الشورى

Ash-Shura

Consultation · Surah 42 · Ayahs: 53 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. हा० मीम्० ।

  2. عٓسٓقٓ

    Open ayah 42:2

    ऐन्० सीन्० काफ्० ।

  3. كَذَٰلِكَ يُوحِيٓ إِلَيۡكَ وَإِلَى ٱلَّذِينَ مِن قَبۡلِكَ ٱللَّهُ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 42:3

    प्रभुत्वशाली एवं तत्वदर्शी अल्लाहले यसरी नै तिमीतर्फ र तिमीभन्दा पहिलेका (नबीहरू) तर्फ वह्य पठाउँदै आएका छन् ।

  4. لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ

    Open ayah 42:4

    आकाशहरू तथा पृथ्वीका सबै चिजहरू उनैका हुन् र उनी उच्च एवं महान् छन् ।

  5. تَكَادُ ٱلسَّمَٰوَٰتُ يَتَفَطَّرۡنَ مِن فَوۡقِهِنَّۚ وَٱلۡمَلَٰٓئِكَةُ يُسَبِّحُونَ بِحَمۡدِ رَبِّهِمۡ وَيَسۡتَغۡفِرُونَ لِمَن فِي ٱلۡأَرۡضِۗ أَلَآ إِنَّ ٱللَّهَ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ

    Open ayah 42:5

    माथिबाट आकाशहरू चिरा परी झर्न आँटेका छन्, र फरिश्ताहरू आफ्ना पालनकर्ताको प्रशंसाकासाथ महिमागान गरिरहेका छन्, र धर्तीबासीकालागि क्षमायाचना गरिरहेका छन् । सुन, अल्लाह नै अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।

  6. وَٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَ ٱللَّهُ حَفِيظٌ عَلَيۡهِمۡ وَمَآ أَنتَ عَلَيۡهِم بِوَكِيلٖ

    Open ayah 42:6

    र, जुन मानिसहरूले अल्लाहबाहेक अन्य संरक्षक–मित्र बनाएका छन्, अल्लाह पो तिनीहरूका निरीक्षक हुन्, र तिमी तिनीहरूका जिम्मेवार होइनौ ।

  7. وَكَذَٰلِكَ أَوۡحَيۡنَآ إِلَيۡكَ قُرۡءَانًا عَرَبِيّٗا لِّتُنذِرَ أُمَّ ٱلۡقُرَىٰ وَمَنۡ حَوۡلَهَا وَتُنذِرَ يَوۡمَ ٱلۡجَمۡعِ لَا رَيۡبَ فِيهِۚ فَرِيقٞ فِي ٱلۡجَنَّةِ وَفَرِيقٞ فِي ٱلسَّعِيرِ

    Open ayah 42:7

    र, यसरी हामीले तिमीतर्फ अरबी कुरआनको प्रकाशना गरेका छौं ताकि तिमी मक्काबासीहरूलाई र त्यसका छेउछाउका बासिन्दाहरूलाई सचेत गर । र, तिनीहरूलाई भेला हुने (महाप्रलयको) दिनबारे सचेत गर जसमा कुनै सन्देह छैन । एउटा समूह स्वर्गमा हुनेछ भने अर्को समूह दन्कदो आगोमा ।

  8. وَلَوۡ شَآءَ ٱللَّهُ لَجَعَلَهُمۡ أُمَّةٗ وَٰحِدَةٗ وَلَٰكِن يُدۡخِلُ مَن يَشَآءُ فِي رَحۡمَتِهِۦۚ وَٱلظَّٰلِمُونَ مَا لَهُم مِّن وَلِيّٖ وَلَا نَصِيرٍ

    Open ayah 42:8

    र अल्लाहले चाहेका भए तिनीहरू सबैलाई एउटै उम्मत ( समूह ) बनाउने थिए, तर उनी जसलाई चाहन्छन् आफ्नो कृपामा समावेश गर्छन् । र, अत्याचारीहरूको न कोही संरक्षक–मित्र छ, न कोही सहयोगी नै ।

  9. أَمِ ٱتَّخَذُواْ مِن دُونِهِۦٓ أَوۡلِيَآءَۖ فَٱللَّهُ هُوَ ٱلۡوَلِيُّ وَهُوَ يُحۡيِ ٱلۡمَوۡتَىٰ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ

    Open ayah 42:9

    के तिनीहरूले अल्लाहबाहेकलाई संरक्षक–मित्र बनाएका छन् ? संरक्षक–मित्र अल्लाह मात्र हुन्, र उनी नै मुर्दाहरूलाई जीवित पार्छन् । र, उनी हरेक कुराको सामर्थ्य राख्छन् ।

  10. وَمَا ٱخۡتَلَفۡتُمۡ فِيهِ مِن شَيۡءٖ فَحُكۡمُهُۥٓ إِلَى ٱللَّهِۚ ذَٰلِكُمُ ٱللَّهُ رَبِّي عَلَيۡهِ تَوَكَّلۡتُ وَإِلَيۡهِ أُنِيبُ 

