الزمر

Az-Zumar

The Groups · Surah 39 · Ayahs: 75 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ

    Open ayah 39:1

    यस ग्रन्थको अवतरण प्रभुत्वशाली एवं तत्वदर्शी अल्लाहको तर्फबाट भएको हो ।

  2. إِنَّآ أَنزَلۡنَآ إِلَيۡكَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ فَٱعۡبُدِ ٱللَّهَ مُخۡلِصٗا لَّهُ ٱلدِّينَ

    Open ayah 39:2

    निस्सन्देह हामीले यस ग्रन्थलाई नितान्त सत्यकासाथ तिमीमाथि अवतरण गरेका छौं । अतः आज्ञापालनलाई अल्लाहकैलागि विशिष्ट गरी उनको उपासना गर ।

  3. أَلَا لِلَّهِ ٱلدِّينُ ٱلۡخَالِصُۚ وَٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَ مَا نَعۡبُدُهُمۡ إِلَّا لِيُقَرِّبُونَآ إِلَى ٱللَّهِ زُلۡفَىٰٓ إِنَّ ٱللَّهَ يَحۡكُمُ بَيۡنَهُمۡ فِي مَا هُمۡ فِيهِ يَخۡتَلِفُونَۗ إِنَّ ٱللَّهَ لَا يَهۡدِي مَنۡ هُوَ كَٰذِبٞ كَفَّارٞ

    Open ayah 39:3

    जानिराख ! विशिष्ट उपासना त अल्लाहकैलागि छ, र जसले उनीबाहेक अन्य कसैलाई संरक्षक–मित्र बनाएका छन् तिनीहरूले हामीलाई अल्लाहको नजिक पुर्याइ दिऊन् भन्ने उद्देश्यले मात्र हामी यिनीहरूको पूजा गर्छौं । निस्सन्देह अल्लाहले यिनीहरूबीच त्यस कुराको निर्णय गर्नेछन् जसमा यिनीहरू मतभेद गर्दैछन् । र, झूठा तथा कृतघ्न मानिसहरूलाई अल्लाहले कहिल्यै सीधा मार्ग देखाउँदैनन् ।

  4. لَّوۡ أَرَادَ ٱللَّهُ أَن يَتَّخِذَ وَلَدٗا لَّٱصۡطَفَىٰ مِمَّا يَخۡلُقُ مَا يَشَآءُۚ سُبۡحَٰنَهُۥۖ هُوَ ٱللَّهُ ٱلۡوَٰحِدُ ٱلۡقَهَّارُ

    Open ayah 39:4

    अल्लाहले पुत्र ग्रहण गर्न चाहेका भए आफ्ना सृष्टिहरूमध्ये जसलाई चाहन्थे छनौट गर्ने थिए । उनी त ( यस्तो कार्य गर्नबाट ) पवित्र छन् । ती अल्लाह हुन् जो एक्लो तथा प्रभावशाली छन् ।

  5. خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّۖ يُكَوِّرُ ٱلَّيۡلَ عَلَى ٱلنَّهَارِ وَيُكَوِّرُ ٱلنَّهَارَ عَلَى ٱلَّيۡلِۖ وَسَخَّرَ ٱلشَّمۡسَ وَٱلۡقَمَرَۖ كُلّٞ يَجۡرِي لِأَجَلٖ مُّسَمًّىۗ أَلَا هُوَ ٱلۡعَزِيزُ ٱلۡغَفَّٰرُ

    Open ayah 39:5

    उनैले आकाशहरू तथा पृथ्वी नितान्त सत्यकासाथ सृष्टि गरे । उनी रातलाई दिनले र दिनलाई रातले बेर्छन् । उनले सूर्य एवं चन्द्रमालाई सेवामा खटाएका छन् । ती सबै एउटा निश्चित समयसम्म कार्यएरत् रहनेछन् । जानिराख ! उनी नै प्रभुत्वशाली एवं अत्यन्त क्षमाशील छन् ।

  6. خَلَقَكُم مِّن نَّفۡسٖ وَٰحِدَةٖ ثُمَّ جَعَلَ مِنۡهَا زَوۡجَهَا وَأَنزَلَ لَكُم مِّنَ ٱلۡأَنۡعَٰمِ ثَمَٰنِيَةَ أَزۡوَٰجٖۚ يَخۡلُقُكُمۡ فِي بُطُونِ أُمَّهَٰتِكُمۡ خَلۡقٗا مِّنۢ بَعۡدِ خَلۡقٖ فِي ظُلُمَٰتٖ ثَلَٰثٖۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ لَهُ ٱلۡمُلۡكُۖ لَآ إِلَٰهَ إِلَّا هُوَۖ فَأَنَّىٰ تُصۡرَفُونَ

    Open ayah 39:6

    उनैले तिमीहरूलाई एउटै जीवबाट सृष्टि गरे । फेरि त्यसैबाट उसको जोडी बनाए र चौपायाहरूमध्ये आठवटा जोडी अवतीर्ण गरे । उनी तिमीहरूलाई तिम्रा आमाहरूका गर्भमा तीन अन्धकारहरूभित्र एकपछि अर्को रूपमा परिवर्तन गर्दै सृष्टि गर्छन् । उनै अल्लाह तिमीहरूका पालनकर्ता हुन्; शासनसत्ता उनकै हो । उनीबाहेक कोही पूज्य छैन, तैपनि तिमीहरू कता बहकाइन्छौ त ?

  7. إِن تَكۡفُرُواْ فَإِنَّ ٱللَّهَ غَنِيٌّ عَنكُمۡۖ وَلَا يَرۡضَىٰ لِعِبَادِهِ ٱلۡكُفۡرَۖ وَإِن تَشۡكُرُواْ يَرۡضَهُ لَكُمۡۗ وَلَا تَزِرُ وَازِرَةٞ وِزۡرَ أُخۡرَىٰۚ ثُمَّ إِلَىٰ رَبِّكُم مَّرۡجِعُكُمۡ فَيُنَبِّئُكُم بِمَا كُنتُمۡ تَعۡمَلُونَۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 39:7

    यदि तिमीहरू कृतघ्नता देखाउँछौ भने अल्लाह तिमीहरूबाट निस्पृह छन्, र उनी आफ्ना भक्तहरूकालागि कृतघ्नता मन पराउँदैनन्, र यदि तिमीहरू कृतज्ञ हुन्छौ भने अल्लाहले यसलाई मनपराउंछन्। र कुनै भारी उठाउनेले कसैको भार उठाउने छैन । फेरि तिमीहरू सबै तिम्रा पालनकर्तातर्फ नै फर्केर जानुछ । अनि उनले तिमीहरूले गर्ने गरेका कार्यहरूबारे अवगत गराउनेछन् । उनी मनका कुराहरू पनि जान्दछन् ।

