فصلت
Fussilat
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
حمٓ
Open ayah 41:1हा० मीम्० ।
تَنزِيلٞ مِّنَ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
Open ayah 41:2यो अत्यन्त करूणामय परम दयालु (अल्लाह) को तर्फबाट अवतरित हो ।
كِتَٰبٞ فُصِّلَتۡ ءَايَٰتُهُۥ قُرۡءَانًا عَرَبِيّٗا لِّقَوۡمٖ يَعۡلَمُونَ
Open ayah 41:3यस्तो ग्रन्थ जसका आयतहरूको विस्तृत वर्णन अरबी कुरआनको रूपमा तिनीहरूकानिम्ति गरिएको छ जो ज्ञान आर्जन गर्न चाहन्छन् ।
بَشِيرٗا وَنَذِيرٗا فَأَعۡرَضَ أَكۡثَرُهُمۡ فَهُمۡ لَا يَسۡمَعُونَ
Open ayah 41:4शुभसूचक एवं सचेतक ( ग्रंथन ) को रूपमा, तर तिनीहरूमध्ये अधिकांश मानिसहरू विमुख भएका छन् अतः तिनीहरू सुन्दैनन् ।
وَقَالُواْ قُلُوبُنَا فِيٓ أَكِنَّةٖ مِّمَّا تَدۡعُونَآ إِلَيۡهِ وَفِيٓ ءَاذَانِنَا وَقۡرٞ وَمِنۢ بَيۡنِنَا وَبَيۡنِكَ حِجَابٞ فَٱعۡمَلۡ إِنَّنَا عَٰمِلُونَ
Open ayah 41:5तिनीहरू भन्छन्– “हाम्रा हृदयहरू पर्दामा (सुरक्षित) छन् त्यस कुराकोलागि जुनतर्फ तिमीहरू हामीलाई बोलाइरहेका छौ, र हाम्रो कानमा बुजो छ । अनि हामी र तिमीहरूबीच पर्दा रहेकोछ । तसर्थ तिमी आफ्नो कार्य गर्दै जाऊ; हामी आफ्नो कार्य गर्दै जान्छौं ।
قُلۡ إِنَّمَآ أَنَا۠ بَشَرٞ مِّثۡلُكُمۡ يُوحَىٰٓ إِلَيَّ أَنَّمَآ إِلَٰهُكُمۡ إِلَٰهٞ وَٰحِدٞ فَٱسۡتَقِيمُوٓاْ إِلَيۡهِ وَٱسۡتَغۡفِرُوهُۗ وَوَيۡلٞ لِّلۡمُشۡرِكِينَ
Open ayah 41:6भनिदेऊ– “म पनि तिमीहरूजस्तै मान्छे हुँ । मतर्फ वह्य गरिन्छ कि तिमीहरूका पूज्य एक मात्र अल्लाह हुन् । अतः तिमीहरू उनैतर्फ एकाग्र होऊ, र उनैसित क्षमायाचना गर । र बरवादी छ ती बहुदेववादीहरूको ।
ٱلَّذِينَ لَا يُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ كَٰفِرُونَ
Open ayah 41:7जो जकात दिंदैनन् र आखिरतलाई इन्कार गर्छन् ।
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٖ
Open ayah 41:8निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे उनीहरूकालागि कहिल्यै नरोकिने प्रतिदान रहेकोछ ।
۞قُلۡ أَئِنَّكُمۡ لَتَكۡفُرُونَ بِٱلَّذِي خَلَقَ ٱلۡأَرۡضَ فِي يَوۡمَيۡنِ وَتَجۡعَلُونَ لَهُۥٓ أَندَادٗاۚ ذَٰلِكَ رَبُّ ٱلۡعَٰلَمِينَ
Open ayah 41:9भनिदेऊ– “के तिमीहरू उनलाई नकार्छौ जसले दुई दिनमै पृथ्वी सृष्टि गरे, तर पनि तिमीहरू अन्य वस्तुहरूलाई उनको समकक्षी ठहर गर्दछौ, जबकि सम्पूर्ण जगत्का पालनकर्ता उनी नै हुन् ।
وَجَعَلَ فِيهَا رَوَٰسِيَ مِن فَوۡقِهَا وَبَٰرَكَ فِيهَا وَقَدَّرَ فِيهَآ أَقۡوَٰتَهَا فِيٓ أَرۡبَعَةِ أَيَّامٖ سَوَآءٗ لِّلسَّآئِلِينَ
