الفتح
Al-Fath
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِنَّا فَتَحۡنَا لَكَ فَتۡحٗا مُّبِينٗا
Open ayah 48:1(हे मुहम्मद स.!) निस्सन्देह हामीले तिमीलाई स्पष्ट विजय प्रदान गरेका छौं ।
لِّيَغۡفِرَ لَكَ ٱللَّهُ مَا تَقَدَّمَ مِن ذَنۢبِكَ وَمَا تَأَخَّرَ وَيُتِمَّ نِعۡمَتَهُۥ عَلَيۡكَ وَيَهۡدِيَكَ صِرَٰطٗا مُّسۡتَقِيمٗا
Open ayah 48:2ताकि अल्लाहले तिम्रा पहिले र पछिका पापहरू माफ गरिदिऊन्, तिमीमाथि आफ्नो अनुग्रह पूरा गरिदिऊन् र तिमीलाई सीधा मार्ग देखाऊन् ।
وَيَنصُرَكَ ٱللَّهُ نَصۡرًا عَزِيزًا
Open ayah 48:3र, अल्लाहले तिमीलाई प्रभावशाली सहयोग गरून् ।
هُوَ ٱلَّذِيٓ أَنزَلَ ٱلسَّكِينَةَ فِي قُلُوبِ ٱلۡمُؤۡمِنِينَ لِيَزۡدَادُوٓاْ إِيمَٰنٗا مَّعَ إِيمَٰنِهِمۡۗ وَلِلَّهِ جُنُودُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ عَلِيمًا حَكِيمٗا
Open ayah 48:4उनै हुन् जसले आस्थावानहरूको हृदयमा शान्ति अवतीर्ण गरे, ताकि उनीहरूले आफ्नो ईमानमा अझ ईमान थपून् । र, आकाशहरू तथा पृथ्वीका सैन्यहरू अल्लाहकैलागि हुन् । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
لِّيُدۡخِلَ ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَا وَيُكَفِّرَ عَنۡهُمۡ سَيِّـَٔاتِهِمۡۚ وَكَانَ ذَٰلِكَ عِندَ ٱللَّهِ فَوۡزًا عَظِيمٗا
Open ayah 48:5ताकि अल्लाहले आस्थावान पुरुष तथा महिलाहरूलाई यस्ता बगैंचाहरूमा प्रवेश गराऊन् जसको तल तिरबाट नदीरहरू बगिरहेका हुनेछन्, जहाँ उनीहरू सदा रहनेछन् । र, उनीहरूबाट उनका पापहरूलाई समाप्त पारून् र अल्लाहको दृष्टिमा यो महान् सफलता हो ।
وَيُعَذِّبَ ٱلۡمُنَٰفِقِينَ وَٱلۡمُنَٰفِقَٰتِ وَٱلۡمُشۡرِكِينَ وَٱلۡمُشۡرِكَٰتِ ٱلظَّآنِّينَ بِٱللَّهِ ظَنَّ ٱلسَّوۡءِۚ عَلَيۡهِمۡ دَآئِرَةُ ٱلسَّوۡءِۖ وَغَضِبَ ٱللَّهُ عَلَيۡهِمۡ وَلَعَنَهُمۡ وَأَعَدَّ لَهُمۡ جَهَنَّمَۖ وَسَآءَتۡ مَصِيرٗا
Open ayah 48:6र, अल्लाहले ती मुनाफिक पुरुष तथा महिलाहरूलाई अनि मुश्रिक पुरुष तथा महिलाहरूलाई सजायँ दिऊन् जो अल्लाहको विषयमा कुभावना राख्दछन् । तिनीहरू सङ्कटको चक्रव्यूहमा स्वयं फँसे । अल्लाह तिनीहरूमाथि आक्रोशित भए, अनि तिनीहरूलाई धिक्कारे र तिनीहरूकालागि नरक तयार गरिदिए । र, यो कति निकृष्ट बासस्थान हो !
