الصافات

As-Saaffaat

Those drawn up in Ranks · Surah 37 · Ayahs: 182 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. وَٱلصَّٰٓفَّٰتِ صَفّٗا

    Open ayah 37:1

    पंक्तिबद्ध खडा हुने (फरिश्ता) हरूको कसम !

  2. فَٱلزَّٰجِرَٰتِ زَجۡرٗا

    Open ayah 37:2

    र, पूर्ण रूपमा हप्काउनेहरूको कसम !

  3. فَٱلتَّٰلِيَٰتِ ذِكۡرًا

    Open ayah 37:3

    र, “जिक्र” (कुरआन) को पाठ गर्नेहरूको कसम !

  4. إِنَّ إِلَٰهَكُمۡ لَوَٰحِدٞ

    Open ayah 37:4

    निश्चय नै तिमीहरूका पूज्य एक मात्र छन् ।

  5. رَّبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا وَرَبُّ ٱلۡمَشَٰرِقِ

    Open ayah 37:5

    जो आकाशहरू, पृथ्वी, यी दुवैकाबीचमा भएका चिजहरू तथा उदय स्थलहरूका पालनकर्ता हुन् ।

  6. إِنَّا زَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِزِينَةٍ ٱلۡكَوَاكِبِ

    Open ayah 37:6

    निश्चय नै हामीले तल्लो आकाशलाई ताराहरूको अलङ्कारद्वारा सजायौं ।

  7. وَحِفۡظٗا مِّن كُلِّ شَيۡطَٰنٖ مَّارِدٖ

    Open ayah 37:7

    र, हरेक विद्रोही शैतानबाट त्यसलाई सुरक्षित तुल्याउनको लागि ।

  8. لَّا يَسَّمَّعُونَ إِلَى ٱلۡمَلَإِ ٱلۡأَعۡلَىٰ وَيُقۡذَفُونَ مِن كُلِّ جَانِبٖ

    Open ayah 37:8

    यिनीहरू ‘मलए अअ्ला’ (महासभा) का कुराहरू सुन्न सक्दैनन् र चारैतिरबाट यिनीहरूमाथि प्रहार गरिन्छ ।

  9. دُحُورٗاۖ وَلَهُمۡ عَذَابٞ وَاصِبٌ

    Open ayah 37:9

    ताकि यिनीहरूलाई धपाइयोस् । र, यिनीहरूकालागि चिरस्थायी यातना छँदैछ ।

  10. إِلَّا مَنۡ خَطِفَ ٱلۡخَطۡفَةَ فَأَتۡبَعَهُۥ شِهَابٞ ثَاقِبٞ 

    Open ayah 37:10

    तर कसैले कुनै कुरा टिपेर भाग्यो भने त्यसलाई आगोको एउटा ज्वालाले पछ्याउँछ ।

  11. فَٱسۡتَفۡتِهِمۡ أَهُمۡ أَشَدُّ خَلۡقًا أَم مَّنۡ خَلَقۡنَآۚ إِنَّا خَلَقۡنَٰهُم مِّن طِينٖ لَّازِبِۭ

    Open ayah 37:11

    अतः यी काफिरहरूलाई सोध, के यिनीहरूको (पुनः) सृष्टि गर्नु कठिन छ वा जसलाई हामी सृष्टि गरिसकेका छौं ? निस्सन्देह हामीले मनुष्यलाई लेसिलो माटोबाट सृष्टि गर्यौं ।

  12. بَلۡ عَجِبۡتَ وَيَسۡخَرُونَ

    Open ayah 37:12

    हो ! (हे मुहम्मद स.!) तिमी आश्चर्यचकित छौ र तिनीहरू उपहास गर्छन् ।

  13. وَإِذَا ذُكِّرُواْ لَا يَذۡكُرُونَ

    Open ayah 37:13

    र, जब तिनीहरूलाई उपदेश दिइन्छ तब तिनीहरू मान्दैनन् ।

  14. وَإِذَا رَأَوۡاْ ءَايَةٗ يَسۡتَسۡخِرُونَ

    Open ayah 37:14

    बरु कुनै चमत्कार देखेपछि त्यसको उपहास नै गर्छन् ।

  15. وَقَالُوٓاْ إِنۡ هَٰذَآ إِلَّا سِحۡرٞ مُّبِينٌ

    Open ayah 37:15

    र, भन्छन्– “यो प्रत्यक्ष जादूबाहेक अरू केही होइन ।”

  16. أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ

    Open ayah 37:16

    “जब हामी मर्छौं र माटो एवं हड्डीमा परिणत हुन्छौं तब के हामी पुनर्जीवित गरिनेछौं ?”

  17. أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ

    Open ayah 37:17

    “के हाम्रा अतीतका पुर्खाहरूलाई पनि ?”

  18. قُلۡ نَعَمۡ وَأَنتُمۡ دَٰخِرُونَ

    Open ayah 37:18

    भनिदेऊ– “हो, अनि तिमीहरू अपमानित समेत हुनेछौ ।”

  19. فَإِنَّمَا هِيَ زَجۡرَةٞ وَٰحِدَةٞ فَإِذَا هُمۡ يَنظُرُونَ

    Open ayah 37:19

    त्यो त एउटा हप्काइ हुनेछ । अनि लगत्तै तिनीहरू देख्न थाल्नेछन् ।

  20. وَقَالُواْ يَٰوَيۡلَنَا هَٰذَا يَوۡمُ ٱلدِّينِ 

    Open ayah 37:20

    र, भन्नेछन्– “हाय हाम्रो दुर्भाग्य ! यो त हिसाब–किताबको दिन पो रहेछ ।”

  21. هَٰذَا يَوۡمُ ٱلۡفَصۡلِ ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ

    Open ayah 37:21

    “यो त्यही निर्णयको दिन हो जसलाई तिमीहरू झुठो ठहर गर्थ्यौ ।

  22. ۞ٱحۡشُرُواْ ٱلَّذِينَ ظَلَمُواْ وَأَزۡوَٰجَهُمۡ وَمَا كَانُواْ يَعۡبُدُونَ

    Open ayah 37:22

    “भेला गर अत्याचारीहरूलाई र तिनीहरुका जोडीहरूलाई अनि तिनीहरुलाई पनि जसको तिनीहरू उपासना गर्नेगर्थे ।

  23. مِن دُونِ ٱللَّهِ فَٱهۡدُوهُمۡ إِلَىٰ صِرَٰطِ ٱلۡجَحِيمِ

    Open ayah 37:23

    अल्लाहबाहेक । र, तिनीहरूलाई दन्कदो आगोको बाटोमा डोर्याऊ ।

  24. وَقِفُوهُمۡۖ إِنَّهُم مَّسۡـُٔولُونَ

    Open ayah 37:24

    र, तिनीहरूलाई रोक । किनभने तिनीहरूलाई सोधिनेछन् ।

  25. مَا لَكُمۡ لَا تَنَاصَرُونَ

    Open ayah 37:25

    “तिमीहरूलाई के भयो कि तिमीहरू एक–अर्कालाई सहयोग गर्दैनौ ?

  26. بَلۡ هُمُ ٱلۡيَوۡمَ مُسۡتَسۡلِمُونَ

    Open ayah 37:26

    बरु आज तिनीहरू आज बडो आज्ञाकारी बनेका छन् ।

  27. وَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖ يَتَسَآءَلُونَ

    Open ayah 37:27

    र, तिनीहरू एकअर्कातिर अनुहार फर्काएर परस्पर प्रश्न गर्ने छन् ।

  28. قَالُوٓاْ إِنَّكُمۡ كُنتُمۡ تَأۡتُونَنَا عَنِ ٱلۡيَمِينِ

    Open ayah 37:28

    भन्नेछन्– “तिमीहरू नै हामीसमक्ष दाहिने तर्फबाट आउने गर्थ्यौ ।”

  29. قَالُواْ بَل لَّمۡ تَكُونُواْ مُؤۡمِنِينَ

    Open ayah 37:29

    अर्को टोलीले जवाफ दिनेछ– “होइन, बरु तिमीहरू नै आस्थावान थिएनौ ।”

  30. وَمَا كَانَ لَنَا عَلَيۡكُم مِّن سُلۡطَٰنِۭۖ بَلۡ كُنتُمۡ قَوۡمٗا طَٰغِينَ 

    Open ayah 37:30

    “हामीलाई त तिमीहरूमाथि कुनै अधिकार प्राप्त थिएन बरु तिमीहरू स्वयं उद्दण्ड थियौ ।”

  31. فَحَقَّ عَلَيۡنَا قَوۡلُ رَبِّنَآۖ إِنَّا لَذَآئِقُونَ

    Open ayah 37:31

    अतः हामीहरूबारे हाम्रा पालनकर्ताको वचन सिद्ध भयो । हामीले अवश्य (दण्डको स्वाद) चाख्नै पर्नेछ ।

  32. فَأَغۡوَيۡنَٰكُمۡ إِنَّا كُنَّا غَٰوِينَ

    Open ayah 37:32

    “अँ, हामीले नै तिमीहरूलाई पथभ्रष्ट गर्यौं । अवश्य नै हामी पनि पथभ्रष्ट थियौं ।”

  33. فَإِنَّهُمۡ يَوۡمَئِذٖ فِي ٱلۡعَذَابِ مُشۡتَرِكُونَ

    Open ayah 37:33

    अतः त्यो दिन तिनीहरू सबै यातनामा सहभागी हुनेछन् ।

  34. إِنَّا كَذَٰلِكَ نَفۡعَلُ بِٱلۡمُجۡرِمِينَ

    Open ayah 37:34

    वास्तवमा अपराधीहरूसित हामी यस्तै व्यवहार गर्नेगर्छौं ।

  35. إِنَّهُمۡ كَانُوٓاْ إِذَا قِيلَ لَهُمۡ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ يَسۡتَكۡبِرُونَ

    Open ayah 37:35

    जब तिनीहरूलाई भनिन्थ्यो कि अल्लाहबाहेक अन्य कोही उपास्य छैन तब तिनीहरू घमण्ड गर्ने गर्थे ।

  36. وَيَقُولُونَ أَئِنَّا لَتَارِكُوٓاْ ءَالِهَتِنَا لِشَاعِرٖ مَّجۡنُونِۭ

    Open ayah 37:36

    र, भन्ने गर्थे– “एउटा उन्मादी कविले भन्दैमा हामी आफ्ना उपास्यहरूलाई त्यागौं त ?”

  37. بَلۡ جَآءَ بِٱلۡحَقِّ وَصَدَّقَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:37

    “बरु उनी (मुहम्मद स.) त नितान्त सत्यकासाथ आएका छन् र सबै रसूलहरूको पुष्टि गर्दछन् ।”

  38. إِنَّكُمۡ لَذَآئِقُواْ ٱلۡعَذَابِ ٱلۡأَلِيمِ

    Open ayah 37:38

    तिमीहरूले अवश्य नै दुःखदायी यातनाको स्वाद चाख्नेछौ ।

  39. وَمَا تُجۡزَوۡنَ إِلَّا مَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 37:39

    र, तिमीहरूलाई केवल तिमीहरूले गर्ने गरेका कार्यहरूकै बदला दिइनेछ ।

  40. إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ 

    Open ayah 37:40

    तर अल्लाहले छानेका भक्तहरूको कुरा बेग्लै छ ।

  41. أُوْلَٰٓئِكَ لَهُمۡ رِزۡقٞ مَّعۡلُومٞ

    Open ayah 37:41

    तिनीहरूका लागि निर्धारित जीविका रहेकोछ ।

  42. فَوَٰكِهُ وَهُم مُّكۡرَمُونَ

    Open ayah 37:42

    फलाहार छन् र उनीहरूलाई सम्मानित पनि गरिनेछ ।

  43. فِي جَنَّٰتِ ٱلنَّعِيمِ

    Open ayah 37:43

    वैभवपूर्ण बगैंचाहरूमा ।

  44. عَلَىٰ سُرُرٖ مُّتَقَٰبِلِينَ

    Open ayah 37:44

    उनीहरू आमुन्ने–सामुन्ने गद्दीमाथि विराजमान हुनेछन् ।

  45. يُطَافُ عَلَيۡهِم بِكَأۡسٖ مِّن مَّعِينِۭ

    Open ayah 37:45

    मूलबाट नै भरिएको मद्यपात्र उनीहरूसमक्ष घुमाइनेछ ।

  46. بَيۡضَآءَ لَذَّةٖ لِّلشَّٰرِبِينَ

    Open ayah 37:46

    पूर्ण सेतो ! पिउनेहरूको लागि असाध्यै स्वादिलो !

