غافر
Al-Ghaafir
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
حمٓ
Open ayah 40:1हा० मीम्०
تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ
Open ayah 40:2यस ग्रन्थको अवतरण प्रभुत्वशाली एवं सर्वज्ञ अल्लाहको तर्फबाट भएको हो ।
غَافِرِ ٱلذَّنۢبِ وَقَابِلِ ٱلتَّوۡبِ شَدِيدِ ٱلۡعِقَابِ ذِي ٱلطَّوۡلِۖ لَآ إِلَٰهَ إِلَّا هُوَۖ إِلَيۡهِ ٱلۡمَصِيرُ
Open ayah 40:3उनी पापमोचक, प्रायश्चित स्वीकारकर्ता, कठोर दण्डदाता र अनुग्रही छन् । उनीबाहेक अरू कोही उपास्य छैन । उनैतर्फ फर्केर जानुछ ।
مَا يُجَٰدِلُ فِيٓ ءَايَٰتِ ٱللَّهِ إِلَّا ٱلَّذِينَ كَفَرُواْ فَلَا يَغۡرُرۡكَ تَقَلُّبُهُمۡ فِي ٱلۡبِلَٰدِ
Open ayah 40:4अल्लाहका आयतहरूको बारेमा काफिरहरू नै झगडा गर्छन् । अतः नगरमा तिनीहरूको गति विधिले तिमीलाई धोकामा नपारोस् ।
كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَٱلۡأَحۡزَابُ مِنۢ بَعۡدِهِمۡۖ وَهَمَّتۡ كُلُّ أُمَّةِۭ بِرَسُولِهِمۡ لِيَأۡخُذُوهُۖ وَجَٰدَلُواْ بِٱلۡبَٰطِلِ لِيُدۡحِضُواْ بِهِ ٱلۡحَقَّ فَأَخَذۡتُهُمۡۖ فَكَيۡفَ كَانَ عِقَابِ
Open ayah 40:5यिनीहरूभन्दा पूर्व नूहको समुदाय तथा त्यसपछिका समूहहरूले पनि (नबीहरूलाई) मिथ्या ठहर गरेका थिए । र, प्रत्येक समूहले आफ्ना रसूलहरूमाथि प्रहार गर्ने कुचेष्टा गरे, र असत्यको आधारमा तर्कवितर्क गरे, ताकि नितान्त सत्यलाई होच्याऊन् । अनि मैले तिनीहरूलाई कब्जामा लिएँ । अनि ( हेर ) कस्तो थियो मेरो दण्ड !
وَكَذَٰلِكَ حَقَّتۡ كَلِمَتُ رَبِّكَ عَلَى ٱلَّذِينَ كَفَرُوٓاْ أَنَّهُمۡ أَصۡحَٰبُ ٱلنَّارِ
Open ayah 40:6र, यसरी काफिरहरूको सम्बन्धमा तिनीहरू निश्चय नै नरकवासी हुन् भन्ने तिम्रा पालनकर्ताको आदेश सत्य सिद्ध भयो ।
ٱلَّذِينَ يَحۡمِلُونَ ٱلۡعَرۡشَ وَمَنۡ حَوۡلَهُۥ يُسَبِّحُونَ بِحَمۡدِ رَبِّهِمۡ وَيُؤۡمِنُونَ بِهِۦ وَيَسۡتَغۡفِرُونَ لِلَّذِينَ ءَامَنُواْۖ رَبَّنَا وَسِعۡتَ كُلَّ شَيۡءٖ رَّحۡمَةٗ وَعِلۡمٗا فَٱغۡفِرۡ لِلَّذِينَ تَابُواْ وَٱتَّبَعُواْ سَبِيلَكَ وَقِهِمۡ عَذَابَ ٱلۡجَحِيمِ
Open ayah 40:7अर्श (सिंहासन) उठाएका र त्यस वरिपरिका फरिश्ताहरू आफ्ना पालनकर्ताको प्रशंसाका साथ महिमागान गर्छन् र उनीमाथि ईमान राख्छन् अनि आस्थावानहरूकालागि क्षमा प्रार्थना गर्छन्– “हे हाम्रा पालनकर्ता ! तिमीले आफ्नो दया र ज्ञानद्वारा प्रत्येक चिजलाई घेरेका छौ । अतः प्रायश्चित गर्ने तथा तिम्रो मार्गको अनुसरण गर्नेहरूलाई क्षमा गर, र उनीहरूलाई नरकको यातनाबाट बचाऊ ।
رَبَّنَا وَأَدۡخِلۡهُمۡ جَنَّٰتِ عَدۡنٍ ٱلَّتِي وَعَدتَّهُمۡ وَمَن صَلَحَ مِنۡ ءَابَآئِهِمۡ وَأَزۡوَٰجِهِمۡ وَذُرِّيَّٰتِهِمۡۚ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
Open ayah 40:8हे हाम्रा पालनकर्ता ! उनीहरूलाई चिरस्थायी स्वर्गमा प्रवेश गराऊ र उनीहरूका पूर्वजहरू, स्त्रीहरू र सन्तानहरूमध्ये सत्कर्मीहरूलाई पनि । निस्सन्देह तिमी प्रभुत्वशाली एवं तत्वदर्शी छौ ।
وَقِهِمُ ٱلسَّيِّـَٔاتِۚ وَمَن تَقِ ٱلسَّيِّـَٔاتِ يَوۡمَئِذٖ فَقَدۡ رَحِمۡتَهُۥۚ وَذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
Open ayah 40:9र, उनीहरूलाई प्रकोपबाट सुरक्षित राख । र, वास्तवमा त्यसदिन दुष्टताबाट तिमीले जसलाई सुरक्षित राख्यौ, उसमाथि (ठूलो) दया गर्यौ । र, यही नै ठूलो सफलता हो ।”
إِنَّ ٱلَّذِينَ كَفَرُواْ يُنَادَوۡنَ لَمَقۡتُ ٱللَّهِ أَكۡبَرُ مِن مَّقۡتِكُمۡ أَنفُسَكُمۡ إِذۡ تُدۡعَوۡنَ إِلَى ٱلۡإِيمَٰنِ فَتَكۡفُرُونَ
Open ayah 40:10काफिरहरूलाई ठूलो स्वरमा भनिनेछ– “तिमीहरूलाई आज जति रिस स्वयंमाथि उठिरहेको छ, अल्लाहलाई तिमीहरूमाथि त्यसबेला योभन्दा बढी रिस उठ्थ्यो जब तिमीहरूलाई ईमानतर्फ बोलाइन्थ्यो तर तिमीहरू अस्वीकार गर्थ्यौ ।”
قَالُواْ رَبَّنَآ أَمَتَّنَا ٱثۡنَتَيۡنِ وَأَحۡيَيۡتَنَا ٱثۡنَتَيۡنِ فَٱعۡتَرَفۡنَا بِذُنُوبِنَا فَهَلۡ إِلَىٰ خُرُوجٖ مِّن سَبِيلٖ
Open ayah 40:11तिनीहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत्यु दियौ र दुईपटक जीवन प्रदान गर्यौ । अब हामीले आफ्नो पापलाई स्वीकार गर्यौं । अनि के अब कुनै निकासको बाटो छ ?”
