محمد

Muhammad

Muhammad · Surah 47 · Ayahs: 38 · Medinan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ أَضَلَّ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:1

    जसले कुफ्र गरे र ( मानिसहरूलाई ) अल्लाहको मार्गबाट रोके अल्लाहले तिनीहरूका कर्महरूलाई व्यर्थ तुल्याए ।

  2. وَٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَءَامَنُواْ بِمَا نُزِّلَ عَلَىٰ مُحَمَّدٖ وَهُوَ ٱلۡحَقُّ مِن رَّبِّهِمۡ كَفَّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡ وَأَصۡلَحَ بَالَهُمۡ

    Open ayah 47:2

    अनि, जसले ईमान ल्याए, सत्कर्म गरे र मुहम्मद (स.) माथि अवतरण गरिएको (कुरआन) माथि आस्था राखे –जबकि त्यो उनीहरूका पालनकर्ताको तर्फबाट नितान्त सत्य हो– अल्लाह उनीहरूका पापहरू समाप्त पार्छन्घ । र, उनीहरूको अवस्थालाई सुदृढ तुल्याउँछन् ।

  3. ذَٰلِكَ بِأَنَّ ٱلَّذِينَ كَفَرُواْ ٱتَّبَعُواْ ٱلۡبَٰطِلَ وَأَنَّ ٱلَّذِينَ ءَامَنُواْ ٱتَّبَعُواْ ٱلۡحَقَّ مِن رَّبِّهِمۡۚ كَذَٰلِكَ يَضۡرِبُ ٱللَّهُ لِلنَّاسِ أَمۡثَٰلَهُمۡ

    Open ayah 47:3

    यस्तो यसकारणले भयो कि काफिरहरूले असत्यको अनुसरण गरे र आस्थावानहरूले आफ्ना पालनकर्ताको तर्फबाट आएको सत्यको अनुसरण गरे । यसरी नै अल्लाह मानिसहरूकालागि तिनीहरुका उदाहरणहरू बयान गर्दछन् ।

  4. فَإِذَا لَقِيتُمُ ٱلَّذِينَ كَفَرُواْ فَضَرۡبَ ٱلرِّقَابِ حَتَّىٰٓ إِذَآ أَثۡخَنتُمُوهُمۡ فَشُدُّواْ ٱلۡوَثَاقَ فَإِمَّا مَنَّۢا بَعۡدُ وَإِمَّا فِدَآءً حَتَّىٰ تَضَعَ ٱلۡحَرۡبُ أَوۡزَارَهَاۚ ذَٰلِكَۖ وَلَوۡ يَشَآءُ ٱللَّهُ لَٱنتَصَرَ مِنۡهُمۡ وَلَٰكِن لِّيَبۡلُوَاْ بَعۡضَكُم بِبَعۡضٖۗ وَٱلَّذِينَ قُتِلُواْ فِي سَبِيلِ ٱللَّهِ فَلَن يُضِلَّ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:4

    अनि काफिरहरूसित तिमीहरूको मुठभेड हुँदा तिनीहरूको गर्धन काट, जब तिमीहरू उनीहरूलाई राम्ररी कुल्चिन्छौ तब तिनीहरूलाई मजबुतीका साथ बन्दी बनाऊ । त्यसपछि कि त कृपा गर्दै छोडिदेऊ कि त अर्थदण्ड लेऊ, यहाँसम्म कि युद्ध समाप्त भइहालोस् । यो अल्लाहको आदेश हो । र, अल्लाहले चाहेका भए स्वयं तिनीहरूसित प्रतिशोध लिने थिए । तर अल्लाहको उद्देश्य एक अर्काद्वारा तिमीहरूको परीक्षा लिनु हो । र, जुन मानिसहरू अल्लाहको मार्गमा शहीद भए अल्लाह कदापि तिनीहरूका कर्महरूलाई व्यर्थ पार्ने छैनन् ।

