الجاثية

Al-Jaathiya

Crouching · Surah 45 · Ayahs: 37 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. हा० मीम्०

  2. تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ

    Open ayah 45:2

    यस ग्रन्थको अवतरण प्रभुत्वशाली एवं तत्वदर्शी अल्लाहको तर्फबाट भएको हो ।

  3. إِنَّ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ لَأٓيَٰتٖ لِّلۡمُؤۡمِنِينَ

    Open ayah 45:3

    निस्सन्देह आकाशहरू तथा पृथ्वीमा आस्थावानहरूकालागि अनगिन्ती निशानीहरू छन् ।

  4. وَفِي خَلۡقِكُمۡ وَمَا يَبُثُّ مِن دَآبَّةٍ ءَايَٰتٞ لِّقَوۡمٖ يُوقِنُونَ

    Open ayah 45:4

    र, तिम्रो सृष्टिमा तथा अल्लाहले धर्तीमा फैलाइरहेका जनावरहरूमा विश्वास राख्ने मानिसहरूकालागि असंख्य निशानीहरू छन् ।

  5. وَٱخۡتِلَٰفِ ٱلَّيۡلِ وَٱلنَّهَارِ وَمَآ أَنزَلَ ٱللَّهُ مِنَ ٱلسَّمَآءِ مِن رِّزۡقٖ فَأَحۡيَا بِهِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَا وَتَصۡرِيفِ ٱلرِّيَٰحِ ءَايَٰتٞ لِّقَوۡمٖ يَعۡقِلُونَ

    Open ayah 45:5

    अनि, रात तथा दिनको आगमनमा र आजीविकाको त्यस माध्यममा जसलाई अल्लाहले आकाशबाट अवतरण गर्छन् अनि त्यसद्वारा भूमिलाई त्यसको मृत्युपछि जीवित पार्छन् र हावाहरूको बहावमा पनि विवेकशील मानिसहरूकालागि धेरै निशानीहरू छन् ।

  6. تِلۡكَ ءَايَٰتُ ٱللَّهِ نَتۡلُوهَا عَلَيۡكَ بِٱلۡحَقِّۖ فَبِأَيِّ حَدِيثِۭ بَعۡدَ ٱللَّهِ وَءَايَٰتِهِۦ يُؤۡمِنُونَ

    Open ayah 45:6

    यी अल्लाहका निशानीहरू हुन् जसलाई हामी नितान्त सत्यकासाथ तिमीलाई सुनाउदैछौं । अब यिनीहरू अल्लाह तथा उनका निशानीहरूपछि कुन कुरामाथि ईमान ल्याउलान् त ?

  7. وَيۡلٞ لِّكُلِّ أَفَّاكٍ أَثِيمٖ

    Open ayah 45:7

    प्रत्येक झूठा र पापीकोलागि विनाश रहेकोछ ।

  8. يَسۡمَعُ ءَايَٰتِ ٱللَّهِ تُتۡلَىٰ عَلَيۡهِ ثُمَّ يُصِرُّ مُسۡتَكۡبِرٗا كَأَن لَّمۡ يَسۡمَعۡهَاۖ فَبَشِّرۡهُ بِعَذَابٍ أَلِيمٖ

    Open ayah 45:8

    जसले सुन्दछ अल्लाहका आयतहरूलाई जुन पढेर सुनाइँन्छ, फेरि (इन्कारमाथि) गर्वकासाथ यसरी अडिग रहन्छ, मानौं उसले त्यसलाई कहिले सुनेकै छैन । तसर्थ त्यसलाई कठोर यातनाको शुभसूचना सुनाइदेऊ ।

  9. وَإِذَا عَلِمَ مِنۡ ءَايَٰتِنَا شَيۡـًٔا ٱتَّخَذَهَا هُزُوًاۚ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٞ مُّهِينٞ

    Open ayah 45:9

    र, जब त्यसलाई हाम्रा आयतहरूमध्ये कुनै कुराको जानकारी हुन्छ तब त्यसको उपहास गर्छ । यस्तै मानिसहरूकानिम्ति अपमानजनक यातना रहेको छ ।

  10. مِّن وَرَآئِهِمۡ جَهَنَّمُۖ وَلَا يُغۡنِي عَنۡهُم مَّا كَسَبُواْ شَيۡـٔٗا وَلَا مَا ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ أَوۡلِيَآءَۖ وَلَهُمۡ عَذَابٌ عَظِيمٌ 

