ق

Qaaf

The letter Qaaf · Surah 50 · Ayahs: 45 · Meccan

Translation: Nepali - Islami Sangh Nepal · Open the surah

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

  1. قٓۚ وَٱلۡقُرۡءَانِ ٱلۡمَجِيدِ

    Open ayah 50:1

    काफ०; प्रतिष्ठित कुरआनको कसम ।

  2. بَلۡ عَجِبُوٓاْ أَن جَآءَهُم مُّنذِرٞ مِّنۡهُمۡ فَقَالَ ٱلۡكَٰفِرُونَ هَٰذَا شَيۡءٌ عَجِيبٌ

    Open ayah 50:2

    होइन, बरु यिनीहरूलाई आश्चर्य यस कुराप्रति भयो कि यिनीहरूमध्येबाट नै यिनीहरूमाझ एकजना सचेतक आए । अनि काफिरहरूले भने– “यो त आश्चर्यजनक कुरा हो ।”

  3. أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗاۖ ذَٰلِكَ رَجۡعُۢ بَعِيدٞ

    Open ayah 50:3

    “के जब हामी मर्छौं र माटो बन्न पुग्छौं (तब हामी पुनः उठाइन्छौं) ? यो पूनर्जीवन त अति परको कुरो हो ।”

  4. قَدۡ عَلِمۡنَا مَا تَنقُصُ ٱلۡأَرۡضُ مِنۡهُمۡۖ وَعِندَنَا كِتَٰبٌ حَفِيظُۢ

    Open ayah 50:4

    भूमिले यिनीहरूमध्ये जेजति कम गर्छ त्यो हामीलाई थाहा छ, र हामीकहाँ (सबै थोक) सुरक्षित राख्ने खाता छ ।

  5. بَلۡ كَذَّبُواْ بِٱلۡحَقِّ لَمَّا جَآءَهُمۡ فَهُمۡ فِيٓ أَمۡرٖ مَّرِيجٍ

    Open ayah 50:5

    बरु यिनीहरूले नितान्त सत्यलाई त्यतिखेर नै मिथ्या ठहर गरिदिए जब त्यो यिनीहरूसमक्ष आयो । अतः यिनीहरू द्विविधामा छन् ।

  6. أَفَلَمۡ يَنظُرُوٓاْ إِلَى ٱلسَّمَآءِ فَوۡقَهُمۡ كَيۡفَ بَنَيۡنَٰهَا وَزَيَّنَّٰهَا وَمَا لَهَا مِن فُرُوجٖ

    Open ayah 50:6

    के तिनीहरूले आफूमाथि रहेको आकाशलाई देखेनन् कि हामीले त्यसलाई कस्तो बनाएका छौं; त्यसलाई कसरी सु–सज्जित पारेका छौं अनि त्यसमा कुनै छिद्र छैन ।

  7. وَٱلۡأَرۡضَ مَدَدۡنَٰهَا وَأَلۡقَيۡنَا فِيهَا رَوَٰسِيَ وَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجِۭ بَهِيجٖ

    Open ayah 50:7

    र, पृथ्वीलाई हामीले फैसलायौँ, अनि त्यसमा पर्वतहरू जमायौँ । र, त्यसमा हामीले नाना थरिका मनमोहक चिजहरू उमार्यौँ ।

  8. تَبۡصِرَةٗ وَذِكۡرَىٰ لِكُلِّ عَبۡدٖ مُّنِيبٖ

    Open ayah 50:8

    अल्लाह तर्फ फर्कन चाहने हरेक भक्तकोलागि आँखा खोल्ने तथा पाठ सिकाउने साधनको रुपमा ।

  9. وَنَزَّلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ مُّبَٰرَكٗا فَأَنۢبَتۡنَا بِهِۦ جَنَّٰتٖ وَحَبَّ ٱلۡحَصِيدِ

    Open ayah 50:9

    र, हामीले आकाशबाट बरकतयुक्त पानी बर्सायौं, अनि त्यसद्वारा बगैंचाहरू तथा काटिने अन्नहरू उमार्यौं ।

  10. وَٱلنَّخۡلَ بَاسِقَٰتٖ لَّهَا طَلۡعٞ نَّضِيدٞ 

    Open ayah 50:10

    र खजूरका अग्ला अग्ला वृक्षहरू जसमा एकमाथि अर्को झुण्डिएका फलका झुप्पाहरू छन् ।

  11. رِّزۡقٗا لِّلۡعِبَادِۖ وَأَحۡيَيۡنَا بِهِۦ بَلۡدَةٗ مَّيۡتٗاۚ كَذَٰلِكَ ٱلۡخُرُوجُ

