الذاريات
Adh-Dhaariyat
Translation: Nepali - Islami Sangh Nepal · Open the surah
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلذَّٰرِيَٰتِ ذَرۡوٗا
Open ayah 51:1धूलो उडाउने तिब्र हावाको कसम ।
فَٱلۡحَٰمِلَٰتِ وِقۡرٗا
Open ayah 51:2अनि जसले पानी बोकेको बादल वहन गर्छ ।
فَٱلۡجَٰرِيَٰتِ يُسۡرٗا
Open ayah 51:3अनि नम्रता पूर्वक वहन्छ ।
فَٱلۡمُقَسِّمَٰتِ أَمۡرًا
Open ayah 51:4अनि ठूलो कार्य (वर्षा) को वितरण गर्छ ।
إِنَّمَا تُوعَدُونَ لَصَادِقٞ
Open ayah 51:5निसन्देह तिमीहरूलाई जुन कुराबाट डर देखाईंदैछ त्यो पूर्णतया सत्य हो ।
وَإِنَّ ٱلدِّينَ لَوَٰقِعٞ
Open ayah 51:6र, कर्मफल अवश्य सामुन्ने आउने नै छ ।
وَٱلسَّمَآءِ ذَاتِ ٱلۡحُبُكِ
Open ayah 51:7मार्गहरूवाला आकाशको कसम !
إِنَّكُمۡ لَفِي قَوۡلٖ مُّخۡتَلِفٖ
Open ayah 51:8वास्तवमा तिमीहरू मतभेदमा छौ ।
يُؤۡفَكُ عَنۡهُ مَنۡ أُفِكَ
Open ayah 51:9(जन्मजात) बिमुख गरिएको ब्यक्ति नै यसबाट बिमुख हुन्छ ।
قُتِلَ ٱلۡخَرَّٰصُونَ
Open ayah 51:10गलत अनुमान गर्ने व्यक्तिहरू विनाश भए ।
ٱلَّذِينَ هُمۡ فِي غَمۡرَةٖ سَاهُونَ
Open ayah 51:11जो पथभ्रष्टतामा (परलोकलाई) बिर्सिरहेका छन् ।
يَسۡـَٔلُونَ أَيَّانَ يَوۡمُ ٱلدِّينِ
Open ayah 51:12तिनीहरू सोध्छन्– “बदला दिइने दिन कहिले आउला ?”
يَوۡمَ هُمۡ عَلَى ٱلنَّارِ يُفۡتَنُونَ
Open ayah 51:13यो त्यो दिन हुनेछ जब तिनीहरूलाई आगोमा जाँच गरिने छ ।
ذُوقُواْ فِتۡنَتَكُمۡ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تَسۡتَعۡجِلُونَ
Open ayah 51:14तिमीहरु आफ्नो यातनालाई चाख, यसैकोलागि तिमीहरू हतार गर्दैथियौ ।
إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّٰتٖ وَعُيُونٍ
Open ayah 51:15निस्सन्देह ईशभय राख्नेहरू बगैँचा तथा मूलहरूबीच हुनेछन् ।
ءَاخِذِينَ مَآ ءَاتَىٰهُمۡ رَبُّهُمۡۚ إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُحۡسِنِينَ
Open ayah 51:16उनका पालनकर्ताले दिइरहेका वर्दानहरु स्वीकार गर्ने छन् । वास्तवमा यिनीहरू यसअघि सुकर्मन गर्नेहरु थिए ।
كَانُواْ قَلِيلٗا مِّنَ ٱلَّيۡلِ مَا يَهۡجَعُونَ
Open ayah 51:17उनीहरू राति थोरै सुत्ने गर्थे ।
وَبِٱلۡأَسۡحَارِ هُمۡ يَسۡتَغۡفِرُونَ
Open ayah 51:18र, बिहानको समयमा क्षमा याचना गर्ने गर्थे ।
وَفِيٓ أَمۡوَٰلِهِمۡ حَقّٞ لِّلسَّآئِلِ وَٱلۡمَحۡرُومِ
Open ayah 51:19र, उनीहरूको धन–सम्पत्तिमा भिखारी तथा अभावग्रस्त व्यक्तिको हिस्सा हुन्थ्यो ।
وَفِي ٱلۡأَرۡضِ ءَايَٰتٞ لِّلۡمُوقِنِينَ
Open ayah 51:20र, विश्वासीहरूकालागि धर्तीमा धेरै निशानीहरू छन् ।
وَفِيٓ أَنفُسِكُمۡۚ أَفَلَا تُبۡصِرُونَ
Open ayah 51:21र, स्वयं तिमीहरूको अस्तित्वमा पनि । के तिमीहरू देख्दैनौ ?
