ص
Saad
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
صٓۚ وَٱلۡقُرۡءَانِ ذِي ٱلذِّكۡرِ
Open ayah 38:1साद०; कसम उपदेशयुक्त कुरआनको ।
بَلِ ٱلَّذِينَ كَفَرُواْ فِي عِزَّةٖ وَشِقَاقٖ
Open ayah 38:2होइन, बरु काफिरहरू अहङ्कार एवं विरोधमा छन् ।
كَمۡ أَهۡلَكۡنَا مِن قَبۡلِهِم مِّن قَرۡنٖ فَنَادَواْ وَّلَاتَ حِينَ مَنَاصٖ
Open ayah 38:3तिनीहरूभन्दा पहिले हामीले कैयौं समुदायहरूलाई नष्ट पार्यौं । अनि तिनीहरू त्यतिखेर चिच्याए जब कि मुक्तिको लागि कुनै समय रहेन ।
وَعَجِبُوٓاْ أَن جَآءَهُم مُّنذِرٞ مِّنۡهُمۡۖ وَقَالَ ٱلۡكَٰفِرُونَ هَٰذَا سَٰحِرٞ كَذَّابٌ
Open ayah 38:4तिनीहरूसमक्ष तिनीहरूमध्येबाट नै एकजना सचेतक आएकोले तिनीहरू आश्चर्यचकित भए । र, काफिरहरूले भने– “यो एउटा जादूगर एवं अति झूठो व्यक्ति हो ।
أَجَعَلَ ٱلۡأٓلِهَةَ إِلَٰهٗا وَٰحِدًاۖ إِنَّ هَٰذَا لَشَيۡءٌ عُجَابٞ
Open ayah 38:5के यसले यति धेरै उपास्यहरूलाई एउटै उपास्य बनाइदियो ? वास्तवमा यो अत्यन्तै आश्चर्यजनक कुरा हो ।”
وَٱنطَلَقَ ٱلۡمَلَأُ مِنۡهُمۡ أَنِ ٱمۡشُواْ وَٱصۡبِرُواْ عَلَىٰٓ ءَالِهَتِكُمۡۖ إِنَّ هَٰذَا لَشَيۡءٞ يُرَادُ
Open ayah 38:6त्यसपछि तिनीहरूका अगुवा यो भन्दै हिंडे कि जाऊ र आफ्ना ईश्वरहरूको पूजामा अडिग होऊ, निश्चय नै चाहिएको कुरा निश्चय यही हो ।
مَا سَمِعۡنَا بِهَٰذَا فِي ٱلۡمِلَّةِ ٱلۡأٓخِرَةِ إِنۡ هَٰذَآ إِلَّا ٱخۡتِلَٰقٌ
Open ayah 38:7बिगतको धर्ममा त हामीले यस प्रकारको कुरा सुनेकै छैनौं । यो कपोलकल्पित कुरा मात्र हो ।
أَءُنزِلَ عَلَيۡهِ ٱلذِّكۡرُ مِنۢ بَيۡنِنَاۚ بَلۡ هُمۡ فِي شَكّٖ مِّن ذِكۡرِيۚ بَل لَّمَّا يَذُوقُواْ عَذَابِ
Open ayah 38:8( भन्छन् ) के हामीमध्ये यही एउटा व्यक्ति हो जसमाथि उपदेश अवतरण गरिएको छ ? होइन, बरु वास्तविकता के छ भने यी काफिरहरू मेरो ग्रन्थको विषयमा सन्देहमा छन् । होइन, बरु यिनीहरूले मेरो यातना (को स्वाद) अहिलेसम्म चाखेकै छैनन् ।
أَمۡ عِندَهُمۡ خَزَآئِنُ رَحۡمَةِ رَبِّكَ ٱلۡعَزِيزِ ٱلۡوَهَّابِ
Open ayah 38:9( सोध ) के यिनीहरूसँग तिम्रा प्रभुत्वशाली, महानदाता, पालनकर्ताको कृपाको भण्डार छ ?
أَمۡ لَهُم مُّلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَاۖ فَلۡيَرۡتَقُواْ فِي ٱلۡأَسۡبَٰبِ
Open ayah 38:10वा आकाशहरू, पृथ्वी र यी दुवैबीच भएका चिजहरूको सत्ताधिकार तिनीहरूको हातमा छ ? छ भने यिनीहरू डोरीको माध्यमले आकाशमा चढून् !
