سبإ
Saba
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ وَلَهُ ٱلۡحَمۡدُ فِي ٱلۡأٓخِرَةِۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡخَبِيرُ
Open ayah 34:1सम्पूर्ण प्रशंसाहरू उनै अल्लाहकालागि हुन् जो आकाशहरू तथा धर्तीका सबै चिजहरूका मालिक हुन् । आखिरतमा प्रशंसा पनि उनैकालागि हुनेछ । उनी तत्वदर्शी एवं सर्वज्ञ हुन् ।
يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۚ وَهُوَ ٱلرَّحِيمُ ٱلۡغَفُورُ
Open ayah 34:2जेजति पृथ्वीमा प्रवेश गर्छ, जेजति त्यसबाट बाहिर निस्कन्छ, जेजति आकाशबाट अवतीर्ण हुन्छ र जेजति त्यसतर्फ चढ्छ– अल्लाह ती सबैलाई जान्दछन् । र, उनी परम दयालु एवं क्षमाशील छन् ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَا تَأۡتِينَا ٱلسَّاعَةُۖ قُلۡ بَلَىٰ وَرَبِّي لَتَأۡتِيَنَّكُمۡ عَٰلِمِ ٱلۡغَيۡبِۖ لَا يَعۡزُبُ عَنۡهُ مِثۡقَالُ ذَرَّةٖ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَلَآ أَصۡغَرُ مِن ذَٰلِكَ وَلَآ أَكۡبَرُ إِلَّا فِي كِتَٰبٖ مُّبِينٖ
Open ayah 34:3काफिरहरू भन्छन्– “हामीमाथि महाप्रलय आउदैन । किन आउँदैन ?” भनिदेऊ– “परोक्षका ज्ञाता मेरा पालकर्ताको कसम ! त्यो तिमीहरूमाथि अवश्य नै आउनेछ । आकाशहरू तथा धर्तीमा रहेका रत्तिभर वस्तु पनि उनीबाट लुक्न सक्दैन, न त त्योभन्दा सानो न ठूलो नै । बरु यी सबै एउटा स्पष्ट खातामा छन् ।
لِّيَجۡزِيَ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِۚ أُوْلَٰٓئِكَ لَهُم مَّغۡفِرَةٞ وَرِزۡقٞ كَرِيمٞ
Open ayah 34:4ताकि अल्लाहले ईमान ल्याउने र सत्कर्मीहरूलाई प्रतिदान दिऊन् । यस्ता व्यक्तिहरूकालागि माफी छ र उत्कृष्ट आजीविका पनि ।
وَٱلَّذِينَ سَعَوۡ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٞ مِّن رِّجۡزٍ أَلِيمٞ
Open ayah 34:5र, जुन मानिसहरूले हाम्रा आयतहरूलाई असफल पार्ने प्रयास गरेका छन् त्यस्ता व्यक्तिहरूकालागि अत्यन्त पीडादायक यातना रहेको छ ।”
وَيَرَى ٱلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ ٱلَّذِيٓ أُنزِلَ إِلَيۡكَ مِن رَّبِّكَ هُوَ ٱلۡحَقَّ وَيَهۡدِيٓ إِلَىٰ صِرَٰطِ ٱلۡعَزِيزِ ٱلۡحَمِيدِ
Open ayah 34:6(हे नबी स.!) ज्ञानवानहरू जान्दछन् कि जेजति तिमीमाथि तिम्रा पालनकर्ताको तर्फबाट अवतरण भएको छ त्यो नितान्त सत्य हो र त्यसले प्रभुत्वशाली एवं प्रशंसनीय अल्लाहको मार्ग देखाउँछ ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ هَلۡ نَدُلُّكُمۡ عَلَىٰ رَجُلٖ يُنَبِّئُكُمۡ إِذَا مُزِّقۡتُمۡ كُلَّ مُمَزَّقٍ إِنَّكُمۡ لَفِي خَلۡقٖ جَدِيدٍ
Open ayah 34:7काफिरहरू भन्छन्– “के तिमीहरूलाई एउटा यस्तो मान्छे देखाऔं जसले तिमीहरूलाई सूचित गर्दछ जब तिमीहरू कणकणमा परिणत भइसक्नेछौ तब पुनजीर्वित गरिनेछौ ।”
أَفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَم بِهِۦ جِنَّةُۢۗ بَلِ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِ فِي ٱلۡعَذَابِ وَٱلضَّلَٰلِ ٱلۡبَعِيدِ
Open ayah 34:8कि त यो व्यक्ति अल्लाहविरूद्ध झुठ रच्छ कि त ऊ उन्मादी भएको छ । बरु जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरू प्रकोप ग्रस्त हुनेछन् र उनीहरू अति नै पथभ्रष्टतामा छन् । ,
أَفَلَمۡ يَرَوۡاْ إِلَىٰ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ إِن نَّشَأۡ نَخۡسِفۡ بِهِمُ ٱلۡأَرۡضَ أَوۡ نُسۡقِطۡ عَلَيۡهِمۡ كِسَفٗا مِّنَ ٱلسَّمَآءِۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَةٗ لِّكُلِّ عَبۡدٖ مُّنِيبٖ
Open ayah 34:9के यिनीहरूले स्वयंलाई अगाडि तथा पछाडिबाट घेरेका आकाश तथा पृथ्वीलाई देखेनन् ? यदि हामीले चाह्यौं भने यिनीहरूलाई पृथ्वीमा धसाउछौं वा आकाशका केही टुक्राहरू यिनीहरूमाथि खसाल्छौं । निश्चय नै यसमा हरेक प्रयश्चित गर्ने भक्तकोलागि ठूलो निशानी रहेको छ ।
۞وَلَقَدۡ ءَاتَيۡنَا دَاوُۥدَ مِنَّا فَضۡلٗاۖ يَٰجِبَالُ أَوِّبِي مَعَهُۥ وَٱلطَّيۡرَۖ وَأَلَنَّا لَهُ ٱلۡحَدِيدَ
Open ayah 34:10र, निश्चय नै हामीले दाऊदलाई वरदान दिएका थियौं । हामीले आदेश दियौं– “हे पहाडहरू हो ! तिमीहरु उनकासाथ (पालन कर्ताको) पवित्रता वर्णन गर्ने गर ।” र पंक्षीहरूलाई पनि (हामीले यही आदेश दियौं) । र, उनकालागि हामीले फलामलाई नरम पार्यौं ।
أَنِ ٱعۡمَلۡ سَٰبِغَٰتٖ وَقَدِّرۡ فِي ٱلسَّرۡدِۖ وَٱعۡمَلُواْ صَٰلِحًاۖ إِنِّي بِمَا تَعۡمَلُونَ بَصِيرٞ
Open ayah 34:11ताकि तिमी कवचहरू बनाऊ र त्यसका घेराहरू उचित अनुपातमा जोड र पुण्य काम गर । जुन कार्य तिमी गर्छौ त्यो म देखिरहेकोछु ।”
وَلِسُلَيۡمَٰنَ ٱلرِّيحَ غُدُوُّهَا شَهۡرٞ وَرَوَاحُهَا شَهۡرٞۖ وَأَسَلۡنَا لَهُۥ عَيۡنَ ٱلۡقِطۡرِۖ وَمِنَ ٱلۡجِنِّ مَن يَعۡمَلُ بَيۡنَ يَدَيۡهِ بِإِذۡنِ رَبِّهِۦۖ وَمَن يَزِغۡ مِنۡهُمۡ عَنۡ أَمۡرِنَا نُذِقۡهُ مِنۡ عَذَابِ ٱلسَّعِيرِ
Open ayah 34:12र, सुलैमानको लागि हामीले हावालाई वशीभूत गरेका थियौँ जसको प्रवाह बिहानीको समय एक महिनाको यात्रा बराबरको थियो र त्यसको बेलुकीको यात्रा पनि एक महिना बराबरको नै थियो । हामीले उनकालागि पग्लिएको तांमाको मूल फुटाएका थियौं र यस्ता जिन्नहरू उनको अधीनमा गरिदिएका थियौं जो उनका रबको आदेशले उनीसामू काम गर्थे । तिनीहरूमध्ये जसले हाम्रो आदेशको अवहेलना गर्छ उसलाई हामी प्रज्वलित आगोको दण्ड दिनेछौं ।,
يَعۡمَلُونَ لَهُۥ مَا يَشَآءُ مِن مَّحَٰرِيبَ وَتَمَٰثِيلَ وَجِفَانٖ كَٱلۡجَوَابِ وَقُدُورٖ رَّاسِيَٰتٍۚ ٱعۡمَلُوٓاْ ءَالَ دَاوُۥدَ شُكۡرٗاۚ وَقَلِيلٞ مِّنۡ عِبَادِيَ ٱلشَّكُورُ
Open ayah 34:13उनी जे चाहन्थे तिनीहरू त्यही बनाउने गर्थे– उच्च भवनहरू, चित्रहरू, ठूल– ठूला कुण्ड जस्ता खड्कुँलाहरू र गाडिएका ठूला भाँडाहरू । हे दाऊदका मानिसहरू हो ! कृतज्ञ भई कर्म गर । र, मेरा भक्तहरूमध्ये थोरै मात्र कृतज्ञ छन् ।