وَفِي ٱلسَّمَآءِ رِزۡقُكُمۡ وَمَا تُوعَدُونَ
Open ayah 51:22र, आकाशमा छ तिमीहरूकालागि जीविका तथा त्यो चिज पनि छ तिमीहरूसित जसको वाचा गरिन्छ ।
فَوَرَبِّ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ إِنَّهُۥ لَحَقّٞ مِّثۡلَ مَآ أَنَّكُمۡ تَنطِقُونَ
Open ayah 51:23आकाश तथा पृथ्वीका मालिकको कसम ! यो वाचा त्यस्तै सत्य हो जस्तो तिमीहरू कुरा गर्दैछौ ।
هَلۡ أَتَىٰكَ حَدِيثُ ضَيۡفِ إِبۡرَٰهِيمَ ٱلۡمُكۡرَمِينَ
Open ayah 51:24(हे सन्देष्टा !) के तिमीलाई इब्राहीमका आदरणीय अतिथीहरूको वृत्तान्त प्राप्त भएको छ ?
إِذۡ دَخَلُواْ عَلَيۡهِ فَقَالُواْ سَلَٰمٗاۖ قَالَ سَلَٰمٞ قَوۡمٞ مُّنكَرُونَ
Open ayah 51:25जब उनीहरू इब्राहीमकहाँ पुगे तब उनीहरूले भने– “तपाईंलाई सलाम होस् !” उनले उत्तर दिए– “तपाईंहरूलाई पनि सलाम होस् ।” तपाईहरु अपरिचित व्यक्तिहरू हुनुहुन्छ ।”
فَرَاغَ إِلَىٰٓ أَهۡلِهِۦ فَجَآءَ بِعِجۡلٖ سَمِينٖ
Open ayah 51:26फेरि उनी सुटुक्क आफ्ना परिवारतर्फ गए र एउटा भुटेको मोटो बाच्छो लिएर आए ।
فَقَرَّبَهُۥٓ إِلَيۡهِمۡ قَالَ أَلَا تَأۡكُلُونَ
Open ayah 51:27अनि उनीहरूसमक्ष पेश गरे ( तर उनीहरू खाएनन् तब) सोधे– “के तपाईंहरू खानु हुन्न ?”
فَأَوۡجَسَ مِنۡهُمۡ خِيفَةٗۖ قَالُواْ لَا تَخَفۡۖ وَبَشَّرُوهُ بِغُلَٰمٍ عَلِيمٖ
Open ayah 51:28अनि उनीहरुबाट उनको मनमा आशंका लाग्यो । उनीहरूले भने– “नडराऊ !" साथै उनीहरूले उनीकहाँ एउटा ज्ञानी पुत्रको शुभसूचना दिए ।
فَأَقۡبَلَتِ ٱمۡرَأَتُهُۥ فِي صَرَّةٖ فَصَكَّتۡ وَجۡهَهَا وَقَالَتۡ عَجُوزٌ عَقِيمٞ
Open ayah 51:29यो सुनेर उनकी पत्नी चिच्याउँदै आइन् र आफ्नो मुहारमा हात हिर्काउँदै भनिन्– “ (म त एक) बुढी, बाँझी हूँ !"
قَالُواْ كَذَٰلِكِ قَالَ رَبُّكِۖ إِنَّهُۥ هُوَ ٱلۡحَكِيمُ ٱلۡعَلِيمُ
Open ayah 51:30उनीहरूले भने– “अँ, तिम्रा पालनकर्ताले यस्तै भनेका छन् । निस्सन्देह उनी तत्वदर्शी एवं सर्वज्ञ छन् ।
۞قَالَ فَمَا خَطۡبُكُمۡ أَيُّهَا ٱلۡمُرۡسَلُونَ
Open ayah 51:31इब्राहीमले भने–“हे फरिश्ताहरू हो ! अब तिमीहरूको उद्देश्य के छ ?”
