السجدة

As-Sajda

The Prostration · Surah 32 · Ayahs: 30 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. الٓمٓ

    Open ayah 32:1

    अलिफ्० लाम्० मीम्० ।

  2. تَنزِيلُ ٱلۡكِتَٰبِ لَا رَيۡبَ فِيهِ مِن رَّبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 32:2

    ग्रन्थको अवतरण गर्नु जसमा कुनै सन्देह छैन; सम्पूर्ण जगत्का पालनकर्ताको तर्फबाट भएको हो ।

  3. أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۚ بَلۡ هُوَ ٱلۡحَقُّ مِن رَّبِّكَ لِتُنذِرَ قَوۡمٗا مَّآ أَتَىٰهُم مِّن نَّذِيرٖ مِّن قَبۡلِكَ لَعَلَّهُمۡ يَهۡتَدُونَ

    Open ayah 32:3

    के काफिरहरू भन्दछन्– “मुहम्मद स.ले यसलाई स्वयं रचेको हो ” होइन, यो त तिम्रा पालनकर्ताको तर्फबाट (आएको) नितान्त सत्य हो ताकि तिमी यस्तो समुदायलाई सावधान गर जोसमक्ष तिमीभन्दा पहिले कोही सचेतक आएन । शायद कि तिनीहरूले सत्य मार्ग अपनाउनेछन् ।

  4. ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ مَا لَكُم مِّن دُونِهِۦ مِن وَلِيّٖ وَلَا شَفِيعٍۚ أَفَلَا تَتَذَكَّرُونَ

    Open ayah 32:4

    अल्लाह नै हुन् जसले आकाशहरू, धर्ती र ती दुवैबीचका सम्पूर्ण चिजहरूलाई छ दिनमा सृष्टि गरे । अनि, उनी सिंहासनमा विराजमान भए । उनीबाहेक न तिमीहरूकानिम्ति कोही समर्थक र सहायक छ, र न उनीसमक्ष कोही सिफारिशकर्ता नै । के तिमीहरू उपदेश ग्रहण गर्दैनौ ?

  5. يُدَبِّرُ ٱلۡأَمۡرَ مِنَ ٱلسَّمَآءِ إِلَى ٱلۡأَرۡضِ ثُمَّ يَعۡرُجُ إِلَيۡهِ فِي يَوۡمٖ كَانَ مِقۡدَارُهُۥٓ أَلۡفَ سَنَةٖ مِّمَّا تَعُدُّونَ

    Open ayah 32:5

    उनी आदेशलाई आकाशबाट धर्तीमा पठाउनँछन् जुन फेरि उनीतर्फ फर्कन्छ एउटा यस्ता दिनमा जसको अवधी तिमीहरूको गणना अनुसार एक हजार वर्षको हुन्छ ।

  6. ذَٰلِكَ عَٰلِمُ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 32:6

    उनी नै अदृश्य र दृश्य कुराहरूका ज्ञाता, प्रभुत्वशाली र परम दयालु हुन् ।

  7. ٱلَّذِيٓ أَحۡسَنَ كُلَّ شَيۡءٍ خَلَقَهُۥۖ وَبَدَأَ خَلۡقَ ٱلۡإِنسَٰنِ مِن طِينٖ

    Open ayah 32:7

    जसले जेजति सृष्टि गरे उत्तम ढङ्गले बनाए र मानवको सिर्जना माटोबाट आरम्भ गरे ।

  8. ثُمَّ جَعَلَ نَسۡلَهُۥ مِن سُلَٰلَةٖ مِّن مَّآءٖ مَّهِينٖ

    Open ayah 32:8

    त्यसपछि उनले उसको वंशलाई तुच्छ पानीको सत्बाट चलाए ।

  9. ثُمَّ سَوَّىٰهُ وَنَفَخَ فِيهِ مِن رُّوحِهِۦۖ وَجَعَلَ لَكُمُ ٱلسَّمۡعَ وَٱلۡأَبۡصَٰرَ وَٱلۡأَفۡـِٔدَةَۚ قَلِيلٗا مَّا تَشۡكُرُونَ