وَلِلَّهِ جُنُودُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمًا
Open ayah 48:7र, अल्लाहकै लागि छन् आकाशहरू तथा पृथ्वीका सैन्यहरू । र, अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
إِنَّآ أَرۡسَلۡنَٰكَ شَٰهِدٗا وَمُبَشِّرٗا وَنَذِيرٗا
Open ayah 48:8(हे मुहम्मद स.) निस्सन्देह हामीले तिमीलाई साक्षी, शुभ–सन्देशवाहक र सचेतकका रूपमा पठाएका छौं ।
لِّتُؤۡمِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَتُعَزِّرُوهُ وَتُوَقِّرُوهُۚ وَتُسَبِّحُوهُ بُكۡرَةٗ وَأَصِيلًا
Open ayah 48:9ताकि (हे मानव !) तिमीहरू ईमान ल्याऊ अल्लाहमाथि, उनका रसूलमाथि, उनको साथ देऊ र उनलाई सम्मान गर, अनि बिहान तथा बेलुकी उनकै महिमागान गर ।
إِنَّ ٱلَّذِينَ يُبَايِعُونَكَ إِنَّمَا يُبَايِعُونَ ٱللَّهَ يَدُ ٱللَّهِ فَوۡقَ أَيۡدِيهِمۡۚ فَمَن نَّكَثَ فَإِنَّمَا يَنكُثُ عَلَىٰ نَفۡسِهِۦۖ وَمَنۡ أَوۡفَىٰ بِمَا عَٰهَدَ عَلَيۡهُ ٱللَّهَ فَسَيُؤۡتِيهِ أَجۡرًا عَظِيمٗا
Open ayah 48:10(हे मुहम्मद स.!) जुन मानिसहरू तिमीसित बैअत (शपथग्रहण) गर्छन् उनीहरू वास्तवमा अल्लाहसित बैअत गर्छन् । उनीहरूका हातमाथि अल्लाहको हात छ । जसले यस वचनलाई भङ्ग गर्छ त्यो आफैंविरूद्ध वचन भङ्ग गर्छ । र, जसले अल्लाहसित गरेको वचनलाई पूरा गर्छ उनले त्यसलाई अवश्य महान् प्रतिदान प्रदान गर्नेछन् ।
سَيَقُولُ لَكَ ٱلۡمُخَلَّفُونَ مِنَ ٱلۡأَعۡرَابِ شَغَلَتۡنَآ أَمۡوَٰلُنَا وَأَهۡلُونَا فَٱسۡتَغۡفِرۡ لَنَاۚ يَقُولُونَ بِأَلۡسِنَتِهِم مَّا لَيۡسَ فِي قُلُوبِهِمۡۚ قُلۡ فَمَن يَمۡلِكُ لَكُم مِّنَ ٱللَّهِ شَيۡـًٔا إِنۡ أَرَادَ بِكُمۡ ضَرًّا أَوۡ أَرَادَ بِكُمۡ نَفۡعَۢاۚ بَلۡ كَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرَۢا
Open ayah 48:11(हे मुहम्मद स.) पछाडि छुटेका गाउँलेहरूले अब तिमीलाई भन्नेछन्– “हामीलाई हाम्रा धन–सम्पत्ति तथा परिवारले व्यस्त राखेका थिए । अतः हाम्रो क्षमा याचनाकोलागि प्रार्थना गरिदिनुहोस् ।” तिनीहरू मुखले त्यो भन्छन् जुन तिनीहरूका हृदयहरूमा छैन । भनिदेऊ– “यदि अल्लाहले तिमीहरूलाई कुनै हानि वा लाभ पुर्याउन चाहेमा कसले अल्लाहविरुद्ध तिमीहरूकालागि केही गर्न सक्छ र ?” बरु अल्लाह तिमीहरूका कार्यहरूबारे पूर्ण अवगत छन् ।
بَلۡ ظَنَنتُمۡ أَن لَّن يَنقَلِبَ ٱلرَّسُولُ وَٱلۡمُؤۡمِنُونَ إِلَىٰٓ أَهۡلِيهِمۡ أَبَدٗا وَزُيِّنَ ذَٰلِكَ فِي قُلُوبِكُمۡ وَظَنَنتُمۡ ظَنَّ ٱلسَّوۡءِ وَكُنتُمۡ قَوۡمَۢا بُورٗا