Open ayah 41:10र, उनैले पृथ्वीमा त्यसको माथिबाट पहाडहरू गाडिदिए, अनि त्यसलाई खुबै बरकतयुक्त बनाइदिए । अनि प्रत्येकको माग अनुसार ठीक अनुमानले खाद्यान्न जुटाइदिए । यी सबै काम चार दिनमै पूरा भयो ।
ثُمَّ ٱسۡتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ وَهِيَ دُخَانٞ فَقَالَ لَهَا وَلِلۡأَرۡضِ ٱئۡتِيَا طَوۡعًا أَوۡ كَرۡهٗا قَالَتَآ أَتَيۡنَا طَآئِعِينَ
Open ayah 41:11फेरि उनी आकाशतिर फर्के, जब त्यो धुवाँ थियो । अनि अल्लाहले आकाश तथा पृथ्वीलाई भने– “तिमीहरू दुवै राजीखुशी वा विवशतापूर्ण ( अस्तित्वमा ) आउ ।” दुवैले भने– “हामी राजीखुशी हाजिर छौं ।”
فَقَضَىٰهُنَّ سَبۡعَ سَمَٰوَاتٖ فِي يَوۡمَيۡنِ وَأَوۡحَىٰ فِي كُلِّ سَمَآءٍ أَمۡرَهَاۚ وَزَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنۡيَا بِمَصَٰبِيحَ وَحِفۡظٗاۚ ذَٰلِكَ تَقۡدِيرُ ٱلۡعَزِيزِ ٱلۡعَلِيمِ
Open ayah 41:12त्यसपछि दुई दिनमा उनीहरूलाई सातवटा आकाशहरू बनाइदिए र प्रत्येक आकाशमा त्यसको आदेश जारी गरे । र, हामीले निकटवर्ती आकाशलाई ताराहरूद्वारा सजायौं र पूर्ण रूपमा ( आकाशहरूलाई ) सुरक्षित पार्यौं । यो प्रभुत्वशाली एवं सर्वज्ञ (अल्लाह) को परियोजना हो ।
فَإِنۡ أَعۡرَضُواْ فَقُلۡ أَنذَرۡتُكُمۡ صَٰعِقَةٗ مِّثۡلَ صَٰعِقَةِ عَادٖ وَثَمُودَ
Open ayah 41:13यदि अहिले पनि यिनीहरू विमुख हुन्छन् भने भनिदेऊ– “म तिमीहरूलाई आद एवं समूद समुदायमाथि परेको वज्रपातजस्तै पर्नसक्ने वज्रपातबाट सचेत गर्छु ।”
إِذۡ جَآءَتۡهُمُ ٱلرُّسُلُ مِنۢ بَيۡنِ أَيۡدِيهِمۡ وَمِنۡ خَلۡفِهِمۡ أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَۖ قَالُواْ لَوۡ شَآءَ رَبُّنَا لَأَنزَلَ مَلَٰٓئِكَةٗ فَإِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ
Open ayah 41:14जब रसूलहरू तिनीहरूकहाँ तिनका अगाडिबाट र तिनका पछाडिबाट (यो भन्दै) आए कि तिमीहरू केवल एक अल्लाहको उपासना गर, तब तिनीहरूले भने– “यदि हाम्रा पालनकर्ताले चाहेको भए उनले फरिश्ताहरूलाई अवतरण गर्ने थिए । अतः जुन सन्देशकासाथ तिमीहरूलाई पठाइएको छ, हामी त्यसलाई मान्दैनौं ।
فَأَمَّا عَادٞ فَٱسۡتَكۡبَرُواْ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَقَالُواْ مَنۡ أَشَدُّ مِنَّا قُوَّةًۖ أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَهُمۡ هُوَ أَشَدُّ مِنۡهُمۡ قُوَّةٗۖ وَكَانُواْ بِـَٔايَٰتِنَا يَجۡحَدُونَ
Open ayah 41:15अनि आद समुदायका मानिसहरूले धर्तीमा अनाहक घमण्ड गरे र भने– “हामीभन्दा बढी शक्तिशाली को छ ?” के तिनीहरूले देखेनन् कि अल्लाह जसले तिनीहरूलाई सृष्टि गरे तिनीहरूभन्दा उनी बढी शक्तिशाली छन् ? तर तिनीहरूले हाम्रा आयतहरूलाई इन्कार गरिरहे ।
فَأَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا صَرۡصَرٗا فِيٓ أَيَّامٖ نَّحِسَاتٖ لِّنُذِيقَهُمۡ عَذَابَ ٱلۡخِزۡيِ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۖ وَلَعَذَابُ ٱلۡأٓخِرَةِ أَخۡزَىٰۖ وَهُمۡ لَا يُنصَرُونَ
Open ayah 41:16अन्ततः हामीले तिनीहरूमाथि अशुभ दिनहरूमा भयङ्कर आँधी चलायौं ताकि तिनीहरूलाई सांसारिक जीवनमै अपमानजनक दण्डको स्वाद चखाऔं र आखिरतको यातना झनै अपमानजनक हुनेछ र तिनीहरूलाई कुनै सहयोग गरिने छैन ।
وَأَمَّا ثَمُودُ فَهَدَيۡنَٰهُمۡ فَٱسۡتَحَبُّواْ ٱلۡعَمَىٰ عَلَى ٱلۡهُدَىٰ فَأَخَذَتۡهُمۡ صَٰعِقَةُ ٱلۡعَذَابِ ٱلۡهُونِ بِمَا كَانُواْ يَكۡسِبُونَ
Open ayah 41:17जहाँसम्म समूदको कुरा छ–हामीले तिनीहरूलाई मार्गदर्शन गर्यौं, तर तिनीहरूले मार्गदर्शनकोसाटो अन्धोपनलाई नै मनपराए, जसको परिणामस्वरूप तिनीहरूको कुकर्मले गर्दा तिनीहरूलाई अपमानजनक प्रकोपको गर्जनले समात्यो ।
وَنَجَّيۡنَا ٱلَّذِينَ ءَامَنُواْ وَكَانُواْ يَتَّقُونَ
Open ayah 41:18तर आस्थावान एवं ईशपरायणहरूलाई हामीले सुरक्षित राख्यौं ।
وَيَوۡمَ يُحۡشَرُ أَعۡدَآءُ ٱللَّهِ إِلَى ٱلنَّارِ فَهُمۡ يُوزَعُونَ
Open ayah 41:19र, जुन दिन अल्लाहका शत्रुहरूलाई नरकतर्फ डोर्याइनेछ, त्यो दिन तिनिहरु सबैलाई समूहमा पंक्तिबद्ध गरि लगिनेछ ।
حَتَّىٰٓ إِذَا مَا جَآءُوهَا شَهِدَ عَلَيۡهِمۡ سَمۡعُهُمۡ وَأَبۡصَٰرُهُمۡ وَجُلُودُهُم بِمَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 41:20यहाँसम्म कि जब तिनीहरू नरकमा पुग्नेछन् तब तिनीहरूविरुद्ध तिनका कान, आँखा र छालाले तिनीहरूका कर्महरूको गवाही दिनेछन् ।
وَقَالُواْ لِجُلُودِهِمۡ لِمَ شَهِدتُّمۡ عَلَيۡنَاۖ قَالُوٓاْ أَنطَقَنَا ٱللَّهُ ٱلَّذِيٓ أَنطَقَ كُلَّ شَيۡءٖۚ وَهُوَ خَلَقَكُمۡ أَوَّلَ مَرَّةٖ وَإِلَيۡهِ تُرۡجَعُونَ
Open ayah 41:21तिनीहरूले आफ्नो छालालाई सोध्नेछन्– “तिमीहरूले हामीविरुद्ध किन साक्षी दियौ ?” तिनीहरूले उत्तर दिनेछन्– “हामीलाई उनै अल्लाहले बोल्ने शक्ति प्रदान गरे जसले हरेक चिजलाई बोल्ने शक्ति प्रदान गरे । उनैले तिमीहरूलाई पहिलो पटक सृष्टि गरेका छन् र तिमीहरू सबै उनैतर्फ फर्केर जानुछ ।
وَمَا كُنتُمۡ تَسۡتَتِرُونَ أَن يَشۡهَدَ عَلَيۡكُمۡ سَمۡعُكُمۡ وَلَآ أَبۡصَٰرُكُمۡ وَلَا جُلُودُكُمۡ وَلَٰكِن ظَنَنتُمۡ أَنَّ ٱللَّهَ لَا يَعۡلَمُ كَثِيرٗا مِّمَّا تَعۡمَلُونَ
Open ayah 41:22र, तिमीहरूका कान, आँखा, छालाले तिमीहरूविरूद्ध साक्षी दिनेछन् भनी सोचेर तिमीहरू लुक्नसक्ने थिएनौं । बरु तिमीहरूले यो ठानेका थियौ कि तिमीहरूले गर्ने गरेका धेरै कार्यहरूसँग अल्लाह अवगत नै छैनन् ।
