الأحقاف
Al-Ahqaf
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
حمٓ
Open ayah 46:1हा० मीम्०
تَنزِيلُ ٱلۡكِتَٰبِ مِنَ ٱللَّهِ ٱلۡعَزِيزِ ٱلۡحَكِيمِ
Open ayah 46:2यस ग्रन्थको अवतरण प्रभुत्वशाली एवं तत्वदर्शी अल्लाहबाट भएको छ ।,
مَا خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَآ إِلَّا بِٱلۡحَقِّ وَأَجَلٖ مُّسَمّٗىۚ وَٱلَّذِينَ كَفَرُواْ عَمَّآ أُنذِرُواْ مُعۡرِضُونَ
Open ayah 46:3आकाशहरू, पृथ्वी र यी दुवैबीचका चिजहरूलाई हामीले केवल नितान्त सत्यकासाथ र एउटा निश्चित समयकोलागि सृष्टि गरेका छौं । र, काफिरहरूलाई जुन कुराको डर देखाइएको छ, त्यसलाई तिनीहरूले बेवास्ता गरेका छन् ।
قُلۡ أَرَءَيۡتُم مَّا تَدۡعُونَ مِن دُونِ ٱللَّهِ أَرُونِي مَاذَا خَلَقُواْ مِنَ ٱلۡأَرۡضِ أَمۡ لَهُمۡ شِرۡكٞ فِي ٱلسَّمَٰوَٰتِۖ ٱئۡتُونِي بِكِتَٰبٖ مِّن قَبۡلِ هَٰذَآ أَوۡ أَثَٰرَةٖ مِّنۡ عِلۡمٍ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 46:4भनिदेऊ– “के तिमीहरूले विचार गर्यौ त्यस बारेमा जसलाई अल्लाहबाहेक तिमीहरू पुकार्ने गर्छौ । मलाई देखाऊ कि तिनीहरूले पृथ्वीमा कुन चिजलाई सृष्टि गरे वा आकाशहरूमा तिनीहरूको कुनै साझेदारी रहेको छ ? यसअघिको कुनै ग्रन्थ वा त्यस ज्ञानबाट बाँकी रहेको कुनै अंश म समक्ष प्रस्तुत गर यदि तिमीहरू सच्चा हौ भने ।
وَمَنۡ أَضَلُّ مِمَّن يَدۡعُواْ مِن دُونِ ٱللَّهِ مَن لَّا يَسۡتَجِيبُ لَهُۥٓ إِلَىٰ يَوۡمِ ٱلۡقِيَٰمَةِ وَهُمۡ عَن دُعَآئِهِمۡ غَٰفِلُونَ
Open ayah 46:5अनि, तिनीहरूभन्दा बढी पथभ्रष्ट को हुन सक्छ जो अल्लाहलाई छोडी यस्ता चिजहरूलाई पुकार्छन् जसले महाप्रलयसम्म पनि तिनीहरूको पुकारको जवाफ दिन सक्दैनन्, र तिनीहरू तिनीहरुका पुकारबारे अनभिज्ञ पनि छन् ?
