الدخان

Ad-Dukhaan

The Smoke · Surah 44 · Ayahs: 59 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. हा० मीम्०

  2. وَٱلۡكِتَٰبِ ٱلۡمُبِينِ

    Open ayah 44:2

    कसम छ स्पष्ट ग्रन्थको ।

  3. إِنَّآ أَنزَلۡنَٰهُ فِي لَيۡلَةٖ مُّبَٰرَكَةٍۚ إِنَّا كُنَّا مُنذِرِينَ

    Open ayah 44:3

    हामीले यसलाई एक बरकतयुक्त रातमा अवतरण गर्यौं कि हामी (मानिसहरूलाई) सावधान गरौं ।

  4. فِيهَا يُفۡرَقُ كُلُّ أَمۡرٍ حَكِيمٍ

    Open ayah 44:4

    यस ( रात ) मा प्रत्येक तत्वदर्शितायुक्त मामलाको निर्णय गरिन्छ ।

  5. أَمۡرٗا مِّنۡ عِندِنَآۚ إِنَّا كُنَّا مُرۡسِلِينَ

    Open ayah 44:5

    (अर्थात्) हाम्रो तर्फबाट फैसला हुन्छ । हामी अवश्य नै सन्देष्टाहरू पठाउनेछौं ।

  6. رَحۡمَةٗ مِّن رَّبِّكَۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلۡعَلِيمُ

    Open ayah 44:6

    तिम्रा पालनकर्ताको तर्फबाट दया स्वरूप । निस्सन्देह उनी सर्वश्रोता एवं सर्वज्ञ छन् ।

  7. رَبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَآۖ إِن كُنتُم مُّوقِنِينَ

    Open ayah 44:7

    आकाशहरू तथा पृथ्वी र यी दुवैबीचका सम्पूर्ण चिजहरूका पालनकर्ताको तर्फबाट, यदि तिमीहरू विश्वास गर्छौ भने ।

  8. لَآ إِلَٰهَ إِلَّا هُوَ يُحۡيِۦ وَيُمِيتُۖ رَبُّكُمۡ وَرَبُّ ءَابَآئِكُمُ ٱلۡأَوَّلِينَ

    Open ayah 44:8

    उनीबाहेक अरू कोही पूज्य छैन । उनी नै जीवन प्रदान गर्छन् र मृत्यु दिन्छन् । उनी नै तिमीहरूका पालनकर्ता हुन् र बितेका तिम्रा पूर्वजहरूका पनि ।

  9. بَلۡ هُمۡ فِي شَكّٖ يَلۡعَبُونَ

    Open ayah 44:9

    तर यिनीहरू सन्देहमा खेलिरहेका छन् ।

  10. فَٱرۡتَقِبۡ يَوۡمَ تَأۡتِي ٱلسَّمَآءُ بِدُخَانٖ مُّبِينٖ 

    Open ayah 44:10

    अत: त्यस दिनको प्रतीक्षा गर जुन दिन आकाश स्पष्ट रूपमा धुवाँ लिएर आउनेछ ।

  11. يَغۡشَى ٱلنَّاسَۖ هَٰذَا عَذَابٌ أَلِيمٞ

    Open ayah 44:11

    र, त्यसले सम्पूर्ण मानिसहरूलाई ढपक्कै ढाक्नेछ । यो हो दुःखदायी यातना ।

  12. رَّبَّنَا ٱكۡشِفۡ عَنَّا ٱلۡعَذَابَ إِنَّا مُؤۡمِنُونَ

    Open ayah 44:12

    (तब तिनीहरूले प्रार्थना गर्ने छन् )– “हे हाम्रा पालनकर्ता ! हामीबाट यो प्रकोपको निवारण गर । हामी ईमान ल्याउँछौं ।”

  13. أَنَّىٰ لَهُمُ ٱلذِّكۡرَىٰ وَقَدۡ جَآءَهُمۡ رَسُولٞ مُّبِينٞ

    Open ayah 44:13

    अब तिनीहरूलाई उपदेश ग्रहण गर्ने अवसर कहाँ छ ? जबकि रसूल प्रत्यक्ष यिनीहरूसमक्ष आएका थिए ।

  14. ثُمَّ تَوَلَّوۡاْ عَنۡهُ وَقَالُواْ مُعَلَّمٞ مَّجۡنُونٌ

    Open ayah 44:14

    तैपनि तिनीहरू बिमुख भए र भने– “यो एउटा सिकाइएको उन्मादी पो रहेछ ।”

  15. إِنَّا كَاشِفُواْ ٱلۡعَذَابِ قَلِيلًاۚ إِنَّكُمۡ عَآئِدُونَ

    Open ayah 44:15

    हामीले यो प्रकोपलाई अलिकति हटाइदियौं भने पनि तिमीहरू पुनः पहिलेकै कार्यतर्फ फर्कनेछ ।