  8. ۞وَإِذَا مَسَّ ٱلۡإِنسَٰنَ ضُرّٞ دَعَا رَبَّهُۥ مُنِيبًا إِلَيۡهِ ثُمَّ إِذَا خَوَّلَهُۥ نِعۡمَةٗ مِّنۡهُ نَسِيَ مَا كَانَ يَدۡعُوٓاْ إِلَيۡهِ مِن قَبۡلُ وَجَعَلَ لِلَّهِ أَندَادٗا لِّيُضِلَّ عَن سَبِيلِهِۦۚ قُلۡ تَمَتَّعۡ بِكُفۡرِكَ قَلِيلًا إِنَّكَ مِنۡ أَصۡحَٰبِ ٱلنَّارِ

    Open ayah 39:8

    र, जब मानवमाथि कुनै सङ्कट आउँछ तब ऊ बिलौना गर्दै आफ्ना पालनकर्तालाई पुकार्दछ । अनि जब अल्लाह उसमाथि आफ्नो अनुग्रह बर्षाउँछन् तब उसले पहिले उनीसित जुन प्रार्थना गरेको थियो त्यो बिर्सन्छ र अल्लाहको साझेदार बनाउन थाल्छ ताकि उनको बाटोबाट (मानिसहरूलाई) बहकाओस् । भनिदेऊ आफ्नो कुफ्रको फाइदा केही दिन उठाइहाल । किनभने तिमी नरकबासीहरू हौ ।

  9. أَمَّنۡ هُوَ قَٰنِتٌ ءَانَآءَ ٱلَّيۡلِ سَاجِدٗا وَقَآئِمٗا يَحۡذَرُ ٱلۡأٓخِرَةَ وَيَرۡجُواْ رَحۡمَةَ رَبِّهِۦۗ قُلۡ هَلۡ يَسۡتَوِي ٱلَّذِينَ يَعۡلَمُونَ وَٱلَّذِينَ لَا يَعۡلَمُونَۗ إِنَّمَا يَتَذَكَّرُ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ

    Open ayah 39:9

    के त्यो व्यक्ति जो रातभरि सज्दा गर्छ र (प्रार्थनामा) खडा रहन्छ; आखिरतसित डराउँछ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ, त्यो व्यक्तिसरह हुन सक्छ जसले त्यस्तो गर्दैन ? (हे नबी स.!) सोध के ज्ञानी र अज्ञानीहरू समान हुन सक्छन् ? वास्तवमा बुद्धिमान्हरूले मात्र उपदेश ग्रहण गर्ने गर्छन् ।

  10. قُلۡ يَٰعِبَادِ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ رَبَّكُمۡۚ لِلَّذِينَ أَحۡسَنُواْ فِي هَٰذِهِ ٱلدُّنۡيَا حَسَنَةٞۗ وَأَرۡضُ ٱللَّهِ وَٰسِعَةٌۗ إِنَّمَا يُوَفَّى ٱلصَّٰبِرُونَ أَجۡرَهُم بِغَيۡرِ حِسَابٖ 

    Open ayah 39:10

    भनिदेऊ– “हे आस्थावानहरू हो ! आफ्ना रबसित डराऊ । यस संसारमा राम्रो काम गर्नेहरूकालागि भलाइ छ । र, अल्लाहको धर्ती अति विस्तृत छ । निस्सन्देह संयमीहरूलाई उनीहरूका प्रतिदान अनगिन्ती प्रदान गरिनेछ ।”

  11. قُلۡ إِنِّيٓ أُمِرۡتُ أَنۡ أَعۡبُدَ ٱللَّهَ مُخۡلِصٗا لَّهُ ٱلدِّينَ

    Open ayah 39:11

    भनिदेऊ– “आज्ञापालनलाई अल्लाहकै लागि विशुद्ध गरेर उनको भक्ति गर्ने मलाई आदेश भएको छ ।

  12. وَأُمِرۡتُ لِأَنۡ أَكُونَ أَوَّلَ ٱلۡمُسۡلِمِينَ

    Open ayah 39:12

    र, उनको प्रथम मुस्लिम ( आज्ञाकारी ) बन्ने मलाई आदेश पनि दिइएको छ ।”

  13. قُلۡ إِنِّيٓ أَخَافُ إِنۡ عَصَيۡتُ رَبِّي عَذَابَ يَوۡمٍ عَظِيمٖ

    Open ayah 39:13

    भनिदेऊ– “आफ्ना रबको अवज्ञा गर्दा एउटा ठूलो दिनको यातनाको मलाई डर लाग्छ ।”

  14. قُلِ ٱللَّهَ أَعۡبُدُ مُخۡلِصٗا لَّهُۥ دِينِي

    Open ayah 39:14

    भनिदेऊ– “म आफ्नो आज्ञापालनलाई उनैकोलागि विशुद्ध गरी केवल अल्लाहकै भक्ति गर्छु ।

  15. فَٱعۡبُدُواْ مَا شِئۡتُم مِّن دُونِهِۦۗ قُلۡ إِنَّ ٱلۡخَٰسِرِينَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَأَهۡلِيهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ أَلَا ذَٰلِكَ هُوَ ٱلۡخُسۡرَانُ ٱلۡمُبِينُ

    Open ayah 39:15

    अनि तिमीहरू अल्लाहबाहेक जसको इच्छा लाग्छ उसैको भक्ति गर ।” भनिदेऊ– “वास्तविक घाटा बेहोर्नेहरू त महाप्रलयको दिन स्वयंलाई र आफ्नो परिवारलाई घाटामा पार्नेहरू हुन् । सुन ! यही स्पष्ट घाटा हो ।

  16. لَهُم مِّن فَوۡقِهِمۡ ظُلَلٞ مِّنَ ٱلنَّارِ وَمِن تَحۡتِهِمۡ ظُلَلٞۚ ذَٰلِكَ يُخَوِّفُ ٱللَّهُ بِهِۦ عِبَادَهُۥۚ يَٰعِبَادِ فَٱتَّقُونِ

    Open ayah 39:16

    तिनीहरूकोलागि माथिबाट पनि आगोको छाँया हुनेछ र तलबाट पनि । यही हो त्यो यातना जसबाट अल्लाह आफ्ना भक्तहरूलाई डर देखाउँछन् । तसर्थ, हे मेरा भक्तहरू हो ! मसित नै डराऊ ।

  17. وَٱلَّذِينَ ٱجۡتَنَبُواْ ٱلطَّٰغُوتَ أَن يَعۡبُدُوهَا وَأَنَابُوٓاْ إِلَى ٱللَّهِ لَهُمُ ٱلۡبُشۡرَىٰۚ فَبَشِّرۡ عِبَادِ