جُندٞ مَّا هُنَالِكَ مَهۡزُومٞ مِّنَ ٱلۡأَحۡزَابِ
Open ayah 38:11यी समूहहरूमध्ये कस्ता कस्ता सैन्य दलले त पराजय भोगिसकेका छन् ।
كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَعَادٞ وَفِرۡعَوۡنُ ذُو ٱلۡأَوۡتَادِ
Open ayah 38:12तिनीहरूभन्दा पहिले नूहको समुदाय, आद र किल्ला राखेका फिरऔनले मिथ्या ठहर गरेका थिए ।
وَثَمُودُ وَقَوۡمُ لُوطٖ وَأَصۡحَٰبُ لۡـَٔيۡكَةِۚ أُوْلَٰٓئِكَ ٱلۡأَحۡزَابُ
Open ayah 38:13र समूद, लूतको समुदाय र ऐका बासीहरूले पनि । यिनीहरू नै ( पराजय भोग्ने ) ती समूहहरू हुन् ।
إِن كُلٌّ إِلَّا كَذَّبَ ٱلرُّسُلَ فَحَقَّ عِقَابِ
Open ayah 38:14तिनीहरुमध्ये प्रत्येकले आ–आफ्ना रसूललाई मिथ्या ठहर गर्यो । अन्ततः मेरो प्रकोप (उनीहरू– माथि) सत्यसिद्ध भयो ।
وَمَا يَنظُرُ هَٰٓؤُلَآءِ إِلَّا صَيۡحَةٗ وَٰحِدَةٗ مَّا لَهَا مِن فَوَاقٖ
Open ayah 38:15यिनीहरू केवल एउटा भयावह चित्कारको प्रतीक्षामा छन् जसमा कुनै पनि ढिलो हुने छैन ।
وَقَالُواْ رَبَّنَا عَجِّل لَّنَا قِطَّنَا قَبۡلَ يَوۡمِ ٱلۡحِسَابِ
Open ayah 38:16तिनीहरू भन्छन्– “हे हाम्रा पालनकर्ता ! हामीलाई हिसाब किताबको दिनभन्दा पहिले नै हाम्रो (दण्डको) अंश देऊ ।
ٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَٱذۡكُرۡ عَبۡدَنَا دَاوُۥدَ ذَا ٱلۡأَيۡدِۖ إِنَّهُۥٓ أَوَّابٌ
Open ayah 38:17(हे मुहम्मद स.!) यिनीहरूका कुरामा धैर्यधारण गर, र स्मरण गर हाम्रो शक्तिशाली भक्त दाऊदलाई । निस्सन्देह उनी अत्यन्त आज्ञाकारी थिए ।
إِنَّا سَخَّرۡنَا ٱلۡجِبَالَ مَعَهُۥ يُسَبِّحۡنَ بِٱلۡعَشِيِّ وَٱلۡإِشۡرَاقِ
Open ayah 38:18हामीले पहाडहरूलाई उनको अधीनस्थ गरेका थियौं जुन उनीसँगै साँझ र बिहान महिमागान गर्नेगर्थे ।
وَٱلطَّيۡرَ مَحۡشُورَةٗۖ كُلّٞ لَّهُۥٓ أَوَّابٞ
Open ayah 38:19र, पंक्षीहरू जुन उनीसमक्ष भेला हुन्थे । ती सबै उनका आज्ञाकारी थिए ।
وَشَدَدۡنَا مُلۡكَهُۥ وَءَاتَيۡنَٰهُ ٱلۡحِكۡمَةَ وَفَصۡلَ ٱلۡخِطَابِ
Open ayah 38:20अनि, हामीले उनको शासनलाई सुदृढ तुल्याएका थियौं र उनलाई तत्वदर्शिता एवं मामलाको निर्णयशक्ति प्रदान गरेका थियौं ।
۞وَهَلۡ أَتَىٰكَ نَبَؤُاْ ٱلۡخَصۡمِ إِذۡ تَسَوَّرُواْ ٱلۡمِحۡرَابَ
Open ayah 38:21के तिमीलाई झगडा गर्ने मानिसहरूको समाचार प्राप्त भयो जब तिनीहरू पर्खाल नाघेर मिहराब (भक्तिकोठा) पुगेका थिए ?