  5. سَيَهۡدِيهِمۡ وَيُصۡلِحُ بَالَهُمۡ

    Open ayah 47:5

    अल्लाहले उनीहरूलाई सीधा मार्ग देखाउनेछन् र उनीहरूको अवस्था सुधार्नेछन् ।

  6. وَيُدۡخِلُهُمُ ٱلۡجَنَّةَ عَرَّفَهَا لَهُمۡ

    Open ayah 47:6

    र (अल्लाह) उनीहरूलाई त्यस स्वर्गमा प्रवेश गराउनेछन् जसको पहिचान उनीहरूलाई उनले पहिले नै गराएका छन् ।

  7. يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ

    Open ayah 47:7

    हे आस्थावानहरू हो ! यदि तिमीहरूले अल्लाहलाई मद्दत गर्यौ भने उनले तिमीहरूलाई मद्दत गर्नेछन् र तिमीहरूका कदम सुदृढ पार्नेछन् ।

  8. وَٱلَّذِينَ كَفَرُواْ فَتَعۡسٗا لَّهُمۡ وَأَضَلَّ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:8

    र, जसले कुफ्र गरे तिनीहरूकालागि विनाश छ र अल्लाहले तिनीहरूका कर्महरूलाई व्यर्थ तुल्याएका छन् ।

  9. ذَٰلِكَ بِأَنَّهُمۡ كَرِهُواْ مَآ أَنزَلَ ٱللَّهُ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:9

    किनभने अल्लाहले जे अवतरण गरे त्यसलाई तिनीहरूले घृणा गरे, अनि अल्लाहले पनि तिनीहरूका कर्महरूलाई बरबाद तुल्याए ।

  10. ۞أَفَلَمۡ يَسِيرُواْ فِي ٱلۡأَرۡضِ فَيَنظُرُواْ كَيۡفَ كَانَ عَٰقِبَةُ ٱلَّذِينَ مِن قَبۡلِهِمۡۖ دَمَّرَ ٱللَّهُ عَلَيۡهِمۡۖ وَلِلۡكَٰفِرِينَ أَمۡثَٰلُهَا 

    Open ayah 47:10

    के यिनीहरू पृथ्वीमा घुमफिर गरेनन् र देखेनन् कि आफूभन्दा पहिलेका मानिसहरूको के कस्तो परिणाम भएको थियो? अल्लाहले तिनीहरूलाई पूर्ण रूपमा विनाश गरे र यी काफिरहरूकालागि पनि यस्तै सजायँ हुनेछ ।

  11. ذَٰلِكَ بِأَنَّ ٱللَّهَ مَوۡلَى ٱلَّذِينَ ءَامَنُواْ وَأَنَّ ٱلۡكَٰفِرِينَ لَا مَوۡلَىٰ لَهُمۡ

    Open ayah 47:11

    किनकि आस्थावानहरूका संरक्षक–मित्र अल्लाह हुन्, जबकि काफिरहरूको संरक्षक–मित्र कोही पनि छैन ।

  12. إِنَّ ٱللَّهَ يُدۡخِلُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ وَٱلَّذِينَ كَفَرُواْ يَتَمَتَّعُونَ وَيَأۡكُلُونَ كَمَا تَأۡكُلُ ٱلۡأَنۡعَٰمُ وَٱلنَّارُ مَثۡوٗى لَّهُمۡ

    Open ayah 47:12

    निस्सन्देह जसले ईमान ल्याए र सत्कर्म गरे अल्लाहले उनीहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछन्, जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । जसले कुफ्र गरे तिनीहरू क्षणिक फाइदामा रमाइरहेकाछन् र त्यसरी नै खाइरहेका छन् जसरी पशुहरू खान्छन् । र, तिनीहरूको बासस्थान नरक हो ।