وَإِذَا حُشِرَ ٱلنَّاسُ كَانُواْ لَهُمۡ أَعۡدَآءٗ وَكَانُواْ بِعِبَادَتِهِمۡ كَٰفِرِينَ
Open ayah 46:6अनि जब मानिसहरूलाई एकत्रित गरिनेछ तब ती पूज्यहरू तिनीहरूका शत्रु हुनेछन्, र तिनीहरूको उपासनालाई ठाडै अस्वीकार गर्नेछन् ।
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِمۡ ءَايَٰتُنَا بَيِّنَٰتٖ قَالَ ٱلَّذِينَ كَفَرُواْ لِلۡحَقِّ لَمَّا جَآءَهُمۡ هَٰذَا سِحۡرٞ مُّبِينٌ
Open ayah 46:7र, जब यिनीहरूलाई हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ, तब यी काफिरहरू सत्यबारे त्यसको आगमनपश्चात्, यो त स्पष्ट जादू हो भनेर भन्छन् ।
أَمۡ يَقُولُونَ ٱفۡتَرَىٰهُۖ قُلۡ إِنِ ٱفۡتَرَيۡتُهُۥ فَلَا تَمۡلِكُونَ لِي مِنَ ٱللَّهِ شَيۡـًٔاۖ هُوَ أَعۡلَمُ بِمَا تُفِيضُونَ فِيهِۚ كَفَىٰ بِهِۦ شَهِيدَۢا بَيۡنِي وَبَيۡنَكُمۡۖ وَهُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ
Open ayah 46:8के यिनीहरू “यसलाई यिनी (मुहम्मद) ले स्वयं बनाएका हुन्” भनेर भन्छन् ? भनिदेऊ– “यदि मैले यसलाई आफैंले बनाएको भए तिमीहरू मलाई अल्लाहबाट अलिकति वचाउन सक्ने थिएनौं । तिमीहरू जे कुरा गर्छौ त्यो अल्लाह राम्ररी जान्दछन् । हामी र तिमीबीच साक्षीको रूपमा उनी पर्याप्त छन्, र उनी अत्यन्त क्षमाशील एवं परम दयालु पनि छन् ।
قُلۡ مَا كُنتُ بِدۡعٗا مِّنَ ٱلرُّسُلِ وَمَآ أَدۡرِي مَا يُفۡعَلُ بِي وَلَا بِكُمۡۖ إِنۡ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰٓ إِلَيَّ وَمَآ أَنَا۠ إِلَّا نَذِيرٞ مُّبِينٞ
Open ayah 46:9भनिदेऊ– “म कुनै पहिलो रसूल होइन, वा म र तिमीहरूसित कस्तो व्यवहार गरिनेछ भन्ने कुरालाई नै म जान्दछु । म त केवल त्यसैको अनुसरण गर्छु जुन ममाथि प्रकाशना गरिन्छ । र, म केवल स्पष्ट सचेतक हुँ ।”
قُلۡ أَرَءَيۡتُمۡ إِن كَانَ مِنۡ عِندِ ٱللَّهِ وَكَفَرۡتُم بِهِۦ وَشَهِدَ شَاهِدٞ مِّنۢ بَنِيٓ إِسۡرَٰٓءِيلَ عَلَىٰ مِثۡلِهِۦ فَـَٔامَنَ وَٱسۡتَكۡبَرۡتُمۡۚ إِنَّ ٱللَّهَ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّٰلِمِينَ
Open ayah 46:10भनिदेऊ–"के तिमीहरूले विचार गर्यौ, यदि यो (क़ुरआन) अल्लाहको तर्फबाट भएको भए र तिमीहरू अस्वीकार गर्यौ, जबकी इस्राइलका सन्तानहरूमध्ये एकजना यो जस्तै (यस अघि अवतरण भइसकेको किताबको) साक्षी दियो र ईमान ल्यायो, जबकि तिमीहरू आफ्नो अहङ्कारमा छौ ? वास्तवमा अत्याचारीहरूलाई अल्लाह मार्ग देखाउँदैनन् ।