إِذۡ دَخَلُواْ عَلَىٰ دَاوُۥدَ فَفَزِعَ مِنۡهُمۡۖ قَالُواْ لَا تَخَفۡۖ خَصۡمَانِ بَغَىٰ بَعۡضُنَا عَلَىٰ بَعۡضٖ فَٱحۡكُم بَيۡنَنَا بِٱلۡحَقِّ وَلَا تُشۡطِطۡ وَٱهۡدِنَآ إِلَىٰ سَوَآءِ ٱلصِّرَٰطِ
Open ayah 38:22उनीहरू दाऊदसमक्ष पुगेपछि दाऊद डराए । उनीहरूले भने– “नडराउनुहोस्; हामी दुवै प्रतिवादी पक्ष हौं । हामीमध्ये एकले अर्कोमाथि अन्याय गरेका छ । अतः तपाईं हामीहरूबीच न्यायका साथ निर्णय गरिदिनुहोस् र पक्षपात नगर्नुहोस् । र, हामीलाई सीधामार्गको निर्देशन दिनुहोस् ।
إِنَّ هَٰذَآ أَخِي لَهُۥ تِسۡعٞ وَتِسۡعُونَ نَعۡجَةٗ وَلِيَ نَعۡجَةٞ وَٰحِدَةٞ فَقَالَ أَكۡفِلۡنِيهَا وَعَزَّنِي فِي ٱلۡخِطَابِ
Open ayah 38:23यो मेरो भाइ हो जससँग उनान्सयवटा भेडी छन्, र मसित एउटा मात्र भेडी छ । तर उसले भन्छ– “यो एउटा भेडी पनि मलाई नै देऊ ।” र, कुरा गर्दा मलाई धेरै हेपेको छ ।
قَالَ لَقَدۡ ظَلَمَكَ بِسُؤَالِ نَعۡجَتِكَ إِلَىٰ نِعَاجِهِۦۖ وَإِنَّ كَثِيرٗا مِّنَ ٱلۡخُلَطَآءِ لَيَبۡغِي بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٍ إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَقَلِيلٞ مَّا هُمۡۗ وَظَنَّ دَاوُۥدُ أَنَّمَا فَتَنَّٰهُ فَٱسۡتَغۡفَرَ رَبَّهُۥ وَخَرَّۤ رَاكِعٗاۤ وَأَنَابَ۩
Open ayah 38:24दाऊदले भने– “आफ्ना भेडीहरूमा मिसाउन तिम्रो भेडी मागेर उसले तिमीमाथि अन्याय गरेको छ । र, साझेदारहरूमध्ये अधिकांश एक अर्कामाथि अन्याय नै गर्छन् । सिवाय ती मानिसहरु जसले ईमान ल्याए र सत्कर्म गरे । तर यस्ता व्यक्ति धेरै कम छन् । र, हामीले उनको परीक्षा लियौं भन्ने कुरा दाउदले बुझे । अतः उनले आफ्ना पालनकर्तासित क्षमायाचना गरे तथा झुके र सज्दा गरे अनि पूर्ण रूपमा अल्लाहतिर फर्के ।
فَغَفَرۡنَا لَهُۥ ذَٰلِكَۖ وَإِنَّ لَهُۥ عِندَنَا لَزُلۡفَىٰ وَحُسۡنَ مَـَٔابٖ
Open ayah 38:25तसर्थ हामीले यसको लागि उनलाई क्षमा गर्यौं । निस्सन्देह उनकालागि हामीकहाँ प्रतिष्ठित तथा उत्तम बासस्थान छ ।
يَٰدَاوُۥدُ إِنَّا جَعَلۡنَٰكَ خَلِيفَةٗ فِي ٱلۡأَرۡضِ فَٱحۡكُم بَيۡنَ ٱلنَّاسِ بِٱلۡحَقِّ وَلَا تَتَّبِعِ ٱلۡهَوَىٰ فَيُضِلَّكَ عَن سَبِيلِ ٱللَّهِۚ إِنَّ ٱلَّذِينَ يَضِلُّونَ عَن سَبِيلِ ٱللَّهِ لَهُمۡ عَذَابٞ شَدِيدُۢ بِمَا نَسُواْ يَوۡمَ ٱلۡحِسَابِ
Open ayah 38:26हे दाऊद ! हामीले तिमीलाई धर्तीमा ‘खलीफा’ (नायब) बनायौं । अतः मानिसहरूबीच सत्यकासाथ निर्णय गर्ने गर र मनोकाङ्क्षाको अनुसरण नगर, नत्र यसले तिमीलाई अल्लाहको मार्गबाट भडकाउनेछ । निश्चय नै जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन् तिनीहरूले हिसाब–किताबको दिनलाई बिर्सिदिएको कारणले तिनीहरूकालागि कठोर यातना छ ।
وَمَا خَلَقۡنَا ٱلسَّمَآءَ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا بَٰطِلٗاۚ ذَٰلِكَ ظَنُّ ٱلَّذِينَ كَفَرُواْۚ فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِنَ ٱلنَّارِ
Open ayah 38:27र, हामीले आकाश, पृथ्वी तथा यी दुवैबीच भएका चिजहरूलाई बेकारमा सृष्टि गरेका छैनौं । यो त काफिरहरूको सोचाइ हो । अनि काफिरहरूकालागि नरकको यातना रहेकोछ ।
أَمۡ نَجۡعَلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ كَٱلۡمُفۡسِدِينَ فِي ٱلۡأَرۡضِ أَمۡ نَجۡعَلُ ٱلۡمُتَّقِينَ كَٱلۡفُجَّارِ
Open ayah 38:28के हामी आस्थावान तथा सत्कर्मीहरूलाई धर्तीमा विध्वंस मच्चाउने मानिसहरूजस्तै बनाउँछौं त, वा ईशपरायणहरूलाई दुष्कर्मीहरूजस्तै बनाउँछौं र ?