  47. لَا فِيهَا غَوۡلٞ وَلَا هُمۡ عَنۡهَا يُنزَفُونَ

    Open ayah 37:47

    त्यसबाट न रिङ्गटा लाग्नेछ न त्यसबाट उनीहरू मात्ने नै छन् ।

  48. وَعِندَهُمۡ قَٰصِرَٰتُ ٱلطَّرۡفِ عِينٞ

    Open ayah 37:48

    र, उनका साथमा अति लजालु र ठूल्ठूला सुन्दर आँखा भएका अप्सराहरू हुनेछन् ।

  49. كَأَنَّهُنَّ بَيۡضٞ مَّكۡنُونٞ

    Open ayah 37:49

    मानौं ती सुरक्षित राखिएका फुलहरू हुन् ।

  50. فَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖ يَتَسَآءَلُونَ 

    Open ayah 37:50

    स्वर्गबासीहरू एक–अर्कोतर्फ फर्केर परस्पर सोध्नेछन् ।

  51. قَالَ قَآئِلٞ مِّنۡهُمۡ إِنِّي كَانَ لِي قَرِينٞ

    Open ayah 37:51

    तिनीहरूमध्ये एक वक्ताले भन्नेछ– मेरो एउटा साथी थियो ।

  52. يَقُولُ أَءِنَّكَ لَمِنَ ٱلۡمُصَدِّقِينَ

    Open ayah 37:52

    उसले भन्ने गर्थ्यो– “के तिमी पनि (महाप्रलयको आगमनलाई) सत्य मान्छौ ?”

  53. أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَدِينُونَ

    Open ayah 37:53

    “के जब हामी मरेर माटो र हड्डीमा परिणत हुनेछौं तब साँच्चै नै हामीलाई बदला दिइनेछ त ?”

  54. قَالَ هَلۡ أَنتُم مُّطَّلِعُونَ

    Open ayah 37:54

    उसले सोध्यो, “के तिमीहरू ( त्यसलाई ) हेर्न चाहन्छौ ?”

  55. فَٱطَّلَعَ فَرَءَاهُ فِي سَوَآءِ ٱلۡجَحِيمِ

    Open ayah 37:55

    दृष्टि लगाउनासाथ त्यस व्यक्तिलाई नरकको बीचमा देख्छ ।,

  56. قَالَ تَٱللَّهِ إِن كِدتَّ لَتُرۡدِينِ

    Open ayah 37:56

    र, भन्छ अल्लाहको कसम ! तिमीले त मलाई पनि नष्ट गर्न लागेका थियौ ।

  57. وَلَوۡلَا نِعۡمَةُ رَبِّي لَكُنتُ مِنَ ٱلۡمُحۡضَرِينَ

    Open ayah 37:57

    र, यदि मेरा पालनकर्ताको कृपा नभएको भए म पनि ( नरकमा ) हाजिर गरिनेहरूमध्ये हुने थिएँ ।

  58. أَفَمَا نَحۡنُ بِمَيِّتِينَ

    Open ayah 37:58

    अब हामी मर्नेवाला छैनौं, हैन त ?

  59. إِلَّا مَوۡتَتَنَا ٱلۡأُولَىٰ وَمَا نَحۡنُ بِمُعَذَّبِينَ

    Open ayah 37:59

    हाम्रो प्रथम मृत्यु बाहेक ? र, हामीलाई यातना पनि दिईंदैन, हैन त ?

  60. إِنَّ هَٰذَا لَهُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ 

    Open ayah 37:60

    वास्तवमा यही नै महान् सफलता हो ।

  61. لِمِثۡلِ هَٰذَا فَلۡيَعۡمَلِ ٱلۡعَٰمِلُونَ

    Open ayah 37:61

    यसैकोलागि कर्म गर्नेहरूले कर्म गर्नुपर्छ ।

  62. أَذَٰلِكَ خَيۡرٞ نُّزُلًا أَمۡ شَجَرَةُ ٱلزَّقُّومِ

    Open ayah 37:62

    आतिथ्यस्वरूप यो ( स्वर्ग ) उत्तम रहेको छ, वा जककूम (सिउँडी) को वृक्ष ?”