  13. وَكَأَيِّن مِّن قَرۡيَةٍ هِيَ أَشَدُّ قُوَّةٗ مِّن قَرۡيَتِكَ ٱلَّتِيٓ أَخۡرَجَتۡكَ أَهۡلَكۡنَٰهُمۡ فَلَا نَاصِرَ لَهُمۡ

    Open ayah 47:13

    (हे मुहम्मद स.!) कैयौं यस्ता नगरहरू थिए जो तिम्रो यस नगरभन्दा [ ] , जुन नगरले तिमीलाई त्यहाँबाट निष्कासित गर्यो, धेरै शक्तिशाली थिए । ती सबै नगरहरूलाई हामीले नष्ट पार्यौं, अनि तिनीहरूको कोही सहयोगी भएन ।

  14. أَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٖ مِّن رَّبِّهِۦ كَمَن زُيِّنَ لَهُۥ سُوٓءُ عَمَلِهِۦ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُم

    Open ayah 47:14

    अतः के जुन व्यक्ति आफ्ना पालनकर्ताबाट प्राप्त स्पष्ट प्रमाणमा कायम छ त्यो व्यक्ति ती व्यक्तिहरूजस्तो हुन सक्छ जसलाई तिनीहरूका दुष्कार्यहरू सुन्दर तुल्याएर देखाइएका छन् र जो आफ्ना अभिलाषाहरूको अनुसरण गर्छन् ?

  15. مَّثَلُ ٱلۡجَنَّةِ ٱلَّتِي وُعِدَ ٱلۡمُتَّقُونَۖ فِيهَآ أَنۡهَٰرٞ مِّن مَّآءٍ غَيۡرِ ءَاسِنٖ وَأَنۡهَٰرٞ مِّن لَّبَنٖ لَّمۡ يَتَغَيَّرۡ طَعۡمُهُۥ وَأَنۡهَٰرٞ مِّنۡ خَمۡرٖ لَّذَّةٖ لِّلشَّٰرِبِينَ وَأَنۡهَٰرٞ مِّنۡ عَسَلٖ مُّصَفّٗىۖ وَلَهُمۡ فِيهَا مِن كُلِّ ٱلثَّمَرَٰتِ وَمَغۡفِرَةٞ مِّن رَّبِّهِمۡۖ كَمَنۡ هُوَ خَٰلِدٞ فِي ٱلنَّارِ وَسُقُواْ مَآءً حَمِيمٗا فَقَطَّعَ أَمۡعَآءَهُمۡ

    Open ayah 47:15

    ईशभय राख्नेहरूसित जुन स्वर्गको वाचा गरिएको छ त्यसको गुण के छ भने त्यहाँ पानीका नहरहरू हुनेछन् जुन कहिल्यै गन्हाउने छैनन् । र, दूधका यस्ता नहरहरू हुनेछन् जसको स्वाद कहिल्यै परिवर्तन हुने छैन । र, शर्वत (पेय पदार्थ) का नहरहरू हुनेछन् जुन पिउनेहरूकालागि स्वादिष्ट हुनेछन् । र, शुद्ध महका नहरहरू पनि हुनेछन् । र, उनीहरूलाई त्यहाँ हरेक प्रकारका फलहरू प्राप्त हुनेछ । र, उनीहरूकालागि उनका पालनकर्ताको तर्फबाट क्षमादान पनि हुनेछ । के यस्ता व्यक्तिहरू ती व्यक्तिजस्तो हुन सक्छन् जो सदा आगोमा रहनेछन् जसलाई तातो उम्लँदो पानी खुवाइनेछ जसले तिनीहरूका आन्द्राहरू नै काटिदिनेछ ?