    Open ayah 42:10

    र, तिमीहरू जुन कुरामा पनि मतभेद गरिरहेका छौ त्यसको निर्णय अल्लाहको हातमा छ । यिनै अल्लाह मेरा पालनकर्ता हुन् । उनैमाथि मैले भरोसा गरेको छु, र उनैतर्फ म फर्कने गर्दछु ।

  11. فَاطِرُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ جَعَلَ لَكُم مِّنۡ أَنفُسِكُمۡ أَزۡوَٰجٗا وَمِنَ ٱلۡأَنۡعَٰمِ أَزۡوَٰجٗا يَذۡرَؤُكُمۡ فِيهِۚ لَيۡسَ كَمِثۡلِهِۦ شَيۡءٞۖ وَهُوَ ٱلسَّمِيعُ ٱلۡبَصِيرُ

    Open ayah 42:11

    आकाशहरू तथा पृथ्वीका सृष्टिकर्ता उनै हुन् । उनैले तिम्रोलागि तिमीहरूबाटै जोडीहरू बनाए, र पशुहरूकालागि पनि जोडीहरू बनाए, र यसरी तिमीहरूको संख्या वृद्धि गरिरहेका छन् । अल्लाहजस्तो अरू कोही छैन र उनी सर्वश्रोता एवं सर्वद्रष्टा छन् ।

  12. لَهُۥ مَقَالِيدُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يَبۡسُطُ ٱلرِّزۡقَ لِمَن يَشَآءُ وَيَقۡدِرُۚ إِنَّهُۥ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

    Open ayah 42:12

    आकाशहरू तथा पृथ्वीका साँचाहरू उनकै हातमा छन् । उनी जसकोलागि चाहन्छन जीविका विस्तृत गरिदिन्छन्, र जसकोलागि चाहन्छन् सिमित गरिदिन्छन् । निस्सन्देह उनलाई प्रत्येक कुराको ज्ञान छ ।

  13. ۞شَرَعَ لَكُم مِّنَ ٱلدِّينِ مَا وَصَّىٰ بِهِۦ نُوحٗا وَٱلَّذِيٓ أَوۡحَيۡنَآ إِلَيۡكَ وَمَا وَصَّيۡنَا بِهِۦٓ إِبۡرَٰهِيمَ وَمُوسَىٰ وَعِيسَىٰٓۖ أَنۡ أَقِيمُواْ ٱلدِّينَ وَلَا تَتَفَرَّقُواْ فِيهِۚ كَبُرَ عَلَى ٱلۡمُشۡرِكِينَ مَا تَدۡعُوهُمۡ إِلَيۡهِۚ ٱللَّهُ يَجۡتَبِيٓ إِلَيۡهِ مَن يَشَآءُ وَيَهۡدِيٓ إِلَيۡهِ مَن يُنِيبُ

    Open ayah 42:13

    अल्लाहले तिमीहरूकालागि त्यही धर्म निर्धारित गरेका छन् जसको आदेश उनले नूहलाई दिएका थिए । अनि, जसको प्रकाशना (हे मुहम्मद स.!) हामीले तिमीतर्फ गरेका छौं, र जसको आदेश हामीले इब्राहीम, मूसा तथा ईसालाई दिएका थियौं कि धर्मलाई स्थापित गर [ ] र यसमा मतभेद नगर । (हे मुहम्मद स.! ) बहुदेववादीहरूलाई त्यो कुरा अति कठिन छ जुनतर्फ तिनीहरूलाई आह्वान गर्छौ । अल्लाह जसलाई चाहन्छन् स्वयंकानिम्ति चयन गर्छन्, र जो उनीतर्फ फर्कन्छ उसलाई उनी मार्गदर्शन गर्छन् ।

  14. وَمَا تَفَرَّقُوٓاْ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۚ وَلَوۡلَا كَلِمَةٞ سَبَقَتۡ مِن رَّبِّكَ إِلَىٰٓ أَجَلٖ مُّسَمّٗى لَّقُضِيَ بَيۡنَهُمۡۚ وَإِنَّ ٱلَّذِينَ أُورِثُواْ ٱلۡكِتَٰبَ مِنۢ بَعۡدِهِمۡ لَفِي شَكّٖ مِّنۡهُ مُرِيبٖ

    Open ayah 42:14

    र, तिनीहरूले आफूसमक्ष ज्ञानको आगमनपश्चात् आपसी द्वेषभावको कारणले नै मतभेद गरे । र, यदि एउटा निर्धारित समयसम्मका निम्ति तिम्रा पालनकर्ताको तर्फबाट एउटा कुरा निश्चित नभएको भए तिनीहरूका बीचमा निश्चय नै निर्णय भइसक्ने थियो । र, तिनीहरूपछि जसलाई ग्रन्थको उत्तराधिकारी बनाइयो तिनीहरू पनि त्यसप्रति व्याकुल तुल्याउने सन्देहमा नै थिए ।