فَلَمَّا قَضَيۡنَا عَلَيۡهِ ٱلۡمَوۡتَ مَا دَلَّهُمۡ عَلَىٰ مَوۡتِهِۦٓ إِلَّا دَآبَّةُ ٱلۡأَرۡضِ تَأۡكُلُ مِنسَأَتَهُۥۖ فَلَمَّا خَرَّ تَبَيَّنَتِ ٱلۡجِنُّ أَن لَّوۡ كَانُواْ يَعۡلَمُونَ ٱلۡغَيۡبَ مَا لَبِثُواْ فِي ٱلۡعَذَابِ ٱلۡمُهِينِ
Open ayah 34:14फेरि जब हामीले सुलैमानमाथि मृत्युको निर्णय लागू गरिदियौं तब जिन्नहरूलाई उनको मृत्युको सूचना केवल एउटा धर्तीको धमिराले दियो जसले उनको लौरोलाई खाइरहेको थियो । अतः जब सुलैमान लडे तब जिन्नहरूलाई यो कुरा स्पष्ट रूपमा थाहा भयो कि तिनीहरूलाई परोक्षको ज्ञान भएको भए तिनीहरू यस अपमानजनक यातनाग्रस्त हुने थिएनन् ।
لَقَدۡ كَانَ لِسَبَإٖ فِي مَسۡكَنِهِمۡ ءَايَةٞۖ جَنَّتَانِ عَن يَمِينٖ وَشِمَالٖۖ كُلُواْ مِن رِّزۡقِ رَبِّكُمۡ وَٱشۡكُرُواْ لَهُۥۚ بَلۡدَةٞ طَيِّبَةٞ وَرَبٌّ غَفُورٞ
Open ayah 34:15सबाका बासिन्दाहरूकालागि उनीहरूको बासस्थानमा नै एउटा निशानी थियो– दुईवटा बगैंचा, एउटा दाहिनेतर्फ र अर्को चाहिँ देब्रेतर्फ । खाऊ आफ्ना पालनकर्ताद्वारा प्रदत्त जीविकाबाट र कृतज्ञ बन । यो एउटा राम्रो क्षेत्र हो र, उनी पालनकर्ता एवं क्षमाशील छन् ।
فَأَعۡرَضُواْ فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ سَيۡلَ ٱلۡعَرِمِ وَبَدَّلۡنَٰهُم بِجَنَّتَيۡهِمۡ جَنَّتَيۡنِ ذَوَاتَيۡ أُكُلٍ خَمۡطٖ وَأَثۡلٖ وَشَيۡءٖ مِّن سِدۡرٖ قَلِيلٖ
Open ayah 34:16तर तिनीहरू विमुख भए । त्यसकारण हामीले तिनीहरू तिर बाँध भत्काउने बाढी पठायौं र तिनीहरूका दुवै बगैँचालाई दुईवटा तीता र पीरा फल तथा केही बयरका वृक्षहरू भएका बगैँचामा परिणत गरिदियौं ।
ذَٰلِكَ جَزَيۡنَٰهُم بِمَا كَفَرُواْۖ وَهَلۡ نُجَٰزِيٓ إِلَّا ٱلۡكَفُورَ
Open ayah 34:17हामीले तिनीहरूको कृतघ्नताको यही बदला दियौं र हामी कठोर यातना कृतघ्न मान्छेहरूबाहेक अरू कसैलाई दिंदैनौं ।
وَجَعَلۡنَا بَيۡنَهُمۡ وَبَيۡنَ ٱلۡقُرَى ٱلَّتِي بَٰرَكۡنَا فِيهَا قُرٗى ظَٰهِرَةٗ وَقَدَّرۡنَا فِيهَا ٱلسَّيۡرَۖ سِيرُواْ فِيهَا لَيَالِيَ وَأَيَّامًا ءَامِنِينَ
Open ayah 34:18अनि, हामीले तिनीहरू र बरकतयुक्त नगरहरूबीच केही अन्य देखिने नगरहरू पनि आबाद गरेका थियौं र तिनीहरूबीच यात्राका गन्तव्यहरू निर्धारित गरिदियौं । यी नगरहरूमा दिनरात बिलकुल निश्चिन्त भई हिंडडुल गर ।”
فَقَالُواْ رَبَّنَا بَٰعِدۡ بَيۡنَ أَسۡفَارِنَا وَظَلَمُوٓاْ أَنفُسَهُمۡ فَجَعَلۡنَٰهُمۡ أَحَادِيثَ وَمَزَّقۡنَٰهُمۡ كُلَّ مُمَزَّقٍۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٖ
Open ayah 34:19तर तिनीहरूले भने–“हे हाम्रा पालनकर्ता ! हाम्रो यात्राको दुरी बढाइदेऊ ।” र, तिनीहरूले स्वयंमाथि अत्याचार गरे । अतः हामीले तिनीहरूलाई कथाहरू बनाइदियौं र तिनीहरूलाई तितरबितर पारिदियौं । निस्सन्देह यसमा प्रत्येक धैर्यवान तथा कृतज्ञ मानिसकोलागि धेरै निशानीहरू छन् ।