    Open ayah 32:9

    अनि ठीक पारे र त्यसमा आफ्नो आत्माबाट फुके । र, उनले तिमीहरूलाई कान, आँखा, मुटु प्रदान गरे । तर तिमीहरू कमै कृतज्ञ हुन्छौ । ,

  10. وَقَالُوٓاْ أَءِذَا ضَلَلۡنَا فِي ٱلۡأَرۡضِ أَءِنَّا لَفِي خَلۡقٖ جَدِيدِۭۚ بَلۡ هُم بِلِقَآءِ رَبِّهِمۡ كَٰفِرُونَ 

    Open ayah 32:10

    र, तिनीहरू भन्छन्– “के हामी धर्तीमा विलीन भएपछि पुनः नवीन रूपमा सृष्टि गरिनेछौं ?” होइन, बरु तिनीहरू आफ्ना पालनकर्तासित साक्षात्कारको इन्कार गर्दछन् ।

  11. ۞قُلۡ يَتَوَفَّىٰكُم مَّلَكُ ٱلۡمَوۡتِ ٱلَّذِي وُكِّلَ بِكُمۡ ثُمَّ إِلَىٰ رَبِّكُمۡ تُرۡجَعُونَ

    Open ayah 32:11

    भनिदेऊ– “तिमीहरूमाथि नियुक्त गरिएको मृत्युको फरिश्ता (दूत) ले नै तिमीहरूको प्राण लिन्छ अनि तिमीहरू आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ ।

  12. وَلَوۡ تَرَىٰٓ إِذِ ٱلۡمُجۡرِمُونَ نَاكِسُواْ رُءُوسِهِمۡ عِندَ رَبِّهِمۡ رَبَّنَآ أَبۡصَرۡنَا وَسَمِعۡنَا فَٱرۡجِعۡنَا نَعۡمَلۡ صَٰلِحًا إِنَّا مُوقِنُونَ

    Open ayah 32:12

    यदि तिमीले त्यो दृश्य देखेको भए जब अपराधीहरू आफ्ना पालनकर्तासमक्ष शिर निहुराएर खडा हुनेछन् ! (त्यस समय तिनीहरूले भन्नेछन्) “हे हाम्रा पालनकर्ता ! हामीले राम्ररी देख्यौं र सुन्यौं । अब हामीलाई पुनः फिर्ता पठाऊ ताकि हामी पुण्यकर्म गरौं; हामीलाई विश्वास भइसकेको छ ।”,

  13. وَلَوۡ شِئۡنَا لَأٓتَيۡنَا كُلَّ نَفۡسٍ هُدَىٰهَا وَلَٰكِنۡ حَقَّ ٱلۡقَوۡلُ مِنِّي لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ أَجۡمَعِينَ

    Open ayah 32:13

    र, यदि हामीले चाहेको भए प्रत्येक व्यक्तिलाई उसको सत्मार्ग प्रदान गर्ने थियौं । तर, हामीतर्फबाट हामीले नरकलाई जिन्न र मानवद्वारा भर्नेछौं भन्ने वचन सिद्ध भइसकेको छ ।

  14. فَذُوقُواْ بِمَا نَسِيتُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَآ إِنَّا نَسِينَٰكُمۡۖ وَذُوقُواْ عَذَابَ ٱلۡخُلۡدِ بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 32:14

    अतः चाख (यातनाको स्वाद) तिमीले त्यस दिनको भेटलाई बिर्सनाले हामी पनि तिमीहरूलाई बिर्साइदिएका छौं । चाख अब आफ्ना कुकर्मको कारणले सदा रहने यातनाको स्वाद !