ذَٰلِكُم بِأَنَّهُۥٓ إِذَا دُعِيَ ٱللَّهُ وَحۡدَهُۥ كَفَرۡتُمۡ وَإِن يُشۡرَكۡ بِهِۦ تُؤۡمِنُواْۚ فَٱلۡحُكۡمُ لِلَّهِ ٱلۡعَلِيِّ ٱلۡكَبِيرِ
Open ayah 40:12तिमीहरूको यो परिणाम यस कारणले भएको छ कि जब एक अल्लाहतर्फ बोलाइन्थ्यो तब तिमीहरू अस्वीकार गर्थ्यौ र जब उनका साथ साझेदार ठहराइन्थ्यो तब तिमीहरू स्वीकार गर्थ्यौ । अनि अब निर्णय केवल सर्वोच्च एवं महान् अल्लाहको हातमा छ ।
هُوَ ٱلَّذِي يُرِيكُمۡ ءَايَٰتِهِۦ وَيُنَزِّلُ لَكُم مِّنَ ٱلسَّمَآءِ رِزۡقٗاۚ وَمَا يَتَذَكَّرُ إِلَّا مَن يُنِيبُ
Open ayah 40:13उनै हुन् जसले तिमीहरूलाई आफ्ना निशानीहरू देखाउँछन् र तिमीहरूकालागि आकाशबाट जीविका अवतीर्ण गर्छन् । र, उपदेश केवल प्रायश्चित गर्नेहरूले ग्रहण गर्छन् ।
فَٱدۡعُواْ ٱللَّهَ مُخۡلِصِينَ لَهُ ٱلدِّينَ وَلَوۡ كَرِهَ ٱلۡكَٰفِرُونَ
Open ayah 40:14अतः आज्ञापालनलाई अल्लाहकैलागि विशिष्ट गरेर उनैलाई पुकार्ने गर, चाहे काफिरहरूले घृणा नै किन नगरून् ।
رَفِيعُ ٱلدَّرَجَٰتِ ذُو ٱلۡعَرۡشِ يُلۡقِي ٱلرُّوحَ مِنۡ أَمۡرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنۡ عِبَادِهِۦ لِيُنذِرَ يَوۡمَ ٱلتَّلَاقِ
Open ayah 40:15उनी उच्च पदस्थ सिंहासनका मालिक, अल्लाह आफ्ना भक्तहरूमध्ये जसमाथि चाहन्छन् वहय गर्छन् ताकि उनले साक्षात्कारको दिनबाट डराऊन् ।
يَوۡمَ هُم بَٰرِزُونَۖ لَا يَخۡفَىٰ عَلَى ٱللَّهِ مِنۡهُمۡ شَيۡءٞۚ لِّمَنِ ٱلۡمُلۡكُ ٱلۡيَوۡمَۖ لِلَّهِ ٱلۡوَٰحِدِ ٱلۡقَهَّارِ
Open ayah 40:16जुन दिन सबै मानिसहरू सामुन्ने उपस्थित हुनेछन्, तिनीहरूको कुनै कुरा अल्लाहबाट ओझेल रहने छैन । (सोधिनेछ)– “आज कसको सत्ता छ ? (भन्नेछन्) केवल एक मात्र प्रबल अल्लाहको ।
ٱلۡيَوۡمَ تُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡۚ لَا ظُلۡمَ ٱلۡيَوۡمَۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلۡحِسَابِ
Open ayah 40:17आज प्रत्येक व्यक्तिलाई उसको आर्जनको प्रतिफल दिइनेछ । आज कुनै किसिमको अन्याय हुने छैन । निस्सन्देह अल्लाहले हिसाब लिनेछन् ।
وَأَنذِرۡهُمۡ يَوۡمَ ٱلۡأٓزِفَةِ إِذِ ٱلۡقُلُوبُ لَدَى ٱلۡحَنَاجِرِ كَٰظِمِينَۚ مَا لِلظَّٰلِمِينَ مِنۡ حَمِيمٖ وَلَا شَفِيعٖ يُطَاعُ
Open ayah 40:18र, हे नबी स.! भय देखाऊ चाँडै तिनीहरूलाई अति निकट आइरहेको (महाप्रलयको) दिनबाट जब मुटु घाँटीमा अड्किनेछ र सबै ठूलो पीडा खपिरहेका हुनेछन् । त्यो दिन अत्याचारीहरूको न कोही प्रिय–मित्र हुनेछ न कोही यस्तो सिफारिसकर्ता जसको कुरा स्वीकार गरियोस् ।
يَعۡلَمُ خَآئِنَةَ ٱلۡأَعۡيُنِ وَمَا تُخۡفِي ٱلصُّدُورُ
Open ayah 40:19अल्लाह आँखाको छल र मुटुले लुकाएका कुराहरू राम्ररी जान्दछन् ।
وَٱللَّهُ يَقۡضِي بِٱلۡحَقِّۖ وَٱلَّذِينَ يَدۡعُونَ مِن دُونِهِۦ لَا يَقۡضُونَ بِشَيۡءٍۗ إِنَّ ٱللَّهَ هُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ
Open ayah 40:20अनि, अल्लाहले न्यायोचित निर्णय गर्नेछन् र उनीबाहेक यिनीहरूले पुकार्ने गरेका (मिथ्या उपास्यहरू) ले कुनै निर्णय गर्न सक्ने छैनन् । निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।
۞أَوَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ كَانُواْ مِن قَبۡلِهِمۡۚ كَانُواْ هُمۡ أَشَدَّ مِنۡهُمۡ قُوَّةٗ وَءَاثَارٗا فِي ٱلۡأَرۡضِ فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمۡ وَمَا كَانَ لَهُم مِّنَ ٱللَّهِ مِن وَاقٖ
Open ayah 40:21के यिनीहरूले धर्तीमा घुमफिर गरेनन् ताकि विगतका मानिसहरूको दुष्परिणाम देखून् । तिनीहरू शक्ति र धर्तीमा छोडेका स्मृति चिन्हका दृष्टिकोणले यिनीहरूभन्दा अगाडि थिए । तर तिनीहरूलाई अल्लाहले तिनीहरूका पापको कारणले समाते र तिनीहरूलाई अल्लाहबाट बचाउन सक्ने कोही पनि भएन ।
ذَٰلِكَ بِأَنَّهُمۡ كَانَت تَّأۡتِيهِمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَكَفَرُواْ فَأَخَذَهُمُ ٱللَّهُۚ إِنَّهُۥ قَوِيّٞ شَدِيدُ ٱلۡعِقَابِ
Open ayah 40:22यो यसकारणले कि तिनीहरूसमक्ष तिनका ईशदूतहरू खुल्ला प्रमाणहरू लिएर आएका थिए तर तिनीहरूले अस्वीकार गरे । अतः अल्लाहले तिनीहरूलाई समाते । निस्सन्देह उनी शक्तिशाली एवं कठोर दण्डदाता हुन् ।
وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَا وَسُلۡطَٰنٖ مُّبِينٍ
Open ayah 40:23निस्सन्देह हामीले मूसालाई आफ्ना निशानीहरू तथा खुल्ला प्रमाणका साथ पठाएका थियौं...
