فاطر

Faatir

The Originator · Surah 35 · Ayahs: 45 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ٱلۡحَمۡدُ لِلَّهِ فَاطِرِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ جَاعِلِ ٱلۡمَلَٰٓئِكَةِ رُسُلًا أُوْلِيٓ أَجۡنِحَةٖ مَّثۡنَىٰ وَثُلَٰثَ وَرُبَٰعَۚ يَزِيدُ فِي ٱلۡخَلۡقِ مَا يَشَآءُۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 35:1

    सम्पूर्ण प्रशंसा अल्लाहकालागि जो आकाशहरू तथा पृथ्वीका सृष्टिकर्ता र दुई–दुई, तीन–तीन एवं चार–चार पखेटा भएका फरिश्ताहरूलाई सन्देशवाहक बनानेवाला हुन् । अल्लाह आफ्नो सृष्टिमा जे चाहन्छन् वृद्धि गर्छन् । निस्सन्देह अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् ।

  2. مَّا يَفۡتَحِ ٱللَّهُ لِلنَّاسِ مِن رَّحۡمَةٖ فَلَا مُمۡسِكَ لَهَاۖ وَمَا يُمۡسِكۡ فَلَا مُرۡسِلَ لَهُۥ مِنۢ بَعۡدِهِۦۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 35:2

    मानिसहरूकानिम्ति अल्लाह जे–जस्तो दयाको ढोका खोल्छन् त्यसलाई कसैले बन्द गर्न सक्ने छैन, र उनले जसलाई बन्द गर्छन् त्यसलाई उनीबाहेक कसैले खोल्न सक्ने छैन । उनी प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।

  3. يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱذۡكُرُواْ نِعۡمَتَ ٱللَّهِ عَلَيۡكُمۡۚ هَلۡ مِنۡ خَٰلِقٍ غَيۡرُ ٱللَّهِ يَرۡزُقُكُم مِّنَ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِۚ لَآ إِلَٰهَ إِلَّا هُوَۖ فَأَنَّىٰ تُؤۡفَكُونَ

    Open ayah 35:3

    हे मानव ! तिमीहरूमाथि अल्लाहले जे–जति अनुकम्पा गरेका छन् त्यसलाई याद गर । के अल्लाहबाहेक पनि कोही सृष्टिकर्ता छ जसले तिमीहरूलाई आकाश तथा धर्तीबाट जीविका प्रदान गरोस् ? अल्लाहबाहेक अरू कोही उपास्य छैन । तिमीहरूलाई घोप्टो पारेर कता लगिंदैछ त ?

  4. وَإِن يُكَذِّبُوكَ فَقَدۡ كُذِّبَتۡ رُسُلٞ مِّن قَبۡلِكَۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ

    Open ayah 35:4

    र, (हे मुहम्मद स.!) यदि यिनीहरूले तिमीलाई मिथ्या ठहर गरिरहेकाछन् भने तिमीभन्दा पहिले पनि रसूलहरूलाई मिथ्या ठहर गरिसकिएका छन् । र, सबै कार्यहरू अल्लाहतर्फ नै फर्काइनेछन् ।

  5. يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۖ فَلَا تَغُرَّنَّكُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا وَلَا يَغُرَّنَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ

    Open ayah 35:5

    हे मानव ! निस्सन्देह अल्लाहको वचन सत्य हो । अतः तिमीहरूलाई सांसारिक जीवनले धोकामा नपारोस्; न कुनै धोकेबाजले नै तिमीहरूलाई धोका देओस् ।

  6. إِنَّ ٱلشَّيۡطَٰنَ لَكُمۡ عَدُوّٞ فَٱتَّخِذُوهُ عَدُوًّاۚ إِنَّمَا يَدۡعُواْ حِزۡبَهُۥ لِيَكُونُواْ مِنۡ أَصۡحَٰبِ ٱلسَّعِيرِ

    Open ayah 35:6

    निश्चित रूपमा शैतान तिमीहरूको शत्रु हो । अतः त्यसलाई शत्रु नै जान । शैतान आफ्नो समूहलाई बोलाउंछ ताकि ती सबै नरकबासी होऊन् ।

  7. ٱلَّذِينَ كَفَرُواْ لَهُمۡ عَذَابٞ شَدِيدٞۖ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٞ كَبِيرٌ