  15. إِنَّمَا يُؤۡمِنُ بِـَٔايَٰتِنَا ٱلَّذِينَ إِذَا ذُكِّرُواْ بِهَا خَرُّواْۤ سُجَّدٗاۤ وَسَبَّحُواْ بِحَمۡدِ رَبِّهِمۡ وَهُمۡ لَا يَسۡتَكۡبِرُونَ۩

    Open ayah 32:15

    हाम्रा आयतहरूमाथि त ती व्यक्तिहरू ईमान ल्याउँछन् जसलाई जब यी आयतहरू सुनाएर उपदेश दिइन्छ तब उनीहरू सज्दामा गइहाल्छन् र आफ्ना पालनकर्ताको प्रशंसासाथ उनको महिमागान गर्छन् र उनीहरू घमण्ड गर्दैनन् ।

  16. تَتَجَافَىٰ جُنُوبُهُمۡ عَنِ ٱلۡمَضَاجِعِ يَدۡعُونَ رَبَّهُمۡ خَوۡفٗا وَطَمَعٗا وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

    Open ayah 32:16

    तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् । तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् ।

  17. فَلَا تَعۡلَمُ نَفۡسٞ مَّآ أُخۡفِيَ لَهُم مِّن قُرَّةِ أَعۡيُنٖ جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 32:17

    र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूकालागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन ।

  18. أَفَمَن كَانَ مُؤۡمِنٗا كَمَن كَانَ فَاسِقٗاۚ لَّا يَسۡتَوُۥنَ

    Open ayah 32:18

    अतः के कुनै आस्थावान व्यक्ति अवज्ञाकारीझैं हुन सक्छ ? उनीहरू कदापि समान हुन सक्दैनन् ।

  19. أَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَلَهُمۡ جَنَّٰتُ ٱلۡمَأۡوَىٰ نُزُلَۢا بِمَا كَانُواْ يَعۡمَلُونَ

    Open ayah 32:19

    जसले ईमान ल्याए र सत्कर्म गरे उनीहरूलाई उनीहरूले गर्ने गरेका कार्यहरूको बदलामा आतिथ्यस्वरूप सदासर्वदा रहने बगैंचाहरू प्राप्त हुनेछन् ।

  20. وَأَمَّا ٱلَّذِينَ فَسَقُواْ فَمَأۡوَىٰهُمُ ٱلنَّارُۖ كُلَّمَآ أَرَادُوٓاْ أَن يَخۡرُجُواْ مِنۡهَآ أُعِيدُواْ فِيهَا وَقِيلَ لَهُمۡ ذُوقُواْ عَذَابَ ٱلنَّارِ ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ 

    Open ayah 32:20

    र, अवज्ञाकारीहरूको बासस्थान नरक हुनेछ । जब–जब तिनीहरू त्यहाँबाट निस्कन चाहनेछन् तिनीहरूलाई पुनः त्यसैभित्र फर्काइनेछ र तिनीहरूलाई भनिनेछ– “त्यस नरकको यातना भोग जसलाई तिमीहरू झुठो ठान्दथ्यौ ।”

  21. وَلَنُذِيقَنَّهُم مِّنَ ٱلۡعَذَابِ ٱلۡأَدۡنَىٰ دُونَ ٱلۡعَذَابِ ٱلۡأَكۡبَرِ لَعَلَّهُمۡ يَرۡجِعُونَ

    Open ayah 32:21

    त्यो ठूलो यातनाभन्दा पहिले हामी तिनीहरूलाई यसै संसारमा (कुनै न कुनै) सानो यातनाको [ ] स्वाद अवश्य नै चखाउनेछौं ताकि तिनीहरू (आफ्नो विद्रोहको नीति छोडी हामीतर्फ) फर्किउन् ।

  22. وَمَنۡ أَظۡلَمُ مِمَّن ذُكِّرَ بِـَٔايَٰتِ رَبِّهِۦ ثُمَّ أَعۡرَضَ عَنۡهَآۚ إِنَّا مِنَ ٱلۡمُجۡرِمِينَ مُنتَقِمُونَ

    Open ayah 32:22

    र, त्यो व्यक्तिभन्दा ठूलो अत्याचारी अरू को होला जसलाई उसका पालनकर्ताका आयतहरूद्वारा उपदेश दिइँदा त्यसबाट विमुख हुन्छ ? यस्ता अपराधीहरूसित हामी बदला लिई छोड्नेछौं ।