    Open ayah 39:17

    र, जुन मानिसहरू ‘तागूत’ को भक्तिबाट टाढा रहन्छन्, र अल्लाहतर्फ नै फर्कन्छन् तिनीहरूका लागि शुभसूचना रहेको छ । अनि मेरा भक्तहरूलाई शुभसूचना देऊ ।

  18. ٱلَّذِينَ يَسۡتَمِعُونَ ٱلۡقَوۡلَ فَيَتَّبِعُونَ أَحۡسَنَهُۥٓۚ أُوْلَٰٓئِكَ ٱلَّذِينَ هَدَىٰهُمُ ٱللَّهُۖ وَأُوْلَٰٓئِكَ هُمۡ أُوْلُواْ ٱلۡأَلۡبَٰبِ

    Open ayah 39:18

    जो राम्ररी कुरा सुन्दछन् र त्यसको राम्रो पक्षको अनुसरण गर्छन् त्यस्ता मानिसहरूलाई नै अल्लाहले मार्गदर्शन गरेका छन् र तिनीहरू नै बुद्धिमान् हुन् ।

  19. أَفَمَنۡ حَقَّ عَلَيۡهِ كَلِمَةُ ٱلۡعَذَابِ أَفَأَنتَ تُنقِذُ مَن فِي ٱلنَّارِ

    Open ayah 39:19

    जसमाथि यातनाको आदेश सिद्ध भइसकेको छ, के तिमी त्यस्ता नरकबासीहरुलाई बचाउन सक्छौ ?

  20. لَٰكِنِ ٱلَّذِينَ ٱتَّقَوۡاْ رَبَّهُمۡ لَهُمۡ غُرَفٞ مِّن فَوۡقِهَا غُرَفٞ مَّبۡنِيَّةٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ وَعۡدَ ٱللَّهِ لَا يُخۡلِفُ ٱللَّهُ ٱلۡمِيعَادَ 

    Open ayah 39:20

    तर जो आफ्ना पालनकर्ताको भय राख्छन् तिनीहरूकालागि तल्लै तल्ला भएका उच्च महलहरू छन् जसको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । यो अल्लाहको वाचा हो । निस्सन्देह अल्लाह आफ्ना वाचा भङ्ग गर्दैनन् ।

  21. أَلَمۡ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَسَلَكَهُۥ يَنَٰبِيعَ فِي ٱلۡأَرۡضِ ثُمَّ يُخۡرِجُ بِهِۦ زَرۡعٗا مُّخۡتَلِفًا أَلۡوَٰنُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصۡفَرّٗا ثُمَّ يَجۡعَلُهُۥ حُطَٰمًاۚ إِنَّ فِي ذَٰلِكَ لَذِكۡرَىٰ لِأُوْلِي ٱلۡأَلۡبَٰبِ

    Open ayah 39:21

    के तिमीले देखेनौ कि अल्लाहले आकाशबाट पानी बर्साउँछन् र त्यसलाई पृथ्वीका मूलहरूसम्म पुर्याउँछन्, अनि त्यसको माध्यमबाट अनेक थरिका बालीनाली उमार्छन् । फेरि त्यो सुक्छ र तिमी त्यसलाई पहेंलो देख्छौ, अनि उनले त्यसलाई टुक्रा–टुक्रा पारिदिन्छन् । निस्सन्देह यसमा ज्ञावान्हरूकालागि उपदेश रहेकोछ ।

  22. أَفَمَن شَرَحَ ٱللَّهُ صَدۡرَهُۥ لِلۡإِسۡلَٰمِ فَهُوَ عَلَىٰ نُورٖ مِّن رَّبِّهِۦۚ فَوَيۡلٞ لِّلۡقَٰسِيَةِ قُلُوبُهُم مِّن ذِكۡرِ ٱللَّهِۚ أُوْلَٰٓئِكَ فِي ضَلَٰلٖ مُّبِينٍ

    Open ayah 39:22

    त्यो व्यक्ति जसको छातीलाई अल्लाहले इस्लामकोलागि खोलिदिएका छन् र ऊ आफ्ना पालनकर्ताको तर्फबाट प्रकाशमा छ, (के त्यो अवज्ञाकारी जस्तो हुन सक्छ ?) अतः धिक्कार छ ती व्यक्तिहरूमाथि जसको हृदय अल्लाहको उपदेशको बारेमा कठोर भइसकेको छ । यिनीहरू स्पष्ट पथभ्रष्टतामा छन् ।

  23. ٱللَّهُ نَزَّلَ أَحۡسَنَ ٱلۡحَدِيثِ كِتَٰبٗا مُّتَشَٰبِهٗا مَّثَانِيَ تَقۡشَعِرُّ مِنۡهُ جُلُودُ ٱلَّذِينَ يَخۡشَوۡنَ رَبَّهُمۡ ثُمَّ تَلِينُ جُلُودُهُمۡ وَقُلُوبُهُمۡ إِلَىٰ ذِكۡرِ ٱللَّهِۚ ذَٰلِكَ هُدَى ٱللَّهِ يَهۡدِي بِهِۦ مَن يَشَآءُۚ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٍ

    Open ayah 39:23

    अल्लाहले उत्तम वाणी अवतरण गरेका छन्– ग्रन्थ जसका आयतहरू परस्पर मिल्दाजुल्दा र बारम्बार पुनरावृत्ति गरिएका छन्; जसलाई सुन्दा ती व्यक्तिहरूको आङ जिरिङ्ग हुन्छ जो आफ्ना पालनकर्ताको भय राख्छन् । फेरि उनीहरूका शरीर र हृदय नरम भएर अल्लाहको स्मरणतिर आकर्षित हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो जसको माध्यमबाट उनी जसलाई चाहन्छन् सीधा मार्गमा डोर्याउँछन् र जसलाई अल्लाहले नै पथभ्रष्ट पार्छन् उसको कोही मार्गदर्शक हुन सक्दैन ।

  24. أَفَمَن يَتَّقِي بِوَجۡهِهِۦ سُوٓءَ ٱلۡعَذَابِ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ وَقِيلَ لِلظَّٰلِمِينَ ذُوقُواْ مَا كُنتُمۡ تَكۡسِبُونَ

    Open ayah 39:24

    के त्यो व्यक्ति जसले महाप्रलयको दिन कठोर यातनाबाट बच्न आफ्नै मुखलाई ढाल बनाउनेछ (त्यो स्वर्गमा सन्तुष्टिसाथ बस्ने व्यक्तिजस्तो हुन सक्छ) ? अत्याचारीहरूलाई भनिनेछ– “तिमीहरू आफ्नो कमाइको स्वाद चाख ।”