    Open ayah 50:11

    भक्तहरूको आजीविकाकोलागि । र, हामीले पानीद्वारा मुर्दा नगरलाई जीवित पार्यौं । यसरी नै (चिहानबाट) बाहिरिनु छ ।

  12. كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَأَصۡحَٰبُ ٱلرَّسِّ وَثَمُودُ

    Open ayah 50:12

    यिनीहरूभन्दा पहिले पनि मिथ्या ठहर गरिसकेका छन् नूहको समुदाय, रसका बासिन्दाहरू, समूदले ।

  13. وَعَادٞ وَفِرۡعَوۡنُ وَإِخۡوَٰنُ لُوطٖ

    Open ayah 50:13

    र आद, फिरऔन र लुतका भाइबन्धुहरूले ।

  14. وَأَصۡحَٰبُ ٱلۡأَيۡكَةِ وَقَوۡمُ تُبَّعٖۚ كُلّٞ كَذَّبَ ٱلرُّسُلَ فَحَقَّ وَعِيدِ

    Open ayah 50:14

    र ऐकाबासीहरू र तुब्बअ्का समुदायले पनि । तिनीहरू सबैले रसूलहरूलाई मिथ्या ठहर गरे । तसर्थ मेरो (तिनीहरुमाथि यातनाको) मेरो धम्की स्थापित भयो ।

  15. أَفَعَيِينَا بِٱلۡخَلۡقِ ٱلۡأَوَّلِۚ بَلۡ هُمۡ فِي لَبۡسٖ مِّنۡ خَلۡقٖ جَدِيدٖ

    Open ayah 50:15

    के पहिलो पटक सृष्टि गर्नबाट हामी असमर्थ रह्यौँ ? होइन, बरु यिनीहरू पुनरावृतिबारे सन्देहमा छन् ।

  16. وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ وَنَعۡلَمُ مَا تُوَسۡوِسُ بِهِۦ نَفۡسُهُۥۖ وَنَحۡنُ أَقۡرَبُ إِلَيۡهِ مِنۡ حَبۡلِ ٱلۡوَرِيدِ

    Open ayah 50:16

    र हामीले मानिसको सृष्टि गरेका छौं, र त्यसको मनमा उत्पन्न हुने विचारहरूलाई पनि हामी जान्दछौं । र, हामी त्यसको गर्धनको नसाभन्दा पनि निकट रहेका छौं ।

  17. إِذۡ يَتَلَقَّى ٱلۡمُتَلَقِّيَانِ عَنِ ٱلۡيَمِينِ وَعَنِ ٱلشِّمَالِ قَعِيدٞ

    Open ayah 50:17

    र, याद राख दुईजना लेखनदास त्यसका दायाँ र बायाँ बसी हरेक कुरा लेखिरहेका छन् ।

  18. مَّا يَلۡفِظُ مِن قَوۡلٍ إِلَّا لَدَيۡهِ رَقِيبٌ عَتِيدٞ

    Open ayah 50:18

    (मानिसले) मुखबाट कुनै शब्द निकाल्न पनि पाएका हुँदैन तर त्यसनजिक एउटा निरीक्षक तैनात हुन्छ ।

  19. وَجَآءَتۡ سَكۡرَةُ ٱلۡمَوۡتِ بِٱلۡحَقِّۖ ذَٰلِكَ مَا كُنتَ مِنۡهُ تَحِيدُ

    Open ayah 50:19

    र, मृत्युको बेहोशीले नितान्त सत्य लिएर आइपुगेको छ । यही त्यो चिज हो जसबाट तिमी उम्कन खोज्थ्यौ ।

  20. وَنُفِخَ فِي ٱلصُّورِۚ ذَٰلِكَ يَوۡمُ ٱلۡوَعِيدِ 

    Open ayah 50:20

    र सूर फुकिंयो। यही त्यो दिन हो जसको तिमीलाई डर देखाइन्थ्यो ।

  21. وَجَآءَتۡ كُلُّ نَفۡسٖ مَّعَهَا سَآئِقٞ وَشَهِيدٞ

    Open ayah 50:21

    र, प्रत्येक व्यक्ति आयो, यस अवस्थामा कि उसँग एकजना ल्याउनेवाला अनि एक जना साक्षी छन् ।

  22. لَّقَدۡ كُنتَ فِي غَفۡلَةٖ مِّنۡ هَٰذَا فَكَشَفۡنَا عَنكَ غِطَآءَكَ فَبَصَرُكَ ٱلۡيَوۡمَ حَدِيدٞ

    Open ayah 50:22

    निस्सन्देह तिमी यस विषयमा अनभिज्ञ थियौ तर हामीले तिम्रोसामु रहेको पर्दा हटाइदिएका छौं र आज तिम्रो दृष्टिशक्ति अति तेज हुन पुगेको छ ।