كِتَٰبٌ أَنزَلۡنَٰهُ إِلَيۡكَ مُبَٰرَكٞ لِّيَدَّبَّرُوٓاْ ءَايَٰتِهِۦ وَلِيَتَذَكَّرَ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ
Open ayah 38:29जुन ग्रंथन हामीले तिमीतर्फ अवतरित गरेका छौं अत्यन्त बरकतयुक्त ग्रन्थ हो, ताकि उनीहरूले त्यसका आयतहरूमाथि मनन गरून् र बुद्धिमानहरूले उपदेश ग्रहण गरून् ।
وَوَهَبۡنَا لِدَاوُۥدَ سُلَيۡمَٰنَۚ نِعۡمَ ٱلۡعَبۡدُ إِنَّهُۥٓ أَوَّابٌ
Open ayah 38:30र, हामीले दाऊदलाई सुलैमान प्रदान गर्यौं । उनी अति असल भक्त थिए । वास्तवमा उनी अत्यन्तै आज्ञाकारी थिए ।
إِذۡ عُرِضَ عَلَيۡهِ بِٱلۡعَشِيِّ ٱلصَّٰفِنَٰتُ ٱلۡجِيَادُ
Open ayah 38:31जब उनीसमक्ष साँझपख द्रुतगतिका सर्वोत्तम नश्लका घोडाहरू पेश गरिए...
فَقَالَ إِنِّيٓ أَحۡبَبۡتُ حُبَّ ٱلۡخَيۡرِ عَن ذِكۡرِ رَبِّي حَتَّىٰ تَوَارَتۡ بِٱلۡحِجَابِ
Open ayah 38:32तब उनले भने, “मैले आफ्नो रबको स्मरणकोलागि यो सम्पतिको मोह गरें । यहाँसम्म कि सूर्य दृष्टिबाट ओझेल भयो ।”
رُدُّوهَا عَلَيَّۖ فَطَفِقَ مَسۡحَۢا بِٱلسُّوقِ وَٱلۡأَعۡنَاقِ
Open ayah 38:33(तब उनले आदेश दिए)– “ती घोडाहरू फिर्ता ल्याऊ ।” अनि तिनी (घोडा) हरुका पिंडौला तथा गर्धनहरूमा सुमसुमाउन थाले ।
وَلَقَدۡ فَتَنَّا سُلَيۡمَٰنَ وَأَلۡقَيۡنَا عَلَىٰ كُرۡسِيِّهِۦ جَسَدٗا ثُمَّ أَنَابَ
Open ayah 38:34र, हामीले सुलैमानलाई जाँच्यौं । र, उनको कुर्सीमाथि एउटा शरीर राख्यौं । तब उनले पश्चाताप गरे ।
قَالَ رَبِّ ٱغۡفِرۡ لِي وَهَبۡ لِي مُلۡكٗا لَّا يَنۢبَغِي لِأَحَدٖ مِّنۢ بَعۡدِيٓۖ إِنَّكَ أَنتَ ٱلۡوَهَّابُ
Open ayah 38:35सुलैमानले प्रार्थना गरे– “हे मेरा पालनकर्ता ! मलाई क्षमा गर र यस्तो शासन प्रदान गर जुन म पछि कसैकोलागि उपयुक्त नहोस् । निस्सन्देह तिमी नै महान् दाता हौ ।
فَسَخَّرۡنَا لَهُ ٱلرِّيحَ تَجۡرِي بِأَمۡرِهِۦ رُخَآءً حَيۡثُ أَصَابَ
Open ayah 38:36अनि हामीले हावालाई उनको अधीनमा पार्यौं जो उनको आदेश अनुसार जतातिर उनले इच्छा गर्थे उतै चल्ने गथ्र्यो ।,
وَٱلشَّيَٰطِينَ كُلَّ بَنَّآءٖ وَغَوَّاصٖ
Open ayah 38:37शैतानहरूलाई पनि उनको अधीनमा पार्यौं जो सिपालु डकर्मी तथा पौडीबाज थिए...
