يس

Yaseen

Yaseen · Surah 36 · Ayahs: 83 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. या० सीन०

  2. وَٱلۡقُرۡءَانِ ٱلۡحَكِيمِ

    Open ayah 36:2

    तत्वज्ञानले परिपूर्ण कुरआनको कसम !

  3. إِنَّكَ لَمِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 36:3

    (हे मुहम्मद स.!) निश्चय नै तिमी ईशदूतहरूमध्येका हौ ।

  4. عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 36:4

    बिल्कुल सीधामार्गमा छौ ।

  5. تَنزِيلَ ٱلۡعَزِيزِ ٱلرَّحِيمِ

    Open ayah 36:5

    यो (कुरआन) प्रभुत्वशाली तथा परम दयालु (अल्लाह) द्वारा अवतरित हो ।

  6. لِتُنذِرَ قَوۡمٗا مَّآ أُنذِرَ ءَابَآؤُهُمۡ فَهُمۡ غَٰفِلُونَ

    Open ayah 36:6

    ताकि तिमी यस्तो समुदायलाई सतर्क गर जसका पूर्खाहरू सतर्क गरिएका थिएनन् । त्यसैले तिनीहरू अनभिज्ञ छन् ।

  7. لَقَدۡ حَقَّ ٱلۡقَوۡلُ عَلَىٰٓ أَكۡثَرِهِمۡ فَهُمۡ لَا يُؤۡمِنُونَ

    Open ayah 36:7

    निश्चय नै तिनीहरूमध्ये अधिकांश मानिसहरूको बारेमा (अल्लाहको) वचन सत्यसिद्ध भइसकेको छ । तसर्थ तिनीहरू ईमान ल्याउने छैनन् ।

  8. إِنَّا جَعَلۡنَا فِيٓ أَعۡنَٰقِهِمۡ أَغۡلَٰلٗا فَهِيَ إِلَى ٱلۡأَذۡقَانِ فَهُم مُّقۡمَحُونَ

    Open ayah 36:8

    हामीले तिनीहरूका गर्धनमा चिउँडोसम्म पुग्ने नेलहरू बेरेका छौं । फलस्वरूप तिनीहरू आफ्ना सिरलाई ठाडो राख्न बाध्य छन् ।

  9. وَجَعَلۡنَا مِنۢ بَيۡنِ أَيۡدِيهِمۡ سَدّٗا وَمِنۡ خَلۡفِهِمۡ سَدّٗا فَأَغۡشَيۡنَٰهُمۡ فَهُمۡ لَا يُبۡصِرُونَ

    Open ayah 36:9

    हामीले तिनीहरूका अघिल्तिर र पछिल्तिर पनि पर्खाल खडा गरिदिएका छौं अनि तिनीहरूलाई ढाकिदिएका छौं । त्यसैले तिनीहरू देख्न सक्दैनन् ।

  10. وَسَوَآءٌ عَلَيۡهِمۡ ءَأَنذَرۡتَهُمۡ أَمۡ لَمۡ تُنذِرۡهُمۡ لَا يُؤۡمِنُونَ 

    Open ayah 36:10

    (हे मुहम्मद स.!) तिमीले तिनीहरूलाई सचेत गर वा नगर; समान छ । तिनीहरूले ईमान ल्याउनेवाला छैनन् ।

  11. إِنَّمَا تُنذِرُ مَنِ ٱتَّبَعَ ٱلذِّكۡرَ وَخَشِيَ ٱلرَّحۡمَٰنَ بِٱلۡغَيۡبِۖ فَبَشِّرۡهُ بِمَغۡفِرَةٖ وَأَجۡرٖ كَرِيمٍ

    Open ayah 36:11

    तिमी केवल उपदेशको अनुसरण गर्ने व्यक्ति तथा नदेखिकनै करूणामय (अल्लाह) सित डराउने व्यक्तिलाई सावधान गर्न सक्छौ । अतः त्यसलाई क्षमादान तथा ठूलो प्रतिदानको शुभसूचना देऊ ।

  12. إِنَّا نَحۡنُ نُحۡيِ ٱلۡمَوۡتَىٰ وَنَكۡتُبُ مَا قَدَّمُواْ وَءَاثَٰرَهُمۡۚ وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ فِيٓ إِمَامٖ مُّبِينٖ

    Open ayah 36:12

    निश्चय नै हामीले एक दिन मृतहरूलाई जीवित पार्नेछौं । र, तिनीहरूले अगाडि पठाएका कर्महरू र पछि छोडेका चिन्हहरू लेख्दैछौं । र, प्रत्येक कुरालाई हामीले एउटा स्पष्ट किताबमा सुरक्षित गरेका छौं ।

