الزخرف

Az-Zukhruf

Ornaments of gold · Surah 43 · Ayahs: 89 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. हा० मीम्०

  2. وَٱلۡكِتَٰبِ ٱلۡمُبِينِ

    Open ayah 43:2

    कसम स्पष्ट ग्रन्थको ।

  3. إِنَّا جَعَلۡنَٰهُ قُرۡءَٰنًا عَرَبِيّٗا لَّعَلَّكُمۡ تَعۡقِلُونَ

    Open ayah 43:3

    निस्सन्देह हामीले यसलाई अरबी भाषाको कुरआन बनाएका छौं, ताकि तिमीहरू बुझ ।

  4. وَإِنَّهُۥ فِيٓ أُمِّ ٱلۡكِتَٰبِ لَدَيۡنَا لَعَلِيٌّ حَكِيمٌ

    Open ayah 43:4

    र, वास्तवमा यो हामीकहाँ उम्मुल् किताब ( मूल किताब ) मा अङ्कित, उच्च कोटिको र तत्वदर्शिताले भरिपूर्ण छ ।

  5. أَفَنَضۡرِبُ عَنكُمُ ٱلذِّكۡرَ صَفۡحًا أَن كُنتُمۡ قَوۡمٗا مُّسۡرِفِينَ

    Open ayah 43:5

    के हामी तिमीहरूलाई यस कारणले उपदेश दिन बन्द गरौं कि तिमीहरू सीमा उल्लङ्घनकारी समुदाय हौ ?

  6. وَكَمۡ أَرۡسَلۡنَا مِن نَّبِيّٖ فِي ٱلۡأَوَّلِينَ

    Open ayah 43:6

    र, पहिलेका मानिसहरूबीच हामीले कति नबीहरू पठायौं !

  7. وَمَا يَأۡتِيهِم مِّن نَّبِيٍّ إِلَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 43:7

    तर तिनीहरूसमक्ष जुन नबी आए पनि तिनीहरूले उनको उपहास नै गर्ने गरे ।

  8. فَأَهۡلَكۡنَآ أَشَدَّ مِنۡهُم بَطۡشٗا وَمَضَىٰ مَثَلُ ٱلۡأَوَّلِينَ

    Open ayah 43:8

    अनि हामीले तिनीहरूभन्दा शक्तिशाली मानिसहरूलाई नष्ट गर्यौं । र, पहिलेका मानिसहरूको वृत्तान्तको वर्णन भइसकेको छ ।

  9. وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ لَيَقُولُنَّ خَلَقَهُنَّ ٱلۡعَزِيزُ ٱلۡعَلِيمُ

    Open ayah 43:9

    र, तिमीले तिनीहरूलाई आकाशहरू तथा पृथ्वी कसले सृष्टि गर्यो भनेर सोध्यौ भने तिनीहरूले अवश्य नै भन्नेछन्– “यिनीहरूलाई प्रभुत्वशाली एवं सर्वज्ञ (अल्लाह) ले सृष्टि गरे ।

  10. ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ مَهۡدٗا وَجَعَلَ لَكُمۡ فِيهَا سُبُلٗا لَّعَلَّكُمۡ تَهۡتَدُونَ 

    Open ayah 43:10

    जसले तिमीहरूकालागि पृथ्वीलाई समतल बनाए र त्यसमा तिमीहरूकैलागि बाटाहरू बनाए ताकि तिमीहरू गन्तव्यसम्म पुग्न सक ।

  11. وَٱلَّذِي نَزَّلَ مِنَ ٱلسَّمَآءِ مَآءَۢ بِقَدَرٖ فَأَنشَرۡنَا بِهِۦ بَلۡدَةٗ مَّيۡتٗاۚ كَذَٰلِكَ تُخۡرَجُونَ

    Open ayah 43:11

    र, जसले आकाशबाट उचित परिमाणमा पानी बर्साए [ ] अनि हामीले त्यसबाट मुर्दा भूमिलाई जीवित पायौं ।” यसरी नै तिमीहरूलाई (जमिनबाट) निकालिनेछ ।

  12. وَٱلَّذِي خَلَقَ ٱلۡأَزۡوَٰجَ كُلَّهَا وَجَعَلَ لَكُم مِّنَ ٱلۡفُلۡكِ وَٱلۡأَنۡعَٰمِ مَا تَرۡكَبُونَ

    Open ayah 43:12

    र, उनै हुन् जसले हरेक चिज जोडी जोडी सृष्टि गरे । र, जसले तिमीहरूकालागि डुंगाहरूलाई र जनावरहरूलाई सवारीको साधन बनाए जसमा तिमीहरू सवार हुने गर्छौ ।

  13. لِتَسۡتَوُۥاْ عَلَىٰ ظُهُورِهِۦ ثُمَّ تَذۡكُرُواْ نِعۡمَةَ رَبِّكُمۡ إِذَا ٱسۡتَوَيۡتُمۡ عَلَيۡهِ وَتَقُولُواْ سُبۡحَٰنَ ٱلَّذِي سَخَّرَ لَنَا هَٰذَا وَمَا كُنَّا لَهُۥ مُقۡرِنِينَ

    Open ayah 43:13

    ताकि तिनीहरूको पिठ्यूँमा मज्जाले बस, र त्यसमाथि बस्दा आफ्ना पालनकर्ताको वरदानलाई याद गर र भन– “पवित्र छन् ती सत्ता जसले यिनीहरूलाई हाम्रो नियन्त्रणमा गरिदिए जबकि हामी स्वयं यिनीहरूलाई आफ्नो नियन्त्रणमा गर्न सक्ने थिएनौं ।”