إِلَىٰ فِرۡعَوۡنَ وَهَٰمَٰنَ وَقَٰرُونَ فَقَالُواْ سَٰحِرٞ كَذَّابٞ
Open ayah 40:24फिरऔन, हामान तथा कारूनतर्फ । तर तिनीहरूले भने– “यो त जादूगर हो अति नै झूठो ।”
فَلَمَّا جَآءَهُم بِٱلۡحَقِّ مِنۡ عِندِنَا قَالُواْ ٱقۡتُلُوٓاْ أَبۡنَآءَ ٱلَّذِينَ ءَامَنُواْ مَعَهُۥ وَٱسۡتَحۡيُواْ نِسَآءَهُمۡۚ وَمَا كَيۡدُ ٱلۡكَٰفِرِينَ إِلَّا فِي ضَلَٰلٖ
Open ayah 40:25अनि जब उनी हाम्रोतर्फबाट तिनीहरूकहाँ नितान्त सत्य लिएर आए तब तिनीहरूले भने– “त्यसमाथि ईमान ल्याउनेहरूका छोराहरूको हत्या गरिदेऊ र छोरीहरूलाई जीवित छोडिदेऊ ।” तर काफिरहरूको चलेखल असफल हुने नै थियो ।
وَقَالَ فِرۡعَوۡنُ ذَرُونِيٓ أَقۡتُلۡ مُوسَىٰ وَلۡيَدۡعُ رَبَّهُۥٓۖ إِنِّيٓ أَخَافُ أَن يُبَدِّلَ دِينَكُمۡ أَوۡ أَن يُظۡهِرَ فِي ٱلۡأَرۡضِ ٱلۡفَسَادَ
Open ayah 40:26र, फिरऔनले भन्यो– “मलाई छोड, म मूसालाई मारिदिन्छु र बोलाओस् उसले आफ्ना पालनकर्तालाई । उसले तिमीहरूको धर्म परिवर्तन गरिदेला वा देशमा अशान्ति र विध्वंस मच्चाउला भन्ने मलाई आशंका छ ।
وَقَالَ مُوسَىٰٓ إِنِّي عُذۡتُ بِرَبِّي وَرَبِّكُم مِّن كُلِّ مُتَكَبِّرٖ لَّا يُؤۡمِنُ بِيَوۡمِ ٱلۡحِسَابِ
Open ayah 40:27मूसाले भने– “म हिसाब–किताबको दिनमाथि आस्था नराख्ने प्रत्येक घमण्डी व्यक्तिबाट आफ्ना र तिमीहरूका पालनकर्ताको शरणको याचना गर्छु ।”
وَقَالَ رَجُلٞ مُّؤۡمِنٞ مِّنۡ ءَالِ فِرۡعَوۡنَ يَكۡتُمُ إِيمَٰنَهُۥٓ أَتَقۡتُلُونَ رَجُلًا أَن يَقُولَ رَبِّيَ ٱللَّهُ وَقَدۡ جَآءَكُم بِٱلۡبَيِّنَٰتِ مِن رَّبِّكُمۡۖ وَإِن يَكُ كَٰذِبٗا فَعَلَيۡهِ كَذِبُهُۥۖ وَإِن يَكُ صَادِقٗا يُصِبۡكُم بَعۡضُ ٱلَّذِي يَعِدُكُمۡۖ إِنَّ ٱللَّهَ لَا يَهۡدِي مَنۡ هُوَ مُسۡرِفٞ كَذَّابٞ
Open ayah 40:28र, फिरऔनकै खानदानमध्येको एकजना आस्थावान व्यक्ति जसले आफ्नो ईमान गोप्य राखेको थियो, ले भन्यो– “के तिमीहरू यस्तो व्यक्तिको हत्या गर्न चाहन्छौ जसले मेरा पालनकर्ता अल्लाह हुन् भनेर भन्छन् र जसले तिमीहरूका पालनकर्ताको तर्फबाट निशानीहरू पनि ल्याएका छन् ? र, यदि उनी झुठा हुन् भने उनको झूठले उनैलाई हानि हुनेछ । तर, यदि उनी सच्चा हुन् भने उनले तिमीहरूलाई कुनै डर देखाईएका कुनै पनि प्रकोपको कुनै न कुनै अंश तिमीहरूमाथि आइलाग्नेछ । निस्सन्देह अल्लाह सीमा उल्लङ्घनकारी तथा मिथ्यावादीलाई मार्ग देखाउँदैनन् ।
يَٰقَوۡمِ لَكُمُ ٱلۡمُلۡكُ ٱلۡيَوۡمَ ظَٰهِرِينَ فِي ٱلۡأَرۡضِ فَمَن يَنصُرُنَا مِنۢ بَأۡسِ ٱللَّهِ إِن جَآءَنَاۚ قَالَ فِرۡعَوۡنُ مَآ أُرِيكُمۡ إِلَّا مَآ أَرَىٰ وَمَآ أَهۡدِيكُمۡ إِلَّا سَبِيلَ ٱلرَّشَادِ
Open ayah 40:29हे मेरा जातिबन्धुहरू हो ! आज तिमीहरूको शासन छ, र पो तिमीहरू धर्तीमा रवाफ देखाइरहेका छौ । तर यदि अल्लाहको प्रकोप हामीमाथि अवतीर्ण भयो भने कसले हामीलाई त्यसबाट जोगाउन सक्छ ?” फिरऔनले भन्यो– “म तिमीहरूलाई त्यही कुरा बताउँछु जुन कुरा म उचित ठान्छु । र, तिमीहरूलाई त्यही मार्ग देखाउँछु जुन सोझो छ ।”
وَقَالَ ٱلَّذِيٓ ءَامَنَ يَٰقَوۡمِ إِنِّيٓ أَخَافُ عَلَيۡكُم مِّثۡلَ يَوۡمِ ٱلۡأَحۡزَابِ
Open ayah 40:30इमानवालाले भने– “हे मेरा जातिबन्धु हो ! तिमीहरूमाथि पनि त्यही (प्रकोप) दिन आउला कि भन्ने मलाई डर लाग्छ जुन अन्य समुदायहरूमाथि आएको थियो ।
مِثۡلَ دَأۡبِ قَوۡمِ نُوحٖ وَعَادٖ وَثَمُودَ وَٱلَّذِينَ مِنۢ بَعۡدِهِمۡۚ وَمَا ٱللَّهُ يُرِيدُ ظُلۡمٗا لِّلۡعِبَادِ
Open ayah 40:31नूहको समुदाय, आद, समूद तथा तिनीहरूपछिका अन्य समुदायहरूको जस्तो । र, अल्लाह आफ्ना भक्तहरूमाथि कुनै प्रकारको अन्याय गर्न चाहँदैनन् ।
وَيَٰقَوۡمِ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ يَوۡمَ ٱلتَّنَادِ