  25. كَذَّبَ ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَأَتَىٰهُمُ ٱلۡعَذَابُ مِنۡ حَيۡثُ لَا يَشۡعُرُونَ

    Open ayah 39:25

    तिनीहरूभन्दा पहिलेका मानिसहरूले पनि मिथ्या ठहर गरेका थिए । अतः जहाँबाट तिनीहरूले सोचेका पनि थिएनन् त्यहाँबाट तिनीहरूमाथि प्रकोप आयो ।

  26. فَأَذَاقَهُمُ ٱللَّهُ ٱلۡخِزۡيَ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَكۡبَرُۚ لَوۡ كَانُواْ يَعۡلَمُونَ

    Open ayah 39:26

    अनि अल्लाहले सांसारिक जीवनमै तिनीहरूलाई अपमानको स्वाद चखाए, र आखिरतको यातना त निश्चित रूपमा अझ ठूलो हुनेछ । आह, तिनीहरूलाई यसको ज्ञान भएको भए !

  27. وَلَقَدۡ ضَرَبۡنَا لِلنَّاسِ فِي هَٰذَا ٱلۡقُرۡءَانِ مِن كُلِّ مَثَلٖ لَّعَلَّهُمۡ يَتَذَكَّرُونَ

    Open ayah 39:27

    र, निस्सन्देह हामीले यस कुरआनमा मानिसहरूकालागि हरेक प्रकारका उदाहरणहरू वर्णन गरेकाछौं ताकि तिनीहरूले उपदेश ग्रहण गरून् ।

  28. قُرۡءَانًا عَرَبِيًّا غَيۡرَ ذِي عِوَجٖ لَّعَلَّهُمۡ يَتَّقُونَ

    Open ayah 39:28

    अरबी कुरआन, जसमा कुनै कुटिलता छैन, आशा छ तिनीहरू ईशपरायणता अपनाऊने छन् ।

  29. ضَرَبَ ٱللَّهُ مَثَلٗا رَّجُلٗا فِيهِ شُرَكَآءُ مُتَشَٰكِسُونَ وَرَجُلٗا سَلَمٗا لِّرَجُلٍ هَلۡ يَسۡتَوِيَانِ مَثَلًاۚ ٱلۡحَمۡدُ لِلَّهِۚ بَلۡ أَكۡثَرُهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 39:29

    अल्लाह एउटा यस्तो व्यक्तिको उदाहरण दिन्छन्– जसका कैयन परस्पर विरोधी स्वामीहरू छन्, र अर्को यस्तो व्यक्तिको जो पूर्ण रूपमा एउटै स्वामीको अधीनमा हुन्छ । के दुवैको अवस्था समान हुन सक्छ ? सम्पूर्ण प्रशंसा अल्लाहकैलागि छन्, तर अधिकांश मानिसहरू जान्दैनन् ।

  30. إِنَّكَ مَيِّتٞ وَإِنَّهُم مَّيِّتُونَ 

    Open ayah 39:30

    (हे मुहम्मद स.!) निस्सन्देह तिमी पनि मर्नेछौ र तिनीहरू पनि मर्नेछन् ।

  31. ثُمَّ إِنَّكُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ عِندَ رَبِّكُمۡ تَخۡتَصِمُونَ

    Open ayah 39:31

    फेरि महाप्रलयको दिन तिमीहरू आफ्ना पालनकर्ताकहाँ झगडा गर्नेछौ ।

  32. ۞فَمَنۡ أَظۡلَمُ مِمَّن كَذَبَ عَلَى ٱللَّهِ وَكَذَّبَ بِٱلصِّدۡقِ إِذۡ جَآءَهُۥٓۚ أَلَيۡسَ فِي جَهَنَّمَ مَثۡوٗى لِّلۡكَٰفِرِينَ

    Open ayah 39:32

    त्यो मान्छेभन्दा ठूलो अत्याचारी अरू को हुन सक्छ जो अल्लाहमाथि मिथ्यारोपण गर्छ र जब त्यससमक्ष नितान्त सत्यको आगमन हुन्छ तब त्यसलाई असत्य ठहर गर्छ ? के काफिरहरूको बासस्थान नरक होइन र ?

  33. وَٱلَّذِي جَآءَ بِٱلصِّدۡقِ وَصَدَّقَ بِهِۦٓ أُوْلَٰٓئِكَ هُمُ ٱلۡمُتَّقُونَ

    Open ayah 39:33

    र, जो सत्य लिएर आए र जसले त्यसलाई सत्य ठहर गरे तिनीहरू नै अल्लाहको वास्तविक भय राख्नेहरू हुन् ।

  34. لَهُم مَّا يَشَآءُونَ عِندَ رَبِّهِمۡۚ ذَٰلِكَ جَزَآءُ ٱلۡمُحۡسِنِينَ

    Open ayah 39:34

    तिनीहरूको पालनकर्ताकहाँ ति सबै थोक छ जो चाहन्छन् । सत्कर्मीहरूको यही नै प्रतिदान हो ।

  35. لِيُكَفِّرَ ٱللَّهُ عَنۡهُمۡ أَسۡوَأَ ٱلَّذِي عَمِلُواْ وَيَجۡزِيَهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ ٱلَّذِي كَانُواْ يَعۡمَلُونَ

    Open ayah 39:35

    ताकि अल्लाह तिनीहरूले गरेका दुष्कर्महरूलाई तिनीहरूबाट हटाउन्, र तिनीहरूलाई तिनका उत्तम कार्यहरूको प्रतिदान दिऊन् ।

  36. أَلَيۡسَ ٱللَّهُ بِكَافٍ عَبۡدَهُۥۖ وَيُخَوِّفُونَكَ بِٱلَّذِينَ مِن دُونِهِۦۚ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٖ

    Open ayah 39:36

    के अल्लाह आफ्ना भक्तकोलागि पर्याप्त छैनन् र ? र यिनीहरू तिमीलाई अल्लाहबाहेक ( असत्य पुज्यहरु ) का भय देखाउँछन् । र, अल्लाह जसलाई पथभ्रष्ट गर्दछन् उसकोलागि कोही मार्गदर्शक हुँदैन ।

  37. وَمَن يَهۡدِ ٱللَّهُ فَمَا لَهُۥ مِن مُّضِلٍّۗ أَلَيۡسَ ٱللَّهُ بِعَزِيزٖ ذِي ٱنتِقَامٖ

    Open ayah 39:37

    र, जसलाई अल्लाह मार्गदर्शन गर्छन् उसलाई कोही पथभ्रष्ट गर्न सक्दैन । के अल्लाह प्रभुत्वशाली एवम् बदला लिनेवाला होइनन् र ?