  13. وَٱضۡرِبۡ لَهُم مَّثَلًا أَصۡحَٰبَ ٱلۡقَرۡيَةِ إِذۡ جَآءَهَا ٱلۡمُرۡسَلُونَ

    Open ayah 36:13

    तिनीहरूलाई नगरबासीहरूको उदाहरण पेशगर जब तिनीहरूकहाँ रसूलहरू आएका थिए ।

  14. إِذۡ أَرۡسَلۡنَآ إِلَيۡهِمُ ٱثۡنَيۡنِ فَكَذَّبُوهُمَا فَعَزَّزۡنَا بِثَالِثٖ فَقَالُوٓاْ إِنَّآ إِلَيۡكُم مُّرۡسَلُونَ

    Open ayah 36:14

    अर्थात् जब हामीले तिनीहरूतर्फ दुईजना (रसूल) लाई पठायौं तब तिनीहरूले ती दुवैलाई असत्य ठहर गरे । अनि हामीले तेस्रो (रसूल) द्वारा तिनीहरूलाई सुदृढ तुल्यायौं । तिनीहरूले भने– “हामी तिमीहरूसमक्ष ( अल्लाहको तर्फबाट ) पठाइएका हौं ।”

  15. قَالُواْ مَآ أَنتُمۡ إِلَّا بَشَرٞ مِّثۡلُنَا وَمَآ أَنزَلَ ٱلرَّحۡمَٰنُ مِن شَيۡءٍ إِنۡ أَنتُمۡ إِلَّا تَكۡذِبُونَ

    Open ayah 36:15

    तिनीहरूले भने– “तिमीहरू त हामीजस्तै मान्छे बाहेक केहि होइनौं । र, रहमान (अल्लाह) ले निश्चय नै कुनै कुरा अवतरित गरेका छैनन् । तिमीहरू केवल मिथ्या कुरा गरिरहेकाछौ ।”

  16. قَالُواْ رَبُّنَا يَعۡلَمُ إِنَّآ إِلَيۡكُمۡ لَمُرۡسَلُونَ

    Open ayah 36:16

    रसूलहरूले भने– “हामी तिमीहरूकहाँ (अल्लाहकोतर्फबाट नै ) पठाइएका हौं भन्ने कुरा हाम्रा रब राम्ररी जान्दछन् ।

  17. وَمَا عَلَيۡنَآ إِلَّا ٱلۡبَلَٰغُ ٱلۡمُبِينُ

    Open ayah 36:17

    र, हाम्रो जिम्मेवारी त केवल स्पष्टरूपमा सन्देश पुर्याउनु रहेको छ ।”

  18. قَالُوٓاْ إِنَّا تَطَيَّرۡنَا بِكُمۡۖ لَئِن لَّمۡ تَنتَهُواْ لَنَرۡجُمَنَّكُمۡ وَلَيَمَسَّنَّكُم مِّنَّا عَذَابٌ أَلِيمٞ

    Open ayah 36:18

    नगरवासीहरूले भने– “हामी तिमीहरूलाई अलच्छिन ठान्दछौं । यदि तिमीहरूले यस कार्यलाई त्यागेनौ भने हामी अवश्य तिमीहरूमाथि ढुङ्गा बर्साउनेछौं र हाम्रो हातबाट निश्चय नै तिमीहरूलाई कष्टप्रद यातना पुग्नेछ ।”

  19. قَالُواْ طَٰٓئِرُكُم مَّعَكُمۡ أَئِن ذُكِّرۡتُمۚ بَلۡ أَنتُمۡ قَوۡمٞ مُّسۡرِفُونَ

    Open ayah 36:19

    रसूलहरूले भने– “तिमीहरूको अपसगुन त तिमीहरूसँगै रहेकोछ । के तिमीहरूलाई उपदेश दिएको कारण तिमीहरू त्यसो भन्दैछौ । बरु तिमीहरू सीमा उल्लङ्घनकारीहरू हौ ।

  20. وَجَآءَ مِنۡ أَقۡصَا ٱلۡمَدِينَةِ رَجُلٞ يَسۡعَىٰ قَالَ يَٰقَوۡمِ ٱتَّبِعُواْ ٱلۡمُرۡسَلِينَ 

    Open ayah 36:20

    नगरको टाढाको क्षेत्रबाट एकजना मनुष्य दगुर्दै आए र भने– “हे मेरा जातिबन्धुहरू हो ! रसूलहरूको अनुसरण गर ।”