Open ayah 48:12बरू तिमीहरूले यो ठानेका थियौ कि रसूल र मोमिनहरू आफ्नो परिवारतर्फ कदापि फर्केर आउन सक्ने छैनन् । र, यो कुरा तिमीहरूको हृदयलाई खुबै राम्रो लाग्थ्यो र तिमीहरूले अति निकृष्ट सोचलाई आश्रय दियौ । र, तिमीहरू विनाश हुनेहरू हौ ।
وَمَن لَّمۡ يُؤۡمِنۢ بِٱللَّهِ وَرَسُولِهِۦ فَإِنَّآ أَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ سَعِيرٗا
Open ayah 48:13र, जसले अल्लाह एवं उनका रसूलमाथि ईमान ल्याउँदैन हामीले पनि त्यस्ता काफिरहरूकालागि दन्कंदो आगो तयार पारेका छौं ।
وَلِلَّهِ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ يَغۡفِرُ لِمَن يَشَآءُ وَيُعَذِّبُ مَن يَشَآءُۚ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا
Open ayah 48:14र, अल्लाहकैलागि हुन् आकाशहरू तथा धर्तीको शासन । उनी जसलाई चाहन्छन् क्षमा दिन्छन् र जसलाई चाहन्छन् यातना दिन्छन् । र, अल्लाह अति क्षमाशील एवं परम दयालु छन् ।
سَيَقُولُ ٱلۡمُخَلَّفُونَ إِذَا ٱنطَلَقۡتُمۡ إِلَىٰ مَغَانِمَ لِتَأۡخُذُوهَا ذَرُونَا نَتَّبِعۡكُمۡۖ يُرِيدُونَ أَن يُبَدِّلُواْ كَلَٰمَ ٱللَّهِۚ قُل لَّن تَتَّبِعُونَا كَذَٰلِكُمۡ قَالَ ٱللَّهُ مِن قَبۡلُۖ فَسَيَقُولُونَ بَلۡ تَحۡسُدُونَنَاۚ بَلۡ كَانُواْ لَا يَفۡقَهُونَ إِلَّا قَلِيلٗا
Open ayah 48:15जब तिमीहरू युद्धमा प्राप्त सम्पत्ति लिन जानेछौ तब पछि रहेका मानिसहरूले तुरुन्तै भन्नेछन्– “हामीलाई पनि सँगै जाने अनुमति दिहोनुस् ।” यिनीहरू अल्लाहको आदेशलाई परिवर्तन गर्न चाहन्छन् । भनिदेऊ– “तिमीहरू हामीसंग कहिल्यै जान मिल्दैन । अल्लाहले पहिले नै यो भनिसकेका छन् ।” अनि यिनीहरूले भन्नेछन्– “होइन, बरू तिमीहरू हाम्रो डाह गर्छौ ।” बरू यिनीहरू सही कुरा कमै बुझ्छन् ।
قُل لِّلۡمُخَلَّفِينَ مِنَ ٱلۡأَعۡرَابِ سَتُدۡعَوۡنَ إِلَىٰ قَوۡمٍ أُوْلِي بَأۡسٖ شَدِيدٖ تُقَٰتِلُونَهُمۡ أَوۡ يُسۡلِمُونَۖ فَإِن تُطِيعُواْ يُؤۡتِكُمُ ٱللَّهُ أَجۡرًا حَسَنٗاۖ وَإِن تَتَوَلَّوۡاْ كَمَا تَوَلَّيۡتُم مِّن قَبۡلُ يُعَذِّبۡكُمۡ عَذَابًا أَلِيمٗا
Open ayah 48:16पछाडि रहने गाउँलेहरूलाई भनिदेऊ– “तिमीहरू चाँडै नै एउटा साहसी योद्धा समुदायविरूद्ध युद्ध गर्न बोलाइनेछौ । कि तिमीहरू तिनीहरूविरूद्ध युद्ध गर्नेछौ कि तिनीहरूले आत्मसमर्पण गर्नेछन् । त्यतिखेर यदि तिमीहरूले (जिहादको आदेशको) पालना गर्यौ भने अल्लाहले तिमीहरूलाई उत्तम प्रतिदान दिनेछन् । र, यदि विगतजस्तै तिमीहरू विमुख भयौ भने अल्लाहले तिमीहरूलाई पिडादायक यातना दिनेछन् ।”