  38. وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ لَيَقُولُنَّ ٱللَّهُۚ قُلۡ أَفَرَءَيۡتُم مَّا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ إِنۡ أَرَادَنِيَ ٱللَّهُ بِضُرٍّ هَلۡ هُنَّ كَٰشِفَٰتُ ضُرِّهِۦٓ أَوۡ أَرَادَنِي بِرَحۡمَةٍ هَلۡ هُنَّ مُمۡسِكَٰتُ رَحۡمَتِهِۦۚ قُلۡ حَسۡبِيَ ٱللَّهُۖ عَلَيۡهِ يَتَوَكَّلُ ٱلۡمُتَوَكِّلُونَ

    Open ayah 39:38

    आकाशहरू तथा पृथ्वी कसले सृष्टि गरे भनेर यदि तिमीले तिनीहरूलाई सोध्यौ भने तिनीहरूले अवश्य भन्नेछन्– “अल्लाहले !” सोध– “यदि अल्लाहले मलाई कुनै हानि पुर्याउन चाहेमा के तिमीहरूले पुकार्ने गरेका (झु्ठा) उपास्यहरूले त्यस हानिलाई टार्न सक्छन्, वा अल्लाहले मप्रति कृपा गर्न चाहेमा के तिनीहरू त्यसलाई रोक्न सक्छन् ?” भनिदेऊ– “मेरोलागि अल्लाह नै पर्याप्त छन् । भरोसा गर्नेहरू उनैमाथि भरोसा गर्छन् ।”

  39. قُلۡ يَٰقَوۡمِ ٱعۡمَلُواْ عَلَىٰ مَكَانَتِكُمۡ إِنِّي عَٰمِلٞۖ فَسَوۡفَ تَعۡلَمُونَ

    Open ayah 39:39

    भनिदेऊ– “हे मेरा जातिबन्धुहरू हो ! तिमीहरू आफ्नो स्थानमा काम गर, म आफ्नो स्थानमा कार्यरत छु । अनि तिमीहरूलाई चाँडै थाहा भइहाल्नेछ...

  40. مَن يَأۡتِيهِ عَذَابٞ يُخۡزِيهِ وَيَحِلُّ عَلَيۡهِ عَذَابٞ مُّقِيمٌ 

    Open ayah 39:40

    कि कसमाथि ( संसारमा ) अपमानित गर्ने प्रकोप आइलाग्नेछ ? र, कसमाथि चिरस्थायी यातना आउनेछ ?”

  41. إِنَّآ أَنزَلۡنَا عَلَيۡكَ ٱلۡكِتَٰبَ لِلنَّاسِ بِٱلۡحَقِّۖ فَمَنِ ٱهۡتَدَىٰ فَلِنَفۡسِهِۦۖ وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيۡهَاۖ وَمَآ أَنتَ عَلَيۡهِم بِوَكِيلٍ

    Open ayah 39:41

    हामीले यो ग्रन्थ तिमीमाथि नितान्त सत्यकासाथ मानिसहरूकालागि अवतरण गरेका छौं । अतः जसले मार्गदर्शन अपनाउँछ, आफ्नै फाइदाकोलागि अपनाउँछ, र जो पथभ्रष्ट हुन्छ उसले आफैंलाई हानि पुर्याउँछ । र (हे नबी स.!) तिमी तिनीहरूको जिम्मेवार होइनौ ।

  42. ٱللَّهُ يَتَوَفَّى ٱلۡأَنفُسَ حِينَ مَوۡتِهَا وَٱلَّتِي لَمۡ تَمُتۡ فِي مَنَامِهَاۖ فَيُمۡسِكُ ٱلَّتِي قَضَىٰ عَلَيۡهَا ٱلۡمَوۡتَ وَيُرۡسِلُ ٱلۡأُخۡرَىٰٓ إِلَىٰٓ أَجَلٖ مُّسَمًّىۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ

    Open ayah 39:42

    ती अल्लाह नै हुन् जसले मृत्युको बेला प्राणहरूलाई पूर्णतः ग्रस्त गर्छन्, र न मरेकाहरूको प्राण निन्द्रामा (ग्रस्त गर्छन्) । अनि जसमाथि उनले मृत्युको फैसला लागू गर्छन् उसको प्राण आफूकहाँ रोकेर राख्छन् । र, बाँकी प्राणहरूलाई एउटा निश्चित समयकालागि छोडिदिन्छन् । वास्तवमा मनन् गर्नेहरूकालागि यसमा निशानीहरू छन् ।

  43. أَمِ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ شُفَعَآءَۚ قُلۡ أَوَلَوۡ كَانُواْ لَا يَمۡلِكُونَ شَيۡـٔٗا وَلَا يَعۡقِلُونَ

    Open ayah 39:43

    के तिनीहरूले अल्लाहबाहेक अरूलाई सिफारिशकर्ता बनाएका छन् ? सोध– “ के तिनीहरूसँग कुनै अधिकार र ज्ञान न भएतापनि ( तिनीहरुलाई सिफारिशकर्ता बनाएको छौ ) ?”

  44. قُل لِّلَّهِ ٱلشَّفَٰعَةُ جَمِيعٗاۖ لَّهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ ثُمَّ إِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 39:44

    भनिदेऊ– “सिफारिश पूर्णतः अल्लाहमा निहित छ । उनकैलागि आकाशहरू तथा पृथ्वीको राज्य रहेकोछ । फेरि तिमीहरूलाई उनैतर्फ फर्काएर लगिनेछ ।”

  45. وَإِذَا ذُكِرَ ٱللَّهُ وَحۡدَهُ ٱشۡمَأَزَّتۡ قُلُوبُ ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِٱلۡأٓخِرَةِۖ وَإِذَا ذُكِرَ ٱلَّذِينَ مِن دُونِهِۦٓ إِذَا هُمۡ يَسۡتَبۡشِرُونَ

    Open ayah 39:45

    र, जब एक मात्र अल्लाहको वर्णन गरिन्छ तब आखिरतमाथि ईमान नराख्ने मानिसहरूको हृदय घृणाले सङ्कुचित हुन पुग्छ । तर जब उनीबाहेक अन्य (मिथ्या पूज्य) को वर्णन गरिन्छ तब तिनीहरू प्रफुल्लित हुन्छन् ।

  46. قُلِ ٱللَّهُمَّ فَاطِرَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ عَٰلِمَ ٱلۡغَيۡبِ وَٱلشَّهَٰدَةِ أَنتَ تَحۡكُمُ بَيۡنَ عِبَادِكَ فِي مَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 39:46