    Open ayah 35:7

    कुफ्र गर्नेहरूकालागि कठोर यातना रहेकोछ । र ईमान ल्याउने तथा सत्कर्म गर्नेहरूकालागि क्षमादान तथा ठूलो प्रतिदान रहेकोछ ।

  8. أَفَمَن زُيِّنَ لَهُۥ سُوٓءُ عَمَلِهِۦ فَرَءَاهُ حَسَنٗاۖ فَإِنَّ ٱللَّهَ يُضِلُّ مَن يَشَآءُ وَيَهۡدِي مَن يَشَآءُۖ فَلَا تَذۡهَبۡ نَفۡسُكَ عَلَيۡهِمۡ حَسَرَٰتٍۚ إِنَّ ٱللَّهَ عَلِيمُۢ بِمَا يَصۡنَعُونَ

    Open ayah 35:8

    के जसलाई उसका दुष्कर्महरू शोभनीय तुल्याएर देखाइएको छ, र त्यसले ती कार्यहरूलाई उत्तम ठान्छ ( के उसले त्यसलाई छाडन सक्छ ) ? निश्चय नै अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट गर्छन् र जसलाई चाहन्छन् सीधामार्ग देखाउँछन् । अतः (हे मुहम्मद स.!) तिनीहरूको चिन्ताले आफूलाई समाप्त नपार ! तिनीहरूले गर्ने गरेका कार्यहरूसित अल्लाह राम्ररी अवगत छन् ।

  9. وَٱللَّهُ ٱلَّذِيٓ أَرۡسَلَ ٱلرِّيَٰحَ فَتُثِيرُ سَحَابٗا فَسُقۡنَٰهُ إِلَىٰ بَلَدٖ مَّيِّتٖ فَأَحۡيَيۡنَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ كَذَٰلِكَ ٱلنُّشُورُ

    Open ayah 35:9

    उनी अल्लाह नै हुन् जसले हावा चलाउँछन् अनि त्यो हावाले बादल उठाउँछ । त्यसपछि हामी त्यस बादललाई मृत भूमितर्फ लैजान्छौं र त्यसद्वारा त्यस भूमिलाई त्यसको मृत्यु पछि जीवित पार्छौं । यसरी नै (मानिसहरूलाई) पुुनर्जीवित गरिनेछ ।

  10. مَن كَانَ يُرِيدُ ٱلۡعِزَّةَ فَلِلَّهِ ٱلۡعِزَّةُ جَمِيعًاۚ إِلَيۡهِ يَصۡعَدُ ٱلۡكَلِمُ ٱلطَّيِّبُ وَٱلۡعَمَلُ ٱلصَّٰلِحُ يَرۡفَعُهُۥۚ وَٱلَّذِينَ يَمۡكُرُونَ ٱلسَّيِّـَٔاتِ لَهُمۡ عَذَابٞ شَدِيدٞۖ وَمَكۡرُ أُوْلَٰٓئِكَ هُوَ يَبُورُ 

    Open ayah 35:10

    जसले सम्मान चाहन्छ उसलाई थाहा हुनुपर्छ कि सम्पूर्ण सम्मान अल्लाहकैलागि हुन् । पवित्र शब्दहरू उनैतर्फ चढ्छन् र सत्कर्मले त्यसलाई माथि चढाउँछ । र, जसले नराम्रोको षड्यन्त्र गर्छ तिनीहरूकालागि कठोर यातना रहेको छ । र, तिनीहरूको षड्यन्त्रको नै नाश हुनेछ ।

  11. وَٱللَّهُ خَلَقَكُم مِّن تُرَابٖ ثُمَّ مِن نُّطۡفَةٖ ثُمَّ جَعَلَكُمۡ أَزۡوَٰجٗاۚ وَمَا تَحۡمِلُ مِنۡ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلۡمِهِۦۚ وَمَا يُعَمَّرُ مِن مُّعَمَّرٖ وَلَا يُنقَصُ مِنۡ عُمُرِهِۦٓ إِلَّا فِي كِتَٰبٍۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ

    Open ayah 35:11

    (हे मानव !) अल्लाहले तिमीहरूको सृष्टि माटोबाट गरे फेरि वीर्यको थोपाबाट । फेरि उनले तिमीहरूलाई जोडी–जोडी बनाए । र, जोसुकै महिला गर्भवती हुन्छे र शिशुलाई जन्म दिन्छे त्यो सबै अल्लाहलाई थाहा छ । र, न कसैलाई लामो आयु दिइनेछ न त्यसमा कमी नै गरिनेछ । तर यो सबै एउटा खातामा (लिपिबद्ध) छ । यो कार्य अल्लाहकानिम्ति अति सरल रहेको छ ।

  12. وَمَا يَسۡتَوِي ٱلۡبَحۡرَانِ هَٰذَا عَذۡبٞ فُرَاتٞ سَآئِغٞ شَرَابُهُۥ وَهَٰذَا مِلۡحٌ أُجَاجٞۖ وَمِن كُلّٖ تَأۡكُلُونَ لَحۡمٗا طَرِيّٗا وَتَسۡتَخۡرِجُونَ حِلۡيَةٗ تَلۡبَسُونَهَاۖ وَتَرَى ٱلۡفُلۡكَ فِيهِ مَوَاخِرَ لِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 35:12

    र, दुवै समुद्र समान हुँदैनन् । एउटा मीठो, तिर्खा मेटाउने र पिउन स्वादिष्ट हुन्छ र अर्को चाहिँ नुनिलो र टर्रो । र, तिमीहरू हरेकबाट ताजा मासु (माछा) खाने गर्छौ । र, यस्ता आभूषणहरू निकाल्छौ जुन तिमीहरू पहिरिन्छौ । अनि, नदीमा डुङ्गाहरूले पानीलाई चिर्दै हिँडेको देख्दछौ ताकि तिमीहरू उनको वरदान खोज र सायद तिमीहरू कृतज्ञ हुनेछौ ।

  13. يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِي لِأَجَلٖ مُّسَمّٗىۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ لَهُ ٱلۡمُلۡكُۚ وَٱلَّذِينَ تَدۡعُونَ مِن دُونِهِۦ مَا يَمۡلِكُونَ مِن قِطۡمِيرٍ

    Open ayah 35:13

    उनी रातलाई दिनमा तथा दिनलाई रातमा प्रवेश गराउँछन् र उनले सूर्य तथा चन्द्रमालाई (मानिसको) सेवामा खटाएका छन् । तिनीहरूमध्ये सबै एउटा निश्चित अवधिसम्मकोलागि गतिशील छन् । अल्लाह नै तिमीहरूका पालनकर्ता हुन् र साम्राज्य उनकै हो । र, अल्लाहबाहेक तिमीहरूले जसलाई पुकार्दछौ तिनीहरू एउटा खजूरको बीऊको बोक्रासमेतको मालिक होइनन् ।

  14. إِن تَدۡعُوهُمۡ لَا يَسۡمَعُواْ دُعَآءَكُمۡ وَلَوۡ سَمِعُواْ مَا ٱسۡتَجَابُواْ لَكُمۡۖ وَيَوۡمَ ٱلۡقِيَٰمَةِ يَكۡفُرُونَ بِشِرۡكِكُمۡۚ وَلَا يُنَبِّئُكَ مِثۡلُ خَبِيرٖ

    Open ayah 35:14

    तिमीहरूले तिनीहरूलाई पुकार्यौ भने पनि तिनीहरूले तिमीहरूको पुकार सुन्ने छैनन् । तिनीहरूले पुकार सुनिहाले पनि त्यसको उत्तर दिने छैनन् । र, महाप्रलयको दिन तिमीहरूको यस शिर्कलाई स्पष्ट रूपमा इन्कार गर्नेछन् । र, सर्वज्ञ अल्लाह जस्तो कसैले तिमीलाई अवगत गराउन सक्दैन ।

  15. ۞يَٰٓأَيُّهَا ٱلنَّاسُ أَنتُمُ ٱلۡفُقَرَآءُ إِلَى ٱللَّهِۖ وَٱللَّهُ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ

    Open ayah 35:15

    हे मानव ! तिमीहरू सबै अल्लाहप्रति निर्भर छौ । तर अल्लाह चाहिँ निस्पृह र परम प्रशंसनीय छन् ।