لَّيۡسَ عَلَى ٱلۡأَعۡمَىٰ حَرَجٞ وَلَا عَلَى ٱلۡأَعۡرَجِ حَرَجٞ وَلَا عَلَى ٱلۡمَرِيضِ حَرَجٞۗ وَمَن يُطِعِ ٱللَّهَ وَرَسُولَهُۥ يُدۡخِلۡهُ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ وَمَن يَتَوَلَّ يُعَذِّبۡهُ عَذَابًا أَلِيمٗا
Open ayah 48:17अन्धो, लङ्गडो र बिरामी जिहादकोलागि प्रस्थान गर्दैनन् भने कुनै आपत्ति छैन । र, जसले अल्लाह तथा उनका रसूलको आज्ञापालन गर्छ उसलाई उनले यस्ता बगैँचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । र, जो विमुख हुन्छ त्यसलाई उनले पीडादायी यातना दिनेछन् ।
۞لَّقَدۡ رَضِيَ ٱللَّهُ عَنِ ٱلۡمُؤۡمِنِينَ إِذۡ يُبَايِعُونَكَ تَحۡتَ ٱلشَّجَرَةِ فَعَلِمَ مَا فِي قُلُوبِهِمۡ فَأَنزَلَ ٱلسَّكِينَةَ عَلَيۡهِمۡ وَأَثَٰبَهُمۡ فَتۡحٗا قَرِيبٗا
Open ayah 48:18निश्चय नै अल्लाह आस्थावानहरूसित त्यस समय अति प्रसन्न भए जब उनीहरू वृक्षमुनि तिम्रो हातमा ‘बैअत्’ गर्दै थिए । र, अल्लाह त्यसबारे अवगत थिए जुन् उनीहरूको मनमा थियो । र, उनले उनीहरूमाथि शान्ति अवतरण गरे, अनि उनीहरूलाई निकट भविष्यमा प्राप्त हुने विजय थप प्रदान गरे ।
وَمَغَانِمَ كَثِيرَةٗ يَأۡخُذُونَهَاۗ وَكَانَ ٱللَّهُ عَزِيزًا حَكِيمٗا
Open ayah 48:19र, युद्धमा प्राप्त हुने धेरै धन–सम्पत्ति यिनीहरूले हासिल गर्नेछन् । र, अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।
وَعَدَكُمُ ٱللَّهُ مَغَانِمَ كَثِيرَةٗ تَأۡخُذُونَهَا فَعَجَّلَ لَكُمۡ هَٰذِهِۦ وَكَفَّ أَيۡدِيَ ٱلنَّاسِ عَنكُمۡ وَلِتَكُونَ ءَايَةٗ لِّلۡمُؤۡمِنِينَ وَيَهۡدِيَكُمۡ صِرَٰطٗا مُّسۡتَقِيمٗا
Open ayah 48:20अल्लाहले तिमीहरूसित युद्धमा प्राप्त हुने थुप्रै धन–सम्पत्तिको वाचा गरेका छन्, जुन तिमीहरूले प्राप्त गर्नेछौ । अनि यो विजय उनले तिमीहरूलाई चाँडै प्रदान गरे । र, तिमीहरूविरूद्ध मानिसहरूका हातलाई रोकिदिए ताकि मोमिनहरूकालागि एउटा निशानी होस्, र उनले तिमीहरूलाई सीधा मार्ग देखाऊन् ।
وَأُخۡرَىٰ لَمۡ تَقۡدِرُواْ عَلَيۡهَا قَدۡ أَحَاطَ ٱللَّهُ بِهَاۚ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٗا
Open ayah 48:21र अर्को (विजय) पनि जसको तिमीहरू सामर्थ्य राख्दैनौ । तर अल्लाहले त्यसलाई आफ्नो परिधिमा लिएका छन् । र, अल्लाह हरेक कार्यको सामर्थ्य राख्दछन् ।
وَلَوۡ قَٰتَلَكُمُ ٱلَّذِينَ كَفَرُواْ لَوَلَّوُاْ ٱلۡأَدۡبَٰرَ ثُمَّ لَا يَجِدُونَ وَلِيّٗا وَلَا نَصِيرٗا
Open ayah 48:22र, यदि काफिरहरूले तिमीहरूविरूद्ध युद्ध गरेका भए तिनीहरू पिठ्यूँ फर्काएर भाग्ने थिए । फेरि तिनीहरूले न कुनै संरक्षक–मित्र पाउने थिए र न सहयोगी नै ।
