الحجرات
Al-Hujuraat
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُقَدِّمُواْ بَيۡنَ يَدَيِ ٱللَّهِ وَرَسُولِهِۦۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ
Open ayah 49:1हे आस्थावानहरू हो ! अल्लाह एवं उनका रसूलभन्दा अगाडि नबढ । र, अल्लाहसँग डराऊ । निस्सन्देह अल्लाह सर्वश्रोता एवं ज्ञाता छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَرۡفَعُوٓاْ أَصۡوَٰتَكُمۡ فَوۡقَ صَوۡتِ ٱلنَّبِيِّ وَلَا تَجۡهَرُواْ لَهُۥ بِٱلۡقَوۡلِ كَجَهۡرِ بَعۡضِكُمۡ لِبَعۡضٍ أَن تَحۡبَطَ أَعۡمَٰلُكُمۡ وَأَنتُمۡ لَا تَشۡعُرُونَ
Open ayah 49:2हे आस्थावानहरू हो ! नबीको स्वरभन्दा आफ्नो स्वरहरु उच्च नपार, र उनीसित चर्को शैलीमा कुरा नगर जसरी तिमीहरू आपसमा एकअर्कासित चर्को शैलीमा गर्छौ अन्यथा तिमीहरूका कार्यहरू व्यर्थ हुनेछन् अनि तिमीहरूलाई त्यसको जानकारी पनि हुने छैन ।
إِنَّ ٱلَّذِينَ يَغُضُّونَ أَصۡوَٰتَهُمۡ عِندَ رَسُولِ ٱللَّهِ أُوْلَٰٓئِكَ ٱلَّذِينَ ٱمۡتَحَنَ ٱللَّهُ قُلُوبَهُمۡ لِلتَّقۡوَىٰۚ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٌ عَظِيمٌ
Open ayah 49:3जुन मानिसहरू अल्लाहका रसूलसँग कुरा गर्दा आफ्नो स्वर सानो पार्ने गर्छन् उनीहरू नै ती मान्छेहरू हुन् जसका हृदयहरूलाई अल्लाहले ईशभयकोलागि जाँचेका छन् । उनीहरूकालागि क्षमादान छ र महान् प्रतिदान !
إِنَّ ٱلَّذِينَ يُنَادُونَكَ مِن وَرَآءِ ٱلۡحُجُرَٰتِ أَكۡثَرُهُمۡ لَا يَعۡقِلُونَ
Open ayah 49:4(हे मुहम्मद स.!) जुन व्यक्तिहरू तिमीलाई तिम्रो घर बाहिरबाट पुकार्छन् उनीहरूमध्ये धेरैजसो विवेकहीन छन् ।
وَلَوۡ أَنَّهُمۡ صَبَرُواْ حَتَّىٰ تَخۡرُجَ إِلَيۡهِمۡ لَكَانَ خَيۡرٗا لَّهُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
Open ayah 49:5र तिनीहरूको नजिक तिमी नआउञ्जेल तिनीहरूले धैर्यका साथ प्रतीक्षा गरेका भए त्यो तिनीहरूकैलागि उत्तम हुने थियो । र, अल्लाह अति क्षमाशील एवं परम दयावान छन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن جَآءَكُمۡ فَاسِقُۢ بِنَبَإٖ فَتَبَيَّنُوٓاْ أَن تُصِيبُواْ قَوۡمَۢا بِجَهَٰلَةٖ فَتُصۡبِحُواْ عَلَىٰ مَا فَعَلۡتُمۡ نَٰدِمِينَ
Open ayah 49:6हे आस्थावनहरू हो ! यदि कुनै अवज्ञाकारीले तिमीहरूसमक्ष कुनै खबर ल्याएमा त्यसको राम्ररी छानबिन गर । अन्यथा अज्ञानतावश तिमीहरू कुनै समुदायको हानि गर्न पुग्नेछौ । अनि आफूले गरेको कार्यप्रति पश्चाताप गर्नु पर्नेछ ।
وَٱعۡلَمُوٓاْ أَنَّ فِيكُمۡ رَسُولَ ٱللَّهِۚ لَوۡ يُطِيعُكُمۡ فِي كَثِيرٖ مِّنَ ٱلۡأَمۡرِ لَعَنِتُّمۡ وَلَٰكِنَّ ٱللَّهَ حَبَّبَ إِلَيۡكُمُ ٱلۡإِيمَٰنَ وَزَيَّنَهُۥ فِي قُلُوبِكُمۡ وَكَرَّهَ إِلَيۡكُمُ ٱلۡكُفۡرَ وَٱلۡفُسُوقَ وَٱلۡعِصۡيَانَۚ أُوْلَٰٓئِكَ هُمُ ٱلرَّٰشِدُونَ
Open ayah 49:7र, जानिराख तिमीहरू समक्ष अल्लाहका रसूल उपस्थित छन् । यदि उनले अधिकतम विषयमा तिमीहरूको कुरा मानेमा तिमीहरू स्वयं अप्ठ्यारोमा पर्नेछौ । तर अल्लाहले तिमीहरूकालागि ईमानलाई प्रिय तुल्याएका छन् र तिमीहरुको हृदयमा यसलाई शोभनीय बनाएका छन् । र, कुफ्र, पाप तथा अवज्ञालाई तिमीहरूकालागि अप्रिय तुल्याएका छन् । यी मानिसहरू नै वास्तवमा सत्मार्गमा छन् ।