وَذَٰلِكُمۡ ظَنُّكُمُ ٱلَّذِي ظَنَنتُم بِرَبِّكُمۡ أَرۡدَىٰكُمۡ فَأَصۡبَحۡتُم مِّنَ ٱلۡخَٰسِرِينَ
Open ayah 41:23तिमीहरूले आफ्ना पालनकर्ताको सम्बन्धमा गरेको यही कुधारणाले तिमीहरूलाई नष्ट पार्यो र अन्ततः तिमीहरू घाटा बेहोर्नेहरूमा सामेल हुन पुग्यौ ।
فَإِن يَصۡبِرُواْ فَٱلنَّارُ مَثۡوٗى لَّهُمۡۖ وَإِن يَسۡتَعۡتِبُواْ فَمَا هُم مِّنَ ٱلۡمُعۡتَبِينَ
Open ayah 41:24अब यिनीहरूले धैर्य धारण गरे पनि आगो नै यिनीहरूको ठेगाना हुनेछ र, तिनीहरूले क्षमायाचना गरे भने पनि क्षमा गरिनेछैन ।
۞وَقَيَّضۡنَا لَهُمۡ قُرَنَآءَ فَزَيَّنُواْ لَهُم مَّا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡ وَحَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ فِيٓ أُمَمٖ قَدۡ خَلَتۡ مِن قَبۡلِهِم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ إِنَّهُمۡ كَانُواْ خَٰسِرِينَ
Open ayah 41:25र, हामीले तिनीहरूका लागि यस्ता साथीहरूलाई तैनाथ गर्यौं जसले तिनीहरूलाई उनीहरुका अघिल्ला र पछिल्ला कर्महरूलाई तिनीहरुको दृष्टिमा सुन्दर तुल्याएर देखाए । अन्ततः तिनीहरूका विषयमा पनि त्यही कुरा पूरा भयो जुन तिनीहरूभन्दा पहिले बितेका जिन्न तथा मनुष्यको समूहहरूको सम्बन्धमा पूरा भएको थियो । निस्सन्देह तिनीहरू घाटा बेहोर्नेहरू थिए ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لَا تَسۡمَعُواْ لِهَٰذَا ٱلۡقُرۡءَانِ وَٱلۡغَوۡاْ فِيهِ لَعَلَّكُمۡ تَغۡلِبُونَ
Open ayah 41:26र, काफिरहरूले भने– “यो कुरआन नसुन; बरु कोलाहल मच्चाऊ, ताकि तिमीहरूको बोलवाला रहोस् ।
فَلَنُذِيقَنَّ ٱلَّذِينَ كَفَرُواْ عَذَابٗا شَدِيدٗا وَلَنَجۡزِيَنَّهُمۡ أَسۡوَأَ ٱلَّذِي كَانُواْ يَعۡمَلُونَ
Open ayah 41:27जसले अस्वीकार गरे हामी तिनीहरूलाई अवश्य नै कठोर यातना चखाउनेछौं र तिनीहरूलाई त्यस कुकर्मको बदला अवश्य नै दिनेछौं जुन तिनीहरूले गर्ने गर्थे ।
ذَٰلِكَ جَزَآءُ أَعۡدَآءِ ٱللَّهِ ٱلنَّارُۖ لَهُمۡ فِيهَا دَارُ ٱلۡخُلۡدِ جَزَآءَۢ بِمَا كَانُواْ بِـَٔايَٰتِنَا يَجۡحَدُونَ
Open ayah 41:28यो, अल्लाहका शत्रुहरूको बदला नरक हो; हाम्रा आयतहरूलाई नकार्नुको सजायँ स्वरूप, त्यही तिनीहरूकालागि सदाको बासस्थान हुनेछ ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ رَبَّنَآ أَرِنَا ٱلَّذَيۡنِ أَضَلَّانَا مِنَ ٱلۡجِنِّ وَٱلۡإِنسِ نَجۡعَلۡهُمَا تَحۡتَ أَقۡدَامِنَا لِيَكُونَا مِنَ ٱلۡأَسۡفَلِينَ
Open ayah 41:29र, काफिरहरूले भन्नेछन्– “हे हाम्रा पालनकर्ता ! जिन्न तथा मानवमध्ये तिनीहरूलाई देखाऊ जसले हामीलाई पथभ्रष्ट गरेका थिए । हामी तिनीहरूलाई पैंतालामुनि कुल्चनेछौं, ताकि ती दुवै अत्यन्त अपमानित होऊन् ।