Open ayah 40:32र, हे मेरा जातिबन्धु हो ! म तिमीहरूकालागि एक अर्कोलाई पुकार्ने दिनसँग तर्सन्छु ।
يَوۡمَ تُوَلُّونَ مُدۡبِرِينَ مَا لَكُم مِّنَ ٱللَّهِ مِنۡ عَاصِمٖۗ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنۡ هَادٖ
Open ayah 40:33जुन दिन तिमीहरू पिठ्यूँ फर्काएर भाग्नेछौ । तर तिमीहरूलाई अल्लाहबाट बचाउने कोही हुने छैन । र, अल्लाह जसलाई पथभ्रष्ट पार्छन् उसको कोही मार्गदर्शक हुन सक्दैन ।
وَلَقَدۡ جَآءَكُمۡ يُوسُفُ مِن قَبۡلُ بِٱلۡبَيِّنَٰتِ فَمَا زِلۡتُمۡ فِي شَكّٖ مِّمَّا جَآءَكُم بِهِۦۖ حَتَّىٰٓ إِذَا هَلَكَ قُلۡتُمۡ لَن يَبۡعَثَ ٱللَّهُ مِنۢ بَعۡدِهِۦ رَسُولٗاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَنۡ هُوَ مُسۡرِفٞ مُّرۡتَابٌ
Open ayah 40:34र, यसअघि तिमीहरूसमक्ष यूसुफ निशानीहरू लिएर आएका थिए । तर तिमीहरूले त्यस शङ्का गरिरह्यौ, जुन उनले लिएर आएका थिए यहाँसम्म कि जब उनको मृत्यु भयो तब तिमीहरूले भन्यौ– “उनीपश्चात् अब अल्लाहले कुनै रसूल पठाउने नै छैनन् । यसरी अल्लाह त्यसलाई पथभ्रष्ट गर्छन् जो सीमा उल्लङ्घनकारी, शङ्कालु छन् ।
ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ بِغَيۡرِ سُلۡطَٰنٍ أَتَىٰهُمۡۖ كَبُرَ مَقۡتًا عِندَ ٱللَّهِ وَعِندَ ٱلَّذِينَ ءَامَنُواْۚ كَذَٰلِكَ يَطۡبَعُ ٱللَّهُ عَلَىٰ كُلِّ قَلۡبِ مُتَكَبِّرٖ جَبَّارٖ
Open ayah 40:35जो अल्लाहका आयतहरूको सम्बन्धमा तिनीहरूलाई प्राप्त कुनै प्रमाणबिना नै तर्कवितर्क गर्छन् । अल्लाह र आस्थावानहरूको दृष्टिमा यो अति घृणित कार्य हो । यसरी अल्लाह हरेक घमण्डी र उद्दण्ड व्यक्तिको हृदयमा मोहर लगाइ दिन्छन् ।
وَقَالَ فِرۡعَوۡنُ يَٰهَٰمَٰنُ ٱبۡنِ لِي صَرۡحٗا لَّعَلِّيٓ أَبۡلُغُ ٱلۡأَسۡبَٰبَ
Open ayah 40:36र, फिरऔनले भन्यो– “हे हामान ! मेरोलागि एउटा अग्लो भवन निर्माण गर ताकि म मार्गको छेउछाउसम्म पुग्न सकूँ ।
أَسۡبَٰبَ ٱلسَّمَٰوَٰتِ فَأَطَّلِعَ إِلَىٰٓ إِلَٰهِ مُوسَىٰ وَإِنِّي لَأَظُنُّهُۥ كَٰذِبٗاۚ وَكَذَٰلِكَ زُيِّنَ لِفِرۡعَوۡنَ سُوٓءُ عَمَلِهِۦ وَصُدَّ عَنِ ٱلسَّبِيلِۚ وَمَا كَيۡدُ فِرۡعَوۡنَ إِلَّا فِي تَبَابٖ
Open ayah 40:37आकाशको मार्गसम्म ताकि मूसाका ईश्वरलाई देखूँ । र, वास्तवमा म मूसालाई त झुठो नै ठान्दछु । र, यसप्रकार फिरऔनको दृष्टिमा उयसका कुकर्महरू सुन्दर देखाइए । र, ऊ (सत्य) मार्गबाट रोकियो र फिरऔनका उपायहरू त खेर नै जाने थिए ।
وَقَالَ ٱلَّذِيٓ ءَامَنَ يَٰقَوۡمِ ٱتَّبِعُونِ أَهۡدِكُمۡ سَبِيلَ ٱلرَّشَادِ
Open ayah 40:38र, आस्थावानले भने– हे मेरा जाति बन्धुहरू हो ! तिमीहरू मेरो अनुसरण गर । म तिमीहरूलाई सीधामार्ग देखाउनेछु ।
يَٰقَوۡمِ إِنَّمَا هَٰذِهِ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا مَتَٰعٞ وَإِنَّ ٱلۡأٓخِرَةَ هِيَ دَارُ ٱلۡقَرَارِ
Open ayah 40:39हे मेरा जातिबन्धुहरू हो ! यो सांसारिक जीवन क्षणिक मोजमस्ति मात्र हो । र, आखिरत नै चिरस्थायी घर हो ।
مَنۡ عَمِلَ سَيِّئَةٗ فَلَا يُجۡزَىٰٓ إِلَّا مِثۡلَهَاۖ وَمَنۡ عَمِلَ صَٰلِحٗا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَأُوْلَٰٓئِكَ يَدۡخُلُونَ ٱلۡجَنَّةَ يُرۡزَقُونَ فِيهَا بِغَيۡرِ حِسَابٖ
Open ayah 40:40जसले दुष्कर्म गर्छ त्यसलाई त्यति नै बदला दिइनेछ जति उसले दुष्कर्म गरेको हुन्छ । र, आस्थावान रहेको अवस्थामा पुरुष वा स्त्री जो सत्कर्म गर्छन् तिनीहरू नै स्वर्गमा प्रवेश गर्नेछन् जहाँ अनगिन्ती जीविका पाउनेछन् ।
۞وَيَٰقَوۡمِ مَا لِيٓ أَدۡعُوكُمۡ إِلَى ٱلنَّجَوٰةِ وَتَدۡعُونَنِيٓ إِلَى ٱلنَّارِ
Open ayah 40:41हे मेरा जातिबन्धु ! यो कस्तो कुरा हो कि म तिमीहरूलाई मुक्तितर्फ आह्वान गर्छु, तर तिमीहरू मलाई नरकतर्फ आह्वान गर्छौ ?