قَالُوٓاْ إِنَّآ أُرۡسِلۡنَآ إِلَىٰ قَوۡمٖ مُّجۡرِمِينَ
Open ayah 51:32उनीहरूले जवाफ दिए– “हामीलाई एउटा अपराधी समुदायतर्फ पठाइएको छ ।
لِنُرۡسِلَ عَلَيۡهِمۡ حِجَارَةٗ مِّن طِينٖ
Open ayah 51:33ताकि हामी तिनीहरूमाथि माटोले बनेका ढुङ्गा बर्साऔं ।
مُّسَوَّمَةً عِندَ رَبِّكَ لِلۡمُسۡرِفِينَ
Open ayah 51:34तिम्रा पालनकर्ताकहाँ चिन्ह लगाइएका छन् मर्यादाहिन मानिसहरूका लागि ।
فَأَخۡرَجۡنَا مَن كَانَ فِيهَا مِنَ ٱلۡمُؤۡمِنِينَ
Open ayah 51:35अनि त्यहाँ जति पनि आस्थावानहरू थिए ती सबैलाई हामीले निकाल्यौं ।
فَمَا وَجَدۡنَا فِيهَا غَيۡرَ بَيۡتٖ مِّنَ ٱلۡمُسۡلِمِينَ
Open ayah 51:36र, हामीले त्यहाँ मुस्लिमहरूको एउटा मात्र घर पायौं ।
وَتَرَكۡنَا فِيهَآ ءَايَةٗ لِّلَّذِينَ يَخَافُونَ ٱلۡعَذَابَ ٱلۡأَلِيمَ
Open ayah 51:37र, त्यसमा हामीले पीडादायी यातनासँग डराउनेहरूकालागि निशानी छोडिदियौं ।
وَفِي مُوسَىٰٓ إِذۡ أَرۡسَلۡنَٰهُ إِلَىٰ فِرۡعَوۡنَ بِسُلۡطَٰنٖ مُّبِينٖ
Open ayah 51:38र मूसाको वृत्तान्तमा पनि (उपदेश छ), जब हामीले उनलाई स्पष्ट प्रमाणकासाथ फिरऔनकहाँ पठायौं ।
فَتَوَلَّىٰ بِرُكۡنِهِۦ وَقَالَ سَٰحِرٌ أَوۡ مَجۡنُونٞ
Open ayah 51:39अनि त्यो आफ्नो शक्तिको भरमा विमुख भयो र भन्यो कि त ऊ जादूगर हो वा उन्मादी ।
فَأَخَذۡنَٰهُ وَجُنُودَهُۥ فَنَبَذۡنَٰهُمۡ فِي ٱلۡيَمِّ وَهُوَ مُلِيمٞ
Open ayah 51:40हामीले उसलाई र उसका सैन्यहरूलाई समात्यौं अनि सबैलाई समुद्रमा फ्याँक्यौं यस अवस्थामा कि ऊ तिरस्कृत थियो ।
وَفِي عَادٍ إِذۡ أَرۡسَلۡنَا عَلَيۡهِمُ ٱلرِّيحَ ٱلۡعَقِيمَ
Open ayah 51:41र, आदमा (निशानीछ) जब हामीले तिनीहरूमाथि बाँझो हावा पठायौँ।
مَا تَذَرُ مِن شَيۡءٍ أَتَتۡ عَلَيۡهِ إِلَّا جَعَلَتۡهُ كَٱلرَّمِيمِ
Open ayah 51:42त्यो जसमाथि चल्थ्यो त्यसलाई ध्वस्त नपारिकन छाड्दैन थियो ।
وَفِي ثَمُودَ إِذۡ قِيلَ لَهُمۡ تَمَتَّعُواْ حَتَّىٰ حِينٖ
Open ayah 51:43र, समूदमा पनि जब तिनीहरूलाई भनियो– “एक निश्चित समय अवधिकोलागि लाभान्वित होऊ ।
فَعَتَوۡاْ عَنۡ أَمۡرِ رَبِّهِمۡ فَأَخَذَتۡهُمُ ٱلصَّٰعِقَةُ وَهُمۡ يَنظُرُونَ
Open ayah 51:44तब तिनीहरूले आफ्ना पालनकर्ताका आदेशको अवहेलना गरे । अन्ततः तिनीहरूले हेर्दाहेर्दै तिनीहरूलाई कर्कश ध्वनिले समात्यो ।
فَمَا ٱسۡتَطَٰعُواْ مِن قِيَامٖ وَمَا كَانُواْ مُنتَصِرِينَ
Open ayah 51:45अनि तिनीहरूमा न उभिने शक्ति रह्यो न तिनीहरूले आफ्नो बचाउ नै गर्न सके ।
وَقَوۡمَ نُوحٖ مِّن قَبۡلُۖ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ
Open ayah 51:46र, यिनीहरूभन्दा पहिले हामीले नूहका समुदायलाई पनि (नष्ट पार्यौं) किनभने तिनीहरू अवज्ञाकारी थिए ।