  14. وَإِنَّآ إِلَىٰ رَبِّنَا لَمُنقَلِبُونَ

    Open ayah 43:14

    र, हामी अन्ततः आफ्ना पालनकर्तातर्फ नै फर्केर जानुछ ।

  15. وَجَعَلُواْ لَهُۥ مِنۡ عِبَادِهِۦ جُزۡءًاۚ إِنَّ ٱلۡإِنسَٰنَ لَكَفُورٞ مُّبِينٌ

    Open ayah 43:15

    र, तिनीहरूले अल्लाहका केही भक्तहरूलाई उनको अंश ठहर गरिदिएका छन् । निस्सन्देह मानव एकदमै स्पष्ट कृतघ्न रहेछ ।

  16. أَمِ ٱتَّخَذَ مِمَّا يَخۡلُقُ بَنَاتٖ وَأَصۡفَىٰكُم بِٱلۡبَنِينَ

    Open ayah 43:16

    के अल्लाहले आफ्ना सृष्टिमध्ये स्वयंकानिम्ति छोरीहरू ग्रहण गरेका छन् र तिमीहरूलाई छोराहरू प्रदान गरेका छन् ?

  17. وَإِذَا بُشِّرَ أَحَدُهُم بِمَا ضَرَبَ لِلرَّحۡمَٰنِ مَثَلٗا ظَلَّ وَجۡهُهُۥ مُسۡوَدّٗا وَهُوَ كَظِيمٌ

    Open ayah 43:17

    जब तिनीहरूमध्ये कसैलाई त्यही कुराको शुभसूचना दिइन्छ जुन उसले करुणामय (अल्लाह) कोलागि भन्छ, तब ऊ भक्कानु भएको अवस्थामा मृत्यु उसको अनुहार कालो हुन्छ ।

  18. أَوَمَن يُنَشَّؤُاْ فِي ٱلۡحِلۡيَةِ وَهُوَ فِي ٱلۡخِصَامِ غَيۡرُ مُبِينٖ

    Open ayah 43:18

    के त्यसको ( सूचना ) जो गरगहनामा पालिन्छ र झैं–झगडामा पनि आफ्नो मुख पनि खोल्न नसकिने ?

  19. وَجَعَلُواْ ٱلۡمَلَٰٓئِكَةَ ٱلَّذِينَ هُمۡ عِبَٰدُ ٱلرَّحۡمَٰنِ إِنَٰثًاۚ أَشَهِدُواْ خَلۡقَهُمۡۚ سَتُكۡتَبُ شَهَٰدَتُهُمۡ وَيُسۡـَٔلُونَ

    Open ayah 43:19

    र, यिनीहरूले फरिश्ताहरूलाई स्त्री ठानेका छन्, जो करुणामय अल्लाहका भक्त हुन् ? के तिनीहरूको सृष्टिको समयमा यिनीहरू उपस्थित थिए ? चाँडै नै यिनीहरूको गवाही लेखिनेछ र ( महाप्रलयको दिन ) सोधपुछ पनि हुनेछ ।

  20. وَقَالُواْ لَوۡ شَآءَ ٱلرَّحۡمَٰنُ مَا عَبَدۡنَٰهُمۗ مَّا لَهُم بِذَٰلِكَ مِنۡ عِلۡمٍۖ إِنۡ هُمۡ إِلَّا يَخۡرُصُونَ 

    Open ayah 43:20

    र, यिनीहरू भन्छन्– “करुणामय (अल्लाह) ले चाहेकाभए हामी तिनीहरूको उपासना गर्ने थिएनौं ।” यिनीहरू यस मामिलाको वास्तविकतालाई बिलकुलै जान्दैनन् । यिनीहरू केवल अड्कलको भरमा कुरा गर्छन् ।

  21. أَمۡ ءَاتَيۡنَٰهُمۡ كِتَٰبٗا مِّن قَبۡلِهِۦ فَهُم بِهِۦ مُسۡتَمۡسِكُونَ

    Open ayah 43:21

    के हामीले यिनीहरूलाई यसअघि कुनै ग्रन्थ दिएका थियौं जसलाई यिनीहरूले दृढताकासाथ समातेका छन् ?

  22. بَلۡ قَالُوٓاْ إِنَّا وَجَدۡنَآ ءَابَآءَنَا عَلَىٰٓ أُمَّةٖ وَإِنَّا عَلَىٰٓ ءَاثَٰرِهِم مُّهۡتَدُونَ

    Open ayah 43:22

    बरु यिनीहरू भन्छन्– हामीले आफ्ना पूर्वजहरूलाई एउटा मार्गमा पायौँ र हामी पनि तिनीहरूकै पदचिन्ह अनुसार चलिरहेका छौँ ।

  23. وَكَذَٰلِكَ مَآ أَرۡسَلۡنَا مِن قَبۡلِكَ فِي قَرۡيَةٖ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتۡرَفُوهَآ إِنَّا وَجَدۡنَآ ءَابَآءَنَا عَلَىٰٓ أُمَّةٖ وَإِنَّا عَلَىٰٓ ءَاثَٰرِهِم مُّقۡتَدُونَ