وَلَقَدۡ صَدَّقَ عَلَيۡهِمۡ إِبۡلِيسُ ظَنَّهُۥ فَٱتَّبَعُوهُ إِلَّا فَرِيقٗا مِّنَ ٱلۡمُؤۡمِنِينَ
Open ayah 34:20इब्लीसले आफ्नो धारणालाई तिनीहरूमाथि सत्य सिद्ध गर्यो । र आस्थावानहरूको एउटा टोलीबाहेक तिनीहरूले इब्लीसकै अनुसरण गरे ।
وَمَا كَانَ لَهُۥ عَلَيۡهِم مِّن سُلۡطَٰنٍ إِلَّا لِنَعۡلَمَ مَن يُؤۡمِنُ بِٱلۡأٓخِرَةِ مِمَّنۡ هُوَ مِنۡهَا فِي شَكّٖۗ وَرَبُّكَ عَلَىٰ كُلِّ شَيۡءٍ حَفِيظٞ
Open ayah 34:21तिनीहरूमाथि सैतानको कुनै सामर्थ्य थिएन । तर हामी यो जान्न चाहन्थ्यौं कि आखिरतमाथि आस्था राख्ने व्यक्तिहरू को हुन् र यसबारे सन्देहमा रहने को हुन् ? र तिम्रा पालनकर्ता हरेक चीजका संरक्षक हुन् ।
قُلِ ٱدۡعُواْ ٱلَّذِينَ زَعَمۡتُم مِّن دُونِ ٱللَّهِ لَا يَمۡلِكُونَ مِثۡقَالَ ذَرَّةٖ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِ وَمَا لَهُمۡ فِيهِمَا مِن شِرۡكٖ وَمَا لَهُۥ مِنۡهُم مِّن ظَهِيرٖ
Open ayah 34:22भनिदेऊ– “अल्लाहबाहेक तिमीले ठानेका उपास्यहरूलाई बोलाऊ । उनीहरू आकाशहरू तथा धर्तीमा एउटा कण बराबरको चिजमाथि पनि कुनै अधिकार राख्दैनन्; र न यी दुवैमा उनको कुनै साझेदारी रहेको छ र न तिनीहरू– मध्ये कोही अल्लाहको सहयोगी नै हो ।”
وَلَا تَنفَعُ ٱلشَّفَٰعَةُ عِندَهُۥٓ إِلَّا لِمَنۡ أَذِنَ لَهُۥۚ حَتَّىٰٓ إِذَا فُزِّعَ عَن قُلُوبِهِمۡ قَالُواْ مَاذَا قَالَ رَبُّكُمۡۖ قَالُواْ ٱلۡحَقَّۖ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ
Open ayah 34:23अल्लाहकहाँ सिफारिश उसैको लागि लाभदायक हुनेछ जसको लागि उनले अनुमति दिनेछन् । यहाँसम्म कि जब तिनीहरूका हृदयबाट डर निकालिनेछ तब तिनीहरूले सोध्नेछन्– “तिमीहरूका पालनकर्ताले के भने ?” उनीहरूले भन्नेछन्– “नितान्त सत्य” । र उनी सर्वोच्च एवं महान छन् ।
۞قُلۡ مَن يَرۡزُقُكُم مِّنَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ قُلِ ٱللَّهُۖ وَإِنَّآ أَوۡ إِيَّاكُمۡ لَعَلَىٰ هُدًى أَوۡ فِي ضَلَٰلٖ مُّبِينٖ
Open ayah 34:24सोध–“तिमीहरूलाई आकाशहरू तथा धर्तीबाट कसले जीविका प्रदान गर्छ ?” भन–“अल्लाह !” र, निश्चय नै “कि त हामी वा कि त तिमी नितान्त सत्यमा छौं वा स्पष्ट पथभ्रष्टतामा ।”
قُل لَّا تُسۡـَٔلُونَ عَمَّآ أَجۡرَمۡنَا وَلَا نُسۡـَٔلُ عَمَّا تَعۡمَلُونَ
Open ayah 34:25भनिदेऊ– “हामीले गरेका पापहरूको सम्बन्धमा तिमीहरूलाई सोधिने छैन; न तिमीहरूका कर्महरूबारे हामीलाई सोधिनेछ ।”
قُلۡ يَجۡمَعُ بَيۡنَنَا رَبُّنَا ثُمَّ يَفۡتَحُ بَيۡنَنَا بِٱلۡحَقِّ وَهُوَ ٱلۡفَتَّاحُ ٱلۡعَلِيمُ
Open ayah 34:26भनिदेऊ– “हाम्रा पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछन् । फेरि उनले हामीबीच न्यायसंगत निर्णय गर्नेछन् । उनी सर्वश्रेष्ठ निर्णायक एवं सर्वज्ञ छन् ।”