  63. إِنَّا جَعَلۡنَٰهَا فِتۡنَةٗ لِّلظَّٰلِمِينَ

    Open ayah 37:63

    त्यसलाई हामीले अत्याचारीहरूकालागि प्रकोप बनाइदिएका छौं ।

  64. إِنَّهَا شَجَرَةٞ تَخۡرُجُ فِيٓ أَصۡلِ ٱلۡجَحِيمِ

    Open ayah 37:64

    वास्तवमा त्यो वृक्ष नरकको धरातलमा उम्रन्छ ।

  65. طَلۡعُهَا كَأَنَّهُۥ رُءُوسُ ٱلشَّيَٰطِينِ

    Open ayah 37:65

    त्यसका टुसा शैतानहरूका टाउकाहरूजस्तै छन् ।

  66. فَإِنَّهُمۡ لَأٓكِلُونَ مِنۡهَا فَمَالِـُٔونَ مِنۡهَا ٱلۡبُطُونَ

    Open ayah 37:66

    नरकबासीहरू त्यसैबाट खानेछन् र त्यसैले पेट भर्नेछन् ।

  67. ثُمَّ إِنَّ لَهُمۡ عَلَيۡهَا لَشَوۡبٗا مِّنۡ حَمِيمٖ

    Open ayah 37:67

    फेरि त्यससँगै तिनीहरूलाई उम्लँदो पानी मिश्रण हुने छ ।

  68. ثُمَّ إِنَّ مَرۡجِعَهُمۡ لَإِلَى ٱلۡجَحِيمِ

    Open ayah 37:68

    फेरि तिनीहरूलाई नरकतर्फ फर्काइनेछ ।

  69. إِنَّهُمۡ أَلۡفَوۡاْ ءَابَآءَهُمۡ ضَآلِّينَ

    Open ayah 37:69

    निस्सन्देह तिनीहरूले आफ्ना पूर्वजहरूलाई पथभ्रष्ट नै पाए ।

  70. فَهُمۡ عَلَىٰٓ ءَاثَٰرِهِمۡ يُهۡرَعُونَ 

    Open ayah 37:70

    अनि तिनीहरुकै पदचिन्हमा दौडिरहे ।

  71. وَلَقَدۡ ضَلَّ قَبۡلَهُمۡ أَكۡثَرُ ٱلۡأَوَّلِينَ

    Open ayah 37:71

    तिनीहरूभन्दा पहिले बितेकाहरूमध्ये अधिकांश पथभ्रष्ट नै थिए ।

  72. وَلَقَدۡ أَرۡسَلۡنَا فِيهِم مُّنذِرِينَ

    Open ayah 37:72

    र, हामीले तिनीहरूकहाँ सचेतकहरू पनि पठाएका थियौं ।

  73. فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُنذَرِينَ

    Open ayah 37:73

    अतः हेर कस्तो (नराम्रो) परिणाम भयो सचेत गरिएका मानिसहरूको !

  74. إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ

    Open ayah 37:74

    तर अल्लाहले चयन गरेका भक्तहरूको कुरा बेग्लै छ ।

  75. وَلَقَدۡ نَادَىٰنَا نُوحٞ فَلَنِعۡمَ ٱلۡمُجِيبُونَ

    Open ayah 37:75

    र, निश्चय नै नूहले हामीलाई पुकारे । हेर हामी कति राम्रा प्रार्थना स्वीकारकर्ता हौं !

  76. وَنَجَّيۡنَٰهُ وَأَهۡلَهُۥ مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ

    Open ayah 37:76

    हामीले उनलाई तथा उनका अनुयायीहरूलाई ठूलो सङ्कटबाट बचायौं ।

  77. وَجَعَلۡنَا ذُرِّيَّتَهُۥ هُمُ ٱلۡبَاقِينَ

    Open ayah 37:77

    र, उनका सन्तानलाई नै हामीले बाँकी रहनेवाला बनायौं ।

  78. وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ

    Open ayah 37:78

    र, पछि आउने पुस्ताहरूकालागि हामीले उनको प्रसिद्धि बाँकी राख्यौं ।

  79. سَلَٰمٌ عَلَىٰ نُوحٖ فِي ٱلۡعَٰلَمِينَ

    Open ayah 37:79

    नूहमाथि सलाम होस् सारा जगत्हरूमा ।

  80. إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ 

    Open ayah 37:80

    निस्सन्देह हामी उत्तम कर्म गर्नेहरूलाई यस्तै किसिमको प्रतिदान दिने गर्छौं ।

  81. إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ

    Open ayah 37:81

    निस्सन्देह उनी हाम्रा आस्थावान भक्तहरूमध्येका थिए ।

  82. ثُمَّ أَغۡرَقۡنَا ٱلۡأٓخَرِينَ

    Open ayah 37:82

    तर अन्य मानिसहरूलाई हामीले डुबाइदियौं ।

  83. ۞وَإِنَّ مِن شِيعَتِهِۦ لَإِبۡرَٰهِيمَ

    Open ayah 37:83

    र, उनकै समूहबाट इब्राहीम पनि थिए ।

  84. إِذۡ جَآءَ رَبَّهُۥ بِقَلۡبٖ سَلِيمٍ

    Open ayah 37:84

    स्मरण गर जब उनी आफ्ना पालनकर्तासमक्ष सच्चा हृदयकासाथ उपस्थित भए ।

  85. إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَاذَا تَعۡبُدُونَ

    Open ayah 37:85

    जब उनले आफ्ना पिता तथा जातिका मानिसहरूलाई भने– “तिमीहरू कुन चिजको पूजा गर्छौ ?”

  86. أَئِفۡكًا ءَالِهَةٗ دُونَ ٱللَّهِ تُرِيدُونَ

    Open ayah 37:86

    “के तिमीहरू मिथ्यामै अल्लाहबाहेकका उपास्यहरू चाहन्छौ ?”

  87. فَمَا ظَنُّكُم بِرَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 37:87

    “भन सम्पूर्ण जगत्का पालनकर्ताबारे तिमीहरूको के धारणा छ ?”

  88. فَنَظَرَ نَظۡرَةٗ فِي ٱلنُّجُومِ

    Open ayah 37:88

    र, इब्राहीमले चट्ट ताराहरूलाई हेरे ।

  89. فَقَالَ إِنِّي سَقِيمٞ

    Open ayah 37:89

    अनि भने– “म अस्वस्थ्य छु ।”

  90. فَتَوَلَّوۡاْ عَنۡهُ مُدۡبِرِينَ 

    Open ayah 37:90

    अतः तिनीहरू उनलाई पछाडि छोडेर हिंडे ।

  91. فَرَاغَ إِلَىٰٓ ءَالِهَتِهِمۡ فَقَالَ أَلَا تَأۡكُلُونَ

    Open ayah 37:91

    त्यसपछि उनी तिनीहरूका उपास्यहरूसमक्ष पुगे र भने– “तिमीहरू किन खाँदैनौं ?”