  15. فَلِذَٰلِكَ فَٱدۡعُۖ وَٱسۡتَقِمۡ كَمَآ أُمِرۡتَۖ وَلَا تَتَّبِعۡ أَهۡوَآءَهُمۡۖ وَقُلۡ ءَامَنتُ بِمَآ أَنزَلَ ٱللَّهُ مِن كِتَٰبٖۖ وَأُمِرۡتُ لِأَعۡدِلَ بَيۡنَكُمُۖ ٱللَّهُ رَبُّنَا وَرَبُّكُمۡۖ لَنَآ أَعۡمَٰلُنَا وَلَكُمۡ أَعۡمَٰلُكُمۡۖ لَا حُجَّةَ بَيۡنَنَا وَبَيۡنَكُمُۖ ٱللَّهُ يَجۡمَعُ بَيۡنَنَاۖ وَإِلَيۡهِ ٱلۡمَصِيرُ

    Open ayah 42:15

    तसर्थ (हे नबी स.!) यसै धर्मतर्फ निमन्त्रणा देऊ, ) र तिमीलाई दिइएको आदेशानुसार दृढतासाथ स्थिर रहु, र यिनीहरूका इच्छाहरूको अनुपालन नगर, र भनिदेऊ– “अल्लाहले अवतरण गरेको ग्रन्थमाथि ईमान ल्याएँ । र मलाई तिमीहरूबीच निसाफ गर्ने आदेश भएको छ । अल्लाह नै हाम्रा पालनकर्ता हुन् र तिमीहरूका पनि । हाम्रोलागि हाम्रा कर्महरू छन् र तिमीहरूकालागि तिम्रा कर्महरू; हामी तथा तिमीहरूबीच अब कुनै तर्क वितर्क छैन । अल्लाहले एकदिन हामी सबैलाई भेला गर्नेछन् र उनैतर्फ सबैले जानुपर्नेछ ।

  16. وَٱلَّذِينَ يُحَآجُّونَ فِي ٱللَّهِ مِنۢ بَعۡدِ مَا ٱسۡتُجِيبَ لَهُۥ حُجَّتُهُمۡ دَاحِضَةٌ عِندَ رَبِّهِمۡ وَعَلَيۡهِمۡ غَضَبٞ وَلَهُمۡ عَذَابٞ شَدِيدٌ

    Open ayah 42:16

    र जुन मानिसहरू अल्लाहको (धर्मको) मामलामा तर्क वितर्क गर्छन्, जब कि उनको कुरा मानिएको छ । ती मानिसहरूको तर्क वितर्क अल्लाहको दृष्टिमा अनर्थ छ र तिनीहरूमाथि अल्लाहको प्रकोप रहेको छ । र तिनीहरूकालागि कठोर यातना छ ।

  17. ٱللَّهُ ٱلَّذِيٓ أَنزَلَ ٱلۡكِتَٰبَ بِٱلۡحَقِّ وَٱلۡمِيزَانَۗ وَمَا يُدۡرِيكَ لَعَلَّ ٱلسَّاعَةَ قَرِيبٞ

    Open ayah 42:17

    अल्लाह नै हुन् जसले ग्रन्थ तथा (निसाफको) ‘मीजान’ (तराजु) लाई अवतरित गरे । र, तिमीलाई के थाहा कतै निर्णयको घडी नजिक आइपुगेको छ कि ?

  18. يَسۡتَعۡجِلُ بِهَا ٱلَّذِينَ لَا يُؤۡمِنُونَ بِهَاۖ وَٱلَّذِينَ ءَامَنُواْ مُشۡفِقُونَ مِنۡهَا وَيَعۡلَمُونَ أَنَّهَا ٱلۡحَقُّۗ أَلَآ إِنَّ ٱلَّذِينَ يُمَارُونَ فِي ٱلسَّاعَةِ لَفِي ضَلَٰلِۭ بَعِيدٍ

    Open ayah 42:18

    महाप्रलयमाथि आस्था नराख्नेहरू नै यसकोलागि हतार गर्छन्, तर त्यसमाथि आस्था राख्नेहरू त्यसबाट डराउँछन्, र त्यो सत्य हो भनेर जान्दछन् पनि। सुन, जुन मानिसहरू महाप्रलयबारे तर्क–वितर्क गर्छन् तिनीहरू पथभ्रष्टतामा धेरै टाढासम्म पुगेका छन् ।

  19. ٱللَّهُ لَطِيفُۢ بِعِبَادِهِۦ يَرۡزُقُ مَن يَشَآءُۖ وَهُوَ ٱلۡقَوِيُّ ٱلۡعَزِيزُ