تَدۡعُونَنِي لِأَكۡفُرَ بِٱللَّهِ وَأُشۡرِكَ بِهِۦ مَا لَيۡسَ لِي بِهِۦ عِلۡمٞ وَأَنَا۠ أَدۡعُوكُمۡ إِلَى ٱلۡعَزِيزِ ٱلۡغَفَّٰرِ
Open ayah 40:42तिमीहरू मलाई अल्लाहको इन्कार गर्न र उनीसँग यस्तो चिजलाई साझेदार बनाउन आह्वान गर्छौ जसको बारेमा मलाई ज्ञान नै छैन । र, म चाहिँ तिमीहरूलाई प्रभुत्वशाली एवं परम क्षमाशील (अल्लाह) तर्फ बोलाइरहेको छु ।
لَا جَرَمَ أَنَّمَا تَدۡعُونَنِيٓ إِلَيۡهِ لَيۡسَ لَهُۥ دَعۡوَةٞ فِي ٱلدُّنۡيَا وَلَا فِي ٱلۡأٓخِرَةِ وَأَنَّ مَرَدَّنَآ إِلَى ٱللَّهِ وَأَنَّ ٱلۡمُسۡرِفِينَ هُمۡ أَصۡحَٰبُ ٱلنَّارِ
Open ayah 40:43वास्तवमा तिमी मलाई जसतर्फ बोलाउँदैछौ उसको त कुनै पुकार नै छैन, न संसारमा र न आखिरतमा नै । र, निश्चय नै हामी सबै अल्लाहकहाँ नै फर्केर जानुछ । र, निस्सन्देह सीमा उल्लङ्घनकारीहरू नै नरकबासी हुन् ।
فَسَتَذۡكُرُونَ مَآ أَقُولُ لَكُمۡۚ وَأُفَوِّضُ أَمۡرِيٓ إِلَى ٱللَّهِۚ إِنَّ ٱللَّهَ بَصِيرُۢ بِٱلۡعِبَادِ
Open ayah 40:44मैले भनेको कुरा तिमीहरूले चाडै नै सम्झनेछौ र म आफ्नो मामिला अल्लाहलाई सुम्पन्छु । निस्सन्देह अल्लाह आफ्ना भक्तहरूमाथि दृष्टि राख्छन् ।
فَوَقَىٰهُ ٱللَّهُ سَيِّـَٔاتِ مَا مَكَرُواْۖ وَحَاقَ بِـَٔالِ فِرۡعَوۡنَ سُوٓءُ ٱلۡعَذَابِ
Open ayah 40:45अनि अल्लाहले तिनीहरूले गरेका उपायहरूको निकृष्टताबाट उसलाई सुरक्षित राखे र फिरऔनका मानिसहरूलाई निकृष्ट प्रकोपले घेर्यो ।
ٱلنَّارُ يُعۡرَضُونَ عَلَيۡهَا غُدُوّٗا وَعَشِيّٗاۚ وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ أَدۡخِلُوٓاْ ءَالَ فِرۡعَوۡنَ أَشَدَّ ٱلۡعَذَابِ
Open ayah 40:46आगो– जहाँ तिनीहरूलाई बिहान र बेलुका उपस्थित गराइन्छ । र, जुन दिन महाप्रलय हुन्छ (त्यस दिन भनिनेछ)– फिरऔनका मानिसहरूलाई कठोर यातनामा हाल !”
وَإِذۡ يَتَحَآجُّونَ فِي ٱلنَّارِ فَيَقُولُ ٱلضُّعَفَٰٓؤُاْ لِلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُنَّا لَكُمۡ تَبَعٗا فَهَلۡ أَنتُم مُّغۡنُونَ عَنَّا نَصِيبٗا مِّنَ ٱلنَّارِ
Open ayah 40:47र, जब तिनीहरू नरकमा आपसमा झगडा गर्नेछन् तब दुर्बल (अनुयायी) हरूले आफ्ना अगुवाहरूलाई भन्नेछन्– “वस्तुतः हामी तिमीहरूका अनुयायी थियौं । र, के तिमीहरू नरकको यातनाको केही अंश हामीबाट हटाउन सक्छौ ?