    Open ayah 43:23

    यसरी नै तिमीभन्दा पहिले हामीले कुनै सचेतक जुन नगरमा पठायौं त्यहाँका सम्पन्न व्यक्तिहरूले यही भने कि हामीले आफ्ना पूर्वजहरूलाई एउटा मार्गमा पाएका छौं र हामी तिनीहरुकै पदचिन्हको अनुसरण गरिरहन्छौं ।

  24. ۞قَٰلَ أَوَلَوۡ جِئۡتُكُم بِأَهۡدَىٰ مِمَّا وَجَدتُّمۡ عَلَيۡهِ ءَابَآءَكُمۡۖ قَالُوٓاْ إِنَّا بِمَآ أُرۡسِلۡتُم بِهِۦ كَٰفِرُونَ

    Open ayah 43:24

    सन्देष्टाले भने– “मैले तिमीहरूसमक्ष तिमीहरूले पूर्वजबाट पाएको मार्गभन्दा उत्तम मार्ग प्रस्तुत गर्दा पनि ?” तिनीहरूले भने– “जुन कुराकासाथ तिमीलाई पठाइएको छ त्यसलाई हामी अस्वीकार गर्छौं ।”

  25. فَٱنتَقَمۡنَا مِنۡهُمۡۖ فَٱنظُرۡ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلۡمُكَذِّبِينَ

    Open ayah 43:25

    अन्ततः हामीले तिनीहरूसित यथोचित बदला लियौं । अनि, हेर झूठो ठहराउनेहरूको कस्तो परिणाम भयो ?

  26. وَإِذۡ قَالَ إِبۡرَٰهِيمُ لِأَبِيهِ وَقَوۡمِهِۦٓ إِنَّنِي بَرَآءٞ مِّمَّا تَعۡبُدُونَ

    Open ayah 43:26

    र, स्मरण गर जब इब्राहीमले आफ्ना बाबुलाई र जातिबन्धुहरूलाई भने– “तिमीहरू जसको उपासना गर्छौ तिनीहरूसित मेरो कुनै सरोकार छैन ।

  27. إِلَّا ٱلَّذِي فَطَرَنِي فَإِنَّهُۥ سَيَهۡدِينِ

    Open ayah 43:27

    त्यस पालनहारबाहेक जसले मेरो सृष्टि गरे । अनि उनी नै मलाई सीधामार्ग देखाउनेछन् ।

  28. وَجَعَلَهَا كَلِمَةَۢ بَاقِيَةٗ فِي عَقِبِهِۦ لَعَلَّهُمۡ يَرۡجِعُونَ

    Open ayah 43:28

    र, इब्राहीम यही कुरा आफ्ना सन्तानहरूमा छोडेर गए, ताकि यिनीहरूट (अल्लाहतर्फ) फर्किउन् ।

  29. بَلۡ مَتَّعۡتُ هَٰٓؤُلَآءِ وَءَابَآءَهُمۡ حَتَّىٰ جَآءَهُمُ ٱلۡحَقُّ وَرَسُولٞ مُّبِينٞ

    Open ayah 43:29

    बरु मैले यिनीहरू र यिनका पूर्वजहरूलाई सुखसुविधा प्रदान गरें, यहाँसम्म कि यिनीहरूसमक्ष नितान्त सत्य र स्पष्ट रसूल आइपुगे ।

  30. وَلَمَّا جَآءَهُمُ ٱلۡحَقُّ قَالُواْ هَٰذَا سِحۡرٞ وَإِنَّا بِهِۦ كَٰفِرُونَ 

    Open ayah 43:30

    तर जब यिनीहरूकहाँ नितान्त सत्य आइपुग्यो तब यिनीहरूले भने– “यो त जादू हो र हामी यसलाई अस्वीकार गर्छौं ।”

  31. وَقَالُواْ لَوۡلَا نُزِّلَ هَٰذَا ٱلۡقُرۡءَانُ عَلَىٰ رَجُلٖ مِّنَ ٱلۡقَرۡيَتَيۡنِ عَظِيمٍ

    Open ayah 43:31

    र, यिनीहरू भन्छन्– “यो कुरआन यी दुई ठूला नगरहरू मध्येका कुनै महान् व्यक्तिमाथि किन अवतरित गरिएन ?”

  32. أَهُمۡ يَقۡسِمُونَ رَحۡمَتَ رَبِّكَۚ نَحۡنُ قَسَمۡنَا بَيۡنَهُم مَّعِيشَتَهُمۡ فِي ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَرَفَعۡنَا بَعۡضَهُمۡ فَوۡقَ بَعۡضٖ دَرَجَٰتٖ لِّيَتَّخِذَ بَعۡضُهُم بَعۡضٗا سُخۡرِيّٗاۗ وَرَحۡمَتُ رَبِّكَ خَيۡرٞ مِّمَّا يَجۡمَعُونَ

    Open ayah 43:32

    के यिनीहरू तिम्रा पालनकर्ताको दयालाई बाँडफाँड गर्छन् ? हामीले सांसारिक जीवनमा यिनीहरूबीच यिनको जीविकालाई बाँडिदिएका छौं [ ] र केहिलाई अर्का केहिमाथि श्रेष्ठता प्रदान गर्यौं, ताकि तिनीहरूले एक अर्कोबाट सेवा प्राप्त गरून् । र, तिम्रा पालनकर्ताको दया यिनीहरूले जम्मा गरिरहेका (धन–सम्पत्ति) भन्दा उत्तम रहेको छ ।