وَءَاخَرِينَ مُقَرَّنِينَ فِي ٱلۡأَصۡفَادِ
Open ayah 38:38र अन्य जञ्जीरले बाँधिएकाहरुलाई पनि ।
هَٰذَا عَطَآؤُنَا فَٱمۡنُنۡ أَوۡ أَمۡسِكۡ بِغَيۡرِ حِسَابٖ
Open ayah 38:39(हामीले भन्यौं)– “यो हाम्रो अपार ( बेहिसाब ) वरदान हो; तिमीलाई अधिकार छ कि जसलाई चाह देऊ वा रोकी राख ।”
وَإِنَّ لَهُۥ عِندَنَا لَزُلۡفَىٰ وَحُسۡنَ مَـَٔابٖ
Open ayah 38:40निस्सन्देह उनका लागि हामीकहाँ प्रतिष्ठित तथा उत्तम बासस्थान छ ।
وَٱذۡكُرۡ عَبۡدَنَآ أَيُّوبَ إِذۡ نَادَىٰ رَبَّهُۥٓ أَنِّي مَسَّنِيَ ٱلشَّيۡطَٰنُ بِنُصۡبٖ وَعَذَابٍ
Open ayah 38:41र, हाम्रा भक्त ऐय्यूबलाई स्मरण गर, जब उनले आफ्ना पालनकर्तालाई पुकार्दै भने– “मलाई शैतानले पीडा र दुःख दिएको छ ।”
ٱرۡكُضۡ بِرِجۡلِكَۖ هَٰذَا مُغۡتَسَلُۢ بَارِدٞ وَشَرَابٞ
Open ayah 38:42(आदेश भयो)– आफ्ना खुट्टा (भूमिमा) बजार । यो नुहाउन र पिउन दुवैकोलागि चिसो (पानी) हो ।
وَوَهَبۡنَا لَهُۥٓ أَهۡلَهُۥ وَمِثۡلَهُم مَّعَهُمۡ رَحۡمَةٗ مِّنَّا وَذِكۡرَىٰ لِأُوْلِي ٱلۡأَلۡبَٰبِ
Open ayah 38:43अनि, हामीले उनलाई उनका सम्पूर्ण परिवार प्रदान गर्यौं र त्यति नै अरू पनि थप (प्रदान गर्यौं) ।[ ] त्यो हाम्रोतर्फबाट कृपा तथा ज्ञानवान्हरूका– लागि उपदेश थियो ।
وَخُذۡ بِيَدِكَ ضِغۡثٗا فَٱضۡرِب بِّهِۦ وَلَا تَحۡنَثۡۗ إِنَّا وَجَدۡنَٰهُ صَابِرٗاۚ نِّعۡمَ ٱلۡعَبۡدُ إِنَّهُۥٓ أَوَّابٞ
Open ayah 38:44अनि, आफ्नो हातले कूचो समात र त्यसले हिर्काऊ अनि कसम नतोड । वास्तवमा हामीले ऐय्युबलाई संयमी पायौं । कति असल भक्त थिए उनी! निस्सन्देह उनी अति प्रायश्चितकर्ता थिए ।
وَٱذۡكُرۡ عِبَٰدَنَآ إِبۡرَٰهِيمَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ أُوْلِي ٱلۡأَيۡدِي وَٱلۡأَبۡصَٰرِ
Open ayah 38:45र, हाम्रा भक्तहरु इब्राहीम, इस्हाक, तथा यअ्कूबलाई स्मरण गर जो सक्षम तथा दूरदर्शी थिए ।
إِنَّآ أَخۡلَصۡنَٰهُم بِخَالِصَةٖ ذِكۡرَى ٱلدَّارِ
Open ayah 38:46उनीहरूलाई हामीले एउटा विशेष कार्य अर्थात् आखिरतलाई स्मरण गराउनको लागि चयन गरेका थियौं ।
وَإِنَّهُمۡ عِندَنَا لَمِنَ ٱلۡمُصۡطَفَيۡنَ ٱلۡأَخۡيَارِ
Open ayah 38:47र, यिनीहरू सबै हामीकहाँ चयन गरिएका सत्कर्मीहरु मध्येका भक्त हुन् ।
وَٱذۡكُرۡ إِسۡمَٰعِيلَ وَٱلۡيَسَعَ وَذَا ٱلۡكِفۡلِۖ وَكُلّٞ مِّنَ ٱلۡأَخۡيَارِ
Open ayah 38:48र इस्माईल, यसअ् र जुल्किफ्ललाई पनि स्मरण गर । यिनीहरू सबै सत्कर्मी व्यक्तिहरूमध्ये थिए ।
هَٰذَا ذِكۡرٞۚ وَإِنَّ لِلۡمُتَّقِينَ لَحُسۡنَ مَـَٔابٖ
Open ayah 38:49यो उपदेश हो र वास्तवमा ईशभय राख्नेहरूकालागि राम्रो स्थान हो...