    Open ayah 42:19

    अल्लाह आफ्ना भक्तहरूमाथि अत्यन्त कृपावान छन्, जसलाई चाहन्छन जिविका प्रदान गर्छन् र उनी परम शक्तिशाली तथा प्रभुत्वशाली छन् ।

  20. مَن كَانَ يُرِيدُ حَرۡثَ ٱلۡأٓخِرَةِ نَزِدۡ لَهُۥ فِي حَرۡثِهِۦۖ وَمَن كَانَ يُرِيدُ حَرۡثَ ٱلدُّنۡيَا نُؤۡتِهِۦ مِنۡهَا وَمَا لَهُۥ فِي ٱلۡأٓخِرَةِ مِن نَّصِيبٍ 

    Open ayah 42:20

    जो आखिरत (महाप्रलय) को खेती चाहन्छ उसको खेतीमा हामी वृद्धि गर्छौं अनि जो सांसारिक खेती चाहन्छ त्यसलाई हामी केवल संसारमध्येबाट दिन्छौं, र आखिरतमा उसकोलागि कुनै अंश हुनेछैन ।

  21. أَمۡ لَهُمۡ شُرَكَٰٓؤُاْ شَرَعُواْ لَهُم مِّنَ ٱلدِّينِ مَا لَمۡ يَأۡذَنۢ بِهِ ٱللَّهُۚ وَلَوۡلَا كَلِمَةُ ٱلۡفَصۡلِ لَقُضِيَ بَيۡنَهُمۡۗ وَإِنَّ ٱلظَّٰلِمِينَ لَهُمۡ عَذَابٌ أَلِيمٞ

    Open ayah 42:21

    के यिनीहरूसँग (अल्लाहका) केही यस्ता साझेदारहरू छन् जसले यिनीहरूकालागि यस्तो धर्म निर्धारित गरेका छन् जसको अनुमति अल्लाहले दिएका छैनन् ? यदि निर्णयको कुरा पहिले नै निश्चित नभएको भए यिनीहरूको मामिलाको निर्णय अहिले नै गरिने थियो । र, अत्याचारीहरूकालागि निश्चय नै पीडादायक यातना रहेको छ ।

  22. تَرَى ٱلظَّٰلِمِينَ مُشۡفِقِينَ مِمَّا كَسَبُواْ وَهُوَ وَاقِعُۢ بِهِمۡۗ وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فِي رَوۡضَاتِ ٱلۡجَنَّاتِۖ لَهُم مَّا يَشَآءُونَ عِندَ رَبِّهِمۡۚ ذَٰلِكَ هُوَ ٱلۡفَضۡلُ ٱلۡكَبِيرُ

    Open ayah 42:22

    अत्याचारी मानिसहरूलाई तिनीहरूका आफ्नै क्रियाकलापले गर्दा भयभीत भएको देख्नेछौ, जबकि त्यो तिनीहरूमाथि आउने नै छ । अनि, जो व्यक्तिहरूले ईमान ल्याए र सत्कर्म गरे उनीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् । उनीहरूकालागि उनका पालनकर्ताकहाँ ती सबै चिजहरू हुनेछन्, जो उनीहरू मन पराउँछन् । त्यही महान वरदान हो ।

  23. ذَٰلِكَ ٱلَّذِي يُبَشِّرُ ٱللَّهُ عِبَادَهُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِۗ قُل لَّآ أَسۡـَٔلُكُمۡ عَلَيۡهِ أَجۡرًا إِلَّا ٱلۡمَوَدَّةَ فِي ٱلۡقُرۡبَىٰۗ وَمَن يَقۡتَرِفۡ حَسَنَةٗ نَّزِدۡ لَهُۥ فِيهَا حُسۡنًاۚ إِنَّ ٱللَّهَ غَفُورٞ شَكُورٌ

    Open ayah 42:23

    यही त्यो चिज हो जसको शुभ–सूचना अल्लाह आफ्ना यस्ता भक्तहरूलाई दिन्छन् जसले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन् । (हे नबी स.!) यिनीहरूलाई भन– “म यसकोलागि म तिमीहरूसित कुनै प्रतिदान माग्दिन, तर सामीप्यताको प्रेम–भाव अवश्य चाहन्छु ।” जसले भलाइ गर्छ, हामी त्यसकोलागि त्यसमा भलाइ नै वृद्धि गर्छौं । निस्सन्देह अल्लाह अति क्षमाशील र गुणग्राही छन् ।

  24. أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ كَذِبٗاۖ فَإِن يَشَإِ ٱللَّهُ يَخۡتِمۡ عَلَىٰ قَلۡبِكَۗ وَيَمۡحُ ٱللَّهُ ٱلۡبَٰطِلَ وَيُحِقُّ ٱلۡحَقَّ بِكَلِمَٰتِهِۦٓۚ إِنَّهُۥ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ

    Open ayah 42:24

    के रसूलले अल्लाहमाथि मिथ्यारोपण गरेको हो भनेर यिनीहरू भन्छन् ? यदि अल्लाहले चाहेमा तिम्रो हृदयमा मोहर लगाउन सक्छन् र अल्लाहले असत्यलाई मेटाउँन सक्छन्, र आफ्नो आदेशहरूद्वारा नितान्त सत्यको स्थापना गर्न सक्छन् । निस्सन्देह उनी त हृदयमा लुकेका रहस्यहरूका पनि ज्ञाता हुन् ।

  25. وَهُوَ ٱلَّذِي يَقۡبَلُ ٱلتَّوۡبَةَ عَنۡ عِبَادِهِۦ وَيَعۡفُواْ عَنِ ٱلسَّيِّـَٔاتِ وَيَعۡلَمُ مَا تَفۡعَلُونَ

    Open ayah 42:25

    र, उनै हुन् जो आफ्ना भक्तहरूको तौबा (प्रायश्चित) स्वीकार गर्छन्; दुष्कर्मलाई माफ गर्छन् र तिमीहरूले गर्ने गरेका कार्यहरूबारे जान्दछन् ।

  26. وَيَسۡتَجِيبُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَيَزِيدُهُم مِّن فَضۡلِهِۦۚ وَٱلۡكَٰفِرُونَ لَهُمۡ عَذَابٞ شَدِيدٞ

    Open ayah 42:26

    उनी ईमान ल्याउने तथा सत्कर्म गर्नेहरूको प्रार्थना स्वीकार गर्दछन्, र आफ्ना अनुग्रहबाट थप प्रदान गर्दछन्, तर काफिरहरूकालागि कठोर यातना रहेको छ ।

  27. ۞وَلَوۡ بَسَطَ ٱللَّهُ ٱلرِّزۡقَ لِعِبَادِهِۦ لَبَغَوۡاْ فِي ٱلۡأَرۡضِ وَلَٰكِن يُنَزِّلُ بِقَدَرٖ مَّا يَشَآءُۚ إِنَّهُۥ بِعِبَادِهِۦ خَبِيرُۢ بَصِيرٞ

    Open ayah 42:27

    र, यदि अल्लाहले आफ्ना भक्तहरूकालागि असीम जीविका प्रदान गरेको भए तिनीहरूले धर्तीमा विद्रोह नै गर्ने थिए । तर उनी आफुले चाहेको संतुलित मात्रामा अवतरित गर्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको अवस्थासँग पूर्ण अवगत र सर्वद्रष्टा छन् ।

  28. وَهُوَ ٱلَّذِي يُنَزِّلُ ٱلۡغَيۡثَ مِنۢ بَعۡدِ مَا قَنَطُواْ وَيَنشُرُ رَحۡمَتَهُۥۚ وَهُوَ ٱلۡوَلِيُّ ٱلۡحَمِيدُ

    Open ayah 42:28

    उनै हुन् जो मानिसहरू निराश भएपछि पानी बर्साउँछन् र आफ्नो दयालाई फैलाउँछन्, अनि उनी संरक्षक तथा स्वयं प्रशंसनीय हुन् ।

  29. وَمِنۡ ءَايَٰتِهِۦ خَلۡقُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَثَّ فِيهِمَا مِن دَآبَّةٖۚ وَهُوَ عَلَىٰ جَمۡعِهِمۡ إِذَا يَشَآءُ قَدِيرٞ

    Open ayah 42:29

    र, आकाशहरू, पृथ्वी र यी दुवैका बीचमा फैलाइएका सजीवहरू उनैका निशानीहरू हुन्, र उनी जहिले चाहन्छन् ती सबैलाई एकतृत गर्न सक्षम छन् ।

  30. وَمَآ أَصَٰبَكُم مِّن مُّصِيبَةٖ فَبِمَا كَسَبَتۡ أَيۡدِيكُمۡ وَيَعۡفُواْ عَن كَثِيرٖ 

    Open ayah 42:30

    र, तिमीहरूमाथि जुन सङ्कट आउँछ त्यो तिमीहरूको आफ्नै हातको कमाइको कारणले आउँछ । र, कतिपय कुराहरूलाई उनी माफ पनि गरिदिन्छन् ।

  31. وَمَآ أَنتُم بِمُعۡجِزِينَ فِي ٱلۡأَرۡضِۖ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِن وَلِيّٖ وَلَا نَصِيرٖ

    Open ayah 42:31

    अनि, तिमीहरूले धर्तीमा (अल्लाहलाई) विवश पार्न सक्दैनौ र अल्लाहको दाँजोमा तिमीहरूको कुनै संरक्षक–मित्र तथा सहयोगी पनि छैन ।