    भनिदेऊ– “हे अल्लाह ! आकाशहरू तथा पृथ्वीका सृष्टिकर्ता, अदृश्य तथा दृश्यका ज्ञाता ! तिमी नै आफ्ना भक्तहरूले गर्ने गरेका मतभेदहरूका सम्बन्धमा निर्णय गर्नेछौ ।

  47. وَلَوۡ أَنَّ لِلَّذِينَ ظَلَمُواْ مَا فِي ٱلۡأَرۡضِ جَمِيعٗا وَمِثۡلَهُۥ مَعَهُۥ لَٱفۡتَدَوۡاْ بِهِۦ مِن سُوٓءِ ٱلۡعَذَابِ يَوۡمَ ٱلۡقِيَٰمَةِۚ وَبَدَا لَهُم مِّنَ ٱللَّهِ مَا لَمۡ يَكُونُواْ يَحۡتَسِبُونَ

    Open ayah 39:47

    र, अत्याचारीहरूसँग पृथ्वीका सारा सम्पत्ति र अझ थप त्यति नै छन् भने महाप्रलयको निकृष्ट यातनाबाट बच्न उनीहरू ती सबै खर्च गर्नेछन् । र, अल्लाहको तर्फबाट त्यो कुरा प्रकट हुनेछ जसबारे तिनीहरूले कहिल्यै सोचेका पनि थिएनन् ।

  48. وَبَدَا لَهُمۡ سَيِّـَٔاتُ مَا كَسَبُواْ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 39:48

    र, तिनीहरूले गरेको (नराम्रो) कार्यको दुष्परिणाम तिनीहरूसमक्ष प्रकट हुनेछ, अनि जुन कुराको तिनीहरू खिल्ली उडाउने गर्थे त्यसैले तिनीहरूलाई घेर्नेछ ।

  49. فَإِذَا مَسَّ ٱلۡإِنسَٰنَ ضُرّٞ دَعَانَا ثُمَّ إِذَا خَوَّلۡنَٰهُ نِعۡمَةٗ مِّنَّا قَالَ إِنَّمَآ أُوتِيتُهُۥ عَلَىٰ عِلۡمِۭۚ بَلۡ هِيَ فِتۡنَةٞ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 39:49

    र, मानिसमाथि जब सङ्कट आइपर्छ तब हामीलाई पुकार्न थाल्छ, तर जब हामी आफ्नो तर्फबाट कुनै कृपा गर्छौं तब उसले भन्छ– “यो त मलाई आफ्नै ज्ञानको आधारमा प्राप्त भएको हो ।” तर यो एउटा परीक्षा हो तापनि तिनीहरूमध्ये अधिकांशले जान्दैनन् ।

  50. قَدۡ قَالَهَا ٱلَّذِينَ مِن قَبۡلِهِمۡ فَمَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يَكۡسِبُونَ 

    Open ayah 39:50

    यिनीहरूभन्दा पहिलेका मानिसहरूले पनि यही कुरा भनेका थिए तर तिनीहरूका क्रियाकलापले तिनीहरूलाई कुनै फाइदा पुर्याएन ।

  51. فَأَصَابَهُمۡ سَيِّـَٔاتُ مَا كَسَبُواْۚ وَٱلَّذِينَ ظَلَمُواْ مِنۡ هَٰٓؤُلَآءِ سَيُصِيبُهُمۡ سَيِّـَٔاتُ مَا كَسَبُواْ وَمَا هُم بِمُعۡجِزِينَ

    Open ayah 39:51

    बरु तिनीहरूको कमाइको दुष्परिणामले तिनीहरूलाई समात्यो । र, अब यी काफिरहरूमध्ये जसले पाप गरेका छन् तिनीहरूलाई पनि तिनीहरुका दुष्कर्मको परिणामले समात्नेछ । र, यिनीहरूले ( यसो गर्नबाट ) विवश पार्न सक्दैनन् ।

  52. أَوَلَمۡ يَعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يُؤۡمِنُونَ

    Open ayah 39:52

    के यिनीहरूलाई थाहा छैन कि अल्लाह जसकानिम्ति चाहन्छन् आजीविका विस्तृत तुल्याउँछन् र जसकालागि चाहन्छन् सिमित पार्छन् ? निस्सन्देह यसमा ईमान ल्याउनेहरूकालागि निशानीहरू छन् ।

  53. ۞قُلۡ يَٰعِبَادِيَ ٱلَّذِينَ أَسۡرَفُواْ عَلَىٰٓ أَنفُسِهِمۡ لَا تَقۡنَطُواْ مِن رَّحۡمَةِ ٱللَّهِۚ إِنَّ ٱللَّهَ يَغۡفِرُ ٱلذُّنُوبَ جَمِيعًاۚ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ

    Open ayah 39:53

    भनिदेऊ– “स्वयंमाथि अन्याय गरेका मेरा भक्तहरू हो ! तिमीहरू अल्लाहको कृपाबाट निराश नहोऊ । निश्चय नै अल्लाहले सम्पूर्ण पापहरू क्षमा गर्नेछन् । निस्सन्देह उनी अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।

  54. وَأَنِيبُوٓاْ إِلَىٰ رَبِّكُمۡ وَأَسۡلِمُواْ لَهُۥ مِن قَبۡلِ أَن يَأۡتِيَكُمُ ٱلۡعَذَابُ ثُمَّ لَا تُنصَرُونَ

    Open ayah 39:54

    तिमीहरूमाथि प्रकोपको आगमन पश्चात तिमीहरुले कुनै सहयोग न पाउनु अघि नै आफ्ना पालनकर्तातर्फ फर्क र उनको आज्ञाकारी बन ।

  55. وَٱتَّبِعُوٓاْ أَحۡسَنَ مَآ أُنزِلَ إِلَيۡكُم مِّن رَّبِّكُم مِّن قَبۡلِ أَن يَأۡتِيَكُمُ ٱلۡعَذَابُ بَغۡتَةٗ وَأَنتُمۡ لَا تَشۡعُرُونَ

    Open ayah 39:55

    र, आफ्ना पालनकर्ताको तर्फबाट अवतरण भएको सर्वाेत्तम शिक्षाको अनुसरण गर, त्यस समय भन्दा अघि नै कि तिमीहरू असावधान रहेको अवस्थामा अकस्मात् तिमीहरूमाथि प्रकोपको आगमन होस् ।

  56. أَن تَقُولَ نَفۡسٞ يَٰحَسۡرَتَىٰ عَلَىٰ مَا فَرَّطتُ فِي جَنۢبِ ٱللَّهِ وَإِن كُنتُ لَمِنَ ٱلسَّٰخِرِينَ