قُلۡ أَرُونِيَ ٱلَّذِينَ أَلۡحَقۡتُم بِهِۦ شُرَكَآءَۖ كَلَّاۚ بَلۡ هُوَ ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 34:27भनिदेऊ–“मलाई ती साझेदारहरू देखाऊ जसलाई तिमीहरूले उनीसँग जोडेका छौ ।” कदापि होइन, वास्तवमा उनै अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا كَآفَّةٗ لِّلنَّاسِ بَشِيرٗا وَنَذِيرٗا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 34:28र, (हे मुहम्मद स.!) हामीले तिमीलाई सम्पूर्ण मानवजातिकालागि शुभ–सन्देशबाहक तथा सचेतकको रूपमा पठाएका छौं । तर, अधिकांश मानिसहरू जान्दैनन् ।
وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 34:29र, तिनीहरू भन्छन्–‘यदि तिमीहरू सच्चा हौ भने यो महाप्रलयको वाचा कहिले आउने छ ?
قُل لَّكُم مِّيعَادُ يَوۡمٖ لَّا تَسۡتَـٔۡخِرُونَ عَنۡهُ سَاعَةٗ وَلَا تَسۡتَقۡدِمُونَ
Open ayah 34:30भनिदेऊ– “तिमीहरूका लागि यस्तो दिनको वाचा छ जसबाट तिमीहरू न एकक्षण पछि रहन सक्नेछौ न अघि नै बढ्न सक्नेछौ ।”
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَن نُّؤۡمِنَ بِهَٰذَا ٱلۡقُرۡءَانِ وَلَا بِٱلَّذِي بَيۡنَ يَدَيۡهِۗ وَلَوۡ تَرَىٰٓ إِذِ ٱلظَّٰلِمُونَ مَوۡقُوفُونَ عِندَ رَبِّهِمۡ يَرۡجِعُ بَعۡضُهُمۡ إِلَىٰ بَعۡضٍ ٱلۡقَوۡلَ يَقُولُ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ لَوۡلَآ أَنتُمۡ لَكُنَّا مُؤۡمِنِينَ
Open ayah 34:31र, काफिरहरूले भने–“हामी न यस कुरआनमाथि ईमान ल्याउनेछौं न यसभन्दा पहिलेका ग्रन्थमाथि नै । तिमीले त्यो (दृश्य) देखेको भए, जब अत्याचारीहरू आफ्ना पालनकर्तासमक्ष रोकिनेछन्, एकअर्कामाथि आरोप प्रत्यारोप गर्नेछन् । दुर्बल ठानिएकाहरूले आफूलाई ठूला ठान्नेहरूलाई भन्नेछन्– “यदि तिमीहरू नभएको भए हामी अवश्य ईमानवाला हुने थियौं ।”
قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُواْ لِلَّذِينَ ٱسۡتُضۡعِفُوٓاْ أَنَحۡنُ صَدَدۡنَٰكُمۡ عَنِ ٱلۡهُدَىٰ بَعۡدَ إِذۡ جَآءَكُمۖ بَلۡ كُنتُم مُّجۡرِمِينَ
Open ayah 34:32ठूला बन्नेहरूले दुर्बल ठानिएका मानिसहरूलाई जवाफ दिनेछन्– “के हामीले सीधामार्गको आगमनपश्चात् त्यसबाट तिमीहरूलाई रोकेका थियौं र ? बरु तिमीहरू स्वयं अपराधी थियौ ।”
وَقَالَ ٱلَّذِينَ ٱسۡتُضۡعِفُواْ لِلَّذِينَ ٱسۡتَكۡبَرُواْ بَلۡ مَكۡرُ ٱلَّيۡلِ وَٱلنَّهَارِ إِذۡ تَأۡمُرُونَنَآ أَن نَّكۡفُرَ بِٱللَّهِ وَنَجۡعَلَ لَهُۥٓ أَندَادٗاۚ وَأَسَرُّواْ ٱلنَّدَامَةَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَۚ وَجَعَلۡنَا ٱلۡأَغۡلَٰلَ فِيٓ أَعۡنَاقِ ٱلَّذِينَ كَفَرُواْۖ هَلۡ يُجۡزَوۡنَ إِلَّا مَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 34:33र, दुर्बल मानिसहरूले ठूलो बन्नेहरूलाई भन्नेछन्– “बरु रातदिनको चलखेल थियो जब तिमीहरू हामीहरूलाई अल्लाहको इन्कार गर्न र उनको साझेदार ठहराउन आदेश दिन्थ्यो ।” र, जब तिनीहरूले प्रकोप देख्नेछन् तब लज्जाले पछुताउनेछन् र हामी काफिरहरूका गर्धन नेलले बाँध्नेछौं । तिनीहरूलाई केवल तिनीहरूले गर्ने गरेका कार्यको बदला दिइनेछ ।