إِنَّ ٱلَّذِينَ قَالُواْ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسۡتَقَٰمُواْ تَتَنَزَّلُ عَلَيۡهِمُ ٱلۡمَلَٰٓئِكَةُ أَلَّا تَخَافُواْ وَلَا تَحۡزَنُواْ وَأَبۡشِرُواْ بِٱلۡجَنَّةِ ٱلَّتِي كُنتُمۡ تُوعَدُونَ
Open ayah 41:30वास्तवमा जुन व्यक्तिहरूले भने– “हाम्रा पालनकर्ता अल्लाह हुन्” अनि त्यसैमा कायम रहे । उनीहरूकालागि फरिश्ताहरू यो भन्दै अवतरित हुनेछन्– “तिमीहरू नडराऊ; दुःखी पनि नहोऊ, बरु त्यस स्वर्गमा रमाऊ जसको वाचा तिमीहरूसित गरिन्थ्यो ।”
نَحۡنُ أَوۡلِيَآؤُكُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَا وَفِي ٱلۡأٓخِرَةِۖ وَلَكُمۡ فِيهَا مَا تَشۡتَهِيٓ أَنفُسُكُمۡ وَلَكُمۡ فِيهَا مَا تَدَّعُونَ
Open ayah 41:31हामी सांसारिक जीवनका पनि तिमीहरूका सहयोगी मित्र हौं र आखिरतमा पनि । त्यहाँ तिमीहरूकालागि सबै थोक छ, जेजे तिमीहरू मन पराउँछौ र जेजे तिमीहरू माग्नेछौ ।
نُزُلٗا مِّنۡ غَفُورٖ رَّحِيمٖ
Open ayah 41:32अत्यन्त क्षमाशील, परम दयालु (अल्लाह) को तर्फबाट, आतिथ्यस्वरूप ।
وَمَنۡ أَحۡسَنُ قَوۡلٗا مِّمَّن دَعَآ إِلَى ٱللَّهِ وَعَمِلَ صَٰلِحٗا وَقَالَ إِنَّنِي مِنَ ٱلۡمُسۡلِمِينَ
Open ayah 41:33र, त्यस व्यक्तिभन्दा उत्तम कुरा कसको हुन सक्छ जसले (मानिसहरुलाई) अल्लाहतर्फ बोलाउँछ; सत्कर्म गर्छ र भन्छ– “म निश्चय नै आज्ञाकारी (मुस्लिम) हरूमध्येको हुँ ।
وَلَا تَسۡتَوِي ٱلۡحَسَنَةُ وَلَا ٱلسَّيِّئَةُۚ ٱدۡفَعۡ بِٱلَّتِي هِيَ أَحۡسَنُ فَإِذَا ٱلَّذِي بَيۡنَكَ وَبَيۡنَهُۥ عَدَٰوَةٞ كَأَنَّهُۥ وَلِيٌّ حَمِيمٞ
Open ayah 41:34र, राम्रो तथा नराम्रो समान हुन सक्दैनन् । अतः (हे नबी स.!) नराम्रोलाई राम्रो द्वारा पन्छाऊ । अनि तिमीले आफूसित शत्रुता रहेको व्यक्तिलाई स्वस्फूर्त रूपमा आफ्नो घनिष्ट मित्र बनेको देख्नेछौ ।
وَمَا يُلَقَّىٰهَآ إِلَّا ٱلَّذِينَ صَبَرُواْ وَمَا يُلَقَّىٰهَآ إِلَّا ذُو حَظٍّ عَظِيمٖ
Open ayah 41:35यो सौभाग्य केवल धैर्यवानहरूलाई प्राप्त हुनेछ र यो सौभाग्यशाली व्यक्तिबाहेक अरू कसैलाई प्राप्त हुन सक्दैन ।
وَإِمَّا يَنزَغَنَّكَ مِنَ ٱلشَّيۡطَٰنِ نَزۡغٞ فَٱسۡتَعِذۡ بِٱللَّهِۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ
Open ayah 41:36र, शैतानको तर्फबाट कुनै उक्साहट आएमा अल्लाहको शरण माग । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।
وَمِنۡ ءَايَٰتِهِ ٱلَّيۡلُ وَٱلنَّهَارُ وَٱلشَّمۡسُ وَٱلۡقَمَرُۚ لَا تَسۡجُدُواْ لِلشَّمۡسِ وَلَا لِلۡقَمَرِ وَٱسۡجُدُواْۤ لِلَّهِۤ ٱلَّذِي خَلَقَهُنَّ إِن كُنتُمۡ إِيَّاهُ تَعۡبُدُونَ