جَنَّٰتِ عَدۡنٖ مُّفَتَّحَةٗ لَّهُمُ ٱلۡأَبۡوَٰبُ
Open ayah 38:50अर्थात् सदा रहिरहने बगैंचाहरू ( स्वर्ग ) जसका ढोकाहरू उनीहरूकालागि खुल्ला रहनेछन्...
مُتَّكِـِٔينَ فِيهَا يَدۡعُونَ فِيهَا بِفَٰكِهَةٖ كَثِيرَةٖ وَشَرَابٖ
Open ayah 38:51त्यहाँ सिरानीमा अडेस लागेर बसी अनेकथरिका फलफूल तथा पेयपदार्थ मगाइरहेका हुनेछन् ।
۞وَعِندَهُمۡ قَٰصِرَٰتُ ٱلطَّرۡفِ أَتۡرَابٌ
Open ayah 38:52र, उनीहरूसँग लजालु समआयु अप्सराहरू हुनेछन् ।
هَٰذَا مَا تُوعَدُونَ لِيَوۡمِ ٱلۡحِسَابِ
Open ayah 38:53( त्यस दिन भनिने छ ) यो त्यही हो जसको वाचा तिमीहरूसित हिसाबको दिनको लागि गरिएको थियो ।
إِنَّ هَٰذَا لَرِزۡقُنَا مَا لَهُۥ مِن نَّفَادٍ
Open ayah 38:54यो हामीले प्रदान गरेको आजीविका हो जुन कहिल्यै समाप्त हुने छैन ।
هَٰذَاۚ وَإِنَّ لِلطَّٰغِينَ لَشَرَّ مَـَٔابٖ
Open ayah 38:55एकातिर यो हो । अर्कोतिर उद्दण्डहरूकालागि अति नराम्रो स्थान हो...
جَهَنَّمَ يَصۡلَوۡنَهَا فَبِئۡسَ ٱلۡمِهَادُ
Open ayah 38:56नरक, जसमा तिनीहरू होमिनेछन् । हाय ! त्यो साह्रै निकृष्ट निवास हो ।
هَٰذَا فَلۡيَذُوقُوهُ حَمِيمٞ وَغَسَّاقٞ
Open ayah 38:57यो उम्लँदो पानी र पीप हो । अब यिनीहरूले यसैलाई चाखून् !
وَءَاخَرُ مِن شَكۡلِهِۦٓ أَزۡوَٰجٌ
Open ayah 38:58र, यस्तै प्रकारका विभिन्न चिजहरु पनि ।
هَٰذَا فَوۡجٞ مُّقۡتَحِمٞ مَّعَكُمۡ لَا مَرۡحَبَۢا بِهِمۡۚ إِنَّهُمۡ صَالُواْ ٱلنَّارِ
Open ayah 38:59( अगुवाहरुले एकअर्कालाई भन्नेछन् ) यो समूह पनि तिमीहरूसँगै नरकमा जानेछ । तिनीहरूकालागि कुनै स्वागत छैन । तिनीहरू अवश्य नै नरकमा होमिनेछन् ।
قَالُواْ بَلۡ أَنتُمۡ لَا مَرۡحَبَۢا بِكُمۡۖ أَنتُمۡ قَدَّمۡتُمُوهُ لَنَاۖ فَبِئۡسَ ٱلۡقَرَارُ
Open ayah 38:60(अनुयायीहरूले भन्नेछन्) बरु तिमीहरूकोलागि कुनै स्वागत छैन । तिमीहरूले नै यो (प्रकोप) हामीसमक्ष ल्याएका छौ । हाय ! यो कति निकृष्ट स्थान रहेछ !