    Open ayah 45:10

    तिनीहरूका पछाडि नरक छ । तिनीहरूलाई तिनीहरूको कमाइले कुनै फाइदा पुर्याउने छैन, न तिनीहरूले नै जसलाई तिनीहरूले अल्लाह बाहेक आफ्नो संरक्षक-मित्र बनाएका छन् । र, तिनीहरूलाई ठूलो दण्ड रहेको छ ।

  11. هَٰذَا هُدٗىۖ وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِ رَبِّهِمۡ لَهُمۡ عَذَابٞ مِّن رِّجۡزٍ أَلِيمٌ

    Open ayah 45:11

    यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र, जुन मानिसहरूले आफ्ना पालनकर्ताका आयतहरूलाई अस्वीकार गरे तिनीहरूकालागि पीडादायक यातना रहेकोछ ।

  12. ۞ٱللَّهُ ٱلَّذِي سَخَّرَ لَكُمُ ٱلۡبَحۡرَ لِتَجۡرِيَ ٱلۡفُلۡكُ فِيهِ بِأَمۡرِهِۦ وَلِتَبۡتَغُواْ مِن فَضۡلِهِۦ وَلَعَلَّكُمۡ تَشۡكُرُونَ

    Open ayah 45:12

    अल्लाह नै हुन् जसले तिमीहरूकालागि समुद्रलाई अधीनस्थ गरिदिए ताकि त्यसमा उनको आदेशबाट डुङ्गाहरू तैरिउन् र तिमीहरू उनको अनुग्रह प्राप्त गर, र कृतज्ञ होऊ ।

  13. وَسَخَّرَ لَكُم مَّا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِ جَمِيعٗا مِّنۡهُۚ إِنَّ فِي ذَٰلِكَ لَأٓيَٰتٖ لِّقَوۡمٖ يَتَفَكَّرُونَ

    Open ayah 45:13

    उनले आफ्नो तर्फबाट आकाशहरू तथा पृथ्वीका सबै चिजहरूलाई तिमीहरूको अधीनमा गरिदिएका छन् । निस्सन्देह चिन्तन मनन गर्नेहरूकालागि यसमा थुप्रै निशानीहरू छन् ।,

  14. قُل لِّلَّذِينَ ءَامَنُواْ يَغۡفِرُواْ لِلَّذِينَ لَا يَرۡجُونَ أَيَّامَ ٱللَّهِ لِيَجۡزِيَ قَوۡمَۢا بِمَا كَانُواْ يَكۡسِبُونَ

    Open ayah 45:14

    (हे नबी स.!) आस्थावानहरूलाई भनिदेऊ– “जो अल्लाहको तर्फबाट नराम्रो दिन आउने कुरासित डराउँदैनन्, तिनीहरूका क्रियाकलापलाई माफ गरुन् [ ] ताकि अल्लाहले त्यस्ता समुदायलाई उसको आर्जनको बदला दिऊन् ।

  15. مَنۡ عَمِلَ صَٰلِحٗا فَلِنَفۡسِهِۦۖ وَمَنۡ أَسَآءَ فَعَلَيۡهَاۖ ثُمَّ إِلَىٰ رَبِّكُمۡ تُرۡجَعُونَ

    Open ayah 45:15

    जसले पुण्यकर्म गर्नेछ, आफ्नै फाइदाकोलागि गर्नेछ र जसले दुष्कर्म गर्नेछ त्यसको दुष्परिणाम उसैमाथि आइलाग्छ । फेरि तिमीहरू आफ्ना पालनकर्तातर्फ फर्काइनेछौ ।

  16. وَلَقَدۡ ءَاتَيۡنَا بَنِيٓ إِسۡرَٰٓءِيلَ ٱلۡكِتَٰبَ وَٱلۡحُكۡمَ وَٱلنُّبُوَّةَ وَرَزَقۡنَٰهُم مِّنَ ٱلطَّيِّبَٰتِ وَفَضَّلۡنَٰهُمۡ عَلَى ٱلۡعَٰلَمِينَ

    Open ayah 45:16

    र, हामीले इसराईलका सन्तानलाई ईशग्रन्थ, निर्णयशक्ति र ईशदूतत्व प्रदान गरेका थियौं, अनि तिनीहरूलाई राम्रो जीवन–सामग्री प्रदान गरेका थियौं । र, संसारभरिका मानिसहरूमाथि प्रधानता प्रदान गरेका थियौं ।

  17. وَءَاتَيۡنَٰهُم بَيِّنَٰتٖ مِّنَ ٱلۡأَمۡرِۖ فَمَا ٱخۡتَلَفُوٓاْ إِلَّا مِنۢ بَعۡدِ مَا جَآءَهُمُ ٱلۡعِلۡمُ بَغۡيَۢا بَيۡنَهُمۡۚ إِنَّ رَبَّكَ يَقۡضِي بَيۡنَهُمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِ فِيمَا كَانُواْ فِيهِ يَخۡتَلِفُونَ