  92. مَا لَكُمۡ لَا تَنطِقُونَ

    Open ayah 37:92

    “तिमीहरूलाई के भएको छ कि तिमीहरू बोल्दैनौ ?”

  93. فَرَاغَ عَلَيۡهِمۡ ضَرۡبَۢا بِٱلۡيَمِينِ

    Open ayah 37:93

    फेरि दाहिने हातले हान्दै तिनीहरूमाथि जाइलागे ।

  94. فَأَقۡبَلُوٓاْ إِلَيۡهِ يَزِفُّونَ

    Open ayah 37:94

    फेरि मानिसहरू उनीतर्फ दगुर्दै आए ।

  95. قَالَ أَتَعۡبُدُونَ مَا تَنۡحِتُونَ

    Open ayah 37:95

    इब्राहीमले सोधे–“के तिमीहरू त्यसको पूजा गर्छौ जसलाई तिमीहरू स्वयं कुँदेर बनाउँछौ ।

  96. وَٱللَّهُ خَلَقَكُمۡ وَمَا تَعۡمَلُونَ

    Open ayah 37:96

    जबकि तिमीहरूलाई तथा तिमीहरूले बनाउने वस्तुहरूलाई अल्लाहले नै सृष्टि गरेका हुन् ?”

  97. قَالُواْ ٱبۡنُواْ لَهُۥ بُنۡيَٰنٗا فَأَلۡقُوهُ فِي ٱلۡجَحِيمِ

    Open ayah 37:97

    तिनीहरूले भने– “उसकोलागि एउटा अग्नि गृह बनाऊ र त्यसलाई त्यही दन्कँदो आगोमा होमिदेऊ ।”

  98. فَأَرَادُواْ بِهِۦ كَيۡدٗا فَجَعَلۡنَٰهُمُ ٱلۡأَسۡفَلِينَ

    Open ayah 37:98

    तिनीहरूले इब्राहीमविरुद्ध उपाय गर्ने एउटा खेल खेल्न चाहे तर हामीले तिनीहरूलाई नै पराजित गरिदियौं ।

  99. وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهۡدِينِ

    Open ayah 37:99

    इब्राहीमले भने–“म आफ्ना पालनकर्तातर्फ जाँदैछु । उनले मलाई अवश्य नै मार्गदर्शन गर्नेछन् ।

  100. رَبِّ هَبۡ لِي مِنَ ٱلصَّٰلِحِينَ 

    Open ayah 37:100

    हे मेरा पालनकर्ता ! मलाई एउटा योग्य सन्तान प्रदान गर ।

  101. فَبَشَّرۡنَٰهُ بِغُلَٰمٍ حَلِيمٖ 

    Open ayah 37:101

    अतः हामीले उनलाई एउटा संयमी पुत्रको शुभसन्देश दियौं ।

  102. فَلَمَّا بَلَغَ مَعَهُ ٱلسَّعۡيَ قَالَ يَٰبُنَيَّ إِنِّيٓ أَرَىٰ فِي ٱلۡمَنَامِ أَنِّيٓ أَذۡبَحُكَ فَٱنظُرۡ مَاذَا تَرَىٰۚ قَالَ يَٰٓأَبَتِ ٱفۡعَلۡ مَا تُؤۡمَرُۖ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰبِرِينَ 

    Open ayah 37:102

    अनि जब त्यो उनीसँग राम्ररी दौडधुप गर्ने उमेरमा पुग्यो तब उनले भने– “मेरो प्रिय छोरा सपनामा मैले स्वयं आफ्नै हातले तिमीलाई वध गर्दै देखेको छु । भन तिम्रो के विचार छ ? छोराले भने–“हे मेरा पिता ! तपाईंलाई जुन आदेश दिइन्छ त्यसको पालना गर्नुहोस् । अल्लाहले चाहेमा तपाईं मलाई धैर्यवानहरूमध्ये पाउनुहुनेछ ।”

  103. فَلَمَّآ أَسۡلَمَا وَتَلَّهُۥ لِلۡجَبِينِ 

    Open ayah 37:103

    अतः जब दुवैले आफूलाई अर्पण गरे र उसलाई जमीनमा घोप्टो पारी लडाए ...

  104. وَنَٰدَيۡنَٰهُ أَن يَٰٓإِبۡرَٰهِيمُ 

    Open ayah 37:104

    तब हामीले पुकार्यौं– “हे इब्राहीम !

  105. قَدۡ صَدَّقۡتَ ٱلرُّءۡيَآۚ إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ 

    Open ayah 37:105

    तिमीले सपना साकार पार्यौ । हामी सुकर्मीहरूलाई अवश्य यस्तै प्रतिदान दिन्छौं ।”

  106. إِنَّ هَٰذَا لَهُوَ ٱلۡبَلَٰٓؤُاْ ٱلۡمُبِينُ 

    Open ayah 37:106

    वास्तवमा त्यो खुल्ला परीक्षा थियो ।

  107. وَفَدَيۡنَٰهُ بِذِبۡحٍ عَظِيمٖ 

    Open ayah 37:107

    र, हामीले बदला स्वरूप एउटा ठूलो बलिद्वारा उसलाई बचायौं ।

  108. وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ 

    Open ayah 37:108

    र, पछि आउने पुस्ताहरूलाई पनि हामीले उनको मार्गमा राख्यौ ।

  109. سَلَٰمٌ عَلَىٰٓ إِبۡرَٰهِيمَ 

    Open ayah 37:109

    सलाम होस् इब्राहीमलाई !