  23. وَقَالَ قَرِينُهُۥ هَٰذَا مَا لَدَيَّ عَتِيدٌ

    Open ayah 50:23

    र उसको साथीले भन्नेछ मसँग भएको जेजति छ त्यो उपस्थित छ ।

  24. أَلۡقِيَا فِي جَهَنَّمَ كُلَّ كَفَّارٍ عَنِيدٖ

    Open ayah 50:24

    (आदेश हुन्छ)– तिमी दुवै मिलेर फ्याँकिदेऊ नरकमा हरे कसत्यको शत्रु काफिरलाई ।

  25. مَّنَّاعٖ لِّلۡخَيۡرِ مُعۡتَدٖ مُّرِيبٍ

    Open ayah 50:25

    भलाइका कार्यबाट रोक्ने, सीमा उल्लङ्घनकारी र सन्देहमा परेकालाई ।

  26. ٱلَّذِي جَعَلَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ فَأَلۡقِيَاهُ فِي ٱلۡعَذَابِ ٱلشَّدِيدِ

    Open ayah 50:26

    जसले अल्लाहसँग अरूलाई पूज्य बनाएको थियो । अतः तिमी दुवै त्यसलाई कठोर यातनामा होमिदेऊ ।

  27. ۞قَالَ قَرِينُهُۥ رَبَّنَا مَآ أَطۡغَيۡتُهُۥ وَلَٰكِن كَانَ فِي ضَلَٰلِۭ بَعِيدٖ

    Open ayah 50:27

    उसको साथी (शैतान) ले भन्नेछ– “हे हाम्रा पालनकर्ता ! मैले यसलाई पथभ्रष्ट गरेको थिइनँ । बरु यो स्वयं घेरै टाढा को पथभ्रष्टतामा थियो ।”

  28. قَالَ لَا تَخۡتَصِمُواْ لَدَيَّ وَقَدۡ قَدَّمۡتُ إِلَيۡكُم بِٱلۡوَعِيدِ

    Open ayah 50:28

    अल्लाहले भन्नेछन्– “ तिमीहरू मेरोसामु वादविवाद नगर । मैले पहिले नै तिमीलाई (यातनाको) डर देखाइसकेको थिएँ । "

  29. مَا يُبَدَّلُ ٱلۡقَوۡلُ لَدَيَّ وَمَآ أَنَا۠ بِظَلَّٰمٖ لِّلۡعَبِيدِ

    Open ayah 50:29

    मकहाँ कुरा परिवर्तन गरिंदैन, र म आफ्ना भक्तहरूमाथि कदापि कुनै प्रकारको अन्याय गर्दिन ।

  30. يَوۡمَ نَقُولُ لِجَهَنَّمَ هَلِ ٱمۡتَلَأۡتِ وَتَقُولُ هَلۡ مِن مَّزِيدٖ 

    Open ayah 50:30

    त्यस दिन हामीले नरकसित सोध्नेछौं– “के तँ भरिपूर्ण भइस् ?” त्यसले उत्तर दिनेछ– “के अझै कोही बाँकी छ र ?”

  31. وَأُزۡلِفَتِ ٱلۡجَنَّةُ لِلۡمُتَّقِينَ غَيۡرَ بَعِيدٍ

    Open ayah 50:31

    र, स्वर्गलाई धर्मनिष्ठ मानिसहरूको निकट ल्याइनेछ, त्यो टाढा रहने छैन ।

  32. هَٰذَا مَا تُوعَدُونَ لِكُلِّ أَوَّابٍ حَفِيظٖ

    Open ayah 50:32

    “यो त्यही नै हो जसको वाचा तिमीहरूसित गरिएको थियो प्रत्येक त्यस व्यक्तिकोलागि जो उनीतर्फ लम्कन्थ्यो र आदेशलाई याद राख्दथ्यो ।

  33. مَّنۡ خَشِيَ ٱلرَّحۡمَٰنَ بِٱلۡغَيۡبِ وَجَآءَ بِقَلۡبٖ مُّنِيبٍ

    Open ayah 50:33

    जो करूणामय (अल्लाह) सित उनलाई नदेखिकन डराउँथ्यो र (उनैतर्फ) फर्किरहेको हृदयकासाथ आयो ।

  34. ٱدۡخُلُوهَا بِسَلَٰمٖۖ ذَٰلِكَ يَوۡمُ ٱلۡخُلُودِ

    Open ayah 50:34

    निश्चिन्तकासाथ स्वर्गमा प्रवेश गर । यो शाश्वत दिवस हो ।

  35. لَهُم مَّا يَشَآءُونَ فِيهَا وَلَدَيۡنَا مَزِيدٞ

    Open ayah 50:35

    उनीहरूकालागि त्यहाँ ती सबै सुखसामग्री हुनेछन् जुन उनीहरू चाहन्छन्, र हामीकहाँ थप पनि छ ।