وَقَالَ ٱلَّذِينَ كَفَرُواْ لِلَّذِينَ ءَامَنُواْ لَوۡ كَانَ خَيۡرٗا مَّا سَبَقُونَآ إِلَيۡهِۚ وَإِذۡ لَمۡ يَهۡتَدُواْ بِهِۦ فَسَيَقُولُونَ هَٰذَآ إِفۡكٞ قَدِيمٞ
Open ayah 46:11र, काफिरहरू आस्थावानहरुलाई भन्छन् – “यदि यो (ग्रन्थ) उत्तम हुन्थ्यो भने उनीहरू त्यसतर्फ हामीभन्दाअघि बढ्न सक्ने थिएनन् ।” र, तिनीहरूले यस ( कुरआन ) बाट मार्गदर्शन ग्रहण गर्न नसकेकाले, तिनीहरू यही भन्छन् कि यो त प्राचीन मिथ्या हो ।
وَمِن قَبۡلِهِۦ كِتَٰبُ مُوسَىٰٓ إِمَامٗا وَرَحۡمَةٗۚ وَهَٰذَا كِتَٰبٞ مُّصَدِّقٞ لِّسَانًا عَرَبِيّٗا لِّيُنذِرَ ٱلَّذِينَ ظَلَمُواْ وَبُشۡرَىٰ لِلۡمُحۡسِنِينَ
Open ayah 46:12र, यसभन्दा पहिले मूसाको किताब पथप्रदर्शक एवं दया रहेको छ । र, अरबी भाषामा रहेको यो ग्रन्थले त्यस ग्रन्थको पुष्टि गर्छ, ताकि यसले अत्याचारीहरूलाई सचेत गरोस् र सत्कर्मीहरूलाई शुभसूचना देओस् ।
إِنَّ ٱلَّذِينَ قَالُواْ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسۡتَقَٰمُواْ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ
Open ayah 46:13निस्सन्देह जसले हाम्रा पालनकर्ता अल्लाह हुन् भने र फेरि त्यसमा अडिग रहे त्यस्ता व्यक्तिहरूलाई न कुनै डर हुनेछ न चिन्ता नै ।
أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَنَّةِ خَٰلِدِينَ فِيهَا جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ
Open ayah 46:14यिनीहरू स्वर्गका बासिन्दाहरू हुन् जो सदा त्यसैमा बस्नेछन्, ती कर्महरूको प्रतिदान स्वरूप जुन यिनीहरूले गर्ने गर्थे ।
وَوَصَّيۡنَا ٱلۡإِنسَٰنَ بِوَٰلِدَيۡهِ إِحۡسَٰنًاۖ حَمَلَتۡهُ أُمُّهُۥ كُرۡهٗا وَوَضَعَتۡهُ كُرۡهٗاۖ وَحَمۡلُهُۥ وَفِصَٰلُهُۥ ثَلَٰثُونَ شَهۡرًاۚ حَتَّىٰٓ إِذَا بَلَغَ أَشُدَّهُۥ وَبَلَغَ أَرۡبَعِينَ سَنَةٗ قَالَ رَبِّ أَوۡزِعۡنِيٓ أَنۡ أَشۡكُرَ نِعۡمَتَكَ ٱلَّتِيٓ أَنۡعَمۡتَ عَلَيَّ وَعَلَىٰ وَٰلِدَيَّ وَأَنۡ أَعۡمَلَ صَٰلِحٗا تَرۡضَىٰهُ وَأَصۡلِحۡ لِي فِي ذُرِّيَّتِيٓۖ إِنِّي تُبۡتُ إِلَيۡكَ وَإِنِّي مِنَ ٱلۡمُسۡلِمِينَ
Open ayah 46:15अनि हामीले मानिसलाई आफ्ना मातापिताप्रति उत्तम व्यवहार गर्ने आदेश दिएका छौं । उसकी आमाले उसलाई कष्ट सहेर गर्भमा वहन गरिन् र कष्ट सहेर जन्माइन् । र उसलाई गर्भमा वहन गर्नु र दूध छुटाउनु अवधि जम्मा तीस महिनाको हुन्छ । जब त्यो व्यक्ति पूर्ण रुपमा बलवान र चालीस वर्षको हुन्छ, तब भन्छ– “हे मेरा पालनकर्ता ! मलाई नियन्त्रणमा राख ताकि जुन वरदान तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ त्यसप्रति म कृतज्ञ बन्न सकुँ, र, यस्तो पुण्य कार्य गर्न सकुँ जसबाट तिमी खुशी हुन्छौ । र, मेरा सन्तानलाई पनि मेरोलागि योग्य बनाऊ । म तिमीतिर नै फर्कें, र म आज्ञाकारीहरूमध्येको हुँ ।”
