الأحزاب

Al-Ahzaab

The Clans · Surah 33 · Ayahs: 73 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ ٱتَّقِ ٱللَّهَ وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَۚ إِنَّ ٱللَّهَ كَانَ عَلِيمًا حَكِيمٗا

    Open ayah 33:1

    हे नबी स.! अल्लाहको भयराख र काफिर तथा मुनाफिकहरूको आज्ञापालन नगर । निस्सन्देह अल्लाह सर्वज्ञ एवं तत्वज्ञ छन् ।

  2. وَٱتَّبِعۡ مَا يُوحَىٰٓ إِلَيۡكَ مِن رَّبِّكَۚ إِنَّ ٱللَّهَ كَانَ بِمَا تَعۡمَلُونَ خَبِيرٗا

    Open ayah 33:2

    र, आफ्ना रबको तर्फबाट प्रकाशना गरिएको कुराको अनुसरण गर । निश्चय नै तिमीहरूले गर्ने गरेका कार्यहरूसँग अल्लाह अवगत छन् ।

  3. وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا

    Open ayah 33:3

    र, अल्लाहमाथि भरोसा राख । र, भरोसाकालागि अल्लाह नै पर्याप्त छन् ।

  4. مَّا جَعَلَ ٱللَّهُ لِرَجُلٖ مِّن قَلۡبَيۡنِ فِي جَوۡفِهِۦۚ وَمَا جَعَلَ أَزۡوَٰجَكُمُ ٱلَّٰٓـِٔي تُظَٰهِرُونَ مِنۡهُنَّ أُمَّهَٰتِكُمۡۚ وَمَا جَعَلَ أَدۡعِيَآءَكُمۡ أَبۡنَآءَكُمۡۚ ذَٰلِكُمۡ قَوۡلُكُم بِأَفۡوَٰهِكُمۡۖ وَٱللَّهُ يَقُولُ ٱلۡحَقَّ وَهُوَ يَهۡدِي ٱلسَّبِيلَ

    Open ayah 33:4

    अल्लाहले कुनै पनि मानिसको छातीभित्र दुईवटा हृदय बनाएका छैनन् न उनले तिमीहरूका ती पत्नीहरूलाई तिम्रा आमा नै बनाएका छन् जोसँग तिमीहरू जिहार गर्ने गर्छौ र न उनले तिमीहरूका दत्तकपुत्र (धर्मपुत्र) लाई तिमीहरूका वास्तविक पुत्र नै बनाएका छन् । यो त तिमीहरूको आफ्नो मुखको बोली मात्र हो । र, अल्लाह नितान्त सत्य कुरा गर्छन् । र, उनी नै सीधामार्ग देखाउँछन् । ,

  5. ٱدۡعُوهُمۡ لِأٓبَآئِهِمۡ هُوَ أَقۡسَطُ عِندَ ٱللَّهِۚ فَإِن لَّمۡ تَعۡلَمُوٓاْ ءَابَآءَهُمۡ فَإِخۡوَٰنُكُمۡ فِي ٱلدِّينِ وَمَوَٰلِيكُمۡۚ وَلَيۡسَ عَلَيۡكُمۡ جُنَاحٞ فِيمَآ أَخۡطَأۡتُم بِهِۦ وَلَٰكِن مَّا تَعَمَّدَتۡ قُلُوبُكُمۡۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمًا

    Open ayah 33:5

    दत्तकपुत्रलाई तिनीहरूका (वास्तविक) पिताकै नामको सम्बन्धबाट पुकार । यो अल्लाहको दृष्टिमा अधिक न्यायोचित हुनेछ । र, यदि तिमीहरू तिनीहरुका पिताबारे अनभिज्ञ छौ भने उनीहरू तिमीहरूका धार्मिक भाइ एवं साथी हुन् । जुन कार्य तिमीहरूले भूलचुकमा गर्यौ त्यसको कुनै पाप हुने छैन तर जुन कार्य तिमीहरू आत्माले जानी जानी गर्छौ त्यसमा भने पाप लाग्नेछ । र, अल्लाह क्षमाशील एवं परम दयालु छन् ।,

  6. ٱلنَّبِيُّ أَوۡلَىٰ بِٱلۡمُؤۡمِنِينَ مِنۡ أَنفُسِهِمۡۖ وَأَزۡوَٰجُهُۥٓ أُمَّهَٰتُهُمۡۗ وَأُوْلُواْ ٱلۡأَرۡحَامِ بَعۡضُهُمۡ أَوۡلَىٰ بِبَعۡضٖ فِي كِتَٰبِ ٱللَّهِ مِنَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُهَٰجِرِينَ إِلَّآ أَن تَفۡعَلُوٓاْ إِلَىٰٓ أَوۡلِيَآئِكُم مَّعۡرُوفٗاۚ كَانَ ذَٰلِكَ فِي ٱلۡكِتَٰبِ مَسۡطُورٗا

    Open ayah 33:6

    निस्सन्देह नबी आस्थावानहरूकालागि स्वयं आफ्नो प्राणभन्दा महत्त्वपूर्ण छन् । र, उन (नबी) का पत्नीहरू मोमिनहरूका आमा हुन् । र, अल्लाहको किताब अनुसार नातेदारहरू सामान्य मोमिन र मुहाजिर (पलायन गर्ने) हरूको अपेक्षा बढी हकदार छन् । तर, तिमीहरू आफ्ना मित्रहरूसँग राम्रो व्यवहार गर्न चाहन्छौ भने यो बेग्लै कुरा हो । यो आदेश ईशग्रन्थमा लेखिएको छ ।

  7. وَإِذۡ أَخَذۡنَا مِنَ ٱلنَّبِيِّـۧنَ مِيثَٰقَهُمۡ وَمِنكَ وَمِن نُّوحٖ وَإِبۡرَٰهِيمَ وَمُوسَىٰ وَعِيسَى ٱبۡنِ مَرۡيَمَۖ وَأَخَذۡنَا مِنۡهُم مِّيثَٰقًا غَلِيظٗا

    Open ayah 33:7

    र, (हे नबी स.!) स्मरण गर त्यो प्रतिज्ञालाई जुन हामीले सबै नबीहरूसित, तिमीसित, नूह, इब्राहीम, मूसा र मर्यम–पुत्र ईसासित लिएका थियौं । सबैसंग हामीले दृढ वचन लिएका थियौं ।

  8. لِّيَسۡـَٔلَ ٱلصَّٰدِقِينَ عَن صِدۡقِهِمۡۚ وَأَعَدَّ لِلۡكَٰفِرِينَ عَذَابًا أَلِيمٗا

    Open ayah 33:8

    ताकि अल्लाहले सच्चा व्यक्तिहरूसित तिनीहरूको सत्यको सम्बन्धमा सोधून् र काफिरहरूका लागि उनले दुःखदायी यातना तयार पारेका नै छन् ।

  9. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ نِعۡمَةَ ٱللَّهِ عَلَيۡكُمۡ إِذۡ جَآءَتۡكُمۡ جُنُودٞ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا وَجُنُودٗا لَّمۡ تَرَوۡهَاۚ وَكَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرًا

    Open ayah 33:9

    हे आस्थावानहरू हो ! अल्लाहले तिमीहरूमाथि गरेको उपकारलाई स्मरण गर जब तिमीहरूविरूद्ध एउटा सैन्यदलले आक्रमण गरेको थियो तब हामीले तिनीहरूविरूद्ध भयावह आँधी र तिमीहरूले देख्न नसक्ने सेनाहरू पठायौं । र, अल्लाह तिमीहरूले गरिरहेका कार्यहरू देखिरहेका छन् ।

  10. إِذۡ جَآءُوكُم مِّن فَوۡقِكُمۡ وَمِنۡ أَسۡفَلَ مِنكُمۡ وَإِذۡ زَاغَتِ ٱلۡأَبۡصَٰرُ وَبَلَغَتِ ٱلۡقُلُوبُ ٱلۡحَنَاجِرَ وَتَظُنُّونَ بِٱللَّهِ ٱلظُّنُونَا۠ 

    Open ayah 33:10

    स्मरण गर जब शत्रुहरू तिमीहरूको माथि र तलतिरबाट आइलागे र डरले ( तिमीहरूका ) आँखाहरू पल्टे । र, ( तिमीहरूको ) कलेजो घाँटीसम्म आइपुग्यो अनि तिमीहरू अल्लाहको विषयमा विभिन्न सोचहरू कायम गर्न थाल्यौ ।

  11. هُنَالِكَ ٱبۡتُلِيَ ٱلۡمُؤۡمِنُونَ وَزُلۡزِلُواْ زِلۡزَالٗا شَدِيدٗا

    Open ayah 33:11

    त्यस समय आस्थावानहरू पूर्ण तरिकाले जाँचिए र खुबै हल्लाइए ।

  12. وَإِذۡ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ مَّا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥٓ إِلَّا غُرُورٗا

    Open ayah 33:12

    अनि, त्यतिखेर मुनाफिकहरू र हृदयमा (शंकाको) रोग भएका व्यक्तिहरूले स्पष्ट रूपमा भन्न थाले– “अल्लाह र उनका रसूलले हामीहरूलाई दिएको वचन केवल धोखा हो ।”

  13. وَإِذۡ قَالَت طَّآئِفَةٞ مِّنۡهُمۡ يَٰٓأَهۡلَ يَثۡرِبَ لَا مُقَامَ لَكُمۡ فَٱرۡجِعُواْۚ وَيَسۡتَـٔۡذِنُ فَرِيقٞ مِّنۡهُمُ ٱلنَّبِيَّ يَقُولُونَ إِنَّ بُيُوتَنَا عَوۡرَةٞ وَمَا هِيَ بِعَوۡرَةٍۖ إِن يُرِيدُونَ إِلَّا فِرَارٗا

    Open ayah 33:13

    जब तिनीहरूको एउटा जमातले भन्यो– “हे यसरिबवासीहरू हो ! तिमीहरूकालागि अब यहाँ (बस्ने) कुनै ठाउँ छैन; अतः फर्केर जाऊ ।” र, तिनीहरूको एउटा अर्को समूह नबी (मुहम्मद स.) सित यो भनेर अनुमति मागिरहेको थियो कि हाम्रा घरहरू असुरक्षित छन् । [ ] जब कि तिनीहरू असुरक्षित थिएनन् । वास्तवमा तिनीहरू भाग्न खोजिरहेका थिए ।

  14. وَلَوۡ دُخِلَتۡ عَلَيۡهِم مِّنۡ أَقۡطَارِهَا ثُمَّ سُئِلُواْ ٱلۡفِتۡنَةَ لَأٓتَوۡهَا وَمَا تَلَبَّثُواْ بِهَآ إِلَّا يَسِيرٗا

    Open ayah 33:14

    यदि वरिपरिबाट सेनाहरू प्रवेश गरेका भए र त्यतिखेर तिनीहरूलाई उपद्रवकोलागि निमन्त्रणा दिइएको भए तिनीहरू त्यसमा अवश्य नै सामेल हुने थिए । र, यस सम्बन्धमा तिनीहरूलाई मुश्किलले कुनै सङ्कोच हुने थियो ।

  15. وَلَقَدۡ كَانُواْ عَٰهَدُواْ ٱللَّهَ مِن قَبۡلُ لَا يُوَلُّونَ ٱلۡأَدۡبَٰرَۚ وَكَانَ عَهۡدُ ٱللَّهِ مَسۡـُٔولٗا

    Open ayah 33:15

    जबकि तिनीहरूले यसअघि अल्लाहसित (युद्धमा) पिठ्यूँ देखाउँदैनन् भनी प्रतिज्ञा गरेका थिए । र, अल्लाहसित गरिएको वचनबारे सोधपुछ अवश्य नै हुनेछ ।

  16. قُل لَّن يَنفَعَكُمُ ٱلۡفِرَارُ إِن فَرَرۡتُم مِّنَ ٱلۡمَوۡتِ أَوِ ٱلۡقَتۡلِ وَإِذٗا لَّا تُمَتَّعُونَ إِلَّا قَلِيلٗا

    Open ayah 33:16

    (हे नबी स.!) भनिदेऊ– “तिमीहरू मृत्यु वा हत्याबाट भागेमा यसरी भाग्नु तिमीहरूकालागि अलिकति पनि लाभदायक हुने छैन । यदि भाग्यौ भने तिमीहरूले थोरै सुखभोग गर्न पाउनेछौ ।”

  17. قُلۡ مَن ذَا ٱلَّذِي يَعۡصِمُكُم مِّنَ ٱللَّهِ إِنۡ أَرَادَ بِكُمۡ سُوٓءًا أَوۡ أَرَادَ بِكُمۡ رَحۡمَةٗۚ وَلَا يَجِدُونَ لَهُم مِّن دُونِ ٱللَّهِ وَلِيّٗا وَلَا نَصِيرٗا

    Open ayah 33:17

    भनिदेऊ– “अल्लाहले तिमीहरूको हानि चाहेमा कसले तिमीहरूलाई अल्लाहबाट बचाउन सक्छ र उनले तिमीहरूमाथि दया गर्न चाहेमा कसले उनको दयालाई रोक्न सक्छ ? अल्लाहको दाँजोमा यिनीहरूले आफ्नोलागि न कुनै समर्थक र न कुनै सहायक पाउन सक्छन् ।

  18. ۞قَدۡ يَعۡلَمُ ٱللَّهُ ٱلۡمُعَوِّقِينَ مِنكُمۡ وَٱلۡقَآئِلِينَ لِإِخۡوَٰنِهِمۡ هَلُمَّ إِلَيۡنَاۖ وَلَا يَأۡتُونَ ٱلۡبَأۡسَ إِلَّا قَلِيلًا

    Open ayah 33:18

    अल्लाह तिमीहरूमध्ये बाधा उत्पन्न गर्ने र आफ्ना भाइबन्धुहरूलाई हामीतर्फ आऊ भन्नेहरूलाई राम्ररी जान्दछन् । यिनीहरू युद्धमा कमै भाग लिन्छन् ।

  19. أَشِحَّةً عَلَيۡكُمۡۖ فَإِذَا جَآءَ ٱلۡخَوۡفُ رَأَيۡتَهُمۡ يَنظُرُونَ إِلَيۡكَ تَدُورُ أَعۡيُنُهُمۡ كَٱلَّذِي يُغۡشَىٰ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَإِذَا ذَهَبَ ٱلۡخَوۡفُ سَلَقُوكُم بِأَلۡسِنَةٍ حِدَادٍ أَشِحَّةً عَلَى ٱلۡخَيۡرِۚ أُوْلَٰٓئِكَ لَمۡ يُؤۡمِنُواْ فَأَحۡبَطَ ٱللَّهُ أَعۡمَٰلَهُمۡۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا

    Open ayah 33:19

    यिनीहरू तिमीहरूको सहयोग गर्न अति कञ्जुस छन् । खतराको समय आउँदा तिमी तिनीहरूलाई देख्नेछौ कि तिमीतिर त्यसरी नै आफ्ना आँखाहरू घुमाई घुमाई हेर्नेछन् जसरी त्यो व्यक्ति जसलाई मृत्युले घेरेको होस् । तर खतराको घडी टरेपछि यिनीहरू नै धनको लोभमा कडा शब्दमा तिमीहरूमाथि प्रहार गर्छन् । यिनीहरूले ईमान ल्याएकै छैनन् । त्यसकारण अल्लाहले यिनीहरूका कर्महरूलाई नष्ट पारिदिए । र, यस्तो गर्नु अल्लाहकोलागि अति नै सरल छ ।

  20. يَحۡسَبُونَ ٱلۡأَحۡزَابَ لَمۡ يَذۡهَبُواْۖ وَإِن يَأۡتِ ٱلۡأَحۡزَابُ يَوَدُّواْ لَوۡ أَنَّهُم بَادُونَ فِي ٱلۡأَعۡرَابِ يَسۡـَٔلُونَ عَنۡ أَنۢبَآئِكُمۡۖ وَلَوۡ كَانُواْ فِيكُم مَّا قَٰتَلُوٓاْ إِلَّا قَلِيلٗا 

    Open ayah 33:20

    यिनीहरू के ठान्छन् भने आक्रमणकारी दलहरू फर्केर गएका छैनन् । आक्रमणकारीहरूले पुनः आक्रमण गरेमा यिनीहरूको चाहना हुनेछ कि तिमीहरूको सूचना प्राप्त गर्दै बदवी ( गाउंलेहरु ) सित उजाड मरूभूमिमै आफूहरू रहन पाऊँ । र , तिमीहरूबीच नै रहे पनि तिनीहरू मुश्किलले युद्धमा सहभागी हुनेछन् ।

  21. لَّقَدۡ كَانَ لَكُمۡ فِي رَسُولِ ٱللَّهِ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَ وَذَكَرَ ٱللَّهَ كَثِيرٗا

    Open ayah 33:21

    निश्चय नै अल्लाहका रसूल (मुहम्मद स.) मा तिमीहरूकालागि उत्तम आदर्श रहेको छ । जो अल्लाहसितको साक्षात्कार र आखिरतको आशा राख्दछन् अनि अल्लाहलाई खुबै स्मरण गर्दछन् ।

  22. وَلَمَّا رَءَا ٱلۡمُؤۡمِنُونَ ٱلۡأَحۡزَابَ قَالُواْ هَٰذَا مَا وَعَدَنَا ٱللَّهُ وَرَسُولُهُۥ وَصَدَقَ ٱللَّهُ وَرَسُولُهُۥۚ وَمَا زَادَهُمۡ إِلَّآ إِيمَٰنٗا وَتَسۡلِيمٗا

    Open ayah 33:22

    र, जब आस्थावानहरूले आक्रमणकारी दलहरूलाई देखे तब उनीहरूले भने– “यसैको वचन अल्लाह एवं उनका रसूलले हामीलाई दिएका थिए । अल्लाह एवं उनका रसूलकै कुरा साँचो थियो ।” यस घटनाले आस्थावानहरूको ईमान एवं समर्पणमा वृद्धि नै गर्यो ।

  23. مِّنَ ٱلۡمُؤۡمِنِينَ رِجَالٞ صَدَقُواْ مَا عَٰهَدُواْ ٱللَّهَ عَلَيۡهِۖ فَمِنۡهُم مَّن قَضَىٰ نَحۡبَهُۥ وَمِنۡهُم مَّن يَنتَظِرُۖ وَمَا بَدَّلُواْ تَبۡدِيلٗا

    Open ayah 33:23

    ईमानवालाहरूमध्ये यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसित गरेको प्रतिज्ञालाई सत्य प्रमाणित गरे । उनीहरूमध्ये केहीले आफ्नो ज्यान समेत लगाएभने केही अझ प्रतीक्षारत छन् । उनीहरूले (आफ्नो वाचामा) कुनै परिवर्तन गरेनन् ।

  24. لِّيَجۡزِيَ ٱللَّهُ ٱلصَّٰدِقِينَ بِصِدۡقِهِمۡ وَيُعَذِّبَ ٱلۡمُنَٰفِقِينَ إِن شَآءَ أَوۡ يَتُوبَ عَلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ كَانَ غَفُورٗا رَّحِيمٗا

    Open ayah 33:24

    (यी सबै यस कारणले भए कि) अल्लाहले सच्चा व्यक्तिहरूलाई तिनीहरुको सच्चाइको बदला दिऊन् र उनले चाहेमा मुनाफिकहरूलाई सजायँ दिऊन् वा तिनीहरूलाई क्षमा प्रदान गरून् । निस्सन्देह अल्लाह क्षमाशील एवं परम दयालु छन् ।

  25. وَرَدَّ ٱللَّهُ ٱلَّذِينَ كَفَرُواْ بِغَيۡظِهِمۡ لَمۡ يَنَالُواْ خَيۡرٗاۚ وَكَفَى ٱللَّهُ ٱلۡمُؤۡمِنِينَ ٱلۡقِتَالَۚ وَكَانَ ٱللَّهُ قَوِيًّا عَزِيزٗا

    Open ayah 33:25

    र, अल्लाहले काफिरहरूलाई (अहजाबको युद्धबाट) तिनीहरूको क्रोधसहित (विफल बनाई) फर्काइदिए । तिनीहरूले कुनै लाभ प्राप्त गर्न सकेनन् र आस्थावानहरूको तर्फबाट युद्ध गर्न अल्लाह नै पर्याप्त छन् । र, अल्लाह शक्तिशाली एवं प्रभुत्वशाली छन् ।

  26. وَأَنزَلَ ٱلَّذِينَ ظَٰهَرُوهُم مِّنۡ أَهۡلِ ٱلۡكِتَٰبِ مِن صَيَاصِيهِمۡ وَقَذَفَ فِي قُلُوبِهِمُ ٱلرُّعۡبَ فَرِيقٗا تَقۡتُلُونَ وَتَأۡسِرُونَ فَرِيقٗا

    Open ayah 33:26

    र, अह्ले किताब मध्ये जसले आक्रमणकारी (काफिर) हरूको सहयोग गरेका थिए अल्लाहले तिनीहरूलाई तिनीहरुका किल्लाहरूबाट निकालेर ल्याए र तिनीहरूको हृदयमा उनले यस्तो किसिमको त्रास उत्पन्न गरिदिए कि तिमीहरू तिनीहरुको एउटा समूहको हत्या गर्दैथ्यौ भने अर्को समूहलाई बन्दी बनाउँदैथ्यौ ।

  27. وَأَوۡرَثَكُمۡ أَرۡضَهُمۡ وَدِيَٰرَهُمۡ وَأَمۡوَٰلَهُمۡ وَأَرۡضٗا لَّمۡ تَطَـُٔوهَاۚ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٗا

    Open ayah 33:27

    अल्लाहले तिमीहरूलाई तिनीहरूको जमीन, घरहरू र धन–सम्पत्तिको उत्तराधिकारी बनाइदिए, अनि तिमीहरूलाई यस्तो भूमि प्रदान गरे जहाँ तिमीहरूले कदम पनि राखेका थिएनौ । र, अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् ।

  28. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ إِن كُنتُنَّ تُرِدۡنَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا وَزِينَتَهَا فَتَعَالَيۡنَ أُمَتِّعۡكُنَّ وَأُسَرِّحۡكُنَّ سَرَاحٗا جَمِيلٗا

    Open ayah 33:28

    हे नबी स.! आफ्ना पत्नीहरूलाई भन– “तिमीहरू यदि केवल यस संसारको जीवन तथा यसकै शोभा चाहन्छौ भने आऊ म तिमीहरूलाई केही दिइहाल्छु र राम्रो तरीकाले विदा गरिदिन्छु ।

  29. وَإِن كُنتُنَّ تُرِدۡنَ ٱللَّهَ وَرَسُولَهُۥ وَٱلدَّارَ ٱلۡأٓخِرَةَ فَإِنَّ ٱللَّهَ أَعَدَّ لِلۡمُحۡسِنَٰتِ مِنكُنَّ أَجۡرًا عَظِيمٗا

    Open ayah 33:29

    र, यदि तिमीहरू अल्लाह, उनका रसूल (मुहम्मद स.) र आखिरतको घरका इच्छुक छौ भने अल्लाहले तिमीहरूमध्ये उत्तम सत्कर्मीकालागि ठूलो प्रतिदान तयार पारेर राखेका छन् ।”

  30. يَٰنِسَآءَ ٱلنَّبِيِّ مَن يَأۡتِ مِنكُنَّ بِفَٰحِشَةٖ مُّبَيِّنَةٖ يُضَٰعَفۡ لَهَا ٱلۡعَذَابُ ضِعۡفَيۡنِۚ وَكَانَ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٗا 

    Open ayah 33:30

    हे नबीका पत्नीहरू हो ! यदि तिमीहरूमध्ये कसैले अश्लील कर्म गर्यो भने अल्लाहले उसलाई दोब्बर दण्ड दिनेछन् । र, यो कार्य अल्लाहकोलागि अति सरल रहेको छ ।

  31. ۞وَمَن يَقۡنُتۡ مِنكُنَّ لِلَّهِ وَرَسُولِهِۦ وَتَعۡمَلۡ صَٰلِحٗا نُّؤۡتِهَآ أَجۡرَهَا مَرَّتَيۡنِ وَأَعۡتَدۡنَا لَهَا رِزۡقٗا كَرِيمٗا

    Open ayah 33:31

    र, तिमीहरूमध्ये जसले अल्लाह तथा उनका रसूलको आज्ञापालन गर्नेछ र सत्कर्म गर्नेछ उसलाई हामी दोब्बर प्रतिदान दिनेछौं र हामीले उसकालागि पर्याप्त एवं प्रतिष्ठित आजीविका तयार पारेका छौं ।

  32. يَٰنِسَآءَ ٱلنَّبِيِّ لَسۡتُنَّ كَأَحَدٖ مِّنَ ٱلنِّسَآءِ إِنِ ٱتَّقَيۡتُنَّۚ فَلَا تَخۡضَعۡنَ بِٱلۡقَوۡلِ فَيَطۡمَعَ ٱلَّذِي فِي قَلۡبِهِۦ مَرَضٞ وَقُلۡنَ قَوۡلٗا مَّعۡرُوفٗا

    Open ayah 33:32

    हे नबीका पत्नीहरू हो ! तिमीहरू साधारण महिलाहरु जस्ता होइनौ । यदि तिमीहरूमा अल्लाहको भय छ भने मीठो स्वरमा कुरा नगर जसले गर्दा पापी मन भएको व्यक्ति कुनै लोभमा फसोस् बरु स्पष्ट कुरा गर ।

  33. وَقَرۡنَ فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجۡنَ تَبَرُّجَ ٱلۡجَٰهِلِيَّةِ ٱلۡأُولَىٰۖ وَأَقِمۡنَ ٱلصَّلَوٰةَ وَءَاتِينَ ٱلزَّكَوٰةَ وَأَطِعۡنَ ٱللَّهَ وَرَسُولَهُۥٓۚ إِنَّمَا يُرِيدُ ٱللَّهُ لِيُذۡهِبَ عَنكُمُ ٱلرِّجۡسَ أَهۡلَ ٱلۡبَيۡتِ وَيُطَهِّرَكُمۡ تَطۡهِيرٗا

    Open ayah 33:33

    र, आफ्ना घरहरूमा नै बस । अनि, अज्ञानताकालमा झैं श्रृङ्गार प्रदर्शन नगर । नमाज कायम गर, जकात देऊ र अल्लाह तथा उनका रसूलको आज्ञापालन गर । हे नबीका घरका सदस्यहरू हो ! अल्लाह तिमीहरूका सम्पूर्ण अपवित्रता समाप्त पारी पूर्ण पवित्र तुल्याउन चाहन्छन् ।

  34. وَٱذۡكُرۡنَ مَا يُتۡلَىٰ فِي بُيُوتِكُنَّ مِنۡ ءَايَٰتِ ٱللَّهِ وَٱلۡحِكۡمَةِۚ إِنَّ ٱللَّهَ كَانَ لَطِيفًا خَبِيرًا

    Open ayah 33:34

    र, तिमीहरूका घरमा सुनाइने अल्लाहका आयतहरू तथा तत्वदर्शितालाई याद राख । निस्सन्देह अल्लाह सूक्ष्मदर्शी एवं खबर राख्नेवाला हुन् ।

  35. إِنَّ ٱلۡمُسۡلِمِينَ وَٱلۡمُسۡلِمَٰتِ وَٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ وَٱلۡقَٰنِتِينَ وَٱلۡقَٰنِتَٰتِ وَٱلصَّٰدِقِينَ وَٱلصَّٰدِقَٰتِ وَٱلصَّٰبِرِينَ وَٱلصَّٰبِرَٰتِ وَٱلۡخَٰشِعِينَ وَٱلۡخَٰشِعَٰتِ وَٱلۡمُتَصَدِّقِينَ وَٱلۡمُتَصَدِّقَٰتِ وَٱلصَّٰٓئِمِينَ وَٱلصَّٰٓئِمَٰتِ وَٱلۡحَٰفِظِينَ فُرُوجَهُمۡ وَٱلۡحَٰفِظَٰتِ وَٱلذَّٰكِرِينَ ٱللَّهَ كَثِيرٗا وَٱلذَّٰكِرَٰتِ أَعَدَّ ٱللَّهُ لَهُم مَّغۡفِرَةٗ وَأَجۡرًا عَظِيمٗا

    Open ayah 33:35

    मुस्लिम (समर्पित), मोमिन (आस्थावान), आज्ञाकारी, सत्यवादी, धैर्यवान, विनयशील, दानी, व्रतालुु, आ–आफ्ना गुप्ताङ्गको रक्षा गर्ने र अल्लाहलाई अत्यधिक याद गर्ने पुरुष तथा महिलाहरूकालागि अल्लाहले निश्चय नै क्षमा र महान् प्रतिदान तयार पारेर राखेका छन् ।