  16. إِن يَشَأۡ يُذۡهِبۡكُمۡ وَيَأۡتِ بِخَلۡقٖ جَدِيدٖ

    Open ayah 35:16

    उनले चाहे भने तिम्रो विनाश गर्न सक्छन् र नयाँ सृष्टि ल्याउँनेछन् ।,

  17. وَمَا ذَٰلِكَ عَلَى ٱللَّهِ بِعَزِيزٖ

    Open ayah 35:17

    र, यो कार्य अल्लाहकोलागि कत्तिपनि कठिन छैन ।

  18. وَلَا تَزِرُ وَازِرَةٞ وِزۡرَ أُخۡرَىٰۚ وَإِن تَدۡعُ مُثۡقَلَةٌ إِلَىٰ حِمۡلِهَا لَا يُحۡمَلۡ مِنۡهُ شَيۡءٞ وَلَوۡ كَانَ ذَا قُرۡبَىٰٓۗ إِنَّمَا تُنذِرُ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُم بِٱلۡغَيۡبِ وَأَقَامُواْ ٱلصَّلَوٰةَۚ وَمَن تَزَكَّىٰ فَإِنَّمَا يَتَزَكَّىٰ لِنَفۡسِهِۦۚ وَإِلَى ٱللَّهِ ٱلۡمَصِيرُ

    Open ayah 35:18

    र, कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन । र, भारीले दबेको व्यक्तिले आफ्नो भारी उठाउन कसैलाई बोलाएमा उसको भारी कसैद्वारा पनि उठाइने छैन, चाहे त्यो व्यक्ति ( उसको ) नातेदार नै किन नहोस् । (हे मुहम्मद स.!) तिमी केवल ती मानिसहरूलाई सावधान गर्न सक्छौ जो परोक्षमा रही आफ्ना पालनकर्तासित डराउँछन् र नमाज कायम गर्छन् । र, जसले स्वयंलाई पवित्र तुल्याउँछ त्यसले केवल आफ्नैलागि पवित्र तुल्याउँछ । र, सबै अल्लाहतर्फ नै फर्केर जानुछ ।

  19. وَمَا يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُ

    Open ayah 35:19

    र, अन्धो र दृष्टिवान एक समान हुँदैनन् ।

  20. وَلَا ٱلظُّلُمَٰتُ وَلَا ٱلنُّورُ 

    Open ayah 35:20

    न अन्धकारहरू र न प्रकाश नै समान हुन सक्छन् ।

  21. وَلَا ٱلظِّلُّ وَلَا ٱلۡحَرُورُ

    Open ayah 35:21

    र न छायाँ र न चर्को घाम नै समान हुन सक्छन् ।

  22. وَمَا يَسۡتَوِي ٱلۡأَحۡيَآءُ وَلَا ٱلۡأَمۡوَٰتُۚ إِنَّ ٱللَّهَ يُسۡمِعُ مَن يَشَآءُۖ وَمَآ أَنتَ بِمُسۡمِعٖ مَّن فِي ٱلۡقُبُورِ

    Open ayah 35:22

    र न जीवितहरू र मृतहरू समान हुन सक्छन् । अल्लाह जसलाई चाहन्छन् सुन्न लगाउँछन् । र, चिहानमा रहेका व्यक्तिहरूलाई तिमीले कदापि सुनाउन सक्दैनौ ।

  23. إِنۡ أَنتَ إِلَّا نَذِيرٌ

    Open ayah 35:23

    तिमी त केवल एक सचेतक हौ ।

  24. إِنَّآ أَرۡسَلۡنَٰكَ بِٱلۡحَقِّ بَشِيرٗا وَنَذِيرٗاۚ وَإِن مِّنۡ أُمَّةٍ إِلَّا خَلَا فِيهَا نَذِيرٞ

    Open ayah 35:24

    हामीले तिमीलाई सत्यकासाथ एक शुभ–सन्देशवाहक तथा सचेतकको रूपमा पठाएका छौं । र, कुनै समुदाय यस्तो छैन जसतर्फ सचेतक पठाइएको नहोस् ।

  25. وَإِن يُكَذِّبُوكَ فَقَدۡ كَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ وَبِٱلزُّبُرِ وَبِٱلۡكِتَٰبِ ٱلۡمُنِيرِ

    Open ayah 35:25

    यदि यिनीहरूले तिमीलाई मिथ्या ठहर गरिरहेका छन् भने यिनीहरूभन्दा पहिलेका काफिरहरूले पनि असत्य ठहर गरेका थिए । तिनीहरूसमक्ष पनि तिनीहरुका रसूलहरू चमत्कारहरू, सहीफा (धर्मपुस्तिका) हरू र ज्योतिर्मय ग्रन्थहरू लिएर आएका थिए ।

  26. ثُمَّ أَخَذۡتُ ٱلَّذِينَ كَفَرُواْۖ فَكَيۡفَ كَانَ نَكِيرِ

    Open ayah 35:26

    अनि मैले काफिरहरूलाई समातें । अतः हेर कस्तो भयो मलाई नकार्नु (को परिणाम) !