    Open ayah 39:56

    (यो सचेतना यस कारणले छ कि कसैले यो नभनोस्) “हाय अपसोच ! मैले अल्लाहको हकमा गरेको गल्तीप्रति ! र म उपहास गर्नेहरूमध्ये नै थिएँ ।

  57. أَوۡ تَقُولَ لَوۡ أَنَّ ٱللَّهَ هَدَىٰنِي لَكُنتُ مِنَ ٱلۡمُتَّقِينَ

    Open ayah 39:57

    वा यो नभनोस्– “यदि अल्लाहले मलाई मार्गदर्शन गरेका भए, निश्चय नै म दुष्कर्मबाट बच्नेहरूमध्ये हुने थिएँ ।”

  58. أَوۡ تَقُولَ حِينَ تَرَى ٱلۡعَذَابَ لَوۡ أَنَّ لِي كَرَّةٗ فَأَكُونَ مِنَ ٱلۡمُحۡسِنِينَ

    Open ayah 39:58

    वा यातना देखेर यो नभनोस्– “यदि मैले एकपटक फर्कने मौका पाएँ भने म अवश्य नै सुकर्मीहरूमध्ये हुने थिएँ ।”

  59. بَلَىٰ قَدۡ جَآءَتۡكَ ءَايَٰتِي فَكَذَّبۡتَ بِهَا وَٱسۡتَكۡبَرۡتَ وَكُنتَ مِنَ ٱلۡكَٰفِرِينَ

    Open ayah 39:59

    किन खबरदार गरिएन, हाम्रा निशानीहरु तिमीहरु समक्ष आए, तर तिमीहरुले त्यसलाई झुठो ठहर गर्यौ र अहंकार गर्यौ र इनकार गर्नेहरुमध्ये सामेल भयौ ।

  60. وَيَوۡمَ ٱلۡقِيَٰمَةِ تَرَى ٱلَّذِينَ كَذَبُواْ عَلَى ٱللَّهِ وُجُوهُهُم مُّسۡوَدَّةٌۚ أَلَيۡسَ فِي جَهَنَّمَ مَثۡوٗى لِّلۡمُتَكَبِّرِينَ 

    Open ayah 39:60

    र, महाप्रलयको दिन अल्लाहविरूद्ध मिथ्यारोपण गर्नेहरूको मुहार तिमीले कालो भइरहेको देख्नेछौ । के घमण्डीहरूको बासस्थान नरकमा हुँदैन र ?

  61. وَيُنَجِّي ٱللَّهُ ٱلَّذِينَ ٱتَّقَوۡاْ بِمَفَازَتِهِمۡ لَا يَمَسُّهُمُ ٱلسُّوٓءُ وَلَا هُمۡ يَحۡزَنُونَ

    Open ayah 39:61

    अल्लाह आफूसित डराउने व्यक्तिहरूलाई स्वर्गमा सुरक्षित राख्नेछन् । कुनै किसिमको दुःखले उनीहरूलाई छुने समेत छैन, र उनीहरू कहिल्यै चिन्ताग्रस्त पनि हुने छैनन् ।

  62. ٱللَّهُ خَٰلِقُ كُلِّ شَيۡءٖۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ وَكِيلٞ

    Open ayah 39:62

    अल्लाह सम्पूर्ण चिजहरूका सृष्टिकर्ता हुन् र उनी हरेक वस्तुका संरक्षक पनि हुन् ।

  63. لَّهُۥ مَقَالِيدُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۗ وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ ٱللَّهِ أُوْلَٰٓئِكَ هُمُ ٱلۡخَٰسِرُونَ

    Open ayah 39:63

    आकाशहरू तथा पृथ्वीका साँचाहरू उनकै हातमा छन्, र जसले अल्लाहका आयतहरूलाई नकारे उनीहरू नै घाटा बेहोर्नेहरू हुन् ।

  64. قُلۡ أَفَغَيۡرَ ٱللَّهِ تَأۡمُرُوٓنِّيٓ أَعۡبُدُ أَيُّهَا ٱلۡجَٰهِلُونَ

    Open ayah 39:64

    भनिदेऊ– “हे मूर्खहरू हो ! के तिमीहरू मलाई अल्लाहबाहेक अरूको उपासना गर्न भन्छौ ?”

  65. وَلَقَدۡ أُوحِيَ إِلَيۡكَ وَإِلَى ٱلَّذِينَ مِن قَبۡلِكَ لَئِنۡ أَشۡرَكۡتَ لَيَحۡبَطَنَّ عَمَلُكَ وَلَتَكُونَنَّ مِنَ ٱلۡخَٰسِرِينَ

    Open ayah 39:65

    (हे नबी स.!) तिमीतर्फ र तिमीभन्दा पहिलेका (नबीहरू) तर्फ यही वह्य गरिएको थियो कि यदि तिमीले साझेदार ठहर गर्यौ भने तिम्रो कर्म खेर जानेछ र तिमी अवश्य नै घाटा बेहोर्नेहरूमध्ये हुनेछौ ।,

  66. بَلِ ٱللَّهَ فَٱعۡبُدۡ وَكُن مِّنَ ٱلشَّٰكِرِينَ

    Open ayah 39:66

    बरु, तिमी केवल अल्लाहको उपासना गर र कृतज्ञ व्यक्तिहरूमध्ये होऊ ।

  67. وَمَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦ وَٱلۡأَرۡضُ جَمِيعٗا قَبۡضَتُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَٱلسَّمَٰوَٰتُ مَطۡوِيَّٰتُۢ بِيَمِينِهِۦۚ سُبۡحَٰنَهُۥ وَتَعَٰلَىٰ عَمَّا يُشۡرِكُونَ

    Open ayah 39:67

    र, तिनीहरूले अल्लाहको यथोचित मान–सम्मान गरेनन् । महाप्रलयको दिन पृथ्वी पूर्ण रूपमा उनको मुठ्ठीमा हुनेछ र सारा आकाश उनको दाहिने हातमा बेरिएको हुनेछ । मानिसहरू जेजति चिजहरूलाई उनको साझेदार बनाउँछन् ती सबैबाट उनी पवित्र एवं उच्च छन् ।,

  68. وَنُفِخَ فِي ٱلصُّورِ فَصَعِقَ مَن فِي ٱلسَّمَٰوَٰتِ وَمَن فِي ٱلۡأَرۡضِ إِلَّا مَن شَآءَ ٱللَّهُۖ ثُمَّ نُفِخَ فِيهِ أُخۡرَىٰ فَإِذَا هُمۡ قِيَامٞ يَنظُرُونَ