أُوْلَٰٓئِكَ ٱلَّذِينَ نَتَقَبَّلُ عَنۡهُمۡ أَحۡسَنَ مَا عَمِلُواْ وَنَتَجَاوَزُ عَن سَيِّـَٔاتِهِمۡ فِيٓ أَصۡحَٰبِ ٱلۡجَنَّةِۖ وَعۡدَ ٱلصِّدۡقِ ٱلَّذِي كَانُواْ يُوعَدُونَ
Open ayah 46:16यिनीहरू, जसका पुण्यकार्यहरू हामी स्वीकार गर्नेछौं, र पापहरू माफ गरिदिनेछौं, यिनीहरू नै स्वर्गबासीहरूमध्येका हुन्, त्यस सच्चा वचन अनुसार जुन यिनीहरूसित गरिन्थ्यो ।
وَٱلَّذِي قَالَ لِوَٰلِدَيۡهِ أُفّٖ لَّكُمَآ أَتَعِدَانِنِيٓ أَنۡ أُخۡرَجَ وَقَدۡ خَلَتِ ٱلۡقُرُونُ مِن قَبۡلِي وَهُمَا يَسۡتَغِيثَانِ ٱللَّهَ وَيۡلَكَ ءَامِنۡ إِنَّ وَعۡدَ ٱللَّهِ حَقّٞ فَيَقُولُ مَا هَٰذَآ إِلَّآ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ
Open ayah 46:17र, जसले आफ्ना मातापितालाई भन्यो– “उफ् ! तिमी दुवै प्रति, के तिमीहरूले मलाई पुनर्जीवित गरिनेछ भनी डर देखाउँछौं, जबकि मभन्दा पहिले धेरै समुदाय बितिसकेका छन् ? जबकि ( मातापिता ) दुवै अल्लाहलाई सहयोगकानिम्ति पुकार्दै भन्नेछन्– “तेरो नाश हुनेछ ! ईमान ल्याऊ । निस्सन्देह अल्लाहको वचन सत्य हो ।” तर त्यसले भन्नेछ– “यो केवल प्राचीन मानिसहरूको कथा हो ।”
أُوْلَٰٓئِكَ ٱلَّذِينَ حَقَّ عَلَيۡهِمُ ٱلۡقَوۡلُ فِيٓ أُمَمٖ قَدۡ خَلَتۡ مِن قَبۡلِهِم مِّنَ ٱلۡجِنِّ وَٱلۡإِنسِۖ إِنَّهُمۡ كَانُواْ خَٰسِرِينَ
Open ayah 46:18यिनीहरू नै ती व्यक्तिहरू हुन् जसमाथि वचन सत्यसिद्ध भयो, ती जिन्न तथा मानवहरूका साथ जो तिनीहरूभन्दा पहिले नै बितिसकेका छन् । निस्सन्देह तिनीहरू घाटा खानेहरू थिए ।
وَلِكُلّٖ دَرَجَٰتٞ مِّمَّا عَمِلُواْۖ وَلِيُوَفِّيَهُمۡ أَعۡمَٰلَهُمۡ وَهُمۡ لَا يُظۡلَمُونَ
Open ayah 46:19र, प्रत्येक व्यक्तिलाई उसले गरेका कार्यहरू अनुसार दर्जा प्राप्त हुनेछ र यसकारणले पनि कि अल्लाह तिनीहरूका कार्यको पूर्ण बदला दिऊन् र तिनीहरूसँग कुनै किसिमको अत्याचार हुने छैन ।
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَذۡهَبۡتُمۡ طَيِّبَٰتِكُمۡ فِي حَيَاتِكُمُ ٱلدُّنۡيَا وَٱسۡتَمۡتَعۡتُم بِهَا فَٱلۡيَوۡمَ تُجۡزَوۡنَ عَذَابَ ٱلۡهُونِ بِمَا كُنتُمۡ تَسۡتَكۡبِرُونَ فِي ٱلۡأَرۡضِ بِغَيۡرِ ٱلۡحَقِّ وَبِمَا كُنتُمۡ تَفۡسُقُونَ