  27. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجۡنَا بِهِۦ ثَمَرَٰتٖ مُّخۡتَلِفًا أَلۡوَٰنُهَاۚ وَمِنَ ٱلۡجِبَالِ جُدَدُۢ بِيضٞ وَحُمۡرٞ مُّخۡتَلِفٌ أَلۡوَٰنُهَا وَغَرَابِيبُ سُودٞ

    Open ayah 35:27

    के तिमी देखेनौ कि अल्लाह आकाशबाट पानी बर्साउँछन् ? त्यसपछि हामीले त्यसबाट विभिन्न रङ्गका फल उमार्छौ ? र, पहाडहरूमा पनि सेता, राता, अन्य विभिन्न रङ्गका र गाढा काला धारीहरू हुन्छन् ।

  28. وَمِنَ ٱلنَّاسِ وَٱلدَّوَآبِّ وَٱلۡأَنۡعَٰمِ مُخۡتَلِفٌ أَلۡوَٰنُهُۥ كَذَٰلِكَۗ إِنَّمَا يَخۡشَى ٱللَّهَ مِنۡ عِبَادِهِ ٱلۡعُلَمَٰٓؤُاْۗ إِنَّ ٱللَّهَ عَزِيزٌ غَفُورٌ

    Open ayah 35:28

    र, यसरी नै मानिस, जनावरहरू, चौपायाहरूका पनि विभिन्न रङ्ग हुन्छन् । अल्लाहसित केवल उनका ज्ञानवान भक्तहरू डराउने गर्छन् । निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं अत्यन्त क्षमाशील छन् ।

  29. إِنَّ ٱلَّذِينَ يَتۡلُونَ كِتَٰبَ ٱللَّهِ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَأَنفَقُواْ مِمَّا رَزَقۡنَٰهُمۡ سِرّٗا وَعَلَانِيَةٗ يَرۡجُونَ تِجَٰرَةٗ لَّن تَبُورَ

    Open ayah 35:29

    जुन व्यक्तिहरू अल्लाहको ग्रन्थको पाठ गर्छन्, नमाज कायम गर्छन् र हामीले प्रदान गरेको (धन–सम्पत्ति) बाट खुल्ला वा गोप्य रूपमा खर्च गर्छन्, वास्तवमा त्यस्ता मानिसहरू कहिल्यै घाटा नखाने व्यापारको आशा राख्छन्...,

  30. لِيُوَفِّيَهُمۡ أُجُورَهُمۡ وَيَزِيدَهُم مِّن فَضۡلِهِۦٓۚ إِنَّهُۥ غَفُورٞ شَكُورٞ 

    Open ayah 35:30

    ताकि अल्लाहले उनलाई उनको पूर्ण प्रतिदान प्रदान गरुन् र आफ्नो वरदानबाट थप प्रदान गरून् । निस्सन्देह उनी अत्यन्त क्षमाशील एवं गुणग्राही छन् ।

  31. وَٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ مِنَ ٱلۡكِتَٰبِ هُوَ ٱلۡحَقُّ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِۗ إِنَّ ٱللَّهَ بِعِبَادِهِۦ لَخَبِيرُۢ بَصِيرٞ

    Open ayah 35:31

    र, हामीले तिमीतर्फ प्रकाशनाद्वारा पठाएको यो ग्रन्थ बिलकुल सत्य हो । र, यसले पहिलेदेखि तिमीसमक्ष रहेको ईशग्रन्थहरूको पनि पुष्टि गर्दछ । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूबारे पूर्ण परिज्ञाता र सर्वद्रष्टा छन् ।