  33. وَلَوۡلَآ أَن يَكُونَ ٱلنَّاسُ أُمَّةٗ وَٰحِدَةٗ لَّجَعَلۡنَا لِمَن يَكۡفُرُ بِٱلرَّحۡمَٰنِ لِبُيُوتِهِمۡ سُقُفٗا مِّن فِضَّةٖ وَمَعَارِجَ عَلَيۡهَا يَظۡهَرُونَ

    Open ayah 43:33

    र, यदि सबै मानिसहरू एउटै समुदाय हुनेछन् भन्ने कुरा नभएको भए हामी करुणामय (अल्लाह) को इन्कार गर्ने मानिसहरूका छानाहरूलाई र तिनीहरूले चढ्ने भर्याङ्गहरूलाई चाँदीका बनाइदिने थियौं ।

  34. وَلِبُيُوتِهِمۡ أَبۡوَٰبٗا وَسُرُرًا عَلَيۡهَا يَتَّكِـُٔونَ

    Open ayah 43:34

    र, तिनीहरूका घरका ढोकाहरू तथा तिनीहरूले अडेस लाग्ने पलङ्गहरूलाई पनि ।

  35. وَزُخۡرُفٗاۚ وَإِن كُلُّ ذَٰلِكَ لَمَّا مَتَٰعُ ٱلۡحَيَوٰةِ ٱلدُّنۡيَاۚ وَٱلۡأٓخِرَةُ عِندَ رَبِّكَ لِلۡمُتَّقِينَ

    Open ayah 43:35

    र सजावटका बहुमूल्य रत्नहरू पनि (प्रदान गर्ने थियौं) । तर यी सबै सांसारिक जीवनका मात्र लाभ हुन्, र तिम्रा पालनकर्ताकहाँ आखिरत ( को सुुख शान्ति ) ईशभय राख्नेहरूकालागि मात्र रहेको छ ।

  36. وَمَن يَعۡشُ عَن ذِكۡرِ ٱلرَّحۡمَٰنِ نُقَيِّضۡ لَهُۥ شَيۡطَٰنٗا فَهُوَ لَهُۥ قَرِينٞ

    Open ayah 43:36

    र, जुन मानिस करुणामय (अल्लाह) को स्मरणको बेवास्ता गर्छन् हामी त्यसकालागि एउटा शैतान खटाइदिन्छौं अनि त्यो नै उसको मित्र हुन्छ ।

  37. وَإِنَّهُمۡ لَيَصُدُّونَهُمۡ عَنِ ٱلسَّبِيلِ وَيَحۡسَبُونَ أَنَّهُم مُّهۡتَدُونَ

    Open ayah 43:37

    र यी शैतानहरू यिनीहरूलाई सीधामार्गबाट रोक्छन् जब कि यिनीहरू आफूलाई सत्मार्गी ठान्छन् ।

  38. حَتَّىٰٓ إِذَا جَآءَنَا قَالَ يَٰلَيۡتَ بَيۡنِي وَبَيۡنَكَ بُعۡدَ ٱلۡمَشۡرِقَيۡنِ فَبِئۡسَ ٱلۡقَرِينُ

    Open ayah 43:38

    यहाँ सम्म कि जब ऊ हामीकहाँ पुग्नेछ तब भन्नेछ – “हामी र तिमीबीच पुर्व तथा पश्चिमको दुरी भएको भए हुन्थयो ! तिमी त अति निकृष्ट साथी हौ ।”

  39. وَلَن يَنفَعَكُمُ ٱلۡيَوۡمَ إِذ ظَّلَمۡتُمۡ أَنَّكُمۡ فِي ٱلۡعَذَابِ مُشۡتَرِكُونَ

    Open ayah 43:39

    र आज तिमीहरू यातनामा साझेदार हुनुले तिमीहरूलाई कुनै लाभ पुर्याउने छैन किनकी तिमीहरू अत्याचारी हौ ।

  40. أَفَأَنتَ تُسۡمِعُ ٱلصُّمَّ أَوۡ تَهۡدِي ٱلۡعُمۡيَ وَمَن كَانَ فِي ضَلَٰلٖ مُّبِينٖ 

    Open ayah 43:40

    अनि के तिमी बहिरालाई सुनाउन सक्छौ वा अन्धालाई मार्ग देखाउन सक्छौ र त्यसलाई पनि जो स्पष्ट पथभ्रष्टतामा छ ?

  41. فَإِمَّا نَذۡهَبَنَّ بِكَ فَإِنَّا مِنۡهُم مُّنتَقِمُونَ

    Open ayah 43:41

    यदि हामीले तिमीलाई लग्यौं भने पनि तिनीहरूसित त निश्चित रूपमा बदला लिनेछौं ।

  42. أَوۡ نُرِيَنَّكَ ٱلَّذِي وَعَدۡنَٰهُمۡ فَإِنَّا عَلَيۡهِم مُّقۡتَدِرُونَ

    Open ayah 43:42

    वा तिमीलाई त्यो ( प्रकोप ) देखाउनेछौं जसको वाचा हामीले यिनीहरूसित गरेका छौं । किनभने हामी यिनीहरूमाथि पूर्ण सामर्थ्य राख्दछौं ।

  43. فَٱسۡتَمۡسِكۡ بِٱلَّذِيٓ أُوحِيَ إِلَيۡكَۖ إِنَّكَ عَلَىٰ صِرَٰطٖ مُّسۡتَقِيمٖ