Open ayah 46:20र, जुन दिन काफिरहरूलाई नरकमा हाजिर गरिनेछ (त्यस दिन भनिनेछ)– “तिमीहरूले आफ्नो सांसारिक जीवनमै आफ्नो भागका अनुग्रहहरू लिइसक्यौ र तिनीहरूबाट सुखभोग हासिल गरिसक्यौ । तसर्थ आज तिमीहरूलाई धर्तीमा अनाहक घमण्ड गरेको र उद्दण्डता देखाएको कारणले अपमानजनक यातना दिइनेछ ।”
۞وَٱذۡكُرۡ أَخَا عَادٍ إِذۡ أَنذَرَ قَوۡمَهُۥ بِٱلۡأَحۡقَافِ وَقَدۡ خَلَتِ ٱلنُّذُرُ مِنۢ بَيۡنِ يَدَيۡهِ وَمِنۡ خَلۡفِهِۦٓ أَلَّا تَعۡبُدُوٓاْ إِلَّا ٱللَّهَ إِنِّيٓ أَخَافُ عَلَيۡكُمۡ عَذَابَ يَوۡمٍ عَظِيمٖ
Open ayah 46:21र, आदका भाई (हूद) लाई स्मरण गर जब उनले आफ्ना जातिबन्धुहरूलाई अह्काफ्मा [ ] डर देखाए । जबकि उनीभन्दा अघि र पछि पनि सचेतकहरू बितिसकेका छन् । (यो भन्दै) “तिमीहरू अल्लाहबाहेक अन्य कसैको उपासना नगर । वास्तवमा म तिमीहरूबारे ठूलो दिनको यातनाबाट डराउँछु ।”
قَالُوٓاْ أَجِئۡتَنَا لِتَأۡفِكَنَا عَنۡ ءَالِهَتِنَا فَأۡتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّٰدِقِينَ
Open ayah 46:22समुदायका मानिसहरूले भने– “के तिमी हामीलाई हाम्रा उपास्यहरूबाट झुठो बोलेर बिमुख पार्न आएका छौ ? यदि तिमी सच्चा हौ भने त्यो ( यातना ) जसको धम्की हामीलाई दिदैछौ लिएर आउ ।”
قَالَ إِنَّمَا ٱلۡعِلۡمُ عِندَ ٱللَّهِ وَأُبَلِّغُكُم مَّآ أُرۡسِلۡتُ بِهِۦ وَلَٰكِنِّيٓ أَرَىٰكُمۡ قَوۡمٗا تَجۡهَلُونَ
Open ayah 46:23उनी ( हूद )ले भने– “यसको ज्ञान केवल अल्लाहलाई छ । म तिमीहरूसमक्ष त्यो सन्देश पुर्याउदैछु जुन दिएर म पठाइएको छु । तर म तिमीहरूलाई अज्ञानी समुदाय देख्द छु ।
فَلَمَّا رَأَوۡهُ عَارِضٗا مُّسۡتَقۡبِلَ أَوۡدِيَتِهِمۡ قَالُواْ هَٰذَا عَارِضٞ مُّمۡطِرُنَاۚ بَلۡ هُوَ مَا ٱسۡتَعۡجَلۡتُم بِهِۦۖ رِيحٞ فِيهَا عَذَابٌ أَلِيمٞ
Open ayah 46:24अनि जब तिनीहरूले बादलको रूपमा आफ्नो उपत्यकातर्फ त्यसलाई आउँदै गरेको देखे तब भने– “यो आउने बादल हामीमाथि बर्सिनेछ ।” ( बादल होइन ) बरु यो त्यही ( यातना ) हो जसको लागि तिमीहरू हतार गर्दै थियौ, अर्थात् एउटा यस्तो आँधी जसमा पीडादायी यातना रहेकोछ ।
تُدَمِّرُ كُلَّ شَيۡءِۭ بِأَمۡرِ رَبِّهَا فَأَصۡبَحُواْ لَا يُرَىٰٓ إِلَّا مَسَٰكِنُهُمۡۚ كَذَٰلِكَ نَجۡزِي ٱلۡقَوۡمَ ٱلۡمُجۡرِمِينَ
Open ayah 46:25जसले आफ्ना पालनकर्ताको आदेशले हरेक वस्तुलाई ध्वस्त पार्नेछ ।” त्यसले गर्दा तिनीहरुको हालत यस्तो भयो कि तिनीहरूका घरहरूबाहेक अन्य केही देखा पर्दैनथ्यो । यसरी नै हामी अपराधी मानिसहरूलाई प्रतिदान दिने गर्छौं ।