  21. ٱتَّبِعُواْ مَن لَّا يَسۡـَٔلُكُمۡ أَجۡرٗا وَهُم مُّهۡتَدُونَ

    Open ayah 36:21

    यस्ता व्यक्तिहरूको अनुसरण गर जो तिमीहरूसित कुनै प्रतिदान माग्दैनन् र स्वयं ठीक मार्गमा छन् ।

  22. وَمَا لِيَ لَآ أَعۡبُدُ ٱلَّذِي فَطَرَنِي وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 36:22

    म त्यस उपासना किन न गरूँ जसले मलाई सृष्टि गरे र जसतर्फ तिमीहरूलाई ( महाप्रलयको दिन ) फर्काएर लगिनेछ ।

  23. ءَأَتَّخِذُ مِن دُونِهِۦٓ ءَالِهَةً إِن يُرِدۡنِ ٱلرَّحۡمَٰنُ بِضُرّٖ لَّا تُغۡنِ عَنِّي شَفَٰعَتُهُمۡ شَيۡـٔٗا وَلَا يُنقِذُونِ

    Open ayah 36:23

    के म अल्लाहलाई छोडी उनीबाहेक अन्य कसैलाई उपास्य बनाऊँ जबकि रहमान (अल्लाह) ले मेरो कुनै हानि गर्न चाहेमा तिनीहरुको सिफारिशले न मलाई कुनै फाइदा पुर्याउन सक्छ र न तिनीहरूले मलाई बचाउन नै सक्छन् ?

  24. إِنِّيٓ إِذٗا لَّفِي ضَلَٰلٖ مُّبِينٍ

    Open ayah 36:24

    त्यसो गरेमा म स्पष्ट रूपमा पथभ्रष्टतामा लिप्त हुनेछु ।

  25. إِنِّيٓ ءَامَنتُ بِرَبِّكُمۡ فَٱسۡمَعُونِ

    Open ayah 36:25

    मैले तिमीहरूका पालनकर्तामाथि ईमान ल्याएँ । अतः मेरो कुरा सुन ।”

  26. قِيلَ ٱدۡخُلِ ٱلۡجَنَّةَۖ قَالَ يَٰلَيۡتَ قَوۡمِي يَعۡلَمُونَ

    Open ayah 36:26

    ती व्यक्तिलाई भनियो– “तिमी स्वर्गमा प्रवेश गर ।” उनले भने– “हाय ! मेरा जातिबन्धुहरूले जानेको भए ।

  27. بِمَا غَفَرَ لِي رَبِّي وَجَعَلَنِي مِنَ ٱلۡمُكۡرَمِينَ

    Open ayah 36:27

    कि किन मेरा पालनकर्ताले मलाई क्षमा गरे र मलाई सम्मानित व्यक्तिहरूमा सामेल गरे ।”

  28. ۞وَمَآ أَنزَلۡنَا عَلَىٰ قَوۡمِهِۦ مِنۢ بَعۡدِهِۦ مِن جُندٖ مِّنَ ٱلسَّمَآءِ وَمَا كُنَّا مُنزِلِينَ

    Open ayah 36:28

    त्यसपछि उनको समुदायकोलागि हामीले आकाशबाट कुनै सैन्य दलको अवतरण गरेनौं, र हामी सेनाको अवतरण गर्ने पनि थिएन ।

  29. إِن كَانَتۡ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ فَإِذَا هُمۡ خَٰمِدُونَ

    Open ayah 36:29

    (तिनीहरूको विनाशको लागि) एउटा कर्कश ध्वनी मात्र भयो र स्वस्फूर्त रूपमा तिनीहरू निभे ।

  30. يَٰحَسۡرَةً عَلَى ٱلۡعِبَادِۚ مَا يَأۡتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ 

    Open ayah 36:30

    अफसोच मानिसहरूमाथि ! जुनसुकै रसूल आउँदा तिनीहरूले उनको खिल्ली उडाने गरे ।

  31. أَلَمۡ يَرَوۡاْ كَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّنَ ٱلۡقُرُونِ أَنَّهُمۡ إِلَيۡهِمۡ لَا يَرۡجِعُونَ

    Open ayah 36:31

    के तिनीहरूले विचार गरेनन् कि हामीले तिनीहरूभन्दा पहिले कैयौं समुदायहरूलाई नष्ट पारिसकेका छौं जो तिनीहरूकहाँ फर्केर आउने छैनन् ।