  16. يَوۡمَ نَبۡطِشُ ٱلۡبَطۡشَةَ ٱلۡكُبۡرَىٰٓ إِنَّا مُنتَقِمُونَ

    Open ayah 44:16

    जुन दिन तिनीहरूलाई नराम्ररी समात्नेछौ, त्यसदिन हामी तिमीहरूसित प्रतिशोध नै लिनेछौं ।

  17. ۞وَلَقَدۡ فَتَنَّا قَبۡلَهُمۡ قَوۡمَ فِرۡعَوۡنَ وَجَآءَهُمۡ رَسُولٞ كَرِيمٌ

    Open ayah 44:17

    र, हामीले यिनीहरूभन्दा पहिले फिरऔनको समुदायको परीक्षण गरिसकेका छौं । र, तिनीहरूसमक्ष एउटा प्रतिष्ठित रसूल आए ।

  18. أَنۡ أَدُّوٓاْ إِلَيَّ عِبَادَ ٱللَّهِۖ إِنِّي لَكُمۡ رَسُولٌ أَمِينٞ

    Open ayah 44:18

    यस सन्देशका साथ कि अल्लाहका भक्तहरूलाई मेरो जिम्मा लगाऊ । निश्चय नै म एउटा नासोबाहक रसूल हुँ ।

  19. وَأَن لَّا تَعۡلُواْ عَلَى ٱللَّهِۖ إِنِّيٓ ءَاتِيكُم بِسُلۡطَٰنٖ مُّبِينٖ

    Open ayah 44:19

    र, अल्लाहविरुद्ध उद्दण्डता नदेखाऊ । म तिमीहरूसमक्ष स्पष्ट प्रमाण लिएर आएको छु ।

  20. وَإِنِّي عُذۡتُ بِرَبِّي وَرَبِّكُمۡ أَن تَرۡجُمُونِ 

    Open ayah 44:20

    र तिमीहरू ममाथि ढुंगा बर्साउनबाट मैले आफ्नो तथा तिमीहरूका पालनकर्ताको शरण लिइसकेको छु ।

  21. وَإِن لَّمۡ تُؤۡمِنُواْ لِي فَٱعۡتَزِلُونِ

    Open ayah 44:21

    र, यदि तिमीहरू मेरो कुरामा विश्वास गर्दैनौ भने मबाट पर हट ।

  22. فَدَعَا رَبَّهُۥٓ أَنَّ هَٰٓؤُلَآءِ قَوۡمٞ مُّجۡرِمُونَ

    Open ayah 44:22

    तब उनले आफ्ना पालनकर्तालाई पुकारे– “यिनीहरू त अपराधी हुन् ।”

  23. فَأَسۡرِ بِعِبَادِي لَيۡلًا إِنَّكُم مُّتَّبَعُونَ

    Open ayah 44:23

    ( आदेश दिइयो)– “रातारात मेरा भक्तहरूलाई लिएर निस्क, किनभने तिमीहरूको पिछा गरिनेछ ।”

  24. وَٱتۡرُكِ ٱلۡبَحۡرَ رَهۡوًاۖ إِنَّهُمۡ جُندٞ مُّغۡرَقُونَ

    Open ayah 44:24

    र, समुद्रलाई रोकिएको अवस्थामा छोड । निश्चय नै यिनीहरू यस्ता सेना हुन् जसलाई डुबाइनेछ ।

  25. كَمۡ تَرَكُواْ مِن جَنَّٰتٖ وَعُيُونٖ

    Open ayah 44:25

    कतिपय बगैँचाहरू, पानीका मूलहरू तिनीहरूले छोडेर गए ।

  26. وَزُرُوعٖ وَمَقَامٖ كَرِيمٖ

    Open ayah 44:26

    र खेतीहरू तथा भव्य महलहरू ।

  27. وَنَعۡمَةٖ كَانُواْ فِيهَا فَٰكِهِينَ

    Open ayah 44:27

    कैयौं भोगविलासका सामानहरू जसमा तिनीहरू मग्न थिए ।

  28. كَذَٰلِكَۖ وَأَوۡرَثۡنَٰهَا قَوۡمًا ءَاخَرِينَ

    Open ayah 44:28

    यस्तो भयो तिनीहरूको परिणाम र हामीले अन्य मानिसहरूलाई यी वस्तुहरूका उत्तराधिकारी बनाइदियौं ।