    Open ayah 43:43

    अतः जुन वहय तिमीतर्फ पठाइएको छ त्यसलाई दृढतासाथ समात । निस्सन्देह तिमी सीधामार्गमा छौ ।

  44. وَإِنَّهُۥ لَذِكۡرٞ لَّكَ وَلِقَوۡمِكَۖ وَسَوۡفَ تُسۡـَٔلُونَ

    Open ayah 43:44

    अनि, यो तिम्रोलागि र तिम्रो जातिबन्धुकोलागि उपदेश हो । र, तिमीहरूसँग चाँडै ( यसबारे ) सोधपुछ हुनेछ ।

  45. وَسۡـَٔلۡ مَنۡ أَرۡسَلۡنَا مِن قَبۡلِكَ مِن رُّسُلِنَآ أَجَعَلۡنَا مِن دُونِ ٱلرَّحۡمَٰنِ ءَالِهَةٗ يُعۡبَدُونَ

    Open ayah 43:45

    र, तिमीभन्दा पहिले हामीले पठाएका हाम्रा ती रसूलहरूसित सोध– “के हामीले करुणामय (अल्लाह) बाहेक अन्य कुनै यस्ता ईश्वरहरू निर्धारित गरेका थियौं जसको उपासना गरियोस् ?

  46. وَلَقَدۡ أَرۡسَلۡنَا مُوسَىٰ بِـَٔايَٰتِنَآ إِلَىٰ فِرۡعَوۡنَ وَمَلَإِيْهِۦ فَقَالَ إِنِّي رَسُولُ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 43:46

    र, हामीले मूसालाई निशानीहरू दिएर फिरऔन तथा उसका भारदारहरूतर्फ पठायौं । अनि मूसाले भने– “म सम्पूर्ण जगत्का पालनकर्ता (अल्लाह) को रसूल हुँ ।”

  47. فَلَمَّا جَآءَهُم بِـَٔايَٰتِنَآ إِذَا هُم مِّنۡهَا يَضۡحَكُونَ

    Open ayah 43:47

    फेरि जब मूसा तिनीहरूसमक्ष हाम्रा निशानीहरू लिएर आए तब तिनीहरूले ती निशानीहरूको खिल्ली उडाउन थाले ।

  48. وَمَا نُرِيهِم مِّنۡ ءَايَةٍ إِلَّا هِيَ أَكۡبَرُ مِنۡ أُخۡتِهَاۖ وَأَخَذۡنَٰهُم بِٱلۡعَذَابِ لَعَلَّهُمۡ يَرۡجِعُونَ

    Open ayah 43:48

    र, हामीले तिनीहरूलाई देखाउने प्रत्येक निशानी पहिलेको निशानीभन्दा ठूलो हुन्थ्यो । र, हामीले तिनीहरूलाई प्रकोपद्वारा समात्यौं ताकि तिनीहरू फर्किउन् ।

  49. وَقَالُواْ يَٰٓأَيُّهَ ٱلسَّاحِرُ ٱدۡعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِندَكَ إِنَّنَا لَمُهۡتَدُونَ

    Open ayah 43:49

    र, तिनीहरूले भने– “हे जादूगर ! उनले तिमीसित गरेको वाचा अनुसार हाम्रालागि प्रार्थना गर । हामी अवश्य नै सीधामार्ग अपनाउनेछौं ।

  50. فَلَمَّا كَشَفۡنَا عَنۡهُمُ ٱلۡعَذَابَ إِذَا هُمۡ يَنكُثُونَ 

    Open ayah 43:50

    अनि जब हामी यातनालाई हटाइ दिन्छौँ, अकस्मात उनीहरुले वाचा भंग गर्छन् ।

  51. وَنَادَىٰ فِرۡعَوۡنُ فِي قَوۡمِهِۦ قَالَ يَٰقَوۡمِ أَلَيۡسَ لِي مُلۡكُ مِصۡرَ وَهَٰذِهِ ٱلۡأَنۡهَٰرُ تَجۡرِي مِن تَحۡتِيٓۚ أَفَلَا تُبۡصِرُونَ

    Open ayah 43:51

    र, फिरऔनले आफ्नो समुदायमा घोषणा गर्दै भन्यो– “हे मेरा समुदायका मानिसहरू हो ! के मिस्रको सत्ता र मेरो महलको तलतिरबाट बगिरहेको नदी मेरा होइनन् ? के तिमीहरू देख्दैनौ ?

  52. أَمۡ أَنَا۠ خَيۡرٞ مِّنۡ هَٰذَا ٱلَّذِي هُوَ مَهِينٞ وَلَا يَكَادُ يُبِينُ

    Open ayah 43:52

    के म यो व्यक्तिभन्दा उत्तम होइन जसको कुनै प्रतिष्ठा छैन र जो आफ्नो कुरा प्रष्ट्याउन पनि सक्दैन ?

  53. فَلَوۡلَآ أُلۡقِيَ عَلَيۡهِ أَسۡوِرَةٞ مِّن ذَهَبٍ أَوۡ جَآءَ مَعَهُ ٱلۡمَلَٰٓئِكَةُ مُقۡتَرِنِينَ

    Open ayah 43:53

    उसलाई सुनका चुराहरू किन प्रदान गरिएनन् वा ऊसँग क्रमबद्ध रूपमा फरिश्ताहरू किन अवतरण भएनन् ?”