  110. كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ 

    Open ayah 37:110

    सुकर्मीहरूलाई हामी यस्तै प्रतिदान दिने गर्छौं ।

  111. إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ

    Open ayah 37:111

    वास्तवमा उनी हाम्रा आस्थावान भक्तहरूमध्ये थिए ।

  112. وَبَشَّرۡنَٰهُ بِإِسۡحَٰقَ نَبِيّٗا مِّنَ ٱلصَّٰلِحِينَ

    Open ayah 37:112

    र, हामीले उनलाई इस्हाकको पनि शुभसूचना दियौं जो सत्कर्मीहरूमध्ये नबी हुनेछन् ।

  113. وَبَٰرَكۡنَا عَلَيۡهِ وَعَلَىٰٓ إِسۡحَٰقَۚ وَمِن ذُرِّيَّتِهِمَا مُحۡسِنٞ وَظَالِمٞ لِّنَفۡسِهِۦ مُبِينٞ

    Open ayah 37:113

    र, हामीले उनीमाथि तथा इस्हाकमाथि अनुग्रह अवतरण गर्यौं । उनीहरू दुवैका सन्तानहरूमध्ये केही पुण्यकर्मी छन् भने अन्य केही स्वयंमाथि स्पष्ट रूपमा अत्याचार गर्नेहरू ।

  114. وَلَقَدۡ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَٰرُونَ

    Open ayah 37:114

    र, मूसा तथा हारूनमाथि पनि हामीले उपकार गर्यौं ।

  115. وَنَجَّيۡنَٰهُمَا وَقَوۡمَهُمَا مِنَ ٱلۡكَرۡبِ ٱلۡعَظِيمِ

    Open ayah 37:115

    र, उनीहरू दुवैलाई तथा उनका समुदायलाई ठूलो उत्पीडनबाट बचायौं ।

  116. وَنَصَرۡنَٰهُمۡ فَكَانُواْ هُمُ ٱلۡغَٰلِبِينَ

    Open ayah 37:116

    र, उनीहरूलाई सहयोग गर्यौं अतः उनीहरू नै विजयी भए ।

  117. وَءَاتَيۡنَٰهُمَا ٱلۡكِتَٰبَ ٱلۡمُسۡتَبِينَ

    Open ayah 37:117

    र, उनीहरू दुवैलाई अत्यन्त स्पष्ट ग्रन्थ प्रदान गर्यौं ।

  118. وَهَدَيۡنَٰهُمَا ٱلصِّرَٰطَ ٱلۡمُسۡتَقِيمَ

    Open ayah 37:118

    दुवैलाई सीधा बाटो देखायौं ।

  119. وَتَرَكۡنَا عَلَيۡهِمَا فِي ٱلۡأٓخِرِينَ

    Open ayah 37:119

    र, पछि आउने पुस्ताहरूमा पनि हामीले उनीहरू दुवैको मार्गमा राख्यौं ।

  120. سَلَٰمٌ عَلَىٰ مُوسَىٰ وَهَٰرُونَ 

    Open ayah 37:120

    ‘सलाम’ (शान्ति) छ मूसा र हारूनमाथि ।

  121. إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ

    Open ayah 37:121

    सुकर्मी व्यक्तिहरूलाई हामी यस्तै प्रतिदान दिन्छौं ।

  122. إِنَّهُمَا مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ

    Open ayah 37:122

    वास्तवमा उनी दुवै हाम्रा आस्थावन भक्तहरूमध्येका थिए ।

  123. وَإِنَّ إِلۡيَاسَ لَمِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:123

    निस्सन्देह इल्यास पनि सन्देष्टाहरूमध्येका थिए ।

  124. إِذۡ قَالَ لِقَوۡمِهِۦٓ أَلَا تَتَّقُونَ

    Open ayah 37:124

    स्मरण गर जब उनले आफ्ना जातिबन्धुहरूलाई भने– “के तिमीहरू अल्लाहसित डराउँदैनौ ?

  125. أَتَدۡعُونَ بَعۡلٗا وَتَذَرُونَ أَحۡسَنَ ٱلۡخَٰلِقِينَ

    Open ayah 37:125

    के तिमीहरू बअ्ल (नामक मूर्ति) लाई पुकार्छौ र सर्वोत्कृष्ट सृष्टिकर्तालाई छोडिदिन्छौ ।

  126. ٱللَّهَ رَبَّكُمۡ وَرَبَّ ءَابَآئِكُمُ ٱلۡأَوَّلِينَ

    Open ayah 37:126

    अल्लाहलाई जो तिमीहरुका पालनकर्ता तथा तिम्रा पूर्वजहरूका पनि पालनकर्ता हुन् ?”

  127. فَكَذَّبُوهُ فَإِنَّهُمۡ لَمُحۡضَرُونَ

    Open ayah 37:127

    तर उनीहरूले उनलाई मिथ्या ठहर गरे । अतः तिनीहरू अवश्य नै हाजिर गरिनेछन् ।

  128. إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ

    Open ayah 37:128

    तर अल्लाहका विशिष्ट भक्तहरूको कुरा बेग्लै छ ।

  129. وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ

    Open ayah 37:129

    र, पछि आउने पुस्ताहरूमा पनि हामीले उनको मार्गमा राख्यौं ।

  130. سَلَٰمٌ عَلَىٰٓ إِلۡ يَاسِينَ

    Open ayah 37:130

    सलाम (शान्ति) छ इल्यासीनमाथि ।

  131. إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ

    Open ayah 37:131

    सुकर्मीहरूलाई हामी यस्तै प्रतिदान दिन्छौं ।

  132. إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ

    Open ayah 37:132

    वास्तवमा उनी मेरा आस्थावान भक्तहरूमध्येका थिए ।

  133. وَإِنَّ لُوطٗا لَّمِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:133

    र निस्सन्देह लूत पनि सन्देष्टाहरूमध्येका थिए ।

  134. إِذۡ نَجَّيۡنَٰهُ وَأَهۡلَهُۥٓ أَجۡمَعِينَ

    Open ayah 37:134

    स्मरण गर जब हामीले उनलाई र उनका सम्पूर्ण मानिसहरूलाई बचायौं ।

  135. إِلَّا عَجُوزٗا فِي ٱلۡغَٰبِرِينَ

    Open ayah 37:135

    एउटी वृद्ध महिला बाहेक जो पछि रहनेहरूमा परिन् ।

  136. ثُمَّ دَمَّرۡنَا ٱلۡأٓخَرِينَ

    Open ayah 37:136

    फेरि हामीले अन्य सबैलाई पूर्ण रूपमा सखाप पार्यौं ।

  137. وَإِنَّكُمۡ لَتَمُرُّونَ عَلَيۡهِم مُّصۡبِحِينَ

    Open ayah 37:137

    र तिमीहरू त तिनीहरू नष्ट भएकै स्थानबाट बिहानी पख हिंड्छौ ।

  138. وَبِٱلَّيۡلِۚ أَفَلَا تَعۡقِلُونَ

    Open ayah 37:138

    र रातमा पनि । के तिमीहरू विचार गर्दैनौ ?