    Open ayah 45:17

    र, हामीले तिनीहरूलाई धर्मको स्पष्ट प्रमाणहरू दियौं । अनि तिनीहरूले स्पष्ट ज्ञानको आगमनपश्चात् केवल एकअर्कामाथि अत्याचार गर्ने मनसायले तिनीहरूले आपसमा विभेद गरे । निश्चय नै तिम्रो पालन कर्ताले महाप्रलयको दिन तिनीहरूले विभेद गरिरहेका कुराहरुबारे तिनीहरूबीच निर्णय गरिदिनेछन् ।

  18. ثُمَّ جَعَلۡنَٰكَ عَلَىٰ شَرِيعَةٖ مِّنَ ٱلۡأَمۡرِ فَٱتَّبِعۡهَا وَلَا تَتَّبِعۡ أَهۡوَآءَ ٱلَّذِينَ لَا يَعۡلَمُونَ

    Open ayah 45:18

    त्यसपछि (हे नबी स.!) हामीले तिमीलाई धर्मको खुल्ला मार्ग ( शरीअत ) मा कायम गरिदियौं । अतः तिमी यसैको अनुसरण गर, र ती मानिसहरूका इच्छाहरूको अनुसरण नगर जो ज्ञान राख्दैनन् ।

  19. إِنَّهُمۡ لَن يُغۡنُواْ عَنكَ مِنَ ٱللَّهِ شَيۡـٔٗاۚ وَإِنَّ ٱلظَّٰلِمِينَ بَعۡضُهُمۡ أَوۡلِيَآءُ بَعۡضٖۖ وَٱللَّهُ وَلِيُّ ٱلۡمُتَّقِينَ

    Open ayah 45:19

    निस्सन्देह तिनीहरूले तिमीलाई अल्लाहविरूद्ध कुनै लाभ पुर्याउन सक्दैनन् । र, अत्याचारीहरू एक अर्काका मित्र हुन्, जबकि अल्लाह त ईशपरायण मानिसहरूका मित्र हुन् ।

  20. هَٰذَا بَصَٰٓئِرُ لِلنَّاسِ وَهُدٗى وَرَحۡمَةٞ لِّقَوۡمٖ يُوقِنُونَ 

    Open ayah 45:20

    यो (कुरआन) सबै मानिसहरूकालागि तत्वदर्शिताको कुरा हो, र विश्वास राख्ने व्यक्तिहरूकालागि मार्गदर्शन र दया हो ।

  21. أَمۡ حَسِبَ ٱلَّذِينَ ٱجۡتَرَحُواْ ٱلسَّيِّـَٔاتِ أَن نَّجۡعَلَهُمۡ كَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ سَوَآءٗ مَّحۡيَاهُمۡ وَمَمَاتُهُمۡۚ سَآءَ مَا يَحۡكُمُونَ

    Open ayah 45:21

    के दुष्कर्म गर्नेहरूले यो ठानेका छन् कि हामीले तिनीहरूलाई उनीहरूजस्तै बनाइदिने छौं जसले ईमान ल्याए अनि सत्कर्म गरे ? के उनीहरूको जीवन र मृत्यू समान हुनेछ ? तिनीहरूको निर्णय कति निकृष्ट रहेको छ !

  22. وَخَلَقَ ٱللَّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ بِٱلۡحَقِّ وَلِتُجۡزَىٰ كُلُّ نَفۡسِۭ بِمَا كَسَبَتۡ وَهُمۡ لَا يُظۡلَمُونَ

    Open ayah 45:22

    र अल्लाहले आकाशहरू तथा पृथ्वीलाई नितान्त सत्यकासाथ सृष्टि गरेका छन्, र यस उद्देश्यले कि प्रत्येक प्राणीलाई उसको कमाइको बदला दिइयोस् । र, उनीहरूमाथि अन्याय गरिने छैन ।

  23. أَفَرَءَيۡتَ مَنِ ٱتَّخَذَ إِلَٰهَهُۥ هَوَىٰهُ وَأَضَلَّهُ ٱللَّهُ عَلَىٰ عِلۡمٖ وَخَتَمَ عَلَىٰ سَمۡعِهِۦ وَقَلۡبِهِۦ وَجَعَلَ عَلَىٰ بَصَرِهِۦ غِشَٰوَةٗ فَمَن يَهۡدِيهِ مِنۢ بَعۡدِ ٱللَّهِۚ أَفَلَا تَذَكَّرُونَ