  32. وَإِن كُلّٞ لَّمَّا جَمِيعٞ لَّدَيۡنَا مُحۡضَرُونَ

    Open ayah 36:32

    र, तिनीहरू सबै हामीसमक्ष नै उपस्थित गरिनेछन् ।

  33. وَءَايَةٞ لَّهُمُ ٱلۡأَرۡضُ ٱلۡمَيۡتَةُ أَحۡيَيۡنَٰهَا وَأَخۡرَجۡنَا مِنۡهَا حَبّٗا فَمِنۡهُ يَأۡكُلُونَ

    Open ayah 36:33

    र, तिनीहरूकानिम्ति एउटा निशानी मृतभूमि पनि हो जसलाई हामीले जीवित पार्यौं । र त्यसबाट अन्न–बाली उमार्यौं अनि त्यसबाट तिनीहरू खाने गर्छन् ।

  34. وَجَعَلۡنَا فِيهَا جَنَّٰتٖ مِّن نَّخِيلٖ وَأَعۡنَٰبٖ وَفَجَّرۡنَا فِيهَا مِنَ ٱلۡعُيُونِ

    Open ayah 36:34

    अनि, त्यसमा हामीले खजूर तथा अङ्गुरका बगैंचाहरू लगायौं र त्यसमा मूलहरू फुटायौं ।

  35. لِيَأۡكُلُواْ مِن ثَمَرِهِۦ وَمَا عَمِلَتۡهُ أَيۡدِيهِمۡۚ أَفَلَا يَشۡكُرُونَ

    Open ayah 36:35

    ताकि त्यसबाट उनीहरूले फल खाऊन् । यी सब तिनीहरुका हातले सिर्जेका होइनन् तैपनि तिनीहरू किन कृतज्ञ हुँदैनन् ?

  36. سُبۡحَٰنَ ٱلَّذِي خَلَقَ ٱلۡأَزۡوَٰجَ كُلَّهَا مِمَّا تُنۢبِتُ ٱلۡأَرۡضُ وَمِنۡ أَنفُسِهِمۡ وَمِمَّا لَا يَعۡلَمُونَ

    Open ayah 36:36

    पवित्र छ त्यो सत्ता जसले सारा चिजहरूलाई जोडीको रूपमा बनाए चाहे त्यो धर्तीका बनस्पतिहरूमध्येका होऊन्, वा स्वयं मानव जातिमध्येका होऊन्, वा तिनीहरूले नजानेका चिजहरूमध्येका ।

  37. وَءَايَةٞ لَّهُمُ ٱلَّيۡلُ نَسۡلَخُ مِنۡهُ ٱلنَّهَارَ فَإِذَا هُم مُّظۡلِمُونَ

    Open ayah 36:37

    अनि मानिसहरूकालागि रात पनि एउटा निशानी हो जसबाट हामी दिनलाई झिकिदिन्छौं तब उनीहरू एकाएक अँध्यारोमा हुन्छन् ।

  38. وَٱلشَّمۡسُ تَجۡرِي لِمُسۡتَقَرّٖ لَّهَاۚ ذَٰلِكَ تَقۡدِيرُ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ

    Open ayah 36:38

    र, सूर्य आफ्नो निर्धारित स्थानतर्फ गतिशील छ । यो प्रभुत्वशाली तथा सर्वज्ञ (अल्लाह) द्वारा निर्धारित हो ।

  39. وَٱلۡقَمَرَ قَدَّرۡنَٰهُ مَنَازِلَ حَتَّىٰ عَادَ كَٱلۡعُرۡجُونِ ٱلۡقَدِيمِ

    Open ayah 36:39

    अनि चन्द्रमा यसकोलागि हामीले गन्तव्यहरू निर्धारण गरेका छौं यहाँसम्म कि त्यो खजूरको पुरानो हांगोजस्तो हुन जान्छ ।

  40. لَا ٱلشَّمۡسُ يَنۢبَغِي لَهَآ أَن تُدۡرِكَ ٱلۡقَمَرَ وَلَا ٱلَّيۡلُ سَابِقُ ٱلنَّهَارِۚ وَكُلّٞ فِي فَلَكٖ يَسۡبَحُونَ 

    Open ayah 36:40

    न सूर्यले चन्द्रमालाई समात्न सक्छ न रातले दिनलाई उछिन्न सक्छ । तिनीहरू सबै अन्तरिक्षमा निरन्तर गतिशील छन् ।

  41. وَءَايَةٞ لَّهُمۡ أَنَّا حَمَلۡنَا ذُرِّيَّتَهُمۡ فِي ٱلۡفُلۡكِ ٱلۡمَشۡحُونِ

    Open ayah 36:41

    अनि, मानिसहरूका सन्तानलाई त्यस भरिपूर्ण डुङ्गामा सवार गर्नु पनि तिनकालागि एउटा निशानी हो ।