  139. وَإِنَّ يُونُسَ لَمِنَ ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:139

    र, वास्तवमा यूनुस पनि सन्देष्टाहरूमध्येका थिए ।

  140. إِذۡ أَبَقَ إِلَى ٱلۡفُلۡكِ ٱلۡمَشۡحُونِ 

    Open ayah 37:140

    स्मरण गर जब उनी पूर्ण रूपमा भरिएको डुङ्गातर्फ भागे ।

  141. فَسَاهَمَ فَكَانَ مِنَ ٱلۡمُدۡحَضِينَ

    Open ayah 37:141

    फेरि चिट्ठा हाले । र, उनी पराजित भए ।

  142. فَٱلۡتَقَمَهُ ٱلۡحُوتُ وَهُوَ مُلِيمٞ

    Open ayah 37:142

    अन्ततः उनलाई व्हेल माछाले निल्यो र उनी दोषी थिए ।

  143. فَلَوۡلَآ أَنَّهُۥ كَانَ مِنَ ٱلۡمُسَبِّحِينَ

    Open ayah 37:143

    अनि उनले (अल्लाहको) पवित्रता वर्णन नगरेको भए...

  144. لَلَبِثَ فِي بَطۡنِهِۦٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ

    Open ayah 37:144

    मानवजातिको पुनर्जीवनको दिनसम्म माछाकै पेटमा रहिरहने थिए ।

  145. ۞فَنَبَذۡنَٰهُ بِٱلۡعَرَآءِ وَهُوَ سَقِيمٞ

    Open ayah 37:145

    अतः हामीले उनलाई सुख्खा मैदानमा फ्याँकिदियौं यस अवस्थामा कि उनी अस्वस्थ्य थिए ।

  146. وَأَنۢبَتۡنَا عَلَيۡهِ شَجَرَةٗ مِّن يَقۡطِينٖ

    Open ayah 37:146

    र, उनीमाथि एउटा छायाँ पार्ने झ्याङको रुपमा रुख उमार्यौं ।

  147. وَأَرۡسَلۡنَٰهُ إِلَىٰ مِاْئَةِ أَلۡفٍ أَوۡ يَزِيدُونَ

    Open ayah 37:147

    र, उनलाई एक लाख वा त्यसभन्दा अधिक मानिसहरूतर्फ पठायौं ।

  148. فَـَٔامَنُواْ فَمَتَّعۡنَٰهُمۡ إِلَىٰ حِينٖ

    Open ayah 37:148

    अनि उनीहरूले ईमान ल्याए र हामीले एउटा निश्चित अवधिसम्म उनीहरूलाई सुखमय अवस्थामा राख्यौं ।

  149. فَٱسۡتَفۡتِهِمۡ أَلِرَبِّكَ ٱلۡبَنَاتُ وَلَهُمُ ٱلۡبَنُونَ

    Open ayah 37:149

    अतः (हे मुहम्मद स.! बहुदेववादीहरूलाई) सोध, “के तिम्रा पालनकर्ताकानिम्ति छोरीहरू र तिमीहरूकानिम्ति छोराहरू छन् ?”

  150. أَمۡ خَلَقۡنَا ٱلۡمَلَٰٓئِكَةَ إِنَٰثٗا وَهُمۡ شَٰهِدُونَ 

    Open ayah 37:150

    के हामीले फरिश्ताहरूलाई स्त्री बनायौं र तिनीहरू त्यहाँ उपस्थित थिए ।

  151. أَلَآ إِنَّهُم مِّنۡ إِفۡكِهِمۡ لَيَقُولُونَ

    Open ayah 37:151

    जानिराख ! तिनीहरू निश्चय नै मिथ्या रचेर भन्दैछन्...

  152. وَلَدَ ٱللَّهُ وَإِنَّهُمۡ لَكَٰذِبُونَ

    Open ayah 37:152

    कि अल्लाहका सन्तान छन् भनेर । जबकि तिनीहरू मिथ्यावादी हुन् ।

  153. أَصۡطَفَى ٱلۡبَنَاتِ عَلَى ٱلۡبَنِينَ

    Open ayah 37:153

    के अल्लाहले आफ्नोलागि छोराहरूको साटो छोरीहरू छानेका छन् ?

  154. مَا لَكُمۡ كَيۡفَ تَحۡكُمُونَ

    Open ayah 37:154

    तिमीहरूलाई के भयो, तिमीहरू कस्तो निर्णय गर्छौ ?

  155. أَفَلَا تَذَكَّرُونَ

    Open ayah 37:155

    के तिमीहरू बुद्धिले काम लिंदैनौ ?

  156. أَمۡ لَكُمۡ سُلۡطَٰنٞ مُّبِينٞ

    Open ayah 37:156

    के तिमीहरूसँग यसको कुनै ठोस प्रमाण छ र ?