  54. فَٱسۡتَخَفَّ قَوۡمَهُۥ فَأَطَاعُوهُۚ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ

    Open ayah 43:54

    यसरी फिरऔनले आफ्नो समुदायलाई मुर्ख तुल्यायो, अनि तिनीहरूले उसकै आज्ञापालन गरे । वास्तवमा तिनीहरू अवज्ञाकारी थिए ।

  55. فَلَمَّآ ءَاسَفُونَا ٱنتَقَمۡنَا مِنۡهُمۡ فَأَغۡرَقۡنَٰهُمۡ أَجۡمَعِينَ

    Open ayah 43:55

    फेरि जब तिनीहरूले हामीलाई क्रोधित तुल्याए तब हामीले तिनीहरूसित बदला लियौँ अनि तिनीहरू सबैलाई चुर्लुम्म डुबाइदियौं ।

  56. فَجَعَلۡنَٰهُمۡ سَلَفٗا وَمَثَلٗا لِّلۡأٓخِرِينَ

    Open ayah 43:56

    फेरि हामीले तिनीहरूलाई पछि आउने मानिसहरूकालागि एउटा अतीतको दासतान र शिक्षाप्रद उदाहरण बनाइदियौं ।

  57. ۞وَلَمَّا ضُرِبَ ٱبۡنُ مَرۡيَمَ مَثَلًا إِذَا قَوۡمُكَ مِنۡهُ يَصِدُّونَ

    Open ayah 43:57

    र, जब मर्यम–पुत्र ईसाको उदाहरण दिइन्छ तब तिम्रो समुदायका मानिसहरूले होहल्ला गर्न थाल्छन् ।

  58. وَقَالُوٓاْ ءَأَٰلِهَتُنَا خَيۡرٌ أَمۡ هُوَۚ مَا ضَرَبُوهُ لَكَ إِلَّا جَدَلَۢاۚ بَلۡ هُمۡ قَوۡمٌ خَصِمُونَ

    Open ayah 43:58

    र भन्छन्– “हाम्रा उपास्यहरू उत्तम छन् वा त्यो ? यो (ईसाको) उदाहरण तिनीहरू केवल विवाद चर्काउनकालागि दिन्छन् बरु तिनीहरू त झगडालु हुन् ।

  59. إِنۡ هُوَ إِلَّا عَبۡدٌ أَنۡعَمۡنَا عَلَيۡهِ وَجَعَلۡنَٰهُ مَثَلٗا لِّبَنِيٓ إِسۡرَٰٓءِيلَ

    Open ayah 43:59

    त्यो मेरो एउटा भक्त मात्र थियो जसमाथि हामीले उपकार गर्यौं र उसलाई इस्राईलका सन्तानहरूकोलागि एउटा नमूना बनाइदियौं ।

  60. وَلَوۡ نَشَآءُ لَجَعَلۡنَا مِنكُم مَّلَٰٓئِكَةٗ فِي ٱلۡأَرۡضِ يَخۡلُفُونَ 

    Open ayah 43:60

    र, हामीले चाहेमा तिमीहरूको स्थानमा फरिश्ताहरूलाई बनाउने थियौं जो धर्तीमा ( तिमीहरूको ) उत्तराधिकारी हुने थिए ।

  61. وَإِنَّهُۥ لَعِلۡمٞ لِّلسَّاعَةِ فَلَا تَمۡتَرُنَّ بِهَا وَٱتَّبِعُونِۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

    Open ayah 43:61

    र, वास्तवमा उनी महाप्रलयका निशानी हुन् त्यसैले तिमीहरू त्यसमा सन्देह नगर । र, मेरो कुरा मान, यही सीधा मार्ग हो ।

  62. وَلَا يَصُدَّنَّكُمُ ٱلشَّيۡطَٰنُۖ إِنَّهُۥ لَكُمۡ عَدُوّٞ مُّبِينٞ

    Open ayah 43:62

    र, शैतानले तिमीहरूलाई कदापी नरोकोस् । निस्सन्देह त्यो तिमीहरूको स्पष्ट शत्रु हो ।

  63. وَلَمَّا جَآءَ عِيسَىٰ بِٱلۡبَيِّنَٰتِ قَالَ قَدۡ جِئۡتُكُم بِٱلۡحِكۡمَةِ وَلِأُبَيِّنَ لَكُم بَعۡضَ ٱلَّذِي تَخۡتَلِفُونَ فِيهِۖ فَٱتَّقُواْ ٱللَّهَ وَأَطِيعُونِ

    Open ayah 43:63

    र, जब ईसा स्पष्ट निशानीहरू लिएर आए तब उनले भने– “म तिमीहरूसमक्ष तत्वदर्शिता लिएर आएको छु, अनि तिमीहरूले परस्पर मतभेद गर्ने गरेका केही कुराहरूको वास्तविकता तिमीहरूलाई प्रस्ट रूपमा बताउन आएको छु । अतः तिमीहरू अल्लाहको भय गर र मेरो आज्ञापालन गर ।

  64. إِنَّ ٱللَّهَ هُوَ رَبِّي وَرَبُّكُمۡ فَٱعۡبُدُوهُۚ هَٰذَا صِرَٰطٞ مُّسۡتَقِيمٞ

    Open ayah 43:64

    निस्सन्देह अल्लाह नै मेरा र तिमीहरूका पालनकर्ता हुन् । अतः उनकै उपासना गर । यही सीधामार्ग हो ।

  65. فَٱخۡتَلَفَ ٱلۡأَحۡزَابُ مِنۢ بَيۡنِهِمۡۖ فَوَيۡلٞ لِّلَّذِينَ ظَلَمُواْ مِنۡ عَذَابِ يَوۡمٍ أَلِيمٍ