  29. فَمَا بَكَتۡ عَلَيۡهِمُ ٱلسَّمَآءُ وَٱلۡأَرۡضُ وَمَا كَانُواْ مُنظَرِينَ

    Open ayah 44:29

    तर तिनीहरूकालागि न आकाश रोयो न पृथ्वी नै; न तिनीहरूलाई कुनै अवसर नै प्रदान गरियो ।

  30. وَلَقَدۡ نَجَّيۡنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ مِنَ ٱلۡعَذَابِ ٱلۡمُهِينِ 

    Open ayah 44:30

    र पक्कै पनि इस्राईलका सन्तानहरूलाई हामीले अपमानजनक यातनाबाट मुक्ति प्रदान गर्यौं ।

  31. مِن فِرۡعَوۡنَۚ إِنَّهُۥ كَانَ عَالِيٗا مِّنَ ٱلۡمُسۡرِفِينَ

    Open ayah 44:31

    फिरऔनबाट । निश्चय नै ऊ ठूलो सीमा उल्लङ्घनकारीहरू मध्येको थियो ।

  32. وَلَقَدِ ٱخۡتَرۡنَٰهُمۡ عَلَىٰ عِلۡمٍ عَلَى ٱلۡعَٰلَمِينَ

    Open ayah 44:32

    र, हामीले ज्ञानको आधारमा इसराईलका सन्तानहरूलाई संसारका अन्य समुदायहरूमाथि प्रधानता प्रदान गरेका थियौं ।

  33. وَءَاتَيۡنَٰهُم مِّنَ ٱلۡأٓيَٰتِ مَا فِيهِ بَلَٰٓؤٞاْ مُّبِينٌ

    Open ayah 44:33

    र, उनीहरूलाई यस्ता निशानीहरू देखाएका थियौं जसमा स्पष्ट परीक्षा थियो ।

  34. إِنَّ هَٰٓؤُلَآءِ لَيَقُولُونَ

    Open ayah 44:34

    यिनीहरू बडो दृढ़तापूर्वक भन्छन्...

  35. إِنۡ هِيَ إِلَّا مَوۡتَتُنَا ٱلۡأُولَىٰ وَمَا نَحۡنُ بِمُنشَرِينَ

    Open ayah 44:35

    "हाम्रो लागि त यही नै पहिलो मृत्यु हो र ( त्यसपछि ) हामी उठाइने छैनौं ।"

  36. فَأۡتُواْ بِـَٔابَآئِنَآ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 44:36

    यदि तिमी सच्चा हौ भने हाम्रा पूर्खाहरूलाई (जीवित पारी) ल्याऊ ।

  37. أَهُمۡ خَيۡرٌ أَمۡ قَوۡمُ تُبَّعٖ وَٱلَّذِينَ مِن قَبۡلِهِمۡ أَهۡلَكۡنَٰهُمۡۚ إِنَّهُمۡ كَانُواْ مُجۡرِمِينَ

    Open ayah 44:37

    के यिनीहरू राम्रा छन् वा तुब्बअ् [ ] समुदाय र तिनीहरूभन्दा पहिलेका मानिसहरू ? हामीले तिनीहरू सबैलाई नष्ट पार्यौं किनभने तिनीहरू अपराधी थिए ।

  38. وَمَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا لَٰعِبِينَ

    Open ayah 44:38

    र, हामीले आकाशहरू, पृथ्वी तथा यी दुवैबीच रहेका चिजहरूलाई खेलै–खेलमा बनाएका छैनौं ।

  39. مَا خَلَقۡنَٰهُمَآ إِلَّا بِٱلۡحَقِّ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ

    Open ayah 44:39

    यी दुवैलाई हामीले नितान्त सत्यकासाथ सृष्टि गरेका छौं तर अधिकांश मानिसहरू जान्दैनन् ।

  40. إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ مِيقَٰتُهُمۡ أَجۡمَعِينَ 

    Open ayah 44:40

    निस्सन्देह यिनीहरू सबैको पूनर्जीवनकोलागि फैसलाको दिन निर्धारित गरिएकोछ ।

  41. يَوۡمَ لَا يُغۡنِي مَوۡلًى عَن مَّوۡلٗى شَيۡـٔٗا وَلَا هُمۡ يُنصَرُونَ

    Open ayah 44:41

    त्यसदिन कुनै निकटतम मित्र काम लाग्ने छैन न तिनीहरूलाई सहयोग नै गरिनेछ ।

  42. إِلَّا مَن رَّحِمَ ٱللَّهُۚ إِنَّهُۥ هُوَ ٱلۡعَزِيزُ ٱلرَّحِيمُ

    Open ayah 44:42

    त्यस व्यक्ति बाहेक जसमाथि अल्लाहले दया गरून् । उनी प्रभुत्वशाली एवं परम दयालु छन् ।

  43. إِنَّ شَجَرَتَ ٱلزَّقُّومِ

    Open ayah 44:43

    निस्सन्देह जक्कूम (सिउँडीको जस्तो) वृक्ष...