  32. وَمِنۡ ءَايَٰتِهِ ٱلۡجَوَارِ فِي ٱلۡبَحۡرِ كَٱلۡأَعۡلَٰمِ

    Open ayah 42:32

    र, यी जहाजहरू जुन समुद्रमा पहाडजस्ता देखिन्छन् उनैका निशानीहरूमध्ये हुन् ।

  33. إِن يَشَأۡ يُسۡكِنِ ٱلرِّيحَ فَيَظۡلَلۡنَ رَوَاكِدَ عَلَىٰ ظَهۡرِهِۦٓۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّكُلِّ صَبَّارٖ شَكُورٍ

    Open ayah 42:33

    अल्लाहले चाहेमा जहिले पनि हावालाई स्थिर पार्न सक्छन्, फलस्वरूप ती (जहाजहरू) समुद्रमा स्थिर हुन पुग्नेछन् । निस्सन्देह यसमा प्रत्येक संयमी तथा कृतज्ञ व्यक्तिकालागि निशानीहरू छन् ।

  34. أَوۡ يُوبِقۡهُنَّ بِمَا كَسَبُواْ وَيَعۡفُ عَن كَثِيرٖ

    Open ayah 42:34

    वा तिनीहरूको कमाइको कारणले तिनीहरूलाई विनाश गर्न सक्छन्, र धेरै (पापीहरू) लाई क्षमा पनि गर्न सक्छन् ।

  35. وَيَعۡلَمَ ٱلَّذِينَ يُجَٰدِلُونَ فِيٓ ءَايَٰتِنَا مَا لَهُم مِّن مَّحِيصٖ

    Open ayah 42:35

    र फलस्वरूप हाम्रा आयतहरूबारे विवाद गर्नेहरूले तिनीहरूकालागि कुनै आश्रयस्थल छैन भन्ने कुरा जानून् ।

  36. فَمَآ أُوتِيتُم مِّن شَيۡءٖ فَمَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَمَا عِندَ ٱللَّهِ خَيۡرٞ وَأَبۡقَىٰ لِلَّذِينَ ءَامَنُواْ وَعَلَىٰ رَبِّهِمۡ يَتَوَكَّلُونَ

    Open ayah 42:36

    अनि, तिमीहरूलाई जेजति प्रदान गरिएको छ ती सबै यस सांसारिक जीवनका अस्थायी साधनहरू मात्र हुन् । र, जेजति अल्लाहकहाँ छन् ती चिजहरू उत्तम छन्, अनि चिरस्थायी पनि, तिनीहरूकालागि जसले ईमान ल्याएका छन् र आफ्ना पालनकर्तामाथि भरोसा गर्छन् ।

  37. وَٱلَّذِينَ يَجۡتَنِبُونَ كَبَٰٓئِرَ ٱلۡإِثۡمِ وَٱلۡفَوَٰحِشَ وَإِذَا مَا غَضِبُواْ هُمۡ يَغۡفِرُونَ

    Open ayah 42:37

    जो ठूला पापहरू र अश्लीलताबाट जोगिन्छन् र क्रोधित भएको खण्डमा माफ गर्छन् ।

  38. وَٱلَّذِينَ ٱسۡتَجَابُواْ لِرَبِّهِمۡ وَأَقَامُواْ ٱلصَّلَوٰةَ وَأَمۡرُهُمۡ شُورَىٰ بَيۡنَهُمۡ وَمِمَّا رَزَقۡنَٰهُمۡ يُنفِقُونَ

    Open ayah 42:38

    र, जो आफ्ना पालनकर्ताको आज्ञाकारी छन्, र नमाज कायम गर्छन् र आफ्ना मामलाहरू आपसी सल्लाहद्वारा चलाउने गर्छन् र हामीले जेजति जीविका प्रदान गरेका छौं त्यसबाट खर्च गर्छन् ।

  39. وَٱلَّذِينَ إِذَآ أَصَابَهُمُ ٱلۡبَغۡيُ هُمۡ يَنتَصِرُونَ

    Open ayah 42:39

    र, जो आफूमाथि अन्याय भएको खण्डमा त्यसको प्रतिशोध लिन्छन् ।

  40. وَجَزَٰٓؤُاْ سَيِّئَةٖ سَيِّئَةٞ مِّثۡلُهَاۖ فَمَنۡ عَفَا وَأَصۡلَحَ فَأَجۡرُهُۥ عَلَى ٱللَّهِۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلظَّٰلِمِينَ 

    Open ayah 42:40

    आघातको बदला त्यो बराबरकै आघात हुनुपर्छ तर जसले क्षमा गर्छ र मेलमिलाप गर्छ उसको प्रतिदान अल्लाहको जिम्मामा छ । अल्लाह अत्याचारीहरूलाई मन पराउँदैनन् ।