    Open ayah 43:65

    तर इसराईलका सन्तानका समूहहरूले परस्पर मतभेद गरे । अतः एउटा दुखदायी दिनको यातनाबाट अत्याचारीहरूको विनाश हुने छ ।

  66. هَلۡ يَنظُرُونَ إِلَّا ٱلسَّاعَةَ أَن تَأۡتِيَهُم بَغۡتَةٗ وَهُمۡ لَا يَشۡعُرُونَ

    Open ayah 43:66

    यिनीहरू केवल महाप्रलयको प्रतीक्षा गर्दैछन् कि त्यो अकस्मात् तिनीहरूमाथि आइपरोस् र तिनीहरूलाई त्यसको खबर पनि नहोस् ।

  67. ٱلۡأَخِلَّآءُ يَوۡمَئِذِۭ بَعۡضُهُمۡ لِبَعۡضٍ عَدُوٌّ إِلَّا ٱلۡمُتَّقِينَ

    Open ayah 43:67

    त्यो दिन ईशभय राख्ने मानिसहरूबाहेक सबै घनिष्ट मित्रहरू परस्पर शत्रु बन्नेछन् ।

  68. يَٰعِبَادِ لَا خَوۡفٌ عَلَيۡكُمُ ٱلۡيَوۡمَ وَلَآ أَنتُمۡ تَحۡزَنُونَ

    Open ayah 43:68

    हे मेरा भक्तहरू हो ! आज तिमीहरू डराउनु पर्दैन र तिमीहरू शोकग्रस्त पनि हुने छैनौ ।

  69. ٱلَّذِينَ ءَامَنُواْ بِـَٔايَٰتِنَا وَكَانُواْ مُسۡلِمِينَ

    Open ayah 43:69

    जसले हाम्रा आयतहरूमाथि ईमान ल्याए र मुस्लिम भए...

  70. ٱدۡخُلُواْ ٱلۡجَنَّةَ أَنتُمۡ وَأَزۡوَٰجُكُمۡ تُحۡبَرُونَ 

    Open ayah 43:70

    (उनीहरूलाई भनिनेछ)– “ प्रफुल्लित हुँदै प्रवेश गर स्वर्गमा तिमीहरू र तिमीहरूका पत्नीहरू पनि।”

  71. يُطَافُ عَلَيۡهِم بِصِحَافٖ مِّن ذَهَبٖ وَأَكۡوَابٖۖ وَفِيهَا مَا تَشۡتَهِيهِ ٱلۡأَنفُسُ وَتَلَذُّ ٱلۡأَعۡيُنُۖ وَأَنتُمۡ فِيهَا خَٰلِدُونَ

    Open ayah 43:71

    उनीहरूसमक्ष सुनका थाली तथा प्यालाहरू पेश गरिनेछन् । अनि, त्यहाँ मनमोहक तथा आँखाले रुचाउने चिजहरू हुनेछन् यस अवस्थामा कि तिमीहरू त्यसमा सदा रहनेछौ ।

  72. وَتِلۡكَ ٱلۡجَنَّةُ ٱلَّتِيٓ أُورِثۡتُمُوهَا بِمَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 43:72

    तिमीहरूले गर्ने गरेका कार्यहरूको प्रतिदानस्वरूप तिमीहरूलाई उत्तराधिकारी बनाइएको स्वर्ग यही हो ।

  73. لَكُمۡ فِيهَا فَٰكِهَةٞ كَثِيرَةٞ مِّنۡهَا تَأۡكُلُونَ

    Open ayah 43:73

    यहाँ तिमीहरूकालागि धेरै फलफूलहरू छन् जसबाट तिमीहरू खानेछौ ।

  74. إِنَّ ٱلۡمُجۡرِمِينَ فِي عَذَابِ جَهَنَّمَ خَٰلِدُونَ

    Open ayah 43:74

    निस्सन्देह पापीहरू सदा नरकको यातनामा रहनेछन् ।

  75. لَا يُفَتَّرُ عَنۡهُمۡ وَهُمۡ فِيهِ مُبۡلِسُونَ

    Open ayah 43:75

    तिनीहरूको यो यातना कहिल्यै पनि हलुका पारिने छैन र तिनीहरू त्यसैमा निराश भइरहनेछन् ।

  76. وَمَا ظَلَمۡنَٰهُمۡ وَلَٰكِن كَانُواْ هُمُ ٱلظَّٰلِمِينَ

    Open ayah 43:76

    र, हामीले तिनीहरूमाथि अत्याचार गरेनौं, बरु तिनीहरू स्वयं अत्याचारी थिए ।

  77. وَنَادَوۡاْ يَٰمَٰلِكُ لِيَقۡضِ عَلَيۡنَا رَبُّكَۖ قَالَ إِنَّكُم مَّٰكِثُونَ

    Open ayah 43:77

    र, तिनीहरूले चिच्याएर भन्नेछन्– “हे मालिक ! तिम्रा पालनकर्ताले हामीलाई समाप्त नै गरिदिऊन् ।” उनले जवाफ दिनेछन्– “तिमीहरू त सदा यसैमा रहनुपर्छ ।