    Open ayah 45:23

    के तिमीले त्यस व्यक्तिको स्थितिबारे विचार गर्यौ जसले आफ्नो इच्छालाई आफ्नो उपास्य बनाएको छ, अनि अल्लाहले ज्ञानको आधारमा त्यसलाई पथभ्रष्टतामा फ्याँकि दिएका छन्, र त्यसका कान तथा हृदयलाई सिल गरिदिएका छन्, तथा त्यसका आँखामा पट्टि लगाइदिएका छन् ? अल्लाहपछि अब यस्तो व्यक्तिलाई कसले मार्गदर्शन गर्न सक्छ त ? के तिमीहरू शिक्षा ग्रहण गर्दैनौ ?

  24. وَقَالُواْ مَا هِيَ إِلَّا حَيَاتُنَا ٱلدُّنۡيَا نَمُوتُ وَنَحۡيَا وَمَا يُهۡلِكُنَآ إِلَّا ٱلدَّهۡرُۚ وَمَا لَهُم بِذَٰلِكَ مِنۡ عِلۡمٍۖ إِنۡ هُمۡ إِلَّا يَظُنُّونَ

    Open ayah 45:24

    र, यिनीहरू भन्छन्– “जीवन केवल यही सांसारिक जीवन हो, जहाँ हामी जीउने र मर्ने गर्छौं । र, समयचक्रले मात्र हामीलाई मार्दछ । जबकि यिनीहरूलाई यसको ज्ञान पनि छैन । यिनीहरू केवल अड्कलबाजीको भरमा कुरा गर्छन् ।

  25. وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ مَّا كَانَ حُجَّتَهُمۡ إِلَّآ أَن قَالُواْ ٱئۡتُواْ بِـَٔابَآئِنَآ إِن كُنتُمۡ صَٰدِقِينَ

    Open ayah 45:25

    र, जब यिनीहरूलाई हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ तब यिनीहरूसँग, यदि तिमीहरू सच्चा हौ भने, हाम्रा पूर्वजहरूलाई उठाएर ल्याऊ भन्नुबाहेक अरू कुनै तर्क हुँदैन ।

  26. قُلِ ٱللَّهُ يُحۡيِيكُمۡ ثُمَّ يُمِيتُكُمۡ ثُمَّ يَجۡمَعُكُمۡ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ لَا رَيۡبَ فِيهِ وَلَٰكِنَّ أَكۡثَرَ ٱلنَّاسِ لَا يَعۡلَمُونَ

    Open ayah 45:26

    (हे नबी स.!) भनिदेऊ– “अल्लाह नै तिमीहरूलाई जीवन प्रदान गर्छन् अनि मृत्यु दिन्छन्, फेरि तिमीहरू सबैलाई त्यस महाप्रलयको दिन भेला पार्नेछन्, जसको आगमनमा कुनै सन्देह छैन । तर अधिकांश मानिसहरू जान्दैनन् ।

  27. وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَيَوۡمَ تَقُومُ ٱلسَّاعَةُ يَوۡمَئِذٖ يَخۡسَرُ ٱلۡمُبۡطِلُونَ

    Open ayah 45:27

    अल्लाहकैलागि हो आकाशहरू तथा पृथ्वीको शासन । र, जुन दिन महाप्रलयको घडी आउनेछ त्यो दिन असत्यवादीहरू घाटाग्रस्त हुनेछन् ।

  28. وَتَرَىٰ كُلَّ أُمَّةٖ جَاثِيَةٗۚ كُلُّ أُمَّةٖ تُدۡعَىٰٓ إِلَىٰ كِتَٰبِهَا ٱلۡيَوۡمَ تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 45:28

    र तिमीले हरेक समुदायलाई घुंडा टेकेर बसेको अवस्थामा देख्नेछौ । हरेक समुदायलाई उसको कर्मपत्रतिर बोलाइनेछ ( र भनिनेछ कि ) आज तिमीहरूलाई तिमीहरूको कर्मको बदला दिइनेछ ।

  29. هَٰذَا كِتَٰبُنَا يَنطِقُ عَلَيۡكُم بِٱلۡحَقِّۚ إِنَّا كُنَّا نَسۡتَنسِخُ مَا كُنتُمۡ تَعۡمَلُونَ

    Open ayah 45:29

    यो हामीले तयार पारेको कर्मपत्र हो जसले तिमीहरूका बारेमा ठीक ठीक भन्दैछ । हामी त्यसलाई लेखाउने गर्थ्यौँ जुन कर्म तिमीहरू गर्दैथ्यौ ।