  32. ثُمَّ أَوۡرَثۡنَا ٱلۡكِتَٰبَ ٱلَّذِينَ ٱصۡطَفَيۡنَا مِنۡ عِبَادِنَاۖ فَمِنۡهُمۡ ظَالِمٞ لِّنَفۡسِهِۦ وَمِنۡهُم مُّقۡتَصِدٞ وَمِنۡهُمۡ سَابِقُۢ بِٱلۡخَيۡرَٰتِ بِإِذۡنِ ٱللَّهِۚ ذَٰلِكَ هُوَ ٱلۡفَضۡلُ ٱلۡكَبِيرُ

    Open ayah 35:32

    अनि हामीले आफ्ना भक्तहरूमध्ये मन पराएर छानेका व्यक्तिहरूलाई यस ग्रन्थको उत्तराधिकारी बनायौं । उनीहरूमध्ये केही स्वयंमाथि अत्याचार गर्नेहरू छन्, केही मध्यमार्गी छन् र अन्य केही अल्लाहको अनुज्ञाबाट पुण्य कर्ममा अघि बढ्नेहरू छन् । यो अल्लाहको ठूलो कृपा हो ।,

  33. جَنَّٰتُ عَدۡنٖ يَدۡخُلُونَهَا يُحَلَّوۡنَ فِيهَا مِنۡ أَسَاوِرَ مِن ذَهَبٖ وَلُؤۡلُؤٗاۖ وَلِبَاسُهُمۡ فِيهَا حَرِيرٞ

    Open ayah 35:33

    (यस्ता मानिसहरूका लागि) सदा रहने बगैंचाहरू छन् जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका बालाहरू र मोती पहिराइनेछ र त्यहा उनीहरूका वस्त्रहरू रेशमका हुनेछन् ।

  34. وَقَالُواْ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِيٓ أَذۡهَبَ عَنَّا ٱلۡحَزَنَۖ إِنَّ رَبَّنَا لَغَفُورٞ شَكُورٌ

    Open ayah 35:34

    र, उनीहरूले भन्नेछन्– “सम्पूर्ण प्रशंसा उनै अल्लाहकालागि हुन् जसले हाम्रो चिन्ता निवारण गरे । निस्सन्देह हाम्रा पालनकर्ता अति क्षमाशील एवं गुणग्राही छन् ।

  35. ٱلَّذِيٓ أَحَلَّنَا دَارَ ٱلۡمُقَامَةِ مِن فَضۡلِهِۦ لَا يَمَسُّنَا فِيهَا نَصَبٞ وَلَا يَمَسُّنَا فِيهَا لُغُوبٞ

    Open ayah 35:35

    उनैले आफ्नो अनुकम्पाबाट सदा रहने स्थानमा प्रवेश गराए जहाँ हामीलाई न कुनै दुःख हुनेछ न थकाइ नै लाग्नेछ ।”

  36. وَٱلَّذِينَ كَفَرُواْ لَهُمۡ نَارُ جَهَنَّمَ لَا يُقۡضَىٰ عَلَيۡهِمۡ فَيَمُوتُواْ وَلَا يُخَفَّفُ عَنۡهُم مِّنۡ عَذَابِهَاۚ كَذَٰلِكَ نَجۡزِي كُلَّ كَفُورٖ

    Open ayah 35:36

    र, जसले कुफ्र गरेका छन् तिनीहरूकालागि नरकको आगो छ जहाँ न मृत्यु आउनेछ कि तिनीहरू मरून्, न तिनीहरूको यातनालाई हलुका नै पारिनेछ । हरेक कृतघ्न व्यक्तिलाई हामी यस्तै बदला दिने गर्छौं ।

  37. وَهُمۡ يَصۡطَرِخُونَ فِيهَا رَبَّنَآ أَخۡرِجۡنَا نَعۡمَلۡ صَٰلِحًا غَيۡرَ ٱلَّذِي كُنَّا نَعۡمَلُۚ أَوَلَمۡ نُعَمِّرۡكُم مَّا يَتَذَكَّرُ فِيهِ مَن تَذَكَّرَ وَجَآءَكُمُ ٱلنَّذِيرُۖ فَذُوقُواْ فَمَا لِلظَّٰلِمِينَ مِن نَّصِيرٍ