  42. وَخَلَقۡنَا لَهُم مِّن مِّثۡلِهِۦ مَا يَرۡكَبُونَ

    Open ayah 36:42

    र, हामीले तिनीहरूकानिम्ति यो जस्तै अन्य चिजहरू पनि सिर्जना गर्यौं जसमा तिनीहरू सवार हुन्छन् ।

  43. وَإِن نَّشَأۡ نُغۡرِقۡهُمۡ فَلَا صَرِيخَ لَهُمۡ وَلَا هُمۡ يُنقَذُونَ

    Open ayah 36:43

    र, यदि हामीले चाह्यौं भने तिनीहरूलाई डुबाइदिन्छौं । त्यतिखेर तिनीहरुकोलागि न कोही सहयोगी हुनेछ र न तिनीहरू बचाइने नै छन् ।

  44. إِلَّا رَحۡمَةٗ مِّنَّا وَمَتَٰعًا إِلَىٰ حِينٖ

    Open ayah 36:44

    तर मेरो दया (हुन्छ) र एक अवधिसम्मका लागि आनन्दजीवन ।

  45. وَإِذَا قِيلَ لَهُمُ ٱتَّقُواْ مَا بَيۡنَ أَيۡدِيكُمۡ وَمَا خَلۡفَكُمۡ لَعَلَّكُمۡ تُرۡحَمُونَ

    Open ayah 36:45

    र, जहिले पनि उनीहरूलाई अघि र पछि आउने कुराको भय राख्न भनिन्छ, ताकि तिनीहरूमाथि दया गरियोस् (तर तिनीहरू ध्यान नै दिंदैनन्) ।

  46. وَمَا تَأۡتِيهِم مِّنۡ ءَايَةٖ مِّنۡ ءَايَٰتِ رَبِّهِمۡ إِلَّا كَانُواْ عَنۡهَا مُعۡرِضِينَ

    Open ayah 36:46

    र, तिनीहरूसमक्ष तिनीहरुका पालनकर्ताका निशानीहरूमध्ये जुन निशानी आए पनि तिनीहरू त्यसबाट विमुख हुन पुग्छन् ।

  47. وَإِذَا قِيلَ لَهُمۡ أَنفِقُواْ مِمَّا رَزَقَكُمُ ٱللَّهُ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُوٓاْ أَنُطۡعِمُ مَن لَّوۡ يَشَآءُ ٱللَّهُ أَطۡعَمَهُۥٓ إِنۡ أَنتُمۡ إِلَّا فِي ضَلَٰلٖ مُّبِينٖ

    Open ayah 36:47

    र, जब तिनीहरूलाई अल्लाहले प्रदान गरेको खाद्यान्नबाट खर्च गर्न आदेश दिइन्छ तब काफिरहरूले आस्थावानहरूलाई भन्छन्–“के हामी त्यसलाई खुवाऔं जसलाई अल्लाहले चाहेको भए स्वयं खुवाउन सक्थे ? तिमीहरू पक्कै पनि खुल्लम खुल्ला पथभ्रष्टतामा छौ ।”

  48. وَيَقُولُونَ مَتَىٰ هَٰذَا ٱلۡوَعۡدُ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 36:48

    र, काफिरहरू सोध्छन्– “तिमीहरू सत्यवादी हौ भने यो (महाप्रलयको) वाचा कहिले पुरा हुन्छ ?”

  49. مَا يَنظُرُونَ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ تَأۡخُذُهُمۡ وَهُمۡ يَخِصِّمُونَ

    Open ayah 36:49

    वास्तवमा यी काफिरहरू त यस्तो कर्कश ध्वनीको प्रतीक्षामा छन् जसले यिनीहरूलाई त्यस अवस्थामा समात्नेछ जब यिनीहरू आपसी बादविवादमा व्यस्त हुनेछन् ।

  50. فَلَا يَسۡتَطِيعُونَ تَوۡصِيَةٗ وَلَآ إِلَىٰٓ أَهۡلِهِمۡ يَرۡجِعُونَ 

    Open ayah 36:50

    त्यतिखेर तिनीहरू न कुनै उपदेश दिन सक्नेछन्, र न आफ्नो परिवारतर्फ फर्कन नै सक्नेछन् ।

  51. وَنُفِخَ فِي ٱلصُّورِ فَإِذَا هُم مِّنَ ٱلۡأَجۡدَاثِ إِلَىٰ رَبِّهِمۡ يَنسِلُونَ

    Open ayah 36:51

    र, सूर फुक्ने बित्तिकै तिनीहरू चिहानबाट निस्केर अनायास आफ्ना पालनकर्तातर्फ दगुर्न थाल्नेछन् ।