فَضۡلٗا مِّنَ ٱللَّهِ وَنِعۡمَةٗۚ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
Open ayah 49:8यो अल्लाहको कृपा तथा उपकारले गर्दा हो । र, अल्लाह सर्वज्ञ एवं तत्वदर्शी छन् ।
وَإِن طَآئِفَتَانِ مِنَ ٱلۡمُؤۡمِنِينَ ٱقۡتَتَلُواْ فَأَصۡلِحُواْ بَيۡنَهُمَاۖ فَإِنۢ بَغَتۡ إِحۡدَىٰهُمَا عَلَى ٱلۡأُخۡرَىٰ فَقَٰتِلُواْ ٱلَّتِي تَبۡغِي حَتَّىٰ تَفِيٓءَ إِلَىٰٓ أَمۡرِ ٱللَّهِۚ فَإِن فَآءَتۡ فَأَصۡلِحُواْ بَيۡنَهُمَا بِٱلۡعَدۡلِ وَأَقۡسِطُوٓاْۖ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُقۡسِطِينَ
Open ayah 49:9र, यदि आस्थावानहरूका दुई समूह आपसमा लडाइ गर्छन् भने तिमीहरू उनीहरूबीच सम्झौता गराऊ । अनि यदि एउटा समूहले अर्को समूहमाथि अत्याचार गर्छ भने तिमीहरू सबै अत्याचारी समूहविरूद्ध लडाई गर यहाँसम्म कि उनीहरू अल्लाहको आदेशतर्फ फर्किउन् । र उनीहरू फर्कन्छन् भने तिनीहरुको बीचमा न्यायपूर्ण सम्झौता गराऊ र न्याय गर । निस्सन्देह अल्लाह न्यायीहरूलाई मन पराउँछन् ।
إِنَّمَا ٱلۡمُؤۡمِنُونَ إِخۡوَةٞ فَأَصۡلِحُواْ بَيۡنَ أَخَوَيۡكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُرۡحَمُونَ
Open ayah 49:10आस्थावानहरू एक अर्काका दाजुभाइहरू हुन् । तसर्थ आफ्ना दुई दाजुभाइबीच मेलमिलाप गराउ । र, अल्लाहको भयराख ताकि तिमीहरूमाथि दया गरियोस् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا يَسۡخَرۡ قَوۡمٞ مِّن قَوۡمٍ عَسَىٰٓ أَن يَكُونُواْ خَيۡرٗا مِّنۡهُمۡ وَلَا نِسَآءٞ مِّن نِّسَآءٍ عَسَىٰٓ أَن يَكُنَّ خَيۡرٗا مِّنۡهُنَّۖ وَلَا تَلۡمِزُوٓاْ أَنفُسَكُمۡ وَلَا تَنَابَزُواْ بِٱلۡأَلۡقَٰبِۖ بِئۡسَ ٱلِٱسۡمُ ٱلۡفُسُوقُ بَعۡدَ ٱلۡإِيمَٰنِۚ وَمَن لَّمۡ يَتُبۡ فَأُوْلَٰٓئِكَ هُمُ ٱلظَّٰلِمُونَ
Open ayah 49:11हे आस्थावानहरू हो ! पुरुषको कुनै समूहले अर्को समूहको उपहास नगरून् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होऊन् । र, न महिलाहरूले महिलाहरूको उपहास गरून् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा उत्तम होऊन् । न एक आपसमा व्यङ्ग गर, न परस्पर एक अर्कालाई नराम्रो नामले पुकार, ईमान ल्याइसकेपछि "अवज्ञाकारी" को संज्ञा अति निकृष्ट हो । र, जो ( यस्तो कार्यबाट ) प्रायश्चित गर्दैनन् तिनीहरू अत्याचारी हुन् ।
يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱجۡتَنِبُواْ كَثِيرٗا مِّنَ ٱلظَّنِّ إِنَّ بَعۡضَ ٱلظَّنِّ إِثۡمٞۖ وَلَا تَجَسَّسُواْ وَلَا يَغۡتَب بَّعۡضُكُم بَعۡضًاۚ أَيُحِبُّ أَحَدُكُمۡ أَن يَأۡكُلَ لَحۡمَ أَخِيهِ مَيۡتٗا فَكَرِهۡتُمُوهُۚ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ تَوَّابٞ رَّحِيمٞ
Open ayah 49:12हे आस्थावानहरू हो ! अधिकांश अनुमानहरु बाट बच्ने गर । किनभने केही अनुमान पाप हुन्छन्, र जासूसी नगर । र, तिमीहरूमध्ये कसैले कसैको चुक्ली नलगाओस् । के तिमीहरूमध्ये कोही आफ्नो मृत भाइको मासु खान रूचाउँछ ? तिमीहरू त्यसलाई अवश्य घृणा गर्छौ। र, अल्लाहको भय राख । निस्सन्देह अल्लाह प्रायश्चित स्वीकारकर्ता तथा परम दयालु छन् ।
يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّا خَلَقۡنَٰكُم مِّن ذَكَرٖ وَأُنثَىٰ وَجَعَلۡنَٰكُمۡ شُعُوبٗا وَقَبَآئِلَ لِتَعَارَفُوٓاْۚ إِنَّ أَكۡرَمَكُمۡ عِندَ ٱللَّهِ أَتۡقَىٰكُمۡۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرٞ
Open ayah 49:13हे मानव ! हामीले तिमीहरूलाई एक पुरुष तथा एक स्त्रीबाट सृष्टि गर्यौं र तिमीहरूका विभिन्न जाति तथा बंश बनायौं, ताकि तिमीहरू एक अर्कालाई चिन्न सक । वास्तवमा अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरूमध्ये सबैभन्दा अधिक ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ तथा सुसूचित छन् ।
۞قَالَتِ ٱلۡأَعۡرَابُ ءَامَنَّاۖ قُل لَّمۡ تُؤۡمِنُواْ وَلَٰكِن قُولُوٓاْ أَسۡلَمۡنَا وَلَمَّا يَدۡخُلِ ٱلۡإِيمَٰنُ فِي قُلُوبِكُمۡۖ وَإِن تُطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ لَا يَلِتۡكُم مِّنۡ أَعۡمَٰلِكُمۡ شَيۡـًٔاۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ
Open ayah 49:14यी गाउँलेहरू भन्छन् “हामीले ईमान ल्यायौं ।” (हे मुहम्मद स.!) भनिदेऊ– “तिमीहरूले ईमान ल्याएका छैनौ, बरु यो भन कि हामी आज्ञाकारी भयौं । अहिले सम्म तिमीहरूको हृदयमा ईमान पसेकै छैन । र, यदि तिमीहरू अल्लाह तथा उनका रसूलको आज्ञापालन गर्छौ भने अल्लाह तिमीहरूको कर्मलाई कम आँक्ने छैनन् । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम् दयालु छन् ।”
إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ ثُمَّ لَمۡ يَرۡتَابُواْ وَجَٰهَدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ فِي سَبِيلِ ٱللَّهِۚ أُوْلَٰٓئِكَ هُمُ ٱلصَّٰدِقُونَ
Open ayah 49:15वास्तवमा आस्थावान त ती व्यक्तिहरू हुन् जसले अल्लाह तथा उनका रसूलमाथि ईमान ल्याए, अनि उनीहरूले कुनै शङ्कामा परेनन्, र आफ्नो धन–सम्पत्ति र ज्यानसमेत लगाएर अल्लाहको मार्गमा जिहाद गरे, उनीहरू नै सच्चा हुन् ।
قُلۡ أَتُعَلِّمُونَ ٱللَّهَ بِدِينِكُمۡ وَٱللَّهُ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ
Open ayah 49:16(हे नबी स.!) भनिदेऊ– “के तिमीहरू आफ्नो धर्मको बारेमा अल्लाहलाई जानकारी दिइरहेका छौ, जबकि अल्लाह आकाशहरू तथा पृथ्वीमा रहेका हरेक चिजलाई जान्दछन् । र, अल्लाह हरेक वस्तुका ज्ञाता हुन् ।
يَمُنُّونَ عَلَيۡكَ أَنۡ أَسۡلَمُواْۖ قُل لَّا تَمُنُّواْ عَلَيَّ إِسۡلَٰمَكُمۖ بَلِ ٱللَّهُ يَمُنُّ عَلَيۡكُمۡ أَنۡ هَدَىٰكُمۡ لِلۡإِيمَٰنِ إِن كُنتُمۡ صَٰدِقِينَ
Open ayah 49:17यिनीहरू तिमीमाथि उपकार देखाउँछन् कि यिनीहरू मुसलमान भए । भनिदेऊ– “आफ्नो इस्लाम ल्याएको उपकार ममाथि नदेखाऊ, बरु यो त अल्लाहले तिमीहरूमाथि उपकार गरेका छन् कि उनले तिमीहरूलाई ईमानको मार्ग देखाए यदि तिमीहरू सत्यवादी हौ भने ।
إِنَّ ٱللَّهَ يَعۡلَمُ غَيۡبَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ بَصِيرُۢ بِمَا تَعۡمَلُونَ
Open ayah 49:18निस्सन्देह अल्लाह आकाशहरू तथा पृथ्वीका अदृश्यलाई जान्दछन्, र तिमीहरू जेजति गर्छौ अल्लाह सबै देखिरहेका छन् ।