  16. وَمِنۡهُم مَّن يَسۡتَمِعُ إِلَيۡكَ حَتَّىٰٓ إِذَا خَرَجُواْ مِنۡ عِندِكَ قَالُواْ لِلَّذِينَ أُوتُواْ ٱلۡعِلۡمَ مَاذَا قَالَ ءَانِفًاۚ أُوْلَٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمۡ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡ

    Open ayah 47:16

    र, यिनीहरूमध्ये केही यस्ता व्यक्तिहरू छन् जसले तिम्रा कुराहरू कान थापेर सुनिराख्छन्, यहाँसम्म कि जब तिनीहरू तिमीबाट हट्छन् तब ज्ञानवान व्यक्तिहरूसित भन्छन्– “उसले अहिले के भन्दै थियो ?” यिनीहरू नै हुन् जसका हृदयहरूमाथि अल्लाहले मोहर लगाइदिएका छन् र तिनीहरू आफ्नो अभिलाषाको अनुसरण गर्दैछन् ।

  17. وَٱلَّذِينَ ٱهۡتَدَوۡاْ زَادَهُمۡ هُدٗى وَءَاتَىٰهُمۡ تَقۡوَىٰهُمۡ

    Open ayah 47:17

    अनि, अल्लाहले मार्ग प्राप्त व्यक्तिहरूको मार्गदर्शनमा वृद्धि गर्छन् र उनीहरूलाई उनका अंशको ईशभय प्रदान गर्छन् ।

  18. فَهَلۡ يَنظُرُونَ إِلَّا ٱلسَّاعَةَ أَن تَأۡتِيَهُم بَغۡتَةٗۖ فَقَدۡ جَآءَ أَشۡرَاطُهَاۚ فَأَنَّىٰ لَهُمۡ إِذَا جَآءَتۡهُمۡ ذِكۡرَىٰهُمۡ

    Open ayah 47:18

    अब के यिनीहरू केवल महाप्रलयको प्रतीक्षा गर्दैछन् कि त्यो यिनीहरूमाथि अकस्मात् आइलागोस् ? यसका निशानीहरू त प्रकट भइसकेका छन् । तर जब तिनीहरूमाथि त्यसको आगमन हुनेछ तब तिनीहरूकालागि उपदेश ग्रहण गर्न कुनै मौका कहाँ बाँकी रहनेछ र ?

  19. فَٱعۡلَمۡ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ وَٱسۡتَغۡفِرۡ لِذَنۢبِكَ وَلِلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۗ وَٱللَّهُ يَعۡلَمُ مُتَقَلَّبَكُمۡ وَمَثۡوَىٰكُمۡ

    Open ayah 47:19

    अतः (हे नबी स.!) याद राख, अल्लाहबाहेक अन्य कोही पूज्य छैन र क्षमा याचना गर आफ्ना पापहरूकालागि र आस्थावान पुरुष तथा महिलाहरूकालागि पनि । अल्लाह तिमीहरूले हिँडडुल गर्ने र ( स्थायी ) बासस्थानलाई पनि जान्दछन् ।

  20. وَيَقُولُ ٱلَّذِينَ ءَامَنُواْ لَوۡلَا نُزِّلَتۡ سُورَةٞۖ فَإِذَآ أُنزِلَتۡ سُورَةٞ مُّحۡكَمَةٞ وَذُكِرَ فِيهَا ٱلۡقِتَالُ رَأَيۡتَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٞ يَنظُرُونَ إِلَيۡكَ نَظَرَ ٱلۡمَغۡشِيِّ عَلَيۡهِ مِنَ ٱلۡمَوۡتِۖ فَأَوۡلَىٰ لَهُمۡ 

    Open ayah 47:20

    र, ईमान ल्याएका मानिसहरू भन्छन्– “कुनै सूरह किन अवतरण गरिएन ?” फेरि जब स्पष्ट सूरह अवतरण गरिन्छ र त्यसमा युद्धको वर्णन गरिन्छ तब हृदयमा ( कपटको ) रोग पालेका व्यक्तिहरू तिमीतर्फ मरणासन्न व्यक्तिले हेरेझैं गरी हेर्छन् । तर तिनीहरूकोलागि उचित हो....