  36. وَمَا كَانَ لِمُؤۡمِنٖ وَلَا مُؤۡمِنَةٍ إِذَا قَضَى ٱللَّهُ وَرَسُولُهُۥٓ أَمۡرًا أَن يَكُونَ لَهُمُ ٱلۡخِيَرَةُ مِنۡ أَمۡرِهِمۡۗ وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ ضَلَّ ضَلَٰلٗا مُّبِينٗا

    Open ayah 33:36

    जब अल्लाह र उनका रसूलले कुनै मामलाको निर्णय गरिदिन्छन् तब कुनै पनि मोमिन पुरुष वा महिलाकोलागि आफ्नो मामलामा निर्णयको अधिकार बाँकी रहँदैन । र, जसले अल्लाह एवं उनका रसूलको अवज्ञा गर्यो ऊ स्पष्ट पथभ्रष्टतामा पर्यो ।

  37. وَإِذۡ تَقُولُ لِلَّذِيٓ أَنۡعَمَ ٱللَّهُ عَلَيۡهِ وَأَنۡعَمۡتَ عَلَيۡهِ أَمۡسِكۡ عَلَيۡكَ زَوۡجَكَ وَٱتَّقِ ٱللَّهَ وَتُخۡفِي فِي نَفۡسِكَ مَا ٱللَّهُ مُبۡدِيهِ وَتَخۡشَى ٱلنَّاسَ وَٱللَّهُ أَحَقُّ أَن تَخۡشَىٰهُۖ فَلَمَّا قَضَىٰ زَيۡدٞ مِّنۡهَا وَطَرٗا زَوَّجۡنَٰكَهَا لِكَيۡ لَا يَكُونَ عَلَى ٱلۡمُؤۡمِنِينَ حَرَجٞ فِيٓ أَزۡوَٰجِ أَدۡعِيَآئِهِمۡ إِذَا قَضَوۡاْ مِنۡهُنَّ وَطَرٗاۚ وَكَانَ أَمۡرُ ٱللَّهِ مَفۡعُولٗا

    Open ayah 33:37

    (हे नबी स.!) स्मरण गर जब तिमीले त्यस व्यक्तिलाई भनेका थियौ जसमाथि अल्लाह र तिमीले उपकार गरेका थियौ– “आफ्नी पत्नीलाई नछोड र अल्लाहसित डराऊ ।” र, त्यतिखेर तिमीले आफ्नो मनमा त्यो कुरा लुकाएका थियौ जसलाई अल्लाहले जाहेर गर्न चाहन्थे । र, तिमी चाहिँ मानिसहरूसित डराउँथ्यौ जबकि अल्लाह यस कुराकोलागि बढी हकदार छन् कि तिमी उनीसित डराऊ । अतः जब जैदको उनी (जैनब) सँग कुनै सरोकार रहेन तब हामीले उनीसँग तिम्रो बिहे गरिदियौं ताकि मोमिनहरूकालागि आफ्ना दत्तकपुत्रहरूका पत्नीहरूसँग विहे गर्न कुनै बाधा नरहोस् जब तिनीहरूको उनीहरूसँग सम्बन्ध बिच्छेद गर्छन् । र, अल्लाहको आदेश कार्यान्वयन हुन्छ नै ।

  38. مَّا كَانَ عَلَى ٱلنَّبِيِّ مِنۡ حَرَجٖ فِيمَا فَرَضَ ٱللَّهُ لَهُۥۖ سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۚ وَكَانَ أَمۡرُ ٱللَّهِ قَدَرٗا مَّقۡدُورًا

    Open ayah 33:38

    नबीमाथि अल्लाहले उनकालागि निश्चित गरेको कार्य गर्नुमा कुनै आपत्ति हुने छैन । उनीभन्दा पहिले बितेका नबीहरूको हकमा पनि अल्लाहको यही सुन्नत (तरीका) थियो । र, अल्लाहको आदेश निश्चित फैसला हुन्छ ।

  39. ٱلَّذِينَ يُبَلِّغُونَ رِسَٰلَٰتِ ٱللَّهِ وَيَخۡشَوۡنَهُۥ وَلَا يَخۡشَوۡنَ أَحَدًا إِلَّا ٱللَّهَۗ وَكَفَىٰ بِٱللَّهِ حَسِيبٗا

    Open ayah 33:39

    जो‌ अल्लाहको सन्देश पुर्याउने गर्थे र केवल उनैसित डराउँथे । र, अल्लाहबाहेक अन्य कसैसित डराउँदैनथे । र, अल्लाह हिसाब लिनकालागि पर्याप्त छन् ।

  40. مَّا كَانَ مُحَمَّدٌ أَبَآ أَحَدٖ مِّن رِّجَالِكُمۡ وَلَٰكِن رَّسُولَ ٱللَّهِ وَخَاتَمَ ٱلنَّبِيِّـۧنَۗ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٗا 

    Open ayah 33:40

    मुहम्मद स. तिमीहरूमध्ये कुनै पुरुषका पिता होइनन् तर उनी अल्लाहका रसूल एवं नबीहरूका समापक (अन्तिम नबी) हुन् ।[ ] र, अल्लाह प्रत्येक वस्तुका ज्ञाता हुन् ।

  41. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱذۡكُرُواْ ٱللَّهَ ذِكۡرٗا كَثِيرٗا

    Open ayah 33:41

    हे आस्थावानहरू हो ! अल्लाहलाई अत्यधिक स्मरण गर ।

  42. وَسَبِّحُوهُ بُكۡرَةٗ وَأَصِيلًا

    Open ayah 33:42

    र, बिहान–बेलुका उनकै महिमागान गर ।

  43. هُوَ ٱلَّذِي يُصَلِّي عَلَيۡكُمۡ وَمَلَٰٓئِكَتُهُۥ لِيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَكَانَ بِٱلۡمُؤۡمِنِينَ رَحِيمٗا

    Open ayah 33:43

    उनै हुन् जसले तिमीहरूमाथि दया पठाउँछन् र उनका फरिश्ताहरूले पनि ताकि उनी तिमीहरूलाई अन्धकारहरूबाट निकाली प्रकाशमा ल्याऊन् । र, उनी आस्थावानहरूकालागि परम दयालु छन् ।

  44. تَحِيَّتُهُمۡ يَوۡمَ يَلۡقَوۡنَهُۥ سَلَٰمٞۚ وَأَعَدَّ لَهُمۡ أَجۡرٗا كَرِيمٗا

    Open ayah 33:44

    जुन दिन तिनीहरूको उनी (अल्लाह) सित भेट हुनेछ त्यो दिन तिनीहरूको अभिवादन “सलाम” हुनेछ । र, उनले तिनीहरूकालागि अति प्रतिष्ठित प्रतिदान तयार पारेका छन् ।

  45. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَرۡسَلۡنَٰكَ شَٰهِدٗا وَمُبَشِّرٗا وَنَذِيرٗا