قَالَ ٱلَّذِينَ ٱسۡتَكۡبَرُوٓاْ إِنَّا كُلّٞ فِيهَآ إِنَّ ٱللَّهَ قَدۡ حَكَمَ بَيۡنَ ٱلۡعِبَادِ
Open ayah 40:48ठुलाबडा बन्नेहरूले भन्नेछन्– “हामी सबै यसै (यातना) मा रहनेछौं । अल्लाहले आफ्ना भक्तहरूबीच निर्णय गरिसकेका छन् ।”
وَقَالَ ٱلَّذِينَ فِي ٱلنَّارِ لِخَزَنَةِ جَهَنَّمَ ٱدۡعُواْ رَبَّكُمۡ يُخَفِّفۡ عَنَّا يَوۡمٗا مِّنَ ٱلۡعَذَابِ
Open ayah 40:49र, सबै नरकबासीहरू मिलेर नरकका संरक्षकहरूलाई भन्नेछन्–“तिमी नै आफ्ना पालनकर्तासित प्रार्थना गर कि उनले हाम्रोलागि यातनालाई एक दिन कम गरिदिऊन् ।”
قَالُوٓاْ أَوَلَمۡ تَكُ تَأۡتِيكُمۡ رُسُلُكُم بِٱلۡبَيِّنَٰتِۖ قَالُواْ بَلَىٰۚ قَالُواْ فَٱدۡعُواْۗ وَمَا دُعَٰٓؤُاْ ٱلۡكَٰفِرِينَ إِلَّا فِي ضَلَٰلٍ
Open ayah 40:50उनीहरूले सोध्नेछन्– “के तिमीहरूसमक्ष तिम्रा रसूलहरू चमत्कार लिएर आएका थिएनन् र ?” तिनीहरूले भन्नेछन्– “हो, आएका थिए ।” उनीहरूले भन्नेछन्– “त्यसो भए तिमीहरू स्वयं प्रार्थना गर ।” र, काफिरहरूको प्रार्थना त व्यर्थ नै हुन्छ ।
إِنَّا لَنَنصُرُ رُسُلَنَا وَٱلَّذِينَ ءَامَنُواْ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَيَوۡمَ يَقُومُ ٱلۡأَشۡهَٰدُ
Open ayah 40:51निस्सन्देह हामी आफ्ना रसूलहरू र आस्थावानहरूलाई सांसारिक जीवनमा पनि सहयोग गर्छौं, र त्यसदिन पनि जब साक्षीहरू उभिनेछन् ।
يَوۡمَ لَا يَنفَعُ ٱلظَّٰلِمِينَ مَعۡذِرَتُهُمۡۖ وَلَهُمُ ٱللَّعۡنَةُ وَلَهُمۡ سُوٓءُ ٱلدَّارِ
Open ayah 40:52त्यसदिन अत्याचारीहरूलाई तिनीहरूका कुनै पनि क्षमायाचनाले लाभ पुर्याउने छैन । र, तिनीहरूका लागि धिक्कार छ र निकृष्ट बासस्थान ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡهُدَىٰ وَأَوۡرَثۡنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ ٱلۡكِتَٰبَ
Open ayah 40:53र, हामीले मूसालाई मार्गदर्शन प्रदान गर्यौं अनि इसराईलका सन्तानहरूलाई त्यस ग्रन्थको उत्तराधिकारी बनायौं ।
هُدٗى وَذِكۡرَىٰ لِأُوْلِي ٱلۡأَلۡبَٰبِ
Open ayah 40:54जुन बुद्धिमान्हरूकालागि मार्गदर्शन एवं उपदेश थियो ।
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَٱسۡتَغۡفِرۡ لِذَنۢبِكَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ بِٱلۡعَشِيِّ وَٱلۡإِبۡكَٰرِ
Open ayah 40:55अतः (हे नबी स.!) धैर्य धारण गर; अल्लाहको वाचा निश्चय नै सत्य हो । र, आफ्नो पापकोलागि क्षमायाचना गर । र, बिहान बेलुका आफ्ना पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर ।
إِنَّ ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ بِغَيۡرِ سُلۡطَٰنٍ أَتَىٰهُمۡ إِن فِي صُدُورِهِمۡ إِلَّا كِبۡرٞ مَّا هُم بِبَٰلِغِيهِۚ فَٱسۡتَعِذۡ بِٱللَّهِۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ
Open ayah 40:56जुन व्यक्तिहरू अल्लाहका आयतहरूका बारेमा उनीहरूसमक्ष आएको प्रमाण बिना नै तर्क–वितर्क गर्छन्, तिनीहरूको हृदयमा मात्र अहंकार छ जहाँ सम्म तिनीहरू कहिल्यै पुग्न सक्दैनन् । अतः तिमी अल्लाहको शरण याचना गर । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।
لَخَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ أَكۡبَرُ مِنۡ خَلۡقِ ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ
Open ayah 40:57आकाशहरू तथा पृथ्वीको सृजना निश्चय नै मानव जातिको सृजनाभन्दा ठूलो कार्य हो तर अधिकांश मानिसहरू बुझ्दैनन् ।
وَمَا يَسۡتَوِي ٱلۡأَعۡمَىٰ وَٱلۡبَصِيرُ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَلَا ٱلۡمُسِيٓءُۚ قَلِيلٗا مَّا تَتَذَكَّرُونَ
Open ayah 40:58र, अन्धा तथा दृष्टिवान समान हुन सक्दैनन्, र न ईमान ल्याएर सत्कर्म गर्हनेहरू दुष्कर्मीहरू सरह हुन सक्नेछन् । तिमीहरू अति कम उपदेश ग्रहण गर्ने गर्छौ ।
إِنَّ ٱلسَّاعَةَ لَأٓتِيَةٞ لَّا رَيۡبَ فِيهَا وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يُؤۡمِنُونَ
Open ayah 40:59महाप्रलय अवश्य नै आउनेवाला छ । यसमा कुनै सन्देह छैन । तर अधिकांश मानिसहरू विश्वास गर्दैनन् ।
وَقَالَ رَبُّكُمُ ٱدۡعُونِيٓ أَسۡتَجِبۡ لَكُمۡۚ إِنَّ ٱلَّذِينَ يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِي سَيَدۡخُلُونَ جَهَنَّمَ دَاخِرِينَ
Open ayah 40:60र, तिम्रा पालनकर्ताले भनेका छन्– “तिमीहरू मलाई पुकार, म तिमीहरूको पुकार सुन्छु । तर जुन मानिसहरू घमण्डले गर्दा मेरो उपासना गर्दैनन्, तिनीहरू अवश्य अपमानित भई नरकमा जानेछन् ।
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلَّيۡلَ لِتَسۡكُنُواْ فِيهِ وَٱلنَّهَارَ مُبۡصِرًاۚ إِنَّ ٱللَّهَ لَذُو فَضۡلٍ عَلَى ٱلنَّاسِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَشۡكُرُونَ
Open ayah 40:61अल्लाह नै हुन् जसले तिमीहरूकालागि रात बनाए ताकि तिमीहरू विश्राम गर र दिनलाई उज्यालो बनाए (ताकि काम गर) । निस्सन्देह अल्लाह मानिसहरूमाथि कृपावान छन् तर अधिकांश मानिसहरू चाहिँ कृतज्ञ छैनन् ।
ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡ خَٰلِقُ كُلِّ شَيۡءٖ لَّآ إِلَٰهَ إِلَّا هُوَۖ فَأَنَّىٰ تُؤۡفَكُونَ
Open ayah 40:62उनै अल्लाह तिमीहरूका पालनकर्ता प्रत्येक वस्तुका सृष्टिकर्ता हुन् । उनीबाहेक कोही उपास्य छैन । अनि तिमीहरू कता बहकाइँदै छौ ?