Open ayah 41:37अनि रात, र दिन तथा सूर्य, चन्द्र उनकै निशानीहरूमध्ये हुन् । तिमीहरू न सूर्यलाई ढोग न चन्द्रमालाई नै । बरु उनै अल्लाहलाई ढोग जसले ती सबैको सृष्टि गरे । यदि तिमीहरूले उनकै भक्ति गर्नुछ भने ।
فَإِنِ ٱسۡتَكۡبَرُواْ فَٱلَّذِينَ عِندَ رَبِّكَ يُسَبِّحُونَ لَهُۥ بِٱلَّيۡلِ وَٱلنَّهَارِ وَهُمۡ لَا يَسۡـَٔمُونَ۩
Open ayah 41:38फेरि पनि यिनीहरू घमण्ड गर्छन् भने ( यिनीहरूले थाहा हुनुपर्छ कि ) जो तिम्रा पालनकर्ताकहाँ छन्, तिनीहरू रात दिन उनको महिमागान गरिरहेका छन् र कहिल्यै नीरस हुँदैनन् ।
وَمِنۡ ءَايَٰتِهِۦٓ أَنَّكَ تَرَى ٱلۡأَرۡضَ خَٰشِعَةٗ فَإِذَآ أَنزَلۡنَا عَلَيۡهَا ٱلۡمَآءَ ٱهۡتَزَّتۡ وَرَبَتۡۚ إِنَّ ٱلَّذِيٓ أَحۡيَاهَا لَمُحۡيِ ٱلۡمَوۡتَىٰٓۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
Open ayah 41:39र, यो पनि अल्लाहका निशानीहरूमध्ये हो कि तिमी भूमिलाई निर्जीव जस्तो देख्छौ, अनि जब हामी त्यसमाथि पानी बर्साउँछौं तब त्यो जीवित तथा उर्बर हुन्छ । निश्चय नै जसले त्यसलाई जीवित पारे, उनैले मृतहरुलाई पनि जीवित पार्नेछन् । निस्सन्देह उनी हरेक कार्यको सामर्थ्य राख्दछन् ।
إِنَّ ٱلَّذِينَ يُلۡحِدُونَ فِيٓ ءَايَٰتِنَا لَا يَخۡفَوۡنَ عَلَيۡنَآۗ أَفَمَن يُلۡقَىٰ فِي ٱلنَّارِ خَيۡرٌ أَم مَّن يَأۡتِيٓ ءَامِنٗا يَوۡمَ ٱلۡقِيَٰمَةِۚ ٱعۡمَلُواْ مَا شِئۡتُمۡ إِنَّهُۥ بِمَا تَعۡمَلُونَ بَصِيرٌ
Open ayah 41:40निश्चय नै जुन मानिसहरू हाम्रा आयतहरूको गलत अर्थ लगाउँछन् तिनीहरू हामीबाट लुक्ने छैनन् । के जुन मानिसहरू आगोमा होमिनेछन्, तिनीहरू उत्तम छन् वा ती व्यक्तिहरू जो महाप्रलयको दिन निश्चिन्त अवस्थामा आउनेछन् ? तिमीहरू आफ्नो चाहना अनुसार गर । निश्चय नै तिमीहरूका सम्पूर्ण कार्यहरूलाई उनले देखिरहेका छन् ।
إِنَّ ٱلَّذِينَ كَفَرُواْ بِٱلذِّكۡرِ لَمَّا جَآءَهُمۡۖ وَإِنَّهُۥ لَكِتَٰبٌ عَزِيزٞ
Open ayah 41:41जुन व्यक्तिहरूले कुरआनको आगमनपश्चात् त्यसलाई इन्कार गरे जबकि यो सम्मानजनक ग्रन्थ हो ।
لَّا يَأۡتِيهِ ٱلۡبَٰطِلُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَلَا مِنۡ خَلۡفِهِۦۖ تَنزِيلٞ مِّنۡ حَكِيمٍ حَمِيدٖ
Open ayah 41:42असत्य यसको नजिक आउनै सक्दैन, न सामुन्नेबाट न यसको पछिल्तिरबाट नै । यो त तत्वदर्शी एवं प्रशंसनीय अल्लाहको तर्फबाट अवतरित हो ।
مَّا يُقَالُ لَكَ إِلَّا مَا قَدۡ قِيلَ لِلرُّسُلِ مِن قَبۡلِكَۚ إِنَّ رَبَّكَ لَذُو مَغۡفِرَةٖ وَذُو عِقَابٍ أَلِيمٖ
Open ayah 41:43(हे मुहम्मद स.!) जुन कुरा तिमीभन्दा पहिलेका रसूलहरूलाई भनिएको थियो त्यही कुरा तिमीलाई पनि भनिंदैछ । निश्चय नै तिम्रा पालनकर्ता क्षमाशील हुनुका साथै कठोर दण्डदाता पनि हुन् ।