قَالُواْ رَبَّنَا مَن قَدَّمَ لَنَا هَٰذَا فَزِدۡهُ عَذَابٗا ضِعۡفٗا فِي ٱلنَّارِ
Open ayah 38:61तिनीहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! जसले यसलाई हामीसमक्ष ल्याएको छ उसलाई नरकको दुई गुणा यातना देऊ ।”
وَقَالُواْ مَا لَنَا لَا نَرَىٰ رِجَالٗا كُنَّا نَعُدُّهُم مِّنَ ٱلۡأَشۡرَارِ
Open ayah 38:62र, नरकवासीहरूले भन्नेछन्– खै, हामी त देख्दैनौं उनीहरूलाई, जसलाई हामी दुष्टहरूमा गन्ने गर्थ्यौ ?
أَتَّخَذۡنَٰهُمۡ سِخۡرِيًّا أَمۡ زَاغَتۡ عَنۡهُمُ ٱلۡأَبۡصَٰرُ
Open ayah 38:63के हामीले नै उनीहरूको ठट्टा गरेका थियौं वा हाम्रो दृष्टि नै उनीहरूबाट फेरिएका छन् ?
إِنَّ ذَٰلِكَ لَحَقّٞ تَخَاصُمُ أَهۡلِ ٱلنَّارِ
Open ayah 38:64स्सन्देह, नरकबासीहरूबीच यो झगडा अवश्य नै हुनेछ ।
قُلۡ إِنَّمَآ أَنَا۠ مُنذِرٞۖ وَمَا مِنۡ إِلَٰهٍ إِلَّا ٱللَّهُ ٱلۡوَٰحِدُ ٱلۡقَهَّارُ
Open ayah 38:65भनिदेऊ ! म केवल सचेतक हुँ र एकमात्र प्रभुत्वशाली अल्लाहबाहेक अन्य कोही उपास्य छैन ।
رَبُّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلۡعَزِيزُ ٱلۡغَفَّٰرُ
Open ayah 38:66आकाशहरु तथा धर्ती र यी दुवैबीचरहेका सम्पूर्ण चीचहरुका पालनकर्ता, अत्यन्त प्रभुत्वशाली अति क्षमाशील ।
قُلۡ هُوَ نَبَؤٌاْ عَظِيمٌ
Open ayah 38:67भनिदेऊ– “यो एउटा ठूलो सूचना हो ।
أَنتُمۡ عَنۡهُ مُعۡرِضُونَ
Open ayah 38:68जसबाट तिमीहरू बिमुख भइरहेका छौ ।
مَا كَانَ لِيَ مِنۡ عِلۡمِۭ بِٱلۡمَلَإِ ٱلۡأَعۡلَىٰٓ إِذۡ يَخۡتَصِمُونَ
Open ayah 38:69मलाई माथिल्लो संसारको केही ज्ञान थिएन, जब तिनीहरू वाद-विवाद गर्दै थिए ।
إِن يُوحَىٰٓ إِلَيَّ إِلَّآ أَنَّمَآ أَنَا۠ نَذِيرٞ مُّبِينٌ
Open ayah 38:70ममाथि वहय यस कारणले गरिन्छ कि म स्पष्ट सचेतक हुँ ।”
إِذۡ قَالَ رَبُّكَ لِلۡمَلَٰٓئِكَةِ إِنِّي خَٰلِقُۢ بَشَرٗا مِّن طِينٖ
Open ayah 38:71त्यो समयलाई स्मरण गर जब तिम्रा पालनकर्ताले फरिश्ताहरूलाई भने– “म गिलो माटोद्वारा मानवको सृष्टि गर्नेछु ।”
فَإِذَا سَوَّيۡتُهُۥ وَنَفَخۡتُ فِيهِ مِن رُّوحِي فَقَعُواْ لَهُۥ سَٰجِدِينَ
Open ayah 38:72तसर्थ मैले त्यसलाई ठीक पारेपछि र त्यसमा आफ्नो आत्मा फुकेपछि तिमीहरू उनीसमक्ष सज्दा गर ।
فَسَجَدَ ٱلۡمَلَٰٓئِكَةُ كُلُّهُمۡ أَجۡمَعُونَ
Open ayah 38:73अतः सारा फरिश्ताहरूले सज्दा गरे ।
إِلَّآ إِبۡلِيسَ ٱسۡتَكۡبَرَ وَكَانَ مِنَ ٱلۡكَٰفِرِينَ
Open ayah 38:74तर इब्लीसले गरेन । उसले घमण्ड गर्यो र ऊ काफिरहरूमध्ये भयो ।
قَالَ يَٰٓإِبۡلِيسُ مَا مَنَعَكَ أَن تَسۡجُدَ لِمَا خَلَقۡتُ بِيَدَيَّۖ أَسۡتَكۡبَرۡتَ أَمۡ كُنتَ مِنَ ٱلۡعَالِينَ
Open ayah 38:75(अल्लाहले सोधे)– “हे इब्लीस ! जसलाई मैले आफ्नो हातले सृष्टि गरें त्यससामु सज्दा गर्नबाट तिमीलाई केले रोक्यो ? के तिमी ठूलो बन्न चाहन्छौ वा ठूला बडाहरूमध्येका हौ ?”