كَذَٰلِكَ يُؤۡفَكُ ٱلَّذِينَ كَانُواْ بِـَٔايَٰتِ ٱللَّهِ يَجۡحَدُونَ
Open ayah 40:63अल्लाहका आयतहरूलाई अस्वीकार गर्नेहरू यसरी नै भड्किरहन्छन् ।
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ قَرَارٗا وَٱلسَّمَآءَ بِنَآءٗ وَصَوَّرَكُمۡ فَأَحۡسَنَ صُوَرَكُمۡ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَٰتِۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمۡۖ فَتَبَارَكَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ
Open ayah 40:64अल्लाह नै हुन् जसले पृथ्वीलाई तिमीहरूकालागि बास्स्थान बनाए, र आकाशलाई छाना र तिमीहरूलाई रूप दिए । अनि उनले तिमीहरूको रूपलाई अति सुन्दर बनाए अनि तिमीहरूलाई पवित्र आजीविका प्रदान गरे । उनै अल्लाह तिमीहरूका पालनकर्ता हुन् । अनि सम्पूर्ण जगत्का पालनकर्ता अल्लाह अति नै बरकतयुक्त छन् ।
هُوَ ٱلۡحَيُّ لَآ إِلَٰهَ إِلَّا هُوَ فَٱدۡعُوهُ مُخۡلِصِينَ لَهُ ٱلدِّينَۗ ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 40:65उनी अजर छन् । उनी बाहेक अरु कोही पूज्य छैन । अतः तिमी आज्ञापालनलाई उनैकालागि विशिष्ट गरी उनैलाई पुकार । सारा प्रशंसा सम्पूर्ण जगत्का पालनकर्ता अल्लाहकैनिम्ति हुन् ।
۞قُلۡ إِنِّي نُهِيتُ أَنۡ أَعۡبُدَ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَمَّا جَآءَنِيَ ٱلۡبَيِّنَٰتُ مِن رَّبِّي وَأُمِرۡتُ أَنۡ أُسۡلِمَ لِرَبِّ ٱلۡعَٰلَمِينَ
Open ayah 40:66भनिदेऊ– “अल्लाहलाई छोडी जसलाई तिमीहरू पुकार्ने गर्छौ, मलाई उनीहरूको उपासना गर्न मनाही गरिएको छ, जबकी रबको तर्फबाट मसमक्ष प्रस्ट प्रमाणहरू आइसकेका छन् । मलाई त सम्पूर्ण जगत्का पालनकर्ताप्रति पूर्ण समर्पित हुने आदेश प्राप्त भएको छ ।
هُوَ ٱلَّذِي خَلَقَكُم مِّن تُرَابٖ ثُمَّ مِن نُّطۡفَةٖ ثُمَّ مِنۡ عَلَقَةٖ ثُمَّ يُخۡرِجُكُمۡ طِفۡلٗا ثُمَّ لِتَبۡلُغُوٓاْ أَشُدَّكُمۡ ثُمَّ لِتَكُونُواْ شُيُوخٗاۚ وَمِنكُم مَّن يُتَوَفَّىٰ مِن قَبۡلُۖ وَلِتَبۡلُغُوٓاْ أَجَلٗا مُّسَمّٗى وَلَعَلَّكُمۡ تَعۡقِلُونَ
Open ayah 40:67उनै हुन् तिमीहरूलाई माटोबाट सृजना गरे, फेरि वीर्यबाट, फेरि रगतको ढिक्काबाट । फेरि उनै तिमीहरूलाई शिशुको रूपमा बाहिर निकाल्छन् । (अनि तिमीहरूलाई हुर्काउँछन्) ताकि तिमीहरू युवावस्थासम्म पुग, फेरि वृद्धावस्थासम्म पुग र तिमीहरूमध्ये कसैलाई त्यसअघि नै मृत्यु दिइन्छ र कसैलाई (अवसर दिइन्छ) ताकि तिमीहरू निर्धारित अवधिसम्म पुग, शायद तिमीहरू बुद्धिले काम लिनेछौ ।
هُوَ ٱلَّذِي يُحۡيِۦ وَيُمِيتُۖ فَإِذَا قَضَىٰٓ أَمۡرٗا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
Open ayah 40:68उनै हुन् जसले तिमीहरूलाई जीवन र मृत्यु दिन्छन् । उनले कुनै कार्यको निर्णय गर्दा यति मात्र भन्छन्– “भइहाल !” र, त्यो भइहाल्छ ।
أَلَمۡ تَرَ إِلَى ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِ ٱللَّهِ أَنَّىٰ يُصۡرَفُونَ
Open ayah 40:69के तिमीले अल्लाहका आयतहरूबारे झगडा गर्नेहरूलाई देखेनौं ? तिनीहरूलाई कतातिर बहकाइन्छ ?
ٱلَّذِينَ كَذَّبُواْ بِٱلۡكِتَٰبِ وَبِمَآ أَرۡسَلۡنَا بِهِۦ رُسُلَنَاۖ فَسَوۡفَ يَعۡلَمُونَ
Open ayah 40:70जसले ईशग्रन्थ तथा हामीले आफ्ना रसूलहरूलाई दिएर पठाएका कुराहरूलाई असत्य ठहर गरे, यिनीहरूले शीघ्र नै (वास्तविकता) जान्नेछन् ।
إِذِ ٱلۡأَغۡلَٰلُ فِيٓ أَعۡنَٰقِهِمۡ وَٱلسَّلَٰسِلُ يُسۡحَبُونَ
Open ayah 40:71जब यिनीहरूका गर्धनमा नेल तथा ( हात खुट्टाहरुमा) जञ्जीरहरू हुनेछन् । यिनीहरू घिसारिनेछन् ।
فِي ٱلۡحَمِيمِ ثُمَّ فِي ٱلنَّارِ يُسۡجَرُونَ
Open ayah 40:72उम्लँदो पानीमा र फेरि नरकको आगोमा जलाइनेछन् ।
ثُمَّ قِيلَ لَهُمۡ أَيۡنَ مَا كُنتُمۡ تُشۡرِكُونَ
Open ayah 40:73फेरि यिनीहरूलाई सोधिनेछ– “कहाँ छन् तिनीहरू, जसलाई तिमीहरू साझेदार ठहराउने गर्थ्यो ।
مِن دُونِ ٱللَّهِۖ قَالُواْ ضَلُّواْ عَنَّا بَل لَّمۡ نَكُن نَّدۡعُواْ مِن قَبۡلُ شَيۡـٔٗاۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ ٱلۡكَٰفِرِينَ
Open ayah 40:74अल्लाहबाहेक ?” तिनीहरूले भन्नेछन्– “तिनीहरू हामीबाट हराए । बरु हामीले यसभन्दा पहिले कसैलाई पुकारेकै थिएनौं । अल्लाह काफिरहरूलाई यसरी नै पथभ्रष्ट पार्छन् ।
ذَٰلِكُم بِمَا كُنتُمۡ تَفۡرَحُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَبِمَا كُنتُمۡ تَمۡرَحُونَ
Open ayah 40:75यो बदला हो त्यसको कि तिमीहरू धर्तीमा विना हक प्रफुल्लित हुन्थ्यौ र घमण्ड गर्थ्यो ।
ٱدۡخُلُوٓاْ أَبۡوَٰبَ جَهَنَّمَ خَٰلِدِينَ فِيهَاۖ فَبِئۡسَ مَثۡوَى ٱلۡمُتَكَبِّرِينَ
Open ayah 40:76अब नरकका ढोकाहरूबाट पस त्यसमा सदैव रहनकालागि । कति निकृष्ट रहेछ घमण्डीहरूको बासस्थान !
فَٱصۡبِرۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞۚ فَإِمَّا نُرِيَنَّكَ بَعۡضَ ٱلَّذِي نَعِدُهُمۡ أَوۡ نَتَوَفَّيَنَّكَ فَإِلَيۡنَا يُرۡجَعُونَ
Open ayah 40:77अतः (हे मुहम्मद स.!) तिमी धैर्य धारण गर । निस्सन्देह अल्लाहको वाचा सत्य हो । चाहे तिनीहरूलाई हामीले दिएको वचनको केही अंश तिमीलाई देखाऔँ वा तिमीलाई मृत्यु प्रदान गरौँ । आखिर तिनीहरू हामीतर्फ नै फर्केर आउनुछ ।
وَلَقَدۡ أَرۡسَلۡنَا رُسُلٗا مِّن قَبۡلِكَ مِنۡهُم مَّن قَصَصۡنَا عَلَيۡكَ وَمِنۡهُم مَّن لَّمۡ نَقۡصُصۡ عَلَيۡكَۗ وَمَا كَانَ لِرَسُولٍ أَن يَأۡتِيَ بِـَٔايَةٍ إِلَّا بِإِذۡنِ ٱللَّهِۚ فَإِذَا جَآءَ أَمۡرُ ٱللَّهِ قُضِيَ بِٱلۡحَقِّ وَخَسِرَ هُنَالِكَ ٱلۡمُبۡطِلُونَ
Open ayah 40:78र, तिमीभन्दा पहिले हामीले रसूलहरू पठायौं । उनीहरूमध्ये केहीका वृत्तान्त तिमीलाई बताएका छौं र केहीको वृत्तान्त तिमीलाई बताएका छैनौं । र, अल्लाहको आज्ञाबिना कुनै पनि रसूलद्वारा कुनै निशानी प्रस्तुत गर्नु सम्भव थिएन । अनि जब अल्लाहको आदेश आउँने छ तब न्यायोचित निर्णय गरिनेछ र त्यतिखेर मिथ्यावादीहरू घाटामा हुनेछन् ।
ٱللَّهُ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَنۡعَٰمَ لِتَرۡكَبُواْ مِنۡهَا وَمِنۡهَا تَأۡكُلُونَ
Open ayah 40:79अल्लाह नै हुन् जसले तिमीहरूकालागि जनावरहरू सृष्टि गरे, जसमध्ये केहीमाथि तिमीहरू सवारी गर्छौ र केहीलाई खान्छौ ।
وَلَكُمۡ فِيهَا مَنَٰفِعُ وَلِتَبۡلُغُواْ عَلَيۡهَا حَاجَةٗ فِي صُدُورِكُمۡ وَعَلَيۡهَا وَعَلَى ٱلۡفُلۡكِ تُحۡمَلُونَ
Open ayah 40:80र, त्यसमा तिमीहरूकालागि अनेकौं फाइदाहरू पनि छन् । र यस उद्देश्यले प्रदान गरे कि त्यसमाथि सवार भएर आफूले चाहेको गन्तब्सयम्म पुग्न सक र तिमीहरू तिनीहरूमाथि र डुङ्गाहरूमाथि पनि सवार हुन्छौ ।
وَيُرِيكُمۡ ءَايَٰتِهِۦ فَأَيَّ ءَايَٰتِ ٱللَّهِ تُنكِرُونَ
Open ayah 40:81अल्लाह तिमीहरूलाई आफ्ना निशानीहरू देखाउँछन् । अनि तिमीहरू अल्लाहका कुन कुन निशानीलाई नकारिरहन्छौ त ?
أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۚ كَانُوٓاْ أَكۡثَرَ مِنۡهُمۡ وَأَشَدَّ قُوَّةٗ وَءَاثَارٗا فِي ٱلۡأَرۡضِ فَمَآ أَغۡنَىٰ عَنۡهُم مَّا كَانُواْ يَكۡسِبُونَ
Open ayah 40:82के तिनीहरू धर्तीमा घुमफिर गरेनन्, ताकि हेरून् कस्तो परिणाम भयो तिनीहरूभन्दा पहिलेका मानिसहरूको, जबकि ती समुदायहरू संख्यामा यिनीभन्दा बढी थिए र शक्तिको हिसाबले पनि र धर्तीमा छोड्ने स्मृतिका चिन्हहरूको दृष्टिले पनि ? तर, तिनीहरूको कमाइले तिनीहरूलाई कुनै फाइदा पुर्याएन ।
فَلَمَّا جَآءَتۡهُمۡ رُسُلُهُم بِٱلۡبَيِّنَٰتِ فَرِحُواْ بِمَا عِندَهُم مِّنَ ٱلۡعِلۡمِ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
Open ayah 40:83अनि जब तिनीहरूसमक्ष तिनका रसूलहरू खुल्ला प्रमाणहरूकासाथ आए, तब तिनीहरूले आफूलाई प्राप्त ज्ञानप्रति अहङ्कार गरे । अन्ततः जुन चिजको तिनीहरू खिल्ली उडाउँदथे त्यसैले तिनीहरूलाई घेर्यो ।
فَلَمَّا رَأَوۡاْ بَأۡسَنَا قَالُوٓاْ ءَامَنَّا بِٱللَّهِ وَحۡدَهُۥ وَكَفَرۡنَا بِمَا كُنَّا بِهِۦ مُشۡرِكِينَ
Open ayah 40:84फेरि जब तिनीहरूले हाम्रो प्रकोप देखे तब भने– “हामीले एक अल्लाहमाथि ईमान ल्यायौं र जुन जुन चिजलाई हामी साझेदार ठहर्याउँथ्यौं, तिनीहरूलाई अस्वीकार गर्यौं ।”
فَلَمۡ يَكُ يَنفَعُهُمۡ إِيمَٰنُهُمۡ لَمَّا رَأَوۡاْ بَأۡسَنَاۖ سُنَّتَ ٱللَّهِ ٱلَّتِي قَدۡ خَلَتۡ فِي عِبَادِهِۦۖ وَخَسِرَ هُنَالِكَ ٱلۡكَٰفِرُونَ
Open ayah 40:85तर हाम्रो प्रकोप देखेपछि ल्याएको ईमानले तिनीहरूलाई केही फाइदा पुर्याउने थिए । यो अल्लाहको सुन्नत (विधान) हो जुन निरन्तर उनका भक्तहरूमा जारी रहँदै आएको छ । र, त्यतिखेर काफिरहरूले घाटा बेहोरे ।