  36. وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هُمۡ أَشَدُّ مِنۡهُم بَطۡشٗا فَنَقَّبُواْ فِي ٱلۡبِلَٰدِ هَلۡ مِن مَّحِيصٍ

    Open ayah 50:36

    र, यिनीहरूभन्दा पहिले हामीले कतिपय समुदायहरूलाई नष्ट पार्यौँ जो यिनीहरूभन्दा अधिक शक्तिशाली थिए, र संसारका देशहरूमा खुबै घुमफिर गरे । के तिनीहलाई शरणकोलागि कुनै ठाउँ रह्यो ?

  37. إِنَّ فِي ذَٰلِكَ لَذِكۡرَىٰ لِمَن كَانَ لَهُۥ قَلۡبٌ أَوۡ أَلۡقَى ٱلسَّمۡعَ وَهُوَ شَهِيدٞ

    Open ayah 50:37

    निश्चय नै यसमा शिक्षा रहेको छ प्रत्येक व्यक्तिकोलागि जोसँग हृदय छ, र जो पूर्ण उपस्थितिकासाथ ध्यानपूर्वक कुरा सुन्दछ ।

  38. وَلَقَدۡ خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ وَمَا مَسَّنَا مِن لُّغُوبٖ

    Open ayah 50:38

    वास्तबमा हामीले आकाशहरू तथा पृथ्वी र यी दुवैबीचका चिजहरूलाई छ दिनमा सृष्टि गरेका छौँ । र, हामीलाई कुनै थकानले छोएन ।

  39. فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ ٱلۡغُرُوبِ

    Open ayah 50:39

    अतः (हे मुहम्मद स.!) जुन कुरा यिनीहरू गर्छन त्यसमा धैर्य धारण गर । आफ्ना पालनकर्ताको प्रशंसाका साथ उनको महिमागान सूर्य उदाउनु र अस्ताउनुभन्दा अघि गर्ने गर ।

  40. وَمِنَ ٱلَّيۡلِ فَسَبِّحۡهُ وَأَدۡبَٰرَ ٱلسُّجُودِ 

    Open ayah 50:40

    र, रातको समयमा उनको महिमागान गर, अनि सज्दा (नमाज) पछि पनि ।

  41. وَٱسۡتَمِعۡ يَوۡمَ يُنَادِ ٱلۡمُنَادِ مِن مَّكَانٖ قَرِيبٖ

    Open ayah 50:41

    र, ध्यानपूर्वक सुन, जुन दिन पुकार्नेवालाले नजिकैको स्थानबाट पुकार्नेछन् ।

  42. يَوۡمَ يَسۡمَعُونَ ٱلصَّيۡحَةَ بِٱلۡحَقِّۚ ذَٰلِكَ يَوۡمُ ٱلۡخُرُوجِ

    Open ayah 50:42

    त्यस दिन सबै मानिसहरूले सूरको भयंकर आवाज सुन्नेछन् त्यही हुनेछ (धर्तीबाट मुर्दाहरू) निस्कने दिन ।

  43. إِنَّا نَحۡنُ نُحۡيِۦ وَنُمِيتُ وَإِلَيۡنَا ٱلۡمَصِيرُ

    Open ayah 50:43

    निस्सन्देह हामी नै जीवन दिन्छौँ र हामी नै मृत्यु दिन्छौँ । र, हामीकहाँ नै फर्केर आउनुछ ।

  44. يَوۡمَ تَشَقَّقُ ٱلۡأَرۡضُ عَنۡهُمۡ سِرَاعٗاۚ ذَٰلِكَ حَشۡرٌ عَلَيۡنَا يَسِيرٞ

    Open ayah 50:44

    त्यस दिन धर्ती तिनीहरूमाथि अति तिव्रताकासाथ फाट्ने छ,। यो भेला गर्नु हाम्रोलागि अति सहज छ ।

  45. نَّحۡنُ أَعۡلَمُ بِمَا يَقُولُونَۖ وَمَآ أَنتَ عَلَيۡهِم بِجَبَّارٖۖ فَذَكِّرۡ بِٱلۡقُرۡءَانِ مَن يَخَافُ وَعِيدِ

    Open ayah 50:45

    (हे मुहम्मद स.!) जुन कुराहरू यिनीहरूले गरिरहेका छन् त्यो हामी राम्ररी जान्दछौं, र तिमी उनीहरूलाई बाध्य तुल्याउनेवाला होइनौ । अतः जो मेरो चेतावनीसँग डराउँछन् तिनीहरुलाई कुरआनद्वारा उपदेश देऊ ।