  52. قَالُواْ يَٰوَيۡلَنَا مَنۢ بَعَثَنَا مِن مَّرۡقَدِنَاۜۗ هَٰذَا مَا وَعَدَ ٱلرَّحۡمَٰنُ وَصَدَقَ ٱلۡمُرۡسَلُونَ

    Open ayah 36:52

    तिनीहरूले भन्नेछन्– “हाय, हाम्रो दुर्भाग्य ! हामीलाई हाम्रा शयनकक्षबाट कसले ब्युँझायो ? यो त त्यही हो जसको वाचा रहमान ( करुणामय ) ले गरेका थिए र रसूलहरूले पनि सत्य नै भनेका थिए ।

  53. إِن كَانَتۡ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ فَإِذَا هُمۡ جَمِيعٞ لَّدَيۡنَا مُحۡضَرُونَ

    Open ayah 36:53

    त्यो एउटा ठूलो कर्कश ध्वनी सिवाय अरू केही हुने छैन, अनि स्वस्फूर्त रूपमा तिनीहरू हामीसमक्ष उपस्थित गरिनेछन् ।

  54. فَٱلۡيَوۡمَ لَا تُظۡلَمُ نَفۡسٞ شَيۡـٔٗا وَلَا تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 36:54

    आज कसैमाथि अलिकति पनि अत्याचार गरिने छैन, र तिमीहरूले गर्ने गरेका कर्म अनुसार नै बदला दिइनेछ ।

  55. إِنَّ أَصۡحَٰبَ ٱلۡجَنَّةِ ٱلۡيَوۡمَ فِي شُغُلٖ فَٰكِهُونَ

    Open ayah 36:55

    स्वर्गका बासिन्दाहरू त साँच्चीकै आज–रमाइलो गर्नमा व्यस्त छन् ।

  56. هُمۡ وَأَزۡوَٰجُهُمۡ فِي ظِلَٰلٍ عَلَى ٱلۡأَرَآئِكِ مُتَّكِـُٔونَ

    Open ayah 36:56

    उनीहरू र उनका पत्नीहरू छहारीमुनि उच्च पलङ्गमाथि सिरानीमा अडेस् लागेर बसिरहेका छन् ।

  57. لَهُمۡ فِيهَا فَٰكِهَةٞ وَلَهُم مَّا يَدَّعُونَ

    Open ayah 36:57

    उनीहरूकालागि त्यहाँ हरेक किसिमका फलहरू र तिनीहरूले चाहेका चिजहरू छन् ।

  58. سَلَٰمٞ قَوۡلٗا مِّن رَّبّٖ رَّحِيمٖ

    Open ayah 36:58

    उनको दयालु पालनकर्ताको तर्फबाट सलाम भनिनेछ ।

  59. وَٱمۡتَٰزُواْ ٱلۡيَوۡمَ أَيُّهَا ٱلۡمُجۡرِمُونَ

    Open ayah 36:59

    हे अपराधीहरू हो ! आज तिमीहरू अलग होऊ ।

  60. ۞أَلَمۡ أَعۡهَدۡ إِلَيۡكُمۡ يَٰبَنِيٓ ءَادَمَ أَن لَّا تَعۡبُدُواْ ٱلشَّيۡطَٰنَۖ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ 

    Open ayah 36:60

    हे आदमका सन्तानहरू हो ! के मैले तिमीहरूसँग वाचा लिएको थिइन कि शैतानको उपासना नगर्नू किनभने त्यो तिमीहरूको स्पष्ट शत्रु हो ।

  61. وَأَنِ ٱعۡبُدُونِيۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

    Open ayah 36:61

    र केवल मेरै उपासना गर्नू; यही सीधामार्ग हो ।

  62. وَلَقَدۡ أَضَلَّ مِنكُمۡ جِبِلّٗا كَثِيرًاۖ أَفَلَمۡ تَكُونُواْ تَعۡقِلُونَ

    Open ayah 36:62

    तर शैतानले तिमीहरूमध्ये धेरै मानिसहरूलाई पथभ्रष्ट पारिदियो । के तिमीहरू बुझ्दैनौं ?