وَمَآ أَرۡسَلۡنَا فِي قَرۡيَةٖ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتۡرَفُوهَآ إِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ
Open ayah 34:34हामीले जुन जुन नगरमा सचेतक पठायौं त्यहाँका सम्पन्न मानिसहरूले यति मात्र भने– “जुन कुराकासाथ तिमीलाई पठाइएको छ त्यो हामी पटक्कै मान्दैनौं ।”
وَقَالُواْ نَحۡنُ أَكۡثَرُ أَمۡوَٰلٗا وَأَوۡلَٰدٗا وَمَا نَحۡنُ بِمُعَذَّبِينَ
Open ayah 34:35र, तिनीहरूले भने– “हामी धन–सम्पत्ति तथा सन्तानमा बढि छौं र हामीलाई कदापि दण्ड दिइने छैन ।”
قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 34:36भनिदेऊ– “निश्चय नै मेरा पालनकर्ता जसका लागि चाहन्छन् जीविका फराकिलो पार्दछन् र जसका लागि चाहन्छन् सीमित तुल्याउँछन् । तर अधिकांश मानिसहरू जान्दैनन् ।
وَمَآ أَمۡوَٰلُكُمۡ وَلَآ أَوۡلَٰدُكُم بِٱلَّتِي تُقَرِّبُكُمۡ عِندَنَا زُلۡفَىٰٓ إِلَّا مَنۡ ءَامَنَ وَعَمِلَ صَٰلِحٗا فَأُوْلَٰٓئِكَ لَهُمۡ جَزَآءُ ٱلضِّعۡفِ بِمَا عَمِلُواْ وَهُمۡ فِي ٱلۡغُرُفَٰتِ ءَامِنُونَ
Open ayah 34:37र, तिमीहरूका धन–सम्पत्ति तथा सन्तान यस्ता चिज होइनन् जसले तिमीहरूलाई हाम्रो निकटता प्रदान गरून् । अँ जसले ईमान ल्याउनेछन्, सत्कर्म गर्नेछन् उनीहरूका लागि उनका कर्महरूको दोहोरो प्रतिदान छ र यस्ता मानिसहरू निश्चिन्त भएर स्वर्गका भवनहरूमा बस्नेछन् ।
وَٱلَّذِينَ يَسۡعَوۡنَ فِيٓ ءَايَٰتِنَا مُعَٰجِزِينَ أُوْلَٰٓئِكَ فِي ٱلۡعَذَابِ مُحۡضَرُونَ
Open ayah 34:38र, जुन मानिसहरू हाम्रा निशानीहरूलाई होच्याउन प्रयासरत् छन् तिनीहरू नै यातनामा होमिनेछन् ।
قُلۡ إِنَّ رَبِّي يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ مِنۡ عِبَادِهِۦ وَيَقۡدِرُ لَهُۥۚ وَمَآ أَنفَقۡتُم مِّن شَيۡءٖ فَهُوَ يُخۡلِفُهُۥۖ وَهُوَ خَيۡرُ ٱلرَّٰزِقِينَ
Open ayah 34:39भनिदेऊ– “मेरा रबले आफ्ना भक्तहरूमध्ये जसको निम्ति चाहन्छन् खुबै जीविका प्रदान गर्छन् र जसको निम्ति चाहन्छन् त्यसको जीबिकालाई सङ्कीर्ण तुल्याउँछन् । तिमीहरूले जेजति खर्च गर्नेछौ, उनले त्यसको पूरा प्रतिदान दिनेछन् । र, उनी सर्वश्रेष्ठ अन्नदाता हुन् ।
وَيَوۡمَ يَحۡشُرُهُمۡ جَمِيعٗا ثُمَّ يَقُولُ لِلۡمَلَٰٓئِكَةِ أَهَٰٓؤُلَآءِ إِيَّاكُمۡ كَانُواْ يَعۡبُدُونَ
Open ayah 34:40स्मरण गर त्यस (महाप्रलयको) दिनलाई जब काफिरहरूलाई एकत्रित गरेर अल्लाहले फरिश्ताहरूलाई सोध्नेछन्– “के यिनीहरूले तिमीहरूको भक्ति गर्ने गर्थे ?”