وَلَقَدۡ مَكَّنَّٰهُمۡ فِيمَآ إِن مَّكَّنَّٰكُمۡ فِيهِ وَجَعَلۡنَا لَهُمۡ سَمۡعٗا وَأَبۡصَٰرٗا وَأَفۡـِٔدَةٗ فَمَآ أَغۡنَىٰ عَنۡهُمۡ سَمۡعُهُمۡ وَلَآ أَبۡصَٰرُهُمۡ وَلَآ أَفۡـِٔدَتُهُم مِّن شَيۡءٍ إِذۡ كَانُواْ يَجۡحَدُونَ بِـَٔايَٰتِ ٱللَّهِ وَحَاقَ بِهِم مَّا كَانُواْ بِهِۦ يَسۡتَهۡزِءُونَ
Open ayah 46:26र, वास्तवमा हामीले उन ( आद समुदाय ) लाई यसरी सामर्थ्यवान तुल्याएका थियौं जसरी तिमीहरूलाई तुल्याएका छैनौं । र, हामीले तिनीहरूलाई कान, आँखा एवम् हृदय पनि प्रदान गरेका थियौं तर तिनीहरूलाई तिनका कान, आँखा र हृदयले केही फाइदा पुर्याएनन्, किनकि तिनीहरू अल्लाहका आयतहरूको इन्कार गर्ने गर्थे अनि जुन कुराको तिनीहरू ठट्टा गर्ने गर्थे त्यसैले तिनीहरूलाई घेर्यो ।
وَلَقَدۡ أَهۡلَكۡنَا مَا حَوۡلَكُم مِّنَ ٱلۡقُرَىٰ وَصَرَّفۡنَا ٱلۡأٓيَٰتِ لَعَلَّهُمۡ يَرۡجِعُونَ
Open ayah 46:27र, निस्सन्देह हामीले तिमीहरूका वरिपरिका नगरहरू ध्वस्त पार्यौं । अनि पटक पटक आफ्ना निशानीहरू प्रस्ट पार्यौं ताकि तिनीहरू फर्किउन् ।
فَلَوۡلَا نَصَرَهُمُ ٱلَّذِينَ ٱتَّخَذُواْ مِن دُونِ ٱللَّهِ قُرۡبَانًا ءَالِهَةَۢۖ بَلۡ ضَلُّواْ عَنۡهُمۡۚ وَذَٰلِكَ إِفۡكُهُمۡ وَمَا كَانُواْ يَفۡتَرُونَ
Open ayah 46:28ईश–निकटता प्राप्तिकोलागि तिनीहरूले अल्लाहबाहेक ज–जसलाई आफ्ना उपास्य बनाएका थिए ती उपास्यहरूले तिनीहरूको सहयोग किन गरेनन् ? बरू तिनीहरू ती व्यक्तिहरूबाट बेपत्ता भए । यो तिनीहरूको झूठ र अभियोग मात्र थियो ।
وَإِذۡ صَرَفۡنَآ إِلَيۡكَ نَفَرٗا مِّنَ ٱلۡجِنِّ يَسۡتَمِعُونَ ٱلۡقُرۡءَانَ فَلَمَّا حَضَرُوهُ قَالُوٓاْ أَنصِتُواْۖ فَلَمَّا قُضِيَ وَلَّوۡاْ إِلَىٰ قَوۡمِهِم مُّنذِرِينَ
Open ayah 46:29र, स्मरण गर जब हामीले जिन्नहरूको एउटा जमातलाई तिमीतर्फ लिएर आएका थियौं ताकि उनीहरूले कुरआन सुनून् । अनि जब उनीहरू त्यहाँ सन्देष्टासमक्ष पुगे तब उनीहरुले भने, कान थापेर सुन । फेरि जब त्यो (कुरआनको पाठ) समाप्त भयो तब उनीहरू आफ्नो समुदायलाई सावधान गर्न फर्किए ।
قَالُواْ يَٰقَوۡمَنَآ إِنَّا سَمِعۡنَا كِتَٰبًا أُنزِلَ مِنۢ بَعۡدِ مُوسَىٰ مُصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيۡهِ يَهۡدِيٓ إِلَى ٱلۡحَقِّ وَإِلَىٰ طَرِيقٖ مُّسۡتَقِيمٖ
Open ayah 46:30भन्न थाले– “हे मेरा जातिबन्धुहरू हो ! हामीले यस्तो ग्रन्थ सुनेका छौं जुन मूसापश्चात् अवतरित भएको छ, जसले आफूभन्दा पहिलेका ग्रन्थहरूको पुष्टि गर्दछ । यसले सत्य (धर्म) तथा सीधामार्ग बताउँछ ।”