    Open ayah 33:45

    हे नबी स.! हामीले तिमीलाई साक्षी, शुभसूचक तथा सचेतक बनाएर पठाएका छौं ।

  46. وَدَاعِيًا إِلَى ٱللَّهِ بِإِذۡنِهِۦ وَسِرَاجٗا مُّنِيرٗا

    Open ayah 33:46

    र, अल्लाहतर्फ उनकै अनुमतिले आह्वानकर्ता एवं प्रकाशमान दीप बनाएर पठाएका छौं ।

  47. وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ بِأَنَّ لَهُم مِّنَ ٱللَّهِ فَضۡلٗا كَبِيرٗا

    Open ayah 33:47

    र, आस्थावानहरूलाई शुभसूचना देऊ कि उनीहरूकालागि उनका पालनकर्ताको तर्फबाट ठूलो वरदान रहेको छ ।

  48. وَلَا تُطِعِ ٱلۡكَٰفِرِينَ وَٱلۡمُنَٰفِقِينَ وَدَعۡ أَذَىٰهُمۡ وَتَوَكَّلۡ عَلَى ٱللَّهِۚ وَكَفَىٰ بِٱللَّهِ وَكِيلٗا

    Open ayah 33:48

    अनि, काफिर तथा मुनाफिकहरूको कुरा नमान, तिनीहरूबाट हुने कष्टलाई बेवास्ता गर र अल्लाहप्रति भरोसा राख । कार्यसाधकको रूपमा अल्लाह नै पर्याप्त छन् ।

  49. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نَكَحۡتُمُ ٱلۡمُؤۡمِنَٰتِ ثُمَّ طَلَّقۡتُمُوهُنَّ مِن قَبۡلِ أَن تَمَسُّوهُنَّ فَمَا لَكُمۡ عَلَيۡهِنَّ مِنۡ عِدَّةٖ تَعۡتَدُّونَهَاۖ فَمَتِّعُوهُنَّ وَسَرِّحُوهُنَّ سَرَاحٗا جَمِيلٗا

    Open ayah 33:49

    हे आस्थावनहरू हो ! यदि तिमीहरू मोमिन महिलाहरूसँग बिहे गर्छौ अनि उनीहरूलाई हात लगाउनु अघि नै तलाक दिन्छौ भने उनीहरूकोलागी कुनै यस्तो निश्चित अवधि (इद्दत्) अनिवार्य छैन जसको गन्ती राख । [ ] अतः तिनीहरूलाई केही धन दिएर यथोचित तरीकाले विदा गर ।

  50. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ إِنَّآ أَحۡلَلۡنَا لَكَ أَزۡوَٰجَكَ ٱلَّٰتِيٓ ءَاتَيۡتَ أُجُورَهُنَّ وَمَا مَلَكَتۡ يَمِينُكَ مِمَّآ أَفَآءَ ٱللَّهُ عَلَيۡكَ وَبَنَاتِ عَمِّكَ وَبَنَاتِ عَمَّٰتِكَ وَبَنَاتِ خَالِكَ وَبَنَاتِ خَٰلَٰتِكَ ٱلَّٰتِي هَاجَرۡنَ مَعَكَ وَٱمۡرَأَةٗ مُّؤۡمِنَةً إِن وَهَبَتۡ نَفۡسَهَا لِلنَّبِيِّ إِنۡ أَرَادَ ٱلنَّبِيُّ أَن يَسۡتَنكِحَهَا خَالِصَةٗ لَّكَ مِن دُونِ ٱلۡمُؤۡمِنِينَۗ قَدۡ عَلِمۡنَا مَا فَرَضۡنَا عَلَيۡهِمۡ فِيٓ أَزۡوَٰجِهِمۡ وَمَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ لِكَيۡلَا يَكُونَ عَلَيۡكَ حَرَجٞۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا 

    Open ayah 33:50

    हे सन्देष्टा ! हामीले तिम्रोलागि तिमीले ‘महर’ दिएका तिम्रा पत्नीहरूलाई ‘हलाल’ (वैध) गरेका छौं र ती स्त्रीहरू पनि जुन अल्लाहले तिमीलाई प्रदान गरेका दासीहरूको रूपमा तिम्रो अधीनमा आउँछन् । साथै, तिमीसँग हिज्रत गरेका तिम्रा काकाकी छोरीहरू, फुपुकी छोरीहरू, मामाकी छोरीहरू, सानीमाकी छोरीहरू र त्यो मोमिन महिला जसले स्वयंलाई नबीमा समर्पित गर्छिन् यदि नबी उनीसँग बिहे गर्न चाहन्छन् भने यो आदेश मोमिनहरूकोलागि होइन बरु तिम्रोलागि मात्र छ । मोमिनहरूकालागि उनीहरूका पत्नी तथा दासीहरूबारे जेजति सीमाहरू निर्धारित गरेका छौं त्यो हामीलाई राम्ररी थाहा छ । ताकि तिमीलाई कुनै कठिनाइ नहोस् । र, अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  51. ۞تُرۡجِي مَن تَشَآءُ مِنۡهُنَّ وَتُـٔۡوِيٓ إِلَيۡكَ مَن تَشَآءُۖ وَمَنِ ٱبۡتَغَيۡتَ مِمَّنۡ عَزَلۡتَ فَلَا جُنَاحَ عَلَيۡكَۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن تَقَرَّ أَعۡيُنُهُنَّ وَلَا يَحۡزَنَّ وَيَرۡضَيۡنَ بِمَآ ءَاتَيۡتَهُنَّ كُلُّهُنَّۚ وَٱللَّهُ يَعۡلَمُ مَا فِي قُلُوبِكُمۡۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَلِيمٗا

    Open ayah 33:51

    तिनीहरु मध्ये जसलाई चाहन्छौ अलग राख र जसलाई चाहन्छौ साथमा । र, अलग राखिएका पत्नीहरूमध्ये फेरि चाहेमा तिम्रोलागि कुनै आपत्ति छैन । यसप्रकार उनीहरूका आँखाहरूलाई शीतलता प्राप्त हुने अधिक सम्भावना रहेको छ । र, उनीहरू दुःखित पनि हुँदैनन् । अनि जेजति तिमीले तिनीहरूलाई दिएकाछौ त्यसमा तिनीहरू सबै राजी हुनेछन् । अल्लाह तिमीहरूको मनका कुरा राम्ररी जान्दछन् । र, अल्लाह सर्वज्ञ एवं सहनशील छन् ।

  52. لَّا يَحِلُّ لَكَ ٱلنِّسَآءُ مِنۢ بَعۡدُ وَلَآ أَن تَبَدَّلَ بِهِنَّ مِنۡ أَزۡوَٰجٖ وَلَوۡ أَعۡجَبَكَ حُسۡنُهُنَّ إِلَّا مَا مَلَكَتۡ يَمِينُكَۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ رَّقِيبٗا

    Open ayah 33:52

    तीबाहेक अन्य महिलाहरू तिम्रोलागि पनि वैध छैनन् । र, न तिनीहरूको सट्टामा अरू पत्नीहरू ल्याऊ चाहे तिनीहरू तिमीलाई जतिसुकै सुन्दर किन नलागुन् । तर दासीहरूबाहेक । र, अल्लाह प्रत्येक चिजका निरीक्षक हुन् ।