  44. طَعَامُ ٱلۡأَثِيمِ

    Open ayah 44:44

    पापीहरूको खाना हुनेछ ।

  45. كَٱلۡمُهۡلِ يَغۡلِي فِي ٱلۡبُطُونِ

    Open ayah 44:45

    पग्लिएको धातु जस्तै त्यो पेटमा उम्लनेछ ...

  46. كَغَلۡيِ ٱلۡحَمِيمِ

    Open ayah 44:46

    जसरी तातो पानी उम्लन्छ ।

  47. خُذُوهُ فَٱعۡتِلُوهُ إِلَىٰ سَوَآءِ ٱلۡجَحِيمِ

    Open ayah 44:47

    (आदेश हुन्छ)– “त्यसलाई समात र दन्कँदो आगोको बीचसम्म घिसार्दै लैजाऊ ।

  48. ثُمَّ صُبُّواْ فَوۡقَ رَأۡسِهِۦ مِنۡ عَذَابِ ٱلۡحَمِيمِ

    Open ayah 44:48

    र, त्यसको टाउकोमाथि दण्ड स्वरूप उम्लँदो पानी खन्याउ ।”

  49. ذُقۡ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡكَرِيمُ

    Open ayah 44:49

    (अब) स्वाद चाख । तिमी बिलकुल प्रभुत्व राख्ने एवं सम्मानित व्यक्ति थियौ ।

  50. إِنَّ هَٰذَا مَا كُنتُم بِهِۦ تَمۡتَرُونَ 

    Open ayah 44:50

    निस्सन्देह यो त्यही (यातना) हो जसको आगमनबारे तिमीलाई सन्देह थियो ।”

  51. إِنَّ ٱلۡمُتَّقِينَ فِي مَقَامٍ أَمِينٖ

    Open ayah 44:51

    निस्सन्देह अल्लाहको भय राख्ने मानिसहरू शान्त स्थानमा हुनेछन् ।

  52. فِي جَنَّٰتٖ وَعُيُونٖ

    Open ayah 44:52

    बगैंचाहरू तथा पानीका मूलहरूमा ।

  53. يَلۡبَسُونَ مِن سُندُسٖ وَإِسۡتَبۡرَقٖ مُّتَقَٰبِلِينَ

    Open ayah 44:53

    एक अर्काको आमुन्ने सामुन्ने बसी पातला तथा मोटा रेशमका पोशाक धारण गर्नेछन् ।

  54. كَذَٰلِكَ وَزَوَّجۡنَٰهُم بِحُورٍ عِينٖ

    Open ayah 44:54

    यस्तै हुनेछ, र ( इशभय राख्ने ) यिनीहरूको परिणाम र (अझ बढी) हामी उनीहरूको विवाह गोरी–गोरी मृग नयन भएकी अप्सराहरूसँग गरिदिन्छौं ।

  55. يَدۡعُونَ فِيهَا بِكُلِّ فَٰكِهَةٍ ءَامِنِينَ

    Open ayah 44:55

    त्यहाँ उनीहरूले निश्चिन्ततापूर्वक हरेक प्रकारका स्वादिष्ट चिजहरू माग गरिरहेका हुनेछन् ।

  56. لَا يَذُوقُونَ فِيهَا ٱلۡمَوۡتَ إِلَّا ٱلۡمَوۡتَةَ ٱلۡأُولَىٰۖ وَوَقَىٰهُمۡ عَذَابَ ٱلۡجَحِيمِ

    Open ayah 44:56

    उनीहरूले त्यहाँ मृत्युको स्वाद कहिल्यै चाख्ने छैनन् । अँ संसारमा जुन मृत्यु आयो त्यो आयो । र, अल्लाहले उनीहरूलाई नरकको यातनाबाट बचाउनेछन् ।

  57. فَضۡلٗا مِّن رَّبِّكَۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ

    Open ayah 44:57

    यो केवल तिम्रा पालनकर्ताको कृपा हो । यही महान् सफलता हो ।

  58. فَإِنَّمَا يَسَّرۡنَٰهُ بِلِسَانِكَ لَعَلَّهُمۡ يَتَذَكَّرُونَ

    Open ayah 44:58

    हामीले यस कुरआनलाई तिम्रो भाषामा सरल पारेका छौं, आशा छ मानिसहरूले उपदेश ग्रहण गरून् ।

  59. فَٱرۡتَقِبۡ إِنَّهُم مُّرۡتَقِبُونَ

    Open ayah 44:59

    तिमी प्रतीक्षा गर । यिनीहरू पनि प्रतीक्षामा छन् ।