  30. فَأَمَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَيُدۡخِلُهُمۡ رَبُّهُمۡ فِي رَحۡمَتِهِۦۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡمُبِينُ 

    Open ayah 45:30

    अतः जसले ईमान ल्याए र सत्कर्म गरे, उनीहरूका पालनकर्ताले उनीहरूलाई आफ्नो दया अन्तर्गत लिनेछन् । यही नै स्पष्ट सफलता हो ।

  31. وَأَمَّا ٱلَّذِينَ كَفَرُوٓاْ أَفَلَمۡ تَكُنۡ ءَايَٰتِي تُتۡلَىٰ عَلَيۡكُمۡ فَٱسۡتَكۡبَرۡتُمۡ وَكُنتُمۡ قَوۡمٗا مُّجۡرِمِينَ

    Open ayah 45:31

    तर जसले कुफ्र गरे (तिनीहरूलाई भनिनेछ) के तिमीहरूलाई मेरा आयतहरु पढेर सुनाइदैनथ्यो ? तर तिमीहरूले घमण्ड गर्यौ र तिमीहरू अपराधी समुदाय नै थियौ ।

  32. وَإِذَا قِيلَ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ وَٱلسَّاعَةُ لَا رَيۡبَ فِيهَا قُلۡتُم مَّا نَدۡرِي مَا ٱلسَّاعَةُ إِن نَّظُنُّ إِلَّا ظَنّٗا وَمَا نَحۡنُ بِمُسۡتَيۡقِنِينَ

    Open ayah 45:32

    अनि जब, अल्लाहको वाचा नितान्त सत्य हो र महाप्रलयको आगमनमा कुनै सन्देह छैन, भनिन्थ्यो तब तिमीहरू भन्थ्यौ– “महाप्रलय भनेको के हो हामीलाई थाहा छैन । हामी त्यसलाई अनुमानबाहेक अरू केही ठान्दैनौं र हामी पटक्कै विश्वास गर्दैनौं ।

  33. وَبَدَا لَهُمۡ سَيِّـَٔاتُ مَا عَمِلُواْ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ

    Open ayah 45:33

    र ( अब ) तिनीहरूसमक्ष तिनीहरूका कर्महरूको निकृष्टता जाहेर भयो र तिनीहरू जुन कुराहरूको ठट्टा गर्थे ती कुराहरूले नै तिनीहरूलाई घेर्यो ।

  34. وَقِيلَ ٱلۡيَوۡمَ نَنسَىٰكُمۡ كَمَا نَسِيتُمۡ لِقَآءَ يَوۡمِكُمۡ هَٰذَا وَمَأۡوَىٰكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن نَّٰصِرِينَ

    Open ayah 45:34

    र, ( तिनीहरूलाई ) भनिनेछ– “आज हामी तिमीहरूलाई त्यसरी नै भुलाउँछौं जसरी तिमीहरूले यस दिनको साक्षात्कारलाई भुलेका थियौ र तिमीहरूको बासस्थान नरक हो अनि तिमीहरूको कोही सहयोगी छैन ।

  35. ذَٰلِكُم بِأَنَّكُمُ ٱتَّخَذۡتُمۡ ءَايَٰتِ ٱللَّهِ هُزُوٗا وَغَرَّتۡكُمُ ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَاۚ فَٱلۡيَوۡمَ لَا يُخۡرَجُونَ مِنۡهَا وَلَا هُمۡ يُسۡتَعۡتَبُونَ

    Open ayah 45:35

    यो यस कारणले कि तिमीहरूले अल्लाहका आयतहरूको खिल्ली उडायौ र सांसारिक जीवनले तिमीहरूलाई धोकामा पार्यो । अतः आज न यिनीहरू नरकबाट निकालिनेछन् र न यिनीहरूलाई क्षमायाचना गर्ने अवसर नै दिइनेछ ।

  36. فَلِلَّهِ ٱلۡحَمۡدُ رَبِّ ٱلسَّمَٰوَٰتِ وَرَبِّ ٱلۡأَرۡضِ رَبِّ ٱلۡعَٰلَمِينَ

    Open ayah 45:36

    अतः सारा प्रशंसाहरू अल्लाहकैनिम्ति छन् जो आकाशहरू र धर्तीका मालिक तथा सम्पूर्ण संसारबासीहरूका पालनकर्ता हुन् ।

  37. وَلَهُ ٱلۡكِبۡرِيَآءُ فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ

    Open ayah 45:37

    र, आकाशहरू तथा पृथ्वीमा उनकै गरिमा रहेको छ । र, उनी प्रभुत्वशाली तथा तत्वदर्शी छन् ।