    Open ayah 35:37

    तिनीहरू नरकमा चिच्याउनेछन्– “हे हाम्रा पालनकर्ता ! हामीलाई बाहिर निकाल । अब पहिले गरेका (दुष्कर्महरू) विपरीत हामी पुण्य कर्म गर्नेछौं ।” (अल्लाहले भन्नेछन्) “के हामीले तिमीहरूलाई यति आयु दिएका थिएनौं जसमा उपदेश लिन चाहनेले उपदेश लिन सक्थ्यो ? र, तिमीहरूकहाँ त सचेतक पनि पुगेका थिए । अतः (यातनाको) स्वाद चाख ! अत्याचारीहरूको ( आज ) कोही सहयोगी छैन ।”

  38. إِنَّ ٱللَّهَ عَٰلِمُ غَيۡبِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 35:38

    निस्सन्देह अल्लाह आकाशहरू तथा पृथ्वीका गोप्य कुराहरू जान्दछन् । वास्तवमा उनी मनभित्र लुकेका भेदहरू पनि जान्दछन् ।

  39. هُوَ ٱلَّذِي جَعَلَكُمۡ خَلَٰٓئِفَ فِي ٱلۡأَرۡضِۚ فَمَن كَفَرَ فَعَلَيۡهِ كُفۡرُهُۥۖ وَلَا يَزِيدُ ٱلۡكَٰفِرِينَ كُفۡرُهُمۡ عِندَ رَبِّهِمۡ إِلَّا مَقۡتٗاۖ وَلَا يَزِيدُ ٱلۡكَٰفِرِينَ كُفۡرُهُمۡ إِلَّا خَسَارٗا

    Open ayah 35:39

    अल्लाह नै हुन् जसले तिमीहरूलाई धर्तीका उत्तराधिकारी बनाए । अतः जसले कुफ्र गर्यो त्यस कुफ्रको हानि उसैलाई हुनेछ र काफिरहरूकालागि तिनीहरूको कुफ्रले तिनीहरुका पालनकर्ताकहाँ केवल द्वेष नै बढाउँछ । र, काफिरहरूको कुफ्रले तिनीहरूलाई केवल हानि पुर्याउनेछ ।

  40. قُلۡ أَرَءَيۡتُمۡ شُرَكَآءَكُمُ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ أَرُونِي مَاذَا خَلَقُواْ مِنَ ٱلۡأَرۡضِ أَمۡ لَهُمۡ شِرۡكٞ فِي ٱلسَّمَٰوَٰتِ أَمۡ ءَاتَيۡنَٰهُمۡ كِتَٰبٗا فَهُمۡ عَلَىٰ بَيِّنَتٖ مِّنۡهُۚ بَلۡ إِن يَعِدُ ٱلظَّٰلِمُونَ بَعۡضُهُم بَعۡضًا إِلَّا غُرُورًا 

    Open ayah 35:40

    भन– ”के तिमीहरूले अल्लाहबाहेकका आफ्ना ती साझेदारहरूको बारेमा विचार गर्यौ जसलाई तिमीहरूले पुकार्ने गर्छौ । देखाऊ मलाई, तिनीहरूले धर्तीमा के सृष्टि गरेका छन् ? वा आकाशहरूको सृष्टिमा तिनीहरूको कुनै साझेदारी छ ? वा हामीले तिनीहरूलाई कुनै किताब दिएका छौँ जसको कुनै प्रमाणमाथि तिनीहरू कायम छन् ? बरू यी अत्याचारीहरू एक अर्कासँग धोकापूर्ण वाचा गरिरहेका छन् ।

  41. ۞إِنَّ ٱللَّهَ يُمۡسِكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ أَن تَزُولَاۚ وَلَئِن زَالَتَآ إِنۡ أَمۡسَكَهُمَا مِنۡ أَحَدٖ مِّنۢ بَعۡدِهِۦٓۚ إِنَّهُۥ كَانَ حَلِيمًا غَفُورٗا

    Open ayah 35:41

    निश्चय नै अल्लाहले आकाशहरू तथा पृथ्वीलाई तिनीहरू (आ–आफ्ना स्थानबाट) नहटून् भनी समातेर राखेका छन् । र, यदि तिनीहरू हटे भने त्यसपछि अरू कसैले तिनीहरूलाई रोक्नसमेत सक्ने छैन । निस्सन्देह उनी अत्यन्त सहनशील एवं अति क्षमाशील छन् ।