  53. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتَ ٱلنَّبِيِّ إِلَّآ أَن يُؤۡذَنَ لَكُمۡ إِلَىٰ طَعَامٍ غَيۡرَ نَٰظِرِينَ إِنَىٰهُ وَلَٰكِنۡ إِذَا دُعِيتُمۡ فَٱدۡخُلُواْ فَإِذَا طَعِمۡتُمۡ فَٱنتَشِرُواْ وَلَا مُسۡتَـٔۡنِسِينَ لِحَدِيثٍۚ إِنَّ ذَٰلِكُمۡ كَانَ يُؤۡذِي ٱلنَّبِيَّ فَيَسۡتَحۡيِۦ مِنكُمۡۖ وَٱللَّهُ لَا يَسۡتَحۡيِۦ مِنَ ٱلۡحَقِّۚ وَإِذَا سَأَلۡتُمُوهُنَّ مَتَٰعٗا فَسۡـَٔلُوهُنَّ مِن وَرَآءِ حِجَابٖۚ ذَٰلِكُمۡ أَطۡهَرُ لِقُلُوبِكُمۡ وَقُلُوبِهِنَّۚ وَمَا كَانَ لَكُمۡ أَن تُؤۡذُواْ رَسُولَ ٱللَّهِ وَلَآ أَن تَنكِحُوٓاْ أَزۡوَٰجَهُۥ مِنۢ بَعۡدِهِۦٓ أَبَدًاۚ إِنَّ ذَٰلِكُمۡ كَانَ عِندَ ٱللَّهِ عَظِيمًا

    Open ayah 33:53

    हे आस्थावानहरू हो ! सन्देष्टाको घरहरूमा भोजनकोलागि अनुमति बिना जाने नगर । न खाने समयकोलागि नै पर्खी बस । तर जब तिमीहरूलाई निमन्त्रणा दिइन्छ जाऊ । र, तिमीहरू भोजन गरिसकेपछि बिदा होऊ । र, कुराकानीमा लागेर नबस । तिमीहरूका यस्ता क्रियाकलापहरुले नबीलाई दुखित तुल्याउँछ तर उनी तिमीहरूबाट लाज मान्छन् । तर, अल्लाह सत्य कुरा भन्न लजाउँदैनन् । नबीका पत्नीहरूसित कुनै चिज माग्नु परेमा पर्दा पछाडिबाट माग्ने गर । तिमीहरू र उनीहरूको हृदयकालागि यो बढी पवित्र बाटो हो । अल्लाहका रसूललाई दुःखी तुल्याउनु तिमीहरूकालागि उचित छैन । उनीपछि उनका पत्नीहरूसित विवाह गर्नु तिमीहरूकोलागि कहिल्यै पनि वैध छैन । यो अल्लाहको दृष्टिमा अति नै खराब कुरा हो ।

  54. إِن تُبۡدُواْ شَيۡـًٔا أَوۡ تُخۡفُوهُ فَإِنَّ ٱللَّهَ كَانَ بِكُلِّ شَيۡءٍ عَلِيمٗا

    Open ayah 33:54

    कुनै कुरा चाहे तिमीहरू प्रकट गर वा त्यसलाई गोप्य राख, अल्लाहलाई प्रत्येक कुराको ज्ञान हुन्छ ।

  55. لَّا جُنَاحَ عَلَيۡهِنَّ فِيٓ ءَابَآئِهِنَّ وَلَآ أَبۡنَآئِهِنَّ وَلَآ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ إِخۡوَٰنِهِنَّ وَلَآ أَبۡنَآءِ أَخَوَٰتِهِنَّ وَلَا نِسَآئِهِنَّ وَلَا مَا مَلَكَتۡ أَيۡمَٰنُهُنَّۗ وَٱتَّقِينَ ٱللَّهَۚ إِنَّ ٱللَّهَ كَانَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدًا

    Open ayah 33:55

    तिनीहरूकालागि उनीहरूका बाबुहरू, छोराहरू, दाजुभाइहरू, दाजुभाइका छोराहरू, दिदीबहिनीहरूका छोराहरू, दौंतरी महिलाहरू र आफ्नो अधीनमा रहेका दास–दासीहरूका सामुन्ने आउनमा कुनै आपत्ति छैन । र, तिमीहरू अल्लाहसित भय राखने गर । निस्सन्देह अल्लाह प्रत्येक कुरामा दृष्टि राख्दछन् ।

  56. إِنَّ ٱللَّهَ وَمَلَٰٓئِكَتَهُۥ يُصَلُّونَ عَلَى ٱلنَّبِيِّۚ يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ صَلُّواْ عَلَيۡهِ وَسَلِّمُواْ تَسۡلِيمًا

    Open ayah 33:56

    अल्लाह एवं उनका फरिश्ताहरू नबीमाथि ‘दया प्रेषण’ (दरूद पठाउने) गर्छन् । अतः हे आस्थावानहरू हो ! तिमीहरू पनि उनीमाथि ‘दरूद’ तथा सलाम पठाउने गर ।

  57. إِنَّ ٱلَّذِينَ يُؤۡذُونَ ٱللَّهَ وَرَسُولَهُۥ لَعَنَهُمُ ٱللَّهُ فِي ٱلدُّنۡيَا وَٱلۡأٓخِرَةِ وَأَعَدَّ لَهُمۡ عَذَابٗا مُّهِينٗا

    Open ayah 33:57

    मानिसहरूले अल्लाह एवं उनका रसूललाई दुःखी तुल्याउँछन्, अल्लाह तिनीहरूकालागि लोक तथा परलोक दुवैमा अभिशाप राखेका छन् र यस्ता मानिसहरूकालागि अपमानजनक यातना तयार पारेका छन् ।

  58. وَٱلَّذِينَ يُؤۡذُونَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ بِغَيۡرِ مَا ٱكۡتَسَبُواْ فَقَدِ ٱحۡتَمَلُواْ بُهۡتَٰنٗا وَإِثۡمٗا مُّبِينٗا

    Open ayah 33:58

    र, ती मानिसहरू जो आस्थावान पुरुष र महिलाहरूलाई उनीहरूको कुनै कसूर विना कष्ट दिन्छन्, तिनीहरू एउटा ठूलो लाञ्छना र खुल्लमखुल्ला पापको बिपत्ति आफ्ना टाउकोमाथि बोक्छन् ।

  59. يَٰٓأَيُّهَا ٱلنَّبِيُّ قُل لِّأَزۡوَٰجِكَ وَبَنَاتِكَ وَنِسَآءِ ٱلۡمُؤۡمِنِينَ يُدۡنِينَ عَلَيۡهِنَّ مِن جَلَٰبِيبِهِنَّۚ ذَٰلِكَ أَدۡنَىٰٓ أَن يُعۡرَفۡنَ فَلَا يُؤۡذَيۡنَۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا

    Open ayah 33:59

    हे नबी स.! आफ्ना पत्नीहरू, आफ्ना छोरीहरू र मोमिनहरूका महिलाहरूलाई भनिदेऊ– “उनीहरूले आफूलाई ओढनीहरूले ढाकून् । यसो गर्दा उनीहरू चिनिने संभावना बढी छ र सताइने छैनन् । र, अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।

  60. ۞لَّئِن لَّمۡ يَنتَهِ ٱلۡمُنَٰفِقُونَ وَٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ وَٱلۡمُرۡجِفُونَ فِي ٱلۡمَدِينَةِ لَنُغۡرِيَنَّكَ بِهِمۡ ثُمَّ لَا يُجَاوِرُونَكَ فِيهَآ إِلَّا قَلِيلٗا 