  21. طَاعَةٞ وَقَوۡلٞ مَّعۡرُوفٞۚ فَإِذَا عَزَمَ ٱلۡأَمۡرُ فَلَوۡ صَدَقُواْ ٱللَّهَ لَكَانَ خَيۡرٗا لَّهُمۡ

    Open ayah 47:21

    आज्ञापालन र सदवचन । अनि जब मामिला (युद्ध ) निर्धारित गरिन्छ, तब यिनीहरूले अल्लाह ( को आदेश ) लाई सत्य सिद्ध गर्नु नै यिनीहरूकैलागि उत्तम छ ।

  22. فَهَلۡ عَسَيۡتُمۡ إِن تَوَلَّيۡتُمۡ أَن تُفۡسِدُواْ فِي ٱلۡأَرۡضِ وَتُقَطِّعُوٓاْ أَرۡحَامَكُمۡ

    Open ayah 47:22

    (अल्लाहको आदेशबाट) तिमीहरू बिमुख भएमा धर्तीमा विध्वंश मच्चाउनु र नातागोता छिन्नभिन्न पार्नु बाहेक तिमीहरूबाट के आशा गर्न सकिन्छ ।

  23. أُوْلَٰٓئِكَ ٱلَّذِينَ لَعَنَهُمُ ٱللَّهُ فَأَصَمَّهُمۡ وَأَعۡمَىٰٓ أَبۡصَٰرَهُمۡ

    Open ayah 47:23

    यी नै तिनीहरू हुन् जसमाथि अल्लाहको अभिशाप परेको छ । अनि तिनीहरूका श्रवणशक्ति तथा दृष्टिशक्ति खोसेका छन् ।

  24. أَفَلَا يَتَدَبَّرُونَ ٱلۡقُرۡءَانَ أَمۡ عَلَىٰ قُلُوبٍ أَقۡفَالُهَآ

    Open ayah 47:24

    के तिनीहरू कुरआनमा चिन्तन–मनन गर्दैनन् वा तिनीहरुका हृदयहरूमाथि ताल्चाहरु लागेको छन् ?

  25. إِنَّ ٱلَّذِينَ ٱرۡتَدُّواْ عَلَىٰٓ أَدۡبَٰرِهِم مِّنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَى ٱلشَّيۡطَٰنُ سَوَّلَ لَهُمۡ وَأَمۡلَىٰ لَهُمۡ

    Open ayah 47:25

    मार्गदर्शन प्रष्ट भएपछि जसले आफ्नो पिठ्यूँ फेरे शैतानले तिनीहरूका लागि (तिनका दुष्कर्महरूलाई) सुन्दर पारिदियो र झुठा आशाहरूको क्रमलाई फैलाइदियो।

  26. ذَٰلِكَ بِأَنَّهُمۡ قَالُواْ لِلَّذِينَ كَرِهُواْ مَا نَزَّلَ ٱللَّهُ سَنُطِيعُكُمۡ فِي بَعۡضِ ٱلۡأَمۡرِۖ وَٱللَّهُ يَعۡلَمُ إِسۡرَارَهُمۡ

    Open ayah 47:26

    यो यस कारणले भयो कि तिनी (मुनाफिक) हरूले अल्लाहद्वारा अवतरित धर्मप्रति घृणा गर्नेहरूलाई भने– “केही मामलामा हामी तिमीहरूको आज्ञापालन गर्नेछौं” जबकि अल्लाह तिनीहरूका गोप्य कुराहरू राम्ररी जान्दछन् ।

  27. فَكَيۡفَ إِذَا تَوَفَّتۡهُمُ ٱلۡمَلَٰٓئِكَةُ يَضۡرِبُونَ وُجُوهَهُمۡ وَأَدۡبَٰرَهُمۡ

    Open ayah 47:27

    र, त्यतिखेर तिनीहरूको के कस्तो हालत हुनेछ जब फरिश्ताहरूले तिनीहरूका अनुहार तथा पिठ्यूँमा हिर्काउँदै प्राण लुछ्नेछन् ।