    Open ayah 39:68

    अनि, सूर फुकिनेछ तब आकाशहरू तथा पृथ्वीका सबै प्राणीहरू अचेत भई ढल्नेछन्, ती बाहेक जसलाई अल्लाह चाहन्छन् । फेरि अर्को सूर फुकिनेछ अनि स्वस्फूर्त रूपमा हेर्दै सबै खडा हुनेछन् ।

  69. وَأَشۡرَقَتِ ٱلۡأَرۡضُ بِنُورِ رَبِّهَا وَوُضِعَ ٱلۡكِتَٰبُ وَجِاْيٓءَ بِٱلنَّبِيِّـۧنَ وَٱلشُّهَدَآءِ وَقُضِيَ بَيۡنَهُم بِٱلۡحَقِّ وَهُمۡ لَا يُظۡلَمُونَ

    Open ayah 39:69

    अनि, पृथ्वी आफ्ना पालनकर्ताको प्रकाशले जगमगाउनेछ; कर्मपत्र राखिनेछ; नबी तथा साक्षीहरू हाजिर गरिनेछन् र उनीहरूबीच ठीकसंग निर्णय गरिनेछ । र, उनीहरूमाथि कत्ति पनि अन्याय गरिने छैन ।

  70. وَوُفِّيَتۡ كُلُّ نَفۡسٖ مَّا عَمِلَتۡ وَهُوَ أَعۡلَمُ بِمَا يَفۡعَلُونَ 

    Open ayah 39:70

    र, प्रत्येक व्यक्तिलाई उसले गरेका कर्मको पूर्णरुपमा बदला दिइनेछ । मानिसहरू जेजति गर्छन् ती सबै अल्लाह राम्ररी जान्दछन् ।

  71. وَسِيقَ ٱلَّذِينَ كَفَرُوٓاْ إِلَىٰ جَهَنَّمَ زُمَرًاۖ حَتَّىٰٓ إِذَا جَآءُوهَا فُتِحَتۡ أَبۡوَٰبُهَا وَقَالَ لَهُمۡ خَزَنَتُهَآ أَلَمۡ يَأۡتِكُمۡ رُسُلٞ مِّنكُمۡ يَتۡلُونَ عَلَيۡكُمۡ ءَايَٰتِ رَبِّكُمۡ وَيُنذِرُونَكُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَاۚ قَالُواْ بَلَىٰ وَلَٰكِنۡ حَقَّتۡ كَلِمَةُ ٱلۡعَذَابِ عَلَى ٱلۡكَٰفِرِينَ

    Open ayah 39:71

    र, काफिरहरू– लाई हूलका हूल नरकतर्फ लागिनेछ । अनि जब तिनीहरू त्यहाँ पुग्नेछन् त्यसका ढोकाहरू खोलिनेछन् र त्यहाँका सुरक्षाकर्मीहरूले तिनीहरूलाई सोध्नेछन्– “के तिमीहरूसमक्ष तिमीहरूमध्येकै रसूलहरू आएका थिएनन्, जसले तिमीहरूलाई तिमीहरूका पालनकर्ताका आयतहरू पढेर सुनाउने गर्थे र यस दिनको साक्षात्कारबारे सावधान गर्ने गर्थे ?” तिनीहरूले भन्नेछन्– “हो आएक थिए ।” तर, यातनाको आदेश काफिरहरूमाथि सत्य सिद्धभयो ।”

  72. قِيلَ ٱدۡخُلُوٓاْ أَبۡوَٰبَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۖ فَبِئۡسَ مَثۡوَى ٱلۡمُتَكَبِّرِينَ

    Open ayah 39:72

    भनिनेछ– “नरकका ढोकाहरूमा प्रवेश गर । तिमीहरू यहाँ सधैंकालागि रहनुपर्नेछ ।” घमण्डीहरूकालागि यो कति निकृष्ट बासस्थान हो !

  73. وَسِيقَ ٱلَّذِينَ ٱتَّقَوۡاْ رَبَّهُمۡ إِلَى ٱلۡجَنَّةِ زُمَرًاۖ حَتَّىٰٓ إِذَا جَآءُوهَا وَفُتِحَتۡ أَبۡوَٰبُهَا وَقَالَ لَهُمۡ خَزَنَتُهَا سَلَٰمٌ عَلَيۡكُمۡ طِبۡتُمۡ فَٱدۡخُلُوهَا خَٰلِدِينَ

    Open ayah 39:73

    र, आफ्ना पालनकर्ताको भय राख्ने मानिसहरूलाई हूलका हूल स्वर्गतिर लगिनेछ । अनि जब उनीहरू त्यहाँ पुग्नेछन् त्यसका ढोकाहरू खोलिसकिएका हुनेछन् र त्यहाँका सुुरक्षाकर्मीहरूले भन्नेछन्–“सलाम (शान्ति) होस् तिमीहरूमाथि ! तिमीहरू धेरै असल हौ । अतः सदाकालागि यसमा प्रवेश गर...,

  74. وَقَالُواْ ٱلۡحَمۡدُ لِلَّهِ ٱلَّذِي صَدَقَنَا وَعۡدَهُۥ وَأَوۡرَثَنَا ٱلۡأَرۡضَ نَتَبَوَّأُ مِنَ ٱلۡجَنَّةِ حَيۡثُ نَشَآءُۖ فَنِعۡمَ أَجۡرُ ٱلۡعَٰمِلِينَ

    Open ayah 39:74

    र उनीहरूले भन्नेछन्– “सारा प्रशंसा अल्लाहकैलागि हुन्, जसले आफ्नो वाचा पूरा गरे र हामीलाई यस भुमिको उत्तराधिकारी बनाए । अब हामी स्वर्गमा जहाँ चाहन्छौं बस्छौं ।” अनि कति उत्तम प्रतिदान रहेछ सत्कर्मीहरूको !

  75. وَتَرَى ٱلۡمَلَٰٓئِكَةَ حَآفِّينَ مِنۡ حَوۡلِ ٱلۡعَرۡشِ يُسَبِّحُونَ بِحَمۡدِ رَبِّهِمۡۚ وَقُضِيَ بَيۡنَهُم بِٱلۡحَقِّۚ وَقِيلَ ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 39:75

    र, तिमीले फरिश्ताहरूलाई सिंहासनको चारैतिर आफ्ना पालनकर्ताको प्रशंसाकासाथ पवित्रता वर्णन गरिरहेका देख्नेछौ । र, मानिसहरूको न्यायोचित फैसला गरिनेछ अनि घोषणा गरिनेछ– “सारा प्रशंसा अल्लाहकैनिम्ति हुन् जो संपूर्ण जगतका पालनकर्ता हुन् ।”