  41. وَلَمَنِ ٱنتَصَرَ بَعۡدَ ظُلۡمِهِۦ فَأُوْلَٰٓئِكَ مَا عَلَيۡهِم مِّن سَبِيلٍ

    Open ayah 42:41

    र, जसले आफूमाथि अत्याचार भएपछि त्यसको बदला लिन्छन्, उनीहरूमाथि कुनै दोष लाग्ने छैन ।

  42. إِنَّمَا ٱلسَّبِيلُ عَلَى ٱلَّذِينَ يَظۡلِمُونَ ٱلنَّاسَ وَيَبۡغُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّۚ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ أَلِيمٞ

    Open ayah 42:42

    दोष ती मानिसहरूका हुन् जसले मानिसहरूमाथि अत्याचार गर्छन्, र धर्तीमा अनाहकमा ज्यादती गर्छन् । यस्ता मानिसहरूकालागि कठोर यातना रहेकोछ ।

  43. وَلَمَن صَبَرَ وَغَفَرَ إِنَّ ذَٰلِكَ لَمِنۡ عَزۡمِ ٱلۡأُمُورِ

    Open ayah 42:43

    तर जसले धैर्यधारण गर्छ र क्षमा गर्छ निस्सन्देह (उसकोलागि) यो साहसीपूर्ण काम हो।

  44. وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِن وَلِيّٖ مِّنۢ بَعۡدِهِۦۗ وَتَرَى ٱلظَّٰلِمِينَ لَمَّا رَأَوُاْ ٱلۡعَذَابَ يَقُولُونَ هَلۡ إِلَىٰ مَرَدّٖ مِّن سَبِيلٖ

    Open ayah 42:44

    र, जसलाई अल्लाह पथभ्रष्ट पार्छन् अल्लाहवाहेक उसको कोही संरक्षक मित्र हुनेछैन । र, जब अत्याचारीहरूले प्रकोप देख्नेछन् तब तिमीले तिनीहरूलाई यस्तो भन्दै गरेको पाउनेछौ–“के कुनै फर्किने मार्ग रहेको छ ?”

  45. وَتَرَىٰهُمۡ يُعۡرَضُونَ عَلَيۡهَا خَٰشِعِينَ مِنَ ٱلذُّلِّ يَنظُرُونَ مِن طَرۡفٍ خَفِيّٖۗ وَقَالَ ٱلَّذِينَ ءَامَنُوٓاْ إِنَّ ٱلۡخَٰسِرِينَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَأَهۡلِيهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ أَلَآ إِنَّ ٱلظَّٰلِمِينَ فِي عَذَابٖ مُّقِيمٖ

    Open ayah 42:45

    र, तिमी देख्नेछौ– तिनीहरू नरकसामुन्ने यसरी उपस्थित गरिनेछन् कि अपमानका कारण घोप्टिरहेका, गुप्त आँखाले हेरिरहेका हुनेछन् । र, ईमान ल्याएका व्यक्तिहरूले भन्नेछन्– “वास्तविक घाटाग्रस्त तिनीहरू हुन् जसले आज महाप्रलयको दिन स्वयंलाई र आफ्ना मानिसहरुलाई घाटामा पारे । स्मरण रहोस्, अत्याचारी मानिसहरू अवश्य नै स्थायी यातनामा रहनेछन् ।

  46. وَمَا كَانَ لَهُم مِّنۡ أَوۡلِيَآءَ يَنصُرُونَهُم مِّن دُونِ ٱللَّهِۗ وَمَن يُضۡلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِن سَبِيلٍ

    Open ayah 42:46

    र, तिनीहरूका संरक्षक–मित्रहरूमध्ये कसैले पनि अल्लाहको मुकाबिलामा तिनीहरूलाई सहायता गर्न सक्दैन । र, जसलाई अल्लाह पथभ्रष्ट पार्छन् उसकोलागि कुनै मार्ग छैन ।

  47. ٱسۡتَجِيبُواْ لِرَبِّكُم مِّن قَبۡلِ أَن يَأۡتِيَ يَوۡمٞ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِۚ مَا لَكُم مِّن مَّلۡجَإٖ يَوۡمَئِذٖ وَمَا لَكُم مِّن نَّكِيرٖ

    Open ayah 42:47

    आफ्ना पालनकर्ताको आह्वानलाई त्यस दिनको आगमनअघि नै स्वीकार गर, जसलाई अल्लाहकोतर्फबाट टारिने छैन। तिमीहरूलाई त्यस दिन न कुनै आश्रयस्थल प्राप्त हुनेछ न तिमीहरू कुनै कुरालाई नकार्न नै सक्नेछौ ।

  48. فَإِنۡ أَعۡرَضُواْ فَمَآ أَرۡسَلۡنَٰكَ عَلَيۡهِمۡ حَفِيظًاۖ إِنۡ عَلَيۡكَ إِلَّا ٱلۡبَلَٰغُۗ وَإِنَّآ إِذَآ أَذَقۡنَا ٱلۡإِنسَٰنَ مِنَّا رَحۡمَةٗ فَرِحَ بِهَاۖ وَإِن تُصِبۡهُمۡ سَيِّئَةُۢ بِمَا قَدَّمَتۡ أَيۡدِيهِمۡ فَإِنَّ ٱلۡإِنسَٰنَ كَفُورٞ

