिकांश मानिसहरू जान्दैनन् ।”

  26. لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ

    Open ayah 31:26

    आकाशहरू तथा धर्तीका सम्पूर्ण चिजहरू अल्लाहकै हुन् । निस्सन्देह अल्लाह निस्पृह एवं स्वयंमा प्रशंसित छन् ।

  27. وَلَوۡ أَنَّمَا فِي ٱلۡأَرۡضِ مِن شَجَرَةٍ أَقۡلَٰمٞ وَٱلۡبَحۡرُ يَمُدُّهُۥ مِنۢ بَعۡدِهِۦ سَبۡعَةُ أَبۡحُرٖ مَّا نَفِدَتۡ كَلِمَٰتُ ٱللَّهِۚ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٞ

    Open ayah 31:27

    धर्तीका सम्पूर्ण वृक्षहरू कलम भएमा र सबै महासागर मसी भएमा त्यसपछि अन्य थप सात महासागर पनि त्यसको सहयोगी भए पनि अल्लाहका कुराहरू सकिने छैनन् । निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  28. مَّا خَلۡقُكُمۡ وَلَا بَعۡثُكُمۡ إِلَّا كَنَفۡسٖ وَٰحِدَةٍۚ إِنَّ ٱللَّهَ سَمِيعُۢ بَصِيرٌ

    Open ayah 31:28

    तिमीहरू सबैलाई सृष्टि गर्नु र फेरि जीवित पारी उठाउनु केवल एक प्राणीलाई जस्तै हो । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।

  29. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِيٓ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى وَأَنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ خَبِيرٞ

    Open ayah 31:29

    के तिमी देख्दैनौ कि अल्लाह नै रातलाई दिनमा प्रविष्ट गर्छन् र दिनलाई रातमा ? र, उनैले सूर्य र चन्द्रमालाई अधीनस्थ गरेका छन्; हरेक चिज एउटा निश्चित समयसम्म गतिशील हुन्छ । र, अल्लाह तिमीहरूले गर्ने गरेका कार्यहरूसँग अवगत छन् । ,

  30. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّ مَا يَدۡعُونَ مِن دُونِهِ ٱلۡبَٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ 

    Open ayah 31:30

    यी सबै यस कारणले हुन् कि अल्लाह नै नितान्त सत्य हुन् र उनलाई छोडी जुन अन्य चिजहरूलाई यिनीहरू पुकार्दछन् तिनीहरू सबै नितान्त असत्य हुन् । र, निस्सन्देह अल्लाह उच्च एवं महान् छन् ।

  31. أَلَمۡ تَرَ أَنَّ ٱلۡفُلۡكَ تَجۡرِي فِي ٱلۡبَحۡرِ بِنِعۡمَتِ ٱللَّهِ لِيُرِيَكُم مِّنۡ ءَايَٰتِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٖ

    Open ayah 31:31

    के तिमी देख्दैनौ कि अल्लाहकै वरदानद्वारा डुङ्गाहरू समुद्रमा चल्छन् ताकि उनले तिमीहरूलाई आफ्ना निशानीहरू देखाऊन् । निस्सन्देह यसमा धैर्यधारण गर्ने तथा कृतज्ञ हुने व्यक्तिहरूकालागि निशानीहरू छन् ।

  32. وَإِذَا غَشِيَهُم مَّوۡجٞ كَٱلظُّلَلِ دَعَوُاْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ فَلَمَّا نَجَّىٰهُمۡ إِلَى ٱلۡبَرِّ فَمِنۡهُم مُّقۡتَصِدٞۚ وَمَا يَجۡحَدُ بِـَٔايَٰتِنَآ إِلَّا كُلُّ خَتَّارٖ كَفُورٖ

    Open ayah 31:32

    र, जब (समुद्रमा) लहरले तिनीहरूलाई छाताहरू झैं ढपक्क ढाक्छन् तब तिनीहरू आफ्नो धर्मलाई अल्लाहकैलागि विशुद्ध पारेर उनलाई पुकार्दछन् तर जब हामी तिनीहरूलाई बचाएर जमीनतिर पुर्याउँछौं तब तिनीहरूमध्ये केही मध्यमार्गी हुन्छन् । [ ] र, हाम्रा आयतहरूलाई केवल विश्वासघाती र कृतघ्न व्यक्तिहरुले नै अस्वीकार गर्छ ।

  33. يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُواْ رَبَّكُمۡ وَٱخۡشَوۡاْ يَوۡمٗا لَّا يَجۡزِي وَالِدٌ عَن وَلَدِهِۦ وَلَا مَوۡلُودٌ هُوَ جَازٍ عَن وَالِدِهِۦ شَيۡـًٔاۚ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۖ فَلَا تَغُرَّنَّكُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَلَا يَغُرَّنَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ

    Open ayah 31:33

    हे मानव जाति ! आफ्ना पालनकर्ताको भय राख र त्यस दिनको भय गर जुन दिन कुनै पिताले आफ्नो पुत्रलाई कुनै प्रकारको लाभ पुर्याउन सक्ने छैन; न पुत्र नै आफ्नो पिताको तर्फबाट कुनै बदला दिनेछ । निस्सन्देह अल्लाहको वचन नितान्त सत्य हो । अतः न यो सांसारिक जीवनले तिमीहरूलाई धोखामा पारोस् र न कुनै धोखेबाजले नै तिमीहरूलाई अल्लाहको सम्बन्धमा धोखा देओस् ।

  34. إِنَّ ٱللَّهَ عِندَهُۥ عِلۡمُ ٱلسَّاعَةِ وَيُنَزِّلُ ٱلۡغَيۡثَ وَيَعۡلَمُ مَا فِي ٱلۡأَرۡحَامِۖ وَمَا تَدۡرِي نَفۡسٞ مَّاذَا تَكۡسِبُ غَدٗاۖ وَمَا تَدۡرِي نَفۡسُۢ بِأَيِّ أَرۡضٖ تَمُوتُۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرُۢ

    Open ayah 31:34

    निस्सन्देह महाप्रलयको ज्ञान अल्लाहमा नै निहित छ, र उनी नै पानी बर्साउँछन्, र गर्भमा रहेको चिजलाई जान्दछन्, र कसैलाई थाहा छैन कि भोलि उसले के कमाउँछ, र कोही यो पनि जान्दैन कि उसको मृत्यु कुन भूभागमा हुनेछ । निस्सन्देह अल्लाह सर्वज्ञ एवं सर्वविदित छन् ।