  78. لَقَدۡ جِئۡنَٰكُم بِٱلۡحَقِّ وَلَٰكِنَّ أَكۡثَرَكُمۡ لِلۡحَقِّ كَٰرِهُونَ

    Open ayah 43:78

    हामी तिमीहरूसमक्ष नितान्त सत्य लिएर आएका थियौं तर तिमीहरूमध्ये अधिकांश त्यसलाई घृणा गर्ने गर्थ्यो ।

  79. أَمۡ أَبۡرَمُوٓاْ أَمۡرٗا فَإِنَّا مُبۡرِمُونَ

    Open ayah 43:79

    के तिनीहरूले कुनै कार्य गर्ने निश्चय गरेका छन् ? त्यसो भए हामी पनि एउटा निर्णय लिन्छौं ।

  80. أَمۡ يَحۡسَبُونَ أَنَّا لَا نَسۡمَعُ سِرَّهُمۡ وَنَجۡوَىٰهُمۚ بَلَىٰ وَرُسُلُنَا لَدَيۡهِمۡ يَكۡتُبُونَ 

    Open ayah 43:80

    के तिनीहरूले यो ठाने कि हामी तिनीहरूका गोप्य कुराहरू र तिनीहरूका कानेखुसी सुन्दैनौं ? किन नसुन्नु ? हाम्रा फरिश्ताहरू सबै लेखिरहेका पनि छन् ।

  81. قُلۡ إِن كَانَ لِلرَّحۡمَٰنِ وَلَدٞ فَأَنَا۠ أَوَّلُ ٱلۡعَٰبِدِينَ

    Open ayah 43:81

    भनिदेऊ– “यदि करुणामय (अल्लाह) को कुनै सन्तान भएको भए उनको पहिलो उपासक म नै हुने थिएँ ।

  82. سُبۡحَٰنَ رَبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ رَبِّ ٱلۡعَرۡشِ عَمَّا يَصِفُونَ

    Open ayah 43:82

    पवित्र छन् आकाशहरू र पृथ्वीका पालनकर्ता तथा सिंहासनका मालिक ती सबै कुराहरूबाट जो यिनीहरू गर्ने गर्छन् ।

  83. فَذَرۡهُمۡ يَخُوضُواْ وَيَلۡعَبُواْ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي يُوعَدُونَ

    Open ayah 43:83

    अत: छोडिदेऊ यिनीहरूलाई ताकि यिनीहरू तथ्यहीन विचारहरूमा मग्न रहून् र खेल तमासामा व्यस्त रहून् यहाँसम्म कि यिनीहरू त्यस दिनलाई देखून जसको वाचा यिनीहरूसित गरिन्छ ।

  84. وَهُوَ ٱلَّذِي فِي ٱلسَّمَآءِ إِلَٰهٞ وَفِي ٱلۡأَرۡضِ إِلَٰهٞۚ وَهُوَ ٱلۡحَكِيمُ ٱلۡعَلِيمُ

    Open ayah 43:84

    उनै आकाशमा उपास्य छन् र धर्तीमा पनि र उनी तत्वज्ञ एवं सर्वज्ञ छन् ।

  85. وَتَبَارَكَ ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا وَعِندَهُۥ عِلۡمُ ٱلسَّاعَةِ وَإِلَيۡهِ تُرۡجَعُونَ

    Open ayah 43:85

    बरकतयुक्त छन् उनी (अल्लाह) जसका लागि आकाशहरू, पृथ्वी तथा यी दुवैबीचका चिजहरूको राज्यसत्ता छ र महाप्रलयको ज्ञान पनि उनैसँग छ । र, उनैतर्फ तिमीहरू सबै फर्केर जानुछ ।

  86. وَلَا يَمۡلِكُ ٱلَّذِينَ يَدۡعُونَ مِن دُونِهِ ٱلشَّفَٰعَةَ إِلَّا مَن شَهِدَ بِٱلۡحَقِّ وَهُمۡ يَعۡلَمُونَ

    Open ayah 43:86

    उनलाई छोडी यिनीहरू जसलाई पुकार्दछन् तिनीहरूलाई कुनै किसिमको सिफारिशको अधिकार छैन यस बाहेक कि उनीहरूले ज्ञानको आधारमा नितान्त सत्यको साक्षी देउन् ।

  87. وَلَئِن سَأَلۡتَهُم مَّنۡ خَلَقَهُمۡ لَيَقُولُنَّ ٱللَّهُۖ فَأَنَّىٰ يُؤۡفَكُونَ

    Open ayah 43:87

    र, यिनीहरूलाई कसले सृष्टि गर्यो भनी यिनीहरूलाई सोध्यौ भने यिनीहरूले निश्चय नै यसको उत्तर दिनेछन्– “अल्लाहले ।” फेरि यिनीहरू कहाँ बहकाइदैछन् ?

  88. وَقِيلِهِۦ يَٰرَبِّ إِنَّ هَٰٓؤُلَآءِ قَوۡمٞ لَّا يُؤۡمِنُونَ

    Open ayah 43:88

    र (उनी जान्दछन्) रसूलको यो भनाई पनि “हे पालनकर्ता ! यी ती मानिसहरू हुन् जो ईमान ल्याउँदैनन् ।”

  89. فَٱصۡفَحۡ عَنۡهُمۡ وَقُلۡ سَلَٰمٞۚ فَسَوۡفَ يَعۡلَمُونَ

    Open ayah 43:89

    अतः (हे नबी स.!) यिनीहरूलाई बेवास्ता गर र सलाम भन । यिनीहरूले चाँडै नै (अवज्ञाको परिणाम) थाहा पाउनेछन् ।