وَلَوۡ جَعَلۡنَٰهُ قُرۡءَانًا أَعۡجَمِيّٗا لَّقَالُواْ لَوۡلَا فُصِّلَتۡ ءَايَٰتُهُۥٓۖ ءَا۬عۡجَمِيّٞ وَعَرَبِيّٞۗ قُلۡ هُوَ لِلَّذِينَ ءَامَنُواْ هُدٗى وَشِفَآءٞۚ وَٱلَّذِينَ لَا يُؤۡمِنُونَ فِيٓ ءَاذَانِهِمۡ وَقۡرٞ وَهُوَ عَلَيۡهِمۡ عَمًىۚ أُوْلَٰٓئِكَ يُنَادَوۡنَ مِن مَّكَانِۭ بَعِيدٖ
Open ayah 41:44र, हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए यिनीहरूले निश्चय नै भन्ने थिए कि “यसका आयतहरूलाई किन स्पष्ट रूपमा बयान गरिएन ? के ग्रन्थ गैर अरबी (अज्मी) र रसूल चाहिँ अरबी ?” भनिदेऊ– “यो आस्थावानहरूकालागि मार्गदर्शन एवं उपचार हो । तर जो ईमान ल्याउँदैनन् तिनीहरूका कानमा बुजो लागेको छ, र यो (कुरआन) तिनीहरुकालागि अन्धोपन ( को कारण ) हो । ( मानौं ) यिनीहरुलाई ढाको स्थानबाट बोलाईंदैछ ।
وَلَقَدۡ ءَاتَيۡنَا مُوسَى ٱلۡكِتَٰبَ فَٱخۡتُلِفَ فِيهِۚ وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ لَقُضِيَ بَيۡنَهُمۡۚ وَإِنَّهُمۡ لَفِي شَكّٖ مِّنۡهُ مُرِيبٖ
Open ayah 41:45निश्चय नै हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं, तर त्यसमा मतभेद उत्पन्न गरियो । र, तिम्रो पालनकर्ताको तर्फबाट एउटा कुरा पहिले नै निर्धारित नगरिएको भए तिनीहरूबीच निर्णय भइसकेको हुन्थ्यो । र, यिनीहरू त्यसको सम्बन्धमा बेचैन तुल्याउने सन्देहमा छन् ।
مَّنۡ عَمِلَ صَٰلِحٗا فَلِنَفۡسِهِۦۖ وَمَنۡ أَسَآءَ فَعَلَيۡهَاۗ وَمَا رَبُّكَ بِظَلَّٰمٖ لِّلۡعَبِيدِ
Open ayah 41:46जसले सत्कर्म गर्छ आफ्नै फाइदाकोलागि गर्छ र जसले कुकर्म गर्छ, त्यसको दुष्परिणाम उसैमाथि आउनेछ । र, तिम्रा पालनकर्ता भक्तहरूमाथि कत्ति पनि अत्याचार गर्दैनन् ।
۞إِلَيۡهِ يُرَدُّ عِلۡمُ ٱلسَّاعَةِۚ وَمَا تَخۡرُجُ مِن ثَمَرَٰتٖ مِّنۡ أَكۡمَامِهَا وَمَا تَحۡمِلُ مِنۡ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلۡمِهِۦۚ وَيَوۡمَ يُنَادِيهِمۡ أَيۡنَ شُرَكَآءِي قَالُوٓاْ ءَاذَنَّٰكَ مَا مِنَّا مِن شَهِيدٖ
Open ayah 41:47महाप्रलयको ज्ञान उनै तर्फ फर्काइन्छ । र, गाभाहरूबाट जुन फलहरू निस्कन्छन् वा कुनै आमा जुन (शिशु) गर्भधारण गर्छे, वा जसलाई जन्म दिन्छे, अल्लाहलाई ती सबैको ज्ञान छ । र, जुन दिन उनले पुकारेर तिनीहरूलाई सोध्नेछन्– “कहाँ छन् मेरा साझेदारहरू ?” तिनीहरूले जवाफ दिनेछन्– “हामीले त प्रस्ट रूपमा भनिसकेका छौं– “हामीमध्ये कोही त्यस कुराको साक्षी छैनौं ।”
وَضَلَّ عَنۡهُم مَّا كَانُواْ يَدۡعُونَ مِن قَبۡلُۖ وَظَنُّواْ مَا لَهُم مِّن مَّحِيصٖ
Open ayah 41:48अनि, यिनीहरूले पहिले पुकार्ने गरेका सम्पूर्ण चिजहरू यिनीहरूबाट गुम्ने छन्, रत्यसबेला यिनीहरूकानिम्ति कुनै बचावको मौका रहने छैन भन्ने कुराबारे यिनीहरु विश्वस्त हुनेछन् ।