  63. هَٰذِهِۦ جَهَنَّمُ ٱلَّتِي كُنتُمۡ تُوعَدُونَ

    Open ayah 36:63

    यही हो त्यो नरक जसको डर तिमीहरूलाई दिखाइन्थ्यो ।

  64. ٱصۡلَوۡهَا ٱلۡيَوۡمَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ

    Open ayah 36:64

    (अतः) तिमीहरूले गर्दै गरेको अनास्थाले गर्दा आज यस (नरक) मा प्रवेश गर ।

  65. ٱلۡيَوۡمَ نَخۡتِمُ عَلَىٰٓ أَفۡوَٰهِهِمۡ وَتُكَلِّمُنَآ أَيۡدِيهِمۡ وَتَشۡهَدُ أَرۡجُلُهُم بِمَا كَانُواْ يَكۡسِبُونَ

    Open ayah 36:65

    आज हामी तिनीहरूको मुखमा महर लगाइदिनेछौं । र, तिनीहरुका खुट्टाहरूले साक्षी दिनेछन् ।

  66. وَلَوۡ نَشَآءُ لَطَمَسۡنَا عَلَىٰٓ أَعۡيُنِهِمۡ فَٱسۡتَبَقُواْ ٱلصِّرَٰطَ فَأَنَّىٰ يُبۡصِرُونَ

    Open ayah 36:66

    र, हामीले चाह्यौं भने तिनीहरूका आँखालाई दृष्टिविहीन बनाइदिनेछौं । अनि तिनीहरू बाटोतिर लम्किन्छन् तर उनीहरू (बाटो) कसरी देख्लान् त ?

  67. وَلَوۡ نَشَآءُ لَمَسَخۡنَٰهُمۡ عَلَىٰ مَكَانَتِهِمۡ فَمَا ٱسۡتَطَٰعُواْ مُضِيّٗا وَلَا يَرۡجِعُونَ

    Open ayah 36:67

    र, यदि हामीले चाह्यौं भने तिनीहरूको रूप तिनीहरुका स्थानमै बदलिदिने छौं । त्यतिखेर तिनीहरू न अघि बढ्न सक्छन् र न पछि हट्न सक्छन् ।

  68. وَمَن نُّعَمِّرۡهُ نُنَكِّسۡهُ فِي ٱلۡخَلۡقِۚ أَفَلَا يَعۡقِلُونَ

    Open ayah 36:68

    र, जसलाई हामी लामो उमेर प्रदान गर्छौं उसको संरचना उल्टो पारिदिन्छौं (अर्थात् ऊ बच्चाझैं हुन पुग्छ) । के यो देखेर पनि तिनीहरूलाई बुद्धि आउँदैन ?

  69. وَمَا عَلَّمۡنَٰهُ ٱلشِّعۡرَ وَمَا يَنۢبَغِي لَهُۥٓۚ إِنۡ هُوَ إِلَّا ذِكۡرٞ وَقُرۡءَانٞ مُّبِينٞ

    Open ayah 36:69

    र, हामीले उन (नबी) लाई शायरी (कविता) सिकाएका छैनौं र न उनलाई यो शोभा नै दिन्छ । यो त केवल उपदेश तथा स्पष्ट कुरआन हो ।

  70. لِّيُنذِرَ مَن كَانَ حَيّٗا وَيَحِقَّ ٱلۡقَوۡلُ عَلَى ٱلۡكَٰفِرِينَ 

    Open ayah 36:70

    ताकि उनी प्रत्येक जीवित व्यक्तिलाई सावधान गरून् र काफिरहरूमाथि यातना स्थापित होओस् ।

  71. أَوَلَمۡ يَرَوۡاْ أَنَّا خَلَقۡنَا لَهُم مِّمَّا عَمِلَتۡ أَيۡدِينَآ أَنۡعَٰمٗا فَهُمۡ لَهَا مَٰلِكُونَ

    Open ayah 36:71

    के तिनीहरूले देखेनन्, हामीले आफ्नो हातबाट बनाएका चिजहरूमध्ये चौपायाहरू पनि तिनीहरूकालागि सृष्टि गरेका छौं, अनि तिनीहरू जसका मालिक बनेका छन् ।

  72. وَذَلَّلۡنَٰهَا لَهُمۡ فَمِنۡهَا رَكُوبُهُمۡ وَمِنۡهَا يَأۡكُلُونَ

    Open ayah 36:72

    र, हामीले तिनीहरुलाई तिनीहरूको अधीनमा गरिदियौं । तसर्थ त्यसमध्ये केही उनीहरूका सवारी हुन्छन् र केहीलाई खान्छन् ।

  73. وَلَهُمۡ فِيهَا مَنَٰفِعُ وَمَشَارِبُۚ أَفَلَا يَشۡكُرُونَ

    Open ayah 36:73

    र, ती जनावरहरूमा तिनीहरूकालागि लाभ छन् र पेय पदार्थ पनि छन् । के तैपनि तिनीहरू कृतज्ञ बन्दैनन् ?