  28. ذَٰلِكَ بِأَنَّهُمُ ٱتَّبَعُواْ مَآ أَسۡخَطَ ٱللَّهَ وَكَرِهُواْ رِضۡوَٰنَهُۥ فَأَحۡبَطَ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:28

    यस्तो यसकारणले हुनेछ कि तिनीहरूले अल्लाहलाई अप्रसन्न तुल्याउने कुराको अनुसरण गरे र अल्लाहको प्रसन्नताको बाटो ग्रहण गर्न मन पराएनन् । तसर्थ अल्लाहले तिनीहरूका सबै कर्महरूलाई नष्ट पारिदिए ।,

  29. أَمۡ حَسِبَ ٱلَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ أَن لَّن يُخۡرِجَ ٱللَّهُ أَضۡغَٰنَهُمۡ

    Open ayah 47:29

    जसको हृदयमा रोग रहेको छ, के अल्लाहले तिनीहरूको कपट प्रकाशमा ल्याउने छैनन् भनी तिनीहरु ठान्छन् ?

  30. وَلَوۡ نَشَآءُ لَأَرَيۡنَٰكَهُمۡ فَلَعَرَفۡتَهُم بِسِيمَٰهُمۡۚ وَلَتَعۡرِفَنَّهُمۡ فِي لَحۡنِ ٱلۡقَوۡلِۚ وَٱللَّهُ يَعۡلَمُ أَعۡمَٰلَكُمۡ 

    Open ayah 47:30

    र, यदि हामीले चाहेको भए तिनीहरू सबैलाई तिमीसमक्ष प्रकट गर्ने थियौं, अनि तिमीले तिनीहरूको मुहारबाटै चिन्ने थियौ । र, वास्तवमा तिमीले तिनीहरूको बोल्ने ढंगले नै चिनिहाल्नेछौ । र, अल्लाह तिमीहरूका सबै कर्महरू जान्दछन् ।

  31. وَلَنَبۡلُوَنَّكُمۡ حَتَّىٰ نَعۡلَمَ ٱلۡمُجَٰهِدِينَ مِنكُمۡ وَٱلصَّٰبِرِينَ وَنَبۡلُوَاْ أَخۡبَارَكُمۡ

    Open ayah 47:31

    निस्सन्देह हामी तिमीहरूको परीक्षा लिनेछौ, यहाँसम्म कि तिमीहरूमध्ये जिहाद गर्ने तथा धैर्यधारण गर्नेहरूलाई जानीहालौं । र, तिमीहरूका अवस्थाहरूको पनि जाँच गरिहालौं ।

  32. إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ وَشَآقُّواْ ٱلرَّسُولَ مِنۢ بَعۡدِ مَا تَبَيَّنَ لَهُمُ ٱلۡهُدَىٰ لَن يَضُرُّواْ ٱللَّهَ شَيۡـٔٗا وَسَيُحۡبِطُ أَعۡمَٰلَهُمۡ

    Open ayah 47:32

    निस्सन्देह जसले कुफ्र गरे र अल्लाहको मार्गबाट मानिसहरूलाई रोके, अनि रसूलको विरोध गरे, त्यसपश्चात् जबकि तिनीहरूसमक्ष मार्गदर्शन प्रस्ट भइसकेको थियो, तिनीहरूले अल्लाहलाई कुनै हानि नोक्सानी गर्न सक्ने छैनन्, र चाँडै नै अल्लाहले तिनीहरूका कर्महरूलाई नष्ट पार्नेछन् ।

  33. ۞يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ أَطِيعُواْ ٱللَّهَ وَأَطِيعُواْ ٱلرَّسُولَ وَلَا تُبۡطِلُوٓاْ أَعۡمَٰلَكُمۡ