  157. فَأۡتُواْ بِكِتَٰبِكُمۡ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 37:157

    यदि तिमीहरू सच्चा हौ भने आफ्नो लिखित प्रमाण प्रस्तुत गर ।

  158. وَجَعَلُواْ بَيۡنَهُۥ وَبَيۡنَ ٱلۡجِنَّةِ نَسَبٗاۚ وَلَقَدۡ عَلِمَتِ ٱلۡجِنَّةُ إِنَّهُمۡ لَمُحۡضَرُونَ

    Open ayah 37:158

    यिनीहरूले अल्लाह र जिन्नहरूबीच साइनो भएको ठहराए, जबकि जिन्नहरुलाई राम्ररी थाहा छ कि उनीहरू अवश्य नै (अल्लाहसामु) हाजिर गरिनेछन् ।

  159. سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يَصِفُونَ

    Open ayah 37:159

    अल्लाहको बारेमा जेजति बयान तिनीहरु गर्छन् त्यसबाट अल्लाह पूर्ण पवित्र छन् ।

  160. إِلَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ 

    Open ayah 37:160

    अँ, अल्लाहका विशिष्ट भक्तहरूको कुरा वेग्लै छ ।

  161. فَإِنَّكُمۡ وَمَا تَعۡبُدُونَ

    Open ayah 37:161

    (हे बहुदेववादीहरू हो !) तिमीहरु र जसलाई तिमीहरू पूज्दछौ ।

  162. مَآ أَنتُمۡ عَلَيۡهِ بِفَٰتِنِينَ

    Open ayah 37:162

    तिमीहरू सबै मिलेर पनि कसैलाई अल्लाहबारे गुमराह सक्दैनौ ।

  163. إِلَّا مَنۡ هُوَ صَالِ ٱلۡجَحِيمِ

    Open ayah 37:163

    त्यो ब्यक्तिबाहेक जसलाई नरकमा नै होमिनेछ ।

  164. وَمَا مِنَّآ إِلَّا لَهُۥ مَقَامٞ مَّعۡلُومٞ

    Open ayah 37:164

    र, (फरिश्ताहरू भन्छन्)– हामीमध्ये प्रत्येककोनिम्ति निर्धारित स्थान रहेको छ ।

  165. وَإِنَّا لَنَحۡنُ ٱلصَّآفُّونَ

    Open ayah 37:165

    र, हामी पङक्तिबद्ध उभिरहनेछौं ।

  166. وَإِنَّا لَنَحۡنُ ٱلۡمُسَبِّحُونَ

    Open ayah 37:166

    र, (अल्लाहको) महिमागान गरिरहन्छौं ।

  167. وَإِن كَانُواْ لَيَقُولُونَ

    Open ayah 37:167

    स्सन्देह काफिरहरूले भन्ने गर्थे–

  168. لَوۡ أَنَّ عِندَنَا ذِكۡرٗا مِّنَ ٱلۡأَوَّلِينَ

    Open ayah 37:168

    “यदि हामीसित पहिलेका मानिसहरूको ग्रन्थ भएको भए...

  169. لَكُنَّا عِبَادَ ٱللَّهِ ٱلۡمُخۡلَصِينَ

    Open ayah 37:169

    हामी पनि अल्लाहका विशिष्ट भक्तहरूमध्ये हुने थियौं ।”

  170. فَكَفَرُواْ بِهِۦۖ فَسَوۡفَ يَعۡلَمُونَ 

    Open ayah 37:170

    तर यिनीहरूले यस कुरआनलाई अस्वीकार गरे । अतः चाँडै नै यिनीहरूलाई (यसको परिणाम) थाहा हुनेछ ।

  171. وَلَقَدۡ سَبَقَتۡ كَلِمَتُنَا لِعِبَادِنَا ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:171

    हाम्रा भक्त सन्देष्टाहरूकालागि पहिले नै हाम्रो वचन जारी भइसकेको छ ।

  172. إِنَّهُمۡ لَهُمُ ٱلۡمَنصُورُونَ

    Open ayah 37:172

    कि उनीहरू नै हुन् जसलाई सहयोग गरिनेछ ।

  173. وَإِنَّ جُندَنَا لَهُمُ ٱلۡغَٰلِبُونَ

    Open ayah 37:173

    र, हाम्रै सैन्यहरू विजयी हुनेछन् ।

  174. فَتَوَلَّ عَنۡهُمۡ حَتَّىٰ حِينٖ

    Open ayah 37:174

    अनि केही समयकालागि यिनीहरूबाट अलग भएर बस ।

  175. وَأَبۡصِرۡهُمۡ فَسَوۡفَ يُبۡصِرُونَ

    Open ayah 37:175

    अनि, तिनीहरूलाई हेर्दै गर, र तिनीहरूले पनि चाँडै नै (कुफ्रको परिणाम) देख्नेछन् ।

  176. أَفَبِعَذَابِنَا يَسۡتَعۡجِلُونَ

    Open ayah 37:176

    के तिनीहरू हाम्रो यातनाकोलागि हतारिन्छन् ?

  177. فَإِذَا نَزَلَ بِسَاحَتِهِمۡ فَسَآءَ صَبَاحُ ٱلۡمُنذَرِينَ

    Open ayah 37:177

    तर जब त्यो यातना तिमीहरूको आँगनमा अवतीर्ण हुनेछ तब सचेत गरिएका मानिसहरूको प्रभातकाल अति नै नराम्रो हुनेछ ।

  178. وَتَوَلَّ عَنۡهُمۡ حَتَّىٰ حِينٖ

    Open ayah 37:178

    अनि केही समयकालागि तिनीहरूलाई छोडिदेऊ ।

  179. وَأَبۡصِرۡ فَسَوۡفَ يُبۡصِرُونَ

    Open ayah 37:179

    र, हेर्दै गर । तिनीहरूले चाँडै नै देख्नेछन् ।

  180. سُبۡحَٰنَ رَبِّكَ رَبِّ ٱلۡعِزَّةِ عَمَّا يَصِفُونَ 

    Open ayah 37:180

    तिम्रा सम्मानित पालनकर्ता ती चिजहरूबाट पवित्र छन् जसको वर्णन तिनीहरू गर्दछन् ।

  181. وَسَلَٰمٌ عَلَى ٱلۡمُرۡسَلِينَ

    Open ayah 37:181

    सलाम (शान्ति) होस् सम्पूर्ण संदेष्टाहरूमाथि ।

  182. وَٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 37:182

    र, सारा प्रशंसा अल्लाहकैनिम्ति छन् जो सम्पूर्ण जगतका पालनकर्ता हुन् ।