    Open ayah 33:60

    यदि यी मुनाफिक तथा मन–पापीहरू र मदीनामा गलत प्रचार गर्ने व्यक्तिहरूले आफ्ना कार्य त्यागेनन् भने हामी तिमीलाई तिनीहरूविरूद्ध खडा गर्नेछौं । अनि तिनीहरू यस शहरमा तिमीसँग थोरैसमय मात्र बसोबास गर्न सक्नेछन् ।

  61. مَّلۡعُونِينَۖ أَيۡنَمَا ثُقِفُوٓاْ أُخِذُواْ وَقُتِّلُواْ تَقۡتِيلٗا

    Open ayah 33:61

    तिनीहरूमाथि चारैतर्फबाट अभिशाप हुनेछ । तिनीहरू जहाँ भेटिए पनि समातिनेछन् र पूर्ण रूपमा बध नै गरिनेछन् ।

  62. سُنَّةَ ٱللَّهِ فِي ٱلَّذِينَ خَلَوۡاْ مِن قَبۡلُۖ وَلَن تَجِدَ لِسُنَّةِ ٱللَّهِ تَبۡدِيلٗا

    Open ayah 33:62

    यो अल्लाहको सुन्नत हो जुन त्यस्ता व्यक्तिहरूको बारेमा पहिलैदेखि नै चलिआएको छ । र, तिमीले अल्लाहको सुन्नतमा कुनै परिवर्तन पाउने छैनौ ।

  63. يَسۡـَٔلُكَ ٱلنَّاسُ عَنِ ٱلسَّاعَةِۖ قُلۡ إِنَّمَا عِلۡمُهَا عِندَ ٱللَّهِۚ وَمَا يُدۡرِيكَ لَعَلَّ ٱلسَّاعَةَ تَكُونُ قَرِيبًا

    Open ayah 33:63

    मानिसहरू तिमीसित महाप्रलयको बारेमा सोध्छन्; । भनिदेऊ– “त्यसको ज्ञान अल्लाहलाई छ ।” तिमीलाई के थाहा शायद कि त्यो निकट आइपुगेको छ ?

  64. إِنَّ ٱللَّهَ لَعَنَ ٱلۡكَٰفِرِينَ وَأَعَدَّ لَهُمۡ سَعِيرًا

    Open ayah 33:64

    निश्चय नै अल्लाहले काफिरहरूलाई धिक्कारेका छन् र तिनीहरूकालागि नरकको आगो तयार पारेका छन ।

  65. خَٰلِدِينَ فِيهَآ أَبَدٗاۖ لَّا يَجِدُونَ وَلِيّٗا وَلَا نَصِيرٗا

    Open ayah 33:65

    जसमा तिनीहरू सदासर्वदा रहनेछन् । त्यहाँ कुनै पनि समर्थक र सहायक पाउन सक्ने छैनन् ।

  66. يَوۡمَ تُقَلَّبُ وُجُوهُهُمۡ فِي ٱلنَّارِ يَقُولُونَ يَٰلَيۡتَنَآ أَطَعۡنَا ٱللَّهَ وَأَطَعۡنَا ٱلرَّسُولَا۠

    Open ayah 33:66

    त्यसदिन तिनीहरूका अनुहारहरूलाई आगोमा ओल्टाइ पल्टाई गरिनेछ । तिनीहरूले भन्नेछन्– “हाय ! हामीले अल्लाह एवं रसूलको आज्ञापालन गरेको भए !”

  67. وَقَالُواْ رَبَّنَآ إِنَّآ أَطَعۡنَا سَادَتَنَا وَكُبَرَآءَنَا فَأَضَلُّونَا ٱلسَّبِيلَا۠

    Open ayah 33:67

    र, भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! हामीले आफ्ना अगुवा र ठूला–बडाहरुको आज्ञापालन गर्यौं, तर तिनीहरूले हामीलाई सत्मार्गबाट विचलित पारे ।

  68. رَبَّنَآ ءَاتِهِمۡ ضِعۡفَيۡنِ مِنَ ٱلۡعَذَابِ وَٱلۡعَنۡهُمۡ لَعۡنٗا كَبِيرٗا

    Open ayah 33:68

    हे हाम्रा पालनकर्ता ! तिनीहरूलाई दोब्बर यातना देऊ र ठूलो धिक्कार पठाउ ।”

  69. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَكُونُواْ كَٱلَّذِينَ ءَاذَوۡاْ مُوسَىٰ فَبَرَّأَهُ ٱللَّهُ مِمَّا قَالُواْۚ وَكَانَ عِندَ ٱللَّهِ وَجِيهٗا

    Open ayah 33:69

    हे आस्थावानहरू हो ! तिमीहरू ती व्यक्तिहरू झैं नबन जसले मूसालाई कष्ट दिए । तर अल्लाहले उनलाई तिनीहरूको आक्षेपबाट मुक्त पारे र उनी अल्लाहको दृष्टिमा प्रतिष्ठित थिए ।

  70. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَقُولُواْ قَوۡلٗا سَدِيدٗا 

    Open ayah 33:70

    हे मोमिनहरू हो ! अल्लाहको भय गर र ठीक कुरा गर्ने गर ।

  71. يُصۡلِحۡ لَكُمۡ أَعۡمَٰلَكُمۡ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۗ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ فَقَدۡ فَازَ فَوۡزًا عَظِيمًا

    Open ayah 33:71

    अल्लाहले तिमीहरूका कर्महरू सुधार्नेछन् र तिमीहरूका पापहरूलाई क्षमा गर्नेछन् । र, जसले अल्लाह एवं उनका रसूलको आज्ञापालन गर्यो उसले ठूलो सफलता प्राप्त गर्यो ।

  72. إِنَّا عَرَضۡنَا ٱلۡأَمَانَةَ عَلَى ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَٱلۡجِبَالِ فَأَبَيۡنَ أَن يَحۡمِلۡنَهَا وَأَشۡفَقۡنَ مِنۡهَا وَحَمَلَهَا ٱلۡإِنسَٰنُۖ إِنَّهُۥ كَانَ ظَلُومٗا جَهُولٗا

    Open ayah 33:72

    हामीले यस अमानत (नासो) लाई आकाशहरू, पृथ्वी र पर्वतहरूसमक्ष प्रस्तुत गर्यौं तर तिनीहरू यस अमानतलाई बोक्न तयार भएनन् र त्यसबाट त्रसित भए । तर, मनुष्यले त्यस (नासो) लाई उठायो । वास्तवमा ऊ अन्यायी र अज्ञानी छ ।

  73. لِّيُعَذِّبَ ٱللَّهُ ٱلۡمُنَٰفِقِينَ وَٱلۡمُنَٰفِقَٰتِ وَٱلۡمُشۡرِكِينَ وَٱلۡمُشۡرِكَٰتِ وَيَتُوبَ ٱللَّهُ عَلَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمَۢا

    Open ayah 33:73

    (अमानत पठाउनुको उद्धेश्य यो थियो कि) अल्लाह मुनाफिक एवं मुश्रिक पुरुष एवं महिलाहरूलाई सजायँ दिऊन् र मोमिन पुरुष एवं महिलाहरूमाथि दया गरून् र अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।