قَالَ أَنَا۠ خَيۡرٞ مِّنۡهُ خَلَقۡتَنِي مِن نَّارٖ وَخَلَقۡتَهُۥ مِن طِينٖ
Open ayah 38:76उसले भन्यो– “म ऊभन्दा श्रेष्ठ छु । तिमीले मलाई अग्निबाट सृष्टि गर्यौ र उसलाई चाहिँ माटोबाट ।
قَالَ فَٱخۡرُجۡ مِنۡهَا فَإِنَّكَ رَجِيمٞ
Open ayah 38:77अल्लाहले आदेश दिए– “निस्क यहाँबाट ! किनभने तिमी तिरस्कृत छौ ।
وَإِنَّ عَلَيۡكَ لَعۡنَتِيٓ إِلَىٰ يَوۡمِ ٱلدِّينِ
Open ayah 38:78महाप्रलयको दिनसम्म तिमीमाथि मेरो अभिशाप छ ।”
قَالَ رَبِّ فَأَنظِرۡنِيٓ إِلَىٰ يَوۡمِ يُبۡعَثُونَ
Open ayah 38:79उसले भन्यो– “हे मेरा पालनकर्ता ! मानिसहरूलाई पुनर्जीवित गरिने दिनसम्मकालागि मलाई अवसर देऊ ।”
قَالَ فَإِنَّكَ مِنَ ٱلۡمُنظَرِينَ
Open ayah 38:80अल्लाहले भने– “तिमीलाई अवसर दिइयो...
إِلَىٰ يَوۡمِ ٱلۡوَقۡتِ ٱلۡمَعۡلُومِ
Open ayah 38:81एउटा निर्धारित अवधि दिनसम्म ।”
قَالَ فَبِعِزَّتِكَ لَأُغۡوِيَنَّهُمۡ أَجۡمَعِينَ
Open ayah 38:82इब्लीसले भन्यो– “तिम्रो प्रतिष्ठाको कसम ! म यिनीहरू सबैलाई पथभ्रष्ट गरेरै छोड्नेछु ।
إِلَّا عِبَادَكَ مِنۡهُمُ ٱلۡمُخۡلَصِينَ
Open ayah 38:83तिम्रा ती भक्तहरूबाहेक जसलाई तिमीले चयन गरेका छौ ।”
قَالَ فَٱلۡحَقُّ وَٱلۡحَقَّ أَقُولُ
Open ayah 38:84अल्लाहले भने– “यो नितान्त सत्य हो र म नितान्त सत्य नै भन्छु ।
لَأَمۡلَأَنَّ جَهَنَّمَ مِنكَ وَمِمَّن تَبِعَكَ مِنۡهُمۡ أَجۡمَعِينَ
Open ayah 38:85तिमी र मानिसहरूमध्ये जसले तिम्रो अनुसरण गर्छ म अवश्य सबैलाई नरकमा होमेर त्यसलाई भर्नेछु ।”
قُلۡ مَآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ مِنۡ أَجۡرٖ وَمَآ أَنَا۠ مِنَ ٱلۡمُتَكَلِّفِينَ
Open ayah 38:86भनिदेऊ–“म तिमीहरूसित यसको प्रतिफल माग्दिन, र म आडम्बरीहरूमध्येको पनि होइन ।
إِنۡ هُوَ إِلَّا ذِكۡرٞ لِّلۡعَٰلَمِينَ
Open ayah 38:87यो कुरआन जगत्बासीहरूकालागि एउटा उपदेश मात्र हो ।
وَلَتَعۡلَمُنَّ نَبَأَهُۥ بَعۡدَ حِينِۭ
Open ayah 38:88र, निश्चय नै तिमीहरूलाई यसले दिएको समाचार को ( वास्तविकता ) चाँडै नै थाहा भइहाल्नेछ ।”