قَالُواْ سُبۡحَٰنَكَ أَنتَ وَلِيُّنَا مِن دُونِهِمۖ بَلۡ كَانُواْ يَعۡبُدُونَ ٱلۡجِنَّۖ أَكۡثَرُهُم بِهِم مُّؤۡمِنُونَ
Open ayah 34:41फरिश्ताहरूले भन्नेछन्– “तिमी पवित्र छौ ! हाम्रो संरक्षक–मित्र केवल तिमी हौ न कि यिनीहरू; बरु यिनीहरूले जिन्नको भक्ति गर्ने गर्थे र यिनीहरूमध्ये अधिकांश उनीहरूमाथि नै आस्था राख्दथे ।
فَٱلۡيَوۡمَ لَا يَمۡلِكُ بَعۡضُكُمۡ لِبَعۡضٖ نَّفۡعٗا وَلَا ضَرّٗا وَنَقُولُ لِلَّذِينَ ظَلَمُواْ ذُوقُواْ عَذَابَ ٱلنَّارِ ٱلَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ
Open ayah 34:42अतः आज ( परलोकमा) तिमीहरूमध्ये कोही पनि कसैकोलागि कुनै प्रकारको लाभ वा हानिको मालिक हुने छैन । र, हामी अत्याचारीहरूलाई भन्नेछौं– “त्यस आगोको यातना चाख जसलाई तिमीहरू झुठो ठहर गर्थ्यौ ।”
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالُواْ مَا هَٰذَآ إِلَّا رَجُلٞ يُرِيدُ أَن يَصُدَّكُمۡ عَمَّا كَانَ يَعۡبُدُ ءَابَآؤُكُمۡ وَقَالُواْ مَا هَٰذَآ إِلَّآ إِفۡكٞ مُّفۡتَرٗىۚ وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٞ
Open ayah 34:43र, जब तिनीहरूसमक्ष हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ तब तिनीहरू भन्छन्–“यो त केवल एउटा मान्छे मात्र हो जो तिमीहरूलाई तिमीहरूका पूर्वजका पूज्यहरूबाट रोक्न चाहन्छ ।” र, भन्छन्– “यो एउटा मनगढन्त कुरा बाहेक केही होइन ।” र, जब नितान्त सत्य आइपुग्यो तब काफिरहरुले भने यो त एउटा स्पष्ट जादूबाहेक अरू केही होइन ।”
وَمَآ ءَاتَيۡنَٰهُم مِّن كُتُبٖ يَدۡرُسُونَهَاۖ وَمَآ أَرۡسَلۡنَآ إِلَيۡهِمۡ قَبۡلَكَ مِن نَّذِيرٖ
Open ayah 34:44र, हामीले यिनी (मक्काबासी) हरूलाई न त ग्रन्थहरूमध्ये केही प्रदान गरेका थियौं जसलाई यिनीहरू पढ्ने गर्थे र न तिमीभन्दा पहिले कुनै सचेतक नै तिनीहरूतर्फ पठायौं ।
وَكَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَمَا بَلَغُواْ مِعۡشَارَ مَآ ءَاتَيۡنَٰهُمۡ فَكَذَّبُواْ رُسُلِيۖ فَكَيۡفَ كَانَ نَكِيرِ
Open ayah 34:45र, तिनीहरूभन्दा पहिलेका मानिसहरूले पनि मिथ्या ठहर गरेका थिए अनि तिनीहरूलाई हामीले जेजति प्रदान गरेका थियौं, यिनीहरू त त्यसको दशांस भागसम्म पनि पुग्न सकेनन् । तिनीहरूले मेरा रसूलहरूलाई असत्य ठहर गरेका थिए । हेर कस्तो कठोर थियो मेरो प्रकोप !