  23. وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ فَلَا تَكُن فِي مِرۡيَةٖ مِّن لِّقَآئِهِۦۖ وَجَعَلۡنَٰهُ هُدٗى لِّبَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 32:23

    र, हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं । अतः त्यस्तै चिज (ग्रन्थ) को प्राप्तिमा तिमी कुनै सन्देह नगर । र हामीले त्यस ग्रन्थलाई इस्राईलका सन्तानकोलागि मार्गदर्शन बनायौं ।

  24. وَجَعَلۡنَا مِنۡهُمۡ أَئِمَّةٗ يَهۡدُونَ بِأَمۡرِنَا لَمَّا صَبَرُواْۖ وَكَانُواْ بِـَٔايَٰتِنَا يُوقِنُونَ

    Open ayah 32:24

    र, जबसम्म तिनीहरू अडिग रहे हामीले तिनीहरूभित्र यस्ता अगुवा बनायौं जो हाम्रो आज्ञाबाट मानिसहरूलाई मार्गदर्शन गर्थे र तिनीहरू हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।

  25. إِنَّ رَبَّكَ هُوَ يَفۡصِلُ بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 32:25

    वास्तवमा तिम्रा पालनकर्ता नै महाप्रलयको दिन इस्राईलका सन्तानहरूबीच तिनीहरूले परस्पर मतभेद गर्ने गरेका कुराहरूबारे निर्णय गर्नेछन् ।,

  26. أَوَلَمۡ يَهۡدِ لَهُمۡ كَمۡ أَهۡلَكۡنَا مِن قَبۡلِهِم مِّنَ ٱلۡقُرُونِ يَمۡشُونَ فِي مَسَٰكِنِهِمۡۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٍۚ أَفَلَا يَسۡمَعُونَ

    Open ayah 32:26

    तिनीहरूभन्दा पहिले कैयौं वंशहरूलाई हामीले विनाश गर्यौं जसका बासस्थानमा (आज) यिनीहरू (मक्कावासीहरू) हिंडडुल गर्छन् भन्ने कुराले के यिनीहरूलाई मार्गदर्शन प्राप्त भएन ? निश्चय नै यसमा ठूला निशानीहरू छन् । के तिनीहरू सुन्दैनन् ?

  27. أَوَلَمۡ يَرَوۡاْ أَنَّا نَسُوقُ ٱلۡمَآءَ إِلَى ٱلۡأَرۡضِ ٱلۡجُرُزِ فَنُخۡرِجُ بِهِۦ زَرۡعٗا تَأۡكُلُ مِنۡهُ أَنۡعَٰمُهُمۡ وَأَنفُسُهُمۡۚ أَفَلَا يُبۡصِرُونَ

    Open ayah 32:27

    के तिनीहरूले देखेनन् कि हामी सुख्खा भूमितर्फ पानी बगाएर लैजान्छौं अनि त्यसद्वारा बालीनाली उमार्छौं जुन तिनीहरुका चौपाया र स्वयं तिनीहरूले खाने गर्छन् ? के तिनीहरू देख्दैनन् ? ,

  28. وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡفَتۡحُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 32:28

    र, तिनीहरू भन्छन्– “तिमीहरू सच्चा हौ भने त्यो निर्णय कहिले हुनेछ त ?”

  29. قُلۡ يَوۡمَ ٱلۡفَتۡحِ لَا يَنفَعُ ٱلَّذِينَ كَفَرُوٓاْ إِيمَٰنُهُمۡ وَلَا هُمۡ يُنظَرُونَ

    Open ayah 32:29

    भनिदेऊ– “निर्णयको दिन ईमान ल्याउनु काफिरहरूकालागि बेफाइदा हुन्छ र तिनीहरूलाई अवसर पनि दिइने छैन ।”

  30. فَأَعۡرِضۡ عَنۡهُمۡ وَٱنتَظِرۡ إِنَّهُم مُّنتَظِرُونَ 

    Open ayah 32:30

    अतः तिनीहरूलाई तिनीहरुकै अवस्थामा छोडिदेऊ र प्रतीक्षा गर तिनीहरू पनि प्रतीक्षामा छन् ।