سُنَّةَ ٱللَّهِ ٱلَّتِي قَدۡ خَلَتۡ مِن قَبۡلُۖ وَلَن تَجِدَ لِسُنَّةِ ٱللَّهِ تَبۡدِيلٗا
Open ayah 48:23यो अल्लाहको कार्यविधि हो जुन पहिलेदेखि नै चल्दैआएको छ, र तिमीले अल्लाहको कार्यविधिमा कुनै परिवर्तन पाउने छैनौ ।
وَهُوَ ٱلَّذِي كَفَّ أَيۡدِيَهُمۡ عَنكُمۡ وَأَيۡدِيَكُمۡ عَنۡهُم بِبَطۡنِ مَكَّةَ مِنۢ بَعۡدِ أَنۡ أَظۡفَرَكُمۡ عَلَيۡهِمۡۚ وَكَانَ ٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرًا
Open ayah 48:24र, उनी नै हुन् जसले मक्का उपत्यकामा तिनीहरूका हात तिमीहरूबाट र तिमीहरूका हात तिनीहरूबाट रोके, जबकि उनले तिमीहरूलाई तिनीहरूमाथि विजय प्रदान गरिसकेका थिए । र, तिमीहरू जुन कार्य गर्छौ अल्लाह त्यसलाई देखिरहेका छन् ।
هُمُ ٱلَّذِينَ كَفَرُواْ وَصَدُّوكُمۡ عَنِ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِ وَٱلۡهَدۡيَ مَعۡكُوفًا أَن يَبۡلُغَ مَحِلَّهُۥۚ وَلَوۡلَا رِجَالٞ مُّؤۡمِنُونَ وَنِسَآءٞ مُّؤۡمِنَٰتٞ لَّمۡ تَعۡلَمُوهُمۡ أَن تَطَـُٔوهُمۡ فَتُصِيبَكُم مِّنۡهُم مَّعَرَّةُۢ بِغَيۡرِ عِلۡمٖۖ لِّيُدۡخِلَ ٱللَّهُ فِي رَحۡمَتِهِۦ مَن يَشَآءُۚ لَوۡ تَزَيَّلُواْ لَعَذَّبۡنَا ٱلَّذِينَ كَفَرُواْ مِنۡهُمۡ عَذَابًا أَلِيمًا
Open ayah 48:25ती तिनीहरू नै थिए जसले कुफ्र गरे, र तिमीहरूलाई प्रतिष्ठित मस्जिदबाट रोके, अनि बलीका जनावरहरूलाई त्यसको बली दिने स्थानसम्म पुग्न दिएनन् । यदि (मक्कामा) यस्ता आस्थावान पुरुष र महिलाहरू छन् जसलाई तिमीहरू अन्जानमा कुल्चनेछौ अनि यसले तिमीहरू अन्जानमै दोषी ठहर्नेछौ भन्ने आशंका नभएको भए हामी युद्धको आदेश दिने थियौं । (युद्ध यस कारणले रोकियो कि) अल्लाह जसलाई चाहन्छन् आफ्नो दयामा समावेश गर्छन् । (मक्काका) ती आस्थावानहरू पृथक भएका भए मक्काबासीहरूमध्ये काफिरहरूलाई हामी पीडादायी यातना दिने थियौं ।
إِذۡ جَعَلَ ٱلَّذِينَ كَفَرُواْ فِي قُلُوبِهِمُ ٱلۡحَمِيَّةَ حَمِيَّةَ ٱلۡجَٰهِلِيَّةِ فَأَنزَلَ ٱللَّهُ سَكِينَتَهُۥ عَلَىٰ رَسُولِهِۦ وَعَلَى ٱلۡمُؤۡمِنِينَ وَأَلۡزَمَهُمۡ كَلِمَةَ ٱلتَّقۡوَىٰ وَكَانُوٓاْ أَحَقَّ بِهَا وَأَهۡلَهَاۚ وَكَانَ ٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٗا
Open ayah 48:26जब यी काफिरहरूले आफ्ना हृदयहरूमा पक्षपातलाई बास गराए त्यो पनि अज्ञानताको पक्षपात [ ] तब अल्लाहले आफ्ना रसूल तथा मोमिनहरूमाथि शान्ति अवतीर्ण गरे र मोमिनहरुलाई ईशभयमा प्रतिबद्ध गराए, किनभने उनीहरू नै त्यसको बढी हकदार र लायक थिए । र, अल्लाह हरेक कुराका ज्ञाता हुन् ।