  74. وَٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ ءَالِهَةٗ لَّعَلَّهُمۡ يُنصَرُونَ

    Open ayah 36:74

    र, तिनीहरूले अल्लाहबाहेक अन्य उपास्य बनाए ताकि तिनीहरूलाई सहयोग पुर्याइयोस् ।

  75. لَا يَسۡتَطِيعُونَ نَصۡرَهُمۡ وَهُمۡ لَهُمۡ جُندٞ مُّحۡضَرُونَ

    Open ayah 36:75

    यिनीहरू तिनलाई सहयोग गर्न असमर्थ छन् जबकि ( तिनीहरुको सोच अनुसार ) यिनीहरु तिनीहरुका तैनात सैन्यदल हुन् ।

  76. فَلَا يَحۡزُنكَ قَوۡلُهُمۡۘ إِنَّا نَعۡلَمُ مَا يُسِرُّونَ وَمَا يُعۡلِنُونَ

    Open ayah 36:76

    अतः (हे मुहम्मद स.!) तिनीहरूका कुराले तिमीलाई दुःखी नतुल्याओस् । वास्तवमा तिनीहरूले लुकाउने तथा प्रकट गर्ने कुराहरूसित हामी अवगत छौं ।

  77. أَوَلَمۡ يَرَ ٱلۡإِنسَٰنُ أَنَّا خَلَقۡنَٰهُ مِن نُّطۡفَةٖ فَإِذَا هُوَ خَصِيمٞ مُّبِينٞ

    Open ayah 36:77

    के मानिसले देखेन कि हामीले उसलाई वीर्यबाट सृष्टि गर्यौं तर पनि ऊ अनायास पक्का झगडालु बन्न पुग्यो ?

  78. وَضَرَبَ لَنَا مَثَلٗا وَنَسِيَ خَلۡقَهُۥۖ قَالَ مَن يُحۡيِ ٱلۡعِظَٰمَ وَهِيَ رَمِيمٞ

    Open ayah 36:78

    र, उसले हाम्रोलागि उदाहरण दिन थाल्यो अनि आफ्नो सृष्टि बिर्सियो । भन्यो– “यी सडेगलेका हाडहरूलाई कसले जीवित पार्न सक्छ ?”

  79. قُلۡ يُحۡيِيهَا ٱلَّذِيٓ أَنشَأَهَآ أَوَّلَ مَرَّةٖۖ وَهُوَ بِكُلِّ خَلۡقٍ عَلِيمٌ

    Open ayah 36:79

    भनिदेऊ– “तिनीहरुलाई उनैले जीवित पार्नेछन् जसले तिनीहरुलाई पहिलोपटक सृष्टि गरे । उनी प्रत्येक सृष्टिका पूर्ण ज्ञाता हुन् ।

  80. ٱلَّذِي جَعَلَ لَكُم مِّنَ ٱلشَّجَرِ ٱلۡأَخۡضَرِ نَارٗا فَإِذَآ أَنتُم مِّنۡهُ تُوقِدُونَ 

    Open ayah 36:80

    जसले तिमीहरूकालागि हरियो बृक्षबाट आगो निकाले अनि त्यसैबाट त तिमीहरू आगो बाल्छौ ।

  81. أَوَلَيۡسَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِقَٰدِرٍ عَلَىٰٓ أَن يَخۡلُقَ مِثۡلَهُمۚ بَلَىٰ وَهُوَ ٱلۡخَلَّٰقُ ٱلۡعَلِيمُ

    Open ayah 36:81

    के जसले आकाशहरू तथा धर्ती सृष्टि गरे, उनी तिनीहरू जस्तैलाई सृष्टि गर्न समर्थ छैनन् ? किन छैनन् ? उनी त महान् सृष्टिकर्ता तथा सर्वज्ञ हुन् ।

  82. إِنَّمَآ أَمۡرُهُۥٓ إِذَآ أَرَادَ شَيۡـًٔا أَن يَقُولَ لَهُۥ كُن فَيَكُونُ

    Open ayah 36:82

    जब उनी कुनै कार्यको सङ्कल्प गर्छन् त्यसको लागि उनको आदेश हुन्छ “भइ हाल", अनि त्यो भइहाल्छ ।

  83. فَسُبۡحَٰنَ ٱلَّذِي بِيَدِهِۦ مَلَكُوتُ كُلِّ شَيۡءٖ وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 36:83

    अति पवित्र छन् उनी जसको हातमा प्रत्येक वस्तुको आधिपत्य रहेको छ, र तिमीहरू सबै उनैतर्फ फर्काइनेछौ ।