يَٰقَوۡمَنَآ أَجِيبُواْ دَاعِيَ ٱللَّهِ وَءَامِنُواْ بِهِۦ يَغۡفِرۡ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُجِرۡكُم مِّنۡ عَذَابٍ أَلِيمٖ
Open ayah 46:31हे हाम्रा जातिबन्धुहरू हो ! अल्लाहको आह्वानकर्ताको कुरा मान र उनीमाथि इमान ल्याउ । उनी (अल्लाहले) तिमीहरूका पापहरू माफ गर्नेछन् र दुःखद यातनाबाट बचाउनेछन् ।
وَمَن لَّا يُجِبۡ دَاعِيَ ٱللَّهِ فَلَيۡسَ بِمُعۡجِزٖ فِي ٱلۡأَرۡضِ وَلَيۡسَ لَهُۥ مِن دُونِهِۦٓ أَوۡلِيَآءُۚ أُوْلَٰٓئِكَ فِي ضَلَٰلٖ مُّبِينٍ
Open ayah 46:32र, जसले अल्लाहतर्फ आह्वानकर्ताको कुरा स्वीकार गर्दैन त्यस व्यक्तिले धर्तीमा (अल्लाहलाई) विवश पार्न सक्ने छैन न त्यस व्यक्तिकोलागि अल्लाह बाहेक कोही संरक्षक–मित्र नै हुनेछ । यस्ता मानिसहरू नै खुल्ला पथभ्रष्टतामा छन् ।
أَوَلَمۡ يَرَوۡاْ أَنَّ ٱللَّهَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَلَمۡ يَعۡيَ بِخَلۡقِهِنَّ بِقَٰدِرٍ عَلَىٰٓ أَن يُحۡـِۧيَ ٱلۡمَوۡتَىٰۚ بَلَىٰٓۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٞ
Open ayah 46:33के यिनीहरू देखेनन् कि अल्लाह जसले आकाशहरू तथा पृथ्वीलाई सृष्टि गरे र तिनीहरूको सृष्टि गर्नमा थाकेनन्, उनै अल्लाह मुर्दाहरूलाई पनि जीवित पार्ने सामर्थ्य राख्दछन् ? किन नराख्नु; उनी प्रत्येक कार्यको सामर्थ्य राख्दछन् ।
وَيَوۡمَ يُعۡرَضُ ٱلَّذِينَ كَفَرُواْ عَلَى ٱلنَّارِ أَلَيۡسَ هَٰذَا بِٱلۡحَقِّۖ قَالُواْ بَلَىٰ وَرَبِّنَاۚ قَالَ فَذُوقُواْ ٱلۡعَذَابَ بِمَا كُنتُمۡ تَكۡفُرُونَ
Open ayah 46:34जुन दिन काफिरहरूलाई नरकसमक्ष पेश गरिनेछ (र सोधिनेछ)– “के यो नितान्त सत्य होइन ?” तिनीहरूले जवाफ दिनेछन्– " हो, हाम्रा पालनकर्ताको कसम ।” अल्लाहले भन्नेछन्– “अब चाख आफ्नो कुफ्रको बदलामा यातनाको स्वाद ।”
فَٱصۡبِرۡ كَمَا صَبَرَ أُوْلُواْ ٱلۡعَزۡمِ مِنَ ٱلرُّسُلِ وَلَا تَسۡتَعۡجِل لَّهُمۡۚ كَأَنَّهُمۡ يَوۡمَ يَرَوۡنَ مَا يُوعَدُونَ لَمۡ يَلۡبَثُوٓاْ إِلَّا سَاعَةٗ مِّن نَّهَارِۭۚ بَلَٰغٞۚ فَهَلۡ يُهۡلَكُ إِلَّا ٱلۡقَوۡمُ ٱلۡفَٰسِقُونَ
Open ayah 46:35अतः (हे नबी स.!) धैर्यधारण गर जसरी दृढ सङ्कल्प गर्ने रसूलहरूले धैर्य गरे । र, यिनीहरूको मामलामा हतार नगर, जुनदिन यिनीहरूले त्यो प्रकोप देख्नेछन् जसको धम्की यिनीहरूलाई दिइँदैछ त्यसदिन थाहा हुने छ कि यिनीहरू संसारमा केही क्षण मात्र बसेका थिए । सन्देश पुर्याइयो । अब अपराधीहरू बाहेक अरू को नष्ट हुने छ त ?