    Open ayah 47:33

    हे आस्थावानहरू हो ! अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर अनि आफ्ना कर्महरूलाई व्यर्थ नतुल्याऊ ।

  34. إِنَّ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّواْ عَن سَبِيلِ ٱللَّهِ ثُمَّ مَاتُواْ وَهُمۡ كُفَّارٞ فَلَن يَغۡفِرَ ٱللَّهُ لَهُمۡ

    Open ayah 47:34

    जसले कुफ्र गरे, अल्लाहको मार्गबाट रोके, र कुफ्रकै अवस्थामा मरे, अल्लाहले कदापि तिनीहरूलाई माफ गर्ने छैनन् ।

  35. فَلَا تَهِنُواْ وَتَدۡعُوٓاْ إِلَى ٱلسَّلۡمِ وَأَنتُمُ ٱلۡأَعۡلَوۡنَ وَٱللَّهُ مَعَكُمۡ وَلَن يَتِرَكُمۡ أَعۡمَٰلَكُمۡ

    Open ayah 47:35

    अतः तिमीहरू साहस नगुमाऊ, र सन्धिको आह्वान नगर; वास्तवमा तिमीहरू नै विजयी हुनेछौ । र, अल्लाह तिमीहरूकासाथमा छन्, अनि उनले कदापि तिमीहरूका कर्महरूलाई बर्बाद पार्ने छैनन् ।

  36. إِنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٞ وَلَهۡوٞۚ وَإِن تُؤۡمِنُواْ وَتَتَّقُواْ يُؤۡتِكُمۡ أُجُورَكُمۡ وَلَا يَسۡـَٔلۡكُمۡ أَمۡوَٰلَكُمۡ

    Open ayah 47:36

    सांसारिक जीवन त खेल तमासा मात्र हो, र यदि तिमीहरू ईमान ल्याउँछौ र ईशभय राख्छौ भने अल्लाहले तिमीहरूलाई (यसको) प्रतिदान दिनेछन्, र उनी तिमीहरूबाट धनसम्पत्तिको माग गर्दैनन् ।

  37. إِن يَسۡـَٔلۡكُمُوهَا فَيُحۡفِكُمۡ تَبۡخَلُواْ وَيُخۡرِجۡ أَضۡغَٰنَكُمۡ

    Open ayah 47:37

    यदि उनले तिमीहरूसित मागे र पूरै मागे भने तिमीहरू कञ्जुस्याईँ गर्न थाल्नेछौ । र, उनले तिमीहरूको कपट प्रकाशमा ल्याइदिनेछन् ।

  38. هَٰٓأَنتُمۡ هَٰٓؤُلَآءِ تُدۡعَوۡنَ لِتُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ فَمِنكُم مَّن يَبۡخَلُۖ وَمَن يَبۡخَلۡ فَإِنَّمَا يَبۡخَلُ عَن نَّفۡسِهِۦۚ وَٱللَّهُ ٱلۡغَنِيُّ وَأَنتُمُ ٱلۡفُقَرَآءُۚ وَإِن تَتَوَلَّوۡاْ يَسۡتَبۡدِلۡ قَوۡمًا غَيۡرَكُمۡ ثُمَّ لَا يَكُونُوٓاْ أَمۡثَٰلَكُم

    Open ayah 47:38

    तिमीहरू नै हौ जसलाई अल्लाहको मार्गमा खर्च गर्न बोलाइँदा तिमीहरूमध्ये कोही कञ्जुस्याईँ गर्न थाल्छ । र, जसले कञ्जुस्याइँ गर्छ त्यो आफ्नैविरूद्ध गर्छ । र, अल्लाह सम्पन्न छन्, अनि तिमीहरू निर्धन छौ । र, यदि तिमीहरू विमुख हुन्छौ भने उनले तिमीहरूको स्थानमा अन्य समुदायलाई ल्याउनेछन्, अनि उनीहरू तिमीहरूजस्तो हुने छैनन् ।