۞قُلۡ إِنَّمَآ أَعِظُكُم بِوَٰحِدَةٍۖ أَن تَقُومُواْ لِلَّهِ مَثۡنَىٰ وَفُرَٰدَىٰ ثُمَّ تَتَفَكَّرُواْۚ مَا بِصَاحِبِكُم مِّن جِنَّةٍۚ إِنۡ هُوَ إِلَّا نَذِيرٞ لَّكُم بَيۡنَ يَدَيۡ عَذَابٖ شَدِيدٖ
Open ayah 34:46भनिदेऊ– “म तिमीहरूलाई केवल एउटा कुराको उपदेश दिन्छु कि तिमीहरू अल्लाहकोलागि दुई–दुई जना र एक्ला–एक्लै उभिएर चिन्तन–मनन गर । ( के निष्कर्ष पाउंछौभने ) वास्तवमा तिम्रो यो साथीमा कुनै किसिमको उन्माद छैन । उनी त कठोर प्रकोप आउनुभन्दा अघि तिमीहरूका सचेतक मात्र हुन् ।”
قُلۡ مَا سَأَلۡتُكُم مِّنۡ أَجۡرٖ فَهُوَ لَكُمۡۖ إِنۡ أَجۡرِيَ إِلَّا عَلَى ٱللَّهِۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٞ
Open ayah 34:47भनिदेऊ– “मैले जुन प्रतिदान मागे पनि त्यो तिम्रैलागि हुनेछ । मेरो प्रतिदान त अल्लाहको जिम्मामा छ । उनी प्रत्येक कुराबाट अवगत छन् ।”
قُلۡ إِنَّ رَبِّي يَقۡذِفُ بِٱلۡحَقِّ عَلَّٰمُ ٱلۡغُيُوبِ
Open ayah 34:48भनिदेऊ– “निस्सन्देह मेरा पालनकर्ता नितान्त सत्यद्वारा प्रहार गर्दछन्, उनी परोक्षका ज्ञाता हुन् ।
قُلۡ جَآءَ ٱلۡحَقُّ وَمَا يُبۡدِئُ ٱلۡبَٰطِلُ وَمَا يُعِيدُ
Open ayah 34:49भनिदेऊ– “नितान्त सत्य आइपुग्यो । र, असत्यको न आरम्भ हुन्छ र न पुनरावृत्ति नै हुन्छ ।”
قُلۡ إِن ضَلَلۡتُ فَإِنَّمَآ أَضِلُّ عَلَىٰ نَفۡسِيۖ وَإِنِ ٱهۡتَدَيۡتُ فَبِمَا يُوحِيٓ إِلَيَّ رَبِّيٓۚ إِنَّهُۥ سَمِيعٞ قَرِيبٞ
Open ayah 34:50भनिदेऊ– “यदि म पथभ्रष्ट हुने थिएँ भने आफ्नो मन (को अनुसरण) ले गर्दा हुने थिएँ र यदि म सत्मार्गमा छु भने यसको आधार त्यो प्रकाशना हो जुन मेरा पालनकर्ता मतर्फ अवतीर्ण गर्छन् । निश्चय नै उनी श्रोता एवं निकट रहनेवाला हुन् ।
وَلَوۡ تَرَىٰٓ إِذۡ فَزِعُواْ فَلَا فَوۡتَ وَأُخِذُواْ مِن مَّكَانٖ قَرِيبٖ
Open ayah 34:51तिमीले देखेको भए जब यिनीहरू त्रसित हुनेछन् र कुनै उम्कने ठाउँ हुने छैन अनि नजिकको स्थानबाट नै समातिनेछन् ।
وَقَالُوٓاْ ءَامَنَّا بِهِۦ وَأَنَّىٰ لَهُمُ ٱلتَّنَاوُشُ مِن مَّكَانِۭ بَعِيدٖ
Open ayah 34:52र, तिनीहरूले ( त्यतिखेर ) भन्नेछन्–“हामीले यस कुरआनमाथि ईमान ल्यायौं, तर त्यति टाढा ( परलोकमा ) पुगेर ईमान प्राप्त गर्नु तिनीहरूकानिम्ति कसरी सम्भव हुन सक्छ र ?”
وَقَدۡ كَفَرُواْ بِهِۦ مِن قَبۡلُۖ وَيَقۡذِفُونَ بِٱلۡغَيۡبِ مِن مَّكَانِۭ بَعِيدٖ
Open ayah 34:53यस अघि तिनीहरूले कुफ्र गरेका थिए र टाढैबाट परोक्षबारे अडकलको भरमा कुरा गरे ।
وَحِيلَ بَيۡنَهُمۡ وَبَيۡنَ مَا يَشۡتَهُونَ كَمَا فُعِلَ بِأَشۡيَاعِهِم مِّن قَبۡلُۚ إِنَّهُمۡ كَانُواْ فِي شَكّٖ مُّرِيبِۭ
Open ayah 34:54र ( आज ) तिनीहरू तथा तिनीहरूका अभिलाषाहरुबीच त्यसरी नै अवरोध खडा गरियो जसरी यसभन्दा अघि तिनीहरू जस्तै मान्छेहरूसित गरिएको थियो । वास्तवमा तिनीहरू ब्याकुल पार्ने सन्देहमा थिए ।