  42. وَأَقۡسَمُواْ بِٱللَّهِ جَهۡدَ أَيۡمَٰنِهِمۡ لَئِن جَآءَهُمۡ نَذِيرٞ لَّيَكُونُنَّ أَهۡدَىٰ مِنۡ إِحۡدَى ٱلۡأُمَمِۖ فَلَمَّا جَآءَهُمۡ نَذِيرٞ مَّا زَادَهُمۡ إِلَّا نُفُورًا

    Open ayah 35:42

    र, तिनीहरूले दृढ कसम खाएका थिए कि यदि कुनै सचेतक तिनीहरू– तर्फ आए भने अन्य समुदायहरूभन्दा बढी मार्गमा हुनेछन् । तर जब एउटा सचेतक तिनीहरूकहाँ आए तब उनको आगमनले तिनीहरूको ( सन्देश बाहकबाट ) टाढिनुमा मात्र वृद्धि गर्यो।

  43. ٱسۡتِكۡبَارٗا فِي ٱلۡأَرۡضِ وَمَكۡرَ ٱلسَّيِّيِٕۚ وَلَا يَحِيقُ ٱلۡمَكۡرُ ٱلسَّيِّئُ إِلَّا بِأَهۡلِهِۦۚ فَهَلۡ يَنظُرُونَ إِلَّا سُنَّتَ ٱلۡأَوَّلِينَۚ فَلَن تَجِدَ لِسُنَّتِ ٱللَّهِ تَبۡدِيلٗاۖ وَلَن تَجِدَ لِسُنَّتِ ٱللَّهِ تَحۡوِيلًا

    Open ayah 35:43

    धर्तीमा घमण्ड गर्नुका कारण र नराम्रो उपाय रच्नुका करण ( तिनीहरुले यस्तो व्यवहार गरे ), जबकि नराम्रो उपायले आफ्नो रचयतालाई नै घेर्दछ । तिनीहरू त अतीतका मानिसहरूमाथि लागू भएको नियमको प्रतीक्षामा हुने छन् । र, तिमीले अल्लाहको नियमलाई कहिल्यै परिवर्तित पाउने छैनौ, र न तिमीले अल्लाहको नियमलाई कहिल्यै टरेको नै पाउनेछौ ।

  44. أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ وَكَانُوٓاْ أَشَدَّ مِنۡهُمۡ قُوَّةٗۚ وَمَا كَانَ ٱللَّهُ لِيُعۡجِزَهُۥ مِن شَيۡءٖ فِي ٱلسَّمَٰوَٰتِ وَلَا فِي ٱلۡأَرۡضِۚ إِنَّهُۥ كَانَ عَلِيمٗا قَدِيرٗا

    Open ayah 35:44

    के तिनीहरू धर्तीमा घुमफिर गरेनन् ताकि हेरून् कस्तो थियो उनीहरूको परिणाम जो तिनीहरूभन्दा पहिले बितेका छन्, जबकि उनीहरू तिनीहरूभन्दा बढी शक्तिशाली थिए ? अल्लाहलाई कुनै चिजले विवश पार्न सक्दैन न आकाशहरूमा र न धर्तीमा नै । निश्चय नै उनी सर्वज्ञ एवं सामर्थ्यवान छन् ।

  45. وَلَوۡ يُؤَاخِذُ ٱللَّهُ ٱلنَّاسَ بِمَا كَسَبُواْ مَا تَرَكَ عَلَىٰ ظَهۡرِهَا مِن دَآبَّةٖ وَلَٰكِن يُؤَخِّرُهُمۡ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗىۖ فَإِذَا جَآءَ أَجَلُهُمۡ فَإِنَّ ٱللَّهَ كَانَ بِعِبَادِهِۦ بَصِيرَۢا

    Open ayah 35:45

    र, अल्लाहले मानिसहरूलाई तिनीहरूको क्रियाकलापले गर्दा (तत्कालै) समात्ने गरेको भए पृथ्वीमा एउटा जीवलाई पनि छोड्ने थिएनन् । तर अल्लाहले तिनीहरूलाई निश्चित समयसम्मका लागि अवसर दिन्छन् । अतः जब तिनीहरूको निर्धारित समय आउनेछ अल्लाह आफ्नो सबै भक्तहरूलाई राम्ररी देख्नेछन् ।