    Open ayah 42:48

    अब यदि यिनीहरू विमुख हुन्छन् भने (हे नबी स.!) हामीले तिमीलाई यिनीहरूमाथि संरक्षक बनाएर पठाएका छैनौं । तिम्रो जिम्मेवारी सन्देश पुर्याउनु मात्र हो । र, मानिसलाई जब हामी आफ्नो दयाको स्वाद चखाउँछौं तब ऊ अति प्रफुल्लित हुन्छ, अनि जब उसलाई उसको आफ्नो कुकर्मको कारणले कुनै आघात पुग्छ तब त्यही मान्छे कृतघ्न हुनपुग्छ ।

  49. لِّلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ يَخۡلُقُ مَا يَشَآءُۚ يَهَبُ لِمَن يَشَآءُ إِنَٰثٗا وَيَهَبُ لِمَن يَشَآءُ ٱلذُّكُورَ

    Open ayah 42:49

    आकाशहरू तथा पृथ्वीको राज्यसत्ता अल्लाहकै हातमा छ । उनी जे चाहन्छन् सृष्टि गर्छन् । उनी जसलाई चाहन्छन् छोरीहरू प्रदान गर्छन्, र जसलाई चाहन्छन् छोराहरू प्रदान गर्दछन् ।

  50. أَوۡ يُزَوِّجُهُمۡ ذُكۡرَانٗا وَإِنَٰثٗاۖ وَيَجۡعَلُ مَن يَشَآءُ عَقِيمًاۚ إِنَّهُۥ عَلِيمٞ قَدِيرٞ 

    Open ayah 42:50

    र, उनी जसलाई चाहन्छन् छोरा तथा छोरी दुवै प्रदान गर्छन्, अनि जसलाई चाहन्छन् बाँझो बनाइदिन्छन्। निश्चय नै उनी सर्वज्ञ, सामर्वाथ्यवान छन् ।

  51. ۞وَمَا كَانَ لِبَشَرٍ أَن يُكَلِّمَهُ ٱللَّهُ إِلَّا وَحۡيًا أَوۡ مِن وَرَآيِٕ حِجَابٍ أَوۡ يُرۡسِلَ رَسُولٗا فَيُوحِيَ بِإِذۡنِهِۦ مَا يَشَآءُۚ إِنَّهُۥ عَلِيٌّ حَكِيمٞ

    Open ayah 42:51

    कुनै मानिसलाई संभव छैन कि अल्लाहले उसित प्रत्यक्ष कुरा गरुन्। उनी या त वहय ( प्रकाशना ) द्वारा या पर्दा पछाडिबाट या कुनै फरिश्ता पठाएर कुरा गर्छन् । अनि फरिश्ता अल्लाहको आज्ञाले, जे उनी चाहन्छन्, प्रकाशना गर्छन् । निस्सन्देह उनी अति उच्च [ ] एवं तत्वदर्शी [ ] छन् ।

  52. وَكَذَٰلِكَ أَوۡحَيۡنَآ إِلَيۡكَ رُوحٗا مِّنۡ أَمۡرِنَاۚ مَا كُنتَ تَدۡرِي مَا ٱلۡكِتَٰبُ وَلَا ٱلۡإِيمَٰنُ وَلَٰكِن جَعَلۡنَٰهُ نُورٗا نَّهۡدِي بِهِۦ مَن نَّشَآءُ مِنۡ عِبَادِنَاۚ وَإِنَّكَ لَتَهۡدِيٓ إِلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 42:52

    र, यसरी नै हामीले तिमीतर्फ आफ्नो आदेशबाट ‘रूह’ (कुरआन) लाई अवतीर्ण गर्यौं । तिमीलाई ग्रन्थ के हो र ईमान केलाई भनिन्छ भन्ने कुरा थाहा थिएन । तर हामीले त्यसलाई एउटा ज्योति बनायौं । त्यसद्वारा हामी आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छौ मार्गदर्शन गर्छौं । निश्चय नै तिमी सीधा मार्गतिर पथप्रदर्शन गरिरहेकाछौ ।

  53. صِرَٰطِ ٱللَّهِ ٱلَّذِي لَهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ أَلَآ إِلَى ٱللَّهِ تَصِيرُ ٱلۡأُمُورُ

    Open ayah 42:53

    त्यस अल्लाहको मार्गतिर जसको नियन्त्रणमा आकाशहरू तथा पृथ्वीका सबै चिजहरू छन् । सुन, प्रत्येक मामला अल्लाहतर्फ नै फर्कन्छ ।