وَٱلسَّمَآءَ بَنَيۡنَٰهَا بِأَيۡيْدٖ وَإِنَّا لَمُوسِعُونَ
Open ayah 51:47र, आकाशलाई हामीले आफ्नै हातबाट बनायौं र हामी त्यसलाई निरन्तर फैलाउदैछौँ ।
وَٱلۡأَرۡضَ فَرَشۡنَٰهَا فَنِعۡمَ ٱلۡمَٰهِدُونَ
Open ayah 51:48र पृथ्वीलाई हामीले बिछाएकाछौं र हामील कति उत्तम समतल कर्ता हौँ ।
وَمِن كُلِّ شَيۡءٍ خَلَقۡنَا زَوۡجَيۡنِ لَعَلَّكُمۡ تَذَكَّرُونَ
Open ayah 51:49र, प्रत्येक चिजलाई हामीले जोडी जोडी बनाएका छौं आशा छ तिमीहरू (यसबाट) शिक्षा ग्रहण गर्नेछौ ।
فَفِرُّوٓاْ إِلَى ٱللَّهِۖ إِنِّي لَكُم مِّنۡهُ نَذِيرٞ مُّبِينٞ
Open ayah 51:50अतः तिमीहरू फुर्तिलो गतिमा अल्लाहतर्फ नै फर्क । म तिमीहरूकालागि उनको तर्फबाट स्पष्ट सचेतक हुँ ।
وَلَا تَجۡعَلُواْ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۖ إِنِّي لَكُم مِّنۡهُ نَذِيرٞ مُّبِينٞ
Open ayah 51:51र, अल्लाहबाहेक अन्य कसैलाई उपास्य नबनाऊ । निश्चय नै म उनको तर्फबाट तिमीहरूकालागि स्पष्ट सचेतक हुँ ।
كَذَٰلِكَ مَآ أَتَى ٱلَّذِينَ مِن قَبۡلِهِم مِّن رَّسُولٍ إِلَّا قَالُواْ سَاحِرٌ أَوۡ مَجۡنُونٌ
Open ayah 51:52यसरी नै यिनीहरूभन्दा अघिका समुदायसमक्ष जुन रसूल आए पनि उनीहरुले उनलाई जादूगर वा उन्मादी नै भने ।
أَتَوَاصَوۡاْ بِهِۦۚ بَلۡ هُمۡ قَوۡمٞ طَاغُونَ
Open ayah 51:53के तिनीहरूले एक–अर्कालाई यसै कुराको उपदेश दिएका छन् ? बरु यिनीहरू विद्रोही समुदाय हुन् ।
فَتَوَلَّ عَنۡهُمۡ فَمَآ أَنتَ بِمَلُومٖ
Open ayah 51:54अतः हे सन्देष्टा ! यिनीहरूको वेवास्ता गर । तिमीमाथि कुनै दोष लाग्ने छैन ।
وَذَكِّرۡ فَإِنَّ ٱلذِّكۡرَىٰ تَنفَعُ ٱلۡمُؤۡمِنِينَ
Open ayah 51:55र उपदेश दिँदै गर किनभने उपदेशले आस्थावानहरूलाई अवश्य लाभान्वित तुल्याउँछ ।
وَمَا خَلَقۡتُ ٱلۡجِنَّ وَٱلۡإِنسَ إِلَّا لِيَعۡبُدُونِ
Open ayah 51:56र, मैले जिन्न तथा मानवलाई केवल आफ्नो उपासनाकोलागि सृष्टि गरेको हुँ ।
مَآ أُرِيدُ مِنۡهُم مِّن رِّزۡقٖ وَمَآ أُرِيدُ أَن يُطۡعِمُونِ
Open ayah 51:57म तिनीहरूबाट कुनै जीविका चाहँदिन; न यो चाहन्छु कि तिनीहरूले मलाई खुवाऊन् ।
إِنَّ ٱللَّهَ هُوَ ٱلرَّزَّاقُ ذُو ٱلۡقُوَّةِ ٱلۡمَتِينُ
Open ayah 51:58निस्संदेह अल्लाह स्वयं महान् जीविका प्रदानकर्ता तथा अति शक्तिशालि छन् ।
فَإِنَّ لِلَّذِينَ ظَلَمُواْ ذَنُوبٗا مِّثۡلَ ذَنُوبِ أَصۡحَٰبِهِمۡ فَلَا يَسۡتَعۡجِلُونِ
Open ayah 51:59अतः अत्याचारीहरूको भागमा पनि त्यहि छ जस्तो तिनीहरूका साथीहरूलाई प्राप्त भएको थियो । अतः तिनीहरूले यसकोलागि मसँग हतार नगरून् ।
فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِن يَوۡمِهِمُ ٱلَّذِي يُوعَدُونَ
Open ayah 51:60अतः सर्वनाश छ काफिरहरूकालागि त्यस दिनमा जसबाट तिनीहरूलाई डर देखाइँदैछ ।