لَّقَدۡ صَدَقَ ٱللَّهُ رَسُولَهُ ٱلرُّءۡيَا بِٱلۡحَقِّۖ لَتَدۡخُلُنَّ ٱلۡمَسۡجِدَ ٱلۡحَرَامَ إِن شَآءَ ٱللَّهُ ءَامِنِينَ مُحَلِّقِينَ رُءُوسَكُمۡ وَمُقَصِّرِينَ لَا تَخَافُونَۖ فَعَلِمَ مَا لَمۡ تَعۡلَمُواْ فَجَعَلَ مِن دُونِ ذَٰلِكَ فَتۡحٗا قَرِيبًا
Open ayah 48:27वास्तवमा अल्लाहले आफ्ना रसूललाई नितान्त सत्यमा आधारित सपना देखाए, कि अल्लाहले चाहेमा तिमीहरू आफ्ना कपाल कटाएर वा कपाल छोट्याएर नै अवश्य प्रतिष्ठित मस्जिदमा शान्तिपूर्ण ढङ्गले प्रवेश गर्नेछौ, र तिमीहरूलाई कुनै डर लाग्ने छैन । उनी त्यो कुरा जान्दथे जुन् तिमीहरूले जानेका थिएनौ । तसर्थ उनले तिमीहरूलाई सपना पूरा हुनुअघि एउटा नजिकको विजय प्रदान गरिदिए ।
هُوَ ٱلَّذِيٓ أَرۡسَلَ رَسُولَهُۥ بِٱلۡهُدَىٰ وَدِينِ ٱلۡحَقِّ لِيُظۡهِرَهُۥ عَلَى ٱلدِّينِ كُلِّهِۦۚ وَكَفَىٰ بِٱللَّهِ شَهِيدٗا
Open ayah 48:28उनै हुन् जसले आफ्ना रसूललाई मार्गदर्शन तथा सत्य धर्मकासाथ पठाए ताकि यसलाई सबै धर्ममाथि प्रभुत्व प्रदान गरून् । र, साक्षीको रूपमा अल्लाह नै पर्याप्त छन् ।
مُّحَمَّدٞ رَّسُولُ ٱللَّهِۚ وَٱلَّذِينَ مَعَهُۥٓ أَشِدَّآءُ عَلَى ٱلۡكُفَّارِ رُحَمَآءُ بَيۡنَهُمۡۖ تَرَىٰهُمۡ رُكَّعٗا سُجَّدٗا يَبۡتَغُونَ فَضۡلٗا مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٗاۖ سِيمَاهُمۡ فِي وُجُوهِهِم مِّنۡ أَثَرِ ٱلسُّجُودِۚ ذَٰلِكَ مَثَلُهُمۡ فِي ٱلتَّوۡرَىٰةِۚ وَمَثَلُهُمۡ فِي ٱلۡإِنجِيلِ كَزَرۡعٍ أَخۡرَجَ شَطۡـَٔهُۥ فَـَٔازَرَهُۥ فَٱسۡتَغۡلَظَ فَٱسۡتَوَىٰ عَلَىٰ سُوقِهِۦ يُعۡجِبُ ٱلزُّرَّاعَ لِيَغِيظَ بِهِمُ ٱلۡكُفَّارَۗ وَعَدَ ٱللَّهُ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ مِنۡهُم مَّغۡفِرَةٗ وَأَجۡرًا عَظِيمَۢا
Open ayah 48:29मुहम्मद (स.) अल्लाहका रसूल हुन्, र उनीसँग भएका (सहाबी) हरू काफिरहरूविरुद्ध कठोर छन्, तर आपसमा भने अति स्नेही छन् । तिमीले उनीहरूलाई सधैं रूकूअ्, सज्दा र अल्लाहको वरदान तथा प्रसन्नताको खोजीमा व्यस्त पाउनेछौ । सज्दाको प्रभाव उनीहरूको मुहारमा धप्प बलेको छ, जसबाट उनीहरू अलग्गै चिनिन्छन् । यो हो उनीहरूको उदाहरण तौरातमा । र, इञ्जीलमा उनीहरूको उदाहरण यसरी दिइएको छ मानौ एउटा खेती छ जसले पहिले आफ्नो अंकुर निकाल्यो, फेरि त्यसलाई दृढ तुल्यायो । फेरि त्यो मोटो भयो । फेरि आफ्नो डाँठमाथि सीधा खडा भयो । जसले कृषकहरूलाई प्रसन्न तुल्यायो; [ ] (आस्थावान– हरूलाई यो उदाहरण यस कारणले दिइयो कि) यसले काफिरहरूलाई क्रोधित तुल्याओस् । [ ] अल्लाहले उनीहरूमध्ये आस्थावान तथा सत्कर्मीहरूसित क्षमादान तथा महान प्रतिदानको वाचा गरेका छन् ।