لَّا يَسۡـَٔمُ ٱلۡإِنسَٰنُ مِن دُعَآءِ ٱلۡخَيۡرِ وَإِن مَّسَّهُ ٱلشَّرُّ فَيَـُٔوسٞ قَنُوطٞ
Open ayah 41:49मानिस राम्रो कुराको प्राप्तिकालागि गर्ने प्रार्थनाबाट नीरस हुँदैन, तर उसमाथि कुनै सङ्कट आइलागेमा निराश हुन्छ र हताश हुन्छ ।
وَلَئِنۡ أَذَقۡنَٰهُ رَحۡمَةٗ مِّنَّا مِنۢ بَعۡدِ ضَرَّآءَ مَسَّتۡهُ لَيَقُولَنَّ هَٰذَا لِي وَمَآ أَظُنُّ ٱلسَّاعَةَ قَآئِمَةٗ وَلَئِن رُّجِعۡتُ إِلَىٰ رَبِّيٓ إِنَّ لِي عِندَهُۥ لَلۡحُسۡنَىٰۚ فَلَنُنَبِّئَنَّ ٱلَّذِينَ كَفَرُواْ بِمَا عَمِلُواْ وَلَنُذِيقَنَّهُم مِّنۡ عَذَابٍ غَلِيظٖ
Open ayah 41:50तर उसले पाएको दुःखपछि जब हामी उसलाई करूणाको स्वाद चखाउँछौं तब त्यसले भन्छ– “यो मेरो अधिकार हो, र मेरो विचारमा महाप्रलय आउने छैन । र, मलाई आफ्नो पालनकर्तातर्फ फर्काइएमा पनि उनीकहाँ मेरो लागि राम्रै हुनेछ । निस्सन्देह हामीले यस्ता काफिरहरूलाई तिनीहरुका कुकर्महरूबारे अवगत गराउनेछौं । र, तिनीहरूलाई कठोर यातनाको स्वाद चखाउनेछौं ।
وَإِذَآ أَنۡعَمۡنَا عَلَى ٱلۡإِنسَٰنِ أَعۡرَضَ وَنَـَٔا بِجَانِبِهِۦ وَإِذَا مَسَّهُ ٱلشَّرُّ فَذُو دُعَآءٍ عَرِيضٖ
Open ayah 41:51र, जब हामी मानवमाथि कृपा गर्छौं तब ऊ बिमुख हुन्छ र आफुतिर पन्छन थाल्छ, र जब उसमाथि सङ्कट आइलाग्छ तब ऊ लामो–लामो प्रार्थना गर्न थाल्छ ।
قُلۡ أَرَءَيۡتُمۡ إِن كَانَ مِنۡ عِندِ ٱللَّهِ ثُمَّ كَفَرۡتُم بِهِۦ مَنۡ أَضَلُّ مِمَّنۡ هُوَ فِي شِقَاقِۭ بَعِيدٖ
Open ayah 41:52भनिदेऊ– “विचार गर यदि यो (कुरआन) अल्लाहको तर्फबाट हो, र तिमीहरूले यसलाई अस्वीकार गर्यौ भने, त्यसभन्दा बढी पथभ्रष्ट अरू को हुन सक्छ जो विरोधको पराकाष्ठसम्म पुगेको छ ?”
سَنُرِيهِمۡ ءَايَٰتِنَا فِي ٱلۡأٓفَاقِ وَفِيٓ أَنفُسِهِمۡ حَتَّىٰ يَتَبَيَّنَ لَهُمۡ أَنَّهُ ٱلۡحَقُّۗ أَوَلَمۡ يَكۡفِ بِرَبِّكَ أَنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ شَهِيدٌ
Open ayah 41:53हामी चाँडै नै तिनीहरूलाई (जगत्का) क्षितिजहरुमा र तिनीहरू स्वयंभित्र पनि आफ्ना निशानीहरू देखाउनेछौं यहाँसम्म कि यो (कुरआन) नितान्त सत्य हो भन्ने कुरा तिनीहरूसमक्ष स्पष्ट हुनेछ । र के तिम्रा पालनकर्ता प्रत्येक चिजसित अवगत छ भन्ने कुरा पर्याप्त छैन ?
أَلَآ إِنَّهُمۡ فِي مِرۡيَةٖ مِّن لِّقَآءِ رَبِّهِمۡۗ أَلَآ إِنَّهُۥ بِكُلِّ شَيۡءٖ مُّحِيطُۢ
Open ayah 41:54जानिराख ! यिनीहरू निश्चय नै आफ्ना पालनकर्तासँग साक्षात्कार हुने कुरामा सन्देहमा छन् । सुन ! निःसन्देह अल्लाहले प्रत्येक चिजलाई आफ्नो परिधिमा लिएका छन् ।